विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग दुई) खण्ड तीन
ख. तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत
हामी अब सङ्गतिको दोस्रो उपखण्ड, अर्थात् ख्रीष्टविरोधीहरूको आफ्नै प्रतिष्ठा र हैसियतको विषयलाई निरन्तरता दिऔँ। यसमा ख्रीष्टविरोधीहरूका हितहरू पनि समावेश हुन्छन्। अहिले, हामीले यी तीन उपखण्डहरूबारे छलफल गरिरहेका छौं: ख्रीष्टविरोधीहरूको आफ्नै सुरक्षा, तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत, र तिनीहरूका आफ्नै फाइदाहरू—यी सबै कुरा ख्रीष्टविरोधीहरूका आफ्नै हितहरूसँग सम्बन्धित छन्। के यी कुराहरूको परमेश्वरको घरको कामसँग कुनै सम्बन्ध छ? (हो, छ।) के सम्बन्ध छ? (आफूलाई रक्षा गर्न र आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्न ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा दिन र खलल पुर्याउन सक्छन्।) ख्रीष्टविरोधीहरूले आफ्नै हितहरू रक्षा गर्न परमेश्वरको घरका हितहरू र मण्डलीको काममा हानि गर्छन्। ख्रीष्टविरोधीहरूको स्वार्थी र घृणित प्रकृतिलाई हेर्दा, यस्ता व्यक्तिहरू आफ्नो सुरक्षाको निकै रक्षा गर्नेबाहेक, अरू के कुरालाई महत्त्व दिन्छन्? (तिनीहरूलाई प्रतिष्ठा र हैसियत निकै मन पर्छ।) ठीक भन्यौ। ख्रीष्टविरोधीहरूलाई प्रतिष्ठा र हैसियत निकै मन पर्छ। प्रतिष्ठा र हैसियत तिनीहरूको जीवनको प्राण हो। तिनीहरूलाई प्रतिष्ठा र हैसियतविना जीवन अर्थहीन छ भन्ने लाग्छ, र प्रतिष्ठा र हैसियतविना कुनै पनि कुरा गर्न तिनीहरूलाई जाँगर चल्दैन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत दुवै नै तिनीहरूको व्यक्तिगत हितहरूसँग घनिष्ठ रूपमा सम्बन्धित हुन्छन्; ती तिनीहरूका घातक बिन्दुहरू हुन्। त्यसकारण ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा हैसियत र प्रतिष्ठामै केन्द्रित हुन्छन्। यी कुराहरू नहुने हो भने, तिनीहरूले कुनै पनि काम गर्नेछैनन् होला। ख्रीष्टविरोधीहरूसँग हैसियत भए पनि नभए पनि, तिनीहरूले जुन उद्देश्यको लागि सङ्घर्ष गर्छन्, तिनीहरू जुन दिशामा लागिपर्छन् त्यो यिनै दुई कुराहरू अर्थात् प्रतिष्ठा र हैसियतसँग सम्बन्धित हुन्छ। जब ख्रीष्टविरोधीहरूले चीनजस्तो निरङ्कुश वातावरणमा परमेश्वरमा विश्वास गर्छन्, तब तिनीहरूले आफ्नो सुरक्षा सुनिश्चित गर्ने हितको खातिर परमेश्वरको घरका हितहरूप्रति कुनै ध्यान दिँदैनन्। तिनीहरूले गर्ने कामको एउटा भाग भनेको आफ्नो सारा शक्तिले हैसियत पछ्याउनु, र शक्तिलाई दह्रिलो गरी पकडमा राख्नु र मण्डली नियन्त्रण गर्नु हो। अर्को पक्षचाहिँ के हो भने, तिनीहरूले सधैँ आफ्नै प्रतिष्ठा र हैसियतको खातिर बोल्ने, काम गर्ने, दौडधूप गर्ने, र परिश्रम गर्ने गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरूले भन्ने र गर्ने सबै कुरा यसैमा केन्द्रित हुन्छ। परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशको लागि ख्रीष्टविरोधीहरूले कहिल्यै पनि कुनै वास्तविक काम गर्दैनन्, र तिनीहरूले कहिल्यै पनि राज्यको सुसमाचार प्रचार गर्नका लागि कुनै वास्तविक काम गर्दैनन्। जब तिनीहरूले मूल्य चुकाउँछन्, त्यो बेला तिनीहरूले किन मूल्य चुकाएछन्, त्यो हेर्नू। जब तिनीहरूले कुनै समस्याबारे आवेगसाथ बहस गर्छन्, तब तिनीहरूले किन यसबारे यसरी बहस गरिरहेका छन्, त्यो हेर्नू। जब तिनीहरूले कुनै व्यक्तिबारे छलफल गर्छन् वा उसलाई निन्दा गर्छन्, तब तिनीहरूको अभिप्राय र उद्देश्य के हो, त्यो हेर्नू। अनि, जब तिनीहरू कुनै कुराको सन्दर्भमा व्याकुल हुन्छन् वा रिसाउँछन्, तब तिनीहरूले कस्तो स्वभाव प्रकट गर्दै छन्, त्यो हेर्नू। मानिसहरूले मान्छेको हृदयको भित्री भाग देख्न सक्दैनन्, तर परमेश्वरले देख्न सक्नुहुन्छ। जब परमेश्वरले मान्छेको हृदयको भित्री भाग हेर्नुहुन्छ, तब मानिसहरूले बोल्ने र गर्ने कुराको सार मापन गर्न उहाँ के प्रयोग गर्नुहुन्छ? यसलाई मापन गर्न उहाँ सत्यता प्रयोग गर्नुहुन्छ। मान्छेको नजरमा त आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्नु उचित कुरा हो। तर त्यसोभए परमेश्वरको नजरमा किन यसलाई ख्रीष्टविरोधीहरूको प्रकटीकरण र अभिव्यक्ति, र ख्रीष्टविरोधीहरूको सारका रूपमा चित्रण गरिन्छ? यो कुरा ख्रीष्टविरोधीहरूले गर्ने सबै कुराको प्रेरक शक्ति र उत्प्रेरणामा आधारित हुन्छ। परमेश्वरले तिनीहरूले गर्ने कामको प्रेरक शक्ति र उत्प्रेरणालाई सूक्ष्म जाँच गर्नुहुन्छ, र अन्त्यमा, तिनीहरूले गर्ने सबै कुरा कर्तव्य निर्वाह गर्ने, सत्यता अभ्यास गर्ने र परमेश्वरमा समर्पित हुने कामको लागि नभई आफ्नै प्रतिष्ठा र हैसियतको लागि हुन्छ भनेर निर्धारित गर्नुहुन्छ।
ख्रीष्टविरोधीहरू प्रतिष्ठा र हैसियत पछ्याउँछन्, त्यसकारण तिनीहरू अवश्य नै आफ्नो प्रतिष्ठा र हैसियत कायम राख्न बोल्ने र काम गर्ने गर्छन्। तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतलाई अरू सबै कुराभन्दा माथि राख्छन्। यदि तिनीहरूको वरपर कुनै व्यक्तिमा राम्रो क्षमता छ र उसले सत्यता खोजी गर्छ, र त्यो व्यक्तिले विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ केही प्रतिष्ठा प्राप्त गर्छ र ऊ समूह अगुवा चुनिन्छ, र त्यो व्यक्तिलाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले साँच्चै नै प्रशंसा र अनुमोदन गर्छन् भने, ख्रीष्टविरोधीहरू कस्तो प्रतिक्रिया दिन्छन्? अवश्य नै, तिनीहरू यसप्रति खुशी हुनेछैनन्, र तिनीहरूमा डाहा पैदा हुनेछ। यदि ख्रीष्टविरोधीहरूमा डाहा हुन्छ भने, मलाई भन त, के तिनीहरू राम्रोसित व्यवहार गर्न सक्छन्? के तिनीहरूले यसबारे केही गर्नुपर्दैन र? (पर्छ।) तिनीहरूले साँच्चै नै त्यो व्यक्तिलाई डाहा गर्छन् भने के गर्नेछन्? तिनीहरूले अवश्य नै मनमा यस्तो हिसाबकिताब गर्नेछन्: “यो व्यक्तिको क्षमता निकै राम्रो छ, उसमा यो पेसाबारे केही न केही बुझाइ छ, र ऊ मभन्दा दह्रिलो छ। यो कुराले परमेश्वरको घरको काममा फाइदा गर्ला, तर मेरो लागि गर्दैन! के उसले मेरो पद लिनेछैन र? यदि उसले एकदिन साँच्चै नै मलाई प्रतिस्थापन गर्यो भने, के त्यो समस्या हुँदैन र? मैले अगाडि नै केही गर्नुपर्छ। यदि एकदिन ऊ आफ्नै खुट्टामा उभिन सक्यो भने, उसलाई सम्हाल्न मलाई त्यति सजिलो हुनेछैन। मैले पहिले नै प्रहार गर्नु राम्रो हुन्छ। यदि