विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग पाँच) खण्ड एक
आ. ख्रीष्टविरोधीहरूका हितहरू
ग. आफ्नै फाइदाका लागि षड्यन्त्र रच्नु
आज, हामी ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणको नवौँ विषयवस्तु र यस विषयवस्तुको ख्रीष्टविरोधीहरूका हितहरूसँग सम्बन्धित भागबारे हाम्रो सङ्गति जारी राख्नेछौँ। पछिल्लोपटक, मैले ख्रीष्टविरोधीहरूका हितहरूको तेस्रो बुँदा, अर्थात् फाइदाहरूबारे सङ्गति गरेँ। त्यस बुँदामा, मैले धेरै पक्षका निश्चित प्रकटीकरणहरू सूचीबद्ध गरेँ, र मुख्य रूपमा ख्रीष्टविरोधीहरूको व्यवहार, तिनीहरूका विचार र दृष्टिकोणहरू, अनि यी विचार र दृष्टिकोणहरूको नियन्त्रणमा रहेर तिनीहरूले गर्ने विभिन्न कुराबारे छलफल गरेँ। मैले पछिल्लोपटक दुइटा पक्षबारे सङ्गति गरेँ: पहिलो थियो, परमेश्वरको घरका सम्पत्तिहरू हिनामिना गर्नु, र दोस्रो थियो, तिनीहरूलाई सेवा प्रदान गर्न र तिनीहरूका लागि काम गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयोग गर्नु। यी दुई बुँदा ख्रीष्टविरोधीहरूले आफ्नै फाइदाका लागि षड्यन्त्र रच्ने कार्यका निश्चित प्रकटीकरण हुन्। अहिले मैले यी कुराहरूबारे सङ्गति गरिसकेपछि, के तिमीहरूले ख्रीष्टविरोधीहरूको प्रकृति सार बुझ्यौ? ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणको हिसाबमा भ्रष्ट मानिसहरूमाझ कुनै ठूलो भिन्नता हुँदैन, चाहे त्यो तिनीहरूको स्वभावको हिसाबमा होस् वा प्रकृति सारको हिसाबमा होस्। तिनीहरूमा भिन्नताभन्दा बढी समानता हुन्छ; तिनीहरूसँग असल मानवता छ कि दुष्ट मानवता छ भन्ने कुरामा मात्रै तिनीहरू भिन्न हुन्छन्, र सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिको कुरा आउँदा मात्रै तिनीहरूमा स्पष्ट भिन्नता हुन्छ। मानिसहरूको भ्रष्ट स्वभाव सबै उस्तै भए पनि, ख्रीष्टविरोधीहरू सत्यतालाई घृणा गर्न, परमेश्वरको विरोध गर्न, परमेश्वरको आलोचना गर्न, र परमेश्वरविरुद्ध निन्दा गर्न सक्ने हुन्छन्, र तिनीहरू दुष्कर्म गर्न र मण्डलीको काममा बाधा दिन पनि सक्ने हुन्छन्। ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट मानिसहरू निकै भिन्न हुने क्षेत्रहरू यिनै हुन्। हरेक व्यक्तिमा ख्रीष्टविरोधी स्वभाव हुन्छ, तर यदि उसले दुष्कर्म गरेको छैन र मण्डलीको काममा बाधा दिएको छैन र ऊ प्रत्यक्ष रूपमा परमेश्वरसित भिडेको छैन भने, उसलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न मिल्दैन। भ्रष्ट मानिसहरूमा उस्तै वा मिल्दो विचार, दृष्टिकोण, र भ्रष्ट स्वभावहरू भए पनि, यदि कसैको मानवताको सार दुष्ट व्यक्तिको सार होइन भने, ऊ र ख्रीष्टविरोधीहरूबीच रहेको स्पष्ट भिन्नता त्यही हो। धेरैजसो मानिस यो भिन्नता देख्न सक्दैनन्, अनि ख्रीष्टविरोधीको स्वभाव भएका मानिसहरू र ख्रीष्टविरोधीको मार्ग हिँड्ने मानिसहरूलाई सँगै एउटै समूहमा राखेर ख्रीष्टविरोधीका रूपमा चित्रण गर्छन्—यसो गर्दा असल मानिसहरूलाई सजिलै हानि गर्न सकिन्छ! यदि तिमीहरूले ख्रीष्टविरोधीहरूको सार स्पष्ट रूपमा बुझेका छैनौ भने, यो तिमीहरूका लागि पनि आफूलाई बुझ्नमा आइपर्ने ठूलो बाधा हो। यदि तैँले आफ्नो भ्रष्ट स्वभाव ख्रीष्टविरोधीको जस्तै छ भन्ने देखिस् भने, आफूलाई ख्रीष्टविरोधी हुँ भन्ने ठान्नेछस्, र यदि तैँले आफू ख्रीष्टविरोधीको बाटो हिँडिरहेको छु भन्ने देखिस् भने पनि आफूलाई ख्रीष्टविरोधी ठान्नेछस्। तैँले काम गर्ने तरिका अनि तेरा विचार र दृष्टिकोणहरू ख्रीष्टविरोधीका जस्तै छन् भन्ने देखिस् भने, तैँले अझै पनि आफूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्नेछस्। यदि तैँले यी तीन तरिकाले आफूलाई ख्रीष्टविरोधीका रूपमा देखिस् भने, आफूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्नेछस्। यसले के-कस्ता परिणामहरू ल्याउनेछ? तँ अवश्य नै केही निश्चित हदसम्म नकारात्मक बन्नेछस् र आफूदेखि हरेस खानेछस्। यस्तो तरिकाले आफूलाई बुझ्नु अलिक विकृत बुझाइ हो। त्यसोभए, के तेरो ख्रीष्टविरोधी स्वभावलाई बुझ्नु अनावश्यक कुरा हो त? होइन, अवश्य नै यो आवश्यक कुरा हो। ख्रीष्टविरोधीहरूको स्वभावबारे सङ्गति र चिरफार गर्नुको उद्देश्य तिमीहरूलाई ती कुरासित आफूलाई तुलना गर्ने र साँचो रूपमा आफूलाई बुझ्ने अवस्थामा पुर्याउन मदत गर्नु हो। यदि तैँले आफूमा औसत भ्रष्ट स्वभाव छ भन्ने कुरा बुझेको छस्, तर तँमा ख्रीष्टविरोधी स्वभाव छ भन्ने कुरा पहिचान गरेको छैनस् भने, आफ्ना बारेमा रहेको तेरो बुझाइ अत्यन्तै सतही र एकतर्फी छ; हुनुपर्ने कुरा यस्तो होइन। अहिले तिमीहरूलाई यसबारे अझै थाहा नहुन सक्छ। धेरैजसो मानिस सोच्छन्, “म ख्रीष्टविरोधीको मार्ग हिँडिरहेको छैनँ, न त म ख्रीष्टविरोधी नै हुँ, न त मसँग ख्रीष्टविरोधीको सार नै छ, त्यसकारण मलाई मसँग ख्रीष्टविरोधीको स्वभाव छ, म ख्रीष्टविरोधीको मार्ग हिँड्न सक्छु, र म