विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग एक) खण्ड पाँच

यसपछि हामी परमेश्‍वरका हितहरू, परमेश्‍वरको घरका हितहरू, र मण्डलीका हितहरूबारे सङ्गति गर्नेछौं। यी तीन वटै हितहरूबीच कुनै साझा कुरा छ छैन, अर्थात्, एउटा हितबारे कुरा गर्दा, यसलाई अरू हितसँग उस्तै मान्‍न सकिन्छ सकिँदैन भनेर अहिले नै कुरा नगरौं। सुरुमा हामी परमेश्‍वरका हितहरूबारे कुरा गरौं। मैले भर्खरै परमेश्‍वरका हितहरूमा परमेश्‍वरको महिमा, परमेश्‍वरको गवाही, परमेश्‍वरको नाम, र सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरको व्यवस्थापन योजना र परमेश्‍वरको कामको फैलावट समावेश हुन्छ भनेर उल्लेख गरेको छु, र परमेश्‍वरको लागि यी सबैभन्दा ठूला र महत्त्वपूर्ण कुराहरू हुन्। अहिलेको लागि, हामी परमेश्‍वरको महिमा, परमेश्‍वरको नाम, र परमेश्‍वरको गवाहीबारे उल्लेख नगरौं, ती मानिसहरूको लागि निकै टाढाका कुरा हुन्। सुरुमा हामी परमेश्‍वरको कामबारे कुरा गरौं। परमेश्‍वरले वास्तवमा के काम गरिरहनुभएको छ? परमेश्‍वरको कामको विषयवस्तु के हो? परमेश्‍वरको कामको प्रकृति के हो? परमेश्‍वरको कामले मानवजातिलाई के दिन्छ? मानवजातिमाझ यसको प्रभाव ठ्याक्‍कै के हुन्छ? सुरुमा यी कुराहरूबारे कुरा गरौं। त्यसोभए परमेश्‍वरको काम ठ्याक्‍कै के हो त? (मानवजातिलाई मुक्ति दिनु।) यो विषय परिवर्तन हुन सक्दैन, यो कामको उद्देश्य, अर्थात् शैतानको शक्तिमुनि रहेको र शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको मानवजातिलाई मुक्ति दिने कुरा परिवर्तन हुँदैन। यो काम भनेको मानव स्वरूप नै नहुने हदसम्‍म शैतानले भ्रष्ट तुल्याएका मानिसहरूको एउटा समूहलाई, अर्थात् शैतानको भ्रष्ट स्वभावले भरिएका, र परमेश्‍वरको प्रतिरोध गर्ने स्वभावले भरिएका मानिसहरूको एउटा समूहलाई मुक्ति दिनु हो, र तिनीहरूले मानव स्वरूप प्राप्त गरून् भनेर तिनीहरूलाई बदल्नु हो, र तिनीहरूलाई सत्यता बुझाउनु, र के न्यायवान् छ र के अन्यायवान् छ, र सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन्, र सच्‍चा मानिसहरूको रूपमा जिउनका लागि मानिसहरूले कसरी जिउनुपर्छ, र परमेश्‍वरले मानिसहरूको निम्ति पूर्वनिर्धारित गर्नुभएको स्थानमा उभिनका लागि तिनीहरू कुन स्थानमा खडा हुनुपर्छ भनेर बुझाउनु र बोध गराउनु हो। परमेश्‍वरको कामका आधारभूत विषयवस्तुहरू यिनै हुन्, र तिमीहरूलाई सैद्धान्तिक रूपमा यी सबै थाहा छ। यदि तैँले परमेश्‍वरको अभिप्राय साँच्‍चै बुझ्छस् भने, तँलाई परमेश्‍वरले मानिसहरूलाई दोषी ठहर्‍याउन र नष्ट गर्न न्याय गर्नुहुन्छ कि तिनीहरूलाई शुद्ध पार्न र सिद्ध पार्न न्याय गर्नुहुन्छ, र मानिसहरूलाई आगोको कुण्डमा हाल्न तिनीहरूलाई न्याय र सजाय दिनुहुन्छ कि तिनीहरूलाई मुक्ति दिन र ज्योतिमा ल्याउन त्यसो गर्नुहुन्छ भन्‍ने कुरा थाहा हुनुपर्छ। हामी सबैले देख्‍न सक्छौँ कि परमेश्‍वरले यति धेरै सत्यता व्यक्त गर्नुहुन्छ, मानिसहरूको विभिन्‍न भ्रष्ट स्थिति खुलासा गर्नुहुन्छ, मानिसहरूको विश्‍वासमा भएका विचलन र विश्‍वाससम्बन्धी तिनीहरूको धारणाहरू सुधार्नुहुन्छ, र मानिसहरूलाई सत्यता बुझ्न र परमेश्‍वरका वचनहरूअनुसार जिउन, र साँचो मानव रूपमा जिउन अगुवाइ गर्नुहुन्छ, र यसरी परमेश्‍वरका चुनिएका मानिसहरूमाझ केही परिणामहरू पनि हासिल भइसकेका छन्। परमेश्‍वरले मानिसहरूको अहङ्कारी स्वभाव खुलासा गर्नुहुन्छ र तिनीहरूलाई महामानव वा महान् मानिसहरू बन्‍नबाट रोक्नुहुन्छ, र तिनीहरूलाई साँचो सृजित प्राणी र विवेक र समझ भएका मानिसहरू बनाउनुहुन्छ; परमेश्‍वरले फरिसीहरूको ढोँगी सार खुलासा गर्नुहुन्छ, र मानिसहरूलाई फरिसीहरूको ढोँगी अनुहार देखाउनुहुन्छ, र मानिसहरूलाई परमेश्‍वरका वचनहरूको सत्यता वास्तविकतामा ल्याउनुहुन्छ; परमेश्‍वरले