विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग दस) खण्ड दुई

सबैले देख्दा, ख्रीष्टविरोधीका वचनहरू अत्यन्तै दयालु, सभ्य र विशिष्ट देखिन्छन्। चाहे जसले सिद्धान्त उल्लङ्घन गर्ने वा मण्डलीको काममा अवरोध गर्ने र बाधा दिने काम गरे पनि ख्रीष्टविरोधीले यी मानिसहरूलाई खुलासा वा आलोचना गर्दैन; उसले आँखा चिम्लिन्छ, र मानिसहरूलाई आफू हर मामिलामा उदार भएको सोच्ने तुल्याउँछ। मानिसहरूले जस्तोसुकै भ्रष्टताहरू प्रकाश गर्ने र दुष्ट कार्यहरू गर्ने भए पनि, ख्रीष्टविरोधी बुझकी र सहनशील हुन्छ। ऊ क्रोधित हुँदैन, वा झनक्‍कै रिसाउँदैन, उसले केही गलत काम गर्दा र परमेश्‍वरको घरका हितलाई हानि पुऱ्याउँदा, ऊ झर्कँदैन र मानिसहरूलाई दोष दिँदैन। जोसुकैले दुष्कर्म गरेको र मण्डलीको काममा बाधा दिएको भए पनि, उसले आफूसँग यसको कुनै सरोकार छैनझैँ गरी यसलाई कुनै वास्ता गर्दैन, र यस विषयको खातिर उसले मानिसहरूलाई कहिल्यै चिढ्याउनेछैन। ख्रीष्टविरोधीहरूले सबैभन्दा धेरै केको चिन्ता गर्छन्? कति जना मानिसहरूले तिनीहरूलाई उच्च मान्छन्, र तिनीहरूले कष्ट भोग्दा कति मानिसहरूले देख्छन्, र यसका लागि प्रशंसा गर्छन् भन्‍ने कुरालाई लिएर तिनीहरू सबैभन्दा धेरै चिन्तित हुन्छन्। ख्रीष्टविरोधीहरू व्यर्थमा कष्ट कहिल्यै भोग्नु हुँदैन भन्‍ने विश्‍वास गर्छन्; तिनीहरूले जुनसुकै कठिनाइ सहे पनि, तिनीहरूले जुनसुकै मूल्य चुकाए पनि, तिनीहरूले जुनसुकै असल काम गरे पनि, तिनीहरू अरूप्रति जति नै हेरचाह गर्ने, विचारशील र प्रेमिलो भए पनि, ती सबै व्यवहार अरूको अगाडि नै गरिनुपर्छ, ताकि त्यो कुरा अझ धेरै मानिसहरूले देख्न सकून्। अनि, तिनीहरूले यसरी व्यवहार गर्नुको लक्ष्य के हो? मानिसहरूको निगाह पाउनु, अझ धेरै मानिसहरूलाई हृदयमा तिनीहरूका कार्यहरू, आचरण, र चरित्रको अनुमोदन र स्वीकृति महसुस गराउनु। कतिपय ख्रीष्टविरोधीहरूले यो बाहिरी रूपमा असल देखिने व्यवहारद्वारा आफूलाई “एक असल व्यक्ति” का रूपमा स्थापित गर्ने प्रयाससमेत गर्छन्, ताकि सहयोग माग्दै अझै बढी मानिसहरू तिनीहरूकहाँ आऊन्। उदाहरणका लागि, कुनै व्यक्ति कमजोर बन्छ र उसले धेरैजसो मानिसहरूमा प्रेम छैन, तिनीहरू अत्यन्तै स्वार्थी छन्, र अरूलाई सहयोग गर्न तिनीहरूलाई मन पर्दैन र तिनीहरू न्यानो हृदयका छैनन् भन्‍ने विश्‍वास गर्छ, र त्यसपछि उसले त्यो “असल व्यक्ति” बारे सोच्छ, जो वास्तवमा ख्रीष्टविरोधी हुन्छ। अथवा, कसैले आफ्नो काममा कठिनाइ सामना गर्छ र यसलाई कसरी समाधान गर्ने भनी उसलाई थाहा हुँदैन। उसले सहयोग गर्न सक्‍ने कसैबारे पनि सोच्न सक्दैन, र उसले सोच्ने पहिलो व्यक्ति त्यो “असल व्यक्ति” हुन्छ, जो वास्तवमा ख्रीष्टविरोधी हुन्छ। कसैले अबदेखि आफ्नो कर्तव्य पूरा गर्न चाहँदैन, ऊ संसार पछ्याउन, शक्ति र सम्पत्ति पछ्याउन, र आफ्‍नै जीवन जिउन चाहन्छ, र ऊ यति नकारात्मक र कमजोर भए पनि, उसले परमेश्‍वरसँग प्रार्थना गर्ने वा कसैसँग सङ्गति गर्ने गर्दैन, र यस्तो परिस्थितिमा उसले त्यो “असल व्यक्ति” बारे सोच्छ, जो वास्तवमा ख्रीष्टविरोधी हुन्छ। कामकुरा यसरी अघि बढ्ने क्रममा, यी मानिसहरूले समस्याहरू सामना गर्दा परमेश्‍वरलाई प्रार्थना गर्ने वा परमेश्‍वरका वचनहरू पढ्ने गर्दैनन्, बरु तिनीहरू मद्दतका लागि त्यो “असल व्यक्ति” मा भरोसा गर्न चाहन्छन्, जो वास्तवमा ख्रीष्टविरोधी हुन्छ। तिनीहरूले त्यो मान्छे खुसी पारिहिँड्ने व्यक्तिसँग आफ्नो हृदय खोल्छन् र हृदयमा जे छ त्यही भन्छन्, र त्यो मान्छे खुसी पारिहिँड्ने व्यक्तिलाई आफ्ना कठिनाइहरू समाधान गरिदिन अनुरोध गर्छन्; तिनीहरूले त्यो ख्रीष्टविरोधीलाई सही ठान्छन् र पछ्याउँछन्। अनि के यसरी ख्रीष्टविरोधीको उद्देश्य हासिल हुँदैन र? जब ख्रीष्टविरोधीले आफ्नो उद्देश्य हासिल गरेको हुन्छ, तब के मण्डलीमा उसको हैसियत साधारण मानिसहरूको भन्दा उच्‍च भएको हुँदैन र? अनि जब ऊ मण्डलीको पहिलो स्थानको र ठूलो व्यक्ति बन्न सक्छ, तब के ऊ साँच्‍चै सन्तुष्ट हुन्छ त? अहँ, हुँदैन। उसले के उद्देश्य हासिल गर्न चाहन्छ? ऊ अझै धेरै मानिसहरूलाई आफ्नो अनुमोदन गर्न, आफूलाई उच्च आदर, र आराधना गर्न लगाउन चाहन्छ, मानिसहरूका हृदयमा स्थान लिन, र विशेषगरी मानिसहरूले परमेश्‍वरमाथिको आस्थामा कठिनाइहरू सामना गर्दा र जाने कुनै ठाउँ नहुँदा आफूलाई श्रद्धा गर्ने, आफूमाथि भर पर्न, र पछ्याउन लगाउन चाहन्छ। यो कुरा ख्रीष्टविरोधीले मण्डलीको पहिलो स्थानको र ठूलो व्यक्ति हुन चाहनुभन्दा निकै गम्भीर हुन्छ। यसमा त्यस्तो गम्भीर कुरा के छ? (उसले मानिसहरूको हृदयमा स्थान पाउन परमेश्‍वरसँग प्रतिस्पर्धा गर्छ। उसले सीधै परमेश्‍वरको स्थान लिन चाहन्छ।) (यस्ता मानिसहरूलाई खुट्ट्याउन गाह्रो हुन्छ। तिनीहरूले अरूलाई बहकाउन सतही