विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग एक) खण्ड तीन

धेरैजसो चिनियाँ मानिसहरू पश्‍चिममा आएपछि, तिनीहरूले आफ्नो परम्परागत संस्कृति र आफूले सही र असल ठानेका कुराहरू पश्‍चिमी मानिसहरूमा हालिदिन चाहन्छन्। अनि, यो कुरामा पश्‍चिमीहरू पनि कमका छैनन् र तिनीहरू पनि आफ्ना परम्परागत संस्कृतिहरू धेरै पहिलेदेखिका हुन् भन्‍ने विश्‍वास गर्छन्। उदाहरणको लागि, प्राचीन रोम, प्राचीन इजिप्ट, र प्राचीन ग्रीस सबैमा “प्राचीन” भन्‍ने शब्द छ, र तिनीहरूको संस्कृति तीन हजार वर्षभन्दा पुरानो छ। यो सङ्ख्याको आधारमा हेर्दा, यसमा निश्‍चित सांस्कृतिक सम्पदा छ, र यो सांस्कृतिक सम्पदाले उत्पन्‍न गरेका कुराहरूलाई मानवजातिमाझ मानव जीवनको सर्वोत्तम सार, र मानवजातिको जीवन, अस्तित्व, र आत्मआचरणबाट आउने सर्वोत्तम कुराहरूको सारांशको रूपमा लिइन्छ। मानवजातिले हस्तान्तरण गरेका यी सर्वोत्तम कुराहरूलाई के भनिन्छ? परम्परागत संस्कृति। मानिसहरूको एकपछि अर्को पिँढीले यो परम्परागत संस्कृति हस्तान्तरण गरेका छन्, र सबैले आफ्नो हृदयमा यही नै सबैभन्दा राम्रो कुरा हो भनेर सोच्छन्। मानिसहरूले यसलाई पालना गर्न सके पनि नसके पनि, सामान्य रूपमा भन्‍नुपर्दा, सबै जातिका मानिसहरूले यसलाई सर्वोच्च कुराको रूपमा र सत्यताको रूपमा लिन्छन्। त्यसकारण, हरेक जातिका मानिसहरूमा परम्परागत कुराहरू हुन्छन्, र ती कुराहरू जाँच गर्दा सत्य साबित हुन्छन्, तैपनि ती कुराहरूले तिनीहरूमा विशेष गहन प्रभाव पार्छन्, र तिनीहरू एकअर्कासँग प्रतिस्पर्धा र तुलना गर्न, र एकअर्कालाई उछिन्‍नसमेत तिनै कुराहरू प्रयोग गर्छन्। उदाहरणको लागि, चिनियाँ मानिसहरू भन्छन्: “हाम्रो चिनियाँ बइजीउ रक्सी राम्रो छ, र यसमा अल्कोहलको मात्रा निकै धेरै छ!” पश्‍चिमी मानिसहरू भन्छन्: “तिमीहरूको रक्सीमा केचाहिँ यति राम्रो छ र? त्यसमा अल्कोहलको मात्रा यति धेरै छ कि यसलाई पिइसकेपछि मातिहालिन्छ, र साथै, यो कलेजोको लागि निकै हानिकारक हुन्छ। हामी पश्‍चिमी मानिसहरूले पिउने रेड वाइनमा अल्कोहलको मात्रा कम हुन्छ, यसले कलेजोमा थोरै हानि गर्छ र यसले रक्तसञ्चारलाई पनि बढावा दिन्छ।” चिनियाँ मानिसहरू भन्छन्: “हाम्रो बइजीउले पनि रक्तसञ्‍चारलाई बढावा दिन्छ, र यसले राम्ररी काम गर्छ। यसलाई पिउनेबित्तिकै, यो टाउकोमा पुग्छ र अनुहार चम्कन्छ। तिमीहरूको रेड वाइन त्यति कडा छैन, र जति पिए पनि लाग्दै लाग्दैन। थाहा छ, हाम्रोमा त मद्यपानको लागि मदिरा संस्कृति छ, र चियापानको लागि चिया संस्कृति छ।” पश्‍चिमी मानिसहरू भन्छन्: “हामीसँग पनि चियापानको लागि चिया संस्कृति छ, र कफीको लागि कफी संस्कृति छ, र मद्यपानको लागि अल्कोहल संस्कृति पनि छ, र आजभोलि हामीसँग फास्ट फूड संस्कृति पनि छ।” एकअर्कालाई तुलना गर्दा, कसैले कसैसँग हार मान्दैन, र कसैले कसैको कुनै कुरा स्विकार्दैन। तिनीहरू सबैले आफ्नै कुराहरू सत्यता हुन् भन्‍ने सोच्छन्, तर वास्तवमा तीमध्ये कुनै पनि सत्यता होइनन्। गैरविश्‍वासीहरूलाई पन्छाएर हेर्दा पनि, सबैभन्दा दुःखको कुरा के हो भने, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले पनि—अझै खराब कुरा त, २०-३० वर्षसम्म कामको यो चरण ग्रहण गरेका मानिसहरूले पनि—यी कुराहरू सत्यता होइनन् भन्‍ने महसुस गर्दैनन्। अनि कतिपयले सोध्छन्, “के यो सत्यतासँग सम्बन्धित छ भनेर भन्‍नु ठीक हुन्छ?” यो सम्बन्धित छ भनेर भन्‍नुसमेत ठीक हुँदैन। यो सत्यता होइन, सत्यतासँग यसको कुनै सम्बन्ध वा साइनो हुँदैन, यी दुई कुरा उस्तै छैनन्, र यी एउटै होइनन्। जसरी काँसलाई जति नै राम्रो रूपमा सुनले ढाके पनि वा चमकदार बनाए पनि, काँस अझै पनि काँस नै हुन्छ, तर सुन नटल्काइएको, नचम्काइएको, वा चिल्‍लो नपारिएको भए पनि सुन नै हुन्छ—यी कुराहरू एउटै होइनन्।

कतिपयले सोध्छन्: “के तुलनात्मक रूपमा राम्रो परम्परागत साँस्कृतिक शिक्षा र अभ्यस्तीकरण प्राप्त गरेका मानिसहरूलाई सत्यता स्विकार्न सजिलो हुन्छ?” हुँदैन, यी दुई फरकफरक कुरा हुन्। मानिसहरूको जीवनशैली मात्रै अलिअलि फरक हुन्छ, तर सत्यता स्विकार्ने तिनीहरूको मनोवृत्ति, तिनीहरूको विभिन्‍न विचार र दृष्टिकोण, र सम्पूर्ण मानवजातिको भ्रष्टताको हद उस्तै हुन्छ। परमेश्‍वरले आफ्नो कामको यो चरणमा, अर्थात् आखिरी दिनहरूको चरणमा बोल्न थाल्‍नुभएपछि, उहाँले चिनियाँ मानिसहरूको प्रसङ्गमा बोल्नुभएको थियो, र तिनीहरूलाई आफ्ना वचनहरू प्रदान गरिरहनुभएको थियो। तीस वर्ष बित्यो, र यी वचनहरू एसियाका अरू भागका सबै जातिहरूमा, र युरोप र अमेरिका आदि इत्यादिजस्ता स्थानहरूमा प्रसार गरिएपछि, चाहे मानिसहरू काला, गोरा, खैरा वा पहेँला जेजस्ता भए पनि, तिनीहरू सबैले यी वचनहरू पढेपछि यसो भन्छन्, “यी वचनहरूले हाम्रो बारे कुरा गरिरहेका छन्।” परमेश्‍वरका वचनहरूले सबै मानवजातिका भ्रष्ट स्वभावहरू खुलासा गर्छन्। केही थोरै मानिसहरू भन्छन्, “यी सबै वचनहरू तिमी चिनियाँहरूको लागि बोलिएको हो। यी वचनहरूले तिमी चिनियाँहरूको भ्रष्ट स्वभावबारे कुरा गरिरहेका छन्, जुन हामीमा छैन।” आत्मिक बुझाइ नभएका थोरै मानिसहरूले मात्रै यस्ता कुराहरू बोल्छन्। विगतमा, दक्षिण कोरियाली मानिसहरूमा यस्तो गलतबुझाइ थियो। तिनीहरूले दक्षिण कोरियाली मानिसहरू लोकतान्त्रिक र स्वतन्त्र सामाजिक प्रणालीमा जिउँछन् र तिनीहरू इसाई संस्कृति, साथै हजारौँ वर्षदेखिको कोरियाली संस्कृतिद्वारा प्रभावित छन्, त्यसकारण तिनीहरूको जाति चिनियाँ मानिसहरूको भन्दा बढी विशिष्ट र आदर्शमय छ भन्‍ने विश्‍वास गर्थे। तिनीहरूले किन यस्तो सोच्थे? किनभने दक्षिण कोरिया पुगेपछि, धेरै चिनियाँ मानिसहरूले आफू गएका ठाउँहरू फोहोरी र होहल्लापूर्ण बनाउँथे, त्यहाँ चोरी र अपराध बढ्थ्यो, र यसले सामाजिक वातावरणमा केही प्रतिकूल असर पारेको थियो। त्यसकारण, दक्षिण कोरियाका विश्‍वासी दाजुभाइदिदीबहिनीहरूलाई विश्‍वास भयो, “चिनियाँहरू ठूलो रातो अजिङ्गरका सन्तान र मोआबका वंशज हुन्। तर दक्षिण कोरियालीहरूलाई ठूलो रातो अजिङ्गरले भ्रष्ट तुल्याएको छैन।” तिनीहरूले यसो भनेर के भन्‍न खोजिरहेका थिए? यसको अर्थ के थियो भने “हामीलाई ठूलो रातो अजिङ्गरले भ्रष्ट तुल्याएको छैन, त्यसकारण हामी चिनियाँहरूजत्तिको भ्रष्ट छैनौं। चिनियाँहरू हामीभन्दा बढी भ्रष्ट छन्। हामीहरू चिनियाँहरूभन्दा असल छौं।” यहाँ तिनीहरूले “असल” भन्‍नुको अर्थ के हो? (असल व्यवहार भएका।) एक हिसाबमा, यो व्यवहारसँग नै सम्बन्धित छ। अर्को हिसाबमा, तिनीहरूले हृदयबाट के