विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग दुई) खण्ड दुई
ख्रीष्टविरोधीहरूले आशिष्हरू प्राप्त गर्न परमेश्वरमा विश्वास गर्छन्। तिनीहरूले कहिल्यै पनि परमेश्वरको घर वा परमेश्वरका हितहरूसँग सम्बन्धित कुनै पनि कुराबारे चिन्ता गर्दैनन्। तिनीहरूले जे गरे पनि ती कुराहरू तिनीहरूका आफ्नै व्यक्तिगत हितहरूमा केन्द्रित हुनुपर्छ। यदि परमेश्वरको घरको काम तिनीहरूको व्यक्तिगत हितहरूसँग सम्बन्धित छैन भने, तिनीहरूले यसप्रति कुनै वास्ता गर्दैनन् र यसबारे कुनै सोधपुछ गर्दैनन्। तिनीहरू कति धेरै स्वार्थी हुन्छन्! जब केही निश्चित ख्रीष्टविरोधीहरूले अगुवाको रूपमा काम गरिरहेका थिए, तब ठूलो रातो अजिङ्गरले तिनीहरूको रेखदेखमा रहेका भेटीहरू ठूलो मात्रामा लुट्यो, र अकल्पनीय घाटा भयो। तर ती ख्रीष्टविरोधीहरूले आफूलाई पटक्कै दोष दिएनन्। तिनीहरूले पछि यसोसमेत भने, “यो मेरो मात्रै जिम्मेवारी होइन: कसरी मलाई यो सब कुराको दोष दिन मिल्छ? यसअलावा, यस्तो परिस्थिति आउनु अपरिहार्य कुरा पनि हो।” तिनीहरूले कुनै पछुतो मानेनन्, र दोष अरूतर्फ सारिदिए, र बहानाहरूले भरिएर आफूलाई बचाउने प्रयास गरे। तिनीहरू कस्ता प्रकारका दुराचारीहरू हुन्? के यस्ता मानिसहरूलाई निष्कासित गर्नु पर्दैन र? के तिनीहरूलाई श्राप र दण्ड दिइनुपर्दैन र? (पर्छ।) यस्तो ठूलो गल्ती गरेपछि पनि, ती ख्रीष्टविरोधीहरूले कुनै पछुतो गरेनन्! यदि आफ्नो लापरवाहीले गर्दा ठूलो रातो अजिङ्गरले परमेश्वरको घरका सम्पत्तिहरू थुतेर लगेको भए, एक सामान्य व्यक्ति, अर्थात् मानवता भएको, परमेश्वरप्रति निष्ठावान्, वा परमेश्वरको डर मान्ने हृदय भएको एक व्यक्तिले के-कस्ता प्रकटीकरणहरू देखाउनेथ्यो? (उसले पछुतो मान्नेथ्यो, आफूलाई दोष दिनेथ्यो, र उसले हृदयमा आफ्नो कर्तव्य राम्ररी पूरा नगरेको महसुस गर्नेथ्यो।) त्यसपछि उसले के गर्नेथ्यो? उसले प्रायश्चित गर्ने उपाय खोज्नेथ्यो। उसले आफ्नो हृदयको गहिराइबाट, ऋणी भएको र पछुतो लागेको अनुभूति गर्नेथ्यो; अरूले जे भने पनि, उसले गुनासोको एउटा शब्द पनि बोल्नेथिएन, र आफ्नो प्रतिरक्षा गर्नेथिएन। उसले यो आफ्नो लापरवाही, र आफ्नो अपराध हो भनेर स्वीकार गर्नेथ्यो। परमेश्वरले उसलाई जे भन्नुभए पनि र परमेश्वरको घरले उसलाई जेजसरी सम्हाल्ने निर्णय गरे पनि, उसले त्यसलाई स्वीकार गर्नेथ्यो। अनि, त्यसोभए किन ख्रीष्टविरोधीहरूले यस्तो कुरा स्वीकार गर्दैनन् त? निष्कासित भएपछि किन तिनीहरू गुनासोले भरिन्छन् त? यसले ख्रीष्टविरोधीहरूको प्रकृति प्रकट गर्छ। ती ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको काममा यति धेरै घाटा गराए, तिनीहरूले आफ्नो कर्तव्य बेवास्ता गरेको कारण अरूको धेरै मेहनत खेर गयो, र ठूलो रातो अजिङ्गरले धेरै भेटीहरू लुट्यो, तैपनि तिनीहरूलाई कुनै आत्मग्लानि भएन, कुनै ऋणको बोध भएन, र तिनीहरूले आफ्नो प्रतिरक्षासमेत गरे। परमेश्वरको घरले तिनीहरूलाई कारबाही गर्दा, तिनीहरू समर्पित हुन मानेनन्, र तिनीहरूले आफ्नो अवज्ञा जताततै फैलाए। ती कस्ता प्रकारका दुराचारीहरू हुन्? के यो मृत्युसँग खेल्नु होइन र? (हो।) यो मृत्युसँग खेल्नु हो। ख्रीष्टविरोधीहरूको भित्री कुरा हेर्दा, तिनीहरूको प्रकृति सार सत्यता र परमेश्वरप्रतिको शत्रुवत् सार हो। तिनीहरूमा मानवताको कमी हुन्छ; तिनीहरू जिउँदो पिशाचहरू, शैतानहरू, मानव वस्त्र पहिरेका पशुहरू हुन्। मानवता भएका मानिसहरूले सानो गल्ती गर्दा वा गलत कुरा बोल्दा पनि आत्मग्लानि महसुस गर्छन्। तर जीवित पिशाचहरू, अर्थात् ख्रीष्टविरोधीहरूले यस्तो महसुस गर्दैनन्। त्यस्तो गम्भीर गल्ती गरेपछि पनि, ती ख्रीष्टविरोधीहरूले कुनै आत्मग्लानि महसुस गरेनन्, र तिनीहरूले आफूलाई बचाउने प्रयाससमेत गरे। त्यसकारण, तिनीहरूको लागि सत्यता के हो? के तिनीहरूले आफ्नो हृदयमा सत्यता स्वीकार गर्छन्? परमेश्वरका वचनहरू सत्यता हुन्, र परमेश्वर सत्यता हुनुहुन्छ—के तिनीहरूले यो तथ्य स्वीकार गर्छन्? (तिनीहरूले स्वीकार गर्दैनन्।) स्पष्ट रूपमै तिनीहरूले यो तथ्य स्वीकार गर्दैनन्। तिनीहरूले हृदयमा आफैलाई नै सत्यता र परमेश्वरको रूपमा लिन्छन्; तिनीहरूले आफूबाहेक अरू कुनै परमेश्वर छैन भन्ने सोच्छन्। के यी दियाबलसहरू