विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग एक) खण्ड एक
पूरक: सत्यता के हो
आज हामी पछिल्लोपटकको विषयवस्तु सङ्गति गर्न जारी राख्नेछौं। हामीले पछिल्लोपटक के विषय सङ्गति गरेका थियौँ? (“आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्नु” भन्ने कुरा सत्यता होइन।) त्यसोभए के तिमीहरूले यो सत्यता हो भनेर सोच्थ्यौ? मानिसहरूले यो सत्यता हो, वा कम्तीमा पनि यो निकै सकारात्मक र प्रेरणादायी कुरा हो, र यसले मानिसहरूलाई सक्रिय हुन र उपरगामी हुन प्रोत्साहन दिन सक्छ भन्ने अवचेतन रूपमा सोच्थे। यसलाई अर्थको यो स्तरबाट हेर्दा, मानिसहरूले यो सत्यतासँग निकै नजिक छ र सकारात्मक कुरासँग पनि निकै नजिक छ भन्ने सोच्थे। त्यसकारण, धेरै मानिसहरूले अवचेतन रूपमै “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्नु” भन्ने यो भनाइ निकै सकारात्मक अभिव्यक्ति हो, वा कम्तीमा पनि, यसमा नकारात्मक होइन, सकारात्मक अर्थहरू छन्, र यसले मानिसहरूको जीवन र आत्मआचरणमा सहयोगी भूमिका खेल्छ भन्ने विश्वास गर्थे। तर यसबारे सङ्गति गरिसकेपछि, हामीले यो त्यस्तो कुरा होइन, यसमा त ठूला समस्याहरू रहेछन् भन्ने देख्यौँ। के तिमीहरूले यो अभिव्यक्तिसँग मिल्ने वा सम्बन्धित रहेका, वा यस्तै भूमिका भएका, र मानिसहरूले अवचेतन रूपमा निकै सकारात्मक वा निकै असल ठान्ने अभिव्यक्तिहरू खोजेर तिनलाई चिरफार गरेका छौ? (छैनौं।) मलाई भन त, के यहाँ “एउटा घटनाबाट धेरै निचोड निकाल्नु” भन्ने अभिव्यक्ति उपयुक्त छ? (छ।) सत्यता खोज्ने र सत्यता अभ्यास गर्ने कार्यमा यो अभिव्यक्तिका व्यावहारिक प्रयोगहरू छन् भनेर भन्नुपर्छ। पछिल्लोपटक हामीले “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्नु” भन्ने भनाइबारे सङ्गति गरेका थियौँ। यस्तै अरू के-कस्ता अभिव्यक्तिहरू छन्? अरू कुन-कुन अभिव्यक्तिहरूको अर्थ लगभग उस्तै हुन्छ, वा तिनले उस्तै भूमिका खेल्न सक्छन्? मेरो तरिकाअनुसार तिमीहरूले “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्नु” भन्नेजस्ता अभिव्यक्तिहरू चिरफार गर्दा, त्यसबारे एकअर्कासँग सङ्गति गर्दा, र केही नयाँ बुझाइहरू प्राप्त गर्दा, तिमीहरूलाई कुनै हानि हुँदैन। जब तिमीहरूले ती कुराहरूको भ्रमात्मकता पारदर्शी रूपमा देख्न सक्छौ, तब तिमीहरूले त्यस्ता अभिव्यक्तिहरू त्याग्नेछौ, र त्यसपछि तिमीहरूले पूर्णतया परमेश्वरका वचनहरूमा आधारित भएर सत्यता अभ्यास गर्ने र सत्यता खोजी गर्ने मार्ग लिनेछौ।
अब हामी अघिल्लो दुईपटक हामीले सङ्गति गरेको विषयलाई नै जारी राखौँ। त्यो विषय के थियो? (सत्यता के हो।) ठीक भन्यौ, सत्यता के हो। त्यसोभए सत्यता वास्तवमा के हो त? (सत्यता भनेको मानिसहरूको आत्मआचरण, कार्य र परमेश्वरको आराधनाका लागि मापदण्ड हो।) यो वाक्य सिद्धान्त र परिभाषाको हिसाबमा तिमीहरूले कण्ठ गरेका छौ जस्तो देखिन्छ। त्यसकारण, हाम्रो अघिल्ला दुई सङ्गतिपछि, सत्यताबारेको तिमीहरूको परिभाषा, ज्ञान, र बुझाइको सन्दर्भमा, के अहिले पहिलेको तुलनामा तिमीहरूको हृदयको गहिराइमा कुनै भिन्नता छ? (हो, छ।) यो भिन्नता वास्तवमा के हो त? छोटो अवधिमा तँमा व्यावहारिक अनुभवको ज्ञान नहुन सक्छ, तर कम्तीमा पनि तँमा केही न केही इन्द्रिय ज्ञानचाहिँ हुन्छ। तिमीहरूका आफ्नै अनुभव, ज्ञान र बुझाइको आधारमा मलाई भन त। (मैले मामलाहरू आइपर्दा परमेश्वरका वचनहरूको सत्यताअनुसार अभ्यास गर्नुपर्छ भन्ने मलाई पहिले थाहा थियो, तर मैले यसलाई कहिल्यै अभ्यास गर्न सकिनँ। जस्तै, ममा प्रायजसो उग्रता प्रकट गर्ने प्रवृत्ति भइरहन्छ, र मलाई उग्रता प्रकट गर्नु गलत हो भनेर परमेश्वरका वचनहरूबाट थाहा भएको भए पनि, र मानिसहरूप्रतिका परमेश्वरका मापदण्डहरू मलाई थाहा भएको भए पनि, म अझै पनि त्यसै गर्छु, र मैले कहिल्यै पनि मूल कारण पत्ता लगाउन सकेको छैनँ। पछिल्लोपटक परमेश्वरको सङ्गति सुनेपछि मात्रै मलाई महसुस भयो कि, मानिसहरू शैतानी विचारहरूद्वारा नियन्त्रित हुन्छन्, त्यसैले तिनीहरूले प्रायजसो भ्रष्टता प्रकट गर्ने गर्छन्, र मभित्र पनि “आइनलागिञ्जेल जाइलागिँदैन; आइलागे छोडिँदैन” भन्ने शैतानी तर्क छ, त्यसकारण म उग्रता प्रकट गर्छु। मलाई यो भनाइ सही लाग्छ, र म आत्मरक्षाको माध्यमको रूपमा यस्तो व्यवहार गर्छु। यो शैतानी सोचाइ र दृष्टिकोणको प्रभावमा परेकोले, म सत्यता अभ्यास गर्न सक्दिनँ। तर वास्तवमा, यी शैतानी कुराहरू बाहिरी रूपमा सही देखिए पनि, वास्तवमा तिनले व्यक्त गर्ने अर्थहरू परमेश्वरका वचनहरूको मापदण्डविपरीत छन्, र ती गलत छन्। परमेश्वरका वचनहरू मात्रै सत्यता हुन्, र परमेश्वरका वचनहरूअनुसार काम गर्नु मात्रै पूर्ण रूपमा सही हुन्छ।) एकदम राम्रो। कसले अरू कुरा थप्न सक्छ? (मलाई केही कुरा थप्न मन लाग्यो। मामलाहरू आइपर्दा सत्यता खोजेर अभ्यास गर्नुपर्छ भन्ने मलाई पनि पहिले थाहा थियो, तर अभ्यास कसरी गर्ने भन्नेबारे मलाई अलिक अन्योल थियो। परमेश्वरको सङ्गति सुनेपछि, मलाई अब सत्यता अत्यन्तै यथार्थपरक छ र जीवनको हरेक पक्षसँग सम्बन्धित छ भन्ने लागेको छ। परमेश्वरले उल्लेख गर्नुभएका केही उदाहरणहरू नै लिऊँ। चिनियाँ मानिसहरूले पनि पश्चिमी देशहरूमा पुगेपछि कफी पिउन सिक्छन्। यो व्यक्तिले गर्ने व्यवहारको समस्या होइन, तर मानिसहरूको सोचाइ र दृष्टिकोणको समस्या हो, र यो सत्यतासँग सम्बन्धित छ। यसको साथै, मानिसहरूले सही ठानेका केही आम भनाइ र टुक्काहरूबारे परमेश्वरले गर्नुभएको चिरफारपछि, मैले सही देखिने आफ्नै व्यवहार र अभ्यासहरू, र यी व्यवहारहरूपछाडि रहेका अभिप्राय, विचार, र दृष्टिकोणहरू, र यी कुराहरूमा भर पर्दा म के कुरामा जिइरहेको छु भन्नेबारे चिन्तन गर्नुपर्छ भन्ने कुरा सोचेँ। मलाई अब ममाथि मामलाहरू आइपर्दा कसरी सत्यता खोज्ने