परम्परागत संस्कृतिको अनर्थकता र यसले मानिसहरूमा हालिदिने बन्धन र यसले तिनीहरूलाई पार्ने हानि खुलासा गर्नुहुन्छ, ताकि मानिसहरू परम्परागत संस्कृतिका बन्धनहरूबाट मुक्त भएर सत्यता स्विकार्न र परमेश्‍वरका वचनहरूअनुसार जिउन सकून्…। यो सबलाई निम्नानुसार सारांश गर्न सकिन्छ: मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको काम भनेको मानिसहरूलाई दुष्ट संसारका प्रचलनहरूबाट परमेश्‍वरको घरमा फिर्ता ल्याउनु, र त्यसपछि तिनीहरूलाई पूरै लगनसाथ सिकाउनु अनि सत्यता र जीवन आपूर्ति गर्नु हो, ताकि तिनीहरूले आत्मआचरणका साँचो सिद्धान्तहरू के हुन् र मानिसहरूले आफूलाई कसरी आचरणमा ढाल्‍नुपर्छ भन्‍ने कुरा बुझ्न र जान्न सकून्, ताकि तिनीहरू शैतानका दुष्ट प्रचलनहरू र विविध शैतानी दर्शन र शैतानी विषहरूले मानिसहरूलाई गर्ने हानिबाट उम्किउन्। सुरुदेखि वर्तमानसम्म, परमेश्‍वरले हरकिसिमको काम गर्नुभएको छ, व्यवस्थाको युगको उहाँको कामदेखि अनुग्रहको युगको उहाँको कामसम्म, अहिले आखिरी दिनहरूमा उहाँले गरिरहनुभएको न्यायको कामसम्म गर्नुभएको छ। अहिले परमेश्‍वरको कामका यी तीन चरणहरूबारे तिमीहरूलाई स्पष्ट भइसकेको हुनाले, परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजनाको कामको प्रकृति ठ्याक्‍कै के हो त? यसलाई कसरी चित्रण गरिनुपर्छ? (यो मानवजातिमाझको सबैभन्दा न्यायवान् अभियान हो।) ठीक भन्यौ। मानवजातिलाई व्यवस्थापन गर्ने र मुक्ति दिने परमेश्‍वरको काम ६,००० वर्षदेखि चलिरहेको छ, र यस ६,००० वर्ष दौरान, परमेश्‍वरले अथक रूपमा सहनुभएको छ, पर्खनुभएको छ र बोल्नुभएको छ, हालसम्म मानवजातिलाई अगुवाइ गर्नुभएको छ। परमेश्‍वरले हार मान्नुभएको छैन, र परमेश्‍वरको यो काम मानवजातिमाझको सबैभन्दा न्यायवान् अभियान हो। परमेश्‍वरको कामको प्रकृतिको दृष्टिकोणबाट हेर्दा, के परमेश्‍वरका हितहरू सबैभन्दा न्यायवान् र सबैभन्दा उचित छन् त? (छन्।) यदि परमेश्‍वरका हितहरू संरक्षण गरिए भने, मानवजातिलाई के हुनेछ? मानवजाति राम्रोसित बाँच्न जारी राख्न सक्छ, मानव रूपमा जिउन, परमेश्‍वरले स्थापित गर्नुभएका यावत्‌ थोकका नियमअन्तर्गत जिउन, र परमेश्‍वरले मानवजातिलाई दिनुभएका सबै कुराको आनन्द लिन सक्छ, र यसरी मानवजाति यावत् थोकको साँचो मालिक बन्‍नेछ। परमेश्‍वरको व्यवस्थापन कार्य अन्ततः मानिसहरूको सबैभन्दा ठूलो हितमा छ भनेर तिमीहरूले देख्‍नुपर्छ। त्यसैले, के मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम मानवजातिमाझको सबैभन्दा न्यायवान् अभियान होइन र? यो कुरा इन्कार्न सकिँदैन र यसमा कुनै शङ्का छैन—यो सबैभन्दा न्यायवान् अभियान हो। तसर्थ, यदि कुनै व्यक्ति आफ्नै हितहरूको खातिर परमेश्‍वरको घरका हितहरूमा हानि गर्ने र परमेश्‍वरको कामको फैलावटमा बाधा दिने हदसम्म पुगेको छ भने, यो व्यक्ति को हो? यो स्पष्ट रूपमा नै दुष्ट व्यक्ति र दियाबलस हो। परमेश्‍वर मानवजातिलाई केवल आपूर्ति गर्नुहुन्छ, सट्टामा केही माग गर्नुहुन्न। परमेश्‍वरले मानवजातिलाई सबैभन्दा ठूलो फाइदा पुग्ने काम गर्नुहुँदै गर्दा र सबैभन्दा न्यायवान् अभियान गर्नुहुँदै गर्दा, मानिसहरू परमेश्‍वरप्रति कृतज्ञ नहुने वा उहाँलाई धन्यवाद नदिने र परमेश्‍वरलाई प्रतिदान गर्ने बारे नसोच्ने मात्र होइन, बरु उल्टै, तिनीहरू परमेश्‍वरको काममा अवरोध गर्छन्, बाधा दिन्छन् र त्यसलाई बिगार्छन् र आफ्नै व्यक्तिगत हितहरू पछ्याउँछन्। त्यस्ता मानिसहरूमा पटक्कै विवेक वा समझ हुँदैन। के तिनीहरू अझै पनि मानिसहरू भनिन लायक हुन्छन् त? तिनीहरू खाँटी दियाबलस र शैतानहरू हुन्! यदि यो सब गरेर पनि परमेश्‍वरले मानिसहरूको मन छुन सक्नुभएन भने, के तिनीहरूमा अझै हृदय हुन्छ र? अहँ, हुँदैन। हृदय नहुनु भनेको विवेक नहुनु हो। त्यस्ता मानिसहरूमा