विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग एक) खण्ड छ

अहिले, तिमीहरूको विचारमा, मण्डलीका कुन-कुन कामहरू सबैभन्दा महत्त्वपूर्ण छन् र परमेश्‍वरको व्यवस्थापन योजनाको विस्तारसँग सम्बन्धित छन्? (सुसमाचार प्रचार गर्नु।) सुसमाचारको काम एउटा मुख्य काम हो। परमेश्‍वरको नजरमा परमेश्‍वरको काम भनेको काम नै हो, तर मानिसहरूको लागि यो तिनीहरूको कर्तव्य हो। सुसमाचारको काम बाहेक, चलचित्र निर्माणको काम, अनुवादको काम, भजनको काम र विविध लेखन-पठनको काम पनि छन्। आजभोलि पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्ने धेरैजसो मानिसहरू यी कामहरूसँग सम्बन्धित क्रियाकलापहरूमा संलग्‍न हुन्छन्। मलाई भन त, यीमध्ये कुन-कुन काम छोड्न सकिन्छ? कतिपय मानिसहरू भन्छन्, “संगीत भनेको केही सुरहरू मात्रै हो, यसलाई म महत्त्वपूर्ण ठान्दिनँ। यस्ता सबै धुनहरूविना पनि परमेश्‍वरका वचनहरू प्रसार गर्न र फैलाउन सकिन्छ, र मानिसहरूलाई परमेश्‍वरअघि ल्याउन सकिन्छ।” के यसो भन्‍नु सही हो? (अहँ, यो गलत कुरा हो।) किन यो गलत छ? के संगीतविना विभिन्‍न प्रकारका भिडियो उत्पादनहरू राम्रो हुन्थे र? (हुन्थेनन्।) मण्डलीभित्र भजन गाउनमा बाहेक, सबै चलचित्रहरू, म्यूजिक भिडियोहरू, कोरस प्रस्तुतिहरू, र स्टेज नाटकहरू, साथै परमेश्‍वरका वचनहरूका भिडियो वाचनहरू, आदि इत्यादिमा पनि सङ्गीत आवश्यक पर्छ। झट्ट हेर्दा, सङ्गीत वास्तवमा सुरहरू मात्रै हो, तर मानिसहरूले एकपटक सङ्गीत सुनेपछि परमेश्‍वरका वचनहरू प्रसार गर्नमा यो अझै प्रभावकारी हुन्छ, र यसले सुसमाचार फैलाउने कार्य अघि बढाउने भूमिका खेल्न सक्छ, र त्यसैले यो अपरिहार्य छ। यदि तैँले सामान्य रूपमा बोलिरहेको छस् र पृष्ठभूमिमा सङ्गीत छ भने, प्रभाव फरक हुनेछ, होइन र? त्यसैले, यो कर्तव्य अत्यन्तै महत्त्वपूर्ण छ। कतिपय मानिसहरू भन्छन्: “त्यसोभए के हाम्रो भिडियोको काम महत्त्वपूर्ण हुन्छ?” मलाई भन त, के भिडियोको काम महत्त्वपूर्ण हुन्छ? (हुन्छ।) जस्तै, स्पेसल इफेक्ट्स्‌ प्रविधि प्रयोग गरेर बनाइने धेरैजसो दृश्यहरूलाई कुनै पनि कच्‍चा भिडियो फुटेजले प्रतिस्थापन गर्न सकिँदैन, न त तिनलाई खिच्न नै सकिन्छ—यो आधुनिक कला हो। कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वरको घरले समेत आधुनिक कलाको कुरा गर्छ। के यो समयको गतिसँगै हिँड्नु होइन र?” यो कसरी समयको गतिसँगै हिँड्नु भयो? यो त शैतानलाई सेवा गर्न लगाएर आफ्नो काम पूरा गर्नु हो। तर अवश्य नै, यो सेवा प्रदान गर्न लगाउनका लागि दाजुभाइ-दिदीबहिनीहरूबाट फाइदा लिनु होइन। यसको अर्थ, यदि तैँले केही प्राविधिक र कलात्मक पेसाहरू सिक्न सकिस् र सुसमाचार फैलाउने र परमेश्‍वरका वचनहरू प्रसार गर्ने काममा यो व्यावसायिक ज्ञान प्रयोग गर्न सकिस् भने, तैँले सिकेको कुरा उपयोगी हुनेछ। यदि तैँले यो कुरा सिक्न सकिस् भने, यो परमेश्‍वरको अनुग्रह हो, र तैँले सम्बन्धित कर्तव्य पूरा गर्न सक्छस्, र तँ आशिषित हुनेछस्। के यो तेरो लागि आशिष्‌ होइन र? (हो।) त्यसैले, तैँले के सिक्छस्, त्यो महत्त्वपूर्ण होइन, तर तैँले यसलाई कर्तव्यमा प्रयोग गर्छस् गर्दैनस्, त्योचाहिँ महत्त्वपूर्ण हो। अरूहरू यसो भन्छन्: “हामी लेखन-पठनको काम गर्छौँ, तर कसैले पनि हाम्रो बारेमा कहिल्यै थाहा पाउँदैन, कसैले पनि हाम्रो बारेमा उल्लेख गर्दैन, र धेरै मानिसहरूले हामीलाई भेट्नसमेत पाउँदैनन्। हामी उपेक्षित बनेका छौँ।” यो त मामलालाई स्पष्ट रूपमा नहेर्नु हो। मानिसहरूले तँलाई देख्‍न सक्दैनन्, तर परमेश्‍वरले तँलाई देख्‍न सक्नुहुन्छ, परमेश्‍वरले तेरो छानबीन गरिरहनुभएको हुन्छ, परमेश्‍वरले तँलाई अगुवाइ गरिरहनुभएको हुन्छ, परमेश्‍वरले तँलाई आशिष्‌ दिइरहनुभएको हुन्छ, तैँले किन यो अनुभव गर्न सक्दैनस्? के मानिसहरूले तिमीहरूलाई देख्दा वा नदेख्दा, वा तिमीहरूबारे उल्लेख गर्दा वा नगर्दा फरक पर्छ र? कुनचाहिँ सत्यता तिमीहरूलाई प्रदान गरिएको छैन र? कुन-कुन प्रवचन र सङ्गतिबाट तिमीहरूलाई छुटाइयो र? वास्तवमा, लेखन-पठनको कामको प्राविधिक कुरा त्यति उच्च छैन, र त्यसका व्यावसायिक पक्षहरू त्यति धेरै दह्रिलो बनाउनुपर्दैन। तर एउटा कुरा अपरिहार्य छ। तैँले सत्यता बुझ्नैपर्छ। यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले केही पनि लेख्‍न सक्दैनस्। तँसँग लेख्‍ने ज्ञान छ, तैँले भाषा मापदण्डअनुरूप बनाउन र भाषा व्यवस्थित गर्न सक्छस्, र तैँले लेखमा संरचना र विचारहरू मिलाउन सक्छस्। तर संरचना आफै लेख होइन। यसमा विषयवस्तु भरिनुपर्छ। विषयवस्तुको हिसाबमा ठ्याक्‍कै के लेख्‍ने, र परमेश्‍वरको गवाही दिने परिणाम हासिल गर्न कसरी लेख्‍ने—तिमीहरू प्रवेश गर्नुपर्ने कुरा यही हो। यदि तिमीहरू परमेश्‍वरका वचनहरूको गवाही दिने र परमेश्‍वरको कामको यो चरण प्रसार गर्ने यही जगमा मात्रै अल्झिरहन्छौ भने, तिमीहरूको कद कहिल्यै बढ्नेछैन। यदि परमेश्‍वरको नयाँ कामको गवाही दिने, मानिसहरूका धारणाहरू काट्ने, र दर्शनहरूका केही सत्यताबारे सङ्गति दिनेबाहेक, तिमीहरूले जीवन प्रवेशसम्बन्धी केही सत्यताहरूबारे सङ्गति पनि दिन सक्छौ, र मानिसहरूले आफ्नो भ्रष्टता पहिचान गर्न सकून्, र मानवजातिप्रतिका परमेश्‍वरका मापदण्डहरू के-के हुन् र परमेश्‍वरका अभिप्राय के हुन्, र साथै सबैभन्दा महत्त्वपूर्ण समस्याहरू के हुन्—अर्थात् ठ्याक्‍कै सत्यता के हो, मानिसहरूले कुन मार्ग अपनाउनुपर्छ, अहिले मानिसहरूले लिइरहेका गलत मार्गमा त्रुटि कहाँ छ, र परमेश्‍वर मानिसहरूलाई कस्तो मानिसहरू बन्‍न, र कुन मार्ग हिँड्न आवश्‍यक गराउनुहुन्छ—भन्‍ने कुराहरू पहिचान गर्न सकून् भनेर मानिसहरूको हृदयको गहिराइमा रहेका विविध स्थितिहरू व्यक्त गर्न केही तथ्य र कथाहरू, र केही राम्ररी व्याख्या गरिएका विस्तृत विवरणहरू प्रयोग गर्न सक्छौ भने—यदि यसतर्फ तिमीहरू चरणबद्ध रूपमा अघि बढ्न सक्छौ भने, तिमीहरूले निर्वाह गर्ने कर्तव्य अत्यन्तै बहुमूल्य हुनेछ। तर गाह्रो भाग यही हो, र सबैभन्दा कठिन कुरा नै यही हो। मानिसहरूको जीवन प्रवेश एकदुई दिनभित्र हुँदैन। धेरै मामिलाका हकमा, यी मामिलाबारे सबैभन्दा पहिले बोलिएको समयदेखि मानिसहरूले तीबारे बोध प्राप्त गर्न एकदुई वर्ष लाग्छ। अस्पष्ट चेतनाबाट स्पष्ट चेतना प्राप्त गर्न दुईतीन वर्ष, वा तीन देखि पाँच वर्ष पनि लाग्‍न सक्छ, आफ्नो चेतना स्पष्ट भएपछि यो मामलाको प्रकृति महसुस गर्न दुईतीन वर्ष लाग्‍न सक्छ, र त्यसपछि यो समस्याको गम्भीरता जान्न अर्को दुईतीन वर्ष लाग्‍न सक्छ। बोधो र कमजोर क्षमता भएका मानिसहरू यो विन्दुमा मात्रै पुग्‍न सक्छन्। राम्रो क्षमता र तीक्ष्ण आत्मा भएका मानिसहरूलाई सक्रिय रूपमा सत्यता के हो भनेर खोजी गर्न आउँछ, र यसको लागि अझै दुईतीन वर्ष लाग्‍न सक्छ…। थाहै नपाई, तिनीहरूको सारा जीवन बितिसकेको हुन्छ। जीवन प्रवेश यति ढिलो हुन्छ! मानिसहरूको सत्यता बुझ्ने र स्मरण गर्ने गति तिनीहरूको सत्यता अनुभव र बोध गर्ने गतिभन्दा धेरै छिटो हुन्छ। मैले यसो भन्‍नुको तात्पर्य के हो? मेरो तात्पर्य के हो भने, अनुभव र बोध सधैँ ढिलो हुन्छ, किनभने यो जीवन हो, जबकि बुझ्‍न र स्मरण गर्नलाई मष्तिष्क मात्रै चाहिन्छ। राम्रो स्मरण शक्ति, राम्रो बुझ्‍ने शक्ति, केही क्षमता र केही शैक्षिक आधार भएका मानिसहरूले यी कुराहरू तुरुन्तै हासिल गर्न सक्छन्। तर बुझेपछि नै, के व्यक्तिमा ज्ञान हुन्छ र? हुँदैन। बुझेपछि, व्यक्ति यो मामला के हो भनेर जानेकै स्थितिमा रोकिन्छ, र त्योभन्दा बढी केही हुँदैन, तर काम गर्दा त्यसले पार लाग्दैन। किन पार लाग्दैन? प्रायजसो, तैँले बुझेको धर्मसिद्धान्त तँलाई आइपर्ने मामलामा लागू गर्न वा जोड्‍न सकिँदैन। फलस्वरूप, धेरैपटक फेल भएपछि, धेरै घाटा भोगेपछि, धेरै घुमौरो बाटाहरू सामना गरेपछि, र धेरै न्याय, सजाय, र काटछाँट पाएपछि मात्रै तैँले बल्ल सत्यता बुझ्छस्, र आफूमाथि आइपर्ने विभिन्‍न कुराहरूमा तैँले परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न सक्छस्। त्यो बेलासम्म, धेरै वर्ष बितिसकेको हुनेछ र तेरो अनुहार चाउरी परिसकेको हुन सक्छ—के यो निकै ढिलो होइन र? मानिसहरूको जीवन निकै ढिलो रूपमा अघि बढ्छ, किनभने मानिसहरूले बुझ्ने सत्यतामा मानिसहरूको प्रकृति सार, मानिसहरूको अस्तित्व, र मानिसहरू जुन कुराहरूद्वारा जिउँछन् ती कुराहरू समावेश हुन्छन्, र यसमा व्यक्तिको स्वभाव रूपान्तरण साथै उसको जीवन परिवर्तन समावेश हुन्छ। तेरो जीवन कसरी सहजै अर्को जीवनमा परिवर्तन हुन सक्छ र? एक हिसाबमा, यसको लागि परमेश्‍वरको काम आवश्यक पर्छ, र साथै, मानिसहरूले सक्रिय रूपमा सहकार्य पनि गर्नुपर्छ; यसअलावा, यसमा बाहिरी वातावरणका परीक्षाहरू, साथै तेरा व्यक्तिगत खोजहरू पनि हुन्छन्; साथै, तँमा पर्याप्त क्षमता र बुझ्‍ने शक्ति हुनुपर्छ, र त्यसपछि परमेश्‍वरले तँलाई थप अन्तर्दृष्टि र अगुवाइ दिनुहुनेछ; यति मात्र होइन, परमेश्‍वरले तँलाई केही सजाय, न्याय, र काटछाँट गर्नुहुनेछ, र तेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तँलाई आलोचना गर्नेछन्, तैपनि अझै तँ माथितिरै लागिरहनुपर्छ, ताकि शैतानका ती कुराहरू हटाउन सकियोस्—त्यसपछि मात्रै सत्यताका सकारात्मक कुराहरू अलिअलि गरी छिर्न सक्छन्। कति मानिसहरू भन्छन्, “मानिसहरूले सत्यता बुझेपछि, तिनीहरूको जीवन परिवर्तन हुन्छ।” यसो भन्‍नु सही हो कि गलत हो? (यो गलत हो।) यो कसरी गलत हो? सत्यता बुझ्नु र सत्यता प्राप्त गर्नु एउटै कुरा होइन, र तैँले सत्यता बुझेपछि, सत्यता तेरो जीवन बनेको पनि हुँदैन। तैँले सत्यता सुनेपछि र यसलाई बोध गरेपछि, र कुनै सुनेको कुरा बुझेपछि, यो तेरो हृदयमा कति लामो समयसम्म रहन्छ? एक महिनापछि नै, तैँले त्यो बेला सबैभन्दा महत्त्वपूर्ण ठानेका ती शब्दहरू पूर्ण रूपमा हराइसकेका हुन सक्छन्, र तिनलाई फेरि सुन्दा, तँलाई यस्तो अनुभव हुन सक्छ, मानौँ तैँले तिनलाई पहिले कहिल्यै सुनेकै छैनस्। तर, यदि तँसँग साँच्चिकै वास्तविक कद छ, र तँसित अनुभवात्मक गवाहीको यो पक्ष छ भने, तैँले तिनलाई बारम्बार सुन्नुपर्दैन। यदि तँसित सत्यता वास्तविकताको यो पक्ष छैन भने, तैँले सत्यता वास्तविकताभित्र प्रवेश गरुन्जेल अझ बढी सुन्नुपर्छ; यदि तैँले सुनिनस् भने, तैँले बुझेको कुरा क्रमिक रूपमा घटेर हराउँदै जानेछ र तँ गैरविश्‍वासीहरूजस्तै बन्‍नेछस्। त्यसकारण, परमेश्‍वरका वचनहरू र सत्यता निरन्तर सुन्नु र पढ्नुपर्छ। तिनलाई अलिअलि मात्रै पढेर वा सुनेर हुँदैन। तिमीहरू सबैलाई यसबारे गहन महसुस भइसकेको छ, होइन र? (हो।) कहिलेकहीँ दुईतीन दिनसम्म भजन नगाउँदा वा परमेश्‍वरलाई प्रार्थना नगर्दा, तँलाई हृदयमा खोक्रो महसुस हुन्छ र तैँले परमेश्‍वरलाई बुझ्न सक्दैनस्, त्यसकारण तँ आराम महसुस गर्न कता हिँड्न जाने भनेर अचम्भित हुन्छस्। फलस्वरूप, तँ जति ढुक्क हुन्छस्, तँ त्यति नै अनुशासनहीन बन्छस्, र जब तँ सत्यताबारे तेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्न मण्डली जान्छस्, तब