मैले ढिलाइ गरेर उसलाई मेरो खुलासा गर्न दिएँ भने, परिणामहरू के हुनेछ कसलाई के थाहा। अनि, मैले कसरी प्रहार गर्न सक्छु र? मैले कुनै न कुनै बहाना बनाउनुपर्छ, कुनै न कुनै मौका खोज्नुपर्छ।” मलाई भन त, यदि मानिसहरू यसरी कसैलाई यातना दिन चाहन्छन् भने, के तिनीहरूले सजिलै त्यस्तो गर्ने बहाना बनाउने र मौका खोज्ने गर्दैनन् र? दियाबलसको एउटा युक्ति के हो? (“कुकुर कुट्ने बुद्धि भएको मान्छेले सजिलै लौरो भेट्टाउँछ।”) ठीक भन्यौ, “कुकुर कुट्ने बुद्धि भएको मान्छेले सजिलै लौरो भेट्टाउँछ।” शैतानको संसारमा, यस्तो तर्क हुन्छ, र यस्ता कुराहरू हुन्छन्। परमेश्वरको सन्दर्भमा यस्तो कदापि हुँदैन। ख्रीष्टविरोधीहरू शैतानका हुन् र तिनीहरू यी कुराहरू गर्न अत्यन्तै सिपालु हुन्छन्। तिनीहरू यसरी मनन गर्छन्: “कुकुर कुट्ने बुद्धि भएको मान्छेले सजिलै लौरो भेट्टाउँछ। म तँलाई दोष दिनेछु, तँलाई यातना दिने मौका खोज्नेछु, तेरो अहङ्कार र अभिमान दमन गर्नेछु, र विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई अर्कोपटक तँलाई आदर गर्न र टोली अगुवाको रूपमा छनौट गर्नबाट रोक्नेछु। त्यसपछि, तँ मेरो लागि खतरा बन्नेछैनस्, होइन र? यदि मैले यो सम्भावित समस्या र यो प्रतिद्वन्द्वीलाई हटाएँ भने, के मलाई सहज हुनेछैन र?” यदि तिनीहरूको मनभित्र ठूलो उथलपुथल हुँदै छ भने, के तिनीहरूले बाहिरी रूपमा यस्तो काम गर्नबाट आफूलाई रोक्न सक्छन् र? ख्रीष्टविरोधीहरूको प्रकृतिलाई ध्यानमा राख्दा, के तिनीहरूले यो विचारलाई आफ्नो हृदयमै थुनेर केही नगरी बस्न सक्छन् र? अवश्य नै सक्दैनन्। तिनीहरूले अवश्यै यस्तो गर्ने उपाय भेट्टाउनेछन्। ख्रीष्टविरोधीहरूको क्रूरता नै यही हो। तिनीहरूले यस्तो सोच्ने मात्र होइन, यही उद्देश्य हासिल गर्नसमेत चाहन्छन्। त्यसकारण, तिनीहरूले यो मामलामा उत्कट रूपमा मनन गर्दै दिमाग खियाउँछन्। तिनीहरूले परमेश्वरको घरका हितहरूबारे विचार गर्दैनन्, न त मण्डलीको कामबारे नै विचार गर्छन्। तिनीहरूले आफ्नो व्यवहार परमेश्वरको अभिप्रायअनुरूप छ छैन भनेर त झनै वास्ता गर्दैनन्। तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियत कसरी कायम राख्ने, आफ्नो शक्ति कसरी रक्षा गर्ने भन्नेबारे मात्रै विचार गर्छन्। तिनीहरूलाई प्रतिद्वन्द्वीले आफ्नो हैसियत खतरामा पारिसकेको छ भन्ने लाग्छ, त्यसैले तिनीहरू उनीहरूलाई तल झार्ने मौका खोज्ने प्रयास गर्छन्। जब तिनीहरूले त्यस प्रतिद्वन्द्वीले तिनीहरूसँग सल्लाह नै नगरी, निरन्तर आफ्नो कर्तव्य झारा टार्दै निर्वाह गर्ने कुनै व्यक्तिलाई बर्खास्त गरेको थाहा पाउँछन्, तब यसलाई त्यो प्रतिद्वन्द्वीलाई दोष लाउने सही मौकाको रूपमा हेर्छन्। अनि, विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसामु, तिनीहरूले यसो भन्छन्, “आज सबैजना यहाँ भएको हुनाले, यो मामलालाई चिरफारको लागि अघि सारौँ। के सहकर्मी वा साझेदारहरूसँग छलफल नगरी बिनाअनुमति कसैलाई बर्खास्त गर्नु तानाशाही कार्य होइन र? किन कसैले यस्तो गल्ती गर्छ? के तिनीहरूको स्वभावमा समस्या हुँदैन र? के तिनीहरूलाई काटछाँट गरिनुपर्दैन र? के विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई त्याग्नुपर्दैन र?” तिनीहरूले यो समस्या टिप्छन् र आफ्नो प्रतिद्वन्द्वीलाई बदनाम गर्न र आफूलाई उचाल्न तिललाई पहाड बनाउँछन्। वास्तवमा, परिस्थिति त्यति गम्भीर हुँदैन। कुनै टोली सदस्यलाई बर्खास्त गरिएपछि वा उसको कर्तव्य समायोजन गरिएपछि त्यसबारे रिपोर्ट गर्नु पूर्ण रूपमा स्वीकार्य हुन्छ, तर त्यो बर्खासी वा समायोजन सिद्धान्तहरूअनुरूप हुनुपर्छ। तर ख्रीष्टविरोधीहरूले यो समस्यालाई ठूलो बनाउँछन्। तिनीहरूले जानाजानी आफ्नो प्रतिद्वन्द्वीलाई आक्रमण गर्ने र आफूलाई उचाल्ने गर्छन्। के यो अरूलाई यातना दिनुको प्रकटीकरण होइन र? तिनीहरूले क्रूर रूपमा प्रतिद्वन्द्वीको काटछाँट गर्छन्, र उनीहरूमाथि अतिरञ्जित आरोप लाउँछन्। यसबारे सुनेपछि, विश्वासी दाजुभाइ-दिदीबहिनीहरू सोच्छन्, “के भइरहेको हो? केही त गडबडी छ जस्तो छ। तिनीहरूले भनेको कुरा वास्तविकतासँग मिल्दैन! कर्तव्य समायोजन गरिएको व्यक्तिले उसको कर्तव्य जिम्मेवारीसाथ गरिरहेको थिएन—यो पहिचान भइसकेको तथ्य हो। मण्डलीको काम कायम राख्न उसलाई बर्खास्त गरिएको हो। यसरी कर्तव्य निर्वाह गर्नु त गम्भीर र जिम्मेवार शैली हो, र यो बफादारीको प्रकटीकरण हो। त्यसकारण किन यसलाई तानाशाही शासनको कामको रूपमा वर्गीकरण गर्ने? यो त स्पष्ट रूपमै ‘कुकुर कुट्ने बुद्धि भएको मान्छेले सजिलै लौरो भेट्टाउँछ’ भन्ने भनाइजस्तो कुरा हो।” केही मात्रामा सत्यता बुझेको र अलिअलि समझशक्ति भएको जोकोही व्यक्तिले यी ख्रीष्टविरोधीहरूले आफ्नो हैसियतको धाक देखाइरहेका छन् र आफ्नो प्रतिद्वन्द्वीमाथि रिस पोखिरहेका छन् भन्ने कुरा झलक्क हेर्दा मात्रै पनि पहिचान गर्न सक्छ। यो कसरी कामको जिम्मेवारी लिएको भयो र? यो कसरी व्यक्तिलाई काटछाँट गरेको भयो र? यी ख्रीष्टविरोधीहरूले सानो कुरालाई ठूलो बनाइरहेका हुन्छन्: यो त स्पष्ट रूपमै रिस-इबी र व्यक्तिगत बदला मात्रै हो। यो मानव इच्छा र शैतानबाट आएको हो, परमेश्वरबाट आएको होइन। यो अवश्य नै काम र कर्तव्यप्रति जिम्मेवारी लिने मनोवृत्तिबाट आएको होइन—तिनीहरूको अभिप्राय त्यस्तो हुँदैन। ख्रीष्टविरोधीहरूले आफ्ना अभिप्रायहरू अत्यन्तै स्पष्ट रूपमा खुलासा गर्छन्, र कतिपय मानिसहरूले यो कुरा देख्न सक्छन्। के ख्रीष्टविरोधीहरूले त्यो कुरा महसुस गर्न सक्छन् त? (सक्छन्।) ख्रीष्टविरोधीहरूको चलाकी नै त्यही हो। तिनीहरू आफ्नो हैसियत रक्षा गर्ने, मानिसहरूलाई तर्कजालमा फसाउने, मानिसहरूको मन जित्ने, र विशेष गरी मानिसहरूको हृदय “बुझ्ने” कार्यमा सबैभन्दा सिपालु हुन्छन्। तिनीहरूले मनमनै यस्तो सोच्छन्, “तिमीहरूको हृदयमा भएको हरेक विचार म छर्लङ्ग देख्न सक्छु। तिमीहरूले सत्यता बुझ्न सक्छौ होला, तर मेरो भित्री वास्तविकता देख्न सक्दैनौ। म तिमीहरूको भित्री वास्तविकता देख्न सक्छु। मैले भनेको कुरामा को विश्वस्त छैन भन्ने मलाई थाहा हुन्छ।” तर के तिनीहरूले यस्तो कुनै कुरा बोल्छन् त? अहँ, बोल्दैनन्। तिनीहरूले सबैलाई विश्वस्त पार्न, सबैलाई त्यस व्यक्तिको काटछाँट गरेर तिनीहरूले ठीकै गरे भनेर सोच्ने तुल्याउन केही