ख्रीष्टविरोधी बन्न सक्छु भन्ने कुरा बुझ्ने हदसम्म पुग्नु आवश्यक छैन। यदि आफ्ना बारेमा रहेको मेरो बुझाइ यस्तै भएको भए, के मैले आफूले आफैलाई अपमानित गरिरहेको हुनेथिइनँ र?” त्यसकारण, ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने यी विषयहरूमा तिमीहरूलाई त्यति चासो छैन। तर तँलाई चासो भए नि नभए नि, यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, अन्ततः तँ क्रमिक रूपमा बढेर एक दिन सत्यताका यी पक्षहरू र यी भनाइहरू बुझ्ने अवस्थामा पुग्ने नै छस्। मैले त्यस्ता कति मानिसहरूको कुरा सुनेको छु, जसले आफ्नो अनुभवात्मक बुझाइबारे सङ्गति त गर्छन्, तर आफूमा कसरी ख्रीष्टविरोधी स्वभाव छ, वा तिनीहरू कसरी ख्रीष्टविरोधीको मार्गमा हिँड्छन् भन्नेबारे फिटिक्कै केही बोल्दैनन्। तिनीहरूको विचार, दृष्टिकोण, र स्वभाव प्रस्ट रूपमा ख्रीष्टविरोधीको जस्तै हुन्छ—तिनीहरू उस्तै हुन्छन्—तर तिनीहरू यो कुरा बुझ्दैनन्। यो कुरा के प्रमाणित गर्न पर्याप्त छ भने, धेरै मानिसले आफूलाई अत्यन्तै सतही हदमा बुझ्छन्, किनभने तिनीहरू आफूमा भ्रष्ट स्वभाव छ भनेर बुझ्न मात्रै सक्षम हुन्छन्, अनि तिनीहरू परमेश्वरको विरोध र उहाँविरुद्ध विद्रोह गर्छन्, तिनीहरूको मानवता त्यति राम्रो हुँदैन, र तिनीहरू सत्यतालाई त्यति प्रेम गर्दैनन्। वास्तवमा, तिनीहरूले प्रकट र खुलासा गर्ने कुरा भनेको ख्रीष्टविरोधीको स्वभाव हो, र तिनीहरू हिँड्ने मार्ग ख्रीष्टविरोधीको मार्ग हो, तर तिनीहरू यो कुरा बुझ्दैनन्। तिनीहरू किन यो कुरा बुझ्दैनन्? किनभने तिनीहरू ख्रीष्टविरोधीको स्वभावसँग सम्बन्धित विभिन्न प्रकटीकरण बुझ्दैनन्, र धेरै मानिस त आफूसँग ख्रीष्टविरोधीको स्वभाव छ वा आफू ख्रीष्टविरोधीको मार्गमा छु भनेर भन्नसमेत डराउँछन्। तिनीहरूले यो कुरा बुझे पनि, भन्ने आँट गर्दैनन्; यदि तिनीहरूले यो कुरा ठूलो स्वरमा बताए भने, यो त तिनीहरूलाई श्राप दिइएको वा दोषी ठहराइएको जस्तै हुन्छ। वास्तवमा, तैँले बताए नि नबताए नि तेरो अवस्था उही हुँदैन र? के यसले तँमा ख्रीष्टविरोधी स्वभाव छ भन्ने तथ्य परिवर्तन गर्न सक्छ र? अहँ, सक्दैन। तैँले यो कुरा नबुझ्ने तथ्यले सत्यताप्रतिको तेरो बुझाइ अत्यन्तै सतही छ, र तँसँग आफ्ना बारेमा साँचो बुझाइ छैन भन्ने कुरा प्रमाणित गर्छ।
३. आफ्नो पद प्रयोग गरेर छलकपटद्वारा खानेकुरा, पेयपदार्थ र अन्य मनपर्दा वस्तुहरू प्राप्त गर्नु
यसपछि, हामी ख्रीष्टविरोधीहरूले आफ्नै फाइदाका लागि षड्यन्त्र रच्नुको तेस्रो प्रकटीकरणबारे सङ्गति गर्नेछौँ—आफ्नो पद प्रयोग गरेर छलकपटद्वारा खानेकुरा, पेयपदार्थ र अन्य मनपर्दा वस्तुहरू प्राप्त गर्ने कार्यबारे सङ्गति गर्नेछौँ। अवश्य नै “आफ्नो पदको प्रयोग गर्नु” लाई परमेश्वरमा विश्वास गर्ने नाममा आफ्नो पद प्रयोग गरेर छलकपटद्वारा खानेकुरा, पेयपदार्थ, र अन्य मनपर्दा वस्तुहरू प्राप्त गर्नु भनेर पनि भन्न सकिन्छ। के तिमीहरूले यस विषयमा पहिले कहिल्यै मनन गर्ने र यसबारे सोच्ने प्रयास गरेका छौ? (अहँ, छैनौँ।) के तिमीहरूले यस्तो व्यक्ति कहिल्यै देखेका छौ? के यस्तो व्यक्तिबारे तिमीहरूमा कुनै विचारहरू छन्? के तिमीहरूमा तिरस्कार वा घृणाको कुनै भावना छ? के तिमीहरूलाई यस्तो व्यक्तिप्रति हेला लाग्छ? (लाग्छ।) तिनीहरू कस्ता व्यक्ति हुन्? तिनीहरूको मानवता कस्तो हुन्छ? तिनीहरू किन यी कुराहरू गर्छन्? परमेश्वरमा विश्वास गर्नेबारे तिनीहरूको दृष्टिकोण के हुन्छ? के यस्तो व्यक्ति परमेश्वरले मुक्ति दिने व्यक्ति हो? अन्तिम विश्लेषण गर्दा, परमेश्वरमाथि तिनीहरूको विश्वासको उद्देश्य के हुन्छ? तिनीहरूले आफ्नो परिवार र करियर त्यागेका हुन्छन्, अनि कठिनाइ भोग्ने र मूल्य चुकाउने अभिव्यक्तिहरू प्रदर्शन गरेका हुन्छन्, तर अन्तिम विश्लेषण गरेर हेर्दा, तिनीहरूले आफ्नो पद प्रयोग गरेर छलकपटद्वारा खानेकुरा, पेयपदार्थ, र अन्य मनपर्दा वस्तुहरू प्राप्त गर्नुको उद्देश्य के हुन्छ? जब तिनीहरू यसो गर्छन्, के तिनीहरूलाई परमेश्वर यसलाई घृणा गर्नुहुन्छ र उहाँ अप्रसन्न बन्नुहुन्छ भन्ने थाहा हुन्छ? के तिमीहरूले पहिले कहिल्यै यी प्रश्नहरूबारे विचार गरेका छौ? साँच्चै भन्ने हो भने, तिमीहरूमध्ये धेरैले विचार गरेका छैनौ। अनि किन छैनौ? कतिले भन्छन्: “समाजमा यस्ता मानिसहरू एकदमै धेरै छन्, त्यसकारण परमेश्वरको घरमा तिनीहरूमध्ये एक-दुई जना हुनु ठूलो कुरा होइन। यति मात्र होइन, हामी आफै पनि त्यति शुद्ध छैनौँ।” तँ आफूलाई सत्यता पछ्याउने व्यक्ति ठान्छस्, र तैपनि कहिल्यै आफ्ना कार्य, विचार र दृष्टिकोणहरू, साथै अरूका कार्य र व्यवहारहरूलाई हेर्न र परिभाषित गर्न, सत्यताको दृष्टिकोण प्रयोग गरेर, ती र सत्यताबीचको सम्बन्ध स्थापित गर्दैनस्। त्यसैले, के तँ अझै पनि सत्यता पछ्याउने व्यक्ति होस् त? के तैँले परमेश्वरमाथिको आफ्नो विश्वासमा आफूले बुझेका सत्यताहरूले अझै पनि