होइनन् र? (हुन्।) यी सबै दियाबलसहरू हुन्, ठेट दियाबलसहरू हुन्। ख्रीष्टविरोधीहरूले मण्डलीका स्रोतसाधनहरूबारे पटक्कै सोधपुछ गर्दैनन्, न त तिनीहरूले ती कुराहरूको लागि कुनै निर्दिष्ट बन्दोबस्त नै गर्छन्। तर यदि तिनीहरू आफैसँग कुनै बहुमूल्य कुरा छ भने, तँ पक्का भए हुन्छ, तिनीहरूले त्यो कुराको उत्कृष्ट हेरचाह गर्नेछन्। तिनीहरूले निद्रामा बोल्दा पनि त्यसबारे एक शब्द पनि खुलासा गर्नेछैनन्, र तैँले तिनीहरूलाई कुटपिट गरे पनि त्यो कुरा खुस्काउन सक्नेछैनस्। तिनीहरूले यसको रक्षा अत्यन्तै राम्ररी गर्नेछन्। तर परमेश्वरको घरका स्रोतसाधनहरूको हकमा, तिनीहरूको मनोवृत्ति पूर्ण रूपमा फरक हुन्छ। तिनीहरूमा त वास्तवमा यस्तो मनोवृत्ति हुन्छ: “त्योसँग मेरो के सम्बन्ध छ र? मैले त्यो स्रोतसाधनको आनन्द लिन पाउँदिनँ, र यो मेरो पनि होइन। मैले राम्ररी हेरचाह गरे पनि, सायद यो अरू कसैलाई दिइन्छ होला! यसलाई यति राम्ररी रक्षा गर्नुको के फाइदा र?” तिनीहरूले यो कुरालाई आफ्नो कर्तव्यको रूपमा लिँदैनन्। के यो मानवताको कमी होइन र? (हो।) यो मानवताको कमी हुनुको प्रकटीकरण हो। यसलाई के भनिन्छ? यसलाई भरोसा गर्न नसकिने हुनु भनेर भनिन्छ। परमेश्वरले तँलाई यो काम सुम्पनुभएको छ, र तैँले पूरा गर्नुपर्ने कर्तव्यहरू दिनुभएको छ—यो तेरो कामको भाग हो। तैँले यी कुराहरूलाई उचित रूपमा सम्हाल्नुपर्छ, यी कुराहरूलाई एकएक गरी अघि बढाउनुपर्छ, परमेश्वरले तोक्नुभएका सिद्धान्तहरू र परमेश्वरको घरका कार्य बन्दोबस्तहरू पछ्याउनुपर्छ, र यी कुराहरूलाई उचित रूपमा चाँजोपाँजो मिलाउनुपर्छ, र त्यसपछि तेरो जिम्मेवारी पूरा हुनेछ। तर के ख्रीष्टविरोधीहरूमा यस्तो मानसिकता वा विचार हुन्छ त? (अहँ, हुँदैन।) पटक्कै हुँदैन। यो पूर्ण रूपमा मानवताको कमी हुनु हो। मानवताको कमी हुनुको खास प्रकटीकरण के हो? यो विवेक वा समझ धारण गर्नमा वास्ता नगर्नु, बरु स्वार्थी र घृणित हुनु, अनि विश्वासयोग्यताको कमी हुनु, भरोसायोग्य नहुनु, र कुनै कुरा पनि सुम्पिनयोग्य नहुनु हो।
मण्डलीभित्रका कर्मचारीहरूका मामलाहरूको हकमा, जस्तै क-कसले कुन काम कहाँ गरिरहेका छन्, तिनीहरूले त्यो काम राम्ररी गरिरहेका छन् छैनन्, तिनीहरूले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गरिरहेका छन् छैनन्, कुनै अवरोध वा बाधाहरू देखा परेका छन् छैनन्, वा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको प्रतिक्रिया कस्तो छ भन्ने कुराको हकमा, ख्रीष्टविरोधीहरूले यी कुराहरूबारे विस्तृत रूपमा सोधपुछ गर्ने वा बन्दोबस्त मिलाउने कहिल्यै गर्दैनन्। उदाहरणको लागि, जब परमेश्वरको घरले तिनीहरूलाई विभिन्न प्रकारका प्रतिभाशाली व्यक्तिहरू प्रदान गर्न अनुरोध गर्छ, तब ख्रीष्टविरोधीहरूले यी व्यक्तिहरूको लिखित परिचय मात्रै हेर्छन् तर निर्दिष्ट रूपमै तिनीहरूको परिस्थितिबारे पत्ता लगाउने वा सोधपुछ गर्ने गर्दैनन्—विश्वासमा ती व्यक्तिहरूको जग छ छैन, तिनीहरूको मानवता कस्तो छ, तिनीहरूले सत्यता स्विकार्न सक्छन् सक्दैनन्, तिनीहरूको खास प्रतिभा र प्राविधिक सीप परमेश्वरको घरले तोकेको मापदण्डअनुरूप छन् छैनन्, र तिनीहरू वृद्धिविकास गरिन र महत्त्वपूर्ण कर्तव्यहरू दिइन योग्य छन् छैनन् भनेर हेर्ने गर्दैनन्। ख्रीष्टविरोधीहरूले यी कुराहरूबारे झारा टार्दै देखावटी काम गर्छन्, लिखित परिचयहरू छोटकरीमा समीक्षा गर्छन्, र काम त्यतिमै सीमित पार्छन्। तिनीहरूले ती प्रदान गरिएका व्यक्तिहरूसँग कहिल्यै अन्तरक्रिया गर्दैनन्, न त तिनीहरूले ती व्यक्तिहरूबारे विस्तृत वा गहन बुझाइ प्राप्त गर्न खोज्छन्। परिणामस्वरूप, तिनीहरूले छनौट गर्ने धेरैजसो मानिसहरूले कर्तव्य निभाउन वा उचित काम गर्न सक्दैनन् र त्यसपछि तिनीहरूलाई हटाइन्छ। ख्रीष्टविरोधीहरूले यो परिस्थितिलाई कसरी हेर्छन्? “मलाई यी कर्तव्यहरू पूरा गर्न बढुवा दिइएको होइन; मेरो तिनमा कुनै अंश छैन। को जान्छ त्यसले के फरक पार्छ र? मैले सिफारिसहरू अनुमोदन गरेर यी मानिसहरू प्रदान गरेँ भने, त्यसलाई मैले काम गरेको रूपमा गन्ती गरिन्छ। साथै, बढुवा पाएका यी व्यक्तिहरू मप्रति ऋणी हुन्छन्। तिनीहरू वृद्धिविकासको लागि लायक छन् छैनन् भन्ने कुरा मेरो चासोको विषय होइन।” यदि ख्रीष्टविरोधीहरूले