विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग सात) खण्ड दुई
ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू पढ्दा, तिनीहरूका ध्यान र अभिप्रायहरू सत्यता पछ्याउनेहरूका भन्दा पूरै उल्टो हुन्छन्। सत्यता पछ्याउनेहरू, परमेश्वरको बोल्ने तरिका जस्तोसुकै भए पनि, परमेश्वरका अभिप्रायहरू, सत्यता सिद्धान्तहरू, र मानिसहरूले कायम राख्नुपर्ने र अनुसरण गर्नुपर्ने कुराहरू बुझ्नमा मात्र रुचि राख्छन्। तर त्यसको उल्टो, ख्रीष्टविरोधीहरू ती कुराहरूलाई मनमा पछाडि धकेल्छन् र तिनलाई बेवास्ता गर्छन्, यी कुराहरूसँग सम्बन्धित वाक्यांशहरूप्रति वितृष्णसमेत हुन्छन्, र यी कुराहरूसँग सम्बन्धित वाक्यांश र शब्दावलीलाई गोप्य रूपमा प्रतिरोध गर्छन्। केही निश्चित “नतिजाहरू” हासिल गरेपछि, तिनीहरू पहिलेकै शैली प्रयोग गरेर अझ गहन अध्ययन-अनुसन्धान गर्न, परमेश्वरका बोल्ने शैली र भाव कस्ता छन्, उहाँका आरोह-अवरोहका सूक्ष्म अर्थान्तरहरू कस्ता छन्, उहाँले कस्ता शब्दहरू रोज्नुहुन्छ भन्नेबारे छानबिन गर्न जारी राख्छन्, र यसक्रममा उहाँको व्याकरण अनि उहाँले प्राय: प्रयोग गर्ने वाक्यविन्यासका विवरणहरूलाई समेत छाड्दैनन्। आफ्नो लक्ष्यनजिक पुग्नका लागि, ख्रीष्टविरोधीहरूले हृदयमा परमेश्वरका वचनहरूलाई झन् कडा, झन् तीव्र र झन् गहन रूपमा छानबिन गर्ने गोप्य रूपमा सङ्कल्प गर्छन्, परमेश्वरको भाषणपछाडिका लक्ष्य र उद्देश्यहरूबारे छानबिन गर्छन्, अनि परमेश्वर—मानवजाति र पूरै ब्रह्माण्डलाई सम्बोधन गर्ने वक्ता—ले आफूलाई व्यक्त गर्ने शैलीलाईसमेत छानबिन गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरको बोल्ने शैलीको हरेक पक्षबारे अथक रूपमा छानबिन गर्छन्, र यसरी परमेश्वरको बोली अनुकरण गर्ने अनि आफूमा परमेश्वरको सार, परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो, र परमेश्वरको स्वभाव भएझैँ ढोँग गर्ने प्रयास गर्छन्। यो सबै अत्यन्तै प्राकृतिक र सहज रूपमा भएझैँ लाग्छ; तिनीहरू स्वाभाविक रूपमै आफ्ना लक्ष्यहरू पूरा गर्नतिर लाग्छन्, साथै—स्वाभाविक रूपमा र थाहै नपाई—आफूलाई परमेश्वरमा, अरूले प्रशंसा र अनुसरण गर्ने व्यक्तित्वमा रूपान्तरित गर्छन्। तिनीहरू परमेश्वरका वचनहरूले कसरी मानिसहरूको हृदय छुन्छन् र तिनीहरूका भ्रष्ट स्वभावहरू खुलासा गर्छन्, परमेश्वरका वचनहरूले कसरी मानिसहरूका विभिन्न स्थितिहरू खुलासा गर्छन्, र त्योभन्दा बढी परमेश्वरका वचनहरूले कसरी मानिसहरूमा प्रभाव हासिल गर्छन् भन्नेबारे छानबिन गर्छन्। यो सबै छानबिन गर्नुमा तिनीहरूको उद्देश्य के हो? तिनीहरूको उद्देश्य मानिसहरूको हृदयमा प्रवेश गर्नु, उनीहरूका वास्तविक अवस्थाहरू बोध गर्नु, र उनीहरूका भित्री सोचहरू पूर्ण रूपमा बोध गरेसँगै उनीहरूलाई बहकाउनु र नियन्त्रणमा राख्नु हो। परमेश्वरका वचनहरूले मानिसहरूका भ्रष्ट स्वभावहरू खुलासा गरेर उनीहरूका कमजोर पक्षहरूमाथि प्रहार गर्दा, ख्रीष्टविरोधीहरू यस्तो सोच्छन्, “यी वचनहरू, यो शैली, अत्यन्तै महान् र अद्भुत छन्! म पनि यसरी नै बोल्न चाहन्छु, म यस्तो बोल्ने तरिका अपनाउन र यही शैलीमा मानिसहरूलाई व्यवहार गर्न चाहन्छु।” धेरै वर्षसम्म परमेश्वरका वचनहरू पढेर तीसँग परिचित हुने क्रममा, ख्रीष्टविरोधीहरू झन्झन् परमेश्वर बन्ने आफ्नो चाहना र कामनालाई नै परमेश्वरमा विश्वास गर्नुको एउटै मात्र लक्ष्य मान्छन्। त्यसकारण, परमेश्वरका वचनहरूले मानिसहरूलाई सत्यता पछ्याउन र सिद्धान्तहरूअनुसार कामकुरा गर्न माग गर्नेबारे, साथै सकारात्मक कुराहरूका अरू सबै वास्तविकताहरूबारे जति बोले पनि, ख्रीष्टविरोधीहरूले यसलाई ग्रहण गर्दैनन् र बेवास्ता गर्छन्। तिनीहरू एकोहोरो रूपमा आफ्नै उद्देश्य पछ्याउँछन्, र अरू कसैले अर्थ राख्दैन जस्तो गरी, कार्यका आफ्नै प्रेरणाहरूअनुसार आफूले गर्न चाहेकै कामकुराहरू गर्छन्। परमेश्वरको वचनको एउटा वाक्यले समेत तिनीहरूको हृदय उत्प्रेरित गर्दैन वा जीवनबारे तिनीहरूको दृष्टिकोण र संसारसँग व्यवहार गर्ने तिनीहरूको दर्शन परिवर्तन गर्दैन, झन् परमेश्वरको कुनै वाक्य, प्रवचन, वा वाणीले तिनीहरूलाई पश्चात्तापी हृदय बोक्न अगुवाइ गर्ने त कुरै नगरौँ। परमेश्वरका वचनहरूले जे खुलासा गरे पनि, तिनले मान्छेका जेसुकै भ्रष्ट स्वभावहरू खुलासा गरे पनि, ख्रीष्टविरोधीहरूले परमेश्वरको बोल्ने तरिका, उहाँको भाव, परमेश्वरका वचनहरूले मानिसहरूमा पार्ने अभिप्राय राखेका प्रभावहरू, आदि इत्यादि मात्र छानबिन गर्छन्—यी सबै सत्यतासँग असम्बन्धित मामलाहरू हुन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू जति सामना गर्छन्, परमेश्वर हुने तिनीहरूको भित्री कामना त्यति नै बलियो बन्छ। यो कामना कति तीव्र हुन्छ? यो यति हदसम्म पुग्छ कि तिनीहरूले सपनामा समेत परमेश्वरका वचनहरू वाचन गर्छन्, प्रायः आफैसित बोल्छन् र परमेश्वरको बोल्ने शैली र भाव प्रयोग गरेर उहाँका वचनहरू प्रचार गर्ने अभ्यास गर्छन्। हृदयका गहिराइमा, तिनीहरूले परमेश्वरको बोल्ने तरिका र भाव निरन्तर अनुकरण गर्छन्, मानौँ तिनीहरूलाई त्यसको भूत नै लागेको छ। ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्। परमेश्वरका वचनहरू जति विशिष्ट, निष्कपट, वा सच्चा भए पनि, तिनले मानिसहरूलाई जतिसुकै मदत वा प्रेरणा दिने भए पनि, ख्रीष्टविरोधीहरू यी सबैप्रति उदासीन रहन्छन् र यी सबैलाई बेवास्ता गर्छन्। तिनीहरूले परमेश्वरका यी वचनहरूलाई महत्त्व दिँदैनन्। तिनीहरूको हृदय कहाँ हुन्छ? तिनीहरू कसरी परमेश्वरका वचनहरू अनुकरण गर्ने जसले गर्दा मानिसहरूले तिनीहरूलाई अन्धोभक्ति गरून् भन्ने कुरामा केन्द्रित हुन्छन्। तिनीहरूको कामना जति तीव्र हुन्छ, त्यति नै तिनीहरू परमेश्वरको सोर सुन्ने र परमेश्वरले बोल्नुभएको हरेक वाक्यपछाडिको उद्देश्य, इच्छा र विचार—उहाँको सबैभन्दा भित्री सोचसमेत—बुझ्न सक्षम हुने आशा गर्छन्। ख्रीष्टविरोधीहरूका कामना र चाहनाहरू जति तीव्र बन्छन्, त्यति नै तिनीहरू परमेश्वरको बोल्ने तरिका अनुकरण गर्न चाहन्छन् र त्यति नै परमेश्वरझैँ बन्नका लागि छोटो समयमा आफूलाई छिटोछिटो रूपान्तरण गर्ने, र आफूसँग परमेश्वरको बोल्ने तरिका र भाव हुने आकाङ्क्षा राख्छन्। यसका साथै, कतिपयले त आफ्ना कार्यहरूमा परमेश्वरको शैली र चालढालसमेत अपनाउन चाहन्छन्। ख्रीष्टविरोधीहरू यस्तै अवस्थामा हुन्छन्, र हरदिन यी सोच, विचार, अभिप्राय, र मनसाय बोकेर जिइरहन्छन्। तिनीहरू के गरिरहेका छन्? तिनीहरू हरदिन आफूलाई परमेश्वर बन्ने, ख्रीष्ट बन्ने मार्ग हिँड्न बाध्य पारिरहेका छन्। तिनीहरू यो मार्ग खुलस्त भएको, यो एक उज्ज्वल बाटो भएको विश्वास गर्छन्। त्यसकारण, भेलाहरूमा होस् वा भेटघाटहरूमा, परमेश्वरका वचनहरूबारे आ-आफ्ना बुझाइ र परमेश्वरका वचनहरू अनुभव गर्दाका आ-आफ्ना अनुभूतिहरूबारे अरूले चाहे जसरी सङ्गति गरे पनि, केही कुराले पनि तिनीहरूलाई उत्प्रेरित गर्न वा तिनीहरूका लक्ष्य र चाहनाहरू परिवर्तन गर्न सक्दैन। तिनीहरू ख्रीष्ट बन्ने, परमेश्वर बन्ने मार्गमै लम्किन्छन्, मानौँ तिनीहरू भूत् लागेको स्थितिमा छन्, मानौँ तिनीहरू कुनै अदृश्य शक्तिद्वारा नियन्त्रित छन्, मानौँ तिनीहरू कुनै अदृश्य जन्जिरमा छन्। यो कस्तो मानसिकता हो? के यो दुष्ट छैन र? (छ।)
ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू पढ्दा, तिनको हरेक पक्षलाई आफ्नै सम्पत्तिका रूपमा ग्रहण गर्छन्, तिनलाई उच्च लाभ र धेरै पैसा दिलाउने उपभोग्य वस्तुका रूपमा लिन्छन्। यी उपभोग्य वस्तुहरू बेच्दा, यी कुराहरूको धाक लगाउँदा, तिनीहरू आफूले चाहेका लाभहरू प्राप्त गर्छन्। तिनीहरूले जति यसो गर्छन्, त्यति नै तिनीहरूलाई भित्री रूपमा सन्तुष्ट महसुस हुन्छ; तिनीहरूले जति यसो गर्छन्, परमेश्वर हुने तिनीहरूको चाहना त्यति नै ठूलो र तीव्र बन्छ। यो कस्तो मनोवृत्ति हो, यो कस्तो परिस्थिति हो? ख्रीष्टविरोधीहरूको परमेश्वर हुने चाहना किन यति बलियो हुन्छ? के यो कसैले तिनीहरूलाई सिकाएको कुरा हो? तिनीहरूलाई कसले उक्साएको वा निर्देशन दिएको छ? के परमेश्वरका वचनहरूले यो माग गर्छन्? (गर्दैनन्।) यो त ख्रीष्टविरोधीहरू आफैले रोजेको मार्ग हो। तिनीहरूसँग बाहिरी सहयोग नभए पनि, तिनीहरू अत्यन्तै अभिप्रेरित हुन्छन्—यसको कारण के हो? यो तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ। ख्रीष्टविरोधीहरू कुनै बाहिरी सहयोगविना, अथक रूपमा, बिनाहिचकिचाहट, र बिनापछुतो यही मार्ग हिँड्छन्। तैँले तिनीहरूलाई जसरी निन्दा गरे पनि, काम लाग्दैन; तैँले तिनीहरूलाई जसरी चिरफार गरे पनि, तिनीहरू त्यो ग्रहण गर्ने वा बुझ्ने गर्दैनन्; यस्तो लाग्छ, मानौँ तिनीहरूलाई भूत लागेको छ। यी कुराहरू तिनीहरूको प्रकृतिद्वारा निर्धारित हुन्छन्। परमेश्वरका वचनहरूप्रतिको ख्रीष्टविरोधीहरूको व्यवहार बाहिरी रूपमा त प्रतिरोधी वा अपमानजनक नभएझैँ देखिन्छ। तिनीहरू औसत व्यक्तिले भन्दा पनि बढी मेहनत लगाउँछन्। यदि तँलाई तिनीहरूले भित्री रूपमा के सोचिरहेका छन् वा कुन मार्ग पछ्याइरहेका छन् भनेर थाहा छैन भने, बाह्य रूपका आधारमा, परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको व्यवहार तृष्णाको व्यवहार जस्तो देखिन्छ—यसलाई वर्णन गर्न कम्तीमा यो शब्द त प्रयोग गर्न सकिन्छ। तर के व्यक्तिको सार केवल उसको बाह्य रूपबाट देख्न सकिन्छ? (सकिँदैन।) त्यसोभए, त्यो कहाँ देख्न सकिन्छ त? तिनीहरूले परमेश्वरका वचनहरूको तृष्णा गर्ने, प्राय: तिनलाई