विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग पाँच) खण्ड दुई
के तिमीहरूसँग परमेश्वरका वचनहरूलाई छेडछाड गर्ने र अर्थ्याउने प्रकटीकरणका कुनै उदाहरणहरू छन्? (समूहगायन एल्बमको बीसौँ भिडियो निर्माणको क्रममा, परमेश्वरले धर्मशास्त्र पाठहरू एकएक गरेर पर्दामा सूचीबद्ध गर्न निर्देशन दिनुभयो। त्यो बेला, केही दाजुभाइ-दिदीबहिनीहरूले धर्मशास्त्र पाठहरू ज्यादै लामो भएको पाए र तिनीहरूले केही वाक्यांशहरू मेटाए। पछि, परमेश्वरले यो कुरा थाहा पाउनुभयो र निकै कठोर रूपमा चिरफार गर्दै यो परमेश्वरका वचनहरूको निन्दा हो भनेर भन्नुभयो।) बाइबलमा अभिलिखित परमेश्वरका मूल वचनहरूबारे भन्नुपर्दा, ती परमेश्वरका वचनहरू हुन् र तिनलाई मानिसहरूले हेरफेर गर्नु हुँदैन, साथै कतिपय अगमवक्ताका अगमवाणीहरूमा पनि यही कुरा लागु हुन्छ; ती पनि परमेश्वरका वचनहरू नै हुन्, ती परमेश्वरद्वारा प्रेरित कुरा हुन् र तिनलाई पनि हेरफेर गर्नु हुँदैन। मेरो विचारमा, ती वचनहरू मूल भाषामा नभई अनूदित भए पनि, धेरै वर्षको परिमार्जनपछि अनूदित वचनहरूको अर्थ धेरै मात्रामा सही नै रहिआएको छ। तैँले यो कुरा मान्नुपर्छ। त्यसकारण, ती वचनहरूलाई नियमित सङ्गतिमा प्रयोग गर्दा तिनलाई पूरै भन्नु आवश्यक छैन; केवल चुरो कुरो बताए पुग्छ। तर वास्तविक तथ्यहरू परिवर्तन गरिनु हुँदैन। यदि उद्धृत गर्नुपर्यो भने, मूल वाक्यहरूलाई पूरै उद्धृत गरिनुपर्छ। यो सिद्धान्त कस्तो लाग्छ? (राम्रो।) तर किन यस तरिकाले गर्नुपर्यो? कति मानिसहरू भन्छन्, “ती सबै विगतका कुरा हुन्, के हामी यति गम्भीर हुन आवश्यक छ र?” होइन, यो त मनोवृत्ति, अर्थात् मानसिकताको कुरा हो। चाहे विगत, वर्तमान वा भविष्य जहिलेसुकै होस्, परमेश्वरका वचनहरू परमेश्वरका वचनहरू नै हुन् र तिनलाई मानव शब्दहरूसँग बराबर ठान्नु हुँदैन। मानिसहरूले परमेश्वरका वचनहरूलाई अत्यन्तै गम्भीर मनोवृत्तिले हेर्नुपर्छ। बाइबललाई मूल भाषाबाट विविध भाषाहरूमा अनुवाद गरिएपछि, कतिपय अर्थहरू मूल अर्थसँग ठ्याक्कै नमिल्न सक्छन्, वा अनुवाद र मूल पाठका एउटै वाक्यबीच अन्तरहरू हुन सक्छन्। अनुवादकहरूले “नोट: यस्तो यस्तो हो” भनेर थप्न सक्छन्, वा कोष्ठकमा “अथवा … भनेर अनुदित” भनी थप्न सक्छन्। के तिमीहरूलाई बाइबलका मूल पाठहरू अनुवाद गर्ने सबै मानिसहरू परमेश्वरका विश्वासी थिए भन्ने लाग्छ? (थिए नै भन्न सकिन्न।) तिनीहरू निश्चय नै परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मानिसहरू थिएनन्, त्यसैले तिनीहरूले कसरी यो काम यति दुरुस्त रूपमा सम्हाल्न सक्थे र? गैरविश्वासीहरू यसलाई व्यावसायिकता भन्ने गर्छन्, तर परमेश्वरका विश्वासीहरूले यसलाई परमेश्वरको डर मान्ने हृदय भएको भनेर भन्नुपर्छ। यदि तँसित यति पनि परमेश्वरको डर मान्ने हृदय छैन भने, के तँ अझै पनि परमेश्वरको विश्वासी होस् र?
