विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग छ) खण्ड चार

४. उहाँ पृथ्वीबाट कहिले जानुहुनेछ र उहाँको महान् काम कहिले पूरा हुनेछ भन्नेबारेका परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्नु

चौथो विषयवस्तु ख्रीष्टविरोधीहरूले उहाँ पृथ्वीबाट कहिले जानुहुनेछ र उहाँको महान् काम कहिले पूरा हुनेछ भन्नेबारेका परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्छन् भन्ने हो। परमेश्‍वरका वचनहरूमा यसबारे त्यति धेरै कुरा छैन। यी सीमित वचनहरूमध्येमा, यदि विषयवस्तु मानिसहरूको विशेष चासोको शीर्षक हो भने, यी वचनहरू जतिसुकै अस्पष्ट वा छोपिएका भए पनि तिनीहरूले भेट्टाइछोड्नेछन्। यी वचनहरू भेट्टाइसकेपछि, तिनीहरूले कलमले चिह्न लगाउनेछन्, र पढ्नुपर्ने महत्त्वपूर्ण वचनका रूपमा लिनेछन्। मौका मिल्नेबित्तिकै तिनीहरूले आफैलाई चेतावनी र ढाडस दिन यी वचनहरू बाँडेर पढ्नेछन्। ख्रीष्टविरोधीहरूको ठूलो चासो अवश्य नै परमेश्‍वर कहिले धर्तीबाट जानुहुनेछ र उहाँको महान् काम कहिले सम्पन्न हुनेछ भन्नेबारे खासै हुँदैन, तिनीहरूको ठूलो चासो त ती तथ्यहरूबारे हुन्छ जुन परमेश्‍वरले यी वचनहरूपछाडि हासिल गर्न चाहनुहुन्छ। ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा सबैभन्दा बढी आशा गर्ने भनेको व्यक्तिगत रूपमा आफ्नै जीवनकालमा परमेश्‍वर धर्तीबाट जानुहुने भव्य दृश्यको साक्षी बन्नु हो। यस्तो भएमा, यसको अर्थ तिनीहरूले पछ्याएको परमेश्‍वर सही परमेश्‍वर हुनुहुन्छ, र तिनीहरूले गलत परमेश्‍वरलाई चुनेका छैनन्, न त पछ्याउनलाई गलत पात्र नै छानेका छन् भन्‍ने हुनेछ। यी कुराहरू पुष्टि भएपछि, तिनीहरू आफूले आशिष् पाउने सम्भावनाहरू निकै बढ्ने विश्‍वास गर्छन्। यसअलावा, यदि तिनीहरू आफ्नै जीवनकालमा परमेश्‍वर धर्तीबाट जानुभएको दृश्य र परमेश्‍वरको महान् काम सम्पन्न भएको दृश्यको साक्षी हुन सक्छन् भने, त्यसको अर्थ तिनीहरूको आस्था झनै बढी दृढ बन्नेछ, र तिनीहरूले कुनै संशयहरूबिना परमेश्‍वरलाई पछ्याउनेछन् भन्ने हुन्छ। यो दृश्य देख्नुको अर्थ परमेश्‍वरबारे तिनीहरूका पहिलेका संशय र अबोधताहरू, साथै तिनीहरूले अरूबाट सामना गरेका बदनामी, आलोचना, र इन्कारहरू सबैलाई पछाडि छोडिनेछ, र ती कुराहरूले अबउप्रान्त तिनीहरूलाई बाधा दिनेछैनन्। एकातिर, ख्रीष्टविरोधीहरू यस दिनको आगमनको प्रतीक्षामा हुन्छन्, र अर्कोतिर, तिनीहरू परमेश्‍वरले अहिले धर्तीमा के गरिरहनुभएको छ, उहाँको काम सम्पन्न हुन लागेको छ छैन, उहाँले बोल्नुपर्ने वचनहरू सकिन लागेका छन् छैनन्, उहाँलाई पछ्याउने मानिसहरूमा साँचो बफादारी छ छैन, र तिनीहरू पूर्ण तुल्याइएका छन् छैनन् भनेर हेरिरहेका हुन्छन्। अहिले ख्रीष्टलाई पछ्याइरहेका मानिसहरूलाई नियाल्दा, ख्रीष्टविरोधीहरूले धेरैजसो मानिसहरूमा कमजोर आस्था रहेको, उनीहरूले कर्तव्य निर्वाह गर्दा गल्तीहरू गर्ने गरेको, र धेरैले कर्तव्य निर्वाह गर्ने क्रममा भ्रष्ट स्वभावहरू प्रकट गरेको कारण उनीहरू बारम्बार काटछाँटमा पर्ने गरेको देख्छन्। कतिलाई त “ख” समूहहरूमा पठाइने, एक्ल्याइने, वा निष्कासित गरिनेसमेत गरिएको हुन्छ। यी सङ्केतहरूबाट तिनीहरूलाई लाग्छ, “परमेश्‍वरको महान् काम सम्पन्न हुने दिन अझै धेरै टाढा देखिन्छ, जुन निकै निराशाजनक कुरा हो! तर अधैर्य भएर कसैले के गर्न सक्छ र? त्यसले के समस्या समाधान गर्न सक्छ र?” ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा विश्‍वास नगर्ने र सत्यता नस्विकार्ने हुनाले, र तिनीहरूमा आत्मिक बुझाइ नहुने, र तिनीहरू सत्यता नबुझ्ने हुनाले, तिनीहरूले परमेश्‍वरको कामले मानिसहरूमाथि पार्ने प्रभाव सामान्य हो कि होइन भनी मापन गर्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरले मानिसहरूमाथि गर्नुभएको कामबाट वास्तवमै कुनै नतिजा हासिल भएको छ छैन; परमेश्‍वरका वचनहरूले मानिसहरूलाई साँच्चिकै मुक्ति दिन र रूपान्तरण गर्न सक्छ सक्दैन; यी वचनहरू स्विकार्ने क्रममा मानिसहरूमा परिवर्तन आएको छ छैन, उनीहरूले साँच्चिकै केही प्राप्त गरेका, वा परमेश्‍वरको अनुमोदन पाएका छन् छैनन्; यी मानिसहरू स्वर्गको राज्य प्रवेश गर्न र आशिष्‌हरू प्राप्त गर्न सक्छन् सक्दैनन् भनी बुझ्न सक्दैनन्—र तिनीहरू आफ्नै आँखाले देखेका तथ्यहरू बुझ्न वा व्याख्या गर्न सक्दैनन्। तिनीहरूले देख्ने र मनमा सोच्‍ने हरेक घटना धमिलो, र प्रस्ट पार्न नसकिने हुन्छ। “यी मामलाहरू धमिला र छर्लङ्गै देख्न कठिन, र बुझ्न अप्ठ्यारा छन्। के परमेश्‍वर धर्तीबाट जानुहुने र परमेश्‍वरको महान् काम सम्पन्न हुने घटनाहरू साँच्चिकै हुन्छन् त? के ती साँच्चिकै पूरा हुन सक्छन् त?” एकातिर, ख्रीष्टविरोधीहरू तिनीहरूले पछ्याउने परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ भनेर आफूलाई जबरजस्ती विश्‍वास गराउँछन्, तर त्यो सँगसँगै, तिनीहरू शङ्का गर्न बाध्य हुन्छन्: “के उनी परमेश्‍वर हुन्? उनी मानव हुन्, होइन र? यस तरिकाले सोच्नु राम्रो होइन। धेरैजसो मानिसहरू उनी परमेश्‍वर हुन् भनी विश्‍वास गर्छन्, त्यसैले मैले पनि विश्‍वास गर्नुपर्छ। तर