तेरा लागि मूल्य र अर्थ राख्छन्? अहँ, राख्दैनन्। आत्मिक बुझाइ नभए पनि आत्मिक भएझैँ नाटक गर्ने सबैमा नक्कली आत्मिकता हुन्छ, र तिनीहरूले प्रावधानहरू पालना गर्दै वा शब्द र धर्मसिद्धान्तहरू बोल्दै पूरै दिन बिताउने बाहेक अरू केही कुराको वास्ता गर्दैनन्, जुन प्राचीन विद्वानहरूले “आफूलाई सन्तहरूका पुस्तकहरू पढ्नमा पूर्ण समर्पित गर्ने र बाह्य मामलाहरूमा कुनै ध्यान नदिने” गरेजस्तै हो। आत्मिकताको नाटक गर्ने मानिसहरू के सोच्छन् भने, अरूले चाहे जेसुकै गरे पनि, त्यसले तिनीहरूमा कुनै मतलब राख्दैनन्, अरूले चाहे जसरी सोचे पनि त्यो अरूको मामला हो, र तिनीहरू परमेश्वरका वचनहरू अनुसार मानिसहरूलाई कसरी चिन्ने, विभिन्न कुराहरूको वास्तविकता कसरी थाहा पाउने, र परमेश्वरका अभिप्रायहरू कसरी बुझ्ने भनेर सिक्न इन्कार गर्छन्। धेरैजसो मानिस यस्तै हुन्छन्; जब तिनीहरूले कुनै प्रवचन सुनिसक्छन् वा परमेश्वरका वचनहरू पढिसक्छन्, तब तिनीहरू यसलाई कागजमा लेख्छन् र हृदयमा राख्छन्, र यसलाई धर्मसिद्धान्त वा प्रावधानका रूपमा लिन्छन् अनि यसलाई झलक्क हेरिटोपल्छन् र त्यसपछि यसलाई त्यतिमै सीमित राख्छन्। जहाँसम्म तिनीहरूको वरपर घटित हुने कुराहरू वा तिनीहरू वरपरका मानिसहरूमा तिनीहरूले देख्ने विभिन्न व्यवहार र प्रकटीकरण यी सत्यताहरूसँग कसरी सम्बन्धित छन् भन्ने कुरा छ, तिनीहरू कहिल्यै यसबारे आफ्नो हृदयमा विचार वा मनन गर्ने प्रयास गर्दैनन्, न त प्रार्थना वा खोजी नै गर्छन्। धेरैजसो मानिसहरूको आत्मिक जीवन यस्तै स्थितिमा हुन्छ। त्यसकारण, धेरै मानिस सत्यतामा प्रवेश गर्नमा ढिला र सतही हुन्छन्; तिनीहरूको आत्मिक जीवन अत्यन्तै एकोहोरो हुन्छ, तिनीहरू प्रावधानहरू मात्रै पालना गर्छन्, र तिनीहरूको काम गर्ने तरिकामा कुनै सिद्धान्तहरू हुँदैन। धेरै मानिसको हकमा त के भन्न सकिन्छ भने तिनीहरूको आत्मिक जीवन वास्तविक जीवनबाट अलग्गिएको र खोक्रो हुन्छ, र त्यसकारण दुष्ट मानिस र ख्रीष्टविरोधीहरूको स्पष्ट व्यवहार र प्रकटीकरणहरूको कुरा आउँदासमेत तिनीहरूसँग कुनै अवधारणा हुँदैन, परिभाषा त झन् हुँदै हुँदैन, र तिनीहरूसँग न त कुनै विचार हुन्छ वा न त तिनीहरू कुनै समझशक्ति नै देखाउँछन्। आफ्नो व्यक्तिगत फाइदाका लागि षड्यन्त्र गर्ने ख्रीष्टविरोधीहरूका व्यवहार, प्रकटीकरण, र भनाइहरूको हकमा भन्दा, तिमीहरूले धेरै कुरा देखेका हुन सक्छौ, तर तिमीहरूले आफ्नो हृदयमा तिनीहरू वास्तवमा कस्ता मानिस हुन्, तिनीहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा सत्यता प्राप्त गर्न सक्छन् कि सक्दैनन्, तिनीहरू सत्यता पछ्याउने मानिस हुन् कि होइनन्, र यस्तै अरू प्रश्नहरूबारे सोच्ने प्रयास गरेका हुँदैनौ। बरु, तिमीहरू दिनभरि आफ्नो कर्तव्यमा साँचो रूपमा संलग्न नभई आलटाल गर्छौ, आफूले गर्ने सबै कुरामा झारा टार्छौ, र सत्यता प्राप्त गर्न वा सत्यता वास्तविकता बुझ्न र त्यसमा प्रवेश गर्न खोज्दैनौ। ख्रीष्टविरोधीहरू आफ्नो फाइदाका लागि षडयन्त्र रच्न आफ्नो पद प्रयोग गर्छन् र परमेश्वरमा विश्वास गर्नुलाई परमेश्वरको घरमा छलकपटद्वारा हरप्रकारका मनपर्दा वस्तुहरू प्राप्त गर्ने बहानाका रूपमा प्रयोग गर्छन्। यी मनपर्दा वस्तुहरूमा स्वाभाविक रूपमै खाने र पिउने कुराहरू, साथै निश्चित भौतिक सुख र यस्तै अन्य कुराहरू समावेश हुन्छन्। त्यस्ता मानिसहरूको सार हामीले यसअघि कुरा गरेको ख्रीष्टविरोधीहरूको भौतिकतावादी सारजस्तै हुन्छ—यो उस्तै प्रकारको व्यक्तिको चरित्र हो। तिनीहरू हरप्रकारका भौतिक व्यवहारको आनन्द लिन मात्रै खोज्छन्; तिनीहरू सत्यता पछ्याउँदैनन्, र तिनीहरूले असल कार्यहरू तयार गर्नु त झन् परको कुरा हो। तिनीहरू सत्यता पछ्याउने बहाना मात्रै गर्छन् र झट्ट हेर्दा सत्यता पछ्याएजस्तो नै देखिन्छ। तिनीहरूले हृदयमा पछ्याउने कुरा त तिनीहरूले निरन्तर सोच्ने गरेका खाने, पिउने, र राम्रो व्यवहार पाउने देह सुखहरू मात्र हुन्छन्। वरपर यस्ता मानिसहरू धेरै हुन्छन्; हरेक मण्डलीमा एक-दुई जना, र सायद योभन्दा धेरै यस्ता मानिसहरू हुने सम्भावना हुन्छ। आज, म यी मानिसहरूको प्रकटीकरण, व्यवहार र सारबारे सैद्धान्तिक अर्थमा कुरा गर्नेछैनँ। म सुरुमा केही निश्चित प्रतिनिधिमूलक मामलाहरूबारे कुरा गर्नेछु र तिमीहरूलाई यसबाट सुन्न र अन्तर्ज्ञान प्राप्त गर्न दिनेछु, र यस्ता मानिसहरू हामीले सङ्गति गरिरहेको यस बुँदासँग कसरी सम्बन्धित छन् र तिनीहरूले खानेकुरा, पेयपदार्थ, पैसा, र भौतिक कुराहरू छलकपटद्वारा प्राप्त गर्न आफ्नो पद प्रयोग गर्ने र परमेश्वरमा विश्वास गरेको देखावटी गर्ने गर्छन् कि गर्दैनन् भनेर देखाउनेछु। यसप्रकारको व्यक्तिलाई चिन्ने प्रयास गर, त्यसपछि तिमीहरूको सम्पर्कमा आउने मानिसहरूमा हामीले कुरा गरिरहेका यी प्रकटीकरणहरू छन् कि छैनन् भनेर सोच। यदि कसैको याद आयो भने, तिमीहरूले केही उदाहरण पनि दिन