विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्न आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग तीन) खण्ड दुई
१. ख्रीष्टविरोधीहरू काटछाँट हुनुलाई कसरी लिन्छन्
हैसियत र प्रतिष्ठाको हकमा ख्रीष्टविरोधीहरूले ठूलो महत्त्वाकाङ्क्षा र चाहनाहरू बोकेका हुन्छन्, अरूलाई यो अत्यन्तै वाकवाकलाग्दो र घृणित लाग्छ। ख्रीष्टविरोधीको प्रकृति सार अत्यन्तै कुरूप र दुष्ट हुन्छ भनेर देखाउन यो नै पर्याप्त छ। त्यसोभए कुन-कुन खास प्रकटीकरणहरूले ख्रीष्टविरोधीको प्रकृति सार चित्रित गर्छन्? सुरुमा ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन् भन्ने बारेमा विचार गरौं। (तिनीहरूले यसलाई घृणा गर्छन् र स्वीकार गर्दैनन्।) तिनीहरूले यसलाई कुन तरिकाले घृणा गर्छन्? विस्तृत रूपमा व्याख्या गर्। (एउटा ख्रीष्टविरोधी थियो, उसले निकै धेरै दुष्कर्म गर्यो, जब विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले उसका केही प्रकटीकरणहरू खुलासा गरे, तब उसले पटक्कै पश्चात्ताप गरेन, ऊ अत्यन्तै हठी भयो र उसलाई अलिकति पनि पछुतो भएन। उसलाई आफूमाथि अन्याय भएको छ भन्नेसमेत लाग्यो। मैले देखेको प्रकटीकरण यही हो।) यो ख्रीष्टविरोधीको एउटा ठेट प्रकटीकरण हो। काटछाँटप्रति ख्रीष्टविरोधीहरूको नमुना मनोवृत्ति भनेको यसको तीव्र अस्वीकार वा इन्कार गर्नु हो। तिनीहरूले जतिसुकै दुष्कर्म गरे पनि वा परमेश्वरको घरको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा जति नै धेरै हानि गरे पनि तिनीहरूले अलिकति पनि पछुतो वा आफू केही ऋणी भएको अनुभूति गर्दैनन्। यस दृष्टिकोणबाट हेर्दा के ख्रीष्टविरोधीहरूसँग मानवता हुन्छ त? पटक्कै हुँदैन। तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई हरप्रकारले हानि गर्छन् र मण्डलीको काममा क्षति पुर्याउँछन्—परमेश्वरका चुनिएका मानिसले यो कुरा सङ्लो पानीझैँ छर्लङ्ग देख्न सक्छन् र तिनीहरूले ख्रीष्टविरोधीका दुष्ट कार्यहरूको श्रृङ्खला देख्न सक्छन्। तर पनि ख्रीष्टविरोधीहरूले यो तथ्यलाई स्वीकार गर्दैनन्; तिनीहरू जिद्दी भई यस मामलामा आफू गलत छु वा आफू उत्तरदायी छु भनेर मान्न अस्वीकार गर्छन्। के यो तिनीहरू सत्यताप्रति वितृष्ण भइसकेका हुन्छन् भन्ने कुराको सङ्केत होइन र? ख्रीष्टविरोधीहरू यो हदसम्म सत्यताप्रति वितृष्ण भइसकेका हुन्छन् कि, तिनीहरूले जति धेरै खराब कामकुरा गरेका भए पनि तिनीहरू यसलाई जिद्दी भई स्वीकार गर्न मान्दैनन् र अन्त्यसम्मै तिनीहरू झुक्दैनन्। यसले ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्वरको घरको कामलाई गम्भीर रूपमा लिँदैनन् वा सत्यता स्वीकार गर्दैनन् भन्ने कुरा पर्याप्त रूपले प्रमाणित गर्छ। तिनीहरू परमेश्वरमा विश्वास गर्न आएका हुँदैनन्; तिनीहरू शैतानका नोकरहरू हुन्, जो परमेश्वरको घरको काममा अवरोध र बाधाहरू ल्याउन आएका हुन्छन्। ख्रीष्टविरोधीहरूको हृदयमा प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। तिनीहरूलाई यो विश्वास हुन्छ कि यदि तिनीहरूले आफ्नो गल्ती स्वीकार गर्थे भने तिनीहरूले उत्तरदायित्व स्वीकार गर्नुपर्थ्यो र त्यसपछि तिनीहरूको हैसियत र प्रतिष्ठामा गम्भीर असर पर्थ्यो। फलस्वरूप तिनीहरूले “मरे पनि नस्विकार्ने” मनोवृत्तिका साथ प्रतिरोध गर्छन्। मानिसहरूले तिनीहरूलाई जेजसरी खुलासा वा चिरफार गरे पनि तिनीहरूले ती कुरा इन्कार गर्न सक्दो गर्छन्। छोटकरीमा भन्दा तिनीहरूको इन्कार जानाजान गरिएको भए पनि नभए पनि एक हिसाबमा यी व्यवहारहरूले सत्यताप्रति वितृष्ण बन्ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति सार खुलासा गर्छन्। यसले अर्को हिसाबमा ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत, प्रतिष्ठा र हितलाई कति मूल्यवान् ठान्छन् भन्ने तथ्यलाई देखाउँछ। यस क्रममा मण्डलीको काम र हितप्रतिचाहिँ तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? यो अवहेलना र गैरजिम्मेवारीपूर्ण हुन्छ। तिनीहरूमा विवेक र समझको पूरै अभाव हुन्छ। के ख्रीष्टविरोधीहरू उत्तरदायित्वबाट पन्छिएको कुराले यी समस्याहरूलाई प्रदर्शन गर्दैन र? एक हिसाबमा जिम्मेवारीबाट पन्छिनुले सत्यताप्रति वितृष्ण बन्ने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति सारलाई प्रमाणित गर्छ भने अर्को हिसाबमा तिनीहरूमा विवेक, समझ र मानवताको कमी छ भन्ने देखाउँछ। तिनीहरूको बाधा र दुष्कर्मले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै हानि पुगे पनि तिनीहरूले धिक्कार अनुभूति गर्दैनन् र