विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग छ) खण्ड दुई

२. मानिसका लागि परमेश्‍वरका श्राप र दण्डका वचनहरूबारे खोजीनिती गर्नु

दोस्रो विषयवस्तु ख्रीष्टविरोधीहरूले मानिसका लागि परमेश्‍वरका श्राप र दण्डका वचनहरूबारे खोजीनिती गर्छन् भन्ने हो। ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूमा उल्लेखित श्राप र दण्डप्रति पहिलो विषयवस्तुप्रति जस्तै दृष्टिकोण र अडान राख्छन्। तिनीहरूले कसरी यस्ता वचनहरूबारे खोजीनिती गर्छन्? जब तिनीहरूले परमेश्‍वरका वचनहरूले कस्ता प्रकारका मानिसहरूलाई श्राप दिन खोजेका हुन् र कस्ता प्रकारका मानिसहरूलाई दण्ड दिन खोजेका हुन्, त्यस्ता मानिसहरूलाई श्राप दिन परमेश्‍वरले कस्ता वचनहरू बोल्‍नुभएको छ, परमेश्‍वरले त्यस्ता मानिसहरूलाई दण्डित गर्न कस्तो शैली प्रयोग गर्नुहुन्छ, साथै परमेश्‍वरले कस्ता प्रकारका मानिसहरूलाई श्राप दिन कस्ता विधि र वचनहरू प्रयोग गर्नुहुन्छ भनेर देख्छन्, तब तिनीहरूले आफ्नो दैनिक जीवनमा नियाल्न थाल्छन्, र परमेश्‍वरका यी वचनहरू कसरी साकार हुन्छन्, र यी वचनहरू अहिलेसम्म साकार भएका छन् कि छैनन् भनी हेर्छन्। उदाहरणका लागि, एउटा मण्डली अगुवा छ जसले परमेश्‍वरको घरका रकमहरू हिनामिना गर्छ, मनमानी रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई सताउँछ र दमन गर्छ, मण्डलीमा तानासाही र बेपरवाह तरिकाले कार्य गर्छ, बिनासिद्धान्त कार्य गर्छ, परमेश्‍वरका अभिप्रायहरू खोजी गर्दैन, र अरूसित सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्दैन। परमेश्‍वरका वचनहरूले यस्तो व्यक्तिका लागि श्राप र दण्डहरू हुन्छन् भनेर भन्छन्। अनि, यसो नियाल्छ: “परमेश्‍वरले यस्ता मानिसहरूलाई प्रेम गर्दैनन्, उनले तिनीहरूलाई तिरस्कार गर्छन्। तर उनले यस व्यक्तिलाई कसरी तिरस्कार गरिरहेका छन्? यो व्यक्ति हरदिन निकै आरामपूर्वक जिउँछ र हप्काइ नखाई दाजुभाइ-दिदीबहिनीहरूलाई दमन गर्छ; दाजुभाइ-दिदीबहिनीहरूले त्यसलाई सहनु नै पर्छ। त्यसोभए परमेश्‍वरका यी वचनहरू कसरी पूरा भइरहेका छन् त? यी कसरी पूरा हुन सक्छन् भनी म बुझ्दिनँ; सायद परमेश्‍वरले यस्ता मानिसहरूलाई सराप्छन् भन्नु एउटा भनाइ मात्र हो। परमेश्‍वरका वचनहरूमा अख्तियार हुनुपर्छ, साथै परमेश्‍वरले बोलेपछि, मानिसहरूलाई हृदयमा असहजता र दोष महसुस हुनुपर्छ। मैले नियालेर उसलाई हृदयमा असहज महसुस भइरहेको छ कि छैन भनी बुझ्न आवश्यक छ, मैले ऊसित कुराकानी गरेर उसको मनको कुरा बुझ्न आवश्यक छ।” त्यसैले, ख्रीष्टविरोधीले त्यो व्यक्तिलाई सोध्छ, “अचेल तिमीलाई कस्तो अनुभव भइरहेको छ?” “धेरै राम्रो। परमेश्‍वरले हामीलाई अगुवाइ गरिरहेका छन्। मण्डली जीवन नराम्रो छैन, दाजुभाइ-दिदीबहिनीहरू सबैजना सही मार्गमा प्रवेश गरेका छन्, उनीहरू सबै परमेश्‍वरका वचनहरू पढ्न रुचाउँछन् र सुसमाचारको काम पनि राम्रैसँग अघि बढिरहेको छ।” “काम सहज रूपमा अघि नबढ्दा, के तिमीलाई निराश महसुस हुँदैन? के तिमी नकारात्मक हुँदैनौ? के परमेश्‍वरले तिमीलाई ताडना दिन्छन्? के तिमीलाई भित्री रूपमा दोषी महसुस हुन्छ?” “हुँदैन, यति राम्ररी काम सम्पन्न हुँदा, मैले किन दोषी महसुस गर्नु? यदि केही भइरहेको छ भने, परमेश्‍वरले मलाई आशिष् दिइरहेका छन्।” ख्रीष्टविरोधीले सोच्छ, “परमेश्‍वरले यस्तो व्यक्तिलाई श्राप दिएका छैनन्, त्यसैले दुष्ट मानिसहरूलाई श्राप दिने, परमेश्‍वरको प्रतिरोध गर्नेहरूलाई श्राप दिनेबारे परमेश्‍वरले बोलेका वचनहरू साकार भएका छैनन्! यो अगुवाले परमेश्‍वरको प्रतिरोध गर्ने र मण्डलीको काममा अवरोध पुर्‍याउने त्यस्ता प्रस्ट कार्यहरू गरेको छ; परमेश्‍वरका