विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग पाँच) खण्ड तीन

ख. ख्रीष्टविरोधीहरू आफ्ना धारणाहरूसँग मेल नखाँदा परमेश्‍वरका वचनहरूलाई नकार्छन्

दोस्रो प्रकटीकरण ख्रीष्टविरोधीहरू आफ्ना धारणाहरूसँग मेल नखाँदा परमेश्‍वरका वचनहरूलाई नकार्छन् भन्‍ने हो। परमेश्‍वरको काममा, सुरुदेखि हालसम्म, परमेश्‍वरले धेरै वचनहरू बोल्नुभएको छ। यी वचनहरूको दायरा फराकिलो छ, र तिनका विषयवस्तु प्रचुर छन्, जसमा मानिसहरूका अभिप्राय र दृष्टिकोणहरूसँग सम्बन्धित पक्षहरू, साथै तिनीहरूले परमेश्‍वरको सेवा गर्नेलगायतका धेरै कुराहरू पर्छन्। अनि अवश्यै मानिसहरूका भ्रष्ट स्वभावहरूसम्बन्धी अझ धेरै कुराहरू छन्, र अझ बढी भाग त परमेश्‍वरका अभिप्रायहरू र मानवजातिप्रतिका परमेश्‍वरका मागहरूसँग सम्बन्धित छन्। यी वचनहरूमाझ, परमेश्‍वरले विविध बोल्‍ने विधिहरू अपनाउनुभएको छ। बोलाइका यी विविध विधिहरूमा पनि कतिपय बोलीका भावहरू सुरुमा तुलनात्मक रूपमा मानवनिकट छन्, र त्यसपछि ती मानवजातिको न्याय र खुलासा, साथै मानवजातिमाथिको विजयसँग नजिक छन्, र त्यसपछि तिनले क्रमिक रूपमा मानिसहरूलाई सत्यताका विविध पक्षहरू बताउँछन्। यी वचनहरूको विषयवस्तु बहुआयामी छ, तर जति नै बृहत् भए पनि, त्यो सबै भ्रष्ट मानवजातिलाई चाहिने कुरा नै हो। सबैभन्दा विशेष विषयवस्तुको सानो अंशबाहेक, यी अधिकांश वचनहरू मानव भाषाका ढाँचाहरूअनुसार, र सारा मानवले स्विकार्न सक्ने भाव, शब्द, र भाषिक तर्क प्रयोग गरेर बोलिएका छन्। छोटकरीमा भन्‍नुपर्दा, यी स्वरूपका भाषा र बोलीका यी सबै शैली र विधिहरू सामान्य र बुझ्न निकै सजिला छन्। यदि कसैसँग सामान्य सोच, साथै सामान्य दिमाग र समझ छ भने, उसले परमेश्‍वरका यी वचनहरू बुझ्न सक्छ। यसको आशय हो: जबसम्‍म व्यक्तिका सोचहरू सामान्य हुन्छन्, तबसम्‍म यी वचनहरू पढेपछि, उसले अभ्यासको मार्ग भेट्टाउन, आफूलाई चिन्‍न, परमेश्‍वरका अभिप्रायहरू बुझ्न, र अभ्यासका सिद्धान्तहरू भेट्टाउन सक्छ। जबसम्‍म व्यक्तिसँग हृदय र सामान्य सोचहरू हुन्छ, तबसम्‍म परमेश्‍वरका यी वचनहरूले मानिसहरूलाई मदत गर्न र जीवनका विभिन्‍न कठिनाइहरूमा मार्गदर्शन गर्न सक्छन्, र साथसाथै मानिसहरूलाई तिनीहरूका आफ्नै भ्रष्ट स्वभावहरू बुझ्न सक्षम तुल्याउन पनि सक्छन्। परमेश्‍वरका वचनहरूको अधिकांश विषयवस्तु यस्तै छ, तर एउटा भागचाहिँ ईश्‍वरीयताको दृष्टिकोणबाट, अर्थात् आत्माको दृष्टिकोणबाट बोलिएको छ। विषयवस्तुको यो भाग निकै विशेष छ। सारा मानवजातिको नजरमा, उहाँका वचनहरूको यो भाग निकै गहन र बुझ्न कठिन छ। यो रहस्यझैँ देखिन्छ, र अगमवाणीजस्तो पनि देखिन्छ। यो वाणीको हरेक वाक्य, हरेक अनुच्छेद, र हरेक अध्यायमा, मानिसहरूलाई परमेश्‍वरको आशय खुट्ट्याउन निकै गाह्रो हुन्छ, परमेश्‍वरका वचनहरूको सन्दर्भ र मानिसहरूप्रतिका परमेश्‍वरका मागहरू, साथै मानिसहरूले खोजिरहेका सत्यता सिद्धान्तहरू भेट्टाउन गाह्रो हुन्छ। त्यसोभए, यो उहाँका वचनहरूको कुन भाग हो? यो “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” र त्यसका परिशिष्टहरू हुन्। उहाँका वचनहरूको यो भाग बुझ्न मानिसहरूलाई निकै कठिन हुन्छ। अब हामी पहिला मानिसहरूलाई बुझ्न कठिन हुने यो अंश परमेश्‍वरले किन बोल्नुहुन्छ भन्‍ने कुरालाई थाती राखौँ, र त्यसको साटो हामीले सङ्गति गर्नुपर्ने “ख्रीष्टविरोधीहरू आफ्ना धारणाहरूसँग मेल नखाँदा परमेश्‍वरका वचनहरूलाई नकार्छन्” भन्‍ने विषयको कुन भाग मैले उल्लेख गरेको यो अंशसँग सम्बन्धित छ भन्‍नेबारे कुरा गरौँ। परमेश्‍वरले बोल्नुहुने