तँलाई यसमा अभ्यस्त नभएको महसुस हुन्छ, र मण्डलीको कामबारे उल्लेख हुनेबित्तिकै तँलाई अलिक अप्ठ्यारो लाग्छ। दुईतीन दिनमै तँ परिवर्तन भएको छस् र तँ फरक व्यक्ति बनेको छस्, त्यसकारण तँलाई आफूलाई चिनेको समेत छैन जस्तो लाग्छ। यो कसरी हुन सक्छ? यो नसोच् कि तैँले धेरै प्रवचन सुनेको हुनाले, सत्यता तेरो जीवन बनेको छ, र तैँले सत्यता प्राप्त गरेको छस्। तँ त्यो कुराभन्दा अझै धेरै टाढा छस्! यो नसोच् कि तैँले गवाही लेख लेखेकोले वा त्यस्तो अनुभव पाएकोले, तैँले पहिले नै मुक्ति पाएको छस्। तँ अझै त्यहाँ पुगेको छैनस्! त्यो तेरो लामो जीवन अनुभवको एउटा सानो खण्ड मात्रै हो। यो खण्ड बस एक क्षणिक मुड, एक क्षणिक अनुभूति, र एक क्षणिक इच्छा वा महत्त्वाकाङ्क्षा हुन सक्छ, र त्योभन्दा बढी अरू केही नहुन सक्छ। जब कुनै दिन तँ कमजोर हुन्छस् र तैँले पछि फर्केर आफूले कुनै बेला दिएका गवाहीहरू, आफूले कुनै बेला गरेका शपथहरू, र आफूले कुनै बेला प्राप्त गरेका बुझाइहरू सुन्छस्, तब ती कुरा तँलाई अपरिचित लाग्‍नेछन्, र तैँले यसो भन्‍नेछस्, “के त्यो म थिएँ? के ममा त्यस्तो ठूलो कद थियो? मलाई कसरी थाहा भएन? अवश्य नै त्यो म थिइनँ, होइन र?” यो विन्दुमा तैँले तेरो जीवन अझै परिवर्तन भएको छैन भन्‍ने महसुस गर्नेछस्। यदि तेरो जीवन नै परिवर्तन भएको छैन भने, यसले के देखाउँछ? यो कि, तेरो स्वभाव अझै पनि परिवर्तन भएको छैन। त्यो बेला गवाही दिइसकेपछि पनि र तँमा पहिले नै ठूलो कद रहेको कुरा सोचिसकेपछि पनि—तँ अहिलेजस्तो नकारात्मक बन्‍न सक्छस् भन्‍ने थाहा पाउँदा तँलाई कस्तो महसुस हुनेछ? के तँलाई आफ्नो स्वभाव रूपान्तरण गर्नु अत्यन्तै कठिन रहेछ भन्‍ने लाग्दैन र? सत्यता रातारात मानिसहरूमा घुसाउन सकिने कुरा होइन। यदि मानिसहरूले साँच्‍चै नै आफ्नो जीवनको रूपमा सत्यता प्राप्त गरे भने, तिनीहरू आशिषित हुनेछन्, र तिनीहरूको जीवन फरक हुनेछ। तिनीहरू अहिलेजस्तो प्राय भ्रष्ट स्वभाव प्रकट गरिरहने मानिसहरू बन्‍नेछैनन्, बरु पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुन र बफादार भई कर्तव्य निर्वाह गर्न सक्षम हुनेछन्, र तिनीहरू पूर्ण रूपमा रूपान्तरित हुनेछन्।

मानवजाति यति भ्रष्ट भएकोले, सत्यता स्विकार्नु सजिलो कुरा होइन, र सत्यता यति बहुमूल्य भएकोले, परमेश्‍वरले मानिसहरूमा सत्यता घुसाउनु झनै सजिलो छैन। सत्यताको मूल्य र अर्थ र सत्यताका सबै पक्षहरू मानिसहरूको लागि अत्यन्तै बहुमूल्य र अर्थपूर्ण छन्। तर मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको हुनाले र तिनीहरूमा शैतानका अति धेरै कुराहरू भएको हुनाले, सत्यता तिनीहरूको जीवन बनोस् भनेर मानिसहरूमा सत्यता घुसाउनु त्यति सजिलो छैन। त्यसोभए के यसको अर्थ, मानिसहरूमा सत्यता हाल्‍न सकिँदैन भन्‍ने हुन्छ? होइन, यस्तो हुँदैन। सत्यता मानिसहरूमा हाल्‍न सकिन्छ, तर तिनीहरूमा सही दृष्टिकोण र विचार हुनुपर्छ, र तिनीहरूले सही मार्ग पछ्याउनुपर्छ। गर्न कठिन हुनुको अर्थ गर्न सकिँदैन भन्‍ने हुँदैन, र यो परमेश्‍वरको कामका पहिलो दुई चरणजस्तै हो, जुन बेला परमेश्‍वरले सिद्धताको काम गर्नुभएन, न त उहाँले यी सत्यताहरू व्यक्त गर्ने वा यी वचनहरू बोल्ने नै गर्नुभयो, तर त्यसको बाबजुद पनि कतिपय मानिसहरू सिद्ध पारिए, र कतिले परमेश्‍वरलाई चिन्‍न सके। यो तथ्यबाट हेर्दा, मानिसहरूमा सत्यता हालिदिने कार्य हासिल गर्न सकिने नै कुरा हो, असम्भव कुरा होइन, तर यति हो कि, यो मानिसहरूले सत्यता पछ्याउँछन् पछ्याउँदैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। त्यसोभए व्यक्तिले कसरी पछ्याउनुपर्छ? सबभन्दा सरल तरिका भनेको हरदिन परमेश्‍वरका वचनहरू पढ्नु, परमेश्‍वरका अत्यावश्यक वचनहरू कण्ठ गर्नु, हरदिन परमेश्‍वरका वचनहरूको एउटा खण्ड मनन गर्नु, र ती वचनहरूबारे बारम्बार प्रार्थनार्थ पढ्नु र सङ्गति गर्नु हो। तैँले परमेश्‍वरका वचनहरूले तँलाई सिकाउन चाहेका यी दृष्टिकोण र भनाइहरू, साथै विभिन्‍न मानिस, घटना, र कामकुराप्रतिको मनोवृत्ति प्रार्थना-वाचन गरेपछि, र यसरी तैँले तिनलाई बुझेपछि र ती तेरो हृदयमा प्रवेश गरेपछि, तेरो जीवनमा विभिन्‍न परिस्थितिहरू आइपर्दा, थाहै नपाई, तँ सकारात्मक सोचविचार र अभ्यास सिद्धान्तहरूमा जिइरहेको हुनेछस्। तिमीहरू अझै पनि यो स्तरमा पुगेका छैनौ। अय्यूबले के गरेको थियो, के तिमीहरूले पढेका छौ? उसका छोराछोरीले मोजमस्ती गर्दा, अय्यूब के गरिरहेको थियो? ऊ छोराछोरीको लागि प्रार्थना गर्न र बलि चढाउन परमेश्‍वरअघि आयो। ऊ कहिल्यै पनि परमेश्‍वरबाट टाढा गएन। भन्‍नुको अर्थ, आफ्नो हृदय परमेश्‍वरबाट टाढा लैजाने कुनै पनि कुराबाट टाढा बस्‍नू; आफ्नो हृदय परमेश्‍वरबाट टाढा लैजाने कुनै पनि कुरा नबोल्नू; आफूलाई परमेश्‍वरबाट टाढा लैजाने वा उहाँबारे धारणा वा शङ्काहरू पैदा गर्ने कुराहरू हेर्नबाट बच्‍नू; आफूलाई नकारात्मक, भ्रष्ट र भोगासक्त बनाउने, वा परमेश्‍वरप्रति शङ्का गर्ने, प्रतिरोध गर्ने वा परमेश्‍वरबाट टाढिने तुल्याउने मानिसहरूसँग सम्पर्क नगर्नू, र त्यस्ता मानिसहरूबाट टाढै बस्‍नू; जोबाट सुधार, सहयोग, र भरणपोषण पाउन सकिन्छ, तिनीहरूको नजिक बस्‍नू; अनि आफूलाई सत्यताप्रति धिक्‍कार, तिरस्कार, वा घिन पैदा गराउने कुराहरू नगर्नू। तँसँग यी कुराहरूबारे दिमागमा केही विचारहरू हुनुपर्छ। तैँले “म कति लामो समय जिउँछु, वा मेरो जीवन कस्तो हुन्छ, मतलब छैन, म सबै कुरा प्रकृति र परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा सुम्पन्छु” भन्‍ने सोच्दै जीवनभर झारा टार्ने नगर्। परमेश्‍वरले तेरो लागि वातावरण मिलाउनुभएको छ र तँलाई छनौट गर्ने स्वतन्त्र इच्छा दिनुभएको छ, तर यदि तैँले सहकार्य गर्दैनस्, र सांसारिक कुराहरूप्रति लालायित हुने, र सधैँ देहमा लिप्त हुने, र आफ्नो कर्तव्यमा समर्पित नहुने, बरु गैरजिम्मेवार हुने मानिसहरूको सम्पर्कमा आउने निरन्तर प्रयास गर्छस् भने, र यदि तँ यी मानिसहरूसँग निरन्तर सङ्गत गर्छस् भने, अन्तिम नतिजा र परिणाम के हुन्छ? जब ती मानिसहरूको कुनै काम हुँदैन, तिनीहरूले खाने, पिउने र रमाइलो गर्नेबारे कुरा गर्छन्, र प्राय अर्काको कुरा काट्ने र निन्दचर्चा गर्ने गर्छन्। यदि तैँले यस्ता परीक्षाहरू सामना गर्छस् र यी कुराहरूबाट टाढा बस्दैनस्, बरु तिनैमा अल्झिन्छस् र जानीजानी त्यस्ता मानिसहरूसँग उठबस् गर्छस् भने, तँ खतरामा छस्, किनभने तेरो सर्वत्र परीक्षा नै परीक्षा छ! यस्तो परीक्षा देख्दा, बुद्धिमानीहरू टाढै बस्छन्। तिनीहरू हृदयमा स्पष्ट हुन्छन्, “ममा त्यस्तो कद छैन, म सुन्दिनँ, र म तीप्रति कुनै ध्यान पनि दिन चाहन्नँ। यी मानिसहरू सत्यता पछ्याउने वा सत्यतालाई प्रेम गर्ने गर्दैनन्। भो म त टाढै बस्छु, र शान्त ठाउँ खोजेर, एक्लै परमेश्‍वरका वचनहरू पढ्छु, केही समय हृदय शान्त गरेर चिन्तन गर्छु, र परमेश्‍वरको अघि आउँछु।” यी सबै सिद्धान्त र उद्देश्यहरू हुन्: पहिलो, परमेश्‍वरका वचनहरूबाट नटाढिनू; र दोस्रो, आफ्नो हृदयमा परमेश्‍वरबाट नटाढिनू। यसरी, तँ सत्यता के हो भनेर बुझेको जगमा रही निरन्तर परमेश्‍वरअघि जिउन सक्छस्। एक अर्थमा, परमेश्‍वरले तँलाई परीक्षामा पर्नबाट सुरक्षा दिनुहुनेछ। अर्को अर्थमा, परमेश्‍वरले तँसँग अत्यन्तै अनुग्रहसाथ व्यवहार गर्नुहुनेछ, जसले गर्दा तैँले सत्यता अभ्यास गर्न के गर्नुपर्छ भनेर बुझ्‍नेछस्, र त्यसले तँलाई सबै विविध सत्यताहरूबारे ज्योति र अन्तर्दृष्टि प्राप्त गर्न सक्षम तुल्याउनेछ। तेरो कर्तव्यको हकमा, परमेश्‍वरले तँलाई गल्ती नगर्ने प्रयास गर्न, सधैँ सबै कुरा सहीसँग गर्न, र सिद्धान्तहरू जान्न अगुवाइ गर्नुहुनेछ। यसरी, के तँ सुरक्षित हुनेछैनस् र? तर अवश्य नै, यो सबैभन्दा ठूलो र अन्तिम उद्देश्य होइन। त्यसोभए अन्तिम उद्देश्य के हो त? यो तैँले विभिन्‍न मानिस, घटना, र कामकुराबाट पाठहरू सिक्न सक्, परमेश्‍वरका अभिप्राय बुझ्न सक्, परमेश्‍वरको काम चिन्न सक्, र परमेश्‍वरले तोक्नुभएका सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक् भन्‍ने हो। यसरी, तेरो जीवन र कद स्थिर रहनुको सट्टा वृद्धि हुन सक्‍नेछ। यदि तँ सधैँ कामकाजमा व्यस्त हुन्छस् र कर्तव्य निभाउने र जीवन प्रवेशका कठिनाइहरू समाधान गर्ने क्रममा, सत्यता अभ्यास गर्न ध्यान दिँदैनस् भने, तैँले तेरो जीवनमा प्रगति गर्नेछैनस्। जीवन प्रवेश कर्तव्य निर्वाह गरेर हासिल गरिन्छ। यदि व्यक्ति कर्तव्य निभाउने कार्यबाट र परमेश्‍वरका वचनहरूबाट टाढा जान्छ भने, जीवनमा कुनै प्रगति हुनेछैन। कति मानिसहरू अरूले अल्छे गफगाफ गरेको देख्छन्, त्यसकारण हस्तक्षेप गर्छन् र अरूको कुरामा बाठो बन्छन्, निरन्तर अरूको काममा हात हाल्छन् र निरन्तर निन्दाचर्चामा रुचि राख्छन्—परमेश्‍वरले त्यस्ता मानिसहरू मन पराउनुहुन्न। परमेश्‍वरले कस्ता मानिसहरू मन पराउनुहुन्छ? हृदय शान्त पार्न सक्‍ने मानिसहरू। आफूलाई शान्त पार्ने तर केको लागि? केही विचार नगर्ने कठपुतली बन्‍नको लागि हो? होइन, परमेश्‍वरअघि शान्त भएर प्रार्थना गर्न, परमेश्‍वरका अभिप्रायको खोजी गर्न, परमेश्‍वरसित आफ्नो सुरक्षा गरिमाग्‍न, र अन्तर्दृष्टि माग्‍नका लागि। साथै, आफूले नबुझेको सत्यताको कुनै पक्षबारे अन्तर्दृष्टि र ज्योति प्राप्त गर्नका लागि ताकि यस सत्यताको पक्षमा बुझाइ र स्पष्टता प्राप्त होस्, वा आफ्नो कामको जुनसुकै पक्षमा आएका समस्याहरू समाधान गर्न र परमेश्‍वरको अगुवाइ प्राप्त गर्न। परमेश्‍वरको अघि शान्त हुँदा अघि बढाउनुपर्ने कामहरू र गर्नुपर्ने कुराहरू धेरै छन्। यो तँसँग फुर्सतको क्षण हुँदा परमेश्‍वरअघि आएर “हे परमेश्‍वर, म यहाँ छु, तपाईं मेरो हृदयमा हुनुहुन्छ, मेरो साथ रहिदिनुहोला, र मलाई परीक्षामा पर्न नदिनुहोला” भनेर भन्‍ने कुरा होइन। यदि तँ यसरी झारा टार्ने काम गर्छस् र परमेश्‍वरलाई हल्का रूपमा लिन्छस् भने, तँ साँचो विश्‍वासी होइनस्, र परमेश्‍वरले यस्ता मानिसहरूलाई सत्यता प्रदान गर्नुहुन्न। परमेश्‍वरले सत्यता प्रदान गर्नको लागि, सर्वप्रथम मानिसहरूमा के हुनुपर्छ? तिनीहरूमा धार्मिकताको लागि भोकाउने र तिर्खाउने, र सच्‍चा हृदय हुनुपर्छ। यदि तेरो हृदय इमानदार छ भने यसले के प्रतिनिधित्व गर्छ? यसले तैँले साँचो रूपमा सत्यतालाई प्रेम गर्छस् भन्‍ने कुरा प्रतिनिधित्व गर्छ। यदि तँ सधैँ परमेश्‍वरप्रति बेमतलबी हुन्छस् र पटक्‍कै इमानदार हुँदैनस्, र सबै कुरामा सधैँ आफ्नै निर्णयहरू गर्न चाहन्छस्, र सधैँ परमेश्‍वरअघि आई हाजिरी जनाउन, नमस्कार गर्न, र त्यसपछि आफै निर्णय गर्न र आफै काम गर्न चाहन्छस् भने, परमेश्‍वरले तँलाई उहाँको कामको कार्यभार सुम्पनुभए पनि, अन्ततः परमेश्‍वर वा सत्यतासँग तेरो कुनै सम्बन्ध हुनेछैन। यसलाई के भनिन्छ? यसलाई परमेश्‍वरको प्रतिरोध गर्नु र आफ्नै उद्यममा संलग्न हुनु भनिन्छ। के यो तरिकाले परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिन सक्नुहुन्छ त? सक्‍नुहुन्‍न। के तिमीहरू सबैले सत्यता पछ्याउने र सत्यता बुझ्ने मार्ग बुझ्यौ त? तैँले बारम्बार परमेश्‍वरअघि आउनुपर्छ, सत्यता खोज्‍न र परमेश्‍वरलाई प्रार्थना गर्न हृदय शान्त पार्नुपर्छ, र तैँले आफैलाई शान्त पार्न सिक्‍नुपर्छ। आफैलाई शान्त पार्नु भनेको दिमाग खाली हुनु होइन, यो त हृदयमा अनुरोध, विचार, र बोझहरू हुनु, इमानदार र तृषित हृदयसाथ परमेश्‍वरअघि आउनु, सत्यता र परमेश्‍वरका अभिप्रायको तृष्णा गर्नु, र आफूले निर्वाह गर्ने कर्तव्य र कामको बोझ उठाउनु हो—परमेश्‍वरअघि आउँदा र आफैलाई शान्त पार्दा तँमा हुनुपर्ने कुरा यही हो।

