विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्न आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग चार) खण्ड एक

आ. ख्रीष्टविरोधीहरूका हितहरू

आज हामी हाम्रो पछिल्‍लो भेलामा गरिएको विषयबारे सङ्गति जारी राख्‍नेछौँ। पछिल्‍लोपटक हामीले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणको नवौँ बुँदा ख्रीष्टविरोधीहरूका हितहरूको दोस्रो खण्डबारे सङ्गति गरेका थियौँ। यस खण्डमा हामीले तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियतबारे सङ्गति गरेका थियौँ, होइन र? (हो।) यसबारे स्मरण गरेर मलाई मोटामोटी सारांश देओ त। मुख्य रूपमा हामीले ख्रीष्टविरोधीहरूका आफ्नै प्रतिष्ठा र हैसियतसँग सम्बन्धित कति वटा बुँदामा सङ्गति गर्‍यौँ? (परमेश्‍वरले पछिल्‍लोपटक दुइटा बुँदामा सङ्गति गर्नुभयो। पहिलो चाहिँ काटछाँटप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्तिसँग सम्बन्धित थियो। ख्रीष्टविरोधीहरू कहिल्यै काटछाँट स्वीकार गर्न वा यसमा समर्पित हुन सक्दैनन्, न त यसलाई सत्यताका रूपमा स्वीकार गर्न नै सक्छन्। अनि दोस्रो चाहिँ, ख्रीष्टविरोधीहरू मानिसहरूको समूहमा आफ्नो प्रतिष्ठा र हैसियत कसरी रक्षा गर्छन् र तिनीहरूमा के-कस्ता प्रकटीकरणहरू हुन्छन् भन्‍नेबारे थियो। ख्रीष्टविरोधीहरूको सार प्रतिस्पर्धा गर्नु हो, र तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतका लागि प्रतिस्पर्धा गर्नैपर्छ।) त्यसोभए, अब आज हामी यस विषयबारे सङ्गति गर्न जारी राखौँ। पछिल्‍लो पटक मैले तिमीहरूलाई के गृहकार्य दिएको थिएँ? हाम्रो भेलापछि मैले तिमीहरूलाई के कुराबारे मनन र सङ्गति गर्न लगाएको थिएँ? तिमीहरूलाई याद छ? (परमेश्‍वरले हामीलाई हामीमा ख्रीष्टविरोधीहरूको कुन स्वभाव छ, र कामकुरा गर्दा हामी ख्रीष्टविरोधीहरूको कुन प्रकृतिमा भर पर्छौं भनेर हेर्न ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूबारे गरिएको सङ्गति र चिरफारसँग आफूलाई तुलना गर्न भन्‍नुभएको थियो।) मुख्य विषय यही थियो। उपविषय केबारे थियो? (त्यो ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्दा कुन-कुन प्रतिस्पर्धी प्रकृतिहरू प्रदर्शित गर्छन् भन्नेबारे, अनि हामीले आफ्नो वास्तविक जीवनमा ती कुरा कसरी प्रकट गर्छौं, र हामी कसरी काम गर्छौँ, हामी के भन्छौँ, अनि प्रतिष्ठा र हैसियतको खातिर के गर्छौँ, र आफ्नो हैसियत रक्षा गर्न दाजुभाइ-दिदीबहिनीहरूसँग ख्याति र लाभका लागि प्रतिस्पर्धा गर्ने कुन-कुन प्रकटीकरणहरू प्रदर्शित गर्छौं भनेर हेर्न ती ख्रीष्टविरोधी कुराहरूसँग आफूलाई तुलना गर्ने बारे थियो।) के अरू कसैले यसमा केही थप्न सक्छ? (परमेश्वरले हामीलाई ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूबारे सङ्गति गर्दा अरू मानिस कस्ता छन् भनेर सधैँ कुरा नगर्नू, बरु ख्रीष्टविरोधीहरूमा जस्तै हामीमा कुन स्वभाव र प्रकटीकरणहरू छन् भनेर आफूलाई ती कुराहरूसँग तुलना गर्नू र तीबारे सङ्गति गर्नू भनेर भन्‍नुभएको थियो।) मोटामोटी रूपमा कुरा त्यही हो। मानिसहरूको समूहमा ख्रीष्टविरोधीहरूले व्यवहार गर्ने आदर्शवाक्य के हो भनी हामीले पछिल्‍लोपटक सङ्गति गरेका थियौँ? के त्यसले तँलाई केही छाप पारेन र? (तिनीहरूको आदर्श वाक्य हो, “मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ!”) तँलाई यो कुरा याद रहेछ। तैँले कसरी यो याद गर्न सकिस्? (किनभने परमेश्‍वरले भन्‍नुभएको “मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ!” भन्‍ने ख्रीष्टविरोधीहरूको यो आदर्शवाक्य मैले आफै पनि प्रायजसो प्रकट र खुलासा गरिरहने कुरा हो। यसका साथै, परमेश्‍वरले गर्नुभएको सङ्गतिको भाव निकै स्पष्ट थियो, र परमेश्‍वरले जुन तरिकाले यी वचनहरू व्यक्त गर्नुभएको थियो त्यो मेरो आफ्नै हृदयको स्थितिसँग मिल्थ्यो, त्यसैले यसले मलाई निकै गहन प्रभाव पार्‍यो।) कहिलेकाहीँ, जब म ख्रीष्टविरोधीहरूका विविध प्रकटीकरण र तिनीहरूका विभिन्‍न प्रकारका प्रकृति सारबारे सङ्गति र चिरफार गर्छु, तब म केही दैनिक भाषा, साथै मानिसहरूलाई स्विकार्न सजिलो हुने, र मानिसहरूमा गहन छाप पार्ने निश्‍चित भाव र विधिहरू प्रयोग गर्छु, र वास्तविक जीवनसँग निकै मिल्ने केही उदाहरण पनि प्रयोग गर्छु। यसो गर्दा यसले साँच्‍चै नै मानिसहरूलाई ख्रीष्टविरोधीहरूको सार जान्‍न र आफूलाई चिन्‍न सहयोग गर्छ। यो मानिसहरूले आफूलाई चिन्‍न र आफ्नो वास्तविक जीवनमा परमेश्‍वरका वचनहरू अनुभव गर्न पनि फाइदाजनक हुन्छ, र तिनीहरूलाई यस्तो ख्रीष्टविरोधी स्वभाव परिवर्तन गर्न यो झनै फाइदाजनक हुन्छ, होइन र? (हो।) तिमीहरूले पछिल्‍लो सङ्गतिबारे याद गरेका कुरा बताएका छौ, तर पूरा विवरण यी कुराभन्दा धेरै छन्—अझै धेरै विवरण छन्। सङ्गति सुनेपछि तिमीहरूले सारांश बनाउनुपर्छ। कम्तीमा पनि, सङ्गति सुनेपछि, तिमीहरूले भेला भएर धेरैपटक यसलाई सुन्नुपर्छ, र त्यसपछि सबैले सँगै मिलेर सारांश बनाउन सक्छौ। हाम्रो पछिल्‍लो सङ्गतिबारे तिमीहरूले याद गरेका कुरा र सारांशहरू सुनेपछि, म तिमीहरूलाई भन्छु, यो