श्रापहरू ऊमाथि आएका हुनुपर्थ्यो। त्यो किन भएको छैन? मानिसहरूलाई श्राप दिने परमेश्‍वरका वचनहरू साकार हुन सक्छन् कि सक्दैनन्, त्यो भन्न गाह्रो छ, त्यसैले म नियाल्न जारी राख्नेछु।” परमेश्‍वरका वचनहरूमा एउटा वाक्यांश छ: “प्रतिरोधले मृत्युमा पुर्‍याउँछ!” ख्रीष्टविरोधीहरूका नजरमा, परमेश्‍वरको प्रतिरोध गर्ने मानिसहरू धेरै छन्। उदाहरणका लागि, कतिपय मानिसहरूले पहिलोपटक परमेश्‍वरको कामको यो चरणमा आएर सत्यता नबुझ्दा, परमेश्‍वरविरुद्ध केही ईश्वरनिन्दात्मक र बदनामीपूर्ण शब्दहरू बोल्थे, र परमेश्‍वरको कामको यो चरण अस्वीकार गर्थे। ख्रीष्टविरोधीले मनमनै सोच्छ, “के यी परमेश्‍वरको प्रतिरोध गर्ने मानिसहरू होइनन् र? यदि हुन् भने, परमेश्‍वरका वचनहरूअनुसार त प्रतिरोधले मृत्युमा पुर्‍याउँछ। तर यतिका धेरै वर्षपछि पनि यीमध्ये कुनै पनि मानिसहरू नमरेको देखिन्छ; परमेश्‍वरका वचनहरू पूरा भएका छैनन्! यिनीहरू नमरे पनि, कम्तीमा, यी मानिसहरूका हात भाँचिएका वा खुट्टा काटिएका हुनुपर्थ्यो, वा तिनीहरूले घरमा केही सङ्कट भोग्नुपर्थ्यो, जस्तै परिवारको कुनै सदस्यको मृत्यु, वा तिनीहरूको घर ढलेको, वा गाडी दुर्घटनामा परेको हुनुपर्थ्यो। यी कुनै पनि दुर्भाग्य घटेका छैन भने कसरी प्रतिरोधले मृत्युमा पुर्‍याउँछ भन्न मिल्छ त? हुन सक्छ, हाम्रो बुझ्ने क्षमता कमजोर छ र हामीलाई अझै पनि परमेश्‍वरका वचनहरू कसरी पूरा हुन्छन् र साकार हुन्छन् भन्ने कुरा थाहा छैन। मानिसहरूलाई परमेश्‍वरका वचनहरू पूरा हुनेछन् कि छैनन्, थाहै हुँदैन; यो भन्न गाह्रो छ।” त्यो ख्रीष्टविरोधीले, यी देखिने तथ्यहरू र उसको आफ्नै मानसिक विश्लेषणमार्फत, साथै उसको “पृथक्” दृष्टिकोणबाट, परमेश्‍वरका यी वचनहरू पूरा हुन्छन् कि हुँदैनन् र यी वचनहरू कसरी पूरा हुन्छन् भनी हेर्छ। उसले यस मामलाबारे सधैँ एउटा ठूलो प्रश्‍नचिन्ह उठाउँछ; उसलाई यस मामलाको अन्तिम परिणाम के हुन्छ, यी घटनाहरूलाई कसरी व्याख्या गर्ने, वा यी कुराहरूलाई कसरी बुझ्ने भन्ने कुरा थाहै हुँदैन। उसले अवश्यै, प्राय: यसबारे प्रार्थना गर्छ: “हे परमेश्‍वर, कृपया मलाई अन्तर्दृष्टि देऊ, तिमीले कसरी मानिसहरूलाई श्राप र दण्ड दिन्छौ र तिम्रा वचनहरू कसरी पूरा हुन्छन् भनी मलाई बुझाऊ, ताकि ममा तिम्रो डर मान्ने हृदयको विकास हुन सकोस्, ताकि म तिमीसँग डराऊँ र तिम्रो प्रतिरोध गर्ने कामहरू नगरूँ।” के यो प्रार्थना उपयोगी छ? के परमेश्‍वरले सुन्नुहुनेछ? (सुन्नुहुनेछैन।) परमेश्‍वरले त्यसलाई वास्तासमेत गर्नुहुन्न; उहाँले यी प्रार्थनाहरूलाई झिँगा र किराहरूको अर्थहीन भुनभुनाइझैँ ठान्नुहुन्छ। परमेश्‍वरले किन यस्ता प्रार्थनाहरू सुन्नुहुन्न? किनभने ख्रीष्टविरोधीले उच्चारण गर्ने हरेक वाक्य परीक्षा, उक्साहट, बदनामी, र ईश्वरनिन्दाले भरिएको हुन्छ। यस्तो व्यक्तिलाई, परमेश्‍वरले खुलस्त रूपले ढाल्नुभएको वा निन्दा नगर्नुभएको भए पनि, उसले गर्ने सबथोक, उसका सोचाइ, दृष्टिकोण, र अडान परमेश्‍वरका नजरमा निन्दित हुन्छन्। ख्रीष्टविरोधीका यी प्रकटीकरणहरू सबै उसको हृदयमा लुकेका हुन्छन्; उसले गोप्य रूपमा यी काम गर्छ र सुटुक्क यी कुराहरूबारे खोजीनिती गर्छ। परमेश्‍वरले अवश्यै उहाँको हृदयमा उसलाई निन्दा गर्ने र सराप्ने पनि गर्नुहुन्छ।