अधिकांश सामान्य, बुझ्न सजिला, र जटिल तर सामान्य तरिकाले व्यक्त गरिएका वचनहरू, साथै मानिसको लागि परमेश्‍वरका चेतावनी र ताकिताहरू, अर्तीहरू र ढाडस दिने वचनहरू, खुलासा र न्यायका वचनहरू, भरणपोषण र मार्गदर्शनका वचनहरू सन्दर्भमा, सत्यता बिलकुलै नपछ्याउनेहरूले, “परमेश्‍वर” शब्दलाई देवत्व प्रदान गरेर अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्नेहरूले यी वचनहरू परमेश्‍वरका वचनझैँ देखिँदैनन् भन्‍ने सोच्छन्। तिनीहरूलाई यी वचनहरू अति सामान्य, अति सिधा—सादा कुराजस्तो लाग्छन्। तिनीहरू हरेक अध्याय ज्यादै लामो भएको भन्ठान्छन्। तिनीहरू यी वचनहरू पढ्न चाहँदैनन्। तिनीहरू ती वचनहरूमा गहनता र रहस्य नभएकोले ती पढ्नलायक छैनन् भन्‍ने सोच्छन्। त्यसकारण, तिनीहरूको विचारमा यी वचनहरू परमेश्‍वरका वचनहरू होइनन्। यी वचनहरूका विषयवस्तु, तरिका, र शैली तिनीहरूको रुचिसँग नमिल्ने भएकोले तिनीहरूले यसो भन्छन्। त्यसोभए, तिनीहरूको रुचिचाहिँ के हो त? तिनीहरू गहन पाठहरू, अर्थात् मानिसहरूले जति पढे पनि बुझ्नै नसकिने वचनहरू पढ्न चाहन्छन्, जस्तो कि बुझ्नै नसकिने स्वर्गको पुस्तक; तिनीहरू यी कुराहरू पढ्न चाहन्छन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरले प्रदान गर्नुभएका यी वचनहरूलाई तिरस्कार गर्छन् जुन मानव रुचि सुहाउँदो तरिका, भाव र शैलीमा बोलिएका छन्। तिनीहरू यी वचनहरूप्रति धारणा, अवहेलना, र गिल्लाले भरिएका हुन्छन्। त्यसकारण, यी मानिसहरू मानिसहरूलाई जीवन प्रदान गर्न सक्ने यी सामान्य, र बुझ्न सजिला वचनहरू पढ्ने, हेर्ने, वा सुन्‍ने गर्दैनन्। हृदयमा, तिनीहरू यी वचनहरूप्रति शत्रुवत् र प्रतिरोधी महसुस गर्छन्, साथै तिनलाई स्विकार्न मान्दैनन्। तिनीहरू किन यी वचनहरूलाई अस्वीकार गर्न, र तीप्रति प्रतिरोधी र शत्रुवत् महसुस गर्न सक्छन्? एउटा कारण निश्‍चित छ: तिनीहरूले यी वचनहरू देहधारी परमेश्‍वरको दृष्टिकोणबाट बोलिएका हुन् भन्‍ने विश्‍वास गर्छन्, त्यसकारण तिनीहरूले यी वचनहरू मानव वचनहरू हुन् भन्‍ने ठान्छन्। मानव वचनहरूको अवधारणा के हो? ख्रीष्टविरोधीहरूको विचारमा, परमेश्‍वरका वचनहरू, स्वर्गका धर्मग्रन्थहरू मात्र तिनीहरूले पढ्नयोग्य हुन्छन्। गहन, बुझ्नै नसकिने, र रहस्यमय वचनहरू मात्र तिनीहरूले पढ्नलायक हुन्छन्। यी सामान्य र सजिलै बुझिने मानव लेखहरू तिनीहरूले पढ्नलायक हुँदैनन्, र तिनीहरूको “ग्रहणशील” नजरमा पर्दैनन्, र तिनीहरूले तिनलाई तिरस्कार गर्छन्। तिनीहरूले यी वचनहरू बिलकुलै पढ्दैनन्, यीभित्रका सत्यता स्विकार्ने त कुरै छाडौँ।

यताउता हेर्, र कसले परमेश्‍वरका वचनहरू पढ्दैन; कसैले परमेश्‍वरका वचनहरूबारे सङ्गति गरिरहेको बेला को उठेर हिँड्छ; परमेश्‍वरका वचनहरू पढेको वा सत्यता सङ्गति गरेको सुनेपछि कसले हाइ काढ्छ, जिउ तन्काउँछ, छटपटाउँछ, को अधैर्य हुन्छ, र कसले निस्केर जाने बहाना बनाउने वा हस्तक्षेप गर्ने, र विषयलाई अर्कैतिर मोड्ने गर्छ, त्यो हेर्—यस्ता मानिसहरू खतरामा हुन्छन्। तैँले धर्मशास्‍त्र, कुनै पनि भ्रमहरू, वा कुनै पनि मानव दृष्टिकोणहरूबारे कुरा गरिरहुन्जेल तिनीहरू सुनेर बसिरहन्छन्। तर तैँले परमेश्‍वरका वचनहरू प्रचार गर्न, प्रार्थनार्थ पढ्न, तीबारे सङ्गति गर्न, वा तिनलाई उच्च पार्न थाल्नेबित्तिकै, तिनीहरू बदलिन्छन्, असाधारण र पैशाचिक चालढाल प्रकट गर्छन्। जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढेको सुन्छन्, तब तिनीहरू बेचैन हुन्छन् र झर्को मान्छन्, र कसैले सत्यतामाथि सङ्गति गरेको सुन्‍नेबित्तिकै तिनीहरू शत्रुवत् बन्छन्, र उठेर हिँड्छन्। यो कस्तो प्रकृतिको कुरा हो? यो कस्तो स्वभाव हो? ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्। कतिपयले भन्‍न सक्छन्, “तिमीले कसरी तिनीहरूलाई ख्रीष्टविरोधी नाम दिन मिल्छ? सायद तिनीहरू नयाँ विश्‍वासी हुन् जसमा परमेश्‍वरका वचनहरूप्रति अझै रुचि पलाएको छैन वा जसले परमेश्‍वरका वचनहरूको मिठास चाखेका छैनन्। के तिमीलाई नयाँ विश्‍वासीहरू कदको हिसाबले सानो हुने सम्भावना हुन्छ भन्‍ने लाग्दैन?” यदि तिनीहरू सानो कद भएका र परमेश्‍वरका वचनहरूमा रुचि नभएका नयाँ विश्‍वासीहरू हुन् भने, तैँले अरू विषयबारे कुरा गर्दा तिनीहरू किन घिन मान्दैनन्? यदि तैँले महाविपत्तिहरू, मानवजातिको भविष्य, रहस्यहरू, वा प्रकाशको पुस्तकबारे छलफल गर्छस् भने, तिनीहरूले थपक्क बसेर सुन्‍न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा हेर्। त्यसबेला तिनीहरूले फरक व्यवहार गर्छन्। ख्रीष्टविरोधीहरूको प्रकृति सारको दृष्टिकोणबाट हेर्दा, तिनीहरू सत्यताप्रति शत्रुवत् हुन्छन्। सत्यताप्रतिको यो शत्रुवत् प्रकृति सार कसरी प्रकट हुन्छ? परमेश्‍वरका वचनहरू सुनेपछि, तिनीहरू घिन महसुस गर्छन् र उँघ्छन्, साथै तिरस्कार, अधैर्य, र सुन्‍ने अनिच्छाका विभिन्‍न भावहरू प्रकट गर्छन्। तिनीहरूको पैशाचिक चालढाल यसरी प्रकट हुन्छ। बाहिरी रूपमा, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् र आफूलाई परमेश्‍वरका अनुयायी मान्छन्। त्यसोभए सत्यता सङ्गति गर्दा र परमेश्‍वरका वचनहरू सङ्गति गर्दा तिनीहरू किन अनुशासनहीन बन्छन्? त्यसबेला तिनीहरू किन थपक्क बस्न सक्दैनन्? यस्तो लाग्छ मानौँ परमेश्‍वरका वचनहरूले तरबार नै बोकेका छन्। के परमेश्‍वरका वचनहरूले तिनीहरूलाई घोच्छन्? के परमेश्‍वरका वचनहरूले तिनीहरूलाई दोष दिन्छन्? दिँदैनन्। यी अधिकांश वचनहरू आपूर्तिका वचन हुन्, र ती सुनेपछि, मानिसहरू ब्युँझन, जिउने उपाय भेट्टाउन, पुनर्जीवित हुन, र मानव स्वरूपमा जिउन सक्छन्। त्यसोभए कतिपय मानिसहरूले यी वचनहरू सुनेपछि किन असाधारण प्रतिक्रिया जनाउँछन्? यो दियाबलसहरूले आफ्नो साँचो रङ्ग प्रकट गरेको हो। तैँले धर्मशास्‍त्र, विधर्महरू, भ्रमहरू, वा प्रकाशको पुस्तकबारे कुरा गर्दा तिनीहरूले घिन महसुस गर्दैनन्। तैँले आज्ञापालक हुने, मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्‍नेबारे कुरा गरिस्, वा वीरताका कथाहरू सुनाइस् भने पनि, तिनीहरू घिन महसुस गर्दैनन्। तर तिनीहरूले परमेश्‍वरका वचनहरू पढेको सुन्‍नेबित्तिकै तिनीहरू घिन महसुस गर्छन्, उठ्छन्, र निस्केर जान चाहन्छन्। यदि तैँले तिनीहरूलाई राम्रोसँग सुन्‍न भनी अर्ती दिइस् भने, तिनीहरू आक्रामक बन्छन् र रिसले तिनीहरूको आँखा रातो हुन्छ। यस्ता मानिसहरूले किन परमेश्‍वरका वचनहरू सुन्दैनन्? परमेश्‍वरका वचनहरू सुन्दा तिनीहरू थपक्क बस्नै सक्दैनन्—यहाँ के भइरहेको छ? यसले तिनीहरूभित्रको आत्मा असाधारण छ, यो सत्यताप्रति वितृष्ण र परमेश्‍वरप्रति वैरी आत्मा हो भन्‍ने प्रमाणित गर्छ। परमेश्‍वरका वचनहरू सुन्‍नेबित्तिकै तिनीहरू भित्री रूपमा झर्को मान्छन्, र तिनीहरूभित्रको पिशाच सल्बलाउँछ, र यसकारण तिनीहरू थपक्क बस्नै सक्दैनन्। यही नै ख्रीष्टविरोधी सार हो। त्यसकारण, बाहिरबाट ख्रीष्टविरोधीहरू आफ्ना धारणाहरूसँग मेल नखाने परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्छन्। तर यो “आफ्ना धारणाहरूसँग मेल नखाने” भन्‍नाले वास्तवमा के जनाउँछ? यसले प्रस्ट रूपमा तिनीहरूले यी वचनहरूलाई निन्दा