अलिक थोत्रोजस्तो लाग्यो, मानौँ तिमीहरूले एक-दुई वर्ष पहिले यो सङ्गति सुनेका थियौ र यसले तिमीहरूमा कुनै छाप पार्न सकेको थिएन। तिमीहरूसँग एउटा खण्ड, वा एक-दुई वाक्य, वा एक-दुई वटा कुराको केही अवधारणा र छाप बाँकी हुन सक्छ, तर धेरैजसोमा ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने अझै धेरै आधारभूत ज्ञान र चिरफारबारे कुनै अवधारणा वा याद नभएजस्तो देखिन्छ। त्यसकारण, हामीले छलफल गरेका विषयहरूमा तिमीहरूले अझै धेरै मनन गर्दै एकअर्कासँग सङ्गति गर्नुपर्छ। ती कुराहरूलाई गम्भीरतापूर्वक नलिई त्यतिकै सुनेर एकातिर पन्छ्याउने काम नगर। यदि तिमीहरू त्यसो गर्छौ भने, सत्यतामा प्रवेश गर्ने तिमीहरूको गति अत्यन्तै सुस्त हुनेछ—यी प्रवचनहरूमा मनन नगरी हुँदैन। त्यसैले, तिमीहरू आफ्नो मण्डली जीवनमा यी प्रवचनहरूअनुसार कसरी काम गर्छौ? के तिमीहरू हरेक हप्ता आफ्‍ना भेलाहरूमा यी प्रवचनहरूबारे सङ्गति गर्छौ? कि तिमीहरू राम्रो छाप र गहन ज्ञान प्राप्त गर्न सकूँ, र त्यसपछि तीद्वारा सत्यता बुझ्न सकूँ भनेर हालैका प्रवचन र सङ्गतिहरू धेरैपटक सुन्छौ? के तिमीहरू यसो गर्छौ? (परमेश्‍वर, हरेक हप्ताका हाम्रा भेलाहरूमा हामी सुरुमा परमेश्‍वरका नयाँ सङ्गतिहरू खाने-पिउने गर्छौं।) यसका लागि मण्डली अगुवा, प्रचारक, र निर्णय गर्ने समूहहरूमा मण्डली जीवनको इन्चार्ज रहेका मानिसहरूले जिम्मेवारी लिनुपर्छ; यसरी मात्रै मण्डलीको काम राम्रोसित गर्न सकिन्छ।

ग. आफ्नै फाइदाका लागि षड्यन्त्र रच्‍नु

१. परमेश्‍वरको घरका सम्पत्तिहरू हिनामिना गर्नु

आज हामी ख्रीष्टविरोधीहरूका हितहरूको तेस्रो खण्ड, अर्थात् फाइदाहरूबारे सङ्गति गर्नेछौँ। फाइदाहरू के-के हुन्? (आशिष्‌ र हितहरू प्राप्त गर्नु।) यो एकदमै सरल व्याख्या हो; यसको शाब्दिक अर्थ यही हो। यसमा अरू कुरा थप त—फाइदाहरू के-के हुन्? (ती मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा वा बाह्य संसारमा काम गर्दा प्राप्त गर्न सक्‍ने भौतिक र अभौतिक हित, मनपर्दा कुरा र सुविधाहरू हुन्।) यो व्याख्या सही छ। फाइदाहरू भनेका मानिसहरूले आफ्नो तलबबाहेक प्राप्त गर्ने केही राम्रो व्यवहार हुन्, र यसमा दैनिक आवश्यकताका कुराहरू, खाना, वा कुपनजस्ता कुराहरू समावेश हुन्छन्। यी कुराहरूले कर्तव्य निर्वाह गर्दा प्राप्त हुने सुविधा र भौतिक वा अभौतिक व्यवहारलाई पनि जनाउँछन्; यी सबै कुरा फाइदाहरू हुन्। अहिले मैले यस शब्दको अर्थ के हो भनेर व्याख्या गरिसकेपछि, के तिमीहरूलाई हामीले यस खण्डमा सङ्गति गर्न लागेको क्षेत्र, उदाहरण, र प्रकटीकरणहरूबारे थाहा भयो? अहिले तिमीहरूको दिमागमा निश्‍चित मानिसहरूका व्यवहार र कार्यहरू, साथै यी कुराहरू गर्न सक्‍ने मानिसहरूको झलझली झझल्को आइरहेको होला, होइन र? तिमीहरूले सोच्‍ने सबैभन्दा पहिला मानिसहरू को हुन्? (मण्डलीको भरमा जिउन आफ्नो हैसियतको फाइदा लिने मानिसहरू।) तिनीहरू एक प्रकारका व्यक्ति हुन्। ती मानिसहरू पनि आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरूमध्ये केहीसँग हैसियत हुन्छ, तिनीहरू विभिन्‍न स्तरका अगुवा र सेवकहरू वा सुपरिवेक्षक हुन्छन्, जबकि अरूले साधारण कर्तव्यहरू निर्वाह गर्छन्। तिनीहरू सबैमा के-कस्ता आम प्रकटीकरणहरू हुन्छन्? तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा आफ्नो देह, परिवार र आफ्नो आनन्दका लागि निरन्तर केही काम र केही निश्‍चित कुरा गर्छन्। हरेक दिन तिनीहरू दौडधूप गर्छन् र मूल्य चुकाउँछन्, र तिनीहरू सधैँ यो काम गरेर वा यो कर्तव्य पूरा गरेर के-कस्ता इच्छित कुराहरू प्राप्त हुन्छन् भन्‍ने बारेमा ध्यान दिइरहन्छन्। तिनीहरूले यसबाट के-कस्ता सुविधा र अनुकूल व्यवहार प्राप्त गर्न सकिन्छ भन्‍ने बारेमा सधैँ योजना बनाइरहेका र हिसाबकिताब गरिरहेका हुन्छन्। यी कुराहरू थाहा भएपछि, तिनीहरूले यी कुराहरू प्राप्त गर्न जे गर्नुपर्ने हो त्यही गर्नेछन्, र अझै बढी रूपमा, तिनीहरूले अवश्य नै यी सुविधा र यी हितहरू प्राप्त गर्ने कुनै अवसर पनि गुमाउनेछैनन्। यस मामलामा, तिनीहरू निर्दयी र असंवेदनशील हुन्छन् भनेर पनि भन्‍न सकिन्छ, र तिनीहरू पक्कै पनि आफ्नो इज्जत र मर्यादालाई पनि ध्यान दिँदैनन्। तिनीहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले नकारात्मक रूपमा हेर्छन् भन्‍ने डर हुँदैन, यसकारण परमेश्‍वर तिनीहरूलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ भन्‍ने बारेमा पनि तिनीहरू अवश्य नै चिन्ता गर्दैनन्। तिनीहरू आफूले निर्वाह गरिरहेका कर्तव्यहरूबाट फाइदा कसरी लिने भनेर गुप्त रूपमा मनन र षड्यन्त्र मात्रै गर्छन् ताकि आफूले प्राप्त गर्न सक्‍ने सबै फाइदाजनक व्यवहारको आनन्द लिन सकून्। त्यसकारण, यस्ता मानिसहरूमा यस्तो सोचाइ र तर्क हुन्छ जसलाई सतही स्तरमा गलत मान्‍न सकिँदैन, अर्थात्: “परमेश्‍वरको घर मेरो परिवार हो, र मेरो परिवार परमेश्‍वरको घर हो; मेरो जे हो त्यो परमेश्‍वरको हो, र परमेश्‍वरको जे हो त्यो मेरो हो। मानिसहरूका कर्तव्यहरू तिनीहरूका जिम्मेवारी हुन्, र तिनीहरूले