मानिसका लागि परमेश्‍वरका श्राप र दण्डका वचनहरू सम्बन्धमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू तिनलाई विश्‍वास गर्दैनन् वा बुझ्दैनन्; तिनीहरू प्राय: छानबिन र विश्‍लेषण गर्छन्: “यी वचनहरू ठ्याक्कै कसरी पूरा हुन्छन्? के यी साँच्चिकै पूरा हुन सक्छन्? यी कसका लागि पूरा हुनेछन्? के परमेश्‍वरद्वारा श्रापित र दण्डित हुनेहरूले साँच्चिकै श्राप र दण्ड प्राप्त गर्छन्? के यो मानव आँखाले देख्‍‍न सकिन्छ? के परमेश्‍वरले त्यो सबै मानव आँखाले देख्न सक्ने बनाउनुपर्दैन र?” तिनीहरू लगातार हृदयमा यी मामलाहरूबारे मनन गर्छन्, र यिनलाई आफ्नो दैनिक जीवनका ठूला र महत्त्वपूर्ण मामलाका रूपमा लिन्छन्। तिनीहरू समय वा अवसर मिल्नेबित्तिकै यीबारे मनन गर्छन्। वातावरण सही भएर यस्ता घटनाहरू घटेसम्म, वा यस्ता विषयहरू संलग्न भएसम्म, तिनीहरूका अडान र दृष्टिकोणहरू प्रस्ट रूपले प्रकाश हुन्छन्। तिनीहरू परमेश्‍वरका यी वचनहरूलाई छानबिन र बदनाम गरिरहेका हुन्छन्, यी वचनहरूलाई मानव दृष्टिकोणबाट र मानव तरिकाले बुझ्ने कोसिस गरिरहेका हुन्छन्, साथै यी वचनहरू साकार हुन सक्छन् कि सक्दैनन्, यी दैनिक जीवनमा पूरा भएका छन् कि छैनन् र यिनले व्यावहारिक प्रभाव पारेका छन् छैनन् भनेर पनि जाँच्छन्। तिनीहरू किन यसो गर्छन्? तिनीहरू किन अझै पनि हृदयमा यी कुराबारे घोत्लिन र अथक रूपमा मनन गर्न सक्छन्? किनकि परमेश्‍वरले जतिसुकै सत्यताहरू व्यक्त गर्नुभए पनि, ख्रीष्टविरोधीहरूका हृदयमा ती परमेश्‍वरको पहिचान र सार प्रमाणित गर्न पर्याप्त हुँदैनन्। परमेश्‍वरका वचनहरू पूरा हुनु-नहुनु र वास्तविकता बन्नु-नबन्नुले मात्र परमेश्‍वरको पहिचान र सार प्रमाणित गर्न सक्छन्। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरका वचनहरू साकार हुन्छन् कि हुँदैनन् र पूरा हुन्छन् कि हुँदैनन् भन्ने कुरा मात्र परमेश्‍वरको पहिचान र सार जाँच्ने तिनीहरूको एउटै मापदण्ड हो। त्यसैगरी, मानिसप्रतिका परमेश्‍वरका श्राप र दण्डका वचनहरू पूरा हुन्छन् हुँदैनन् भन्ने कुरा पनि परमेश्‍वरको पहिचान र सार जाँच्ने तिनीहरूको मापदण्ड बनेको छ। यो नै परमेश्‍वरलाई मापन गर्ने ख्रीष्टविरोधीहरूको सबैभन्दा महत्त्वपूर्ण सोच र दृष्टिकोण हो। ख्रीष्टविरोधीहरू मानव दृष्टिकोण र बुझाइका विधिहरू प्रयोग गरेर, अनि मानव बौद्धिकतामा भर परेर, मानिसहरूप्रतिका परमेश्‍वरका श्राप र दण्डका वचनहरू जाँच्ने र मूल्याङ्कन गर्ने गर्छन्। जति जे गर्दा पनि, तिनीहरूले तथ्यहरू देख्न नसक्दा र आफूले हेर्न चाहेको नजारा देख्न नसक्दा, तिनीहरू हृदयमा बारम्बार परमेश्‍वरको पहिचान र सार नकार्छन्। तिनीहरूले जति कम देख्न सक्छन्, त्यति नै तीव्र रूपमा परमेश्‍वरलाई नकार्छन्, र त्यति नै बढी आफूले गरेको लगानी र समर्पण सार्थक बनेका छन् कि छैनन् भनेर शङ्का गर्छन्। तर, जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरमा परमेश्‍वरलाई बदनाम गर्ने वा परमेश्‍वरको घरको काममा बाधा दिने, वा परमेश्‍वरको ईश्वरनिन्दा र प्रतिरोध गर्ने केही दुष्ट मानिसहरूले, फरकफरक हदमा दण्ड वा श्राप पाइरहेका देख्छन्, र यी मानिसहरूको परिणाम देख्छन्, तब तिनीहरूले परमेश्‍वरप्रति विस्मयी भय राख्छन्, र एक्कासि यस्तो अनुभूति गर्छन्, “परमेश्‍वर साँच्चिकै भयङ्कर छन्। उनले जे भन्छन् त्यो पूरा हुन्छ। त्यो व्यक्ति पहिले ठिकै थिई तर अचानक मरी, किनकि हिजो मात्र उसले परमेश्‍वरलाई गाली गरिरहेकी थिई! अर्को, त्यो गोरुजतिकै बलियो व्यक्ति, अचानक बिरामी पर्‍यो किनकि उसले परमेश्‍वरको घरको काममा उल्लेखनीय क्षतिहरू पुर्‍यायो र त्यो कुरा मान्नसमेत मानेन, र यसकारण उसले परमेश्‍वरको श्राप पायो। अर्को कुनै व्यक्तिले, कुनै कुकर्म गरेको र मण्डलीमा केही दुष्ट कार्यहरू गरेको कारण, उसको परिवारलाई दुर्भाग्यहरू आइलाग्यो, र त्यसबेलादेखि, उसको घरमा कुनै शान्ति छैन। अर्को व्यक्ति, जो परमेश्‍वरबारे सधैँ ईश्वरनिन्दात्मक रूपमा बोल्थ्यो, ऊ अहिले पागल बनेको छ, र ऊ आफू परमेश्‍वर