असल व्यवहार प्रयोग गर्छन्, जसले गर्दा अरूले समस्या हुँदा परमेश्‍वरका वचनहरूमा सत्यता खोजी गर्न वा सत्यता सङ्गति गर्न छोड्छन्, बरु यसको साटो ती ख्रीष्टविरोधीहरूमा भर पर्छन् र तिनीहरूको श्रद्धा गर्छन्, तिनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्न लगाउँछन् र तिनीहरूका शब्दहरूलाई सत्यता मान्छन्, जसले गर्दा यी मानिसहरू परमेश्‍वरबाट झन्झन् टाढा हुन्छन्। यो अझै धूर्त र दुर्भावनापूर्ण विधि हो।) ठीक भन्यौ, तिमीहरू सबैले महत्त्वपूर्ण कुरा बुझेका र उल्लेख गरेका छौ, जुन के हो भने ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदयमा स्थान लिन्छन् र जरा गाड्छन् र परमेश्‍वरको स्थान लिन चाहन्छन्। कसैले यसो भन्छ, “यदि म परमेश्‍वरलाई खोज्न गएँ भने, उहाँलाई भेट्टाउन सक्दिनँ; म उहाँलाई देख्‍न सक्दिनँ। यदि मैले परमेश्‍वरका वचनहरू खोजेँ भने, त्यो पुस्तक धेरै मोटो छ, त्यसमा अति धेरै वचन छन्, र उत्तरहरू भेट्टाउन गाह्रो छ। तर यदि म यो व्यक्तिकहाँ गएँ भने, तुरुन्तै उत्तरहरू पाउँछु; यो सुविधाजनक र फाइदाजनक दुवै छ।” हेर् त, तिनीहरूका कार्यहरूले मानिसहरूलाई हृदयमा तिनीहरूको आराधना गर्ने तुल्याइसकेका मात्र हुँदैनन्, त्यहाँ तिनीहरूका लागि ठाउँ समेत राख्छन्। तिनीहरू परमेश्‍वरको स्थान लिन चाहन्छन्—ख्रीष्टविरोधीले यी कामकुरा गर्नुको उद्देश्य यही हो। यी कामकुरा गरेर, ख्रीष्टविरोधीले सुरुवाती सफलता हासिल गरिसकेको छ भन्ने प्रस्टै छ; यी खुट्ट्याउन नसक्ने मानिसहरूका हृदयमा यस ख्रीष्टविरोधीले ठाउँ बनाइसकेको छ, अनि कतिपय मानिसहरूले तिनीहरूलाई आराधना गर्न र उच्च मान्न थालिसकेका छन्। ख्रीष्टविरोधीले हासिल गर्न चाहने उद्देश्य यही हो। यदि कुनै व्यक्तिले समस्या सामना गर्छ र उसले ख्रीष्टविरोधीलाई खोज्नुको सट्टा परमेश्‍वरलाई प्रार्थना गर्छ भने, ऊ असन्तुष्ट हुन्छ र यस्तो सोच्छ, “तिमी किन सधैँ परमेश्‍वरकहाँ जान्छौ? तिमी किन सधैँ परमेश्‍वरबारे सोच्छौ? किन तिमीले मलाई ध्यान दिँदैनौ वा मेरो बारे विचार गर्ने गर्दैनौ? म अत्यन्तै नम्र र धैर्य छु, म कुराहरू त्याग गर्न र आफूलाई अत्यन्तै धेरै समर्पित गर्न सक्छु, र म दान गर्छु, त्यसकारण किन तिमी मकहाँ आउँदैनौ? म तिमीलाई निकै सहयोग गर्छु। तिमीसँग किन कुनै विवेक छैन?” उसलाई दुःख र बेचैनी हुन्छ, र रिस उठ्छ—त्यो व्यक्ति र परमेश्‍वरप्रति रिस उठ्छ। आफ्नो परम उद्देश्य हासिल गर्न, ऊ ढोँग गर्न जारी राख्छ, दान गर्छ र धैर्य र सहनशील रहन्छ, नम्र देखिन्छ, दयालु तरिकाले बोल्छ, अरूलाई कहिल्यै चोट पुर्‍याउँदैन, र मानिसहरूले आफूलाई चिन्‍ने प्रयास गर्दा तिनीहरूलाई प्रायजसो सान्त्वना प्रदान गर्छ। कसैले यसो भन्छ: “म विद्रोही हुँ; म दियाबलस र शैतान हुँ।” उसले यसो भनेर प्रतिक्रिया दिन्छ: “तिमी दियाबलस वा शैतान होइनौ। यो त सानो समस्या मात्रै हो। आफूलाई त्यति नीच नठान र आफूलाई कम नठान। परमेश्‍वरले हामीलाई माथि उठाउनुभएको छ; हामी साधारण मानिसहरू होइनौँ, र तिमीले आफूलाई तुच्छ तुल्याउनु हुँदैन। तिमी मभन्दा निकै असल छौ; म तिमीभन्दा बढी भ्रष्ट छु। यदि तिमी दियाबलस हौ भने, म दुष्ट दियाबलस हुँ। यदि तिमी दुष्ट दियाबलस हौ भने, मैले त झन् नरक गएर अनन्त विनाश भोग्‍नैपर्ने हुन्छ।” उसले मानिसहरूलाई यसरी नै सहयोग गर्छ। यदि कसैले परमेश्‍वरको घरका हितहरू वा मण्डलीको काममा हानि गरेको छु भनेर स्विकार्‍यो भने, तिनीहरूलाई ख्रीष्टविरोधीले यसो भन्छ: “कर्तव्य पूरा गर्दा मण्डलीको काममा घाटा पुऱ्याउनु र थोरै बाटो बिराउनु ठूलो कुरा होइन। मैले पहिले तिमीले भन्दा धेरै ठूलो घाटा पुऱ्याएको छु र म अझै धेरै गलत मार्ग हिँडेको छु। बस तिमीले भविष्यमा काम गर्ने तरिका मात्र परिवर्तन गर, भइहाल्छ, यो समस्या होइन। यदि तिमीलाई तिम्रो विवेकले सहन सक्दैन भन्‍ने लाग्छ भने, मसँग केही पैसा छ र म तिम्रो घाटा पूर्ति गर्नेछु, त्यसकारण चिन्ता नगर। यदि भविष्यमा तिमीलाई कुनै समस्या भयो भने, बस मकहाँ आऊ र म तिमीलाई मद्दत गर्न सक्दो गर्नेछु, र मैले जे गर्न सक्छु, म तुरुन्तै गर्नेछु।” उसमा “व्यक्तिगत बफादारी” को यस्तो बोध हुन्छ, तर उसले वास्तवमा केका लागि यसो गरिरहेको हुन्छ? के उसले साँच्‍चै तँलाई सहयोग गरिरहेको हुन्छ? उसले तँलाई हानि गरिरहेको हुन्छ, तँलाई खाल्डोतिर डोर्‍याइरहेको हुन्छ—तँ शैतानको परीक्षामा फसेको हुन्छस्। उसले तेरा लागि खाल्डो खन्छ, र तँ त्यसैमा छिर्छस्; तँ फन्दामा पर्छस् र अझै पनि राम्रै हुँदै छ भन्‍ने सोच्छस्, र तँलाई यो ख्रीष्टविरोधीले थाहै नपाई बरबाद गर्छ—कस्तो मूर्खता! शैतान र ख्रीष्टविरोधीहरूले मानिसहरूलाई यसरी नै व्यवहार गर्छन्, बहकाउँछन्, र हानि गर्छन्। ख्रीष्टविरोधीले यसो भन्छ: “यदि तिमीले