विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्न आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग चार) खण्ड दुई
ख्रीष्टविरोधीले जेसुकै कष्ट भोगे पनि वा मण्डलीमा जेसुकै मूल्य चुकाए पनि, तिनीहरूलाई यो आफ्नो दायित्वको भाग हो, सृजित प्राणीले निर्वाह गर्नुपर्ने कर्तव्य हो भन्ने लाग्दैन, तर यसलाई तिनीहरू परमेश्वरले याद गर्नुपर्ने तिनीहरूको योगदानकारूपमा लिन्छन्। तिनीहरू सोच्छन्, यदि परमेश्वरले तिनीहरूको योगदान याद गर्नुभयो भने, तिनीहरूलाई तुरुन्तै आशिष्, प्रतिज्ञा, र विशेष भौतिक निगाहहरू दिनुपर्छ, र तिनीहरूलाई फाइदा र विशेष लाभहरू प्राप्त गर्न दिनुपर्छ। त्यसपछि मात्रै ख्रीष्टविरोधी सन्तुष्ट हुनेछ। कर्तव्यबारे ख्रीष्टविरोधीको बुझाइ कस्तो हुन्छ? तिनीहरूलाई कर्तव्य भनेको सृजित प्राणीले लिनुपर्ने दायित्व हो भन्ने लाग्दैन, न त यो परमेश्वर पछ्याउनेहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो भन्ने नै लाग्छ। बरु, तिनीहरूलाई कर्तव्य निर्वाह परमेश्वरसँगको लेनदेनमा मोलतोल गर्ने आधार हो, उहाँको इनामसित साट्न सकिने कुरा, र आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू सन्तुष्ट पार्ने र परमेश्वरमाथिको आफ्नो विश्वासको कारण आशिष्हरू प्राप्त गर्ने तरिका हो भन्ने लाग्छ। तिनीहरू सोच्छन्, कर्तव्य निर्वाह गर्नका लागि पूर्वसर्त भनेकै परमेश्वरको अनुग्रह र आशिष् पाउनु हुनुपर्छ र यसले मात्र मानिसहरूलाई परमेश्वरमाथिको साँचो विश्वास दिन्छ, र यदि परमेश्वरले मानिसहरूलाई भविष्यका चिन्ताहरूबाट मुक्त गराउनुभयो भने मात्रै तिनीहरूले सहजतासाथ आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्। तिनीहरू के पनि सोच्छन् भने, कर्तव्य निर्वाह गर्नेहरूलाई परमेश्वरले हरेक सुविधा दिनुपर्छ र राम्रो व्यवहार गर्नुपर्छ, अनि मानिसहरूले कर्तव्य निर्वाह गर्दाका अवधिमा परमेश्वरको घरले प्रदान गर्ने सबै फाइदाको आनन्द लिन पाउनुपर्छ। मानिसहरूले यी कुराहरू पाउनैपर्छ। ख्रीष्टविरोधीहरू हृदयमा यस्तै सोच्छन्। यी सोचाइका तरिकाहरू नै ख्रीष्टविरोधीहरूका दृष्टिकोण र उक्ति हुन्, र यी कुराले कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्तिलाई प्रतिनिधित्व गर्छन्। परमेश्वरको घरले व्यक्तिको कर्तव्य निर्वाहबारे सत्यतासम्बन्धी जेजसरी सङ्गति गरे पनि, ख्रीष्टविरोधीहरूले हृदयमा पालेर राखेका कुराहरू कहिल्यै परिवर्तन हुँदैनन्। तिनीहरू कर्तव्य निर्वाह गर्नेबारे आफ्नो दृष्टिकोणमै सदैव टाँसिरहनेछन्। यो प्रकटीकरण सम्बन्धमा हामीले प्रयोग गर्न सक्ने एउटा वाक्यांश छ—त्यो के हो? त्यो भौतिक कुराहरूलाई अरू सबै कुराभन्दा माथि राख्नु हो; अर्थात्, हातमा लिन सकिने कुराहरू मात्रै वास्तविक हुन्, र प्रतिज्ञाहरू गर्नु व्यर्थ हो। यी मानिसहरूमा भएका प्रकटीकरणहरूको सार भौतिकवाद हो, होइन र? (हो।) भौतिकवाद भनेको नास्तिकवाद हो; तिनीहरू आफूले देख्न र छुन सक्ने कुराका आधारमा मात्रै अघि बढ्छन्, आफूले देख्न सक्ने कुराको मात्रै हिसाब लिन्छन्, र आफूले देख्न नसक्ने कुराको अस्तित्व इन्कार गर्छन्। त्यसकारण, के निर्धारित गर्न सकिन्छ भने, कर्तव्यसम्बन्धी ख्रीष्टविरोधीको ज्ञान र बुझाइ निश्चय नै सत्यता सिद्धान्तहरूसँग मिल्दैन, र यो पूर्ण रूपमा गैरविश्वासीहरूको दृष्टिकोणजस्तै हुन्छ; साँच्चै नै, तिनीहरू अविश्वासी हुन्। तिनीहरू परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, र तिनीहरू परमेश्वरका सबै वचनहरू सत्यता र साँचो मार्ग हुन् भन्ने कुरामा विश्वास गर्दैनन्। तिनीहरू ख्याति, लाभ र हैसियत मात्रै वास्तविक हुन्, र आफूले पछ्याउने र आनन्द लिने सबै कुरा केवल मानव प्रयास र संघर्षद्वारा, र आफूले चुकाएको मूल्यद्वारा प्राप्त गर्न सकिन्छ भन्ने मात्रै विश्वास गर्छन्। यो “मानिसहरूले आफ्नै दुई हातले खुसी निर्माण गर्नुपर्छ” भन्ने