अहँ, म यो कुरा विश्‍वास गर्नै सक्दिनँ! मैले कसरी भन्न सक्छु कि उनी परमेश्‍वर हुन्? के उनले परमेश्‍वरको महान् काम सम्पन्न गर्न सक्छन्? के उनले परमेश्‍वरको काम गर्न सक्छन्? के उनले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छन्? के उनले परमेश्‍वरको योजना पूरा गर्न सक्छन्? के उनले मानवजातिलाई मुक्ति दिन सक्छन्? के उनले मानिसहरूलाई सुन्दर गन्तव्यमा पुर्‍याउन सक्छन्?” यी सबै र अरू यस्तै सोचाइहरू ख्रीष्टविरोधीहरूको हृदयमा समाधान गर्नै नसकिने, अटुट तालाहरू बन्छन्। तिनीहरू सोच्छन्, “म के गरूँ? अझै, सर्वोच्च सिद्धान्त बाँकी नै छ: पर्खनू र सहनू; जसले अन्त्यसम्‍मै सहन्छ उसलाई मुक्ति दिइनेछ। मैले सत्यता नपछ्याए पनि, मसँग मेरा आफ्नै नियमहरू छन्। यदि अरूले छाडेर जाँदैनन् भने, म जानेछैन। यदि अरूले पछ्याउँछन् भने, म पनि पछ्याउनेछु। म बहावसँगै बग्नेछु। यदि सबैले उनी परमेश्‍वर हुन् भन्छन् भने, म उनलाई परमेश्‍वर भन्नेछु। यदि सबैले विश्‍वास गर्न छाड्छन् र परमेश्‍वरलाई अस्वीकार गर्छन् भने, म पनि त्यसै गर्नेछु। सबै अपराधी हुँदा कानुन लागु गर्न सकिन्न, हैन त?” जब तिनीहरूले परमेश्‍वरको कामको फैलावट चरमोत्कर्षमा पुगेको देख्छन्, तिनीहरू गोप्य रूपमा हृदयमा रमाउँछन्: “भाग्यवश, मलाई सबैभन्दा बढी शङ्का लाग्दा र कमजोर महसुस हुँदा, मैले छोडेर गइनँ। अहिले मेरो आस्थाले के दिएको छ, हेर। त्यो दिन आउनै लागेको छ, र झन्झन् धेरै मानिसहरू परमेश्‍वरलाई पछ्याइरहेका छन्। विशेषगरी विदेशमा, विभिन्न देशका मानिसहरूले साँचो मार्ग अनुसन्धान गरिरहेका छन्, र विश्‍वासीहरूको सङ्ख्या बढ्दो छ। परमेश्‍वरको घरले धेरैभन्दा धेरै भिडियो, चलचित्र, भजन, र गवाहीहरू निर्माण गरेर अझ बढी ध्यानाकर्षण गरिरहेको छ। कुनै पनि मानवले यस्ता नतिजाहरू दिन सक्दैन; परमेश्‍वरको कामले मात्र दिन सक्छ। यो साधारण व्यक्ति ख्रीष्ट, अर्थात् परमेश्‍वर नै हुने अत्यधिक सम्भावना छ। उनी ख्रीष्ट, अर्थात् परमेश्‍वर भएकोले, उनका वचनहरू अवश्यै पूरा हुनेछन्। यदि उनका वचनहरू पूरा भएनन् भने, उनी परमेश्‍वर होइनन्। युक्तिसङ्गत तर्कअनुसार यो विवेचनाको प्रक्रियाले अर्थ राख्छ, यो सही छ। यदि उनी परमेश्‍वर हुन् भने, कुनै न कुनै दिन उनी धर्तीबाट जानेछन्; यदि उनी परमेश्‍वर हुन् भने, उनले आफ्नो महान् काम सम्पन्न गर्नेछन्। यी सबै सङ्केतहरूको आधारमा भन्नुपर्दा, परमेश्‍वरलाई पछ्याउने मण्डलीका मानिसहरू सकारात्मक दिशामा र राम्रो लक्ष्यतर्फ अघि बढिरहेका छन्। सबथोक आदर्शमयी नै छ, यो सबै निकै सकारात्मक छ। सांसारिक प्रवृत्तिहरू पछ्याउनुभन्दा यो राम्रो हो; तिनलाई पछ्याएर कुनै आशा हुन्‍न, यसले दुर्व्यवहार र अन्ततः विनाश मात्र निम्त्याउँछ। यदि कसैले परमेश्‍वरमा विश्‍वास गर्छ, र उसले उनी धर्तीबाट गएको र उनको महान् काम सम्पन्न भएको देख्न सक्छ, र परमेश्‍वरको महिमाको भागीदार बन्न पाउँछ भने—त्यो कति सम्मानको कुरो हुनेथ्यो!” यसबारे सोचेर, तिनीहरूलाई लाग्छ: “म कसरी यति स्मार्ट भएँ? मैले यो मार्ग रोजेँ; ममा उच्च बौद्धिकता र बलियो बुद्धि भएझैँ लाग्छ।” तिनीहरू यसको श्रेय परमेश्‍वरको अनुग्रहलाई दिँदैनन्, आफ्नै बौद्धिकता, आफ्नै चातुर्यलाई दिन्छन्। कस्तो हास्यास्पद विचार!

ख्रीष्टविरोधीहरू सोच्छन्, “परमेश्‍वर धर्तीबाट जाने र परमेश्‍वरको महान् काम सम्पन्न हुने मामला भनेको परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरू, उनका श्राप र दण्ड, साथै विपत्तिहरूबारे उनका अगमवाणीहरूजस्ता मामलाहरूभन्दा फरक हो—यो मामलामा हतार गर्न मिल्दैन; त्यो दिन आउने प्रतीक्षा गर्नलाई मानिसहरूमा सहनशीलता १२/१० र धैर्यता २०/१० हुनुपर्छ। किनकि जब त्यो दिन आइपुग्छ, तब सबथोक पूरा हुनेछ। यदि मैले अहिले नै सहन सकिनँ भने, एक्लोपना सहन, र यो दुःख खप्न सकिनँ भने, त्यो दिन आउँदा म छोडिनेछु। अब यो नै अन्तिम समय हो; यति धेरै दुःख भोगेपछि, अझै थप अलिकति नसहनु मेरो मूर्खता हुनेछ!” त्यसैले, ख्रीष्टविरोधीहरूको लागि, त्यो दिनको आगमन हेर्ने एउटै मात्र उपाय छ: आज्ञाकारी र धैर्यतापूर्वक पर्खनू, हतार नगर्नू, र सहन सिक्नू। तिनीहरू सोच्छन्, “मैले दाउ थापेकोले, मैले सहन सिक्नुपर्छ, किनकि यो सहनशीलता कुनै सानोतिनो मामला होइन। यदि मैले अन्त्यसम्मै सहेँ भने, यो मामला पूरा भएपछि, मैले जे प्राप्त गर्छु त्यो ठूलो आशिष् हुनेछ! यदि मैले यो अवधिमा सहिनँ भने, मैले ठूलो सङ्कट सामना गर्नेछु। यस मामलाबाट दुइटामध्ये एउटा कुरा हुन्छ; यसले कि त ठूलो आशिष् कि त ठूलो सङ्कट ल्याउन सक्छ।” देखिस् त, ख्रीष्टविरोधीहरू मूर्ख छैनन्, छन त? तिनीहरूमा आत्मिक बुझाइ हुँदैन र तिनीहरू सत्यतामा विश्‍वास गर्दैनन्, र तिनीहरू अविश्‍वासी हुन्—तर तिनीहरूले कसरी यो मामलालाई यति सही तरिकाले र मिहिन रूपमा विश्‍लेषण गर्न सक्छन्? के यस्तो विश्‍लेषण उपयुक्त हुन्छ? (हुँदैन।) ल भन् त, के मानिसहरूमा परमेश्‍वरका वचनहरूप्रति यस्तो “गम्भीर” मनोवृत्ति हुनुपर्छ? कति मानिसहरू भन्छन्: “यो एउटा ठूलो मामला हो, यो व्यक्तिका सम्भाव्यता र नियति