पढ्ने, सुन्ने, र कण्ठसमेत गर्ने गरेको देखिए पनि, अनि यी बाह्य व्यवहारहरूका आधारमा मूल्याङ्कन गरेर तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा वर्गीकरण गर्न नहुने भए पनि, वास्तविक परिस्थितिहरूमा परमेश्वरका वचनहरू अभ्यास गर्ने कुरा आउँदा, के तिनीहरू अभ्यास गर्छन् त? (गर्दैनन्।) परमेश्वरका वचनहरू पढेर कण्ठ गरेपछि, जब तिनीहरू वास्तविक परिस्थितिहरू सामना गर्छन्, तिनीहरूले कहिलेकाहीँ परमेश्वरका वचनहरूको कुनै खण्ड उद्धृत गर्लान् वा केही वाक्य वाचन गर्लान्, कहिलेकाहीँ त सही रूपमा समेत त्यसो गर्लान्। तर तिनीहरूले परमेश्वरका वचनहरू उद्धृत गरेपछि, परिस्थितिहरू सामना गर्नुपर्दा तिनीहरू के गर्छन्, कस्तो मार्ग लिन्छन्, र कस्ता छनौटहरू गर्छन् भनेर हेर्। यदि यो तिनीहरूको हैसियतसँग वा तिनीहरूको प्रतिष्ठा र छवि बिगार्ने कुरासँग सम्बन्धित छ भने, तिनीहरूले परमेश्वरका वचनहरूअनुसार कदापि कार्य गर्नेछैनन्। तिनीहरू आफ्नै छवि र हैसियतको रक्षा गर्छन्। यदि तिनीहरूले केही गलत गरे भने, त्यो कदापि मान्नेछैनन्। बरु, तिनीहरूले त्यसलाई ढाकछोप गर्न वा पन्छाउन अनेकथरीका उपायहरू खोज्नेछन्, त्यसलाई उल्लेख गर्दैनन् र आफ्नो गल्ती मान्नुको साटो त्यसको दोष अरूमाथि थोपर्नेसमेत गर्छन्। तिनीहरू परमेश्वरका वचनहरू पढ्न र आफ्नो हैसियत सुरक्षित गर्न मेहनत लगाउँछन्, तर सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नका निम्ति, आफ्नै हितहरू पन्छाउनुपर्दा र शारीरिक कठिनाइ सहनुपर्दा, तिनीहरू कस्तो छनौट गर्छन्, त्यो हेर्। यदि तिनीहरूले सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्यो, जोसुकैको चित्त दुख्ने वा जोसुकै चिढिने भए पनि परमेश्वरको घरका हितहरूको सुरक्षा गर्नुपर्यो भने, के तिनीहरूले त्यो गर्नेछन्? कदापि गर्नेछैनन्। तिनीहरूको पहिलो रोजाइ सधैँ आफ्नै सुरक्षा गर्नु हो। तिनीहरूलाई को दोषी छ वा कसले दुष्टता गरेको छ भनेर थाहा भए पनि, तिनीहरूले त्यस व्यक्तिको खुलासा गर्नेछैनन्। तिनीहरू गोप्य रूपमा हृदयमा रमाउनसमेत सक्छन्। यदि कसैले दुष्ट मानिसहरूको खुलासा गरेमा, तिनीहरूले ती दुष्टजनको बचाउ गर्ने र तिनीहरूको पक्षमा बहाना बनाउनेसमेत गर्नेछन्। प्रस्टै छ, ख्रीष्टविरोधीहरू अरूको दुर्दशामा खुसी मान्ने मानिस हुन्। तिनीहरूले जस्तोसुकै परिस्थिति सामना गरे पनि, के रोज्छन् र कुन मार्ग हिँड्छन्, त्यो हेर्। यदि तिनीहरू सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न रोज्छन् भने, तिनीहरूको परमेश्वरका वचनहरूको खानपानले प्रतिफल दिएको छ। यदि रोज्दैनन् भने, तिनीहरूले परमेश्वरका वचनहरू चाहे जसरी नै खाने-पिउने गरेका भए पनि वा तिनलाई जतिसुकै राम्ररी कण्ठ गरेका भए पनि, त्यसको कुनै काम छैन—तिनीहरूले अझै पनि परमेश्वरका वचनहरूलाई सत्यताका रूपमा लिइरहेका छैनन्। त्यसबाहेक, के ख्रीष्टविरोधीहरू आफूलाई चिन्छन्? (चिन्दैनन्।) कतिपय मानिस भन्छन्, “तर ख्रीष्टविरोधीहरूले आफू दियाबलस र शैतान हुँ भन्दै, आफ्नो अहङ्कार र आत्मधार्मिकतालाई समेत मान्छन्।” बस तिनीहरूले यी कुराहरू बोल्छन्, तर कुनै वास्तविक परिस्थिति सामना गर्दा तिनीहरू वास्तवमा के गर्छन्? यदि कसैले कुनै ख्रीष्टविरोधीसँग सहकार्य गरिरहेको छ र कुनै सही कुरा भन्छ, ख्रीष्टविरोधीले भनेको गलत कुरासँग बाझिने सत्यता सिद्धान्तहरूसँग मिल्छ, र यदि त्यो व्यक्ति ख्रीष्टविरोधीको कुरामा राजी हुन अस्वीकार गर्छ भने, ख्रीष्टविरोधीले आफ्नो छवि र हैसियतमा हानि पुगेको महसुस गर्नेछ। त्यसपछि उसले के रोज्छ? के उसले आफैलाई पन्छाएर अर्को व्यक्तिको कुरा सुन्न र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न रोज्न सक्छ? कदापि सक्दैन। त्यसोभए, के उसले भन्ने ती सही शब्दहरू काम लाग्छन् त? के तिनले उसको वास्तविकता, उसको वास्तविक कद, उसका रोजाइहरू, वा ऊ हिँड्ने मार्ग प्रतिबिम्बित गर्छन्? गर्दैनन्, ती शब्दहरू उसको अनुभवबाट आएका होइनन्; ती त उसले सिकेका शब्द मात्र हुन्। उसको मुखबाट जे निस्कन्छन्, ती धर्मसिद्धान्त, छली शब्दहरू मात्र हुन्। तिनीहरूको हैसियत र स्वार्थको कुरा उठ्नेबित्तिकै, ख्रीष्टविरोधीहरूको पहिलो रोजाइ सधैँ आफ्नै संरक्षण र रक्षा गर्ने, अरूलाई लट्ठ्याउने र बहकाउने, अनि कुनै जिम्मेवारी लिन वा कुनै अपराध स्विकार्नबाट पन्छिने हुन्छ। ख्रीष्टविरोधीहरूका यी सारहरू ख्याल गर्दा, के तिनीहरू सत्यता पछ्याइरहेका छन्? के तिनीहरू सत्यता बुझ्न र सत्यता अभ्यास गर्न सक्ने अवस्थामा पुग्न परमेश्वरका वचनहरू पढिरहेका छन्? छैनन्। परमेश्वरका वचनहरू पढ्नुमा ख्रीष्टविरोधीहरूका अभिप्राय र लक्ष्यहरूबारे विचार गर्दा, तिनीहरूले तीबारे कहिल्यै