भएको दाबी गर्छ। यो त पिशाचहरू लाग्नु हो; परमेश्‍वरले उसलाई शैतानकहाँ सुम्पिदिए, र अशुद्ध आत्माहरूको वासस्थानमा राखिदिए। उसलाई दुष्टात्माहरूको नियन्त्रणमा पारेर कष्ट भोग्ने तुल्याउनु मानवहरूले गर्न सक्ने कुरै होइन; यस्तो गर्ने अख्तियार त परमेश्‍वरसित मात्र छ। परमेश्‍वर सबैमाथि सार्वभौम हुन्छन्—उनले त्यस व्यक्तिलाई दुष्टात्माहरूलाई सुम्पिदिए, अनि तिनीहरूले उसलाई आफ्नो नियन्त्रणमा लिए, र उसको दिमाग खुस्काइदिए र उसको लाजको बोध हटाइदिए, उसलाई बाटोमा नाङ्गै कुद्‍ने बनाइदिए। हेर, यी मानिसहरू के भए, तिनीहरूले के-कस्ता दण्ड र श्रापहरू भोगे; तिनीहरू सबैले यो के गरे?” यस कुराको समीक्षा गरेपछि, एकछिन त ख्रीष्टविरोधीहरूको धड्कन नै रोकिन्छ: “यी मानिसहरूमा परमेश्‍वरलाई खुलेआम गाली गर्ने, परमेश्‍वरलाई खुलेआम ईश्वरनिन्दा र आलोचना गरेका, साथै जानाजान परमेश्‍वरको घरमा बाधा र अवरोध सिर्जना गर्नेहरू पर्छन्। परमेश्‍वरविरुद्ध लागेर केही पनि राम्रो नहुने देखिन्छ! परमेश्‍वर साँच्चिकै भयङ्कर छन्! यदि तिमीले अरू मानिसहरूलाई चिढ्यायौ भने, तिनीहरूले तिमीलाई खासै केही गर्न सक्दैनन्, तर यदि तिमीले परमेश्‍वरलाई चिढ्यायौ भने, त्यो गम्भीर कुरा हो। तिमी आफ्नो व्यवहारप्रति जिम्मेवार हुनुपर्छ; त्यसको मूल्य धेरै ठूलो पर्छ! कम्तीमा पनि, तिमी पागल हुन सक्छौ, र परमेश्‍वरले तिमीलाई अशुद्ध आत्माहरूको हातमा सुम्पिनेछन्, जसको अर्थ निश्‍चय नै नरक जानु हो; सबैभन्दा नराम्रो भएमा त परमेश्‍वरले यो जुनीमा तिम्रो दैहिक अस्तित्व नै समाप्त पार्नेछन्, तिमीलाई नष्ट पार्नेछन्, र भनिरहनै पर्दैन कि आउँदो संसारमा पनि, तिम्रो कुनै गन्तव्य हुनेछैन, तिमी राज्यमा प्रवेश गर्न सक्नेछैनौ, र तिमीले आशिष्‌हरू प्राप्त गर्नेछैनौ। तिनीहरूले परमेश्‍वरको प्रतिरोध गरेका विभिन्न तरिका मूल्याङ्कन गर्दा, म अझ बढी सावधान हुनुपर्छ र मैले आफ्नो लागि केही सिद्धान्तहरू बनाउनुपर्छ। पहिलो कुरा, मैले परमेश्‍वरलाई खुलेआम गाली गर्नु हुँदैन; यदि गाली गर्नैपर्‍यो भने, मैले हृदयमा चुपचाप गर्नुपर्छ। दोस्रो कुरा, ममा परमेश्‍वर हुने चाहना र महत्त्वाकाङ्क्षा भए पनि, मैले त्यो कुरा प्रकाश गर्नु वा अरूलाई थाहा दिनु हुँदैन। तेस्रो कुरा, मैले आफ्ना व्यवहार र चालढाल काबुमा राख्‍नुपर्छ, अवरोधहरू सिर्जना गर्ने केही पनि गर्नु हुँदैन। यदि मैले परमेश्‍वरको घरलाई क्षति पुर्‍याएँ र परमेश्‍वरलाई रिस उठाएँ भने, त्यो त अत्यन्तै नराम्रो हुनेथियो! हल्का अवस्थामा, मैले आफ्नो जीवन गुमाउन सक्‍नेछु; अलि बढी गम्भीर अवस्थामा त, म श्रापित नै हुनेछु र अतल कुण्डमा खस्नेछु, अनि त्यो नै मेरो अन्त्य हुनेछ।” जब ख्रीष्टविरोधीहरूले यी कुराहरू भइरहेको देख्छन्, तिनीहरूलाई परमेश्‍वरका वचनहरू पूरा भएको, साथै परमेश्‍वर अत्यन्तै महान् र भयङ्कर हुनुभएको अनुभूति हुन्छ। तिनीहरूले यी घटनाहरूमार्फत परमेश्‍वरको महान्‌ता र भयङ्करता महसुस गर्छन् र चिन्छन्। के यी सबै ख्रीष्टविरोधीहरूको हृदयका सोच्ने प्रक्रियाहरू, साथै तिनीहरूले यी कुराहरू देखेपछि तयार पारेका कार्य सिद्धान्तहरू, तिनीहरूका भित्री संसारका गतिविधिहरू होइनन् र? तिनीहरूले हृदयभित्र परमेश्‍वरप्रति गर्ने सारा कुराहरूलाई नै खोतलखातल गर्नु भनेर भनिन्छ।