विवेकको कुनै भावना हुँदैन। जब व्यक्तिको मानवतामा विवेक हुँदैन, ऊ मानव नभई पशु, दियाबलस, र शैतान बन्छ। यो कुरा अत्यन्तै स्पष्ट छ। मानिसहरूले मुक्ति पाऊन् भनेर, परमेश्‍वर हरकुनै मूल्य चुकाउन र अथक काम गर्न दृढ हुनुहुन्छ। मानिसहरूले जेजसरी गलत बुझे नि वा शङ्का गरे नि, परमेश्‍वरले सधैँ मानिसहरूलाई धैर्य देखाउँदै आउनुभएको छ र निरन्तर तिनीहरूलाई भरणपोषण गरिरहनुभएको छ, तिनीहरूलाई सत्यताका विभिन्‍न पक्षहरू बारम्बार बताउँदै, र अलिअलि गरी बुझाउँदै, मनन गर्न र जाँच्न लगाउँदै, र तिनीहरूलाई परमेश्‍वरको हृदय बुझ्न र परमेश्‍वरको हृदय बोध गर्न सक्षम तुल्याउँदै आउनुभएको छ। अनि जब मानिसहरूले परमेश्‍वरका यी वचनहरू सुन्छन्, तिनीहरू स्पर्शित हुन्छन् र केही आँसु बगाउँछन्। तर जब तिनीहरू फर्कन्छन्, तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल नगर्ने मात्रै नभई, बरु अझै आफ्नै हितहरू र अझै आशिष्‌हरू पछ्याउँछन्। मलाई भन त, के त्यस्ता मानिसहरूमा विवेक र समझ हुन्छ? त्यस्ता मानिसहरूमा सबैभन्दा बढी के कुराको कमी हुन्छ? तिनीहरूसँग सबैभन्दा बढी विवेक र समझको कमी हुन्छ, र तिनीहरूमा सबैभन्दा बढी मानवताको कमी हुन्छ। परमेश्‍वरले काम गर्न र मानिसहरूलाई मुक्ति दिन अत्यन्तै धैर्यसाथ हरकिसिमका पीडाहरू सहनुहुन्छ, तर मानिसहरू अझै पनि परमेश्‍वरलाई गलत बुझ्छन्, निरन्तर उहाँसँग जुधिरहन्छन्, परमेश्‍वरको घरका हितहरूबारे कुनै वास्ता नगरी निरन्तर आफ्नै हितहरू रक्षा गर्छन्, र सधैँ भव्य जीवन जिउन चाहन्छन्, तर परमेश्‍वरको महिमामा योगदान दिन चाहँदैनन्—यी सबै कुरामा, के कुनै मानवता छ त? मानिसहरूले परमेश्‍वरको गवाही ठूलो स्वरमा घोषणा गरे पनि, तिनीहरूले हृदयमा यसो भन्छन्: “यो मैले गरेको काम हो, यसले परिणामहरू हासिल गरेको छ। मैले नि मेहनत गरेको छु, मैले नि मूल्य चुकाएको छु। मेरो गवाहीचाहिँ किन नदिने नि?” तिनीहरू सधैँ परमेश्‍वरको महिमा र गवाहीमा भागीदार हुन चाहन्छन्। के मानिसहरू यी कुराहरू पाउन योग्य छन् त? “महिमा” भन्‍ने शब्द मानिसहरूको होइन। महिमा त परमेश्‍वर, सृष्टिकर्ताको मात्रै हुन सक्छ, र सृजित मानवसँग यसको कुनै सम्बन्ध छैन। मानिसहरूले मेहनत र सहकार्य गरे नि, तिनीहरू अझै पनि पवित्र आत्माको कामको अगुवाइमै हुन्छन्। यदि पवित्र आत्माको कुनै काम नहुने हो भने, मानिसहरूले के नै गर्न सक्छन् र? “गवाही” भन्‍ने शब्द पनि मानिसहरूको होइन। चाहे यो “गवाही” भन्‍ने नाम शब्द होस् वा “गवाही दिनु” भन्‍ने क्रियापद होस्, सृष्टि गरिएको मानवसँग यी दुवै शब्दहरूको कुनै सम्बन्ध छैन। सृष्टिकर्ता मात्रै गवाही दिइन र मानिसहरूको गवाही पाउन लायक हुनुहुन्छ। यो कुरा परमेश्‍वरको पहिचान, हैसियत र सारले निर्धारित गर्छ, र परमेश्‍वरले गर्नुहुने हरेक कुरा परमेश्‍वरको प्रयासबाट आउने, र त्यो प्राप्त गर्न परमेश्‍वर लायक हुनुहुने हुनाले पनि यस्तो हुन्छ। मानिसहरूले गर्न सक्‍ने कुराहरू निश्‍चय नै सीमित छन्, र यो सबै पवित्र आत्माको अन्तर्दृष्टि, नेतृत्व, र अगुवाइको परिणाम हो। मानव प्रकृतिको कुरा गर्दा, मानिसहरू केही सत्यता बुझेपछि र थोरै काम गरेपछि अहङ्कारी बन्छन्। यदि तिनीहरूको साथमा परमेश्‍वरबाट आउने न्याय र सजाय छैन भने, कसैले पनि परमेश्‍वरमा समर्पित भएर उहाँको गवाही दिन सक्दैनन्। परमेश्‍वरको पूर्वनिर्धारणको फलस्वरूप, मानिसहरूमा केही वरदान वा विशेष प्रतिभा हुन सक्छ, तिनीहरूले केही पेसा वा सीप सिकेका हुन सक्छन्, वा तिनीहरूमा अलिअलि चलाकी हुन सक्छ, त्यसैले तिनीहरू अत्यन्तै अहङ्कारी बन्छन्, र निरन्तर परमेश्‍वरले तिनीहरूसँग उहाँको महिमा र उहाँको गवाही बाँड्नुभएको चाहन्छन्। के यो समझहीन होइन र? यो अत्यन्तै समझहीन हो। यसले तिनीहरू गलत स्थानमा उभिएका छन् भन्‍ने