सक्छौ। मलाई भन त, उदाहरणहरू दिनु राम्रो हो कि यसरी साधारण रूपमा सङ्गति गर्नु राम्रो हो? (उदाहरणहरू दिनु राम्रो हो।) उदाहरणहरू दिनुको फाइदा के हो? सर्वप्रथम, धेरैजसो मानिस यी कथाहरू र वास्तविक जीवनका घटनाहरू सुन्न इच्छुक हुन्छन्। तिनका आफ्नै पात्र र कथावस्तु हुन्छन्, र धेरैजसो मानिस तिनलाई रोचक ठान्छन्। यो तैँले आफ्नो व्यक्तिगत अनुभवबारे कुरा गरेजस्तै हो: यदि तैँले यसबारे लेख लेखिस् भने, मानिसहरूले सामान्यतया एक-दुईपटक पढ्छन् र यो त्यतिमै सीमित हुन्छ, तर यदि तैँले यसबारे चलचित्र बनाइस् वा नाटकका रूपमा प्रस्तुत गरिस् भने, धेरै मानिसले हेर्नेछन्, र एकपटक होइन धेरै पटक हेर्नेछन्। यसरी, मानिसहरूले सत्यताको यो पक्ष वा सम्बन्धित मानिस, घटना र कामकुराहरूलाई अझै राम्ररी र स्पष्टतासाथ हेर्नेछन्, र यसले तिनीहरूमा अझै गहन छाप पार्नेछ। यसअलावा, केही निश्चित उदाहरणहरू दिएमा यसले मानिसहरूलाई सत्यताको हरेक पक्ष र तिनीहरू आफैबीच अझ सटीक रूपमा तुलना गर्न र सम्बन्धहरू स्थापित गर्न मदत गर्छ।
पहिलो घटना: खानेकुरा र पेय पदार्थ प्राप्त गर्न काम गरेको बहाना गर्नु
पहिले, हामी परमेश्वरका चुनिएका मानिसहरूमा आम रहेका केही उदाहरण प्रस्तुत गरौँ। कतिपय अगुवा र कामदारहरू नयाँ ठाउँमा आउँछन्, जहाँ तिनीहरूले फरक-फरक विश्वासी दाजुभाइ-दिदीबहिनीहरू भेट्छन् र केही राम्रा कुराहरू पत्ता लगाउँछन्, र सोच्छन्, “यी राम्रा कुराहरू हुन्। मसँग किन यी कुरा छैनन्?” यहाँ, के तिनीहरूको मनमा अनुचित विचारहरू छैनन् र? तिनीहरूको लोभ देखा परेको छ। लोभ देखा पर्नेबित्तिकै, यी नीच र लाजमर्दा खराब मानिसहरू त्यहीँ रोकिन्छन् र त्यस ठाउँमा काम गर्न र त्यहाँबाट नजान हरेक बहाना बनाउँछन्। त्यहाँबाट नजानुमा तिनीहरूको उद्देश्य के हुन्छ? (ताकि एक दिन फाइदा लिन सकियोस् भन्ने हो।) ठिक भन्यौ, तिनीहरू फाइदा लिन चाहन्छन्। यदि तिनीहरूले यो फाइदा प्राप्त गरेनन् भने, तिनीहरू राती राम्ररी सुत्नेछैनन्। तिनीहरू आफू अन्त कतै गएमा, अरू कसैले यो फाइदा पाउनेछ र आफूलाई फेरि यो मौका मिल्नेछैन भन्ने चिन्ता गर्छन्, त्यसकारण तिनीहरूले त्यसै ठाउँमा नै प्रचार र काम गर्ने बहाना बनाउँछन्। वास्तवमा, तिनीहरूको हृदयले सधैँ यी मनपर्दा वस्तुहरू सोचिरहेको हुन्छ, र तिनीहरूको आँखा सधैँ यी मनपर्दा वस्तुहरूमा केन्द्रित हुन्छ। अन्ततः तिनीहरू त्यसै ठाउँमा आफूलाई स्थापित गर्छन्, र धेरैजसो दाजुभाइ-दिदीबहिनी तिनीहरूलाई मन पराउँछन्, तिनीहरू प्रचारकहरू हुन् भन्ने थाहा पाउँछन्, र तिनीहरूलाई आराधना र आदर गर्छन्। तब ती अगुवा र सेवकहरू आफूले चाहेका केही कुरा छन् भनेर बताउने समय आएको हुन्छ, त्यसैले तिनीहरूले यो विषय छलफल गर्ने विभिन्न तरिका सोच्छन्, तर तिनीहरू जति धेरै बोल्छन्, त्यति नै चिन्तित हुन्छन्। तिनीहरू मनमनै विचार गर्छन्, “मैले यो कुरा कसरी माग्ने? म यो कुरा मन पराउँछु र चाहन्छु भनेर दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा दिनु हुँदैन। मैले तिनीहरूलाई यो कुरा स्वेच्छाले नै दिन लगाउनुपर्छ; तिनीहरूलाई मैले यो कुरा मागिरहेको छु भनेर सोच्ने बनाउनै हुँदैन, बरु यो तिनीहरूले स्वेच्छाले दिइरहेको कुरा हो, र अवश्य नै यो मैले पाउनुपर्ने कुरा हो भनेर सोच्ने बनाउनुपर्छ।” यसपछि, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्छन्, “आजभोलि तपाईँहरूको जीवन प्रवेश कस्तो छ?” दाजुभाइ-दिदीबहिनीहरू भन्छन्, “तपाईँ आउनुभएपछि, हाम्रो मण्डली जीवनमा सुधार आएको छ र सबै जना ऊर्जाशील भएका छन्।” “तपाईँहरू ऊर्जाशील हुनुहुन्छ भन्ने तथ्यले तपाईँहरूको आत्माको अवस्था राम्रो छ भन्ने अर्थ दिन्छ। तपाईँहरूको व्यापार पनि राम्रै भइरहेको छ। परमेश्वरको इच्छा भयो भने, भविष्यमा तपाईँहरूको व्यापार अझै राम्रो हुनेछ।” अनि अगुवा र कामदारहरूका रूपमा बोल्ने क्रममा, तिनीहरू कुराकानीलाई आफूले चाहेको कुरातिर मोड्छन्। जब दाजुभाइ-दिदीबहिनीहरूलाई अगुवा र सेवकहरू त्यो कुरा चाहन्छन् भन्ने स्पष्ट हुन्छ, तब तिनीहरू अगुवा र कामदारहरू जाँदा त्यस्ता केही कुरा आफूसँग लिएर जानुपर्छ भनेर भन्छन्। अगुवा र कामदारहरू भन्छन्, “अहँ, म कुनै पनि कुरा लिन सक्दिनँ। यो सिद्धान्तहरूअनुरूप हुँदैन। परमेश्वर खुसी हुनुहुनेछैन।” “त्यस्तो समस्या हुँदैन। तपाईँ केही पाउन लायक हुनुहुन्छ।” “म यो पाउन लायक भए पनि, मैले लिन मिल्दैन।” यसो भनेपछि, तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूले वास्तवमा यो कुरा दिनेछैनन् भन्ने चिन्ता लाग्छ, त्यसैले तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई तिनीहरूको भलाइप्रति धन्यवाद दिऊन् भनेर घुमाउरो पाराले केही कुरा भन्छन्, र साथमा आफूले चाहेको कुराको प्रसङ्ग पनि सक्रिय रूपमा उठाउँछन्, ताकि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई केही कुरा