र अभ्यास गर्ने भन्नेबारे अझै निश्चित महसुस हुन्छ, र अब यो त्यति अमूर्त छैन।) यस्तो देखिन्छ, यी दुई सङ्गतिहरूमार्फत, धेरैजसो मानिसहरूले सत्यता के हो भन्नेबारे र सत्यतासँग सम्बन्धित केही विषयहरूबारे आधारभूत बुझाइ प्राप्त गरेका छन् र तिनीहरूले आफ्नो आनीबानी र व्यवहार सत्यतासँग सम्बन्धित छन् छैनन्, साथै परमेश्वरमाथिको विश्वासमा तिनीहरूले पालना गर्ने र सुन्ने कुराहरूमध्ये कुन-कुन कुराहरू सत्यता हुन् र कुन-कुन कुराहरू सत्यता होइनन्, र तिनीहरूले सही ठानेका कुराहरू वास्तवमा सत्यता हुन् होइनन्, र सत्यतासँग यस्ता कुराहरूको सम्बन्ध के हो भन्नेबारे तिनीहरूले आफ्नो हृदयको अन्तस्करणबाट चिन्तन गर्न थालेका छन्। अनि यसरी चिन्तन गरिसकेपछि, मानिसहरूले ठ्याक्कै रूपमा सत्यता के हो, साथै कुन-कुन कुराहरू सत्यता हुन्, र कुन-कुन कुराहरू सत्यता होइनन् भनेर निर्धारित गर्न सक्छन्। धेरै वर्षदेखि प्रवचन सुनेपछि र धेरै वर्षदेखि परमेश्वरका वचनहरू खाँदै-पिउँदै बसेपछि, धेरैजसो मानिसहरूले केही न केही कुराहरू प्राप्त गरेका हुन्छन् र तिनीहरूले स्पष्ट रूपमा एउटा तथ्य देख्न सक्छन्, र त्यो तथ्य के हो भने: परमेश्वरका वचनहरू वास्तवमै सत्यता हुन्, परमेश्वरका मागहरू सत्यता हुन्, र परमेश्वरबाट आउने सबै कुरा सत्यता हुन्। परमेश्वरमा साँचो विश्वास गर्ने मानिसहरूले यो तथ्यलाई पहिले नै हृदयदेखि मानेका र स्विकारेका छन्, तर वास्तविक जीवनमा तिनीहरूले प्रायजसो अचेतन रूपमा सत्यतासँग कुनै सम्बन्ध नभएका वा सत्यताविपरीत रहेका कुराहरू बोल्न सक्छन्। कतिपयले त मानिसहरूले सही र असल ठान्ने कुराहरूलाई नै सत्यताका रूपमा लिने समेत गर्छन्, र तिनीहरूले बिशेषगरी शैतानबाट आउने मिथ्या भ्रम र दुष्ट शब्दहरूलाई खुट्ट्याएका हुँदैनन्, जसलाई तिनीहरूले हृदयमा लामो समयदेखि स्विकारेका मात्र नभई सकारात्मक कुराहरूका रूपमा व्यवहार गरेका समेत हुन्छन्। उदाहरणको लागि, “खुनको बदला खुन, ज्यानको बदला ज्यान,” “जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै,” “बुद्धिमान मानिसहरू आत्मरक्षामा सिपालु हुन्छन्, तिनीहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्छन्,” र “आइनलागिञ्जेल जाइलागिँदैन” भन्नेजस्ता धेरै शैतानी दर्शनहरूलाई मानिसहरूले सत्यता र जीवनका आदर्श वाक्य मान्छन्, र तिनीहरू आफूले यी शैतानी दर्शनहरू पालना गरेकोमा आफूप्रति विशेष रूपमा खुसीसमेत महसुस गर्छन्, र परमेश्वरका वचनहरू पढेपछि मात्रै तिनीहरूले शैतानका यी कुराहरू वास्तवमा सत्यता होइनन्, बरु मानिसहरूलाई बहकाउने मिथ्या विधर्म र भ्रमहरू हुन् भन्ने महसुस गर्छन्। अनि, यी कुराहरू कहाँबाट आएका हुन्छन्? कतिपय कुराहरू विद्यालयको शिक्षाबाट र पाठ्यपुस्तकहरूबाट आएका हुन्छन्, कतिपय कुराहरू पारिवारिक शिक्षाबाट आएका हुन्छन्, र कतिपय कुराहरू सामाजिक अभ्यस्तीकरणबाट आएका हुन्छन्। छोटकरीमा भन्दा, ती सबै परम्परागत संस्कृतिबाट आएका र शैतानको शिक्षाबाट उत्पन्न भएका हुन्छन्। के सत्यतासँग यी कुराहरूको कुनै सम्बन्ध हुन्छ? सत्यतासँग यी कुराको कुनै सम्बन्ध हुँदैन। तर मानिसहरूले यी कुराहरूलाई वास्तविक रूपमा चिन्न सक्दैनन्, र अझै पनि यिनैलाई सत्यताको रूपमा लिन्छन्। के यो समस्या साह्रै गम्भीर भइसकेको छैन र? अनि, शैतानका यी कुराहरूलाई सत्यताको रूपमा लिनुका परिणामहरू के-के हुन्? के मानिसहरूले यी कुराहरूमा लागेर आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्छन्? के मानिसहरू यी कुराहरूमा लागेर सामान्य मानवतामा जिउन सक्छन्? के मानिसहरू यी कुराहरूमा लागेर विवेक र समझअनुसार जिउन सक्छन्? के तिनीहरू यी कुराहरूमा लागेर विवेक र समझको मापदण्डमा उठ्न सक्छन्? के यी कुराहरूमा लागेर मानिसहरूले परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छन्? तिनीहरूले यीमध्ये कुनै पनि कुरा हासिल गर्न सक्दैनन्। तिनीहरूले यीमध्ये कुनै पनि कुरा हासिल गर्न नसक्ने हुनाले, के मानिसहरूले पालना गर्ने यी कुराहरू सत्यता हुन् त? के यी कुराले व्यक्तिको जीवनको रूपमा काम गर्न सक्छन् त? मानिसहरूले आफूले सही र असल ठानेका दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू, बाँच्ने रणनीतिहरू, अस्तित्वजीवी नियमहरू, र परम्परागत संस्कृतिजस्ता नकारात्मक कुराहरूलाई समेत सत्यताको रूपमा लिएर पालना गरेपछि, त्यसका के परिणामहरू आउनेछन्? मानवजाति हजारौँ वर्षदेखि यी कुराहरूमा लागिरहेको छ। के तिनीहरू फिटिक्कै परिवर्तन भएका छन् र? के मानवजातिको वर्तमान स्थिति परिवर्तन भएको छ र? के भ्रष्ट मानवजाति परमेश्वरप्रति झन्झन् दुष्ट र झन्झन् प्रतिरोधी हुँदै गइरहेको छैन र? परमेश्वरले आफ्नो काम गर्नुहुँदा, हरेकपटक नै धेरै सत्यता व्यक्त गर्नुहुन्छ, र मानिसहरूले यी सत्यताहरूमा अख्तियार र शक्ति छ भन्ने कुरा देख्न सक्छन्, र पनि मानिसहरूले कसरी अझै परमेश्वरलाई इन्कार र विरोध गर्न सक्छन्? तिनीहरू किन अझै पनि परमेश्वरलाई स्विकार्न र उहाँमा समर्पित हुन सक्दैनन्? यो कुरा मानवजाति शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएको छ, भ्रष्ट मानवजाति शैतानी स्वभावले भरिएको छ, सत्यताप्रति वितृष्ण छ, यसलाई घृणा गर्छ, र यसलाई पटक्कै स्विकार्दैन भनेर देखाउनलाई पर्याप्त छ। यो समस्याको जड भनेको मानिसहरूले धेरै शैतानी दर्शन र धेरै शैतानी ज्ञान ग्रहण गरेको हुनु हो। मानिसहरू आफ्नो हृदयको गहिराइमा हरकिसिमका शैतानी विचार र दृष्टिकोणहरूले भरिएका हुन्छन्, त्यसकारण तिनीहरूले सत्यताप्रति वितृष्ण हुने र सत्यतालाई घृणा गर्ने स्वभाव विकास गरेका हुन्छन्। परमेश्वरमा विश्वास गर्ने धेरै मानिसहरूले परमेश्वरका वचनहरूमा अख्तियार र शक्ति छ भनेर स्वीकार गरे पनि, तिनीहरूले