विश्‍वास गर्थे भने, दक्षिण कोरियाली राष्ट्रले इतिहासको सुरुदेखि नै सिर्जना गरेको र स्विकारेको परम्परागत संस्कृति, चिनियाँ राष्ट्रको संस्कृति र परम्पराभन्दा धेरै कुलीन छ, र यस्तो परम्परागत संस्कृतिको प्रभावमा परेका मानिसहरू र जाति चिनियाँ परम्परागत संस्कृतिको प्रभावमा परेका मानिसहरूभन्दा बढी कुलीन हुन्छन्। त्यसकारण, जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढे र परमेश्‍वरले “तिमीहरू सस्ता फोहोर हौ” भनेर भन्‍नुभएको देखे, तब तिनीहरूले उहाँले चिनियाँ मानिसहरूबारे कुरा गरिरहनुभएको छ भन्‍ने सोचे। चिनियाँ दाजुभाइ-दिदीबहिनीहरूले यसो भने: “परमेश्‍वरले भन्‍नुहुने ‘तिमीहरू’ ले मानवजातिलाई जनाउँछ।” दक्षिण कोरियालीहरूले यसो भने, “त्यो सही होइन, परमेश्‍वरले ‘तिमीहरू’ बारे कुरा गरिरहनुभएको छ, हाम्रो बारे होइन। परमेश्‍वरले जे भन्‍नुभएको छ त्यसमा दक्षिण कोरियालीहरू पर्दैनन्।” तिनीहरूले त्यही सोचे। अर्थात्, तिनीहरूले कामकुराहरूलाई जुनसुकै पक्षबाट हेरे पनि, तिनीहरूको दृष्टिकोण र हेराइ सत्यताको दृष्टिकोणबाट हुँदैन थिए, झन् वस्तुगत र निष्पक्ष दृष्टिकोणबाट हुने त कुरै नगरौँ। यसको साटो, तिनीहरू एउटा जात र परम्परागत संस्कृतिको प्रसङ्गबाट कामकुराहरूलाई हेर्थे। त्यसकारण, तिनीहरूले कामकुराहरूलाई जसरी हेरे पनि, त्यसपछि आउने नतिजाहरू सत्यतासँग नमिल्ने हुन्थे। किनभने तिनीहरूले कामकुराहरूलाई जसरी हेरे पनि, तिनीहरूको सुरुवाती बिन्दु सधैँ यही हुन्थ्यो, “हाम्रो महान् दक्षिण कोरियाली राष्ट्रको सबै कुरा सही छ, यसको सबै कुरा स्तरीय छ, र यसको सबै कुरा सही छ।” तिनीहरू सबै कुरालाई गलत दृष्टिकोण र गलत प्रारम्भिक बिन्दुबाट हेर्ने र मापन गर्ने गर्थे, त्यसैले तिनीहरूले बोध गरेअनुसारका नतिजाहरू सही थिए कि गलत? (गलत।) ती निश्चय नै गलत थिए। त्यसोभए सबै कुरा मापन गर्ने मानक के हुनुपर्छ? (सत्यता।) यो सत्यता हुनुपर्छ—मानक यही हो। तिनीहरूको मानक आफैमा गलत थियो। तिनीहरूले सबै कुरा र सबै घटनाहरूलाई गलत हेराइ र दृष्टिकोणबाट मापन गर्थे, त्यसकारण मापन गरिएका नतिजाहरू पनि निश्चित रूपमा गलत नै हुन्थे, निष्पक्ष र सही हुँदैनथिए, र ती वस्तुगत त झनै हुँदैनथे। त्यसकारण, तिनीहरूलाई केही विदेशी कुराहरू स्विकार्न गाह्रो भयो, र त्यसमाथि, तिनीहरूको सोचाइ अत्यन्तै चरम, कुण्ठित, संकुचित, र उग्र हुन्थ्यो। तिनीहरूको यो उग्रता कहाँबाट आउँथ्यो? त्यो कहाँबाट आउँथ्यो भने, तिनीहरूले चाहे जे भने पनि, तिनीहरूलाई “हाम्रो महान् दक्षिण कोरियाली राष्ट्र” भनेर उल्लेख गर्नैपर्थ्यो, र तिनीहरूले “महान्” भन्‍ने शब्द थप्न जिद्दी गर्थे। “महान्” को अर्थ के हो? के यो “महान्” भन्‍ने शब्दले अहङ्कार प्रतिनिधित्व गर्दैन र? यदि तँ संसारभर यात्रा गर्छस् वा विश्‍वचित्र हेर्छस् भने, दक्षिण कोरिया कति ठूलो छ? यदि यो साँच्‍चै नै अरू देशहरूभन्दा ठूलो भएको भए र यसलाई साँच्‍चै नै महान् भन्‍न सकिन्थ्यो भने, ठीकै छ, यसलाई “महान्” भन्। तर पृथ्वीका अरू देशहरूको तुलनामा, दक्षिण कोरिया ठूलो ठाउँ होइन, त्यसकारण किन तिनीहरू यसलाई “महान्” भनेर जोड दिन्छन्? साथै, कुनै पनि देश ठूलो भए पनि सानो भए पनि, यसले निर्माण गर्ने नियम र परम्परागत संस्कृति परमेश्‍वरबाट आएका हुँदैनन्, र ती बिलकुलै सत्यताबाट पनि आएका हुँदैनन्। यस्तो किन हुन्छ भने व्यक्तिले सत्यता स्विकार्नुभन्दा पहिले र परमेश्‍वरको मुक्ति स्विकार्नुभन्दा पहिले, उसले स्विकार्ने सबै विचारहरू शैतानबाट आएका हुन्छन्। शैतानले पैदा गर्ने यी सबै विचार, दृष्टिकोण, र परम्परागत संस्कृतिले मानिसहरूलाई के गर्छन्? तिनले मानिसहरूलाई बहकाउँछन्, भ्रष्ट तुल्याउँछन्, बाँध्छन्, र रोक्छन्, जसले गर्दा भ्रष्ट मानवजातिमा सङ्कीर्ण र चरम विचारहरू, र एकतर्फी र पूर्वाग्रहपूर्ण दृष्टिकोणहरू आउँछन्, र यो मूर्खता र हास्यास्पद हदसम्‍म समेत पुग्छ—यी कुराहरू शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउनुका परिणामहरू हुन्। त्यसकारण, कैयौँ देशका र कतिपय जातका मानिसहरूले समेत “चीनमा परमेश्‍वर देह बन्‍नुभयो” भन्‍ने वचन सुन्दा, तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ? एउटै शब्द आउँछ, त्यो हो—असम्भव! तिनीहरू त्यो ठाउँ कहाँ हुनुपर्थ्यो भन्‍ने सोच्छन्? (इस्राएल।) ठीक भन्यौ, इस्राएल। मानिसहरूलाई प्रावधानहरू पालना गर्न र धारणाहरूमा अल्झिरहन साह्रै मन पर्छ। तिनीहरू परमेश्‍वरले काम गर्नुभएको स्थान त इस्राएल हो, र त्यसकारण परमेश्‍वर इस्राएलमै देखा पर्नुपर्छ, वा तिनीहरूले आदर गर्ने कुनै शक्तिशाली साम्राज्यमा देखा पर्नुपर्छ भन्ने सोच्छन्, वा तिनीहरू परमेश्‍वर तिनीहरूका धारणा र कल्पनाहरूअनुसार कुनै समयमा प्राचीन सभ्यता भएको देशमा देखा पर्नुपर्छ भन्ने सोच्छन्। चीन ठ्याक्‍कै त्यस्तो देश होइन, त्यसैले परमेश्‍वर चीनमा देहधारी हुनुभएको गवाही स्विकार्न तिनीहरूलाई गाह्रो हुन्छ, र तिनीहरूले मुक्ति पाउने यो अवसर गुमाउनलाई यति नै पर्याप्त हुन्छ। यो कसले गराएको हो? (तिनीहरू आफैले।) तिनीहरू आफैले यस्तो धारणा राखेका छन्, र विद्रोही बनेका छन्, र समस्या सुल्झाउन तिनीहरू सत्यता खोज्‍ने गर्दै गर्दैनन्, त्यसैले तिनीहरूले आफूलाई भयानक रूपमा हानि गरेका छन् र मुक्ति पाउने यो एक मात्र अवसर नाश पारेका छन्।

सत्यता नबुझ्दा मानिसहरूमा हुने कैयौँ कल्पना र धारणाहरू, र मानिसहरूले आराधना गर्ने कतिपय कुराहरूसमेत अत्यन्तै मूर्खतापूर्ण र हास्यास्पद हुन्छन्। संयुक्त राज्यमा बस्‍ने र त्यो देश मन पराउने एक दक्षिण कोरियाली महिला अमेरिकीहरूको सम्पर्कमा आउँछे र तिनीहरूमध्ये एकले उसलाई सोध्छ: “वसन्त चाड नजिकै छ। वसन्त चाडको बेला चिनियाँ मानिसहरूले के खान्छन्?” उसले भन्छे: “म चिनियाँ होइन, म दक्षिण कोरियाली हुँ।” त्यो अमेरिकीले जवाफ दिन्छ, “त्यसोभए दक्षिण कोरियालीहरूले पनि वसन्त चाड मनाउँदैनन् र?” उसले भन्छे, “हामी दक्षिण कोरियालीहरू वसन्त चाड मनाउँदैनौँ।” त्यो अमेरिकीले भन्छ: “मलाई त लाग्थ्यो, दक्षिण कोरियालीहरूले पनि चिनियाँहरूले जस्तै वसन्त चाड मनाउँछन्।” उसले अत्यन्तै रूखो जवाफ दिन्छे: “हामी र चिनियाँहरू उस्तै होइनौं! के हामीले वसन्त चाड मनाउँछौँ भनेर तपाईंले सोच्नु सही हो? यो कुराले हामी, दक्षिण कोरियालीहरूलाई गम्भीर अपमान गर्छ!” के दक्षिण कोरियालीहरूले साँच्‍चै वसन्त चाड मनाउँदैनन् त? (तिनीहरूले मनाउँछन्।) वास्तवमा, दक्षिण कोरियालीहरूले पनि वसन्त चाड