तँसित परमेश्वरका वचनहरूप्रति भक्त मनोवृत्ति हुनुपर्छ, साथै भेला भएर तैँले परमेश्वरका वचनहरूमाथि सङ्गति गर्दा, ती पढिसकेपछि, तैँले आफ्नो ज्ञान र यी अनुभवहरूबाट सिकेका कुराहरूबारे बोल्दा आफ्ना व्यक्तिगत अनुभवहरू जोड्न सक्छस्। तर तैँले परमेश्वरका वचनहरूलाई तेरो आफ्नै निजी कामको रूपमा लिन र जसरी मन लाग्छ त्यसरी अर्थ्याउनु हुँदैन। परमेश्वरको वचनलाई तेरो व्याख्याको जरुरत पर्दैन, न त तैँले तिनलाई स्पष्ट र बुझ्ने गरी व्याख्या नै गर्न सक्छस्। तँसँग केही अन्तर्दृष्टि र ज्योति वा अनुभव हुनु नै पर्याप्त छ, तर सत्यताको व्याख्या गर्ने कोसिस गर्नु, वा मानिसहरूलाई परमेश्वरका अभिप्रायहरूबारे बुझाउनको निम्ति तेरो व्याख्याको प्रयोग गर्नु असम्भव हुनेछ। यस तरिकाले काम गर्नु गलत हो। उदाहरणका लागि, कतिपय मानिसहरूले परमेश्वरका वचनहरूमा परमेश्वरले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा पढ्छन्। एकपटक परमेश्वरले मानिसलाई भन्नुभयो, “तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ” (मत्ती ५:३७)। आज, परमेश्वरका वचनहरूले पनि मानिसहरूलाई इमानदार हुन आह्वान गर्छन्। त्यसोभए परमेश्वरका वचन र मापदण्डहरूप्रति लिनुपर्ने सही मनोवृत्ति कस्तो हुनुपर्छ? परमेश्वरका वचनहरूमा खोज्: परमेश्वरले भन्नुभयो, “तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्ने होस्।” त्यसोभए, जो परमेश्वरका नजरमा इमानदार छन्, तिनीहरूले ठ्याक्कै कस्तो व्यवहार गर्छन्? इमानदार मानिसहरू कसरी बोल्छन्, तिनीहरू कस्तो कार्य गर्छन्, तिनीहरूले आफ्नो कर्तव्यलाई कसरी हेर्छन्, र तिनीहरू कसरी अरूसँग सौहार्दपूर्ण तरिकाले सहकार्य गर्छन्? मानिसहरूले यी सिद्धान्त र अभ्यासका मार्गहरूको निम्ति परमेश्वरको वचनको खोजी गर्नुपर्छ र तिनीहरू उहाँले माग गर्नुहुने इमानदार मानिस बन्नुपर्छ। यो सही मनोवृत्ति हो, सत्यता खोज्नेहरूसँग हुनुपर्ने मनोवृत्ति यही हो। त्यसोभए सत्यतालाई खोजी वा प्रेम नगर्नेहरू, साथै परमेश्वर र उहाँका वचनहरूको डर मान्ने हृदय नहुनेहरू कस्तो व्यवहार गर्छन्? परमेश्वरका वचनहरू पढेपछि तिनीहरूले सोच्छन्, “परमेश्वर मानिसहरू इमानदार होऊन् भन्ने माग गर्नुहुन्छ; यसअघि प्रभु येशूले भनेको नै त्यही हो। आज परमेश्वर फेरि एकपटक मानिसहरूलाई इमानदार हुनुपर्छ भन्दै हुनुहुन्छ। मलाई थाहा छ—के इमानदार मानिसहरू तिनै होइनन् जो निष्कपट छन्? के यो मानिसहरूले भनेजस्तो सोझा मानिसहरू सधैँ सफल हुन्छन्, असल व्यक्तिको जीवनमा शान्ति हुन्छ र निष्कपट मानिसहरूलाई ठग्नु पाप हो भन्ने होइन र? हेर, निष्कपट मानिसहरूले भोगेका अन्यायहरूलाई परमेश्वरले सच्चाउँदै हुनुहुन्छ।” के यी वचनहरू सत्यता हुन्? के यी तिनीहरूले परमेश्वरका वचनहरूबाट पहिचान गरेका सत्यता सिद्धान्तहरू हुन्? (होइनन्।) त्यसो भए यी वचनहरू के हुन्? के तिनलाई विधर्म र भ्रम भन्न सकिन्छ? (सकिन्छ।) जसमा आत्मिक बुझाइ नै छैन र जो सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरूले सधैँ परमेश्वरका वचनहरूलाई मानवजातिमाझ सुन्दा राम्रो र सही सुनिने भनी विश्वास गरिएको कुरासँग जोड्छन्। के यो परमेश्वरका वचनहरूको अवमूल्यन गर्नु होइन र? के यो सत्यतालाई मानवजातिमाझको एक प्रकारको नारा, आफूलाई कसरी आचरणमा ढाल्ने भन्ने कुराको एउटा तर्कका रूपमा वर्णन गर्नु होइन र? परमेश्वरले मानिसहरूलाई इमानदार हुन आह्वान गर्नुहुन्छ, तर यी मानिसहरू इमानदारहरूले कस्तो व्यवहार गर्छन्, कसरी इमानदार हुने, र इमानदार हुनुका नियमहरू के-के हुन् भन्ने कुराहरू बेवास्ता