दिन सम्झून्। त्यसपछि, अगुवा र कामदारहरूले भन्न खोजेको कुरा दाजुभाइ-दिदीबहिनीहरूलाई स्पष्ट हुन्छ, र तिनीहरू भन्छन्, “अहिले यस विषयमा कुरा नगरौँ। तपाईँ गएपछि हामी यसबारे कुरा गर्न सक्छौँ।” जब अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूले यसो भनेको सुन्छन्, तब तिनीहरूको हृदय प्रफुल्लित हुन्छ र तिनीहरू सोच्छन्, “एकदम राम्रो। मैले बल्ल आफूले चाहेको कुरा प्राप्त गर्नेछु!” त्यसपछि तिनीहरू सोच्छन्, “यदि म भोलि नै गएँ भने, मैले त्यो कुरा चाहेको हुँ भनेर मानिसहरूलाई एकदमै स्पष्ट हुनेछ। बरु म दुई-तीन दिनपछि जान्छु।” अन्ततः जब तेस्रो दिन आउँछ, तब तिनीहरू जाँदा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई निकै गह्रौँ पोको दिन्छन्। अगुवा र कामदारहरूले त्यो पोको आफूले चाहेको कुरा हो भन्ने देख्छन्, तर नदेखेको बहाना गर्छन्, र त्यसलाई इन्कार गर्दैनन्। तिनीहरू एक शब्द नबोली त्यो पोको लिन्छन्। तिनीहरू कस्ता प्रकारका मानिस हुन्? तिनीहरू आफ्नो कामलाई मनपर्दा वस्तुहरू षड्यन्त्र गरेर प्राप्त गर्ने माध्यमका रूपमा—र आफ्नो श्रमलाई मुद्राका रूपमा—प्रयोग गर्ने र दाजुभाइ-दिदीबहिनीहरूबाट विभिन्न कुरा धुत्ने मानिस हुन्। के यो एक प्रकारको छलकपट होइन र? तिनीहरूको कामको उद्देश्य के हो? अरूलाई ठगेर मनपर्दा वस्तुहरू प्राप्त गर्नु। तिनीहरूले कुनै मनपर्दा वस्तु रहेको र आफूले चाहेको कुरा भएको ठाउँ पत्ता लगाउनेबित्तिकै, तिनीहरू बाटोमै रोकिन्छन् र त्यो ठाउँ छोडेर जान चाहँदैनन्। तिनीहरूले आफ्नो घरका लागि हरेक असल कुरा लिन्छन्। धेरै वर्ष अगुवा वा कामदार बनेपछि, तिनीहरूका घरका धेरै कुराहरू दाजुभाइ-दिदीबहिनीहरूबाट धुतिएका चीज हुन्छन्। तिनीहरूमध्ये कतिले दाजुभाइ-दिदीबहिनीहरूबाट गुप्त पारिवारिक पाककला वा विरासतहरू ठगेर लिएका हुन्छन्, र तिनीहरूमध्ये कतिले स्थानीय विशेष उत्पादनहरू ठगेर लिएका हुन्छन्। परमेश्वरमाथिको यी मानिसहरूको विश्वास तिनीहरूले बद्लामा केही पनि नमागी ठाउँ-ठाउँमा गएको जस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूबाट एकदमै धेरै मनपर्दा वस्तुहरू ठगेका हुन्छन्।
कुनै निश्चित मण्डलीमा अगुवा पुगेपछि, उसले त्यस क्षेत्रका बयर देशभरि प्रसिद्ध छ भन्ने देख्छ, र उसले मनमनै सोच्छ, “मलाई बयर खान मन पर्छ। यदि म यहाँ जन्मेको भए, मैले हरेक दिन बयर खान पाउँथेँ, तर दुःखको कुरा म धेरै दिन बस्न सक्दिनँ र बयर अझै पाकेको छैन। मैले कहिले ती खान पाउँछु होला? मलाई थाहा छ—म बयर नपाकुन्जेल बस्ने कुनै कारण खोज्न सक्छु, र त्यसपछि मैले ती खान पाउँछु, होइन र?” त्यसपछि, उसले यहाँका धेरैजसो दाजुभाइ-दिदीबहिनी खराब स्थितिमा छन् र तिनीहरूले आफ्नो काममा केही हासिल गरिरहेका छैनन्, त्यसैले ऊ त्यहाँ लामो समयसम्म बस्नुपर्छ र जानुभन्दा पहिले हरेक काम अघि बढाउनलाई धेरै प्रयास गर्नुपर्छ भनेर बहाना बनाउँछ। तर, के उसले वास्तवमा आफ्नो हृदयमा त्यही कुरा सोचिरहेको हुन्छ त? (हुँदैन।) उसले हृदयमा यस्तो हिसाब गरिरहेको हुन्छ: “जब बयर पाक्छ र म केही लिएर जान सक्छु, तब म जानेछु।” उसको हृदय यस्तो विचारले भरिएको हुन्छ, र यसले उसलाई रोक्छ र ऊ त्यहीँ बस्छ। त्यहाँ समय बिताउने क्रममा, उसले केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छ र केही सतही काम गर्छ, तर कामको क्षेत्रमा धेरै कुरा हासिल गर्दैन। अन्ततः बयर पाक्छ, र उसको हृदय खुसीले झुम्छ: “मैले बल्ल बयर खान पाउने भएँ। मैले सपना देखेको दिन बल्ल आइपुग्यो!” बयर पाक्नेबित्तिकै, ऊ खान थाल्छ, र सँगसँगै उसले हृदयमा यस्तो सोचिरहेको हुन्छ, “हरदिन यहाँ मैले बयर मात्रै खानु ठिक हुँदैन। म बयर खान मात्रै बस्नु हुँदैन। यदि दाजुभाइ-दिदीबहिनीहरूले थाहा पाए भने के गर्ने? मैले आफूसँग बयर लैजानका लागि तिनीहरूलाई केही बयर मलाई दिने तुल्याउने उपाय सोच्नुपर्छ। यदि तिनीहरूले मलाई ती दिएनन् भने, मैले यस मामलालाई अघि बढाउन धेरै प्रयास गर्नुपर्छ र थप केही भन्नुपर्छ।” त्यहाँ बस्ने दाजुभाइ-दिदीबहिनीहरूले उसलाई बयर खान मन पर्छ भन्ने देख्नेबित्तिकै, ऊ जाँदा आफूसँग लैजान केही दिन्छौँ भनेर भन्छन्। यो सुनेर ऊ खुसी हुन्छ, तर मुखले चाहिँ भन्छ, “म लान सक्दिनँ। यो सिद्धान्तहरूअनुरूप हुँदैन। विश्वासीहरूले यस्तो कुराको लोभ गर्नु हुँदैन। के मैले तपाईँहरूबाट फाइदा लिइरहेको हुँदिनँ र? मैले तपाईँहरूलाई पैसा नदिई त्यो लैजान मिल्दैन। म गएपछि म यसका लागि तपाईँहरूलाई पैसा दिनेछु।” उसले भन्ने यी शब्दहरू केवल शब्द हुन्। जब उसले अघाउन्जेल खाइसकेको हुन्छ र जाने समय हुन्छ, तब उसले अझै पनि हृदयमा यस्तो सोचिरहेको हुन्छ, “के तिनीहरूले मलाई केही दिनेछन्, कि केही बिग्रेका मात्र दिने हुन्? म ठुलठुला र राम्रा-राम्रा खान चाहन्छु।” ऊ आफू जानुभन्दा दुई दिनअघि नै, सधैँ यसो भनिरहेको हुन्छ, “सबै