मनमोहक शब्द र अभिव्यक्तिहरू प्रयोग गर्छन्। अनि, तिनीहरूले के-कस्ता शब्दहरू प्रयोग गर्छन् त? तिनीहरूले यसो भन्छन्, “मैले तिमीलाई स्वार्थी र व्यक्तिगत मनसायको कारण काटछाँट गरिनँ। वास्तवमा, हामीबीच कुनै व्यक्तिगत ईख छैन। यति मात्र हो कि जब तिमीले स्वेच्छाचारी ढङ्गले त्यो व्यक्तिलाई आफ्नो कर्तव्यबाट हटायौ, तब यसले परमेश्वरको घरका हितहरूमा हानि गर्यो। के म त्यो कुराप्रति आँखा चिम्लन सक्छु र? यदि मैले तिमीलाई त्यसो गर्न दिएँ भने, मेरो पाटोमा त्यो गैरजिम्मेवारी हुनेथ्यो। मैले खास रूपमा तिमीलाई वा अरू कसैलाई निसाना बनाएर यसो गरेको होइनँ। यदि म गलत छु भने, विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले मलाई आलोचना गर्न र हप्काउन सक्छन्। म अर्को चुनावमा उठ्नेछैनँ।” कतिपय मानिसहरूले यो सुन्दा, तिनीहरू पूरै भ्रमित हुन्छन्। तिनीहरूले सोच्छन्, “मैले यिनलाई गलत बुझेको रहेछु। यिनले त चुनावमा नउठ्ने इच्छासमेत गर्छन्। यिनले हैसियतको लागि प्रतिस्पर्धा गर्न त्यो व्यक्तिलाई काटछाँट गरेका रहेनछन्, यिनको कार्य त मण्डलीको कामप्रति जिम्मेवारी लिने मनोवृत्तिमा आधारित रहेछ। यसमा गलत कार्य केही छैन।” यी ख्रीष्टविरोधीहरूले यसरी फेरि पनि कतिपय मानिसहरूलाई बहकाउन सक्छन्। के ख्रीष्टविरोधीहरू धूर्त हुँदैनन् र? (हजुर, हुन्छन्।) तिनीहरू अत्यन्तै धूर्त हुन्छन्! यो भन्न सकिन्छ कि ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतको खातिर दिमाग खियाउँछन्, मनको गहिराइ खोतल्छन्, र हरकुनै माध्यम प्रयोग गर्छन्। एउटा भनाइ छ: “पहिले थप्पड हान्नू, अनि मिठो भेटको प्रस्ताव गर्नू।” के ख्रीष्टविरोधीहरूले यही युक्ति प्रयोग गर्दैनन् र? तिनीहरूले तँलाई प्रहार गर्छन्, र त्यसपछि तँलाई फुस्लाउन, सान्त्वना दिन, र तिनीहरू अत्यन्तै सहनशील, धैर्यशील, र प्रेमिलो छन् भन्ने अनुभूति दिलाउन केही मनमोहक शब्दहरू बोल्न सक्छन्। अन्ततः, तैँले तिनीहरूलाई अनुमोदन गरेर यसो भन्नुपर्ने हुन्छ, “हेर, यी व्यक्तिले आफ्नो काममा स्पष्ट उद्देश्यहरू राख्छन्, र यिनी यसमा सिपालु छन्—कस्तो राम्रो सीप! स्पष्टै छ, यिनमा अगुवाका गुणहरू छन्, र यिनको तुलनामा हामी सबै अपर्याप्त रहेको महसुस हुन्छ।” के त्यो बेला यी ख्रीष्टविरोधीहरूले आफ्नो उद्देश्य हासिल गरेका हुँदैनन् र? ख्रीष्टविरोधीहरूका चलाकीहरू यिनै हुन्।
ख्रीष्टविरोधीहरू विशेष धोकेबाज र छली हुन्छन्। तिनीहरूले भन्ने सबै कुरा राम्ररी सोचविचार गरेर भनिएको हुन्छ; ढोंग गर्न अरू कोही पनि यति सिपालु हुँदैन। तर खास कुरा पत्ता लागेपछि, मानिसहरूले तिनीहरूको वास्तविकतालाई देखेपछि, तिनीहरूले आफ्नै पक्षमा तर्क गर्न सक्दो प्रयास गर्छन्, र आफ्नो इज्जत र प्रतिष्ठा जोगाउने माध्यमको रूपमा परिस्थिति सुधार्ने र धोका दिएर पार पाउने उपायहरू लगाउँछन्। ख्रीष्टविरोधीहरू हरेक दिन ख्याति र हैसियतका लागि मात्रै जिउँछन्, तिनीहरू हैसियतका फाइदाहरूमा लिप्त हुनका लागि मात्रै जिउँछन्, तिनीहरू यसको बारेमा मात्रै सोच्छन्। तिनीहरूले कहिलेकहीँ सानातिना कठिनाइ भोगे पनि वा सानोतिनो मूल्य चुकाए पनि, यो हैसियत र ख्याति प्राप्त गर्नको लागि हो। हैसियत पछ्याउनु, शक्ति प्राप्त गर्नु, र सहज जीवन बिताउनु नै ख्रीष्टविरोधीहरूले परमेश्वरमा विश्वास गरेपछि सधैँ षड्यन्त्र रच्ने प्रमुख कुरा हुन्, र तिनीहरू आफ्ना लक्ष्य प्राप्त नहुन्जेल हार मान्दैनन्। यदि तिनीहरूका दुष्ट कार्यहरू पर्दाफास भइहालेमा, तिनीहरू आफूमाथि आकास नै खसेझैँ गरी आत्तिन्छन्। तिनीहरू खान वा सुत्न सक्दैनन्, र बेहोसीको हालतमा भएजस्तो देखिन्छन्, मानौँ तिनीहरू अवसादका सिकार भएका छन्। मानिसहरूले के भयो भनी सोध्दा तिनीहरू झूटो कुरा बनाउँछन् र यसो भन्छन्, “म हिजो अति व्यस्त भएर रातभरि सुत्दै सुतिनँ, त्यसैले म साह्रै थकित छु।” तर वास्तवमा, यो कुनै साँचो होइन, त्यो सबै छल हो। तिनीहरूलाई यस्तो अनुभूति हुन्छ किनभने तिनीहरू निरन्तर यस्तो सोचिरहेका हुन्छन्, “मैले गरेका खराब कुराहरू पर्दाफास भएका छन्, त्यसैले म कसरी आफ्नो ख्याति र हैसियत फिर्ता ल्याउन सक्छु त? म आफ्नो इज्जत र हैसियत जोगाउन कुन माध्यम प्रयोग गर्न सक्छु? यसको स्पष्टीकरण दिन मैले सबैसँग कस्तो लबज प्रयोग गर्न सक्छु? मानिसलाई मेरो बारेमा छर्लङ्ग बुझ्न नदिन के भन्दा हुन्छ?” लामो समयसम्म तिनीहरू के गर्ने भनी भेउ पाउन सक्दैनन्, त्यसैले तिनीहरू अवसादी हुन्छन्। कहिलेकाहीँ तिनीहरू एउटै ठाउँमा एक टकले हेरिरहन्छन्, र तिनीहरूले के हेरिरहेका छन् भन्ने कुरा कसैलाई थाहा हुँदैन। त्यो समस्याले तिनीहरूको दिमाग खियाउँछन्, हरेक सोच रित्याउँछन्, अनि खान वा पिउन मन नलाग्ने बनाउँछ। यसको बाबजुद, तिनीहरू अझै पनि मण्डलीको कामलाई वास्ता गरेको खोल ओड्छन्, र मानिसहरूलाई सोध्छन्, “सुसमाचारको काम कस्तो भइरहेको छ? कति प्रभावकारी रूपमा सुसमाचार प्रचार भइरहेको छ? के हालै दाजुभाइ-दिदीबहिनीहरूले कुनै जीवन प्रवेश पाएका छन्? के कसैले कुनै अवरोध वा बाधा पुऱ्याइरहेको छ?” तिनीहरूले मण्डलीको कामबारे यसरी सोधपुछ गर्नुको उद्देश्य अरूलाई देखाउनका लागि हो। तिनीहरूले समस्याहरू थाहा पाएका भए, तिनीहरूसित ती समाधान गर्ने कुनै उपाय हुनेथिएनन्, त्यसैले तिनीहरूका प्रश्न औपचारिकता मात्र हुन्, जुन तिनीहरू मण्डलीको कामको ख्याल गर्छन् जस्तो देखाउन सोधिएको हो। यदि कसैले मण्डलीका समस्याहरूबारे रिपोर्ट गरेर तिनीहरूलाई ती समस्या समाधान गर्न लगाउने हो भने, तिनीहरूले आफ्नो मुन्टो मात्र हल्लाउनेथिए। तिनीहरूको योजना व्यर्थ हुनेथ्यो, र तिनीहरूले आफ्नो भेष बदल्न चाहे पनि सक्दैनथे, र तिनीहरूको पर्दाफास र खुलासा हुने जोखिम हुनेथ्यो। ख्रीष्टविरोधीहरूले आफ्नो पूरै जीवनमा भोग्ने सबभन्दा ठूलो समस्या यही हो। त्यतिबेला, ख्रीष्टविरोधीहरू तातो थालमा राखिएका कमिलाजस्तै हुन्छन्, जसले “सधैँ यस्तो गरेर हुँदैन” भन्दै बेलाबेला टाउको हल्लाइरहेजस्तो देखिन्छ। त्यसपछि, तिनीहरूले हातले टाउकोमा प्याट्ट हान्छन्, मानौँ तिनीहरूले “म कसरी यति मूर्ख भएँ? मैले कसरी यस्तो मामिलामा ठेस खान सकें?” भनेर सोचिरहेका छन्। ख्रीष्टविरोधीहरूले यो तथ्य स्विकार्न सक्दैनन् र सुस्केरा हाल्न मात्रै सक्छन्। तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियतको लागि मात्रै परिश्रम गर्छन्, कष्ट भोग्छन्, र मूल्य चुकाउँछन्, अनि आफ्ना महत्त्वाकाङ्क्षा र इच्छाहरू सन्तुष्ट पार्न हरकिसिमका दुष्कर्म गर्छन्। यसको अपरिहार्य परिणाम भनेको परमेश्वरका चुनिएका मानिसहरूद्वारा पर्दाफास गरिनु हो। सत्यता नपछ्याएको कारण मानिसहरू ढिलोचाँडो पतन हुन्छन् नै। ख्रीष्टविरोधीहरूमा यो भनाइ पूर्ण रूपमा लागू हुन्छ। ख्रीष्टविरोधीहरू देखावटी रूप धारण गर्न, र विश्वस्त तुल्याउने गरी बोल्न र अरूलाई बहकाउन सक्षम भए पनि, यदि परमेश्वरका चुनिएका मानिसहरूले सत्यता बुझ्छन् र व्यक्तिको सार पत्ता लगाउन सक्छन् भने, ख्रीष्टविरोधीहरूले जति नै गहिरो गरी आफूलाई लुकाएर राखे पनि वा जति नै धेरै दुष्कर्म गरे पनि, तिनीहरूलाई परमेश्वरका चुनिएका जनले पूर्ण रूपमा पत्ता लगाउन सक्नेछन्। एकदुई वटा यस्ता भनाइहरू पनि छन्: “दुष्टतामा लागिरहँदा आफ्नै विनाश हुन्छ,” अनि “आगोसँग खेल्दा पोल्छ।” यी भनेका विभिन्न कुराहरूको विकासमा लागू हुने वस्तुपरक नियमहरू हुन्, जसलाई परमेश्वरले सबै थोक र सबै घटनाहरूको विकासको लागि स्थापित गर्नुभएको हो। यी नियमहरूबाट कोही पनि उम्कन सक्दैन। ख्रीष्टविरोधीहरूको शासनमा मण्डलीको काम जारी त रहन्छ, तर ठूलो मात्रामा यसको प्रभावकारिता घटेर जान्छ। कतिपय महत्त्वपूर्ण काम अझै पनि दुष्ट व्यक्तिहरूको नियन्त्रणमा रहन्छ, र परमेश्वरको घरका कार्य बन्दोबस्तहरू लागू भएका हुँदैनन्। परमेश्वरका चुनिएका मानिसहरू हरेकले कर्तव्य निर्वाह गरिरहेका हुन्छन्, तर कुनै वास्तविक परिणाम प्राप्त हुँदैन, र विभिन्न कामहरू लामो समयदेखि ठप्प भएका हुन्छन्। यी समस्याहरूको जड के हो? ख्रीष्टविरोधीहरूले मण्डली नियन्त्रण गरेकोले यस्तो भएको हो। जहाँ ख्रीष्टविरोधीहरूको हातमा शक्ति हुन्छ, तिनीहरूको प्रभावको दायरा जतिसुकै होस्, त्यो एउटा टोली मात्र भए पनि, तिनीहरूले परमेश्वरको घरको काम र परमेश्वरका चुनिएका मानिसहरूको एक भागको जीवनमा प्रवेश लाई प्रभाव पार्नेछन्। यदि मण्डलीमा तिनीहरूको हातमा शक्ति छ भने, मण्डलीको काम र परमेश्वरको इच्छामा बाधा पुग्छ। किन निश्चित मण्डलीहरूमा परमेश्वरको घरको कार्य प्रबन्धहरू कार्यान्वयन गर्न सकिँदैन? किनभने यी मण्डलीहरूमा ख्रीष्टविरोधीहरूको हातमा शक्ति हुन्छ। ख्रीष्टविरोधी व्यक्ति परमेश्वरका लागि सच्चा रूपमा समर्पित हुँदैन, तिनीहरूको कर्तव्यपालन औपचारिकता र झारा टार्ने कुरा मात्र हुनेछ। तिनीहरू अगुवा वा सेवक भए पनि वास्तविक काम गर्नेछैनन्, र तिनीहरू ख्याति, प्राप्ति, र हैसियतको निम्ति मात्र बोल्नेछन् र काम गर्नेछन्, मण्डलीको कामको रक्षा बिलकुलै गर्नेछैनन्। त्यसोभए, ख्रीष्टविरोधीहरू दिनभर के गर्छन्? तिनीहरू नाटक र आफ्नो प्रदर्शन गर्नमै व्यस्त हुन्छन्। तिनीहरू आफ्नो ख्याति, प्राप्ति र हैसियत जोडिएका कामहरू मात्र गर्छन्। तिनीहरू अरूलाई छल गर्न र मानिसहरूलाई तान्नमा व्यस्त हुन्छन्, र जब तिनीहरूले सामर्थ्य जुटाउँछन्, तब तिनीहरू अरू थप मण्डलीहरू नियन्त्रण गर्नतिर लाग्नेछन्। तिनीहरू राजा भएर शासन गर्न र मण्डलीलाई आफ्नो स्वतन्त्र राज्य बनाउन मात्र चाहन्छन्। तिनीहरू महान् अगुवा बन्न, पूर्ण र एकाधिकार राख्न, र थप मण्डलीहरू नियन्त्रण गर्न मात्र चाहन्छन्। तिनीहरू अरू कुनै कुराबारे अलिकति पनि वास्ता गर्दैनन्। तिनीहरू मण्डलीको काम वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशबारे चासो राख्दैनन्, झन् परमेश्वरको इच्छा पालन भयो कि भएन भनेर वास्ता गर्नु त परै जाओस्। तिनीहरू आफूले कहिले एकाधिकार लिन, परमेश्वरका चुनिएका मानिसहरूलाई पकडमा राख्न, र परमेश्वर बराबार हुन सकिएला भन्नेमा मात्र चासो राख्छन्। ख्रीष्टविरोधीहरूका चाहना र महत्त्वाकाङ्क्षा वास्तवमा अपार छन्! ख्रीष्टविरोधीहरू जति नै मेहनती देखिए पनि, आफ्ना प्रयासहरूमा मात्र व्यस्त रहन्छन्, जे गर्न मन लाग्छ त्यही गर्छन्, अनि आफ्नै ख्याति, प्राप्ति र हैसियतसँग सम्बन्धित कुराहरूमा मात्र व्यस्त हुन्छन्। तिनीहरू आफ्ना जिम्मेवारी वा आफूले निर्वाह गर्नुपर्ने कर्तव्यबारे समेत सोच्दैनन्, र तिनीहरू कुनै उचित कुरा गर्दै गर्दैनन्। ख्रीष्टविरोधीहरू यस्ता जातका हुन्छन्—तिनीहरू दियाबलस र शैतानहरू हुन्, जसले परमेश्वरको काममा अवरोध र बाधा पुऱ्याउँछन्।
विगतमा, मैले एउटा अगुवालाई उसको कार्यकालमा पाँच वटा काम सुम्पेँ। तर दुई महिनापछि पनि यीमध्ये कुनै पनि कुरा लागू भएन। झट्ट हेर्दा, त्यो अगुवा त्यतिकै बसिरहेको छैनजस्तो र ऊ निकै व्यस्त र थकित भएजस्तो देखिन्थ्यो, र उसलाई तैँले बिरलै मात्र देख्न सक्थिस्। त्यसोभए, ऊ के कुरामा व्यस्त थियो, र मैले सुम्पेका कामहरू उसले किन पूरा गर्न सकेन त? यसमा एउटा समस्या थियो। त्यो अगुवाले कतिपय कामहरू आफ्नो कर्तव्यभन्दा बाहिर पर्छन् भन्ने सोच्यो, र उसलाई ती काम गर्न मन नपरेकोले उसले ती काम गरेन। यो एउटा समस्या थियो। यसअलावा, उसले कतिपय कामहरूबारे फरक विचार राख्थ्यो, र जानीजानी ती कामहरू पन्छाउँथ्यो। अनि, कतिपय कामहरूमा चुनौतीहरू आइपर्थे, र ती फत्ते गर्न अरूको सहयोग चाहिन्थ्यो र ती काम अलिक समस्याजनक पनि हुन्थे, जुन त्यो अगुवाले सम्हालेन। यसमा देखिएका परिदृश्यहरू यिनै थिए। त्यसकारण, दुई महिना बित्यो र पनि एउटै काम पूरा भएन। कतिपय मानिसहरूले भने, “के यी सबै काम दुई महिनाभित्र पूरा गर्नु सम्भव छ र?” सम्भव छ, यी सबै काम दुई महिनामा पूरा गर्न सकिन्थ्यो, र यीमध्ये धेरैजसो काम त एक-दुई दिनभित्रै पूरा गर्न सकिन्थ्यो, तर त्यो अगुवाले ती कुरा लागू गर्नै सकेन। जब अर्को कुनै व्यक्तिले यो कामको जिम्मा लियो र ती काम पूरा गर्यो, तब ती पाँच काम एक हप्ताभित्रै लागू भए। तिमीहरूलाई के लाग्छ, के त्यस्तो अगुवालाई बर्खास्त गर्नुपर्छ? (पर्छ।) यदि तिमीहरूले माथिबाट दिइएका कुनै पनि काम पूरा नगर्ने, तर झट्ट हेर्दा निकै व्यस्त देखिने यस्ता व्यक्तिहरू भेट्यौ भने, तिनीहरू झूटा अगुवा हुन्। त्यस्ता व्यक्तिहरूलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ वा हटाउनुपर्छ। तिमीहरूलाई यो सिद्धान्त कस्तो लाग्यो? (राम्रो लाग्यो।) तिनीहरूको बाहिरी जोस नहेर, तिनीहरू दिनभर निकै व्यस्त देखिएको तथ्य नहेर। वास्तवमा, तिनीहरूले कुनै वास्तविक काम गर्ने