गर्छन्, र निःसङ्कोच भएर, परमेश्वरले नै मानिसहरूलाई निष्कपट हुन भन्नुहुन्छ भनेर व्यक्त गर्छन्, र निष्कपट, बेकामे र मूर्खहरू सबै इमानदार हुन्छन् भनेर भन्छन्। के यो परमेश्वरका वचनहरूको अपव्याख्या होइन र? तिनीहरूले परमेश्वरका वचनहरूको अपव्याख्या गर्छन्, तैपनि अझै आफूलाई धेरै चलाख सोच्छन्, र सँगसँगै परमेश्वरका वचनहरू योभन्दा बढी केही पनि होइनन् भन्ने सोच्छन्: “सत्यता त्यति गहन छैन, के यो निष्कपट व्यक्ति हुनु मात्र होइन र? निष्कपट व्यक्ति बन्नु निकै सामान्य कुरा हो: चोरी गर्ने, मानिसहरूलाई गाली दिने वा अरूलाई हिर्काउने काम नगर्। ‘ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्नू।’ सबै कुरामा अरूप्रति नरम बन्नू, आफूलाई कडाइ गर्नू र अरूलाई सहनू, असल बन्नू अनि असल व्यक्तिको जीवनमा शान्ति हुन्छ।” तिनीहरू धेरै बोल्छन्, तर ती कुनै पनि सत्यतासँग मेल खाँदैनन्; यो झूटो शिक्षा र भ्रमबाहेक केही पनि होइन। परमेश्वरका वचनहरूसँग यसको केही सम्बन्ध छ जस्तो देखिन्छ, तीसँग यसको थोरै सम्बन्ध भएजस्तो देखिन्छ, तर जब व्यक्तिले मनन गर्छ र उक्त मामलालाई खुट्ट्याउँछ, तब उसले यो भ्रामक भनाइ मात्र हो, मानिसहरूको सोचमा बाधा दिने भ्रमबाहेक अरू केही होइन भनेर थाहा पाउँछ। उदाहरणको लागि, परमेश्वरले भन्नुहुन्छ कि उहाँको सारमा प्रेम छ, र उहाँले मानिसलाई प्रेम गर्नुहुन्छ। मानिसप्रतिको परमेश्वरको प्रेम उहाँले भन्नुहुने कुरा, मानिससित व्यवहार गर्ने उहाँको तरिका, मानिसलाई मुक्ति दिने उहाँको श्रमसाध्य अभिप्राय, र उहाँले मानिसमा जे-जसरी काम गर्नुहुन्छ त्यसका अनेकौँ पक्षहरूमार्फत मानिसहरूलाई देखाइन्छ, अनि मानिसलाई उहाँको मुक्ति देखाइने कार्यसँगसँगै मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्राय र परमेश्वरले जुन माध्यममार्फत मानिसहरूलाई मुक्ति दिनुहुन्छ त्यो पनि प्रस्ट पारिन्छ, ताकि मानिसहरूले परमेश्वरको प्रेम चिनून्। आत्मिक बुझाइ नभएका ती मानिसहरूले के सोच्छन्? “परमेश्वर मानिसलाई प्रेम गर्ने परमेश्वर हुनुहुन्छ, परमेश्वरले हरेक व्यक्तिले मुक्ति पाओस् भन्ने चाहनुहुन्छ र कोही पनि अनन्त कष्ट भोग्न परोस् भन्ने चाहनुहुन्न। परमेश्वरले फर्किआएको फजुलखर्चे छोरो सुनभन्दा मूल्यवान् हुन्छ भनेर भन्नुभएको छ।” के परमेश्वरले यसो भन्नुभयो? के यी परमेश्वरका मूल वचनहरू हुन्? (होइनन्।) तिनीहरूले अरू के-के भन्छन्? “साततले मन्दिर बनाउनुभन्दा एउटा जीवन बचाउनु ठूलो हो” र “बुद्ध उपकारी हुनुहुन्छ।” के तिनीहरूले कुरा उल्टाइरहेका छैनन् र? प्रस्टै छ, तिनीहरू आत्मिक, परमेश्वरका वचनहरू बुझ्ने, र सत्यतालाई प्रेम गर्ने भएको नाटक मात्र गरिरहेका छन्; तिनीहरू स्पष्टतः बाहिरिया, साधारण, र आत्मिक बुझाइबिनाका मूर्ख मानिसहरू हुन्। मैले यस्ता धेरै मानिसहरू भेटेको छु—तिनीहरू अविवेकी मान्छेहरू हुन्, जो बोल्नमा निडर छन् तर तिनीहरूको दिमाग छैन, तिनीहरूका मनमा रहेका सोच र उब्जिने विचारहरू झूटो शिक्षा, भ्रम र छलबाहेक केही होइनन्। जोसँग अरूलाई भ्रममा पार्ने सबैभन्दा बढी शक्ति छ र जो अक्सर यी झूटो शिक्षा र भ्रमहरू, साथै मनासिब देखिने केही आध्यात्मिक तर्कहरू प्रयोग गरी अरूलाई भ्रममा पार्न, आफूले