गर्छन्, यी वचनहरू परमेश्‍वरबाट आएका हुन् भनी मान्दैनन् र यिनलाई सत्यताको रूपमा वा मानिसहरूलाई मुक्ति दिने जीवन मार्गको रूपमा मान्दैनन्। तिनीहरूका धारणाहरूअनुसार नहुनु भनेको त एउटा बहाना अर्थात् सतही कुरा मात्र हो। तिनीहरूका धारणाहरूसँग मेल नखानु भन्‍नुको अर्थ के हो? के परमेश्‍वरले बोल्नुभएका यी सबै वचनहरूबारे हरव्यक्तिका कुनै पनि धारणाहरू हुँदैनन् र? के हरव्यक्तिले यिनलाई परमेश्‍वरका वचनहरूको रूपमा अर्थात् सत्यताको रूपमा स्विकार्न सक्छ त? सक्दैन—हरव्यक्तिले, धेरथोर मात्रामा, कुनै न कुनै तहमा, केही सोच, धारणा, वा दृष्टिकोणहरू बोकेको हुन्छ जुन परमेश्‍वरका वचनहरूसित बाझिन्छन् वा विरोधाभासी हुन्छन्। तर धेरैजसो मानिसहरूमा सामान्य चेतना हुन्छ, र यस चेतनाले तिनीहरूलाई आफ्ना धारणाहरूसँग मेल नखाने परमेश्‍वरका वचनहरू सामना गर्दा उत्पन्‍न हुने मनोवृत्तिलाई जित्न मदत गर्न सक्छ। तिनीहरूको चेतनाले तिनीहरूलाई यसो भन्छ, “यो मेरा धारणाहरूसँग मेल नखाए पनि, यी परमेश्‍वरका वचनहरू नै हुन्; यो मेरा धारणाहरूसँग मेल नखाने, म यसलाई सुन्‍न हिचकिचाउने, मलाई यो गलत हो भन्‍ने लाग्ने, र मलाई यो मेरा सोचहरूसँग बाझिन्छन् भन्‍ने लाग्ने भए पनि, यी वचनहरू सत्यता नै हुन्। म बिस्तारै यिनलाई स्विकार्नेछु, र कुनै दिन जब म यो सबै कुरा चिन्छु, तब म मेरा धारणाहरू त्याग्नेछु।” तिनीहरूको चेतनाले तिनीहरूलाई पहिला आफ्ना धारणाहरू पाखा लगाउनू, तिनीहरूका धारणाहरू सत्यता होइनन् र तिनले परमेश्‍वरका वचनहरूलाई प्रतिस्थापित गर्न सक्दैनन् भन्छ। तिनीहरूको चेतनाले तिनीहरूलाई आफ्ना धारणा र दृष्टिकोणहरूद्वारा परमेश्‍वरका वचनहरूको प्रतिरोध गर्नुको साटो समर्पण र इमानदारीको मनोवृत्तिले परमेश्‍वरका वचनहरू स्विकार्नू भन्छ। तसर्थ, तिनीहरूले परमेश्‍वरका वचनहरू सुन्दा, आफ्ना धारणासँग मेल खानेहरूलाई स्विकार्न र बसेर शान्त रूपले सुन्‍न सक्छन्। अनि तिनीहरूका धारणाहरूसँग मेल नखाने वचनहरूबारे पनि तिनीहरू समाधानहरू खोजिरहेका हुन्छन्, आफ्ना धारणाहरूलाई पाखा लगाएर परमेश्‍वरसँग मिल्दो हुने प्रयत्न गर्छन्। धेरैजसो चेतनशील मानिसहरूको सामान्य व्यवहार यही हो। तर “आफ्ना धारणाहरूसँग मेल नखाने” भनेर ख्रीष्टविरोधीहरूले उल्लेख गर्ने कुरा साधारण मानिसहरूले भनेजस्तो होइन। ख्रीष्टविरोधीहरूको मामलामा, यसका गम्भीर समस्याहरू छन्; यो पूर्णतया परमेश्‍वरका कार्य, वचन, सार र स्वभावभन्दा उल्टो, अर्थात् शैतानी स्वभाव सारको कुरा हो। तिनीहरूको मामलामा, यो परमेश्‍वरका वचनहरूको निन्दा, ईशनिन्दा, र उपहास हो। तिनीहरू परमेश्‍वरले बोल्नुभएको यो सामान्य र सजिलै बुझिने मानव भाषा सत्यता होइन र यसले मानिसहरूलाई मुक्ति दिने नतिजा हासिल गर्न सक्दैन भन्‍ने विश्‍वास गर्छन्। ख्रीष्टविरोधीहरूले “आफ्ना धारणाहरूसँग मेल नखाने” भन्‍नुको ठ्याक्कै अर्थ यही हो। त्यसोभए यसको सार के हो त? वास्तवमा, यो परमेश्‍वरको निन्दा, अस्वीकार, र ईशनिन्दा हो।

जब परमेश्‍वरले मानवताको दृष्टिकोणबाट अर्थात् तेस्रो पक्षीय दृष्टिकोणबाट मानव भाषाका ढाँचा, संरचना, र शब्दावली प्रयोग गरेर मानिसहरूसित बोल्नुहुन्छ, तब ख्रीष्टविरोधीहरू यी वचनहरू पर्याप्त मात्रामा गहन हुँदैनन्, परमेश्‍वरका वचन भन्‍न योग्य हुँदैनन् भन्‍ने विश्‍वास गर्छन्, त्यसकारण तिनीहरू यी वचनहरू स्विकार्नुभन्दा मर्न तयार हुन्छन्। कतिपय मानिसहरू भन्छन्, “तपाईं तिनीहरूले स्विकार्दैनन् भन्‍नुहुन्छ, तर तिनीहरूले पनि परमेश्‍वरका वचनहरू खाने र पिउने गर्छन्, कहिलेकाहीँ तिनीहरूमा