विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग सात) खण्ड एक

इ. परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्नु

आज हामी ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूको दसौँ विषयवस्तु—तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् भन्‍नेबारे सङ्गति गर्न जारी राख्नेछौँ। पछिल्लोपटक, हामीले ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्छन् भन्‍ने मूल शीर्षकको तेस्रो खण्डसम्म सङ्गति गर्‍यौँ। यस खण्डबारे हाम्रो सङ्गति र चिरफार तीन उपशीर्षकहरूमा विभाजित थियो। ती तीन उपशीर्षकहरू के-के हुन्? (पहिलो हो, ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्छन् र अर्थ्याउँछन्; दोस्रो हो, ख्रीष्टविरोधीहरू आफ्ना धारणाहरूसँग मेल नखाँदा परमेश्‍वरका वचनहरूलाई नकार्छन्; र तेस्रो हो, ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भनी खोजीनिती गर्छन्।) के ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्छन् भन्‍नुको समग्र अर्थ यी तीनवटा मात्र हुन्? (अरू पनि हुनुपर्छ।) अरू कस्ता अभिव्यक्ति र प्रकटीकरणहरू छन्? (ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई अनादरपूर्वक व्यवहार गर्ने।) के परमेश्‍वरका वचनहरूलाई अनादरपूर्वक व्यवहार गर्नु तिनीहरूले परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्छन् भन्ने एउटा प्रकटीकरण हो? के परमेश्‍वरका वचनहरूलाई अनादरपूर्वक व्यवहार गर्नु परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्नुको एउटा व्याख्या होइन र? यहाँ हामीलाई व्याख्याहरू चाहिँदैन, बरु परमेश्‍वरका वचनहरूलाई ख्रीष्टविरोधीहरूले तिरस्कार गर्नुका विभिन्‍न प्रकटीकरण र अभ्यासहरू चाहिन्छन्, जुन तैँले देख्न र छुन सक्छस्, र जसबारे तैँले सुनेको छस्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्नुका विभिन्‍न प्रकटीकरणहरूबारे तिमीहरूसँग त्यति बुझाइ छैन जस्तो देखिन्छ। तिमीहरूसँग मैले पहिले सङ्गति गरेका तीन विषयवस्तुबारे केही शाब्दिक बुझाइ होला, तर तिमीहरू ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्नुका अन्य कस्ता प्रकटीकरणहरू होलान् भनेर सोच्न सक्दैनौ, होइन त? हामीले यसअघि नै सङ्गति गरेका तीनवटै प्रकटीकरणहरू तिमीहरूले याद गरेको हुनुपर्छ। के परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्दा ख्रीष्टविरोधीहरूका व्यवहार र प्रकटीकरणहरू खुला र निष्कपट हुन्छन्? के यी सोझा मानिसहरूले गर्नुपर्ने कुरा हुन्? (होइनन्।) यी सामान्य मानवतामा हुनुपर्ने प्रकटीकरणहरू होइनन्; यी सकारात्मक छैनन्, बरु नकारात्मक छन्। यी केही व्यवहारहरूको निहित सारले शैतान, पिशाच र परमेश्‍वरका शत्रुहरूतर्फ सङ्केत गर्छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूप्रति गर्ने व्यवहारमा, कुनै समर्पणता हुँदैन, कुनै स्वीकार हुँदैन, कुनै अनुभव हुँदैन, आफ्ना धारणाहरू पन्छाएर परमेश्‍वरका वचनहरूलाई सरलता र खुलापनसाथ स्विकार्ने काम हुँदैन—त्यसको साटो, तिनीहरूले परमेश्‍वरका वचनहरूप्रति विभिन्‍न शैतानी मनोवृत्तिहरू निर्माण गर्छन्। ख्रीष्टविरोधीहरूका यी प्रकटीकरण र व्यवहारहरूमार्फत प्रकाश हुने स्वभाव ठ्याक्कै शैतानले आत्मिक क्षेत्रमा प्रकाश गर्ने स्वभाव हो। यी व्यवहारहरू, कुनै पनि अवस्था, कुनै पनि युग, कुनै पनि मानिसहरूको समूहमाझ सकारात्मक हुँदैनन्। ती दुष्ट र नकारात्मक हुन्छन्, र ती कुनै पनि सृजित प्राणी वा सामान्य व्यक्तिमा हुनुपर्ने प्रकटीकरण वा व्यवहारहरू होइनन्। तसर्थ, हामी तिनलाई ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूका रूपमा चित्रण गर्छौँ। यी तीन विषयवस्तुहरूबारे सङ्गति गरेपछि, धेरैजसो मानिसहरूलाई यी तीन प्रकटीकरणहरूले सम्भवतः परमेश्‍वरका वचनहरूप्रतिका ख्रीष्टविरोधीहरूका सबै आधारभूत मनोवृत्तिहरू समेट्छन् भन्‍ने लाग्ला। तर, तिमीहरूले एउटा कुरा बेवास्ता गरेका छौ: परमेश्‍वरका वचनहरूप्रतिका ख्रीष्टविरोधीहरूको व्यवहार यी तीन तरिकाहरूमा मात्र सीमित छैन। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्ने कुरालाई चित्रण गर्ने अर्को प्रकटीकरण र व्यवहार पनि छ। यो प्रकटीकरण के हो? यो हो, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिनु। यदि हामीले यसको शाब्दिक अर्थ हेर्‍यौँ भने, कतिपय मानिसहरूको मनमा निश्‍चित व्यक्तिहरू जनाउने केही चित्रहरू आउन सक्छन्, तर यसको निर्दिष्ट र साँचो प्रकटीकरणहरू अझै त्यति प्रस्ट हुँदैनन्; ती अझै निकै अस्पष्ट र सामान्य हुन्छन्। त्यसोभए, आज, हामी ख्रीष्टविरोधीहरूले कसरी परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन् भन्‍नेबारे सङ्गति गर्नेछौँ।

घ. ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन्

ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन्; यो पनि भन्‍न सकिन्छ कि ख्रीष्टविरोधीहरू सत्यतालाई नै उपभोग्य वस्तुका रूपमा लिन्छन्। तिनलाई उपभोग्य वस्तुका रूपमा लिनु भन्‍नुको अर्थ के हो? यसको अर्थ बस केही मौखिक दाबीहरू गर्नु, देखावट गर्नु, र त्यसपछि प्रसिद्धि, लाभ र हैसियत पाउनका लागि जालझेल गरेर मानिसहरूको भरोसा, समर्थन, र अनुमोदन प्राप्त गर्नु हो। यसरी परमेश्‍वरका वचनहरू र सत्यता तिनीहरूका लागि माथि उक्लिने सिँढी बन्छन्। सत्यताप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यही हो। तिनीहरू सत्यतालाई आफूअनुकूल प्रयोग गर्छन्, खेलबाड गर्छन्, र कुल्चन्छन्, जुन ख्रीष्टविरोधीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ। त्यसोभए, परमेश्‍वरका वचनहरू र सत्यता ठ्याक्कै के हुन्? हामीले कसरी सत्यतालाई सही रूपमा परिभाषित गर्नुपर्छ? ल भन् त, सत्यता के हो? (सत्यता भनेको मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्ड हो।) यो सत्यताको सही र निर्दिष्ट परिभाषा हो। तिमीहरू सबैले यो वाक्यलाई कसरी बुझ्छौ? तिमीहरूले यो वाक्यलाई आफ्नो दैनिक जीवनमा र जीवनभर कसरी लागु गर्नुपर्छ? तिमीहरूले यो वाक्यलाई कसरी अनुभव गर्नुपर्छ? नछानीकन वा प्रशोधन नगरीकन जे सोच्न र बुझ्न सक्छौ त्यही झट्टै भन त। तिमीहरूको अनुभवका भाषामा, सत्यता के हो? परमेश्‍वरका वचनहरू के हुन्? (सत्यताले व्यक्तिको जीवनप्रतिको दृष्टिकोण र उसका मान्यताहरू परिवर्तन गर्न सक्छ, जसले उसलाई सामान्य मानवको स्वरूपमा जिउन सक्षम तुल्याउँछ।) तैँले भनेको सबै कुरा बृहत् नभए पनि, त्यसले सत्यताको एउटा अनुभवात्मक बुझाइ बताउँछ; तिमीहरूले दैनिक जीवनबाट अनुभव गरेका र निकालेका अन्तर्ज्ञान र अनुभूतिहरू तिनै हुन्। अरू कसलाई आफ्नो कुरा भन्‍न मन छ? (सत्यताले हाम्रा भ्रष्ट स्वभावहरू शुद्ध पार्न सक्छ, यसबाट हामी सिद्धान्तहरूअनुसार व्यवहार गर्न र परमेश्‍वरका अभिप्रायहरूअनुरूप काम गर्न सक्षम हुन्छौँ।) यो भनाइ निकै राम्रो र प्रखर छ। भन्दै जाओ त। (सत्यता जीवन हो, अनन्त जीवनमा पुग्ने मार्ग हो। सत्यता पछ्याएर अनि त्यसद्वारा जिएर मात्र जीवन प्राप्त गर्न सकिन्छ।) (सत्यताले मानिसहरूलाई परमेश्‍वरको डर मान्‍न र दुष्टतादेखि अलग बस्न, साँचो मानव बन्‍न सक्षम तुल्याउँछ।) यी दुइटै कुराले मानिसहरूको दैनिक जियाइका अभ्यासका सिद्धान्तहरू समेट्छन्। व्याख्याहरू तुलनात्मक रूपमा गहन र उच्च सुनिने भए पनि, यी निकै व्यावहारिक छन्। (सत्यताले हामीभित्र रहेका भ्रष्ट स्वभावहरूको खुलासा गर्न, मामलाहरूबारे हाम्रा गलत दृष्टिकोणहरू बदल्न, र हामीलाई साँचो मानवका रूपमा जिउन सक्षम तुल्याउन सक्छ।) यी वाक्यहरू व्यावहारिक छन् र यिनले मानिसहरूका लागि सत्यताको मूल्य र महत्त्व, साथै सत्यताले मानिसहरूमाथि पार्न सक्ने प्रभावहरू समेट्छन्। तिमीहरू सबैले जे उल्लेख गरेका छौ, त्यसबारे हामीले यसअघि बारम्बार कुरा गरेका छौँ। हरव्यक्तिको जोड फरक कुरामा भए पनि, यो सबै सत्यताबारे पहिला चर्चा र परिभाषित गरिएको वाक्यसँग सम्बन्धित छ—सत्यता भनेको सबथोक मापन गर्ने मापदण्ड हो। के सत्यतालाई परमेश्‍वरका वचनहरूसँग बराबर मान्‍न सकिन्छ? (सकिन्छ।) परमेश्‍वरका वचनहरू सत्यता हुन्। तिमीहरूले आफ्नो सङ्गतिमा बताएका अनुभवात्मक बुझाइका आधारमा, के हामी सत्यता नै सबै सकारात्मक कुराहरूको वास्तविकता हो भनेर भन्‍न सक्छौ? (सक्छौँ।) सत्यता नै सबै सकारात्मक कुराहरूको वास्तविकता हो। यो एक व्यक्तिको जीवन र ऊ हिँड्ने दिशा हुनसक्छ; यसले व्यक्तिलाई आफ्‍नो भ्रष्ट स्वभाव फाल्ने, परमेश्‍वरको डर मान्ने र दुष्टतादेखि अलग बस्ने, परमेश्‍वरप्रति समर्पित हुने, सृजित प्राणीका रूपमा मानकअनुरूपको हुने, र परमेश्‍वरले प्रेम गर्नुहुने र उहाँलाई स्वीकार्य लाग्ने व्यक्ति हुने तुल्याउन सक्छ। सत्यताको बहुमूल्यता ध्यानमा राखी हेर्दा, परमेश्‍वरका वचनहरू र सत्यताबारे व्यक्तिसँग कस्तो मनोवृत्ति र दृष्टिकोण हुनुपर्छ? यो निकै स्पष्ट छ: परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरू र परमेश्‍वरको डर मान्ने हृदय भएकाहरूका लागि, उहाँका वचनहरू तिनीहरूका जीवनशक्ति हुन्। मानिसहरूले परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नुपर्छ, तिनलाई खानु र पिउनुपर्छ, तिनको आनन्द उठाउनुपर्छ, र तिनलाई आफ्‍नो जीवनका रूपमा, आफू हिँड्ने दिशाका रूपमा, र तयारी सहायता र आपूर्तिका रूपमा स्वीकार गर्नुपर्छ; मानिसहरूले सत्यताका अभिव्यक्ति र मागहरूअनुसार अभ्यास र अनुभव गर्नुपर्छ, अनि तिनीहरू सत्यताले तिनीहरूलाई प्रदान गर्ने विभिन्न माग र सिद्धान्तहरूप्रति समर्पित हुनुपर्छ। यसो गरे मात्र व्यक्तिले जीवन प्राप्त गर्न सक्छ। सत्यताको पछ्याइ मुख्यगरी परमेश्‍वरका वचनहरूको अभ्यास र अनुभव हो, तिनका बारेमा छानबिन, विश्‍लेषण, अनुमान, र शङ्का गर्ने होइन। सत्यता नै मानिसहरूको तयारी सहायता र आपूर्ति भएकोले, र यो तिनीहरूको जीवन हुनसक्‍ने हुनाले, तिनीहरूले सत्यतालाई सबैभन्दा बहुमूल्‍य कुराका रूपमा लिनुपर्छ, किनभने तिनीहरूले जिउन, परमेश्‍वरका मागहरू पूरा गर्न, उहाँको डर मान्न र दुष्टतादेखि अलग बस्न, अनि आफ्नो दैनिक जीवनमा अभ्यासको मार्ग भेट्टाउन र अभ्यासका सिद्धान्तहरू बोध गर्न, यसमार्फत परमेश्‍वरप्रतिको समर्पणता हासिल गर्न सत्यतामाथि नै भर पर्नुपर्छ; मानिसहरूले आफ्‍नो भ्रष्ट स्वभाव फाल्न, अनि मुक्ति दिइने र मानकअनुरूपको सृजित प्राणी बन्‍नका लागि पनि सत्यतामै भर पर्नुपर्छ। यसलाई जुन दृष्टिकोणबाट वा जुन तरिकाले व्यक्त गरिए पनि, सत्यताप्रति मानिसहरूमा सबैभन्दा नहुनुपर्ने मनोवृत्ति भनेको परमेश्‍वरका वचनहरू र सत्यतालाई कुनै उपजका रूपमा वा सजिलै किनबेच गरिने उपभोग्य वस्तुका रूपमा लिनु हो। परमेश्‍वरले सबैभन्दा हेर्न नचाहनुहुने कुरा नै यही हो, र यो साँचो सृजित प्राणीमा सबैभन्दा नहुनुपर्ने व्यवहार र प्रकटीकरण पनि हो।