भनेको कुरा तिनीहरूलाई जबरजस्ती पालना र अभ्यास गराउन सक्छन्—यी मानिसहरू ख्रीष्टविरोधीहरू हुन्। हेर्दाखेरि तिनीहरू अत्यन्तै आत्मिक देखिन्छन्, अक्सर अरूसामु परमेश्वरको वचनका अनुच्छेदहरू उद्धृत गर्छन्, र मनलाग्दी रूपमा तिनलाई अर्थ्याइसकेपछि तिनीहरूले केही झूटो शिक्षा र भ्रमहरू छर्छन्। यस्ता मानिसहरू हरेक मण्डलीमा पाउन सकिन्छ। तिनीहरू मानिसहरूलाई सहयोग र अगुवाइ गर्ने नाममा परमेश्वरका वचनहरू उद्धृत गर्छन् र तीबारे सङ्गति गर्छन्, तर खासमा तिनीहरूले मानिसहरूमा न त परमेश्वरका वचनहरूका मानिसहरूप्रतिका मापदण्ड न त परमेश्वरका वचनहरूमा समावेश सत्यता सिद्धान्तहरू नै हालिरहेका हुन्छन्, बरु तिनीहरूले परमेश्वरका वचनहरूको आधारमा तोडमोड, व्याख्या र कल्पना गरेका झूटो शिक्षा र भ्रमहरू हालिरहेका हुन्छन्, र यसरी तिनीहरूले मानिसहरूलाई परमेश्वरका वचनहरूबाट तर्काउने र त्यसको साटो तिनीहरूको आज्ञापालन गर्ने तुल्याउने र मानिसहरूलाई बाधा दिने र भ्रममा पार्ने गरिरहेका हुन्छन्। उदाहरणको लागि, यसो भन्नेहरू पनि छन्: “उहाँको छ-हजार वर्षे व्यवस्थापन योजनाको काम गर्दा, परमेश्वरले सारा मानवजातिबाट त्यागिएको र प्रतिरोध गरिएको अनुभव गर्नुभएको छ; परमेश्वर परमेश्वर नै हुनुहुन्छ, र उहाँको हृदयका कुनै सीमा छैनन्! मानिसहरूले भनेजस्तै, ‘प्रधानमन्त्रीको हृदय डुङ्गा खियाउनका निम्ति पर्याप्त छ’ र ‘बदला लिन भलाद्मीलाई कहिल्यै ढिला हुँदैन।’ परमेश्वर कति सदाशयी हुनुहुन्छ!” हेर्दाखेरि, तिनीहरूले परमेश्वरबारे अनि परमेश्वरसँग जे छ र मानिसहरूको लागि उहाँ जे हुनुहुन्छ त्यसबारे गवाही दिइरहेका देखिन्छन्, तर तिनीहरूले वास्तवमा कस्तो सन्देश प्रवाह गरिरहेका छन्? के यो सत्यता हो? के यो साँच्चिकै परमेश्वरको सार हो? (होइन।) तिनीहरू कसको गवाही दिइरहेका छन्? तिनीहरू प्रधानमन्त्रीको गवाही दिइरहेका छन्। तिनीहरू परमेश्वरलाई प्रधानमन्त्री, अर्थात् कुनै भलाद्मीसँग दाँजिरहेका छन्—के यो ईशनिन्दा होइन र? के परमेश्वरका वचनहरूमा यस्ता शब्दहरू भेटिन सक्छन्? (सक्दैनन्।) त्यसोभए यी शब्दहरू कहाँबाट आए? शैतानबाट। ख्रीष्टविरोधीहरूले परमेश्वरको गवाही नदिने मात्र नभई, तथ्यहरू बङ्ग्याउने र परमेश्वरविरुद्ध ईशनिन्दा गर्ने, अनि जग नभएका, परमेश्वरमाथि साँचो आस्था नभएका, र सत्यता बुझ्न असक्षमहरूलाई अक्सर भ्रममा पार्ने काम पनि गर्छन्। यी मानिसहरू सानो कदका हुन्छन्, तिनीहरूको कुनै जग हुँदैन, र सत्यता बुझ्ने कुनै क्षमता हुँदैन, त्यसकारण तिनीहरू यी झूटो शिक्षा र भ्रमहरूमा फस्छन्। ख्रीष्टविरोधीहरू झूटो शिक्षा र भ्रमहरूलाई आत्मिक भनाइको रूपमा लिन्छन्, र परमेश्वरको प्रेमबारे यसो भन्छन्, “परमेश्वरले हरेक व्यक्तिले मुक्ति पाओस् भन्ने चाहनुहुन्छ र कोही पनि अनन्त कष्ट भोग्न परोस् भन्ने चाहनुहुन्न।” मानिसप्रति परमेश्वरले के मापदण्ड तोक्नुहुन्छ भन्नेबारे बोल्दा, तिनीहरूले बोल्ने अर्को कुरा “असल व्यक्तिको जीवनमा शान्ति हुन्छ” भन्ने हो। अनि परमेश्वरले मानिसका अपराधहरू नसम्झनुहुने र उहाँले तिनीहरूलाई पश्चात्ताप गर्ने मौका दिनुहुनेबारे तिनीहरू यसो भन्छन्, “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्नू।” के