आत्मिक भक्ति हुन्छ, र कहिलेकाहीँ तिनीहरूले हामीसँग सङ्गति गर्दा, परमेश्‍वरका वचनहरूसमेत उद्धृत गर्छन्। तपाईं त्यसलाई कसरी व्याख्या गर्नुहुन्छ?” त्यो फरक मामला हो; त्यो सतही कुरा मात्र हो, मूल रूपमा त ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई यसरी परिभाषित गर्छन्: “मानिसको देहधारी पुत्रले बोलेका वचनहरू सत्यतासँग समेत बराबर हुँदैनन्, परमेश्‍वरका वचनहरूसँग बराबर हुने त कुरै छाडौँ, त्यसकारण मैले तिनलाई स्विकार्न, खान, पिउन वा तीप्रति समर्पित हुन आवश्यक छैन।” तर परमेश्‍वर देहधारी हुनुभएको देहले आत्माको दृष्टिकोणबाट अर्थात् ईश्‍वरत्वको दृष्टिकोणबाट व्यक्त गर्नुभएको भाग, अर्थात्—सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू—को हकमा भन्‍नुपर्दा, यो ख्रीष्टविरोधीहरूले देख्न सक्ने तर तिनीहरू पुग्न नसक्ने कुरा हो। यो तिनीहरू निकै उत्साही हुने परमेश्‍वरका वचनहरूको पाटो हो। यो चाखले के जनाउँछ? यसले ख्रीष्टविरोधीहरूले यी वचनहरूमाथि र्‍याल चुहाउनु र यस्तो सोच्नुलाई जनाउँछ, “तिम्रो वाणीको ठ्याक्कै यही भागकै कारण तिमीजस्तो महत्त्वहीन, मामुली, र हाम्रो नजरमा केही न कामको व्यक्ति परमेश्‍वर बनेको छ। यो अत्यन्तै पक्षपात भयो, न्याय नै भएन!” तर तिनीहरूलाई एउटा पक्षचाहिँ “खुसी मान्‍नलायक” लाग्छ। ठ्याक्कै भन्‍नुपर्दा, परमेश्‍वरका वचनहरूको यो भागको अभिव्यक्तिकै कारण स्वर्गको परमेश्‍वरलाई आदर र श्रद्धा गर्ने तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहना पूरा हुन्छन्। यसले तिनीहरूको लागि नयाँ दायरा खोल्छ र तिनीहरू यसो भन्छन्, “क्या गजब, परमेश्‍वर साँच्चिकै परमेश्‍वर रहेछन्! यी तेस्रो स्वर्गका परमेश्‍वर, अर्थात् सबैभन्दा महान् परमेश्‍वर हुन्। उनी वास्तवमै परमेश्‍वर बन्‍न लायक छन्; यस्ता वचनहरू बोल्नु भनेको चानचुनै कुरै होइन। मानवले एउटा पनि वाक्य बुझ्न सक्दैन, यी वचनहरू अत्यन्तै गहन छन्, अगमवक्ताका अगमवाणीहरूभन्दा पनि गहन छन्!” ख्रीष्टविरोधीहरूले यी वचनहरू पढ्दैपिच्छे तिनीहरूको हृदय ईर्ष्या र डाहले भरिएको हुन्छ, र स्वर्गको परमेश्‍वरप्रति प्रशंसाले भरिएको हुन्छ। तिनीहरूले यी वचनहरू पढ्दैपिच्छे आफूले परमेश्‍वरलाई सबैभन्दा बढी प्रेम गर्ने महसुस गर्छन्; तिनीहरूले यी वचनहरू पढ्दैपिच्छे आफू परमेश्‍वरसँग सबैभन्दा नजिक रहेको महसुस गर्छन्। यी वचनहरूले परमेश्‍वरबारे तिनीहरूको जिज्ञासा उच्चतम मात्रामा पूरा गर्छन्। यस भागको परमेश्‍वरको वाणीमा, तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरले बोल्नुभएका प्रत्येक वाक्यहरूको प्रसङ्ग, यसले हासिल गर्न चाहेको अन्तिम प्रभाव, वा यसको अन्तर्निहित अर्थ बिलकुलै बुझ्न नसक्ने भए पनि, अझै तिनीहरूले यस भागका उहाँका वचनहरूलाई ठूलो अपेक्षासाथ प्रतीक्षा गर्छन्। किन? किनकि यो भाग बुझ्न गाह्रो छ, यसमा देहधारी परमेश्‍वरमा देखिएको मानवताको आभास छैन, यो मानवताको दृष्टिकोणबाट वा तेस्रो पक्षीय दृष्टिकोणबाट बोलिएको छैन। यस भागमा, तिनीहरूले परमेश्‍वरको महान्‌ता, र उहाँको अथाहपन देख्छन्, र उहाँलाई देख्न सकिने तर पुग्न नसकिने कुराको रूपमा पनि बुझ्छन्। जति त्यसो हुन्छ, त्यति नै तिनीहरूले स्वर्गको परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, र धर्तीको परमेश्‍वर अत्यन्तै महत्त्वहीन हुनुहुन्छ, उहाँमा विश्‍वास गर्न कठिन छ, र उहाँ विश्‍वास गर्न लायक हुनुहुन्‍न भन्‍ने ठान्छन्। परमेश्‍वरका वचनहरूको यही भागको कारण कतिपय मानिसहरूले आखिरी दिनहरूको परमेश्‍वरको