सत्यता स्वीकार गर्दैनन् भन्ने कुरा हामीले परमेश्वरमा विश्वास गर्ने धेरै जना मानिसहरूबाट देख्न सक्छौँ। अर्थात्, जब मानिसहरूले परमेश्वरका वचनहरू खान्छन्-पिउँछन्, तब तिनीहरूले “परमेश्वरका वचनहरू सत्यता हुन्, सत्यताभन्दा माथि केही पनि छैन, सत्यता हाम्रो हृदयमा छ, र सत्यता पछ्याउने कार्यलाई हामी जीवनअस्तित्वको उद्देश्यको रूपमा लिन्छौँ” भनेर मुखले स्विकारे पनि, वास्तविक जीवनमा तिनीहरू अझै पनि प्रख्यात शैतानी भनाइहरू र शैतानी दर्शनहरूअनुसार जिउँछन्, र परमेश्वरका वचनहरू र सत्यतालाई पन्छाउँछन्, र मानव धर्मशास्त्रीय ज्ञान र आत्मिक धर्मसिद्धान्तजस्ता कुराहरूलाई सत्यताजस्तै मानेर अभ्यास गर्छन्। के परमेश्वरमा विश्वास गर्ने धेरैजसो मानिसहरूको वास्तविक स्थिति यही होइन र? (हो।) यदि तिमीहरू यसरी नै लागिरहन्छौ र शैतानी परम्परागत संस्कृतिको जरा गाडेका यी कुराहरूलाई परमेश्वरका वचनहरूअनुसार चिरफार गर्दैनौ र बुझ्दैनौ भने, र यदि तिमीहरूले यी कुरालाई जरैबाट चिन्न सक्दैनौ, वा यीबारेमा राम्ररी बुझ्न सक्दैनौ, वा यिनलाई त्याग्न सक्दैनौ भने, यसको परिणाम के हुनेछ? एउटा परिणाम पक्का छ, र त्यो के हो भने, मानिसहरूले परमेश्वरमा विश्वास गरेको कैयौँ वर्ष भएको हुन्छ, तैपनि तिनीहरूले सत्यता के हो वा कुन मार्ग लिने भनेर जान्दैनन्, र अन्त्यमा तिनीहरू सबैको जिब्रोमा आत्मिक सिद्धान्त र धर्मशास्त्रीय सिद्धान्तहरू झुण्डिन्छन्, र तिनीहरूले भन्ने सबै कुरा राम्रा र सत्यताअनुरूपका सिद्धान्तहरू हुन् जस्ता सुनिन्छन्। तर अभ्यास गर्ने र जिउने कार्यको हिसाबमा, वास्तवमा यी मानिसहरू ढोँगी फरिसीहरूका नमुना हुन्। अनि, यसका परिणामहरू के-के हुन्? निस्सन्देह नै, तिनीहरूलाई परमेश्वरले दोषी ठहराउनुहुन्छ र श्राप दिनुहुन्छ। परमेश्वरमा विश्वास गर्ने तर सत्यता नस्विकार्नेहरू फरिसीहरू हुन् र तिनीहरूले परमेश्वरको अनुमोदन कहिल्यै पाउन सक्दैनन्।
उदाहरणको लागि, छोराछोरीको शिक्षासम्बन्धी विषयमा कुरा गर्नुपर्दा, कतिपय बुबाहरूले आफ्ना छोराछोरी अटेरी भएको र तिनीहरूले उचित कर्तव्य ननिभाएको देख्दा यसो भन्छन्: “प्राचीन मानिसहरूले ‘शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो’” भनेर भनेको ठीकै रहेछ। त्यस्ता बुबाहरूले यो कुरालाई परमेश्वरका वचनहरूअनुसार लिँदैनन्। तिनीहरूको हृदयमा परमेश्वरका वचनहरू होइन, मानिसहरूका वचनहरू मात्रै हुन्छन्। त्यसोभए के तिनीहरूमा सत्यता वास्तविकता हुन्छ त? अहँ, हुँदैन। तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि र केही सत्यताहरू बुझे पनि, र पैतृक जिम्मेवारी पूरा गर्न छोराछोरीलाई शिक्षा दिन सत्यता प्रयोग गर्नैपर्छ भनी जान्नुपर्ने भए पनि, तिनीहरूले यसरी अभ्यास गर्दैनन्। जब तिनीहरूले छोराछोरी गलत मार्गमा हिँडिरहेको देख्छन्, तब तिनीहरूले लामो सास फेरेर भन्छन्, “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो।” यो कस्तो अभिव्यक्ति हो? यो कसको प्रसिद्ध भनाइ हो? (शैतानको प्रसिद्ध भनाइ हो।) के परमेश्वरले कहिल्यै यस्तो अभिव्यक्ति दिनुभएको छ? (छैन।) त्यसोभए यो अभिव्यक्ति कहाँबाट आएको हो? (शैतानबाट।) यो शैतानबाट आउँछ, यो संसारबाट आएको हो। मानिसहरूले सत्यतालाई यति धेरै “पछ्याउँछन्,” र सत्यतालाई यति धेरै “प्रेम गर्छन्,” र सत्यतालाई यति धेरै “उचाल्छन्,” र पनि किन तिनीहरूले यस्ता कुराहरू आइपर्दा यस्ता शैतानी अभिव्यक्तिहरू बोल्छन्? तिनीहरूलाई त यो कुरा बोल्नु उचित र इज्जतको कुरा हो भन्नेसमेत लाग्छ। तिनीहरू भन्छन्, “हेर त, मसँग सत्यता र परमेश्वरप्रति कति धेरै डर र सम्मान छ। ‘शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो’ भनेर मलाई स्वतः भन्न आउँछ—यो कति ठूलो सत्यता हो! यदि मैले परमेश्वरमा विश्वास नगरेको भए, के मैले यस्तो अभिव्यक्ति बोल्न सक्थेँ र?” के त्यो यसलाई सत्यताको रूपमा प्रस्तुत गर्नु होइन र? (हो।) के यो अभिव्यक्ति सत्यता हो त? (होइन।) “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो” भन्ने यो अभिव्यक्ति कस्तो अभिव्यक्ति हो? यो कुन हिसाबले गलत छ? यो अभिव्यक्तिको अर्थ के हो भने, यदि छोराछोरी अटेरी वा अपरिपक्व छन् भने, यो बुबाको जिम्मेवारी हो, अर्थात् बुबाले तिनीहरूलाई राम्ररी शिक्षा दिएको छैन। तर के साँचो कुरा यही हो त? (होइन।) कतिपय आमाबुबाले उचित तरिकाले आफूलाई आचरणमा ढाल्छन्, तैपनि तिनीहरूका छोराहरू गुण्डा र छोरीहरू वेश्या हुन्छन्। बुबाको भूमिकामा रहेको व्यक्तिलाई साह्रै रिस उठ्छ र भन्छ: “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो। मैले यिनीहरूलाई पुलपुल्याएर बिगारेँ!” यसो भन्नु सही हो, कि होइन? (होइन, यो गलत हो।) यो कुन हिसाबले गलत छ? यदि तैँले यो अभिव्यक्तिमा के गलत छ भनेर बुझ्न सक्छस् भने, यसले तैँले सत्यता बुझेको छस् र यो अभिव्यक्तिमा निहित समस्याबारे के गलत छ भनेर बुझेको छस् भन्ने प्रमाणित गर्छ। यदि तैँले यो मामलाको सत्यता बुझ्दैनस् भने, तैँले यो मामला स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनस्। अहिले तिमीहरूले सत्यताको व्याख्या र परिभाषा सुनेका हुनाले, तिमीहरूले “यो अभिव्यक्ति गलत छ। यो सांसारिक अभिव्यक्ति हो। परमेश्वरमा विश्वास गर्ने हामी त्यस्तो कुरा बोल्दैनौँ।” भनी महसुस गर्न र सोच्न सक्छौ। तैँले त यस मामिलाबारे बोल्ने आफ्नो तरिका बदलेको मात्र छस्। यसको अर्थ तैँले सत्यता बुझेको छस् भन्ने हुँदैन—वास्तवमा, “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो” भन्ने अभिव्यक्तिमा के गलत छ भन्ने तँलाई थाहै छैन। यस्तो मामला सामना गर्दा, तैँले के भन्नुपर्छ, जुन सत्यताअनुरूप हुन सक्छ? तैँले सत्यता सिद्धान्तहरूअनुसार कसरी व्यवहार गर्नुपर्छ? सुरुमा