विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग छ) खण्ड एक
इ. परमेश्वरका वचनहरूलाई तिरस्कार गर्नु
आज हामी ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूसम्बन्धी “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन्” भन्ने दसौँ विषयवस्तुबारे सङ्गति जारी राख्नेछौँ, र तिनीहरू परमेश्वरका वचनहरूलाई तिरस्कार गर्छन् भन्ने तेस्रो भागमा केन्द्रित हुनेछौँ। यस अघिको भेलामा, हामीले यस भागका दुई पक्षहरू सङ्गति गर्यौँ। ती दुई के-के थिए? (पहिलो ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा परमेश्वरका वचनहरूलाई छेडछाड गर्छन् र अर्थ्याउँछन् भन्ने थियो। अर्कोचाहिँ ख्रीष्टविरोधीहरू आफ्ना धारणाहरूसँग मेल नखाँदा परमेश्वरका वचनहरूलाई नकार्छन् भन्ने थियो।) दुवै पक्षहरू ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई तिरस्कार गर्नेसित सम्बन्धित छन्। ख्रीष्टविरोधीहरू परमेश्वरका वचनहरूलाई तिरस्कार गर्छन् भन्ने कुरा धेरै तरिकाले प्रस्ट छ; यो तिनीहरूको सार, परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्ति, र परमेश्वरसँग सम्बन्धित सारा पक्षहरूलाई तिनीहरूले कसरी व्यवहार गर्छन् भन्नेसित जोडिएको छ। परमेश्वरका वचनहरूमा विस्तृत विषयवस्तु समेटिन्छन्, त्यसैले ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई घृणा गर्नु भनेको उहाँका वचनहरूप्रतिको तिनीहरूको सरल मनोवृत्ति होइन। तिनीहरूले उहाँका वचनहरूलाई तिरस्कार गर्नुका कारणहरू एक होइन, बहुआयामी छन्। यस अघिको भेलामा, हामीले ख्रीष्टविरोधीहरू कसरी परमेश्वरका वचनहरूलाई तिरस्कार गर्छन् भन्नेबारे दुई विशिष्ट प्रकटीकरणहरू सङ्गति गर्यौँ। आज, हामी अर्को प्रकटीकरणबारे सङ्गति गर्नेछौँ।
ग. ख्रीष्टविरोधीहरू परमेश्वरका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भनी खोजीनिती गर्छन्
ख्रीष्टविरोधीहरू परमेश्वरका वचनहरूलाई तिरस्कार गर्छन्—के तिनीहरू परमेश्वरले भन्नुभएको कुरामा, परमेश्वरले बोल्नुभएको सारा विषयवस्तुमा, साँचो विश्वास राख्छन्? (राख्दैनन्।) यसको वास्तविक प्रमाण छ। तिनीहरू साँचो रूपमा विश्वास गर्दैनन्, त्यसैले परमेश्वरले बोल्नुभएका सारा वचनहरू वास्तविकतासँग मिल्छन् कि मिल्दैनन्, ती पूरा हुन सक्छन् कि सक्दैनन्, वा ती तथ्यपूर्ण छन् कि छैनन् भन्नेप्रति तिनीहरूको मनोवृत्ति के हुन्छ? के तिनीहरू साँचो रूपमा विश्वास गर्छन्, कि शङ्का गर्छन् र हृदयभित्र हिचकिचाउँदै नियाल्छन्? तिनीहरूले दृढ रूपमा शङ्का गरिरहेका र हिचकिचाउँदै हृदयभित्र नियालिरहेका हुन्छन्। आज, हामी ख्रीष्टविरोधीहरूको यही प्रकटीकरणबारे सङ्गति गर्नेछौँ: तिनीहरू परमेश्वरका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भनी खोजीनिती गर्छन्। “खोजीनिती गर्नु” को अर्थ के हो? “खोजीनिती गर्नु” भन्ने वाक्यांश किन प्रयोग गरिन्छ? (परमेश्वर, खोजीनिती गर्नुको अर्थ गोप्य रूपमा नियाल्नु, चियाउनु हो।) यो व्याख्या मूलतः सही छ। अब सबैले “खोजीनिती गर्नु” को अर्थ बुझेका छन्; यसको अर्थ हेर्नु र हिचकिचाउँदै गोप्य तरिकाले नियाल्नु, अरूले थाहा नपाउनेगरी सुटुक्क हेर्नु, छायामा रहेर काम गर्नु, र खुला रूपमा वा अरूले देखिनेगरी काम नगर्नु हो; यो एउटा तुच्छ चाल हो। प्रस्टै छ, कि यस्तो चाल चल्ने व्यक्तिले सार्वजनिक रूपमा नभई गोप्य रूपमा त्यसो गरिरहेको हुन्छ। त्यसोभए, यी प्रकटीकरण र व्याख्याहरूमार्फत, ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूबारे खोजीनिती गर्दा त्यो कस्तो व्यवहार हो? (सत्यतालाई घृणा गर्ने।) त्यो सत्यतालाई घृणा गर्नु हो भनेर के कुराबाट प्रस्ट हुन्छ? ख्रीष्टविरोधीहरू किन परमेश्वरका वचनहरू केवल प्रस्ट, जायज, र सार्वजनिक रूपमा पढ्न सक्दैनन्? तिनीहरू किन खोजीनिती गर्छन्? के खोजीनिती गर्नु साँच्चिकै एक प्रकारको कार्य हो? त्यसको व्याख्यामार्फत प्रस्ट हुन्छ कि खोजीनिती गर्नु भनेको खुलेर गर्ने काम होइन; यो बाहिरी स्वरूप, हाउभाउ, वा कार्यहरूमार्फत खुट्ट्याउन सकिने कुरा होइन। बरु, यी सारा विचारहरू त लुकेका, हृदयभित्र राखिएका, अरूले बोध गर्न नसक्ने खालका हुन्छन्, र तिनीहरूले के सोचिरहेका छन् भनेर तिनीहरूका हाउभाउ र कार्यहरूबाट खुट्ट्याउन कठिन हुन्छ—यसलाई खोजीनिती गर्नु भनिन्छ। यो परमेश्वरका वचनहरूप्रतिको त्यस्तो मनोवृत्ति हो जुन सार्वजनिक रूपमा खुलस्त देखा पर्न सक्दैन; यो प्रस्टसितै गलत मनोवृत्ति हो। यो परमेश्वरका वचनहरूलाई तेस्रो पक्षको दृष्टिकोणबाट, शत्रुवत् दृष्टिकोणबाट, र हिचकिचाहटपूर्ण अवलोकन, छानबिन, शङ्का र प्रतिरोधको दृष्टिकोणबाट हेर्ने मनोवृत्ति हो। यी व्यवहारहरूमार्फत, के ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू पूरा हुनेछन् कि हुनेछैनन् भनी खोजीनिती गर्नु, परमेश्वरका वचनहरूलाई घृणा गर्नुको प्रकटीकरण हो जुन गम्भीर प्रकृतिको हुन्छ भन्न मिल्छ? (मिल्छ।) ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू पूरा हुनेछन् कि हुनेछैनन् भनी खोजीनिती गर्नुले तिनीहरूको स्वभाव र परमेश्वरका वचनहरूप्रति तिनीहरूको साँचो मनोवृत्ति प्रतिबिम्बित गर्छ, जुन तिनीहरूका हृदय, सोच र गोप्य रायहरूमा प्रकाश हुन्छ।