परमेश्‍वरको घरका हितहरूलाई अलिक ध्यान दियौ र भविष्यमा अलिक सावधान भयौ भने ठीकै हुन्छ। यो मामला सुधार्न सकिन्छ, कसैले पनि जानी-जानी त्यसो गर्नेथिएन। हामीमध्ये को सिद्ध व्यक्ति हुन सक्छ र? हामी कोही पनि सिद्ध छैनौँ; हामी सबै भ्रष्ट छौँ। म तिमीभन्दा निकै खराब थिएँ। भविष्यमा एकअर्कालाई प्रोत्साहित गरौँ। यसको साथै, परमेश्‍वरको घरलाई केही घाटा भए पनि, परमेश्‍वरले त्यसलाई हिसाब गर्नुहुन्न। परमेश्‍वर मानिसप्रति अत्यन्तै क्षमाशील र सहनशील छन्। यदि हामीले एकअर्काप्रति सहनशीलता देखाउन सक्छौँ भने, के परमेश्‍वर सहनशीलता देखाउन अझै सक्षम हुनुपर्दैन र? यदि परमेश्‍वरले हाम्रा अपराधहरू हिसाब गर्दिनँ भनेर भन्छन् भने, हामीसँग अब कुनै अपराधहरू बाँकी छैनन्।” व्यक्तिले चाहे जति ठूलो गल्ती गरे पनि, ख्रीष्टविरोधीले यसलाई एउटा मजाकको रूपमा दबाइदिन्छ र यसलाई बेवास्ता गर्छ, र उसको हृदय कति ठूलो छ, र ऊ कति दयालु, महान्, र सहनशील छ भनेर देखाउँछ। यसले उल्टो रूपमा, मानिसहरूलाई के गलत विश्‍वास गराउँछ भने, परमेश्‍वरले सधैँ आफ्ना वाणीहरूमा मानिसहरूको खुलासा गरिरहनुभएको हुन्छ, सधैँ मानिसहरूको भ्रष्ट स्वभावबारे किचकिच गरिरहनुभएको हुन्छ, र सधैँ मानिसहरूको सानोतिनो गल्ती कोट्याइरहनुभएको हुन्छ। यदि कुनै व्यक्तिले अपराध वा विद्रोह गरेको छ भने, परमेश्‍वरले उसलाई काटछाँट, न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र यस्तो देखिन्छ मानौँ उहाँ मानिसहरूप्रति बेपर्वाह हुनुहुन्छ। तर ख्रीष्टविरोधीले भने, सबै परिस्थितिमा मानिसहरूलाई सहन र क्षमा दिन सक्छ; ऊ अत्यन्तै महान् र आदरणीय हुन्छ। के यो कुरा यस्तै छैन र? कति ख्रीष्टविरोधीहरूले त यसो पनि भन्छन्, “गैरविश्‍वासीहरूको भनाइ यस्तो छ: ‘धेरै सम्पत्ति भएको ठूलो परिवारमा, थोरै कुरा खेर जाँदा केही हुँदैन।’ परमेश्‍वरको घर अत्यन्तै ठूलो छ, र परमेश्‍वरले प्रशस्त आशिष्हरू दिन्छन्। अलिक खेर फाल्नु ठूलो कुरा होइन; परमेश्‍वरले हामीलाई अत्यन्तै धेरै दिन्छन्। के हामीले धेरै खेर फालेका छैनौँ र? अनि परमेश्‍वरले हामीलाई के गरेका छन्? के परमेश्‍वरले यो सब सहेका छैनन् र? मान्छे कमजोर र भ्रष्ट छ, र परमेश्‍वरले यो कुरा धेरै पहिले नै देखेका थिए, त्यसकारण यदि उनले यो कुरा देखेका छन् भने, किन उनले हामीलाई दण्ड दिँदैनन्? यसले परमेश्‍वर धैर्य र कृपालु छन् भन्‍ने प्रमाणित गर्छ!” यो कस्तो कुरा हो? तिनीहरूले मानिसहरूलाई बहकाउन र परीक्षामा फसाउन, तिनीहरूको दर्शनमा बाधा दिन र तिनीहरूलाई गलत मार्गदर्शन दिन, र परमेश्‍वरलाई गलत रूपमा बुझ्न लगाउन सही देखिने र मानिसहरूका धारणाहरू अनुरूपका शब्दहरू प्रयोग गर्छन्, ताकि तिनीहरूसँग उहाँमा समर्पित हुने इच्छा वा चाहना अलिकति पनि नहोस्। ख्रीष्टविरोधीहरूको उक्साहट, बहकाउ र गलत मार्गदर्शनमा परेका कारण, मानिसहरूले आफूसँग भएको थोरै विवेक पनि गुमाउँछन्, र सबै जना ख्रीष्टविरोधीहरूलाई पालन गर्न र तिनीहरूमा समर्पित हुन थाल्छन्।

ख्रीष्टविरोधीहरू अरूमाझ हुँदा ढोँग गर्न निकै सिपालु हुन्छन्। फरिसीहरूजस्तै, तिनीहरू बाहिरी रूपमा मानिसहरूप्रति अत्यन्तै सहनशील र धैर्य, नम्र र असल प्रकृतिका देखिन्छन्—तिनीहरू सबैसँग अत्यन्तै उदार र सहनशील देखिन्छन्। समस्याहरू सम्हाल्दा, तिनीहरूले सधैँ आफ्नो हैसियतबाट मानिसहरूप्रति आफू कति सहनशील छन् भन्‍ने कुरा देखाउँछन्, र हरेक पक्षमा तिनीहरू उदार र फराकिलो सोचका, र अरूको सानोतिनो कुरा किचकिच नगर्ने किसिमका देखिन्छन्, र तिनीहरू मानिसहरूलाई आफू कति महान् र दयालु छन् भन्‍ने कुरा देखाउँछन्। वास्तवमा, के ख्रीष्टविरोधीहरूसँग साँच्चै यी सारहरू हुन्छन् त? तिनीहरूले अरूलाई दयापूर्वक व्यवहार गर्छन्, तिनीहरू मानिसहरूप्रति सहनशील हुन्छन्, र तिनीहरूले सबै परिस्थितिमा मानिसहरूलाई सहयोग गर्न सक्छन्, तर यी कुराहरू गर्नुपछाडि तिनीहरूको गुप्त मनसाय के हुन्छ? यदि तिनीहरूले मानिसहरूलाई आफ्नो पक्षमा पार्ने र मानिसहरूको निगाह किन्ने प्रयास नगरिरहेका भए के तिनीहरूले अझै पनि यी कुराहरू गर्नेथिए त? के बन्द कोठाभित्र ख्रीष्टविरोधीहरू साँच्‍चै यस्तै हुन्छन् त? के तिनीहरू अरूमाझ हुँदा जस्तो देखिन्छन् त्यस्तै—नम्र र धैर्य, अरूप्रति सहनशील, र अरूलाई प्रेमले सहयोग गर्ने हुन्छन् त? के तिनीहरूसँग त्यस्तो सार र त्यस्तो स्वभाव हुन्छ त? के तिनीहरूको चरित्र यस्तै हुन्छ त? पटक्‍कै हुँदैन। तिनीहरूले गर्ने सबै कुरा ढोँग मात्रै हुन्छ र त्यो सब मानिसहरूलाई बहकाउन र मानिसहरूको निगाह किन्नका लागि गरिएको हुन्छ ताकि अझै धेरै मानिसहरूको हृदयमा तिनीहरूले सकारात्मक छाप पार्न सकून्, र आफूलाई समस्या पर्दा मानिसहरूले पहिले तिनीहरूबारे सोचून् र तिनीहरूकै सहयोग खोजून्। यो