संलग्न हुन्छ, र यो परमेश्‍वरको महान् काम सम्पन्न हुनुसँग सम्बन्धित छ। यसलाई हल्का रूपमा लिन मिल्दैन। मानिसहरूले परमेश्‍वर धर्तीबाट जाने वर्ष र महिनाको ठ्याक्कै हिसाब गर्नैपर्छ। यसअलावा, परमेश्‍वरका वचनहरूमा खुलासा गरिएको परमेश्‍वरको प्रस्थानका विधि र दृश्य विश्‍लेषण गर्नैपर्छ। यदि यसलाई गम्भीर रूपमा लिइएन र राम्रोसँग विश्‍लेषण गरिएन भने, यस्तो राम्रो चिज गुमाउँदा अनन्त पछुतो हुनेछ; यस्तो घटना फेरि कहिल्यै देखिनेछैन। विशेषगरी जब परमेश्‍वरको महान् काम सम्पन्न हुन्छ, र परमेश्‍वर महिमित हुने दिन र क्षण आइपुग्छ, तब मानिसहरूले झनै बढी थाहा पाउनुपर्छ।” यो कुरामा कसैले सोध्छ, “यदि परमेश्‍वरले भन्नुभएन भने हामीले कसरी थाहा पाउन सक्छौँ?” “यूहन्नाले ‘प्रकाशको पुस्तक’ मा गरे जस्तै तिमीले परमेश्‍वरलाई सपनामा त्यो कुरा तिमीलाई प्रकट गर्दिनुहोस् भनेर प्रार्थना गर्नुपर्छ। यदि तिमीले कुनै दर्शन प्राप्त गर्‍यौ, आफ्नो सपना वा दर्शनमा परमेश्‍वरको महान् काम सम्पन्न भएको देख्यौ भने, यसले तुरुन्तै तिम्रो आस्थालाई पूर्ण रूपले बलियो पार्नेछ। तिम्रो धैर्यता, तिम्रो प्रतीक्षा, कुनै औपचारिकता वा तिमीले गर्ने कुनै कुरा मात्र हुनेछैन; त्यसको साटो, तिमीले हृदयको गहिराइदेखि यसरी नै इच्छापूर्वक पर्खनेछौ र सहनेछौ। त्यो अत्यन्तै गजबको हुनेछ!” के यो विधि स्वीकार्य छ? (छैन।)

मानवजातिलाई जतिसुकै वर्षसम्म देहधारी परमेश्‍वरको आवश्यकता परे पनि, अन्त्यमा कुनै दिन आउनेछ जब देहमा उहाँको काम पूरा हुनेछ। भन्नुको मतलब, यस व्यक्तिले अन्ततः मानवजातिलाई छोडेर जानुहुनेछ; यो समयको कुरा मात्र हो। परमेश्‍वरको छ-हजार-वर्षे व्यवस्थापन योजनाको काम अन्त्यमा आउँदै छ। जहाँसम्म यो अन्त्य दस वर्ष, बीस वर्ष, पचास वर्ष, असी वर्ष, वा एक सय वर्ष वा कति वर्षको हुनेछ भन्‍ने कुरा छ, हामीले त्यसलाई खोतलिरहनु आवश्यक छैन। यो त बस परमेश्‍वरको बोल्ने तरिका मात्र हो। यो परमेश्‍वरको बोल्ने तरिका हो भन्नुको अर्थ के हो? यसको अर्थ परमेश्‍वरको “अन्त्य” भन्ने अवधारणा वास्तवमा कति वर्षको हुन्छ भन्ने हो—समयबारे परमेश्‍वरको अवधारणा पक्कै पनि मानिसहरूको भन्दा फरक हुन्छ। के यो ठ्याक्कै कति वर्षको हुन्छ भनेर छानबिन गर्नु हाम्रो लागि उपयोगी हुन्छ त? अहँ, हुँदैन। किन हुँदैन? किनकि यो सबै परमेश्‍वरको हातमा हुन्छ, यो मानवले मागेर पाउन सक्ने कुरै होइन, न त यो मानिसहरूले थाहा पाएपछि तिनीहरूले परमेश्‍वरलाई सीमित पार्न प्रयोग गर्न सक्ने चिज नै हो। परमेश्‍वरले आफूलाई जे इच्छा लाग्छ त्यही गर्नुहुन्छ। परमेश्‍वरका अनुयायीहरूले गर्नुपर्ने एउटै मात्र काम भनेको सत्यता पछ्याउनु, राम्रोसँग कर्तव्य निभाउनु, जीवन प्राप्त गर्नु, परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग हिँड्नु, र साँच्चिकै मानकअनुरूपको सृजित प्राणी बन्नु हो। यसरी, परमेश्‍वरको महान् काम वास्तवमै पूर्ण रूपमा सम्पन्न हुनेछ, र परमेश्‍वरले विश्राम लिनुहुनेछ। परमेश्‍वरले विश्राम लिनुको अर्थ के हो? त्यसको अर्थ मानवजातिले विश्राम लिनेछन् भन्ने हो। मानवजातिले विश्रामस्थल भेट्टाएपछि, परमेश्‍वरले विश्राम लिन सक्नुहुन्छ। परमेश्‍वरको विश्राम नै मानवजातिको विश्राम हो। जब मानवजातिको सामान्य जियाइ वातावरण र सुव्यवस्था हुन्छ, यसले परमेश्‍वरलाई विश्राम दिन्छ। जहाँसम्‍म मानवजातिले कहिले यस्तो जियाइ वातावरण पाउनेछन्, तिनीहरू यो चरणमा कहिले पुग्नेछन्, साथै परमेश्‍वरले उहाँको महान् काम कहिले सम्पन्न गर्नुहुनेछ र उहाँ आफ्नो विश्रामस्थलमा प्रवेश गर्नुहुनेछ भन्ने कुरा छ, यी सबै परमेश्‍वरको योजनाभित्रै पर्छन्; उहाँको समयतालिका हुन्छ। परमेश्‍वरको योजनाको यो समयतालिका कुन युगमा, कुन वर्ष, महिना, घन्टा, र मिनेटमा पर्छ, त्यो परमेश्‍वर स्वयम्‌लाई मात्र थाहा हुन्छ। मानवले त्यो जान्नु आवश्यक छैन, र तँलाई भनेर पनि केही काम छैन। तँलाई वर्ष, महिना, घन्टा र मिनेट ठ्याक्कै भने पनि, के त्यो तेरो जीवन बन्न सक्छ र? के त्यो जीवन हो र? त्यसले जीवनलाई प्रतिस्थापित गर्न सक्दैन। सृष्टि गरिएका प्राणीहरूले गर्नुपर्ने एउटै काम भनेको परमेश्‍वरका वचनहरू सुन्ने, परमेश्‍वरका वचनहरू स्विकार्ने, र परमेश्‍वरका वचनहरूप्रति समर्पित हुने, अनि परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मानिसहरू बन्ने हो। तर सधैँ परमेश्‍वरका वचनहरूको सूक्ष्मजाँच गर्न, परमेश्‍वरका वचनहरू पूरा हुन्छन् हुँदैनन् भनी खोजीनिती गर्न, परमेश्‍वरका वचनहरूको सहीपन जाँच्न, विश्‍लेषण गर्न, र छानबिन गर्न चाहनु—सृष्टि गरिएका प्राणीहरूले गर्नुपर्ने काम यी होइनन्। जो यस मार्गमा हिँड्न र यी काम गर्न जिद् कस्छन्, तिनीहरू परमेश्‍वरले चाहनुभएका सृष्टि गरिएका प्राणीहरू होइनन् भन्ने प्रस्टै छ। तिनीहरू उहाँका मापदण्डहरूअनुसार कार्य गर्दैनन्, मानिसहरूको लागि परमेश्‍वरले तोक्नुभएका नियम र प्रावधानहरूअनुसार जिउँदैनन्। परमेश्‍वरको नजरमा, तिनीहरू परमेश्‍वरका शत्रु हुन्; तिनीहरू दियाबलस र शैतान हुन्, परमेश्‍वरको मुक्तिका पात्र होइनन्। त्यसकारण, परमेश्‍वर