देखाउँछ। तिनीहरूले आफूलाई मानवको रूपमा नभई, अरूभन्दा पृथक्, महामानवको रूपमा लिन्छन्। आफ्नो पहिचान र सार के हो, र आफू कुन स्थानमा उभिनुपर्छ भन्‍ने कुरा थाहा नहुने मानिसहरूमा कुनै आत्मसचेतना हुँदैन। मानिसहरूको नम्रता हैसियत घटाएर आउने कुरा होइन—मानिसहरू सुरुदेखि नै नम्र र तल्लो स्तरका हुन्छन्। परमेश्‍वरको नम्रताचाहिँ हैसियत घटाएर आउने कुरा हो। मानिसहरूलाई नम्र भन्‍नु त तिनीहरूलाई उचाल्नु हो—वास्तवमा तिनीहरू नीचा हुन्छन्। मानिसहरू सधैँ ख्याति, प्राप्ति र हैसियतको लागि लड्न, र परमेश्‍वरका चुनिएका मानिसहरूको लागि उहाँसित प्रतिस्पर्धा गर्न चाहन्छन्। यसरी, तिनीहरू शैतानको भूमिका खेल्छन्, र यही नै शैतानको प्रकृति हो। तिनीहरू साँच्‍चै नै शैतानका सन्तान हुन्, र त्यसमा अलिकति पनि भिन्‍नता छैन। मानौँ परमेश्‍वरले मानिसहरूलाई थोरै अख्तियार र शक्ति दिनुहुन्छ रे, र तिनीहरूले चिन्ह र चमत्कारहरू देखाउन र केही असाधारण कामहरू गर्न सक्छन् रे, र तिनीहरू सबै कुरा परमेश्‍वरका मागहरूअनुसार र अक्षरशः गर्छन् रे। तर के तिनीहरूले परमेश्‍वरलाई उछिन्‍न सक्छन् र? अहँ, कहिल्यै सक्दैनन्। के शैतान, अर्थात् प्रधान स्वर्गदूतका क्षमताहरू मानिसहरूका भन्दा ठूला हुँदैनन् र? त्यसले सधैँ परमेश्‍वरलाई उछिन्‍न चाहन्छ, तर अन्तिम परिणाम के हुन्छ? अन्त्यमा, त्यसले अतल कुण्‍डमा ओर्लनुपर्छ। परमेश्‍वर सधैँ इन्साफको मूर्तरूप हुनुहुनेछ, जबकि शैतान, दियाबलस, प्रधान स्वर्गदूत सधैँ दुष्टताको मूर्तरूप, र दुष्ट शक्तिहरूको प्रतिनिधि हुनेछ। परमेश्‍वर सधैँ न्यायवान् हुनुहुनेछ, र यो तथ्य बदल्न सकिँदैन। यो परमेश्‍वरको अपवादपूर्ण र असाधारण पक्ष हो। मानवजातिले परमेश्‍वरबाट उहाँका सबै सत्यताहरू प्राप्त गरे पनि, तिनीहरू साना सृजित प्राणीहरू मात्रै हुन् र तिनीहरूले परमेश्‍वरलाई उछिन्‍न सक्दैनन्। मानवजाति र परमेश्‍वरबीचको भिन्‍नता यही हो। मानिसहरू परमेश्‍वरले बनाउनुभएका सबै नियम र व्यवस्थाहरूभित्र व्यवस्थित रूपमा अस्तित्वमा रहन मात्र सक्छन्, र परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुरालाई यी नियम र व्यवस्थाहरूभित्र व्यवस्थापन गर्न मात्र सक्छन्। मानिसहरूले कुनै जीवित प्राणीहरू सृष्टि गर्न सक्दैनन्, न त मानवजातिको भाग्य बदल्न नै सक्छन्—यो तथ्य हो। यो तथ्यले के जनाउँछ? यो कि, परमेश्‍वरले मानवजातिलाई जति धेरै अख्तियार र क्षमता दिनुभए नि, अन्तिममा कोही पनि परमेश्‍वरको अख्तियारभन्दा माथि उठ्न सक्दैन। जति वर्ष, वा जति पुस्ता, वा जति धेरै मानिसहरू भए नि, मानिसहरू परमेश्‍वरको अख्तियार र सार्वभौमिकताभित्र अस्तित्वमा रहन मात्र सक्छन्। यो सदा अपरिवर्तनीय रहने, र कहिल्यै कदापि नबदलिने तथ्य हो!

यी कुराहरू सुनेपछि तिमीहरूलाई कस्तो महसुस हुन्छ? कतिपय मानिसहरू भन्छन्: “मैले आफ्नो चेतनामा यी कुराहरूबारे विचार गर्ने गर्थेँ, तर थाहै नभई मलाई मेरो क्षमता बढिरहेको छ भन्‍ने महसुस भयो। मेरो उमेर बढ्दै गएपछि, मेरा विचारहरू पनि परिपक्‍व भए, र मैले धेरै समस्याहरूबारे अझै व्यापक रूपमा विचार गर्न थालेँ, र परमेश्‍वरका अझै धेरै वचनहरू सुनेपछि, मैले उहाँका केही अभिप्रायहरू बुझेँ, अनि मलाई म बलियो छु र मलाई परमेश्‍वरले ममाथि सार्वभौमिकता राख्‍नुपर्दैन भन्‍ने लाग्यो। अचेतन रूपमै, मलाई म सक्षम छु, र मैले परमेश्‍वरलाई प्राप्त गरेको छु भन्‍ने महसुस भयो।” के यो राम्रो अनुभूति हो? (होइन।) यो कसरी राम्रो होइन? यो राम्रो लक्षण होइन। त्यसोभए राम्रो लक्षण के हो त? यो भनेको मानिसहरू जति लामो समय जिउँछन्, तिनीहरूलाई त्यति नै यस्तो महसुस हुनु हो, “मानिसहरू धूलोजस्तै हुन्, र तिनीहरू कमिलाभन्दा नीच हुन्। मानिसहरू जति नै दह्रिलो वा इज्जतदार भए नि, वा तिनीहरूले जति धेरै धर्मसिद्धान्त