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिनुको उद्देश्य र अभिप्राय के हो? तिनीहरू साँच्चिकै के गर्न खोजिरहेका हुन्छन्, र तिनीहरूको मनसाय के हो? जब कुनै व्यापारीले कुनै उपभोग्य वस्तु किन्छ, तब उसको आशा हुन्छ कि त्यो उपभोग्य वस्तुले उसलाई लाभहरू र आफूले चाहेको धेरै पैसा ल्याओस्। त्यसकारण, जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई कुनै उपभोग्य वस्तुका रूपमा लिन्छन्, तिनीहरू निस्सन्देह नै परमेश्‍वरका वचनहरूलाई लाभ र पैसासँग साट्न मिल्ने भौतिक चिजका रूपमा लिइरहेका हुन्छन्। तिनीहरू परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा बहुमूल्य ठान्‍ने, स्विकार्ने, अभ्यास गर्ने, वा अनुभव गर्ने गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका वचनहरूलाई तिनीहरूले पालना गर्नुपर्ने जीवनको मार्ग, वा आफ्ना भ्रष्ट स्वभावहरू फाल्नका लागि तिनीहरूले अभ्यास गर्नैपर्ने सत्यता नै मान्छन्। बरु त्यसको साटो, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन्। व्यापारीका निम्ति, कुनै पनि उपभोग्य वस्तुको सबैभन्दा ठूलो मूल्य भनेकै त्यसलाई पैसासित, आफूले चाहेको नाफासित साट्नु हो। तसर्थ, जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन्, तिनीहरूका अभिप्राय र मनसायहरू मूलतः एउटै हुन्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिनुको मतलब तिनीहरू तिनलाई न त खान, पिउन, र आनन्द लिनका लागि न त तिनको अनुभव र अभ्यासका लागि नै प्रयोग गरिरहेका हुन्छन्, बरु तिनलाई जुनसुकै बेला र जहाँसुकै साटफेर र किनबेच गरिने, जोबाट धेरै नाफा पाउन सकिन्छ उसैलाई प्रस्ताव गरिने आफ्नो हातको सामाग्रीका रूपमा लिइरहेका हुन्छन्। जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन्, शाब्दिक रूपमा बुझ्दा, यसको अर्थ तिनीहरूले परमेश्‍वरका वचनहरूलाई किनबेचको वस्तु, पैसासँग साट्न कारोबारमा प्रयोग गरिने वस्तुका रूपमा लिन्छन्; तिनीहरूले परमेश्‍वरका वचनहरूको किनबेचलाई आफ्नो पेसामा परिणत गर्छन्। शाब्दिक दृष्टिकोणबाट हेर्दा, यो तुरुन्तै प्रस्ट हुन्छ। ख्रीष्टविरोधीहरूका यस्ता कार्य र व्यवहारहरू धिक्कार योग्य हुन्छन्, तिनले मानिसहरूमा विकर्षण र घिन जगाउँछन्। त्यसोभए, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिनुका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? हामीले सङ्गति गर्ने प्रमुख बुँदा यही हो। ख्रीष्टविरोधीहरूसँग परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिनुका केही निकै स्पष्ट प्रकटीकरणहरू हुन्छन्। त्यो कुरा तिमीहरूलाई अझ प्रस्ट पार्न र अझ बुझ्न सकिने बनाउन, हामी अझै पनि तीबारे पालैपालो छलफल गर्नेछौँ। म किन यो शैली अपनाउँदै छु? काम गर्ने र बोल्ने मेरो धेरै वर्षको अनुभवका आधारमा भन्‍नुपर्दा, धेरैजसो मानिसहरूमा अलमल्ल सोचहरू हुन्छन्, तिनीहरूमा स्वतन्त्र रूपले सोच्ने क्षमता हुँदैन। यसका आधारमा, मैले तिमीहरूलाई त्यसबारे राम्रोसँग सोच्न र मनन गर्न मदत गर्ने, सबैभन्दा सरल र प्रभावकारी विधिबारे सोचेँ, र त्यो के हो भने, जुनसुकै समस्या वा विषयलाई पनि, चाहे त्यो जेसुकै होस्, त्यसलाई पालैपालो व्याख्या गरेर प्रस्ट पार्ने। के यो उचित छ? (छ।) कतिपय मानिसहरू भन्छन्, “यो उत्कृष्ट छ, यो भएपछि हामीले दिमाग खियाउने र धेरै सोच्ने दुःख गर्नुपर्दैन। हामी अत्यन्तै व्यस्त छौँ र हामीसँग त्यसका लागि समय नै छैन! हाम्रा ऊर्जा र सोचहरू ठूला मामलाहरूमा खर्च हुन्छन्, यी मामुली, मसिना कुराहरूमा होइन। तपाईँले हामीलाई यी स-साना मामलाहरूबारे मनन गर्न लगाएर, हामीलाई कम आँकिरहनुभएजस्तो र हाम्रो ठूलो प्रतिभालाई प्रयोग गर्न नसक्नुभएजस्तो देखिन्छ।” कुरा त्यही हो त? (होइन।) त्यसोभए के हो त? (हाम्रो क्षमता यति कम छ कि कहिलेकाहीँ हामीले सत्यता बुझ्नै सक्दैनौँ, अनि हामीलाई परमेश्‍वरले शब्द-शब्द, वाक्य-वाक्य गरेर, विस्तृत रूपमा सङ्गति गरिदिनुपर्छ, ताकि हामीले त्यसलाई अलिकति बुझौँ।) हेर्, मैले अनजानमै तिमीहरूलाई मामलाहरूको वास्तविक स्थिति बुझाएँ, तिमीहरू सबैलाई साँच्चिकै के भइरहेको छ भनेर प्रकाश गरेँ, तर तथ्यहरू तिनै हुन्। मैले खुलासा नगरेको भए नि कुरा त्यही नै हुनेथ्यो। यसो गर्नुबाहेक अरू कुनै उपाय नै छैन। यदि मैले ठूला विषयहरूबारे केवल सरल र सामान्य रूपमा बोलेँ भने, म व्यर्थमा बोलिरहेको र मेहनत खेर फालिरहेको हुनेछु। त्यो त समय खेर फाल्नु मात्र हो, होइन र? अब हामी मूल शीर्षकमा फर्कौँ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा हेर्ने सम्बन्धमा, ख्रीष्टविरोधीहरूले कसरी यसो गर्छन्, र ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू तिरस्कार गर्छन् भन्‍ने कुरालाई पर्याप्त मात्रामा प्रमाणित गर्ने विशिष्ट उदाहरण र प्रकटीकरणहरू के-के हुन् भनेर चरणबद्ध रूपमा व्याख्या गरेर प्रस्ट पार्नका लागि हामी यसलाई धेरै उपशीर्षकहरूमा विभाजन गर्नेछौँ, साथै ख्रीष्टविरोधीहरूसँग वास्तवमै यस्तो सार हुन्छ भनेर पनि पुष्टि गर्नेछौँ। हामी यो विषयवस्तुलाई मुख्य दुई भागमा सङ्गति गर्नेछौँ।

१. परमेश्‍वरका वचनहरूलाई हैसियत, ख्याति र इज्जत प्राप्त गर्ने साधनका रूपमा लिनु