ख्रीष्टविरोधीहरूले परमेश्वरका कुन वचनहरू खोजीनिती गर्छन्? तिनीहरूका विचारमा, परमेश्वरका कुन वचनहरू तिनीहरूका गोप्य, गहन छानबिन र विश्लेषणलायक छन्? भन्नुको मतलब, परमेश्वरले बोल्नुभएका कुन विशिष्ट विषयवस्तुहरूप्रति ख्रीष्टविरोधीहरूले विशेष चासो राख्छन्, जबकि उही समयमा तिनलाई हृदयमा शङ्का गरिरहेका र हिचकिचाउँदै नियालिरहेका हुन्छन्? ख्रीष्टविरोधीहरू आफ्नो हृदयमा परमेश्वरका कुन वचनहरू खोजीनिती गर्नका लागि समय र ऊर्जा खर्चन लायक भएको विश्वास गर्छन्? (परमेश्वरका केही अगमवाणीहरू, रहस्यहरू, र मानिसहरूका भविष्य, नियति र गन्तव्यसँग सम्बन्धित वचनहरू।) अगमवाणीहरू, गन्तव्यहरू, रहस्यहरू—यी धेरैजसो मानिसहरूले चासो राख्ने र ख्रीष्टविरोधीहरूले त झनै हृदयको गहिराइबाट कहिल्यै त्याग्न नसक्ने कुराहरू हुन्। विशेषतः परमेश्वरका कुन वचनहरूबारे ख्रीष्टविरोधीहरूले बढी चासो राख्छन् र हृदयमा प्राय: खोजीनिती गर्छन्? त्यसमा यी वचनहरू पूरा हुनेछन् कि छैनन्, यी साकार हुनेछन् कि छैनन्, तिनीहरूले यी तथ्यका रूपमा वास्तवमै हासिल भएको देख्नेछन् कि छैनन् भन्ने कुराहरू संलग्न हुने भएकोले, ख्रीष्टविरोधीहरूले चासो राख्ने कुरा भनेको निश्चय नै परमेश्वरले मानवजातिलाई गर्नुभएका प्रतिज्ञाहरू हुन्, होइन र? (हो।) साथै, परमेश्वरले मानिसहरूलाई श्राप र दण्ड दिनुहुने, दुष्ट मानिसहरूलाई दण्डित गर्नुहुने, परमेश्वरका वचनहरूविरुद्ध जाने सबैलाई दण्डित गर्नुहुने कुरासँग सम्बन्धित वचनहरू हुन्। अनि, त्यसपछि आउँछन् विपत्तिहरूका अगमवाणीहरू—के यो पनि ख्रीष्टविरोधीहरूको चासोको क्षेत्र होइन र? (हो।) अरू के छन्? (परमेश्वर कहिले पृथ्वीबाट बिदा हुनुहुनेछ भन्नेबारेका वचनहरू।) परमेश्वर कहिले पृथ्वीबाट बिदा हुनुहुनेछ, परमेश्वर कहिले महिमित हुनुहुनेछ, परमेश्वरको महान् काम कहिले पूरा हुनेछ, परमेश्वरले कहिले यो मानवजातिको अन्त्य गर्नुहुनेछ, होइन त? (हो।) जम्मा कतिवटा विषयवस्तुहरू छन्? (चारवटा।) पहिलो हो, मानिसका लागि परमेश्वरका प्रतिज्ञा र आशिष्का वचनहरू। दोस्रो हो, मानिसका लागि परमेश्वरका श्राप र दण्डका वचनहरू। तेस्रो हो, विपत्तिहरूको अगमवाणी गर्ने परमेश्वरका वचनहरू। चौथो हो, उहाँ पृथ्वीबाट कहिले जानुहुनेछ र उहाँको महान् काम कहिले पूरा हुनेछ भन्नेबारेका परमेश्वरका वचनहरू। अर्को सबैभन्दा महत्त्वपूर्ण विषयवस्तु, ख्रीष्टविरोधीहरूले खोजीनिती गर्न विशेष चासो राख्ने परमेश्वरका वचनहरूको अर्को वर्ग पनि छ, र त्यो हो, परमेश्वरको स्वभाव, पहिचान र सारबारेका उहाँका वचनहरू। यो अन्तिमको किन थप्नुपर्छ? ख्रीष्टविरोधीहरू परमेश्वरका वचनहरू पूरा हुनेछन् भनेर विश्वास गर्दैनन्; तिनीहरू प्रायः परमेश्वरका वचनहरूको खोजीनिती गर्छन्, त्यसोभए मुख्यगरी के कुराले तिनीहरूमा शङ्का उब्जाउँछ, जसले तिनीहरूलाई परमेश्वरका वचनहरूको खोजीनिती गर्नमा डोऱ्याउँछ? तिनीहरूको मुख्य अविश्वास परमेश्वरमाथि हुन्छ। आधारभूत रूपमा, ख्रीष्टविरोधीहरू अविश्वासीहरू हुन्, तिनीहरू दियाबलसहरू हुन्; तिनीहरू परमेश्वरको अस्तित्वमा शङ्का गर्छन्, यो संसारमा परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्दैनन्, न त परमेश्वरले गर्नुहुने सबै कुरामा नै विश्वास गर्छन्। त्यसैले, तिनीहरू परमेश्वरको स्वभाव, पहिचान र सारबारे पूर्ण रूपमा शङ्कालु हुन्छन्। तिनीहरूको शङ्काको कारण, तिनीहरूले के गर्नेछन्? यदि तिनीहरूले परमेश्वरको पहिचान र सारबारे शङ्का गर्न सक्छन् भने, के तिनीहरूले परमेश्वरको स्वभाव, पहिचान र सार संलग्न गर्ने वचनहरूलाई बोध नगरी वा प्रतिक्रिया नजनाई केवल पढ्ने काम मात्र गर्नेछन् त? के तिनीहरूले यी वचनहरूलाई दृढतासाथ विश्वास गर्न र स्विकार्न सक्छन् त? (सक्दैनन्।) उदाहरणका लागि, यदि कसैले सधैँ आफू धर्मसन्तान हुँ भनी शङ्का गर्छ भने, के उसले उसका आमाबुबा उसका साक्खे आमाबुबा हुन् भनेर विश्वास गर्न सक्छ त? के उसले उसका आमाबुबाको प्रेम, सुरक्षा, र उसको भविष्यका लागि गरिएका सारा त्यागहरू साँचो हुन् भनी विश्वास गर्न सक्छ त? (सक्दैन।) जब उसले यो सबै कुरामा शङ्का र अविश्वास गर्छ, तब के उसले गोप्य रूपमा केही काम गर्नेछैन र? उदाहरणका लागि, उसका आमाबुबाले उसको जन्मबारे कुराकानी गरिरहेका छन् कि भनी हेर्न कहिलेकाहीँ उसले लुकेर उनीहरूको कुरा सुन्न सक्छ। उसले सामान्यतया राम्रोसित ध्यान दिनेछ र ऊ कहाँ जन्मिएको थियो, उसलाई कसले जन्मायो, र जन्मिँदा उसको तौल कति थियो भन्नेबारे आमाबुबालाई निरन्तर प्रश्न गर्नेछ—उसले सधैँ यी कुराहरूबारे सोधिरहेको हुनेछ। यदि उसका आमाबुबाले उसलाई हिर्काए वा ताडना दिए भने, उसका शङ्काहरू झन् गहन मात्र बन्नेछन्। उसका आमाबुबाले जे गरे पनि, ऊ सधैँ सावधान रहँदै शङ्का गरिरहेको हुनेछ। उसका आमाबुबाले उसलाई चाहे जति राम्रो व्यवहार गरे पनि, उसले आफ्नो हृदयको सतर्कता त्याग्न सक्दैन। त्यसैले, के यो सबै सतर्कता, यी सबै भित्री गतिविधि, सोच र मनोवृत्तिहरू गोप्य रूपमा भइरहेका हुँदैनन् र? उसलाई आफ्ना आमाबुबा उसका साक्खे आमाबुबा हुन् कि होइनन् भन्ने शङ्का लागिसकेपछि, उसले पर्दापछाडि केही न केही अवश्यै गर्नेछ। त्यसकारण, ख्रीष्टविरोधीहरूमा अविश्वासीहरूको सार हुने भएकोले, तिनीहरूले परमेश्वरको स्वभाव, पहिचान र सारलाई निश्चय नै विश्वास गर्ने, मान्ने वा स्विकार्ने गर्दैनन्। यो अविश्वास, अमान्यता, र अस्वीकारको मनोवृत्ति बोकेर, के तिनीहरूले हृदयमा परमेश्वरको स्वभाव, पहिचान र सारबारेका वचनहरूलाई साँच्चिकै विश्वास र स्वीकार गर्छन् त? अवश्यै गर्दैनन्। जबसम्म त्यसमा परमेश्वरको स्वभाव, पहिचान र सारबारे वचनहरू संलग्न हुन्छन्, तबसम्म तिनीहरूले हृदयमा शङ्का, प्रतिरोध, र हिचकिचाहटपूर्ण अवलोकन पाल्छन्। अब हामी अहिलेलाई यस पक्षबारे विस्तारमा कुरा नगरौँ।