उद्देश्य हासिल गर्नका लागि, ख्रीष्टविरोधीहरूले जानीजानी अरूको अगाडि देखावटी गर्ने, सही कुराहरू बोल्ने र गर्ने षड्यन्त्र गर्छन्। तिनीहरूले बोल्नुभन्दा पहिले, आफ्नो मनमा कति पटक शब्दहरू छान्ने वा हेरफेर गर्ने गर्छन् कसलाई पो थाहा हुन्छ र। तिनीहरूले जानीजानी आफ्नो शब्दशैली, अभिव्यक्ति, स्वरको भाव, र आवाजबारे, र मानिसहरूप्रति देखाउने आफ्नो हेराइ र बोल्ने शैलीबारे पनि सोचविचार गर्न जानाजान युक्ति रच्छन् र दिमाग खियाउँछन्। तिनीहरूले आफूले कुरा गरिरहेको व्यक्ति को हो, त्यो व्यक्ति वृद्ध छ कि जवान, त्यो व्यक्तिको हैसियत आफ्‍नो भन्दा उच्च छ कि निचो, त्यो व्यक्तिले तिनीहरूलाई उच्च मान्छ कि मान्दैन, त्यो व्यक्तिले तिनीहरूलाई सुटुक्क घृणा गर्छ कि गर्दैन, त्यो व्यक्तिको व्यक्तित्व तिनीहरूको व्यक्तित्वसँग मिल्छ कि मिल्दैन, त्यो व्यक्तिले के कर्तव्य गर्छ, र मण्डलीमा र दाजुभाइ-दिदीबहिनीहरूका हृदयमा उसको स्थान के छ भन्‍नेबारे सोचविचार गर्छन्। तिनीहरूले ध्यान दिएर यी कुराहरू अवलोकन र मनन गर्छन्, र यी कुराहरू मनन गरिसकेपछि, तिनीहरूले हरप्रकारका मानिसहरूलाई व्यवहार गर्ने तरिकाहरू निकाल्छन्। ख्रीष्टविरोधीहरूले विभिन्‍न प्रकारका मानिसहरूलाई जुनसुकै तरिकाले व्यवहार गरे पनि, तिनीहरूको उद्देश्य मानिसहरूलाई तिनीहरूलाई उच्‍च मान्न लगाउनु, तिनीहरूलाई आफूसरह होइन बरु आफूभन्दा उच्‍च नजरले हेर्न लगाउनु, तिनीहरूले बोल्दा अझै धेरै मानिसहरूलाई सम्‍मान गर्न र उच्‍च नजरले हेर्न लगाउनु, तिनीहरूले कामकुरा गर्दा तिनीहरूलाई समर्थन गर्न र पछ्याउन लगाउनु, तिनीहरूले गल्ती गर्दा तिनीहरूलाई दोषमुक्त गर्न र प्रतिरक्षा गर्न लगाउनु, र तिनीहरूलाई प्रकट र इन्कार गरिँदा अझै धेरै मानिसहरूलाई तिनीहरूको बचाउ गर्न लगाउनु, तिनीहरूको पक्षमा रोइकराइ गर्दै गुनासो गर्न लगाउनु, र परमेश्‍वरसँग बहस गर्न र उहाँको विरोध गर्न अडान लिन लगाउनु बाहेक अरू केही हुँदैन। जब तिनीहरू शक्तिबाट च्युत हुन्छन्, तब तिनीहरूले धेरै मानिसहरूलाई आफूलाई सहयोग गर्न, समर्थन व्यक्त गर्न, र आफ्नो पक्षमा खडा हुन लगाउन सक्छन्, जसले के देखाउँछ भने, ख्रीष्टविरोधीहरूले उद्देश्यपूर्ण रूपले मण्डलीमा षड्यन्त्र गरेर जगेर्ना गरेको हैसियत र शक्तिले मानिसहरूका हृदयमा गहिरो जरा गाडिसकेको छ, र तिनीहरूको “श्रमसाध्य प्रयास” व्यर्थ भएको छैन।

ख्रीष्टविरोधीहरूले मानिसहरूमाझको आफ्नो हैसियत, प्रतिष्ठा, इज्जत, र अख्तियारलाई आफ्नो क्षमताअनुसार व्यवस्थापन गर्न र हेर्न लागीपर्छन्—तिनीहरू सुस्ताउँदैनन्, नरम हृदयका बन्‍दैनन्, र लापरवाह त झनै बन्दैनन्। तिनीहरूले अरू सबैको नजरको अभिव्यक्ति, अरूको व्यक्तित्व, अरूको दैनिक दिनचर्या, अरूको पछ्याइ, सकारात्मक र नकारात्मक कुराहरूप्रति अरूको मनोवृत्ति अवलोकन गर्छन्, र योभन्दा पनि बढी तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासमा रहेको अरू सबैको आस्था र बफादारी, साथै परमेश्‍वरप्रति आफूलाई समर्पित गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने, आदि इत्यादिप्रति अरूको मनोवृत्ति पनि अवलोकन गर्छन्—तिनीहरूले यी कुराहरूमा धेरै मेहनत लगाउँछन्। त्यसकारण, तिनीहरूमा रहेको यो मनोवृत्तिका आधारमा, तिनीहरूले सत्यता पछ्याउने र तिनीहरूलाई खुट्ट्याउन सक्‍ने मानिसहरूबाट आफूलाई जोगाउँछन् र रक्षा गर्छन्, र त्यस्ता मानिसहरूमाझ हुँदा सतर्कतासाथ बोल्छन् र व्यवहार गर्छन्। तुलनात्मक रूपमा कमजोर व्यक्तित्व भएका, प्रायजसो नकारात्मक हुने र सत्यता नबुझ्‍ने मानिसहरू, र मूर्ख र सत्यता त्यति बोध नगर्ने निश्‍चित मानिसहरूसँग हुँदा, तिनीहरूले प्रायजसो आफूलाई सक्दो प्रदर्शन गर्छन्, निरन्तर सर्कसमा जस्तै नाटक गर्छन् र प्रस्तुति देखाउने हरेक अवसर छोप्छन्। उदाहरणका लागि, भेलाहरूमा हुँदा, धेरैजसो मानिसहरूले तिनीहरूलाई अनुमोदन गर्छन्, थोरै मानिसहरू तिनीहरूबाट विकर्षित हुन्छन्, र अझै धेरै मानिसहरूले तिनीहरूको वास्तविकता नै खुट्ट्याउँदैनन्, त्यसकारण तिनीहरूले नाटक गर्न र सङ्गति दिने अवसरहरू खोज्न थाल्छन्। तिनीहरूले आफ्नै अनुभवहरूबारे, आफ्नै विगतको “महिमामय इतिहास” बारे, परमेश्‍वरको घरमा तिनीहरूले हासिल गरेका पुण्यहरूबारे, र माथिले तिनीहरूलाई कसरी कदर गरेका छन् र व्यक्तिगत रूपमा काटछाँट गरेका छन् भन्‍नेबारे सङ्गति गर्छन्—तिनीहरूले एउटा पनि यस्तो अवसर हातबाट फुत्कन दिनै सक्दैनन्। आफू चाहे जोसँग भए पनि, वा अवसर जेसुकै भए पनि, ख्रीष्टविरोधीहरूले एउटै मात्र कुरा गर्छन्: तिनीहरूले नाटक गर्छन्; अर्थात्, तिनीहरू मानिसहरूको निगाहमा राम्रो देखिनका लागि प्रदर्शन गर्छन्। ख्रीष्टविरोधीहरूको सार यही हो: तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, दुष्ट