पहिलो मुख्य पक्ष यो हो कि ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिनुको सबैभन्दा आम प्रकटीकरण तिनलाई तिनीहरूको आफ्नै हैसियत, ख्याति, इज्जत प्राप्त गर्ने, र त्योभन्दा पनि बढी भौतिक आनन्द, र त्यसभन्दा पनि बढी पैसा प्राप्त गर्ने औजारका रूपमा प्रयोग गर्नु हो। जब ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूको सम्पर्कमा आउँछन्, तब तिनीहरूले यस्तो महसुस गर्छन्, “परमेश्‍वरका वचनहरू महान् छन्। हर वाक्य तर्कसङ्गत र सही छ; यी वचनहरू मानिसहरूले बोल्न सक्दैनन्, र यी बाइबलमा भेट्टाउन सकिँदैनन्।” विगतका दुई युगमा, परमेश्‍वरले यी वचनहरू बोल्नुभएन। यस्ता खुलस्त र स्पष्ट रूपमा बोलिएका वचनहरू न त पुरानो करारमा न नयाँ करारमा नै छन्। बाइबलमा परमेश्‍वरका वचनहरूको अत्यन्तै सीमित भाग मात्र अभिलिखित छ। अहिले परमेश्‍वरले जे भनिरहनुभएको छ त्यसलाई हेर्दा, त्यसको विषयवस्तु अत्यन्तै समृद्ध छ। अनि त्यसपछि ख्रीष्टविरोधीहरू हृदयमा ईर्ष्या र डाह महसुस गर्छन्, र भित्रभित्रै षड्यन्त्र रच्न थाल्छन्: “यो साधारण व्यक्तिले यति धेरै कुरा भन्‍न सक्छ; मैले पनि कहिले यी वचनहरू बोल्न सक्छु होला? मैले पनि, यस व्यक्तिले झैँ, अनन्त रूपमा परमेश्‍वरका वचनहरू कहिले बोल्न सक्छु होला?” तिनीहरूको हृदयमा यस्तो आवेग र कामना हुन्छ। यो आवेग र कामनालाई मूल्याङ्कन गर्दा, ख्रीष्टविरोधीहरू हृदयमा परमेश्‍वरले बोल्नुभएका यी वचनहरूप्रति ईर्ष्या र श्रद्धा महसुस गर्छन्। म “ईर्ष्या” र “श्रद्धा” शब्दहरू प्रयोग गर्छु; यी दुई शब्दको प्रयोगको दृष्टिले मैले यो भन्न खोजेको हो कि ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यता मान्दैनन्, र तिनलाई स्विकार्ने अभिप्राय राख्दैनन्, बरु ती वचनहरूका प्रचुर विषयवस्तुहरू, बृहत् अंशहरू, अनि मानव पुग्नै नसक्ने गहिराइ प्रतिबिम्बित गर्ने ती वचनहरूको गहनताको समेत ईर्ष्या गर्छन्—र त्यसभन्दा बढी, ती वचनहरू तिनीहरू आफैले बोल्न नसक्ने वचनहरू हुन् भनेर ईर्ष्या गर्छन्। “ईर्ष्या” का यी पक्षहरूबाट, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका यी वचनहरूलाई ईश्‍वरत्वको अभिव्यक्तिका रूपमा, र सत्यताका रूपमा, वा परमेश्‍वरले मानवजातिलाई जेद्वारा मुक्ति दिन र जे आपूर्ति गर्न चाहनुहुन्छ त्यो जीवन र त्यो सत्यताका रूपमा लिँदैनन् भन्‍ने प्रस्ट हुन्छ। यदि ख्रीष्टविरोधीहरूले यी वचनहरूको ईर्ष्या गर्न सक्छन् भने, हृदयमा, तिनीहरू यस्ता वचनहरू व्यक्त गर्ने व्यक्ति बन्‍ने इच्छा पनि राख्छन् भन्‍ने प्रस्ट हुन्छ। यसका आधारमा, धेरै ख्रीष्टविरोधीहरूले दैनिक रूपमा प्रार्थना गरेर, दैनिक रूपमा यी वचनहरू पढेर, टिपोटहरू राखेर, कण्ठ पारेर, सारांश गरेर, अनि व्यवस्थित गरेर पर्दापछाडि एकदमै ठूलो मेहनत लगाएका हुन्छन्। तिनीहरूले अनगिन्ती टिपोटहरू बनाएर, अनि आत्मिक भक्तिका क्रममा अनेकौँ अन्तर्ज्ञानहरू अभिलेख गरेर, साथै यी वचनहरू याद गर्न अनगिन्ती प्रार्थनाहरू गरेर परमेश्‍वरले बोल्नुभएका यी वचनहरूमा एकदमै धेरै नै काम गरेका हुन्छन्। तिनीहरूले यो सब गर्नुको उद्देश्य के हो? यसको उद्देश्य कुनै दिन तिनीहरूलाई एक्कासि ठूलो प्रेरणा मिल्न सकोस् र बाँधको ढोका खुलेझैँ, तिनीहरूले परमेश्‍वरले बोल्नुभएजस्ता वचनहरू अनन्त रूपमा बोल्न सकून् भन्‍ने हो; तिनीहरू परमेश्‍वरका वचनहरूले झैँ, तिनीहरूका वचनहरूले पनि मानिसहरूका खाँचो पूर्ति गर्न, मानिसहरूलाई जीवन प्रदान गर्न, मानिसहरूले हासिल गर्नुपर्ने कुरा प्रदान गर्न, र मानिसहरूबाट मागहरू गर्न सकून् भन्‍ने आशा राख्छन्। त्यसको उद्देश्य, देहधारी परमेश्‍वरले झैँ, तिनीहरूले परमेश्‍वरको दृष्टिकोण र हैसियतमा उभिन, र परमेश्‍वरकै भाव र बोल्ने शैलीमा उहाँले बोल्नुभएसरह कुराहरू चाहेअनुसार बोल्न सकून् भन्‍ने हो। ख्रीष्टविरोधीहरूले यसमा धेरै मेहनत लगाएका हुन्छन्, र तिनीहरूमध्ये कतिपयले त आफूले भन्‍न चाहेका वचनहरू, परमेश्‍वरले तिनीहरूलाई दिनुहोला भनेर तिनीहरूले प्रतीक्षा गरिरहेका वचनहरू अभिलेख गर्न प्राय: गोप्य रूपमा नोटबुकहरूसमेत निकाल्छन् भनेर भन्‍नु अतिशयोक्ति हुँदैन। तर, ख्रीष्टविरोधीहरूले चाहे जे गरे पनि, तिनीहरूका कामनाहरू सधैँ अपूरो नै रहन्छन्, तिनीहरूका चाहनाहरू कहिल्यै साकार हुँदैनन्। तिनीहरूले जतिसुकै मेहनत लगाए पनि, जतिसुकै प्रार्थना गरे पनि, परमेश्‍वरका वचनहरू जतिसुकै अभिलेख गरेर राखे पनि, वा तिनीहरूले तिनलाई जसरी कण्ठस्थ वा व्यवस्थित गरे पनि, त्यो सबै व्यर्थ हुन्छ। परमेश्‍वरले तिनीहरूमार्फत एउटा पनि वाक्य बोल्नुहुन्‍न, न त परमेश्‍वरले तिनीहरूलाई एकपटक पनि उहाँको स्वर सुन्‍न अनुमति नै दिनुभएको छ। तिनीहरूले जतिसुकै तृष्णा गरे पनि वा तिनीहरू जतिसुकै व्यग्र बने पनि, तिनीहरूले परमेश्‍वरका वचनहरूको एउटा पनि वाक्य बोल्न नै सक्दैनन्। तिनीहरू जति धेरै व्यग्र र ईर्ष्यालु बन्छन्, र जति धेरै आफ्नो लक्ष्य हासिल गर्न चुक्छन्, त्यति नै धेरै भित्री रूपमा मुरमुरिन्छन्। तिनीहरू के कुराले मुरमुरिन्छन्, र किन यति व्यग्र हुन्छन्? तिनीहरू परमेश्‍वरका वचनहरूले धेरैभन्दा धेरै मानिसहरूलाई परमेश्‍वरसामु ल्याएर परमेश्‍वरको न्याय र सजाय स्विकार्न, र उहाँको वचनलाई जीवनका रूपमा स्विकार्न लगाइरहेका देख्छन्, तर तिनीहरूको उपस्थितिमा, तिनीहरूको पाउ परेर आराधना वा प्रशंसा गर्ने एउटा पनि व्यक्ति हुँदैन। यही कुराले तिनीहरूलाई व्यग्र र मुरमुरिने बनाउँछ। तिनीहरूको मुरमुराइ र व्यग्रतामा, ख्रीष्टविरोधीहरूले अझै पनि यो मात्र सोच्न र मनन गर्न सक्छन्: “यी मानिसहरू किन परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्छन्? गैरविश्‍वासी संसारको तुलनामा तिनीहरू परमेश्‍वरको घरमा आउँदा किन फरक हुन्छ? किन धेरैजसो मानिसहरू, परमेश्‍वरको घरमा आएपछि, उचित रूपमा व्यवहार गर्न थाल्छन् र झन्झन् राम्रो बन्छन्? किन धेरैजसो मानिसहरू पारितोषिकबिना नै परमेश्‍वरको घरमा आफूलाई समर्पित गर्छन् र मूल्य तिर्छन्, र काटछाँट गरिँदासमेत तिनीहरू निस्केर जाँदैनन्, र कति त निकाला वा निष्कासन गरिएपछि पनि निस्केर जाँदैनन्? मूलतः, एउटै मात्र कारण परमेश्‍वरका वचनहरू हो, यो ‘वचन देहमा देखा पर्नुहुन्छ’ भन्‍ने पुस्तकको