भर्खरै छलफल गरिएका, ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू खोजीनिती गर्नुका पाँच प्रकटीकरणहरू निकै व्यापक र प्रतिनिधिमूलक छन्। ख्रीष्टविरोधीहरू परमेश्वरका वचनहरूको विशेष विषयवस्तु र केन्द्रीय कुराबारे खोजीनिती गर्छन्। जीवन प्रवेशसँग सम्बन्धित धेरै वचनहरूका सन्दर्भमा, परमेश्वरले जुन वचनहरूमा मानिसहरूलाई सान्त्वना दिने, केही रहस्यहरू व्याख्या गर्ने वा मानिसको भ्रष्ट स्वभाव खुलासा गर्ने, आदि कामहरू गर्नुहुन्छ, के ख्रीष्टविरोधीहरूले यी वचनहरूबारे वास्ता गर्छन्? (गर्दैनन्।) तिनीहरूका लागि यी वचनहरू महत्त्वहीन हुन्छन्। किन? किनभने ख्रीष्टविरोधीहरू सत्यतालाई प्रेम गर्दैनन्, परमेश्वरका वचनहरू सत्यता हुन् भनी विश्वास गर्दैनन्, र तिनीहरू परमेश्वरको न्याय र सजाय वा परमेश्वरको मुक्ति स्विकार्ने अभिप्राय राख्दैनन्। तिनीहरूसँग यस्ता कुनै योजनाहरू हुँदैनन्, र त्यसैले तिनीहरू मानव स्वभावका परिवर्तनहरू र जीवन प्रवेशसँग सम्बन्धित वचनहरू महत्त्वहीन छन्, पढ्न, विचार गर्न, वा हृदयमा राख्न योग्य छैनन् भन्ठान्छन्। तिनीहरू यी वचनहरूमा कुनै रुचि राख्दैनन्। तिनीहरू सोच्छन्, “हाम्रा भविष्य र नियतिसँग ती वचनहरूको के सम्बन्ध छ? हाम्रो गन्तव्यसँग तिनको के सम्बन्ध छ? ती वचनहरू मामुली मामलाहरूबारे छन्, पढ्न वा सुन्नलायक छैनन्। यदि कोही साँच्चिकै उदास छ, र अरू कुनै समाधान उपलब्ध छैन भने, उसले केवल अस्थायी रूपमा ती वचनहरू पढेर हृदयको खोक्रोपन भर्न, वा केही अत्यन्तै चुनौतीपूर्ण अवरोधहरूबाट पार पाउन र केही अदम्य कठिनाइहरू समाधान गर्न सक्छ—त्यति त हो। ती वचनहरूले व्यक्तिको स्वभाव परिवर्तन गर्न सक्छन् भन्नु, त्यो कसरी त्यति सरल हुन सक्छ र?” तिनीहरूमा मूलतः आफ्नो स्वभाव परिवर्तन गर्ने कुनै अभिप्राय हुँदैन, र परमेश्वरका वचनहरूलाई जीवन, मार्ग र सत्यताका रूपमा स्विकार्ने कुनै योजना हुँदैन। तिनीहरूले चाहने त तिनीहरूका भविष्य र गन्तव्य, साथै शक्ति हो। त्यसैले, तिनीहरू यस्ता वचनहरूलाई गम्भीरतापूर्वक लिँदैनन्, न त तिनलाई हृदयमै लिन्छन्। ख्रीष्टविरोधीहरूको दृष्टिकोणबाट, यसको आशय के हो भने, यी वचनहरू तिनीहरूको छानबिनयोग्य छँदै छैनन्, र यी सत्यता हुन् कि होइनन् र यिनले मानिसहरूलाई बदल्न सक्छन् कि सक्दैनन् भनी विश्लेषण र अनुसन्धान गर्ने समय दिनलायक त झनै छैनन्। ख्रीष्टविरोधीहरूका लागि, तिनीहरूको नियति र गन्तव्य, तिनीहरूको आफ्नो पहिचान, हैसियत, सारा व्यक्तिगत रुचि, आदि इत्यादिसँग सम्बन्धित जुनसुकै वचनहरू महत्त्वपूर्ण हुन्छन्, यी वचनहरू सबैभन्दा महत्त्वपूर्ण हुन्छन्। कति मानिसहरू यसो भन्छन्: “ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूका यी खण्डहरू अत्यन्तै महत्त्वपूर्ण ठान्ने र यिनलाई त्यस्तो ध्यान दिने हुनाले, तिनीहरू परमेश्वरका वचनहरूबारे नचाहिँदो खोजीनिती गरिरहेका छन् भनेर कसरी भन्न मिल्छ? के यो अलि गलत आरोप होइन र? के यो अलि अकल्पनीय र नसुहाउँदो कुरा होइन र?” (होइन। ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू निश्चय नै पूरा हुनेछन् र हासिल हुनेछन् भनेर विश्वास गर्दैनन्, तिनीहरू परमेश्वरले जे भन्नुहुन्छ त्यो निकै गम्भीरतापूर्वक भन्नुहुन्छ, र उहाँ जे भन्नुहुन्छ त्यो भएरै छाड्नेछ भन्ने कुरा विश्वास गर्दैनन्। तिनीहरू विश्वास गर्ने र मान्ने मानसिकता बोकेर परमेश्वरका वचनहरू पढ्दैनन्, बरु परमेश्वरका वचनहरू वास्तवमै पूरा हुन सक्छन् कि सक्दैनन् भनी नियालिरहेका हुन्छन्।) के कुरा यही हो त? (हो।) ख्रीष्टविरोधीहरूले यी वचनहरूलाई महत्त्व दिन्छन् किनकि यिनले तिनीहरूका चाहनाहरू पूरा गर्न सक्छन्। त्यसमाथि, यदि यी वचनहरू पूरा भएमा, यसबाट तिनीहरूका महत्त्वाकाङ्क्षाहरू पूरा हुनेथिए। यदि तिनीहरूले यी वचनहरू बोध गर्छन् र यी वचनहरूलाई नै पक्रिबस्छन् भने, यी वचनहरू पूरा भएपछि, तिनीहरूले सही बाजी थापेका हुनेछन्, र परमेश्वरलाई पछ्याउनु तिनीहरूका लागि सही कदम साबित हुनेछ। तर, तिनीहरूले यी वचनहरूलाई महत्त्व दिनुको अर्थ तिनीहरूले भित्री गहिराइबाटै यी वचनहरूलाई परमेश्वरबाट आएको सत्यताका रूपमा स्विकार्न सक्छन् भन्ने होइन, न त यिनलाई हृदयमा तिनीहरूले परमेश्वरका वचनहरूका रूपमा स्विकार्छन् नै भन्न सकिन्छ। त्यसको उल्टो, तिनीहरूले यी वचनहरूलाई महत्त्व दिइरहँदा, हृदयमा यीबारे शङ्का पाल्छन्, र हिचकिचाउँदै यिनलाई नियालिरहेका मात्र हुन्छन्। के पनि भन्न सकिन्छ भने, यी वचनहरू तिनीहरूका लागि जुनसुकै क्षण, समय र स्थानमा परमेश्वर र परमेश्वरको कामको यो चरण नकार्ने प्रमाण र गलचेप बन्न सक्छन्। तिनीहरू परमेश्वरको कामको हरेक चरणमा र परमेश्वरले मानिसहरूलाई अगुवाइ गर्नुभएको हरअवधिमा यी वचनहरू साकार भइरहेका र वास्तविकता बनिरहेका छन् कि छैनन् भनी लगातार अनि गहिरिएर नियालिरहेका हुन्छन्। प्रस्ट रूपमा, ख्रीष्टविरोधीहरू सधैँ परमेश्वरका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भन्ने कुरामा केन्द्रित हुन्छन्। यस अवधिमा, तिनीहरूको परमेश्वरप्रतिको शत्रुवत् मनोवृत्ति, परमेश्वरको प्रतिरोध, र परमेश्वरको छानबिन र विश्लेषण गर्ने मनोवृत्ति कहिल्यै बदलिएको हुँदैन। तिनीहरू परमेश्वरप्रति शत्रुवत् हुन्छन् र उहाँको छानबिन गर्छन्, र हृदयमा सधैँ परमेश्वरको हरेक कार्य र वचनको खोजीनिती गर्छन्; र सँगसँगै, तिनीहरू परमेश्वर र परमेश्वरको कामको निन्दा गर्ने प्रयास पनि गर्छन्। के यो परमेश्वरको प्रतिरोध गर्ने ख्रीष्टविरोधीहरूको एकनासे प्रकटीकरण होइन र? (हो।) ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूबाट, परमेश्वरका वचनहरूप्रति कुनै स्वीकृतिको सङ्केत देखिन्छ? समर्पणताको कुनै सङ्केत देखिन्छ? परमेश्वरलाई परमेश्वरका रूपमा व्यवहार गर्ने कुनै सङ्केत देखिन्छ? (देखिँदैन।) अब यसपछि, हामी यी विषयवस्तुहरूबारे पालैपालो सङ्गति गर्नेछौँ।