काम स्विकारेका हुन् भन्‍नु अतिशयोक्ति हुँदैन। कतिपय त विशेषगरी यी वचनहरूकै लागि आखिरी दिनहरूको परमेश्‍वरको काममा आएका छन्, र कतिपयचाहिँ यहाँ उहाँका वचनहरूको यो भाग पूरा हुने प्रतीक्षा मात्र गरिरहेका छन्। अझ भन्‍ने हो भने, यी वचनहरूमार्फत कतिपयले स्वर्गको परमेश्‍वरको अस्तित्व पुष्टि गरेका छन् र यसकारण धर्तीको परमेश्‍वरको नम्रता र महत्त्वहीनतालाई झनै बढी तिरस्कार गर्छन्। तिनीहरूले उहाँका वचनहरूको यो भाग जति बढी पढ्छन्, त्यति नै बढी तिनीहरूलाई धर्तीको परमेश्‍वर अर्थात् देहधारी परमेश्‍वरले अत्यन्तै सतही रूपमा बोल्नुहुन्छ भन्‍ने महसुस हुन्छ। तिनीहरू भन्छन्, “तिम्रा वचनहरू बुझ्न ज्यादै सजिला छन्। तिमी किन त्यस्तो कुरा बोल्दैनौ जुन हामीले बुझ्नै नसकौँ? तिमी किन केही रहस्यहरूबारे बोल्दैनौ? किन तेस्रो स्वर्गको भाषा नबोलेको? किन ईश्‍वरीय भाषामा नबोलेको? हामीलाई हाम्रो क्षितिज फैलाउन र दिमागलाई फराकिलो बनाउन देऊ। यदि तिमीले त्यसरी बोल्यौ र कार्य गर्‍यौ भने, के हाम्रो आस्था बढ्नेथिएन र? के हामीले तिम्रो प्रतिरोध गर्न रोक्नेथिएनौँ र? यदि तिमीले त्यो तरिकाले हामीसँग बोल्यौ र हामीलाई अगुवाइ गर्‍यौ भने, के तिम्रो हैसियत अझै उच्च हुनेथिएन र? त्यसपछि त हामीले तिमीलाई कसरी तिरस्कार गर्न सक्छौँ र?” के यो अलि बेमनासिब कुरा होइन र? यो पूर्णतया अविवेकी कुरा हो! के समझप्रतिरोधी मानिसहरूमा सामान्य मानवता हुन्छ र, के तिनीहरूमा सामान्य मानवताको सोचाइ हुन्छ र? (हुँदैन।) त्यसोभए, के यसप्रकारका ख्रीष्टविरोधीहरूमा, अर्थात् परमेश्‍वरका वचनहरूप्रति यसरी प्रतिक्रिया जनाउने मानिसहरूमा, सामान्य चेतना हुन्छ? (हुँदैन।) कहिलेकाहीँ मानिसहरू गफ गरिरहेको भेटेमा म तिनीहरूसँगै कुराकानीमा सामेल हुन्छु। तर अचम्मको कुरा, तिनीहरूले यति उच्च विषयहरूमा कुरा गर्छन् कि म बीचमा बोल्न वा छलफलमा संलग्न हुनै सक्दिनँ। तिनीहरू यसो भन्छन्, “तिमी यसमा अट्दैनौ भन्‍ने प्रस्टै छ। तिमी तेस्रो स्वर्गको भाषा बोल्न सक्दैनौ। हामी तेस्रो स्वर्गको भाषा बोलिरहेका छौँ, जुन साधारण मानिसहरूले बुझ्नै सक्दैनन्। त्यसैले तिमी परमेश्‍वर भएर के भो त? तिमीले अझै पनि बुझ्न सक्दैनौ, त्यसकारण हामीले तिमीलाई सामेल गराउनु हुँदैन।” ल भन् त, यस्ता परिस्थितिहरूमा मैले के गर्नुपर्छ? मानिसहरूले समझदार हुन सिक्नुपर्छ। जब म तिनीहरूले तेस्रो स्वर्गको यस्तो उच्च र शक्तिशाली भाषा बोलेको देख्छु, र जब म त्यो स्तरमा पुग्न सक्दिनँ, तब मैले आफूलाई मूर्ख तुल्याउनुभन्दा निस्केर हिँड्नुपर्छ। कतिपय ख्रीष्टविरोधीहरूले खुलेआम यी झूटो शिक्षा, भ्रम, र खोक्रो रूपमा अव्यावहारिक वचनहरू प्रचार गर्छन्, जुन प्रस्ट रूपमा शैतानबाट, प्रधान स्वर्गदूतबाट उत्पत्ति हुन्छ। तिनीहरूले बोल्ने वचनहरू परिष्कृत र उच्च सुनिन्छन्, जुन अधिकांश सामान्य मानिसहरूको पहुँचबाहिर हुन्छन्। पहुँचबाहिर हुनु भन्‍नुको अर्थ के हो? यसको अर्थ तैँले त्यो सुन्‍नेबित्तिकै त्यो दुष्ट कुराकानी हो, र त्यसलाई अस्वीकार गर्नुपर्छ भनेर थाहा पाउँछस्।