तिनीहरूलाई यसबारे कति पनि खराब महसुस हुँदैन। यो कस्तो प्रकारको प्राणी हो? आफ्नो गल्ती अलिकति मात्र स्वीकार गरे पनि तिनीहरूमा थोरै विवेक र समझ छ भन्ने देखिन्थ्यो, तर यी ख्रीष्टविरोधीहरूसँग अलिकति पनि मानवता हुँदैन। त्यसकारण तिमीहरू तिनीहरू के हुन् भनी भन्छौ? ख्रीष्टविरोधीहरू सारमा दियाबलसहरू हुन्। आफूले परमेश्वरको घरको हितमा जति नै ठूलो हानि पुर्याए पनि तिनीहरूले त्यो देख्दैनन्। यसको कारण तिनीहरू हृदयमा अलिकति पनि दुःखी हुँदैनन्, न त तिनीहरूले आफैलाई गाली नै गर्छन्, तिनीहरूले ऋणी अनुभव गर्ने त कुरै नगरौँ। यो सामान्य मानिसमा देखिनुपर्ने कुरा हुँदै होइन। तिनीहरू दियाबलस हुन् र दियाबलसहरूमा अलिकति पनि विवेक वा समझ हुँदैन। तिनीहरूले जति धेरै खराब कुरा गरे पनि, तिनीहरूले मण्डलीको काममा जति ठूलो घाटा ल्याए पनि, तिनीहरूले यो कुरा स्वीकार गर्न जोरदार रूपमा इन्कार गर्छन्। तिनीहरू यो कुरा स्विकार्नु भनेको तिनीहरूले केही गलत गरेका छन् भन्ने अर्थ लाग्नु हो भन्ने विश्वास गर्छन्। तिनीहरूले सोच्छन्, “के मैले कुनै गल्ती गर्न सक्थेँ र? म त कहिल्यै पनि कुनै गलत गर्दिनथिएँ! यदि मलाई आफ्नो गल्ती स्विकार्न बाध्य बनाइयो भने के त्यो मेरो चरित्रको अपमान हुँदैन र? म त्यो घटनामा संलग्न भए पनि मैले त्यो घटना गराएको होइन र म प्रमुख इन्चार्ज पनि थिइनँ। जा जसलाई चाहन्छस् खोज्, तर तँ मलाई खोज्न आउनु हुँदैन। जे भए पनि म यो गल्ती स्विकार्न सक्दिनँ। म यो जिम्मेवारी लिन सक्दिनँ!” तिनीहरूलाई लाग्छ कि यदि तिनीहरूले आफ्नो गल्ती स्वीकार गरे भने तिनीहरूलाई दोषी ठहराइनेछ, मृत्युको सजाय दिइनेछ, अनि नरक पठाइनेछ र आगो र गन्धकको कुण्डमा हालिनेछ। मलाई भन त के यस्ता मानिसहरूले सत्यता स्वीकार गर्न सक्छन्? के कसैले तिनीहरूको साँचो पश्चात्ताप अपेक्षा गर्न सक्छ? अरूले जेजसरी सत्यता सङ्गति गरे पनि ख्रीष्टविरोधीहरूले अझै पनि यसको विरोध गर्छन्, यस विरुद्ध उभिन्छन् र हृदयको गहिराइमा यसको अवज्ञा गर्छन्। तिनीहरूलाई बर्खास्त गरिएपछि पनि तिनीहरूले अझै पनि आफ्ना गल्तीहरू स्वीकार गर्दैनन् र तिनीहरूले पश्चात्तापका कुनै प्रकटीकरणहरू देखाउँदैनन्। जब १० वर्षपछि यो कुरा उल्लेख गरिन्छ, तब पनि तिनीहरूले अझै आफूलाई चिनेका हुँदैनन् र तिनीहरू आफूले गल्ती गरेँ भनेर स्वीकार गर्दैनन्। २० वर्षपछि यो कुरा उठाइयो भने पनि तिनीहरूले अझै पनि आफूलाई चिनेका हुँदैनन् र अझै पनि आफूलाई सही साबित गर्ने र रक्षा गर्ने प्रयास गर्छन्। अनि अझै घृणित कुरा त ३० वर्षपछि पनि जब यो कुरा उल्लेख गरिन्छ, तब पनि तिनीहरूले अझै पनि आफूलाई चिनेका हुँदैनन् र अझै पनि यसो भन्दै आफ्नो पक्षमा तर्क गर्ने र आफूलाई सही साबित गर्ने प्रयास गर्छन्: “मैले गल्ती गरिनँ, त्यसकारण म गल्ती स्वीकार गर्न सक्दिनँ। यो मेरो जिम्मेवारी थिएन; मैले यसको बोझ लिनु पर्दैन।” अनि सबैलाई अचम्म पार्ने कुरो तिनीहरूलाई बर्खास्त गरिएको ३० वर्षपछि पनि मण्डलीले तिनीहरूलाई जसरी सम्हालेको थियो त्यसप्रति यी ख्रीष्टविरोधीहरूले अझै पनि प्रतिरोधको मनोवृत्ति नै राख्छन्। ३० वर्षपछि पनि तिनीहरू पटक्कै परिवर्तन भएका हुँदैनन्। त्यसोभए तिनीहरूले ती ३० वर्ष कसरी बिताए त? के तिनीहरूले परमेश्वरको वचन नपढेको वा आफ्नो बारे चिन्तन नगरेको हुन सक्छ? के तिनीहरूले परमेश्वरलाई प्रार्थना नगरेको वा तिनीहरू उहाँमा घनिष्ठ नभएको हुन सक्छ? के तिनीहरूले प्रवचन र सङ्गति नसुनेको हुन सक्छ? के तिनीहरू दिमागहीन रहेको र तिनीहरूसँग सामान्य मानवताको सोचाइ नभएको हुन सक्छ? तिनीहरूले ती तीस वर्ष कसरी बिताए, त्यो साँच्चै नै रहस्यमय कुरा हो। घटना घटेको तीस वर्ष बितिसकेपछि पनि तिनीहरू अझै पनि विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई अन्याय गरे, परमेश्वरले तिनीहरूलाई बुझ्नुभएन, परमेश्वरको घरले तिनीहरूलाई दुर्व्यवहार गर्यो, तिनीहरूलाई समस्या पैदा गरिदियो, तिनीहरूको लागि परिस्थिति कठिन पारिदियो र तिनीहरूलाई अनुचित रूपमा दोष लगायो भन्ने सोच्दै आक्रोशले भरिएका हुन्छन्। मलाई भन त के यस्ता मानिसहरू परिवर्तन हुन सक्छन्? तिनीहरू अवश्य नै परिवर्तन हुन सक्दैनन्। तिनीहरूको हृदय सकारात्मक कुराहरूप्रति शत्रुता, प्रतिरोध र विरोधले भरिएको हुन्छ। तिनीहरू त यो विश्वास गर्छन् कि तिनीहरूको दुष्ट कार्यहरू खुलासा गरेर अनि तिनीहरूलाई काटछाँट गरेर अरूहरूले तिनीहरूको चरित्रमा हानि गरे, तिनीहरूको प्रतिष्ठाप्रति अनादर गरे, तिनीहरूको प्रतिष्ठा र हैसियतमा ठूलो हानि पुर्याए। तिनीहरू