१. मानिसको लागि परमेश्वरका प्रतिज्ञा र आशिष्का वचनहरूबारे खोजीनिती गर्नु
पहिलो विषयवस्तु ख्रीष्टविरोधीहरू परमेश्वरका प्रतिज्ञा र आशिष्का वचनहरूबारे खोजीनिती गर्छन् भन्ने हो। परमेश्वरले उहाँको काम सुरु गरेर बोल्नुभएदेखि, उहाँले मानवजाति, उहाँका चुनिएका मानिसहरू, र उहाँका वचनहरू सुन्नेहरूलाई उहाँले मानिसहरूलाई कुन आशिष् र अनुग्रह दिनुहुनेछ, उहाँले मानिसहरूलाई कस्ता आशिष्हरूको प्रतिज्ञा गर्नुहुन्छ, आदि इत्यादिबारे धेरै कुरा बताउनुभएको छ। विभिन्न समयावधि, अवसर, वा सन्दर्भमा, परमेश्वरले उहाँका अनुयायीहरूलाई आशिष् र प्रतिज्ञाहरूबारे बताउनुहुन्छ, उनीहरूलाई यदि उनीहरूले निश्चित कुराहरू हासिल गरे भने, परमेश्वरले उनीहरूलाई निश्चित तरिकाले आशिष् दिनुहुने, र उनीहरूले निश्चित आशिष् र प्रतिज्ञाहरू प्राप्त गर्ने, आदि इत्यादि कुराहरू बताउनुहुन्छ। परमेश्वरले जुनसुकै अवधिमा यी वचनहरू बोल्नुभएको भए पनि वा चाहे जसलाई यस्ता प्रतिज्ञाहरू गर्नुभएको भए पनि, यी वचनहरू कुनै निश्चित सन्दर्भ र वातावरणमा बोलिएका थिए। त्यसमाथि, परमेश्वरले मानिसहरूलाई प्रदान गर्नुहुने प्रतिज्ञा र आशिष्हरू उनीहरूका सकारात्मक प्रकटीकरणहरूसँग सम्बन्धित छन्, जस्तै सत्यता पछ्याउनु, स्वभाव परिवर्तन गर्नु, र परमेश्वरप्रतिको साँचो समर्पणता। परोक्ष रूपमा, मानिसहरूप्रतिका परमेश्वरका प्रतिज्ञा र आशिष्हरू ससर्त हुन्छन्। यी अवस्थाहरूमा, मानिसहरूको अन्तिम निर्णय चल्दैन, न त मानव धारणा र कल्पनाहरूअनुसार नै ती निर्धारित हुन्छन्; तिनको निर्धारण त परमेश्वरका मानक र मागहरूअनुसार हुन्छ, जसमा निश्चित सिद्धान्त र नियमहरू संलग्न हुन्छन्। परमेश्वरका वचनहरू फरक-फरक मानिसहरूमा कसरी पूरा, साकार, र हासिल हुन्छन् भन्ने सम्बन्धमा, यो परमेश्वरद्वारा जथाभाबी रूपमा कदापि गरिएको हुँदैन—बरु, त्यसको एउटा आधार हुन्छ। फरक-फरक मानिसहरूले गरेको एउटै कार्यप्रति पनि परमेश्वरले फरक-फरक व्यवहारहरू गर्न सक्नुहुन्छ। उदाहरणका लागि, दुई मानिसहरू हुन सक्छन् जसले एक-एकवटा मण्डली अगुवाइ गर्छन्; एउटाले बारम्बार अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छ र प्राय: अनुशासन भोग्छ, जसकारण उसको कदमा तीव्र वृद्धि हुन्छ। यसको विपरीत, अर्को व्यक्ति तुलनात्मक रूपमा बोधो र ढिलो प्रतिक्रिया जनाउने हुन सक्छ, जसकारण उसको प्रगति ढिलो हुन्छ। मानव दृष्टिकोणले हेर्दा, एउटै काम गर्ने र उस्तै व्यवहार देखाउने यी दुई मानिसहरूले परमेश्वरबाट उही आशिष् र व्यवहार पाउनुपर्छ। तर, आफ्नो कर्तव्य पूरा गर्दा र आफ्नो जीवनमा उनीहरूले अनुभव गर्ने र हासिल गर्ने जीवन प्रवेश, वा उनीहरूले प्राप्त गर्ने बाहिरी अनुग्रहका सन्दर्भमा “निश्चित भिन्नताहरू” हुनेछन्। यी “निश्चित भिन्नताहरू” अवश्यै, अपरिहार्य होइनन्। त्यसोभए, मानिसहरूले परमेश्वरबाट प्राप्त गर्ने यी तथाकथित आशिष्हरू र भिन्न व्यवहारहरू, वा अन्तर्दृष्टि, ज्योति, र अन्य लाभहरू परमेश्वरले कसरी बाँडफाँड गर्नुहुन्छ? परमेश्वरका फरक-फरक मानिसहरूसित व्यवहार गर्ने फरक-फरक तरिकाहरू छन्। कति मानिसहरू अल्छी, दम्भी, प्रतिस्पर्धी, र ईर्ष्यालु हुन्छन्, र तिनीहरू सतहमा आफूलाई समर्पित गर्न र केही कठिनाइहरू सहन इच्छुक देखिए पनि, तिनीहरू सत्यता स्विकार्न वा अभ्यास गर्न सक्दै सक्दैनन्। अर्कोतिर, कति मानिसहरू लगनशील हुन्छन्; तिनीहरूमा पनि उस्तै भ्रष्ट स्वभावहरू भए पनि, तिनीहरू तुलनात्मक रूपमा इमानदार र नम्र हुन्छन्। तिनीहरू सत्यता स्विकार्न र काटछाँट स्विकार्न सक्छन्। तिनीहरू परमेश्वरले भन्नुभएको सबथोक र परमेश्वरले तिनीहरूका लागि खडा गर्नुभएको हरेक वातावरणलाई हार्दिक रूपमा स्विकार्छन् र बुझ्छन्, साथै त्यसप्रति सच्चाइसाथ व्यवहार गर्छन्। तसर्थ, बाहिरी रूपमा, दुई मानिसहरूले एउटै काम गरिरहेका हुन सक्छन् र कामको मात्रा पनि उस्तै होला, तर परमेश्वरले तिनीहरूका फरक-फरक स्वभाव र पछ्याइहरूका आधारमा फरक-फरक आशिष्, र फरक-फरक अन्तर्दृष्टि र ज्योति प्रदान गर्नुहुनेछ। बाहिरबाट हेर्दा, अन्तर्दृष्टि र ज्योति प्राप्त गर्ने व्यक्तिले बढी कष्ट भोगेको र प्राय: ताडना सहेको देखिन सक्छ, तर उसको प्राप्ति पनि अझ बढी हुन्छ। यसविपरीत, बोधो र मन्द बुद्धिवाला व्यक्तिले ज्यादै कम ताडना भोग्छ, ज्यादै कम कष्ट भोग्छ, र त्यसकारण उसको जीवन वृद्धि पनि अझ ढिलो हुन्छ र उसले कमै मात्र प्राप्त गर्छ। मूल रूपमा, कुन व्यक्तिले चाहिँ साँच्चिकै परमेश्वरका आशिष् र प्रतिज्ञाहरू प्राप्त गर्छ? (धेरै कष्ट भोग्ने र प्राय: ताडना पाउने व्यक्तिले।) जुन व्यक्तिले परमेश्वरका प्रतिज्ञा र आशिष्हरू प्राप्त गर्छ उसले ताडना भोग्ने, बारम्बार बाधाहरू सामना गर्ने, भ्रष्टता प्रकाश गर्ने, र उसको खुलासा हुने जस्तो देखिन सक्छ, तर उसले प्राय: परमेश्वरको अन्तर्दृष्टि र ज्योति प्राप्त गरिरहेको हुन्छ। अर्कोतिर, जुन व्यक्तिले ताडना भोग्दैन, उसले सहज, हर्षपूर्ण, र स्वतन्त्र जीवन जिउँछ। ऊ अल्छी हुँदा, उसले ताडना भोग्दैन; ऊ ईर्ष्यालु हुँदा, उसले ताडना भोग्दैन; ऊ आफ्नो काममा गैरजिम्मेवार हुँदा, उसले ताडना भोग्दैन—ऊ हैसियतका लाभहरूमा समेत लिप्त हुन्छ र अत्यन्तै सन्तुष्टिपूर्वक जिउँछ। आत्मिक बुझाइ भएका, विशुद्ध रूपमा कामकुराहरू बुझ्ने, र सकारात्मक कुराहरूलाई प्रेम गर्ने मानिसहरू कसलाई रुचाउँछन्? उनीहरू ताडना सहने, प्राय: बाधाहरू सामना गर्ने, साथै अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्ने व्यक्तिलाई रुचाउँछन्; उनीहरू यस्तो व्यक्ति परमेश्वरद्वारा साँच्चिकै आशिषित् हुन्छ भन्ने मान्छन्। जो सत्यता