धर्तीबाट कहिले जानुहुनेछ, उहाँको महान् काम कहिले सम्पन्न हुनेछ, र परमेश्‍वर महिमित हुनुहुने दिन कहिले आउँछ भन्ने सन्दर्भमा, परमेश्‍वरका यी वचनहरू र यस मामलाप्रति मानवजातिको सही दृष्टिकोण के हुनुपर्छ? व्यक्तिले परमेश्‍वरले भन्नुभएका यी कुराहरू अवश्यै पूरा हुनेछन् भनी विश्‍वास गर्नुपर्छ, र त्यो सँगसँगै, परमेश्‍वरको महान् काम सम्पन्न हुने, परमेश्‍वरको राज्य आउने, परमेश्‍वर महिमित भई असङ्ख्य मानिसहरूसामु देखा पर्नुहुने, र परमेश्‍वरले चाँडै विश्राम लिनुहुने आशा पनि राख्नुपर्छ। सृष्टि गरिएका मानवहरू, अर्थात् परमेश्‍वरलाई पछ्याउनेहरूले आशा र प्रार्थना गर्नुपर्ने कुरा यही हो। यसो गर्नु उचित कुरा हो, यो खोजीनिती गर्नु होइन। तर सधैँ परमेश्‍वरका वचनहरू पूरा हुनु नहुनुलाई परमेश्‍वरलाई धम्क्याउने, परमेश्‍वरसँग सर्तहरू राख्ने अनुकूल परिस्थितिको रूपमा प्रयोग गर्नुलाई खोजीनिती गर्नु भनिन्छ र यो परमेश्‍वरका शत्रुहरूले गर्ने काम हो; परमेश्‍वरका वचनहरू पूरा हुन्छन् हुँदैनन् भन्ने आधारमा सधैँ मूल्य तिर्ने नतिर्ने, सबथोक त्याग्ने नत्याग्ने, र कर्तव्य निर्वाह गर्ने नगर्ने भनी निर्णय गर्नु पनि शत्रुहरूले गर्ने काम नै हो। सृष्टि गरिएका साँचा प्राणीहरूले परमेश्‍वरका वचनहरू, परमेश्‍वरको पहिचान, र परमेश्‍वरले जे भन्नुहुन्छ त्यसको जुनसुकै अंशलाई पनि सृष्टि गरिएका प्राणीहरूको दृष्टिकोणबाट हेर्नुपर्छ, न कि शैतान, दुष्ट दियाबलसहरू, वा परमेश्‍वरका शत्रुहरूको दृष्टिकोणबाट।

५. परमेश्‍वरको स्वभाव, पहिचान र सारबारे उहाँका वचनहरू खोजीनिती गर्नु

हामीले सङ्गति गर्ने अर्को विषयवस्तुमा परमेश्‍वरको स्वभाव, पहिचान र सारबारे उहाँका वचनहरू संलग्न छन्। यी वचनहरूले ठूलो दायरा समेट्छन्; परमेश्‍वरका वचनहरूको धेरैजसो विषयवस्तुमा उहाँको स्वभाव, पहिचान, र सार नै समावेश हुन्छन्। एकातिर, परमेश्‍वरको वाणीका शैली र भाव, साथै विषयवस्तुले, मानिसहरूलाई परमेश्‍वरको स्वभाव, पहिचान र सार देख्ने तुल्याउँछन्। अर्कोतिर, परमेश्‍वरसित प्रस्ट वचनहरू छन्, जसमार्फत उहाँले मानवजातिलाई उहाँको स्वभाव, पहिचान र सार बताउनुहुन्छ र खुलाउनुहुन्छ। विषयवस्तुका यी दुई भागहरूका सन्दर्भमा, एकातिर, परमेश्‍वरका वचनहरूका हरफहरू, परमेश्‍वरका वचनहरूको विषयवस्तु, परमेश्‍वरका वचनहरूको प्रकृति, साथै परमेश्‍वरको भाव र उहाँको वाणीका श्रोताहरूबाट, व्यक्तिले परमेश्‍वरको स्वभाव, पहिचान र सार देख्न सक्छ। अर्कोतिर, परमेश्‍वरले उहाँसँग कस्तो स्वभाव छ, उहाँसँग कस्तो पहिचान र सार छ भनी मानिसहरूलाई प्रस्ट वचनहरूमार्फत बताउनुहुन्छ। विषयवस्तुका यी दुई भागहरूलाई ख्रीष्टविरोधीहरूले मूलतः बेवास्ता गर्छन्; तिनीहरूले यी कुराहरूबाट परमेश्‍वरको स्वभाव, पहिचान र सार बुझ्नेछैनन्, र तिनीहरूले निश्‍चय नै परमेश्‍वरसँग सम्बन्धित यो सबै कुरामा विश्‍वास गर्नेछैनन्। तिनीहरू अविश्‍वासी भएकाले तिनीहरू परमेश्‍वरको मुखबाट बोलिएका वचनहरूले परमेश्‍वरको पहिचान र सार प्रतिनिधित्‍व गर्न सक्छन् भनी विश्‍वास गर्दैनन्। तर, तिनीहरूले नकार्नै नसक्ने एउटा कुरा छ: परमेश्‍वरका वचनहरूले मानिसहरूलाई परमेश्‍वरसँग कस्तो प्रकारको स्वभाव छ, परमेश्‍वरसँग कस्तो प्रकारको पहिचान छ, र उहाँको सार कस्तो छ भनी प्रस्ट रूपले खुलाएका छन्—उहाँका वचनहरूको यो पाटोलाई तिनीहरूले नकार्न सक्दैनन्। तर तिनीहरूले यसलाई नकार्न सक्दैनन् भन्दैमा, के त्यसको अर्थ तिनीहरूले साँचो रूपमा स्विकार्छन् र मान्छन् भन्ने हुन्छ त? तिनीहरूले यी वचनहरूलाई मान्दैनन्। बरु त्यसको उल्टो, परमेश्‍वरको स्वभावसम्बन्धी विषयवस्तु—परमेश्‍वरले चर्चा गर्नुहुने उहाँको धार्मिकता, पवित्रता, प्रेम, अख्तियार, साथै उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ तीसम्बन्धी अन्य गुणहरूका सन्दर्भमा, ख्रीष्टविरोधीहरूले अवहेलना, बेवास्ता र उपेक्षा देखाउनुबाहेक, यी वचनहरूलाई खोजीनिती गर्ने दृष्टिकोणबाट पनि हेर्छन्। उदाहरणका लागि, जब परमेश्‍वरले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्नुहुन्छ, तब ख्रीष्टविरोधीले छानबिन गर्न थाल्नेछ: “तिमी धर्मी रे? संसारमा आफू धर्मी भएको दाबी गर्ने आँट गर्ने कोही पनि छैन। तिमीले त्यसो भन्ने आँट गर्छौ भने, जाँचौँ न त। तिमी कुन-कुन रूपमा धर्मी छौ? तिम्रा कुन-कुन कार्यहरू धर्मी रहेका छन्? म आश्‍वस्त हुन मान्दिनँ! यदि यो भनाइ साँच्चिकै साकार भयो भने, यदि तिमीले साँच्चिकै मलाई विश्‍वस्त पार्ने कुनै धर्मी कार्य गर्‍यौ भने, तिमी धर्मी छौ भनेर म स्विकार्नेछु। तर यदि तिम्रो कार्यले मलाई विश्‍वस्त पारेन भने, मैले सिधा कुरा गरेकोमा मलाई दोष नदिनू। म तिमीसँग धर्मी स्वभाव छ भनेर कदापि स्विकार्नेछैनँ!” अन्ततः, तिनीहरूले प्रतीक्षा गर्दैआएको दिन आइपुग्छ: कुनै निश्‍चित अगुवाले, ठूलो मूल्य तिरेको र धेरै कष्ट भोगेको भए पनि, उसलाई अन्ततः झूटो अगुवाका रूपमा चित्रण गरियो र उसलाई बरखास्त गरियो किनकि उसले वास्तविक काम गर्न सकेन। बर्खास्त भएपछि, ऊ नकारात्मक बन्यो, उसले गलतफहमीहरू विकास