परमेश्वरका वचनहरूमा यस्ता शब्दहरू भेटिन सक्छन्? (सक्दैनन्।) मलाई किन यी शब्दहरू सुन्नेबित्तिकै यति धेरै रिस उठ्छ? किन यी शब्दहरूले मलाई यति झन्झट गराउँछन्? म किन यति चिढिन्छु? यी मानिसहरूले कति वर्षदेखि परमेश्वरका वचनहरू पढ्दै आएका छन्? के तिनीहरू मन्द बुद्धिवाल हुन्, कि तिनीहरू पागल भइसके? परमेश्वरका वचनहरूमा यस्ता कुराहरू कहाँ उल्लेखित छन्? परमेश्वरले मानिसहरू निष्कपट होऊन् भनेर कहिले भन्नुभयो? परमेश्वरले “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्नू” भन्ने भनाइ मानिसहरूले पालना गरून् भन्ने माग कहिले गर्नुभयो? के परमेश्वरले यसै गर्नुहुन्छ? तिनीहरूले बढावा दिने यी झूटो शिक्षा र भ्रमहरू मानवजातिप्रतिका परमेश्वरका मापदण्डहरू, उहाँका अभिप्रायहरू, र सत्यता सिद्धान्तहरूसँग कहाँ जोडिन्छन्? ती पूर्णतया असम्बन्धित छन्। उदाहरणको लागि, परमेश्वरले मानिसहरूलाई आकाङ्क्षा, सङ्कल्प, र पछ्याइहरू राख्न दिनुहुन्छ, तर ख्रीष्टविरोधीहरू यसो भन्छन्: “परमेश्वरले हामीलाई लक्ष्यहरू राख्न हौसला दिनुहुन्छ। यसलाई राम्रोसँग बुझाउने एउटा भनाइ छ: ‘जुन सिपाही जनरल बन्न चाहँदैन, ऊ असल सिपाही नै होइन।’” यो भनाइ एक प्रकारको सामाजिक प्रचलन, सामाजिक दृष्टिकोण हो—के यो परमेश्वरको घरमा प्रयोग गर्नु उचित हुन्छ? के यो उपयोगी छ? (छैन।) यो भनाइ परमेश्वरका वचनहरूमध्ये कुनसँग मिल्छ? के यो परमेश्वरका वचनहरूसँग सम्बन्धित छ? (छैन।) त्यसोभए ख्रीष्टविरोधीहरूले किन यो कुरा भन्छन् त? तिनीहरूले यो कुरा भन्नुको उद्देश्य तिनीहरू अत्यन्तै आत्मिक छन्, तिनीहरूमा परमेश्वरका वचनहरूको बुझाइ छ र तिनीहरूले ती वचनबाट अन्तर्दृष्टि पाएका छन्, तिनीहरूमा सत्यता बुझ्ने क्षमता छ, र तिनीहरू अज्ञानी आम मानिस होइनन् भनेर मानिसहरूलाई गहिरो रूपमा अनुभूत गराउनु हो। तर के यसबाट तिनीहरूको अपेक्षित उद्देश्य पूरा हुन्छ? यी वचनहरू सुनेपछि, के तिमीहरूलाई हृदयमा स्वीकार महसुस हुन्छ कि घिन? (घिन।) त्यसले तँलाई कुन रूपमा घिन महसुस गराउँछ? (ख्रीष्टविरोधीहरूले शैतानका भ्रमहरूलाई परमेश्वरका वचनहरूसँग जोड्छन्, र तिनलाई गलत अर्थ्याउँछन्। तिनीहरूले बोल्ने यी सबै शब्दहरूमा आत्मिक बुझाइ हुँदैन।) ख्रीष्टविरोधीहरूले आत्मिक बुझाइको कमी देखाउने शब्दहरू मात्र बोल्छन्, र मानिसहरूलाई ती सुनेपछि घिन लाग्ने र वितृष्ण हुने तुल्याउँछन्। स्पष्टै छ, तिनीहरू परमेश्वरका वचनहरू बुझ्न र बोध गर्न सक्दैनन्, र तिनीहरूमा परमेश्वरका वचनहरू बुझ्ने सामर्थ्य र क्षमता हुँदैन, तैपनि तिनीहरू तिनलाई बुझेको बहाना गर्छन् र निर्लज्ज रूपमा अरूसामु तिनलाई अर्थ्याउँछन्, र मानिसहरूलाई घिन लाग्ने र कुनै प्रबोधन नगर्ने, बरु मानिसहरूका मन विचलित बनाउने असान्दर्भिक र अनुभवहीन वचनहरू बोल्छन्। यो साँच्चिकै घृणित कुरा हो! तिमीहरूले यस्ता मानिसहरूलाई भेट्दा के गर्नुपर्छ? (तिनीहरूले जे भनिरहेका छन्, हामीले त्यसका भ्रामक पाटोहरू चिरफार गर्नुपर्छ।) तैँले यो काम कसरी गर्नुपर्छ? वास्तवमा, यो निकै सजिलो छ। तिनीहरूलाई यसो भन्: “तिमीले परमेश्वरका वचनहरू पढेपछि तीबारे धेरै बुझेजस्तो देखिँदैन।” तिनीहरूले जवाफ देलान्: “मलाई त त्यस्तो