दृष्टिकोणभन्दा कसरी फरक छ र? कुनै फरक छैन। तिनीहरू मानिसहरूले परमेश्वरको खातिर कर्तव्य राम्ररी निर्वाह गर्न आफूलाई अर्पित गरेर अनि मूल्य चुकाएर अन्त्यमा सत्यता र जीवन प्राप्त गर्छन् भन्ने विश्वास गर्दैनन्। तिनीहरू परमेश्वरका मागहरूअनुसार कार्य गर्ने र यसरी आफ्नो कर्तव्य मानकअनुरूप पूरा गर्न पुग्ने मानिसहरूले सृष्टिकर्ताको अनुमोदन र आशिष्हरू प्राप्त गर्न सक्छन् भन्ने कुरामा पनि विश्वास गर्दैनन्। यसले के देखाउँछ भने तिनीहरू मानवजातिलाई परमेश्वरले दिएको प्रतिज्ञा वा परमेश्वरका आशिष्हरूमा विश्वास गर्दैनन्। तिनीहरू सबै थोकमाथि रहेको परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्दैनन्, त्यसकारण तिनीहरूमा साँचो विश्वास हुँदैन। तिनीहरू यति मात्रै विश्वास गर्छन्, “म आफ्नो कर्तव्य निर्वाह गर्छु, त्यसकारण मैले परमेश्वरको घरबाट विशेष व्यवहार र भौतिक आशिष्हरू प्राप्त गर्नुपर्छ। परमेश्वरको घरले मलाई हरेक भौतिक विशेषाधिकार र आनन्द प्रदान गर्नुपर्छ। त्यो चाहिँ व्यावहारिक कुरा हुनेछ।” ख्रीष्टविरोधीको मानसिकता र दृष्टिकोण त्यही हो। तिनीहरू परमेश्वरका प्रतिज्ञाहरू विश्वासयोग्य छन्, वा व्यक्तिले सत्यता प्राप्त गरेर जीवन प्राप्त गर्छ र परमेश्वरद्वारा आशिषित हुन्छ भन्ने तथ्यमा विश्वास गर्दैनन्। जब आफ्नो कर्तव्य निर्वाह गर्ने कुरा आउँछ, तब तिनीहरू सत्यता पटक्कै खोजी गर्दैनन्, सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले झनै कम रूपमा मात्र मनमा राख्ने कुरा यो सत्यता हो: मान्छेले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न सक्नु नै परमेश्वरको सबैभन्दा ठूलो आशिष् हो र यो परमेश्वरले याद गर्ने कुरा हो, र यस प्रक्रियाका अवधिमा, मान्छेले सत्यता प्राप्त गर्न सक्छ र आखिरमा परमेश्वरबाट मुक्ति पाउन सक्छ—परमेश्वरले मान्छेलाई दिएको सबैभन्दा ठूलो प्रतिज्ञा यही हो। यदि तँ परमेश्वरले तँलाई दिइएका प्रतिज्ञाहरूमा विश्वास गर्छस् र यी प्रतिज्ञाहरू स्वीकार गर्न सक्छस् भने, तँसँग परमेश्वरप्रति साँचो विश्वास छ। यी वचनहरू सुन्दा ख्रीष्टविरोधी र अविश्वासीहरू कस्तो महसुस गर्छन्? (तिनीहरू परमेश्वरले भनेका कुराहरूमा विश्वास गर्दैनन् र यसलाई छल हो भन्ठान्छन्।) तिनीहरू सोच्छन्, परमेश्वरले बोलेका यी वचनहरू त मानिसहरूसित भ्रामक कुराहरू गरेर केही मूर्ख र सोझा मनका बेवकुफहरूलाई परमेश्वरको सेवा गर्न लगाउनु, र त्यसपछि तिनीहरूको सेवा समाप्त भएपछि तिनीहरूलाई निकाल्नु मात्रै हो। तिनीहरू सोच्छन्, “सत्यता प्राप्त गर्ने? हँ! सत्यता के हो भनेर कसले देख्न सक्छ? परमेश्वरका प्रतिज्ञाहरू के हुन् भनेर कसले छुन सक्छ? कसले ती प्राप्त गरेको छ? परमेश्वरका प्रतिज्ञाहरू वास्तविक हुँदैनन्; ख्याति र लाभ, र हैसियतका फाइदाहरू प्राप्त गर्नु मात्रै वास्तविकता हो; ख्याति र लाभका लागि मेहनत गर्नु र हैसियतका फाइदाहरू प्राप्त गर्नु मात्रै वास्तविकता हो। मैले परमेश्वरले मानिसलाई दिने प्रतिज्ञाहरू र उहाँले मान्छेलाई प्रदान गर्ने सत्यताबारे सुनेको वर्षौँ भयो, तर म पटक्कै परिवर्तन भएको छैनँ, मैले कुनै फाइदा प्राप्त गरेको छैनँ, झन् यी कुराहरूले मलाई हैसियतका साथ उच्च जीवन जिउन मदत गर्नु त परको कुरा हो। कतिपय मानिसले आफूले सत्यता प्राप्त गरेको र आफू परिवर्तन भएको, अनि आफूले परमेश्वरका आशिष्हरू प्राप्त गरेको छु भनेर गवाही दिए पनि, तिनीहरू अझै पनि अत्यन्तै साधारण देखिन्छन्, तिनीहरू सबै सामान्य मानिस हुन्, त्यसकारण तिनीहरू कसरी परमेश्वरका आशिष्हरू प्राप्त गरेर स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्?” तिनीहरू हातैले प्राप्त गर्न सकिने कुराहरू मात्रै सबैभन्दा वास्तविक हुन्छन् भन्ने सोच्छन्। के यो अविश्वासीहरूको दृष्टिकोण होइन र? अवश्य नै हो। त्यसकारण, ती ख्रीष्टविरोधीहरू मण्डलीमा प्रवेश गरेपछि, सबै कुरालाई शङ्काको