यस्ता कुराहरूलाई कसरी सही रूपमा बुझ्ने र व्याख्या गर्ने भन्नेबारेमा कुरा गरौं। यसको बारेमा परमेश्वरले के भन्नुहुन्छ? के परमेश्वरका वचनहरूमा त्यस्ता विषयमा किटेरै केही भनिएको छ? परमेश्वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, ताकि मानिसहरूले ती सत्यता स्विकार्न र तिनलाई आफ्नो जीवन बनाउन सकून्। त्यसकारण जब मानिसहरूले आफ्ना छोराछोरीलाई शिक्षा दिन्छन्, तब के तिनीहरूले तिनीहरूलाई सिकाउन परमेश्वरका वचनहरू प्रयोग गर्नुपर्दैन र? परमेश्वरका वचनहरू सारा मानवजातिको निम्ति बोलिन्छ। तिमीहरू वयस्क भए नि बालक भए नि, पुरुष भए नि वा महिला भए नि, वृद्ध भए नि वा जवान भए नि, सबैले परमेश्वरका वचनहरू स्वीकार गर्नुपर्छ। परमेश्वरका वचनहरू मात्रै सत्यता हुन् र ती मानिसहरूको जीवन बन्न सक्छन्। परमेश्वरका वचनहरूले मात्रै मानिसहरूलाई जीवनको सही मार्गमा डोर्याउन सक्छन्। परमेश्वरमा विश्वास गर्ने मानिसहरूले यो मामला राम्ररी बुझ्न सक्नुपर्छ। “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो” भन्ने अभिव्यक्तिलाई तिमीहरू कसरी व्याख्या गर्छौ? (व्यक्तिले लिने मार्ग उसको प्रकृति सारद्वारा निर्धारित हुन्छ। साथै, उसले यो जीवनमा भोग्ने दण्ड वा उसले प्राप्त गर्ने आशिष्हरू उसको अघिल्लो जीवनसँग सम्बन्धित हुन्छन्। त्यसकारण, “यदि छोराछोरीले सही मार्ग पछ्याउँदैनन् भने, त्यो तिनीहरूका आमाबुबाले तिनीहरूलाई राम्ररी शिक्षा नदिएकाले हो” भन्ने अभिव्यक्ति छानबिन गर्दा सही साबित हुँदैन, र यसले परमेश्वरले मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुभएको हुन्छ भन्ने तथ्यलाई पूरै इन्कार गर्छ।) तैँले भनेको कुराअनुसार, के छोराछोरीले सही मार्ग नलिनुसँग परमेश्वरको सार्वभौमिकताको कुनै सम्बन्ध छ त? परमेश्वरले मानिसहरूलाई आफ्नै छनौटहरू गर्न र सही मार्ग चुन्न दिनुहुन्छ। तैपनि, मानिसहरूमा शैतानी प्रकृति हुन्छ, र सबैले आफ्नै छनौटहरू गर्छन्, र सबैले आफ्नै मनपर्ने मार्ग रोज्छन्, र परमेश्वरको सार्वभौमिकतामा समर्पित हुन इच्छुक हुँदैनन्। यदि तैँले भनेको कुरा सत्यतासँग मिल्छ भने, तैँले यसलाई स्पष्ट रूपमा व्याख्या गर्नुपर्छ ताकि मानिसहरू यसमा विश्वस्त हुन सकून्।
यसपछि हामी “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो” भन्ने वाक्यांशबारे सङ्गति गर्नेछौँ। पहिलो कुरा स्पष्ट पार्नुपर्छ, “छोराछोरीले सही मार्ग पछ्याउन नसक्नु भनेको आमाबुबासँग सम्बन्ध भएको कुरा हो” भनेर भन्नु गलत हो। व्यक्ति जोसुकै भए पनि, यदि ऊ निश्चित प्रकारको व्यक्ति हो भने, ऊ त्यही निश्चित मार्गमा हिँड्छ। के यो निश्चित कुरा होइन र? (हो।) व्यक्तिले लिने मार्गले नै ऊ वास्तवमा को हो भन्ने कुरा निर्धारित गर्छ। उसले हिँड्ने मार्ग र ऊ कस्तो व्यक्ति बन्छ भन्ने कुरा उसको आफ्नै हातको कुरा हो। यी कुराहरू पूर्वनिर्धारित, अन्तर्निहित, अनि व्यक्तिको प्रकृतिसँग सम्बन्धित हुन्छन्। त्यसोभए आमाबुबाको शिक्षाको उपादेयता के हो त? के यसले व्यक्तिको प्रकृति नियन्त्रण गर्न सक्छ त? (सक्दैन।) आमाबुबाको शिक्षाले मानव प्रकृति नियन्त्रण गर्न र व्यक्तिले कुन मार्ग लिन्छ भन्ने समस्या सुल्झाउन सक्दैन। आमाबुबाले प्रदान गर्न सक्ने एउटै शिक्षा के हो? छोराछोरीको दैनिक जीवनका केही सरल व्यवहारहरू, केही सतही विचारहरू र आत्मआचरणका नियमहरू—यी आमाबुबासँग सम्बन्ध भएका कुराहरू हुन्। आमाबुबाले छोराछोरी वयस्कतामा पुग्नुपहिले, आफ्नो उचित जिम्मेवारी पूरा गर्नुपर्छ, र त्यो भनेको छोराछोरीलाई सही मार्ग हिँड्न, मेहनतसाथ अध्ययन गर्न, र हुर्किएपछि अरूभन्दा माथि उठ्न सक्षम हुन प्रयास गर्न, खराब काम नगर्न वा खराब मानिसहरू नबन्न सिकाउनु हो। आमाबुबाले छोराछोरीको व्यवहारलाई नियमन पनि गर्नुपर्छ, तिनीहरूलाई शिष्ट व्यवहार गर्न र अग्रजहरूलाई देख्दा अभिवादन गर्न सिकाउनुपर्छ, र व्यवहारसम्बन्धी अन्य कुराहरू सिकाउनुपर्छ—आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। छोराछोरीको जीवनको हेरचाह गर्ने र आत्मआचरणका केही आधारभूत नियमहरूबारे तिनीहरूलाई शिक्षा दिने—आमाबुबाको प्रभाव यही हो। छोराछोरीको व्यक्तित्वको हकमा भन्दा, आमाबुबाले यो कुरा सिकाउन सक्दैनन्। कतिपय आमाबुबा सहज हुन्छन् र सबै कुरा बिस्तारै गर्छन्, तर तिनीहरूका छोराछोरी अत्यन्तै हतारे हुन्छन् र केही पल पनि त्यतिकै बस्न सक्दैनन्। तिनीहरू १४-१५ वर्षको हुँदा आफै कमाई खान जान्छन्, सबै कुरामा तिनीहरूले आफ्नै निर्णय गर्छन्, तिनीहरूलाई आमाबुबाको आवश्यकता पर्दैन, र तिनीहरू अत्यन्तै आत्मनिर्भर हुन्छन्। के तिनीहरूलाई आमाबुबाले यो कुरा सिकाएका हुन्छन् त? हुँदैनन्। त्यसकारण, व्यक्तिको व्यक्तित्व, स्वभाव, र उसको सारसमेत, साथै उसले भविष्यमा रोज्ने मार्गसँग उसका आमाबुबाको कुनै पनि सम्बन्ध हुँदैन। कतिपयले यसो भन्दै यो कुराको खण्डन गर्छन्, “अनि तिनीहरूसँग यसको कुनै पनि सम्बन्ध कसरी नहुन सक्छ त? कतिपय मानिसहरू विद्वान परिवार वा कुनै निश्चित पेसामा पुस्तौंपुस्तादेखि विशेषज्ञता भएको परिवारबाट आएका हुन्छन्। उदाहरणको लागि, एउटा पुस्ताले चित्रकला अध्ययन गर्छ, अर्को पुस्ताले पनि चित्रकला नै अध्ययन गर्छ, र फेरि अर्को पुस्ताले पनि त्यसै गर्छ। यसले ‘शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो’ भन्ने वाक्यांशको सत्यता पुष्टि गर्छ।” के यसो भन्नु सही हो, कि गलत हो? (गलत हो।) यो समस्या चित्रण गर्न यो उदाहरण प्रयोग गर्नु गलत र त्रुटिपूर्ण छ, किनभने यी दुई फरकफरक कुराहरू हुन्। पुस्तौँपुस्तादेखि विशेषज्ञता भएको परिवारको प्रभाव विशेषज्ञताको एउटा पक्षसम्म मात्र सीमित हुन्छ, र यस्तो पारिवारिक वातावरणको परिणामस्वरूप सबैले उही कुरा सिक्न सक्छन्। झट्ट