कुनै बुझाइ हासिल गर्नेछैनन्। किनभने तिनीहरू परमेश्वरका वचनहरूलाई बुझ्नुपर्ने सत्यताका रूपमा नभई बरु आफ्नै लक्ष्यहरू हासिल गर्ने साधन ठानेर पढ्छन्। ख्रीष्टविरोधीहरूले स्पष्ट रूपमा “म परमेश्वर हुन चाहन्छु, म ख्रीष्ट हुन चाहन्छु” भनेर नभने पनि, तिनीहरूको लक्ष्य ख्रीष्ट बन्ने हो भन्ने कुरा तिनीहरूका कार्यहरूको सार र परमेश्वरका वचनहरूलाई तिनीहरूले व्यवहार गर्ने तरिकाको सारबाट प्रस्ट हुन्छ। यसलाई कसरी हेर्न सकिन्छ? तिनीहरू मानिसहरूलाई बहकाउन, र सत्यता नबुझ्ने, अज्ञानी, कम कद भएका, सत्यता नपछ्याउने, अविश्वासी, र केही दुष्ट मानिसहरूलाई समेत बहकाउन परमेश्वरका वचनहरू र परमेश्वरद्वारा प्रकटित तिनीहरूले देखेका कुरा जस्तै उहाँका स्वामित्वका कुराहरू र उहाँको अस्तित्व, इत्यादि प्रयोग गर्छन्। तिनीहरू यी मानिसहरूलाई तिनीहरूसँग सत्यता छ, तिनीहरू सच्चा मानिसहरू हुन्, र तिनीहरू प्रशंसा र भरोसालायक व्यक्तित्वहरू हुन् भनी विश्वास दिलाउँछन्। ख्रीष्टविरोधीहरूको उद्देश्य यी मानिसहरूलाई तिनीहरूमाथि आशा राख्ने र तिनीहरूबाट खोजी गर्ने तुल्याउनु हो, र यसो भएपछि, तिनीहरू भित्री रूपमा सन्तुष्ट महसुस गर्छन्।
ख्रीष्टविरोधीहरूले परमेश्वर अद्वितीय हुनुहुन्छ भनेर कहिल्यै मान्दैनन्; तिनीहरू परमेश्वरका वचनहरू सत्यता हुन् भनेर कहिल्यै मान्दैनन्, न त कहिल्यै परमेश्वरले मात्र सत्यता व्यक्त गर्न सक्नुहुन्छ भनेर नै मान्छन्। परमेश्वरका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति, तिनीहरूले परमेश्वरका वचनहरूमा लगाउने मेहनत, र तिनीहरूको परमेश्वर बन्ने, ख्रीष्ट बन्ने कामना मूल्याङ्कन गर्दा, ख्रीष्टविरोधीहरू कुनै व्यक्तिलाई परमेश्वर बन्न सजिलो छ, त्यो मानवले हासिल गर्न सक्ने कुरा हो भन्ने विश्वास गर्छन्। तिनीहरू यसो भन्छन्, “देहधारी परमेश्वरले परमेश्वरका थोरै वचनहरू बोल्न सक्ने भएकै कारण उहाँलाई ख्रीष्ट भनिएको हो, होइन र? के उहाँ परमेश्वरका वचनहरूको मुखपात्र मात्र हुनुहुन्न र? के उहाँलाई धेरै मानिसले पछ्याउने मात्र होइनन् र? त्यसकारण, यदि कुनै व्यक्तिको मानिसहरूमाझ उस्तै हैसियत र प्रतिष्ठा छ भने, यदि उसलाई पनि त्यति नै मानिसहरूले अन्धोभक्ति गर्छन् र उच्च मान्छन् भने, के उसले पनि ख्रीष्टले पाउने व्यवहार, परमेश्वर हुँदा पाइने व्यवहार पाउँदैन र? ख्रीष्टलाई गरिने जस्तो व्यवहार पाउन र परमेश्वरको पहिचान र सार भएको व्यक्तिले जस्तो व्यवहार पाउन सके, के व्यक्ति परमेश्वर हुँदैन र? त्यसमा त्यस्तो गाह्रो के छ र?” तसर्थ, ख्रीष्टविरोधीहरूको परमेश्वर हुने कामना जन्मजात कुरा हो; तिनीहरूमा शैतानकैसरह महत्त्वाकाङ्क्षा र सार हुन्छ। ठ्याक्कै भन्नुपर्दा, तिनीहरू ख्रीष्टविरोधी भएकाले र तिनीहरूमा ख्रीष्टविरोधीको सार हुने हुनाले, तिनीहरू परमेश्वरका वचनहरूप्रति यी प्रतिक्रियाहरू देखाउँछन्। ख्रीष्टविरोधीहरूलाई खुसी तुल्याउने कुरा के हो भने, परमेश्वरले देहधारण गर्नुभएको छ; उहाँका वचनहरू मानिसहरूले सुन्न सक्छन्, र सँगसँगै, उहाँलाई तिनीहरूले देख्न सक्छन्। उहाँ साधारण व्यक्ति हुनुहुन्छ, जसलाई छुन र देख्न सकिन्छ, र ठ्याक्कै भन्नुपर्दा, यो साधारण, नगण्य र मामुली व्यक्तिले अति धेरै बोल्न सक्ने र त्यसैले उहाँ परमेश्वर कहलिने भएकै कारण ख्रीष्टविरोधीहरूले अन्ततः परमेश्वर बन्ने तिनीहरूको अवसर आइपुगेको छ भन्ने देख्छन्। यदि यो साधारण व्यक्तिले नबोल्नुभएको भए, ख्रीष्टविरोधीहरूले तिनीहरूको परमेश्वर वा ख्रीष्ट बन्ने आशा एकदमै कम छ भन्ठान्नेथिए। तर ठ्याक्कै भन्नुपर्दा यो साधारण व्यक्तिले परमेश्वरका वचनहरू बोल्नुभएकाले र परमेश्वरको काम गर्नुभएकाले, अनि तिनीहरूमाझ मानिसहरूलाई मुक्ति दिन परमेश्वरको प्रतिनिधित्व गर्नुभएकाले गर्दा नै ख्रीष्टविरोधीहरू यसलाई आफ्नो मौका, फाइदा उठाउने अवसर ठान्छन्, यसरी तिनीहरूलाई परमेश्वरको बोली, उहाँको भाव र बोल्ने तरिका, र उहाँको स्वभावसमेत अनुकरण गर्ने थप सुराग मिल्छ, र यसले बिस्तारै तिनीहरूलाई झन्-झन् परमेश्वरजस्तो, झन्-झन् ख्रीष्टजस्तो बनाउँछ। तसर्थ, ख्रीष्टविरोधीहरूले हृदयका गहिराइमा तिनीहरू झन्-झन् परमेश्वरजस्तो बनिरहेको, झन्-झन् परमेश्वरनजिक पुगिरहेको महसुस गर्छन्। तिनीहरू श्रद्धा गरिने, पछ्याइने, र सब थोकमा भर परिने परमेश्वर, मानिसहरूले सबै कुरामा खोज्ने र हेर्ने परमेश्वरको अत्यन्तै ईर्ष्या गर्छन्। तिनीहरू ख्रीष्टको पहिचान र व्यक्तिगत मूल्यको ईर्ष्या गर्छन्। ख्रीष्टविरोधीहरू हृदयमा के सोचिरहेका हुन्छन्? के तिनीहरूको हृदयको गहिराइ अँध्यारो र दुष्ट छैन र? के तिनीहरूको हृदयको गहिराइ घृणास्पद, घिनलाग्दो, र लज्जास्पद छैन र? (छन्।) त्यो पूर्णतः घिनलाग्दो छ!