आफ्नो कर्तव्यबाट प्राप्त गर्न सक्‍ने सबै फाइदा परमेश्‍वरले दिनुभएका अनुग्रहहरू हुन्; मानिसहरूले तिनलाई इन्कार्नु हुँदैन, बरु उहाँबाट आएको भनी स्वीकार गर्नुपर्छ। यदि मैले ती प्राप्त गरिनँ भने, अरू कसैले प्राप्त गर्नेछ, त्यसैले म अघि बढेर यी फाइदाहरूको आनन्द लिनेछु र नम्रताको नाटक गर्नेछैनँ, र मैले अवश्य नै कुनै पनि कुरा शालीनतासाथ इन्कार्नु पर्दैन। म यी फाइदाहरूमा लागिपर्नुपर्छ र समर्पित हृदय र इमानदार मनोवृत्तिले यी कुराहरू स्विकार्न हात फैलाउनुपर्छ।” तिनीहरू त्यस्ता फाइदाहरूलाई स्वाभाविक रूपमै आफूले पाउनुपर्ने र ग्रहण गर्नुपर्ने व्यवहारको रूपमा हेर्छन्; यो त कुनै व्यक्तिले काम गर्दा अनि समय र मेहनत लगाउँदा, प्राप्त गर्ने तलब र इनाम, पाउनुपर्ने उचित कुरा हो भन्‍ने उसलाई लागेजस्तै हो। त्यसकारण, तिनीहरूले यी कुराहरू हिनामिना गरे पनि र यिनैमा लागिपरेर यी फाइदाहरू प्राप्त गरे पनि, यसलाई गलत वा परमेश्‍वरले घृणा गर्ने कुराका रूपमा हेर्दैनन्, न त विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूबारे कुनै राय राख्छन् कि राख्दैनन् भनेर नै वास्ता गर्छन्। ख्रीष्टविरोधीहरू यी सबै कुराको आनन्द लिन्छन्, यी कुरामै लागिपर्छन्, र अझै बढी रूपमा, हरदिन आफ्नो हृदयमा यी सबै कुराका लागि योजना बनाउँछन्, मानौँ त्यसो गर्नु नै पूर्ण रूपमा सही र स्वभाविक कुरा हो। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने नियमित अवस्था यही हो, र यही नै ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्ना व्यक्तिगत हितहरूका लागि चलाकी गर्ने नियमित अवस्था पनि हो। त्यसोभए, ख्रीष्टविरोधीहरूको मानसिकता के हो? “मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा, यसको सट्टा केही कुरा प्राप्त गर्ने प्रयास गर्नुपर्छ। मैले यो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार त्यागेको हुनाले, अनि परमेश्‍वर र उहाँको घरका लागि आफ्नो मेहनत, ऊर्जा, र समय दिएको हुनाले, आफूले चाहेको सबै राम्रो व्यवहारको आनन्द लिन पाउनुपर्छ।” ख्रीष्टविरोधीहरू यी सबै कुरालाई आफूले स्वाभाविक रूपमै पाउन योग्य कुरा, र मानिसहरू यी कुराहरूमा लागिनपरे पनि परमेश्‍वरले दिनुपर्ने कुराका रूपमा हेर्छन्। यही नै ख्रीष्टविरोधीहरूको दृष्टिकोण हो। त्यसकारण, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तिनीहरूले निरन्तर फाइदाहरूका लागि मेहनत गरिरहेका हुन्छन्, र अरू कसैले तीमध्ये एउटा फाइदा लगिदेला, र तिनीहरूका लागि थोरै मात्र बाँकी रहला भन्‍ने कुराको सधैँ डर मान्छन्। यो ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने अवस्था हो। कर्तव्य निर्वाह गर्नुपछाडिका तिनीहरूका सबै अभिप्राय, मनसाय, र उद्देश्यहरूको आधार अन्ततः के हुन्छ? यी सबै कुराको आधार आफू एकदमै मूर्ख मात्रै होइएला र जीवनको कुनै अर्थ नहोला भन्‍ने सोच्दै आफ्नै लागि सबै फाइदा प्राप्त गर्न षड्यन्त्र गर्नु हो। ख्रीष्टविरोधीहरूको मानसिकता यही हो।

ख्रीष्टविरोधीहरूको प्रकृति वा सत्यतालाई प्रेम नगर्ने तिनीहरूको प्रकटीकरणलाई परमेश्‍वरले जसरी खुलासा गर्नुभए पनि, तिनीहरू यी अभिप्राय र पछ्याइहरू त्याग्दैनन्; तिनीहरू निरन्तर फाइदाहरूमै लागिपर्छन्। उदाहरणका लागि, कतिपय मानिसहरूले अतिथि-सत्कार गर्ने कर्तव्य पूरा गर्न सुरु गरेपछि, मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूले ती अतिथि सत्कारक निवासलाई केही खाना वा उपकरणहरू किनिदिन्छन् वा केही पैसासमेत प्रदान गर्छन्। यदि यो कर्तव्य निर्वाह गर्ने व्यक्ति ख्रीष्टविरोधी हो भने, उसले आफ्ना लागि प्राप्त गर्न प्रयास गर्ने चिताएका कुराहरू छोटामोटा उपहारजस्ता मामुली कुरा हुँदैनन्। तिनीहरू भन्छन्, “मैले यी दाजुभाइ-दिदीबहिनीहरूलाई खान-बस्‍न दिन मेरो घर दिइरहेको छु, र तिनीहरूले कर्तव्य निर्वाह गर्दा तिनीहरूका लागि सेवा प्रदान गरिरहेको छु, त्यसकारण परमेश्‍वरको घरले अवश्य नै सबै सामग्री र पैसा प्रदान गर्नुपर्छ। मैले तिमीहरू सबैलाई मेरो घर प्रदान गरिरहेको र खाना पकाइदिइरहेको छु र तिमीहरूको सुरक्षाको ग्यारेन्टी दिइरहेको छु; त्यो त पहिले नै राम्रो कुरा हो। बाँकी कुराको हकमा—तिमीहरूले जे खान्छौ, पिउँछौ, र प्रयोग गर्छौ—त्यो मण्डलीले नै प्रदान गर्नुपर्छ।” मण्डलीले नै यी कुराहरू प्रदान गर्नुपर्छ भन्‍ने कुरा वास्तवमा गलत होइन, तर यहाँ म ख्रीष्टविरोधीहरूले कसरी अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्छन् र अरूले कसरी साँचो रूपमा यो कर्तव्य निर्वाह गर्छन् भन्‍नेबीचको भिन्‍नताबारे सङ्गति गर्न चाहन्छु। जब ख्रीष्टविरोधीहरू अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्छन्, तब यसलाई जे देखिन्छ त्यस रूपमा मात्रै लिनु हुँदैन; तिनीहरूसित गुप्त मनसायहरू हुन्छन्। तिनीहरू सोच्छन्, “म यो अतिथिसत्कारको कर्तव्य निर्वाह गरिरहेको छु, त्यसकारण मैले यसबाट केही फाइदा लिन षड्यन्त्र रच्‍नुपर्छ। मण्डलीले केही खाना र अरू आवश्यकताहरू प्रदान गरिरहेको छ, त्यसकारण