गर्यो, गुनासो गर्यो, र धेरै आक्रोशपूर्ण र आलोचनात्मक कुराहरू बोल्यो। जब यो मामला ख्रीष्टविरोधीको कानमा पुग्छ र उसले यो देख्छ, तब ख्रीष्टविरोधीले भन्छ, “यदि तिमीजस्तो व्यक्तिसमेत बरखास्त हुन सक्छ भने, मजस्ता मानिसहरूका लागि त अवस्था झनै खराब हुन सक्छ। यदि तिमीसँग नै मुक्ति पाउने आशा छैन भने, यदि तिमी परमेश्‍वरका अभिप्रायहरूअनुरूप छैनौ भने, कोचाहिँ हुन सक्छ? अरू कसलाई चाहिँ परमेश्‍वरले मान्न सक्नुहुन्छ?” एकातिर, ख्रीष्टविरोधीले झूटो अगुवाको प्रतिरक्षा गर्छ र उसका लागि इन्साफ माग्छ; अर्कोतिर, ऊ त्यस झूटो अगुवाले जारी गरेका आक्रोशपूर्ण र आलोचनात्मक वचनहरूलाई पनि स्विकारिरहेको हुन्छ। त्यो सँगसँगै, ऊ हृदयमा गोप्य रूपमा परमेश्‍वरसित जोरी पनि खोजिरहेको हुन्छ: “के परमेश्‍वर धर्मी छन्? त्यसोभए जुन व्यक्तिले मण्डलीको कामका लागि कष्ट भोगेको र मूल्य तिरेको छ उसलाई किन बरखास्त गरेको? यो व्यक्ति तिमीप्रति सबैभन्दा बफादार छ। मैले ऊभन्दा बफादार अरू कोही देखेको छैनँ; मैले अरू कोही देखेको छैनँ जसले योभन्दा धेरै कष्ट भोगेको र बढी मूल्य तिरेको होस्। ऊ बिहान सबेरै उठ्छ र राति अबेर सुत्छ, रोग सहन्छ, आफ्नो परिवारप्रतिको भावनालाई पाखा लगाउँछ, देहसुख र देहका भविष्यलाई पाखा लगाउँछ, र आफ्नो ज्यानको बाजी थापेर तिम्रा लागि काम गर्छ। उसलाई पहिले जेलमा पनि थुनियो, तर उसले विश्‍वासघात गरेन। र तैपनि तिमी उसलाई यति सजिलै बरखास्त गर्छौ, उसलाई यति सजिलै प्रकाश गर्छौ—के तिमी साँच्चिकै धर्मी छौ? तिम्रो धार्मिकताको प्रमाण कहाँ छ? मैले किन देख्न नसकेको?” अन्ततः, ख्रीष्टविरोधीले परमेश्‍वरको कामविरुद्ध गलचेप भेटेको छ, जसमार्फत उसले परमेश्‍वरको स्वभावको धार्मिकतामाथि प्रश्‍न उठाउँछ। उसले मनमनै सोच्छ, “यदि परमेश्‍वर धर्मी छन् भने, धेरैजसो मानिसहरूले धान्न सक्नेछैनन्; यदि परमेश्‍वर धर्मी छन् भने, मानिसहरू साँच्चिकै होसियार हुनुपर्छ, र जीवन निकै कठिन बन्नेछ। आज, अन्ततः परमेश्‍वरको कामविरुद्ध गलचेप भेट्टाएपछि, म परमेश्‍वर धर्मी छैनन् भनी प्रमाणित गर्न सक्छु, जसले परिस्थितिहरू सहज बनाउँछ।” योसँगै, ऊ हृदयमा गोप्य तरिकाले रमाउँछ।

परमेश्‍वरका चुनिएका मानिसहरूले, परमेश्‍वरलाई पछ्याउँदा, सधैँ ठूलो रातो अजिङ्गरबाट दमन, गिरफ्तारी, र क्रूर सतावट भोगेका छन्। चारैतिरका मण्डलीहरूमा, प्रायजसो गिरफ्तारी र सतावटमा परिरहने परमेश्‍वरका चुनिएका मानिसहरू छन्। बारम्बार, कतिपयले ठेस खान्छन् वा परमेश्‍वरलाई विश्‍वासघात गर्छन् र फलस्वरूप मण्डली छाडेर जान्छन्। तर, गिरफ्तारी र सतावटमा परे पनि आफ्नो गवाहीमा दृढ रहनेहरू पनि धेरै छन्। ठूलो रातो अजिङ्गरको सेवालाई प्रयोग गरेर, परमेश्‍वरले आशिष्‌हरू खोज्दै परमेश्‍वरको घरमा घुसपैठ गर्ने ती अविश्‍वासीहरूलाई प्रकाश गर्नुहुन्छ, जबकि त्यो सँगसँगै उहाँले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने चुनिएका मानिसहरूलाई पनि सिद्ध पार्नुहुन्छ। यो परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि हो। तर ख्रीष्टविरोधीहरूले यस मामलालाई कसरी हेर्छन्? तिनीहरू सधैँ परमेश्‍वरप्रति शङ्कालु हुन्छन्: “परमेश्‍वरले उनका चुनिएका मानिसहरूलाई किन ठूलो रातो अजिङ्गरको गिरफ्तारी र सतावटबाट मुक्ति दिँदैनन्?” तिनीहरू देहधारी परमेश्‍वरलाई शङ्का गर्छन्, हृदयमा परमेश्‍वरबारे सधैँ धारणाहरू बोकिरहेका हुन्छन्: “परमेश्‍वरका चुनिएका मानिसहरूले किन यस्ता कुटाइ र यातना सहनुपर्छ? त्यो उनीहरूको आस्थाका कारण हो, किनकि उनीहरू यहूदा बन्न अनिच्छुक हुन्छन्। तर उनीहरूले यातना भोगिरहँदा परमेश्‍वर कहाँ हुन्छन्? परमेश्‍वरले उनीहरूलाई किन बचाउँदैनन्? के परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्दैनन्? परमेश्‍वरको प्रेम कहाँ छ? के यो परमेश्‍वरले उनीमाथि विश्‍वास गर्नेहरूलाई शैतानहरू र दुष्ट पिशाचहरूबाट यति नराम्ररी अपमानित हुन र अत्यन्तै धेरै यातना भोग्‍न दिन सक्‍ने भएर हो? के परमेश्‍वरको प्रेम यही हो? मानिसहरूप्रति परमेश्‍वरको सुरक्षा ठ्याक्कै कहाँ छ? म किन त्यो देख्न सक्दिनँ? म अझ बढी होसियार हुनुपर्ने देखिन्छ। परमेश्‍वरले मानिसहरूलाई परीक्षा वा खतराबाट सुरक्षा दिन नसक्ने मात्र होइन—त्यसको उल्टो, व्यक्तिले जति धेरै पछ्याउँछ, जति धेरै सङ्कल्प राख्छ, र परमेश्‍वरलाई जति बढी अनुसरण गर्छ, त्यति नै उसले परीक्षाहरू सामना गर्छ, र त्यति नै बढी उसले पीडा र उत्पीडन भोग्ने सम्भावना हुन्छ। परमेश्‍वरले यसरी नै कार्य गर्ने हुनाले, मसँग पनि मेरा जवाफी उपायहरू छन्। यी मानिसहरूले यस्तो व्यवहार भोग्छन् किनकि उनीहरूले त्यागहरू गरे; यदि मैले यस्तो मूल्य तिरिनँ, यदि मैले यस तरिकाले पछ्याइनँ भने, के म यी परीक्षाहरूबाट जोगिनेछैनँ र? यी परीक्षाहरू नहुँदा, के म यस्तो कष्टबाट जोगिनेछैनँ र? यस्तो कष्ट नभोगेपछि, के म सहजतामा जिउनेछैनँ र? यदि यति हुँदाहुँदै पनि मैले आशिष्‌हरू पाउँछु भने, मैले किन मूर्ख बनेर मेरो देहलाई अनेकथरीका उत्पीडन र पीडा सहन दिनु र? परमेश्‍वर मानिसहरूलाई प्रेम गर्छु भनेर भन्छन्, तर