कति मानिसहरू भन्छन्, “तपाईँले ख्रीष्टविरोधीहरूबारे बोल्नुभएको त हामीले सुनिरहेका छौँ, तर हामीले किन यस्तो व्यक्ति कहिल्यै देखेका छैनौँ? के तपाईँ कथा मात्र भनिरहनुभएको छ? काल्पनिक कुराहरूबारे बोलिरहनुभएको छ?” के तिमीहरूलाई यस्ता मानिसहरू हुन्छन् जस्तो लाग्छ? (हुन्छन्।) तिमीहरूले कति जना भेटेका छौ? के तिमीहरू त्यसमा पर्छौ? (हामी पनि यी स्थितिहरू देखाउँछौँ र यस्ता पक्षहरू प्रकाश गर्छौँ। ती ख्रीष्टविरोधीहरूका जति गम्भीर छैनन्, तर प्रकृति सारचाहिँ उस्तै छ।) के तिमीहरूलाई यी स्थितिहरू हुनु खतरनाक हो भन्ने लाग्छ? (लाग्छ।) यदि तिमीहरूलाई यो खतरनाक हो भन्ने थाहा छ भने, तिमीहरू परिवर्तन हुनुपर्छ। के परिवर्तन हुन सजिलो छ? वास्तवमा, यो सजिलो र गाह्रो दुवै हुन सक्छ। यदि तैँले परमेश्वरका वचनहरूलाई, प्रभु येशूले “तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्ने होस्” भनेर भन्नुभएझैँ सरल रूपमा, पालना गर्नुपर्ने सत्यताको रूपमा लिन्छस् भने, तैँले साँच्चिकै पश्चात्ताप गर्न सक्छस्। उदाहरणका लागि, परमेश्वरले तँलाई यसो भनेर केही कुरा कार्यान्वयन गर्न भन्नुहुन्छ, “खाएपछि, थाललाई चाटेर धोएजस्तै सफा बना। यसले खाना पनि बचाउँछ र यो स्वच्छ पनि हुन्छ।” के यी निर्देशनहरू सरल छन्? के यी कार्यान्वयन गर्न सजिला छन्? (छन्।) यदि परमेश्वरले यी थोरै वाक्यहरू मात्र बोलेर, यस्तो अनुरोध गर्नुहुन्छ, मानिसहरूका कठिनाइ वा तिनीहरूका स्थितिहरूमा प्रवेश गर्नुहुन्न, वा भ्रष्ट स्वभावहरूबारे कुरा गर्नुहुन्न, र विभिन्न परिस्थितिहरूको फरक छुट्ट्याउनुहुन्न भने, तैँले यो एउटा मामलालाई कसरी कार्यान्वयन र अभ्यास गर्नेथिइस्? तेरा लागि, यी वाक्यहरू परमेश्वरका वचन हुन्, सत्यता हुन्, र तैँले पालना गर्नुपर्ने कुरा हुन्। तैँले गर्नुपर्ने भनेको हरदिन, हरेकपटक खाएपछि, परमेश्वरको माग पालना गर्ने हो—त्यसपछि तैँले परमेश्वरको मार्ग पछ्याइरहेको, परमेश्वरका वचनहरूलाई सत्यताका रूपमा र आफूले पालन गर्नुपर्ने कुराको रूपमा लिइरहेको हुन्छस्। तँ परमेश्वरका वचनहरू अभ्यास गर्ने व्यक्ति बन्छस्, र यो सबैभन्दा सरल मामलामा, तैँले ख्रीष्टविरोधी स्वभाव फालेको हुन्छस्। विकल्पका रूपमा, यी थोरै वचनहरू सुनेपछि, सायद तैँले मौखिक रूपमा सहमति जनाउँछस् र तिनलाई सम्झिन्छस्, तर खाएपछि, थालमा भातको एकदुई सिता देख्दा, तैँले “म अरू कुरामा व्यस्त छु!” भन्ने सोच्छस् अनि थाललाई यतिकै छोड्छस्। अनि अर्कोपटक खाना खाँदा पनि तैँले त्यसै गर्छस्। परमेश्वरले दिनुभएका यी केही निर्देशनहरू तैँले मनमा त राख्छस्, तर तैँले वास्तवमै तिनलाई अभ्यास गर्ने ठ्याक्कै दिनचाहिँ हुँदैन। समय बित्दै जाँदा, तैँले यी वचनहरू बिर्सिन्छस्। त्यसकारण, तैँले परमेश्वरका वचनहरू अभ्यास नगरेको मात्र नभई, तिनलाई त्यागेको पनि हुन्छस्। यसले तँलाई कस्तो व्यक्ति बनाउँछ? यदि तँ यी वचनहरू कार्यान्वयन गर्दैनस् भने, के तँ परमेश्वरका वचनहरू सुनेपछि उहाँको मार्ग पछ्याउन सक्ने व्यक्ति होस्? के तँ सत्यता पछ्याउने व्यक्ति होस्? प्रस्ट रूपले होइनस्। यदि कसैले सत्यता पछ्याइरहेको छैन भने, के उसलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न सकिन्छ? के सत्यता अभ्यास गर्न नसक्नु नै ख्रीष्टविरोधी हुनुसरह हो? (होइन।) यस्तो व्यक्तिले परमेश्वरका वचनहरूलाई एउटा कानले सुनेर अर्कोले उडाउनुपर्ने कुरा ठान्छ, तिनलाई महत्त्वहीन ठान्छ, अभ्यास गर्दैन, र तीबारे धेरै सोच्दैन—उसले तिनलाई बस बिर्सिदिन्छ। यो कुनै ख्रीष्टविरोधी होइन। अर्कोखाले व्यक्ति पनि छ, जसले परमेश्वरका यी निर्देशनहरू सुनेपछि यस्तो सोच्छ: “खाइसकेपछि थाल चाट्ने रे? कस्तो लाजमर्दो कुरा! म कुनै भिखारी होइन, र त्यसबाहेक, खाना नै नभएको पनि होइन। म त पक्कै त्यसो गर्नेछैन! थाल चाटेर सफा गर्न इच्छुकहरूले आफ्नो थाल चाटे हुन्छ।” जब कसैले “यो परमेश्वरको माग हो” भन्छ, तब उसले सोच्छ, “यो परमेश्वरको माग भए पनि यो अस्वीकार्य छ। परमेश्वरले यस्ता मागहरू राख्नु हुँदैन। यी वचनहरू सत्यता होइनन्! परमेश्वरले पनि मामुली, तर्कहीन, र फिक्का कुराहरू बोल्छन्। परमेश्वरले मानिसहरूबाट गर्ने सबै माग सत्यता नै हुन् भन्ने हुँदैन। यो निर्दिष्ट मागचाहिँ मलाई सत्यताजस्तो लाग्दैन। प्रभु येशूले भनेका छन्, ‘जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छालाई पछ्याउँछन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।’ यस्ता वचनहरू सत्यता हुन्! खाएपछि थाललाई चाटेर सफा पार्नु स्वच्छ हो रे? त्यसलाई सिधै धोए भैगो नि। हामीलाई किन थालहरू चाट्न लगाउनु? यो माग मेरा धारणा वा कल्पनाहरूसँग मिल्दैन; यो त जहाँ पनि अस्वीकार्य हुनेथियो। मलाई थाल चाट्न लगाउने—यो असम्भव छ! के स्वच्छताको परिभाषा यही हो? म मेरो थाल डिस्इन्फेक्टेन्ट प्रयोग गरेर पानीले धुन्छु—म त्यसैलाई स्वच्छता भन्छु!” ती वचनहरू सुनेपछि, यस्तो व्यक्तिसँग उसका आफ्नै सोच र भित्री प्रतिरोध हुन्छन्; ऊ गिल्ला र बदनामी गर्नमा समेत सामेल हुन्छ। यी वचनहरू परमेश्वरबाट आएका हुनाले तिनीहरूले खुलेआम तिनको आलोचना गर्ने आँट गर्दैनन्, तर यसको अर्थ तिनीहरूसँग तिनका बारेमा राय वा धारणाहरू हुँदैनन् भन्ने होइन। तिनीहरूका राय र धारणाहरू कहाँ प्रकट हुन्छन्? तिनीहरूले यी वचनहरू स्वीकार वा अभ्यास गर्दैनन्; तिनका बारेमा तिनीहरूका आफ्नै सोचहरू हुन्छन्, र तिनीहरूले तिनलाई आलोचना गर्न र तीबारे धारणाहरू बनाउन सक्छन्। त्यसकारण, जब तिनीहरूले आफ्नो खाना खाइसक्छन् र केही मानिसहरूले थालहरू चाटेर सफा पारिरहेको देख्छन्, तब तिनीहरूले त्यसो गर्दैनन्, र ती परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नेहरूप्रति हृदयमा हेयसमेत पाल्छन्। तिनीहरूको बाहिरी व्यवहारले प्राय: उपहास र गिल्ला, साथै अरूको व्यवहार सच्याउन चाहने मनोवृत्तिसमेत प्रकाश गर्छ। तिनीहरूले परमेश्वरको बोलीअनुसार व्यवहार गर्नु त कता हो कता, बरु उल्टो कार्यसमेत गर्छन्, र उहाँको बोलीका विपरीत कार्यहरूमा संलग्न हुन्छन्। तिनीहरूले आफ्ना कार्यहरूमार्फत परमेश्वरको माग अस्वीकार गर्छन्, परमेश्वरले भन्नुभएको कुराको प्रतिरोध गर्छन्, साथै तिनीहरू आफ्ना कार्यहरूमार्फत थप ध्यानाकर्षण गर्न खोज्छन्, परमेश्वरले भन्नुभएको कुरा गलत हो, र तिनीहरूको मार्ग मात्र सही हो भनेर अझ धेरै मानिसहरूलाई मनाउँछन्, अझ धेरै मानिसहरूलाई परमेश्वरका वचनहरूको प्रतिरोध र निन्दा गर्न डोर्याउँछन्। तिनीहरू परमेश्वरले दिनुभएको निर्देशनअनुसार कार्य गर्दै गर्दैनन्; हरेकपटक खाना खाइसकेपछि, तिनीहरूले आफ्नो थाल पानीले पखाल्ने मात्र नभई, त्यसलाई दोहोर्याएर डिस्इन्फेक्टेन्ट र साबुनले धुने पनि गर्छन्, र त्यसपछि त्यसलाई कीटाणु हटाउने ठाउँमा राखेर निर्मलीकरण पनि गर्छन्। यसो गर्दै गर्दा, तिनीहरूले अनजानमा केही अभिव्यक्तिहरू पनि निर्माण गर्छन्, र सबैलाई यसो भन्छन्, “खासमा, चाटेर कीटाणुहरू हट्दैनन्, न त पानीले धोएर नै हट्छन्। डिस्इन्फेक्टेन्ट प्रयोग गर्नुका साथै, उच्च तापक्रममा राखेर मात्र त्यसलाई पूर्णतया निर्मलीकरण गर्न सकिन्छ। त्यो नै स्वच्छ हुनु हो।” तिनीहरूले परमेश्वरले भन्नुहुने कुरा स्विकार्न नमान्ने वा परमेश्वरको निर्देशनअनुसार अभ्यास नगर्ने मात्र नभई, परमेश्वरका मागहरूको प्रतिरोध, निन्दा र आलोचना गर्न आफ्नै शब्द र कार्यहरूसमेत प्रयोग गर्छन्। अझ चरम कुरा त, अझ धेरै मानिसहरूलाई उक्साउँदै भ्रममा पारेर परमेश्वरका मागहरूको निन्दा, प्रतिरोध आलोचना गर्नमा तिनीहरूसँग जोडिन लगाउनका लागि आफूलाई सही लागेका केही रायहरू प्रयोग समेत गर्छन्। तिनीहरू यहाँ के भूमिका खेलिरहेका छन्? त्यो अझ धेरै मानिसहरूलाई परमेश्वरका वचनहरू सुन्न र निःसर्त परमेश्वरप्रति समर्पित हुन डोर्याउने भूमिका होइन, न त मानिसहरूका धारणाहरू उत्पन्न हुँदा तिनलाई समाधान गर्ने भूमिका हो, न त मानिसहरू र परमेश्वरबीच विरोधाभासहरू उत्पन्न हुँदा ती विरोधाभासहरू वा मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्ने भूमिका नै हो। त्यसको साटो, तिनीहरूले परमेश्वरको आलोचना गर्न अझ धेरै मानिसहरूलाई उक्साउँछन् र भ्रममा पार्छन्, परमेश्वरका वचनहरू सही हुन् कि होइनन् भन्नेबारे विश्लेषण र छानबिन गर्न तिनीहरूसित जोडिन लगाउँछन्। बाहिरी रूपमा हेर्दा, तिनीहरू इन्साफका समर्थक भएजस्तो र जे न्यायोचित देखिन्छ त्यसैमा संलग्न भएजस्तो देखिन्छ। तर के यो परमेश्वरलाई पछ्याउने व्यक्तिलाई सुहाउने सही आचरण हो? के मानवको इन्साफको बोध यही हो? (होइन।) त्यसोभए, यस व्यवहारपछाडि यस्ता व्यक्तिहरूको सारचाहिँ ठ्याक्कै के हो त? (तिनीहरूमा ख्रीष्टविरोधीहरूको, दियाबलसहरूको सार हुन्छ।) यी व्यक्तिहरूले परमेश्वरका वचनहरूलाई सत्यताका रूपमा व्यवहार गर्न नसक्ने मात्र नभई, अझ लाजमर्दो कुरा त, तिनीहरूले आत्मिक मानिसहरूको ढोँग गर्न, प्रायः परमेश्वरका वचनहरू प्रयोग गरेर अरूलाई निर्देशन दिन, र त्यसमार्फत आफूलाई सुशोभित पार्न र आदर प्राप्त गर्न सक्छन्। तिनीहरू आफै परमेश्वरका वचनहरू अभ्यास गर्दैनन्, न त तिनलाई अनुभव र कार्यान्वयन गर्नुपर्ने सत्यताका रूपमै लिन्छन्। तैपनि, तिनीहरू प्रायः अरूलाई कडाइसाथ र गम्भीर रूपमा यसो भन्छन्: “परमेश्वरले भनेका छन्, खाना खाएपछि, थाल चाटेर सफा बनाउनू; यो राम्रो बानी हो र यसो गर्दा खानाको बचत हुन्छ।” हरेक शब्द र वाक्यमा तिनीहरू “परमेश्वरले भनेका छन्,” “यो परमेश्वरको वचन हो,” वा “यो नै सत्यता हो” भन्ने झन्डा फहराउँछन्, तर तिनीहरू आफैचाहिँ त्यसलाई बिलकुलै स्वीकार वा अभ्यास गर्दैनन्। यसका साथै, तिनीहरूले परमेश्वरका वचनहरूका विभिन्न फैसला र भ्रमपूर्ण व्याख्याहरू पैदा गर्छन्। ख्रीष्टविरोधीहरूले गर्ने नै यही हो।
