विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग पाँच) खण्ड दुई
दोस्रो घटना: विदेश जान नसकेकामा कटुता
जब म मुख्यभूमि चीनमा काम गरिरहेको थिएँ, तब एक जना अगुवाले हामीसँग विदेश जान पाउँछु भन्ने सोचेको रहेछ, र यस कुरामा ऊ निकै खुसी थियो। उसले सोच्यो, “आखिर मेरो पालो आयो। अब बल्ल म परमेश्वरसँगै धेरै आशिष्हरू उपभोग गर्न सक्छु! परमेश्वरको साथमा पहिले मैले कष्ट भोगेँ। आज अन्ततः मैले इनाम पाउने भएँ। म यो कुरा पाउन योग्य छु। कम्तीमा पनि, म अगुवा हुँ र मैले धेरै सङ्कष्टहरू भोगेको छु, त्यसैले, जब यो असल कुरा मेरो जीवनमा आउँछ, तब म यसमा सहभागी हुन सक्नुपर्छ—मैले यो मनपर्दो कुराको आनन्द लिन सक्नुपर्छ।” उसले यही सोच्यो। तैपनि, उसको नजिक रहेर धेरै समय बिताएपछि मलाई के थाहा भयो भने ऊ त उसले भन्ने र गर्ने कुरामा सिद्धान्तहीन रहेछ, ऊसँग असल मानवता रहेनछ, आशिष् पाउने उसको अभिप्राय र चाहना निकै प्रबल रहेछन्, र उसलाई कहिलेकाहीँ काटछाँट गर्नुपर्ने अवस्था रहेछ। अनि ऊ धेरैपटक काटछाँटमा परेपछि, उसले सोच्यो, “अब त म सिद्धिएँ। माथिले मेरो भित्री वास्तविकता छर्लङ्गै देखेको छ, र तिनीहरूले फेरि विदेश जाने कुरा गरेका छैनन्। म विदेश जान पाउने कुनै आशा छैनजस्तो देखिन्छ।” उसले हृदयमा निरन्तर यी कुराहरू खेलाइरहेको थियो। वास्तवमा, ऊ सत्यता पछ्याउने व्यक्ति थिएन, ऊ विदेश जानु आधारभूत रूपमै अनुपयुक्त थियो, र ऊ विदेश गए पनि उसले कुनै काम गर्न सक्दैन भन्ने कुरा हामी देख्न सक्थ्यौँ, त्यसकारण हामीले ऊसँग यसबारे कुरै गरेनौँ। उसलाई आफूसँग विदेश जाने कुनै आशा छैन भन्ने लाग्यो, त्यसकारण उसले अरू योजनाहरू बनाउन थाल्यो। एक दिन ऊ बाहिर गयो र कहिल्यै फर्केर आएन। उसले एउटा पत्र मात्रै छोडेर गयो, जसमा यस्तो लेखिएको थियो, “मैले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भयो र मैले केही काम गरेँ। अहिले, तिमीहरू विदेश जाँदै छौ, तर म तिमीहरूसँग जान योग्य छैनँ। यसपछिका दिनहरूमा, म यसको परिपूर्ति गर्दै समय बिताउनेछु। परमेश्वर मलाई घृणा गर्नुहुन्छ, त्यसकारण म उहाँलाई छोड्नेछु। म उहाँलाई उहाँले घृणा गर्ने व्यक्तिलाई हेर्न लगाउनेछैनँ। म लुकेर बस्नेछु।” यी शब्दहरू अर्थपूर्ण लाग्थे, र तिनमा कुनै ठूलो समस्या छैन जस्तो देखिन्थ्यो। त्यसपछि, उसले भन्यो, “म जन्मेदेखि नै यस्तो भएको छु। म जोसँग भए पनि मलाई प्रयोग मात्र गरिन्छ। म अरूसँग कष्ट भोग्न सक्छु, तर तिनीहरूसँग आशिष्हरू उपभोग गर्न सक्दिनँ।” उसले यसो भन्नुको अर्थ के थियो? (उसले परमेश्वरले उसलाई प्रयोग गर्नुभयो भन्ने सोच्यो।) उसको तात्पर्य त्यही थियो। विशेषगरी उसले “म जोसँग भए पनि मैले तिनीहरूसँग कष्ट मात्र भोग्नुपर्छ, म तिनीहरूसँग आशिष्हरू उपभोग गर्न सक्दिनँ” भनेर भन्दा, उसको तात्पर्य के थियो भने, “मैले तिमीहरूसँग धेरै कष्ट भोगेँ र धेरै जोखिम मोलेँ, तैपनि जब मैले तिमीहरूसँग आशिष्हरू उपभोग गर्ने समय भयो, तब तिमीहरू इच्छुक छैनौ।” यी शब्दहरू भन्दा, उसले गुनासो गरिरहेको थियो, र यस मामलाको परिणामस्वरूप उसलाई कटुता जागेको थियो। मुखले त उसले “परमेश्वर मलाई घृणा गर्नुहुन्छ। म परमेश्वरलाई छोड्नेछु। म उहाँलाई घृणा अनुभूति गराउनेछैनँ” भनेर भनेको थियो, तर उसको हृदयमा वास्तवमा कटुता थियो: “तिमीहरू आशिष् पाउन विदेश जाँदै छौ र तिमीहरू मलाई त्याग्न चाहन्छौ!” के वास्तवमा यस्तो भएको हो त? (होइन।) त्यसोभए के भएको हो? हामीले उसलाई हटाउन चाहेकाले काटछाँट गरेका हौँ, उसले सत्यता नपछ्याएको कारण वा उसले भन्ने र गर्ने कुरामा ऊ सिद्धान्तहीन भएकाले त्यसो गरेका होइनौँ भन्ने उसले सोच्यो। उसले आफूमा समस्या छ भन्ने कुरा बुझेकै थिएन। बरु ऊ त यस्तो सोच्थ्यो, “मैले तिमीसँग कष्ट भोगेँ, त्यसकारण मैले तिमीसँग आशिष्हरू पनि उपभोग गर्नुपर्छ। तिमीले मलाई राज्यमा प्रवेश गर्न दिनैपर्छ र मलाई राज्यका मानिसहरूमध्ये एक बन्न दिनैपर्छ। मैले जे गरे पनि, तिमीले मलाई कहिल्यै त्याग्नु हुँदैन।” के उसले सोचेको कुरा यही होइन र? (हो।) यस्तो सोचाइको सार के हो? (यो त मुकुटको सट्टा परमेश्वरसँग लेनदेन गर्ने प्रयास गर्दा पावलको सारजस्तै हो।) ठिक भन्यौ, यो पावलको सार हो। ऊ मुकुट प्राप्त गर्न र आशिष् पाउनकै लागि परमेश्वरमा विश्वास गर्थ्यो, परमेश्वरलाई पछ्याउँथ्यो कष्ट भोग्थ्यो र मूल्य चुकाउँथ्यो। ऊसँग साँचो विश्वास थिएन, न त उसले सत्यता नै पछ्याउने गर्थ्यो। ऊ बस परमेश्वरसँग लेनदेन गर्ने प्रयास मात्रै गर्थ्यो। यदि सौदा असफल भयो, र उसले आशिष् पाएन र उसलाई घाटा भएको छ भन्ने लाग्यो भने, ऊ क्रोधित हुन्थ्यो, यो सबै कुरा व्यर्थ हो भन्ने सोच्थ्यो र उसले संयम गुमाउँथ्यो र उसको हृदयमा कटुता पैदा हुन्थ्यो। उसले बोल्दा प्रदर्शित गरेका कुराहरू यिनै हुन्। यसपछि यस व्यक्तिले के गर्यो? त्यसपछि, यो