मेरो परिवारका सदस्यहरूले पनि दाजुभाइ-दिदीबहिनीहरूसँगै ती खाना खान र ती सबै कुरा चाहेअनुसार प्रयोग गर्न पाउनुपर्छ। मेरो परिवार परमेश्‍वरको घरको हो, त्यसकारण जुन कुरा परमेश्‍वरको घरको हो, त्यो मेरो परिवारको पनि हो।” ख्रीष्टविरोधीहरू यस्तै मनोवृत्तिले कर्तव्य निभाउँछन्, होइन र? (हो।) त्यसकारण, कतिपय मानिसले अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्न थालेपछि, तिनीहरूको हृदय परिवर्तन हुन थाल्छ, तिनीहरूले निरन्तर दाजुभाइ-दिदीबहिनीहरूलाई खान-बस्‍न दिँदा प्रयोग गरिने भौतिक कुराहरू र पैसाबारे विचार गरिरहेका हुन्छन्, र यदि कसैले यी कुरालाई ध्यान दिएर हेरिरहेका छैनन् भने, यी ख्रीष्टविरोधीहरूले केही फाइदा प्राप्त गर्ने अवसर आइहाल्छ। कस्तो अवसर? तिनीहरू गुप्त रूपमा यस्तो हिसाब लाउँछन्, “एक व्यक्तिले दिनमा यति खर्च गर्छ, त्यसकारण जति पैसा बाँकी हुन्छ, त्यो म मण्डलीलाई फर्काउँदिनँ; म त्यो आफ्नै लागि राख्‍नेछु। कम्तीमा पनि यो मैले कमाएको पैसा हो, त्यसकारण यसलाई आफैसित राखेकोमा कसैले पनि मलाई दोष दिन सक्दैन; अवश्य नै, यो मैले पाउनुपर्ने कुरा नै हो!” त्यसपछि तिनीहरूले बाँकी रहेको पैसा आफ्नै खल्तीमा राख्छन्। कति ख्रीष्टविरोधीहरू त दाजुभाइ-दिदीबहिनीहरूले दान दिएका वा परमेश्‍वरको घरले प्रदान गरेका केही भौतिक कुरा आफ्नै लागि राख्‍न हरकिसिमका बहानाहरू बनाउन खोज्छन्। कति ठाउँमा त दाजुभाइ-दिदीबहिनीहरू फेरि त्यहाँ बस्न जाँदा, ओछ्यानको गद्दा, सिरानी र तन्‍ना हुँदैनन्, खानामा मासु र सागसब्जी हुँदैनन्, र तिनीहरूले यसबारे सोध्दा, यी ख्रीष्टविरोधीहरू यसो भन्छन्, “लामो समयसम्म खाना राख्यो भने, यसको स्वाद त्यति मिठो हुँदैन, त्यसकारण हामीले खायौँ।” के यी लोभी मानिसहरू होइनन् र? (हुन्।) परमेश्‍वरको घरले प्रदान गर्ने भौतिक कुराहरू, साथै दाजुभाइ-दिदीबहिनीहरूले अतिथि-सत्कारक निवासका लागि किनेका कुराहरू यी ख्रीष्टविरोधीहरूको हातमा पर्नेबित्तिकै, ती तिनीहरूको स्वामित्वका वस्तु बन्छन्; तिनीहरू आफूखुसी ती प्रयोग गर्छन् वा खान्छन्, वा तिनलाई प्रत्यक्ष रूपमा आफ्नै सम्पत्तिका रूपमा लिन्छन् र लुकाउँछन्। दाजुभाइ-दिदीबहिनीहरू फेरि त्यहाँ जाँदा, ती कुराहरू कहीँ देखिँदैनन्। यदि मण्डलीले फेरि यी ख्रीष्टविरोधीहरूको निवासस्थान प्रयोग गर्नुपर्‍यो भने, फेरि ती कुराहरू किन्न पैसा खर्च गर्नुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूले ती कुराहरू फेरि तिनीहरूको घरमा ल्याउनुपर्छ। यो देख्दा, ख्रीष्टविरोधीहरू खुसी हुन्छन्, र सोच्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु पक्कै पनि राम्रो कुरा हो! म अरू कुनै काम गरेर यति चाँडो धनी हुन सक्दिनँ; विभिन्‍न कुरा प्राप्त गर्ने सबैभन्दा सहज तरिका यही हो। साथै, मण्डलीका यी सामानहरू हराए भनेर पुलिसलाई रिपोर्ट गर्ने आँट कसैले गर्दैन; मेरो बारेमा रिपोर्ट गर्ने प्रयास भयो भने, म नै पहिले रिपोर्ट गरिदिनेछु! त्यसकारण तिमीले गर्न सक्‍ने एउटै कुरा भनेको चुपचाप बस्नु र सहनु हो, यसबारे गुनासो गर्ने तिम्रो कुनै ठाउँ छैन। मैले यी कुराहरू आफ्नो स्वामित्वमा लिएँ र यो खानेकुरा खाइदिएँ। तिमी मलाई के गर्न सक्छौ? परमेश्‍वर पक्षपात गर्नुहुन्न। मैले दाजुभाइ-दिदीबहिनीहरूलाई खान-बस्‍नका लागि आफ्नो घर दिइरहेको छु, त्यसैले मैले दिएको योगदान त्यही हो, र यसका लागि परमेश्‍वरले मलाई याद गर्नुहुनेछ। मैले थोरै लिँदा केको डर मान्‍ने? यो त मैले पाउनुपर्ने कुरा नै हो! यो कुरा केही मात्रामा खाँदा केको डर? तिमीहरू जे खान पाउँछौ, के त्यो मैले खान नपाउने? तिमीहरू परमेश्‍वरको घरका सदस्य हौ भने, म पनि होइनँ र? म यस परिस्थितिबाट फाइदा मात्रै लिनेछैनँ, म त आफै पनि ती कुरा खानेछु र एक्लै भोजन गर्नेछु!” आफ्‍नो कर्तव्यप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तै हुन्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूको उद्देश्य ती कुराहरू प्राप्त गर्ने हुन्छ, र तिनीहरू ती कुराहरूलाई सबैभन्दा ठूलो फाइदाका रूपमा हेर्छन्, अनि यसो भन्छन्, “यी कुराहरू परमेश्‍वरले दिएका सबैभन्दा ठूला अनुग्रह हुन्; यो अनुग्रहभन्दा ठोस कुरा अरू केही छैन, र यो आशिष्‌भन्दा वास्तविक र ठोस रूपमा फाइदाजनक अरू केही छैन। यो एकदम राम्रो कुरा हो! सबैले ‘परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ यस जीवनमा सय गुणा र आउँदो जीवनमा अनन्त जीवन प्राप्त गर्नु हो’ भनेर भन्छन्; यसले यो भनाइ पूरा गर्छ। अहिले मैले यस आशिष्‌को पूर्वस्वाद लिइरहेको छु। यो साँच्‍चै नै परमेश्‍वरको अनुग्रह हो!” त्यसकारण, परमेश्‍वरको घरका कुराहरू आफ्नो स्वामित्‍वमा लिन, र निर्दयी तरिकाले तिनलाई आफ्नै बनाउन ख्रीष्टविरोधीहरूलाई कुनै डर हुँदैन। ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका ती सम्पत्तिहरूलाई कसरी हेर्छन्? तिनीहरू तिनलाई गैरविश्‍वासी संसारको सार्वजनिक सम्पत्तिजस्तै ठान्छन्; तिनीहरू सबै लोभी हुन्छन्, तिनीहरू सबै परमेश्‍वरको घरका कुराहरू आफ्नै लागि लिन चाहन्छन्, तैपनि अझै तिनीहरू यी कुराहरूलाई कर्तव्य निर्वाह गर्दा आफूले प्राप्त गर्नुपर्ने अनुग्रह र आशिष्‌हरू हुन् भन्‍ने विश्‍वास गर्छन्। यसका साथै, तिनीहरू यसबारे कहिल्यै कुनै पछुतो वा लाज महसुस गर्दैनन्, न त आफूमा दुष्टता रहेको वा निष्ठाको कमी भएको नै पहिचान गर्छन्। यीमध्ये कति ख्रीष्टविरोधीहरू त बढ्दो रूपमा लोभी र महत्त्वाकाङ्क्षीसमेत बन्छन्। अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरू कहिल्यै आफ्नो कार्यलाई परमेश्‍वर घृणा गर्नुहुन्छ वा आफ्नो कार्यले उहाँलाई चिढ्याउँछ भन्‍ने सोच्दैनन्। बरु, तिनीहरू मनमा हिसाबकिताब र तुलना गरिरहन्छन्, र सोच्छन्, “त्यस परिवारले पाहुना राख्‍ने काम गर्‍यो र ती कुराहरू पायो। यदि मैले पनि तिनै मानिसहरूलाई पाहुना राखेँ भने, मैले पनि उचित रूपमा ती कुराहरू पाउनुपर्नेछ। त्यो घरवाला मभन्दा बढी सहजतामा जिउँछ, र उसले मिठो खाना पनि खान्छ। मैले पनि त्यस्तो फाइदा कसरी नउठाएको होला?” तिनीहरू यी कुराहरूका लागि पनि हिसाबकिताब र प्रतिस्पर्धा गर्छन्। अवसर आउनेबित्तिकै, तिनीहरू निर्दयी हुन्छन् र यसलाई कदापि छोड्दैनन्। त्यसैले, अतिथिसत्कारको कर्तव्य पूरा गरिरहँदा, ख्रीष्टविरोधीहरू लोभ गर्छन् र आफूले सक्‍ने जुनसुकै कुरा हातमा लिन खोज्छन्—चाहे त्यो एक जोडी इनसोलजस्तो सानो कुरादेखि परमेश्‍वरको घरले किनेको उपकरणजस्तो ठूलो कुरा नै किन नहोस्। तिनीहरू कर्तव्य निभाउने अवसरको फाइदा उठाएर आफ्ना लागि विभिन्‍न कुरा लिन, परमेश्‍वरको घरको सम्पत्ति दुरुपयोग गर्न हरेक बहाना बनाउँछन् र उपायहरू रच्छन्, तर तिनीहरूले यो काम परमेश्‍वरको घरको सम्पत्ति रक्षा गर्न मात्रै गरिरहेका हुन्छन्, र यी कुराहरू कर्तव्य निर्वाह गर्दा आफूले पाउनुपर्ने कुरा मात्रै हुन् भनेर लाज नमानी भन्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने मानिसहरूमाझ यस्ता कुराहरू हुने गर्छन्।

ख्रीष्टविरोधीहरूले अतिथिसत्कार गर्ने कर्तव्य पूरा गरिरहेको बेला, बाहिरी रूपमा आफूलाई लोभ नगर्ने वा सरसामान लिन नखोज्‍ने व्यक्तिजस्तो रूपमा प्रस्तुत गर्न सक्छन्, दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि-सत्कार गरेकामा कुनै पैसा लिन नमान्न सक्छन्, र काम नलाग्‍ने वस्तुहरूलाई समेत देख्‍नेबित्तिकै हतार-हतार सुरक्षित राख्न सक्छन्। तैपनि, परमेश्‍वरको घरका बहुमूल्य कुराहरूको हकमा भने, तिनीहरू ती कुराहरूलाई त्यतिकै छोड्दैनन्। तिनीहरूले सायद एक युआन मूल्य बराबरको कुरा फिर्ता दिनेछन् होला, तर सय युआन, हजार युआन, दश हजार युआन, वा अझै बहुमूल्य कुनै पनि कुरालाई भने, आफ्ना लागि दह्रिलो गरी खल्तीमा राख्‍नेछन्। कति मानिसहरूको हकमा चाहिँ, तिनीहरूले परमेश्‍वरको घरका सम्पत्तिहरूको हेरचाह गरिरहेका बेला स्थानीय स्तरमा खतरनाक परिस्थिति पैदा हुन्छ, र तिनीहरूले यो काम गरिरहेको थाहा भएका मानिसहरू सायद अरू ठाउँ भाग्छन् वा पक्राउ पर्छन्, त्यसकारण तिनीहरूले सुरक्षित राखेका यी सम्पत्तिहरूबारे तिनीहरूलाई बाहेक अरू कसैलाई थाहा हुँदैन—यस्ता परिस्थितिमा नै मानिसहरूको जाँच हुन्छ। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने, सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरको डर मान्ने हृदय भएका मानिसहरू सधैँ आफ्नो कर्तव्यमा लागिरहन्छन्, र ती सम्पत्तिहरू हिनामिना गर्नेबारे तिनीहरूको कुनै विचार वा सोचाइ हुँदैन। तैपनि ख्रीष्टविरोधीहरू यस्ता हुँदैनन्; तिनीहरूले ती सम्पत्तिहरू आफ्नै लागि लिन दिमाग खियाएर हरउपाय सोच्छन्। आफूले ती सम्पत्तिहरू रक्षा गरिरहेको थाहा भएका मानिसहरूलाई केही हुनेबित्तिकै, ख्रीष्टविरोधीहरू गुप्त रूपमा मनमनै खुसी हुन्छन् र आनन्दले उफ्रनेसमेत गर्छन्। तिनीहरू कुनै डर नमानी तुरुन्तै ती सम्पत्ति आफै लिन्छन्, तिनीहरूलाई कुनै आत्मग्लानि वा दोषी महसुस हुनु त परको कुरा हो। कति ख्रीष्टविरोधीहरू त ती सम्पत्ति आफ्नै घरखर्चमा प्रयोग गर्छन् र आफ्‍नो इच्छाअनुसार तिनको ठाउँठेगान लाउँछन्, कतिले चाहिँ तुरुन्तै आफ्नो घरका लागि आफूले चाहेका कुराहरू किन्न त्यो पैसा प्रयोग गर्छन्, अनि कतिले चाहिँ त्यो पैसा सिधै आफ्नो ब्याङ्क खातामा हाल्छन् र आफ्नै लागि राख्छन्। अनि जब दाजुभाइ-दिदीबहिनीहरू ती सम्पत्ति सङ्कलन गर्न जान्छन्, तब के ख्रीष्टविरोधीहरूले आफूले गरेको कुरा स्विकार्न सक्छन् त? ख्रीष्टविरोधीहरू कहिल्यै कदापि स्वीकार गर्दैनन्। परमेश्‍वरमा विश्‍वास गर्नु र कर्तव्य निर्वाह गर्नुपछाडि रहेको तिनीहरूको उद्देश्य आफूले चाहेका कुराहरू प्राप्त गर्नु हो, र तिनीहरूले चाहेका ती कुराहरूमा परमेश्‍वरका भेटी, परमेश्‍वरको घरका सम्पत्ति, र दाजुभाइ-दिदीबहिनीहरूका व्यक्तिगत सम्पत्तिहरूसमेत पर्छन्। त्यसैले, ख्रीष्टविरोधीहरू लोभ, इच्छा, र व्यक्तिगत महत्त्वाकाङ्क्षाका साथ आफ्नो कर्तव्य निर्वाह गर्छन्; तिनीहरू सत्यता पछ्याउन, परमेश्‍वरको न्याय र सजाय स्विकार्न, वा परमेश्‍वरको मुक्ति स्विकार्न आएका हुँदैनन्, बरु सबै फाइदा, सबै सुविधा, र सबै