यो मामिलामा प्रार्थना गर्न, खोजी गर्न, आफ्ना गल्तीहरू पहिचान गर्न कहिल्यै पनि परमेश्वरको अघि आउँदैनन् र तिनीहरूसँग कहिल्यै पनि पश्चात्ताप गर्ने वा आफ्ना गल्तीहरू स्वीकार गर्ने मनोवृत्ति हुँदैन। तिनीहरूले परमेश्वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नु त झन् परको कुरा हो। आज पनि अझै तिनीहरू परमेश्वरको अघि आफूलाई धर्मी साबित गर्ने प्रयास गर्दै अनाज्ञाकारिता, असन्तुष्टि र गुनासोहरू बोकेर बस्छन्, परमेश्वरलाई यी अन्यायहरू सच्याउन, यो मामला प्रकट गर्न, को सही थियो र को गलत थियो भनेर सही रूपमा मूल्याङ्कन गर्न अनुरोध गर्छन्, यहाँसम्म कि यो मामलाको कारण परमेश्वरको धार्मिकतालाई समेत शङ्का गर्छन् र इन्कार्छन्, परमेश्वरको घरमा सत्यता र परमेश्वरको शासन चल्छ भन्ने तथ्यलाई समेत शङ्का गर्छन् र इन्कार्छन्। ख्रीष्टविरोधीहरू काटछाँटमा पर्दा आउने अन्तिम परिणाम यही हो—के तिनीहरू सत्यता स्वीकार गर्छन् त? तिनीहरू किमार्थ सत्यता स्विकार्दैनन्; तिनीहरू यसलाई नस्विकार्न दृढ हुन्छन्। यसबाट हामीले देख्न सक्छौं कि ख्रीष्टविरोधीको प्रकृति सार सत्यताप्रति वितृष्णा गर्ने र त्यसलाई घृणा गर्ने किसिमको हुन्छ।
ख्रीष्टविरोधीहरू काटछाँटमा पर्न स्वीकार गर्दैनन्, त्यसैले के तिनीहरूलाई काटछाँट हुनेबारे कुनै ज्ञान हुन्छ त? जब तिनीहरू सत्यताको यो पक्षबारे सङ्गति गर्छन्, तब तिनीहरू के भन्छन्? तिनीहरू अरूलाई के सिकाउँछन्? तिनीहरू भन्छन्, “मानिसहरूलाई काटछाँट गर्नु परमेश्वरले तिनीहरूलाई सिद्ध पार्न प्रयोग गर्ने एउटा विधि हो। यसले मानिसहरूलाई आफूलाई अझै राम्ररी चिन्न मदत गर्छ। जब मानिसहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरूले यसलाई स्विकार्नुपर्छ र कुनै सर्तविना यसमा समर्पित हुनुपर्छ। काटछाँट हुन नस्विकार्ने मानिसहरू परमेश्वरको विरुद्ध विद्रोह गर्ने र सत्यतालाई प्रेम नगर्ने मानिसहरू हुन्। यदि तँ सत्यता अभ्यास गर्न चाहन्छस् भने तैँले सुरुमा काटछाँट हुनु स्विकार्नुपर्छ; परमेश्वरले मानिसहरूलाई यसरी नै सिद्ध पार्छन् र हरेक व्यक्तिले यो कुरा अनुभव गर्नुपर्छ। यो भन्न सकिन्छ कि काटछाँट स्विकार्नु भनेको मानिसहरूले सत्यता बुझ्ने र यसमार्फत आत्मज्ञान हासिल गर्ने र परमेश्वरलाई सन्तुष्ट पार्ने अभ्यासको सबैभन्दा राम्रो मार्ग हो। तँ जोसुकै भए पनि—अगुवा भए नि वा साधारण विश्वासी भए नि—र तैँले जुनसुकै कर्तव्य निभाइरहेको भए पनि तँ काटछाँट हुन तयार हुनुपर्छ। यदि तैँले काटछाँट हुन स्विकार्न सक्दैनस् भने यसले तँ कदहीन व्यक्ति होस् र बच्चा होस् भन्ने प्रमाणित गर्छ। काटछाँट हुन स्विकार्न सक्ने हरेक व्यक्ति जीवन भएको र सिद्ध पारिन सक्षम परिपक्व व्यक्ति हो।” यी ठूलाठूला शब्दहरू ख्रीष्टविरोधीहरूको मुखबाट हतौडाको प्रहार जसरी निस्कन्छन् र ती सुन्दर सुनिन्छन्! तर ती शब्दहरू के हुन्? के तिनीहरूले बोल्ने एउटै हरफसमेत सत्यता हुन्छ त? के तिमीहरू यो कुरा चिन्न सक्छौ? तिमीहरू पनि प्रायजसो यस्ता कुराहरू भन्छौ, होइन र? (हो।) मलाई भन् त ती शब्दहरू के हुन्? (धर्मसिद्धान्तहरू।) धर्मसिद्धान्तहरू के हुन् भनेर सारांशित र परिभाषित गर्न साधारण वाक्यांश प्रयोग गर् त। (नाराहरू।) के तँलाई अरू कुनै वाक्यांश याद छ? (अर्थहीन, सैद्धान्तिक शब्दहरू।) अरू कुनै छ? (ती सबै फोहोर र वाहियात कुरा हुन्।) ठीक भनिस्, यो परिभाषा ठ्याक्कै ठाउँमा पुग्यो र यो वास्तविकता हो। यसलाई दैनिक भाषा भनिन्छ: धर्मसिद्धान्तहरू सबै वाहियात कुराहरू हुन्। “वाहियात” भन्ने शब्दले के जनाउँछ? खोक्रा शब्दहरू। वास्तवमा हामीले यसलाई कसरी चित्रण गर्छौं? शब्द र सिद्धान्तहरूको रूपमा। ख्रीष्टविरोधीहरूले बोल्ने यी वचनहरू त शब्द र सिद्धान्तहरू मात्रै हुन्। काटछाँट हुने विषयमा तिनीहरूले यस्ता धर्मसिद्धान्तहरू बारम्बार बताउन सक्छन्, तर के त्यसले तिनीहरूमा यसको साँचो बुझाइ र ज्ञान छ भन्ने प्रमाणित गर्छ र? तिनीहरूले यी वचनहरू बोलेको सुन्ने बित्तिकै तिमीहरूलाई तिनीहरूले काटछाँट हुनेबारेमा कुनै वास्तविक बुझाइ प्राप्त गरेका छैनन् भनेर थाहा हुन्छ। तिनीहरू यस्तो व्यर्थका कुरा बोल्न सक्नुले तिनीहरू सत्यता पछ्याउँदैनन् भन्ने देखाउँछ। यदि तिनीहरूलाई साँच्चै काटछाँट गरियो भने तिनीहरू यसलाई कुनै पनि हालतमा स्वीकार गर्दैनन्। काटछाँट हुनुप्रतिको ख्रीष्टविरोधीहरूको मनोवृत्ति शत्रुता र प्रतिरोधको मनोवृत्ति हो; तिनीहरूले यसलाई स्वीकार गर्दैनन् वा यसलाई सत्यता मानी समर्पित हुँदैनन्। तिनीहरूको लागि त त्यसो गर्नु भनेको तिनीहरूको चरित्र र इज्जतको अपमान हुनु हो।
ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन् भन्नेबारे तिमीहरूसँग अरू कुनै उदाहरणहरू छन्? (कतिपय ख्रीष्टविरोधीहरूले काटछाँट हुने अवस्था सामना गरेको बेला झट्ट हेर्दा तिनीहरूले आफूलाई चिनेका छन् जस्तो लाग्छ, तर यसको पछाडि मानिसहरूलाई बहकाउन खोज्ने तर्कजाल र यस्तो गुण लुकेको हुन्छ। यदि तिनीहरूले कहिलेकहीँ गल्ती गरे भने यसो भन्नेछन्, “परमेश्वरले नै यस्तो हुन दिएका हुन्, त्यसैले सबै जना परमेश्वरको सार्वभौमिकतामा समर्पित हुनुपर्छ।” कहिलेकहीँ ख्रीष्टविरोधीहरूले यसो भन्दै झूटो प्रतिदोषारोपणसमेत लगाउने छन्, “तैँले अगुवा र कामदारहरूको गल्ती समात्ने प्रयास गर्नु हुँदैन वा तिनीहरूबाट अत्यन्तै उच्च मागहरू गर्नु हुँदैन।” ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउने र ती कुराहरू पत्ता लगाउनबाट तिनीहरूलाई रोक्ने प्रयासमा यस्ता कुराहरू भन्छन्।) यो एउटा प्रकटीकरण हो—भन्नुको मतलब ख्रीष्टविरोधीहरू गलतलाई बङ्ग्याएर सही बनाउँछन्, अनि कालोलाई सेतो र सेतोलाई कालो पार्छन्। मानिसहरूले तिनीहरूका समस्याहरू छर्लङ्गै देख्नेछन् भन्ने डरले, ख्रीष्टविरोधीहरू आफूले गरेका कुराहरूबारे मानिसहरूलाई कुनै ज्ञान वा बुझाइ हुनबाट रोक्नको लागि, यसरी मानिसहरूको मनमा आफ्नो उच्च हैसियत र राम्रो प्रतिष्ठा कायम राखिराख्नको लागि, मानिसहरूलाई बहकाउन, तिनीहरूको मनमा बाधा दिन, तिनीहरूको दृष्टिकोण अस्पष्ट पार्न तर्कजालमा संलग्न हुन्छन् र हरकिसिमका मौखिक चलाकीहरू प्रयोग गर्छन्। यो ख्रीष्टविरोधीहरू काटछाँटमा पर्दा वा तिनीहरूले गल्ती गर्दा वा गलत मार्ग लिएपछि तिनीहरू पटक्कै फर्कँदैनन् भन्ने विषयमा हामीले केही समय पहिले कुरा गरेको मनोवृत्तिजस्तै हो। अरू उदाहरणहरू के-के हुन्? (ख्रीष्टविरोधीहरू तिनीहरूलाई काटछाँट गर्ने जोकोहीप्रति ईख पाल्छन् र पछि तिनीहरू विरुद्ध बदला लिन र आक्रमण गर्न अवसरहरूसमेत खोज्न सक्छन्।) आक्रमण गर्नु र बदला लिनु अर्को प्रकटीकरण हो। ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठा रक्षा गर्नुसँग यसको कस्तो सम्बन्ध हुन्छ? तिनीहरूले किन आक्रमण गर्न र बदला लिन चाहन्छन्? (किनकि जसले तिनीहरूलाई काटछाँट गरे ती मानिसले तिनीहरूले गरेका सबै दुष्टता र साँचो तथ्यहरू खुलासा गरेका हुन्छन्; तिनीहरूले तिनीहरूको हैसियत र प्रतिष्ठामा हानि गरेका हुन्छन्, मानिसहरूको हृदयमा रहेको तिनीहरूको छवि नष्ट पारेका हुन्छन्, त्यसकारण तिनीहरू तिनीहरूप्रति ईख राख्छन्।) ठीक भनिस्, त्यहीँनेर यो सम्बन्ध रहेको छ। तिनीहरूलाई लाग्छ कि तिनीहरूलाई काटछाँट गर्ने मानिसहरूले तिनीहरूको गर्वमा चोट पुर्याएका हुन्छन्, तिनीहरूलाई लाजमर्दो स्थितिमा राखेका हुन्छन्, तिनीहरूको प्रतिष्ठा बरबाद पारेका हुन्छन् र धेरै मानिससामु तिनीहरूलाई खुलासा गरेर अरूको मनमा रहेको तिनीहरूको हैसियतमा गम्भीर चुनौती दिएका हुन्छन्। तिनीहरूको बदलाको कारण यही हुन्छ। यो मामलामा तिनीहरूको प्रतिष्ठा र हैसियतमा क्षति पुगेको हुन्छ, आफ्नो हृदयमा रहेको आफ्नो आक्रोश र घृणा पोखाउन, तिनीहरू आफूलाई खुलासा र काटछाँट गर्ने मानिसहरूको विरुद्ध आक्रमण गर्ने र बदला लिने मौका खोज्छन्। ख्रीष्टविरोधीहरूले अरू के-कस्ता प्रकटीकरणहरू देखाउँछन्? (कति ख्रीष्टविरोधीहरू त अत्यन्तै धूर्त हुन्छन्। जब कसैले तिनीहरूलाई काटछाँट गर्छ, तब तिनीहरूले बाहिरी रूपमा तिनीहरूको विरोध वा कुनै उद्घोष गर्न सक्दैनन्, तिनीहरूले वास्तवमा आफ्नो बारे केही कुरा बुझेजस्तो पनि लाग्छ, तर पछि तिनीहरूले पहिलेजस्तै दुष्ट कार्यहरू गर्न जारी राख्छन् र कहिल्यै साँचो रूपमा पश्चात्ताप गर्दैनन्। तिनीहरूले मानिसहरूलाई बहकाउन त्यस्ता देखावटी व्यवहारहरू प्रयोग गर्छन्।) यो अर्को प्रकटीकरण हो। एक निश्चित प्रकारको ख्रीष्टविरोधीले ठ्याक्कै त्यही गर्छ। तिनीहरूले मनमनै सोच्छन्, “जहाँ जीवन हुन्छ त्यहाँ आशा हुन्छ। म अहिलेको लागि धैर्य अभ्यास गर्नेछु र तँलाई मेरो वास्तविकता देख्न दिनेछैनँ। यदि मैले तँलाई खुलेर विरोध गरेँ र काटछाँट हुन स्विकारिनँ भने तैँले म सत्यता अभ्यास नगर्ने वा सत्यतालाई प्रेम नगर्ने व्यक्ति हुँ भनेर भन्नेछस्, यदि यो कुरा बाहिर आयो भने यसले मेरो प्रतिष्ठामा असर पार्नेछ। यदि हाम्रा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले थाहा पाए भने सत्यताप्रति कुनै प्रेम नगर्ने व्यक्तिको नेतृत्व स्विकार्न तिनीहरू अवश्य नै मान्नेछैनन्। मैले सुरुमा राम्रो छवि स्थापना