व्यक्ति व्यापार गर्न गयो, र केही युवतीहरू उसको वरिपरि झुम्मिएका थिए। उसले परमेश्वरमा विश्वास गर्दिनँ भनेर नभने पनि, ऊ आफ्नो कर्तव्य निर्वाह गर्दैनथ्यो र ऊ परमेश्वरको अनुयायी थिएन। उसलाई अलिकति काटछाँट गरिएकै कारण उसले परमेश्वरलाई पछ्याउने आफ्नो मौका त्याग्नेछ र त्यसपछि ऊ व्यापार गर्न जानेछ भनेर कसैले कहिल्यै सोचेको थिएन। उसको क्रोधित बर्ताव अनि पहिलेको उसको आफूलाई प्रकट गर्ने शैली दुई फरक मानिसका जस्ता थिए। यो उसको प्रकृति आफै खुलासा भएको अवस्था थियो। पहिले, उसले यसो नगर्नुको एक मात्र कारण सही परिस्थिति नआउनु थियो। यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, उसले आफ्नो वास्तविकता लुकाएको थियो, आफू जो होइन त्यही हुँ भनेर ढोँग गरेको, र आफ्नो वास्तविकता देखाउनबाट आफूलाई रोकेको थियो। यदि तँ साँच्चै नै असल व्यक्ति होस् भने, तैँले जस्तोसुकै परिस्थिति सामना गरे पनि, सुरुमा आफ्नो ठाउँमा दह्रिलो भई, आफू को हुँ भन्ने कुरा जान्नैपर्छ। यसबाहेक अर्को कुरा चाहिँ, के साँच्चै मानवता भएका मानिसहरूले मानवताहीन कुरा र दुष्कर्महरू गर्न सक्छन्? (सक्दैनन्।) अवश्य नै सक्दैनन्। यस मामलाबाट के स्पष्ट हुन्छ भने, जब मानिसहरूले सत्यता स्वीकार गर्न सक्दैनन्, तब यो सबैभन्दा विद्रोही कुरा हुन्छ, र तिनीहरू सबैभन्दा बढी खतरामा हुन्छन्। यदि तिनीहरूले कहिल्यै सत्यता स्वीकार गर्न सक्दैनन् भने, तिनीहरू अविश्वासी हुन्। यदि यस्तो व्यक्तिको आशिष् पाउने इच्छा चकनाचुर भयो भने, उसले परमेश्वरलाई छोड्नेछ। किन यस्तो हुन्छ? (किनभने तिनीहरूले पछ्याउने कुरा भनेको आशिष् र अनुग्रह उपभोग गर्न हो।) तिनीहरू परमेश्वरमा विश्वास त गर्छन् तर सत्यता पछ्याउँदैनन्। तिनीहरूका लागि, मुक्ति त आभूषण र राम्रो सुनिने शब्द मात्र हो। तिनीहरूको हृदयले इनाम, मुकुट, र मनपर्दा वस्तुहरू पछ्याउँछ—तिनीहरू यो जुनीमा सयगुणा र आउँदो संसारमा अनन्त जीवन प्राप्त गर्न चाहन्छन्। यदि तिनीहरूले यी कुराहरू प्राप्त गर्न सकेनन् भने, विश्वास गर्नेछैनन्; तिनीहरूको साँचो अनुहार देखा पर्नेछ, र तिनीहरूले परमेश्वरलाई छोड्नेछन्। तिनीहरूले हृदयमा विश्वास गर्ने कुरा परमेश्वरको काम होइन, न त यो परमेश्वरले व्यक्त गर्ने सत्यता नै हो, र तिनीहरूले पछ्याउने कुरा मुक्ति होइन, झन् सृजित प्राणीका रूपमा राम्रोसित कर्तव्य निभाउने हुनु त परै जाओस्; बरु, यो त पावलको जस्तै कुरा हो—प्रचुर आशिष् पाउनु, ठूलो शक्ति प्राप्त गर्नु, ठूलो मुकुट लगाउनु, र परमेश्वरकै स्तरमा हुनु हो। यी कुराहरू तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहना हुन्। त्यसकारण, परमेश्वरको घरमा कुनै फाइदा वा मनपर्दा वस्तुहुँदैपिच्छे, तिनीहरू त्यो प्राप्त गर्न संघर्ष गर्छन्, योग्यता र वरिष्ठताअनुसार मानिसहरूलाई श्रेणीबद्ध गर्न थाल्छन्, र मनमनै सोच्छन्, “म योग्य छु। मैले पनि यसको हिस्सा पाउनुपर्छ। मैले यो प्राप्त गर्न संघर्ष गर्नैपर्छ।” तिनीहरू आफूलाई परमेश्वरको घरको अग्रणी स्थानमा राख्छन्, र त्यसपछि परमेश्वरको घरका यी फाइदाहरू उपभोग गर्नु मात्रै उचित कुरा हो भन्ने सोच्छन्। उदाहरणका लागि, विदेश जाने विषयमा, त्यस व्यक्तिको पहिलो विचार भनेकै उसले सहभागिता हुन पाउनुपर्छ, धेरैजसो मानिस ऊ जति राम्रा छैनन्, उसले जति धेरै कष्ट भोगेका छैनन्, ऊ जति योग्य छैनन्, उसले जति धेरै वर्ष परमेश्वरमा विश्वास गरेका छैनन्, र ऊ जति लामो समय अगुवा बनेका छैनन् भन्ने थियो। ऊ आफूलाई माथिल्लो स्तरमा राख्न हरेक बहाना र मूल्याङ्कनको विधि प्रयोग गर्थ्यो। उसले मानिसहरूलाई जसरी श्रेणीबद्ध गरे पनि, आफूलाई सधैँ अग्र स्थानमा र योग्य मानिसहरूको स्तरमा राख्थ्यो। अन्त्यमा, उसलाई आफूले यस्तो अनुकूल व्यवहार उपभोग गर्नु मात्र उचित हो भन्ने लाग्यो। उसलाई यो कुरा प्राप्त नहुनेबित्तिकै, अनि आशिष् पाउने र आफ्नो हितका कुराहरू प्राप्त गर्ने उसको कल्पना चकनाचूर हुनेबित्तिकै, ऊ यसबारे केही गरिहाल्थ्यो, ऊ क्रोधित हुन्थ्यो, र समर्पित भएर सत्यता खोजी गर्नुको सट्टा परमेश्वरसँग बहस गर्थ्यो। स्पष्टै छ, उसको हृदय पहिले नै उसले पछ्याएका यी कुराहरूले भरिएको थियो, र उसले पछ्याएका कुराहरू सत्यतासँग पूर्ण रूपमा मिल्दैनन् भन्ने कुरा देखाउन यही नै पर्याप्त छ। उसले जति धेरै काम गरे पनि, उसको उद्देश्य र अभिप्राय मुकुट प्राप्त गर्नुबाहेक अरू केही थिएन—त्यो पावलको उद्देश्य र अभिप्रायजस्तै थियो—र ऊ यसैमा चिपिक्क टाँसिरहन्थ्यो र यसलाई कहिल्यै छोड्थेन। उसलाई सत्यता जसरी सङ्गति गरिए पनि, उसलाई जसरी काटछाँट, खुलासा र चिरफार गरिए पनि, ऊ अझै पनि आशिष् पाउने अभिप्रायमै जिद् कसिरहन्थ्यो र त्यसलाई त्याग्दैनथ्यो। उसले परमेश्वरको अनुमोदन प्राप्त नगरेपछि र आशिष् पाउने आफ्नो इच्छा चकनाचुर भएको देखेपछि, ऊ नकारात्मक बन्यो र पछि हट्यो, अनि कर्तव्य त्याग्यो र भाग्यो। उसले साँचो रूपमा कर्तव्य पूरा गरेको वा राज्यको सुसमाचार प्रचारमा राम्रो सेवा गरेको थिएन, र यसले उसमा परमेश्वरप्रति साँचो विश्वास थिएन, ऊ साँचो रूपमा समर्पित भएको थिएन, र ऊसँग साँचो अनुभवात्मक गवाहीको अंश पनि थिएन भन्ने कुरा पूर्ण रूपमा खुलासा गर्छ—ऊ त भेडाको भेसमा भेडाको बगालमा घुसेको ब्वाँसो मात्रै थियो। अन्ततः भित्रैदेखि अविश्वासी रहेको यस व्यक्तिलाई पूर्ण रूपमा खुलासा गरियो र हटाइयो, अनि विश्वासीका रूपमा रहेको उसको जीवन समाप्त भयो। यो एउटा मामला हो।