ख्रीष्टविरोधीहरूले आफ्ना धारणाहरूसँग मेल नखाने परमेश्‍वरका वचनहरूलाई नकार्नुको सार के हो? के तैँले प्रस्ट रूपमा यो कुरा देखेको छस्? तिनीहरूले वास्तवमा परमेश्‍वरका यी वचनहरू पढ्दासमेत पढ्दैनन्। सुरुमा, जिज्ञासाको कारण तिनीहरूले परमेश्‍वरका वचनहरू देखावटी रूपमा सरसरती पढ्छन्। एकपटक हेरेपछि, तिनीहरूले सोच्छन्, “यी अधिकांश वचनहरू पढ्नलायक छैनन्, तिनमा कुनै व्यावहारिक, मूल्यवान्, वा उल्लेखनीय कुरा, र गहन अनुसन्धान गर्नलायक केही छैन।” पढ्दै जाँदा, तिनीहरू सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू भन्‍ने भागमा पुग्छन्। तिनीहरूले यस भागमा उचाइ र गहिराइसहितको ईश्‍वरीय भाषाको स्वाद भएको, र यो मानवले खोजबिन र अनुसन्धान गर्न लायक भएको महसुस गर्छन्—यो तिनीहरूको रुचिसुहाउँदो हुन्छ। अब तिनीहरू केको अपेक्षा गरिरहेका छन्? “यस भागबारे कसले बुझाउन सक्छ? परमेश्‍वरको अभिप्राय ठ्याक्कै के हो? परमेश्‍वरका वचनहरूको हरेक अनुच्छेदको अर्थ के हो, र त्यो कसरी पूरा हुनेछ?” ख्रीष्टविरोधीहरूले सबैभन्दा बढी पत्ता लगाउन चाहने कुरा नै यही हो, तर तिनीहरू आफै यो कुरा बुझ्न सक्दैनन्। तिमीहरूलाई के लाग्छ, के तिनीहरूलाई भन्‍नुपर्छ? (भन्‍न आवश्यक छैन।) किन आवश्यक छैन? के दियाबलसहरू परमेश्‍वरका वचनहरू सुन्‍न योग्य हुन्छन्? के तिनीहरू परमेश्‍वरका रहस्यहरू जान्‍न योग्य छन्? (छैनन्।) परमेश्‍वरका रहस्यहरू उहाँलाई विश्‍वास गर्ने, पछ्याउने र उहाँमा समर्पित हुनेहरूसमक्ष प्रकट गरिन्छ, तर दियाबलस र शैतानबाट लुकाइन्छ, तिनीहरू त्यसको लायक नै हुँदैनन्। त्यसकारण, यदि कुनै दिन परमेश्‍वरले उहाँका वचनहरूको यस भागका रहस्यहरू र सार, साथै यी वचनहरूका जड र प्रसङ्ग खुलासा गर्ने निर्णय गर्नुभयो भने, यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई प्रकट गरिनेछ, र तिनीहरूलाई थाहा दिइनेछ, तर शैतान र दियाबलसहरूलाई कहिल्यै प्रकट गरिनेछैन। यदि तिमीहरू सत्यता पछ्याउने मानिसहरू हौ र सौभाग्यले अन्त्यसम्म रहन सक्यौ भने, तिमीहरूले उहाँका वचनहरूको यो भागको विषयवस्तु बुझ्ने अवसर पाउनेछौ। परमेश्‍वरका वचनहरूमा, अनि उहाँको काममा पनि धेरै रहस्यहरू छन्। उदाहरणको लागि, परमेश्‍वरको हालको देहधारण; बाइबलमा र यसअघिका भविष्यवाणीहरूमा, यसबारे धेरथोर, र ठूलो-सानो मात्रामा खासै प्रस्ट नभएका केही अगमवाणीहरू भए पनि, यी सबै अगमवाणीहरू निकै गोप्य छन्। परमेश्‍वरको हालको देहधारण, सम्पूर्ण मानवजातिमाझ र पूरै छ-हजार वर्षे व्यवस्थापन योजनाभर, सबैभन्दा ठूलो रहस्य र सबैभन्दा गोप्य मामला हो। मानवहरूलाई थाहा छैन, स्वर्गदूतहरूलाई थाहा छैन, परमेश्‍वरको सारा सृष्टिलाई थाहा छैन; सबैभन्दा सक्षम शैतानलाई समेत यस मामलाबारे थाहा छैन। त्यसलाई किन थाहा छैन? यदि परमेश्‍वरले बताउन चाहनुभयो भने, के त्यसले अति सजिलै थाहा पाउनेथिएन र? त्यसोभए त्यसलाई किन थाहा छैन? एउटा कुराचाहिँ निश्‍चित छ: परमेश्‍वर त्यसले थाहा पाओस् भन्‍ने चाहनुहुन्‍न। धेरै चिन्ह, अगमवाणी, र तथ्यहरूले यो घटनालाई औँल्याइरहेको, र यसको आगमनलाई इङ्गित र भविष्यवाणी गरिरहेको भए पनि, त्यसले थाहा पाओस् भनेर परमेश्‍वरले इच्छा नगर्नुहुन्जेलसम्‍म शैतानले कहिल्यै थाहा पाउनेछैन। यो तथ्य हो। जब परमेश्‍वरले त्यसले थाहा पाओस् भन्‍ने चाहनुहुन्छ तब उहाँले यो कुरा सिधै भन्‍नुहुनेछ। यदि परमेश्‍वरले यो कुरा भन्‍नुभएन र यसबारे बोल्नुभएन भने, यी तथ्यहरू र भविष्यदर्शी कुराहरू देखा परे पनि, परमेश्‍वरले त्यसलाई अन्धो पार्न सक्नुहुन्छ, र त्यसले यो कुरा थाहा पाउन सक्नेछैन। के शैतानको सामर्थ्य ठूलो छ र? त्यसलाई यस तरिकाले हेर्दा, ठूलो छैन। परमेश्‍वरको देहधारणजस्तो यति महत्त्वपूर्ण कार्यबारे भन्‍नुपर्दा, चाहे त्यो मानव संसारमा होस्, भौतिक संसारमा होस्, वा आत्मिक क्षेत्रमा होस्, के त्यसका केही चिन्हहरू हुनेथिएनन् र? यदि यी सबै चिन्हहरूलाई समग्रमा हेरिएमा, परमेश्‍वरले कार्यान्वयन गर्न चाहनुभएको यो कार्य सजिलै देखिनेथ्यो। त्यसोभए