अनुचित व्यक्तिहरू प्रदान गर्छन्, र त्यसले गर्दा परमेश्वरको घरको काममा बाधा पुग्छ भने, के तिनीहरूले कुनै जिम्मेवारी लिन्छन्? (लिन्छन्।) तिनीहरूले धेरै जिम्मेवारी लिन्छन्, तर यी शैतानी कुराहरूले कुनै पनि जाँच गर्दैनन्। कतिपयले भन्छन्, “कठोर वातावरण भएका निश्चित स्थानहरूमा, हामीले आमनेसामने भई मानिसहरूसँग अन्तरक्रिया गर्न सक्दैनौं। हामीले कसरी तिनीहरूको जाँच गर्न सक्छौं र?” वातावरण जति नै कठोर भए पनि, यी कुराहरू सम्हाल्ने विधि र शैलीहरू हुन्छन्। यो तँ जिम्मेवार अनि साँचो रूपमा समर्पित छस् छैनस् भन्ने कुरामा निर्भर हुन्छ। के यो यस्तै होइन र? (हो।) यदि तैँले आफ्नो बफादारी र जिम्मेवारी अर्पित गर्छस् भने, परिणाम उचित नभए पनि, परमेश्वरले यसलाई सुक्ष्म रूपमा जाँच्नुहुन्छ र चिन्नुहुन्छ, र यसको जिम्मेवारी तँमाथि आइपर्नेछैन। तर तैँले आफ्नो बफादारी र जिम्मेवारी अर्पित गर्दैनस् भने, केही पनि कुरा गलत भएन र यसले अन्त्यमा कुनै दुष्परिणाम ल्याएन भने पनि, परमेश्वरले यसलाई सुक्ष्म रूपमा जाँच्नुहुनेछ। यी दुई शैलीको प्रकृति फरक छ, र परमेश्वरले यी दुई कुरालाई फरकफरक तरिकाले लिनुहुनेछ। मानिसहरू प्रदान गर्ने क्रममा ख्रीष्टविरोधीहरूले षड्यन्त्र पनि गर्छन्, तिनीहरूका मनसायहरू पनि स्वार्थी र घृणित हुन्छन्, र तिनीहरूमा बफादारीको कमी हुन्छ। ख्रीष्टविरोधीहरूले जे गरे पनि, तिनीहरूका आफ्नै हिसाबकिताब हुन्छन् र तिनीहरूले सिद्धान्तहरू पालना गर्दैनन्। यति मात्र होइन, ठोस काम राम्ररी पूरा गर्नको लागि, तिनीहरूले आफ्नो अनुहार पनि देखाइहिँड्नुपर्छ, अझ बढी मानिसहरूसँग भेटघाट गर्दै यताउता यात्रा गरिरहनुपर्छ, कठिनाइहरू भोगिरहनुपर्छ, र जोखिम लिइरहनुपर्छ। कुनै कुराले आफ्नो सुरक्षाको विषय छुनेबित्तिकै, ख्रीष्टविरोधीहरूले फेरि पनि हिसाबकिताब गर्न थालिहाल्छन्, र तिनीहरूको प्रकृति प्रकट भइहाल्छ। के प्रकट भइहाल्छ? तिनीहरूले यो विश्वास गर्छन् कि धेरै मानिसहरूसँग अन्तरक्रिया गर्नु तिनीहरूको आफ्नै सुरक्षाको लागि खतरा हुन्छ, र तिनीहरूले मनमौजी रूपमा मानिसहरूसँग सम्पर्क गर्नु हुँदैन। अनि, ख्रीष्टविरोधीहरूले आफूले अन्तरक्रिया गर्नुपर्ने मानिसहरूसँग अन्तरक्रिया गर्दैनन् वा कसैसँग भेट गर्दैनन्, बरु यसको साटो आफू बस्नलाई सुरक्षित स्थान खोज्छन्, र लुकेर मामूली कामहरू गर्नेबाहेक अरू केही गर्दैनन्। जब कामका अरू पक्षहरू कति राम्ररी पूरा गरिएका छन्, मानिसहरूले बाधाहरू ल्याइरहेका पो छन् कि, कार्य बन्दोबस्त, परमेश्वरका वचनहरूका विभिन्न पुस्तकहरू, वा रेकर्ड गरिएका प्रवचनहरू बाँडिएका छन् छैनन् भन्ने कुरा आउँछ, ख्रीष्टविरोधीहरूले यी कुराहरूबारे निश्चित बन्दोबस्त मिलाउने वा सोधपुछ गर्ने काम कहिल्यै गर्दैनन्। निष्ठावान् कहलिनको लागि तिनीहरूले जोखिम लिनुपर्छ, आफ्नो अनुहार देखाउनुपर्छ, र कठिनाइहरू सामना गर्नुपर्छ भन्ने होइन। यहाँ समस्या के हो? कसले व्याख्या गर्न सक्छ? (तिनीहरूले पहिले यो काम सुरु गर्दा, यसलाई कसरी राम्ररी पूरा गर्ने वा सिफारिस गरिएका मानिसहरू उपयुक्त छन् छैनन् भन्नेबारे कहिल्यै विचार गरेनन्, र तिनीहरूले आफ्नो सारा हृदयले काम गर्ने वा आफ्नो जिम्मेवारी पूरा गर्ने कहिल्यै गरेनन्। तिनीहरूले यी कुराहरूबारे कहिल्यै विचार गरेनन्।) तिनीहरूले वास्तवमै बफादारी देखाउँदैनन्। परमेश्वरप्रति बफादार मानिसहरूले काम गर्ने तरिकाको प्रकृति र त्यस्तो बफादारी नभएका मानिसहरूको प्रकृतिबीच भिन्नता छ। जब तिनीहरू दुवैले खतरासँग सम्बन्धित मामलाहरू सामना गर्छन्, तब बफादारी भएका व्यक्तिहरूले कार्य बन्दोबस्तहरू लागू गर्न बुद्धि र विधिहरू प्रयोग गरेर खतरा सामना गर्न र आफ्नो काम गर्न सक्षम हुन्छन्। तर खतरामा परे पनि नपरे पनि ख्रीष्टविरोधीहरू ठोस काममा संलग्न हुँदैनन्, र तिनीहरूले कार्य बन्दोबस्तहरू कहिल्यै लागू गर्दैनन्। भिन्नता त्यही हो। ख्रीष्टविरोधीहरूले मण्डलीको स्थितिबारे, विभिन्न कामहरूबारे, र आदि इत्यादि कुराहरूबारे मौखिक रूपमा सोधपुछ गर्न सक्छन्, तर तिनीहरूको सोधपुछ पनि औपचारिकता मात्रै हुन्छन्, र तिनीहरूले केही सतही प्रयास मात्रै गरिरहेका हुन्छन्, र तिनीहरूले यसबारे सतर्कतापूर्वक विचार गरिरहेका हुँदैनन्। बाहिरबाट