नजरले हेर्छन्, केही फाइदा कहाँ पाउन सकिन्छ, परमेश्वरमाथिको आफ्नो विश्वासबाट केही फाइदा लिन र अझै ठूलो व्यावहारिक फाइदा पाउन केकस्ता अवसरहरू प्रयोग गर्न सकिन्छ भनेर सधैँ विचार गर्छन्—तिनीहरूले प्रायजसो यी कुराहरूबारे मनमा हिसाब-किताब गरिरहेका हुन्छन्। तिनीहरूलाई आफूले ख्याति, लाभ र हैसियत प्राप्त गरेर मात्रै सबै फाइदाहरू प्राप्त गर्न सकिन्छ भन्ने लाग्छ, त्यसकारण तिनीहरू हैसियत पछ्याउने र यी कुराहरूका लागि मेहनत गर्न आफूलाई समर्पित गर्ने निर्णय गर्छन्। तिनीहरू कहिल्यै सत्यताबारे मनन गर्ने वा परमेश्वरका अभिप्राय खोजी गर्ने गर्दैनन्, र तिनीहरू सत्यता पछ्याउनलाई नभई, आफ्नो हृदयलाई सान्त्वना दिन र रिक्तता भर्नलाई मात्र परमेश्वरका वचनहरू खाने र पिउने गर्छन्। कुनै पनि बेला, यदि तैँले ख्रीष्टविरोधीहरूलाई आफ्ना लोभ र चाहनाहरू त्याग्न, ख्याति, लाभ, र हैसियतको पछ्याइ पूरै त्याग्न, र परमेश्वरमाथिको आफ्नो विश्वासबाट आफूले चाहेका यी फाइदाहरू त्याग्न लगाइस् भने, तिनीहरूले त्यसो गर्न सक्दैनन्। तिनीहरूलाई यी कुराहरू त्याग्न लगाउँदा यसले तिनीहरूलाई तैँले तिनीहरूको छाला उतार्ने वा तिनीहरूको नसा निकाल्ने प्रयास गरिरहेको छस् भन्ने महसुस गराउँछ; यी कुराहरूविना, तिनीहरूलाई तिनीहरूको हृदय खोसिएको छ, तिनीहरूले आफ्नो प्राण गुमाएका छन् भन्ने लाग्छ, र यी महत्त्वाकाङ्क्षा र चाहनाहरूविना तिनीहरूलाई परमेश्वरमाथिको तिनीहरूको विश्वासको कुनै आशा छैन, र जीवनले यसको अर्थ गुमाउँछ भन्ने लाग्छ। तिनीहरूको नजरमा, आफ्नो कर्तव्यको खातिर मात्रै आफूलाई समर्पित गर्ने र मूल्य चुकाउने, व्यक्तिगत फाइदाहरू नखोज्ने मानिसहरू सबै मूर्ख हुन्। ख्रीष्टविरोधीहरूले अपनाउने सांसारिक व्यवहारको सिद्धान्त भनेको “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने हो। तिनीहरू सोच्छन्, “मानिसहरू कसरी आफ्नो बारेमा नसोची बस्न सक्छन् र? मानिसहरू कसरी आफ्नो फाइदाका लागि मेहनत नगरी बस्न सक्छन् र?” हृदयमा तिनीहरू सबै कुरा त्याग्ने र परमेश्वरका लागि इमानदारीसाथ आफूलाई समर्पित गर्नेहरूलाई घृणा गर्छन्, तिनीहरू आफ्नो कर्तव्य बफादार भई निर्वाह गर्ने र भौतिक जीवनमा अत्यन्तै मितव्ययी र सरल रूपमा जिउनेहरूलाई तिरस्कार गर्छन्, र तिनीहरू परमेश्वरमा विश्वास गरेको र कर्तव्य निर्वाह गरेको कारण सतावटमा परी घर फर्केर आउन नसक्नेहरूलाई तिरस्कार गर्छन्। तिनीहरूले प्रायजसो यी मानिसहरूलाई यसो भन्दै मनमनै हाँसोमा उडाउँछन्, “परमेश्वरमाथिको तिमीहरूको विश्वासको कारण तिमीहरूले आफ्नो घर गुमाएका छौ। तिमीहरू आफ्नो परिवारसँग बस्न सक्दैनौ र खुकुरीको धारमा जिइरहेका छौ—तिमीहरू कति मूर्ख छौ! परमेश्वरमाथिको विश्वासलगायत, व्यक्तिले जेसुकै गरे पनि, उसले सांसारिक व्यवहारको सिद्धान्त अपनाउनुपर्छ: उसले कुनै पनि हालतमा घाटा सहनु हुँदैन। उसले परमेश्वरका प्रतिज्ञा र आशिष्हरू देख्न र छुन सक्नुपर्छ, र अपनाउनुपर्ने एउटै उचित मनोवृत्ति फाइदा नदेखेसम्म एक सिन्को नभाँच्नू भन्ने हो। तिमीहरू कति मूर्ख छौ! मलाई हेर त। म परमेश्वरमा विश्वास पनि गर्छु र ख्याति, लाभ र हैसियत पनि पछ्याउँछु। म परमेश्वरको घरले दिएका सबै राम्रो व्यवहारको आनन्द लिन्छु र भविष्यमा आशिष्हरू पनि प्राप्त गर्न सक्छु। मैले कुनै कष्ट भोग्नुपर्दैन, र मैले प्राप्त गर्ने आशिष्हरू तिमीहरूका भन्दा ठूला हुनेछन्। म तिमीहरूले जस्तो भविष्यमा कुनै आशिष् प्राप्त गर्न सकिन्छ कि सकिँदैन भन्नेबारे निश्चित नभई आफ्नो परिवार र जागिर त्याग्ने अनि घर फर्केर जान नसक्ने हुने गरी मूल्य चुकाउँदिनँ।” यी मानिसहरू के हुन्? तिनीहरू सत्यता पछ्याउँदैनन्, इमानदारीसाथ कर्तव्य निर्वाह गर्दैनन्, तैपनि तिनीहरू सत्यता पछ्याउने र कर्तव्य निर्वाह गर्न, परमेश्वरको आज्ञा पूरा गर्न, र परमेश्वरको इच्छा पछ्याउन आफ्नो परिवार र जागिर त्याग्ने, कष्ट भोग्ने र मूल्य चुकाउनेहरूलाई तिरस्कार गर्छन्। के यस्ता मानिसहरू धेरै छन्? (छन्।) हरेक मण्डलीमा केही न केही छन्। के यी मानिसहरू परमेश्वरका साँचो विश्वासी हुन्? के तिनीहरूले मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) तिनीहरू परमेश्वरका साँचो विश्वासी होइनन्, तिनीहरूले मुक्ति पाउनु त परको कुरा हो।