सम्पत्ति प्राप्त गर्न आएका हुन्छन्। के भन्‍न सकिन्छ भने ती मानिसहरू लोभ र इच्छाले भरिएका हुन्छन्। तिनीहरू आफ्नो हृदय केमा केन्द्रित गर्छन्? तिनीहरूले परमेश्‍वरको घरका सम्पत्तिहरूमा हृदय केन्द्रित गर्छन्। त्यसकारण जब तिनीहरू अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्छन्, तब तिनीहरू परमेश्‍वरको घरले कसका लागि के किन्छ, परमेश्‍वरको घरले कसलाई कति पैसा दिन्छ, र अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्दा निश्‍चित मानिसहरूले परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूबाट कति ठूला फाइदा र कुन-कुन इच्छित कुराहरू प्राप्त गर्छन् भन्‍ने कुरामा ध्यान दिन्छन्—तिनीहरूले आँखा लाउने कुराहरू यिनै हुन्। यदि तिनीहरूलाई साधारण दाजुभाइ-दिदीबहिनीहरूलाई बास दिन लगाइयो र त्यसो गरेर तिनीहरूले कुनै पनि इच्छित कुरा प्राप्त गर्न सक्दैनन् भने, तिनीहरूले त्यो काम गर्न नपरोस् भनेर हरकिसिमका बहानाहरू बनाउनेछन्। तर माथिल्लो अगुवालाई बास दिन लगाइयो भने, तुरुन्तै तिनीहरूको मनोवृत्ति १८० डिग्री मोडिन्छ र परिवर्तन हुन्छ, अनि तिनीहरू मुस्कुराइरहन्छन्, र व्यग्रतासाथ त्यस अगुवाको प्रतीक्षा गर्छन्; तिनीहरूलाई आफ्ना घरमा यो “गतिलो” पाहुनालाई स्वागत गर्न साह्रै हतार हुन्छ, र तिनीहरू यस अगुवालाई परमेश्‍वरलाई जस्तै पूजा गर्छन्। तिनीहरूलाई लाग्छ तिनीहरूको चिठ्ठा परेको छ, तिनीहरूको दुहुनो गाई आएको छ, र यदि तिनीहरूले यो अवसर गुमाए भने धनी बन्‍ने तिनीहरूको मौका गुम्‍नेछ, त्यसकारण तिनीहरूले यसलाई कसरी आफ्‍नो हातबाट फुत्कन दिन सक्छन् र? परमेश्‍वरको घरका सम्पत्तिहरू हिनामिना गर्ने लोभ, इच्छा, उत्प्रेरणा र अभिप्राय लिएर, तिनीहरू आफ्ना चाहनाहरू पूरा गर्न सक्‍ने यो कर्तव्य स्वीकार गर्छन्—यसमा तिनीहरूको अन्तिम उद्देश्य के हो? के यो आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नु हो? के यो दाजुभाइ-दिदीबहिनीहरूलाई राम्ररी खानबस्‍न दिनु हो? के यो आफ्‍नो बफादारी अर्पण गर्नु हो? के यो सत्यता प्राप्त गर्नु हो? होइन, यीमध्ये कुनै पनि होइन; तिनीहरू त आफ्ना इच्छित कुराहरू प्राप्त गर्न यो अवसर प्रयोग गर्न चाहन्छन्। तिनीहरू साधारण मानिसहरूलाई खानबस्‍न दिँदैनन्, तर हैसियत भएका अगुवा वा सेवकलाई स्वागत गर्नुपर्छ भन्‍ने सुन्‍नेबित्तिकै, तिनीहरू त्यसमा लागिपर्छन्, र त्यसपछि आफ्ना लागि हरप्रकारका दैनिक आवश्यकताका सरसामान र घरमा चाहिने उपकरणहरू परमेश्‍वरको घरलाई किन्न लगाउन विभिन्‍न बहानाहरू बनाउँछन्, र यसो भन्छन्, “अगुवाहरू यहाँ बस्‍न आउँदा खराब अवस्थामा बस्नु हुँदैन। के खानबस्‍न सहज बनाउन सबै तयारी गर्नु पर्दैन र? हामी परमेश्‍वरको घरले प्रदान गर्ने कुराहरू उपयोग गर्दैनौँ; यदि हामीले आनन्द उपयोग गऱ्यौँ नै भने पनि, अगुवाहरूको सेवा गर्ने क्रममा मात्र यसो गरिरहेका हुन्छौँ। साथै, यदि कुनै अगुवा आए भने, उनलाई यहाँ दैनिक रूपमा खाइने खाना खाने बानी हुँदैन होला। अगुवाहरूले हरदिन धेरै कुराको व्यवस्थापन गर्नुपर्छ, र यदि उनी अस्वस्थ भए भने, के हामी बासदाताका रूपमा आफ्‍नो कर्तव्यमा लापरवाह भएजस्तै हुँदैन र? त्यसकारण, मण्डलीले अगुवाहरूका लागि दिनमा तीनपटक खाना तयार गर्नुपर्छ। हामीले तिनीहरूका लागि दूध, रोटी, अण्डा, र हरप्रकारका सागसब्जी, फलफूल, माछामासु, र स्वास्थ्य सामग्रीहरू तयार राख्‍नुपर्छ।” के यो राम्रो र विचारशील सोच होइन र? ख्रीष्टविरोधीहरू बोल्दा मानव भाषा झैँ सुनिने भाषा ठूलो स्वरमा बोल्छन्, तर के तिनीहरूले साँच्‍चै आफ्नो हृदयमा अगुवाहरूबारे विचार गरिरहेका हुन्छन् त? तिनीहरूको गुप्त उद्देश्य वास्तवमा के हुन्छ? तिनीहरूको उद्देश्य त्यति सरल हुँदैन। तिनीहरू गरिब हुन सक्छन् र तिनीहरूले पहिले कहिल्यै मिठो कुरा खाएका वा देखेका नहुन सक्छन्, त्यसैले तिनीहरू यस अवसरलाई अनुभवहरू हासिल गर्न, धनीहरूले जस्तै जिउन, सबै आधारभूत आवश्यकताहरू भएको जीवन जिउन, आफ्नो स्वास्थ्य हेरचाह गर्न, साधारण मानिसहरूले खान नसक्‍ने कुराहरू खान र साधारण मानिसहरूले प्राप्त गर्न नसक्‍ने व्यवहारको आनन्द लिन प्रयोग गर्न चाहन्छन्। त्यसैले त तिनीहरूको सोच यति विचारशील देखिन्छ। तर तिनीहरूको त्यस विचारशीलतापछाडि के कुरा लुकेको हुन्छ? तिनीहरू आफ्ना खातिर षड्यन्त्र गर्न चाहन्छन्, यी कुरा प्राप्त गर्न, यी कुरा हत्याउन चाहन्छन्, र तिनीहरूले अवश्य नै आफ्नो षड्यन्त्रका हरेक पक्षबारे विचार गरिरहेका हुन्छन्—अरू कसैका लागि तिनीहरू यसो गर्दैनन्। अनि जब यी ख्रीष्टविरोधीहरूले अगुवालाई स्वागत गर्छन्, तब तिनीहरूले साँच्‍चै नै सुखी जीवन जिउँछन्। त्यसपछि, तिनीहरू सोच्छन्, “यसरी जिउँदा कति रमाइलो हुने रहेछ, तर यी कुराहरू वास्तवमा मेरा होइनन्। यी कुराहरू कहिले मेरा होलान्? यदि मैले यस अगुवालाई बिदा गरेँ भने, यी कुराहरूको आनन्द लिन पाउँदिनँ, तर मैले उसलाई बिदा नगरूँ भने, मसँग वास्तवमै उसलाई खानबस्‍न दिइरहने सदिच्छा छैन। यदि मेरा यी इच्छित कुराहरू नभएका भए, मैले कुनै पनि हालतमा यो