हेर्दा, तिनीहरूले ठोस काम गरिरहेजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले कामलाई बुझेकै हुँदैनन्, र तिनीहरूले टिपोट लिने, यसबारे मनन गर्ने, र प्रार्थना वा खोजी गर्ने गर्दैनन्। तिनीहरूले कामका विभिन्न खण्डहरू कसरी अघि बढिरहेका छन्, वा राम्ररी नगरिएका कामका क्षेत्रहरूप्रति को जिम्मेवार छ, वा कुन-कुन मण्डली अगुवाहरू अनुपयुक्त हुन सक्छन्, वा कहाँ-कहाँ काम लागू गरिएको छैन भन्ने विषयमा विचार गर्न ऊर्जा खर्चँदैनन्। तिनीहरूले यी कुराहरूबारे विचार गर्दै गर्दैनन्, तिनीहरूले झारा मात्र टार्छन्, र तिनीहरूले समस्याहरू पहिचान गर्दा, तिनलाई समाधान गर्ने गर्दैनन्। कतिपय तथाकथित अगुवाहरूले त मानिसहरूलाई भेलाहरूमा बोलाउने, परिस्थितिबारे सोधपुछ गर्ने, र कामबारे विश्लेषण र अनुसन्धान गर्ने मात्र गर्छन्। तर कुनै ठोस काम आइपर्नेबित्तिकै, र यसको लागि तिनीहरूले कष्ट भोग्नुपर्ने र मूल्य चुकाउनुपर्ने हुनेबित्तिकै, र तिनीहरूको व्यक्तिगत सुरक्षालाई खतरामा पार्नुपर्ने, र केही हदसम्म कठिनाइ भोग्नुपर्ने हुनेबित्तिकै, तिनीहरूले त्यो काम गर्दै गर्दैनन्। त्यही क्षण तिनीहरूले काम गर्न छोड्छन्, र आत्मसंरक्षणलाई प्राथमिकता दिन्छन्। तिनीहरूले समस्याहरू पहिचान त गर्छन् तर त्यसको लागि कुनै निर्दिष्ट बन्दोबस्तहरू गर्दैनन्। अनि, यदि तिनीहरू विश्वासी हुन् भन्ने कुरा सबैलाई थाहा हुन्छ, र तिनीहरू पक्राउ पर्ने खतरा आइपर्छ भने, के तिनीहरूले यी काम अरूलाई सुम्पन्छन् त? अहँ, सुम्पँदैनन्। तिनीहरूले यी कामहरू गर्न अरूलाई अह्राउँदैनन्, र समस्या नै त्यही हो। त्यसोभए, यस्ता मानिसहरूले कस्तो सार प्रकट गर्छन् त? तिनीहरूमा बफादारीको कमी हुन्छ, तिनीहरू स्वार्थी र घृणित हुन्छन्, र तिनीहरूले हरकुरामा आफ्नै सुरक्षाबारे मात्रै विचार गर्छन्। तिनीहरूले परमेश्वरको घरका कार्य बन्दोबस्तहरू लागू भइरहेका छन् छैनन् भन्नेबारे, वा परमेश्वरको घरको कामको प्रगतिबारे कहिल्यै सोधपुछ गर्दैनन्, र यी कुराहरूप्रति तिनीहरूले कुनै मतलबै गर्दैनन्। तिनीहरूले आफ्नो बफादारी प्रस्तुत गरेका हुँदैनन्, र तिनीहरूले आफ्नो बफादारी देखाउने पनि गर्दैनन्। तिनीहरूको लागि त यी मामलाहरूमा झारा टार्नु नै पर्याप्त हुन्छ; तिनीहरूले यसैलाई काम गरेको रूपमा लिन्छन्। यदि खतरा सानो छ भने, तिनीहरूले मन नलागी-नलागी केही काम गर्न पनि सक्छन्। तर यदि खतरा ठूलो छ, र तिनीहरू पक्राउ पर्ने सम्भावना छ भने, तिनीहरूले यो काम जति नै महत्त्वपूर्ण भए पनि, गर्दै गर्दैनन्। त्यही नै ख्रीष्टविरोधीहरूको सार हो। तिनीहरूको हृदयको गहिराइमा, तिनीहरूका हितहरू सुरक्षित रहेसम्म, तिनीहरूले जोकोहीलाई धोका दिन सक्छन्। परमेश्वरको घरका हितहरू त्यागेर तिनीहरूले आफ्नो हित हासिल गर्छन्; तिनीहरूको लागि, तिनीहरूको हित नै सर्वोच्च हुन्छ। अनि, के कर्तव्य लिएपछि ख्रीष्टविरोधीहरू बफादार हुन सक्छन्? (अहँ, सक्दैनन्।) तिनीहरूको लागि बफादारी सम्भवै हुँदैन। के तिनीहरूले आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवन र सुरक्षाबारे विचार गर्न सक्छन्? (सक्दैनन्।) आफ्नै सुरक्षाको कुरा उठ्दा, ख्रीष्टविरोधीहरूले आफूलाई मात्रै रक्षा गर्छन्, आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई आगोको खाडलमा धकेल्छन्, र तिनीहरूलाई बलिको शिकार बनाउँछन्। त्यही नै ख्रीष्टविरोधीहरूको प्रकृति सार हो।
आफ्नै सुरक्षाबारे विचार गर्नेबाहेक, कतिपय ख्रीष्टविरोधीहरू केबारे पनि विचार गर्छन्? तिनीहरू भन्छन्, “अहिले, हाम्रो वातावरण प्रतिकूल छ, त्यसैले हामी हाम्रो अनुहार कम देखाऔँ र सुसमाचार प्रचार कम गरौँ। त्यसरी, हामी पक्राउ पर्ने सम्भावना कम हुन्छ, र मण्डलीको काम पनि नष्ट हुँदैन। यदि हामी पक्राउ पर्नबाट जोगियौं भने, हामी यहूदामा परिणत हुनेछैनौं, र भविष्यमा पनि हामी अस्तित्वमै रहिरहन सक्नेछौं, होइन र?” के यस्ता बहानाहरू प्रयोग गरेर आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउने ख्रीष्टविरोधीहरू छैनन् र? कतिपय ख्रीष्टविरोधीहरूलाई मृत्युको निकै डर लाग्छ र तिनीहरू नीच अस्तित्वमा जिउँछन्; तिनीहरूलाई प्रतिष्ठा र हैसियत पनि मनपर्छ, र तिनीहरू नेतृत्वको भूमिका लिन इच्छुक