प्रभाव र त्यसले खेलेको भूमिका हो।” जब ख्रीष्टविरोधीहरूले यो कुरा देख्छन्, तब तिनीहरूले परमेश्‍वरका वचनहरूको झनै ईर्ष्या गर्छन्। त्यसकारण, ठूलो मेहनत लगाएपछि पनि परमेश्‍वरका वचनहरू बोल्न वा परमेश्‍वरको मुखपात्र बन्‍न नसकेपछि, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूतिर ध्यान मोड्छन्: “मैले परमेश्‍वरले भनेका वचनहरूबाहेक अरू वचनहरू बोल्न नसके पनि, यदि मैले परमेश्‍वरका वचनहरूसित मिल्ने वचनहरू बोल्न सकेँ भने—ती केवल धर्मसिद्धान्त वा खोक्रा भए पनि—मानिसहरूलाई ती कुराहरू सही लागेसम्म, र ती परमेश्‍वरका यी वचनहरूसित मिल्दो देखिएसम्म, के मैले मानिसहरूमाझ एउटा स्थान सुरक्षित गर्न सक्दिनँ र? के म तिनीहरूमाझ दृढ भएर उभिन सक्दिनँ र? अथवा यदि मैले बारम्बार ‘वचन देहमा देखा पर्नुहुन्छ’ भन्‍ने पुस्तकका वचनहरू प्रचार र व्याख्या गरेँ, मानिसहरूलाई मदत गर्न प्रायः यी वचनहरू प्रयोग गरेँ भने, र मैले भन्‍ने र प्रचार गर्ने सबथोक परमेश्‍वरका वचनहरूबाट आएझैँ र सही सुनियो भने, के मानिसहरूमाझ मेरो हैसियत झन्झन् स्थिर बन्‍नेछैन र? के मैले तिनीहरूमाझ अझ बढी प्रतिष्ठा पाउनेछैनँ र?” यो सोचेर, ख्रीष्टविरोधीहरू हैसियत प्राप्त गर्ने, अझ ठूलो ख्याति र जयजयकार प्राप्त गर्ने आफ्ना चाहनाहरू साकार हुने मार्ग भेटिएको महसुस गर्छन्, र तिनीहरू यो कुरा हासिल गर्ने आशा देख्छन्। यो आशा देखेपछि, ख्रीष्टविरोधीहरू हृदयमा गोप्य रूपमा प्रसन्न महसुस गर्छन्: “म कति चलाख छु? यो कुरा अरू कसैले थाहा पाएको छैन; अरूलाई यो उपाय किन थाहा छैन? म अत्यन्तै अक्कलमन्द छु! तर म जतिसुकै चलाख भए पनि, मैले यसबारे कसैलाई भन्‍न मिल्दैन; मलाई हृदयमा यो कुरा थाहा हुनु नै पर्याप्त छ।” मनमा यस्तो लक्ष्य र योजना राखेर, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा गम्भीर मेहनत लगाउन थाल्छन्। तिनीहरू यसो सोच्छन्, “पहिला, म परमेश्‍वरका वचनहरूलाई झलक्क हेर्थेँ, यतिकै सुन्‍ने, र मनमा जे आउँछ त्यही बोल्ने गर्थेँ। अब मैले आफ्नो रणनीति परिवर्तन गर्नुपर्छ; अबदेखि मैले त्यसो गर्न मिल्दैन, त्यो समयको बरबादी हो। पहिला त्यस तरिकाले गर्दा त्यसले कुनै नतिजाहरू दिएन; त्यसरी नै कार्य गर्न जारी राख्नु साँच्चै मूर्खता हुनेछ!” त्यसैले, तिनीहरू आफूलाई सम्हाल्छन्, परमेश्‍वरका वचनहरूमा मेहनत लगाउन र आफ्ना क्षमताहरूको भरपुर प्रदर्शन गर्न दृढ हुन्छन्। अनि, आफ्ना क्षमताहरूको भरपुर प्रदर्शन गर्नका लागि ख्रीष्टविरोधीहरूले कस्ता कार्यहरू गर्छन्? तिनीहरूले परमेश्‍वरको बोल्ने शैली, र उहाँको बोलीको भाव छानबिन गर्छन्, साथै हरेक चरण र अवधिमा परमेश्‍वरका वचनहरूको विशिष्ट विषयवस्तुको पनि छानबिन गर्छन्। त्योसँगसँगै, तिनीहरू परमेश्‍वरका यी वचनहरूलाई कसरी व्याख्या गर्ने, र परमेश्‍वरका वचनहरू प्रचार गर्दा, कसरी तिनलाई मानिसहरूले तिनीहरूलाई प्रशंसा गर्ने र मूर्तिपूजा गर्ने तरिकाले बोल्ने र व्याख्या गर्ने भनी तयारी पनि गर्छन्। तसर्थ, ख्रीष्टविरोधीहरूले थोरैथोरै गर्दै, परमेश्‍वरका वचनहरूमा वास्तवमै धेरै मेहनत लगाएका हुन्छन्। तर, एउटा कुरा निश्‍चित हुन्छ: यो मेहनतपछाडिका तिनीहरूका मनसायहरू गलत र तिनीहरूका अभिप्रायहरू दुष्ट हुने हुनाले, तिनीहरूले बोल्ने शब्दहरू, अरूले जसरी सुने पनि, ती धर्मसिद्धान्त मात्र हुन्छन्, ती परमेश्‍वरको वाणीबाट नक्‍कल गरिएका शब्‍द र वाक्यांशहरू मात्र हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा जतिसुकै मेहनत लगाए पनि, तिनीहरू कुनै पनि व्यक्तिगत लाभ हासिल गर्दैनन्। कुनै पनि लाभ हासिल नहुनुको अर्थ के हो? यसको अर्थ तिनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा लिँदैनन् भन्‍ने हो। तिनीहरूले अभ्यास गर्दैनन्, प्रचार मात्र गर्छन्, त्यसैले कसैले पनि तिनीहरूमा कुनै परिवर्तन देख्दैनन्। तिनीहरूका त्रुटिपूर्ण सोच र दृष्टिकोणहरू परिवर्तन हुँदैनन्, तिनीहरूका जीवनप्रतिका गलत दृष्टिकोणहरू परिवर्तन हुँदैनन्, तिनीहरूसँग आफ्नै भ्रष्ट स्वभावहरूबारे कुनै प्रकारको बुझाइ हुँदैन, र तिनीहरू परमेश्‍वरले वर्णन गर्नुभएका मान्छेका विभिन्‍न स्थितिहरूसित आफूलाई तुलना गर्न पूर्णतः असफल हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई जतिसुकै छानबिन गरे पनि, तिनीहरूमा दुइटा मात्र परिणामहरू देखिन्छन्: पहिलो, तिनीहरूले बोल्ने परमेश्‍वरका वचनहरू सही भए पनि, र यी वचनहरूबारे तिनीहरूका व्याख्या गलत नभए पनि, तैँले तिनीहरूमा कुनै पनि परिवर्तन देख्न सक्दैनस्। दोस्रो, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई जतिसुकै जोरदार रूपमा प्रवर्धन र प्रचार गरे पनि, तिनीहरूमा कुनै पनि प्रकारको आत्मज्ञान हुँदैन। यो प्रस्ट रूपमा अवलोकन गर्न सकिन्छ। ख्रीष्टविरोधीहरूले यस्तो व्यवहार प्रस्तुत गर्नुको कारण के हो भने, तिनीहरूले अरूलाई परमेश्‍वरका वचनहरू बारम्बार प्रवर्धन गर्ने र प्रचार गर्ने भए पनि, तिनीहरू आफैले चाहिँ परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर स्विकार्दैनन्। यी वचनहरूलाई तिनीहरू आफैले स्विकारेका हुँदैनन्; तिनीहरू आफ्ना गोप्य मनसायहरू हासिल गर्न मात्र तिनलाई प्रयोग गर्न चाहन्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू प्रचार गरेर आफूले चाहेका हैसियत र लाभहरू प्राप्त गर्ने आशा गर्छन्, अनि यदि मानिसहरूले तिनीहरूलाई परमेश्‍वर भए झैँ गरी व्यवहार र आराधना गर्छन् भने, तिनीहरूका लागि त्यो सबैभन्दा उत्तम हुनेथियो। तिनीहरूले अहिले नै यो उद्देश्य वा नतिजा हासिल गर्न नसके पनि, हरेक ख्रीष्टविरोधीको अन्तिम लक्ष्य यही हुन्छ।