मनाउँछन्। त्यसोभए, किन उसले दक्षिण कोरियालीहरूले यो चाड मनाउँदैनन् भनेर भनी त? अब हामी यो मामला छलफल गरौं। वसन्त चाड मनाउनु उचित हो कि होइन? के तिमीहरू यो मामला स्पष्टसित व्याख्या गर्न सक्छौ? विदेशीहरूको लागि, वसन्त चाड मनाउनु आफैमा लाजमर्दो कुरा होइन। यो मानिसहरूको जीवनको महत्त्वपूर्ण दिन स्मरण गर्ने विशेष रिवाज हो। परम्परागत संस्कृति हुने यो संसारमा जिउने मानिसहरूको लागि, वसन्त चाड मनाउनु गलत वा लाजमर्दो कुरा होइन, तब किन त्यो महिलाले वसन्त चाड मनाउँछु भनेर स्विकार्ने साहस गरिन त? किनभने उसले वसन्त चाड मनाउने गरेको स्विकारेपछि ऊ उप्रान्त पश्‍चिमीकरण भएकी व्यक्ति रहँदिन, र उसलाई अत्यन्तै परम्‍पराबादी पूर्वी एसियाली व्यक्तिको नाम दिइनेछ, तर ऊ मानिसहरूले आफूलाई परम्‍परावादी पूर्वी एसियाली महिला सोचून् भन्‍ने चाहँदिन। ऊ मानिसहरूले ऊसँग कुनै पूर्व एसियाली परम्परा छैन, र ऊ पूर्वी एसियाली परम्पराहरू बुझ्दिनँ, वा उसलाई तीबारे केही पनि थाहा छैन भन्‍ने सोचून् भन्‍ने चाहन्छे। ऊ तिनीहरूले ऊ अङ्ग्रेजी राम्ररी बोल्छे, कपाल सुनौलो रङ्गको बनाउँछे, नीलो कन्ट्याक्ट लेन्स लगाउँछे, पश्‍चिमीहरूले जस्तै कपडा लगाउँछे, र पश्‍चिमी महिलाहरूजस्तै साहसी र निर्बाध, स्वतन्त्र, आत्मनिर्भर, र अन्तर्दृष्टिवान् छे भनेर थाहा पाऊन् भन्‍ने चाहन्छे—ऊ मानिसहरूले उसलाई यसरी नै हेरून् भन्‍ने चाहन्छे। त्यसकारण, यो सोचाइको प्रभावमा परेकोले, जबजब उसलाई कुनै कुरा आइपर्छ, तबतब उसको व्यवहार पनि यो सोचाइअनुरूप नै हुन्छ। जबजब कसैले उसलाई दक्षिण कोरियालीहरूले वसन्त चाड मनाउँछन् मनाउँदैनन् भनेर सोध्छ, तबतब उसले “हामी दक्षिण कोरियालीहरूले वसन्त चाड मनाउँदैनौँ” भनेर भन्छे। यदि उसको नजिकका मानिसहरूले उसलाई “हामीले वसन्त चाड अवश्यै मनाउँछौँ, तर तिमी किन मनाउँदैनौँ भनेर भन्छौ?” भनेर भने भने, उसले के जवाफ दिन्छे? “तपाईं मूर्ख हो। यदि मैले हामी वसन्त चाड मनाउँछौँ भनेर भनेँ भने, के तिनीहरूले म दक्षिण कोरियाली परम्परागत व्यक्ति हुँ भन्‍ने थाहा पाउँदैनन् र?” ऊ आफू संयुक्त राज्यमा जन्मेहुर्केकी हुँ भनेर मानिसहरूले सोचून् भन्‍ने चाहन्छे। यदि तैँले उसलाई “तपाईं यहाँ जन्मिनुभएको हो, तर तपाईंको परिवार यहाँ बसेको कति पुस्ता भयो?” भनेर सोध्थिस् भने पनि उसले “हाम्रा पुर्खाहरू यहीँ हुर्केका थिए” भनेर भन्‍नेथिई। उसलाई यो पहिचान र हैसियतको प्रतीक हो भन्‍ने लाग्छ, त्यसकारण ऊ यो झूट बोल्ने हदसम्म जान्छे, र अरूले त्यो पत्ता लगाउलान् भन्‍ने कुराको कुनै डर मान्दिन। यो कस्तो सोचाइ हो? के यो मामला झूट बोल्नलायक मामला हो त? के यो जोखिम लिनलायक छ त? अहँ, छैन। त्यस्तो सानो कुराले पनि व्यक्तिको सोच र दृष्टिकोण पर्दाफास गरिदिन सक्छ। अनि, कस्ता खाले विचार र दृष्टिकोणहरू पर्दाफास हुन्छन्? कतिपय चिनियाँ केटीहरू साँच्‍चै सुन्दर हुन्छन्, तर तिनीहरू आफ्नो कपालमा सुनौलो रङ्ग लगाउन, कपाल घुमाउरो पार्न, आँखाको रङ बदल्ने विभिन्‍न रङका लेन्स लगाउन, र आफूलाई विदेशीका रूपमा प्रस्तुत गर्न जिद कस्छन्—यो कुरा देख्दा पनि एकदमै अप्ठ्यारो लाग्छ। तिनीहरू किन त्यस प्रकारको व्यक्ति बन्न जिद कस्छन्? तिनीहरूले यसरी कपडा लगाउन थालेपछि के तिनीहरूको वंश परिवर्तन भयो त? तिनीहरूको वंश परिवर्तन भएको नै भए पनि, र अर्को जुनीमा तिनीहरू गोरी भएर जन्‍मिए भने पनि, वा तिनीहरू आफूले उच्‍च ठान्‍ने जातिको व्यक्ति बने पनि—के भो र? के तिमीहरूले यो प्रस्टैसित बुझ्‍न सक्छौ? यदि कसैले निश्‍चित शैली र निश्‍चित मिजाससाथ आफूलाई आचरणमा ढाल्न, र आफूले आदर गर्ने राष्ट्र वा जातिको सदस्यको रूपमा आफूलाई प्रस्तुत गर्न जिद्दी गर्छ भने, किन त्यसो गरेको हो? के यसलाई सञ्चालन गर्ने कुनै अन्तर्निहित सोचाइ छ? यसलाई सञ्चालन गर्ने त्यो सोचाइ के हो त? यो कुरा त्यो दक्षिण कोरियाली महिलाको जस्तै हो; जब अमेरिकीहरूले उसलाई टेबल टेनिस खेल्न आउँछ भनेर सोध्छन्, उसले भन्छे, “टेबल टेनिस के हो? त्यो त चिनियाँ मानिसहरूले मात्रै खेल्छन्। हामी त टेनिस र गोल्फ खेल्छौँ।” यसरी आफूलाई आचरणमा ढाल्न र बोल्न सक्‍ने व्यक्ति कस्तो खालको व्यक्ति हो? के यो अलिक फर्जी भएन र? उसले गर्ने सबै कुरा फर्जी हुन्छन्, र यसले उसको जीवनलाई अत्यन्तै थकाइलाग्दो बनाउँछ! के तिमीहरूले यसरी आफूलाई आचरणमा ढाल्नेथ्यौ? दशकौँदेखि पश्‍चिममा बसोबास गरेका कतिपय चिनियाँ मानिसहरू आफ्नो गाउँ जाँदा चिनियाँ बोल्नसमेत सक्दैनन्। के यो खराब कुरा होइन र? (हो।) कतिपय मानिसहरू भन्छन्: “हामीले आफ्नो मूल बिर्सनु हुँदैन। मानिसहरूले आफ्नो मूल बिर्सनु हुँदैन भनेर परमेश्‍वरले पनि भन्‍नुहुन्छ। परमेश्‍वर नै मानिसहरूको मूल हुनुहुन्छ। मानिसहरूलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो, र मानिसहरूका सबै कुरा परमेश्‍वरबाटै आउँछन्, त्यसैले सृष्टि गरिएका प्राणीहरूको रूपमा, मानिसहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ—आफ्नो मूल नबिर्सनु भनेको यही हो।” यस्तै हुन्छ नि होइन र? हरेक परिस्थितिमा खोज्नुपर्ने सत्यता हुन्छ, तर मानिसहरूले सत्यता खोजी गर्दैनन्, बरु पूर्ण रूपमा परम्परागत संस्कृति पालना गर्छन्। किन होला? कतिपय मानिसहरू भन्छन्: “हामी आफ्नो मूल कहिल्यै बिर्सिदैनौँ। जहाँ गए पनि, हामी चिनियाँ हौं भन्‍ने स्विकार्छौँ, र हाम्रो देश गरिब र पछि परेको छ भन्‍ने पनि स्विकार्छौँ। हामी हाम्रो मूल कहिल्यै बिर्सिनेछैनौँ।” के यो सही हो? यी सबै समस्याहरू, एक हिसाबले हेर्दा, यी तथाकथित परम्परागत संस्कृतिले मानवजातिमा पार्ने अत्यन्तै गहन प्रभाव र शिक्षाको कारण आएका हुन्। अर्को पक्ष के हो भने, मानिसहरूले धेरै वर्षदेखि प्रवचन सुनेपछि पनि, सत्यता के हो भनेर ध्यान दिएर मनन र खोजी गर्दैनन्। बरु, तिनीहरूले प्रायजसो आफूसँग पहिलेदेखि नै रहेका, र आफूले पहिले नै सिकेका र त्यसैले दह्रिलो गरी गाडिएका परम्परागत संस्कृति र पतनशील कुराहरू प्रयोग गर्छन्, र तिनीहरूले तिनलाई सत्यताको रूपमा प्रस्तुत गर्छन्। यो दोस्रो पक्ष हो। तेस्रो, प्रवचन सुनेपछि, मानिसहरूले परमेश्‍वरका वचनहरूमा सत्यता खोजी गर्दैनन्। बरु, तिनीहरूले परमेश्‍वरका वचनहरू मापन गर्न पहिले नै थाहा भएका मानव धारणाहरूका परम्परागत दृष्टिकोण र ज्ञान एवं सिकाइहरू प्रयोग गर्छन्। त्यसैले अहिलेसम्म, मानिसहरूले धेरै प्रवचन सुनेका भए पनि, कर्तव्य पूरा गर्ने र परमेश्‍वरको सेवा गर्नेबारे मानिसहरूले मौखिक रूपमा सुनाउँदै आएका व्यवहारका तथाकथित सिद्धान्तहरू पनि प्रायजसो तिनीहरूले सही ठानेका केही ज्ञान, उखान, र प्रचलित भनाइहरूमै आधारित हुन्छन्। उदाहरणको लागि, यदि केही मानिसहरूले गलत काम गरे, अनि मण्डली अगुवा वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई काटछाँट गरे भने, तिनीहरूले सोच्छन्: “हैट, यो त ती भनाइहरू जस्तै हुन्, ‘कसैलाई मृत्युदण्ड नै दिए पनि त्यसले अरू केही गर्दैन, केवल टाउको मात्रै छिनाल्छ,’ र ‘मुस्कुराउने मान्छेमाथि हात नउठाउनू।’ मैले धैर्यसाथ मेरो यो सानो कमीकमजोरी मुस्कानका साथ स्विकारेको छु—तिमी मलाई किन त्यसका लागि खुलासा गरिरहन्छौ?” बाहिरी रूपमा तिनीहरूले आज्ञाकारी रूपमा सुन्छन् र समर्पित हुन्छन्, तर वास्तवमा, तिनीहरूले हृदयको गहिराइमा मण्डली अगुवा वा दाजुभाइ-दिदीबहिनीहरूको प्रतिवाद र प्रतिरोध गर्न परम्परागत धारणाहरू प्रयोग गरिरहेका हुन्छन्। तिनीहरूको त्यो प्रतिरोधको कारण के हो? त्यो के हो भने, तिनीहरूले “कसैलाई मृत्युदण्ड नै दिए पनि त्यसले अरू केही गर्दैन, केवल टाउको मात्रै छिनाल्छ” र “मुस्कुराउने मान्छेमाथि हात नउठाउनू” भन्‍ने भनाइहरू पक्‍का सत्यता हुन् र ती सही छन्, र कसैले तिनीहरूलाई कुनै पनि किसिमको भावना नदेखाई काटछाँट र खुलासा गरिरहनु गलत हो, र त्यो सत्यता होइन भन्‍ने सोच्छन्।

हामीले भर्खरै सङ्गति गरेको विषयवस्तुबाट, के तिमीहरूले सत्यताबारे अझै गहन बुझाइ प्राप्त गरेका छौ? (छौं।) कतिपयले यसो भन्‍न सक्छन्: “अहिले तपाईंले यो कुरा बताइसक्‍नुभएको छ, हामीले अभ्यास गर्दा कुन-कुन सिद्धान्तहरू पालना गर्नुपर्छ त्यो हामीलाई थाहा छैन। यी परम्परागत संस्कृतिहरू र यी धारणा र ज्ञानहरूविना, हामी कसरी जिउनुपर्ने हो? हामीले कसरी व्यवहार गर्नुपर्ने हो? हामीलाई नियन्त्रित गर्ने यी कुराहरू नहुँदा, हामीले कसरी मुख खोलेर परमेश्‍वरका वचनहरू प्रचार गर्न सक्‍ने हो? यी कुराहरूविना, के हामीले परमेश्‍वरका वचनहरू प्रचार गर्ने आधार गुमाएका हुँदैनौं र? तब हामीसँग अरू के नै बाँकी हुन्छ र?” ठीक छ, म तिनीहरूलाई के भन्छु भने, यदि तँमा साँच्‍चै यी कुराहरू छैनन् भने, सत्यता खोजी गर्न सजिलो हुनेछ, र सत्यता स्विकार्न र परमेश्‍वरकहाँ फर्किन सजिलो हुनेछ। पहिले जब तैँले मुख खोल्थिस्, तब “बुद्धिमानी मानिस परिस्‍थितिअनुसार चल्छ,” “मुस्कुराउने मान्छेमाथि हात नउठाउनू,” “कसैलाई मृत्युदण्ड नै दिए पनि त्यसले अरू केही गर्दैन, केवल टाउको मात्रै छिनाल्छ,” भन्‍नेजस्ता आदि इत्यादि शैतानी दर्शनहरू र सांस्कृतिक ज्ञान मात्रै बाहिर निस्‍कन्थ्यो। तर अहिले तैँले मनन गर्छस् र सोच्छस्, “मैले त्यसो भन्‍नु हुँदैन, यी भनाइहरू सबै गलत छन्, यी भनाइहरूलाई इन्कार गरिएको र दोषी ठहराइएको छ, त्यसैले मैले के भन्‍नुपर्ने हो? नम्र र उचित रूपमा परमेश्‍वरका वचनहरू पढ्‍न जारी राख्‍ने हो, र परमेश्‍वरका वचनहरूबाट आधार खोज्‍ने हो।” मानिसहरूले कर्तव्य पूरा गर्छन् र परमेश्‍वरलाई पछ्याउँछन्, तर जब-जब तिनीहरूले मुख खोल्छन्, तब-तब यिनै उखानहरू, भनाइहरू, र परम्परागत संस्कृतिबाट प्राप्त हुने केही कुरा र दृष्टिकोणहरू मात्रै बाहिर आउँछन्। कसैले पनि, आफ्‍नो जीवनमा केही आइपर्दा, परमेश्‍वरलाई पूर्ण रूपमा माथि उठाउन वा उहाँको गवाही दिन, र “परमेश्‍वरले यो भन्‍नुभएको छ” वा “परमेश्‍वरले त्यो भन्‍नुभएको छ” भनेर भन्‍न सक्दैन। कोही पनि त्यसरी बोल्दैन, कसैले पनि मुख खोलेर परमेश्‍वरका वचनहरू सरसरी भन्दैन। तँ परमेश्‍वरका वचनहरू भट्याउन सक्दैनस्, तर ती आम भनाइहरू तुरुन्तै भट्याइदिन सक्छस्, त्यसकारण तेरो हृदय ठ्याक्‍कै केले भरिएको हुन्छ? शैतानबाट आउने ती सबै कुराहरूले। कतिपय मानिसहरूले, तिनीहरूको टोली अगुवाले तिनीहरूको काम जाँच्दा, यसो भन्छन्: “तपाईंले के कुरा जाँचिरहनुभएको छ? कसैलाई काममा लाउनु छ भने, त्यसमाथि शङ्का नगर्नू; शङ्का लाग्छ भने, त्यसलाई काममा नलाउनू। यदि तपाईं मलाई सधैँ शङ्का गर्नुहुन्छ भने, किन मलाई प्रयोग गर्नुहुन्छ? अरू कसैलाई नै यो काम गर्न लगाउनुस् न।” तिनीहरूलाई यसरी व्यवहार गर्नु सही हो भन्‍ने लाग्छ, र तिनीहरूले अरूलाई तिनीहरूको सुपरिवेक्षण र आलोचना गर्न दिँदैनन्। कतिपय मानिसहरूले कर्तव्य पूरा गर्दा धेरै कष्ट भोगेका हुन्छन्, तर तिनीहरूले सिद्धान्तहरू खोजी नगरेका र मण्डलीको काममा बाधा र अवरोध ल्याएकाले अन्ततः तिनीहरूलाई बर्खास्त गरिन्छ, र साथमा काटछाँट पनि गरिन्छ। केही निन्दाजनक टिप्पणीहरू सुनेपछि, तिनीहरू विद्रोही हुन्छन् र यस्तो सोच्छन्, “एउटा भनाइ छ, ‘मैले कुनै नतिजाहरू हासिल नगरेको भए पनि, कष्ट चाहिँ सहेको छु; कष्ट नभए पनि थकान त सहेकै छु।’ मैले बस् यो सानो गल्ती गरेको छु, यसले के नै फरक पार्छ र?” तिनीहरूले सुरुमा यो आम भनाइ सिकेका हुनाले र त्यसैले यो तिनीहरूमा दह्रिलो गरी गढेको हुनाले, यसले तिनीहरूको सोचाइ नियन्त्रित र प्रभावित पार्ने हुनाले, यसले तिनीहरूलाई—यो वातावरणमा र यो परिस्थिति आएपछि—तिनीहरूप्रतिको परमेश्‍वरको घरको व्यवहारको प्रतिरोध गर्ने र त्यसमा समर्पित नहुने आधारका रूपमा यो भनाइ प्रयोग गर्न लगाउँछ। त्यस्तो अवस्थामा, के तिनीहरू अझै पनि समर्पित हुन सक्छन् त? के तिनीहरूलाई सत्यता स्विकार्न अझै पनि सजिलो हुन्छ त? बाहिरी रूपमा तिनीहरू समर्पित भए पनि, तिनीहरूको कुनै विकल्प नभएकोले र यो अन्तिम उपाय भएकोले मात्र यसो गरेका हुन्छन्। तिनीहरूले बाहिरी रूपमा प्रतिकार नगरे पनि, तिनीहरूको हृदयमा अझै पनि प्रतिरोध नै हुन्छ। के यो साँचो समर्पण हो त? (होइन।) यो त झारा टार्नु हो, साँचो समर्पण होइन। यहाँ कुनै समर्पण छैन, तार्किकीकरण, नकारात्मकता, र विरोध मात्रै छ। यो तार्किकीकरण, नकारात्मकता, र विरोध कसरी पैदा भयो? यी कुराहरू “मैले कुनै नतिजाहरू हासिल नगरेको भए पनि, कष्ट चाहिँ सहेको छु; कष्ट नभए पनि थकान त सहेकै छु” भन्‍ने भनाइबाट पैदा भएका हुन्। यो भनाइले यी मानिसहरूमा कस्तो स्वभाव पैदा गरेको हुन्छ? अटेरीपन, हठीपन, विरोध र तार्किकीकरण। के तिमीहरूले यो सङ्गतिबाट सत्यताबारे थप बुझाइ प्राप्त गरेका छौ? यी नकारात्मक कुराहरूलाई स्पष्ट रूपमा चिरफार गरी र खुट्ट्याई हृदयबाट उखेलेर फालेपछि, तैंले कुनै कुरा आइपर्दा सत्यता खोजी गर्न र सत्यता अभ्यास गर्न सक्‍नेछस्, किनभने पुराना कुराहरू त्यागिसकिएका हुन्छन्, र तिनले तँलाई कर्तव्य पूरा गर्न, परमेश्‍वरको सेवा गर्न, र परमेश्‍वरलाई पछ्याउन तिनमा भर पराउन सक्दैनन्। अबदेखि ती कुराहरू तेरो आत्मआचरणका