ख्रीष्टविरोधीहरूले जुनसुकै समस्या सामना गरे पनि वा जे गरे पनि, तिनीहरूले सोच्ने पहिलो कुरा भनेको तिनीहरू सत्यता र मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने होइन, बरुआफ्ना सबै देहगत फाइदाहरूबारे विचार गर्छन्। तिनीहरूको हृदयमा आफ्नो देहसँग सम्बन्धित सबै फाइदाहरूले नै सबैभन्दा महत्त्वपूर्ण स्थान, सबैभन्दा उच्च स्थान, सर्वोच्च स्थान लिएका हुन्छन्। तिनीहरू हृदयमा कहिल्यै परमेश्वरका अभिप्रायलाई ख्याल गर्दैनन्, तिनीहरू कहिल्यै परमेश्वरको कामबारे विचार गर्दैनन्, झन् तिनीहरूले कुन कर्तव्य मान्छेले निर्वाह गर्नुपर्छ भन्नेबारे विचार गर्नु त परको कुरा हो। परमेश्वरले मानिसहरूलाई मानकअनुरूप कर्तव्य निर्वाह गर्न जसरी माग गर्नुभए पनि, परमेश्वरले मानिसहरूलाई मानकअनुरूपका सृजित प्राणीहरू हुन जसरी माग गर्नुभए पनि, ख्रीष्टविरोधीहरू पूर्ण रूपमा उदासीन रहन्छन्। परमेश्वरले जुनसुकै विधि अपनाउनुभए पनि वा उहाँले जुनसुकै वचनहरू बोल्नुभए पनि, उहाँ यी मानिसहरूलाई उत्प्रेरित गर्न सक्नुहुन्न, र यसरी तिनीहरूलाई आफ्नो एजेण्डा परिवर्तन गर्न र आफ्ना लोभ र चाहनाहरू त्याग्न लगाउन सक्नुहुन्न। यी मानिसहरू नाम र तथ्य दुवै हिसाबमा ख्रीष्टविरोधीहरूमाझका भौतिकवादी र अविश्वासी हुन्। त्यसोभए, के यी मानिसहरूलाई ख्रीष्टविरोधीहरूको दर्जाका थेग्रो मान्न सकिन्छ? (सकिन्छ, किनभने कतिपय ख्रीष्टविरोधीहरूले अझै पनि हैसियतको खातिर केही सेवा दिन सक्छन्, जबकि यी मानिसहरू सेवा दिनसमेत इच्छुक हुँदैनन्।) ठिक भन्यौ। यी मानिसहरू फाइदाहरू चाहन्छन्, तिनीहरूले दिनभरि नजर लगाउने र सोचिरहने कुरा भनेका फाइदाहरू हुन्, र तिनीहरूले गर्ने सबै कुरा फाइदाहरूमै केन्द्रित हुन्छन्। कतिपय मानिस अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्छन् र जब तिनीहरूको अण्डा, चामल, वा पीठो सकिन्छ, तब तिनीहरू तुरुन्तै यी कुराहरू किन्न कसैलाई पठाउन मण्डलीलाई अनुरोध गर्छन्। तिनीहरू आफैले केही पनि किन्दैनन्; मानौँ तिनीहरूले अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्न सुरु गर्नुभन्दा पहिले घरमा यी कुराहरू कहिल्यै खाँदैनथिए। तिनीहरूले यो कर्तव्य पूरा गर्न सुरु गर्नुभन्दा पहिले यी सबै कुरा आफै किन्थे, तर यो कर्तव्य पूरा गर्न सुरु गर्नेबित्तिकै, तिनीहरूले बहाना बनाउन थाले, तिनीहरूलाई आफू सही र आत्मआश्वस्त भएझैँ लाग्न थाल्यो, र परमेश्वरको घरले तिनीहरूको ऋण खाएको छ जस्तैगरी तिनीहरू ऋण उठाउनेहरू, परमेश्वरको घरका ऋणदाताहरू बन्न थाले—यस्ता मानिसहरू असल हुँदैनन्।
म मूलभूमि चीनका केही घरहरूमा पाहुना बसेको छु, र त्यहाँका कतिपय दाजुभाइ-दिदीबहिनीहरूको मानवता उत्कृष्ट थियो। तिनीहरूले विश्वास गरेको दुई-तीन वर्ष मात्रै भएको भए पनि र तिनीहरूले त्यति धेरै सत्यता नबुझेका भए पनि, तिनीहरू आफ्नो अतिथिसत्कार गर्ने कर्तव्य इमानदारीसाथ निर्वाह गर्थे। यदि परमेश्वरको घरले तिनीहरूलाई पैसा दिन खोज्यो भने, तिनीहरू इन्कार गर्थे; दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई दिएका कुनै पनि कुराको सट्टा तिनीहरू पैसा दिन्थे, र परमेश्वरको घरको स्वामित्वमा रहेको कुनै पनि कुरालाई तिनीहरू ध्यान दिएर सुरक्षित राख्थे; यदि परमेश्वरको घरले किनेको कुनै कुरा प्रयोग भएन भने, तिनीहरू यसको मूल्य बराबरको रकमसमेत परमेश्वरको घरलाई फिर्ता दिन्थे। आर्थिक रूपमा सम्पन्न कतिपय मानिसले स्वेच्छाले अतिथि-सत्कार गर्थे, र परमेश्वरको घरले दिएको एक पैसा पनि लिँदैनथिए। कतिपय