लाग्दैन, मलाई मेरो बुझाइ राम्रो छ जस्तो लाग्छ।” तैँले भन्, “जेजस्तो भए पनि तिमीलाई राम्रै लाग्छ, त्यसैले तिम्रो तर्कअनुसार, के परमेश्वरका वचनहरू मानव विधर्म र भ्रमबराबर हुन् त? यदि तिमी यी विधर्म र भ्रमहरूसित सहमत छौ भने, तिमीले किन परमेश्वरका वचनहरू पढ्नुपर्यो र? तिमीले ती पढ्नु जरुरी छैन। तिम्रो यो समस्या अब गम्भीर भएको छ—तिमी परमेश्वरका वचनहरूलाई दुष्ट मानवजातिको दुनियाँसँग व्यवहार गर्ने दर्शनको रूपमा, दुष्ट मानवजातिका कामकुरा सम्हाल्ने विधि र दृष्टिकोणहरूको रूपमा लिइरहेका छौ। तिम्रो विचारमा त परमेश्वरले उल्लेख गर्नुहुने इमानदार मानिसहरू निष्कपट, पटमूर्ख र अनाडी मानिसहरूजस्तै हुन्। तिमी परमेश्वरले बोल्नुभएको हरेक वचनलाई मानव दृष्टिकोणले अर्थ्याउँछौ, र तिनलाई दुष्ट मानवजातिले सिर्जना गरेका भ्रम र भनाइहरूसँग बराबर ठान्छौ। त्यसोभए, के तिमी परमेश्वरका वचनहरू मानव शब्द, मानव भाषा, र मानव विधर्म र भ्रमहरू हुन् भन्न खोजिरहेका छौ? परमेश्वरका वचनहरूलाई यस तरिकाले बुझेर, तिमीले तिनको बोध गरिरहेका हुँदैनौ; तिमीले त ती वचन र परमेश्वर दुवैविरुद्ध ईशनिन्दा गरिरहेका हुन्छौ।” के तिमीहरू सबैले यी वचनहरू प्रस्ट रूपमा बोल्न सक्नेथियौ? यदि परमेश्वरका वचनहरूले ख्रीष्टविरोधीहरूले भनेकै कुरा भन्न खोजेका हुन् भने, परमेश्वरले किन सिधै ती वचनहरू भन्नुहुन्न? जब परमेश्वरले मानिसहरूलाई इमानदार बन्न भन्नुहुन्छ, उहाँले किन तिनीहरूलाई निष्कपट र असल मानिस बन्नू भनेर त्यतिमै रोकिनुहुन्न? के यो फरक शब्दहरू प्रयोग गरिएको मात्र हो त? (होइन।) परमेश्वरका वचनहरू सत्यता हुन्, र तिनैभित्र मानिसहरूले अभ्यास गर्ने मार्ग हुन्छ। मानिसहरूले परमेश्वरका वचनहरूअनुसार कार्य गर्ने र जिउने गरेमा, तिनीहरू परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मानिस, अर्थात् परमेश्वरका अभिप्रायअनुरूपका मानिस बन्न सक्छन्। जबकि मानवले भनेअनुसार कार्य गर्ने र जिउने गरेमा त्यसले व्यक्तिलाई पूर्ण रूपमा गोलमाले व्यक्ति, अर्थात् ठ्याक्कै जिउँदो शैतान बनाउँछ। के तिमीहरू यो पहिचान गर्छौ? यदि तिमीहरूले इमानदार व्यक्ति बन्नेबारे परमेश्वरले भन्नुभएअनुसार कार्य र अभ्यास गर्यौ भने, त्यसको नतिजा के हुन्थ्यो होला? अनि यदि तिमीहरूले मानवले भन्ने गरेको असल र निष्कपट व्यक्तिले झैँ कार्य गर्यौ र जियौ भने त्यसको नतिजा के हुन्थ्यो होला? के नतिजाहरू फरक हुनेथिएनन् र? (हुनेथिए।) त्यसोभए इमानदार व्यक्ति भएर जिउँदाको नतिजा के हुन्छ? (सामान्य मानवता हुनु, परमेश्वरको आराधना गर्न सक्नु, जे हो त्यही भन्न सक्नु, र परमेश्वरसित स्पष्ट र खुलस्त हुन सक्नु। यदि कसैले मानव परिभाषाको निष्कपट र असल व्यक्तिको रूपमा आफूलाई आचरणमा ढाल्छ भने, ऊ झन्झन् धूर्त र भेष बदल्नमा माहिर बन्छ, उसले मिठा शब्दहरू मात्र बोल्छ, ऊ दुनियाँसँग व्यवहार गर्ने शैतानको दर्शनद्वारा जिउँछ, र ऊ जिउँदो शैतान बन्छ।) देखिस्, भिन्नता छ नि, छैन त? परमेश्वरले भन्नुभएको इमानदार व्यक्तिले झैँ कार्य गर्ने र जिउने गरेमा, त्यसले व्यक्तिको हृदय झन्झन् शुद्ध बनाउँछ; उसको हृदय परमेश्वरसामु खुलस्त बन्न सक्छ, र उसले छद्मभेष, छल, वा झूटबिना