र लाजपचेका हुन्छन्। तिनीहरू आफ्नो प्रस्तुतिमा कुन हदसम्‍म जान्छन्? सायद तिमीहरूले आफै पनि यस्ता केही प्रस्तुतिमा देखेका छौ होला। तिनीहरूमध्ये कतिले त प्रस्तुतिमा प्रदर्शन गरिरहेका, धाक लगाइरहेका, मानिसहरूको हृदय जितिरहेका, र अरूलाई तिनीहरूबारे उच्च सोच्न लगाउने अवसरहरू प्रयोग गरिरहेको स्पष्ट रूपमै देख्‍न सकिन्छ। कतिपय मानिसहरूले तिनीहरूलाई हेला गर्छन्, कतिपयले बेवास्ता गर्छन्, र गिल्लासमेत गर्छन्, तर तिनीहरूले वास्ता गर्दैनन्। तिनीहरूलाई केको चाहिँ वास्ता हुन्छ त? तिनीहरूलाई आफ्‍नो प्रस्तुतिद्वारा मानिसहरूमा गहन छाप पार्नेबारे मात्रै वास्ता हुन्छ, र तिनीहरूले कसरी यस्ता कुराहरू भन्‍ने आँट गर्छन्, तिनीहरूमा साहस, नेतृत्व शैली, नेतृत्व प्रतिभा छ, सबैको अगाडि स्टेजमा डर नमानी उभिने साहस छ, र नआत्तिईकन कामकुराहरू सम्हाल्‍न सक्‍ने क्षमता छ भनेर मानिसहरूलाई देखाउनेबारे मात्रै वास्ता हुन्छ। मानिसहरूलाई यी कुराहरू बुझाउन र देखाउन पाएपछि तिनीहरूलाई सन्तुष्टि हुन्छ, त्यसकारण त तिनीहरूले यसो गर्ने मौका पाउनेबित्तिकै प्रस्तुति देखाउन सक्दो गरिहाल्छन्, र तिनीहरूले कुनै पनि बन्धनविना, कुनै पनि हिचकिचाहटविना, र कुनै लाजविना प्रस्तुति देखाइहाल्छन्। ख्रीष्टविरोधीहरूले गर्ने यही हो। यदि मैले भेलाहरूमा सधैँ मुख्य विषयबारे सङ्गति गरेँ भने, कति मानिसहरू त मेरो कुरा सुन्दा उम्छन्। अथवा, जब म मुख्य विषय सङ्गति गर्छु, तब मानिसहरूको मन अझै पनि अरू कुरामा केन्द्रित हुन्छ र मैले भनिरहेको कुरामा ध्यान दिन तिनीहरूलाई सजिलो हुँदैन। यस्ता परिस्थितिहरूमा, म हल्का कुराकानी गर्छु, कुनै कथा सुनाउँछु वा चुट्किला भन्छु। यी कुरा र कथाहरू प्रायजसो मानिसहरूले आफ्नो जीवनमा प्रकट गर्ने निश्‍चित भ्रष्ट स्वभाव र स्थितिहरूसँग सम्बन्धित हुन्छन्। म मानिसहरूलाई अलिक जगाउन र तिनीहरूलाई अलिक राम्ररी बुझाउनका लागि कथाहरू प्रयोग गर्छु वा चुट्किलाहरू बताउँछु। जब ख्रीष्टविरोधीहरूले यो कुरा देख्छन्, तब तिनीहरू यसो सोच्छन्, “तिमीले भेलाहरूमा प्रवचनहरू दिँदा चुट्किला सुनाउँछौ। मैले पनि त्यसो गर्न सक्छु, म पनि तिमीजस्तै उत्कृष्ट छु। म पनि यतिकै फितलो ठट्यौली सुनाउनेछु र सबै हाँसोले फुट्नेछन्, र सबैले आनन्द लिनेछन्—त्यो कति गज्‍जब होला! म यतिकै एउटा कथा भन्‍नेछु, र त्यसपछि त कोही पनि भेलाहरूमा सहभागी हुन चाहनेछैन, तिनीहरू बस मेरा कथाहरू मात्रै सुन्न चाहनेछन्।” तिनीहरूले यो कुरामा मसँग प्रतिस्पर्धा गर्छन्। के तिनीहरूले यो कुरामा मसँग प्रतिस्पर्धा गर्नुको कुनै अर्थ छ? म किन कथाहरू सुनाउँछु? म किन गफ गर्छु? मानिसहरूले मेरा गफगाफ र कथाहरूबाट केही कुराहरू बुझ्न सक्छन्, र यसले तिनीहरूलाई सहजै सत्यता बुझ्न सहयोग गर्छ—मेरो उद्देश्य यही हो। तर, ख्रीष्टविरोधीहरूले यसलाई च्यापेर यसो भन्दै यसको फाइदा लिने प्रयास गर्छन्, “भेलाहरूमा, यति निर्णायक र महत्त्वपूर्ण समयको अवधिमा, तपाईँ बस गफ मात्रै गर्नुहुन्छ, त्यसकारण म पनि गफ नै गर्नेछु।” के गफ सधैँ उस्तै किसिमको हुन्छ र? यी रद्दी ख्रीष्टविरोधीहरूले सत्यतासमेत बुझ्दैनन्, त्यसकारण तिनीहरूको गफबाट के निस्किन सक्छ? तिनीहरूको कथा वा चुट्किलाबाट के निस्किन सक्छ? आत्मिक बुझाइ नभएका यी पशुहरूले सत्यता सङ्गति गर्ने र कथाहरू भन्‍ने गम्भीर कुरालाई अत्यन्तै सतही र हल्का रूपमा लिन्छन्। कस्तो प्रकारका मानिसहरूले यसो गर्छन्? ख्रीष्टविरोधीहरू, आत्मिक बुझाइ नभएका मानिसहरू, र सत्यता नपछ्याउने मानिसहरूले यस्ता कुराहरू गर्न मन पराउँछन्।

दाजुभाइ-दिदीबहिनीहरूको आँखाले, धेरैजसो मानिसहरूको आँखाले, ख्रीष्टविरोधीहरू संलग्न हुने ढोँगहरूमा लगभग कुनै गल्ती पत्ता लगाउन सक्दैनन्। किन यस्तो हुन्छ? किनभने, ख्रीष्टविरोधीहरूले आफ्ना त्रुटिहरू ढाकछोप गर्छन् र लुकाउँछन् र तँलाई ती कुराहरू देख्न दिँदैनन्; तिनीहरूले आफ्नो दुष्ट पक्ष, आफ्नो छाडा पक्ष, र आफ्नो खराब पक्ष बन्द ढोकाभित्र लुकाउँछन्। “बन्द ढोकाभित्र” भनेको कहाँ हो? ती तैँले देख्‍न नसक्‍ने ठाउँहरू हुन्, अर्थात् तिनीहरूको घर, समाज, तिनीहरूको जागिर, तिनीहरूका आफन्त र साथीहरूको अगाडिका ठाउँहरू हुन्; यी कुराहरू तैँले देख्‍न नसक्‍ने वा सम्पर्क गर्न नसक्‍ने क्षेत्रहरू हुन्। तैँले देख्‍न र सम्पर्क गर्न सक्‍ने तिनीहरूको बोली र व्यवहार, पूर्ण रूपमा ढोँगको पक्ष, अर्थात् तिनीहरूले प्रशोधन गरेको पक्ष हो। तैँले देख्‍न नसक्‍ने तिनीहरूको पक्षचाहिँ तिनीहरूको साँचो सार, तिनीहरूको साँचो अनुहार हो। अनि तिनीहरूको त्यो साँचो अनुहार के हो? आफ्‍ना गैरविश्‍वासी परिवारसँग हुँदा, तिनीहरूले हरकिसिमका खराब शब्दहरू बोल्छन्—अरूविरुद्धका गुनासाहरू, कटुतापूर्ण शब्दहरू, र