ख्रीष्टविरोधीहरू खुलेआम “परमेश्‍वरले मानिसहरूलाई सराप्नुहुन्न, परमेश्‍वरका वचनहरू पूरा भएका छैनन्” भनेर भन्दैनन्, न त तिनीहरू खुलेआम “परमेश्‍वरले फलानो-ढिस्कानोलाई दण्ड दिनुभएको छ, परमेश्‍वरले फलानो-ढिस्कानोलाई सराप्नुभएको छ। परमेश्‍वरका वचनहरू पूरा भएका छन्, परमेश्‍वर साँच्चिकै महान् हुनुहुन्छ” भनेर नै भन्छन्। त्यसको साटो, तिनीहरूले हृदयको गहिराइमा यी कुराहरूबारे षड्यन्त्र, योजना र चिन्तन गर्छन्। तिनीहरूले चिन्तन गर्नुको उद्देश्य के हो? तिनीहरू परमेश्‍वरका वचनहरू पूरा भएमा के गर्ने, र परमेश्‍वरका वचनहरू पूरा नभएमा वा साकार नभएमा के गर्ने भन्नेबारे सोच्छन्। तिनीहरूले खोतलखातल गर्नुको उद्देश्य परमेश्‍वरका कार्यहरू बुझ्नु होइन, परमेश्‍वरको स्वभाव बुझ्नु होइन, र सत्यता प्राप्त गर्नु र मानकअनुरूपको सृजित प्राणी हुनु त झनै होइन—बरु, त्यसको उद्देश्य त मानव विधि र रणनीतिहरू प्रयोग गरेर यी सारा मामलाहरू सम्हाल्नु, परमेश्‍वरका श्राप र दण्ड सामना गर्नु हो। ख्रीष्टविरोधीहरूले आफ्ना हृदयमा षड्यन्त्र रच्ने कुरा यही हो। के परमेश्‍वरका वचनहरूप्रतिको यो शृङ्खलाबद्ध सोचाइले तिनीहरू परमेश्‍वरप्रति शत्रुवत्‌ छन् भन्ने कुरा प्रमाणित गर्न सक्छ? के त्यसले तिनीहरूले निरन्तर परमेश्‍वरलाई बदनाम र ईश्वरनिन्दा गर्दै आएका छन् भन्ने कुरा प्रमाणित गर्न सक्छ? (सक्छ।) अवश्यै सक्छ! ख्रीष्टविरोधीहरूले गर्ने यही हो। यदि परमेश्‍वरका वचनहरू पूरा भए भने, तिनीहरूसँग जबाफी उपायहरू तयार हुन्छन्; यदि उहाँका वचनहरू पूरा भएनन् भने, तिनीहरूसँग त्यसका पनि जबाफी उपायहरू हुन्छन्—परमेश्‍वरका वचनहरू पूरा हुने वा नहुने आधारमा तिनीहरूका जबाफी उपायहरू परिवर्तन हुन्छन्। यदि परमेश्‍वरका वचनहरू पूरा भएमा, ख्रीष्टविरोधीहरूले उचित तरिकाले आफूलाई आचरणमा ढाल्छन्, सजग रूपमा परमेश्‍वरको घरभित्रका कार्यहरूमा संलग्न हुन्छन्, गुपचुप बस्छन्, धृष्ट वा अभद्र बन्दैनन्, बरु कुनै गलत काम नहोस् भनेर सावधान रहन्छन्। यदि परमेश्‍वरका वचनहरू पूरा भएनन् भने, तिनीहरूले निर्लज्ज रूपमा जथाभाबी झाराटारुवा कार्य गर्नेछन्। जे भए पनि, तिनीहरूका नजरमा परमेश्‍वरका वचनहरू पूरा हुने वा नहुने जे देखिए पनि, तिनीहरूका हृदयले परमेश्‍वरलाई साँच्चिकै कहिल्यै परमेश्‍वरका रूपमा मान्नेछैन, तिनीहरूका हृदय पूर्ण रूपमा कहिल्यै परमेश्‍वरलाई दिन सकिँदैन। तिनीहरूका कर्तव्य र कार्यहरू हृदयदेखि गरिँदैनन्, बरु षड्यन्त्र, चाल, र ढोँग प्रयोग गरेर, छल, लुकाइ र गोप्यताका साथ गरिन्छन्। तिनीहरूले हृदयका गहिराइमा सोच्ने, मनन गर्ने, र शङ्का गर्ने कुरा अरूलाई वा परमेश्‍वरलाई कहिल्यै खुल्लमखुल्ला भन्दैनन्। त्यसको साटो, तिनीहरू जिद्दी गर्दै आफ्नै सोचविचारलाई सत्यता मान्छन्, कार्यान्वयन र अभ्यास गर्ने सही र असल दिशा र लक्ष्य मान्छन्। ख्रीष्टविरोधीहरूका नजरमा, मानिसप्रतिका परमेश्‍वरका श्राप र दण्डका वचनहरू पूरा हुनु वा नहुनु निकै महत्त्वपूर्ण कुरा हो, किनभने त्यसले नै तिनीहरूले दैनिक जीवनमा गर्ने कार्य र व्यवहार, तिनीहरूले कामप्रति गर्ने व्यवहार, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूप्रति गर्ने व्यवहार निर्धारण गर्छ; यसले नै तिनीहरूले कस्ता व्यवहारहरू प्रकाश गर्छन्, साथै तिनीहरूमा कस्ता कार्य र प्रकटीकरणहरू हुन्छन् भन्ने कुरा पनि निर्धारण गर्छ। जब परमेश्‍वरका वचनहरू पूरा हुन्छन्, तब ख्रीष्टविरोधीहरूले उचित तरिकाले र निष्कपट रूपमा आफूलाई आचरणमा ढाल्छन्, आफ्ना गतिविधिहरू नियन्त्रणमा राख्छन्, बाधा वा अवरोधहरू सिर्जना गर्ने कुनै पनि कार्य नगर्ने कोसिस गर्छन् र अवरोध वा बाधा दिने, परमेश्‍वरका वचनहरूलाई बदनाम गर्ने, वा उहाँको कामलाई बदनाम गर्ने शब्दहरू नबोल्ने कोसिस गर्छन्। यदि परमेश्‍वरका यी वचनहरू पूरा भएनन् भने, तिनीहरू निसङ्कोच परमेश्‍वरको कामको आलोचना र निन्दा गर्ने छुट महसुस गर्छन्। यसरी, ख्रीष्टविरोधीहरू हृदयका गहिराइमा निरन्तर परमेश्‍वरको