सिद्धान्तहरू हुँदैनन्, कर्तव्य पूरा गर्दा तैँले पालना गर्नुपर्ने सिद्धान्तहरू हुँदैनन्, र ती कुराहरू पहिले नै आलोचना र निन्दामा परिसकेका छन्। यदि तैँले ती कुराहरूलाई फेरि लिइस् र प्रयोग गरिस् भने, तेरो हृदयको गहिराइमा के हुनेछ? के तँ अझै पनि खुसी हुनेछस्? के तँ अझै पनि सही छु भन्‍ने कुरामा विश्‍वस्त हुनेछस्? स्पष्ट छ, त्यो हुने सम्भावना निकै कम छ। यदि तँभित्रका यी कुराहरू साँच्‍चै हटाइएका छन् भने, तैँले परमेश्‍वरका वचनहरूमा साँचो सिद्धान्तहरू ठ्याक्‍कै के-के हुन् र परमेश्‍वरका मागहरू ठ्याक्‍कै के-के हुन् भनेर खोजी गर्नुपर्छ। कतिपय मानिसहरू प्राय यसो भन्छन्, “मालिकले भनेजस्तो गर्नू, नत्र हड्डी घोटे पनि केही पाइन्‍न।” यो भनाइ सही हो कि गलत हो? यो अवश्य नै गलत हो। यो कसरी गलत हो? “मालिकले भनेजस्तो गर्नू” भन्‍ने वाक्यांशमा “मालिक” ले कसलाई जनाउँछ? तेरो रोजगारदाता, तेरो हाकिम र तँभन्दा माथिको वरिष्ठ व्यक्ति। यो “मालिक” भन्‍ने शब्द आफैमा गलत छ। परमेश्‍वर तेरो रोजगारदाता हुनुहुन्‍न, न त तेरो हाकिम हुनुहुन्छ, न त तेरो प्रबन्धक नै हुनुहुन्छ। परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्छ। प्रबन्धक, हाकिम, र वरिष्ठ सबै उही प्रकार र उही स्तरका मानिसहरू हुन्। आधारभूत रूपमा तिनीहरू सबै उस्तै हुन्छन्; तिनीहरू सबै भ्रष्ट मानवहरू हुन्। तैँले तिनीहरूको कुरा सुन्छस्, तिनीहरूबाट तलब लिन्छस्, र तिनीहरूले तँलाई जे गर्न लगाउँछन् त्यही गर्छस्। तैँले जति काम गर्छस्, तिनीहरूले तँलाई त्यतिकै ज्याला दिन्छन्, र त्योभन्दा बढी केही दिँदैनन्। “नत्र हड्डी घोटे पनि केही पाइन्‍न” भन्‍ने वाक्यांशमा “पाउनु” शब्दको अर्थ के हो? (श्रेय।) श्रेय र पारिश्रमिक। तेरो कार्यको उत्प्रेरणा पैसा पाउनु हो। यसले बफादारी वा आज्ञापालनको माग गर्दैन, र यसको लागि सत्यता खोज्‍नु र आराधना गर्नुपर्दैन—यसमा त्यो कुनै कुरा हुँदैन, यो त लेनदेन मात्रै हो। परमेश्‍वरमा विश्‍वास गर्ने, कर्तव्य पूरा गर्ने, र सत्यता पछ्याउने क्रममा आलोचना र निन्दा गरिने कुरा ठ्याक्‍कै यही हो। यदि तैँले “मालिकले भनेजस्तो गर्नू, नत्र हड्डी घोटे पनि केही पाइन्‍न” भन्‍ने भनाइलाई सत्यताको रूपमा लिन्छस् भने, यो एउटा ठूलो गल्ती हो। जब तैँले कतिपय मानिसहरूलाई सत्यता बुझ्न मदत गर्ने प्रयास गर्छस्, तब तिनीहरूको प्रतिक्रिया ढिलो र सुस्त हुनेछ, र तिनीहरूले परमेश्‍वरका जति धेरै वचनहरू खाए-पिए पनि, तिनीहरूले एकदुई वटा सत्यतासमेत बुझ्न सक्दैनन्, न त तिनीहरूले परमेश्‍वरका वचनहरूको एकदुई वटा वाक्यांशसमेत याद गर्न नै सक्छन्। तर मानिसहरूमा प्रायजसो फैलिने यी थेगो, उखान, र आम भनाइहरू, र साधारण मानिसहरूले प्राय बोलिरहने यी कुराहरूको हकमा भन्दा, तिनीहरूले अति चाँडै यी कुराहरू स्विकार्छन्। कुनै व्यक्ति जति नै मूर्ख भए पनि, उसले यी कुराहरू अति चाँडै स्विकार्छ। यो कसरी हुन सक्छ? तिमीहरूको जाति वा रङ्ग जे भए पनि, अन्तिम विश्‍लेषणमा तिमीहरू सबै मानवहरू नै हौ र तिमीहरू सबै एउटै प्रकारका हौ। परमेश्‍वर मात्र मानवहरूभन्दा भिन्न प्रकारको हुनुहुन्छ। मानवजाति सधैँ अरू मानवजातिजस्तै नै हुनेछन्। त्यसकारण, जब परमेश्‍वरले कुनै कामकुरा गर्नुहुन्छ, तब त्यो कुरा स्विकार्न सारा मानवजातिलाई नै सजिलो हुँदैन, जबकि मानवजातिको कुनै व्यक्तिले कुनै कामकुरा गरे पनि, त्यो काम गर्ने व्यक्ति जो भए पनि वा जति नै नीच भए पनि, यदि त्यो कुरा सबैको धारणाअनुरूप छ भने, सबैले त्यसलाई तुरुन्तै स्विकार्छन्, किनभने मानिसहरूका विचार, दृष्टिकोण, सोच्‍ने तरिका, र बुझाइको स्तर र मार्गहरू आधारभूत रूपमा उस्तै हुन्छन्, ती थोरै हदसम्म मात्रै फरक हुन्छन्। त्यसकारण, कसैले धारणाहरूको विशेषता हुने र सत्यतासँग नमिल्ने कुरा भन्‍नेबित्तिकै, कतिपय मानिसहरूले यसलाई तुरुन्तै स्विकार्छन्, र त्यो त यस्तै हुन्छ।

के तिमीहरूले सत्यता भनेको के हो, र सत्यता नरहेका तर सत्यताको मिथ्याभास गराउने कुराहरू के-के हुन् भनेर केही हदसम्‍म बुझेका छौ? तिमीहरूको दिमागमा त्यस्ता अरू के-कस्ता कुराहरू छन्? तिमीहरू अहिले नै यी कुराहरू दिमागबाट झट्ट निकालेर बोल्न सक्दैनौ, किनभने यी कुराहरू ज्ञानको रूपमा गनिँदैनन्, र यी कुराहरू पुस्तकका पाना पल्टाएर हेर्न सकिने कुराहरू होइनन्। बरु, यी कुराहरू त तँलाई कुनै कुरा आइपर्दा, तैँले नियन्त्रण गर्नै नसक्‍ने तरिकाले अत्यन्तै प्राकृतिक रूपमा सुन्ने गरी बोल्नबाट आफूलाई रोक्न नसक्‍ने कुराहरू हुन्। यसले के प्रमाणित गर्छ भने, यी कुराहरू तिमीहरूको जीवन बनिसकेका छन् र यी कुराहरूले तिमीहरूको हड्डीमै जरा गाडिसकेका छन्। तिमीहरूलाई यी कुराहरू याद गर्न लगाउँदा, तिमीहरू यी कुराहरू याद गर्न सक्दैनौ, न त तिमीहरूलाई यी कुराहरू नभन् भन्दा तिमीहरू ती नभनी बस्न नै सक्छौ। जब-जब कुनै घटना घट्छ, तब-तब यी विकृत दृष्टिकोणहरू प्रकट भइरहन्छन्—तथ्य यही हो। समय निकालेर अनुभव गर। अबदेखि तिमीहरूले मानिसहरूले प्राय बोल्ने र सही ठान्‍ने कुराहरूप्रति ध्यान दिनुपर्छ। हामीले यसअघि ठूलो रातो अजिङ्गरका केही विषहरू र संसारसँग व्यवहार गर्ने सम्बन्धी शैतानका दर्शनहरूबारे उल्लेख गरेका थियौँ। ती कुराहरूलाई तिनका शाब्दिक अर्थको दृष्टिकोणबाट खुट्याउन सहज हुन सक्छ, अर्थात्, मानिसहरूले ती कुराहरू अवश्य नै सत्यता होइनन् भनेर तुरुन्तै पत्ता लगाउन सक्छन्, र ती कुराहरू ठूलो रातो अजिङ्गरका विष हुन्, र ती कुराहरूपछाडि धूर्त युक्तिहरू छन् भनेर स्पष्ट रूपमा बताउन सक्छन्। ती कुराहरू खुट्याउन सजिलो छ, र तिनलाई चिरफार गर्न लगाउँदा, मलाई लाग्छ तिमीहरू तिनलाई लगभग केस्राकेस्रा केलाउन सक्नेछौ। तिमीहरूले प्रस्ट रूपमै शैतानी रहेका कुराहरू त्यागेका छौ, तर तिमीहरूको हृदयमा अझै पनि यस्ता धेरै भनाइहरू छन्, जस्तै “अपमान सहनु र गह्रौँ बोझ बोक्नु,” र “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्‍नु,” र “मुस्कुराउने मान्छेमाथि हात नउठाउनू,” र “न्यायी अभियानले हजारौंको साथ पाउँछ, तर अन्यायी अभियानले माथ खान्छ,” र “भद्र व्यक्तिले अपमानजनक उपहार लिँदैन।” तिमीहरूले अझै पनि हृदयको गहिराइमा यी भनाइहरूको छेउमा ठिक चिन्ह लगाउन सक्छौ, र “यी अमूल्य कुरा हुन्। मैले यो जीवनमा आफूलाई कसरी आचरणमा ढाल्नुपर्छ भन्‍नेसम्बन्धी सबै सभ्य कुराहरू यी भनाइहरूमै छन्” भनेर सोच्‍न सक्छौ र यी कुराहरूलाई अझै पनि उत्खनन गरिएको छैन। यी कुराहरू पूर्ण रूपमा उजागर भइसकेपछि र तैँले राम्रोसित