विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग एक) खण्ड दुई

कतिपय मानिसहरू विदेश आउँछन् र युरोप तथा एसियाका अन्य देशका केही संस्कृति, परम्परा, नियम र जीवनका आधारभूत आवश्यकतालगायतका भौतिक कुराहरूको सम्पर्कमा आउँछन्, र अरू देशका केही कानुन र साधारण ज्ञानसँग परिचित हुन्छन्, तैपनि तिनीहरूलाई तिनीहरूको आफ्नै देशका ती परम्पराहरू फाल्न गाह्रो हुन्छ। तैँले आफ्नो मातृभूमि छोडेर अर्को देशको जीवनका दैनिक पक्षहरू, र यसका नियम र प्रणालीहरूसमेत स्विकारेको भए पनि, तैँले हरदिन के सोचिरहेको हुन्छस्, वा तँलाई कुनै कुरा आइपर्दा कसरी समस्याहरू सामना गर्छस्, वा तैँले अपनाउने विचार र दृष्टिकोण के हो त्यो तँलाई थाहै हुँदैन। कतिपय मानिसहरू सोच्छन्, “म पश्‍चिममा छु, त्यसकारण म पश्‍चिमी हुँ त?” वा “म जापानमा छु, त्यसकारण म जापानी हुँ त?” तर अवस्था यो यस्तो हो त? (होइन।) जापानी मानिसहरू भन्छन्: “हामीलाई सबैभन्दा बढी सुशी र नूडल्स खान मनपर्छ। के त्यसले हामीलाई कुलीन बनाउँदैन र?” दक्षिण कोरियालीहरू भन्छन्: “हामीलाई भात र किम्ची खान मन पर्छ। के हाम्रो महान् दक्षिण कोरियाली राष्ट्र कुलीन छैन र? तिमी चिनियाँहरू तिमीहरूको संस्कृति प्राचीन र हाम्रोभन्दा हजारौँ वर्ष पुरानो छ भनेर भन्छौ, तर के तिमीहरू पनि हामीजस्तै आफ्ना अग्रजहरूप्रति सन्तानीय भक्ति देखाउँछौ? के तिमीहरू हामीजस्ता परम्पराका अनुयायीहरू हौ? के तिमीहरूको पनि हाम्रो जति नियमहरू छन्? तिमीहरू आजभोलि यी कुराहरूबारे बोल्दैनौ, तिमीहरू पछि परेका छौ; हामी साँच्‍चै नै परम्परा अनुयायी मानिसहरू हौं, र हाम्रो संस्कृति साँचो संस्कृति हो!” तिनीहरू आफ्नो परम्परागत संस्कृति उच्च छ भन्‍ने सोच्छन्, र त्यसपछि धेरै कुरालाई विश्‍व सम्पदाका रूपमा घोषणा गर्न होडबाजी गर्छन्। धेरै होडबाजी किन? हरेक देश, हरेक प्रजाति, र हरेक ससाना जनजातिले पनि आफ्ना पुर्खाले छोडेर गएका कुरा, नियम, परम्परा, रीतिरिवाज, र चलनहरू असल र सकारात्मक छन्, र मानवजातिले प्रचार गर्न मिल्ने खालका छन् भन्‍ने विश्‍वास गर्छन्। के तिनीहरूको यो विचार र दृष्टिकोणले यी सत्यताहरू हुन्, यी असल र सकारात्मक कुराहरू हुन्, र यिनलाई मानवजातिले अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्छ भन्‍ने जनाउँदैन र? अनि, हस्तान्तरण गरिने यी कुराहरू स्वतन्त्रतासँग विरोधाभासपूर्ण हुन्‍न र? मैले भर्खरै एक जवान मान्छेको उदाहरण दिएको थिएँ, जो आफ्नो परिवारको बन्धनबाट मुक्त भएको छ, र जसले आफ्नो शरीरको ठाउँठाउँमा छेडेको र मुन्द्रा लगाएको छ, शरीरभरि टाटु लगाएको छ, र उसको विदेशी प्रेमिकासमेत छ। उसको बाहिरी रूप र देहको हिसाबमा, उसले पारिवारिक नियमहरू पालना गर्दैन र परम्परा त्यागेको छ भन्‍ने देखिन्छ। औपचारिकताका हिसाबमा र उसको व्यवहारमा, र आफ्नो व्यक्तिपरक इच्छाका हिसाबमा समेत, उसले परिवार, परम्परा, र रीतिरिवाजजस्ता कुराहरू त्यागेको छ। तर जन्मदिनको उपहारले उसको खुलासा गर्छ, र ऊ अत्यन्तै “परम्पराविरोधी” छ भन्‍ने उसको विश्‍वासको खण्डन र निन्दा गर्छ। त्यसोभए के यो व्यक्ति साँच्‍चै परम्‍परागत हो कि होइन? (ऊ परम्‍परागत नै हो।) परम्परागत हुनु असल हो कि खराब हो? (खराब।) त्यसकारण, तैँले आफूलाई परम्परागत ठाने पनि वा परम्पराविरोधी ठाने पनि, र तेरो जाति जेसुकै भए पनि—चाहे तँ त्यो तथाकथित कुलीन जातिको भए पनि वा साधारण जातिको भए पनि—तेरा भित्री विचारहरू सीमित नै हुन्छन्। तैँले स्वतन्त्रताको जति नै धेरै खोज र श्रद्धा गरे पनि, परम्परागत शक्तिहरू र परम्परागत पारिवारिक परम्पराहरूबाट मुक्त हुने तेरो सङ्कल्प, कामना, र महत्त्वाकाङ्क्षा जति नै ठूलो भए पनि, वा तेरो वास्तविक कार्य-व्यवहार जति नै प्रेरणादायी र शक्तिशाली भए पनि, यदि तँ सत्यता बुझ्दैनस् भने, शैतानले तँमा हालिदिने शिक्षा र भ्रमहरूमाझ तँ लडखडाउँदै मात्रै बस्न सक्छस्, त्यसबाट बाहिर निस्कन सक्दैनस्। कतिपय मानिसहरू परम्परागत संस्कृतिद्वारा प्रभावित हुन्छन्, कतिपयचाहिँ वैचारिक शिक्षाद्वारा प्रभावित हुन्छन्, र कति अरूचाहिँ पद र हैसियतद्वारा प्रभावित हुन्छन्, अनि अझै कति अरूचाहिँ कुनै न कुनै वैचारिक प्रणालीद्वारा प्रभावित हुन्छन्। उदाहरणको लागि, साम्यवादको पक्षधर मानिसहरूको समूहजस्ता राजनीतिमा संलग्‍न मानिसहरूलाई लिऊँ। तिनीहरू सर्वहाराहरूको एक समूहको रूपमा सुरु भए, तिनीहरूले कम्युनिस्ट घोषणापत्र र सिद्धान्तहरू स्विकारे, परम्परा तोडे, सामन्ती राज तोडे, केही पुराना रीतिरिवाजहरू तोडे, र त्यसपछि मार्क्सवाद-लेनिनवाद र साम्यवाद स्विकारे। यी कुराहरू स्विकारेपछि, तिनीहरू स्वतन्त्र थिए कि निरन्तर बन्धित नै थिए? (तिनीहरू सुरुदेखि नै बन्धित थिए।) तिनीहरूले पुरानो कुराबाट नयाँ कुरामा लागेर, स्वतन्त्रता प्राप्त गर्नेछौं भन्‍ने सोचे। के यो विचार गलत होइन र? (हो, गलत हो।) यो गलत हो। मानिसहरू पुरानो कुराबाट कुनै पनि नयाँ कुरामा लाग्‍न सक्छन्, तर त्यो सत्यता होइन भने, तिनीहरू सदासर्वदा शैतानको जालमै परिरहनेछन्—त्यो साँचो स्वतन्त्रता हुँदैन। कतिपय मानिसहरू आफूलाई साम्यवाद वा कुनै निश्‍चित अभियानमा समर्पित गर्छन्, कतिपयले आफ्नो जीवन शपथ खाएको कुरामा समर्पित गर्छन्, कति अरूले आफ्नो जीवन कुनै सिद्धान्तमा समर्पित गर्छन् र अझै कति अरूले “साथीको लागि गोली खान तयार छु” वा “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन” वा “राष्ट्र समस्यामा हुँदा, हरेकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी हुन्छ” भन्‍नेजस्ता भनाइहरू पालना गर्छन्। के यी परम्परागत संस्कृतिका कुरा होइनन् र? (हुन्।) झट्ट हेर्दा, यी कुराहरू मानवजातिमाझ रहेका अत्यन्तै सकारात्मक, अत्यन्तै उचित, र विशेष उच्च र कुलीन कुराहरू हुन् जस्तै देखिन्छन्, तर वास्तवमा, अर्को दृष्टिकोणबाट र फरकफरक माध्यमहरू प्रयोग गरी, यी कुराहरूले मानिसहरूको प्राण बन्धनमा पार्छन्, र मानिसहरूलाई सीमित पार्छन्, र साँचो स्वतन्त्रता प्राप्त गर्नबाट रोक्छन्। तर सत्यता बुझ्नुपहिले, मानिसहरूले हराएको महसुस गर्न र त्यसकारण मानवजातिमाझ तुलनात्मक रूपमा सकारात्मक ठानिने यी कुराहरूलाई