मानिस धनी हुँदैनथे, तैपनि तिनीहरूले समेत परमेश्वरको घरले दिएको कुनै पनि पैसा लिँदैनथिए। मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको घरलाई अतिथि-सत्कारका लागि जे कुरा दिए पनि, तिनीहरू कुनै पनि कुराको दुरुपयोग गर्दैनथे। के तिनीहरूले सत्यता बुझेका हुनाले यस्तो भएको हो? होइन, यो त चरित्रको कुरा थियो। त्यसबाहेक, अझै महत्त्वपूर्ण कुरा, तिनीहरू साँचो विश्वासी थिए, र तिनीहरूमा असल चरित्र पनि थियो, त्यसकारण तिनीहरूले यो काम गर्न सकेका थिए, नत्र त तिनीहरूले त्यसो गर्न सक्दैनथे। म अतिथि-सत्कार गर्ने केही घरमा गएको छु र घरमालिकहरूले मलाई प्रयोग गर्नका लागि आफ्नो सबैभन्दा राम्रो सिरक र कम्बलहरू ल्याएर दिन्थे, र म भन्थेँ, “यी त नयाँ र प्रयोग नगरिएका छन्। तिनलाई प्याकेजिङमै राख, म ती प्रयोग गर्नेछैनँ।” तिनीहरू मलाई ती प्रयोग गर्न कर गर्थे। त्यसपछि केही अतिथि सत्कारकले मेरो प्रयोगका लागि सबै नयाँ कुरा किन्थे, र म भन्थेँ, “नयाँ कुरा नकिन, यो पैसा खेर फाल्नु हो। म यहाँ तिमीहरूसँग जे छ त्यही मात्रै प्रयोग गर्नेछु। कुनै पैसा खर्च नगर। म जहाँ गए पनि मानिसहरूलाई यो र त्यो किन भनेर सुझाव दिँदिनँ। सधैँ नयाँ कुराहरू प्रयोग गर्नु आवश्यक हुँदैन।” कतिपय मानिस त अझै पनि यसरी पैसा खर्च गर्न जिद्दी गर्थे। केही अतिथि सत्कारकले खानाको समयमा धेरै परिकारहरू पकाउँथे। मलाई के खान मन पर्छ भन्ने थाहा नभएर, तिनीहरूले धेरै थरीका परिकार बनाउँथे ताकि मैले छनौट गर्न सकूँ, किनभने थोरै किसिमका मात्रै परिकार बनाए भने, म राम्रोसँग खान सक्दिनँ कि भन्ने चिन्ता तिनीहरूलाई हुन्थ्यो। यस्ता मानिसहरू पनि धेरै हुन्छन्। तर कतिपय अतिथि सत्कारकहरू भने फरक हुन्छन्। म ती अतिथि सत्कारकहरूसँग बस्दा, तिनीहरू मेरो लागि दैनिक आवश्यकताहरू जोहो गरी टोपल्थे, तिनीहरूले खाना पकाउँदा प्रयोग गर्ने सामग्रीहरू दाजुभाइ-दिदीबहिनीहरूले किनेर ल्याएका कुराहरू मात्रै हुन्थे, र तिनीहरूले गएर थप सामग्री किन्नुपर्ने हुँदा, पैसाका लागि हात पसार्थे। त्यसपछि कतिपय यस्ता अतिथि सत्कारकहरू पनि छन्, जसका निवासमा म केही सामान सुरक्षित राख्नका लागि छोड्थेँ। केही समय म त्यहाँ नजाँदा, अतिथि सत्कारकहरूले दराजको ताला तोड्थे र केही कुरा हराउँथे। तिनीहरू सबै परमेश्वरमा विश्वास गर्छन् र तिनीहरू सबै अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्छन्, तर के तिनीहरूबीच ठूलो भिन्नता छैन र? परमेश्वरमा विश्वास गर्ने कतिपय मानिस यस्ता कुराहरू गर्न सक्षम हुन्छन्—के यो मानिसहरूले गर्ने कुरा हो र? यो त डाँकू, लुटेरा, खलनायक, र बदमासहरूले गर्ने कुरा हो। के साँचो विश्वासीहरूले यस्ता कुराहरू गर्न सक्छन् त? यदि साँचो विश्वासीले तेरो लागि कुनै कुरा सुरक्षित राखेको छ भने, तँ जति लामो समयसम्म टाढा रहे पनि, आठ-दश वर्षसम्म नै टाढा रहे पनि, तिनीहरूले तेरो लागि त्यो सधैँ सुरक्षित राख्नेछन्; तिनीहरूले त्यसलाई छुने, हेर्ने, वा खोतल्नेछैनन्। तर कतिपय अतिथि सत्कारकहरूका हकमा भने, यदि तैँले तिनीहरूको निवासमा कुनै कुरा छोडिस् भने, तँ ढोकाबाट निस्कनेबित्तिकै तिनीहरूले त्यो खोतल्छन् र हेर्छन्। तिनीहरूले के कुरा खोतलिरहेका हुन्छन्? तिनीहरूले गहना, मोबाइल, वा पैसाजस्ता बहुमूल्य कुराहरू छन् भनेर तेरो झोला खोतलिहेर्छन्—तिनीहरू यी सबै कुरा खोतलिहेर्छन्। कतिपय महिलाले के कुरा खोतलिहेर्ने गर्छन्? तिनीहरू तँसँग कुनै राम्रो लुगा छ कि छैन भनेर हेर्न चाहन्छन्। खोतलखातल गरिसकेपछि, तिनीहरू सोच्छन्, “अहो, यी लुगाहरू कति राम्रा रहेछन्। म लगाएर हेर्छु।” मलाई भन त, के यस्ता घटनाहरू घट्दैनन् र? (घट्छन्।) तँलाई कसरी थाहा भयो? के तिमीहरूले यस्तो घटना भएको देखेका छौ? यी कुराहरू हुन्छन् भन्ने कुराको ठोस प्रमाण मसँग छ। एक साल, शरद ऋतुको अन्त्यतिर, मैले एउटा बास दिने घरमा केही लुगाहरू