गर्नुपर्छ। जब मैले काटछाँट हुने अवस्था सामना गर्छु र कसैले मैले गरेका कुनै पनि गल्ती वा अपराधहरू खुलासा गरिरहेको हुन्छ, तब म यसलाई स्विकारेको बहाना गर्दै र शिर हल्लाउँदै, कसैलाई पनि मेरो वास्तविकता नदेखाई वा मैले वास्तवमा के सोचिरहेको छु भनेर थाहा नदिई यसलाई मुस्कुराउनेछु र सहनेछु। त्यसपछि म देखावटी रूप धारण गरेर केही आँसु झार्न सक्छु र परमेश्वरप्रति आफू ऋणी भएको बारे केही कुराहरू बोल्दै यो मामिला सल्टाउन सक्छु। त्यो तरिकाले काम गर्दा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले मलाई सत्यता स्विकार्ने व्यक्ति ठान्नेछन् र म जायज रूपमा अगुवा रहिरहन सक्छु—र त्यसपछि मेरो प्रतिष्ठा र हैसियत जोगिनेछ, होइन र?” तिनीहरूले गर्ने सबै कुरा देखावटी मात्रै हुन्छ। तिमीहरू के भन्छौ, के यस्ता मानिसको वास्तविकता सहजै देख्न सकिन्छ? (तिनीहरूको वास्तविकता देख्न सजिलो छैन।) तिनीहरूले समस्याहरू सामना गर्दा परमेश्वरको घरका हितहरू रक्षा गर्छन् कि गर्दैनन्, तिनीहरूले साँच्चै सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्छन् कि गर्दैनन् भन्ने कुरा देख्नलाई तिनीहरूसँगको केही समयको अवलोकन र अन्तरक्रिया जरुरी हुन्छ। तिनीहरूले सतही रूपमा जति नै राम्रो वा सही रूपमा बोले पनि त्यो क्षणिक कुरा मात्र हो; ढिलोचाँडो तिनीहरूको वास्तविक सोच शैली प्रकट हुनेछ। परमेश्वरले तिनीहरूलाई खुलासा नगर्नुभए पनि के ख्रीष्टविरोधीहरूले आफ्नो साँचो विचार र आफ्नो प्रकृति सार यति दह्रिलो गरी लुकाएर राख्न सक्छन् र? के तिनीहरूले आफ्नो सम्पूर्ण जीवनभर तिनलाई ढाकछोप गर्न सक्छन् र? त्यो असम्भव हुनेछ; ढिलोचाँडो ती कुराहरू प्रकाशमा आउनेछन्। त्यसकारण ख्रीष्टविरोधीहरू जति नै दुष्ट वा धूर्त भए पनि जबसम्म तिनीहरूले आफ्नो कार्यमा अभिप्राय र मनसायहरू राख्छन् र जबसम्म सत्यताविरुद्ध जान्छन्, तबसम्म अन्ततः सत्यता बुझ्ने मानिसहरूले तिनीहरूलाई छर्लङ्गैसित चिन्नेछन् र देख्नेछन्। यस्ता ख्रीष्टविरोधीहरू सबैभन्दा धूर्त हुन्छन्; झट्ट हेर्दा तिनीहरू सत्यता र सकारात्मक कुराहरू स्विकार्छन् जस्तो लाग्छ, तर वास्तवमा आफ्नो हृदयको गहिराइ र सारमा तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरूले सकारात्मक कुरा र सत्यताप्रति पनि वितृष्णा गर्छन्। तिनीहरू बोल्न सिपालु हुने भएकाले धेरैजसोले तिनीहरूलाई खुट्ट्याउन सक्दैनन् र सत्यता बुझेका मानिसले मात्रै त्यस्ता व्यक्तिहरू चिन्न र देख्न सक्छन्। अरू कुनै उदाहरणहरू छन्? (एउटा ख्रीष्टविरोधी थियो, उसले आफ्ना सहकर्मीहरू आफूभन्दा राम्रो क्षमताका छन् र काम गर्न आफूभन्दा सिपालु छन् भन्ने देख्यो। आफ्नो हैसियत सुरक्षित गर्न उसले गोप्य रूपमा तथ्यहरू बङ्ग्यायो र आफ्ना सहकर्मी र साझेदार साथीहरूलाई आलोचना गर्यो, मानिसहरूलाई बहकायो, आफ्नो पक्षमा ल्यायो र तिनीहरूलाई आफ्नो कुरा सुन्न लगायो। यसले गर्दा उसका सहकर्मीहरूमाझ आपसी अविश्वास पैदा भयो। तिनीहरूले उप्रान्त सामञ्जस्यताका साथ सहकार्य गरेनन् र कामका कुनै पनि पक्षमा कुनै परिणाम हासिल भएन। जब त्यो ख्रीष्टविरोधीका दुष्ट कार्यहरू खुलासा भए, तब उसले यसलाई स्विकार्न नमानेको मात्र होइन, उसले बहाना बनाएर जिम्मेवारीबाट पन्छिने प्रयाससमेत गर्यो। उसले आफ्नो प्रतिष्ठा र हैसियतको खातिर जेसुकै गर्दो रहेछ भन्ने कुरा स्पष्ट थियो; उसले जति धेरै विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गरे पनि, उसले परमेश्वरको घरको काममा जति नै गम्भीर रूपमा अवरोध र बाधाहरू ल्याए पनि उसलाई कुनै वास्ता थिएन, झन् उसले व्याकुल वा दोषी महसुस गर्नु त धेरै परको कुरा थियो। वास्तवमै उसमा मानवता वा समझको एउटा सानो अंश पनि थिएन।) छोटकरीमा भन्दा ख्रीष्टविरोधीहरू आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्न जोकसैका हितहरू बलि चढाउन पनि कुनै हिचकिचाहट गर्दैनन्। तिनीहरू आफ्नो हैसियत कायम राखिराख्नको लागि सबैलाई कुल्चीमिल्ची गर्नु परे पनि तिनीहरू यसो गर्न हिचकिचाउँदैनन्। जब तिनीहरूको प्रतिष्ठा र हैसियत रक्षा गर्ने कुरा आउँछ, तब अरू मानिस जिउँछन् कि मर्छन् भन्ने कुराप्रति तिनीहरू कुनै वास्ता गर्दैनन्, तिनीहरूको मनमा परमेश्वरको घरको काम र मण्डलीका हितहरू अस्तित्वमासमेत हुँदैनन्, ती तिनीहरूको विचारको क्षेत्रभित्र हुँदै हुँदैनन्। यी व्यवहारहरूबाट हामी देख्न सक्छौं कि ख्रीष्टविरोधीहरू परमेश्वरको घरका मानिसहरू होइनन्; तिनीहरू घुसपैठ भएका गैरविश्वासीहरू हुन्। परमेश्वरको घर तिनीहरूको घर होइन, त्यसकारण यसका कुनै पनि हितहरू तिनीहरूसँग सम्बन्धित हुँदैनन्। तिनीहरू त बस शक्ति प्रयोग गर्ने र मानिसहरूलाई नियन्त्रण गर्ने आफ्नो उद्देश्य हासिल गर्न, र परमेश्वरको घरमा आफ्ना व्यक्तिगत महत्त्वाकाङ्क्षा र इच्छाहरू सन्तुष्ट पार्न मात्रै चाहन्छन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार यस्तै हुने भएकोले तिनीहरू काटछाँट हुन पटक्कै स्विकार्दैनन्, न त तिनीहरू सत्यताको कुनै पनि पक्षलाई नै स्विकार्छन्।