यो एकल मामला थिएन। विदेश जाने मामलामा ठेस खाएको र खुलासा भएको व्यक्ति यो मात्र थिएन। हामीले भर्खरै दिएको उदाहरण एक पुरुषको थियो, तर अर्को व्यक्ति चाहिँ महिला थिई। सुरुमा यस महिलालाई पनि हामीसँगै विदेश आउने योजना थियो। यस्तो योजना भएपछि, ऊ भित्रैदेखि निकै खुसी थिई, र यसका लागि उसले योजना बनाउन र तयारी गर्न थालेकी थिई, तर अन्त्यमा, विभिन्न कारणले गर्दा ऊ जान सकिन। त्यो बेला, परिस्थिति अत्यन्तै खतरनाक भएकाले उसलाई जानकारी दिइएन। एकपटक सहकर्मीहरूको भेलामा, उसले यस निर्णयबारे थाहा पाई। विश्लेषण गर त: यस महिलाले थाहा पाएपछि परिणाम के भयो होला? (यदि कुनै व्यक्तिमा सामान्य व्यक्तिको सोचाइ भएको भए, यो कुरा थाहा पाएपछि, उसले सायद त्यति ठूलो प्रतिक्रिया दिनेथिएन। उसले परिस्थिति खतरनाक भएकाले ऊ विदेश जान पाएन भनेर सोच्नेथियो, र यस कुरालाई सही रूपमा सम्हाल्न सक्नेथियो। तैपनि, यस महिलाले चाहिँ यो कुरा थाहा पाउँदा, क्रोधित भएर परमेश्वरसँग बहस गर्ने प्रयास गर्नेथिई।) ठिक भन्यौ, तिमीहरूले यस्ता मानिसहरूको चरित्र केही हदसम्म बुझेका रहेछौ। यस्ता मानिसहरू यस्तै हुन्छन्—कुरा जेसुकै भए पनि, तिनीहरू घाटा स्विकार्न चाहँदैनन्, बरु फाइदा नै लिन चाहन्छन्। हरेक कुरामा, तिनीहरूले अरू सबैलाई उछिन्नैपर्छ, र तिनीहरू अरू सबैभन्दा असल हुनैपर्छ। हरेक कुरामा, तिनीहरू नै श्रेष्ठ हुनैपर्छ; तिनीहरूले हरेक मनपर्दा वस्तु प्राप्त गर्नैपर्छ, र कुनै कुराको हिस्सा नपाउनु तिनीहरूलाई स्वीकार्य हुँदै हुँदैन। यो कुरा थाहा पाएपछि, त्यो महिला तुरुन्तै रिसले उठी र रमिता देखाउँदै भुइँमा लडीबडी गरी। उसको पैशाचिक पक्ष देखा पर्यो, र उसले आफ्ना सहकर्मीहरूलाई हप्काई र तिनीहरूप्रति आफ्नो रिस पोखाई। उसको रिस कहाँबाट आएको थियो? ऊ दाजुभाइ-दिदीबहिनीहरूप्रति रिसाएकी थिई जस्तो देखिन्थ्यो, तर ऊ वास्तवमा कोसँग रिसाएकी थिई? (ऊ परमेश्वरसँग रिसाएकी थिई।) ठ्याक्कै त्यही भइरहेको थियो। त्यसोभए उसको रिसको कारण चाहिँ के थियो? यसको जड कहाँ थियो? (उसका चाहनाहरू पूरा नभएको कारण यस्तो भएको थियो।) किनभने उसले आफ्नो मनपर्दा कुरा प्राप्त गरिन, र आफ्नो उद्देश्य हासिल भएन। यसपटक ऊ फाइदा प्राप्त गर्न सफल भइन; बरु, अरूले फाइदा पाए र उसले सहभागिता जनाउन पाइन, त्यसकारण ऊ क्रोधित भई; उसले नाटक गरिरहन सकिन; उसले आफ्नो हृदयको सबै असन्तुष्टि र कटुता पोखाई र निकाली। विगतमा, माथिले के गरिरहेको छ भन्ने कुरा जान्ने पहिलो व्यक्ति ऊ नै हुनुपर्थ्यो। ऊ सधैँ माथिलाई सम्पर्क गर्न चाहन्थी, तर ऊ दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दिनथिई। ऊ आफूलाई साधारण सदस्यका रूपमा नभई, सधैँ उच्च स्तरको व्यक्तिका रूपमा प्रस्तुत गर्थी, त्यसकारण यसपटक उसले पनि विदेश जान पाउनुपर्छ—अरू कोही गएन भने पनि ऊ चाहिँ जान पाउनुपर्छ—भन्ने उसले सोचेकी थिई। प्राथमिक उम्मेदवार ऊ नै थिई, र उसले यो व्यवहार पाउने सौभाग्य पाउनुपर्थ्यो। उसको हृदयले साँचो रूपमा चाहेको कुरा यही थियो। अहिले, उसले यस्तो विशेष व्यवहारको आनन्द नपाउने भएपछि, यतिका वर्ष उसले भोगेका सबै कष्ट व्यर्थ भए भन्ने उसलाई लाग्यो; उसले परिश्रमसाथ कायम गरेको हैसियत र चाहेको व्यवहार पाइन। त्यही क्षण ती सबै कुरा व्यर्थ भए। पत्यारै नलाग्ने गरी, उसले त्यस्तो ठूलो मनपर्दा कुरा प्राप्त गर्न सकिन; विश्वासी नहुने गरी उसलाई त्यागियो, त्यसकारण उसलाई आफूले परमेश्वरको हृदयमा उच्च स्थान ओगटेको छैनँ, र आफू साधारण व्यक्ति हुँ भन्ने लाग्यो। उसको हृदयको सुरक्षा पर्खाल गर्ल्यामगुर्लुम ढलेको थियो, र उसले अब नाटक गर्न र कुराहरू लुकाउन सकिन। अरूले के भन्छन् वा तिनीहरूले यसलाई कसरी हेर्छन् भन्ने वास्ता नगरी, ऊ रमिता देखाउन थाली, मानिसहरूप्रति चिच्याउन, आवेग पोखाउन, रिस देखाउन र आफूभित्रको प्राकृतिक कुरा खुलासा गर्न थाली। त्यसपछि, उसलाई कर्तव्य निर्वाह गर्न एउटा समूहमा पठाइयो। अनि, कर्तव्य निर्वाह गर्ने क्रममा उसले धेरै खराब कुरा गरी, र समूहका दाजुभाइ-दिदीबहिनीहरूले मिलेर अन्ततः उसलाई निष्कासन गर्न माग गर्दै पत्र लेखे। उसलाई निष्कासित गर्नुपर्ने कारण के थियो? दाजुभाइ-दिदीबहिनीहरूले उसले