बुझे नि, वा तिनीहरूका विचारहरू जति नै परिपक्‍व भए नि, तिनीहरू परमेश्‍वरको सार्वभौमिकताभन्दा माथि उठ्न सक्दैनन्।” मानिसहरू जति लामो समय जिउँछन्, त्यति नै तिनीहरूलाई परमेश्‍वरको अख्तियारको महानता र परमेश्‍वरको अख्तियारको सर्वशक्तिमान्‌ता महसुस हुन्छ। तिनीहरू जति लामो समय जिउँछन्, त्यति नै तिनीहरूलाई मानिसहरूको महत्त्वहीनता महसुस हुन्छ। तिनीहरू जति लामो समय जिउँछन्, त्यति नै तिनीहरूलाई परमेश्‍वरको अथाहता महसुस हुन्छ। त्यस्तो मानसिक स्थिति सामान्य हुन्छ। के तिमीहरूमा अहिले यस्तो स्थिति छ त? अहिलेसम्म छैन, होइन र? तिमीहरू अझै पनि प्राय संघर्षमै हुन्छौ, हितहरूको सिमानामा ढल्मलिन्छौ, र कहिलेकहीँ सानो सङ्केतसमेत दिँदै, यसो भन्छौ, “परमेश्‍वर किन आफ्ना हितहरू मसँग थोरै पनि बाँड्नुहुन्न? परमेश्‍वर किन मलाई तारिफ गर्नुहुन्न? परमेश्‍वर किन मेरो वरिपरिका मानिसहरूलाई मेरो बारे उच्च विचार गर्न लगाउनुहुन्न? परमेश्‍वर किन मानिसहरूलाई मेरो गवाही दिन लगाउनुहुन्न? मैले मूल्य चुकाएको र योगदान दिएको छु। परमेश्‍वर कसरी मलाई इनाम दिनुहुनेछ?” तँ अझै पनि प्राय आफैप्रति गर्व गर्ने र आत्मसन्तुष्ट हुने मानसिकतामा डुब्छस्। तँलाई प्राय तँ को होस् भन्‍ने नै थाहा हुँदैन, र तँलाई प्राय आफू सक्षम छु भन्‍ने लाग्छ। यो अवस्था असामान्य छ। यो जीवनको प्रगति होइन। यसलाई के भनिन्छ? यो फेरि पनि भ्रष्ट स्वभाव फुल्लिनु हो। कति मानिसहरू कुनै योगदान नदिँदा, अलि साधारण र चुपचाप रहन्छन्। तर एकपटक महत्त्वपूर्ण काम गरेपछि र केही योगदान दिएपछि, र आफूमा पूँजी छ भन्‍ने महसुस गरेपछि, तिनीहरूले आफ्नो वरपर मानिसहरू देख्दा, यस्तो सोच्छन्: “किन तिमीहरू मेरो योगदानबारे रिपोर्ट गर्दैनौ? तिमीहरू सबैले परमेश्‍वरको नाम र परमेश्‍वरको सारबारे गवाही दिन्छौ, त्यसैले किन मेरो बारे प्रस्तुति दिँदैनौ? तिमीहरूले मेरो गवाही दिन नसके नि, मेरो बारे प्रस्तुति दिन त सक्छौ। म, फलानी विश्‍वासी दिदीले, परमेश्‍वरमा विश्‍वास गरेको २५ वर्ष भयो। अहिले म ४५ वर्षकी भएँ, म अझै अविवाहित र एकल छु, र आजसम्म पनि मैले भक्तिपूर्ण र उत्साहसाथ खोजी गरिरहेकी छु। म मण्डलीको आधार भएकीले, मलाई धेरैपटक चिनियाँ कम्युनिस्ट सरकारले खोजी सूचीमा राख्यो, खेदो गर्‍यो, र विदेश आउनुपहिले म दशभन्दा बढी प्रान्तहरूमा यताउता गर्दै हरठाउँ लुकेर बसेँ। त्यसपछि पनि, मैले परमेश्‍वरको घरको महत्त्वपूर्ण कामको सुपरिवेक्षक भएर सेवा गर्न जारी राखिरहेँ, र त्यो अवधिमा मैले परमेश्‍वरको घरका निश्‍चित कामहरूको लागि धेरै रचनात्मक सुझाव, विचार र अवधारणाहरू अघि सार्दै, मण्डलीको काम अघि बढाउन र परमेश्‍वरको राज्यको सुसमाचार फैलाउन अमेट योगदान दिएँ। किन मलाई यसरी प्रस्तुत गर्दैनौ? किन परमेश्‍वर मलाई मेरो प्रतिभा प्रदर्शन गर्ने केही वातावरण र अवसर दिनुहुन्न ताकि सबैलाई मेरो बारे थाहा र जानकारी होस्? किन परमेश्‍वर सधैँ हामीलाई दबाउनुहुन्छ? परमेश्‍वरको घरमा हामी त्यति स्वतन्त्र छैनौँ, न त हामी त्यति सहज, मुक्त, वा खुसी नै छौँ!” ऊ तनावरहित, स्वतन्त्र र खुसीसमेत हुन चाहन्छे। हामी कसरी तँलाई तनावरहित, स्वतन्त्र र खुसी बनाउन सक्छौं? के तँलाई शीर्ष स्थानमा राखेर, हो? अनि, तँलाई शीर्ष स्थानमा राखिसकेपछि, तेरो बारे यस्तो प्रस्तुति दिएर, हो: बाह्य संसारमा यी व्यक्ति प्रसिद्ध डाक्टर थिइन्, जसले देशको प्रसिद्ध डाक्टरहरूको पहिलो पुरस्कार जितिन्, र तिनको नाम “विश्‍व प्रसिद्ध डाक्टरहरूको ज्ञानकोष” मा समावेश थियो। तिनले धेरै शोध प्रतिवेदनहरू पूरा गरेकी छिन्, र परमेश्‍वरको घरमा आएपछि, तिनी अझै पनि एउटा आधारस्तम्भ र प्रतिभाशाली व्यक्ति रहँदै आएकी छिन्, र अहिले तिनी वरिष्ठ अगुवा बनेकी छिन्। के त्यसपछि त ऊ खुसी हुनेछैन र? उसले