हामीले भर्खरै दिएका उदाहरणहरूबाट तैँले प्रतिष्ठा र हैसियत पछ्याउने ख्रीष्टविरोधीहरूको महत्त्वाकाङ्क्षा र इच्छा अन्तर्निहित रूपमै हुन्छ भन्ने देख्न सक्छस्। ख्रीष्टविरोधीहरू यस्तै प्रकृति सारसहित जन्मिन्छन्। यो कुरा तिनीहरूले जन्मिएपछि अवश्य नै सिकेका होइनन् र यो तिनीहरूको वातावरणको परिणाम पनि होइन। यो त कतिपय बिरामी मानिसहरूलाई जन्मेपछि रोग लाग्नुको साटो वंशानुगत रूपमै रोग आउनुजस्तै हो। यस्ता रोगहरू निको पार्न असम्भव हुन्छ। ख्रीष्टविरोधीहरू प्रतिष्ठा र हैसियत पछ्याउने महत्त्वाकाङ्क्षा लिएर जन्मिन्छन् र तिनीहरू दियाबलस राजाको पुनर्जन्मभन्दा फरक हुँदैनन्। ख्रीष्टविरोधीहरूले सत्यताप्रति वितृष्णा गर्छन् र सत्यतालाई घृणा गर्छन्, तिनीहरूले परमेश्वरको न्याय र सजाय पटक्कै स्वीकार गर्दैनन्। त्यसकारण तिनीहरूले जस्तोसुकै काटछाँट सामना गरे पनि त्यसलाई स्वीकार गर्दैनन्। झन् साधारण विश्वासी दाजुभाइ-दिदीबहिनीले तिनीहरूलाई काटछाँट गरे भने त तिनीहरू त्यसलाई स्विकार्न अझै कम इच्छुक हुन्छन्। तिनीहरू यस्तो विश्वास गर्छन्: “तँ मलाई काटछाँट गर्न योग्य छैनस्, तँ लायक छैनस्! तँ विश्वासी भएको कति दिन भयो? जब म विश्वासी बने, तब तँ जन्मेकोसमेत थिइनस्! जब म अगुवा बनेँ, तब तैँले परमेश्वरमा विश्वाससमेत गर्न थालेको थिइनस्!” तिनीहरूलाई काटछाँट गर्ने विश्वासी दाजुभाइ-दिदीबहिनीहरूप्रति तिनीहरूको मनोवृत्ति यस्तै हुन्छ। तिनीहरूले योग्यता र वरिष्ठतामा ध्यान दिन्छन् र यिनै आधारमा काटछाँट हुन इन्कार गर्छन्। त्यसोभए के माथिबाट तिनीहरूलाई काटछाँट गरिँदाचाहिँ तिनीहरूले स्विकार्न सक्छन् त? तिनीहरूको प्रकृति सारको आधारमा हेर्दा तिनीहरूले त्यसलाई पनि स्विकार्दैनन्। तिनीहरूले बाहिरी रूपमा केही नबोल्न सक्छन्, तर तिनीहरूको हृदयले अवश्यै यसको विरोध र इन्कार गर्नेछ। यो कुरामा कुनै शङ्का छैन। जब ख्रीष्टविरोधीहरूले साँच्चै नै माथिको काटछाँट सामना गर्छन्, तब तिनीहरूको सबैभन्दा आम प्रकटीकरण भनेको जिम्मेवारीबाट पन्छिनलाई आफ्नो पक्षमा जोडदार रूपमा कुतर्क गर्नु, माथिसँग समेत झूट बोल्नु र आफूभन्दा तलका मानिसहरूबाट कुरा लुकाउनु हो, ताकि तिनीहरू फुत्किन सकून्। ख्रीष्टविरोधीहरूले प्रायजसो माथिबाट काटछाँट हुनबाट बच्न माथिसँग झूट बोल्ने र आफूभन्दा तलका मानिसहरूबाट कुरा लुकाउने शैली प्रयोग गर्छन्। उदाहरणको लागि यदि मण्डलीमा धेरै समस्याहरू छन् भने तिनीहरूले कहिल्यै पनि ती कुराको रिपोर्ट गर्दैनन्। यदि तिनीहरूका विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले ती समस्याहरू रिपोर्ट गर्न चाहे भने ख्रीष्टविरोधीहरूले तिनीहरूलाई रिपोर्ट गर्न दिँदैनन्, जसले रिपोर्ट गर्छ, त्यसले तिनीहरूको दमन र बहिष्कार भोग्छन्। परिणामस्वरूप धेरैजसो मानिस रिपोर्ट गर्नबाट टाढै बस्न, समस्याहरू समाधान नगरी त्यतिकै छोड्न र मान्छे खुशी पारिहिँड्ने काम गर्दै बस्न बाध्य हुन्छन्। ख्रीष्टविरोधीहरूले मण्डलीका सबै समस्याहरूलाई ढोका बन्द गरेर राख्छन्, तिनलाई पूर्ण रूपमा गुप्त राख्छन् र तिनीहरूले माथिलाई हस्तक्षेप वा सोधपुछ गर्न दिँदैनन्। ख्रीष्टविरोधीहरूले माथिबाट आएका कार्य बन्दोबस्तहरूलाई पनि सक्दो हदसम्म रोक्छन् र तिनलाई हस्तान्तरण वा लागू गर्ने गर्दैनन्। यदि माथिबाट आएका कार्य बन्दोबस्तहरूले तिनीहरूको व्यक्तिगत प्रतिष्ठा वा हैसियतमा असर गर्दैन भने तिनीहरूले केही सतही घोषणाहरू गर्न सक्छन्, झारा टार्न सक्छन्, तर ती कुरालाई लागूचाहिँ तिनीहरूले पक्कै गर्दैनन्। यदि माथिबाट आएका कार्य बन्दोबस्तहरूले ख्रीष्टविरोधीहरूको प्रतिष्ठा र हैसियतमा खतरा पैदा गर्ने वा निश्चित असर पार्ने गर्छन् भने तिनीहरूले सोच्नुपर्ने हुन्छ। तिनीहरूले कसरी व्यवहार गर्ने, कसलाई के गर्ने र कहिले गर्ने भनेर विचार गर्नुपर्छ। तिनीहरूले यी कुराहरूबारे सावधानीपूर्वक सोच्नुपर्छ र तीबारेमा बारम्बार आफ्नो मनमस्तिष्कमा हिसाबकिताब गर्नुपर्छ। यदि मण्डलीको काममा केही समस्याहरू देखा परे भने ती समस्याहरू माथि थाहा भएपछि