यी कुराहरू खुट्ट्याइसकेपछि, भविष्यमा यी परम्परागत सांस्कृतिक कुराहरू प्रकट हुँदा, चाहे त्यो प्राकृतिक प्रतिक्रिया होस्, वा वस्तुगत अवस्थाको प्रतिबिम्ब होस्, तैँले यी कुराहरू गलत छन् र अवश्य नै सत्यता होइनन् भनेर तुरुन्तै थाहा पाउनेछस्। त्यो बेला, तेरो सत्यताको संज्ञान र पहिचानको स्तर अहिलेको भन्दा माथि हुनेछ। मैले “अहिलेको भन्दा माथि” भन्‍नुको अर्थ के हो? मेरो तात्पर्य के हो भने, तँ निश्‍चित कदमा पुगेको हुनेछस्, तेरो पहिचान गर्ने क्षमतामा सुधार आएको हुनेछ, सत्यतासम्बन्धी तेरो अनुभव र बुझाइ अहिलेको भन्दा अझै गहन हुनेछ, र तैँले वास्तवमा सत्यता के हो भन्‍ने कुरा महसुस गर्नेछस्। अहिले तैँले यस्तो सोच्न सक्छस्, “शैतानबाट आएका र यो संसारका सबै जातीय समूहहरूको सांस्कृतिक पृष्ठभूमिबाट विकास भएका सबै परम्परागत संस्कृतिहरू गलत छन्।” यो त यसलाई उल्‍लेख गर्ने सामान्य तरिका हो, तर कुन कुरा गलत छन् र ती कसरी गलत छन् भन्‍ने तँलाई अझै थाहा नहुन सक्छ। त्यसकारण, तैँले त्यो हरेकलाई क्रमशः चिरफार गर्नु र बुझ्नुपर्छ, त्यसपछि तैँले त्यसलाई त्याग्‍न, त्यसलाई निन्दा गर्न, त्यसबाट आफैलाई पूर्ण रूपमा अलग गर्न, र त्यसअनुसार नभई परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्‍ने अवस्थामा पुग्‍नुपर्छ। अहिले, तँलाई उखान, प्रचलित भनाइहरू, चर्चित सिद्धान्तहरू र दुनियाँ झुम्‍मिने ती शब्दहरूले परमेश्‍वरका वचनहरूसँग कुनै सम्बन्ध राख्दैनन् र ती सत्यता होइनन् भनेर तेरो व्यक्तिपरक इच्छाको आधारमा मात्रै थाहा हुन सक्छ, तर कुनै घटना घट्दा, तैँले अझै पनि अचेतन रूपमै अरूलाई दोषी ठहराउने, आफैलाई रोक्ने र आफ्नो व्यवहार मार्गनिर्देशित गर्ने आधारको रूपमा यिनै कुराहरू प्रयोग गर्छस्। यी कुराहरूले तेरा विचार र दृष्टिकोणहरू नियन्त्रित गर्छन् र तिनमा चालवाजी गर्छन्, जसले गर्दा समस्या पैदा हुन्छ, र सत्यतामा हुने तेरो प्रवेशमा असर पर्छ। शैतानका यी कुराहरू कुनै दिन तेरो हृदयमा अझै देखा पर्न सक्छन्, तैपनि यदि तैँले तिनलाई खुट्ट्याउन, तिनमा भर नपरी जिउन, र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सकिस् भने, तँसँग साँच्‍चै कद हुनेछ। के यस्तो कद तँमा अहिले छ त? अहिलेसम्म त छैन। यदि तिमीहरू सबैले सही ठानेको कुनै भनाइ छ, र परमेश्‍वरका वचनहरूमा पनि यस्तै तर पूर्ण रूपमा उस्तै तरिकाले व्यक्त नगरिएका अभिव्यक्तिहरू भेट्टाउन सकिन्छ भने, तिमीहरूले यो भनाइ पनि सत्यता हो, र यो पनि परमेश्‍वरको वचनजस्तै हो भनेर गलत विश्‍वास गर्न सक्छौ। यदि तैँले अझै पनि यी मामिलाहरू स्पष्ट रूपमा बुझ्न सक्दैनस्, र तँ अझै पनि मान्छेका वचनहरूमा अल्झिरहन्छस् र तिनलाई त्याग्‍न चाहँदैनस् भने, यो भनाइले सत्यतामा हुने तेरो प्रवेशमा असर पार्नेछ, किनभने यी परमेश्‍वरका वचनहरू होइनन् र यसले सत्यताको स्थान लिन सक्दैन।

आजभोलि मैले निरन्तर सत्यता के हो भनेर सङ्गति गरिरहेको छु। यसको अर्थ हो, म तिमीहरूप्रति गम्भीर भइरहेको छु। तिमीहरूले सत्यता बुझ्नको लागि, हामीले मानिसहरूका विभिन्‍न विचार र दृष्टिकोणहरू, तिनीहरूका असल कार्य र असल अभिप्रायहरू, र मानिसहरूले जिउनको लागि भर पर्ने केही सही भनाइ र सामान्य ज्ञानका अभ्यासहरू, साथै परम्परागत संस्कृतिका केही विचार र दृष्टिकोणहरूलाई लिएर, ती सबै कुरा साँच्‍चै सत्यताअनुरूप छन् छैनन्, र सत्यतासँग तिनको कुनै सम्बन्ध छ छैन भनेर हेर्न तिनलाई चिरफार गर्नु र खुट्याउनुपर्छ। यदि तँलाई ती सत्यता हुन् भन्‍ने लाग्छ भने, यो दाबीको तेरो आधार के हो? यदि तैँले ती कुराहरूलाई शैतानी सिद्धान्त र शिक्षाहरूको आधारमा सत्यता हुन् भनी चित्रण गर्छस् भने, तँ शैतानको होस्। यदि ती कुराहरू सत्यताअनुरूप छैनन् भने, ती कुराहरू शैतानबाट आएका हुन्छन्, त्यसकारण तैँले तिनको सार के हो भनेर चिरफार गर्नुपर्छ। खासगरी, एउटा पुस्तादेखि अर्को पुस्तासम्म मौखिक रूपमा हस्तान्तरण गरिएका परम्परागत संस्कृतिका धेरै भनाइ र दृष्टिकोणहरूप्रति व्यक्तिमा सही बुझाइ र सही मनोवृत्ति हुनुपर्छ। यसरी मात्रै मानिसहरूले सत्यता साँच्‍चै के हो भनेर बुझ्न र जान्न सक्छन्, र परमेश्‍वरले मानिसहरूलाई ठ्याक्‍कै के माग गर्नुहुन्छ त्यो बुझ्न सक्छन्, र “परमेश्‍वरले भन्‍नुभएका सबै कुरा सत्यता हुन्” भन्‍ने वाक्यांशको वास्तविक अर्थ के हो भनेर बुझ्न सक्छन्। यसको साथै, मानिसहरूमा नैतिकता, मानवता, र मानव सम्बन्धका सांसारिक परम्परासँग मिल्ने यस्ता दृष्टिकोण र भनाइहरू हुँदाहुँदै पनि, र तिनीहरूमा तिनीहरूले जिउन भर पर्ने यी विचार, दृष्टिकोण र भनाइहरू हुँदाहुँदै पनि, किन अझै परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ, र अझ भन्‍ने हो भने, किन परमेश्‍वरले सत्यताले मात्रै मानिसहरूलाई मुक्ति दिन सक्छ र सत्यताले मात्रै मानिसहरूलाई परिवर्तन गर्न सक्छ भनेर भन्‍नुहुन्छ भनेर बुझ्‍न मानिसहरूलाई सक्षम तुल्याउँछ। स्पष्ट छ, यसमा सत्यताहरू पाइन्छन्। कम्तीमा पनि, यसको एउटा बुँदा के हो भने, मानिसहरूले जीवनमा भरोसा गर्ने विचार, दृष्टिकोण, र भनाइहरू भ्रष्ट मानवजातिबाट आएका हुन्छन्, ती भ्रष्ट मानवजातिद्वारा सारांशित गरिएका हुन्छन्, र ती मानिसहरूका धारणा र कल्पनाहरू हुन्, र तिनको सत्यतासँग कुनै सम्बन्ध हुँदैन। यसअलावा, ती कुराहरू सारगत रूपमा सत्यतासँग बाझिन्छन् र शत्रुवत्‌ हुन्छन्। ती कुराले सत्यताको स्थान लिन सक्दैनन्, ती अवश्य नै सत्यता होइनन्, न त ती कहिल्यै सत्यता नै हुनेछन्। परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, यी कुराहरूलाई गलत भनेर परिभाषित गरिन्छ र निन्दा गरिन्छ, र ती कुराहरू सत्यता पटक्कै होइनन्। ती कुराहरूसँग परमेश्‍वरका कार्यहरू र परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यतासँग कुनै सम्बन्ध हुँदैन। भन्‍नुको अर्थ, परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता भ्रष्ट मानवजातिको मानव सम्बन्धका सांसारिक परम्पराहरू, वा मानिसहरूको परम्परागत संस्कृति, तिनीहरूका विचार, दृष्टिकोण र असल कार्यहरू, वा नैतिकता, मर्यादा, र सकारात्मक कुराहरूबारेको तिनीहरूको परिभाषासँग कति पनि सम्बन्धित हुँदैन। परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यतामा, उहाँले उहाँको स्वभाव र सार व्यक्त गर्नुहुन्छ; उहाँले अभिव्यक्त गर्ने सत्यता मानवजातिले सारसङ्क्षेप गरेको भनी मानिसहरूले विश्‍वास गर्ने विभिन्न सकारात्मक कुरा र भनाइहरूमा आधारित हुँदैन। परमेश्‍वरका