पछ्याउँछन् उनीहरू यस्तै व्यक्ति हुन चाहन्छन्। उनीहरू बारम्बार परमेश्वरको अनुशासन र ताडना भोग्नु परे पनि, निरन्तर परमेश्वरसामु जिउन इच्छुक हुन्छन्। उनीहरू यो विश्वास गर्छन् कि, यो परमेश्वरको आशिष् हो र यो साँच्चिकै परमेश्वरको प्रतिज्ञा हो। यी अनुभव र लाभहरू पाउनुले, परमेश्वरले भन्नुभएका आशिष् र प्रतिज्ञाहरू अस्तित्वमा छन् भन्ने पुष्टि गर्छ। तर ख्रीष्टविरोधीहरू यसलाई कसरी हेर्छन्? ख्रीष्टविरोधीहरू परमेश्वरका प्रतिज्ञा र आशिष्हरूलाई कुनै व्यक्तिले कति सत्यता बुझ्छ, वा उसले कति सत्यता प्राप्त गरेको छ, वा उसले कतिवटा सकारात्मक लाभहरू प्राप्त गरेको छ भन्ने आधारमा मापन गर्दैनन्। बरु, तिनीहरू त दैहिक लाभ र भौतिक रुचिहरूका आधारमा कति प्राप्त गरिएको छ भनेर मापन गर्छन्। तिमीहरूलाई ख्रीष्टविरोधीहरूले कुन व्यक्तिको ईर्ष्या गर्छ जस्तो लाग्छ? (ताडना नभोग्ने व्यक्तिको।) ख्रीष्टविरोधीहरू त्यो व्यक्तिको ईर्ष्या गर्छन् जो अल्छी र अबफादार छ, जसले कुनै पनि ताडना भोग्दैन र हैसियतका लाभहरूको आनन्द उठाउँछ। ख्रीष्टविरोधीहरूले यस्ता व्यक्तिहरूको ईर्ष्या गर्नुले विभिन्न कुराहरूलाई हेर्ने तिनीहरूको तरिकामा समस्या छ भन्ने प्रमाणित गर्छ; यो तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ।
ख्रीष्टविरोधीहरूले मानिसका लागि परमेश्वरका प्रतिज्ञा र आशिष्का वचनहरू पूरा हुन्छन् हुँदैनन् भनेर कसरी खोजीनिती गर्छन्? जब परमेश्वरका वचनहरूले उहाँले कसलाई आशिष् दिनुहुन्छ, उहाँका प्रतिज्ञाहरू कसले पाउँछ, र कसले परमेश्वरबाट प्रतिज्ञाहरू पाउन सक्छ भनेर उल्लेख गर्छन्, तब ख्रीष्टविरोधीहरूले यसलाई कसरी नियाल्छन्? तिनीहरू यसो भन्छन्, “जो मानिसहरूले परमेश्वरका निम्ति मूल्य तिर्छन्, उनीहरूले अन्तर्दृष्टि र ज्योति पाउँछन्, परमेश्वरको ताडना र मार्गदर्शन पाउँछन्, र त्यसैलाई आशिष्हरू पाएको मानिन्छ? ताडना पाउनु परमेश्वरको आशिष् हो? मूर्खहरूले मात्र त्यस्तो सोच्नेथिए! के त्यो घाटा बेहोर्नु होइन र? के त्यो आफ्नो छवि बिगार्नु होइन र? अनि के त्यसैलाई परमेश्वरका आशिष्हरू मानिन्छ? के त्यसरी नै परमेश्वरका वचनहरू वास्तविक बन्ने र साकार हुने हुन्? यदि त्यसो हो भने, म त्यस्तो व्यक्ति बन्न चाहन्नँ, म कष्ट पछ्याउन र मूल्य तिर्न चाहन्नँ। म परमेश्वरको यस्तो काम गर्ने शैली स्विकार्दिनँ; यो कस्तो खालको सत्यता हो? त्यसलाई कसरी मानिसहरूलाई मुक्ति दिएको मान्न सकिन्छ?” तिनीहरूको हृदयमा विरोध उत्पन्न हुन्छ; परमेश्वरले मानिसहरूलाई आशिष् दिने र अगुवाइ गर्ने यो तरिका तिनीहरू स्विकार्दैनन्, परमेश्वरले मानिसहरूलाई जीवन प्रदान गर्ने यो शैली, र परमेश्वरले मानिसहरूमा सत्यताको कार्य गर्ने यो तरिका तिनीहरू स्विकार्दैनन्। निश्चय नै, ख्रीष्टविरोधीहरू वरिपरि त्यस्ता मानिसहरू पनि हुन सक्छन्, जसका व्यापारहरू परमेश्वरमा विश्वास गरेदेखि फस्टाएका छन्, जसले धेरै पैसा कमाएर गाडी र घरहरू किनेका छन्, र जसका भौतिक जीवनहरूमा सुधार आएको छ, जो सम्पन्न बनेका छन्। यो देखेपछि, ख्रीष्टविरोधीहरू सोच्छन्, “परमेश्वरमा विश्वास गरेपछि, उनीहरूले परमेश्वरका आशिष्हरू प्राप्त गरेका छन् र परमेश्वरको अनुग्रहको आनन्द उठाएका छन्। यी तथ्यहरूबाट, मानिसका लागि परमेश्वरका प्रतिज्ञा र आशिष्हरू यस्ता मानिसहरूमा साकार हुँदा रहेछन्; परमेश्वरका वचनहरू पूरा भएका छन् जस्तो देखिन्छ। परमेश्वरका वचनहरूमा अख्तियार हुँदो रहेछ; परमेश्वरको कामको यो चरण स्विकार्नु सही हो, अनि व्यक्तिले ठूला आशिष्हरू प्राप्त गर्न सक्छ, सबथोक सहज रूपमा अघि बढ्नेछ, र व्यक्तिले परमेश्वरबाट अनुग्रह प्राप्त गर्न सक्छ।” यस्ता तथ्यहरू देखेपछि, ख्रीष्टविरोधीहरूको हृदयमा परमेश्वरका प्रतिज्ञा र आशिष्हरूप्रति अल्पकालिक रूपमा अलिकति स्वीकार र विश्वास हुन्छ। यो मान्यता र विश्वास अवश्य नै, कोष्ठकमा “थप प्रमाणीकरण गर्नुपर्ने” भन्ने नोटसहित आउनुपर्छ। दैनिक जीवनमा, ख्रीष्टविरोधीहरू परमेश्वरका आशिष् र प्रतिज्ञाहरू धेरै मानिसहरूमा पूरा र साकार हुँदै छन् भनी पुष्टि गर्न निरन्तर रूपले नियाल्ने, विभिन्न प्रमाणहरू सङ्कलन गर्ने गर्छन्। नियाल्ने क्रममा, यी ख्रीष्टविरोधीहरू यो प्रमाण सङ्कलन गर्दै, कुन-कुन मानिसहरूले परमेश्वरका आशिष् र प्रतिज्ञाहरू पाएका छन्, यी मानिसहरूले के गरेका छन्, परमेश्वरप्रति उनीहरूका मनोवृत्तिहरू कस्ता छन्, उनीहरू कसरी परमेश्वरलाई पछ्याउँछन्, र उनीहरूका दृष्टिकोणहरू के-कस्ता छन् भनी बुझ्ने कोसिस गरिरहेका हुन्छन्। निरन्तर नियाल्ने र प्रमाण बटुल्ने यस अवधिमा, ख्रीष्टविरोधीहरू अवश्यै परमेश्वरका आशिष् र प्रतिज्ञाहरू पाएका मानिसहरूका व्यवहार, कार्य, र दृष्टिकोणहरू नक्कल गर्ने प्रयास पनि गर्छन्। यदि तिनीहरू आफैले पनि केही भौतिक आशिष्, व्यवहार, र आनन्द प्राप्त गरेमा, तिनीहरूले भित्री रूपमा यस्तो स्वीकार गर्छन्: “परमेश्वरका आशिष् र प्रतिज्ञाहरू खोक्रा वचन होइनन्; ती साकार हुन सक्छन्। यी परमेश्वर वास्तवमै परमेश्वर हुन् जस्तो छ, उनीसँग साँच्चिकै केही क्षमता छ। उनले मानिसहरूलाई आशिष् र प्रतिज्ञाहरू प्रदान गर्न सक्छन्, र केही लाभहरू ल्याउन, र निश्चित स्वार्थका लागि तिनीहरूका केही आवश्यकताहरू पूरा गर्न सक्छन्। लाग्छ, मैले उनलाई विश्वास गर्न र पछ्याउन जारी राख्नुपर्छ; म पछि पर्न वा सुस्ताउन मिल्दैन।” ख्रीष्टविरोधीहरू सुरुदेखि अन्त्यसम्मै हिचकिचाउँदै नियालिरहेका हुन्छन्। तर के तिनीहरूले त्यसो गर्दा कसैले थाहा पाउँछ? के तिनीहरूले सबैलाई “म परमेश्वरका यी आशिष् र प्रतिज्ञाहरूमा विश्वास गर्दिनँ” भन्दै खुलस्त रूपमा हिचकिचाउँदै