मैले भर्खरै मण्डलीको सबै काम परमेश्‍वरको राज्य सुसमाचार फैलाउने कामसँग सिधै सम्बन्धित छ भनेर सङ्गति गरेँ। खासगरी, सुसमाचार फैलाउने काम र पेसागत व्यवसायसँग सम्बन्धित सबै कामहरू सुसमाचार प्रचार गर्ने कामसँग महत्त्वपूर्ण र अविभाज्य रूपमा जोडिएका हुन्छन्। त्यसकारण, सुसमाचार फैलाउने कामसँग सम्बन्धित जुनसुकै कुरा पनि परमेश्‍वरका हितहरू र परमेश्‍वरको घरका हितहरूसँग सम्बन्धित हुन्छ। यदि मानिसहरूले सुसमाचार फैलाउने कामलाई सही रूपमा बुझ्न सक्छन् भने, तिनीहरूले आफूले गर्ने कर्तव्य र अरूले गर्ने कर्तव्यलाई सही रूपमा लिनुपर्छ। अनि, तिनलाई लिने सही तरिका के हो? त्यसमा सक्दो प्रयास लगा र परमेश्‍वरका मापदण्डहरूअनुसार ती निर्वाह गर्। कम्तीमा पनि, जानीजानी हानि वा बाधा पुर्‍याउने व्यवहार र अभ्यासहरूमा संलग्‍न नबन्, र जानीजानी आफूलाई गलत छ भन्‍ने थाहा भएका कुराहरू नगर्। यदि कसैले कुनै कामले मण्डलीको काममा बाधा र व्यवधान पुर्‍याउँछ भन्‍ने थाहा पाए पनि उसले त्यो काम गर्न जिद्दी गर्छ, र कसैले पनि उसलाई त्यसो गर्नबाट रोक्न सक्दैन भने, उसले दुष्कर्म गरिरहेको हुन्छ, मृत्युसँग खेलिरहेको हुन्छ, र दियाबलसको रूपमा उसको साँचो चरित्र देखाइरहेको हुन्छ। तिनीहरू वास्तवमा के हुन् भनेर तुरुन्तै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई चिनाओ, र त्यसपछि त्यो दुष्ट व्यक्तिलाई मण्डलीबाट निकाल। यदि दुष्कर्मी मूर्ख क्षणमा परेको छ र उसले जानीजानी दुष्कर्म गरिरहेको छैन भने, त्यस्तो मामला कसरी सम्हाल्नुपर्छ? के त्यो व्यक्तिलाई शिक्षा र सहयोग दिनुपर्छ? यदि ऊ शिक्षित भए पनि उसले अझै पनि कुरा सुन्दैन भने के गर्ने? विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू भेला भएर उसको आलोचना गर्नुपर्छ। यदि त्यो व्यक्ति काममा सिपालु छ र पनि उसले काम गर्न सक्दो प्रयास गर्दैन, र अहिलेको लागि उसको स्थान लिन सक्‍ने कोही छैन, र सबैले अझै पनि त्यो व्यक्तिले नै यो काम गर्नुपर्छ भन्‍ने चाहन्छन् भने के गर्ने? सबैजना भेला भएर त्यो व्यक्तिलाई काटछाँट गर्नुपर्छ र यसो भन्दै चेतावनी दिनुपर्छ, “परमेश्‍वरले तिमीलाई उचाल्नुभएको छ र यो कर्तव्य निभाउन लगाउनुभएको छ। यदि तिमीले यो काम गर्न सक्दो प्रयास गर्दैनौ, र बाधा मात्र दिइरहन्छौ, र फेरि आफ्नो काम त्यागेर जान्छौ भने, स्पष्टतः तिमीसँग कुनै विवेक छैन र तिमी कर्तव्य निर्वाह गर्न योग्य छैनौ।” यो तरिका असल छ कि छैन? यदि कसैले त्यो व्यक्तिको स्थान लिन सक्छ भने, त्यसलाई जान देओ। के तिमीहरूलाई त्यति गर्ने आँट छ? धेरैजसो मानिसहरूलाई त आँटै आउँदैन। मण्डलीको काम रक्षा गर्ने कुरा आउँदा, धेरै मानिसहरू उठेर इन्साफको पक्षमा उभिने आँटै गर्दैनन्। के यो सत्यता पालन गर्न आँट नगर्नु होइन र? कतिपय मानिसहरू मण्डलीको काममा बाधा वा व्यवधान आएको देख्दा, नदेखेजस्तो गर्छन् र हात बाँधेर बस्छन्, मानौँ तिनीहरूसँग यसको कुनै सम्‍बन्ध नै छैन, र तिनीहरूको मनोवृत्ति भनेको यो कुराप्रति आँखा चिम्लनु हो। तर यदि कसैले तिनीहरूलाई यसरी व्यवहार गर्नु हुँदैन भनेर आलोचना गर्‍यो, वा तिनीहरूलाई घृणा गर्‍यो वा नीच ठान्यो भने, तिनीहरू रिसाउँछन् र मनमनै यस्तो सोच्छन्: “तैँले आफूलाई को ठानेको छस्? मलाई आलोचना गर्ने तँ को होस्? मलाई नीचो नजरले हेर्ने तँ को होस्? हामीले यो कुरा विस्तारमा छलफल गर्नुपर्छ।” तिनीहरू यो कुरालाई हृदयमा लिन्छन् र यसलाई गम्भीर मान्छन्, र तिनीहरू केही नबोली र आफ्नो अडान नराखी बस्‍नै सक्दैनन्। मण्डलीको काममा बाधा, व्यवधान, र हानि हुँदा, तिनीहरूले केही पनि महसुस गरेनन्, बरु यसप्रति आँखा चिम्लिए। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? (स्वार्थी र घृणित मानिसहरू।) के यो स्वार्थीपन र घृणितपन मात्रै हो त? यो समस्या यति गम्भीर छ कि यसलाई एउटै वाक्यमा मात्र सारांशित गर्न सकिँदैन। यो मात्र भन्‍न सकिन्छ कि त्यस्ता मानिसहरूमा कुनै मानवता हुँदैन र तिनीहरू पटक्‍कै असल मानिसहरू होइनन्। वास्तवमा, ख्रीष्टविरोधीहरूले गर्ने नै यही हो, र अवश्य नै, झूटा अगुवाहरू पनि यसको अपवाद हुँदैनन्। परमेश्‍वरको घरका हितहरू के हुन् भनेर ख्रीष्टविरोधीहरूलाई थाहै हुँदैन। जब मण्डलीको काम अबरुद्ध गरिन्छ, तिनीहरू यसलाई देख्‍न सक्दैनन्। कतिपय मानिसहरूले बाधा दिँदै मण्डलीको काम पूरै बरबाद गर्छन्, तर ख्रीष्टविरोधीहरूले यो देख्दा, यसलाई गम्भीर रूपमा लिँदैनन्। तिनीहरूले यसको गम्भीरतालाई केही होइन जस्तो गर्छन् र दोषीलाई केही सामान्य शब्दहरूद्वारा हप्काउँछन्, र तिनीहरूलाई अरू केही नगरी एकैछिन अर्ती मात्र दिन्छन्, र रिसको सानो झल्कोसमेत देखाउँदैनन्। के त्यस्ता मानिसहरूमा इन्साफको बोध हुन्छ त? तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? त्यस्ता मानिसहरू खुवाउने हातलाई नै चिथोर्छन्, तिनीहरू धोकेबाजहरू हुन्! तिनीहरू नीच हुन्!