वचनहरू परमेश्‍वरका वचनहरू नै हुन्; परमेश्‍वरका वचनहरू सत्यता हुन्। ती एकमात्र जग र व्यवस्था हुन् जसमार्फत मानवजाति अस्तित्वमा रहन्छ। र मानिसबाट उत्पन्न हुने तथाकथित सिद्धान्तहरू गलत र बेतुक छन्, र परमेश्‍वरले तिनलाई दोषी ठहराउनुहुन्छ। तिनले उहाँको मान्यता आर्जन गर्दैनन्, र ती उहाँका वाणीहरूको मूल वा आधार त झनै होइनन्। परमेश्‍वरले आफ्नो स्वभाव र आफ्नो सार आफ्ना वचनहरूद्वारा व्यक्त गर्नुहुन्छ। परमेश्‍वरद्वारा व्यक्त गरिएका सबै वचनहरू सत्यता हुन्, किनकि उहाँसँग परमेश्‍वरको सार छ, र उहाँ सबै सकारात्मक कुराहरूको वास्तविकता हुनुहुन्छ। यो भ्रष्ट मानवजातिले परमेश्‍वरका वचनहरूलाई जुन स्थानमा राखे पनि वा जसरी परिभाषित गरे पनि, वा तिनलाई जसरी हेरे वा बुझे पनि, परमेश्‍वरका वचनहरू अनन्त रूपमा सत्यता हुन्, र यो कहिल्यै परिवर्तन नहुने तथ्य हो। परमेश्‍वरले जति वचनहरू बोल्नुभएको भए पनि, र यस भ्रष्ट र दुष्ट मानवजातिले तिनलाई जति नै दोष दिए र इन्कार गरे पनि, यसमा अनन्त रूपमा परिवर्तन नहुने तथ्य रहेको छः परमेश्‍वरका वचनहरू सधैँ सत्यता हुनेछन्। मानिसले यसलाई कहिल्यै परिवर्तन गर्न सक्दैन। अन्त्यमा, सारा मानवजातिले परमेश्‍वरका वचनहरू सत्यता हुन्, र मानवजातिले सम्‍मान गरेका परम्‍परागत संस्कृति र वैज्ञानिक ज्ञान कहिल्यै सकारात्मक कुराहरू बन्‍न सक्दैनन्, र ती कहिल्यै सत्यता हुन सक्दैनन् भनेर स्विकार्नेछन्। यो अटल कुरा हो। समय बित्दै जाँदा वा समयको लामो अन्तरालमा मानवजातिका परम्परागत संस्कृति र बाँच्ने तरिकाहरू सत्यता बन्नेछैनन्, न त मानवजातिको दोषारोपन वा भुलक्कडपनको कारण परमेश्‍वरका वचनहरू मानिसका वचनहरू नै बन्नेछन्। सत्यता सधैँ सत्यता नै हुनेछ; यो सार कहिल्यै परिवर्तन हुनेछैन। यहाँ कुन तथ्य छ? तथ्य के छ भने, मानवजातिले सारसङ्क्षेप गरेका यी आम भनाइहरूको स्रोत शैतान र मानव कल्पना र धारणाहरू नै हुन् वा ती मान्छेको गरम मिजासीपन, र मानिसहरूको भ्रष्ट स्वभावहरूबाट उत्पन्न भएका हुन्छन्, र सकारात्मक कुराहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। अर्कोतर्फ, परमेश्‍वरका वचनहरू परमेश्‍वरको सार र पहिचानका अभिव्यक्ति हुन्। कुन कारणले गर्दा उहाँले यी वचनहरू व्यक्त गर्नुहुन्छ? म किन ती सत्यता हुन् भनेर भन्छु? कारण के हो भने परमेश्‍वर यावत् थोकका सबै व्यवस्थाहरू, नियमहरू, जडहरू, सारहरू, वास्तविकताहरू, र रहस्यहरूमाथि सार्वभौम हुनुहुन्छ। ती सबै उहाँकै हातको पकडमा छन्। त्यसकारण, परमेश्‍वरले मात्रै सबै कुराका नियम, वास्तविकता, तथ्य, र रहस्यहरू जान्‍नुहुन्छ। परमेश्‍वरले सबै थोकको उत्पत्तिबारे जान्‍नुहुन्छ, र सबै थोकको जड के हो भन्‍ने परमेश्‍वरलाई थाहा छ। परमेश्‍वरका वचनहरूमा प्रस्तुत गरिएका सबै कुराहरूको परिभाषा मात्रै सबैभन्दा सही छ, र परमेश्‍वरका वचनहरू मात्रै मानव जीवनका मानक र सिद्धान्तहरू हुन् र ती सत्यता र मापदण्डहरू हुन्, जसमार्फत मानवहरू जिउन सक्‍छन्, जबकि शैतानले भ्रष्ट तुल्याएपछि मान्छेले जिउनका लागि भरोसा गरेका शैतानी नियम र सिद्धान्तहरू परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्य, र उहाँ सबै थोकका व्यवस्था र नियमहरूमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने तथ्यको एकैसाथ विपरीत छन्। मान्छेका सबै शैतानी सिद्धान्तहरू मान्छेका धारणा र कल्पनाहरूबाट उत्पन्‍न भएका हुन्छन्, र यी शैतानबाट आएका हुन्छन्। अनि, शैतानले कस्तो भूमिका खेल्छ? पहिलो कुरा, यसले आफूलाई सत्यताको रूपमा प्रस्तुत गर्छ; अर्को कुरा, यसले परमेश्‍वरले सृष्टि गरेका यावत् थोकका सबै व्यवस्था र नियमहरूलाई बाधा दिन्छ, नष्ट गर्छ, र कुल्चन्छ। त्यसकारण, शैतानबाट आउने कुरा शैतानको सारसँग दुरुस्तै मिल्छ, र यो शैतानको दुष्ट उद्देश्य, त्यसको नक्कलीपन र ढोँग, र त्यसको सदा अपरिवर्तनीय महत्त्वाकाङ्क्षाले भरिएको हुन्छ। भ्रष्ट मानिसहरूले शैतानबाट आएका यी दर्शन र सिद्धान्तहरू चिन्‍न सके पनि नसके पनि, र मानिसहरूले यी कुराहरूको जति धेरै बढिबढाइ, प्रवर्धन र अनुसरण गरे पनि, र भ्रष्ट मानवजातिले यी कुराहरूलाई जति धेरै वर्ष र युगसम्म आदर, आराधना र प्रचार गरेको भए पनि, यी कुरा सत्यता बन्‍नेछैनन्। यी कुराहरूको सार, उत्पत्ति, र स्रोत शैतान हो, जो परमेश्‍वरप्रति र सत्यताप्रति शत्रुवत्‌ छ, त्यसकारण यी कुराहरू कहिल्यै सत्यता बन्‍नेछैनन्—यी सधैँ नकारात्मक कुराहरू नै रहनेछन्। जब तुलना गर्नको लागि कुनै सत्यता हुँदैन, तब यी कुराहरू असल र सकारात्मक कुराहरू मानिन सक्छन्, तर जब यी कुरालाई खुलासा र चिरफार गर्न सत्यता प्रयोग गरिन्छ, तब यी अचूक हुँदैनन्, सूक्ष्म जाँचमा यी टिक्‍न सक्दैनन्, र यी तुरुन्तै दोषी ठहराइने र इन्कारिने कुराहरू हुन्। परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिको सामान्य मानवताका आवश्यकताहरूसँग ठ्याक्‍कै मिल्ने हुन्छ, जबकि शैतानले मानिसहरूमा हालिदिने कुराहरू मानवजातिको सामान्य मानवताका आवश्यकताहरूसँग ठ्याक्‍कै विपरीत हुन्छन्। यी कुराहरूले सामान्य व्यक्तिलाई असामान्य बनाउँछन्, अनि चरम, संकुचित, अहङ्कारी, मूर्ख, दुष्ट, हठी, क्रूर, र असहनीय रूपमा अहङ्कारीसमेत बनाउँछन्। कुनै बेला यो कुरा यति गम्भीर हुन्छ कि मानिसहरू विक्षिप्‍त हुन्छन् र आफू को हुँ भन्‍नेसमेत तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू सामान्य वा साधारण मानिसहरू हुन चाहँदैनन्, बरु महामानवहरू, विशेष शक्ति भएका मानिसहरू, वा उच्च स्तरका मानिसहरू बन्‍नमा जोड दिन्छन्—यी कुराहरूले मानिसहरूको मानवता र तिनीहरूको नैसर्गिक क्षमता विकृत पारेका हुन्छन्। सत्यताले मानिसहरूलाई सामान्य मानवताको नियम र व्यवस्थाहरू र परमेश्‍वरले स्थापित गर्नुभएका यी सबै नियमहरूअनुसार थप नैसर्गिक रूपमा अस्तित्वमा रहने तुल्याउँछ, जबकि यी तथाकथित आम उक्ति र बहकाउने भनाइहरूले नै मानिसहरूलाई मानव नैसर्गिक क्षमताविरुद्ध जान र परमेश्‍वरले तोक्‍नुभएका र तय गर्नुभएका नियमहरूबाट तर्किन लगाउँछन्, यहाँसम्म कि मानिसहरूलाई सामान्य मानवताको मार्गबाट टाढा जान र सामान्य मानिसहरूले गर्न वा सोच्‍न नहुने चरम कुराहरू गर्नसमेत लगाउँछन्। यी शैतानी नियमहरूले मानिसहरूको मानवता विकृत मात्रै पार्ने नभई, मानिसहरूलाई आफ्नो सामान्य मानवता र सामान्य मानवताको नैसर्गिक क्षमता गुमाउनसमेत लगाउँछन्। उदाहरणको लागि, शैतानी नियमहरूले भन्छन्, “आफ्नो नियति आफ्नै हातमा हुन्छ,” र “सुखको