आफ्नो अस्तित्व शैलीका रूपमा स्विकार्न मात्रै सक्छन्। त्यसकारण, मानिसहरूले यी तथाकथित परम्परागत संस्कृति, अर्थात् मान्छेले अत्यन्तै असल ठान्‍ने संसारका यी कुराहरू स्वाभाविक रूपमै स्विकारिदिन्छन्। यी कुराहरू स्विकारेपछि, मानिसहरूले पूँजी, आत्मविश्‍वास, र उत्प्रेरणासाथ जिइरहेको अनुभव गर्छन्। उदाहरणका लागि, कतिपय मानिसहरूले ज्ञान र योग्यताका सन्दर्भमा यो समाजको दृष्टिकोण र यो मानवजातिलाई स्विकारेका छन्। यो मान्यता के हो? (ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ।) (किताबको अघि सबै कुरा फिका हुन्छ।) मानिसहरूले हृदयको गहिराइमा, यी कुरा स्विकार्छन्, मान्छन् र अनुमोदन गर्छन्। यिनलाई स्वीकार र अनुमोदन गरिरहँदा, मानिसहरूले जति लामो समय यो समाजमा प्रतिकूलताविरुद्ध सङ्घर्ष गर्छन्, तिनीहरूलाई यी कुरा त्यति नै मूल्यवान् लाग्छ। किन? सबै मानिसहरू जीवनमा ज्ञानमा भर पर्छन्। ज्ञान र यी योग्यताहरूविना, समाजमा स्थान बनाउन सकिँदैन भन्‍ने लाग्छ। अरूले हेप्नेछन् र भेदभाव गर्नेछन् भन्‍ने लाग्छ, त्यसकारण तँ हतास भई यी कुराहरूको पछि दौडन्छस्। तेरो शैक्षिक योग्यता जति बढी छ, समाजमा वा तेरो जाति वा समुदायमा तेरो सामाजिक हैसियत उति नै बढी हुन्छ, र मानिसहरूले तँप्रति गर्ने आदर, व्यवहार र अरू विभिन्‍न कुराहरू त्यति नै ठूलो र राम्रो हुनेछ। एक अर्थमा, व्यक्तिको शैक्षिक योग्यताले उसको सामाजिक हैसियत निर्धारित गरेको हुन्छ।

विगतमा, सातआठ जना विश्‍वविद्यालयका प्राध्यापकहरू थप अध्ययन गर्न बेइजिङ गए। ती दिनहरूमा, पिकअप गर्ने वा चालक पठाउने सेवा अझै उपलब्ध थिएन, त्यसैले तिनीहरू बेइजिङ पुगेपछि बस चढ्नुपर्‍यो। वास्तवमा, तिनीहरूजस्ता प्राध्यापकहरू बेइजिङको हरेक ठाउँमा पाइन्थे। तिनीहरूलाई कुनै विशेष व्यक्तिको रूपमा लिइँदैनथ्यो, केवल साधारण मानिसहरूको रूपमा लिइन्थ्यो। तर तिनीहरूलाई त्यो कुरा थाहा थिएन, र समस्याको गम्भीरता नै त्यहीँ थियो—यही समस्याको आधारमा यो मामिला पैदा भयो। भएको के थियो? प्राध्यापकहरूको यो समूह बस स्टपमा बस कुरिरहेका थिए। तिनीहरूले कुरिरहेको बेला, धेरैभन्दा धेरै मानिसहरू भेला भए र भीड बढ्दै जाँदा, सबैजना चिन्तित भए। त्यसपछि जब बस आइपुग्यो, तब ती सबै मानिसहरू भित्रका यात्रुहरू बाहिर आउञ्जेल नपर्खी, एकअर्कालाई धकेल्दै र कुइनाले घोच्दै बसमा पसे, र ठूलो खैलाबैला मच्‍चाए। यो अत्यन्तै अराजक दृश्य थियो। यी प्रोफेसरहरूले यसबारे विचार गरे, अनि यसो भने: “बेइजिङका हाम्रा स्वदेशी नागरिकहरूलाई हरदिन काममा जाँदा र कामबाट आउँदा बसमा यात्रा गर्नु सहज छैन भन्‍ने स्पष्टै भयो। विश्‍वविद्यालयका प्राध्यापकहरूको रूपमा, हामीले मानिसहरूको परिस्थितिलाई ध्यानमा राख्‍नुपर्छ। हामी उच्च स्तरका बुद्धिजीवीहरू भएकाले, हामी साधारण मानिसहरूसँग होड गर्नु हुँदैन। हामीले पहिले तिनीहरूलाई यो बसमा चढ्न दिएर लेइ फेङको निस्वार्थ भावना देखाउनुपर्छ, त्यसैले हामी जबरजस्ती नघुसौँ।” तिनीहरू सबै यसमा सहमत भए र अर्को बस कुर्ने निर्णय गरे। तर के भयो भने, अर्को बस आउँदा पनि त्यति नै मानिसहरू जम्‍मा भए, र फेरि पनि तिनीहरू अव्यवस्थित भीडका रूपमा चढे। प्राध्यापकहरू चकित भए। तिनीहरूले बस भरिएर गएको हेरिरहे, र फेरि पनि तिनीहरू यसमा कोचिएर छिर्न सकेनन्। तिनीहरूले फेरि छलफल गरे र यसो भने, “हामी हतारमा छैनौँ। आखिर हामी उच्च स्तरका बुद्धिजीवीहरू हौं, र हामीले बसमा चढ्न साधारण मानिसहरूसँग लड्‍न मिल्दैन। पर्खौँ न, अर्को बस कुर्ने मानिसहरू त्यति धेरै नहोलान्।” तेस्रो बस कुर्दा, यी प्राध्यापकहरू अलिक चिन्तित भइरहेका थिए। तिनीहरूमध्ये केहीले मुड्की कसेर भने, “यदि यो बसमा पनि त्यति नै धेरै मानिसहरू रहेछन् भने, हामी ठेलमठेल गर्दै चढौँ त? यदि हामी त्यसरी चढेनौँ भने, हामी पाँचौं वा छैटौं बससमेत चढ्न सक्दैनौं होला, त्यसैले ठेलमठेल गरेरै भए नि बस चढ्दा बेस होला!” अरूले भने: “के उच्च स्तरका बुद्धिजीवीहरूले ठेल्दै-घचेड्दै बस चढ्न मिल्छ? त्यसले त हाम्रो छवि बिगार्छ! यदि कुनै दिन, हामी उच्च बुद्धिजीवीहरूले कोचिएर बस चढेको कुरा मानिसहरूले थाहा पाए भने कति लाजमर्दो होला!” तिनीहरूको विचार विभाजित थियो। तिनीहरूले छलफल गरिरहेकै बेला, बस कुर्ने अर्को भीड भेला भयो। तबसम्ममा, ती प्राध्यापकहरू साह्रै बेचैन भइसकेका थिए र तिनीहरूले छलफल गर्नै छोडे। जब बस आइपुग्यो, तब ढोका खुल्नेबित्तिकै र सबैजना ओर्लनुपहिले नै, प्राध्यापकहरूले आफ्नो सबै शक्ति लगाएर मानिसहरूको त्यो अन्तिम भीडलाई अनुकरण गरेर ठेलमठेल गर्दै अघि बढे। तिनीहरूमध्ये केही भित्र छिर्न सके, तर केही परिष्कृत बुद्धिजीवीहरू—केही परिष्कृत विद्वानहरू—छिर्न सकेनन्, किनभने तिनीहरूमा त्यस्तो दृढ इच्छा र लड्‍ने जोस थिएन। अब यो कुरालाई यहीँ छोडौँ। मलाई भन त, के यो तथ्य होइन र? (हो।) बसमा मानिसहरू ठेलमठेल हुनु अत्यन्तै सामान्य कुरा हो, र यी सबै बुद्धिजीवीहरू नाटक गर्न साह्रै सिपालु थिए! भन त, समस्या के थियो? सुरुमा यी बुद्धिजीवीहरूबारे कुरा गरौं, यिनीहरूले उच्च स्तरको शिक्षा पाएर मानिसहरूलाई सिकाउने र शिक्षा दिने प्राध्यापक बने, र यिनीहरू उच्च स्तरका बुद्धिजीवी बने। अर्थात्, तिनीहरूले प्राप्त गरेको शिक्षा र तिनीहरूमा भएको ज्ञान औसत मानिसहरूले हासिल गर्ने स्तरभन्दा माथिको थियो, र तिनीहरूको ज्ञान मानिसहरूको शिक्षक र प्रशिक्षक हुन, मानिसहरूलाई शिक्षा दिन, र मानिसहरूलाई ज्ञान प्रदान गर्न पर्याप्त थियो—त्यसैले त तिनीहरूलाई उच्च स्तरका बुद्धिजीवीहरू भनिएको हो। के यी उच्च स्तरका बुद्धिजीवीहरूका विचार र दृष्टिकोणहरूमा कुनै समस्याहरू थिए? निश्‍चय नै समस्याहरू थिए। त्यसोभए तिनीहरूको समस्या कहाँ थियो? अब यो मामला विश्‍लेषण गरौं। यति धेरै ज्ञान र यति उच्च स्तरको शिक्षा प्राप्त गरिसकेपछि पनि, के तिनीहरूको सोचाइ ठर्रो थियो, कि खुला थियो? (ठर्रो।) यो ठर्रो थियो भन्‍ने तिमीहरूलाई कसरी थाहा भयो? तिनीहरूका समस्याहरू कहाँ थिए? सर्वप्रथम त, तिनीहरूले आफूलाई उच्च स्तरका बुद्धिजीवीहरू भनी घोषणा गरे। के यो दाबीमा केही गलत कुरा थियो? (थियो।) यो दाबीमा समस्या थियो। त्यसपछि, तिनीहरूले भने, “जब हामी उच्च स्तरका बुद्धिजीवीहरू बस चढ्छौँ, हामीले भित्र चढ्न अरूसँग झगडा र तँछाडमछाड गर्नु हुँदैन।” के यो वाक्यमा समस्या थियो? (थियो।) यो दोस्रो समस्या थियो। तेस्रो समस्या के थियो भने, तिनीहरूले यसो भने, “हामी उच्च स्तरका बुद्धिजीवीहरूले अर्को बस कुर्न सक्छौँ”—के यो बुँदामा कुनै समस्या थियो? (थियो।) यी सबै बुँदाहरूमा समस्या थियो। यसमा समस्याहरू के-के थिए भनेर पत्ता लगाउन, यो मामलालाई यी तीन बुँदाहरूमार्फत चिरफार गर। यदि तिमीहरूले समस्याहरूबारे राम्ररी बुझ्यौ भने, पहिलो कुरा त, तिमीहरूले उच्च स्तरका बुद्धिजीवीहरूलाई पूज्न छोड्नेछौ, र दोस्रो कुरा, तिमीहरूले अबउप्रान्त कुनै उच्च स्तरको बुद्धिजीवी बन्‍ने इच्छा गर्नेछैनौ।