नियाल्ने गर्छन् त? (गर्दैनन्।) सतहमा हेर्दा, तैँले खुट्ट्याउन सक्दैनस्। तैँले तिनीहरूलाई अरू सबैले जस्तै आफ्नो जागिर, विवाह, परिवार, आदि इत्यादि त्यागेको, र अरू सबैसँग आफ्नो कर्तव्य पूरा गरिरहेको, बिहान सबेरै उठेको र राती अबेर सुतेको, कठिनाइ सहेको र मूल्य तिरेको, अरूकै श्रेणीमाझ देख्छस्। तिनीहरू बाधा दिने शब्दहरू वा नकारात्मक शब्दहरू बोल्दैनन्, आलोचनाहरू व्यक्त गर्दैनन्, खराब कामहरू गर्दैनन्, र बाधाहरू सिर्जना गर्दैनन्। तर, अझै पनि एउटा कुराचाहिँ हुन्छ: बाहिरबाट हेर्दा तिनीहरूले जतिसुकै गोप्य तरिकाले कार्य गरेको देखिए पनि, तिनीहरूको व्यवहारमा तिनीहरूका भित्री दृष्टिकोण र सोचाइहरू हाबी हुन्छन् र तिनले प्रभाव पार्छन्। भित्र गहिराइमा, तिनीहरूको हिचकिचाहटपूर्ण अवलोकन र परमेश्वरका वचनहरूको खोजीनिती परमेश्वरबाट लुक्न सक्दैन। त्यसोभए ख्रीष्टविरोधीहरूका कुन पक्षहरू मानिसहरूबाट लुकाउन सकिए पनि परमेश्वरबाट लुक्न सक्दैनन्? मानिसहरू अरूको व्यवहार मात्र देख्छन्, अरूले जे प्रकाश गर्छन् त्यही मात्र देख्छन्—अर्कोतिर, परमेश्वरले यी कुराहरू मात्र नहेरी, सबैभन्दा महत्त्वपूर्ण रूपमा, मानिसहरूका हृदय र भित्री सोचाइहरू नियाल्नुहुन्छ। व्यक्तिका व्यवहार र प्रकटीकरणहरू तुलनात्मक रूपले सतही हुन्छन्, तर व्यक्तिको हृदयको गहिराइ अबोध्य क्षेत्र हो, जुनभित्र उसका गहन सोच र उसको प्रकृतिका धेरै तत्त्वहरू लुकेका हुन्छन्। जब ख्रीष्टविरोधीहरू उहाँका प्रतिज्ञा र आशिष्हरूजस्ता परमेश्वरका वचनहरू खोजीनिती गर्छन्, बाहिरी रूपमा त तिनीहरूले आफ्नो समय अर्पण गर्लान् र भौतिक मूल्य पनि तिर्लान्, तर तिनीहरूको हृदय परमेश्वरप्रति पूर्ण रूपमा अर्पित हुँदैन। परमेश्वरप्रति पूर्ण रूपमा हृदय अर्पण नगर्ने तिनीहरूका ठोस प्रकटीकरणहरू के-के हुन्? तिनीहरूले चाहे जे गरे पनि वा जस्तो कर्तव्य निर्वाह गरे पनि, तिनीहरू त्यसमा आफ्नो सारा ऊर्जा लगाउँदैनन् र पूर्ण रूपमा समर्पित भएर त्यो काम गर्दैनन्, बरु देखिने गल्तीहरू नहोस् र समग्र प्रक्रिया सही होस् भनी सुनिश्चित गर्ने उद्देश्य मात्र राख्छन्। तिनीहरूले किन यसो गर्न सक्छन्? तिनीहरूको हृदयको गहिराइमा, तिनीहरूको सबैभन्दा भित्री सत्त्वमा, तिनीहरूले एउटा विचार पालेका हुन्छन्: “परमेश्वरका वचनहरू पूरा हुनु वा नहुनुले परमेश्वरले मलाई मुक्ति दिन सक्छन् कि सक्दैनन्, र उनी वास्तवमै मेरो परमेश्वर हुन् कि होइनन् भन्ने कुरा निर्धारण गर्छ। यदि यो प्रश्नको जवाफ आएन भने, परमेश्वरको पहिचान र सारको वास्तविकतामाथि समेत प्रश्न उठाउन सकिन्छ।” गहिराइमा यस्ता सोचहरू बोकेर, के तिनीहरूले अझै पनि परमेश्वरप्रति साँचो हृदय राख्न सक्छन्? तिनीहरूका हृदयका यी गहिरो रूपमा स्थापित सोचहरूले तिनीहरूलाई बाधा पुर्याउँछन्, र लगातार रूपमा तिनीहरूलाई चेतावनी दिन्छन्: तेरो साँचो हृदय परमेश्वरलाई नदे, पूर्ण रूपमा समर्पित नहो, जे गरे पनि झारा टार्ने काम मात्र गर्, र मूर्ख नबन्; परमेश्वरबाट केही कुरा लुका, आफू उम्किने बाटो राख्, र यो अझै अपरिचित परमेश्वरलाई आफ्नो जीवन वा सबैभन्दा महत्त्वपूर्ण कुराहरूको जिम्मा नदे। तिनीहरू हृदयमा यसरी नै सोच्छन्। के तिमीहरूले यो याद गरेका छौ? (छैनौँ।) यी ख्रीष्टविरोधीहरू, भेलाहरूमा र अरूसँगका अन्तरक्रियाहरूमा, बाहिरी रूपले दयालु हुन सक्छन्, र तिनीहरू सामान्य सम्बन्धहरू राख्न, र आफ्ना केही अन्तर्ज्ञान, बुझाइ, र अनुभवहरूबारे सङ्गति गर्न सक्छन् र तिनीहरू कुनै विश्वासीमा हुनुपर्ने बाहिरी, सतही, आधारभूत व्यवहार र प्रकटीकरणहरू प्रस्तुत गर्न सक्छन्; तर, तिनीहरूमा परमेश्वरको डर र उहाँप्रतिको निष्कपटतामा कुनै वृद्धि वा सुधार हुँदैन। यी मानिसहरूले चाहे जसरी मूल्य तिरे पनि वा तिनीहरूले परमेश्वरको घरमा जति वर्ष कर्तव्य पूरा गरे पनि, एउटा कुराचाहिँ निश्चित छ: तिनीहरूको जीवन वृद्धि हुँदैन—तिनीहरूसँग जीवन नै हुँदैन। यो जीवन नै नहुने कुरा कुन क्षेत्रहरूमा प्रकट हुन्छ? परिस्थितिहरू सामना गर्नुपर्दा, तिनीहरूले सिद्धान्तहरू बिलकुलै खोज्दैनन्; तिनीहरू काम जारी रहुन्जेल सन्तुष्ट हुन्छन्, परमेश्वरले बोल्नुभएका सिद्धान्तहरूलाई कहिल्यै आफ्नो अभ्यासको मानकका रूपमा लिँदैनन्, देखावटी रूपमा मात्र अरू मानिसहरूको सुपरिवेक्षण, निरीक्षण र अगुवाइ स्विकार्छन्, तर परमेश्वरको छानबिन स्विकार्दैनन्। यसको मतलब तिनीहरू परमेश्वरका प्रतिज्ञा र आशिष् कसका लागि साँच्चै वास्तविकता भइरहेका छन्, ती कुन समूहका मानिसहरूको लागि ती साकार भइरहेका छन् भनी सुनिश्चित नभएसम्म, र परमेश्वरले मानिसलाई दिनुहुने प्रतिज्ञा र आशिष्हरू तिनीहरू आफैले साँच्चिकै प्राप्त गर्न सक्ने पुष्टि नहुन्जेल, तिनीहरूका कार्यका सिद्धान्त र विधिहरू, साथै परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति बदलिनेछैन। एक अर्थमा, तिनीहरू लगातार आफैलाई सम्झाइरहेका हुन्छन्, र सँगसँगै भित्री रूपमा परमेश्वरसँग बहस गर्ने योजना पनि रचिरहेका हुन्छन्। परमेश्वरसँगको तिनीहरूको तर्क के कुरामा केन्द्रित हुन्छ? तिनीहरू सोच्छन्: “तिम्रा प्रतिज्ञा र आशिष्हरू साकार भएका छैनन्। मैले ती साकार भएको देखेको छैन, र तिमी कसरी काम गर्छौ भनेर म देख्न सक्दिनँ, त्यसैले म तिम्रो पहिचान पुष्टि गर्न सक्दिनँ। यदि म तिम्रो पहिचान नै पुष्टि गर्न सक्दिनँ भने, म कसरी तिम्रा यी वचनहरूलाई सत्यता, अर्थात् परमेश्वरका वचन मान्न सक्छु त?” के तिनीहरू भित्री रूपमा यो मामलाबारे परमेश्वरसित विवाद गरिरहेका छैनन् र? तिनीहरू भन्छन्, “यदि तिमीले मानिसहरूलाई प्रदान गर्ने प्रतिज्ञा गरेका आशिष्हरू र