म परमेश्‍वरको यस तरिकाको प्रेम स्विकार्न सक्दिनँ! तिमीहरू सबैले यसलाई जसरी मन लाग्छ, त्यसरी व्याख्या गर्न सक्छौ; त्यो मेरो चासोको विषय होइन, म यसलाई स्विकार्नेछैनँ। म अरूको नजरबाट टाढै बस्नुपर्छ, अलि पन्छिनुपर्छ, म होसियार र सावधान हुनुपर्छ; म आफूलाई परमेश्‍वरको हातमा पर्न र उनको अह्रावटको काम गर्न दिन्नँ।” ख्रीष्टविरोधीहरूले हृदयमा यी कुराहरू बोक्छन्, र यी सबै गलतफहमी, विरोध, आलोचना, र परमेश्‍वरविरुद्धको प्रतिरोध हुन्। तिनीहरूसँग परमेश्‍वरको कामबारे केही पनि ज्ञान हुँदैन। परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्दै गर्दा, परमेश्‍वरको स्वभाव, पहिचान र सारबारे खोजीनिती गर्दा, तिनीहरू यस्ता निष्कर्षहरूमा पुग्छन्। ख्रीष्टविरोधीहरूले यी कुराहरूलाई हृदयका गहिराइमा लुकाउँछन्, र आफैलाई चेतावनी दिन्छन्: “सतर्कता नै सुरक्षाको आधार हो; अरूका नजरमा नपर्नु नै उत्तम हुन्छ; थुतुनो निकाल्‍नेलाई नै पहिले प्रहार गरिन्छ; र टुप्‍पोमा एक्लै भइन्छ! जहिलेसुकै होस्, कहिल्यै थुतुनो ननिकाल, कहिल्यै धेरै शिखरमा नपुग; जति उचाइमा पुग्छौ, त्यति नै नराम्ररी बजारिन्छौ।” तिनीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्दैनन्, र उहाँको स्वभाव धर्मी र पवित्र छ भनेर विश्‍वास गर्दैनन्। तिनीहरूले यी सबै कुराहरूलाई मानव धारणा वा कल्पनाले हेर्छन्, र परमेश्‍वरको स्वभाव, पहिचान र सारलाई सीमाङ्कन गर्न शैतानको तर्क र सोच उपयोग गर्दै, तिनीहरूले परमेश्‍वरको कामलाई पनि मानव दृष्टिकोण, मानव सोच र मानव धूर्तताद्वारा नै हेर्छन्। स्पष्ट रूपमा, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको स्वभाव, पहिचान र सार नस्विकार्ने र नमान्‍ने मात्र होइन; त्यसको उल्टो, तिनीहरू त परमेश्‍वरप्रतिका धारणा, प्रतिरोध, र विद्रोहले भरिएका हुन्छन्, र तिनीहरूमा उहाँबारे अलिकति पनि वास्तविक ज्ञान हुँदैन। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, र परमेश्‍वरको प्रेमसम्‍बन्धी ख्रीष्टविरोधीहरूको परिभाषा भनेको प्रश्‍नवाचक चिन्‍ह—सन्देह मात्रै हुन्छ, र तिनीहरू यसप्रति शङ्‍काग्रस्त, र इन्कार र लाञ्छनाले भरिपूर्ण हुन्छन्; त्यसोभए, उहाँको पहिचान के हो त? परमेश्‍वरको स्वभावले उहाँको पहिचान प्रतिनिधित्व गर्छ; परमेश्‍वरको स्वभावबारे तिनीहरूको सोच यस्तो भएको हुँदा, परमेश्‍वरको पहिचानसम्बन्धी तिनीहरूको सोच स्वस्पष्ट छ—यो प्रत्यक्ष इन्कार हो। ख्रीष्टविरोधीहरूको सार यही हो।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूको, र उहाँका कार्यहरूको जुन भाग लिए पनि, चाहे ती यावत्‌ थोकहरूमा हुने वा चाहे विशिष्ट व्यक्तिहरूमा हुने परमेश्‍वरका कार्यहरू हुन्, तिनलाई सत्यताका रूपमा र स्वीकारको शैलीले लिनुको साटो, तिनलाई तर्क गर्न र मूल्याङ्कन गर्नका लागि सधैँ मानव दृष्टिकोणहरू र शैतानको तर्क, साथै ज्ञान र तर्कका विधिहरू प्रयोग गर्छन्। त्यसकारण, परमेश्‍वरको स्वभाव, पहिचान र सारसम्बन्धी वचनहरूका सन्दर्भमा, र परमेश्‍वर देहधारी हुनुभएको देह र परमेश्‍वरका आत्माका सन्दर्भमा, ख्रीष्टविरोधीहरूको विधि वास्तवमा उही हुन्छ, कुनै भिन्नता हुँदैन। तिनीहरू सामान्यतया, परमेश्‍वर स्वयम्‌सम्बन्धी सबथोक, सृष्टिकर्तासम्बन्धी सबथोकबारे खोजीनिती गर्छन्, र त्यसपछि अनुमान, छानबिन, र विश्‍लेषण गर्छन्, जसले अन्ततः इन्कार र लाञ्छनाको निष्कर्षमा डोऱ्याउँछ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका यी वचनहरूलाई जुन कोणबाट वा जस्तो तरिकाले हेरे पनि, तिनीहरूले किन अन्त्यमा सधैँ दोषी ठहराउने र लाञ्छनाकै निष्कर्षहरू निकाल्छन्? तिनीहरू किन यस्ता निष्कर्षहरूमा पुग्छन्? के साँच्चै सृजित मानवजातिमाझ परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा लिन सक्ने कोही नभएको हुन सक्छ? के यो अपरिहार्य परिणाम हो? के यो परमेश्‍वरका कारणले भएको हो? (होइन।) त्यसोभए ठ्याक्कै कारण के हो त? (किनभने मानिसहरूमा परमेश्‍वरको प्रतिरोध गर्ने प्रकृति हुन्छ।) परमेश्‍वरको प्रतिरोध गर्ने प्रकृति सबैमा हुन्छ। यी वचनहरू पढेपछि, कतिपय मानिसहरूले तिनलाई सत्यताका रूपमा चिन्न र परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो स्विकार्न सक्छन्, जबकि अरूले तिनलाई इन्कार्न, दोषी ठहराउन र लाञ्छना लगाउन सक्छन्, यसको कारण के हो? यसले प्रस्ट रूपमा एउटा समस्या देखाउँछ, र यसले मानिसहरूभित्रको सार फरकफरक हुन्छ भन्ने जनाउँछ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई व्यवहार गर्दा, मूल रूपमा र व्यक्तिपरक रूपमा तिनलाई साँच्चिकै स्विकार्दैनन्। तिनीहरू प्रतिरोध र जाँच बोकेर आउँछन्: “तिमी आफूलाई परमेश्‍वर भन्छौ, त्यसोभए मलाई देखाऊ, तिमी कुन रूपमा परमेश्‍वरसमान छौ? तिमी आफूमा परमेश्‍वरको स्वभाव र ईश्‍वरत्व छ भन्छौ, म हेर्न चाहन्छु कि तिम्रा कुन वचनहरूले तिमीमा ईश्‍वरत्व र परमेश्‍वरको स्वभाव भएको पुष्टि गर्छन्, तिम्रा कुन कार्यहरूले तिमीमा परमेश्‍वरको पहिचान र सार भएको पुष्टि गर्छन्। के तिमीले चिन्ह र चमत्कारहरू प्रदर्शन