छोडेँ। एक दिन, मलाई अचानक यीमध्ये केही लुगा लगाउनुपर्छ भन्ने लाग्यो र मैले ती लुगाहरू लिन जाने योजना बनाएँ, त्यसकारण म त्यो घर गएँ। अनि, के भयो अन्दाज लगाऊ त। म घर प्रवेश गर्दा, त्यस वृद्ध घरबेटीले मेरो ऊनको कोट कस्तो देखिएला भनेर लाएर हेर्दै थिई। संयोगवश मैले देखेँ। मैले भनेँ, “के गरिरहेको हो?” ऊ छक्क परी। उसले के गरिरहेकी छे भनेर मैले देख्छु भन्ने यस्तो संयोगबारे उसले कहिल्यै कल्पना गरेकी थिइन, र ऊ अत्यन्तै लज्जित भई। तैपनि, यस्ता मानिसहरू निर्लज्ज हुन्छन्, र उसले तुरुन्तै भनी, “अहो, तपाईँको ऊनको कोटले मलाई सुहाउँछ भन्ने के तपाईँलाई लाग्दैन?” मैले भनेँ, “त्यो मेरो कोट हो। तैँले लगाइरहेको छस् भने म लगाउन सक्दिनँ।” उसले भनी, “लिनुहोस्, म लिन चाहन्नँ।” मैले भनेँ, “तैँले लिन चाहँदैनस् भने किन लगाएर हेरिरहेको थिइस्? के अलमारीको ढोका बन्द थिएन र?” उसले भनी, “आज मेरो कुनै काम थिएन, त्यसकारण मैले यसलाई निकालेर हेरेँ।” मैले भनेँ, “यो तेरो होइन, त्यसैले तैँले यसलाई छुनु हुँदैनथ्यो।” यो वास्तवमै घटित घटनाको एउटा उदाहरण हो। यसो गर्नुपछाडिको उसको अभिप्राय के थियो मलाई थाहा छैन। मलाई भन त, के यस्तो व्यक्ति परमेश्वरमा विश्वास गर्ने व्यक्ति हो? के मैले तिनीहरूलाई परमेश्वरका विश्वासी र परमेश्वरको परिवारका सदस्य ठान्नुपर्छ? (पर्दैन।) तिनीहरू परमेश्वरका अनुयायी बन्नलायक हुँदैनन्, तिनीहरू लाज, विवेक वा समझ, र कुनै मानवता नभएका शैतानको गिरोहका सदस्य हुन्—तिनीहरू बदमास हुन्। के परमेश्वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुनेछ? यस्ता मानिसहरूमा न्यूनतम निष्ठा र मर्यादा वा परमेश्वरप्रति न्यूनतम आदरसमेत हुँदैन—परमेश्वर तिनीहरूलाई मुक्ति दिन सक्दै सक्नुहुन्न। परमेश्वरले बोल्ने सत्यता र उहाँले मान्छेलाई दिने जीवन त्यस्ता मानिसहरूलाई प्रदान गरिँदैन; ती मानिसहरू परमेश्वरको परिवारका सदस्य होइनन्, तिनीहरू त परमेश्वरको घरबाहिरका अविश्वासी हुन्, र तिनीहरू दियाबलसका हुन्। सत्यतालाई प्रेम नगर्ने र सत्यताप्रति वितृष्णा राख्ने ख्रीष्टविरोधीहरूको प्रकृति सारबाहेक, तिनीहरूको चरित्र पनि अत्यन्तै नीच र घृणित हुन्छ, र त्यस्ता मानिसहरू घिनलाग्दा, घृणित, र तिरस्कारयोग्य हुन्छन्। हामीले भर्खरै कुरा गरेका परमेश्वरको घरका सम्पत्तिहरू हिनामिना गर्ने यी मानिसहरूको प्रकटीकरणबाट के देखाउन पर्याप्त हुन्छ भने, यी मानिसहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरू कहिल्यै साँचो रूपमा आफूलाई समर्पित गर्दैनन् र तिनीहरू कहिल्यै इमानदारीसाथ त्यसो गर्दैनन्। बरु, तिनीहरू आफ्नै एजेण्डा, लोभ, र चाहनाहरू लिएर आउँछन्, तिनीहरू सत्यता प्राप्त गर्न होइन, बरु फाइदाहरू प्राप्त गर्न दौडँदै आउँछन्। त्यसकारण, तैँले यसलाई चाहे जसरी हेरे पनि, परमेश्वरका लागि त्यस्ता मानिसहरूको मानवता मानकअनुरूप हुँदैन। त्यसकारण मलाई भन त, के तिमीहरू त्यस्ता मानिसहरूको मानवतालाई मानकअनुरूप ठान्छौ, र के तिनीहरूलाई असल मानिस ठान्छौ? (ठान्दैनौँ।) तिमीहरू पनि त्यस्ता मानिसहरूलाई घृणा गर्छौ, होइन र? (हजुर।) जब कतिपय मानिसले परमेश्वरको घरले कुनै कुरा किनेको छ भन्ने सुन्छन्, तब तिनीहरू त्यसमा आफ्नो भाग चाहन्छन्, र जब तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले लुगा दान गरिरहेको देख्छन्, तब तिनीहरू त्यो प्राप्त गर्न लायक भए नि नभए नि वा तिनीहरूले त्यो पाउनुपर्ने भए नि नभए नि, तिनीहरू त्यो प्राप्त गर्न प्रयास गर्छन्, र अरू कसैले भन्दा बढी सक्रिय भई मेहनत गर्छन्; जब तिनीहरूले परमेश्वरको घरमा गर्नुपर्ने कुनै काम छ वा गर्नुपर्ने केही फोहोरी वा थकाइलाग्दो काम छ भन्ने सुन्छन्, तब तिनीहरू तुरुन्तै लुक्छन् र तिनीहरूलाई कहीँ पनि भेट्टाउन सकिँदैन। त्यस्ता मानिसहरू धूर्त र कुटिल हुन्छन्, र नीच चरित्रका हुन्छन्—तिनीहरू घिनलाग्दा, तिरस्कारयोग्य, र घृणित हुन्छन्!