हुन्छन्। तिनीहरूलाई “अगुवाको काम सजिलो हुँदैन—यदि आफूलाई अगुवा बनाइएको कुरा ठूलो रातो अजिङ्गरले थाहा पायो भने, आफूलाई चर्चा मिल्नेछ, र आफनो नाम खोजी सूचीमा राखिने सम्भावना हुनेछ, र पक्राउ पर्नेबित्तिकै आफ्नो जीवन खतरामा पर्नेछ” भन्ने थाहा भए पनि, यो हैसियतका फाइदाहरूमा लिप्त हुन तिनीहरू यी खतराहरू बेवास्ता गर्छन्। अगुवाको रूपमा सेवा गर्दा, तिनीहरू आफ्नो देहगत आनन्दबारे मात्रै वास्ता गर्छन्, र तिनीहरू वास्तविक काममा संलग्न हुँदैनन्। विभिन्न मण्डलीहरूसँग अलिअलि पत्राचारमा रहनेबाहेक, तिनीहरू अरू केही काम गर्दैनन्। तिनीहरू कतै लुकेर बस्छन् र कसैसँग भेट गर्दैनन्, आफूलाई बन्द गरेर राख्छन्, र विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको अगुवा को हो भन्ने थाहै हुँदैन—तिनीहरूलाई त्यति हदसम्म डर लाग्छ। त्यसोभए, के तिनीहरू नाममात्रका अगुवा हुन् भनेर भन्नु सही हुँदैन र? (हुन्छ।) तिनीहरू अगुवाको रूपमा कुनै वास्तविक काममा संलग्न हुँदैनन्; तिनीहरू आफूलाई लुकाउनेबारे मात्रै वास्ता गर्छन्। अरूले तिनीहरूलाई “अगुवा बन्दा कस्तो हुन्छ?” भनेर सोध्दा तिनीहरू भन्छन्, “म अत्यन्तै व्यस्त छु, र सुरक्षाको लागि, म घर सरिरहनुपर्छ। यो वातावरण यति तनावपूर्ण छ कि म आफ्नो काममा ध्यान दिनै सक्दिनँ।” तिनीहरूलाई सधैँ धेरैले हेरिरहेका छन्, र कहाँ लुक्न सुरक्षित हुन्छ त्यो थाहै छैन भन्ने लाग्छ। तिनीहरू देखावटी भेस अपनाउने, फरकफरक ठाउँमा लुकेर बस्ने, र एउटै ठाउँमा नबस्नेबाहेक, कुनै पनि दिन कुनै वास्तविक काम गर्दैनन्। के त्यस्ता अगुवाहरू छैनन् र? (छन्।) तिनीहरू के-कस्ता सिद्धान्तहरू पालना गर्छन्? यी मानिसहरू भन्छन्, “चलाक खरायोका तीन वटा दुला हुन्छन्। खरायोले सिकारीको आक्रमणबाट जोगिन र लुक्नलाई तीनवटा दुलो बनाउनुपर्छ। यदि व्यक्तिले खतराको सामना गर्यो र ऊ भाग्नुपर्यो, तर उसको लुक्ने ठाउँ छैन भने, के त्यो स्वीकार्य हुन्छ त? हामीले खरायोहरूबाट सिक्नुपर्छ! परमेश्वरले सृष्टि गर्नुभएका पशुहरूमा यस्तो बाँच्ने क्षमता हुन्छ, र मानिसहरूले तिनीहरूबाट सिक्नुपर्छ।” अगुवाको भूमिका लिएपछि, तिनीहरू यो धर्मसिद्धान्तको बुझाइमा पुगेका हुन्छन्, र तिनीहरू आफूले सत्यता बुझेको छु भनेरसमेत विश्वास गर्छन्। वास्तवमा, तिनीहरू अत्यन्तै डराएका हुन्छन्। बस्ने ठाउँ असुरक्षित भएको कारण प्रहरीमा रिपोर्ट गरिएको अगुवाबारे वा आफ्नो कर्तव्य निर्वाह गर्न धेरैपटक बाहिर गएर धेरै मानिससँग अन्तरक्रिया गरेका कारण ठूलो रातो अजिङ्गरका जासूसहरूले निसाना बनाएको अगुवाबारे, र यी मानिसहरू कसरी पक्राउ परे र जेलसजाय पाए भन्नेबारे सुन्नसाथ तिनीहरू तुरुन्तै डराउँछन्। तिनीहरू सोच्छन्, “अहो, कतै पक्राउ पर्ने अर्को व्यक्ति म त हुनेछैन? मैले यसबाट सिक्नुपर्छ। म त्यति सक्रिय हुनु हुँदैन। यदि मैले मण्डलीको केही कामबाट पन्छिन मिल्छ भने, म ती काम गर्नेछैनँ। यदि मैले आफ्नो अनुहार देखाउनबाट तर्किन मिल्छ भने, म अनुहार देखाउनेछैनँ। म मेरो काम सक्दो न्यूनतम हदमा गर्नेछु, बाहिर जानबाट जोगिनेछु, कसैसँग अन्तरक्रिया गर्नबाट टाढै बस्नेछु, र म अगुवा रहेको कुरा कसैलाई थाहा नहोस् भन्ने सुनिश्चित गर्नेछु। आजभोलि, कसलाई अरूको वास्ता गर्ने फुर्सद छ र? जीवितै रहनु पनि त चुनौती नै हो!” अगुवाको भूमिका लिएपछि, तिनीहरू झोला बोकेर लुक्नेबाहेक, कुनै काम गर्दैनन्। पक्राउ पर्छु र दण्डित हुनेछु भन्ने लगातारको डर र बेचैनीमा तिनीहरू बस्छन्। मानिलिऊँ तिनीहरू कसैले यसो भनेको सुन्छन्, “तपाईँ पक्राउ पर्नुभयो भने, तपाईं मारिनुहुनेछ! यदि तपाईं अगुवा नभएको भए, यदि तपाईं साधारण विश्वासी मात्रै हुनुहुभएको भए, थोरै जरिमाना तिरेर पनि तपाईं रिहाइ हुन सक्नुहुन्थ्यो, तर तपाईं अगुवा हुनुभएकोले, के हुन्छ भनेर भन्न गाह्रो छ। कुरो अत्यन्तै खतरनाक छ! पक्राउ परेका कतिपय अगुवा वा सेवकहरूले कुनै पनि जानकारी दिन मानेनन् र तिनीहरूलाई पुलिसले कुटीकुटी मारे।” कसैलाई कुटीकुटी मारियो भन्ने सुनेपछि, तिनीहरूको डर झन्झन् तीव्र हुन्छ, र तिनीहरूलाई काम गर्न झन्झन् डर लाग्छ। हरदिन तिनीहरू कसरी पक्राउ पर्नबाट जोगिने, कसरी आफ्नो अनुहार देखाउनबाट तर्किने, कसरी निगरानीमा पर्नबाट जोगिने, र