शत्रुवत् शब्दहरू, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको निन्दा गर्ने र दोष दिने शब्दहरू, परमेश्‍वरको घर अधर्मी छ भन्‍ने गुनासाहरू—तिनीहरूले यी सबै कुराहरू बोल्छन्, केही कुरा छोड्दैनन्, अलिकति पनि संयम राख्दैनन्। आफ्‍ना आफन्त र साथीहरूसँग हुँदा, तिनीहरूले गैरविश्वासी संसारबारे छलफल गर्छन् र अरूका परिवारहरूबारे कुरा काट्छन्, र गैरविश्‍वासीहरूको सबै सांसारिक क्रियाकलापहरूमा सहभागी हुन्छन्, र विवाह र अन्त्येष्टिहरूमा समेत सक्रिय रूपमा सहभागी हुन्छन्। तिनीहरूले गैरविश्‍वासीहरूसँग बसेर अरूको कुरा काट्छन्, अरूलाई आलोचना गर्छन् र सराप्छन्, मानिसहरूबारे आधारहीन अफवाहहरू फैलाउँछन् र पिठ्यूँपछाडि तिनीहरूलाई बदनाम गर्छन्—तिनीहरू यी सबै कुरा भन्छन्। गैरविश्‍वासीहरूमाझ हुँदा, अरूसँग व्यवहार गर्दा, तिनीहरूले मानिसहरूलाई ठग्छन्, गुटबन्दी गर्छन्, मानिसहरूलाई आक्रमण गर्छन्, र कार्यालयमा अरूलाई फसाउन, अरूको कुरा लगाउन, र उच्च पद प्राप्त गर्न अरूलाई कुल्चन सक्छन्—तिनीहरूले यी सबै कुराहरू पनि गर्न सक्छन्। आफ्‍नो परिवार वा गैरविश्‍वासीहरूसँग हुँदा, तिनीहरू धैर्य, सहनशील, वा नम्र हुँदैनन्, बरु तिनीहरूले पूर्ण रूपमा आफ्नो साँचो रङ्ग प्रकाश गर्छन्। परमेश्‍वरको घरमा, तिनीहरू भेडाको भेषका ब्वाँसाहरू हुन्, र जब तिनीहरू गैरविश्‍वासीहरू, परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूमाझ हुन्छन्, तब तिनीहरू सबैले देख्‍ने गरी आफ्नो ब्वाँसो रूप देखाउँछन्; तिनीहरूले आफ्नो हितका लागि, एउटा शब्दका लागि, र एउटा भनाइका लागि गैरविश्‍वासीहरूसँग झगडा गर्छन्, र सानोतिनो हितका लागि गैरविश्‍वासीहरूसँग अनुहार रातो हुन्जेलसम्‍म अन्त्यहीन बहस गर्छन्। यदि तिनीहरूले परमेश्‍वरको घरमा कुनै फाइदा प्राप्त गरेनन् वा काटछाँट सामना गरे भने, तिनीहरू घर जान्छन् र कोलाहल मच्‍चाउँछन्, समस्या सृजना गर्छन्, र यस्तो व्यवहार गर्छन् कि तिनीहरूको परिवार तिनीहरूसँग डराउँछन्। गैरविश्‍वासीहरूमाझ, तिनीहरूसँग कुनै इसाई शिष्टता हुँदैन, न त तिनीहरूले इसाईहरूले जस्तो गवाही नै दिन्छन्—तिनीहरू पूर्ण रूपमा ब्वाँसो हुन्, मानव समेत होइनन्। परमेश्‍वरको घरमा र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूअघि, तिनीहरूले प्रतिज्ञा गर्छन्, शपथ खान्छन्, आफ्नो सङ्कल्प व्यक्त गर्छन्, र तिनीहरू परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न इच्छुक देखिन्छन् र तिनीहरूले परमेश्‍वरमा आस्था राख्छन् जस्तो देखिन्छ। तर जब तिनीहरू गैरविश्‍वासीहरूमाझ आउँछन्, तिनीहरूको पछ्याइ र विश्‍वास गैरविश्‍वासीहरूको जस्तै हुन्छ। कतिले त गैरविश्‍वासीहरूले जस्तै सेलिब्रेटीहरूलाई पछ्याउँछन् र सेलिब्रेटीहरूले हरेक दिनको पहिरन अनुकरण गर्दै, शरीरको माथिल्लो भाग देखाउँछन्, कपाल गज्याकगुजुक पार्छन्, र अत्यन्तै धेरै मेकअप लगाउँछन्—तिनीहरू न त मानवजस्ता देखिन्छन् न त भूतजस्ता नै। तिनीहरूले फेशनेबल कपडा लगाउँछन् र हरेक दिन समयको गतिसँगै चल्छन्, जीवन स्वादैस्वादले भरिएको छ भन्‍ने अनुभूत गर्छन्, र तिनीहरूलाई भित्री हृदयमा गैरविश्‍वासीहरूको जिउने तरिकाप्रति कुनै घृणा महसुस हुँदैन। ख्रीष्टविरोधीहरूले मण्डलीमा आफ्‍नो स्थान सुरक्षित गर्न र मानिसहरूको हृदयमा प्रतिष्ठा र हैसियत प्राप्त गर्न धेरै कुराहरू र अत्यन्तै मेहनत गर्छन्। यो मेहनत पूर्ण रूपमा तिनीहरूको उद्देश्य हासिल गर्न र अरूलाई तिनीहरूको आदर र आराधना गराउनका लागि नै हुन्छ। यी व्यवहार, शैली, र बाहिरी प्रकटीकरणहरू, तिनीहरू बन्द ढोकाभित्र कसरी जिउँछन् भन्‍ने कुरासँग स्पष्ट रूपमा फरक हुन्छन्, र मानिसहरूको पिठ्यूँपछाडि तिनीहरूले गर्ने कार्य र व्यवहार एउटा इसाईले गर्न मिल्ने कुराहरू पटक्‍कै हुँदैनन्। यस्तो स्पष्ट भिन्‍नता भएकाले, हामी तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूअघि गर्ने र देखाउने सबै कुरा ढोँग हो, वास्तविक कुरा र प्राकृतिक प्रकटीकरण होइन भन्‍ने कुरा निर्धारित गर्न सक्छौँ। ख्रीष्टविरोधीहरूले आफ्नो उद्देश्य हासिल गर्नलाई मात्र ढोँग गर्छन्, नत्र तिनीहरूले यी कुराहरू गर्न कहिल्यै आफूसँग सम्झौता गर्नेथिएनन्। तिनीहरूले गर्ने कामकुराहरू र बन्द ढोकाभित्र प्रकट गर्ने स्वभावका प्रकटीकरणहरू, साथै तिनीहरूका पछ्याइहरू अनुसार मूल्याङ्कन गर्दा, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, तिनीहरूले शिष्टता र सीधापनलाई प्रेम गर्दैनन्, झन् तिनीहरूले कष्ट सहने र मूल्य चुकाउने वा इसाई मार्ग पछ्याउने कार्यलाई त झनै प्रेम गर्दैनन्। त्यसकारण, तिनीहरूले देखाउने यी असल व्यवहारहरू तिनीहरूको हृदयबाट निस्केका हुँदैनन्, ती स्वेच्छिक, र सच्‍चा हुँदैनन्, बरु ती त तिनीहरूका आफ्नै