कर्तव्य निर्वाह गर्नेथिइनँ। हरदिन, म बिहानै उठ्नुपर्छ र ढिलो सुत्नुपर्छ, म निरन्तर डरको स्थितिमा रहनुपर्छ, र मैले उसको टहल गर्नुपर्छ। अहिले त मलाई सधैँ लाग्छ, यो कर्तव्य निर्वाह गर्दा प्राप्त गर्नेभन्दा गुमाउने कुरा धेरै छ, र यसबाट प्राप्त हुने फाइदा र आनन्दहरू पर्याप्त छैनन्। यदि यो अगुवा लामो समयसम्म यहाँ बसिरह्यो भने, मैले के गर्ने? मैले उसलाई बिदा गर्ने उपाय खोज्नुपर्छ, त्यसपछि मेरो घरमा फेरि शान्ति र एकान्त छाउनेछ।” के मानिसहरू यस्तै सोच्छन्? के सामान्य मानवता भएका र साँचो रूपमा कर्तव्य निभाउने मानिसहरू यसरी सोच्छन्? (सोच्दैनन्।) ख्रीष्टविरोधीहरूले चाहिँ यस्तै सोच्छन्। तिनीहरूले प्राप्त गर्ने इच्छित कुराहरू वा फाइदाहरू जति नै ठूला भए पनि, तिनीहरूको लोभ र इच्छा कहिल्यै पूरा हुन सक्दैन; तिनीहरू अतृप्त हुन्छन्, तिनीहरू आफूले केही प्राप्त गरेको छैनँ भन्‍ने सोच्छन्, र तिनीहरू यो कर्तव्य निभाउनु आफूले गर्नुपर्ने काम हो भन्‍ने सोच्दैनन्। यसको विपरीत, तिनीहरू यो थप बलिदान र मूल्य हो भन्‍ने सोच्छन्। तिनीहरूले जति धेरै कुरा वा जति ठूला फाइदाहरू प्राप्त गरे नि, तिनीहरूलाई आफूले गुमाएको छु भन्‍ने लाग्छ र तिनीहरू आफूबाट परमेश्‍वरको घरले फाइदा लिइरहेको छ, दाजुभाइ-दिदीबहिनीहरूले फाइदा लिइरहेका छन्, तर आफूले यसबाट आफूले इच्छा गरेका केही पनि प्राप्त गरिरहेको छैनँ भन्‍ने सोच्छन्। समय बित्दै जाँदा, तिनीहरूलाई ती इच्छित कुराहरूले सन्तुष्ट पार्न र तिनीहरूको लोभ तृप्त पार्न सक्दैनन् भन्‍ने लाग्छ। अब भन् त, यी ख्रीष्टविरोधीहरूमा कस्तो मानवता हुन्छ? के तिनीहरूमा कुनै मानवता हुन्छ? (हुँदैन।) अनि के मानवता नभएका मानिसहरूमा विवेक हुन्छ? के तिनीहरूले साँचो रूपमा कर्तव्य पूरा गर्ने इच्छा, साथै नम्र बन्‍ने, इमानदार हुने, र साँचो रूपमा मेहनत गर्ने इच्छा बोकेर कर्तव्य निर्वाह गर्न सक्छन्? के तिनीहरूले कुनै पैसा नलिई, अनि कुनै पारिश्रमिक र कुनै इनाम नखोजी कर्तव्य निर्वाह गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? तिनीहरूमा विवेकको कुनै चेतना हुँदैन, र तिनीहरूले जति ठूला फाइदाहरू प्राप्त गरे पनि, तिनीहरू ती आफूले पाउनु नै पर्ने ठान्छन्। के यो सामान्य मानिसहरूले सोच्न नसक्‍ने र कहिल्यै नसोच्‍ने “पाउनु नै पर्ने” कुरा होइन र? के यस्तो सोचाइ र मनोवृत्तिमा कुनै लाजको बोध हुन्छ? (हुँदैन।) के लाजको बोध नभएका मानिसहरूमा कुनै मानवता हुन्छ? यो कुराले ख्रीष्टविरोधीहरूको एउटा प्रकृति खुलासा गर्छ, र त्यो लाज वा विवेकहीन बन्‍ने प्रकृति हो।

लाज विहीन मानिसहरू कस्ता मानिसहरू हुन्? मानवजातिका कस्ता प्रकारका मानिसहरूमा कुनै लाज हुँदैन? (मतिभ्रमित मानिसहरूमा।) मानसिक रोगी मानिसहरूमा कुनै लाज हुँदैन, सबैले तिनीहरूलाई नै हेरिरहेका छन् भन्‍नेसमेत थाहा नपाई तिनीहरू सडकमा नाङ्गै दौडन्छन्, र तिनीहरू सायद लुगा लगाएकाहरूलाई समेत खिसी गर्दै यसो भन्छन्, “हेर त तिमीहरूलाई लुगा लगाउन कति समस्याजनक छ। म लुगा नलगाई सडकमा दौडिरहेको छु, र मलाई यति धेरै स्वतन्त्र र बन्धनमुक्त महसुस हुन्छ!” के लाज विहीन हुनु भनेको यही होइन र? (हजुर, हो।) लाज विहीन हुनु भनेको यही हो। लज्जाहीन मानिसहरूमा विवेकको कुनै चेतना हुँदैन र तिनीहरू मानसिक रूपमा बिरामी हुन्छन्; तिनीहरू अरू सबैलाई बेफाइदा गराएर फाइदा लिन्छन्, अरूको जुनसुकै कुरा लिन चाहन्छन्, तिनीहरूको लोभ र इच्छाले सामान्य मानव समझको दायरा पार गरेको हुन्छ—तिनीहरू आफूलाई नियन्त्रण गर्न नसक्‍ने अवस्थामा पुगेका हुन्छन् र तिनीहरूमा विवेकको कुनै चेतना हुँदैन। के यस्ता मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू ख्याति, लाभ, हैसियत र भौतिक हितहरू मात्रै पछ्याउँछन्, र तिनीहरू सत्यता कहिल्यै प्राप्त गर्दैनन्। त्यसैले, के स्वर्गको राज्यमा तिनीहरूको स्थान हुनेछ? परमेश्‍वर त्यस्ता मानिसहरूलाई मुक्ति दिने वा सिद्ध पार्ने गर्नुहुन्न। के ती मानिसहरूलाई दया गर्नुपर्छ? (पर्दैन।) यी मानिसहरूलाई त घृणा गर्नुपर्छ; तिनीहरू घिनलाग्दा, तिरस्कारपूर्ण, र तुच्छ छन्। ती मानिसहरूको चरित्र घृणित र नीच हुन्छ; तिनीहरूसँग कुनै इज्जत वा लाज हुँदैन। तिनीहरूको हृदय लोभ, महत्त्वाकाङ्क्षा, र इच्छाले भरिएको हुन्छ। तिनीहरू आफ्‍ना हितहरू प्राप्त गर्ने प्रयास गर्न कर्तव्य निर्वाह गर्ने अवसरको फाइदा मात्रै लिन चाहन्छन्, र सत्यता पटक्‍कै स्वीकार गर्दैनन्, न त सत्यता सिद्धान्तहरूअनुसार काम नै गर्छन्। जब तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्छन्, तब आफूले इच्छा गरेका कुराहरू, हितहरू, र परमेश्‍वरका आशिष्‌हरू पनि माग्छन्। तिनीहरू परमेश्‍वरसमक्ष आफूले कसरी कष्ट भोगेको छु र त्याग गरेको छु भनेर व्याख्या गर्छन्, तर तिनीहरू आफूले भोगेका कष्ट र चुकाएका मूल्यहरूलाई उहाँसँग सौदा गर्न, परमेश्‍वरबाट आशिष् र इनाम माग्‍न, र खुलेआम परमेश्‍वरसामु आफ्‍नो हात पसारेर आफूले चाहेको अनुकूल भौतिक लाभ माग्‍नलाई मात्रै यी कुराहरूबारे प्रार्थना गर्न