पहिलो बुँदा के थियो? तिनीहरूले आफूलाई उच्च स्तरका बुद्धिजीवीहरू भनी घोषणा गरे। के यो दाबीमा कुनै समस्या थियो? (थियो।) “आत्म-घोषणा” भन्ने शब्दमा केही पनि गलत छैन, जसको यस मामिलामा अर्थ आफैलाई उच्च-स्तरीय बुद्धिजीवीको संज्ञा दिनु हो। त्यसोभए, के “उच्च स्तरका बुद्धिजीवीका रूपमा” भन्‍ने वाक्यांशमा समस्या छ? तथ्य के हो भने, विश्‍वविद्यालयका प्राध्यापकहरू समाजका उच्च स्तरका बुद्धिजीवीहरू हुन्। यो त तथ्य भएकाले, यो वाक्यांशमा किन समस्या भयो त? (तिनीहरूले ज्ञान प्राप्त गरेपछि, आफूहरू अरूभन्दा उच्च छौँ भन्‍ने सोचे।) अरूभन्दा उच्च—यसको पछाडि पक्कै पनि एउटा स्वभाव थियो। (तिनीहरूले धेरै ज्ञान प्राप्त गरेकाले, आफूहरू अरूभन्दा उच्च छौँ भन्‍ने सोचे। तर वास्तवमा, यी कुराहरूले व्यक्तिको स्वभाव परिवर्तन गर्नै सक्दैनन्।) यो आंशिक रूपमा सही हो, तर यसले स्पष्ट रूपमा यो कुरा व्याख्या गर्दैन। यसमा केही कुरा थप्न कसले सक्छ? (परमेश्‍वर, के तिनीहरू दम्भी र आत्म-धर्मी थिएनन् र?) यो सही हो, तर तैँले सार स्पष्टसित व्याख्या गरेको छैनस्, अलिक विस्तृत रूपमा व्याख्या गर्। (केही ज्ञान प्राप्त गरेपछि, तिनीहरूले आफूलाई अरूभन्दा उच्च र कुलीन ठाने, त्यसकारण तिनीहरूले आफूलाई साधारण मानिसहरूजस्तो ठान्न सकेनन्। यो समाजमा जिउने सामान्य मानिसहरूको लागि, बसमा कोचिएर चढ्नु तिनीहरूको वास्तविक जीवन परिवेशले तय गरेको अवस्था हो र यो सामान्य कुरा हो। तैपनि, यी बुद्धिजीवीहरूले आफूलाई अत्यन्तै उच्च र कुलीन ठाने, र तिनीहरूले सामान्य मानिसहरूजस्तो व्यवहार गर्न छोडे, र सामान्य मानिसहरूको गतिविधि तिनीहरूको पहिचानको लागि हानिकारक छ भन्‍ने सोचे, त्यसकारण मलाई तिनीहरू असामान्य थिए भन्‍ने लाग्छ।) ती असामान्य थिए। आफूलाई उच्च स्तरका बुद्धिजीवी भनी घोषणा गर्नुपछाडिको तात्पर्य असामान्य थियो। अर्थात्, तिनीहरूको मानवतामा केही कुरा बिग्रिएको थियो। तिनीहरूलाई आफू अरूभन्दा उच्च र कुलीन छु भन्‍ने लाग्थ्यो। यसको लागि तिनीहरूको आधार के थियो? यो कि, तिनीहरूले धेरै शिक्षा पाएका थिए, र तिनीहरू ज्ञानले भरिएका थिए, र तिनीहरूले जसलाई भेटे पनि, तिनीहरूको बोल्ने कुरा कहिल्यै सकिँदैनथ्यो, र तिनीहरू उनीहरूलाई विभिन्‍न कुरा सिकाउन सक्थे। तिनीहरू ज्ञानलाई के ठान्थे? तिनीहरू यसलाई व्यक्तिको आत्मआचरण र कार्यहरूको मापदण्ड, साथै व्यक्तिको नैतिकताको मापदण्डको रूपमा लिन्थे। तिनीहरूले अहिले आफूमा ज्ञान भएकोले, तिनीहरूको निष्ठा, चरित्र, र पहिचान कुलीन, बहुमूल्य र मूल्यवान् छ भन्‍ने विश्‍वास गर्थे, र यसको अर्थ उच्च स्तरका बुद्धिजीवीहरू हुनु भनेको सन्तहरू हुनु हो भन्‍ने थियो। के यो यस्तै भएको थिएन र? (थियो।) तिनीहरूको लागि उच्च स्तरको व्यक्ति हुनु भनेको यही थियो, त्यसकारण जब तिनीहरूले कोचिँदै बस चढ्नुपर्ने भयो, तब तिनीहरूले त्यसो गरेनन्। अनि, किन तिनीहरू कोचिँदै बस चढेनन्? तिनीहरू केद्वारा सञ्‍चालित थिए? तिनीहरूलाई के-कस्ता बाधा र बन्देज थियो? तिनीहरूलाई कोचिएर बस चढ्दा तिनीहरूको पहिचान र छवि बिग्रन्छ भन्‍ने लाग्थ्यो। तिनीहरूले आफ्नो पहिचान र छवि ज्ञानले दिएको हो भन्‍ने विश्‍वास गर्थे, त्यसकारण तिनीहरूले आफूलाई उच्च स्तरका बुद्धिजीवीहरू भनी घोषणा गरे। यो विश्‍लेषणको आधारमा हेर्दा, के तिनीहरूले भनेको कुरा घिनलाग्दो छैन र? यो निकै घिनलाग्दो छ। तैपनि तिनीहरू “हामी उच्च स्तरका बुद्धिजीवीहरू” भनेर धाक दिँदै हिँड्थे। वास्तवमा, अरूले तिनीहरूलाई दरिद्र र ज्ञानगुने शैलीका बुद्धिजीवीहरू मात्रै सोच्थे, जसलाई मानिसहरूले हेयको दृष्टिले समेत हेर्थे, तर तिनीहरू आफैले भने आफूलाई अत्यन्तै कुलीन ठान्थे। के यो समस्याजनक कुरा थिएन र? तिनीहरू आफू अत्यन्तै कुलीन र उच्च पहिचानवाला भएको विश्‍वास गर्थे, यतिसम्म कि आफूलाई सन्तका रूपमा समेत प्रस्तुत गर्ने चाहना राख्थे। के यो दृष्टिकोणले तिनीहरूमा कहीँकतै बन्धन हालिदिएको थिएन र? ज्ञानका सम्बन्धमा तिनीहरूको मान्यता के थियो? मानिसहरूले ज्ञान पाएपछि, तिनीहरूको निष्ठा उच्च हुन्छ, तिनीहरू प्रतिष्ठित र कुलीन हुन्छन्, र तिनीहरूलाई आदर गरिनुपर्छ भन्‍ने थियो। त्यसकारण, तिनीहरू साधारण मानिसहरूले गर्ने केही सामान्य व्यवहारहरूलाई घृणा र निन्दा गर्थे। उदाहरणको लागि, बुद्धिजीवीहरूले हाच्छ्युँ गर्दा, आफ्नो वरिपरिका मानिसहरूलाई हेरेर हतारहतार क्षमा माग्छन्, तर साधारण मानिसहरूले हाच्छ्युँ गर्दा, यसबारे केही विचार गर्दैनन्। वास्तवमा, डकार आउनु र हाच्छिउँ गर्नु जीवनको सामान्य कुरा हो, तर ती बुद्धिजीवीहरूको नजरमा, यी भद्दा र असभ्य व्यवहार हुन्, त्यसकारण तिनीहरू तिनलाई घृणा गर्छन् र हेयको नजरले हेर्छन्, र यसो भन्छन्, “यी अभद्र आम मानिसहरूलाई हेर त, तिनीहरूले हाच्छ्युँ गर्ने, बस्‍ने, र उभिने तरिका हेर्दा, त्यो अत्यन्तै अनुचित देखिन्छ, र जब बसहरू आइपुग्छन् तिनीहरू ठेलमठेल गर्दै पस्छन्, र तिनीहरूलाई शिष्ट तरिकाले पस्‍नै आउँदैन!” ज्ञानको हकमा, तिनीहरूको अडान यस्तो हुन्छ: ज्ञान पहिचानको प्रतीक हो, र ज्ञानले मानिसहरूको नियति, साथै तिनीहरूको पहिचान र मोल परिवर्तन गर्न सक्छ।