भर्खरै यी तीन प्रकारका मानिसहरूका प्रकटीकरणहरू विश्लेषण गरिसकेपछि, कुनचाहिँ सबैभन्दा गम्भीर देखिन्छ? (अन्तिम प्रकारको।) यस्तो प्रकारको व्यक्ति आफैले परमेश्वरका वचनहरू अभ्यास गर्दैन र ऊ परमेश्वरका वचनहरूविरुद्ध विभिन्न प्रतिरोध र आलोचनाहरूले भरिएको हुन्छ। यसका साथै, उसले अरूलाई भ्रममा पार्न र आफ्ना लक्ष्यहरू हासिल गर्न परमेश्वरका वचनहरू प्रयोग गर्छ। यस्ता मानिसहरू ख्रीष्टविरोधी हुन्। तिनीहरूले परमेश्वरका वचनहरूको जुनसुकै पक्ष भए पनि, यी वचनहरू तिनीहरूका धारणाहरूअनुरूप भए पनि, परमेश्वरका वचनहरूलाई सत्यता मान्दैनन्; यो विशेषगरी मानव धारणाहरू, परम्परागत संस्कृति, र दर्शनसँग पूर्ण रूपमा विरोधाभासी हुने परमेश्वरका वचनहरूमा लागु हुन्छ—यी वचनहरूलाई त ख्रीष्टविरोधीहरूले झनै कम महत्त्व दिन्छन्। यदि तिनीहरूले परमेश्वरका वचनहरूलाई महत्त्वपूर्ण ठान्दैनन् भने, तिनको किन प्रचार गर्नेथिए र? तिनीहरू आफ्ना उद्देश्यहरू पूरा गर्न परमेश्वरका वचनहरू प्रयोग गर्न चाहन्छन्। यी तीन प्रकारका मानिसहरूमध्ये सबैभन्दा खतरनाक यही अन्तिम प्रकारको हुन्छ। पहिलो प्रकारको चाहिँ कस्तो हुन्छ? (उसले परमेश्वरका वचनहरू सुन्छ र अभ्यास गर्छ।) के तिमीहरूलाई परमेश्वरका वचनहरू सुन्ने र अभ्यास गर्नेहरू सबैको दिमाग हुँदैन भन्ने लाग्छ? सतहमा, के परमेश्वरले जे भन्नुहुन्छ र मानिसहरूलाई जे गराउनुहुन्छ त्यसलाई कडाइसाथ पालन गर्नु अलि मूर्खताजस्तो देखिन्छ? (देखिँदैन।) जो परमेश्वरका वचनहरू अभ्यास गर्छन् तिनीहरू सबैभन्दा बाठा हुन्छन्। दोस्रो प्रकारको व्यक्तिले कार्यमा ध्यान दिन्छ; उसले सत्यता अभ्यास गर्दैन, बरु आफ्नै इच्छाअनुसार कार्य मात्र गर्छ र केही श्रम गर्छ। उसले परमेश्वरका वचनहरूको अर्थ वा माग र मानकहरूप्रति ध्यान दिँदैन। उसले परमेश्वरका अभिप्रायहरू वा उहाँको भित्री आवाज बुझ्दैन, र कार्य गर्नमा मात्र ध्यान दिन्छ। ऊ सोच्छ, “मलाई थाहा छ, तपाईँ हाम्रा लागि राम्रै चाहनुहुन्छ। तपाईँले भन्नुभएको सबथोक सही हुन्छ। हामीले तपाईँको कुरामा समर्पित हुनुपर्छ र त्यसलाई अभ्यास गर्नुपर्छ; तपाईँ बोल्नमा मात्र ध्यान दिनुहोस्, अनि हामी सबैले सुन्नेछौँ।” तर वास्तवमा, उसले परमेश्वरको कुरालाई वा मानिसहरूप्रतिका परमेश्वरका विस्तृत मागहरूलाई गम्भीर रूपमा लिँदैन। उसले सोचविचार नगरी कार्य गर्छ। सोचविचार नगरी कार्य गर्दा, कहिलेकाहीँ यसले बेकाबु र नीतिभ्रष्ट तरिकाले कार्य गर्ने, अवरोध र बाधाहरू निम्त्याउने हदमा डोर्याउन सक्छ; यसले परमेश्वरको प्रतिरोधमा डोर्याउन सक्छ। परमेश्वरको चरम प्रतिरोध गर्दा, यसले कहिलेकाहीँ ठूलो समस्या निम्त्याउँछ, जसले विनाशतर्फ डोर्याउन सक्छ। सत्यता नपछ्याउनेहरूका लागि यो सबैभन्दा गम्भीर परिणाम हो, र कतिपय मानिसहरू यो हदसम्म पुग्न सक्छन्। तेस्रो प्रकारका व्यक्ति, ती ख्रीष्टविरोधीहरू शैतानका कट्टर अनुयायी हुन्। तिनीहरूले जेसुकै भए पनि, कहिल्यै सत्यता अभ्यास गर्दैनन्। तैँले भनेको कुरा सही भए पनि, तिनीहरूले सुन्नेछैनन्, तिनीहरूका आफ्नै धारणाहरू छन् भने त झन् त्यसको कुरै नगरौँ। तिनीहरू परमेश्वरका कट्टर शत्रु हुन्, सत्यताका कट्टर शत्रु हुन्। बाहिरबाट हेर्दा, ती मानिसहरू सबैभन्दा धूर्त र चतुर देखिन्छन्। तिनीहरूले सबथोक खुट्ट्याउने र छानबिन गर्ने गर्छन्, र सारा मामलाहरू मनन गर्न र बुझ्न लागिपर्छन्। तर अति धेरै छानबिन गरेपछि, तिनीहरू अन्ततः परमेश्वर स्वयम्लाई नै छानबिन गरिछाड्छन्, उहाँबारे धारणा र रायहरू बनाइछाड्छन्। परमेश्वरले जे गर्नुभए पनि, यदि त्यसले तिनीहरूको आफ्नै फैसला पार गरेन भने, तिनीहरू त्यसलाई निन्दा गर्न बाँकी राख्दैनन्; तिनीहरू त्यसलाई अभ्यास गर्न इन्कार्छन्, त्यो तिनीहरूका लागि हानिकारक होला भनेर डराउँछन्। अर्कोतिर, जो बाहिरी रूपमा मूर्ख देखिन्छन्, तिनीहरू बुद्धि नै नभएझैँ, परमेश्वरले जे भन्नुभयो ठ्याक्कै त्यही गर्छन्। तिनीहरू अति नै सरल र इमानदार देखिन्छन्, र भन्न नमिल्ने कुराहरू पनि खुलेर भन्छन्, रिपोर्ट गर्नु नपर्ने कुरासमेत रिपोर्ट गर्छन्, र कहिलेकाहीँ अलिक भोलाभाला व्यवहार पनि देखाउँछन्। यसले के सङ्केत गर्छ? यसले त्यस्ता मानिसहरूको हृदय परमेश्वरप्रति खुला छ, उहाँप्रति बन्द गरिएको वा बारिएको छैन भन्ने देखाउँछ। यो सरल उदाहरणबारे छलफल गर्नुको उद्देश्य, ख्रीष्टविरोधी भनेको के हो र परमेश्वरका वचनहरूप्रति उसको मनोवृत्ति साँच्चिकै कस्तो हुन्छ भनेर तिमीहरूलाई बुझ्न मदत गर्नु हो। यसको उद्देश्य तिमीहरूलाई कस्ता मानिसहरू ख्रीष्टविरोधी हुन् र कस्ता मानिसहरू सत्यता अभ्यास गर्दैनन् तर ख्रीष्टविरोधी होइनन् भनी खुट्ट्याउन मदत गर्नु हो। यसको उद्देश्य यस्तो सुझबुझ प्राप्त गर्नु हो। आज हामीले सङ्गति गरिरहेको विषय तिमीहरूलाई बुझ्न अझ सजिलो पार्न मैले यतिकै यो उदाहरण ल्याएँ। मैले वास्तवमै तिमीहरूलाई खाना खाएपछि थाल चाटेर सफा पार्न भनिरहेको छैन। न त मैले थाल चाट्नु भनेको स्वच्छता र खाना खेर नफाल्नुको पर्यायवाची हो भनेर परिभाषित नै गरेको छु। तिमीहरूले यसो गर्नु आवश्यक छैन; तिमीहरूले गलत बुझ्नु हुँदैन।