गरेको दुष्टतालाई एउटै वाक्यांशमा व्याख्या गर्न सकिन्छ भनेर बताए: यति धेरै कि सबै कुरा लेखेर साध्य नै नहुने! अर्को शब्दमा भन्दा, उसले अति धेरै दुष्कर्म गरी, र उसले गरेको कामको प्रकृति अत्यन्तै गम्भीर थियो—यो कुरालाई एक-दुई वाक्यमा स्पष्ट रूपमा व्यक्त गर्न सकिँदैनथ्यो, न त यसलाई एक-दुईवटा कथामा बताएर नै सकिन्थ्यो। उसले अनगिन्ती दुष्ट कुराहरू गरी र यसले मानिसहरूलाई रिस उठायो, त्यसकारण मण्डलीले उसलाई निष्कासित गर्यो। उसले गरेका यी दुष्ट कुराहरू विदेश जाने कुरा उठ्नुभन्दा पहिले नै गरिएका थिएनन्, त्यसोभए यो कुरा पैदा भएपछि चाहिँ उसले किन यी कुराहरू गर्न सकी त? किनभने विदेश जाने कुरा उसले चाहेको जस्तो भएन। स्पष्ट छ, उसले गरेका दुष्ट कुराहरू र प्रकट गरेका कुरूपताहरू उसले आफ्नो मनपर्दा कुरा प्राप्त नगरेको कारण बदला लिन र रिस पोखाउन गरेका कार्यहरू थिए। मलाई भन त, जब साँचो रूपमा सत्यता पछ्याउने र मानवता भएको व्यक्तिले यस्तो परिस्थिति सामना गर्छ, तब उसले धेरै सत्यता नबुझेको भए पनि, के उसले यी प्रकटीकरणहरू पैदा गर्न सक्छ? के ऊ यी कुराहरू प्रकट गर्न सक्ने हुन्छ? अलिअलि मानवता, अलिअलि विवेक, र अलिअलि लज्जाबोध भएको कसैले पनि यी कुराहरू गर्दैनन्, बरु आफूलाई काबुमा राख्छन्। तिनीहरूको हृदय खुसी नभए पनि, असन्तुष्ट भए पनि, र त्यसमा अलिकति चोट लागेको भए पनि, तिनीहरूले आफू कसरी साधारण व्यक्ति हुँ, र यो कुरा प्राप्त गर्न आफूले संघर्ष गर्नु हुँदैन, परमेश्वरमा विश्वास गर्नेहरूले सत्यता पछ्याउनुपर्छ, सबै कुरामा परमेश्वरको योजनाबद्ध कार्यहरूप्रति समर्पित हुनुपर्छ, आफूसँग कुनै छनौट हुनु हुँदैन, र मानिसहरू सृजित प्राणी हुन् र तिनीहरू कुनै रूपमा पनि प्रभावशाली हुँदैनन् भनेर सोच्छन्। तिनीहरू केही दिनसम्म बेखुस हुनेछन्, तर त्यसपछि तिनीहरू यसलाई बिर्सेर सामान्य अवस्थामा फर्कनेछन्। तिनीहरूले अझै पनि आफूले जसरी विश्वास गर्नुपर्ने हो त्यसरी नै विश्वास गर्नेछन्, र यस मामलाको कारण तिनीहरूले दुष्कर्म गर्ने वा बदला लिने गर्नेछैनन्, न त यस मामलाको कारण रिस नै पोखाउनेछन्। तर यसको विपरीत, सत्यता नपछ्याउने र अत्यन्तै खराब चरित्र भएका मानिसहरूले एउटा सानो कुराका लागि मात्रै पनि पहिले कहिल्यै नगरेका यी सबै दुष्कर्म देखाउन सक्छन्। यसले समस्या स्पष्ट पार्छ। यसले यस्ता मानिसहरूको मानवता सार स्पष्ट पार्छ, र यस्ता मानिसहरूको साँचो पछ्याइ स्पष्ट पार्छ, अर्थात् यसले यस मामलाको प्रकटीकरणमार्फत तिनीहरूको साँचो अनुहार पूर्ण रूपमा उदाङ्गो पारिदिन्छ। पहिलो कुरा त, तिनीहरूको सार पूर्ण रूपमा ख्रीष्टविरोधीकै सार हो। दोस्रो कुरा, तिनीहरूले कहिल्यै सत्यता पछ्याएका हुँदैनन्, न त आफूलाई कहिल्यै मुक्तिको पात्रका रूपमा लिने र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने नै गर्छन्। तिनीहरू परमेश्वरप्रतिको समर्पण पछ्याउँदैनन्; तिनीहरू हैसियत र आनन्द मात्रै पछ्याउँछन्; तिनीहरू अरूबाट प्राप्त हुने असल व्यवहार मात्रै पछ्याउँछन्, र आफूलाई परमेश्वरको बराबर बनाउने स्तर मात्र पछ्याउँछन्। परमेश्वर जे कुराको आनन्द लिनुहुन्छ, तिनीहरू त्यही कुराको आनन्द लिन्छन्। यसरी, तिनीहरूले व्यर्थमा परमेश्वरलाई पछ्याइरहेका हुँदैनन्। तिनीहरूले पछ्याउने कुराहरू यिनै हुन्। यो यस्ता मानिसहरूको प्रकृति सार हो; यो तिनीहरूको साँचो रूप, र तिनीहरूको हृदयको भित्री परिदृश्य हो। यस मामलाले यस महिलाको बीस वर्षको विश्वास समाप्त गरिदियो—त्यो सबै बरबाद भयो।
मलाई भन त, यी दुई मानिस अहिले कहाँ हुनुपर्छ? मण्डलीमा कि अरू कुनै ठाउँमा? (गैरविश्वासी संसारमा।) किन यसो भन्छौ? तिमीहरूले कसरी यो निर्णय गर्यौ? तिमीहरूका शब्दहरू केमा आधारित छन्? (किनभने तिनीहरू अविश्वासी हुन्, र परमेश्वरमाथिको तिनीहरूको विश्वास सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने उद्देश्यका लागि होइन। अन्त्यमा, यस्ता मानिसहरू आफ्नो विश्वासमा दृढ हुन सक्दैनन्, र तिनीहरू संसारमा फर्केर जान मात्र सक्छन्।) अन्त्यमा, तिनीहरू आफ्नो विश्वासमा दृढ हुन सक्दैनन्, तर अझै पनि यो कुरा सकिएको हुँदैन, त्यसैले तिनीहरू कसरी हराएका हुन्छन्? तैँले तिनीहरू भित्री रूपमा के सोच्थे भनेर हेर्नैपर्छ। तिनीहरूको हृदयमा कुनै क्रियाकलाप चलिरहेको बेला मात्रै तिनीहरूले यस्ता कुराहरू गर्न र यस्ता निर्णयहरू लिन सक्छन्। तिनीहरूले कसरी यस मामलाको विश्लेषण र मूल्याङ्कन गरे जसले गर्दा तिनीहरू यस्तो मार्ग रोज्न पुगे? तिनीहरूले हृदयमा यस्तो सोचे, “मैले परमेश्वरमा विश्वास गरेको यति धेरै वर्ष भयो र मैले धेरै कष्ट भोगेको छु। मैले सधैँ आफ्ना लागि नाम कमाउन सक्ने दिनको तृष्णा गर्दै आएको छु। माथिसँग रहेर, मैले आफ्नो नाम कमाउन र आफ्नो अनुहार देखाउन सक्छु। अहिले मैले बल्ल विदेश जाने