इच्छा विपरीत, र अरूलाई देखाउनका लागि गरिएका हुन्छन्, र निगाह प्राप्त गर्न र मानिसहरूको हृदय फुस्ल्याउनका लागि गरिएका हुन्छन्। कतिपय मानिसहरूले सोध्छन्, “मानिसहरूको हृदय फुस्ल्याएर तिनीहरूलाई कसरी फाइदा हुन्छ?” ठ्याक्‍कै यहीँनेर नै ख्रीष्टविरोधीहरू साधारण मानिसहरूभन्दा फरक हुन्छन्; तिनीहरूका लागि यो फाइदा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। त्यसोभए, त्यो फाइदा के हो त? त्यो के हो भने, तिनीहरू मानिसहरूमाझ उभिँदा, तिनीहरूलाई नचिन्‍ने, तिनीहरूलाई वाःवाः नगर्ने, तिनीहरूको प्रशंसा नगर्ने, तिनीहरूको आराधना नगर्ने कोही हुँदैन। मानिसहरूले समस्या हुँदा परमेश्‍वरलाई खोजी र प्रार्थना गर्नुको सट्टा ख्रीष्टविरोधीलाई खोज्छन्। अनि जब सबैले त्यो ख्रीष्टविरोधीको आराधना गर्छन् र सबैजना उसको वरिपरि घुम्छन्, तब त्यो ख्रीष्टविरोधीले कस्तो महसुस गर्छ? उसलाई आफू परमेश्‍वरजस्तो वा असाधारण व्यक्ति हुँ भन्‍ने लाग्छ, र उसलाई ऊ बादलमा उडिरहेको छ, सपनाको संसारमा जिइरहेको छ भन्‍ने लाग्छ, जुन साधारण व्यक्तिले जिउने तरिकाभन्दा फरक कुरा हो। जब ऊ मानिसहरूमाझ हुन्छ, तब सबैले चन्द्रमाको वरिपरि ताराहरू झुम्मिएजस्तै उसको प्रशंसा र आदर गर्छन् र उसको बढाइ गर्छन्—कस्तो राम्रो अनुभव, र उसको हृदयमा कति धेरै आनन्द, सहजता, र खुसी! ख्रीष्टविरोधीहरूले चाहने कुरा ठ्याक्कै यही हो। तर, यदि मानिसहरूका समूहमा कसैले पनि ख्रीष्टविरोधीलाई कुनै ध्यान दिँदैन भने, यदि अत्यन्तै थोरै मानिसहरूलाई मात्र उसको नाम थाहा छ भने, यदि उसको सबल पक्ष कसैलाई थाहा छैन भने, यदि उसलाई धेरैजसो मानिसहरूले आफ्नो मनमा साधारण व्यक्ति, कुनै विशेष विशेषता नभएको, कुनै सामर्थ्य नभएको, कुनै असाधारण कुरा नभएको, अरूले आदर वा सम्मान गर्ने कुरा नभएको, वा कसैले आदरसाथ बताउने केही कुरा नभएको व्यक्तिका रूपमा लिन्छन् भने, यसले ख्रीष्टविरोधीलाई आफ्नो हृदयमा असहज र नराम्रो महसुस हुन्छ; उसलाई आफू देवता हो जस्तो वा बादलमा उडिरहेको हो जस्तो लाग्दैन। उसलाई यसरी जीवन जिउनु अत्यन्तै न्यास्रो, अत्यन्तै असहज, अत्यन्तै दमघुट्ने, अत्यन्तै नालायक, र अत्यन्तै निरर्थक लाग्छ। उसले के सोच्छ भने, यदि जीवनभर साधारण व्यक्ति मात्रै बनेर केही कर्तव्य निर्वाह गर्नुपर्ने र मानकअनुरूपको सृजित प्राणी बन्‍नुपर्ने हो भने, त्यस्तो जीवनमा के आनन्द हुन्छ र? परमेश्‍वरमा विश्‍वास गर्दा त्यति थोरै मात्र आनन्द कसरी हुन सक्छ र? उसका लागि, यो अत्यन्तै न्यून मानक हुन्छ, र यसलाई माथि उठाइनुपर्छ। तर यसलाई कसरी माथि उठाउने? उसले आफ्नो लोकप्रियता बढाउनुपर्छ ताकि मानिसहरूले उसलाई श्रद्धा गरून् र धेरै सम्‍मान गरून्, र उसले सानदार जीवन जिउन सकोस्। त्यसकारण, जब उसले प्रार्थना गर्छ, तब उसले घरमा आफै प्रार्थना गर्दैन, बरु यसको साटो ऊ प्रार्थना गर्न मण्डली जान्छ, उसलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग भेला हुँदा नै प्रार्थना गर्नुपर्छ, ठूल्ठूलो सोरमा प्रार्थना गर्नुपर्छ, अनि व्याकरणिक रूपमा, तर्कसङ्गत रूपमा, व्यवस्थित रूपमा, र विचारशील रूपमा प्रार्थना गर्नुपर्छ, र उपस्थित सबै जनाले सुन्न सक्‍ने गरी, उपस्थित सबै जनाले उसको वाक कौशल र स्पष्ट सोच सुन्न सक्‍ने गरी, र ऊसँग आफ्नै पछ्याइ छ भनेर थाहा पाउने गरी प्रार्थना गर्नुपर्छ। जब उसले परमेश्‍वरका वचनहरू पढ्छ, तब त्यो पनि घरमा एकलै पढ्दैन। सुरुमा, उसले घरमा तयारी गर्छ, र त्यसपछि अरूले सुन्‍ने गरी पढ्छ ताकि अरूले उसले पढ्ने परमेश्‍वरका वचनहरू सबै महत्त्वपूर्ण, सबै अत्यावश्यक हुन्छन् भनेर देखून्। उसले जे गरे पनि, सधैँ बन्द ढोकाभित्र गृहकार्य गर्छ, अनि तयार भइसकेपछि, र अरूले उसलाई आदरणीय ठान्‍ने र अनुमोदन गर्ने अवस्थामा मात्रै ऊ अरूको अगाडि आउँछ। कतिपय त यस्ता पनि हुन्छन् जसले अरूको अघि केही कुरा ल्याउनुभन्दा पहिले घरमै ऐनाअगाडि बसेर पूर्वावलोकन र तयारी गर्छन्। जब तिनीहरूले यो कुरा अरू मानिसहरूको अघि ल्याउँछन्, तब यो सबैभन्दा मूल स्थितिमा हुँदैन, यो कुरा त पहिले नै धेरै पटक प्रशोधन भइसकेको हुन्छ, यो कुरा ख्रीष्टविरोधीका सोच, दृष्टिकोण, भ्रष्ट स्वभाव, धूर्त युक्ति र धूर्त माध्यमहरूद्वारा प्रशोधन भइसकेको हुन्छ। मण्डली र मानिसहरूमाझ हैसियत र लोकप्रियता पाउने आफ्नो उद्देश्य हासिल गर्नका लागि, ख्रीष्टविरोधीहरू यी कुराहरू गर्न मूल्य चुकाउन पटक्‍कै हिचकिचाउने छैनन्। त्यसकारण, यी सबै कुराहरूलाई के भन्‍ने हो? के ती साँचो प्रकटीकरणहरू हुन्? के ती स्वभाव परिवर्तन पछ्याउने व्यक्तिले गर्नुपर्ने अभ्यासहरू हुन्? (होइनन्।) ती सबै ढोँगबाट आएका हुन्छन्; ख्रीष्टविरोधीहरूले यति धेरै ढोँग गर्छन् कि यसले मानिसलाई वाकवाकी नै लाग्छ!