यस्तो सोच्नेछे, “म प्रतिभाशाली व्यक्ति हुँ। म पहिले सेलिब्रेटी थिएँ, र परमेश्‍वरको घरमा आएपछि पनि म अझै सेलिब्रेटी नै छु। म त जहाँ राखे नि चम्किने सुनजस्तै हुँ, र यसको चमक कसैले नि रोक्न सक्दैन। मेरा यी क्षमताहरू सबैले देख्‍न सक्छन्! परमेश्‍वरले गवाही नदिनुभए पनि, यी तथ्यहरूले मेरो लागि सानदार गवाही दिन्छन्।” यो विचारबारे तिमीहरूलाई के लाग्छ? यदि तैँले एक दिन पनि ख्याति र प्राप्तिको खोज त्याग्न सक्दैनस् भने, तँ अझै पनि ख्याति, प्राप्ति, र हैसियतको बन्धनमा छस्, र तँ साँच्चै नै तनावरहित र खुसी हुन सक्दैनस्। जबसम्‍म तँ ख्याति र प्राप्तिको जन्जिरमा बाँधिएको, नियन्त्रित भएको र नारिएको छस् भने, तँ सत्यता पछ्याउन अघि बढ्नेछैनस्, बरु जहाँको तहीँ अल्झिरहन मात्र सक्‍नेछस्। कतिपय मानिसहरूले “के म पछि हट्नेछु त?” भनेर सोध्न सक्छन्। वास्तवमा, जबसम्म तँ अघि बढ्दैनस्, तबसम्‍म तँ यथास्थानमै अडिएर पछि हटिरहेको हुन्छस्। यसले देखाउँछ कि तेरो प्रकृति सार नै यही हो, र परमेश्‍वरमा विश्‍वास गरेको जति वर्ष भए नि, तैँले कहिल्यै कुनै प्रगति गर्नेछैनस्, र अन्त्यसम्मै अझै तैँले धेरै दुष्कर्म गरिरहन सक्‍नेछस्। अनि निश्‍चयसाथ भन्‍न सकिन्छ कि तँलाई प्रकाश गरिनेछ। यस्तो व्यक्तिलाई एकपटक सही वातावरण मिलेपछि, र हैसियत प्राप्त भएपछि, उसको महत्त्वाकाङ्क्षा पर्दाफास भइहाल्नेछ। तर वास्तवमा, यो वातावरण र हैसियत नभएको भए, के उसमा कुनै महत्त्वाकाङ्क्षा हुन्थेन र? हुन्थ्यो। त्यस्ताहरू त बस यही वस्तु र यही सार हुन्, र तिनीहरूको महत्त्वाकाङ्क्षा नियन्त्रण गर्न सकिँदैन। सही वातावरण आउनेबित्तिकै, तिनीहरू अचानक “विस्फोट” हुनेछन्, र कुनै पनि अङ्कुशले तिनीहरूलाई रोक्न सक्दैन, र तिनीहरूले दुष्टता गर्न थाल्छन्, र तिनीहरूको दियाबलसको कुरूप अनुहार पूरै पर्दाफास हुनेछ। प्रकाश हुनु भनेको यही हो। तैँले “प्रकाश” भन्‍ने शब्दलाई यसरी बुझ्नुपर्छ: परमेश्‍वरले तँलाई प्रकट गर्ने अभिप्राय राख्‍नुभएको थिएन, बरु तँलाई अभ्यास गर्ने मौका दिन चाहनुहुन्थ्यो। तर तैँले असल कुरा देख्दा त्यसलाई चिनिनस्, बरु साँच्‍चिकै आफ्‍नो प्रदर्शनसमेत गरिस्। के तँ प्रकाश गरिनुकै हकदार छैनस् र? यो तेरो आफ्नै रोजाइ हो। परमेश्‍वरले तँलाई जानाजानी प्रकट गरेर हटाउने अभिप्राय राख्‍नुभएको होइन। तेरो मनसाय र महत्त्वाकाङ्क्षाहरूले नै तँलाई प्रकट गरेका हुन्। तैँले अरू कसलाई दोष दिन सक्छस् र?

मानिसहरूका हित र परमेश्‍वरका हितहरूको हकमा, के हामीले यस विषयसम्बन्धी सत्यताबारे पर्याप्त सङ्गति गर्‍यौँ त? मानिसहरूका व्यक्तिगत हितहरू के-के हुन्? यी कुराहरू मानिसहरूले पछ्याउने कुराहरू हुन्, जसमा ख्याति र प्राप्ति, हैसियत, आशिष्‌हरू प्राप्त गर्ने महत्त्वाकाङ्क्षा र चाहना, साथै मानिसहरूको घमण्ड र प्रतिष्ठा, परिवार, आफन्त, भौतिक हित, आदि इत्यादि पर्छन्। मानिसहरूका हितहरूको सार स्वार्थी र घृणित हुन्छ, यो दुष्ट र शैतानी हुन्छ, यो सत्यताविपरीत हुन्छ, र यसले परमेश्‍वरको घरको काममा अवरोध, बाधा, र विनाश ल्याउँछ, जबकि परमेश्‍वरका हितहरू मानवजातिलाई मुक्ति दिने सबैभन्दा न्यायवान् अभियान हुन्, र तिनले परमेश्‍वरको प्रेम, परमेश्‍वरको काम, र परमेश्‍वरको पवित्रता र धार्मिकता प्रतिनिधित्व गर्छन्। त्यसकारण, परमेश्‍वरले आफ्ना हितहरू रक्षा गर्नु उचित नै ठहरिन्छ। उहाँले न्यायवान् अभियान रक्षा गरिरहनुभएको हुन्छ। परमेश्‍वर स्वार्थी हुनुभएकोले र आफ्नै इज्जत रक्षा गर्न चाहनुभएकोले यस्तो गरिएको होइन। यो न्यायवान् र वैध छ, र यो परमेश्‍वरले मुक्ति दिनुहुने मानवजातिको लागि अथाह फाइदाको कुरा हो। परमेश्‍वरले आफ्ना हितहरू रक्षा गर्नुभएपछि मात्रै त्यसको फलस्वरूप मानवजातिले मुक्ति प्राप्त गर्न, र अझै ठूलो फाइदा