मौका पाएको छु। यो ठूलो कुरा हो! मैले परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले कहिल्यै यस्तो कुरा सोच्ने आँट गरेको थिइनँ। यो त परमेश्वरमा विश्वास गरेर मुकुट प्राप्त गरेजस्तै हो, तर मैले यति ठूलो मनपर्दा कुरामा भागीदार हुन नपाउने रहेछु। मैले यो कुरा प्राप्त गर्न नसक्ने रहेछु। पहिले मलाई परमेश्वरको हृदयमा मेरो निम्ति स्थान निश्चित छ भन्ने लाग्थ्यो, तर अहिले त्यस्तो होइन रहेछ भन्ने देखेको छु। तर लाग्छ मैले परमेश्वरलाई पछ्याएर कुनै पनि मनपर्दा कुरा प्राप्त गर्न नसक्ने नै रहेछु। विदेश जानेजस्तो ठूला कुराको हकमा तिनीहरूले मेरो बारे विचार गरेनन्, त्यसकारण के भविष्यमा मुकुट पाउने मेरो मौका झनै कम छ होइन र? कसले यो कुरा प्राप्त गर्नेछ भन्ने कुरा निश्चित छैन, र मलाई लाग्छ त्यो व्यक्ति म नै हुनेछु भन्ने पनि कुनै आशा छैन।” के आफ्नो कुनै आशा छैन भन्ने सोचेपछि पनि तिनीहरू अझै परमेश्वरलाई पछ्याउन इच्छुक थिए त? पहिले कष्ट भोग्नु र मूल्य चुकाउनुको पछाडि तिनीहरूको उद्देश्य के थियो? तिनीहरूले अलिअलि आशाको कारण र आफ्नो हृदयमा राखिएका ती साना विचारहरूको कारण मात्रै त्यस्तो व्यवहार गरे र आफूलाई त्यसरी प्रकट गरे। अहिले तिनीहरूको आशा चकनाचूर भएको छ र तिनीहरूका विचारहरू व्यर्थ भएका छन्, त्यसकारण के तिनीहरू विश्वास गर्ने कार्यलाई जारी राख्न सक्छन् त? के तिनीहरू परमेश्वरको घरमा बस्न र कर्तव्य निर्वाह गर्नमा सन्तुष्ट हुन सक्छन् त? के तिनीहरू केही प्राप्त नगरी परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक हुन सक्छन् त? ख्रीष्टविरोधीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू यति ठूला हुन्छन् कि तिनीहरू आफूले गरेको प्रयास र चुकाएको मूल्यबाट आउने यस्तो परिणाम स्विकार्न पटक्कै मान्दैनन्। तिनीहरूले सपना देख्ने कुरा भनेको आफूले चुकाएको मूल्य र गरेको प्रयासको बदलामा मुकुट र मनपर्दा कुराहरू पाउनु, परमेश्वरको घरमा जुनसुकै मनपर्दाकुरा भए पनि, त्यसमा आफूले भाग पाउनुपर्छ भन्ने हो—अरूले नपाए पनि केही छैन, तर आफूले चाहिँ पाउनैपर्छ। के त्यस्ता उच्च महत्त्वाकाङ्क्षा र लोभ भएका मानिसहरूले कुनै पनि कुरा प्राप्त नगरी आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन् र, के कुनै पनि कुरा नलिई मेहनत गर्न सक्छन् र? तिनीहरू यस्तो गर्न कदापि सक्दैनन्। कति मानिसहरू भन्छन्, “तिनीहरूलाई सत्यता पछ्याउन देऊ। के तिनीहरूले धेरै सत्यता सुनेपछि त्यो हासिल गर्न सक्दैनन् र?” अरू मानिस यसो भन्छन्, “यदि परमेश्वरले तिनीहरूलाई सजाय दिनुभयो र न्याय गर्नुभयो भने, के यसले तिनीहरूलाई परिवर्तन गर्नेछैन र?” के कुरा यही हो त? परमेश्वर यस्ता मानिसहरूलाई सजाय दिनुहुन्न र न्याय गर्नुहुन्न, र यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। उहाँले हटाउने प्रकारका मानिसहरू ठ्याक्कै यिनीहरू नै हुन्। मैले भनेको कुरा र तिमीहरूले भर्खरै भनेको कुराबीच के भिन्नता छ? के तिमीहरूले भनेको कुरा तिनीहरूको हृदयमा हुने साँचो क्रियाकलाप हो? के यो यस्ता मानिसहरूको सारको प्रकटीकरण हो? (होइन।) त्यसोभए तिमीहरूले भनेको कुरा के हो? (भावना र खोक्रा सिद्धान्तहरू।) तिमीहरूले भनेको कुराको प्रकृति विश्लेषण र मूल्याङ्कनतर्फ अलि झुकेको हुन्छ, र यो कुरा सिद्धान्तका आधारमा तिनीहरूलाई मूल्याङ्कन र परिभाषित गर्नु हो। यो तिनीहरूका साँचो सोच र प्रकटीकरण होइन, न त यो तिनीहरूको साँचो दृष्टिकोण नै हो। यो त ख्रीष्टविरोधी सार भएका यस्ता मानिसहरूको प्रकटीकरण हो। यदि तिनीहरूले प्राप्त नगरेको कुनै मनपर्दा कुरा छ भने, र तिनीहरूले उपभोग नगरेको कुनै लाभ, वा कुनै फाइदा छ भने, तिनीहरू क्रोधित हुन्छन्, र परमेश्वरप्रतिको विश्वास र सत्यता पछ्याइमा आस्था गुमाउँछन्, परमेश्वरमा विश्वास गर्न अनिच्छुक हुन्छन्, भाग्न चाहन्छन्, र खराब कुराहरू गर्न चाहन्छन्। तिनीहरू रिस पोखाउन र बदला लिन खराब कुराहरू गर्छन्—परमेश्वरबारे आफ्ना गलतफहमी र परमेश्वरप्रतिका आफ्ना कटुताहरूसमेत पोखाउँछन्। के यी मानिसहरूलाई तह लगाउनुपर्दैन र? के तिनीहरूलाई मण्डलीमा कर्तव्य निर्वाह जारी राख्न दिनुपर्छ र? (पर्दैन।) त्यसोभए यी मानिसहरूलाई कसरी तह लगाउनुपर्छ? (तिनीहरूलाई निष्कासित गर्नुपर्छ।) के विदेश जान नपाएको कारण विश्वास गर्न छोड्ने कुनै व्यक्ति छ? (छ।) यस्ता मानिसहरू के हुन्? (अविश्वासीहरू। तिनीहरू आशिषित् हुन पछि लाग्नका लागि मात्रै परमेश्वरमा विश्वास गर्छन्, र तिनीहरू आफ्ना महत्त्वाकाङ्क्षा र इच्छाहरू पूरा नहुँदा परमेश्वरलाई धोका दिन्छन्।) यस्तो सानो कुराको कारण तिनीहरूले परमेश्वरमा विश्वास गर्न छोड्न सक्छन्। यस्ता मानिसहरूमा साँचो विश्वास वा झूटो विश्वास हुन्छ भनेर भन्न सकिँदैन—तिनीहरूको चरित्र नै अत्यन्तै नीच हुन्छ!