गर्दैनन्; तिनीहरूले आफूलाई सानातिना कुराहरूमा व्यस्त राख्ने मात्र गर्छन्। तिनीहरूले के गर्ने गर्छन् त? तिनीहरूका कार्यहरू केही फरकफरक वर्गमा पर्छन्। पहिलो, तिनीहरूले आफूले सम्हाल्न सक्छु जस्तो ठानेका, अनि सुरक्षित र त्यति धेरै जोखिम नरहेका कामहरू लिन्छन्। यहाँ, मैले “त्यति धेरै जोखिम नरहेका” भनेर के भन्न खोजेको हुँ? मेरो तात्पर्य के हो भने, यी कामहरू गर्दा, गल्तीहरू गर्नबाट सहजै जोगिन सकिन्छ, र यसरी तिनीहरूले माथिसँग अन्तरक्रिया पनि गर्नुपर्दैन, र तिनीहरू गलत काम गर्न र काटछाँट हुनबाट जोगिन सक्छन्। अझ भन्ने हो भने, तिनीहरूले आफूले सीप प्राप्त गरेका कामहरू सम्हाल्छन्, जहाँ तिनीहरूले गल्ती गर्ने सम्भावना निकै कम हुन्छ। यस तरिकाले, तिनीहरू जिम्मेवारी वहन गर्नुपर्ने अवस्थाबाट बच्छन् र धेरै हदसम्म काटछाँट गरिने, हटाइने, वा निष्कासन गरिने अवस्थाबाट आफूलाई रक्षा गर्छन्। यी कामहरू जोखिममुक्त हुन्छन् र यिनमा जिम्मेवारी वहन गर्नुपर्ने अवस्था समावेश हुँदैन, त्यसकारण तिनीहरूले यीबारे प्रतिक्रिया जनाउन र यिनलाई सम्हाल्न सक्छन्। वास्तवमा, यसमा एउटा तत्व पनि लुकेको हुन्छ। के तिनीहरूले यी काम गर्न सक्ने हुँदा, कसैले नदेख्ने अवस्थामा पनि यी काम गर्छन् त? यदि तिनीहरूको लागि कुनै व्यक्तिगत फाइदा छैन भने, के तिनीहरूले यी काम गर्छन् त? तिनीहरूले निश्चय नै गर्दैनन्। अनि, तिनीहरूले कस्तो काम मन पराउँछन्? तिनीहरूले तुलनात्मक रूपमा सजिला, सरल, र धेरै कष्ट नलिई पूरा गर्न सकिने कामहरूलाई प्राथमिकता दिन्छन्। यसको साथै, तिनीहरू आफूलाई चासो लागेका र तिनीहरूका धारणाहरूअनुरूप रहेका अझै धेरै प्रवचनहरू सुन्न र कण्ठ गर्न इच्छुक हुन्छन्। तिनीहरूले यी प्रवचनहरू बुझेपछि, अरूसँग यी प्रवचनहरूबारे छलफल गर्न सक्छन्, र यसरी तिनीहरूले आफ्नो प्रदर्शन गर्न र अरूबाट आदर पाउन सक्छन्। अझ भन्ने हो भने, यदि यी कामहरू पूरा गर्दा तिनीहरूले अझै धेरै मानिसहरूसँग अन्तरक्रिया गर्न पाउँछन् भने, र तिनीहरू काममा व्यस्त रहेको र तिनीहरू नेतृत्वको पदमा रहेको कुरा अरूले थाहा पाउँछन् भने, र तिनीहरूमा यस्तो हैसियत र पहिचान हुन्छ भने, तिनीहरूले यी काम गर्छन्। तिनीहरूले यस्तै प्रकृतिका कामहरू छनौट गर्छन्। तर यदि तिनीहरूले गर्नुपर्ने काम जटिल र तिनीहरूको क्षमताभन्दा बाहिर छ भने, र यदि तिनीहरूभन्दा अरू कोही सिपालु छ, र तिनीहरू असफल हुँदा इज्जत गुम्ने र अरूको हेयदृष्टिमा पर्ने खतरा छ भने, तिनीहरू यी काम गर्न अनिच्छुक बन्छन्। तिनीहरूलाई कठिन परिश्रम र थकानको, अनि राम्रो काम गर्न नसक्दा लज्जित हुनुपर्ने अवस्थाको डर हुन्छ। यसको साथै, तिनीहरू निकै अल्छी हुन्छन् र कठिन र श्रमजीवी कामहरूबाट टाढा बस्ने, र यी कामबाट लुक्ने प्रवृत्ति हुन्छ। बरु यसको साटो, तिनीहरू आफ्नो छवि सुधार्ने, हल्काफुल्का रूपमा लिन सकिने, र माथिबाट पत्ता नलागेर झारा टार्दै मानिसहरूलाई आफ्नो पक्षमा पार्ने काम गर्न रुचाउँछन्। यी सबै ख्रीष्टविरोधीका अन्तर्निहित गुणहरू हुन्। कर्तव्य निर्वाह गर्ने कुरा आउँदा, तिनीहरूले रोज्ने र छान्ने काम गर्छन्। तिनीहरूसित व्यक्तिगत छनौट, योजना, र युक्तिहरूसमेत हुन्छन्। तिनीहरू परमेश्वरको घरका प्रबन्धहरूप्रति पटक्कै आज्ञाकारी मात्र हुँदैनन्; यसको सट्टा, तिनीहरू आफ्नै छनौटहरूसमेत गर्ने गर्छन्। माथिका निश्चित बन्दोबस्तहरूको हकमा, यदि तिनीहरू तीप्रति सहमत छैनन् भने, तिनीहरूले तिनलाई किमार्थ लागू गर्नेछैनन्। तिनीहरूले ती बन्दोबस्तहरूलाई अड्डाउँछन्, र मण्डलीका विश्वासी दाजुभाइ-दिदीबहिनीहरू तीबारे अनभिज्ञ नै रहन्छन्। यदि माथिबाट गरिएका यी बन्दोबस्तहरू लागू गर्दा केही निश्चित व्यक्तिहरूसँग बाझिन्छ वा यसले मानिसहरूलाई चिढ्याउँछ भने, के तिनीहरूले ती लागू गर्छन् त? गर्दैनन्। तिनीहरूले हृदयमा सोच्छन्, “यदि माथिबाट यो काम गर्ने आदेश आयो भने, म गर्दिनँ। मैले त्यसो गरेँ नै भने पनि, मैले यो काम माथिबाट आदेश गरिएको भनेर माथिको नाउँमै गर्नुपर्छ। मैले ती मानिसहरूलाई चिढ्याउनु हुँदैन।” ख्रीष्टविरोधीहरू चतुर हुन्छन्, होइन र? तिनीहरूले गर्ने हरेक कुरामा, आठ-दशपटक वा त्योभन्दा बढी युक्ति रच्छन् र हिसाबकिताब गर्छन्। भीडमाझ कसरी स्थिर पद पाउने, राम्रो प्रतिष्ठा र उच्च इज्जत कसरी पाउने, माथिको चापलुसी कसरी गर्ने, ब्रदर-सिस्टरहरूबाट कसरी साथ, प्रेम र सम्मान पाउनेजस्ता सोचहरूले तिनीहरूको मष्तिष्क भरिएको हुन्छ, र तिनीहरूले यी परिणामहरू प्राप्त गर्न सक्दो गर्छन्। तिनीहरू कुन मार्गमा हिँडिरहेका हुन्छन्? तिनीहरूका लागि, परमेश्वरको घरका हितहरू, मण्डलीका हितहरू, र परमेश्वरको घरको काम तिनीहरूको मुख्य ध्यान जानुपर्ने कुरा होइनन्, न त तिनीहरूलाई यी कुराको कुनै चिन्ता नै हुन्छ। तिनीहरूले के सोच्छन्? “यी कुराहरूसँग मेरो कुनै सम्बन्ध छैन। अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ; मान्छेले आफ्नै लागि र आफ्नै प्रतिष्ठा र हैसियतको लागि जिउनुपर्छ। सबैभन्दा ठूलो उद्देश्य त्यही हो। यदि कसैलाई ऊ आफ्नै लागि जिउनुपर्छ र उसले आफ्नै रक्षा गर्नुपर्छ भन्ने थाहा छैन भने, त्यो व्यक्ति मूर्ख हो। यदि मलाई सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन र उहाँको घरका बन्दोबस्तहरू मान्न लगाइयो भने, त्यो मैले यसमा कुनै फाइदा पाउँछु कि पाउँदिन, र त्यसो गर्दा कुनै लाभ मिल्छ कि मिल्दैन भन्नेमा निर्भर हुनेछ। यदि परमेश्वरको घरका बन्दोबस्तहरूमा समर्पित नहुँदा मलाई निकालिने सम्भावना हुन्छ र मैले आशिष्हरू पाउने मौका गुमाउँछु भने, म समर्पित हुनेछु।” तसर्थ, आफ्नै प्रतिष्ठा र हैसियतको रक्षा गर्नका लागि ख्रीष्टविरोधीहरूले प्रायजसो कुनै न कुनै सम्झौता गरिरहेका हुन्छन्। के भन्न सकिन्छ भने हैसियतका खातिर, ख्रीष्टविरोधीहरूले कुनै पनि प्रकारको कठिनाइ भोग्न सक्छन्, र राम्रो प्रतिष्ठा पाउनका लागि, तिनीहरूले कुनै पनि मूल्य चुकाउन सक्छन्। “कहिले झुक्ने र कहिले नझुक्ने, त्यो महान् व्यक्तिलाई थाहा हुन्छ” भन्ने भनाइ तिनीहरूलाई साँचो लाग्छ। यो शैतानको तर्क हो, होइन र? यो दुनियाँसित व्यवहार गर्ने सांसारिक व्यवहारसम्बन्धी शैतानको दर्शन हो, र यो अस्तित्वमा रहिरहनेसम्बन्धी शैतानको सिद्धान्त पनि हो। यो अत्यन्तै घृणित छ!
ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। यी मानिसहरू छली, कुटिल र दुष्ट मात्र हुँदैनन्, अत्यन्तै दुराशयी पनि हुन्छन्। तिनीहरूका हैसियत जोखिममा परेको देख्दा वा तिनीहरूले मानिसहरूको हृदयमा आफ्नो स्थान गुमाए भने, तिनीहरूले यी मानिसहरूको समर्थन र स्नेह गुमाउँदा, मानिसहरूले उनीहरूलाई आदर नगर्दा र उनीहरूलाई उच्च नठान्दा, र तिनीहरू बेइज्जतीमा परेको बेला, तिनीहरूले के गर्छन्? तिनीहरू अचानक शत्रुमा परिवर्तन हुन्छन्। आफ्नो हैसियत गुमाउनेबित्तिकै, तिनीहरू कुनै पनि कर्तव्य निर्वाह गर्न अनिच्छुक बन्छन्, तिनीहरूले गर्ने सबै कुरा झाराटारुवा हुन्छन्, र तिनीहरूलाई कुनै पनि काम गर्ने रुचि हुँदैन। तर यो सबैभन्दा खराब प्रकटीकरण होइन। सबैभन्दा खराब प्रकटीकरण के हो? यी मानिसहरूले आफ्नो हैसियत गुमाउनेबित्तिकै र कसैले पनि तिनीहरूलाई उच्च नठानेपछि, र तिनीहरूद्वारा कोही नबहकिएपछि, तिनीहरूबाट घृणा, ईर्ष्या र बदला बाहिर निस्कन्छ। तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय नहुने मात्र होइन, रत्तीभर समर्पण पनि हुँदैन। यसअलावा, तिनीहरूले आफ्नो हृदयभित्र परमेश्वरको घर, मण्डली, अनि अगुवा र सेवकहरूलाई घृणा गर्ने सम्भावना हुन्छ; तिनीहरू मण्डलीको काममा समस्याहरू आऊन् वा ठप्प होस् भन्ने चाहन्छन्; तिनीहरू मण्डलीलाई हेरेर र दाजुभाइ-दिदीबहिनीहरूलाई हेरेर हाँस्न चाहन्छन्। तिनीहरूले सत्यताको पछि लाग्ने र परमेश्वरको डर मान्ने जो-कसैलाई घृणा पनि गर्छन्। तिनीहरूले आफ्नो कर्तव्यमा बफादार हुन र मूल्य चुकाउन इच्छुक जो-कोहीलाई आक्रमण गर्छन् र गिल्ला गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो—अनि, के यो क्रूर छैन र? यिनीहरू स्पष्टतः दुष्ट मानिसहरू हुन्; ख्रीष्टविरोधीहरू सारमा दुष्ट मानिसहरू हुन्। भेलाहरू अनलाइन नै आयोजना गरिए पनि, तिनीहरूले इन्टरनेटको सिग्नल राम्रो देखे भने, मनमनै सराप्दै भन्छन्: “यो सिग्नल घटे हुन्थ्यो! यो सिग्नल घटे हुन्थ्यो! कसैले प्रवचनहरू सुन्न नसके राम्रो हुन्थ्यो!” यी मानिसहरू के हुन्? (दियाबलसहरू।) तिनीहरू दियाबलसहरू हुन्! तिनीहरू अवश्य नै परमेश्वरको घरका मानिसहरू होइनन्। यस्ता दियाबलस र दुष्ट मानिसहरू जुनसुकै मण्डलीमा भए पनि तिनीहरूले यसरी नै समस्या पैदा गर्छन्। समझशक्ति भएका मानिसहरूले तिनीहरूलाई पर्दाफास गरी प्रतिबन्धित गरे पनि, तिनीहरूले आफ्नो बारेमा मनन गर्ने वा आफ्ना गल्तीहरू स्विकार्ने गर्दैनन्। तिनीहरूले यो तिनीहरूको क्षणिक त्रुटि मात्रै हो र यसबाट तिनीहरूले पाठ सिक्नुपर्छ भन्ने सोच्छन्। पश्चात्ताप गर्न पूर्ण इन्कार गर्ने यस्ता व्यक्तिहरूलाई, जोसुकैले चिनेर खुलासा गरे पनि, तिनीहरू समर्पित हुँदैनन्। तिनीहरूले त्यो व्यक्तिविरुद्ध बदला लिने प्रयास गर्नेछन्। तिनीहरू आफूलाई सहज नलाग्दा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई पनि सहज होस् भन्ने चाहँदैनन्। तिनीहरूले हृदयमा गुप्त रूपले विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई समेत श्राप दिन्छन्, तिनीहरूको जीवनमा नराम्रो घटना घटोस् भनेर कामना गर्छन्, र तिनीहरूले परमेश्वरको घरको कामप्रति पनि श्राप दिन्छन् र त्यसमा समस्या आइपरोस् भन्ने कामना गर्छन्। जब परमेश्वरको घरमा कुनै समस्या हुन्छ, तब तिनीहरूले गुप्त रूपमा आनन्द र उत्सव मनाउँछन्, र सोच्छन्, “ठिक्क पर्यो! बल्ल, कुनै समस्या आयो। तैँले मलाई बर्खास्त गरेकाले नै यो सब भइरहेको हो। सबै कुरा लथालिङ्ग भएर राम्रै भयो!” अरू कमजोर हुँदै गएको र नकारात्मक हुँदै गएको देख्दा तिनीहरू खुसी हुन्छन् र मोज गर्छन्, र मानिसहरूलाई हेला गर्न गिल्ला र निन्दाका शब्दहरू बोल्छन्, र यसो भन्दै नकारात्मकता र मृत्युका शब्दहरूसमेत फैलाउँछन्, “हामी विश्वासीहरूले आफ्नो कर्तव्य पूरा गर्न र कष्ट भोग्न आफ्नो परिवार र जागिर त्याग्छौं। के परमेश्वरको घरले साँच्चै नै हाम्रो भविष्यको जिम्मेवारी लिन सक्छ भन्ने तिमीलाई लाग्छ? के तिमीले यसबारे कहिल्यै विचार गरेको छौ? के यो हामीले चुकाइरहेको मूल्यको निम्ति सार्थक हुन्छ? अहिले मेरो स्वास्थ्य अवस्था राम्रो छैन, र म आफूलाई पूरै गलाएँ भने, बुढेसकालमा मलाई कसले हेरचाह गर्नेछ?” सबैले नकारात्मक महसुस गरून् भनेर तिनीहरूले यस्ता कुराहरू बोल्छन्—त्यसपछि मात्रै तिनीहरूलाई खुशी लाग्छ। के तिनीहरू खराब चिताउनेहरू होइनन् र, के तिनीहरू अनिष्टकारी र दुराशयी स्वभावका हुँदैनन् र? के त्यस्ता मानिसहरूले प्रतिफल पाउनुपर्दैन र? (हो, पर्छ।) के तिमीहरूलाई त्यस्ता मानिसहरूको हृदयमा साँच्चै नै परमेश्वर हुनुहुन्छ जस्तो लाग्छ? तिनीहरू परमेश्वरका साँचो विश्वासीहरूजस्ता देखिँदैनन्, र परमेश्वरले मानिसहरूको हृदयको गहिराइ जाँच्नुहुन्छ भन्ने कुरामा आधारभूत रूपमै तिनीहरूले विश्वास गर्दैनन्। के तिनीहरू अविश्वासी होइनन् र? यदि तिनीहरूले परमेश्वरमा साँचो रूपमा विश्वास गर्थे भने, तिनीहरूले कसरी यस्ता कुराहरू भन्न सक्थे र? कतिपयले तिनीहरूसँग परमेश्वरको डर मान्ने हृदय नभएकोले यस्तो भएको हो भनेर भन्न सक्छन्—के त्यो सही हो त? (अहँ, होइन।) किन यो सही होइन? (परमेश्वर तिनीहरूको हृदयमा हुँदै हुनुहुन्न; तिनीहरू परमेश्वरविरुद्ध छन्।) वास्तवमा, तिनीहरूले परमेश्वरको अस्तित्वमा विश्वास नगर्ने हुनाले यस्ता कुराहरू बोल्ने आँट गर्छन्। परमेश्वरले सबैलाई सूक्ष्म जाँच गरिरहनुभएको हुन्छ भन्ने कुरामा तिनीहरूले झनै विश्वास गर्दैनन्, र परमेश्वरले तिनीहरूका हरेक बोली र व्यवहार, हरेक सोच र विचार अवलोकन गरिरहनुभएको छ भन्ने कुरामा पनि तिनीहरूले विश्वास गर्दैनन्। तिनीहरूले यी कुराहरूमा विश्वास गर्दैनन्, त्यसकारण तिनीहरू डराउँदैनन् र स्वतन्त्र र बेइमान रूपले यस्ता दुष्ट शब्दहरू बोल्न सक्छन्। गैरविश्वासीहरूले समेत प्राय़ः “स्वर्गको आँखा हुन्छ” र “जब मानिसले कुनै काम गर्छ, तब स्वर्गले हेरिरहेको हुन्छ” भनेर भन्ने गर्छन्। थोरै विश्वास भएको कसैले पनि लापरवाही