हेर्दा, सन्तानले पनि उही कुरा छनौट गरेजस्तो देखिन्छ, तर मूलजड हेर्दा, यो सब परमेश्वरको पूर्वनियुक्ति हो। यो व्यक्तिको पुनर्जन्म कसरी यो परिवारमा भयो? के त्यसमा पनि परमेश्वरको सार्वभौमिकता हुँदैन र? छोराछोरीलाई वयस्कतामा पुर्याउने जिम्मेवारी मात्रै आमाबुबाको हुन्छ। बाहिरी व्यवहार र जीवनशैलीका बानीबेहोराको हिसाबमा मात्रै छोराछोरीलाई आमाबुबाले प्रभाव पार्छन्। तर तिनीहरू ठूला भइसकेपछि, तिनीहरूले जीवनमा पछ्याउने लक्ष्यहरू र तिनीहरूको जीवनको नियतिसँग तिनीहरूका आमाबुबाको कुनै सम्बन्ध हुँदैन। कतिपय आमाबुबा आफ्नो हैसियतअनुसार जिउने साधारण किसान मात्रै हुन्छन्, तर तिनीहरूका छोराछोरी अधिकारीहरू बन्न र महान् कामहरू गर्न सक्षम हुन्छन्। अनि त्यसपछि यस्ता पनि छोराछोरी हुन्छन्, जसका आमाबुबा वकिल र डाक्टर हुन्छन्, र दुवैजना सक्षम हुन्छन्, तैपनि ती छोराछोरीहरूचाहिँ जहाँ गए पनि काम पाउन नसक्ने निकम्माहरू हुन्छन्। के आमाबुबाले तिनीहरूलाई यही कुरा सिकाएका हुन्छन् र? जब बुबा वकिल हुन्छ, तब के उसले छोराछोरीलाई शिक्षा दिने र प्रभाव पार्ने कुरामा कसर छोड्ने सम्भावना हुन्छ त? अवश्य नै हुँदैन। कुनै पनि बुबाले यसो भन्न सक्दैन, “मैले जीवनमा यति धेरै समृद्धि पाएको छु, मलाई आशा छ भविष्यमा मेरा छोराछोरीले मैलेजत्तिको समृद्धि नपाऊन्, त्यो साह्रै थकाइलाग्दो कुरा हो। भविष्यमा तिनीहरू गोठाला मात्र बन्नु नै पर्याप्त हुन्छ।” उसले अवश्य नै उसका छोराछोरीलाई ऊबाट सिक्ने र भविष्यमा ऊजस्तै हुने शिक्षा दिनुपर्छ। अनि, उसले छोराछोरीलाई शिक्षा दिइसकेपछि के हुन्छ? ती छोराछोरी जेजस्तो बन्नुपर्ने हो त्यस्तै बन्नेछन्, र तिनीहरूको गन्तव्य जेजस्तो हुनुपर्ने हो त्यही हुनेछ, र कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन। तैँले यहाँ कुन तथ्य देख्छस्? सन्तानले लिने मार्गसँग उसका आमाबुबाको कुनै सम्बन्ध हुँदैन। कतिपय आमाबुबाले परमेश्वरमा विश्वास गर्छन् र छोराछोरीलाई परमेश्वरमा विश्वास गर्ने शिक्षा दिन्छन्, तर तिनीहरूले जे भने पनि, ती छोराछोरीले विश्वास गर्दैनन्, र यसबारेमा आमाबुबाले केही गर्न सक्दैनन्। कतिपय आमाबुबाले परमेश्वरमा विश्वास गर्दैनन्, तर छोराछोरीले परमेश्वरमा विश्वास गर्छन्। ती छोराछोरीले परमेश्वरमा विश्वास गर्न थालेपछि, उहाँलाई पछ्याउँछन्, उहाँप्रति आफूलाई समर्पित गर्छन्, र सत्यतालाई स्विकार्न, र परमेश्वरको अनुमोदन पाउन सक्षम बन्छन्, र यसरी तिनीहरूको नियति परिवर्तन हुन्छ। के यो आमाबुबाको शिक्षाको परिणाम हो त? होइन, यो त परमेश्वरको पूर्वनिर्धारण र छनौटसँग सम्बन्धित कुरा हो। यहाँ, यो “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो” भन्ने अभिव्यक्तिमा समस्या छ। आमाबुबाले छोराछोरीलाई शिक्षा दिने जिम्मेवारी पाएका भए पनि, सन्तानको नियति आमाबुबाले निर्धारित गर्दैनन्, यो कुरा सन्तानको प्रकृतिले निर्धारित गर्छ। के शिक्षाले सन्तानको प्रकृतिसम्बन्धी समस्या समाधान गर्न सक्छ त? पटक्कै सक्दैन। व्यक्तिले जीवनमा लिने मार्ग उसका आमाबुबाले निर्धारित गर्दैनन्, यो त परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। भनाइ नै छ नि, “मानिसको भाग्य स्वर्गले निर्धारित गर्छ,” र यो भनाइलाई मानव अनुभवले सारांशित गरेको छ। व्यक्ति वयस्कतामा पुग्नुपहिले, उसले कुन मार्ग लिनेछ भन्ने कुरा भन्नै सकिँदैन। तिनीहरू वयस्क बनेपछि, र तिनीहरूसँग विचारहरू भएर समस्याहरूबारे मनन गर्न सक्ने भएपछि, तिनीहरूले बाहिर वृहत्तर समुदायमा के गर्ने भन्ने छनौट गर्नेछन्। कतिपय मानिसहरूले वरिष्ठ अधिकारी बन्न चाहन्छु भन्छन्, र अरूले वकिल बन्न चाहन्छु, र अझै अरूले लेखक बन्न चाहन्छु भनेर भन्छन्। हरेकको आ-आफ्नै छनौट र आ-आफ्नै विचार हुन्छ। कसैले पनि “म मेरा आमाबुबाले मलाई शिक्षा दिऊन् भनेर पर्खनेछु, र मेरा आमाबुबाले मलाई जे बन्न शिक्षा दिनुहुन्छ म त्यही बन्नेछु,” भनेर भन्दैन। यति साह्रो मूर्ख त कोही पनि हुँदैन। वयस्कतामा पुगेपछि, मानिसहरूका विचारहरू मडारिँदै क्रमशः परिपक्व हुन थाल्छन्, र त्यसैले तिनीहरूको अगाडि रहेका मार्ग र उद्देश्यहरू झन्झन् स्पष्ट हुँदै जान्छन्। यति नै बेला, तिनीहरू कस्ता व्यक्ति हुन्, र तिनीहरू कुन समूहका सदस्य हुन् भन्ने कुरा पनि बिस्तारै स्पष्ट हुँदै जान्छ। यस बिन्दुदेखि, हरेक व्यक्तिको व्यक्तित्व क्रमशः स्पष्ट रूपमा परिभाषित हुँदै जान्छ, र सँगसँगै, तिनीहरूको स्वभाव, साथै तिनीहरूले पछ्याइरहेका मार्ग, तिनीहरूको जीवन दिशा, र तिनीहरू कुन समूहमा पर्छन् त्यो कुरा पनि स्पष्ट हुँदै जान्छ। यो सबै केमा आधारित हुन्छ? अन्ततः परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा नै यही हो—यससँग व्यक्तिका आमाबुबाको कुनै सम्बन्ध हुँदैन। के अब तिमीहरू यसलाई स्पष्ट रूपमा बुझ्छौ? त्यसोभए, आमाबुबासँग के-कस्ता कुराहरूको चाहिँ सम्बन्ध हुन्छ त? व्यक्तिको रूप, उचाइ, वंशाणु, र कतिपय पारिवारिक रोगहरू व्यक्तिका आमाबुबासँग थोरै हदसम्म सम्बन्धित हुन्छन्। मैले किन थोरै हदसम्म भनेँ? किनभने १००% यस्तो हुन्छ भन्ने हुँदैन। कतिपय परिवारहरूमा, हरेक पुस्ता रोगले प्रभावित हुन्छ, तर एउटा सन्तान निरोगी जन्मिन्छ। त्यो कसरी हुन सक्छ? कतिले “यो सन्तानको व्यक्तित्व असल भएकोले हो” भनेर भन्छन्। यो मानिसहरूको राय हो, तर यो कुरा कहाँबाट आएको हुन्छ? (परमेश्वरको पूर्वनिर्धारणबाट।) कुरो ठ्याक्कै त्यही हो। त्यसोभए “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो” भन्ने अभिव्यक्ति सही हो कि गलत हो? (गलत हो।) अहिले तिमीहरू यसबारे स्पष्ट भयौ, होइन र? कसरी खुट्ट्याउने, त्यो आउँदैन भने, काम छैन। सत्यताविना, तिमीहरूले कुनै कुरा पनि स्पष्ट देख्न सक्दैनौ।