आफूलाई अवश्यै काटछाँट गरिनेछ वा बर्खास्तसमेत गरिनेछ भनेर ख्रीष्टविरोधीहरूलाई थाहा हुन्छ, त्यसकारण तिनीहरूले ती समस्याहरू लुकाएर राख्छन् र माथि रिपोर्ट गर्दैनन्। यदि ती समस्याहरू समाधान गरिएनन् भने ती समस्याहरूले परमेश्वरको घरको काममा कस्तो असर पार्छन् वा हानि ल्याउँछन् भन्नेबारे तिनीहरूले पटक्कै वास्ता गर्दैनन्; परमेश्वरको घरको काममा जे-जस्ता घाटाहरू आइपरे पनि तिनीहरू उदासीन रहन्छन्। तिनीहरूले कुन कार्यविधिले परमेश्वरको घरको काममा फाइदा पुर्याउँछ वा परमेश्वरलाई सन्तुष्ट पार्छ भन्नेबारे विचार गर्दैनन्, तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतबारे मात्र, माथिले तिनीहरूलाई कसरी हेर्छ र व्यवहार गर्छ, आफ्नो प्रतिष्ठा र हैसियतलाई कसरी रक्षा गर्ने भन्नेबारे मात्रै विचार गर्छन्, ताकि तिनीहरूले प्रभावित हुनु नपरोस्। ख्रीष्टविरोधीहरूले परिस्थितिलाई हेर्ने र समस्याहरूबारे सोच्ने तरिका यही हो र यसले पूर्ण रूपमा तिनीहरूको स्वभाव प्रतिनिधित्व गर्छ। त्यसकारण ख्रीष्टविरोधीहरूले मण्डलीभित्र रहेका वा आफ्नो काममा देखा परेका समस्याहरूबारे सत्य रूपमा रिपोर्ट गर्दैनन्। तिनीहरूले जुनसुकै काम गरे पनि, जुनसुकै कठिनाइहरू सामना गरे पनि, वा तिनीहरूले कसरी सम्हाल्ने भन्ने थाहा नभएका परिस्थितिहरू सामना गरे पनि, वा कुन विकल्प छनौट गर्ने भन्ने थाहा नभएका परिस्थितिहरू सामना गरे पनि तिनीहरूले त्यो काम गर्ने क्रममा माथिले तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भनेर भन्ला, वा तिनीहरूको वास्तविक परिस्थिति पत्ता लगाउला, वा तिनीहरूलाई ती कठिनाइ वा परिस्थितिहरू तुरुन्तै सम्हालेर समाधान नगरेको कारण काटछाँट गर्ला भन्ने डरले तिनीहरूले यसलाई ढाकछोप गर्नेछन् र लुकाउनेछन्। ख्रीष्टविरोधीहरू माथिबाट काटछाँट हुनबाट बच्न परमेश्वरको घर र मण्डलीको कामका हितहरू बेवास्ता गर्छन्। तिनीहरू आफ्नो हैसियत र रोजीरोटी जोगाउन, माथि तिनीहरूको राम्रो छाप परोस् भन्ने सुनिश्चित गर्न मण्डलीको काम र हितहरू बलि चढाउन हिचकिचाउँदैनन्। तिनीहरू मण्डलीको कामको प्रगतिमा ढिलाइ गराउन वा असर पार्न पनि मतलब गर्दैनन् र परमेश्वरका चुनिएका मानिसको जीवन प्रवेशबारे त तिनीहरूलाई झनै मतलब गर्दैनन्। विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि वा तिनीहरूको जीवन प्रवेशको मामलामा जस्तोसुकै समस्याहरू भए पनि ख्रीष्टविरोधीहरू तिनलाई समाधान गर्न सक्दैनन् र तिनीहरू माथिबाट खोजी गर्दैनन्। समस्याहरू लुकाएर राख्दा र तिनलाई समाधान नगरी राख्दा त्यसले मण्डलीको कामको प्रगतिमा ढिलाइ र असर पुर्याउनेछ र विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवनमा घाटा हुनेछ भनेर तिनीहरूलाई स्पष्ट रूपमा थाहा हुन्छ, तैपनि तिनीहरू ती कुराहरूलाई उपेक्षा गर्छन् र तीबारेमा वास्ता गर्दैनन्। मण्डलीमा जे-जस्ता ठूला समस्याहरू देखा परे पनि तिनीहरूले कहिल्यै पनि तिनको रिपोर्ट गर्दैनन्, बरु तिनलाई लुकाउन र ढाकछोप गरेर राख्न सक्दो प्रयास गर्छन्। यदि विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको दुष्ट कार्यहरू पत्ता लगाएर तिनीहरूबारे रिपोर्ट गर्ने पत्रहरू लेखे भने ख्रीष्टविरोधीहरू ती पत्रहरूलाई रोक्न र ढाकछोप गरेर राख्न झनै बढी प्रयास गर्छन्। ती पत्रहरू रोकेर अनि ढाकछोप गरेर राख्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? यो तिनीहरूको हैसियत कायम राख्नु, तिनीहरूको मर्यादा र प्रतिष्ठा रक्षा गर्नु र हाल तिनीहरूसित भएका सबै कुरा जोगाएर राख्नु हो। तिनीहरूको लागि बर्खास्त हुनु वा माथिबाट तिनीहरूलाई आफ्नो काममा अयोग्य भनी मूल्याङ्कन गरिनु भनेको जीवन गुमाउनु र मृत्युदण्ड पाउनुजस्तै हो, यो परमेश्वरमाथिको आफ्नो विश्वासमा अगाडि बढ्ने बाटै नभएको ठाउँ पुग्नुजस्तै हो। त्यसकारण जेसुकै भए पनि तिनीहरू कहिल्यै पनि माथिबाट खोजी गर्दैनन्। बरु तिनीहरू आफ्नो काममा रहेका सबै समस्याहरू लुकाउने र माथिलाई ती पत्ता लगाउनबाट रोक्ने उपायहरू सोच्छन्। के तिनीहरूको यो अभ्यास अत्यन्तै घृणित कुरा होइन र? तिनीहरूको विश्वास के हुन्छ भने परमेश्वर र माथिको नजरमा असल अगुवा त्यस्तो व्यक्ति हुनुपर्छ, जोसँग कहिल्यै पनि कुनै समस्या वा कठिनाइ हुँदैन, जसले सबै मामला राम्ररी सम्हाल्न सक्छ र जो हरप्रकारको कामको लागि उपयुक्त हुन्छ। तिनीहरूले के सोच्छन् भने असल अगुवाले कठिनाइहरूबारे गुनासो गर्ने वा समस्याहरूबारे खोजी गर्ने कहिल्यै गर्दैन र असल अगुवा परमेश्वर र माथिको मनमस्तिष्कमा