प्राप्त गर्न, अनि सत्यता, बाटो र जीवन प्राप्त गर्न सक्छन्, र त्यसपछि मात्रै मानिसहरू अन्ततः साँचो सृजित प्राणी बन्‍न सक्छन्, र परमेश्‍वरले तय गर्नुभएका सबै व्यवस्था र नियमहरूअनुसार, र परमेश्‍वरले तिनीहरूको लागि सृष्टि गर्नुभएका सबै कुराहरूमाझ जिउन सक्छन्, र त्यसपछि मात्रै मानवजातिले आनन्द र साँच्‍चै सुन्दर जीवन प्राप्त गर्न सक्छन्। के परमेश्‍वरले गर्नुहुने यो सब न्यायवान् अभियान होइन र? यो औधी नै न्यायवान् छ! परमेश्‍वरको यो काम र यो व्यवस्थापन, साथै परमेश्‍वरद्वारा दिइने मानवजातिको मुक्तिसँग सम्बन्धित मण्डलीका सबै कामहरू—जस्तै सुसमाचार प्रचार गर्ने, चलचित्रहरू छायाङ्कन गर्ने, गवाही लेखहरू लेख्‍ने, भिडियोहरू बनाउने, परमेश्‍वरका वचनहरू अनुवाद गर्ने, र मण्डली जीवनको सामान्य सुव्यवस्था कायम राख्‍ने—यी कामहरू महत्त्वपूर्ण छन् र यिनलाई प्रत्याभूत गरिनुपर्छ। कर्तव्य पूरा गर्ने परमेश्‍वरका चुनिएका सबै मानिसहरूको जीवन प्रत्याभूत गर्ने पक्ष पनि छ। यो सहयोगी सेवाहरूजस्तै अत्यन्तै आधारभूत काम भए पनि, र परमेश्‍वरको घरको मुख्य कामसँग यसको धेरै सम्बन्ध नभए पनि, यो पनि अत्यन्तै महत्त्वपूर्ण नै हुन्छ, र यहाँ यसबारे उल्लेख गर्नु अत्यावश्यक छ। गाँस, बास, कपास र यातायातजस्ता सामान्य कुराहरू—यी कुराहरू परमेश्‍वरले मानिसहरूको लागि प्रदान गर्नुहुने कुराहरू हुन्, र यी सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने सबैभन्दा वैध भौतिक खाँचोहरू पनि हुन्। परमेश्‍वरले मानिसहरूलाई यी खाँचोहरूबाट वञ्चित गर्नुहुनेछैन, बरु उहाँले यी कुराहरू रक्षा गर्नुपर्छ। यदि तैँले सधैँ परमेश्‍वरले रक्षा गर्न चाहनुहुने कुराहरूलाई बाधा र अवरोध गर्छस्, र जग कमजोर पार्छस् भने, यदि तैँले सधैँ त्यस्ता कुराहरूप्रति अवहेलना प्रदर्शन गर्छस्, र तीप्रति सधैँ धारणा र विचारहरू राख्छस् भने, तैँले परमेश्‍वरलाई खण्डन गरिरहेको र उहाँविरुद्ध खडा भइरहेको हुन्छस्। यदि तैँले परमेश्‍वरको घरको काम र परमेश्‍वरको घरका हितहरूलाई महत्त्वपूर्ण ठान्दैनस्, र सधैँ तिनलाई कमजोर पार्न, र सधैँ विनाश गर्न चाहन्छस्, वा सधैँ तीबाट फाइदा लिन, ठग्न, वा हिनामिना गर्न चाहन्छस् भने, के परमेश्‍वर तँसँग रिसाउनुहुनेछैन र? (रिसाउनुहुनेछ।) अनि, परमेश्‍वरको रिसका परिणामहरू के-के हुन्? (हामीलाई दण्ड दिइनेछ।) यो कुरा निश्‍चित छ। परमेश्‍वरले तँलाई अवश्य नै क्षमा गर्नुहुनेछैन! किनभने तैँले गरिरहेको कुरा मण्डलीको काम तोड्नु र नष्ट गर्नु हो, र यो परमेश्‍वरको घरको काम र हितहरूसँग बाझिन्छ। यो ठूलो दुष्टता हो, यो परमेश्‍वरसँगको प्रतिस्पर्धामा प्रवेश गर्नु हो, र यो परमेश्‍वरको स्वभाव प्रत्यक्ष रूपमा चिढ्याउने कुरा हो। यस्तोमा परमेश्‍वर तँसँग नरिसाई कसरी बस्‍न सक्‍नुहुन्छ र? यदि कतिपय मानिसहरूले कमजोर क्षमता भएर अनि कामसम्बन्धी दक्षता नभएर अनजानमा अवरोध र बाधा पैदा गर्ने कुराहरू गर्छन् भने, त्यो माफ दिन सकिने कुरा हो। तर यदि तँ आफ्नै व्यक्तिगत हितहरूको कारण डाहा र कलहमा संलग्‍न हुन्छस् र जानीजानी परमेश्‍वरको घरको काममा अवरोध, बाधा, र विनाश ल्याउने कुराहरू गर्छस् भने, यो जानीजानी गरिएको उल्लङ्घन हो, र यो परमेश्‍वरको स्वभाव चिढ्याउने मामला हो। अनि, के तँलाई परमेश्‍वरले क्षमा गर्नुहुनेछ र? परमेश्‍वरले आफ्नो ६,००० वर्षे व्यवस्थापन योजनाको काम गरिरहनुभएको छ, र उहाँको सबै रगत-पसिना यसैमा गएको छ। यदि कसैले परमेश्‍वरको विरोध गर्छ, जानीजानी परमेश्‍वरको घरका हितहरूमा हानि गर्छ, र जानीजानी परमेश्‍वरको घरका हितहरूमा हानि हुने गरी आफ्ना व्यक्तिगत हित र व्यक्तिगत प्रतिष्ठा र हैसियत पछ्याउँछ, र मण्डलीको काम तोड्न कति पनि हिच्किचाउँदैन, र यसरी परमेश्‍वरको घरको काममा बाधा र विनाश ल्याउँछ, र