कसरी विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्कमा आउनबाट तर्किने त्यसबारे मात्रै विचार गर्छन्। तिनीहरू यी कुराहरूबारे सोच्दै दिमाग खियाउँछन् र आफ्नो कर्तव्य पूर्ण रूपमा बिर्सन्छन्। के यी बफादार मानिसहरू हुन् त? के यस्ता मानिसहरूले कुनै काम गर्न सक्छन् त? (अहँ, सक्दैनन्।) यस्ता मानिसहरू खालि डरपोक हुन्छन्, तर यस प्रकटीकरणका आधारमा मात्रै हामी तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न अवश्य नै सक्दैनौँ, तैपनि यो प्रकटीकरणको प्रकृति के हो? यस प्रकटीकरणको सार भनेकै अविश्वासीको सार हो। परमेश्वरले मानिसहरूको सुरक्षा गर्न सक्नुहुन्छ भन्ने कुरा तिनीहरू विश्वास गर्दैनन्, र परमेश्वरको लागि मेहनत गर्न आफूलाई समर्पित गर्नु भनेको आफूलाई सत्यतामा समर्पित गर्नु हो, र यो परमेश्वरले अनुमोदन गर्नुहुने कुरा हो भन्ने कुरा पनि तिनीहरू बिलकुलै विश्वास गर्दैनन्। तिनीहरू हृदयमा परमेश्वरको डर मान्दैनन्; तिनीहरू शैतान र दुष्ट राजनीतिक दलहरूको मात्रै डर मान्छन्। तिनीहरू परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, तिनीहरू सबै कुरा परमेश्वरकै हातमा छ भन्ने विश्वास गर्दैनन्, अनि अवश्य नै तिनीहरू परमेश्वरले उहाँको खातिर, र उहाँको मार्ग पछ्याउन, र उहाँको आज्ञा पूरा गर्न सबै कुरा अर्पित गर्ने व्यक्तिलाई अनुमोदन गर्नुहुन्छ भन्ने कुरामा पनि विश्वास गर्दैनन्। तिनीहरू यीमध्ये कुनै कुरा पनि देख्न सक्दैनन्। अनि, तिनीहरू केमा चाहिँ विश्वास गर्छन् त? तिनीहरू आफू ठूलो रातो अजिङ्गरको हातमा परे, आफ्नो अन्त्य नराम्रो हुनेछ, आफूलाई जेल सजाय हुनेछ वा आफ्नो ज्यानसमेत जाने खतरा हुनेछ भन्ने कुरामा विश्वास गर्छन्। तिनीहरू हृदयमा आफ्नै सुरक्षाबारे मात्रै विचार गर्छन्, मण्डलीको कामबारे विचार गर्दैनन्। के तिनीहरू अविश्वासी होइनन् र? (हजुर, हुन्।) बाइबल के भन्छ? “मेरो खातिर आफ्नो जीवन गुमाउनेले त्यो भेट्टाउनेछ” (मत्ती १०:३९)। के तिनीहरूले यी वचनहरूमा विश्वास गर्छन् त? (अहँ, गर्दैनन्।) यदि तिनीहरूलाई कर्तव्य निर्वाह गर्ने क्रममा जोखिम लिन लगाइयो भने, तिनीहरू लुकेर कसैको अघि देखा नपरी बस्न चाहन्छन्—तिनीहरू पूरै अदृश्य हुन चाहन्छन्। तिनीहरू यति हदसम्म डराउँछन्। तिनीहरू परमेश्वर मानिसहरूको आड हुनुहुन्छ, सबथोक परमेश्वरकै हातमा छ, र कुनै कुरा साँच्चै गलत भयो वा तिनीहरू पक्राउ परे भने, त्यो परमेश्वरले अनुमति दिनुभएको कुरा हो, र त्यसैले मानिसहरूमा समर्पित हृदय हुनुपर्छ भन्ने कुरामा विश्वास गर्दैनन्। ती मानिसहरूमा यस्तो हृदय, यस्तो बुझाइ, वा यस्तो तयारी हुँदैन। के तिनीहरू साँच्चै नै परमेश्वरमा विश्वास गर्छन् त? (अहँ, गर्दैनन्।) के यस प्रकटीकरणको सार अविश्वासीको सार होइन र? (हजुर, हो।) हो, यस्तै हुन्छ। त्यस्ता मानिसहरू असाधारण रूपमा डरपोक हुन्छन्, अत्यन्तै त्रसित रहन्छन्, र शारीरिक कष्ट भोग्ने र आफूलाई कुनै नराम्रो कुरा आइपर्नेछ भन्नेबारे डर मानिरहन्छन्। तिनीहरू फिस्टे चराजस्तै डराइरहन्छन् र त्यसउप्रान्त आफ्नो काम गर्न सक्दैनन्। हामीले यसभन्दा पहिले कुरा गरेका व्यक्तिहरूमा काम गर्न सक्ने क्षमता त हुन्छ, तर तिनीहरू काम पटक्कै गर्दैनन्। तिनीहरूलाई समस्या छ भन्ने थाहा त हुन्छ, तर तिनीहरू त्यसलाई सम्हाल्दैनन्। तिनीहरू बस् आफ्नो रक्षा मात्रै गर्छन्, र तिनीहरू निकै स्वार्थी र घृणित हुन्छन्। यी दुवै प्रकारका मानिसहरू अविश्वासी हुन्। पहिलो प्रकारका व्यक्तिहरू चिप्ले र धोकेबाज व्यक्ति हुन्, कठिनाइ र थकाइको डर मान्ने, आफ्नो देहको चिन्ता गर्ने, र वास्तविक काममा संलग्न नहुने व्यक्ति हुन्। दोस्रो प्रकारका व्यक्तिहरू डरपोक र त्रासमा रहने व्यक्तिहरू हुन्, तिनीहरू वास्तविक काम गर्ने आँटै गर्दैनन्, र तिनीहरू ठूलो रातो अजिङ्गरले पक्राउ गरेर सताउँछ भन्ने डर मान्छन्। के यी दुई प्रकारका मानिसहरूबीचमा भिन्नता छैन र? (छ।)