तेस्रो घटना: गाउँघर फर्केपछि जिउन असम्भव लाग्नु
कति मानिसहरू गाउँमा जन्मेका हुन्छन् र जिउनका लागि तिनीहरूको परिवारसँग धेरै पैसा हुँदैन। तिनीहरूले आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने वस्तुहरू सरल हुन्छन्, र तिनीहरूको घरमा बिझाउने ओछ्यान, आलमारी र डेस्कबाहेक अरू कुनै फर्निचर हुँदैन। तिनीहरूको भुइँ इँटा वा माटोको हुन्छ—तिनीहरूकहाँ कङक्रिटको भुइँसमेत हुँदैन। तिनीहरूको परिस्थिति अत्यन्तै मामुली हुन्छ। तिनीहरू परमेश्वरमा विश्वास गर्न थालेपछि, सुसमाचार प्रचार गर्ने कर्तव्य निर्वाह गर्छन्, र केही सम्पन्न क्षेत्रमा जान्छन्। यस्तै एउटा महिला थिई, जसले धेरैजसो विश्वासी दाजुभाइ-दिदीबहिनीको घरमा काठको वा टाइल लगाइएको भुइँ हुने गरेको देखी; पर्खालमा वालपेपर लगाइएको थियो; तिनीहरूको घर अत्यन्तै सफा थियो, र तिनीहरूले हरेक दिन नुहाउन पाउँथे। तिनीहरूको घरमा फर्निचर पनि एकदमै धेरै थिए: टेलिभिजन स्ट्यान्ड र ठूला आलमारीहरू, साथै सोफा र एयर कन्डिसन थिए। तिनीहरूको बेडरुममा साइमोन्स कम्पनीका बेडहरू थिए, र तिनीहरूको भान्सामा हरप्रकारका उपकरणहरू थिए: रेफ्रिजरेटर, माइक्रोवेभ, ओभन, स्टोभ, रेन्ज हुड इत्यादि। त्यो चक्कर लाग्ने दृश्य थियो। यसबाहेक, यस्तो ठूलो सहरको कुनैकुनै ठाउँमा उसले माथि र तल गर्न लिफ्ट चढ्न सक्थी। यस ठाउँले उसको आँखा उघ्रियो, र त्यहाँ केही समय काम गर्दै सुसमाचार प्रचार गरेपछि उसलाई फर्केर जान मन लागेन। यस्तो किन भयो? उसले सोची, “मेरो परिवारको माटोको घरलाई कुनै पनि हालतमा यस ठाउँसँग तुलना गर्न सकिँदैन। हामी सबै परमेश्वरमा विश्वास गर्छौं, तर पनि कसरी यी मानिसहरू मेरो परिवारभन्दा अत्यन्तै धेरै सुखमा जिउँछन्? यी मानिसहरूको जीवन स्वर्गको जस्तै छ। मेरो परिवार त सुँगुरको खोरमा बस्छ—त्यो यी मानिसहरूको अवस्थाभन्दा धेरै खराब छ!” यस्तो तुलना गरेपछि, ऊ व्याकुल भई, यस स्थानप्रति उसलाई अझै बढी लगाब भएर आयो र फर्केर जान झनै मन लागेन। उसले सोची, “यदि मैले यहाँ लामो समयसम्म काम गर्न पाएँ भने, म घर जानुपर्दैन, होइन र? त्यो माटोको गुफा मान्छे बस्न लायक छैन।” उसले केही समयसम्म ठूलो सहरमा बसेर सहरका मानिसहरूले जस्तै खान, लाउन, र जीवनको आनन्द लिन, र सहरका मानिसहरूले जस्तै जिउन सिकी। ती दिनहरूमा उसलाई जीवन अत्यन्तै सुखी भएझैँ लाग्यो। पैसा हुनु राम्रो कुरा थियो। गरिब हुँदा त्यसले मानिसहरूलाई कुनै भविष्य दिँदैनथ्यो। गरिब मानिसहरूलाई अरूले हेला गर्थे, र तिनीहरू आफैलाई समेत हेला गर्थे। उसले यसबारे जति धेरै विचार गर्थी, उसलाई त्यहाँ फर्केर जान त्यति नै मन लाग्दैनथ्यो, तर उसले गर्न सक्ने केही थिएन—ऊ घर जानु नै पर्थ्यो। घर पुगेपछि, उसलाई हृदयमा फरक-फरक मिश्रित भावनाहरूको अनुभूति भयो र उसलाई सहन निकै गाह्रो भयो। उसले घरभित्र पस्नेबित्तिकै माटोको भुइँ देखी, र ऊ चुलाछेउको बेडमा बस्दा त्यो उसलाई निकै कडा र असहज लाग्यो। उसले भित्ता छुँदा उसको हातभरि धुलो लाग्यो। जब उसले आफूलाई खान मन लागेको स्वादिलो कुराको नाम लिन्थी, कसैले पनि त्यो नाम जान्दैनथ्यो, र सुत्नुअघि नुहाउन मन लाग्दा नुहाउने प्रबन्ध थिएन। उसलाई यस्तो जीवन जिउनु अत्यन्तै घटिया लाग्थ्यो, र आफ्ना आमाबुबा आफूले चाहेको कुरा किन्नै नसक्ने गरी यति गरिब भएकामा उसलाई तिनीहरूप्रति ईख भयो, र ऊ सधैँ तिनीहरूसँग रिस पोखाउँथी। घर फर्केपछि, ऊ फरक व्यक्ति बनेजस्तो भएको थियो। ऊ आफ्नो परिवारका सदस्यहरूलाई हेयको नजरले हेर्थी, र घरका सबै कुरालाई पनि हेयको नजरले हेर्थी, किनभने उसलाई त्यो गँवार ठाउँमा अबदेखि बस्न सक्दिनँ, र यदि त्यहाँ बसिरहने हो भने यी सब गुनासाले गर्दा मर्नेछु भन्ने लाग्थ्यो। घरबाट निस्केपछि उसको आँखा उघ्रिएको त थियो, तर त्यो खराब कुरा बनेको थियो, जसले गर्दा उसका आमाबुबा ऊप्रति निकै रिसाउन पुगे। त्यो बेला, उसको मनमा एउटा विचार आयो: “यदि मेरा आमाबुबाले ईश्वरमा विश्वास नगरेका भए, र मैले ईश्वरमा विश्वास नगरेको भए, हाम्रो जीवन अहिलेको भन्दा अवश्य नै राम्रो हुनेथियो। हामीले साइमोन्स कम्पनीको बेडमा सुत्न नपाए पनि, कम्तीमा पनि अलिक मिठो खान पाउँथ्यौँ, र भुइँमा टाइल लगाउन सक्थ्यौँ।” उसले यो परमेश्वरमा विश्वास गर्नुको परिणाम हो, परमेश्वरमा विश्वास गर्नुको अर्थ व्यक्ति गरिब हुनैपर्छ, परमेश्वरमा विश्वास गरेमा व्यक्तिले सुखी जीवन पाउन सक्दैन, र उसले मिठो खान वा राम्रो लगाउन पाउँदैन भन्ने सोची। त्यहाँदेखि, धेरै प्रान्तमा केही हासिल गरेकी यो साहसी महिलाको जोसजाँगर मऱ्यो र उसलाई दिनभरि निद्रा लाग्थ्यो। उसलाई बिहान उठ्न गाह्रो हुन्थ्यो, र उसले गर्ने पहिलो कुरा भनेको तयार भएर मेकअप गर्नु, त्यसपछि सहरका मानिसहरूले प्रायः लाइरहने लुगा लाउनु हुन्थ्यो। अनि ऊ यो पाखे जीवनबाट मुक्त भएर कहिले सहरका मानिसहरूले जस्तै जिउन पाउँछु भनेर चिढिन्थी र घोरिन्थी। उसले प्रचार गर्ने गरेका प्रवचनहरू र उसले गरेका सङ्कल्पहरू सबै हराइसकेका थिए—उसले यो सब बिर्सिसकेकी थिई। उसलाई आफू विश्वासी हो कि होइन भन्नेसमेत थाहा थिएन। ऊ यति चाँडै परिवर्तन भएकी थिई। उसका आँखाहरू अलि उघ्रिएका थिए र उसको जिउने वातावरण र जीवनको गुणस्तर परिवर्तन भएको थियो, त्यसकारण उसलाई प्रकट गरियो।