बयर लगभग टिपिसकिएको छ, होइन र? आउँदो वर्ष त्यो कहिले पाक्छ?” त्यो उसले दाजुभाइ-दिदीबहिनीहरूलाई आफूसँग लैजानका लागि केही बयर दिन नबिर्सन सम्झाउनु हो। दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा सुन्नेबित्तिकै बुझिहाल्छन्: “उहाँलाई जानुअघि लैजानलाई हामीले केही दिनैपर्छ जस्तो देखिन्छ, र उहाँलाई दिनका लागि हामीले राम्रो-राम्रो टिप्नुपर्छ; नत्र, उहाँले हाम्रा लागि परिस्थिति कठिन बनाउन सक्नुहुन्छ।” जब उसको जाने समय हुन्छ, तब दाजुभाइ-दिदीबहिनीहरूले उसलाई तीन वटा ठूला बाकस दिन्छन्। ऊ ती एक्लैले बोक्न सक्दैन, र आफ्नो मातहतका अरूलाई मदत गर्न लगाउँछ। उसले जानुअघि सक्दो खान्छ—यसले उसलाई बिरामी पारे पनि, उसलाई यसो गर्नु सार्थक हुन्छ भन्ने लाग्छ। उसलाई गइएपछि फेरि ती खान पाइँदैन भन्ने डर लाग्छ। जब ऊ जाँदा मन नलागी-नलागी गइरहेको हुन्छ, र सोच्छ, “यसपटक मैले धित मरिन्जेल खाएँ। म अर्को वर्ष यही समयमा फेरि आउनेछु। मैले धेरै चाँडो आउनु पर्दैन, तर म ढिलो पनि आउनु हुँदैन। म बयर पाकेकै बेलामा आउनुपर्छ। त्यसरी म केही ताजा बयर खान पाउँछु, र सुकेपछि केही सुकेका पनि खान सक्छु। म जाँदा पनि केही मात्रामा लिएर जान सक्छु।” के उसले यसबारे विस्तृत रूपमा हिसाबकिताब गर्दैन र? उसको हृदयले यी कुराबारे मात्रै विचार गर्छ। ऊ सधैँ फाइदाहरू लिने र मनपर्दा वस्तुहरू प्राप्त गर्न युक्तिहरू रच्ने, साथै आफ्ना हितहरूका लागि दाजुभाइ-दिदीबहिनीहरूबाट विभिन्न कुरा धुत्नेबारे मात्रै विचार गरिरहेको हुन्छ। उसले आफूले देखेको कुनै पनि मनपर्दा वस्तुलाई बेवास्ता गर्नेछैन। त्यो कुरा उत्कृष्ट नदेखिए पनि, त्यसले उसको नजर तान्यो र त्यो उसको मनमा बस्यो भने, अन्त्यमा त्यो कुरा उसको हातमा पर्ने ग्यारेन्टी हुन्छ। के यो ख्रीष्टविरोधी व्यवहार होइन र? के यस्ता मानिसहरूको मानवता र चरित्र निकै नीच हुँदैन र? यस्ता मानिसहरूले बाहिरी रूपमा जति नै कष्ट भोगे पनि र जति नै मूल्य चुकाए पनि, र जति नै राम्रोसँग आफ्नो परिवार त्याग्न र आफ्नो करियर छोड्न सके पनि, के तिनीहरू सत्यता पछ्याउने मानिस हुन् भनेर भन्न सकिन्छ त? अवश्य नै सकिँदैन। यी मानिसहरू परमेश्वरमा विश्वास गरेको नाममा छलकपटद्वारा खानेकुरा र पेय पदार्थ प्राप्त गर्ने मानिस हुन्।
कतिपय मानिस सुसमाचार प्रचार गर्न र काम गर्न हरकिसिमका ठाउँमा जान्छन्, र तिनीहरू घर आउँदा हरेक ठाउँबाट फरक-फरक स्थानीय विशेष उत्पादनहरू, वा दाजुभाइ-दिदीबहिनीहरूबाट तिनीहरूले जबरजस्ती लिएका कुराहरूसमेत लिएर आउँछन्। चाहे त्यो डिजाइनरले बनाएको लुगा होस् वा इलेक्ट्रोनिक सामग्री, यदि त्यसले तिनीहरूको ध्यान खिच्यो भने, तिनीहरू त्यसलाई बेवास्ता गर्दैनन्, र त्यो प्राप्त गर्न माग गर्छन्। यदि तैँले तिनीहरूलाई दिइनस् भने, तिनीहरूले तँलाई काटछाँट गर्न हरकिसिमका बहानाहरू बनाउनेछन्, र तिनीहरूले तँलाई किन काटछाँट गरिरहेका छन् भनेर बुझाउनेछन्, र तैँले तिनीहरूलाई त्यो दिएपछि मात्रै रोकिनेछन्। यी मानिसहरू आफ्नो कर्तव्य पूरा गर्ने बहानामा हरप्रकारका मनपर्दा वस्तुहरू ठगेर लिन्छन्, र यी मनपर्दा वस्तुहरू प्राप्त गर्ने प्रयासमा तिनीहरू खुरन्धर लागिरहन्छन्। कहिलेकाहीँ दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूलाई थोरै-थोरै कुराहरू दिन्छन्, तर यी मानिसहरू ती कुरा सस्ता छन् भन्ने सोच्छन् र भन्छन्, “पर्दैन, धन्यवाद। परमेश्वरले मलाई प्रचुर आशिष् दिनुभएको छ। म केही लिन चाहन्नँ।” तिनीहरूले यस्ता शब्दहरू प्रयोग गरेर इन्कार गर्छन् र यस्तो छल गरेर दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूप्रति भुतुक्क हुने र तिनीहरूको आदर गर्ने बनाउँछन्। तैपनि, यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई दिएको कुरा यी मानिसहरूले सपना देखेको, र तिनीहरूलाई चाहिने र तिनीहरूले निरन्तर सोचेको कुरा हो भने, जब तिनीहरू यी कुराहरू देख्छन्, तब हिनामिना गर्न चाहन्छन्, र तिनीहरू यसमा पटक्कै पछि हट्दैनन्। कतिपय महिलाले दाजुभाइ-दिदीबहिनीहरूको हातबाट सौन्दर्य सामग्री, राम्रा लुगा र राम्रा जुत्ताहरू हिनामिना गर्छन्, र कतिपय पुरुषले दाजुभाइ-दिदीबहिनीहरूका हातबाट विभिन्न उपकरण, मोटरसाइकल वा इलेक्ट्रोनिक सामग्रीहरू हडप्छन्। तिनीहरू हरेक मनपर्दा वस्तु प्राप्त गर्नका लागि पहल गर्छन्। दाजुभाइ-दिदीबहिनीहरूसँग जस्तोसुकै राम्रा कुराहरू भए पनि, यी कुराले यी मानिसहरूको ध्यान तान्यो भने, छलकपटद्वारा यी कुरा प्राप्त गर्न तिनीहरू हरकिसिमका उपायहरू सोच्छन्। यसअलावा, यी मानिसहरू डिनरका लागि जमघट गर्न, र सक्दो खान र पिउन हरकिसिमका आधार निहुँ बनाउँछन् र हरकिसिमका बहानाहरू खोज्छन्। कुन हदसम्म? तिनीहरू जहाँ गए पनि, कसको परिवारमा पैसा छ र कसको परिवारले मिठो खान्छ भनेर हेर्छन्, र त्यसपछि तिनीहरू त्यस परिवारसँग बस्छन् र त्यो