ख्रीष्टविरोधीहरू हरेक पक्षमा आफ्ना फाइदाहरूप्रति देखाउने चासोलाई चिरफार गर्नका लागि परमेश्वरको घरका सम्पत्तिहरू हिनामिना गर्ने क्रममा देखाउने विभिन्न प्रकटीकरणहरू प्रयोग गर्दा, हामीलाई यी मानिसहरू अविश्वासी, भौतिकवादी, घृणित, नीच, र कमसल चरित्रका, घिनलाग्दा मानिस हुन्, र परमेश्वरले मुक्ति दिने पात्रहरू होइनन् भनेर बुझ्न मदत मिल्छ। त्यस्ता मानिसहरूको परिभाषालाई सत्यताप्रति वितृष्णा राख्ने स्तरसम्म उठाउनु पर्दैन; हामी तिनीहरूको मानवता र चरित्रको हिसाबमा तिनीहरूको वास्तविकता पहिले नै देख्न सक्छौँ, त्यसकारण यसलाई सत्यतासँग सम्बन्धित छ भनेर यति उच्च स्तरसम्म लैजानु पर्दैन। तसर्थ, चाहे परमेश्वरको घरमा होस् वा मानिसहरूको कुनै समूहमा, त्यस्ता मानिसहरू सधैँ सबैभन्दा नीच र चरित्रहीन मानिस हुनुपर्छ। अनि अवश्य नै, यदि तिनीहरूलाई परमेश्वरको घरमा सत्यताका आधारमा मापन गर्नुपर्यो भने, तिनीहरू अझै घृणित र नीच देखिन्छन्। के तिमीहरूमा ख्रीष्टविरोधीहरूले देखाउने यस प्रकटीकरणका अरू कुनै उदाहरण छन्? (एउटा ख्रीष्टविरोधीले परमेश्वरको घरका लागि पुस्तकहरू छाप्ने काम गरिरहेको थियो, र उसले झूटो हिसाब देखाएर परमेश्वरको भेटीका सयौँ हजार युआन हिनामिना गर्यो। उसलाई अनुसन्धान गरेपछि के थाहा भयो भने, उसले यो कर्तव्य निर्वाह गर्न सुरु गर्नुभन्दा पहिले, उसको परिवारसँग थोरै मात्र पैसा थियो, तर यो कर्तव्य निर्वाह गर्न थालेपछि, उसले घर र कार किन्यो, तर यी कुराहरू खाताबाट पत्ता लगाउन सकिएन। उसको परिवार सबै जना अत्यन्तै आक्रमक थिए, र त्यसकारण भेटीहरू फिर्ता लिन सकिएन।) के यस घटनाका लागि अगुवा र सेवकहरू प्रत्यक्ष रूपमा जिम्मेवार थिएनन् र? (थिए। पछि, थप विवरणहरू बाहिर आएपछि, त्यो बेला जिम्मेवार रहेका अगुवा र सेवकहरूले यस ख्रीष्टविरोधीले व्यवस्थापन गरेका खाताहरू कहिल्यै जाँच गरेनन् भन्ने पत्ता लाग्यो। तिनीहरूले आफ्नो जिम्मेवारीमा हेलचेक्र्याइँ गरे र तिनीहरू जिम्मेवार नभएको कारणले नै यो परिस्थिति पैदा भएको थियो। तिनीहरू अवश्य नै प्रत्यक्ष रूपमा जिम्मेवार थिए।) त्यसोभए, के तिनीहरूको अपराध परमेश्वरको अभिलेख पुस्तकमा लेखिनुपर्थ्यो? (पर्थ्यो।) घटनापछि यी मानिसहरूलाई कसरी ठेगान लगाइयो? (कतिलाई हटाइयो र निष्कासित गरियो, र कतिले भेटीहरू फिर्ता गरिरहेका छन्।) तिनीहरूलाई ठेगान लगाउने उचित तरिका यही हो। अगुवा र सेवकहरूले आफ्नो कर्तव्यलाई बेवास्ता गरे र यस मामिलामा सुपरिवेक्षकका रूपमा रहेको आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन्। खासगरी, तिनीहरूले गलत व्यक्तिलाई प्रयोग गरे र तिनीहरूले यस व्यक्तिलाई निगरानी वा रेखदेख गर्ने कुनै प्रयास गरेनन्, र आफूले प्रयोग गरिरहेको यस व्यक्तिका समस्याहरू समयमै पत्ता लगाउन सकेनन्, र त्यसैले गम्भीर परिणामहरू देखा परे, र यसले गर्दा परमेश्वरका भेटीहरू र परमेश्वरको घरका सम्पत्तिहरूमा ठूलो घाटा भयो; यो प्रत्यक्ष रूपमा जिम्मेवार रहेका यी सबै मानिसको जिम्मेवारी थियो, र तिनीहरूका सबै अपराधहरू रेकर्ड गरिनु नै पर्थ्यो। यो त सही व्यक्तिलाई काममा प्रयोग नगरेको कारण तिनीहरूले आफूमा ल्याएको प्रतिकूल परिणाम थियो र यसले गर्दा परमेश्वरको घरलाई घाटा भयो, र अन्त्यमा परमेश्वरको भेटीको मूल्य चुकाउनुपऱ्यो। मलाई भन त, के ख्रीष्टविरोधीहरू सधैँ लोभी हुन्छन्, कि मूल्यवान् कुरा देख्दा मात्रै तिनीहरूमा यी दुष्ट विचारहरू आउँछन्? (तिनीहरू सधैँ लोभी हुन्छन्।) त्यसकारण जब तँ त्यस्ता मानिसहरूसँग सङ्गत र अन्तरक्रिया गर्छस्, तब तैँले तिनीहरूको लोभ र चाहनाहरू अवश्य नै पत्ता लाउन सक्छस्। अगुवा र सेवकहरूले जिम्मेवारी नलिएको कारण, मानिसहरूलाई नचिनेको कारण, मानिसहरूलाई स्पष्ट रूपमा नदेखेको कारण, र मानिसहरूलाई दुरुपयोग गरेको कारण, यो परिणाम आएको थियो, त्यसकारण तिनीहरूको काँधमा भारी जिम्मेवारी आइपर्यो र तिनीहरू निष्कासित हुनलायक थिए।