ख्रीष्टविरोधीहरूले आफ्नो रक्षा कसरी गर्छन् भन्नेबारे तिमीहरूलाई केही उदाहरणहरू थाहा छ? (परमेश्वर, मलाई त्यस्तो एउटा उदाहरण थाहा छ। एउटा मण्डलीलाई ठूलो रातो अजिङ्गरले आक्रमण गरेको थियो, किनभने त्यो मण्डली उन्मत्त रूपमा खराब कामकुरा गर्ने ख्रीष्टविरोधीको नियन्त्रणमा थियो, र त्यसपछि अगुवा, डिकन, र केही विश्वासी दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परेका थिए। त्यो बेला, ख्रीष्टविरोधीलाई पक्राउ पर्छु भन्ने डर लाग्यो। त्यसैले घटनापछिको प्रभाव सम्हाल्ने कार्य बन्दोबस्तहरू नगरी, तिनी दुर्गम स्थानमा लुकेर बसे। तिनले अतिथि सत्कारक परिवारमा बस्नसमेत इन्कार गरे, र कोठा भाडामा लिन भेटीहरू प्रयोग गर्न जिद्दी गरे। तिनले त्यस घटनापछि गरिनुपर्ने कामको लागि उचित बन्दोबस्तहरू नगरेकोले र लुकेका खतराहरू तुरुन्तै नहटाएकोले, त्यसपछि धेरै जना विश्वासी दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परे, र मण्डलीको काम रोक्नुपर्ने बाध्यता आइपर्यो। यसरी ख्रीष्टविरोधीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन् भन्ने कुरा स्पष्ट छ। नाजुक क्षणहरूमा, तिनीहरूले आफ्नै हितहरू मात्रै रक्षा गर्छन् र परमेश्वरको घरका हितहरू बिलकुलै रक्षा गर्दैनन्।) ख्रीष्टविरोधीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। परमेश्वरमाथि तिनीहरूसँग साँचो विश्वास हुँदैन, परमेश्वरप्रतिको बफादारी हुने कुरा त परै जाओस्; जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले केवल आफूलाई बचाउँछन् र आफ्नो सुरक्षा गर्छन्। तिनीहरूका लागि, आफ्नो सुरक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तिनीहरू जीवित रहेसम्म र पक्राउ नपरेसम्म पुग्यो, तिनीहरूले मण्डलीको काममा कति हानि पुगेको छ भन्ने कुराको वास्ता गर्दैनन्। यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीको कामबारे बिल्कुलै सोच्दैनन्, तिनीहरूले आफ्नै सुरक्षाबारे मात्र सोच्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। जब परमेश्वरप्रति बफादार र परमेश्वरमा साँचो विश्वास गर्नेहरूलाई यस्ता कुराहरू आइपर्छन्, उनीहरूले ती कुराको सामना कसरी गर्छन्? तिनीहरूले गर्ने कार्य ख्रीष्टविरोधीहरूले गर्ने कार्यभन्दा कसरी फरक हुन्छ? (परमेश्वरप्रति बफादार मानिसहरूको जीवनमा यस्ता कुराहरू आइपर्दा, तिनीहरूले परमेश्वरको घरको हित रक्षा गर्न, परमेश्वरको घरको भेटीमा घाटा हुनबाट जोगाउने उपायहरू सोच्छन् अनि तिनीहरूले घाटा कम गराउन अगुवा र सेवकहरू, दाजुभाइ-दिदीबहिनीहरूको लागि आवश्यक व्यवस्था गर्छन्। ठीक यसै बेला, ख्रीष्टविरोधीहरूले चाहिँ सुरुमा आफूलाई रक्षा गर्ने कुरा सुनिश्चित गर्छन्। तिनीहरूलाई मण्डलीको काम वा परमेश्वरका चुनिएका मानिसहरूको सुरक्षाको चिन्ता हुँदैन, र जब मण्डलीले पक्राउहरू सामना गर्छ, तब यसले मण्डलीको काममा घाटा निम्त्याउँछ।) ख्रीष्टविरोधीहरू मण्डलीको काम र परमेश्वरको भेटी छोडेर हिँड्छन्, र तिनीहरू घटनाका असरहरू समाधान गर्न मानिसहरू खटाउँदैनन्। यो त ठूलो रातो अजिङ्गरलाई परमेश्वरको भेटी र उहाँका चुनिएका मानिसहरू खोस्न अनुमति दिनुजस्तै हो। के यो परमेश्वरका भेटीहरू र उहाँका चुनिएका मानिसहरूप्रति गुप्त रूपमा धोका दिनु होइन र? परमेश्वरप्रति बफादार मानिसहरूलाई वातावरण खतरनाक छ भन्ने स्पष्टसित थाहा हुँदा पनि तिनीहरू घटनाको घटना सम्हाल्ने खतरा मोल्छन्, अनि आफू पछि हट्नुअघि परमेश्वरको घरमा हुने घाटा कम बनाइराख्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दैनन्। मलाई भन्, ठूलो रातो अजिङ्गरको यो दुष्ट देशमा, परमेश्वरमा विश्वास गर्दा र आफ्नो कर्तव्य निभाउँदा पटक्कै खतरा छैन भनेर कसले सुनिश्चित गर्न सक्छ? व्यक्तिले जुनसुकै कर्तव्य लिए पनि, यसमा केही खतरा हुन्छ नै—तैपनि कर्तव्य निभाउनु परमेश्वरको आज्ञा हो, र परमेश्वरलाई पछ्याउने क्रममा, व्यक्तिले आफ्नो कर्तव्य निभाउने खतरा मोल्नैपर्छ। व्यक्तिले बुद्धि चलाउनुपर्छ, र आफ्नो सुरक्षा सुनिश्चित गर्न उपायहरू अपनाउनुपर्छ, तर व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिनु हुँदैन। उसले पहिले परमेश्वरका अभिप्रायहरूलाई विचार गर्नुपर्छ, उहाँको घरको कामलाई पहिलो स्थानमा राख्नुपर्छ र सुसमाचार सुनाउने कार्यलाई पहिलो स्थानमा राख्नुपर्छ। परमेश्वरले तिनीहरूलाई दिनुभएको आज्ञा पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यो नै पहिले आउँछ। ख्रीष्टविरोधीहरूले आफ्नो व्यक्तिगत सुरक्षालाई उच्च प्राथमिकता