दैनिक जीवनमा, हरेक व्यक्तिको मनमा शैतानका यी धेरै मिथ्याभाषी विचारहरू हुन्छन्। यी कुराहरू भित्री रूपमा सङ्कलित र भण्डारण भई बसेका हुन्छन्, र कुनै पनि घटना घट्दा प्रकट भइदिन्छन्। कतिपय मानिसहरू भन्छन्: “असल पुरुष महिलासँग लड्दैन। हेर म कति आदर्शवान् छु। म पुरुषार्थी, बहादुर पुरुष हुँ, तर तिमी त मुर्झाएकी फूल हौ, त्यसकारण म तिमीसँग लडाइँ गर्नेछैनँ।” तिनीहरूले यो अभिव्यक्तिलाई केको रूपमा लिन्छन्? (सत्यताको रूपमा।) तिनीहरूले यसलाई सत्यता र सत्यता अभ्यास गर्ने सिद्धान्तको रूपमा लिन्छन्। कतिपय मानिसहरूले साँच्चै सुन्दर स्वरूप भएका र इज्जतदार सज्जनजस्ता देखिने, तर धूर्त हुने र सधैँ आफ्नो वास्तविक रूप लुकाउने, र अरूसँग अन्तरक्रिया गर्दा निकै छली र कपटी हुने, अनि धेरै मानिसहरूले उसको वास्तविकता पत्ता लगाउन नसक्ने कुनै व्यक्तिलाई देख्छन्, र त्यसकारण तिनीहरू भन्छन्: “म त इमानदार र दयालु व्यक्तिका रूपमा आफूलाई आचरणमा ढाल्न, र अरूसँग शत्रुवत् नभई मित्रवत् हुन मात्र परमेश्वरमा विश्वास गर्छु। यो त ‘नक्कली भलाद्मी बन्नुभन्दा त साँचो खलनायक बन्नु बेस हो’ भनेजस्तै हो। परमेश्वरका कतिपय वचनहरूमा पनि यही अर्थ छ।” यी मानिसहरूले भन्ने कुराहरूबारे तँ के सोच्छस्? “नक्कली भलाद्मी बन्नुभन्दा त साँचो खलनायक बन्नु बेस हो।” हेर् त, मानिसहरूको जीवनमा कुनै घटना घट्नेबित्तिकै, तिनीहरूभित्र रहेका सबै आम भनाइहरू, उखानहरू, र टुक्काहरू एकैचोटि बाहिर निस्केर आउँछन्, र त्यहाँ सत्यताको एउटै शब्द हुँदैन। अन्त्यमा, ती मानिसहरूले “मलाई अन्तर्दृष्टि दिनुभएकोमा परमेश्वरलाई धन्यवाद होस्” भनेरसमेत भन्छन्। “नक्कली भलाद्मी बन्नुभन्दा त साँचो खलनायक बन्नु बेस हो” भन्ने भनाइ सही हो कि गलत हो? (गलत हो।) यो गलत छ भन्ने तिमीहरू सबैलाई थाहा छ, तर यसमा के गल्ती छ? नक्कली भलाद्मीहरूको समस्या के हो भने, तिनीहरू नक्कली हुन्छन्। कोही पनि नक्कली भलाद्मी बन्न चाहँदैन, तर साँचो खलनायक बन्न चाहन्छ। साँचो खलनायकहरूमा मानिसहरूले अनुमोदन गर्ने के कुरा हुन्छ? तिनीहरू सच्चा हुन्छन्, त्यसैले तिनीहरू खलनायक भए पनि, तिनीहरूले सबैको अनुमोदन पाउँछन्। त्यसोभए तिमीहरू के हुन चाहन्छौ, साँचो खलनायक कि नक्कली भलाद्मी? (कुनै पनि होइन।) किन यी दुवै प्रकारका मानिसहरू नबन्ने? (यी दुवै सत्यताअनुरूप छैनन्, र परमेश्वरका वचनहरूमा यसबारे केही भनिएको छैन।) के परमेश्वरले मानिसहरूलाई नक्कली भलाद्मी वा साँचो खलनायक दुवैमध्ये कुनै पनि बन्न लगाउनुभएको छैन भन्ने दाबीको सान्दर्भिक आधार दिन सक्छौ? (परमेश्वर मानिसहरू इमानदार मानिसहरू बनून् भन्ने चाहनुहुन्छ।) परमेश्वर मानिसहरू इमानदार मानिसहरू बनून् भन्ने चाहनुहुन्छ। त्यसोभए, इमानदार मानिसहरू र साँचो खलनायकहरूबीच के भिन्नता हुन्छ? “खलनायकहरू” भन्ने शब्द राम्रो छैन, तर तिनीहरू निकै इमानदार हुन्छन्। तर साँचो खलनायकहरू किन असल होइनन्? के तिमीहरूले स्पष्ट व्याख्या गर्न सक्छौ? साँचो खलनायकहरू र नक्कली भलाद्मीहरू दुवै असल मानिसहरू होइनन् भनेर दाबी गर्ने आधार के हो? खलनायकहरू के हुन्? प्रायजसो कुन शब्दलाई खलनायकहरूसँग जोडिएको हुन्छ? (घृणित।) ठीक भन्यौ। परमेश्वरका वचनहरूमा “घृणित” भन्ने यो शब्दलाई कसरी व्याख्या र परिभाषित गरिएको छ? परमेश्वरका वचनहरूमा, “घृणित” भन्ने शब्दलाई असल शब्दको रूपमा परिभाषित गरिएको छ कि खराब शब्दको रूपमा? (खराब शब्दको रूपमा।) खराब शब्दको रूपमा, परमेश्वरले निन्दा गर्नुभएको कुराको रूपमा। घृणित कार्य गर्ने र घृणित दृष्टिकोण भएका मानिसहरू खलनायकहरू हुन्। अरू कसरी खलनायकको स्वभाव र सार परिभाषित गरिन्छ? स्वार्थी, होइन र? (हो।) यस्तो व्यक्ति स्वार्थी र घृणास्पद हुन्छ। तिनीहरूले प्रकट गर्ने कुरा साँचो र तिनीहरूको चित्तप्रकृति साँचो भए पनि, तिनीहरू अझै पनि धेरै हदसम्म खलनायक नै हुन्छन्। नक्कली सज्जन छली र दुष्ट हुन्छ, र उसले सधैँ आफ्नो वास्तविकता लुकाएर अरूलाई झूटो प्रभाव पार्छ, र अरूलाई उसको उज्ज्वल, चम्किलो, र मित्रवत् पक्ष देख्ने तुल्याउँछ। उसले आफ्नो साँचो स्वभाव, विचार, र दृष्टिकोण लुकाउँछ ताकि कसैले पनि तिनलाई बुझ्न वा बोध गर्न नसकून्। त्यस्ता मानिसहरूमा कस्तो स्वभाव हुन्छ? (छली र दुष्ट।) तिनीहरू दुष्ट मानिसहरू हुन्। त्यसकारण, न त खलनायकहरू न त सज्जनहरू नै असल मानिस हुन्। एउटा भित्री रूपमा खराब हुन्छ र अर्को बाहिरी रूपमा खराब हुन्छ। तिनीहरूको स्वभाव वास्तवमा उस्तै हुन्छ—तिनीहरू दुवै अत्यन्तै दुष्ट, स्वार्थी, र छली हुन्छन्। के यी दुई प्रकारका अत्यन्तै दुष्ट र छली मानिसहरू इमानदार मानिसहरू बन्न खोज्छन्? (खोज्दैनन्।) त्यसकारण, यी दुई प्रकारका मानिसहरूमध्ये तँ जोसुकै व्यक्ति बने पनि, तँ परमेश्वरले चाहनुहुने किसिमको असल वा इमानदार व्यक्ति हुँदैनस्। तँ परमेश्वरले घृणा गर्नुहुने व्यक्ति हुन्छस्, र तँ परमेश्वरले तँलाई जुन व्यक्ति बनेको चाहनुहुन्छ त्यो व्यक्ति हुँदैनस्। त्यसकारण, मलाई भन् त, के “नक्कली भलाद्मी बन्नुभन्दा त साँचो खलनायक बन्नु बेस हो” भन्ने अभिव्यक्ति सत्यता हो? (होइन।) यो दृष्टिकोणबाट हेर्दा, यो अभिव्यक्ति सत्यता होइन। धेरै मानिसले आफूलाई असल मानिसका रूपमा प्रस्तुत गर्न सकूँ भनेर नक्कली भलाद्मीलाई आक्रमण गर्ने र दोष दिने उद्देश्यले, “नक्कली भलाद्मी बन्नुभन्दा त साँचो खलनायक बन्नु बेस हो” भनेर भन्छन्, मानौँ यी खलनायकहरूको “खलनायकीपन” ले यिनीहरूलाई इन्साफको कुनै शक्तिले जस्तै गरी विशेष धर्मी र सच्चा बनाउँछ। तैँले एक खलनायकका रूपमा कसरी आफू न्यायसङ्गत भएको दाबी गर्न सक्छस्? तँ त दोषी ठहराउनुपर्ने व्यक्ति हुन्छस्।