परमेश्‍वरसामु आउँछन्। परमेश्‍वरसामु आउँदा तिनीहरूले व्यक्त गर्न चाहने कुराहरू भनेको तिनीहरूका लोभ र गुनासो, अवज्ञा, असन्तुष्टि, वेदना, द्वेष, साथै पूरा नभएको आफ्ना लोभ र चाहनाबारे निराशा हुन्। जब परमेश्‍वर यी प्रकटीकरणहरू देख्‍नुहुन्छ, तब उहाँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ कि घृणा गर्नुहुन्छ? (उहाँ तिनीहरूलाई घृणा गर्नुहुन्छ।) जब तिनीहरू मण्डलीको खातिर थोरै मेहनत गर्छन्, तब तिनीहरू यो घोषणा गर्न र श्रेय दाबी गर्न तुरुन्तै परमेश्‍वरसामु आउँछन्, र विभिन्‍न कर्तव्य निर्वाह गर्दा वा विभिन्‍न काम गर्दा तिनीहरूले केकस्ता त्यागहरू गरेका छन् र के-कस्ता कुराहरू समर्पित गरेका छन् भनेर परमेश्‍वरलाई बताउँछन्; तिनीहरूलाई परमेश्‍वरले यी कुराहरूबारे थाहा पाउनुहुनेछैन, परमेश्‍वर यी कुराहरू देख्‍न सक्नुहुन्‍न, र तिनीहरूले चुकाएका मूल्यहरू परमेश्‍वरले बिर्सनुहुनेछ भन्‍ने डर लाग्छ। त्यसकारण, यी मानिसहरू परमेश्‍वरसामु दुष्ट र निकै लाज पचेका देखिन्छन्। जब तिनीहरू आफूले चुकाएका मूल्यहरू व्याख्या र घोषणा गर्न, आफूले के कुराहरू प्राप्त गर्न चाहेको हो त्यो उहाँलाई व्याख्या गर्न, र परमेश्‍वरसामु हात पसारेर आफूले चाहेका इनामहरू माग्‍नका लागि परमेश्‍वरसामु आउँछन्, तब परमेश्‍वर भन्‍नुहुन्छ, “दुष्ट काम गर्ने तिमीहरू, मबाट दूर होओ।” परमेश्‍वरको मनोवृत्ति के हुन्छ? “तँजस्ता मानिसहरू मेरो अघि आउन लायक छैनन्। मलाई तँप्रति घृणा लाग्छ र तँप्रति वितृष्ण हुन्छ। मैले तँलाई चाहेको सबै कुरा दिएको छु; तैँले यस जीवनमा प्राप्त गर्न चाहेको सयगुणा प्राप्त गरिसकेको छस्। तँलाई अरू के चाहिन्छ?” परमेश्‍वर मानवजातिलाई मुख्य रूपमा जे दिन चाहनुहुन्छ, त्यो भौतिक कुरा होइन, बरु उहाँ त मानवजातिलाई सत्यता दिन चाहनुहुन्छ, ताकि सत्यताद्वारा तिनीहरूले मुक्ति प्राप्त गर्न सकून्। तैपनि, ख्रीष्टविरोधीहरू निर्लज्‍ज भई परमेश्‍वरको कामको विरोध गर्छन्, तिनीहरू सत्यता खोजी गर्दैनन्, र तिनीहरू सत्यता अभ्यास गर्दैनन्। बरु यसको साटो, तिनीहरू परमेश्‍वरको कामको अवधिमा पाएको कर्तव्य निर्वाह गर्ने अवसरलाई अनुचित रूपमा आफ्‍ना इच्छित कुराहरू प्राप्त गर्न प्रयोग गर्न चाहन्छन्; तिनीहरू सबै कुरामा अरूको कुनै पर्बाह नगरी चोरबाटो अपनाउँदै फाइदा लिन्छन्, तैपनि तिनीहरूलाई प्रायजसो आफूलाई घाटा भइरहेको छ र आफूले धेरै फाइदा प्राप्त गरेको छैनँ भन्‍ने लाग्छ। तिनीहरूलाई प्रायजसो आफूले धेरै त्याग र समर्पण गरेको छु, र आफूलाई फाइदाभन्दा घाटा बढी छ भन्‍ने पनि लाग्छ, र त्योभन्दा पनि अझ बढी, तिनीहरू प्रायजसो आफ्ना त्यागहरूप्रति पछुतो गर्छन्, र आफूले पर्याप्त रूपमा परिस्थिति विचार गरेको छैनँ वा आफ्ना लागि बाहिर निस्कने बाटो सोचेको छैनँ भन्‍ने पनि लाग्छ। त्यसकारण, तिनीहरूलाई आफ्‍ना त्यागहरूका लागि समयमै इनाम नपाएकामा हृदयमा प्रायः रिस उठिरहन्छ, र तिनीहरू परमेश्‍वरप्रति गुनासोले पनि भरिइरहन्छन्। तिनीहरूले आफ्नो हृदयमा प्रायः यस्तो सोच्दै हिसाबकिताब गरिरहेका हुन्छन्, “के परमेश्‍वर धर्मी हुनुहुन्न र? परमेश्‍वर पक्षपात गर्नुहुन्न, होइन र? के परमेश्‍वर मानिसहरूलाई आशिष् दिने परमेश्‍वर हुनुहुन्न र? के परमेश्‍वर मानिसका सबै असल कार्य र उसले समर्पित गरेका कुराहरू र आफूलाई समर्पित गरेको कुरा याद गर्नुहुन्न र? मैले परमेश्‍वरको कामका लागि आफ्‍नो परिवार त्यागेको र मूल्य चुकाएको छु, तर म परमेश्‍वरबाट के प्राप्त गर्छु?” यदि तिनीहरूको लोभ र इच्छा छोटो अवधिमा पूरा भएन भने, तिनीहरू नकारात्मक बनेर गुनासो गर्न थाल्छन्। यदि तिनीहरूको लोभ र इच्छा लामो अवधिमा सन्तुष्ट भएन भने, तिनीहरूको भित्री हृदय सञ्चित द्वेषले भरिन्छ। अनि यो सञ्चित द्वेषका परिणामहरू के-के हुन्? तिनीहरू हृदयमा परमेश्‍वरलाई शङ्का र प्रश्‍न गर्न थाल्छन्, तिनीहरू परमेश्‍वरको धर्मी स्वभावको आलोचना गर्न थाल्छन्, र तिनीहरू परमेश्‍वरको प्रेम र सारलाई समेत शङ्का गर्न थाल्छन्। यदि यो द्वेष लामो समयसम्म सञ्चित भयो भने, यी कुरा घातक ट्यूमर बन्छन् र फैलिन थाल्छन्, र तिनीहरू कुनै पनि बेला परमेश्‍वरलाई धोका दिन सक्‍ने बन्छन्। विशेषगरी जब तिनीहरू नकारात्मक र कमजोर अनि तुलनात्मक रूपमा अपरिपक्‍व कद भएका कतिपय मानिसहरूको अगाडि हुन्छन्, वा विश्‍वासमा नयाँ रहेका कतिपय मानिसको अगाडि हुन्छन्, तब तिनीहरू बेलाबेलामा यी नकारात्मक भावनाहरू प्रकट गर्छन् र फैलाउँछन्, र परमेश्‍वरप्रतिको आफ्नो असन्तुष्टि र निन्दा फैलाउँछन्, र तिनीहरू समझशक्ति नभएका कतिपय मानिसलाई परमेश्‍वरको धर्मी स्वभाव र उहाँको सारबारे शङ्का गर्नसमेत बहकाउँछन्। के ख्रीष्टविरोधीहरूले यसो गर्दैनन् र? तिनीहरूका महत्त्वाकाङ्क्षा, चाहना, पछ्याइ, र अभिप्रायहरू पूरा नभएका हुनाले, तिनीहरूले यी कुराहरू गर्न सक्छन् र परमेश्‍वरप्रति यस्तो मनोवृत्ति पैदा गर्न सक्छन्—यो कस्तो स्वभाव हो? यो स्पष्ट रूपमै ख्रीष्टविरोधीको स्वभाव र शैतानी स्वभाव हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्