परिवार छोडेर जाँदै जाँदैनन्। त्यसपछि, तिनीहरू सहकर्मी भेलाहरू र रात्रिभोज आयोजना गर्ने हरकिसिमका बहानाहरू बनाउँछन्। अनि हरेक रात्रिभोजमा तिनीहरूले दिने प्रारम्भिक मन्तव्य के हुन्छ? “आजको हाम्रो भेला राज्यको भेला हो। खानाको यस टेबलले हामीलाई राज्यभोजको प्रारम्भिक स्वाद दिन्छ।” तिनीहरूको चापलुसी गर्ने मानिसहरू हतार-हतार भन्छन्, “आमेन। परमेश्वरलाई धन्यवाद होस्!” कतिपय यस्ता तथाकथित अगुवा र कामदारहरू छन्, जो जहाँ गए पनि सक्दो खाने र पिउने गर्छन्। तिनीहरूलाई हरेक खानामा पोसिलो तत्त्वहरू हुनैपर्छ, अनि माछा र मासु हुनैपर्छ, र हरेक हप्ता खानासमेत परिवर्तन हुनैपर्छ; ती दोहोरिनु हुँदैन। खानापछि तिनीहरूले उत्कृष्ट चिया पिउनैपर्छ, र तिनीहरू यसो भन्दै बहाना बनाउँछन्, “मलाई त चिया नखाई हुँदैन। हरदिन मेरो कामको बोझ धेरै हुन्छ र मैले राती अबेरसम्म काम गर्नैपर्ने हुन्छ। यदि मैले जागा रहन थोरै चिया पिइनँ भने, राती काम गर्न सक्दिनँ।” तिनीहरू मुखले त यही भन्छन्, तर हृदयमा के सोचिरहेका हुन्छन्? “आज म रहेको पदसम्म आइपुग्नु सजिलो थिएन। के मैले आफ्नो धाक अलिअलि त जमाउनु पर्दैन र? साथै, मैले जीवनमा केही राम्रा कुराहरूको आनन्द लिने सपना देखेको छु, त्यसैले के मैले अहिले यी कुराहरूको आनन्द लिन हरकिसिमका तरिकाहरू सोच्नुपर्दैन र? यदि मैले अहिले मेरो शक्ति प्रयोग गरिनँ भने, यो हातबाट फुत्किएपछि मसँग फेरि त्यस्तो मौका हुनेछैन। मैले जतिसक्दो धेरै खानु र पिउनुपर्छ। कसलाई के थाहा, कुनै दिन मसँग यो पद नहुन पनि सक्छ र मैले यी कुराहरूको आनन्द लिन नपाउन पनि सक्छु। मसँग यो मौका नहुन सक्छ। त्यसपछि त के मेरो सम्पूर्ण जीवन खेर जानेछैन र?” यस्ता मानिसहरू काम गर्ने बहानामा छलकपटद्वारा खानेकुरा र पेयपदार्थ मात्र प्राप्त गर्छन्। तिनीहरू थोरै काम गर्छन् अनि केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन्, र त्यसपछि मनपर्दा वस्तुहरू ठगेर लिन र असल कुराहरू खान चाहन्छन्।
पहिले एक निश्चित ठाउँमा काम गर्ने एक व्यक्ति थियो, र त्यस ठाउँमा बस्ने दाजुभाइ-दिदीबहिनीहरूले हरेक दिन त्यस व्यक्तिका लागि कुखुरा काट्नुपर्थ्यो। उसले दैनिक एउटा कुखुरा खाने बानी बसालेको हो। यो सुनेपछि, तिमीहरूलाई कस्तो लाग्छ? (घिन लाग्छ।) दाजुभाइ-दिदीबहिनीहरू अण्डाका लागि कुखुरा पालन गर्थे, र कुखुरा बूढो भएपछि मात्रै खानलाई काट्थे। त्यो व्यक्ति आइपुगेपछि, अण्डा पार्ने कुखुरासमेत काट्नुपर्यो, र परिणामस्वरूप, कुखुराहरू झन्-झन् घट्दै गए, र दाजुभाइ-दिदीबहिनीहरू थेग्न नसक्ने भइसकेका थिए। पछि, उसलाई बर्खास्त गरियो र ऊ घर गयो, तर अझै पनि उसले यो समस्याजनक कमजोरी बदल्न सकेन। उसले आफ्नी श्रीमतीलाई हरदिन कुखुरा काटेर खुवाउन लगाउँथ्यो; नत्र उसले श्रीमतीसँग वादविवाद गरिहाल्थ्यो। यो कस्तो व्यक्ति हो? कुखुराको मासु खानु उसको अस्तित्वको भाग बनिसकेको थियो। ऊ हरेक दिन, हरेक छाक कुखुराको मासु खान्थ्यो। बर्खास्त भएपछि पनि उसलाई अझै कुखुराको मासु खानैपर्थ्यो—ऊ यसमा आश्रित बनेको थियो। के यस व्यक्तिमा समस्या छैन र? तिमीहरूलाई के लाग्छ, के यस्ता मानिसहरू असल हुन्छन्? (हुँदैनन्।) छोटकरीमा भन्दा, परमेश्वरमा विश्वास गरेको बहाना गर्ने र कर्तव्य पूरा गर्ने क्रममा आएका अवसरहरू प्रयोग गरेर हरेक मोडमा दाजुभाइ-दिदीबहिनीहरूको स्वामित्वमा रहेका कुराहरू जबर्जस्ती हडप्ने, र हरेक मोडमा खानेकुरा र पेयपदार्थ ठगेर लिने मानिसहरू असल मानिस होइनन्। तिनीहरूको सार ख्रीष्टविरोधीको सार हो। तिनीहरू काम गर्न जहाँ गए पनि वा तिनीहरूले जस्तोसुकै काम गरे पनि, तिनीहरू सुरुमा तुलनात्मक रूपमा अलि धनी र सुखी जीवन जिउने अतिथि सत्कारक परिवारलाई छनौट गर्छन्। तिनीहरूले यस्ता परिवारहरू खोज्नुको उद्देश्य के हुन्छ? राम्रो खानु र राम्रो घरमा बस्नु—देहलाई सन्तुष्ट पार्नु। कतिपय ठाउँ प्रतिकूल वातावरणको कारण तिनीहरू बस्न नमिल्ने हुन्छन्, तर के तिनीहरूले आफ्नो लोभ र यी विचारहरू त्याग्नेछन् र? अहँ, त्याग्नेछैनन्। तिनीहरूले अतिथिसत्कार पाइने यस्तै अरू ठाउँहरू खोज्नेछन्। परिणामस्वरूप, यी मानिसहरूले धेरै वर्ष नयाँ ठाउँमा काम गरिसकेपछि, तिनीहरू पूर्ण रूपमा फरक देखिनेछन्, र तिनीहरू घर फर्केपछि, त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई चिन्नेछैनन्—तिनीहरूको अनुहार पहिलेभन्दा मोटो हुन्छ, पेट ठूलो हुन्छ; तिनीहरूले पहिलेभन्दा राम्रो लुगा लगाउनेछन्; तिनीहरूमा रोजी-रोजी छान्ने बानी हुन्छ, र तिनीहरूले फुइँ पनि लगाउँछन्। तिनीहरूको जीवन वृद्धि कसरी अघि बढ्छ? तिनीहरूको जीवन कति पनि वृद्धि भएको हुँदैन; तिनीहरूले राम्रो खाने र राम्रो लाउने मात्रै गरिरहेका हुन्छन्, तिनीहरू मोटाएका हुन्छन्, र तिनीहरूले यति धेरै खाएका हुन्छन् कि तिनीहरूको गर्धन भद्दा र पेट घ्याम्पोजस्तो हुन्छ। मुख्यभूमि