दोस्रो बुँदा के थियो? (उच्च स्तरका बुद्धिजीवीहरूले अरूसँग बस चढ्न तँछाडमछाड गर्न मिल्दैन।) तिनीहरूले अरूसँग बस चढ्न तँछाडमछाड गर्न मिल्दैन। कोचिएर बस चढ्ने कुरा तिनीहरूले जीवनमा सामना गरेको एउटा सानो कुरा मात्रै थियो। यो कुराले के प्रतिनिधित्व गर्छ? तोकेरै भन्दा, तिनीहरू निश्‍चित मात्रामा ज्ञान भएका मानिसहरूको बोली र व्यवहार परिष्कृत हुनुपर्छ, र यो तिनीहरूको पहिचानसँग मिल्नुपर्छ भन्‍ने विश्‍वास गर्थे। उदाहरणका लागि, त्यस्ता मानिसहरू हल्का रूपमा हिँड्नुपर्छ, र मानिसहरूको सम्पर्कमा आउँदा, तिनीहरूले अरूलाई आफू मिलनसार, घुलमिलयोग्य र आदरलायक रहेको महसुस गर्ने तुल्याउनुपर्छ, र तिनीहरूको बोली र व्यवहार परिष्कृत हुनुपर्छ। तिनीहरू साधारण मानिसहरूजस्तै हुन मिल्दैनथ्यो, बरु तिनीहरूले मानिसहरूलाई आफू र साधारण मानिसहरूबीच भिन्‍नता छ भनेर याद गर्ने तुल्याउनुपर्थ्यो—यसरी मात्रै तिनीहरूले तिनीहरूको पहिचान विशिष्ट र अरूभन्दा फरक छ भनेर देखाउन सक्थे। यी प्राध्यापकहरूले आफ्नो हृदयको गहिराइमा के विश्‍वास गर्थे भने, कोचिएर बस चढ्नेजस्ता कामहरू समाजको तल्लो तहका मानिसहरूले गर्ने कार्य हुन्, जसले उच्च स्तरको शिक्षा पाएका हुँदैनन्, र ती कुराहरू उन्नत ज्ञान नभएका वा उच्च स्तरका बुद्धिजीवीको पहिचान नभएकाहरूले गर्ने कामहरू हुन्। त्यसोभए यी उच्च स्तरका बुद्धिजीवीहरूले चाहिँ के-कस्ता काम गर्थे त? तिनीहरू मञ्चमा खडा भएर धर्मसिद्धान्तहरू प्रचार गर्थे, ज्ञान बाँड्थे, र मानिसहरूको शङ्का निवारण गर्थे—तिनीहरूका कर्तव्य यही थिए, र यो कुराले तिनीहरूको पहिचान, छवि, र पेसा प्रतिनिधित्व गर्थे। तिनीहरूले यी कामकुराहरू मात्रै गर्न सक्थे। साधारण मानिसहरूका दैनिक कामकाज र दिनचर्यासँग तिनीहरूको कुनै सम्बन्ध हुनु हुँदैन, जो यी “भद्दा, र घटिया रुचि” बाट अलग रहेका मानिसहरूका वर्ग हुन्। तिनीहरूले साधारण मानिसहरूका दैनिक कामकाज र दिनचर्या, र बसमा कोचाकोच गर्नेजस्ता कार्यहरूलाई समेत कस्तो चित्रण गरे? (भद्दा।) ठीक भन्यौ, भद्दा र असभ्य। तिनीहरूको स्तरभन्दा तल रहेका आम, साधारण मानिसहरूका लागि तिनीहरूको हृदयको गहिराइमा रहेको परिभाषा यही थियो।

अब तेस्रो बुँदाबारे कुरा गरौं—“हामी उच्च स्तरका बुद्धिजीवीहरूले अर्को बस कुर्न सक्छौँ”—यो कस्तो भावना हो? के यो परम्परागत संस्कृतिको कथामा भनिएजस्तै, कोङ रोङले ठूला नासपातीहरू दिएजस्तो भावना होइन र? बौद्धिक वर्गमा परम्परागत संस्कृतिको प्रभाव अत्यन्तै गहन हुन्छ। तिनीहरूले परम्परागत संस्कृति स्विकार्ने मात्र होइन, परम्परागत संस्कृतिका धेरै विचार र दृष्टिकोणहरू हृदयमा ग्रहण गर्ने र तिनलाई सकारात्मक कुराको रूपमा लिनेसमेत गर्छन्, यहाँसम्म कि तिनीहरूले कतिपय चर्चित भनाइहरूलाई आफ्नो आदर्श वाक्य नै बनाउँछन्, र यस क्रममा, तिनीहरू जीवनको गलत मार्गतर्फ लाग्छन्। परम्परागत संस्कृतिलाई कन्फ्यूसियस धर्मसिद्धान्तले प्रतिनिधित्व गर्छ। कन्फ्यूसियस धर्मसिद्धान्तमा वैचारिक सिद्धान्तहरूको एउटा पूरा सेट छ, र यसले मुख्य रूपमा परम्परागत नैतिक संस्कृतिको प्रचार गर्छ, र कन्फ्यूसियस र मेन्सियसलाई सन्तहरूको रूपमा आदर गर्ने इतिहासभरका राजवंशी शासक वर्गहरूले यसलाई आदर गर्थे। कन्फ्यूसियस धर्मसिद्धान्तहरूले वकालत गर्ने कुरा के हो भने, व्यक्तिले परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयताका मूल्यमान्यता पालना गर्नुपर्छ, र परिस्थितिहरू आइपर्दा पहिले शान्त, संयमी र सहनशील हुन सिक्‍नुपर्छ, रिस नियन्त्रण गरेर अनि कुरा गरेर विवाद सुल्झाउन अनि विभिन्‍न कुराको लागि झगडा वा खोसाखोस नगर्न सिक्‍नुपर्छ, र शिष्ट व्यवहार गर्न, र सबैबाट आदर प्राप्त गर्न सिक्‍नुपर्छ—यो आफूलाई शिष्ट रूपमा आचरणमा ढाल्नु हो। यी बुद्धिजीवीहरूले आफूलाई सर्वसाधारणहरूभन्दा उच्च ओहोदामा राख्छन्, र तिनीहरूका नजरमा, सबै मानिसहरू तिनीहरूको धैर्यता र सहनशीलताका पात्र हुन्। ज्ञानका “प्रभावहरू” साँच्‍चै ठूला हुन्छन्! यी मानिसहरू नक्‍कली भलाद्मीहरूसँग निकै मिल्दाजुल्दा हुन्छन्, हुँदैनन् र? हदभन्दा धेरै ज्ञान प्राप्त गर्ने मानिसहरू नक्‍कली भलाद्मी बन्छन्। यदि परिष्कृत विद्वानहरूको यो समूहलाई एउटै वाक्यांशमा व्याख्या गर्ने हो भने, यो परिष्कृत विद्वत् शिष्टता हो। यी परिष्कृत विद्वानहरूले एकअर्कासँग अन्तरक्रिया गर्ने सिद्धान्तहरू के-के हुन्? संसारलाई व्यवहार गर्ने शैलीप्रति तिनीहरूको दृष्टिकोण के हो? उदाहरणको लागि, साधारण मानिसहरूले ली थर भएका मानिसहरूलाई “लाओ ली” वा “जियाओ ली”[क] भनेर भन्छन्। के बुद्धिजीवीहरूले तिनीहरूलाई यसरी बोलाउँछन् त? (बोलाउँदैनन्।) तिनीहरूले उनीहरूलाई कसरी बोलाउँछन्? (लीजी।) यदि तिनीहरूले कुनै महिला देखे भने, तिनीहरूले उसलाई फलानो म्याडम भनेर बोलाउँछन्, र भलाद्मी व्यक्तिले जसरी उसलाई विशेष आदरपूर्वक र शिष्ट व्यवहार गर्छन्। तिनीहरू सज्जनहरूले देखाउने परिष्कृत शिष्टता सिक्न र अनुकरण गर्नमा विशेषज्ञ हुन्छन्। तिनीहरूले कुन भाव र शैलीमा कुराकानी र छलफल गर्छन्? तिनीहरूको अनुहारको हाउभाउ अत्यन्तै भद्र हुन्छ, र तिनीहरू शिष्ट र संयमी रूपमा बोल्छन्। तिनीहरूले आफ्नै दृष्टिकोण मात्रै व्यक्त गर्छन् र अरूको दृष्टिकोण गलत छ भन्‍ने थाहा भए पनि, तिनीहरूले केही भन्दैनन्। तिनीहरूमध्ये कसैले पनि कसैको भावनामा चोट पुर्‍याउँदैन, र तिनीहरूको बोलीवचन अत्यन्तै नरम हुन्छ, मानौँ तिनलाई कसैमाथि चोट वा चिडचिडाहट नहुने गरी नरम कपासमा पोको पारिएको छ, नत्रभने त तिनीहरूको कुरा सुन्दा नै सुन्ने व्यक्तिलाई वाकवाक लाग्छ, तनाव हुन्छ वा रिस उठ्छ। तथ्य त यो हो कि, कसैको दृष्टिकोण स्पष्ट हुँदैन, र कसैले कसैलाई स्विकार्दैन। यस्ता मानिसहरू वास्तविक रूप लुकाउन माहिर हुन्छन्। सानोभन्दा सानो कुरा आइपर्दा पनि, तिनीहरू आफूलाई ढाकछोप गर्छन् र लुकाउँछन्, र तिनीहरू कसैले पनि स्पष्ट व्याख्या गर्दैनन्। साधारण मानिसहरूसामु, तिनीहरू कस्तो शारीरिक हाउभाउ र कस्तो छवि प्रस्तुत गर्न चाहन्छन्? तोकेरै भन्दा, साधारण मानिसहरूलाई तिनीहरू नम्र भलाद्मी हुन् भन्‍ने देखाउन चाहन्छन्। भलाद्मीहरू अरूभन्दा माथि र मानिसहरूको आदर पाउने हुन्छन्। मानिसहरूले तिनीहरूसँग सामान्य मानिसहरूको तुलनामा बढी अन्तर्ज्ञान हुन्छ, र सामान्य मानिसहरूको तुलनामा तिनीहरूमा विभिन्‍न कुराबारे राम्रो बुझाइ हुन्छ भन्‍ने सोच्छन्, त्यसकारण हरेक व्यक्तिले समस्या हुँदा तिनीहरूको परामर्श लिन्छ। यही नै यी बुद्धिजीवीहरूले चाहेको परिणाम हो, तिनीहरू सबैले सन्तको रूपमा आदर पाउने आशा गरेका हुन्छन्।