पहिले, यो महिला प्रचार र काम गर्न सबैतिर जान्थी। उसको सङ्कल्प दृढ थियो र सामर्थ्य ठूलो थियो, तर यी बाहिरी कुराहरू मात्रै थिए। ऊ आफैलाई समेत आफूले भित्री रूपमा के कुरा पछ्याउँछु, आफूलाई के मन पर्छ, र आफू कस्तो व्यक्ति हुँ भन्ने कुरा थाहा थिएन। सहरमा गएको एउटा अनुभवले उसको जीवन स्थिति पूर्ण रूपमा परिवर्तन गरिदियो, र धनी जीवन शैली कुनै अवधिमा अनुभव गर्दा यसले उसको जीवनको दिशा पूरै परिवर्तन गरिदियो। यसको कारण वास्तवमा के थियो? कसले उसलाई परिवर्तन गर्यो? यो त परमेश्वर हुन सक्नुहुन्न, होइन र? अवश्य नै सक्नुहुन्न। त्यसोभए यसको कारण के थियो? यो त वातावरणले उसलाई खुलासा गरेकाले, उसको प्रकृति सार प्रकट गरेकाले, र उसको पछ्याइ र ऊ हिँडिरहेको मार्ग प्रकट गरेकाले गर्दा भएको थियो। ऊ कुन मार्गमा थिई? त्यो सत्यता पछ्याउने मार्ग थिएन, न त त्यो पत्रुसको मार्ग थियो, न त त्यो मुक्ति पाउने र सिद्ध हुनेहरूको मार्ग नै थियो, न त त्यो सृजित प्राणीको कर्तव्य निर्वाह गर्न खोज्ने मार्ग नै थियो; बरु, त्यो त ख्रीष्टविरोधीहरूको मार्ग थियो। स्पष्टसित भन्नुपर्दा, ख्रीष्टविरोधीहरूको मार्ग प्रतिष्ठा पछ्याउने, हैसियत पछ्याउने, र भौतिक सुख पछ्याउने मार्ग हो। यस्ता मानिसहरूको सार यही हो। यदि उसले पछ्याउने कुराहरू यी नभएका, र ऊ सत्यता पछ्याउने व्यक्ति नभएकी भए, वातावरणमा आएको यस्तो सानो परिवर्तनले उसलाई कदापि प्रकट गर्नेथिएन। बढीमा, उसको हृदय अलिक कमजोर हुनेथियो, उसलाई अलिक व्याकुल महसुस हुनेथियो, र यो उसका लागि अलिक पीडादायी हुनेथियो, वा उसमा केही मूर्ख प्रकटीकरणहरू हुनेथिए, तर यस्तो पूर्ण प्रकट हुनेथिएन। यस्ता मानिसहरूको पछ्याइको सार के हो? तिनीहरू गैरविश्वासीहरूले पछ्याउने कुराहरू, र ख्याति, प्राप्ति र दुष्ट प्रवृत्तिहरू पछ्याउने यस संसारको जोकसैले पछ्याउने कुराहरू पछ्याउँछन्। तिनीहरू गैरविश्वासीहरूको फेशनेबल पहिरन मन पराउँछन्, जस्तै, गैरविश्वासीहरूले दुष्ट प्रवृत्तिहरू जसरी पछ्याउँछन् त्यो मन पराउँछन्, र तिनीहरू देहगत विलासी जीवनशैलीप्रतिको गैरविश्वासीहरूको आसक्ति झन् मन पराउँछन्। त्यसकारण, वातावरणमा आएको एउटै परिवर्तनले, यस महिलाको जीवन दृष्टिकोण र यो संसार र जीवनप्रतिको उसको मनोवृत्ति पूर्ण रूपमा परिवर्तन गरिदियो। उसलाई परमेश्वरमा विश्वास गर्नु र सत्यता पछ्याउनु सबैभन्दा महत्त्वपूर्ण कुरा होइन, बरु मानिसहरूले यस संसारमा आफू जीवित छँदा, देहमा रमाउँदै जीवनको आनन्द लिनुपर्छ, प्रवृत्तिहरू पछ्याउनुपर्छ, र यताउती हिँड्दा सबैको ध्यान खिच्ने, अरूमा डाहा पैदा गर्ने, र मानिसहरूलाई तिनीहरूलाई आदर्श मान्न लगाउने समाजका आकर्षक र सुन्दर व्यक्तित्वजस्तै बन्नुपर्छ भन्ने लाग्थ्यो। कति मानिसहरू त यस्ता पनि छन्, जसले धेरै वातावरण सामना गरिसकेपछि, र हरप्रकारका मानिसहरू भेटिसकेपछि, अनि आफ्नो आँखा उघ्रिएपछि यी दुष्ट प्रवृत्तिहरू र मानवजातिलाई छर्लङ्ग देख्न सक्छन् किनभने तिनीहरू सत्यता पछ्याउँछन् र परमेश्वरका अभिप्रायहरू बुझ्छन्। परमेश्वरले तिनीहरूलाई अगुवाइ गर्ने मार्ग पछ्याउने क्रममा, तिनीहरूको हृदय सांसारिक मानिसहरू हिँड्ने मार्गलाई घृणा गर्न, साथै यसलाई खुट्ट्याउन र पूर्ण रूपमा त्याग्न अझै सक्षम बन्छ। सत्यता नपछ्याउने र ख्रीष्टविरोधी सार भएका मानिसहरूको हकमा चाहिँ, तिनीहरूको आँखा उघ्रिनेबित्तिकै र तिनीहरूले फरक-फरक वातावरण सामना गर्नेबित्तिकै, तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू नघट्ने मात्र होइन, बरु ती झन्-झन् बढ्दै जान्छन्। आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू झन्-झन् धेरै भएपछि, ती मानिसहरू असल कुराहरूको आनन्द लिने अनि पैसा र प्रभाव हुने संसारका मानिसहरूको जीवनको अझै बढी डाहा गर्छन्, र तिनीहरूको हृदयमा विश्वासीहरूको जीवनप्रति हेला विकास हुन्छ। तिनीहरू के सोच्छन् भने धेरैजसो विश्वासी संसारको पछि लाग्दैनन्, तिनीहरूसँग पैसा, हैसियत, र प्रभाव हुँदैन र तिनीहरूले संसारका धेरै कुरा देखेका हुँदैनन्, तिनीहरू गैरविश्वासीहरू जत्ति आकर्षक हुँदैनन्, तिनीहरूले गैरविश्वासीहरूले जस्तै जीवनको आनन्द कसरी लिने भनी बुझेका हुँदैनन् र तिनीहरू गैरविश्वासीहरूले जत्ति देखावटी गर्दैनन्। परिणामस्वरूप, तिनीहरूको हृदयमा परमेश्वरमाथिको विश्वासप्रति विरोध र शत्रुता बढ्छ। त्यसकारण, ख्रीष्टविरोधीको सार भएका धेरै मानिसको हकमा भन्दा, तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेको समयदेखि