सबैको मनमा, यस्ता अभिव्यक्ति र यस्ता कुराहरू धेरै हुन्छन्, र अनगिन्ती मानिसहरूले यस्तो दृष्टिकोण राख्छन्। चाहे यो परम्परागत संस्कृति होस्, चाहे लोक उखान, चाहे पारिवारिक आदर्श वाक्य, चाहे पारिवारिक नियम, वा चाहे देशको कानुनी प्रणाली होस्, मानिसहरूले प्रायजसो समाजमा लामो समयदेखि र व्यापक रूपमा फैलिएका, र समाज र मानवजातिमा धेरै पहिलेदेखि नै सकारात्मक कुराहरूको रूपमा घोषणा र प्रचारित हुँदै आएका यी कुराहरूलाई आफ्नो पुस्तौँपुस्तासम्म शिक्षा दिन प्रयोग गर्छन्। मानिसहरूले आफ्नो हृदयको गहिराइमा कतिपय अभिव्यक्तिहरूलाई अभ्यासका सिद्धान्तहरू र मानव अस्तित्वका सिद्धान्तहरूको रूपमा लिन्छन्। कतिपय त यस्ता अभिव्यक्तिहरू छन् जसले केही दृष्टिकोण व्यक्त गर्छन् जसमा मानिसहरू सहमतचाहिँ हुन्छन्, तर लागू गर्नचाहिँ चाहँदैनन्। तर तैँले लागू गर्न चाहे पनि नचाहे पनि, हृदयको गहिराइमा तँ यी अभिव्यक्तिहरूलाई आफ्नो आत्मआचरणको अभ्यासका सिद्धान्तहरूका रूपमा लिन्छस्। छोटकरीमा भन्दा, यी कुराहरू परमेश्वरमाथिको मानिसहरूको विश्वास र सत्यता पछ्याइमा ठूला बाधा हुन्। यी कुराले मानिसहरूलाई फाइदा गर्नुको सट्टा हानि मात्रै गर्छन्। उदाहरणको लागि, आधुनिक मानिसहरूले प्रायजसो कुरा गर्ने विषय “जीवन बहुमूल्य छ; प्रेम त अझ बढी बहुमूल्य छ। तर, स्वतन्त्रताका खातिर, म यी दुई वटै कुरा त्याग्नेथिएँ।” यो अभिव्यक्ति उच्च आदर्शहरू भएका र स्वतन्त्रता पछ्याउने र परम्परागत सामन्ती प्रणालीबाट मुक्त हुन चाहने पूर्व र पश्चिमका मानिसहरूद्वारा पैरवी र आदर गरिएको प्रसिद्ध भनाइ हो। यहाँ मानिसहरूको पछ्याइको केन्द्रबिन्दु के हो? जीवन? कि प्रेम? (होइन, स्वतन्त्रता।) ठीक भन्यौ, स्वतन्त्रता हो। त्यसोभए, के यो अभिव्यक्ति सत्यता हो त? यो अभिव्यक्तिको अर्थ के हो भने स्वतन्त्रताको खोजको लागि, जीवन त्याग्न सकिन्छ, र प्रेम पनि त्याग्न सकिन्छ—अर्थात्, प्रेम गर्ने व्यक्ति पनि त्यागमा पर्न सक्छ—ताकि यो सुन्दर स्वतन्त्रतातर्फ दौड्न सकियोस्। सांसारिक मानिसहरूको लागि यो स्वतन्त्रता कस्तो देखिन्छ? तिनीहरूले स्वतन्त्रता भन्ठानेको यो कुरालाई कसरी व्याख्या गर्ने? परम्परा तोड्नु भनेको एकप्रकारको स्वतन्त्रता हो, पुराना रीतिरिवाजहरू तोड्नु भनेको एकप्रकारको स्वतन्त्रता हो, र सामन्ती शाहीराज तोड्नु पनि एकप्रकारको स्वतन्त्रता हो। अरू के छ? (कुनै पनि राजनीतिक शासनको नियन्त्रणमा नहुनु।) अर्को भनेको कुनै पनि शक्ति वा राजनीतिको नियन्त्रणमा नहुनु हो। तिनीहरूले यस्तो स्वतन्त्रता खोजी गर्छन्। त्यसोभए के तिनीहरूले बताउने गरेको स्वतन्त्रता साँचो स्वतन्त्रता हो त? (होइन।) के परमेश्वरमा विश्वास गर्ने मानिसहरूले बताउने गरेको स्वतन्त्रतासँग यो कुराको कुनै समानता छ? (छैन।) परमेश्वरमा विश्वास गर्ने कतिपय मानिसहरूले पनि हृदयमा यस्तो दृष्टिकोण बोकेका हुन सक्छन्: “परमेश्वरमा विश्वास गर्नु सुन्दर कुरा हो, यसले स्वतन्त्र र मुक्त गराउँछ। कुनै पनि रीतिरिवाज वा परम्परागत औपचारिकताहरू पालना गर्नुपर्दैन, विवाह र अन्त्येष्टिहरू आयोजना गर्ने वा त्यसमा सहभागी हुनेबारे चिन्ता गर्नुपर्दैन, सांसारिक कुराहरू सबै त्यागिन्छ। साँच्चै स्वतन्त्र भइन्छ!” के कुरा त्यस्तो हो त? (होइन।) त्यसोभए स्वतन्त्रता वास्तवमा के हो त? के तिमीहरू अहिले स्वतन्त्र छौ? (थोरै मात्रामा।) त्यसोभए यो थोरै स्वतन्त्रता कसरी पायौ त? यो स्वतन्त्रताको अर्थ के हो? (सत्यता बुझ्नु र शैतानको अँध्यारो प्रभाव तोड्नु।) शैतानको अँध्यारो प्रभाव तोडेपछि, तँलाई अलिअलि रिहाइ मिल्छ र केही हदसम्म स्वतन्त्रता प्राप्त हुन्छ। तैपनि, यदि मैले यसलाई चिरफार गरिनँ भने, तिमीहरूले साँच्चै आफू स्वतन्त्र छु भन्ने सोच्नेछौ, तर वास्तवमा तिमीहरू स्वतन्त्र छैनौ। साँचो स्वतन्त्रता भनेको मानिसहरूले सोचेको जस्तो स्थानिक र भौतिक हिसाबले शरीरलाई स्वतन्त्र र मुक्त गराउनु होइन। बरु, कुरो के हो भने, मानिसहरूले सत्यता बुझेपछि, तिनीहरूसँग विभिन्न मानिसहरू, घटनाहरू, कामकुराहरू, र संसारबारे सही दृष्टिकोण हुन्छ, र तिनीहरूले जीवनमा सही लक्ष्य र दिशा पछ्याउन सक्छन्, र जब मानिसहरू शैतानको प्रभाव र शैतानी विचार र दृष्टिकोणहरूको बन्धनका अधीनमा हुँदैनन्, तब तिनीहरूको हृदय आजाद हुन्छ—र यही नै साँचो स्वतन्त्रता हो।
एउटा जवान गैरविश्वासीले ऊ स्वतन्त्रता मन पराउने, चराजस्तै उड्ने, र निर्बाध जीवन जिउने व्यक्ति हो भन्ने सोच्छ, त्यसकारण उसले आफ्नो परिवारका ती घटिया नियम र भनाइहरूलाई घृणा गर्छ। उसले आफ्ना साथीहरूलाई प्रायजसो यसो भन्ने गर्छ: “म अत्यन्तै परम्परागत, र धेरै नियम र परम्पराहरू भएको, र अहिले पनि हरेक पुस्ताको लागि भित्री स्मारक पाटीहरू राखिएको पुर्खौली समाधिस्थल भएको, अत्यन्तै ठूलो परिवारमा जन्मेको भए पनि, म आफैले यी परम्पराहरू तोडेको छु र म यी परिवारका नियमहरू, पारिवारिक परम्पराहरू, र प्रचलित रीतिरिवाजहरूबाट प्रभावित छैनँ। के म अत्यन्तै अपरम्परागत व्यक्ति हुँ भन्ने कुरा तिमी देख्दैनौ र?” उसका साथीहरूले भन्छन्: “तिमी अत्यन्तै अपरम्परागत छौ भन्ने कुरा हामीले याद गरेका छौँ।” तिनीहरूले कसरी त्यो कुरा याद गरे त? उसले जिब्रो छेडेको छ, नाकमा फुली लगाएको छ, दुवै कानमा चारपाँच ठाउँ छेडेको छ, नाइटो छेडेको छ, र हातमा सर्पको टाटु लगाएको छ। चिनियाँ मानिसहरूले सर्पलाई अशुभ ठान्छन्, तर उसले जिद्दी गर्दै आफ्नो शरीरमा एउटा टाटु लगायो, र त्यो देख्दा मानिसहरू डराउँछन्। यो अपरम्परागत कुरा हो, होइन र? (हो।) यो निकै अपरम्परागत कुरा हो, अनि यति मात्र होइन, उसले एक अग्रगामी व्यक्तिको रूपमा पनि कुरा गर्छ। उसलाई देख्ने सबैले भन्छन्, “यो मान्छे साह्रै गज्जबको छ! ऊ अपरम्परागत व्यक्ति हो, साँच्चै अपरम्परागत!” उसलाई विश्वास छ, उसले यसरी अपारम्पारिकता व्यक्त गर्न