मैले भर्खरै मानिसहरूका हितहरू के-के हुन्, मानिसहरूका हितहरूको सार के हो, मानिसहरूले किन व्यक्तिगत हितहरू पछ्याउँछन्, मानिसहरूले व्यक्तिगत हितहरू पछ्याउनुको प्रकृति के हो, र परमेश्‍वरका हितहरूको प्रकृति के हो, र ती कसरी परिभाषित हुन्छन् भन्‍नेबारे समग्र सिंहावलोकन प्रदान गरेँ। परमेश्‍वरका हितहरू नै सबैभन्दा न्यायवान् अभियान हुन् र तिनलाई त्यसरी नै लिनुपर्छ। परमेश्‍वरले आफ्ना हितहरू रक्षा गर्नु स्वार्थी काम होइन, न त यो उहाँको मर्यादा र महिमा रक्षा गर्नको लागि मात्रै नै हो। उहाँ त आफ्नो कामका प्रगति र परिणामहरू रक्षा गर्न, र न्यायवान् अभियान रक्षा गर्न चाहनुहुन्छ। यो सबैभन्दा न्यायवान् र वैध व्यवहार र कार्यपद्धति हो, र यो परमेश्‍वरको कार्य हो। सृष्टि गरिएको मानवजातिले परमेश्‍वरको यो कार्यबारे कुनै धारणा राख्‍नु हुँदैन, कुनै पनि आरोप वा आलोचना राख्‍नु झनै हुँदैन। के हामी परमेश्‍वरका हितहरू सबै कुराभन्दा माथि छन् भनेर भन्‍न सक्छौं? (सक्छौं।) के यसो भन्‍नु स्वार्थी कुरा हो? (होइन।) मानिसहरूले सत्यताको यो पक्ष बुझ्छन्, र यो आधारमा, यो अभिव्यक्ति सही छ। यसमा जानाजानको पूर्वाग्रह समावेश छैन, र यो निष्पक्ष र उचित छ। “तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन्”—ख्रीष्टविरोधीहरूको सार यही हो। हितहरूप्रतिको तिनीहरूको मनोवृत्ति र शैली यस्तै प्रकृतिको हुन्छ, र तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरका हितहरूबारे विचार गर्दैनन्। यो “कहिल्यै गर्दैनन्” भन्‍नुको अर्थ के हो? तोकेरै भन्दा, तिनीहरूले परमेश्‍वरका हितहरूबारे पटक्‍कै विचार गर्दैनन्, न त तिनीहरूमा त्यस्तो कुनै अवधारणा नै हुन्छ, तिनीहरूले त आफ्नै हितहरूबारे मात्रै विचार गर्छन्—यसको अर्थ यही हो। यो कति गम्भीर छ? यो परमेश्‍वरको घरका हितहरूमाथि विश्‍वासघात गर्नु, तिनलाई व्यक्तिगत महिमा र व्यक्तिगत हितहरूसँग साट्ने हदसम्‍म गम्भीर छ। तिनीहरूका हितहरू सर्वोच्च हुन्छन् र ती हितहरूले परमेश्‍वरका हितहरू प्रतिस्थापित गर्न सक्छन्। आफ्ना हितहरू जति नै दुष्ट, अवैध वा नकारात्मक भए पनि, तिनीहरू तिनै हितहरूको लागि लड्नेछन्, र ती हितहरू पूरा गर्न र तिनको लागि लड्न तिनीहरूले जस्तोसुकै मूल्य चुकाउँछन्, यहाँसम्‍म कि कसैलाई बलिसमेत चढाउँछन्। यो कस्तो व्यवहार हो? (ख्रीष्टविरोधी व्यवहार।) ख्रीष्टविरोधी व्यवहार—शैतानले गर्ने कुरा नै यही हो। शैतानले यो मानवजातिमाथि प्रभुत्व जमाउँछ, देशमाथि प्रभुत्व जमाउँछ, जातिमाथि प्रभुत्व जमाउँछ, र आफ्‍नो प्रभुत्वको स्थिरताको लागि सक्दो धेरै जीवन बलिसमेत चढाउँछ। यसका हितहरू के-के हुन्? शक्ति र प्रभुत्ववाला स्थान। त्यसोभए यसले कसरी प्रभुत्ववाला स्थान प्राप्त गर्छ र यसले यो प्रभुत्व कसरी स्थिर राख्छ? (जुनसुकै मूल्य चुकाएर।) जुनसुकै मूल्य चुकाएर। अर्थात्, यसले यसका अभ्यास र विधिहरू जनमानसमाथि वैध वा अवैध जेजस्तो देखिए पनि वास्ता गर्दैन, र यसले यसको पद र शक्तिको स्थिरताको लागि नरसंहार र दमनदेखि नरम र कठोर युक्तिहरू, करकाप र प्रलोभनसम्मका हरकुरा प्रयोग गर्छ, र यसको सट्टामा कसैको जीवन वा अनगिन्ती जीवन बलिसमेत चढाउँछ—यो शैतानको व्यवहार हो। ख्रीष्टविरोधीहरूले पनि यस्तै तरिकाले काम गर्छन्।

के आजको सङ्गतिका यी वचनहरू तिमीहरूको रुचिअनुरूप छन्? (आज सुन्दा मैले धेरै कुरा सिकेँ, र खासगरी, ज्ञान र बुद्धिजीवीहरूबारेको चिरफारले मलाई निकै छोयो। विगतमा, बुद्धिजीवीहरूमा आत्मिक बुझाइको कमी हुन्छ भन्‍ने विचारप्रति म त्यति सहमत थिइनँ, तर यस अवधिमा, परमेश्‍वरले ज्ञानबारे चिरफार गर्नुभएकोले, मैले क्रमिक रूपमा तुलना गर्न र त्यो कुरा बुझ्न सकेँ, र धेरैपटक त म आफै पनि परमेश्‍वरका वचनहरू बुझ्न सक्दिनँ, तिनलाई सुन्दा म बुझ्न सक्दिनँ, र मानिसहरू र घटनाहरू हेर्दा, मैले तिनलाई बुद्धिजीवीको दृष्टिकोणले हेर्ने र चिरफार गर्ने गर्छु, जसले गर्दा मैले विकृत बुझाइ हात पार्छु—यो आत्मिक बुझाइको कमी हो। अब म बुद्धिजीवीहरूको सार अझै स्पष्ट रूपमा देख्‍न सक्छु।) आज बुद्धिजीवीहरूबारे कुरा गर्दा, म कुनै पनि व्यक्तिप्रति अवश्य नै लक्षित भइरहेको छैनँ, तर यदि तिमीहरूले आफूलाई मेरा वचनहरूसँग तुलना गर्न सक्छौ भने, त्यो राम्रो कुरा हो, र तिमीहरूले परिस्थिति बदल्न र प्रवेश गर्न सक्‍ने आशा हुन्छ। सत्यता नबुझ्ने वा बोध नगर्ने अवस्थादेखि, बिस्तारै एकपछि अर्को गर्दै केही सरल, अरूसँग नजोडिएको, र अलि कम गहन सत्यताहरू बुझ्न सक्‍ने अवस्थामा पुगुन्जेलसम्म, तिमीहरूले लगनसाथ खोजी गर्नुपर्छ, ताकि तिमीहरूले जे बुझ्छौ त्यो शब्द र सिद्धान्तहरू नभई सत्यता होस्। यस तरिकाले, तैँले अलिअलि गर्दै आत्मिक बुझाइ प्राप्त गर्नेछस्। यदि तैँले सत्यता र वास्तविकतामा ध्यान दिएर यी कुराहरू पत्ता लगाइस् भने, तैँले क्रमिक रूपमा सत्यता बुझ्नेछस्; यदि तैँले धर्मसिद्धान्तमा ध्यान दिँदै तर्क र मस्तिष्क प्रयोग गरेर निरन्तर यी कुराहरू विश्‍लेषण गरिस् भने, तैँले बुझ्ने कुरा धर्मसिद्धान्त वा सिद्धान्त मात्रै हुनेछ, जुन कहिल्यै पनि सत्यता बन्‍नेछैन, अनि तँ कहिल्यै पनि धर्मसिद्धान्तको जगभन्दा अगाडि बढ्नेछैनस्। के यो कुरा साँचो होइन र? (हो।) कतिपय मानिसहरू भन्छन्, “म आफूले पढेका परमेश्‍वरका केही वचनहरू किन बुझ्न सक्दिनँ? व्याकरण प्रयोग गरी निबन्ध संरचनाको आधारमा मापन गर्दा, तिनलाई बुझ्न र स्विकार्न मानिसहरूलाई किन त्यति सजिलो नभएको?” तिमीहरूले यो समस्यालाई कसरी व्याख्या गर्छौ? के तिमीहरू अहिले यो कुरा बुझ्न सक्छौ? म तिमीहरूको लागि यो कुरा व्याख्या गरिदिनेछु। मानवजाति अस्तित्वमा आएदेखि