तिमीले मानिसहरूलाई गर्ने प्रतिज्ञाका विभिन्न विषयवस्तुहरू मैले पुष्टि गर्न सक्दिनँ भने, मसँग तिमीमाथिको आस्था शतप्रतिशत हुन सक्दैन। त्यसमा सधैँ केही न केही दूषणहरू हुनेछन्, र म पूर्ण रूपले विश्वास गर्न सक्दिनँ।” यही नै ख्रीष्टविरोधीहरूको मनोवृत्ति हो। के यस्तो मनोवृत्ति डरलाग्दो हुन्छ? (हुन्छ।) यस्तो मनोवृत्तिको प्रकृति “अण्डा नफुट्दै चल्ला नगन्नु।” भन्ने गैरविश्वासीहरूको भनाइसँग कता-कता मिल्छ। तिनीहरू भन्छन्: “तिमी परमेश्वर हौ, तिमीसँग तिम्रा प्रतिज्ञा र आशिष्हरूलाई साकार पार्ने शक्ति हुनुपर्छ। यदि तिमीले भनेको कुरा साकार हुन सक्दैन भने, र तिमीलाई विश्वास गर्ने मानिसहरूले ठूला आशिष्हरूको आनन्द उठाउन सक्दैनन्, महिमा, धन, र सम्मानको आनन्द उठाउन सक्दैनन्, अनुग्रहको आनन्द उठाउन सक्दैनन्, र तिम्रो शरण पाउन सक्दैनन् भने, मानिसहरूले तिमीलाई किन पछ्याउने?” ख्रीष्टविरोधीहरूका नजरमा, र तिनीहरूका सोचविचारमा, परमेश्वरलाई पछ्याउनुका केही फाइदाहरू हुनैपर्छ; फाइदा नहुने भए तिनीहरू हलचल पनि गर्नेछैनन्। यदि प्रसिद्धि, प्राप्ति, वा हैसियतको आनन्द उठाउन सकिँदैन भने, यदि तिनीहरूले गर्ने कुनै पनि काम वा निर्वाह गर्ने कुनै पनि कर्तव्यले अरूको प्रशंसा दिलाउँदैन भने, परमेश्वरमा विश्वास गर्नु र कर्तव्यहरू पूरा गर्नुको कुनै अर्थ रहँदैन। तिनीहरूले प्राप्त गर्नैपर्ने पहिलो लाभ परमेश्वरका वचनहरूमा भनिएका प्रतिज्ञा र आशिष्हरू हुन्, र तिनीहरूले मण्डलीभित्र प्रसिद्धि, लाभ र हैसियतको आनन्द पनि उठाउनैपर्छ। ख्रीष्टविरोधीहरू कसैले परमेश्वरमा विश्वास गर्दा, ऊ अरूभन्दा श्रेष्ठ हुनैपर्छ, उसले प्रशंसा पाउनैपर्छ, ऊ विशेष हुनैपर्छ—कम्तीमा पनि, परमेश्वरका विश्वासीहरूले यी कुराहरूको आनन्द उठाउनैपर्छ भन्ठान्छन्। नत्र भने, तिनीहरूले विश्वास गरिरहेको यो परमेश्वर नै साँचो परमेश्वर हो कि होइन भन्नेबारे केही प्रश्न उठ्छ। के ख्रीष्टविरोधीहरूको तर्क तिनीहरूले “परमेश्वरमा विश्वास गर्नेहरूले परमेश्वरका आशिष् र अनुग्रहको आनन्द उठाउनैपर्छ” भन्ने शब्दहरूलाई सत्यताका रूपमा लिन्छन् भन्ने होइन र? ती शब्दहरूलाई विश्लेषण गर् त: के ती सत्यता हुन्? (होइनन्।) अब ती शब्दहरू सत्यता होइनन्, ती भ्रम हुन्, ती शैतानका तर्क हुन्, र सत्यतासँग तिनको कुनै सम्बन्ध छैन भन्ने प्रस्ट भयो। के परमेश्वरले कहिल्यै “यदि मानिसहरूले ममाथि विश्वास गर्छन् भने, तिनीहरू निश्चित रूपमा आशिषित् हुनेछन्, र कहिल्यै प्रतिकूलता भोग्नेछैनन्” भनेर भन्नुभएको छ? परमेश्वरका वचनहरूको कुन हरफले यसबारे कुरा गर्छ? परमेश्वरले कहिल्यै यस्ता वचनहरू बोल्नुभएको वा यसो गर्नुभएको छैन। आशिष् र प्रतिकूलताहरूका सम्बन्धमा, एउटा सत्यता खोज्नुपर्छ। मानिसहरूले पालना गर्नुपर्ने बुद्धिमानी भनाइ के हो? अय्यूबले भन्यो, “के हामीले परमेश्वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने, र प्रतिकूलताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। के यी शब्दहरू सत्यता हुन्? यी मानिसका शब्दहरू हुन्; यिनलाई सत्यताको उचाइमा राख्न मिल्दैन, तर यी कुनै रूपमा सत्यतासँग मिल्छन्। यी कुन रूपमा सत्यतासित मिल्छन्? मानिसहरूले आशिष् पाउनु वा प्रतिकूलता भोग्नु सबै परमेश्वरकै हातमा हुन्छ, त्यो सबै परमेश्वरको सार्वभौमिकतामा पर्छ। यो सत्यता हो। के ख्रीष्टविरोधीहरू यो विश्वास गर्छन्? अहँ, गर्दैनन्। तिनीहरू यो कुरा मान्दैनन्। तिनीहरू किन यो कुरा विश्वास गर्दैनन् वा मान्दैनन्? (तिनीहरू आशिषित् हुनकै निम्ति परमेश्वरमा विश्वास गर्छन्—तिनीहरू आशिषित् हुन मात्र चाहन्छन्।) (किनकि तिनीहरू अत्यन्तै स्वार्थी हुन्छन्, र तिनीहरूले देहगत स्वार्थहरू मात्र पछ्याउँछन्।) ख्रीष्टविरोधीहरू, आफ्नो विश्वासमा, आशिषित् हुने चाहना मात्र राख्छन्, तर प्रतिकूलता भोग्न चाहँदैनन्। जब तिनीहरूले आशिष्, लाभ, अनुग्रह, र बढी भौतिक आनन्द र ठूला फाइदाहरू प्राप्त गरेको व्यक्ति देख्छन्, तब तिनीहरू यो परमेश्वरले गर्नुभएको हो भनी विश्वास गर्छन्; अनि यदि तिनीहरूले यस्ता भौतिक आशिष्हरू प्राप्त गरेनन् भने, यो परमेश्वरको काम नै होइन भन्ने विश्वास गर्छन्। यसको आशय हो: “यदि तिमी साँच्चिकै परमेश्वर हौ भने, तिमीले मानिसहरूलाई आशिष् मात्र दिनुपर्छ; तिमीले मानिसहरूको प्रतिकूलता हटाएर तिनीहरूलाई कष्ट भोग्न दिनु हुँदैन। त्यसपछि मात्र मानिसहरूले तिमीमाथि विश्वास गर्नुको महत्त्व र अर्थ रहन्छ। यदि तिमीलाई पछ्याएपछि पनि मानिसहरू अझै प्रतिकूलताले ग्रसित हुन्छन् भने, र यदि अझै तिनीहरूले कष्ट भोग्छन् भने, तिमीमा विश्वास गर्नुको के अर्थ?” तिनीहरू यावत् थोक र घटनाहरू परमेश्वरका हातमा हुन्छन्, र यावत् थोकमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ भनेर मान्दैनन्। अनि, तिनीहरू यो कुरा किन मान्दैनन्? किनकि ख्रीष्टविरोधीहरू प्रतिकूलता भोग्न डराउँछन्। तिनीहरू लाभ प्राप्त गर्न, फाइदा लिन, आशिष्हरूको आनन्द उठाउन मात्र चाहन्छन्; तिनीहरू परमेश्वरको सार्वभौमिकता वा योजनाबद्ध कार्य स्वीकार नगर्न, र परमेश्वरबाट केवल लाभहरू प्राप्त गर्न चाहन्छन्। यो ख्रीष्टविरोधीहरूको स्वार्थी र घृणास्पद दृष्टिकोण हो। यो परमेश्वरका प्रतिज्ञा र आशिष्हरूजस्ता उहाँका वचनहरूबारे ख्रीष्टविरोधीहरूले देखाउने प्रकटीकरणको शृङ्खला हो। समग्रमा, यी प्रकटीकरणहरूमा मूलतः ख्रीष्टविरोधीहरूको पछ्याइपछाडि रहेका तिनीहरूका दृष्टिकोणहरू, साथै परमेश्वरले मानिसहरूका निम्ति गर्नुहुने यसप्रकारको कामप्रतिका तिनीहरूका दृष्टिकोण, मूल्याङ्कन, र बुझाइहरू संलग्न हुन्छन्। बाहिरी रूपमा तिनीहरूले