सक्नु मात्रै होइन, यो कुरालाई अलिक ठोससमेत बनाउनुपर्छ र ऊ कति अपारम्पारिक छ भन्ने कुराको सङ्केत मानिसहरूलाई देखाउनुपर्छ। उसले अरूका प्राय गहुँगोरी चिनियाँ प्रेमिका हुने गरेको देख्छ र जानीजानी विदेशी र गोरी प्रेमिका खोज्छ ताकि तिनीहरू सबै ऊ अपारम्परिक हो भनेर अझै विश्वस्त होऊन्। त्यसपछि, उसले हरेक परिस्थितिमा आफ्नी प्रेमिकाको अनुकरण गर्छ, र प्रेमिकाले जे भन्यो त्यही गर्छ, जसरी गर्न भन्यो त्यसरी नै गर्छ। उसको जन्मदिनको बेला, प्रेमिकाले उसलाई ठूलो बक्समा एउटा रहस्यमय उपहार किनेर दिन्छे, र उसले खुशीसाथ उपहार खोल्छ। सबै तहहरू खोलेपछि, उसले भित्र एउटा हरियो टोपी देख्छ। सबै चिनियाँ मानिसहरूलाई “हरियो टोपीको” उपमा थाहा हुन्छ नि, होइन र? यो अवश्य नै निकै परम्परागत कुरा हो। यो देख्नेबित्तिकै ऊ रिसाउँछ र भन्छ, “यो कस्तो उपहार हो? तिमीले यो उपहार कसको लागि किनेको?” उसको प्रेमिकाले ऊ खुसी हुनेछ भन्ने सोचेकी थिई—तर त्यो टोपीको कारण उसलाई किन यति रिस उठ्यो? किन भनेर सोच्न र कुरा बुझ्न नसकेर, प्रेमिकाले यसो भन्छे: “यो हरियो टोपी भेट्टाउन सजिलो थिएन। कसम होला, तिमीलाई यसले सुहाउँछ।” अनि उसले यसो भन्छ, “यो टोपीले के कुरा प्रतिनिधित्व गर्छ तिमीलाई थाहा छ?” प्रेमिकाले भन्छे: “के यो त टोपी मात्र होइन र? हरियो टोपीले एकदमै सुहाउँछ त।” अनि प्रेमिकाले उसलाई त्यो लगाउन जिद्दी गरिरहन्छे। उसले जेसुकै भए पनि लगाउँदैन। के पश्चिमी मानिसहरूलाई “हरियो टोपीको” उपमा थाहा हुन्छ त? (अहँ, थाहा हुँदैन।) त्यसोभए के यो कुरा स्पष्ट रूपमा व्याख्या गरेर खुलाउनुपर्दैन र? तिमीहरू कसैले पनि यसको उत्तर दिन सक्दैनौ—किन तिमीहरू यसलाई स्पष्ट रूपमा व्याख्या गर्ने आँट गर्दैनौ? यो ठूलो कुरा त होइन त, हो र? तिमीहरू पनि यो मान्छेजस्तै छौ—सत्यता र स्वतन्त्रता पछ्याउन परम्पराविरोधी बन्ने, र परम्परा त्याग्ने र शैतानी परम्परागत संस्कृतिका धारणाहरू त्याग्ने झण्डा बोक्छौ, र अझै पनि तिमीहरू यो हरियो टोपीको अवधारणामा गहन रूपमा फसेका छौ। त्यो जवान केटाकी प्रेमिकाले उसलाई यो लगाउन लगाउँछे, र उसले लाउँदै लाउँदैन, र अन्त्यमा यसो भन्छ: “तिमी मलाई यो लाउन जिद्दी गर्दै छ्यौ। मैले यो लगाएँ भने, मैले अरूको अपमान भोग्नुपर्छ!” समस्याको जड यही हो र समस्या यहीँनेर छ, यो परम्परा हो। यो परम्परा कुनै कुराको रङ वा यो कस्तो कुरा हो भन्नेसँग होइन, बरु यसले प्रतिनिधित्व गर्ने प्रतीक र मानिसहरूमा पैदा गर्ने दृष्टिकोणसँग सम्बन्धित हुन्छ। यो कुराले, अर्थात् हरियो टोपीले के जनाउँछ? यसले के प्रतिनिधित्व गर्छ? मानिसहरू यो रङको टोपीलाई खराब ठान्छन्, त्यसैले तिनीहरू यो रङको टोपी इन्कार्छन्। मानिसहरू किन त्यसलाई इन्कार्छन्? तिनीहरू किन यस्तो कुरा स्विकार्न सक्दैनन्? किनभने तिनीहरूभित्र एक किसिमको परम्परागत सोचाइ हुन्छ। यो परम्परागत सोचाइ आफै सत्यता होइन; यो त भौतिक कुराजस्तै हो, तर यो समाज र मानिसहरूको यो जातिले यसलाई अदृश्य रूपमा नकारात्मक कुरामा परिणत गरेका छन्। उदाहरणको लागि, मानिसहरूले सेतो रंगलाई पवित्रताको प्रतीक, कालो रंगलाई अन्धकार र दुष्टताको प्रतीक, र रातो रंगलाई चाडपर्व, रक्तिमता, र जोसको प्रतीकमा परिणत गरेका छन्। विगतमा, चिनियाँ मानिसहरूले विवाह गर्दा रातो लुगा लगाउँथे, र यो उल्लासमय कुरा हो भन्ने विश्वास गर्थे। जब पश्चिमी मानिसहरूले विवाह गर्छन्, तिनीहरूले पवित्रताको प्रतीकको रूपमा सुन्दर र सफा सेतो वस्त्र लगाउँछन्। यी दुई संस्कृतिका मानिसहरूले विवाहसम्बन्धी बुझ्ने दृष्टिकोण फरकफरक छन्। यसलाई एउटामा रातोले र अर्कोमा सेतोले प्रतिनिधित्व गर्छ। यी दुवै रङहरूले विवाहप्रतिको आशिष्को मनोवृत्ति प्रतिनिधित्व गर्छन्। फरकफरक जनजाति र प्रजातिहरूले फरकफरक उद्देश्यको लागि उही कुरा प्रयोग गर्छन्, र तिनीहरूको सांस्कृतिक पृष्ठभूमि यसरी नै अस्तित्वमा आएको हुन्छ। यी सांस्कृतिक पृष्ठभूमिहरू देखा परेपछि, तीसँगै सांस्कृतिक परम्पराहरू पनि पैदा हुन्छन्। यसरी, फरकफरक समाज र फरकफरक जातिले फरकफरक रीतिरिवाजहरू विकास गर्छन्, र त्यस्ता रीतिरिवाजहरूले सम्बन्धित जातिका मानिसहरूलाई प्रभाव पार्छन्। त्यसकारण, चिनियाँ मानिसहरूलाई हरियो टोपीको यो उपमाले प्रभाव पार्छ। तिनीहरूको मस्तिष्कमा यो घुसाइएका कारण कस्तो नतिजा उत्पन्न हुन्छ? पुरुषहरूले हरियो टोपी लाउन मान्दैनन्, र महिलाहरूले पनि लाउँदैनन्। के कुनै महिलाले यस्तो टोपी लाएको देखेको छस्? वास्तवमा, यो सांस्कृतिक परम्परा पुरुषहरूमा मात्रै लक्षित छ, मतलब पुरुषले हरियो टोपी लाउनु खराब सङ्केत हो, र यो महिलासँग सम्बन्धित कुरा होइन। तर, यो सांस्कृतिक परम्परा अस्तित्वमा आएपछि, यो जुनसुकै प्रसङ्गमा देखा परे पनि, यसले यो कुराप्रति यो जातिका हरेक व्यक्तिमा एकप्रकारको भेदभाव पैदा गराउँछ। यस्तो भेदभाव पैदा भएपछि, यो कुरा अचेतन रूपमै अत्यन्तै निर्दोष र भौतिक कुराबाट एउटा नकारात्मक कुरामा परिणत हुन्छ। वास्तवमा, यो निर्दोष कुरा हो र यसमा कुनै सकारात्मक वा नकारात्मक गुणहरू छैनन्। यो त बस एउटा भौतिक कुरा, रङ, र आकार भएको वस्तु मात्रै हो। तैपनि, यसरी परम्परागत संस्कृतिको अर्थ्याइ र प्रभावमा परेपछि, अन्तिम परिणाम के हुन्छ? (नकारात्मक।) यो नकारात्मक बन्छ। अनि, यो नकारात्मक बनेपछि, मानिसहरूले यो कुरालाई उचित रूपमा लिन वा प्रयोग गर्न सक्दैनन्। यसबारेमा सोच त—चिनियाँ बजारमा रातो, गुलाबी, पहेँलो, आदि इत्यादि किसिमका टोपीहरू पाइन्छ, तर हरियो रङ्गको कुनै टोपी हुँदैन। मानिसहरू यो परम्परागत सोचाइको बन्धन र प्रभावमा परेका छन्। परम्परागत संस्कृतिको कुनै खास कुराले मानिसहरूमा पार्ने प्रभाव नै यही हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।