अहिलेसम्म, वास्तवमा तिनीहरू ख्रीष्टविरोधी सार भएका व्यक्ति हुन् कि होइनन् भनेर भन्न सकिँदैन, तर एक दिन सही वातावरण आएपछि यसले तिनीहरूलाई प्रकट गर्नेछ। पहिले जब प्रकट भएका मानिसहरू प्रकट भएका थिएनन्, त्यति बेला तिनीहरू नियमहरू पनि पालना गर्थे र आफूले गर्नुपर्ने काम पनि गर्थे। परमेश्वरको घरले तिनीहरूलाई जे गर्न लगाउँथ्यो तिनीहरू त्यही गर्थे, र तिनीहरू कष्ट भोग्न र मूल्य चुकाउन सक्थे। तिनीहरू कर्तव्यनिष्ठ, सही मार्गमा रहेका मानिस र परमेश्वरमा विश्वास गर्नेहरूको स्वरूप र व्यवहार भएका मानिसजस्ता देखिन्थे। तर तिनीहरूले बाहिरी रूपमा जे गरे पनि, तिनीहरूको सार र तिनीहरूले हिँडेको मार्ग समयको परीक्षा, वा फरक-फरक वातावरणको परीक्षामा दृढ रहेनन्। व्यक्तिले परमेश्वरमा विश्वास गरेको जति नै वर्ष भए पनि, र उसको विश्वासको जग जति नै दह्रिलो भए पनि, यदि ऊसँग ख्रीष्टविरोधी सार छ र ऊ ख्रीष्टविरोधी बाटोमा छ भने, उसले अवश्य नै भौतिक सुखहरू पछ्याउँछ, विलासी जीवनशैली पछ्याउँछ, प्रचुर भौतिक व्यवहार पछ्याउँछ, र त्यसबाहेक, हरप्रकारका मनपर्दा कुराहरू पछ्याउँछ, र त्यससँगसँगै जीवनप्रति सांसारिक मानिसहरूको मनोवृत्ति र शैलीलाई डाहा गर्छ। यो कुरा निश्चित छ। त्यसकारण, अहिले सबैले प्रवचनहरू सुनिरहेका भए पनि, परमेश्वरका वचनहरू खाने र पिउने अनि कर्तव्य पूरा गरिरहेका भए पनि, यी कुराहरू गर्ने तर सत्यता नपछ्याउने मानिसहरू अवश्य नै भौतिक कुराहरू पछ्याउँछन्। यी कुराहरूले तिनीहरूको हृदयमा प्राथमिकता पाउनेछन्, र सही वातावरण वा परिस्थिति आइपर्नेबित्तिकै, तिनीहरूका चाहनाहरू बढ्नेछन् र सक्रिय हुनेछन्। यी कुराहरू यस बिन्दुमा पुग्नेबित्तिकै, तिनीहरू प्रकट हुनेछन्। यदि मानिसहरू सत्यता पछ्याउँदैनन् भने, तिनीहरूका लागि ढिलोचाँडो त्यो दिन आउनेछ। सत्यता पछ्याउने, सत्यता बुझ्ने, र सत्यतालाई आफ्नो जग बनाएका मानिसहरूको हकमा भन्नुपर्दा, जब यी परीक्षा र परिस्थितिहरू आइपर्छन्, तब तिनीहरू यी कुरालाई सही रूपमा लिन, इन्कार गर्न र परमेश्वरप्रतिको आफ्नो गवाहीमा दृढ रहन सक्षम हुन्छन्। जब यी परीक्षाहरू आउँछन्, तब तिनीहरूले के सकारात्मक र के नकारात्मक भनेर छुट्याउन सक्छन्, र यो आफूले चाहेको कुरा हो कि होइन भनेर थाहा पाउन सक्छन्। यो त कतिपय महिलाले आफ्नो पछि लाग्ने पुरुषहरूसँग जति नै धेरै पैसा भए पनि तिनीहरूप्रति कुनै चासो नदिए जस्तै हो। तिनीहरू किन चासो दिँदैनन्? किनभने ती पुरुषहरूमा असल चरित्र हुँदैन। कतिपय महिला जीवनसाथी खोज्दैनन् किनभने धनी पुरुषहरूले उनीहरूको पछि लाग्दैनन्। यदि पैसा भएको पुरुष उसको पछि लाग्यो र २०,००० युआन पर्ने डिजाइनरको लुगा किनिदिएको भए, ऊ आकर्षित हुनेथिई, र यदि उसले पानी मलसाँप्रोको रौँको १,००,००० युआन पर्ने कोट, वा ठूलो हीरा, सुन्दर ठूलो घर र कार किनेर दिएको भए, ऊ तुरुन्तै ऊसँग विवाह गर्न इच्छुक हुनेथिई। त्यसोभए, जब यी महिलाहरूले विवाह गर्दिनँ भनेर भन्थे, तब त्यो साँचो हुन्थ्यो कि झूटो? त्यो झूट हुन्थ्यो। त्यसकारण, धेरै मानिस संसारको पछि लाग्दिनँ र संसारका सम्भाव्यता र सुखहरू पछ्याउँदिनँ भनेर भन्छन्, तर त्यो तिनीहरूको अगाडि कुनै परीक्षा नभएको बेला हुन्छ; त्यसका लागि वातावरण अनुकूल भएको हुँदैन। त्यस्तो अनुकूल वातावरण पैदा हुनेबित्तिकै, तिनीहरू गहिराइमा डुब्छन् र आफूलाई मुक्त गर्नै सक्दैनन्। यो त ठ्याक्कै हामीले भर्खरै दिएको उदाहरणजस्तै हो। त्यस महिलाले आफूलाई परिस्थितिबाट मुक्त गरिन। केही समयसम्म सहरी जीवनको आनन्द लिइसकेपछि, उसलाई आफू को हुँ भन्ने थाहै भएन र उसले बाटो बिराई। उसलाई यदि दरबारमा राखिएको भए, के उसले आफ्नो नाम कलङ्कित नगराउन आफ्ना आमाबुबालाई सक्दो चाँडो आत्महत्या गर्न लगाउँथी कि? यस्ता मानिसहरू आफ्नो आनन्द, प्रतिष्ठा, विलासी जीवनशैली र उच्च गुणस्तरीय जीवनका लागि कुनै पनि मूर्ख काम गर्न सक्षम हुन्छन्। तिनीहरू व्यर्थका हुन्छन् र तिनीहरूमा नीच चरित्र हुन्छ। के यस्ता मानिसहरूले कहिल्यै सत्यता पछ्याएका छन्? (छैनन्।) त्यसोभए त्यस महिलाले प्रचार गर्ने प्रवचनहरू कहाँबाट आएका थिए? के ऊसँग प्रचार गर्ने प्रवचनहरू थिए? ऊ जे प्रचार गर्थी त्यो प्रवचन थिएन, धर्मसिद्धान्त थियो। उसले फाइँफुट्टी लगाएर मानिसहरूलाई बहकाइरहेकी थिई, प्रवचन प्रचार गरिरहेकी थिइन। उसले धेरै प्रवचन प्रचार गरी, तैपनि कसरी आफ्ना समस्याहरू समाधान गर्नसमेत सकिन? के उसलाई आफू यस अवस्थामा पुग्न सक्छु भन्ने थाहा थियो? के उसले स्पष्ट रूपमा कुराहरू देखी? उसले एकदमै धेरै प्रवचनहरू प्रचार गरी, तैपनि केही समय सहरी जीवनको आनन्द लिइसकेपछि, यस्ता परीक्षाहरू पार गर्न सकिन, र ऊ आफ्नो गवाहीमा दृढ हुन सकिन। त्यसोभए, के उसले प्रचार गरेका कुराहरू प्रवचन थिए त? ती प्रवचन थिएनन् भन्ने स्पष्ट छ। यो तेस्रो घटना हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।