हामीले भर्खरै चिरफार गरेका तीन बुँदाहरूबाट हेर्दा, यी प्राध्यापकहरूले “उच्च स्तरका बुद्धिजीवीहरू” भन्‍ने उपाधि लिएपछि, के तिनीहरूको सोचाइ अझै स्वतन्त्र भयो कि अझै सीमित भयो? (अझै सीमित।) यो पक्‍कै पनि सीमित भएको हुनुपर्छ। अनि केद्वारा सीमित भयो? (ज्ञानद्वारा।) ज्ञान तिनीहरूको पेसाभित्रको कुरा हो। वास्तवमा, ज्ञानले तिनीहरूलाई साँच्‍चै सीमित पारेको थिएन। त्यसैले, तिनीहरूलाई केले सीमित तुल्यायो त? यो कुरा ज्ञानप्रतिको तिनीहरूको मनोवृत्ति, र तिनीहरूको सोचाइमा ज्ञानले पारेको प्रभाव, साथै यसले हालिदिने दृष्टिकोणहरू थियो—समस्या यही हो। त्यसकारण, तिनीहरूले ज्ञानको जति उच्‍च स्तर प्राप्त गरे, त्यति नै तिनीहरूलाई तिनीहरूका पहिचान र हैसियत अरूको भन्दा फरक छन् भन्‍ने लाग्थ्यो, र त्यति नै तिनीहरूलाई कुलीन र महान् छु भन्‍ने लाग्थ्यो, र सँगसँगै त्यति नै तिनीहरूको सोचाइ पनि सीमित भयो। यो दृष्टिकोणबाट हेर्दा, धेरै ज्ञान प्राप्त गरेका मानिसहरूले स्वतन्त्रता प्राप्त गरेका हुन्छन् कि गुमाएका हुन्छन्? (स्वतन्त्रता गुमाएका हुन्छन्।) तिनीहरूले वास्तवमा स्वतन्त्रता गुमाएका हुन्छन्। ज्ञानले मानिसहरूको सोचाइ र समाजमा रहेको तिनीहरूको हैसियतमा प्रभाव पार्छ, र यसले मानिसहरूमा पार्ने प्रभाव सकारात्मक हुँदैन। तैँले जति धेरै ज्ञान प्राप्त गर्छस्, तैँले तेरो आत्मआचरणका हकमा बुझ्‍नुपर्ने सिद्धान्त, दिशा र उद्देश्यहरू त्यति नै राम्ररी बुझ्नेछस् भन्‍ने कुरा कहिल्यै हुँदैन। यसविपरीत, तँ ज्ञानको पछि जति दौडन्छस्, र तैँले ज्ञान जति राम्ररी प्राप्त गर्छस्, त्यति नै तँ सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने विचार र दृष्टिकोणहरूबाट टाढा जान्छस्। यो त यी बुद्धिजीवीहरूको समूहले धेरै ज्ञान र शिक्षा प्राप्त गरेर पनि सामान्य ज्ञानको आधारभूत कुरासमेत नबुझेजस्तै कुरा हो। त्यो सामान्य ज्ञान के हो? धेरै मानिसहरू हुँदा, तैँले कोचिएर बस चढ्नुपर्छ। यदि कोचिँदै छिरिनस् भने, तँ कहिल्यै पनि बसभित्र पुग्‍नेछैनस्—तिनीहरूलाई यो सरल नियमसमेत थाहा थिएन। मलाई भन् त, तिनीहरू चलाख कि मूर्ख बनेका थिए? (तिनीहरू मूर्ख बनेका थिए।) वास्तवमा, तिनीहरू एक हुल मूर्खहरू थिए। साधारण मानिसहरूले त्यस्तो उच्‍च ज्ञान वा उच्च स्तरको शिक्षा प्राप्त गरेका हुँदैनन्, र तिनीहरूमा यस्तो हैसियत हुँदैन, तर तिनीहरू यो कुरा बुझ्छन् र यसो भन्छन्, “बस चढ्नु छ र धेरै मानिसहरू छन् भने, कोचिएर छिर्नुपर्छ, र धकेल्दै बल लगाउनुपर्छ, किनभने अलिकति बल लगाउन छोडियो, र मस्तिष्कले अलिक ढिलो प्रतिक्रिया दियो भने, भीडको पछाडि पर्न सकिन्छ र अर्को बस चढ्नुपर्ने हुनसक्छ।” यो जीवनको सामान्य सुझबुझको आधारभूत कुरा हो, र यो कुराप्रति सामान्य मानिसहरू परिचित हुन्छन्, तर यी बुद्धिजीवीहरूले यो कुरा बुझेकै थिएनन्, त्यसकारण तिनीहरूले एकपछि अर्को बस प्रतीक्षा गरे। तिनीहरूलाई के कुराले सीमित गरेको थियो? तिनीहरू “हामी उच्च स्तरका बुद्धिजीवीहरू हौं” भन्‍ने दाबीद्वारा दह्रिलो रूपमा बाँधिएका थिए। वास्तविकता यही थियो। तिनीहरूलाई वास्तविक जीवनको यति सरल समस्या कसरी सामना गर्ने वा सम्हाल्ने भन्‍नेसमेत थाहा थिएन। तिनीहरू मूर्खहरू थिए! तिनीहरूको निम्ति ज्ञानले के निम्त्यायो? यसले तिनीहरूलाई अरू मानिसहरूबाट अलग गरायो, तिनीहरूलाई कसरी जिउने भन्‍ने नै थाहा थिएन, र तिनीहरूलाई वास्तविक जीवनमा आइपर्ने कुराहरू कसरी सम्हाल्ने भन्‍ने पनि थाहा थिएन। तिनीहरूले साधारण मानिसहरूले वास्तविक जीवनमा सामना गर्ने सबैभन्दा आम समस्या सम्हाल्न केही ठूला सिद्धान्त प्रयोग गरे, र यसलाई यसरी सम्हालेपछि यसका परिणामहरू के हुनेछन् भन्‍ने तिनीहरूलाई थाहै थिएन—शायद तिनीहरूले आजसम्म पनि अझै बुझेका छैनन् होला। सायद तिनीहरूले बुढेसकालमा पुगेपछि मात्रै यो कुरालाई राम्ररी सोच्न सक्छन् होला। त्यो बेला, उप्रान्त तिनीहरूसँग कुनै कीर्ति हुनेछैन, र तिनीहरूलाई जीवनभर उच्च स्तरको बुद्धिजीवीको प्रतिष्ठा लिएर पुगिसकेको हुन्छ। कुनै दिन, तिनीहरूलाई आफू बस चढेको त्यो बेला कति दयनीय बनेको थिएँ भनेर याद आउन सक्छ, र तिनीहरूलाई तिनीहरू यति कुलीन वा यति उच्च नभएको अचानक महसुस हुनेछ, अनि तिनीहरूलाई अचानक यस्तो पनि महसुस हुनेछ, “के मेरो विद्वत् उत्कृष्टताले मलाई खान दिएको छ? के मैले पनि सामान्य मानिसहरूले जस्तै दिनको तीनपटक खानुपर्दैन र? म पनि अरू मानिसहरूभन्दा फरक छैनँ। बुढेसकालमा, के म पनि कुप्रिएर हिँड्दिनँ र? अनि के खतरा सामना गर्दा, म पनि डरले थुरथुर र भयभीत हुँदिनँ र? अनि जब म आफ्नो प्रियजनको मृत्यु वा खुसीको घटना सामना गर्छु, तब के म पनि अरू जस्तै दुःखी वा खुसी हुँदिनँ र? के म साधारण मानिसहरूजस्तै जिइरहेको छैनँ र? म अरू कोहीभन्दा फरक छैनँ!” त्यो बेला यो ज्ञान आउनु तिनीहरूको लागि ढिलो भइसकेको हुनेछ। सत्यता नबुझेपछि केही तथाकथित सकारात्मक भनाइ र दृष्टिकोणहरू स्वीकार गर्ने मानिसहरूले देखाउने विभिन्‍न प्रकारका कुरूपताहरू यिनै हुन्। जब मानिसहरूलाई यी दृष्टिकोणहरू सही छन् छैनन् भन्‍ने कुरै थाहा हुँदैन, तब तिनीहरूले प्रायजसो यी दृष्टिकोण र भनाइहरूलाई आफूले पालना र लागू गर्नुपर्ने सत्यताहरू ठान्छन्, अनि जब तिनीहरूले यी कुराहरू लागू गर्छन्, तब तिनीहरूले हरप्रकारका दुष्परिणामहरू भोग्‍ने, र हरप्रकारका अप्ठ्याराहरू अनुभव गर्ने सम्भावना हुन्छ। मानिसहरूमा यसको के परिणाम हुन्छ? मानिसहरूले निरन्तर स्वतन्त्रताको लागि लागिपरिरहेका बेला, तिनीहरू निरन्तर एउटा भुमरीबाट अर्को भूमरीमा, र एकप्रकारको बन्धनबाट अर्कोप्रकारको बन्धनमा परिरहन्छन्। के यो कुरा साँचो होइन र? त्यसकारण, जब तैँले सत्यता बुझ्दैनस्—र तैँले जुन कुरालाई पक्रिराख्छस्, चाहे त्यो कुनै दृष्टिकोण, परम्परागत संस्कृति, वा कुनै नियम, प्रणाली, वा सिद्धान्त भए पनि, र चाहे यी कुराहरू समाजमा तुलनात्मक रूपमा अलिक थोत्रो भइसकेका भए पनि, वा अलिक आधुनिक र फेशनेबल नै भए पनि—यी कुराहरूले