परमेश्वरलाई हृदय दिन सक्छ। उसको हृदय परमेश्वरबाट लुक्दैन बरु उहाँसामु खुलस्त हुन्छ; उसले भित्री रूपमा जे सोच्छ त्यही नै बाहिरी रूपमा प्रकट गर्छ र जिउँछ, साथै बाहिरी रूपमा उसले जे प्रकट गर्छ र जिउँछ त्यो उसको भित्री कुरासँग मिल्छ। परमेश्वर यही चाहनुहुन्छ; यही नै सत्यता हो। तर अर्कोतिर, मानिसहरूले निष्कपट र असल भन्ने व्यक्तिले आफूलाई आचरणमा ढाल्ने र अभ्यास गर्ने सिद्धान्तहरू के-के हुन्? वास्तवमा, त्यो सबै छद्मभेष हो। तिनीहरू आफूले सोचिरहेको कुरा सजिलै भन्दैनन्, न त अरूलाई देख्न नै दिन्छन्। तिनीहरू अरूको आत्मसम्मान वा रुचिहरूमा अविवेकी तरिकाले हानि गर्दैनन्, तर अरूलाई हानि नगर्नु भनेको आत्मरक्षाको लागि पनि हो। तिनीहरू भित्री रूपमा सजग हुन्छन् र बाहिरी रूपमा रङ्ग मिलाउँछन्, र तिनीहरू अत्यन्तै भक्त, सहनशील, धैर्य र कृपालु देखिन्छन्। तर तिनीहरू भित्री रूपमा के सोचिरहेका छन् भनेर कसैले देख्न सक्दैन; तिनीहरूमा भ्रष्टता, प्रतिरोध र विद्रोह हुन्छ, तर अरूले त्यो कुरा देख्न सक्दैनन्। बाहिरी रूपमा, तिनीहरू निकै प्रबोधात्मक, नम्र, र दयालु देखिने बहाना गर्छन्। तिनीहरूले जतिसुकै खराब काम गरे पनि, वा तिनीहरू भित्री रूपमा जतिसुकै विद्रोही र दुष्ट भए पनि, त्यो कुरा कसैले भन्न सक्दैन। बाहिरी रूपमा, तिनीहरू अरूलाई मदत गर्न र दीनदुःखीलाई दान दिन पनि इच्छुक हुन्छन्, र सच्चा जिउँदो लेइ फेङझैँ सधैँ प्रतिकार्य गर्न तयार हुन्छन्। तिनीहरू सधैँ मुस्कुराउने र अरूलाई आफ्नो सर्वोत्कृष्ट पाटो देखाउने गर्छन्, साथै तिनीहरू गोप्य रूपमा जति रोए पनि अरूसामु सधैँ मुस्कुराउँछन्, र मानिसहरूलाई प्रबोधन पाएको महसुस गराउँछन्। के मानिसहरूले भन्ने गरेको असल व्यक्ति यही होइन र? यो असल व्यक्तिलाई कुनै इमानदार व्यक्तिसँग तुलना गर्दा, कुनचाहिँ सकारात्मक हुन्छ? कुन व्यक्तिमा सत्यता वास्तविकता हुन्छ? (इमानदार व्यक्तिमा।) इमानदार मानिसहरूमा सत्यता वास्तविकता हुन्छ, तिनीहरू परमेश्वरद्वारा प्रेम गरिएका हुन्छन्, र परमेश्वरले तोक्नुभएका उहाँका मापदण्डहरू पूरा गर्छन्, तर असल र निष्कपट मानिसहरूले ती मापदण्ड पूरा गर्दैनन्; परमेश्वरले निन्दा र तिरस्कार गर्नुहुने मानिसहरू ठ्याक्कै तिनीहरू नै हुन्। जब परमेश्वरले मापदण्ड तोक्नुभएका इमानदार मानिसहरूलाई ख्रीष्टविरोधीहरूले केवल असल वा निष्कपट मानिसहरूको रूपमा अर्थ्याउँछन्, के यो परमेश्वरले भन्नुभएको कुरालाई थाहा नपाउनेगरी निन्दा गर्नु होइन र? के यो परमेश्वरका वचनहरूको ईशनिन्दा गर्नु होइन र? के यो सत्यताको ईशनिन्दा गर्नु होइन र? यो त प्रस्ट तथ्य हो। ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू बुझ्दैनन्, सत्यता के हो भनेर त झनै बुझ्दैनन्, तैपनि तिनीहरू गलत तर्कहरूको सहारा लिएर अन्धाधुन्ध रूपमा आफ्नै व्याख्याहरू लागु गर्छन्, केही नबुझ्दा पनि बुझेको नाटक गर्छन्, र आफ्नै इच्छाअनुसार व्यापक रूपमा परमेश्वरका वचनहरूलाई गलत अर्थ्याउँछन्, र अरूलाई भ्रममा पार्ने र बाधा दिने काम गर्छन्। के तिमीहरूले यस्तो व्यवहार गर्नेथियौ? परमेश्वरका वचनहरू नबुझेको प्रस्ट हुँदाहुँदै पनि बुझेको बहाना गर्नु, र आफ्नो शाब्दिक बुझाइको आधारमा आफ्नै शब्दावली, अभिव्यक्ति, र दृष्टिकोणहरू प्रयोग गरेर परमेश्वरका वचनहरूलाई अर्थ्याउनु र सीमित पार्नु—यो ख्रीष्टविरोधी स्वभाव हो।