शैतानलाई त्यसबारे किन थाहा हुँदैन? परमेश्‍वरले ठूलो रातो अजिङ्गरको देशमा यतिका वर्ष काम गर्नुभएपछि पनि त्यसले किन परमेश्‍वरले गर्नुभएको यस कार्यको महत्त्व बुझ्दैन? त्यसले थाहा पाउन्जेलसम्‍ममा, यो कार्य पहिल्यै पूरा भइसकेको हुनेछ, शैतानले यसमा हस्तक्षेप गर्न सक्दैन, र यस कार्यका नतिजा र फल पहिल्यै निर्धारण भइसकेका हुनेछन्। त्यसबेलासम्म, के शैतानले सत्यता पत्ता लगाउन निकै ढिला हुँदैन र? के यसले “शैतान सधैँ परमेश्‍वरबाट पराजित शत्रु हुनेछ” भन्‍ने भनाइ पूरा गर्दैन र? कुरा ठ्याक्कै त्यही हो। ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरू मानव धारणा वा रुचिहरूसँग मेल नखाउन्जेल तिनीहरूले तिनलाई नकार्न सक्छन् र त्यसपछि परमेश्‍वर परमेश्‍वर हुन छोड्नुहुनेछ भन्‍ने गलत विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वरको देहधारणले उल्लेखनीय चिज केही हासिल गर्न सक्दैन, र त्यो तथ्य बन्‍न सक्दैन भन्ठान्छन्। के यो गम्भीर गल्ती होइन र? गलत आकलन गरेर तिनीहरू आफ्नै पासोमा फसेका छन्। तिनीहरू किन आफ्नै पासोमा फसेका छन्? ठ्याक्कै भन्‍नुपर्दा परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनहेतु मानव धारणाहरूसँग मेल नखाने वा भव्य नदेखिने यी साधारण वचनहरू प्रयोग गर्दै बोल्ने र काम गर्ने गर्नुहुन्छ। ठ्याक्कै भन्‍नुपर्दा यी साधारण वचनहरूका अन्तर्निहित विषयवस्तुमै परमेश्‍वरका अभिप्रायहरू, र सत्यता, मार्ग र जीवन हुन्छन्। भ्रष्ट मानवजातिलाई मुक्ति दिन र परमेश्‍वरको व्यवस्थापन योजना पूरा गर्न यी वचनहरू पर्याप्त छन्। यसैबीच, यी साधारण वचनहरूलाई निन्दा गर्नेहरूलाई हटाइनेछ, निन्दा गरिनेछ, र अन्त्यमा दण्ड दिइनेछ। तिनीहरूले यस्तो गलत सोच राख्छन्, “म तिम्रा यी वचनहरू स्विकार्नेछैनँ, म तिनलाई मूल्यवान् ठान्दिनँ! तिम्रा वचनहरू मेरा धारणाहरूसँग मेल खाँदैनन्, ती मेरा धारणा, दृष्टिकोण, वा सोच्ने तरिकासँग मेल खाँदैनन्, त्यसकारण म तिनलाई अस्वीकार गर्न सक्छु, म तिनलाई प्रतिरोध र निन्दा गर्न सक्छु, अनि त्यसपछि तिमीले केही हासिल गर्नेछैनौ!” तिनीहरू गलत छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका यी वचनहरू नस्विकार्नु भनेको तिनीहरू आफ्नै पासोमा फस्नु हो; परमेश्‍वरले कहिल्यै पनि तिनीहरूले स्विकारून् भन्‍ने अभिप्राय राख्नुभएन, तर किन? किनकि तिनीहरू शैतान र दियाबलसहरूका हुन्। परमेश्‍वरले कहिल्यै पनि तिनीहरूलाई मुक्ति दिने वा बदल्ने योजना गर्नुभएन; तथ्य यही हो। त्यसोभए, अन्तिम तथ्य के हो त? परमेश्‍वरका वचनहरू नकार्ने, निन्दा गर्ने र अस्वीकार गर्ने काम गरेपछि ख्रीष्टविरोधीहरू परमेश्‍वरद्वारा निन्दित र तिरस्कृत हुन्छन्। यसबाट तिमीहरूले के बुझ्नुपर्छ? परमेश्‍वरका वचनहरू मानव धारणा र कल्पनाहरूसँग मेल नखानु नै तैँले तिनलाई नस्विकार्ने कारण बन्‍नु हुँदैन। परमेश्‍वरका वचनका भागहरू तेरा धारणाहरूसँग मेल नखानुको अर्थ यो होइन कि ती सत्यता होइनन्, र त्यसैको कारणले तैँले तिनलाई नकार्नु हुँदैन। त्यसको उल्टो, परमेश्‍वरका वचनहरू तेरा धारणाहरूसँग जति मेल खाँदैनन्, त्यति नै धेरै तैँले आफ्ना धारणाहरू पन्छाएर सत्यता खोज्नुपर्छ। परमेश्‍वरका वचनहरू तेरा धारणाहरूसँग जति मेल खाँदैनन्, त्यति नै धेरै तिनले तँसित के छैन, तँमा केको कमी छ, तैँले आफूमा के भर्नुपर्छ, र विशेषगरी तैँले के कुरा बदल्न र केमा प्रवेश गर्न खोज्नुपर्छ भन्‍ने कुरा जनाउँछन्। तिमीहरूले बुझ्नुपर्ने कुरा यही हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्