सत्यताको स्थान कहिल्यै लिन सक्दैनन्, किनभने यी कुरा सत्यता होइनन्। तैँले यी कुरालाई जति नै राम्ररी पालना गरे पनि, वा जति नै राम्ररी लागू गरे पनि, अन्त्यमा यी कुराहरूले तँलाई सत्यता प्राप्त गराउनुको सट्टा सत्यताबाट टाढा लैजाने मात्रै गर्छन्। तैँले यी कुराहरूलाई जति पालना गर्छस्, तँ त्यति नै सत्यताबाट टाढा जान्छस् र त्यति नै परमेश्‍वरको मार्ग र सत्यताको मार्गबाट टाढा जान्छस्। अर्कोतर्फ, यदि तैँले यी तथाकथित सकारात्मक कुराहरू, सिद्धान्तहरू, र झूटा सत्यताहरू त्याग्‍न सक्रिय रूपमा पहल गर्न सक्छस् भने, तँ अलिक तुरुन्तै सत्यतामा प्रवेश गर्न सक्छस्। यस तरिकाले, मानिसहरूले आफ्नो दैनिक जीवनमा सत्यता र परमेश्‍वरका वचनहरूको सट्टा यी तथाकथित परम्परागत संस्कृतिहरू र यी झूटा सत्यताहरूलाई अभ्यासका सिद्धान्तहरूको रूपमा प्रयोग गर्नेछैनन्, र यो अप्ठ्यारोपन क्रमिक रूपमा कम हुँदै र क्रमिक रूपमा समाधान हुँदै जानेछ।

कतिपय मानिसहरूले आफ्नो परिवार र देशको परम्परागत संस्कृति त्यागेर, र विदेशबाट आएको विदेशी परम्परागत संस्कृति स्विकारेर सत्यता प्राप्त गरेको छु भन्‍ने सोच्छन्; कतिपय मानिसहरूले पुरानो, परम्परागत संस्कृति र पुराना विचार र दृष्टिकोणहरू त्यागेर, र अलिक विकसित र अलिक आधुनिक विचारहरू स्विकारेर सत्यता प्राप्त गरेको छु भन्‍ने सोच्छन्। अहिले हेर्दा, यी मानिसहरू सही छन् कि गलत? (गलत।) तिनीहरू सबै गलत छन्। मानिसहरू पुराना कुराहरू त्यागेपछि नै स्वतन्त्रता प्राप्त हुनेछ भन्‍ने सोच्छन्। खासमा स्वतन्त्रता प्राप्त गर्नुको अर्थ के हुन्छ? यसको अर्थ व्यक्तिले सत्यता प्राप्त गरेको छ र उसले पाउनुपर्ने वास्तविक जीवनशैली प्राप्त गरेको छ भन्‍ने हुन्छ। मानिसहरू साँचो मार्ग यसरी प्राप्त हुन्छ भन्‍ने सोच्छन्। के यो वास्तवमै साँचो हो त? के यो सही हो त? होइन। मानवजातिले जुनसुकै आधुनिक र विकसित संस्कृति स्विकारे पनि, अन्त्यमा यो परम्परागत संस्कृति नै हुन्छ, र यसको सार परिवर्तन हुँदैन। जुनसुकै बेलासम्म पनि परम्परागत संस्कृति परम्परागत संस्कृति नै रहन्छ। यसले समयको परीक्षा वा तथ्यहरूको परीक्षा थेग्‍न सके पनि, वा मानवजातिले यसलाई आदर गरे पनि नगरे पनि, अन्त्यमा यो अझै पनि परम्परागत संस्कृति नै हुन्छ। अनि, यी परम्परागत संस्कृतिहरू किन सत्यता होइनन्? अन्ततः सार के हो भने, यी कुराहरू शैतानले मानवजातिलाई भ्रष्ट तुल्याएपछि आएका विचारहरू हुन्। यी कुरा परमेश्‍वरबाट आएका होइनन्। यी कुराहरू मानिसहरूका कल्पना र धारणाद्वारा दूषित भएका हुन्छन्, र अझ भन्‍ने हो भने, यी कुराहरू शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउनुका दुष्परिणामहरू हुन्। शैतानले मानिसहरूको सोचाइ बाँध्न र मानिसहरूको सोचाइ भ्रष्ट पार्न भ्रष्ट मानवजातिका विचार, दृष्टिकोण, र हरप्रकारका भनाइ र तर्कहरू प्रयोग गर्छ। यदि मानिसहरूलाई बहकाउन शैतानले देख्दै हास्यास्पद, मूर्खतापूर्ण, र गलत कुराहरू प्रयोग गर्‍यो भने, मानिसहरूमा सुझबुझ हुनेथियो; तिनीहरूले सही र गलत छुट्याउन सक्नेथिए, र ती कुराहरूलाई इन्कार्न र निन्दा गर्न आफ्नो सुझबुझ प्रयोग गर्नेथिए। त्यसकारण, यस्ता शिक्षणहरू छानबिन अगाडि टिक्‍न सक्दैनन्। तर, जब शैतानले मानिसहरूलाई अभ्यस्तीकरण गराउन, प्रभावित पार्न, र मस्तिष्क परिवर्तन गराउन, मानिसहरूका धारणा र कल्पनाहरूसँग मिल्ने खालका, र ठूलो स्वरमा भनिँदा छानबिनको अगाडि टिक्‍नेछ भनेर त्यसलाई लाग्‍ने खालका केही विचार र सिद्धान्तहरू प्रयोग गर्छ, तब मानवजाति सजिलै बहकाउमा पर्छ, अनि मानिसहरूले यी भनाइहरूलाई सजिलै स्विकार्छन् पनि र फैलाउँछन् पनि, र त्यसकारण यी भनाइहरू आजसम्मै पुस्तौँपुस्तादेखि कायम रहिरहेका छन्। उदाहरणको लागि, चिनियाँ नायकहरूबारेका केही कथाहरूलाई लिऊँ, जस्तै युइ फेइ, याङ परिवारका सेनापतिहरू, र वेन टियाङस्याङका देशभक्त कथाहरू। कसरी यी विचारहरू आजको दिनसम्म हस्तान्तरित भएका छन्? यदि हामीले यसलाई मानिसहरूको दृष्टिकोणबाट हेर्‍यौँ भने, हरेक युगमा यसप्रकारको व्यक्ति वा शासक हुन्छै हुन्छ, जसले यस्ता उदाहरणहरू निरन्तर प्रयोग गर्दै मानिसहरूको एकपछि अर्को पुस्तालाई सिकाउन यी व्यक्तित्वहरूका विचार र भावनाहरू प्रयोग गर्ने गर्छ, ताकि मानिसहरू पुस्तौँपुस्ता आज्ञाकारी र नम्र भएर तिनीहरूको शासन स्विकार्न सकून्, र ताकि तिनीहरूले सहजै मानिसहरूको पुस्तौँपुस्तालाई शासन गर्न, र आफ्नो शासनलाई अझै स्थिर बनाउन सकून्। युइ फेइ र याङ परिवारका सेनापतिहरूको बाँदरे भक्ति, साथै वेन टियाङस्याङ र क्‍व युवानको देशभक्ति भावनाबारे कुरा गरेर, तिनीहरूले आफ्ना प्रजालाई शिक्षा दिएर एउटा नियम बताउँछन्, र त्यो नियमले भन्छः व्यक्तिले बफादारीसाथ आफूलाई आचरणमा ढाल्नुपर्छ—यो उच्च नैतिक चरित्र भएको व्यक्तिमा हुनुपर्ने कुरा हो। यो बफादारी कति हदसम्‍म हो? यति हदसम्‍म कि, “राजाले भारदारलाई मर्ने आदेश दिए, ऊसँग मर्नुको विकल्प हुँदैन,” र “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन”—यो पनि तिनीहरूले आदर गर्ने अर्को भनाइ हो। तिनीहरू आफ्नो देशलाई प्रेम गर्ने मानिसहरूलाई पनि आदर गर्छन्। आफ्नो देशलाई प्रेम गर्नु भनेको केलाई, वा कसलाई प्रेम गर्नु हो? भूमिलाई प्रेम गर्नु? यसमा रहेका मानिसहरूलाई प्रेम गर्नु? अनि देश भनेको के हो? (शासकहरू।) शासकहरू देशका प्रतिनिधि हुन्। यदि तैँले “मेरो देशप्रतिको प्रेम वास्तवमा मेरो घरगाउँ र मेरा आमाबुबाप्रतिको प्रेम हो। म तिमीहरू, अर्थात् शासकहरूलाई प्रेम गर्दिनँ!” भनेर भन्छस् भने, तिनीहरू रिसाउनेछन्। यदि तैँले “मेरो देशप्रतिको प्रेम शासकहरूप्रतिको प्रेम हो, मेरो हृदयको गहिराइबाट गरिने प्रेम हो” भनेर भन्छस् भने, तिनीहरूले यस्तो प्रेमलाई स्विकार्छन् र अनुमोदन गर्छन्; यदि तैँले प्रेम गर्ने व्यक्ति तिनीहरू होइनन् भनेर बुझाइस् र स्पष्ट पारिस् भने, तिनीहरूले अनुमोदन गर्नेछैनन्। युगौँयुगदेखिका शासकहरूले कसलाई प्रतिनिधित्व गर्छन्? (शैतान।) तिनीहरूले शैतानलाई प्रतिनिधित्व गर्छन्, तिनीहरू शैतानको गिरोहका सदस्यहरू हुन्, र तिनीहरू दियाबलसहरू हुन्। तिनीहरूले मानिसहरूलाई परमेश्‍वर, अर्थात् सृष्टिकर्ताको