विरोध गर्छन् र उहाँविरुद्ध कोलाहल मच्चाउँछन्—के तिनीहरूलाई प्रकाश नगर्न र नहटाउन सम्भव हुनेथियो त? तिनीहरूको यो मनोवृत्ति, स्वभाव, र सार परमेश्‍वरको साँचो शत्रु हुन्। ख्रीष्टविरोधीहरूले आफूले चाहेको जे पनि गर्न नसक्ने भए पनि, तिनीहरू आफूले सोच्ने, योजना गर्ने, मनन गर्ने कुरा, वा तिनीहरूको हृदयका गहिराइमा भएका दृष्टिकोणहरू बिलकुलै लुकाउँदैनन्, किनकि तिनीहरू परमेश्‍वरदेखि डराउँदैनन्। तिनीहरू परमेश्‍वरदेखि नडराउनुको कारण के हो? तिनीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, न त तिनीहरू परमेश्‍वरले मानिसको सबैभन्दा भित्री हृदयलाई नियाल्नुहुन्छ भनेर नै विश्‍वास गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको तर्कमा, बाँच्नका लागि तिनीहरूलाई लागेको सबैभन्दा उत्कृष्ट रणनीति यो हो: “म जे गर्छु र जस्तो व्यवहार गर्छु, अर्थात् अरूले जे देख्छन्, त्यो म कस्तो व्यक्ति हुँ भनी मापन गर्ने मानक बन्न सक्छ। तर म हृदयमा के सोच्छु, म कसरी योजना र अभिप्राय बनाउँछु, मेरो भित्री संसार कस्तो छ, मैले परमेश्‍वरलाई झूटो निन्दा र ईश्वरनिन्दा, परमेश्‍वरको आलोचना गरिरहेको छु कि विश्‍वास र प्रशंसा गरिरहेको छु—यदि मैले त्यो कुरा भनिनँ भने, तिमीहरू कसैले थाहा पाउनेछैनौ। मलाई निन्दा गरेर त हेर! यदि मैले बोलिनँ भने, तिमीहरू कसैले पनि म हृदयमा के सोच्छु वा योजना बनाउँछु, वा परमेश्‍वरप्रति मेरो मनोवृत्ति र दृष्टिकोण के छ भनेर थाहा पाउने आशासमेत गर्न सक्दैनौ, र मलाई कसैले पनि कुनै पापको आरोप लगाउन सक्दैन।” ख्रीष्टविरोधीहरूको योजना यही हो। तिनीहरू यो नै मानिसहरूमाझ जिउँदा र काम गर्दाको सर्वोच्च आचरण सिद्धान्त हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूको व्यवहार गलत नभएसम्म र तिनीहरूका कार्यहरूमा कुनै त्रुटिहरू नभएसम्म, तिनीहरूले हृदयमा सोच्ने कुरामा कसैले हस्तक्षेप गर्न सक्दैन। के ख्रीष्टविरोधीहरू अत्यन्तै चलाख छैनन् र? (छैनन्।) तिनीहरू कसरी चलाख छैनन्? तिनीहरू अत्यन्तै राम्रो तरिकाले आफ्नो भेष बदल्छन्। तिनीहरूले प्रार्थना गर्दा, बाटो छेउ बसेर गर्छन्, र तिनीहरूले अरूसामु बोल्ने शब्दहरू सबै सही हुन्छन्, त्यसमा कुनै त्रुटि भेटिँदैन। तिनीहरू जति लामो समय विश्‍वास गर्छन्, त्यति नै बढी आत्मिक बन्छन्। तिनीहरूले हृदयमा साँच्चिकै के सोच्छन्, तिनीहरूले त्यो कुरा गोप्य रूपमा आफ्नो परिवारलाई मात्र भन्छन्, र कतिपयले त आफ्नो परिवारलाई समेत भन्दैनन्, त्यसैले तिनीहरूलाई कसैले छर्लङ्ग देख्न सक्दैन। तर तिनीहरूले एउटा कुरा बिर्सन्छन्: मानवहरूले तिनीहरूलाई छर्लङ्ग देख्‍न सके पनि वा नसके पनि के काम? त्यो महत्त्वहीन कुरा हो; कुनै पनि मानवले अर्को व्यक्तिको भाग्य निर्धारण गर्न सक्दैन। मानवहरूले तिनीहरूलाई छर्लङ्ग देख्‍न सक्नु वा नसक्नुले फरक पार्दैन; यो असान्दर्भिक कुरा हो र यसले केही पनि निर्धारण गर्दैन। महत्त्वपूर्ण कुरा त परमेश्‍वरले मानिसहरूको बाहिरी व्यवहार मात्र हेर्नुहुन्न, बरु उहाँले त तिनीहरूको हृदयको गहिराइलाई समेत नियाल्नुहुन्छ। ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरले मानिसको भित्री हृदयलाई नियाल्नुहुन्छ भनेर विश्‍वास नलाग्ने र थाहा नहुने भएकै कारण, तिनीहरू मूर्खतापूर्वक र बेतुके रूपमा यस्तो सोच्छन्, “म हृदयमा जे सोच्छु त्यसमा कसैले हस्तक्षेप गर्न सक्दैन, न त मानवले सक्छन् न त परमेश्‍वरले नै।” परमेश्‍वरले मानिसको सबैभन्दा भित्री हृदयलाई नियाल्न सक्नुहुन्छ, त्यसैले तेरा सोचाइहरू परमेश्‍वरसँग भएको तेरो परिभाषासँग सम्बन्धित हुन्छन्। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको बाहिरी व्यवहारका आधारमा मात्र नभई, अझ महत्त्वपूर्ण रूपले, तिनीहरूको भित्री सोचाइका आधारमा निन्दा गर्नुहुन्छ। ख्रीष्टविरोधीहरू यही कुरामा मूर्ख हुन्छन्; तिनीहरूले परमेश्‍वरका वचनहरूबारे खोतलखातल गरिरहँदा एउटा महत्त्वपूर्ण कुरा बिर्सन्छन्: परमेश्‍वरले तिनीहरूका सोचाइलाई पनि गोप्य रूपमा नियालिरहनुभएको हुन्छ। तिनीहरू परमेश्‍वरका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भनी खोतलखातल गर्छन्, र आफूले परमेश्‍वरका वचनहरू र उहाँको अस्तित्वलाई नकार्नुपर्ने निष्कर्षमा पुग्छन्। परमेश्‍वरले तिनीहरूलाई गोप्य रूपमा नियाल्नुहुन्छ, र परमेश्‍वर र परमेश्‍वरका वचनहरूप्रति तिनीहरूले हृदयको गहिराइमा राख्ने मनोवृत्ति देख्नुहुन्छ; उहाँले तिनीहरूले परमेश्‍वरलाई बदनाम र ईश्वरनिन्दा गरेको, परमेश्‍वरलाई इन्कार र निन्दा गरेको सबै प्रमाण देख्नुहुन्छ, साथै उहाँले यी सारा सोच र दृष्टिकोणहरूका नियन्त्रणअन्तर्गत पैदा हुने बाहिरी व्यवहारलाई पनि नियाल्नुहुन्छ। तिनीहरूका सोच र व्यवहारका आधारमा, परमेश्‍वरले अन्ततः यस्तो व्यक्ति के हो भनी निर्धारण गर्नुहुन्छ? ख्रीष्टविरोधी, परमेश्‍वरको शत्रु, जसले कहिल्यै मुक्ति पाउन सक्दैन। नतिजा यही हो। के ख्रीष्टविरोधीहरू चलाख हुन्छन्? तिनीहरू चलाख हुनु त टाढाको कुरा हो; तिनीहरूले आफूलाई बरबादीमा डोर्‍याएका हुन्छन्। तिनीहरू आफूमा सोच्ने विशेष क्षमता भएको, आफ्नो सोचाइ निकै तर्कपूर्ण भएको, र आफू षड्यन्त्र रच्नमा निकै माहिर रहेको विश्‍वास गर्छन्। षड्यन्त्र रचेपछि, तिनीहरूसँग विविध अनपेक्षित घटनाहरू र परमेश्‍वरले गर्नुहुने सबै प्रकारका कामप्रति सधैँ उत्कृष्ट नतिजा र लाभहरू निकाल्ने जबाफी उपाय र विधिहरू हुन्छ। तिनीहरू प्रायः आत्मसन्तुष्ट महसुस गर्छन् र आफ्नै प्रशंसा गर्छन्, र आफ्ना क्षमता र सीपहरूको कदर गर्छन्। तिनीहरू आफू संसारकै सबैभन्दा अक्कलमन्द भएको विश्‍वास गर्छन्: तिनीहरूले परमेश्‍वरका वचनहरूको स्रोत के हो, ती कोप्रति लक्षित छन्, परमेश्‍वरका वचनहरूपछाडिको प्रसङ्ग के हो, परमेश्‍वरका वचनहरू पूरा भएपछि तिनीहरूले कस्तो मनोवृत्ति अपनाउनुपर्छ, र यदि परमेश्‍वरका वचनहरू पूरा भएनन् भने तिनीहरूले कस्ता जवाफी उपायहरू प्रयोग गर्नुपर्छ भन्ने कुरा बुझ्न सक्छन्। तिनीहरू अत्यन्तै चलाख र सिद्ध भएकोमा, औसत व्यक्तिभन्दा बुद्धिमान् भएकोमा प्रायः आफैलाई बधाई दिन्छन्। तिनीहरू केका लागि आफूलाई बधाई दिइरहेका हुन्छन्? तिनीहरू परमेश्‍वरको छानबिन गर्नु, विश्‍लेषण गर्नु, साथै हृदयको गहिराइमा उहाँसित जोरी खोज्नु र परमेश्‍वरका वचनहरूबारे खोतलखातल गर्नु निकै रोमाञ्चक भएको र त्यसले तिनीहरूलाई ठूलो उपलब्धि बोध प्रदान गर्छ भन्ने महसुस गर्छन्। त्यसकारण, तिनीहरू आफू त्यस्तो मानिस भएकोमा आफूलाई साँच्चिकै प्रशंसा गर्छन् र बधाई दिन्छन्। के ख्रीष्टविरोधीहरू मूर्ख होइनन् र? अरू मानिसहरूसित जोरी खोज्दा त्यसले तँलाई तिमीहरूमध्ये को श्रेष्ठ छ भनी निर्धारण गर्न वास्तवमै मद्दत गर्न सक्ला, साथै त्यसले तँलाई तेरो आफ्नै फाइदा र अस्तित्वको बोधसमेत महसुस गराउन सक्छ। तर जब तैँले परमेश्‍वरसित जोरी खोज्छस्, परमेश्‍वरका वचनहरूको, परमेश्‍वरका कार्यहरूको, र परमेश्‍वरले गर्नुहुने सबथोकको खोतलखातल गर्छस् भने, त्यसलाई के भनिन्छ? अनि त्यसका परिणामहरू के हुन्छन्? यो काल खोज्नु हो! तैँले चलचित्रका कलाकार, गायक, सेलिब्रेटी, महान् हस्तीहरू—जोकसैलाई खोतलखातल गर्न सक्छस्, तर तैँले कदापि खोतलखातल गर्न नहुने भनेको परमेश्‍वरको हो। यदि गर्छस् भने, तैँले खोजीनितीको गलत निशाना चुनिरहेको