नै परमेश्‍वरले मानिसहरूसँग कुरा गरिरहनुभएको छ, र उहाँले बोल्नुहुने हरेक शब्द र अनुच्छेद निबन्ध होइन, केवल भाषा हो। आज यहाँ बोल्ने क्रममा, के मैले निबन्ध वाचन र रिपोर्ट प्रस्तुत गरिरहेको छु, कि कुराकानी मात्रै गरिरहेको छु? (कुराकानी गरिरहनुभएको छ।) म तिमीहरूसँग कुराकानी गरिरहेको छु, सत्यता बताइरहेको छु, र तिमीहरूलाई चाहिने विषयहरूबारे कुरा गरिरहेको छु। म बोलिरहेको छु, निबन्ध प्रस्तुत गरिरहेको छैनँ। त्यसकारण, तिमीहरूले निबन्ध भनेको के हो र बोल्नु भनेको के हो भन्‍ने कुरा बुझ्नुपर्छ—यी दुईबीच भिन्‍नताहरू छन्। निबन्धहरूमा आवश्यक पर्ने विभिन्‍न कुराहरू मानवजातिबाट आएका ज्ञानका पक्षहरू हुन्छन्, र परमेश्‍वरले बोल्नुहुँदा यो ज्ञान पालना गर्नुपर्दैन। उहाँले केवल आफूले बोल्न चाहेको सत्यताहरू सरल र स्पष्ट रूपमा बोल्नुपर्छ, र मानिसहरूले आफूले सुनेको सत्यता बुझ्न सके भने, त्यो नै पर्याप्त हुन्छ, र विराम चिह्नहरूसमेत प्रयोग गर्नु आवश्यक छैन। विराम चिह्न र निबन्धहरू मानवजातिले सिर्जना गरेका कुराहरू हुन्, र व्याकरण र निबन्धहरूमा आवश्यक पर्ने तत्वहरू पनि तिनीहरूले नै सिर्जना गरेका हुन्। यी सबै कुरा ज्ञानको वर्गभित्र पर्छन्, र परमेश्‍वरले तिनलाई पालना गर्नुपर्दैन। यसको साथै, भाषा परमेश्‍वरबाट आएको हो, र यो सकारात्मक कुरा हो। त्यसकारण, परमेश्‍वरले जे भन्‍नुभए पनि, त्यो सही हुन्छ। तैँले यसमा व्याकरणका सवालहरू जाँच गर्नु, वा व्याकरणका सवालहरू तुलना वा विश्‍लेषण गर्नुपर्दैन। तैँले कुनै पनि खण्ड, अनुच्छेद, र वाक्यमा परमेश्‍वरको अभिप्राय के हो, सत्यता के हो, परमेश्‍वरले मानिसहरूलाई दिनुहुने सत्यता सिद्धान्तहरू के-के हुन्, र परमेश्‍वरले मानिसहरूलाई बताउनुहुने अभ्यासको मार्ग के हो भनेर मात्रै बुझ्नुपर्छ, र त्यो नै पर्याप्त हुन्छ। सृष्टि गरिएका प्राणीहरू, अर्थात् मानिसहरूमा हुनुपर्ने समझ नै यही हो। परमेश्‍वरका वचन र कार्यहरूले मानिसहरूले तय गरेका यी प्रचलन र ढाँचाहरू, साथै ज्ञानमा निहित यी प्रावधान र विशुद्ध बौद्धिक कुराहरू पालना गर्नु पर्दैन, यी कुराहरू पालना गर्नु आवश्यक छैन। परमेश्‍वरले धेरै कुरा बताउनुभएको छ, र उहाँले जेसुकै भन्‍नुभए पनि, त्यो सत्यता हो। आत्मिक बुझाइ भएका र अनुभव भएका मानिसहरूले जति धेरै परमेश्‍वरका वचनहरू पढ्छन्, त्यति नै तिनीहरूलाई परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने लाग्छ। यी वचनहरूमा समावेश सत्यता नै मानिसहरूले पत्ता लगाउनुपर्ने, खोजी गर्नुपर्ने, र अनुभव गर्नुपर्ने कुरा हो। परमेश्‍वरले मानवजातिसँग बोल्नुहुन्छ—र याद गर, परमेश्‍वरले गर्नुहुने काम भनेको बोल्नु हो, र “बोल्नु” लाई चल्तीको भाषामा गफ गर्नु, वा कुराकानी गर्नु भनेर भनिन्छ। परमेश्‍वरले यहाँ भन्‍न चाहनुभएको कुराको सार के हो? यो परमेश्‍वरका अभिप्राय, सत्यता, र मानिसहरूप्रतिको परमेश्‍वरको मापदण्ड हो—विषयवस्तु यही हो। बोल्‍नुको प्रकृति भनेको सरल र स्पष्ट रूपमा, मन छुने गरी र आमनेसामने रही कुरा गर्नु हो, र कहिलेकहीँ बोलीचालीको भाषा र भाषिका प्रयोग गर्नु हो, र कहिलेकहीँ केही साहित्यिक शब्दहरू प्रयोग गर्नु हो। तर निबन्ध लेख्‍नको लागि, तैँले पहिलो अनुच्छेदमा सुरु खण्ड राख्‍नुपर्छ, बीचतिर मामलाको उठान र व्याख्या गर्नुपर्छ, र त्यसपछि विषयवस्तुको शिखरमा अनि निष्कर्षमा पुग्नुपर्छ। यसलाई निबन्ध मान्‍नको लागि ठ्याक्‍कै यही शैलीमा लेखिएको हुनुपर्छ, र त्यसपछि मात्रै शिक्षकले यसलाई पढेर औसत, राम्रो, वा उत्कृष्ट भनेर मूल्याङ्कन गर्नेछ। के तैँले परमेश्‍वरका वचनहरूलाई यसरी मूल्याङ्कन गर्न सक्छस्? मानौँ तैँले यसो भनिस् रे, “यो खण्ड राम्रो छ, यसको व्याकरण राम्रो छ, यो ईश्‍वरीय भाषामा बोलिएको छ, र यो निबन्धको संरचनाअनुरूप छ; त्यो खण्ड त्यति राम्रो छैन, त्यो अलिक अव्यवस्थित छ, र संरचना पनि त्यति राम्रो छैन। कतिपय शब्दहरू त्यति व्याकरणात्मक छैनन्, र कतिपय शब्दहरू सही ठाउँमा प्रयोग गरिएजस्तो समेत देखिँदैन।” के यसरी परमेश्‍वरका वचनहरू पढ्नु ठीक हुन्छ त? (हुँदैन।) यी वचनहरूलाई यसरी पढ्दा त यो विकृत तरिका हुनेछ, र यसरी तैँले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनस्। तैँले परमेश्‍वरका वचनहरूको हरेक पङ्क्तिबाट प्रत्येक शब्द पढ्न सिक्‍नुपर्छ र यसरी परमेश्‍वरले तँलाई के मापदण्ड दिनुहुन्छ र यी वचनहरूमा के सत्यता समावेश छ भनेर बुझ्नुपर्छ—त्यसो गर्नु नै सबैभन्दा बुद्धिमानी कुरा हो। यी कुराहरूलाई कसरी हेर्ने भनेरसमेत तँलाई थाहा छैन, र तँ दिनभर यसो भन्दै बस्छस्: “परमेश्‍वरका वचनहरू कसरी निबन्धसमेत होइनन् त? परमेश्‍वरका वचनहरू त भाषणजस्तै हुनुपर्ने हो, र परमेश्‍वरले परिष्कृत भाषा बोल्नुपर्ने हो।” म त्यसो गर्दिनँ। यो त अत्यन्तै थकाइलाग्दो हुनेछ, र तिमीहरू सुन्दा थाक्‍नेछौ, र बोल्ने व्यक्ति पनि थाक्‍नेछ। परमेश्‍वरले स्वर्गबाट बोल्नुभएको, अय्यूबसँग बोल्नुभएको, पत्रुससँग बोल्नुभएको, मोशा र योनासँग बोल्नुभएकोबारे विचार गर त—के परमेश्‍वरका वचनहरू सरल र स्पष्ट थिएनन् र? ती कति असाधारण, अमूर्त, वा महान् हुन्छन्, वा शब्द संयोजन कति अलचक हुन्छ भनेर तैँले देख्‍न सक्दैनस्। शैतानले अय्यूबलाई परीक्षा गर्दा, परमेश्‍वरले शैतानलाई भन्‍नुभयो, “के तैँले मेरो सेवक अय्यूबलाई नियालेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन?” (अय्यूब १:८), र “त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा” (अय्यूब २:६)। परमेश्‍वरका वचनहरू सरल र संक्षिप्त दुवै थिए, र तिनले यो मामला स्पष्ट रूपमा व्याख्या गरे। यो परमेश्‍वरको स्वभाव र