पहिले हामीले ख्रीष्टविरोधीहरूको प्रकृति, सार, स्वभाव, र तिनीहरूले पछ्याउने मार्गका मुख्य पक्षहरूबारे सङ्गति गरेका थियौँ। आज हामी ख्रीष्टविरोधीहरूको मानवताको क्षेत्रभित्रका प्रकटीकरणहरूबारे सङ्गति र चिरफार गरिरहेका छौँ, र यो वास्तविक जीवनसँग सम्बन्धित छ। यो सानो पक्ष भए पनि, यसले अझै पनि मानिसहरूलाई ख्रीष्टविरोधीहरूका निश्चित प्रकटीकरणहरू पहिचान गर्न मदत गर्न सक्छ; यी ख्रीष्टविरोधीहरूका निश्चित किसिमका स्पष्ट विशेषता, चिन्ह, र प्रतीक पनि हुन्। उदाहरणका लागि, ख्रीष्टविरोधीले हैसियत, ख्याति, लाभ, र प्रभावलाई प्रेम गर्छ, र ऊ अत्यन्तै स्वार्थी, घृणित, र क्रूर हुन्छ, र उसले सत्यतालाई प्रेम गर्दैन, त्यसकारण उसको मानवता र चरित्र कस्तो हुन्छ? कतिपयले भन्छन्, “कति ख्रीष्टविरोधीहरूले प्रतिष्ठा र हैसियतलाई प्रेम गरे पनि, तिनीहरूमा आदरणीय र उच्च चरित्रहरू हुन्छन्, र तिनीहरूमा विवेक र समझ हुन्छ।” के यो सही हो? (अहँ, होइन।) किन होइन? ख्रीष्टविरोधीहरूमा कस्तो स्वभाव सार हुन्छ भन्नेबारे कुरा नगरौँ; सुरुमा तिनीहरूको मानवता र चरित्र हेरौँ। तिनीहरू निश्चय नै असल मानिस होइनन्, तिनीहरू मर्यादा, विवेक, वा शिष्ट निष्ठा भएका मानिस होइनन्, झन् तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिस हुनु त परको कुरा हो। के यस्तो मानवता भएका मानिसहरूले सही मार्ग पछ्याउन सक्छन्? निश्चय नै सक्दैनन्, किनभने तिनीहरूको चरित्रमा सही मार्ग पछ्याउने सार हुँदैन, र त्यसकारण यी मानिसहरू सत्यतालाई प्रेम गर्न सक्दै सक्दैनन्, झन् तिनीहरूले यसलाई स्वीकार गर्न सक्नु त परको कुरा हो। ख्रीष्टविरोधीहरू जुन अभिप्राय र मनोवृत्तिले कर्तव्य निर्वाह गर्छन् त्यस आधारमा हेर्दा, ख्रीष्टविरोधीहरूको चरित्र र मानवताले मानिसहरूलाई तिनीहरूप्रति इन्कार र वितृष्णा राख्ने बनाउँछ, र यसभन्दा पनि नराम्रो त, परमेश्वर तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरू सधैँ परमेश्वरको घरका सम्पत्तिहरू हिनामिना गर्न चाहन्छन्, र उहाँलाई इनाम, पैसा, वस्तु र लाभहरू माग्न चाहन्छन्। अनि परमेश्वर तिनीहरूलाई कुन प्रकारका मानिसका रूपमा हेर्नुहुन्छ? यी मानिसहरू पक्कै पनि असल मानिस होइनन्। त्यसैले, परमेश्वर उहाँको नजरमा त्यस्ता मानिसहरूलाई ठ्याक्कै कसरी परिभाषित गर्नुहुन्छ? उहाँले त्यस्ता मानिसहरूलाई के नाम दिनुहुन्छ? बाइबलमा अनुग्रहको युगको एउटा कथा छ: यहूदाले प्रायजसो पैसाको झोलाबाट चोर्ने गर्थ्यो, र अन्त्यमा परमेश्वरले उसलाई सेवा दिने काममा, अर्थात् प्रभु येशूलाई धोका दिने काममा प्रयोग गर्नुभयो। प्रभु येशूलाई क्रूसमा टाँगियो, र आफ्ना प्रभु र साथीहरूलाई धोका दिने भूमिका निर्वाह गरेको यहूदा पेट फुटेर मर्यो। त्यसकारण, परमेश्वरको घरका सम्पत्तिहरू हिनामिना गर्ने र परमेश्वरलाई चढाइएको भेटी चोर्ने यी मानिसहरू सबै परमेश्वरको नजरमा यहूदा हुन्, जसको अर्थ यी मानिसहरूलाई परमेश्वर यहूदा नाम दिनुहुन्छ भन्ने हो। अहिले यहूदाका रूपमा दोषी ठहराइएका यी ख्रीष्टविरोधीहरूले यहूदाले जस्तै आफ्ना प्रभु र साथीहरूलाई धोका नदिए पनि, तिनीहरूको प्रकृति सार उस्तै हुन्छ। तिनीहरूको के कुरा समान हुन्छ? तिनीहरू परमेश्वरको घरका सम्पत्तिहरू चोर्न र हिनामिना गर्न आफ्नो पद र आफ्नो कर्तव्य निभाउने अवसरको फाइदा उठाउँछन्। त्यसकारण परमेश्वरले यी मानिसहरूलाई यहूदा नाम दिनुभएको हो, र तिनीहरू आफ्ना प्रभु र साथीहरूलाई धोका दिने व्यक्तिको समान हुन्छन्। अर्थात्, परमेश्वरको घरका सम्पत्तिहरू हिनामिना गर्ने र हडप्ने यी ख्रीष्टविरोधीहरू आफ्ना प्रभु र साथीहरूलाई धोका दिने यहूदाजस्तै हुन्, र त्यस्ता मानिसहरूको परिणाम कस्तो हुन्छ भनेर पत्ता लगाउन धेरै विचार गरिरहनु पर्दैन।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।