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा धेरै मेहनत लगाएका हुन्छन्; यो सुनेर कतिपय मानिसहरूले गलत बुझेर प्रश्‍न सोध्‍न सक्छन्, “के यसको मतलब परमेश्‍वरका वचनहरूमा मेहनत लगाउने सबै ख्रीष्टविरोधीहरू हुन् त?” यदि तैँले यसलाई यसरी अर्थ्याउँछस् भने, तँमा आत्मिक बुझाइ छैन। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा लगाउने मेहनत र सत्यता पछ्याउनेहरूको मेहनतबीच के भिन्‍नता हुन्छ? (अभिप्राय र उद्देश्य फरक हुन्छन्। ख्रीष्टविरोधीहरू आफ्नै फाइदा र हैसियतका लागि, आफ्ना व्यक्तिगत महत्त्वाकाङ्क्षाहरू पूरा गर्न परमेश्‍वरका वचनहरूमा मेहनत लगाउँछन्।) ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा के-कस्ता मेहनतहरू लगाउँछन्? तिनीहरूले आफ्ना धारणाहरूअनुरूपका परमेश्‍वरका वचनका केही भागहरू कण्ठ पार्छन्, मानव भाषा प्रयोग गरेर परमेश्‍वरका वचनहरू व्याख्या गर्न सिक्छन्, र केही आत्मिक टिपोट र अन्तर्ज्ञानहरू लेख्छन्। तिनीहरूले परमेश्‍वरका विभिन्‍न अभिव्यक्तिहरूको निचोड निकाल्ने, र तिनलाई वर्गीकरण र व्यवस्थित गर्ने पनि गर्छन्, जस्तै मानिसहरूलाई तुलनात्मक रूपमा मानव धारणाहरूअनुरूप छन् भन्‍ने लागेका भनाइहरू, परमेश्‍वरको बोल्‍ने भाव भएको भनेर सजिलै बोध गरिने भनाइहरू, रहस्यहरूबारेका केही वचनहरू, केही समय मण्डलीमा प्रचार गरिएका परमेश्‍वरका केही चर्चित वचनहरू। यी कुराहरू कण्ठ पार्ने, व्यवस्थित गर्ने, र वर्गीकरण गर्ने, र तीबारे अन्तर्ज्ञानहरू लेख्नेबाहेक, अवश्य नै, तिनीहरू केही अनौठा क्रियाकलापहरू लगायतका थप कुराहरू पनि गर्छन्। ख्रीष्टविरोधीहरूले हैसियत प्राप्त गर्न, आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न, र मण्डलीलाई नियन्त्रणमा लिने र परमेश्‍वर हुने लक्ष्य हासिल गर्न जुनसुकै मूल्य तिर्नेछन्। तिनीहरू उच्‍च सुनिने प्रवचनहरू दिन चाहिने धर्मसिद्धान्तले आफूलाई सुसज्‍जित गर्नका लागि, राति अबेरसम्‍म काम गर्छन् र एकाबिहानै उठ्छन्, मध्यरातसम्‍म पनि सुत्दैनन् र बिहान सबेरै उठेर आफ्‍नो प्रवचन अभ्यास गर्छन्, र तिनीहरू अरूले भनेका विलक्षण कुराहरूसमेत लेखेर राख्छन्। तिनीहरू यी उच्च सुनिने प्रवचनहरू कसरी वाचन गर्ने भनी हरेक दिन मनन गर्छन्, परमेश्‍वरका कुन वचनहरू छान्दा सबैभन्दा उपयोगी हुनेछ, र त्यसले परमेश्‍वरका चुनिएका मानिसहरूमा आदर र प्रशंसा जगाउनेछ भनेर चिन्तन गर्छन्, अनि त्यसपछि ती वचनहरू कण्ठ पार्छन्। त्यसपछि, तिनीहरू ती वचनहरूलाई कसरी तिनीहरूको गहन बुद्धि र तेजस देखाउने तरिकाले अर्थ्याउने भनी विचार गर्छन्। परमेश्‍वरको वचनलाई साँच्चिकै आफ्नो हृदयमा छाप पार्ने बनाउनका निम्ति, तिनीहरू उहाँको वचन अझ थुप्रै पटक सुन्न लागिपर्छन्। तिनीहरू कलेजमा नाम निकाल्‍न प्रतिस्पर्धा गर्ने ती विद्यार्थीहरूले जस्तै मेहनत गरेर यो सबै गर्छन्। जब कसैले राम्रो, वा केही ज्योति प्रदान गर्ने, वा केही सिद्धान्त प्रदान गर्ने प्रवचन दिन्छ, तब ख्रीष्टविरोधीले त्यसलाई लेखेर सङ्कलन गर्नेछ र त्यसलाई आफ्‍नै प्रवचन बनाउनेछ। ख्रीष्टविरोधीले जति मेहनत गर्नु परे पनि त्यो उसका लागि धेरै हुँदैन। त्यसोभए, तिनीहरूको यो मेहनतपछाडिको मनसाय र अभिप्राय के हुन्छ? त्यो हो परमेश्‍वरका वचनहरू प्रचार गर्न, ती स्पष्ट रूपमा र सहजताको साथ बोल्‍न, तिनलाई फरर भन्‍न सक्षम बन्‍नु हो, ताकि अरूले तिनीहरूभन्दा त्यो ख्रीष्टविरोधी धेरै आत्मिक छ, परमेश्‍वरका वचनहरूलाई बढी बहुमूल्य मान्छ, र परमेश्‍वरलाई धेरै प्रेम गर्छ भन्‍ने देख्‍न सकून्। यसरी, ख्रीष्टविरोधीले आफ्‍ना वरिपरिका केही मानिसहरूको प्रशंसा र आराधना प्राप्त गर्न सक्छ। उसले यसो गर्नु सार्थक छ र यसका लागि जुनसुकै प्रयास, मूल्य, वा कठिनाइ उचित हुन्छ भन्‍ने ठान्छ। दुई, तीन, वा पाँच वर्षभन्दा बढी यी मेहनतहरू लगाएपछि, ख्रीष्टविरोधीहरू बिस्तारै परमेश्‍वरको बोल्ने तरिका अनि उहाँका वचनहरूले भन्‍ने विषयवस्तु र भावसँग झन्झन् बढी परिचित बन्दै जान्छन्; कतिपय ख्रीष्टविरोधीहरूले त मुख खोल्दैपिच्छे परमेश्‍वरका वचनहरूको नक्कल गर्न वा तिनका केही वाक्यहरू वाचन गर्नसमेत सक्छन्। पक्कै पनि, यो तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा होइन। सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ के हो त? तिनीहरू आफूले चाहेको बेला परमेश्‍वरका वचनहरूको नक्कल गर्न र तिनलाई वाचन गर्न सक्ने भएकाले, तिनीहरूको बोल्ने शैली, भाव, र स्वरको आरोह-अवरोह समेत झन्झन् परमेश्‍वरको जस्तो, र झन्झन् ख्रीष्टको जस्तो बन्छन्। ख्रीष्टविरोधीहरू यसबारे हृदयमा खुसी मान्छन्। तिनीहरू केको खुसी मानिरहेका हुन्छन्? तिनीहरूलाई झन्झन् परमेश्‍वर बनेर धेरै मानिसहरूले तिनीहरूलाई मूर्तिपूजा गरेर घेरेमा कति गजब हुनेथ्यो—त्यो कति गौरवपूर्ण हुनेथ्यो भन्‍ने अनुभूति गर्छन्! तिनीहरूले यी सारा उपलब्धिहरूको श्रेय परमेश्‍वरका वचनहरूलाई दिन्छन्। तिनीहरू परमेश्‍वरका वचनहरूले नै तिनीहरूलाई अवसर दिएको, प्रेरित गरेको हो, र अझ महत्त्वपूर्ण रूपमा परमेश्‍वरका वचनहरूकै कारण तिनीहरूले परमेश्‍वरको बोल्ने शैली र भाव नक्कल गर्न सिकेका हुन् भन्‍ने विश्‍वास गर्छन्। यसले अन्ततः तिनीहरूलाई झन्झन् परमेश्‍वरजस्तै बनेको, र झन्झन् परमेश्‍वरको पहिचान र हैसियतनजिक पुगेको महसुस गराउँछ। अझ बढी, यसले तिनीहरूलाई परमेश्‍वरको बोल्ने तरिका र भाव नक्कल गर्न, परमेश्‍वरको बोल्ने शैली र आरोह-अवरोहसहित बोल्न र जिउन सक्षम हुनु, अत्यन्तै आनन्दमयी हुने, त्यो तिनीहरूको सबैभन्दा आनन्ददायी क्षणहरू बन्‍ने महसुस गराउँछ। ख्रीष्टविरोधीहरू यो बिन्दुमा पुगिसकेका हुन्छन्—के तिमीहरू यो खतरनाक हो भन्छौ? (भन्छौँ।) के कुरामा खतरा छ? (तिनीहरू परमेश्‍वर हुन चाहन्छन्।) पावल जस्तै, परमेश्‍वर हुन चाहनु खतरनाक हो, जसले आफ्ना लागि त जिउनु नै ख्रीष्ट हो भनेर भनेको थियो। व्यक्तिले यस्ता शब्दहरू बोलेपछि उसले छुटकारा पाउनै सक्दैन। ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूलाई परमेश्‍वर बन्‍ने मार्गका रूपमा लिन्छन्। यो प्रक्रियामा, ख्रीष्टविरोधीहरूले केके गरेका छन्? तिनीहरूले परमेश्‍वरका वचनहरूमा धेरै मेहनत लगाएका छन्, धेरै ऊर्जा र समय खर्चेका छन्। यो अवधिमा, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई बारम्बार पढेर, कण्ठ पारेर, अनि व्यवस्थित गरेर तिनको छानबिन र विश्‍लेषण गरेका छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा उहाँको बोल्ने तरिका र भावको समेत नक्कल गरेका छन्, विशेषगरी परमेश्‍वरको वाणीमा प्राय प्रयोग हुने वाक्यांशहरूको नक्‍कल गरेका छन्। यी कार्यहरूको सार के हो? यहाँ, म यसलाई व्यापारीले थोक मूल्यमा सामान किनेको सारका रूपमा व्याख्या गर्छु; भन्‍नुको मतलब, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो स्वामित्वको वस्तु बनाउन सबैभन्दा सस्तो तरिका प्रयोग गर्छन्। जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तिनीहरूले तिनलाई सत्यताका रूपमा स्विकार्दैनन्, न त तिनलाई मानिसहरूले प्रवेश गर्नुपर्ने मार्गका रूपमै स्विकार्ने र हेर्ने गर्छन्। त्यसको साटो, तिनीहरूले आफैलाई यी वचनहरू व्यक्त गर्ने व्यक्तिमा परिणत गर्ने प्रयास गर्दै, यी वचनहरू, र उहाँको बोल्ने तरिका र भाव कण्ठ पार्न सारा उपायहरू लगाएर कोसिस गर्छन्। जब ख्रीष्टविरोधीहरू परमेश्‍वरको भाव र बोल्ने तरिका नक्कल गर्न, र यो बोल्ने शैली र भावलाई आफ्ना बोली र कार्यहरूमा पूर्ण रूपमा प्रयोग गर्न सक्षम हुन्छन्, तब मानिसहरूमाझ जिउँदै, तिनीहरू आफ्नो कर्तव्य बफादारीपूर्वक गर्ने, सिद्धान्तहरूअनुसार कामकुरा गर्ने, वा परमेश्‍वरप्रति बफादार हुने उद्देश्य राख्दैनन्। त्यसको साटो, परमेश्‍वरको बोल्ने भाव र शैली नक्कल गरेर, अनि परमेश्‍वरका यी वचनहरू प्रचार गरेर, तिनीहरू मानिसहरूको हृदयका गहिराइमा प्रवेश गर्न र मानिसहरूको आराधनाको पात्र बन्‍न चाहन्छन्। तिनीहरू मानिसहरूको हृदयमा सिंहासन चढ्ने र राजाका रूपमा शासन गर्ने, अनि मानिसहरूका सोच र व्यवहारहरूमाथि चालबाजी गर्ने, र त्यसमार्फत मानिसहरूलाई नियन्त्रणमा राख्ने लक्ष्य हासिल गर्ने आकाङ्क्षा राख्छन्।

यदि हामीले ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा मेहनत लगाउनुलाई व्यापारीहरूले सस्तोमा परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुहरूका रूपमा किनेको रूपमा वर्णन गर्‍यौँ भने, के ख्रीष्टविरोधीहरूले परमेश्‍वरको बोलीको अनुकरण गर्नु, परमेश्‍वरका वचनहरू प्रचार गर्नका लागि उहाँको बोल्ने तरिका र भाव प्रयोग गर्नु भनेको परमेश्‍वरको वचनलाई उपभोग्य वस्तुका रूपमा बेच्नुसरह होइन र? (हो।) कुनै पनि व्यापारीले पछि नबेच्नलाई सामानहरू किन्दैन। उसले ती सामानहरू किनेर आफ्नो स्वामित्वमा राख्नुको उद्देश्य ती सामानहरूबाट उच्च नाफा प्राप्त गर्नु, तिनलाई धेरै पैसामा साट्नु हो। तसर्थ, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा लगाउने व्यापक मेहनत र तीप्रति तिनीहरूको मनोवृत्ति भनेको ख्रीष्टविरोधीहरूले व्यापारीहरूले जस्तै सबैभन्दा सस्तो, सबैभन्दा कम मूल्यको, र सबैभन्दा उपयुक्त विधि प्रयोग गरेर तिनलाई किन्‍नु, अनि तिनलाई आफ्नै सम्पत्ति बनाउनु, र त्यसपछि आफूले चाहना राखेका फाइदाहरू प्राप्त गर्न तिनलाई उच्च मूल्यमा बेच्नु हो। अनि ती फाइदाहरू के-के हुन्? ती मानिसहरूले गर्ने उच्च सम्मान, अन्धोभक्ति, श्रद्धा, र विशेषतः तिनीहरूको पछ्याइ हो। त्यसकारण, मण्डलीमा मूलभूत रूपमा परमेश्‍वरका वचनहरू अभ्यास नगर्ने र आफैलाई नचिन्‍ने व्यक्तिका धेरै अनुयायीहरू हुने, उसमा भर पर्ने र उसलाई अन्धोश्रद्धा गर्ने धेरै मानिसहरू हुने घटना देखिनु सामान्य हो। यसको कारण के हो? यसको कारण के हो भने यो व्यक्तिको बोली चिप्लो हुन्छ, ऊ वाक्पटु हुन्छ, र उसले मानिसहरूलाई सजिलै बहकाउँछ। उसले परमेश्‍वरका वचनहरू अभ्यास गर्दैन, न त उसले सिद्धान्तहरूअनुसार कामकुरा नै सम्हाल्छ, र ऊ मण्डलीको काम र माथिका प्रबन्धहरू कार्यान्वयन गर्न पनि सक्दैन। तैपनि उसले किन अझै पनि कतिपय मानिसहरूमा राम्रो छाप छोड्न सक्छ त? उसलाई साँच्चिकै केही हुँदा, किन धेरै मानिसहरूले उसको ढाकछोप र रक्षा गर्छन्? ऊ अगुवा हुँदा किन कतिपय मानिसहरूले उसको प्रतिरक्षा गर्छन्? कतिपय मानिसहरू किन उसको बर्खासीमा बाधक बनेर विरोध गर्छन्? दोषैदोषले, शैतानको भ्रष्ट स्वभावले भरिएको, र कहिल्यै सत्यता अभ्यास नगर्ने व्यक्तिले मण्डलीमा अझै पनि यस्तो व्यवहार पाउनुको कारण भनेको यो व्यक्ति बोल्नमा अत्यन्तै सिपालु, ढोँग गर्न अत्यन्तै जान्‍ने, र मानिसहरूलाई बहकाउन अति निपुण भएकाले मात्र हो—ख्रीष्टविरोधीहरू ठ्याक्कै यस्तै मानिसहरू हुन्। त्यसोभए, के हामी यस्ता मानिसहरू ख्रीष्टविरोधी हुन् भनेर भन्‍न सक्छौँ? सक्छौँ, यस्ता मानिसहरू एकदम ख्रीष्टविरोधी नै हुन्। तिनीहरू प्रायः परमेश्‍वरका वचनहरू पढ्छन्, बारम्बार तिनलाई कण्ठ पार्छन् र प्रचार गर्छन्, अरूलाई भाषण दिन र काटछाँट गर्न प्राय: परमेश्‍वरका