आराधना गर्न सिकाउन किमार्थ सक्दैनन्। तिनीहरूले त्यसो गर्न सक्दै सक्दैनन्। यसको साटो, तिनीहरूले मानिसहरूलाई शासक भनेका स्वर्गका पुत्र हुन् भनेर बताउँछन्। यो “स्वर्गका पुत्र” को अर्थ के हो? यसको अर्थ स्वर्गले कसैलाई शक्ति दिन्छ, र त्यो व्यक्तिलाई “स्वर्गका पुत्र” भनेर भनिन्छ र ऊसँग स्वर्गमुनि रहेका सबै मानिसहरूमाथि शासन गर्ने शक्ति हुन्छ। के यो शासकहरूले मानिसहरूमा हालिदिएको विचार होइन र? (हो।) जब व्यक्ति स्वर्गको पुत्र बन्छ, यो कुरा स्वर्गले निर्धारित गरेको हुन्छ, र स्वर्गको इच्छा ऊसँग हुन्छ, त्यसकारण मानिसहरूले त्यो व्यक्तिको शासन जेजस्तो भए पनि त्यो शासनलाई बिना सर्त स्विकार्नुपर्छ। तिनीहरूले मानिसहरूमा हालिदिने विचार यही हो, जसले तँलाई स्वर्गको अस्तित्वसम्बन्धी तेरो स्वीकारोक्तिका आधारमा त्यो व्यक्तिलाई स्वर्गको पुत्रका रूपमा स्विकार्नसमेत लगाउँछ। तँलाई त्यो व्यक्तिलाई स्वर्गको पुत्रको रूपमा स्विकार्न लगाउनुको उद्देश्य के हो? यो तँलाई स्वर्ग छ, वा परमेश्‍वर, वा सृष्टिकर्ता हुनुहुन्छ भनेर स्विकार्न लगाउनको लागि होइन, बरु त्यो व्यक्ति स्वर्गको पुत्र हो, र ऊ स्वर्गको इच्छाद्वारा अस्तित्वमा ल्याइएको स्वर्गको पुत्र भएकोले, मानिसहरूले उसको शासन स्विकार्नुपर्छ भनेर मान्‍ने तुल्याउनको लागि हो—तिनीहरूले हालिदिने विचारहरू यिनै हुन्। मानवजातिको उत्पत्तिदेखि आजको दिनसम्म विकसित भएका यी सबै विचारहरूपछाडि—चाहे हामीले चिरफार गर्ने कुरा सङ्केतहरू भएका वाक्यांश र उखानहरू भए पनि, वा पूर्णतः सङ्केतहरूरहित लोकोक्ति वा आम भनाइहरू भए पनि—मानवजातिप्रतिको शैतानका बन्धन र बहकाउ, साथै भ्रष्ट मानवजातिले यी विचारहरूबारे दिएको भ्रामक परिभाषा लुकेको हुन्छ। पछिल्ला समयहरूमा मानवजातिमाथि यो भ्रामक परिभाषाको कस्तो प्रभाव रहेको छ? के यो राम्रो र सकारात्मक हो, कि नकारात्मक हो? (नकारात्मक।) यो आधारभूत रूपमा नकारात्मक हो। उदाहरणको लागि, “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्‍नु,” “अन्धकारमा आफ्नो ज्योति लुकाउनू र शक्ति जुटाउनू,” “अपमान सहनु र गह्रौँ बोझ बोक्नु,” “कहिल्यै हार नमान्नु,” र साथै “एउटा काम गर्दा अर्को काम गरेको नाटक गर्नू” भन्‍नेजस्ता भनाइहरू—यी भनाइहरूले पछिका अवधिहरूमा मानवजातिमा कस्तो प्रभाव पार्छन्? तोकेरै भन्दा, मानिसहरूले परम्परागत संस्कृतिका यी विचारहरू स्विकारेपछि, मानिसहरूको हरेक भावी पुस्ता परमेश्‍वरबाट झन्झन् टाढा जान्छन्, र परमेश्‍वरले मानिसहरूलाई सृष्टि गर्ने र मुक्ति दिने कार्यबाट, र उहाँको व्यवस्थापन योजनाको कामबाट पनि झन्झन् टाढा जान्छन्। परम्परागत संस्कृतिका यी गलत दृष्टिकोणहरू स्विकारेपछि, मानिसहरूलाई मानव नियति तिनीहरूको हातमा हुनुपर्छ, र खुसी तिनीहरूको आफ्‍नै हातले निर्माण गर्नुपर्छ, र तम्तयार रहेकाहरूको लागि मात्रै अवसरहरू साँचिएको हुन्छ भन्‍ने झन्झन् बढी अनुभव हुन्छ, र यसले गर्दा मानवजातिले झन्झन् परमेश्‍वरलाई इन्कार्ने, परमेश्‍वरको सार्वभौमिकता नकार्ने, र शैतानको सत्तामुनि जिउने गर्छ। यदि आधुनिक युगका मानिसहरूले के कुरा बोल्न मन पराउँछन् र दुई हजार वर्षपहिलेका मानिसहरूले के कुरा बोल्न मन पराउँथे भनेर तुलना गरियो भने, यी कुराहरूपछाडि रहेको सोचाइको अर्थ वास्तवमा उस्तै छ। यति मात्र हो कि आजभोलि मानिसहरूले ती कुराहरूबारे अझै निर्दिष्ट रूपमा तोकेरै र पहिलेभन्दा साफसाफ रूपमा कुरा गर्छन्। तिनीहरूले परमेश्‍वरको अस्तित्व र सार्वभौमिकता इन्कार मात्रै गर्दैनन्, बरु उल्टै झन्झन् गम्भीर हदमा परमेश्‍वरको प्रतिरोध र निन्दासमेत गर्छन्।

उदाहरणको लागि, प्राचीन समयका मानिसहरूले “राष्ट्र समस्यामा हुँदा, हरेकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी हुन्छ” भनेर भन्‍ने गरेका थिए, र यो भनाइ आजको दिनसम्म पनि प्रचलित छ। मानिसहरूले यो भनाइलाई बहुमूल्य ठान्छन्, र विशेष गरी देशभक्तहरूले यसलाई आफ्नो आदर्श वाक्यको रूपमा लिन्छन्। अहिले तिमीहरू विदेशमा आएका छौ, त्यसैले यदि कुनै अर्को व्यक्तिले चीनमा कुनै घटना घट्यो भनेर भन्छ भने, के तिमीहरूसँग यसको कुनै सम्बन्ध हुन्छ? (हुँदैन।) तिमीहरूसँग यसको कुनै सम्बन्ध हुँदैन भनेर किन भन्छौ? कतिपयले भन्छन्, “म त्यो देशलाई घृणा गर्छु। अहिले कम्युनिस्टहरू सत्तामा छन्, त्यो दुष्ट राजनीतिक पार्टी सत्तामा छ। त्यो कम्युनिस्ट पार्टी दियाबलस शैतान हो, त्यो तानाशाही शासन हो, र मसँग त्यसको कुनै सम्बन्ध छैन। त्यसले हामीलाई सताउँछ र परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्छ। म त्यसलाई घृणा गर्छु।” मानौँ, एक दिन त्यो देश नष्ट हुन लागेको छ रे—तैँले आफ्नो हृदयमा केही महसुस नगर्न सक्छस्, तर जब तैँले आफू जन्मेको प्रान्त विदेशी समूहहरूले आक्रमण गरेर कब्जा गरेका छन् भन्‍ने सुन्छस्, तब तँलाई शरणार्थी भएको र घर नभएको फिरन्ते बनेको जस्तो लाग्‍नेछ, र तँ व्याकुल हुनेछस् र झरेको पात आफ्नो मूलमा पुगेझैँ आफू आफ्नो मूलमा फर्कन नसक्‍ने बनेको अनुभव गर्नेछस्। झरेको पात आफ्नो मूलमा पुगेझैँ आफू आफ्नो मूलमा फर्कनु—यो अर्को परम्परागत विचार हो। अनि मानौँ, त्यसपछि एक दिन, तैँले अचानक तेरो घरगाउँ—तँ जन्मेहुर्केको ठाउँ—विदेशी समूहले आक्रमण गरी कब्जा गरेको छ, तँ हरेक दिन स्कूल जाने बाटो विदेशी समूहले आफ्नो पारेको छ, र तेरो घर र तेरो परिवारको जग्गा विदेशी समूहले हडपेको छ भन्‍ने सुन्छस्। जुन कुरा पहिले तेरो थियो त्यो हराइसकेको हुन्छ—तेरो मनमा गहन रूपमा बसेको त्यो सानो भूमि, तेरो सबैभन्दा नजिकको सम्बन्ध भएको त्यो जग्गा हराइसकेको छ, र तेरो सबै आफन्तहरू हराइसकेका छन्। त्यो बेला, तैँले सोच्नेछस्, “मेरो देश नै छैन भने, मसँग कसरी घर हुन सक्छ? अहिले म साँच्‍चै शरणार्थी बनेको छु, म साँच्‍चै घरविहीन भएको छु, म फिरन्ते बनेको छु। ‘राष्ट्र समस्यामा हुँदा, हरेकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी हुन्छ’ भन्‍ने भनाइ सही रहेछ!” जब त्यस्तो समय आउँछ, तब तँ परिवर्तन हुनेछस्। त्यसोभए अहिले नै तैँले यो भनाइ सही छ भनेर किन सोच्दैनस्? यसको पृष्ठभूमि र आधार छ, किनभने त्यो देशले तँलाई