गरेका छौ, वा बिरामीलाई निको पार्ने र भूतहरू धपाउने काम गरेका छौ? के तिमीले कसैलाई श्राप दिएर ऊ तुरुन्तै मरेको छ? के तिमीले कसैलाई मृत्युबाट बौराएका छौ? तिमीले ठ्याक्कै के गरेका छौ जसले तिमीसँग परमेश्‍वरको स्वभाव, पहिचान र सार भएको पुष्टि गर्न सक्छ?” ख्रीष्टविरोधीहरू सधैँ यी कुराहरू, सत्यता, मार्ग, र जीवनभन्दा बाहिरका कुराहरू हेर्न चाहन्छन्, परमेश्‍वरको पहिचान पुष्टि गर्न, तिनीहरूले पछ्याउने एउटै उहाँ परमेश्‍वर हुनुहुन्छ भनी पुष्टि गर्न यी कुराहरू प्रयोग गरिरहन्छन्। यो सुरुवाती बिन्दु नै गलत छ। परमेश्‍वरको पहिचान र सारको प्रतिनिधित्व गर्न सक्ने सबैभन्दा आधारभूत कुरा के हो? (परमेश्‍वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ।) यो नै सबैभन्दा आधारभूत कुरा हो। ख्रीष्टविरोधीहरू किन यो सबैभन्दा आधारभूत कुरासमेत बुझ्न सक्दैनन्? हामीले छलफल गर्नुपर्ने विषय यही हो। ख्रीष्टविरोधीहरू सत्यता र सकारात्मक कुराहरूलाई तिरस्कार गर्छन्; तिनीहरू सत्यता र सारा सकारात्मक कुराहरूप्रति वितृष्ण हुन्छन्; तिनीहरू सत्यता र सकारात्मक कुराहरूलाई घृणा गर्छन्। परमेश्‍वरका सारा वचनहरूमा, तिनीहरूले कुन वचनहरू सत्यता वा सकारात्मक कुरा हुन् भनी देख्दैनन्। के तिनीहरूका पैशाचिक आँखाले यो कुरा देख्न सक्छन्? के तिनीहरूले नदेखीकनै यसलाई मान्न सक्छन्? तिनीहरूले यी वचनहरूलाई सत्यता मान्न नसक्नुको अर्थ यो हुन्छ कि तिनीहरूले परमेश्‍वरको पहिचान र सारलाई मान्न सक्दैनन्। यो निश्‍चित छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको स्वभाव, पहिचान र सारबारेका उहाँका वचनहरूसँग व्यवहार गर्दा परमेश्‍वरका अरू वचनहरूलाई हेर्ने शैली नै प्रयोग गर्छन्, र त्यसरी नै आफ्नो मनमा लेखाजोखा, षड्यन्त्र र मनन गर्छन्। यदि परमेश्‍वरले परमेश्‍वरका पहिचानमा बोल्‍नुभएको कुनै कुरा तुरुन्तै पूरा भयो भने, तिनीहरूको मनोवृत्ति तुरुन्तै बदलिन्छ; यदि परमेश्‍वरले, परमेश्‍वरका रूपमा तिनीहरूलाई गलचेप दिलाउन सक्‍ने कुनै कुरा भन्नुभयो वा गर्नुभयो भने, तिनीहरूसँग पनि सुहाउँदो जबाफी उपाय हुन्छ, र तिनीहरूको मनोवृत्ति फेरि तुरुन्तै बदलिन्छ। परमेश्‍वरलाई निन्दा गर्ने पनि तिनीहरू नै हुन्, र परमेश्‍वर परमेश्‍वरजस्तो हुनुहुन्छ भन्ने पनि तिनीहरू नै हुन्। तिनीहरूका दृष्टिकोणमा, परमेश्‍वरसित परमेश्‍वरको स्वभाव, पहिचान र सार छ कि छैन भन्ने सन्दर्भमा, तिनीहरू पूर्णतया आफ्नै आँखाले देखेको कुरा र आफ्नै मानसिक विश्‍लेषणका आधारमा यसबारे निष्कर्षमा पुग्छन्।

विगत एकदुई वर्षमा, मण्डलीले केही अनुभवात्मक गवाही भिडियोहरू बनाएको छ। विभिन्न मानिसहरूले विविध अनुभवात्मक गवाहीहरू दिएका छन्, जसले गर्दा अस्थिर जग भएका कतिपय मानिसहरूलाई र थोरबहुत सन्देह बोकेकाहरूलाई केही जग स्थापित गर्न मदत मिल्यो। ख्रीष्टविरोधीहरूलाई पनि, यसले स्थिरता दिने केही भूमिका अवश्यै खेल्यो। यी गवाही दिने व्यक्तिहरू विभिन्न उमेर समूहका, विभिन्न सामाजिक वर्गका, र कतिपय त विभिन्न देश र जात-जातिका समेत छन्। उनीहरूले दिएका अनुभवात्मक गवाहीहरूबाट, यो प्रस्ट हुन्छ कि उनीहरूमा परमेश्‍वरका वचनहरूमार्फत परिवर्तनहरू आए, उनीहरूले सत्यता र जीवन प्राप्त गरे, अनि परमेश्‍वरका वचनहरू स्विकारेर, परमेश्‍वरको कामको यो चरण स्विकारेर, धेरै सत्यताहरू बुझे, परमेश्‍वर देहधारी हुनुभएको देहसँग परमेश्‍वरको पहिचान र सार छ भनी पुष्टि गरे। यी अनुभवात्मक गवाहीहरू सुनेपछि, ख्रीष्टविरोधीहरू पनि, अवश्यै भित्री रूपमा अलिक सुटुक्क प्रसन्न भए: “धन्‍न, मैले सार्वजनिक रूपमा परमेश्‍वरको आलोचना गरिनँ। धन्‍न, मैले परमेश्‍वरलाई नकार्न हतार गरिनँ। धेरै मानिसहरूका गवाहीहरू मूल्याङ्कन गर्दा, यो बाटो सही देखिन्छ। यी ख्रीष्ट, अर्थात् यी साधारण व्यक्ति, आखिरमा परमेश्‍वर नै हुन सक्छन्। सायद मेरो दाउ सही ठाउँमा पर्‍यो। यदि म यही मार्ग हिँडिरहेँ भने, र यदि अझ धेरै मानिसले यस व्यक्तिको गवाही दिए भने, यदि अझ धेरै मानिसहरू यस व्यक्तिसामु आए भने, र यदि अझ धेरै मानिसहरूले यस व्यक्तिको पहिचान र सार पुष्टि गरे भने, मैले आशिष्‌हरू प्राप्त गर्ने आशा र अवसर झन्झन् बढ्नेछ।” हिचकिचाहटपूर्वक नियाल्दै, ख्रीष्टविरोधीहरू अझै निरन्तर रूपले आफूलाई यसरी हौसला र प्रेरणा दिइरहेका हुन्छन्: “हतार नगर्। धैर्यवान् हो। तैँले बस सहनुपर्छ। जसले अन्त्यसम्‍मै सहन्छ उसलाई मुक्ति दिइनेछ। अहिलेका विभिन्न सङ्केतहरू, अहिले मण्डलीको आकार र गति मूल्याङ्कन गर्दा, धेरैभन्दा धेरै मानिसहरू उठेर यी परमेश्‍वरको गवाही दिन सक्षम छन्, यसले यो सही मार्ग हो भन्ने पुष्टि गर्छ। त्यसैले, म अलग देखिन र यसलाई नकार्न हतार गर्दै, किन मूर्ख बन्‍ने? त्यसो नगर्, मूर्ख नबन्। अझै तीनदेखि पाँच वर्षसम्म पर्खी। यदि अझै धेरै मानिसहरू, बढी प्रतिष्ठित र ज्ञानवान् मानिसहरू, अर्थात् सामाजिक हैसियत भएका मानिसहरूले यस साधारण व्यक्तिलाई ख्रीष्टका रूपमा प्रमाणित गर्ने अझ बलियो प्रमाण दिएमा, वा यदि सांसारिक ख्याति र हैसियत भएका अझ धेरै मानिसहरू मण्डलीमा आबद्ध भएमा, र