दिन्छन्; तिनीहरू अरू कुनै कुरासित तिनीहरूको सम्बन्ध छैन भनी विश्वास गर्छन्। अरू कसैलाई केही भयो भने तिनीहरू वास्ता गर्दैनन्, चाहे त्यो व्यक्ति जोसुकै होस्। जबसम्म ख्रीष्टविरोधीहरू आफैलाई केही नराम्रो हुँदैन, तबसम्म तिनीहरू ढुक्क नै हुन्छन्। तिनीहरूमा कुनै बफादारीता हुँदैन, जुन कुरा ख्रीष्टविरोधीको प्रकृति सारद्वारा निर्धारित हुन्छ। के मूलभूमि चीनको वातावरणमा कर्तव्य निभाउने क्रममा कुनै जोखिम लिनबाट जोगिनु र कुनै पनि खराब घटना नघट्ने कुरा सुनिश्चित गर्नु सम्भव हुन्छ त? सबैभन्दा सतर्क व्यक्तिले पनि त्यस्तो ग्यारेन्टी गर्न सक्दैन। तर होसियार हुनु जरुरी छ। अग्रिम रूपमा राम्ररी तयारी गर्दा परिस्थिति अलिक सुधार हुन्छ, र यसले कुनै कुरा गलत हुँदा घाटाहरू न्यूनीकरण गर्न सहयोग गर्न सक्छ। यदि कुनै तयारी गरिएन भने, घाटा निकै धेरै हुनेछ। के तिमीहरूले यी दुई परिस्थितिहरूबीच रहेको भिन्नता स्पष्ट रूपमा देख्न सक्छौ? त्यसकारण, चाहे भेलाहरूको सन्दर्भमा होस् वा कुनै प्रकारको कर्तव्यपालनको सन्दर्भमा होस्, सतर्क हुनु नै सबैभन्दा राम्रो हो, र केही निवारक उपायहरू अपनाउनु जरुरी हुन्छ। जब बफादार व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्छ, तब उसले अलिक विस्तृत रूपमा र राम्रोसँग सोच्न सक्छ। उसले यी कुराहरू जतिसक्दो राम्ररी बन्दोबस्त गर्न चाहन्छ, ताकि कुनै कुरा गलत भयो भने, घाटाहरू कम गर्न सकियोस्। उसले यो परिणाम हासिल गर्नैपर्छ भन्ने उसलाई लाग्छ। बफादारिता नभएको व्यक्तिले यी कुराहरू विचार गर्दैन। उसलाई यी कुराहरू महत्त्वपूर्ण छैनन् भन्ने लाग्छ, र उसले यी कुराहरूलाई आफ्नो जिम्मेवारी वा कर्तव्यको रूपमा लिँदैन। जब कुनै कुरा गलत हुन्छ, तब उसलाई कुनै ग्लानिबोध हुँदैन। यो बफादारीको कमी हुनुको प्रकटीकरण हो। ख्रीष्टविरोधीहरू परमेश्वरप्रति कुनै बफादारी देखाउँदैनन्। जब तिनीहरूलाई काम दिइन्छ, तिनीहरू खुशीसाथ यो काम स्वीकार गर्छन्, र केही राम्रा घोषणाहरू गर्छन्, तर खतरा आइपर्दा, तिनीहरू सबैभन्दा छिटो भाग्छन्; सबैभन्दा पहिले दौडने, सबैभन्दा पहिले भाग्ने तिनीहरू नै हुन्छन्। यसले तिनीहरूको स्वार्थीपन र घृणित अवस्था अत्यन्तै गम्भीर छ भन्ने देखाउँछ। तिनीहरूमा कुनै जिम्मेवारी वा बफादारीको भाव हुँदैन। समस्या सामना गर्दा, तिनीहरूलाई कसरी भाग्ने र कसरी लुक्ने भन्ने मात्रै थाहा हुन्छ, र तिनीहरू आफ्नो रक्षा गर्नेबारे मात्रै विचार गर्छन्, आफ्नो जिम्मेवारी वा कर्तव्यबारे कहिल्यै विचार गर्दैनन्। आफ्नो व्यक्तिगत सुरक्षाको लागि, ख्रीष्टविरोधीहरू निरन्तर आफ्नो स्वार्थी र घृणित प्रकृति प्रदर्शन गर्छन्। तिनीहरू परमेश्वरको घरको काम वा आफ्ना कर्तव्यहरूलाई प्राथमिकता दिँदैनन्। परमेश्वरको घरका हितहरूलाई त झन् तिनीहरू अझै कम मात्र प्राथमिकता दिन्छन्। बरु यसको साटो, तिनीहरूले आफ्नै सुरक्षालाई प्राथमिकता दिन्छन्।
के हामीले भर्खरै सङ्गति गरेको उपखण्ड ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको नवौँ बुँदा अर्थात्—तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन्—भन्ने कुरासित सम्बन्धित छैन र? (छ।) आफ्नो रक्षा गर्न, खतरा र शारीरिक कष्टबाट बच्न, ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको काम र आफ्ना कर्तव्यहरूप्रति झाराटारुवा मनोवृत्ति अपनाउँछन्। तिनीहरूले वास्तविक काम नगरी पदहरू ओगटेर बस्छन्। के यो परमेश्वरको घरका हितहरूलाई धोका दिनु होइन र? के यो व्यक्तिगत सुरक्षाको खातिर परमेश्वरको घरका हितहरू, परमेश्वरको काम, र आफ्ना जिम्मेवारीहरू बेवास्ता गर्नु होइन र? (हो।) हामीले यो उपखण्डमा चिरफार गरेका प्रकटीकरणहरूले ख्रीष्टविरोधीहरूको स्वार्थी र घृणित सार पूर्ण रूपमा खुलासा गर्छन्। यहाँ हामीले मुख्य रूपमा केबारे सङ्गति गरेका छौं? ख्रीष्टविरोधीहरूले समस्यामा पर्छु भन्ने डरले र आफूलाई रक्षा गर्नको लागि आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, र परमेश्वरप्रति कुनै पनि किसिमको बफादारी देखाउँदैनन्। के यो प्रकटीकरणमा कुनै सत्यता वास्तविकता छ? के यो विवेक र समझ गुम्नु होइन र? यो पूर्णतया मानवताको अभाव हुनु हो!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।