परमेश्‍वरको सार हो। परमेश्‍वरले जानीजानी रहस्यमयी दोहोरो अर्थ लाग्‍ने शब्‍दहरू प्रयोग गर्नुहुन्न, र उहाँको महान्‌ता, असाधारणता, आदरणीयता, अख्तियार, र शक्ति झूटा होइनन्। किन म ती झूटा होइनन् भनेर भन्दै छु? जब उहाँले कुनै व्यक्तिसँग कुरा गर्नुहुन्छ, तब उहाँले बहाना बनाउनुहुन्‍न, आफूलाई उच्च छविको खोल ओढाउनुहुन्न, र मानिसहरूले बुझ्न नसक्‍ने कुराहरू बोल्नुहुन्न—त्यो त शैतानले गर्छ, परमेश्‍वरले त्यसो गर्नुहुन्न—अनि त्यो कुरा बोल्नुहुने परमेश्‍वर नै हुनुभएकोले, उहाँले तँलाई यो कुरा बुझाउनुहुनेछ। यदि तँ बालक होस् भने, उहाँले तँसँग बच्‍चाले बुझ्न सक्‍ने शब्दहरूमा बोल्नुहुनेछ। यदि तँ वृद्ध होस् भने, उहाँले तँसँग वृद्ध मानिसहरूको भाषामा बोल्नुहुनेछ। यदि तँ पुरुष होस् भने, उहाँले तँसँग पुरुषहरू बानी परेको भाषामा बोल्नुहुनेछ। यदि तँ भ्रष्ट मानव होस् भने, उहाँले तँसँग भ्रष्ट मानिसहरूले बुझ्न सक्‍ने शैली र संरचनामा बोल्नुहुनेछ। परमेश्‍वरले विविध तरिकाहरूमा बोल्नुहुन्छ। कहिलेकहीँ उहाँले ठट्टा गर्नुहुन्छ, कहिलेकहीँ विपरीतार्थ टिप्पणीहरू गर्नुहुन्छ, कहिलेकहीँ उहाँले व्यङ्ग्य गर्नुहुन्छ, कहिलेकहीँ विश्‍लेषण गर्नुहुन्छ, कहिलेकहीँ उहाँले कठोर रूप लिनुहुन्छ, कहिलेकहीँ नरम रूप लिनुहुन्छ, कहिलेकहीँ उहाँले तँलाई स्पर्श महसुस गर्न लगाउनुहुन्छ, र कहिलेकहीँ तँलाई काटछाँट गरेपछि सान्त्वना दिनुहुन्छ…। परमेश्‍वरले गर्नुहुने यो सबै काम र उहाँले व्यक्त गर्नुहुने यी सत्यताहरू अलचक छैनन्, लचकदार छन्। परमेश्‍वर नै जिउँदो पानीको मूल हुनुहुन्छ, र परमेश्‍वर नै सत्यताको स्रोत हुनुहुन्छ। परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो ठीक हुन्छ, त्यसमा सत्यता हुन्छ, र उहाँले त्यो कस्तो तरिकाले भन्‍नुहुन्छ त्यसले केही फरक पार्दैन। यदि कसैले सधैँ परमेश्‍वरको बोल्‍ने शैली, उहाँको भाषा संरचना, आदि इत्यादिबारे धारणाहरू राख्छ, र तिनलाई निरन्तर जाँच्छ र शङ्का गर्छ, र यी कुराहरूप्रति सधैँ व्याकुल हुन्छ र “मैले विश्‍वास गरेको परमेश्‍वर साँच्‍चै परमेश्‍वरजस्तो देखिनुहुन्‍न, उहाँ किन त्यस्तो हुनुहुन्छ? त्यसैले म उहाँलाई स्विकार्न चाहन्नँ, मैले उहाँलाई स्विकारेँ भने त यो अत्यन्तै लाजमर्दो हुनेछ, मैले यो वा त्यो ईश्‍वरमा विश्‍वास गर्नु नै राम्रो हुनेछ” भनेर भन्छ भने, यो कस्तो व्यक्ति हो? (अविश्‍वासी।) यो अविश्‍वासी हो। अनि, अधिकांश अविश्‍वासीहरू कस्ता प्रकारका मानिसहरू हुन्? आत्मिक बुझाइ नभएका मानिसहरू। आत्मिक बुझाइ नभएका मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्दा, तिनलाई ध्यान दिएर जाँच्छन्, तर तिनीहरूले अझै पनि ती के हुन् भनेर पूर्ण रूपमा पत्ता लगाउन सक्दैनन्, त्यसकारण तिनीहरूले सोच्छन्, “साँचो मार्ग यही हो भने, के यस मार्गमा विश्‍वास गरेर वास्तवमा आशिष्‌हरू प्राप्त गर्न सकिन्छ त? यति धेरै मानिसहरूले विश्‍वास गर्छन्। यदि मैले विश्‍वास गरिनँ भने, के म नरक जानेछैनँ र?” तिनीहरूले मनमा तुच्छ युक्तिहरूसमेत बोक्छन्। तिनीहरूले “परमेश्‍वरका वचनहरूमा सत्यता छ भनेर भनिन्छ, तर सत्यता के रैछ? मैले यसलाई कसरी नदेखेको? मैले पढ्नु र सुन्नु जरुरी छ” भनेर सोच्‍ने गर्दैनन्। एकदिन तिनीहरूले बल्ल “सुनेको कुरा बुझ्छन्” र यस्तो सोच्छन्, “यी वचनहरूले जे प्रकट गर्छन् त्यो साँचो परिस्थिति हो, र त्यो सत्यता हो। तर भाषा अत्यन्तै साधारण र सामान्य छ, यो अत्यन्तै आम किसिमको छ, र यसलाई विद्वतवर्गले तिरस्‍कार र भेदभाव गर्न सक्छन्, र यसलाई सबैभन्दा साधारण कुरा, र कतिपय शब्दहरूको हकमा त ठाडो भाषा भनेरसमेत भन्न सक्छन्, र ज्ञान क्षेत्रका उच्च बुद्धिजीवीहरूले प्रयोग गर्न नमान्ने केही शब्दहरू वास्तवमै परमेश्‍वरको मुखबाट आउँदो रहेछ भनेरसमेत भन्न सक्छन्—यो अकल्पनीय कुरा हो र यो त्यस्तो हुनुहुँदैन, होइन र?” यसरी निरन्तर जाँच गर्नुका परिणामहरू के हुन्छन्? तँलाई आफू परमेश्‍वरभन्दा असल छु, र परमेश्‍वरले तँमाथि विश्‍वास गर्नुपर्छ र तँलाई उचाल्नुपर्छ भन्‍ने लाग्‍नेछ। के यो समस्याजनक कुरा होइन र? यी मानिसहरू आत्मिक बुझाइ नभएका मानिसहरू हुन्। परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति सधैँ परमेश्‍वरविरुद्ध खडा हुने र उहाँलाई जाँच्‍ने किसिमको हुन्छ। अनि, परमेश्‍वरलाई छानबिन गरिरहँदा, तिनीहरूले उहाँको प्रतिरोध गरिरहेका हुन्छन्, र उहाँको प्रतिरोध गरिरहँदा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, “तपाईं परमेश्‍वर नहुनुभएकै बेस, किनभने तपाईं अत्यन्तै मामुली हुनुहुन्छ, तपाईं परमेश्‍वरजस्तो हुनुहुन्न। यदि तपाईं परमेश्‍वर हुनुहुन्छ भने, मलाई सहज महसुस हुनेछैन। यदि मैले तपाईंलाई घृणा गरेँ भने, पूर्ण रूपमा जाँचेँ भने, र तपाईंलाई परमेश्‍वर नहुने गरी, र कसैले पनि तपाईंमा विश्‍वास नगर्ने गरी विश्‍लेषण गरेँ भने, मलाई खुशी हुनेछ, र मैले विश्‍वास गर्नको लागि महान् परमेश्‍वर खोजेँ भने, मलाई शान्ति मिल्नेछ।” त्यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्। धेरैजसो अविश्‍वासीहरूमा आत्मिक बुझाइको कमी हुन्छ। तिनीहरूले परमेश्‍वरका यी सबैभन्दा साधारण वाणीहरूबाट कहिल्यै पनि सत्यता बुझ्ने वा प्राप्त गर्दैनन्। तिनीहरूले तिनलाई बारम्बार जाँच्‍ने मात्रै गर्छन्, र तिनीहरू सत्यता प्राप्त गर्न नसक्‍ने मात्र नभई, आफ्नै मुक्तिको महत्त्वपूर्ण मामला बरबाद गर्ने, र आफैलाई प्रकट गर्ने र आफैलाई हटाउनेसमेत गर्छन्। अब आजको सङ्गति यहीँ समाप्त गरौं। (परमेश्‍वरलाई धन्यवाद होस्!) अलबिदा!

जनवरी १७, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्