छस्। आजको विकसित सूचनाको संसार र विभिन्न सामग्रीहरूले सूचना प्रवाहमा सहजीकरण गरिरहेको अवस्थामा, अर्को व्यक्तिको अत्तोपत्तो, उसका सोच र दृष्टिकोण, साथै उसको दैनिक जीवनबारे खोजीनिती गर्नुलाई लाजमर्दो नमानिएला। तर, परमेश्‍वरलाई विश्‍वास गर्ने र पछ्याउने, परमेश्‍वरका वचनहरूलाई हातमा लिने र हरदिन तिनै वचनहरू खाने-पिउने व्यक्तिले परमेश्‍वरका सबै कार्यहरू, परमेश्‍वरका सारा वचनहरू, र परमेश्‍वरको सम्पूर्ण कामलाई हृदयको गहिराइबाट निरन्तर खोतलखातल गर्नु, यो एउटा उद्दण्ड अवज्ञा हो! मानवसँग भ्रष्ट स्वभावहरू हुन्छन्; जब तैँले परमेश्‍वरसामु आफ्नो भ्रष्टता प्रकाश गर्छस्, तब परमेश्‍वरले तैँले बुझ् र जान् भनेर तँलाई सत्यता प्रदान गर्न सक्नुहुन्छ, र रूपान्तरण हुनका लागि तँलाई समय दिनुहुन्छ। परमेश्‍वरले मानिसहरूका भ्रष्टता, अपराध, र पापहरू माफ गर्न सक्नुहुन्छ र तिनलाई याद राख्नुहुनेछैन। परमेश्‍वरले माफ गर्न र सहनै नसक्ने एउटै कुरा भनेको ख्रीष्टविरोधीहरूमा कुनै पनि प्रकारको समर्पणको हृदय नहुनु, तिनीहरूले सधैँ परमेश्‍वरको छानबिन गर्नु, साथै तिनीहरूले सबै समय र स्थानमा निरन्तर परमेश्‍वरको काम र परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्नु हो। तँ के गर्न खोजिरहेको छस्? के तँ परमेश्‍वरको सहीपन जाँच्न चाहन्छस्? तँलाई तैँले कसका लागि जाँचपडताल गरिरहेको छस् जस्तो लाग्छ? तँ परमेश्‍वरले किन यी कामकुरा गर्नुहुन्छ भन्ने कुराको स्रोत र मनसायको विश्‍लेषण गर्न चाहन्छस्? तैँले आफूलाई को ठान्छस्? यति हुँदाहुँदै पनि, तैँले आफूलाई बाह्य व्यक्ति ठान्दैनस्? के परमेश्‍वर तेरो खोजीनितीको पात्र बन्न सक्नुहुन्छ? के परमेश्‍वर तेरो छानबिनको पात्र बन्न सक्नुहुन्छ? तैँले परमेश्‍वरको छानबिन स्विकार्नु, उहाँको मार्गदर्शन, न्याय, सजाय र उहाँद्वारा गरिने काटछाँट स्विकार्नु, अनि स्वभाव परिवर्तनसँग सम्बन्धित त्यस्ता सबै सकारात्मक अभ्यासहरू स्विकार्नु—यी वैध कुराहरू हुन्। कहिलेकाहीँ तैँले परमेश्‍वरलाई गलत बुझ्दा, तँ कमजोर र नकारात्मक हुँदा, साथै परमेश्‍वरबारे गुनासो गर्दासमेत, परमेश्‍वरले तँविरुद्ध ईख लिएर बस्नुहुन्न, न त उहाँले तँलाई निन्दा नै गर्नुहुन्छ। तर एउटा कुरा छ: तँ सधैँ परमेश्‍वरबारे खोजीनिती गरिरहेको, सधैँ परमेश्‍वरका वचनहरू र कामको सहीपन खुट्ट्याउने कोसिस गरिरहेको हुन्छस्—परमेश्‍वरले यो कुरालाई कदापि माफ गर्नुहुने वा सहनुहुनेछैन; यो परमेश्‍वरको स्वभाव हो। साँच्चिकै भ्रष्ट मानवहरू पशु होइनन्; तिनीहरूले यसरी परमेश्‍वरको विरोध गर्दैनन्, तिनीहरूले न त यस्ता दृष्टिकोण र मनोवृत्तिहरू राख्छन्, न त परमेश्‍वरलाई यसरी व्यवहार नै गर्छन्। एउटा मात्र कुरा, एउटा मात्र भूमिका छ, जुन निर्लज्जतापूर्वक र सार्वजनिक रूपमा परमेश्‍वरविरुद्ध उभिन सक्छ, र त्यो हो, शैतान। परमेश्‍वरले मानवहरूका अपराध र भ्रष्टता याद राख्नुहुन्न, तर शैतानले परमेश्‍वरविरुद्ध गरेको विरोध, घम्साघम्सी, ईश्वरनिन्दा, र बदनामीलाई परमेश्‍वरले कहिल्यै माफ गर्नुहुनेछैन। परमेश्‍वरले भ्रष्ट मानवहरूलाई मात्र मुक्ति दिनुहुन्छ, न कि शैतानलाई। प्रकृति नबदलिने र ख्रीष्टविरोधी सार भएका ख्रीष्टविरोधीहरूले शैतानको प्रतिनिधित्व गर्न सक्छन्, शैतानको सट्टामा परमेश्‍वरविरुद्ध उभिन्छन् र परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्छन्। तिनीहरूप्रति परमेश्‍वरको मनोवृत्ति के हुन्छ? श्राप दिने र निन्दा गर्ने हुन्छ। ख्रीष्टविरोधीहरू यस तरिकाले कार्य नगरी बस्नै सक्दैनन्, र तिनीहरू काल खोजिरहेका हुन्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्