यदि मण्डलीको आकार अझै विश्‍वव्यापी रूपमा विस्तार भएमा, के मैले त्यसपछि केही प्राप्त गर्नेछैनँ र? के त्यसपछि मैले ठूलो लाभ प्राप्त गरेको हुनेछैनँ र? यदि मण्डलीसँग शक्ति हुन्छ भने, के मसँग पनि शक्ति हुनेछैनँ र? मैले छोड्न त कदापि हुँदैन! यदि यो सबै सही हो भने, यदि यी व्यक्ति साँच्चिकै परमेश्‍वर हुन् भने, र यदि अहिले मैले उनलाई इन्कार वा अस्वीकार गरेँ भने, मैले यी सारा आशिष्‌हरू गुमाउनेछु। मैले यस व्यक्तिमाथि सबै दाउ लगाउनैपर्छ। उनी पहिचान र सारले को हुन्, उनको स्वभावले कसलाई जनाउँछ, मलाई त्यसबारे वास्ता छैन। मलाई चासो लाग्ने कुरा त धेरैभन्दा धेरै मानिसहरूले उनलाई पछ्याइरहेका छन् कि छैनन्, मण्डलीको शक्ति र आकार बढिरहेका छन् कि छैनन् भन्ने हो। यदि त्यो राम्रो दिशामा अघि बढ्यो र सामान्य परिस्थितिहरूमा झन् ठूलो बन्न सक्यो भने, मैले आफ्नो भविष्यबारे चिन्ता लिनुपर्दैन। यदि उनी साँच्चिकै बाइबलमा अगमवाणी गरिए झैँ परमेश्‍वर देहधारी हुनुभएको देह नै हुन् भने, म अत्यन्तै आशिषित्, अत्यन्तै लाभान्वित हुनेछु।” ख्रीष्टविरोधीहरूले हरेकपटक यसबारे सोच्दा, तिनीहरूलाई हृदयमा केही सान्त्वना र हर्ष मिल्छ: “त्यो गजब होइन र? परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास नगरे पनि, मैले अझै पनि आशिष्‌हरू प्राप्त गर्न सक्छु। परमेश्‍वरका सारा कार्यहरू धर्मी छन् भनेर विश्‍वास नगरे पनि, म अझै दृढ रहन सक्छु। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन सक्छन् भनेर विश्‍वास नगरे पनि, म अझै पनि बाँच्न सक्छु। परमेश्‍वरले मानिसहरूको सबैभन्दा भित्री हृदय नियाल्छन् भनेर विश्‍वास नगरे पनि, म अझै पनि मण्डलीमा सामान्य रूपमा कर्तव्य पूरा गर्न सक्छु। म परमेश्‍वरको सर्वशक्तिमान्‌ता र अख्तियारमा विश्‍वास गर्दिनँ, म परमेश्‍वरले गर्ने सबथोक अर्थपूर्ण हुन्छ भनेर विश्‍वास गर्दिनँ, र म परमेश्‍वरले यावत्‌ थोकमाथि र सारा मानवजातिको भाग्यमाथि सार्वभौमिकता राख्नुहुन्छ भनेर विश्‍वास गर्दिनँ—म यी कुनै कुरामा विश्‍वास गर्दिनँ, तर के भो त? म परमेश्‍वरको पहिचान र सारमा विश्‍वास गर्दिनँ, तैपनि मण्डलीमा अल्याङटल्याङ गर्न सक्छु। के परमेश्‍वर धर्मी छैनन् र? म बस यसरी नै अल्याङटल्याङ गरिरहनेछु, म मण्डलीमा यसरी नै आलटाल गरिरहनेछु, बस सहिरहनेछु। मलाई कसले के गर्न सक्छ र? के मैले अझै पनि अन्त्यसम्म सहन र निश्‍चित रूपमा मुक्ति प्राप्त गर्न सक्दिनँ र?” तिमीहरूलाई के लाग्छ, के ख्रीष्टविरोधीहरूको मनोकामना पूरा हुन सक्छ? (सक्दैन।) जब तिनीहरूले साँच्चिकै परमेश्‍वरको धर्मी स्वभाव देख्ने दिन आउँछ, तब तिनीहरू कहाँ हुनेछन्? जब तिनीहरूलाई साँचो रूपमा परमेश्‍वरको पहिचान र सारलाई मान्न, र परमेश्‍वर धर्मी हुनुहुन्छ भनी हेक्का गर्न लगाइन्छ, जब तिनीहरूलाई परमेश्‍वर वास्तवमै धर्मी हुनुहुन्छ भनेर देखाइन्छ, तब तिनीहरू कहाँ हुनुपर्छ? के तिनीहरूलाई साँच्चिकै मुक्ति दिन सकिन्छ? के तिनीहरूको सहनशीलता साँच्चिकै प्रभावकारी हुन सक्छ? के तिनीहरूले साँच्चिकै अल्याङटल्याङ गर्न सक्छन्? के तिनीहरूको सहनशीलता, तिनीहरूका सम्झौताहरू, तिनीहरूको अटल कठिनाइ सहन, र तिनीहरूको चतुर बौद्धिकताले, परमेश्‍वरका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भनी खोजीनिती गर्ने तिनीहरूको दुष्ट कार्यलाई साँच्चिकै काट्न सक्छन्? के तिनीहरूका मनोकामना, जवाफी उपायहरू, षड्यन्त्र, युक्ति र तिनीहरूले हृदयमा योजना गरेका सबथोक, साथै तिनीहरूले परमेश्‍वरसित सम्बन्धित कुराहरूबारे गर्ने गरेको खोजीनितीले, साँच्चिकै तिनीहरूको सत्यताको पछ्याइलाई प्रतिस्थापित गर्न सक्छन्? के यी कुराहरूले तिनीहरूलाई मुक्ति पाउन सक्षम तुल्याउन सक्छन्? (सक्दैनन्।) त्यसोभए, यी प्रकटीकरणहरूलाई मूल्याङ्कन गर्दा, अत्यन्तै चतुर रहेका र कुनै पनि त्रुटि नछोडी, सारा मामलाहरू सम्हाल्ने, सबथोक अत्यन्तै गोप्य रूपमा गर्ने ती ख्रीष्टविरोधीहरू किन अन्ततः यस्तो अवस्थामा पुग्छन्? यसको एउटै कारण छ: तिनीहरू परमेश्‍वरका वचनहरूलाई सिधै सामना गर्दैनन्, परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा स्विकार्दैनन्, परमेश्‍वरका वचनहरूमा समर्पित हुँदैनन्, बरु त्यसको साटो परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्छन्। अन्ततः ख्रीष्टविरोधीहरू यस्तो अवस्थामा पुग्नुको कारण यही हो। तिमीहरू सबैले यो कुरा बुझ्यौ नि, होइन? मैले तिमीहरूलाई कसरी व्यवहार गर्ने वा परमेश्‍वरका वचनहरूलाई कुन रूपमा लिने भनेर नबताए पनि, यी तथ्यहरू बोलेपश्‍चात, र ख्रीष्टविरोधीहरूका दृष्टिकोणहरू र परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति चिरफार गरेपश्‍चात, तिमीहरू सबैले परमेश्‍वरका वचनहरूप्रति राखिने कस्तो मनोवृत्ति अनि परमेश्‍वरका वचनहरू बुझ्‍ने कस्तो मनोवृत्ति सबैभन्दा सही हुन् र सृजित प्राणीमा हुनुपर्ने मनोवृत्ति हुन्, साथै यी मनोवृत्तिहरू राख्नु नै सृजित प्राणीले गर्नुपर्ने काम हो भनेर थाहा पाएका छौ।

अगष्ट २२, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्