रूपमा अविश्वासीहरूका यी दुष्ट शब्दहरू बोल्दैन। के यसरी सोच्ने र बोल्ने विश्वासीहरूको निम्ति गम्भीर परिणामहरू हुनेछैनन् र? के यसको प्रकृति गम्भीर छैन र? यो अत्यन्तै गम्भीर छ! तिनीहरूले यसरी परमेश्वरलाई इन्कार्न सक्छन् भने, यसको अर्थ तिनीहरू परमेश्वरको घरमा घुसपैठ भएका साँचो दियाबलस र दुष्ट मानिसहरू हुन् भन्ने हुन्छ। दियाबलस र ख्रीष्टविरोधीहरूले मात्रै परमेश्वरविरुद्ध खुल्लमखुल्ला आवाज उठाउने दुस्साहस गर्छन्। परमेश्वरको घरका हितहरूले परमेश्वरका हितहरू प्रतिनिधित्व गर्छन्, र परमेश्वरको घरले गर्ने सबै कुरा परमेश्वरको नेतृत्व, उहाँको अनुमति, र उहाँको अगुवाइअन्तर्गत हुन्छ; यो परमेश्वरको व्यवस्थापन कार्यसँग नजिकबाट सम्बन्धित हुन्छ र यसलाई त्यसबाट अलग गर्न सकिँदैन। यसरी परमेश्वरको घरको कामलाई खुल्लमखुल्ला सराप्ने र हृदयदेखि निन्दा गर्ने, र परमेश्वरको घरलाई खिसी गर्न चाहने, अनि परमेश्वरका चुनिएका मानिसहरू सबै पक्राउ परेको, मण्डलीको काम पूर्ण रूपमा अवरुद्ध भएको, र विश्वासीहरू आफ्नो विश्वास छोडेर गएको हेर्न चाहने, र यस्तो घटना घट्दा खुसी हुने मानिसहरू—यी मानिसहरू कस्ता खालका मानिसहरू हुन्? (दियाबलसहरू।) तिनीहरू दियाबलसहरू हुन्, पुनर्जन्म लिएका दुष्ट पिशाचहरू हुन्! साधारण मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, तिनीहरू कहिलेकहीँ विद्रोही हुन्छन्, र तिनीहरूलाई नकारात्मक र कमजोर महसुस हुँदा तिनीहरूले केही साना सोचहरू राख्छन्, तर बस् त्यति नै हो, तिनीहरू त्यति खराब हुँदैनन् वा त्यस्ता दुष्ट र दुर्भावपूर्ण सोचहरू राख्दैनन्। यस्तो सार ख्रीष्टविरोधी र दियाबलसहरूमा मात्रै हुन्छ। जब ख्रीष्टविरोधीहरूमा यस्ता विचारहरू हुन्छन्, तब के तिनीहरू आफू गलत हुन सक्छु भन्ने शङ्का गर्छन्? (अहँ, गर्दैनन्।) किन गर्दैनन्? (किनभने तिनीहरू आफूले सोच्ने र बोल्ने कुरालाई नै सत्यता ठान्छन्। तिनीहरू परमेश्वरमा विश्वास गर्दैनन्, तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुँदैन, र तिनीहरूको प्रकृति भनेकै परमेश्वरको विरोध गर्नु हो।) वास्तवमै हो, तिनीहरूको प्रकृति नै त्यही हो। शैतानले कहिले परमेश्वरलाई परमेश्वरको रूपमा लिएको छ र? यसले कहिले परमेश्वर सत्यता हुनुहुन्छ भनेर विश्वास गरेको छ र? कहिल्यै गरेको छैन, र कहिल्यै गर्ने पनि छैन। ख्रीष्टविरोधी, यी दियाबलसहरू उस्तै हुन्छन्; तिनीहरूले परमेश्वरलाई परमेश्वरको रूपमा लिँदैनन् वा उहाँ सत्यता हुनुहुन्छ भनी विश्वास गर्दैनन्। तिनीहरूले सबै थोक सृष्टि गर्ने र सबै थोकमाथि सार्वभौमिकता राख्ने परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गर्दैनन्। त्यसकारण तिनीहरूले जे भन्छन् त्यही नै सही हो भन्ने सोच्छन्। तिनीहरूले बिनाकुनै नैतिक लगाम यस तरिकाले विचार र व्यवहार गर्छन्; यो तिनीहरूको प्रकृति हो। भ्रष्ट मानिसहरूले त्यस्तो गर्दा, तिनीहरूलाई अन्तर्द्वन्द्व महसुस हुन्छ। तिनीहरूमा विवेक र मानव चेतना हुन्छ। तिनीहरूको विवेक, चेतना, र तिनीहरूले बुझेका सत्यताहरूले तिनीहरूमा आन्तरिक प्रभाव पार्छन्, र त्यसले द्वन्द्व पैदा गर्छ। त्यो द्वन्द्व पैदा भएपछि, सही र गलत, ठीक र बेठीक, र न्याय र दुष्टताबीच युद्ध हुन्छ, र एउटा परिणाम प्राप्त हुन्छ: सत्यता पछ्याउनेहरू परमेश्वरको पक्षमा उभिन्छन्, तर सत्यता नपछ्याउनेहरू शैतानका दुष्ट शक्तिहरूको पक्षमा उभिन्छन्। ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा शैतानसँग सहकार्य गर्नु हो। तिनीहरूले नकारात्मकता पोखाउँछन्, आधारहीन अफवाह फैलाउँछन् र परमेश्वरको घरलाई खिसी गर्छन्। तिनीहरूले परमेश्वरको घरको कामलाई धिक्कार्छन् र निन्दा गर्छन् र विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई सराप्छन्। तिनीहरूले यो सब गरेपछि सहजतासमेत अनुभव गर्छन्, तर यस क्रममा तिनीहरूको विवेकमा कुनै ग्लानि हुँदैन, थोरै पनि पछुतो हुँदैन, र तिनीहरू आफ्नो कार्य पूर्ण रूपमा सही छ भन्ने विश्वास गर्छन्। यसले ख्रीष्टविरोधीहरूको शैतानी प्रकृति पूर्ण खुलासा गर्छ, र परमेश्वरको विरोध गर्ने तिनीहरूको कुरूप अनुहार खुलासा गर्छ। त्यसकारण, ख्रीष्टविरोधीहरू साँचो दियाबलस र शैतानहरू हुन् भनेर भन्नु अतिशयोक्ति होइन। ख्रीष्टविरोधीहरू जन्मँदै दियाबलस हुन्छन् र तिनीहरू परमेश्वरको मुक्ति पाउनेहरू अवश्यै होइनन्। तिनीहरू सामान्य भ्रष्ट मानवजातिको भाग अवश्यै होइनन्। ख्रीष्टविरोधीहरू पुनर्जन्म लिएका दियाबलसहरू हुन्, तिनीहरू जन्मजात दुष्ट पिशाचहरू हुन्। कुरो यही हो।
ख्रीष्टविरोधीहरूको प्राथमिक ध्यान प्रतिष्ठा र हैसियतमै हुन्छ। अनि जब प्रतिष्ठा र हैसियतको कुरा आउँछ, ख्रीष्टविरोधीहरूले गर्ने कार्यहरू के-के हुन्? तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियत व्यवस्थापन गर्न नैतिकताको पर्बाह नगरी व्यवहार गर्छन्, दिमाग खियाउँछन्, सोच्नुपर्ने सबै कुरा सोच्छन्, र यसको लागि कुनै कसर बाँकी छोड्दैनन्। यी दुई कुरा तिनीहरूको जीवन र सबै थोक हुन्। यी दुई कुरा प्राप्त गर्नु नै सबै कुरा प्राप्त गर्नु हो भन्ने तिनीहरू विश्वास गर्छन्। तिनीहरूको संसारमा, हैसियत, प्रतिष्ठा, र तिनीहरूका आफ्नै हितहरू मात्रै हुन्छन्; तिनीहरूलाई अरू केही कुराको कुनै महत्त्व हुँदैन। त्यसकारण, के ख्रीष्टविरोधीहरूजस्ता मानिसहरूसँग सत्यता, मानवता, न्याय, वा सकारात्मक कुराहरूबारे सङ्गति गर्नुको कुनै फाइदा छ त? (कुनै फाइदा छैन।) ठीक भन्यौ, त्यसो गर्नुको कुनै फाइदा छैन। यो त वेश्यालाई इज्जतदार परिवारको महिला बन्ने भनेर बताउने, वा उसलाई चरित्रवान् श्रीमती र आमा बन्न सिकाउने प्रयास गर्नुजस्तै हो; उसले यो कुरा सुन्नै चाहँदिन, उसलाई यो मन पर्दैन, बरु घिनलाग्दो लाग्छ। उसलाई यो कति घिनलाग्दो लाग्छ? उसले हृदयमा तँलाई हप्काउँछे, र मौकाको सदुपयोग गर्दै तेरो गिल्ला र निन्दा गर्छे, र तँलाईआक्रमण गर्छे, र तँलाई बहिष्कार गर्छे। आजभोलि, मण्डलीमा कसैले सत्यता सङ्गति