परमेश्‍वरको घरलाई ठूलो भौतिक र आर्थिक हानिसमेत पुर्‍याउँछ भने, तिमीहरूलाई के लाग्छ, के त्यस्ता मानिसहरूलाई क्षमा गरिनुपर्छ? (अहँ, तिनीहरूलाई क्षमा गरिनु हुँदैन।) तिमीहरू सबैजना तिनीहरूलाई क्षमा दिनु हुँदैन भन्छौ, त्यसोभए के परमेश्‍वर त्यस्ता मानिसहरूप्रति रिसाउनुहुन्छ त? अवश्य नै, उहाँ रिसाउनुहुन्छ। परमेश्‍वरले सत्यता व्यक्त गर्ने र मानिसहरूलाई मुक्ति दिने यति ठूलो काम गर्नुभएको छ, र यसमा आफ्नो सारा रगत-पसिना लगाउनुभएको छ। परमेश्‍वरले यो सबैभन्दा न्यायवान् अभियानलाई अत्यन्तै गम्भीर रूपमा लिनुहुन्छ; उहाँले मुक्ति दिन चाहनुहुने यी मानिसहरूका लागि नै उहाँको सारा रगत-पसिना खर्च गरिएको छ, उहाँका सबै अपेक्षाहरू पनि यी मानिसहरूमै छन्, र उहाँले आफ्नो ६,००० वर्षे व्यवस्थापन योजनाबाट प्राप्त गर्न चाहनुहुने अन्तिम परिणाम र महिमा पनि यी मानिसहरूमै पूरा हुनेछन्। यदि कोही परमेश्‍वरविरुद्धको प्रतिस्पर्धामा प्रवेश गर्छ, यो अभियानको विरोध गर्छ, यसमा बाधा दिन्छ, वा यसको परिणाम नष्ट गर्छ भने, के परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ त? (गर्नुहुनेछैन।) के यसले परमेश्‍वरको स्वभाव चिढ्याउँदैन र? यदि तैँले परमेश्‍वरलाई पछ्याउँछु, मुक्ति हासिल गर्छु, परमेश्‍वरको छानबिन र अगुवाइ स्विकार्छु, र परमेश्‍वरको न्याय र सजाय स्विकार्छु र तिनमा समर्पित हुन्छु भनेर भनिरहन्छस्, तर तैँले यी कुराहरू बोल्दै गर्दा, मण्डलीको विभिन्‍न कामलाई अवरोध, बाधा र विनाश गरिरहेको हुन्छस्, र तेरो बाधा, अवरोध, र विनाशको कारण, वा तैँले कर्तव्यमा लापरवाही वा बेवास्ता गरेको कारण, वा तेरा स्वार्थी इच्छाहरू र आफ्नै हितहरू पछ्याउने कार्यको कारण, परमेश्‍वरको घरका हितहरू, मण्डलीका हितहरू, र अरू धेरै पक्षहरूमा हानि भएको हुन्छ भने, यहाँसम्म कि परमेश्‍वरको घरको कामसमेत गम्भीर रूपमा बाधा भएको वा विनाश भएको हुन्छ भने, तेरो जीवन पुस्तकमा परमेश्‍वरले कसरी तेरो परिणाम मापन गर्नुपर्छ? तँलाई कसरी चित्रण गर्नुपर्छ? निष्पक्ष रूपमा भन्‍नुपर्दा, तँलाई दण्ड दिइनुपर्छ। यो त तँ जेको लायक छस् त्यही पाउनु हो। अब तिमीहरू के बुझ्छौ? मानिसहरूका हितहरू के हुन्? (ती दुष्ट कुराहरू हुन्।) मानिसहरूका हितहरू वास्तवमा तिनीहरूका सबै आकाङ्क्षी इच्छाहरू हुन्। सिधै भन्दा, ती सबै परीक्षा हुन्, ती सबै झूटहरू हुन्, र ती सबै मानिसहरूलाई परीक्षा गर्न शैतानले प्रयोग गर्ने चारो हुन्। ख्याति, प्राप्ति र हैसियत पछ्याउनु, र आफ्नै हितहरू पछ्याउनु—यो त दुष्टता गर्न शैतानसँग सहकार्य गर्नु, र परमेश्‍वरको विरोध गर्नु हो। परमेश्‍वरको काममा अवरोध गर्ने हेतुले, शैतानले मानिसहरूलाई परीक्षा गर्न, बाधा दिन, बहकाउन, परमेश्‍वरलाई पछ्याउनबाट रोक्न र परमेश्‍वरमा समर्पित हुन सक्षम बन्‍न नदिन विभिन्‍न वातावरणहरू पैदा गर्छ। अनि यसको साटो, तिनीहरू शैतानसँग सहकार्य गर्छन् र त्यसैलाई पछ्याउँछन्, र जानीजानी परमेश्‍वरको काममा बाधा दिन र त्यसलाई नष्ट गर्न खडा हुन्छन्। परमेश्‍वरले सत्यताबारे जति धेरै सङ्गति गर्नुभए पनि, तिनीहरू अझै पनि होशमा आउँदैनन्। परमेश्‍वरको घरले तिनीहरूलाई जति नै काटछाँट गरे पनि, तिनीहरू सत्यता स्विकार्दैनन्। तिनीहरू परमेश्‍वरमा पटक्‍कै समर्पित हुँदैनन्, बरु आफ्नै तरिकाले काम गर्न र जे मन लाग्यो त्यही गर्न जोड दिन्छन्। फलस्वरूप, तिनीहरूले मण्डलीको काममा बाधा दिन्छन् र त्यसलाई नष्ट गर्छन्, मण्डलीको विविध कामको प्रगतिमा गम्भीर असर पार्छन्, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा ठूलो हानि गर्छन्। यो पाप अत्यन्तै ठूलो हुन्छ, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अवश्यै दण्ड दिनुहुनेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्