निर्माण आफ्‍नै दुई हातले गरिन्छ।” यो परमेश्‍वरको सार्वभौमिकताविपरीत छ र मानव नैसर्गिक क्षमताविपरीत छ। जब मानिसहरूको शरीर र नैसर्गिक क्षमता अन्तिम हदमा पुग्छ, वा जब तिनीहरूको नियति नाजुक अवस्थामा पुग्छ, तब शैतानका यी नियमहरूमा भर पर्ने मानिसहरूले सहन सक्दैनन्। धेरैजसोलाई तनावले सीमा नाघेको छ र यो तिनीहरूको मनमस्तिष्कले सहन नसक्‍नेभन्दा बढी भएको छ भन्‍ने लाग्छ, र अन्त्यमा कतिपय मानिस स्किजोफ्रेनिक बन्छन्। कलेज प्रवेश परीक्षा दिने मानिसहरूले अहिले ती परीक्षाहरूले ल्याउने ठूलो तनाव सामना गरिरहेका छन्। मानिसहरूको शारीरिक स्थिति र मानसिक गुणहरू फरकफरक हुन्छन्; कति जना त्यस्तो प्रणालीसित समायोजित हुन सक्छन्, तर कति अरूले गर्न सक्दैनन्। अन्त्यमा, कति मानिसहरू त डिप्रेसनमा पर्छन्, जबकि कति अरू स्किजोफ्रेनिक बन्छन्, र भवनबाट हाम फालेर आत्महत्यासमेत गर्छन्—यस्ता अनेकथरी घटनाहरू घट्छन्। यी दुष्परिणामहरू कसरी पैदा हुन्छन्? यसको कारण के हो भने, शैतानले मानिसहरूलाई ख्याति र प्राप्ति पछ्याउन लगाएर बहकाउँछ, जसले गर्दा मानिसहरूलाई हानि हुन्छ। यदि मानिसहरू परमेश्‍वरले तय गर्नुभएका नियमहरूअनुसार प्राकृतिक रूपमा जिउन, र परमेश्‍वरले मानिसहरूको लागि पूर्वनिर्धारण गर्नुभएको तरिकाअनुसार जिउन, र परमेश्‍वरका वचनहरू पढ्न, र परमेश्‍वरअघि जिउन सक्छन् भने, के तिनीहरू विक्षिप्‍त हुनेछन् त? के तिनीहरूले यति धेरै दबाब भोग्‍नेछन् त? अवश्यै भोग्‍नेछैनन्। मानिसहरूले सत्यता बुझून्, र तिनीहरू आफ्नो भ्रष्ट स्वभाव त्याग्‍न, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन सकून् भनेर परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ। यो तरिकाले, मानिसहरू कुनै दबाबविना परमेश्‍वरअघि जिउन सक्छन्, र बस् केवल स्वतन्त्रता र मुक्तता प्राप्त गर्छन्। मानवजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र परमेश्‍वरले मात्रै मानव नैसर्गिक क्षमता र मानिसहरूबारे सबै कुरा जान्नुहुन्छ। मानिसहरूलाई अगुवाइ गर्न र तिनीहरूको खाँचो पूरा गर्न परमेश्‍वरले उहाँले तय गर्नुभएका नियमहरू प्रयोग गर्नुहुन्छ, जबकि शैतानले ठ्याक्‍कै त्यसो गर्दैन। यसले त मानिसहरूलाई यी सबै नियम उल्लङ्घन गर्न लगाउँछ, र मानिसहरूलाई महामानव र अत्यन्तै प्रतिभाशाली बन्‍न बाध्य गर्छ। के यो मानिसहरूलाई चलाकीमा पार्नु होइन र? मानिसहरू वास्तवमा सामान्य र साधारण मानिसहरू हुन्—तिनीहरू कसरी महामानव वा विशेष शक्तिवाल मानिसहरू हुन सक्छन्? के यो मानिसहरूलाई बरबाद गर्नु होइन र? तैँले जति नै संघर्ष गरे पनि, तेरो महत्त्वाकाङ्क्षा र इच्छा जति नै ठूलो भए पनि, तँ महामानव वा विशेष शक्तिवाला व्यक्ति बन्‍न सक्दैनस्। तैँले आफूलाई हदैसम्म बरबाद गरेर मानवताको सबै रूप गुमाइस् भने पनि, तँ महामानव वा विशेष शक्तिवाला व्यक्ति बन्‍न सक्दैनस्। व्यक्तिले जीवनमा जुन किसिमको करियर पाउनुपर्छ त्यो परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। यदि तँ परमेश्‍वरले तय गर्नुभएका व्यवस्था र नियमहरूअनुसार जिउँदैनस्, बरु शैतानका बहकाउ र दुष्ट शब्द रोजेर महामानव वा विशेष शक्तिवाला व्यक्ति बन्‍न पछ्याउँछस् भने, तैँले कष्ट भोग्‍नु र मर्नुपर्छ। भन्‍नुको अर्थ, यदि तँ शैतानद्वारा बरबाद पारिन, कुल्चिमिल्ची गरिन, र भ्रष्ट पारिन स्विकार्छस् भने, तैँले भोग्‍ने सबै कुरा तेरा आफ्नै कार्यहरूको दुष्परिणाम हो, तँ त्यसैको लायक छस्, र यो तेरो आफ्नै इच्छाको फल हो। कतिपय मानिसहरूले कलेज प्रवेश परीक्षा दिन्छन्, दुई-तीनपटक फेल हुन्छन्, र पछि कहिल्यै पास हुन नसकेर पागल हुन्छन्। के यो तिनीहरूले आफैमा ल्याएको कुरा होइन र? तँ किन कलेज प्रवेश परीक्षा दिन चाहन्छस्? के यो अरूभन्दा असल बन्नु र पुर्खाको नाम राख्नु होइन र? यदि तैँले अरूभन्दा असल बन र पुर्खाको नाम राख भन्ने यी दुई लक्ष्यहरू त्याग्छस्, र यी कुराहरू पछ्याउँदैनस्, बरु सही लक्ष्य छनौट गर्छस् भने, के तनाव हराउनेछैन र? यदि तँ शैतानबाट आएको भ्रष्टता स्विकार्छस्, र यसबाट आएका यी सबै विचार र दृष्टिकोणहरू स्विकार्छस् भने, तेरो शरीरले हरकिसिमका पीडा भोग्‍नुपर्छ, र यो तँ जेको लायक छस् त्योभन्दा कमको हुनेछैन! यो दुष्परिणाम तेरो आफ्नै रोजाइ हो र यो तँ आफैले निर्माण गरेको कुरा हो। यो परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको होइन। परमेश्‍वरले तँलाई त्यसरी जिउन लगाउनुहुन्न। परमेश्‍वरका वचनहरूले पहिले नै कुराहरू स्पष्ट पारिसकेका छन्, र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास नगर्ने तँ नै होस्। व्यक्तिको शरीर, इच्छाशक्ति, र मानसिक गुणले सहन सक्‍ने कुराको सीमा हुन्छ, तर मानिसहरू आफैले भने त्यो कुरा महसुस गर्दैनन् र यसविपरीत सोच्छन्, र तिनीहरूको नियति तिनीहरूकै हातमा छ भनेरसमेत भन्छन्, तर अन्त्यमा तिनीहरूले आफ्नो नियतिमाथि नियन्त्रण हात पार्न सक्दैनन्, र यसको साटो पीडादायी र दुःखद मृत्यु भोग्छन्। यो कसरी आफ्नो नियति आफ्नै हातमा लिने कार्य भयो र? यसरी शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन हरकिसिमका भ्रमपूर्ण विचार र हरकिसिमका विधर्म र भ्रमहरू प्रयोग गर्छ। मानिसहरू आफैलाई भने यो कुरा थाहा हुँदैन, र तिनीहरूले यसो भन्दै यी कुराहरूबारे राम्रो महसुससमेत गर्छन्, “समाज निरन्तर अघि बढिरहेको छ, त्यसकारण हामीले समयको गतिसँगै हिँड्नुपर्छ र सबै सकारात्मक ऊर्जाहरू स्विकार्नुपर्छ।” यी पूर्ण रूपमा दुष्ट शब्द हुन्। गैरविश्‍वासी पैशाचिक संसारमा कसरी कुनै सकारात्मक ऊर्जा हुन सक्छ र? यो सब नकारात्मक ऊर्जा हो, यो सब क्यान्सर हो, र यो सब टाइमबम हो। यदि तैँले यी कुराहरू स्विकार्छस् भने, तैँले यसका दुष्परिणामहरू भोग्‍नुपर्नेछ, र तैँले शैतानबाट यातना खेप्‍नु र बरबाद पारिनुपर्नेछ। सत्यता नपछ्याउनुको परिणाम यही हुन्छ। यदि तैँले शैतान पछ्याउँछस् भने, के नै राम्रो अन्त्य हुन सक्छ र? शैतानले तँलाई विष दिन र तँमाथि विष भर्न सकेजति सबै गर्नेछ। परमेश्‍वरले तँलाई मुक्ति दिनुहुन्छ; शैतानले तँलाई हानि गर्छ। परमेश्‍वरले तेरो रोग निको पार्नुहुन्छ; शैतानले तँलाई बिरामी पार्न विष हालिदिन्छ। तैँले शैतानबाट जति धेरै विष स्विकार्छस्, त्यति नै तँलाई सत्यता स्विकार्न गाह्रो हुन्छ। कुरा यही हो। सत्यता के हो भन्‍ने विषयमा हाम्रो सङ्गति अब यहीँ समाप्त हुन्छ। यसपछि, हामी अर्को विषय सङ्गति गर्नेछौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्