आज, ख्रीष्टविरोधीहरूले कसरी परमेश्वरका वचनहरू तिरस्कार गर्छन् भन्ने सम्बन्धमा “ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन्” भन्ने थप एउटा विषयवस्तुमा सङ्गति गरियो। उपभोग्य वस्तुहरूको कुरा आउँदा, यसमा बिक्री, किनबेच, नाफा र पैसाको कुरा संलग्न हुन्छ। ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा हेर्नु भनेको कहिल्यै गर्न नहुने काम हो, यो पूर्णतया पापी काम हो। किन? हामीले भर्खरै भेला सुरु गर्दा, सबैले परमेश्वरका वचनहरू र सत्यताबारे तिनीहरूका बुझाइ आफ्नै भाषामा सङ्गति गरे, तिनलाई सबैभन्दा सरल भाषामा सारांश गरे। समग्रमा, परमेश्वरका वचनहरू नै सत्यता हुन्। मानवजातिका लागि, सत्यता अति नै महत्त्वपूर्ण कुरा हो। सत्यता मान्छेको जीवन हुन सक्छ, यसले मानिसहरूलाई मुक्ति दिन र मृत्युबाट बौर्याउन, अनि व्यक्तिलाई मानकअनुरूपको सृजित प्राणी बन्न सक्षम तुल्याउन सक्छ। मानवजातिका लागि सत्यताको महत्त्वलाई शब्दहरू, भौतिक वस्तुहरू वा पैसामा मापन गर्न सकिँदैन। यसलाई त प्रिय र बहुमूल्य ठानिनुपर्छ, र यो मानिसहरूले कार्यहरू, आचरण, जीवन र पूरै अस्तित्वका लागि मार्गदर्शन, दिशा, र लक्ष्यका रूपमा लिन योग्य छ। मानिसहरूले सत्यताबाट, अभ्यासको मार्ग प्राप्त गर्नुपर्छ, साथै यसबाट परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग प्राप्त गर्नुपर्छ। मानिसहरूका लागि, सत्यता भनेको जीवनसरह हो। कुनै पनि भौतिक वस्तु वा धनलाई सत्यतासँग बराबरी मानेर कुरा गर्न सकिँदैन। यो भौतिक संसारमा, वा पूरै ब्रह्माण्ड जगतमा, सत्यतासँग तुलना गर्नयोग्य कुरा केही पनि छैन, न त सत्यताको बराबर हुन सक्ने कुनै कुरा नै छ। यसबाट प्रस्ट हुन्छ कि मुक्तिको खाँचो भएका मानवजातिका लागि, सत्यता नै सबैभन्दा मूल्यवान् खजाना हो, र यो अमूल्य छ। तैपनि, अचम्मको कुरा, यस्तो अमूल्य चिजलाई समेत उपभोग्य वस्तुका रूपमा लिने र नाफाका लागि बेच्ने र कारोबार गर्ने व्यक्तिहरू पनि छन्। के यस्ता व्यक्तिहरूलाई दियाबलस, शैतानका रूपमा चित्रण गर्न सकिन्छ? अवश्यै सकिन्छ! आत्मिक क्षेत्रमा, यस्ता व्यक्तिहरू दियाबलस र शैतान हुन्; मानिसहरूका माझमा, तिनीहरू ख्रीष्टविरोधीहरू हुन्।
हामीले भर्खरै ख्रीष्टविरोधीहरूले कसरी परमेश्वरका वचनहरूलाई व्यक्तिगत फाइदाका लागि बिक्रीमा राखिने उपभोग्य वस्तुका रूपमा लिन्छन् भन्ने कुराका केही प्रकटीकरणहरूबारे सङ्गति गर्यौँ। यो अवश्य नै कुनै निश्चित अर्थमा भनिएको हो र यो पूर्ण रूपले यसको शाब्दिक अर्थसँग मिल्दैन—सीधा रूपले चाहिँ तिनीहरूले परमेश्वरका वचनहरूलाई बिक्रीमा राखिने उपभोग्य वस्तुका रूपमा लिन्छन् भन्ने कुरा प्रस्ट देखिँदैन। तर, खासमा, तिनीहरूको व्यवहार, शैली, र सारसमेत मूल्याङ्कन गर्दा, तिनीहरूले पहिले नै वा अत्यन्तै निश्चिततासाथ परमेश्वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा, र स्वामित्वमा राखिने भौतिक चिजका रूपमा लिइसकेका हुन्छन्। तिनीहरूको स्वामित्वमा परिसकेपछि, तिनीहरूले परमेश्वरका वचनहरूलाई आफ्नो सानो पसलको सामानका रूपमा लिन्छन्, र अवसर आएको बखत जसलाई आवश्यक परेको छ उसलाई बेच्छन् र त्यसबाट फाइदा प्राप्त गर्छन्। ख्रीष्टविरोधीहरूले यसबाट के-के फाइदाहरू प्राप्त गर्छन्? यी फाइदाहरूमा तिनीहरूको प्रतिष्ठा, अरूबाट मिल्ने उच्च मान र अन्धोभक्ति, आफूतिर चढाइने प्रशंसाका नजरहरू, र अरूले प्रदान गर्ने सुरक्षा, जस्तै तिनीहरूको हैसियत र इज्जतको सुरक्षा पर्छन्। तिनीहरूलाई बर्खास्त गरिँदा र हटाइँदासमेत, मानिसहरूले तिनीहरूको पक्षमा बोल्नेछन् र तिनीहरूको प्रतिरक्षा गर्नेछन्। ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूबाट लिने फाइदाहरू यिनै हुन्। ख्रीष्टविरोधीहरूले चाहने र पछ्याउने, साथै तिनीहरूले लामो समयदेखि हृदयमा नियोजित गरेका फाइदाहरू यिनै हुन्। यो ख्रीष्टविरोधीहरूको सार हो। तिनीहरूका कार्य र व्यवहारहरूमा तिनीहरूको प्रकृतिकै प्रेरणा र दबदबा हुन्छ, र यी प्रकटीकरणहरूबाट, ख्रीष्टविरोधीहरूको प्रकृति सार देख्न सकिन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।