चीनजस्तो भयानक वातावरणमा, व्यक्तिले जुनसुकै कर्तव्य पूरा गरे पनि, यो एकदमै तनावपूर्ण हुन्छ। तिनीहरूले कहिलेकाहीँ राम्ररी खान पाए पनि र आरामदायी अतिथि सत्कारक निवासमा बस्न पाए पनि, तिनीहरू मोटाउन सक्दैनन्। त्यसैले, गर्धन भद्दा र पेट घ्याम्पोजस्तो हुनेगरी खाने मानिसहरू कस्ता मानिस हुन्? (हैसियतका लाभहरूमा लिप्त हुने मानिसहरू।) के खाने र के पिउने अनि दिनमा तीनपटक खाँदा के-के मोज गर्ने भनेर सधैँ विचार गर्ने मानिस। यदि यस्ता मानिसहरूले राम्रो खान पाएनन् भने, तिनीहरू काम गर्ने वा कर्तव्य निभाउने मुडमा हुँदैनन्। यदि तिनीहरूको पेट सन्तुष्ट छैन भने, तिनीहरूको मन पनि सन्तुलित हुँदैन: “आज मैले निकै नराम्रो खाना खाएँ। मासु थिएन, र खाना खाएपछि तिमीहरूले मलाई चिया दिएनौ। त्यसैले, म तिमीहरूलाई बेवास्ता गर्नेछु। जब तिमीहरूले मण्डलीको कामबारे सङ्गति गर्छौ, तब म बोल्नेछैनँ। म तिमीहरूसँग बदला लिनेछु। तिमीहरूले मलाई राम्रो खाना नदिनु ठिकै हुन्छ भनेर कसले भन्यो? मैले यस्तो खाना खानुपरेको छ, तैपनि तिमीहरू अझै पनि मैले तिमीहरूसँग सङ्गति गर्नुपर्छ भन्ने चाहन्छौ। त्यो कुनै पनि हालतमा हुँदैन!” तिनीहरू भित्री रूपमा यही सोच्छन्, तर तिनीहरू यो कुरा बाहिर भन्न सक्दैनन्। तिनीहरू यसो मात्रै भन्छन्, “म हिजो राती काम गर्न धेरै रातिसम्म बसेँ, त्यसकारण म आज दिउँसो केही बेर सुत्नुपर्छ।” के तिनीहरू ठूलो धोकेबाज होइनन् र? तिनीहरू अपरान्ह चार-पाँच बजेसम्म सुत्छन्, र धेरै मानिसले तिनीहरूको प्रतीक्षा गरिरहेका हुन्छन्, तर पनि तिनीहरू उठ्न चाहँदैनन्। अचानक, तिनीहरूलाई स्याउको बास्ना आउँछ र खान पाउँदिनँ भन्ने चिन्ताले ओछ्यानबाट उफ्रेर उठ्छन्। तिनीहरूले यसरी नै काम गर्छन्, र तिनीहरू यसरी नै आफ्नो कर्तव्य निर्वाह गर्छन्। यी मानिसहरू जहाँ गए पनि, र तिनीहरू परमेश्वरका वचनहरू जसरी खाने-पिउने गरे पनि वा जसरी प्रवचनहरू सुने पनि, तिनीहरूले आफ्ना अभिप्राय र उद्देश्यहरू परिवर्तन गर्नेछैनन्, न त आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू नै त्याग्नेछन्। सबै भौतिक कुराहरू नै यस जीवनमा तिनीहरूले पछ्याउने उद्देश्य हुन्; राम्रो खानु, राम्रो लाउनु र राम्रो व्यवहारमा रमाउनु नै तिनीहरूले यस जीवनमा परमेश्वरमा विश्वास गर्नुको उद्देश्य हुन्छ। तिनीहरू के सोच्छन् भने, यदि यस जीवनमा परमेश्वरमा विश्वास गरेर, तिनीहरू निरन्तर राम्रा कुराहरू खान पाउँछन्, राम्रा लुगाहरू लगाउन पाउँछन्, र राम्रा घरहरूमा बस्न पाउँछन्, साथै दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई साथ दिन्छन् भने—यदि तिनीहरूले यी कुराहरू ठगेर लिन सक्छन् भने—यस जीवनमा तिनीहरू सन्तुष्ट हुनेछन्। यस संसारमा, नियमित जागिरमा मेहनत गरेर कसैले पनि त्यति धेरै पैसा कमाउँदैन, र व्यापार गरेर पनि पैसा कमाउन सजिलो छैन—तिनीहरूले यस्ता कुराहरूको आनन्द लिन पाउँदैनन्। त्यसैले, तिनीहरूले यसबारे मनन गरेपछि अझै पनि परमेश्वरमा विश्वास गर्नु नै सबैभन्दा राम्रो उपाय हो भन्ने सोच्छन्, किनभने तिनीहरूले धेरै मेहनत गर्नुपर्दैन। तिनीहरूले बस केही शब्द बोले पुग्छ, यताउता गरे पुग्छ, र थोरै जोखिम उठाए पनि पुग्छ, र त्यसपछि तिनीहरूले राम्ररी खान र लाउन पाउँछन्, र धेरै मानिसलाई तिनीहरू प्रतीक्षा गर्न लगाउन, र भिआईपीजस्तो व्यवहार गरिएकामा रमाउँछन्। तिनीहरू यसरी जिउनु सुन्दर कुरा हो, र परमेश्वरमा विश्वास गरेको कारण धेरै आशिष् मिलेको छ भन्ने सोच्छन्। त्यसकारण, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको अगाडि प्रायः यस्ता बेइमानी कुराहरू बोल्छन्, “परमेश्वरले हामीलाई अत्यन्तै धेरै, प्रशस्त रूपमा, र मान्छेले कहिल्यै मागेको वा कामना गरेको भन्दा बढी उपहार दिनुभएको छ।” यी शब्दहरू सही छन्, तर यी तिनीहरूको व्यक्तिगत पछ्याइ र चरित्र, र तिनीहरूको विचार, अभिप्राय र उद्देश्यसँग पूर्ण रूपमा अमिल्दा छन्। तिनीहरूले बोल्ने हरेक कुराले मानिसहरूलाई छल गर्छ। यताउता दौडिरहने र आफूलाई समर्पित गर्ने तिनीहरूको बाहिरी रूप पनि मानिसहरूलाई झुक्याउनकै लागि हुन्छ। तिनीहरूको हृदयको हिसाबकिताब, अभिप्राय, र लोभ मात्र साँचो हुन्छ। यी मानिसहरूको चरित्र यस्तै हुन्छ। तिनीहरूले जे गरे पनि वा तिनीहरू जहाँ गए पनि, यी भौतिक सुखहरूले तिनीहरूको हृदयमा सबैभन्दा माथिल्लो स्थान लिएका हुन्छन्, र तिनीहरूले यी कुराहरू कहिल्यै त्याग्ने र कहिल्यै बिर्सनेछैनन्। तैँले सत्यताबारे जसरी सङ्गति गरे पनि, र तैँले परमेश्वरका अभिप्रायहरूबारे जसरी सङ्गति गरे पनि, तिनीहरू जिद्दीपूर्वक यही लोभ र यिनै इच्छाहरूमा टाँसिएर, र यिनै अभिप्राय र उद्देश्यहरू राखेर आफ्नो कर्तव्य निभाउनेछन्, र तिनीहरूसँग हैसियत भए नि वा नभए नि, तिनीहरूको अभिप्राय परिवर्तन हुनेछैन।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।