सिद्ध र त्रुटिरहित व्यक्ति हुनुपर्छ, जसले माथिको काटछाँटमा नपरी राम्ररी काम गर्न सक्छ। परिणामस्वरूप तिनीहरूले माथिको नजरमा राम्रो हुने, माथिलाई तिनीहरू आफ्नो काममा योग्य छन्, तिनीहरूले आफ्नो कामको बोझ लिन सक्छन्, कुनै ठूलो समस्या हुनेछैन, त्यसकारण तिनीहरूको कामबारे सीधै सोधपुछ गरिरहनु वा तिनीहरूलाई निर्देशन दिइरहनु पर्दैन र तिनीहरूलाई काटछाँट गरिरहनु पनि पक्कै पर्दैन भन्ने गलत विश्वास गराउने आशा गर्छन्। ख्रीष्टविरोधीहरू आफ्नो यस्तो छवि बनाउन चाहन्छन्, अरूलाई परमेश्वरले तिनीहरूमा विश्वास गर्नुहुन्छ र सबै कुरा तिनीहरूलाई सुम्पनुहुन्छ, उहाँले तिनीहरूलाई महत्त्वपूर्ण कामहरू सुम्पनुहुन्छ र तिनीहरूमा ठूलो भरोसा गर्नुहुन्छ, यहाँसम्म कि तिनीहरू नकारात्मक भए र सुस्त बने भने यसले काममा असर गर्नेछ भन्ने डरले तिनीहरूलाई काटछाँट गर्न चाहनुहुन्न भनेरसमेत गलत विश्वास गराउन चाहन्छन्। ख्रीष्टविरोधीहरू तिनीहरू परमेश्वरको घर र मण्डलीका लोकप्रिय मानिसहरू हुन्, परमेश्वरको घरका महत्त्वपूर्ण व्यक्तिहरू हुन् भनेर विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई सोच्न लगाउँछन्। तिनीहरू किन विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको मनमा यस्तो भ्रम र देखावटी रूप छाप्न चाहन्छन्? यो तिनीहरूले मानिसहरूलाई तिनीहरूको उच्च आदर र आराधना गर्न लगाउन सकून् भनेर हो, यो तिनीहरूले मण्डलीमा हैसियतका लाभहरू साथै उच्च हैसियत र अनुकूल व्यवहारको आनन्द लिन सकून्, यहाँसम्म कि तिनीहरूले परमेश्वरको स्थानसमेत लिन सकून् भनेर हो। तिनीहरू प्रायजसो विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्छन्, “परमेश्वरले व्यक्तिगत रूपमा तिमीहरूसँग बोल्न सक्दैनन्, उनले तिमीहरूको स्तरमा झरेर व्यक्तिगत रूपमा काम गर्न सक्दैनन्, उनले तिमीहरूसँग बस्न सम्भवै छैन र दैनिक जीवनमा तिमीहरूले सामना गर्ने सबै कुराहरूमा तिमीहरूलाई मार्गदर्शन दिन सम्भवै छैन। त्यसैले यी निश्चित कामहरू कसले पूरा गर्नेछ? के यो हामीजस्ता अगुवा र कामदारहरूले होइन र?” तिनीहरूले आफ्नो हैसियतको रक्षा गर्न सक्दो प्रयास गर्ने क्रममा तिनीहरू प्रायजसो यस्ता कुराहरू बोलिरहने र यस्ता विचारहरू व्यक्त गरिरहने गर्छन्, ताकि विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले पूर्ण र निस्सन्देह रूपमा तिनीहरूमा विश्वास र भरोसा गरून्। तिनीहरूको यो अभ्यासको प्रकृति के हो? के यो माथिलाई झूट बोल्नु र तिनीहरूको मुनिका मानिसहरूबाट कुराहरू लुकाउनु होइन र? (हो।) यो तिनीहरूको कार्यशैलीको धूर्त पक्ष हो। धेरैजसो मानिसको क्षमता कमजोर हुन्छ, तिनीहरू सत्यता बुझ्दैनन्, ख्रीष्टविरोधीहरू चिन्न सक्दैनन्, तिनीहरू ख्रीष्टविरोधीहरूद्वारा बहकाइन र प्रयोग गरिन मात्रै सक्छन्। यदि ख्रीष्टविरोधीहरूले हाकाहाकी “माथिले मलाई साँच्चै विश्वास गर्छ, सबै कुरामा मेरो कुरा सुन्छ” भन्दै मानिसहरूलाई बहकाउने प्रयास गर्थे भने मानिसहरू अलिक सतर्क हुन सक्थे र तिनीहरूबारे अलिअलि समझ पाउँथे, तर ख्रीष्टविरोधीहरू यसरी हाकाहाकी बोल्दैनन्। तिनीहरू मानिसहरूलाई बहकाउनको लागि बोल्ने निश्चित तरिका प्रयोग गर्छन्, र तिनीहरूलाई अगुवाइको काम सुम्पन माथिले तिनीहरूमा विश्वास र भरोसा गर्ने गरेको हुनुपर्छ भनेर मानिसहरूलाई गलत विश्वास गराउँछन्। समझशक्ति नभएका र सत्यता नपछ्याउने मूर्खहरूले यसलाई पत्याउँछन् र तिनीहरूलाई पछ्याउँछन्। अनि, जब कुनै घटना घट्छ, तब ती मूर्खहरूले परमेश्वरलाई प्रार्थना गर्ने वा परमेश्वरका वचनहरूमा सत्यता खोजी गर्ने गर्दैनन्, बरु तिनीहरू ख्रीष्टविरोधीहरूसामु आउँछन् र आफूलाई बाटो देखाउन र आफ्नो लागि बाटो छनौट गर्न अनुरोध गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कार्यद्वारा हासिल गर्न चाहने उद्देश्य यही हो। यदि मण्डलीमा सत्यता बुझ्ने अनि ख्रीष्टविरोधीहरूलाई चिन्ने र खुलासा गर्ने मानिसहरू छैनन् भने धेरैजसो मानिसले अन्धाधुन्ध तिनीहरूलाई विश्वास गर्नेछन्, तिनीहरूलाई आराधना गर्नेछन् पछ्याउनेछन् र तिनीहरूको नियन्त्रणमा जिउनेछन्। यो अत्यन्तै खतरनाक कुरा हो! यदि कसैलाई ख्रीष्टविरोधीले तीनदेखि पाँच वर्षसम्म बहकाउँछ र नियन्त्रण गर्छ भने तिनीहरूको जीवनमा ठूलो घाटा हुनेछ। यदि तिनीहरूलाई आठ वा १० वर्षसम्म ख्रीष्टविरोधीले बहकाउँछ र नियन्त्रण गर्छ भने तिनीहरू पूर्ण रूपमा बरबाद हुनेछन्; तिनीहरूले आफूलाई छुटकारा दिलाउन चाहे पनि त्यस्तो मौका पाउनेछैनन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।