वचनहरू प्रयोग गर्छन्, र परमेश्‍वरको दृष्टिकोण र अडान धारण गरेर मानिसहरूलाई भाषण दिन्छन्, उनीहरूलाई आफूप्रति पूर्ण रूपमा आज्ञाकारी र अनुपालन गर्ने बनाउँछन्, र ठूल्ठूला धर्मसिद्धान्तहरू बोलेर मानिसहरूलाई निःशब्द बनाउँछन्। तैपनि यस्ता मानिसहरू तिनै हुन्, जो आफूलाई कहिल्यै चिन्दैनन् र कामकुराहरू सिद्धान्तअनुसार कहिल्यै सम्हाल्दैनन्। यदि तिनीहरू अगुवा हुन् भने, तिनीहरूभन्दा माथिल्ला अगुवाहरू निष्प्रभावी हुन्छन्। तिनीहरूको अगुवाइमा रहेको मण्डलीको परिस्थिति बुझ्‍न असम्भव हुन्छ। तिनीहरू हुँदा, परमेश्‍वरको घरका कार्य प्रबन्धहरू र परमेश्‍वरको घरले तय गरेका सिद्धान्त र मागहरू लागु गर्न सकिँदैन। के यस्ता मानिसहरू ख्रीष्टविरोधी होइनन् र? के तिनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा लिन्छन् र? (अहँ, लिँदैनन्।) तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्नमा मेहनत लगाएका हुन्छन् र तीमध्ये केही वाचन गर्न पनि सक्छन्। भेलाहरूमा सङ्गतिका अवधिमा, तिनीहरूले प्राय: परमेश्‍वरका वचनहरू उल्लेख गर्छन्, र फुर्सदको समयमा, तिनीहरूले परमेश्‍वरका वचनहरूको वाचनको रेकर्ड सुन्छन्। अरूसँग कुरा गर्दा, तिनीहरू परमेश्‍वरका वचनहरू अनुकरण मात्र गर्छन् र त्यसबाहेक अरू केही बोल्दैनन्। तिनीहरूले प्रचार गर्ने र भन्‍ने सबथोक त्रुटिरहित हुन्छ। बाहिरबाट हेर्दा अति सिद्ध देखिने यस्तो व्यक्ति, तथाकथित यस्तो “सच्चा व्यक्ति” ले परमेश्‍वरको घरका कामका प्रबन्धहरू, मागहरू, र सिद्धान्तहरू ऊकहाँ आइपुग्दा तिनलाई ठप्प तुल्याउँछ। उसका मुनिका मानिसहरूले ऊबाहेक अरू कसैलाई चिन्दैनन्। उसका मुनिकाहरूले, उसलाई र स्वर्गको अस्पष्ट परमेश्‍वरलाई पूजा गर्नुबाहेक अरू कसैको कुरा सुन्दैनन् र सबैलाई बेवास्ता गर्छन्। के यो ख्रीष्टविरोधी होइन र? यो सबै हासिल गर्न उसले कस्ता विधिहरू प्रयोग गरेको छ? उसले परमेश्‍वरका वचनहरूलाई शोषण गरेको छ। आफ्नो आस्थामा अन्योलमा रहेकाहरू, आत्मिक बुझाइ नभएकाहरू, अज्ञानीहरू, सोचमा अलमल्ल रहेकाहरू, साथै सत्यता नपछ्याउनेहरू, अविश्‍वासीहरू, र हावा जता बहन्छ त्यतै बहनेहरू, ख्रीष्टविरोधीलाई आत्मिक व्यक्ति मान्छन्। तिनीहरू ख्रीष्टविरोधीले प्रचार गरेका शब्द र धर्मसिद्धान्तहरूलाई सत्यता वास्तविकताका रूपमा लिन्छन् र ख्रीष्टविरोधीलाई आफूले पछ्याउनुपर्ने पात्र मान्छन्। ख्रीष्टविरोधीलाई पछ्याउने क्रममा, तिनीहरू आफूले परमेश्‍वरलाई पछ्याइरहेको विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वरलाई पछ्याउने कार्यलाई प्रतिस्थापित गर्न ख्रीष्टविरोधीलाई पछ्याउने कार्य प्रयोग गर्छन्। कतिपय मानिसहरूले यस्तोसमेत भन्छन्, “हाम्रो अगुवाले अहिलेसम्म बोलेको वा सङ्गति गरेको छैन; हामीले परमेश्‍वरका वचनहरू पढे पनि, हामी आफैले त ती बुझ्न सक्दैनौँ।” “हाम्रो अगुवा यहाँ छैन—हामी केही कुराबारे परमेश्‍वरलाई प्रार्थना गर्छौँ, तर हामी ज्योति प्राप्त गर्न सक्दैनौँ; हामी परमेश्‍वरका वचनहरू पढ्छौँ तर मार्ग बुझ्न सक्दैनौँ। हामीले हाम्रो अगुवा फर्कुन्जेल पर्खनुपर्छ।” “आजकल हाम्रो अगुवा व्यस्त छ र हाम्रा समस्याहरू समाधान गर्न ऊसँग समय नै छैन।” आफ्नो मालिकबिना, यी मानिसहरू प्रार्थना गर्न वा परमेश्‍वरका वचनहरू खान-पिउन जान्दैनन्, तिनीहरू आफै खोजी गर्न र परमेश्‍वरमा भर पर्न वा परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग फेला पार्न सिक्दैनन्। आफ्नो मालिकबिना, तिनीहरू अन्धा मानिसहरूझैँ हुन्छन्, मानौँ तिनीहरूको हृदय खोतलेर निकालिएको छ। तिनीहरूको मालिक नै तिनीहरूको आँखा, साथै मुटुकलेजो हो। तिनीहरू आफ्नो मालिक परमेश्‍वरका वचनहरू खान-पिउनमा सर्वोत्कृष्ट रहेको ठान्छन्। यदि तिनीहरूको मालिक उपस्थित छैन भने, तिनीहरूलाई आफै परमेश्‍वरका वचनहरू खान-पिउन रुचि हुँदैन र तिनीहरूले आफ्नो मालिक आई परमेश्‍वरका वचनहरू प्रार्थनार्थ पढ्ने र तिनीहरूलाई अर्थ्याइदिने प्रतीक्षा गर्नैपर्छ ताकि तिनीहरूले ती वचनहरू बुझ्न सकून्। भित्री रूपमा, यी मानिसहरू तिनीहरूको मालिक तिनीहरूलाई परमेश्‍वरसामु आउन मदत गर्न सक्ने तिनीहरूको दूत भएको विश्‍वास गर्छन्। यस्तो “प्रभाव” हासिल गर्नु ख्रीष्टविरोधीहरूलाई हृदयका गहिराइमा सबैभन्दा बढी आनन्द लाग्ने कुरा हो: “मेरो यतिका वर्षको मेहनतले अन्ततः प्रतिफल दिएको छ; अन्ततः मैले खर्च गरेको समय व्यर्थ भएको छैन। अडिग रहेर लागिपर्नेहरूलाई मेहनतले वास्तवमै इनाम दिन्छ—पर्याप्त अडिगताले फलामको डन्डीलाई समेत सियो बनाउन सकिन्छ। यो मेहनत सार्थक भयो!” आफ्ना अनुयायीहरू आफूबिना जिउन सक्दैनन् भन्‍ने सुनेपछि, ख्रीष्टविरोधीहरूलाई भित्री रूपमा कुनै ग्लानि महसुस हुँदैन। बरु, तिनीहरू गोप्य रूपमा रमाउँछन्, र सोच्छन्, “परमेश्‍वरका वचनहरू पक्कै पनि महान् छन्। त्यसबेलाको मेरो निर्णय सही थियो; यतिका वर्ष मैले लगाएको मेहनत सही थियो, यतिका वर्षको मेरो शैली सही साबित भएको छ र त्यसले प्रतिफल दिएको छ।” तिनीहरू गोप्य रूपमा प्रसन्न महसुस गर्छन्। तिनीहरूलाई आफ्ना दुष्ट कार्यहरूका कारण ग्लानि, पछुतो, वा घृणा महसुस नहुने मात्र नभई, तिनीहरू त आफ्नो शैली सही हो भनेर झनै विश्‍वस्त र निश्‍चित बन्छन्। त्यसकारण, तिनीहरूले आउने समयमा, आफ्नो भावी जीवनमा, पहिलेझैँ परमेश्‍वरको बोल्ने तरिका र भाव अध्ययन गर्ने, र विगतमा भन्दा बढी लगनसाथ अध्ययन गर्ने, र अझ बृहत् र गहन रूपमा परमेश्‍वरको बोल्ने तरिका र शब्दचयन अनुकरण गर्ने योजना बनाउँछन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्