कतिपय मानिसहरूले त पहिले खेस्रा तयार गरेका छैनन् भने भेलाहरूमा सङ्गति नै दिँदैनन्। तिनीहरूले पहिले बन्द ढोकाभित्र खेस्रा तयार गर्नुपर्छ, यसलाई धेरै पटक परिमार्जन गर्नुपर्छ, प्रशोधन गर्नुपर्छ, परिष्कृत गर्नुपर्छ, र यो तयार भएपछि मात्रै तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूअघि सङ्गति गर्नेछन्। कसैले तिनीहरूलाई यसो भन्छ, “हामी सबै यहाँ दाजुभाइ-दिदीबहिनीहरू हौँ। भेलाहरूमा बस इमानदारिता पूर्वक र साँचो रूपमा बोल, भइहाल्छ। मनमा जे आउँछ त्यही भन। सबैभन्दा राम्रो तरिका त्यही हो।” तिनीहरूले जबाफ दिन्छन्, “अहँ, सक्दिनँ। यदि मैले त्यसो गरेँ भने, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले मलाई हेयको दृष्टिले हेर्नेछन्।” देखिस् त, तिनीहरूले अचेतन रूपमै कुनै साँचो कुरा बोलिदिन्छन्। हरेक हिसाबमा, तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतको सुरक्षा गर्न काम गर्छन्। समाजका केही उत्कृष्ट प्रतिभा भएका मानिसहरू, प्राध्यापकहरू, विश्‍वविद्यालयका विद्यार्थीहरू, विद्यावारिधिका विद्यार्थीहरू, वा वैज्ञानिक अनुसन्धानकर्ताहरूले आफूलाई प्रमाणित गर्न र आफ्नो हैसियत र प्रतिष्ठाको सुरक्षा गर्नका लागि मानिसहरूसँग अन्तरक्रिया गर्न निश्‍चित ढोँग र प्रशोधित व्यवहार प्रयोग गर्छन्। अर्थात्, तिनीहरूले मानिसहरूसँग अन्तरक्रिया गर्नका लागि मकुन्डो लगाउँछन्, र तिनीहरूले वास्तवमा के पछ्याइरहेका छन्, तिनीहरूमा कुनै कमजोरी छ कि छैन, तिनीहरूले बन्द ढोकापछाडि ठ्याक्कै के गर्छन् भन्‍ने कुरा मानिसहरूलाई कहिल्यै थाहा हुँदैन, र तिनीहरूको व्यक्तिगत जीवन र तिनीहरूले कसरी आफूलाई आचरणमा ढाल्छन् र संसारसँग व्यवहार गर्छन् भन्ने कुरामा सधैँ शङ्काको सुइरो, र सधैँ प्रश्‍न चिन्ह रहन्छ। के यी मानिसहरू यस्तो गहन ढोँगमा संलग्‍न भएका हुँदैनन् र? त्यसोभए, तिमीहरूले यी मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ? तिनीहरूले तँसँग झूटो व्यवहार गर्ने भएकोले, के तैँले पनि तिनीहरूसँग झूटो व्यवहार गर्नुपर्छ? उदाहरणका लागि, तिनीहरूले तँलाई भेट्दा मुखले मात्रै मिठो बोल्छन्, त्यसकारण तैँले पनि तिनीहरूसँग निरन्तर शिष्ट व्यवहार नै गर्छस्—के यो स्वीकार्य हुन्छ? (हुँदैन।) त्यसोभए, तिनीहरूसँग सङ्गत गर्ने उचित तरिका के हो? (जब तिनीहरूले यी प्रकटीकरणहरू देखाइरहेका छन् भन्‍ने कुरा कुनै व्यक्तिले पत्ता लगाउँछ, तब उसले सुरुमा तिनीहरूको खुलासा गर्नुपर्छ, यस्तो स्वभावको प्रकृति सार के हो र यसलाई कुन अभिप्रायले सञ्चालित गरेको हुन्छ भन्‍नेबारे तिनीहरूसँग सङ्गति गर्नुपर्छ। यदि उसले भनेको कुरा तिनीहरूले स्विकार्दैनन् भने, उसले तिनीहरूसँग फेरि सङ्गति गर्नु हुँदैन।) तैँले तिनीहरूको खुलासा गर्नुपर्छ, र तिनीहरूले तैँले भनेको कुरा स्विकारेनन् भने, तिनीहरूबाट तँ अलग बस्‍नुपर्छ। के तिमीहरूमध्ये कोही अझै पनि तिनीहरूको बहकाउमा पर्न र तिनीहरूको आराधना गर्न सक्छौ? तिमीहरूसँग अहिले भएको कदका आधारमा भन्‍नुपर्दा, तिमीहरूले यी स्पष्ट फरिसीहरू केही हदसम्‍म छर्लङ्ग देख्‍न सक्छौ, तर यदि तिमीहरूले ढोँग गर्न सक्‍ने, आफूलाई गहन रूपमा लुकाइराख्‍ने, अलि बढी सक्षम कसैलाई भेट्यौ भने, के तिमीहरूले तिनीहरूलाई छर्लङ्गै देख्‍न सक्नेछौ? यदि तिनीहरूले जहिल्यै पनि सही कुराहरू मात्रै बोल्छन् र गर्छन् भने, यदि तिनीहरूसँग कुनै त्रुटि नै नभएजस्तो र तिनीहरूले कहिल्यै गल्ती नै गर्दैनन् जस्तो देखिन्छ भने, यदि तँ कहिलेकहीँ केही मामलाहरूमा नकारात्मक र कमजोर बन्छस् तर तिनीहरू कहिल्यै कमजोर हुँदैनन् भने, र यदि तिनीहरू नकारात्मक बने भने पनि तिनीहरूले यसलाई आफै समाधान गर्न सक्छन् र तिनीहरू तुरुन्तै यसबाट बाहिर निस्कन सक्छन्, तर तँचाहिँ सक्दैनस् भने, जब तैँले त्यस्ता मानिसहरूलाई भेट्छस् तब तैँले तिनीहरूलाई अनुमोदन गर्नेछस् र तिनीहरूको आराधना गर्नेछस्, र तैँले तिनीहरूबाट सिक्‍नेछस् र तिनीहरूलाई पछ्याउनेछस्; यदि तैँले त्यस्ता मानिसहरूलाई खुट्ट्याउन सकिनस् भने, तँ तिनीहरूको बहकाउमा पर्नेछस् कि पर्नेछैनस् भनेर भन्‍न गाह्रो हुन्छ।

हामीले ढोँग भन्‍ने यो विषयको कतिवटा पक्षहरूमा सङ्गति गरेका छौँ? एउटा पक्ष के हो भने, तिनीहरूले कष्ट सहनुलाई ढोँगका रूपमा प्रयोग गर्छन्। तिनीहरूले हृदयमा, वास्तवमा कष्ट सहन चाहँदैनन् र तिनीहरूलाई यसप्रति निकै प्रतिरोध अनुभूति हुन्छ, तैपनि तिनीहरूले आफ्नो उद्देश्य हासिल गर्नको लागि अत्यन्तै मन नलागी-नलागी कष्ट सहन्छन्, विभिन्‍न कुराहरू त्याग्छन्, र मूल्य चुकाउँछन्। तिनीहरूले कष्ट भोगेपछि पनि, मन बुझाउँदैनन् र धेरै मानिसहरू यसबारे सचेत नभएकाले यो कष्ट भोग्‍नु सार्थक भएन भन्‍ने महसुस गर्छन्। त्यसकारण तिनीहरूले यसबारे थाहा नभएका धेरै मानिसहरूलाई बताउँदै जताततै यसको प्रचार गर्छन्। अन्त्यमा, कतिपय मानिसहरूले के भयो भन्‍ने थाहा पाउँछन् र तिनीहरूबाट गहन रूपमा प्रभावित हुन्छन्, तिनीहरूलाई उच्‍च मान्छन् र आराधना गर्छन्, र यसरी तिनीहरूले आफ्नो उद्देश्य हासिल गर्छन्। कतिपय मानिसहरू यस्ता पनि छन्, जो आफूलाई असल मानिसहरू, राम्रो व्यवहार गर्ने र कर्तव्यनिष्ठ व्यक्ति भनेर प्रचार गर्छन्, र यस्तो छवि, पहिचान, र व्यक्तित्व प्रयोग गरेर मानिसहरूसँग सङ्गत गर्न चाहन्छन्, ताकि मानिसहरूले तिनीहरू असल मानिसहरू हुन् भन्‍ने विश्‍वास गरून् र तिनीहरूसँग नजिक आउन्। तिनीहरूले अझै धेरै मानिसहरूको सराहना पाउनका लागि यस्तो असल व्यक्ति बन्‍नुलाई आफ्नो उद्देश्यका रूपमा लिन्छन्, ताकि मानिसहरूले तिनीहरूबारे उच्च सोचून् अनि तिनीहरूले आफ्नो लोकप्रियता बढाउन सकून्। यस्तै हुन्छ, होइन र? (हजुर, हो।) ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने निश्‍चित तरिकाहरू प्रयोग गरेर, हामीले भर्खरै तिनीहरूको ढोँग गर्ने व्यवहार पछाडि लुकेका उद्देश्यहरू र तिनीहरूको ढोँगको सार, तिनीहरूले गर्ने र भन्‍ने कुराहरू, र तिनीहरूले प्रदर्शन गर्ने प्रकटीकरणहरू के-के हुन् जसले तिनीहरूले ढोँग गरिरहेका छन् भन्‍ने प्रमाणित गर्छ त्यसबारे खुलासा र चिरफार गर्‍यौँ। हामी यो पक्षको सङ्गति यहीँ समाप्त गर्नेछौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्