सताउँछ र धेरै पीडा दिन्छ, र त्यसले तँलाई स्विकार्दैन, र तँ त्यसलाई घृणा गर्छस्। तर वास्तवमा तैँले साँच्‍चै घृणा गर्ने कुरा त्यो भूमि होइन। तँ आफूलाई सताउने त्यो शैतानी शासनलाई चाहिँ तँ घृणा गर्छस्। तैँले त्यसलाई तेरो देशको रूपमा पहिचान गर्दैनस्, त्यसकारण यो बेला, जब अरूले “राष्ट्र समस्यामा हुँदा, हरेकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी हुन्छ” भनेर भन्छन्, तब तैँले भन्छस्, “योसँग मेरो कुनै सम्बन्ध छैन।” तर एक दिन जब तँ जन्मेहुर्केको भूमि तेरो रहँदैन, र तँसँग कुनै घरगाउँ हुँदैन, तब तँलाई तँ फिरन्ते र कुनै राष्ट्रियता नभएको व्यक्ति होस्, र तैँले साँच्‍चै आफ्नो देश गुमाएको छस् भन्‍ने लाग्‍नेछ। त्यो बेला तँलाई हृदयमा पीडा हुनेछ। केको लागि तँलाई हृदयमा किन पीडा भएको हो? अहिले तँलाई अझै गहन रूपमा महसुस भएको छैन होला, तर एकदिन यसले तँलाई गहन रूपमा छुनेछ। अनि, कुन परिस्थितिमा यसले तँलाई गहन रूपमा छुनेछ? यदि तेरो देश मर्छ र तँ जितिएको राष्ट्रको सदस्य बन्छस् भने, त्यो डरलाग्दो कुरा हुँदैन। त्यसोभए, केचाहिँ डरलाग्दो हुन्छ त? जब तँ जितिएको राष्ट्रको सदस्य बन्छस् र जब तँलाई हेपिन्छ, मानमर्दन गरिन्छ, भेदभावमा पारिन्छ, नीच ठानिन्छ, र जब तेरो शान्तिसाथ बस्‍ने ठाउँ हुँदैन, तब तैँले यस्तो सोच्नेछस्, “आफ्नो देश हुनु अत्यन्तै अमूल्य कुरा हो। आफ्नो देशविना मानिसहरूको कुनै वास्तविक घर हुँदैन। देश भएको आधारमै मानिसहरूसँग घर हुन्छ, त्यसकारण ‘राष्ट्र समस्यामा हुँदा, हरेकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी हुन्छ’” भन्‍ने भनाइले यो कुरालाई राम्ररी व्यक्त गरेको छ। यहाँ, “हरेकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी हुन्छ” भन्‍ने वाक्यांशमा, यो “जिम्मेवारी” केको लागि हो? यो आफ्नो घरको शान्तिको लागि हो, आफ्नो घर रक्षा गर्न सक्षम हुनको लागि हो। जब तैँले यसबारेमा सोच्छस्, जब तँलाई विदेशी समूहहरूद्वारा वा पराइ देशमा भेदभाव गरिन्छ, जब तँलाई आफ्नो भन्‍ने स्थान चाहिन्छ, र जब तँलाई आफ्नो गरिमा, इज्जत, पहिचान, र हैसियतमा आड दिने देश चाहिन्छ, तब तैँले कस्तो अनुभव गर्नेछस्? तैँले यस्तो सोच्नेछस्, “यदि पराइ देशमा भएको कुनै व्यक्ति पछाडि शक्तिशाली आड छ भने, त्यो पक्कै पनि महान्‌ मातृभूमिको आड हुनुपर्छ!” तब के तेरो मानसिक स्थिति अहिलेको भन्दा फरक हुनेछ? (हुनेछ।) अहिले तँ आक्रोशित छस्, त्यसकारण तँ आफ्नो देशमा जे भए पनि त्यसबारे तँलाई कुनै मतलब छैन भनेर भन्छस्। तर जब त्यस्तो समय आउँछ, त्यो बेला पनि तैँले अझै त्यस्ता कुराहरू भन्‍न सक्छस् भने, तँमा कस्तो कद हुनुपर्छ? यो संसारमा सबैलाई थाहा भएको हुनसक्‍ने एउटा तथ्य छ, र त्यो के हो भने, शक्तिशाली मातृभूमिको साथविना, तँलाई अवश्य नै पराइ देशहरूमा भेदभाव र हेपाइ हुनेछ। तैँले वास्तवमै त्यो अनुभव गर्ने समय आएपछि, सबभन्दा पहिले तँ के माग्छस्? कतिले भन्‍नेछन्: “म यहूदी वा जापानी भएको भए राम्रो हुनेथियो। कसैले पनि मलाई हेप्ने आँट गर्नेथिएन। म जुनसुकै देशमा गए पनि मानिसहरूले मलाई निकै आदर गर्नेथिए। म कसरी चीनमा जन्मन पुगेछु? यो देश अक्षम छ र चिनियाँ मानिसहरू जहाँ गए पनि हेपाइमा पर्छन्।” जब यस्तो घटना घट्छ, तिमीहरूले सबभन्दा पहिले के सोच्नेछौ? (हामी परमेश्‍वरमा विश्‍वास गर्छौं र परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन्छौँ।) ठीक भन्यौ। तर त्यस्तो कुरा बोल्न र यसलाई आफ्नो कदमा परिणत गर्न सक्षम हुनको लागि व्यक्तिले कति सत्यता बुझ्नुपर्छ, उसले कस्तो अनुभव पाएको हुनुपर्छ, र कति अनुभवात्मक बुझाइ पाएको हुनुपर्छ? यस्तो घटना घट्दा, तँ कमजोर नबन्‍न तँसँग कस्ता विचार, बुझाइ र व्यावहारिक अनुभव हुनुपर्छ? अनि कसैले तँमाथि थुके पनि र तँलाई विजय गरिएको राष्ट्रको सदस्य भनेर भने पनि निराश नहुनका लागि नि? व्याकुल नहुन र यी बन्धनहरूको कष्ट महसुस नगर्नको लागि तिमीहरूमा कस्तो कद हुनुपर्छ? के अहिले तिमीहरूसँग यस्तो कद छ? (छैन।) अहिले तँसँग यो कद छैन, तर के कुनै दिन तँसँग यो कद हुनेछ? तँमा केकस्ता सत्यताहरू हुनुपर्छ? तैँले केकस्ता सत्यताहरू बुझ्नुपर्छ? आजभोलि, कतिपय मानिसहरूले मूलभूमि चीनमा परमेश्‍वरमा विश्‍वास गरेको कारण तिनीहरूका परिवारका सदस्यहरूलाई पक्राउ गरिएको छ भन्‍ने सुन्‍नेबित्तिकै, तिनीहरूले हृदयमा जे बुझ्छन्—जुन सबै कुरा परमेश्‍वरको हातमा छ भन्‍ने कुरा हो—र त्यो कुरा तिनीहरूको लागि धर्मसिद्धान्त बन्छ, र तिनीहरूका परिवारका सदस्यहरूलाई पक्राउ गरिएको छ भन्‍ने तथ्यले तिनीहरू बाधित हुन्छन्, र तिनीहरूमा आफ्नो कर्तव्य पूरा गर्ने झुकाव नै आउँदैन। यदि तिनीहरूले आफन्तको मृत्यु भएको सुने भने, तिनीहरू ठाउँको ठाउँ बेहोस हुन सक्छन्। झन् त्यो भूमि नष्ट भयो र सबै मानिसहरू मरे भने, तिमीहरूलाई कस्तो लाग्‍नेथियो? परम्परागत कुराहरू, जस्तै देश, घर, गृहनगर र मातृभूमिजस्ता कुराहरू—साथै यी शब्दहरूसँग सम्बन्धित निश्चित परम्परागत विचार र संस्कृतिले, तिमीहरूको हृदयमा कति ठूलो महत्त्व राख्छ? तेरो जीवनमा, के ती अझै पनि तेरा सबै व्यवहार, र तेरा सबै विचार र बानीबेहोरामा हाबी हुन्छन्? यदि तेरो हृदय अझै पनि तँसँग जोडिएका यी सबै परम्परागत कुराहरू, जस्तै देश, जाति, राष्ट्र, परिवार, घरगाउँ, जग्‍गाजमिन, आदि इत्यादि कुराहरूले ओगटेको छ भने—अर्थात्, यी कुराहरूले अझै पनि तेरो हृदयमा परम्परागत संस्कृतिको निश्‍चित छनक राख्छन् भने—तैँले सुन्‍ने प्रवचनहरू र तैँले बुझ्ने सत्यताहरू सबै तेरो लागि धर्मसिद्धान्तहरू हुन्। यदि तैँले यति धेरै प्रवचन सुनेको छस्, तैपनि मानिसहरूले त्याग्‍नुपर्ने र आफूलाई अलग गर्नुपर्ने आधारभूत कुराहरूसमेत त्याग्‍न सक्दैनस्, र तैँले ती कुराहरूलाई सही रूपमा लिन सक्दैनस् भने, तैँले बुझ्ने ती सत्यताहरूले वास्तवमा के-कस्ता समस्याहरूचाहिँ समाधान गर्छन् त?

फूटनोटहरू:

क. चिनियाँ भाषामा “लाओ” र “जियाओ” भन्‍ने शब्दहरू बोल्ने र सुन्‍ने व्यक्तिहरू दुवैले अनुभव गर्ने परिचितता वा सहजताको भावना व्यक्त गर्न बोलाउने नामको अगाडि थप्ने गरिन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्