परमेश्वरका वचनहरूको खुलेरै अपमान वा विरोध नगरे पनि, भित्र गहिराइमा, परमेश्वरका यस्ता वचनहरूप्रति र परमेश्वरको यसप्रकारको काम गर्ने विधिप्रति तिनीहरूको प्रतिक्रिया जनाउने शैली अपमान, शङ्का, निन्दा, र चयनशीलताकै हुन्छ। जब परमेश्वरका प्रतिज्ञा र आशिष्हरूसम्बन्धी वचनहरू केही मानिसहरूमा पूरा हुन्छन्, तब तिनीहरूले परमेश्वरको शक्तिको प्रशंसा गर्छन् र उहाँको नाउँ र उहाँको प्रेमको गुणगान गर्छन्। तर, जब परमेश्वरले गर्नुहुने कुरा ती प्रतिज्ञा र आशिष्हरूसम्बन्धी तिनीहरूका धारणा र कल्पनाहरूसँग मिल्दैन, तब ख्रीष्टविरोधीहरूले हृदयमा तुरुन्तै परमेश्वरको अस्तित्व नकार्छन्, साथै परमेश्वरले गर्नुहुने सबथोक सही हुन्छ भन्ने तथ्य पनि नकार्छन्, र परमेश्वरको सार्वभौमिकता र उहाँले मानव नियति योजनाबद्ध र प्रबन्ध गर्नुहुन्छ भन्ने तथ्यलाई त झनै बढी नकार्छन्। ख्रीष्टविरोधीहरूका यी सारा प्रकटीकरणहरू बाहिरी रूपमा प्रकट नहुन सक्छ, र तिनीहरूले खुलस्त भाषा प्रयोग गरेर आफ्ना दृष्टिकोणहरू पनि नफैलाउलान्, तर तिनीहरूले हृदयमा जुन दृष्टिकोणद्वारा परमेश्वरका यी वचनहरूलाई हिचकिचाहटपूर्वक नियाल्ने र खोजीनिती गर्ने गर्छन् त्यो बदलिँदैन। जीवन प्रवेशसम्बन्धी मामलाहरूबारे वा मानिसहरूलाई कसरी मुक्ति दिन सकिन्छ भन्नेबारे अरूले जे-जसरी सङ्गति गरे पनि, परमेश्वरका प्रतिज्ञा र आशिष्हरूजस्ता उहाँका वचनहरू पूरा हुनेछन् कि छैनन् र ती कसरी साकार हुनेछन् भनेर खोजीनिती गर्ने ख्रीष्टविरोधीहरूको मानसिकता र मनोवृत्ति पाखा लाग्नेछैन। परमेश्वरका प्रतिज्ञा र आशिष्हरू साकार हुँदा, ख्रीष्टविरोधीहरूले उल्लाससाथ ताली बजाउन र जयजयकार गर्न र परमेश्वरको शक्तिको प्रशंसा गर्न सक्छन्। तर परमेश्वरका प्रतिज्ञा र आशिष्हरू साकार नहुँदा वा तिनीहरूका धारणाहरूअनुसार पूरा नहुँदा, तुरुन्तै तिनीहरूले हृदयमा परमेश्वरलाई गोप्य रूपमा सराप्छन् र गाली गर्छन्, र उहाँको नाउँको अपमान गर्छन्। त्यसकारण, दैनिक जीवनमा, सबथोक शान्तिपूर्ण र समस्यारहित हुँदा पनि, कतिपय मानिसहरूको स्थिति बेकाबु रूपमा तलमाथि भइरहन्छ। तिनीहरू खुसी हुँदा पुलकित हुन सक्छन्, तर दुःखी हुँदा तिनीहरू नारकीय उदासीमा डुब्न सक्छन्। तिनीहरूका मुड चञ्चल र अप्रत्याशित हुन सक्छन्, जसले के भइरहेको छ भन्नेबारे अरूलाई अचम्मित पार्छ। तिनीहरू खुसी हुँदा यसो भन्छन्, “परमेश्वर साँच्चिकै परमेश्वर नै हुन्। परमेश्वर अत्यन्तै महान् छन्, परमेश्वरको अख्तियार साँच्चै अस्तित्वमा छ, परमेश्वरले मानिसहरूलाई अत्यन्तै प्रेम गर्छन्!” तर तिनीहरू बेखुसी हुँदा, तिनीहरूलाई “परमेश्वर” शब्द उच्चारण गर्नसमेत निकै गाह्रो हुन्छ। जुन व्यक्तिले चर्को स्वरमा परमेश्वरको नाउँको प्रशंसा गर्छ, त्यही व्यक्तिले नै हृदयमा परमेश्वरलाई अपमान गर्ने, नकार्ने, ईश्वरनिन्दा गर्ने, गाली गर्ने, र सराप्ने पनि गर्छ। ऊ आफ्नो कर्तव्य पूरा गर्नहेतु बिहान सबेरै उठ्छ र राती अबेर सुत्छ, अरू धेरैजसोले तिर्न नसक्ने मूल्य तिर्छ, तर आफ्ना कर्तव्यहरूमार्फत कुण्ठा पोख्ने, परमेश्वरको घरका हितहरूलाई विश्वासघात गर्ने, जानाजानी कामलाई बाधा दिने, र आफ्ना कर्तव्यहरू र कामलाई जानाजान बेवास्ता गर्ने रूपमा सम्हाल्ने व्यक्ति पनि उही हुन्छ। बाहिरबाट हेर्दा, यो उही व्यक्ति हो, तर उसका व्यवहार र स्वभावहरूलाई मूल्याङ्कन गर्दा, यस्ता विपरीत प्रकटीकरणहरूले त्यसमा दुई फरक मानिसहरू संलग्न भएझैँ देखाउँछ। यसले एउटा समस्या देखाउँछ। ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूबाट, तिनीहरूले मूलतः परमेश्वरका वचनहरूलाई सत्यताका रूपमा वा परमेश्वरका वचनहरूका रूपमा स्विकार्दैनन् भन्ने कुरा प्रस्ट हुन्छ। ख्रीष्टविरोधीहरूको सारको आधारमा, अझ भन्ने हो भने, तिनीहरूले परमेश्वरका वचनहरूलाई कहिल्यै सत्यताका रूपमा लिनेछैनन्, न त जीवनभर पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरूको रूपमै लिनेछन्। परमेश्वरका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भन्नेबारे ख्रीष्टविरोधीहरूले खोजीनिती गर्नेसम्बन्धी पहिलो विषयवस्तु यही हो—तिनीहरू परमेश्वरका प्रतिज्ञा र आशिष्का वचनहरूबारे खोजीनिती गर्छन्। ख्रीष्टविरोधीहरूका नजरमा, परमेश्वरका प्रतिज्ञा र आशिष्हरू तिनीहरूले यो जुनीमा पाउने भौतिक व्यवहार, आत्मिक व्यवहार, जिउने वातावरण, र तिनीहरूले यो जुनीमा आनन्द उठाउने यस्तै अन्य कुराहरूसँग अविभाज्य रूपमा जोडिएका हुन्छन्, यसैकारण तिनीहरू यस पक्षलाई विशेष ध्यान दिन्छन्। तिनीहरू परमेश्वरका प्रतिज्ञा र आशिष्का वचनहरू पूरा हुनुलाई परमेश्वरको शक्तिको हद र परमेश्वरको पहिचानको आधिकारिकता मापन गर्ने मानकका रूपमा प्रयोग गर्छन्। तिनीहरू यसबारे गोप्य रूपमा मनन गर्छन् र सोच्छन्—खोजीनिती गर्नुको अर्थ नै यही हो। ख्रीष्टविरोधीहरू जीवन प्रवेशबारे परमेश्वरले बोल्नुभएका विभिन्न सत्यताहरूबारे कुनै चासो देखाउँदैनन्। तर, परमेश्वरका प्रतिज्ञा र आशिष्का वचनहरू उल्लेख हुनेबित्तिकै, तिनीहरूका आँखा लालचले बल्छन्, र तिनीहरूको चाहना जाग्न थाल्छ। सतहमा, तिनीहरू “हामी निःसर्त परमेश्वरप्रति समर्पित हुनुपर्छ, हामीले परमेश्वरका मागहरूअनुसार कर्तव्य पूरा गर्नुपर्छ” भन्छन्, तर तिनीहरूका नजरहरू वास्तवमा कहाँ केन्द्रित हुन्छन्? तिनीहरू परमेश्वरका प्रतिज्ञा र आशिष्का उहाँका वचनहरूमा केन्द्रित हुन्छन्। अनि, यी कुराहरूमा केन्द्रित भइसकेपछि, तिनीहरू यिनलाई छोड्दै छोड्दैनन्। ख्रीष्टविरोधीहरू परमेश्वरका प्रतिज्ञा र आशिष्का वचनहरूप्रति यसरी नै व्यवहार गर्छन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।