गरेको, वा परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने वा परमेश्वरको घरका बन्दोबस्तहरू पालना गर्नेजस्ता सत्यताहरू सङ्गति गरेको सुन्नेबित्तिकै अत्यन्तै विद्रोही मनोवृत्ति देखाउने मानिसहरू छैनन् र? (हो, छन्।) हुनुपर्छ। यस्तो व्यवहार देखाउने मानिसहरूलाई अवलोकन गरी पहिचान गर्। जब तैँले परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनुको आवश्यकताबारे सङ्गति गर्छस्, तब तिनीहरूले यस्तो सोच्दै अत्यन्तै घृणासाथ प्रतिक्रिया दिन्छन्, “दिनभर तिनीहरू परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुनेबारे कुरा गरिरहन्छन्, मानौँ सबथोक परमेश्वरले नै मिलाउनुभएको हो, र मानौँ मानिसहरूसँग कुनै छनौट गर्ने विकल्प नै छैन!” तैँले सत्यताबारे सङ्गति गर्नेबित्तिकै वा मिलेर सहकार्य गर्नुपर्ने, परमेश्वरका अभिप्रायहरू खोजी गर्नुपर्ने, र कर्तव्यमा सत्यता सिद्धान्तहरूअनुसार काम गर्नुपर्ने आवश्यकताबारे बताउनेबित्तिकै, तिनीहरू निकै छिःछिः र दुरदुर गर्छन् र सुन्न अनिच्छुक हुन्छन्। तिनीहरूले मन नलागीनलागी सुने पनि, तिनीहरू चुपचाप बस्न सक्दैनन्, र तिनीहरू कुनै न कुनै तरिकाले चुपचाप बस्न सके भने पनि, तिनीहरू निदाएको हुने कुरा लगभग निश्चित हुन्छ। जब तैँले सत्यताबारे सङ्गति गर्छस् र मामलाहरू सम्हाल्दा सिद्धान्तहरू पालना गर्नेबारे कुरा गर्छस्, तब तिनीहरू निदाउँछन् र झुल्छन्। सत्यताबारे सङ्गति नगरी, अनि काटछाँट नगरी केही समय बितेपछि, तिनीहरू ऊर्जाले भरिन्छन्। अनि, तिनीहरूले स्वेच्छाचारी र लापरवाही व्यवहार गर्छन्, एकतर्फी निर्णय गर्छन्, र एउटा हातले प्रतिष्ठा र अर्को हातले हैसियत लिन्छन्। तिनीहरू अरूभन्दा माथि उफ्रन्छन् र हरकिसिमका समस्याहरू पैदा गराउन लागिपर्छन्। यी मानिसहरू सबै ख्रीष्टविरोधीहरू हुन्; यिनीहरू सबैले परमेश्वरको विरोध गर्छन् र यिनीहरूले कुनै पनि बेला ठूलो समस्या ल्याउन सक्छन्।
ख्रीष्टविरोधीको प्रकृति भएको जोकोही व्यक्तिलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्नुपर्छ। जब तिनीहरूले एकतर्फी रूपमा काम गर्न चाहन्छन्, तिनीहरूलाई नियन्त्रण गरेर रोक्नुपर्छ; यसमा कुनै शङ्का छैन। कतिपयले यसो भन्न सक्छन्, “हामीले तिनीहरूलाई रोक्न सकेनौं भने के गर्ने? हामीले के गर्नुपर्छ?” म तिमीहरूलाई एउटै वाक्यले तिनीहरूलाई रोक्ने अचुक तरिका बताउँछु। जब तैँले त्यस्तो परिस्थिति सामना गर्छस्, तब यति मात्रै भन्, “यदि तिमीले लापरवाही व्यवहार गर्न, एकतर्फी निर्णय गर्न, र अन्तिम निर्णय लिन छोड्यौ भने, के तिमी मर्नेछौ?” कस्तो लाग्यो? (राम्रो लाग्यो।) तिमीहरूलाई के लाग्छ, यदि ख्रीष्टविरोधीलाई एकतर्फी रूपमा काम गर्नबाट रोकियो भने, के ऊ साँच्चै मर्छ? (मर्छ।) तिमीहरूले कसरी “मर्छ” भन्ने निष्कर्ष निकाल्यौ? (ख्रीष्टविरोधीहरू भित्री रूपमा यस्तै हुन्छन्; तिनीहरूले एकतर्फी रूपमा काम गर्न पाएनन् भने, तिनीहरू दुःखी हुन्छन्, र तिनीहरू बाँच्न सक्दैनन्।) ठीक भन्यौ, तिनीहरू भित्री रूपमा त्यस्तै हुन्छन्, र तिनीहरूले यसरी व्यवहार गर्न पाएनन् भने, तिनीहरू दुःखी हुन्छन्। त्यसोभए, के यी मानिसहरू सामान्य हुन्छन् त? (हुँदैनन्।) तिनीहरू सामान्य हुँदैनन्। सामान्य व्यक्तिले कसरी सोच्नेथ्यो? “यदि मैले एकतर्फी रूपमा काम गर्न सकिनँ भने, म यसो गर्न छोड्नेछु; यसो गर्न छोड्नुमा गाह्रो के छ र? यसले मेरो जीवनसमेत सहज तुल्याउँछ!” सामान्य व्यक्तिले यस्तै सोच्नेछ। तर ख्रीष्टविरोधीहरूलाई यसरी व्यवहार गर्न दिइएन भने, तिनीहरू दुःखी हुनेछन्। के तिनीहरूभित्र दियाबलसले बास गरिरहेको हुँदैन र? (हुन्छ।) त्यसकारण, तिनीहरूलाई एकतर्फी रूपमा काम गर्न नदिनु भनेको तिनीहरूलाई मरेतुल्य बनाउनु हो। यो “मरेतुल्य” भन्ने शब्दको अर्थ के हो? यसको अर्थ दियाबलसले तिनीहरूलाई हृदयमा कष्ट र बाधा दिन्छ, जसले गर्दा तिनीहरूले यसलाई सहन नसक्ने वा जिउन नसक्ने महसुस गर्छन्, तिनीहरूलाई आफू मृत्युको मुखमा भएझैँ लाग्छ; यसको अर्थ त्यही हो। परमेश्वरको घरको काममा बाधा दिन खोज्ने ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, र दियाबलसहरूको हकमा, तिनीहरूसित कुनै पनि सत्यताबारे छलफल गर्नुभन्दा यो एउटा वाक्य बोल्नु नै बढी प्रभावकारी हुन्छ। यो एउटा कथन नै परमेश्वरको घरको काममा बाधा दिने ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू र दियाबलसहरूजस्ता मानिसहरूको हकमा उपयोगी हुन्छ। अनि, के यी मानिसहरूलाई सत्यता बताउनु उपयोगी हुन्छ त? (अहँ, हुँदैन।) “तिमीले मिलेर सहकार्य गर्नुपर्छ, र सत्यता सिद्धान्तहरूअनुसार कर्तव्य निर्वाह गर्नुपर्छ र मामलाहरू सम्हाल्नुपर्छ”—यस्ता वचनहरू धेरै वर्षदेखि बोलिएका छन्; के तिनलाई नबुझ्ने वा याद नगर्ने कोही छ त? कोही पनि छैन। त्यसोभए किन कतिपय मानिसहरूले अझै पनि एकतर्फी रूपमा काम गर्छन् त? यसको अर्थ एउटै मात्र हुन सक्छ: तिनीहरूले आफूलाई नियन्त्रण गर्न सक्दैनन्; तिनीहरू सामान्य मानिसहरू होइनन्। तिनीहरूको मनमस्तिष्क र हृदयले तिनीहरूलाई शासन गर्न सक्दैन; तिनीहरूलाई भित्रबाट अरू नै कुराले शासन गरिरहेको हुन्छ, र त्यो कुराले तिनीहरूलाई हिंसात्मक रूपमा र जबरजस्ती यसो गर्न निर्देशित गरिरहेको हुन्छ, र त्यो परमेश्वरको घरको काममा बाधा र व्यवधान ल्याउने, परमेश्वरको घरको काममा हानि गर्ने र परमेश्वरको घरका हितहरूमा घाटा पुर्याउने कार्य हो। यस्ता कार्यहरू कसले गर्न सक्छ? शैतान र दियाबलसहरू मात्रै गर्न सक्छन्। परमेश्वरलाई पछ्याउने मानिसहरू, सामान्य मानिसहरू, र सृष्टि गरिएको साँचो प्राणीहरूमा यस्ता कार्यहरू गर्ने उत्प्रेरणा हुँदैन; शैतान र दियाबलसहरूमा मात्रै यस्ता कार्यहरू गर्ने उत्प्रेरणा हुन्छ र तिनीहरूले जानीजानी यस्ता कार्यहरू गर्छन्। के तिमीहरूलाई यो कथन याद भयो? (भयो।) त्यसोभए, आजको लागि हामी हाम्रो सङ्गति यहीँ समाप्त गर्नेछौं। अलबिदा!
फेब्रुअरी २९, २०२०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।