परमेश्वर र मानिसका वचनहरूका बीचमा, अनि सत्यता र धर्मसिद्धान्त बीच के तात्त्विक भिन्नता हुन्छ? परमेश्वरका वचनहरूले मानिसहरूलाई समझ र विवेकमा वृद्धि गराउँछ, सिद्धान्तअनुसार व्यवहार गर्ने र बढ्दो रूपमा सकारात्मक कुराहरूको वास्तविकतामा जिउने बनाउँछ। अर्को तर्फ, मानिसका वचनहरू मानिसहरूका स्वाद र धारणाहरूसँग एकदमै मिलेको देखिन सक्छन्, तर ती सत्यता नभएका हुनाले, तिनीहरू पासोहरू र परीक्षाले, विधर्म र भ्रमहरूले भरिएका हुन्छन्, अनि यसैले यदि मानिसहरूले यी वचनहरूअनुसार व्यवहार गरे भने, तिनीहरूको जियाइ परमेश्वर र परमेश्वरको मापदण्डहरूभन्दा झन् टाढा हुन जान्छ। त्योभन्दा गम्भीर कुरा त, मानिसहरूले जिउने तरिका झन् दुष्ट र शैतानको जस्तै हुन जान्छ। जब मानिसहरू मानिसका विधर्म र भ्रमहरूअनुसार जिउँछन्, जब तिनीहरूले यी तर्कहरूलाई पूर्ण रूपमा अङ्गाल्छन्, तिनीहरू शैतान झैँ जिउँछन्। अनि के शैतानझैँ जिउनुले तिनीहरू शैतान हुन् भन्ने जनाउँदैन र? (जनाउँछ।) यसैले तिनीहरू “सफलतापूर्वक” जिउँदो शैतान बनेका छन्। कतिपय मानिसहरूले भन्छन्, “म यो कुरामा विश्वास गर्दिनँ। म त बस अरूले मन पराउने निष्कपट व्यक्ति बन्न चाहन्छु। म सबैले असल ठान्ने व्यक्ति बन्न चाहन्छु अनि त्यसपछि परमेश्वर मप्रति खुसी हुनुहुन्छ कि हुनुहुन्न हेर्नेछु।” यदि तैँले परमेश्वरले भन्नुभएको कुरा विश्वास गर्दैनस् भने, जा र हेर्—परमेश्वरका वचनहरू सत्यता हुन् कि होइनन् वा मानिसका धारणाहरू सत्यता हुन् कि भनेर हेर्। परमेश्वरका वचनहरू र मानिसका वचनहरूको सारको बीचको फरक यही हो। सत्यता तथा विधर्म र भ्रमहरू बीचको महत्वपूर्ण फरक यही हो। मानिसका विधर्म र भ्रमहरू मानिसहरूका स्वादसँग जतिसुकै मिल्ने देखिए तापनि, ती कहिल्यै पनि तिनीहरूका जीवन बन्न सक्दैनन्; यसै बीच, परमेश्वरका वचनहरू जतिसुकै अशोभित, जति सामान्य, मानिसहरूका धारणाहरूसँग नमिल्ने देखिए तापनि, तिनको सार सत्यता हो, अनि यदि मानिसहरूले गर्ने र जिउने कुरा परमेश्वरका वचनहरूका सिद्धान्तहरूअनुसार छन् भने, अन्ततः कुनै दिन तिनीहरू मानकअनुरूपका साँचो सृजित प्राणी बन्नेछन्, अनि परमेश्वरको भय मान्न र दुष्टताबाट अलग बस्न सक्षम हुनेछन्। तर यसको उल्टो, यदि मानिसहरूले परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्दैनन् र परमेश्वरका मागहरूअनुसार कार्य गर्दैनन् भने, तिनीहरू मानकअनुरूपका सृजित प्राणी बन्न सक्दैनन्। तिनीहरूका कार्यहरू र तिनीहरूले हिँड्ने मार्गलाई परमेश्वरले तिरस्कार मात्र गर्नुहुनेछ; यो तथ्य हो। यो सङ्गतिमार्फत, के तिमीहरूले परमेश्वरका वचनहरूबारे नयाँ बुझाइ वा अवधारणा प्राप्त गरेका छौ? परमेश्वरका वचनहरू के हुन्? ती सत्यता, मार्ग र जीवन हुन्—यसमा कुनै झूट छैन। ख्रीष्टविरोधीहरू, अर्थात् जो सकारात्मक कुराहरूप्रति जन्मैदेखि प्रतिकूल रहेका छन् र जसले तिनलाई घृणा गर्छन्, तिनीहरूले मात्र परमेश्वरका वचनहरूलाई तिरस्कारपूर्वक हेर्छन्, परमेश्वरका वचनहरूलाई सत्यता मान्दैनन्, र परमेश्वरका वचनहरू सत्यता, मार्ग र जीवन हुन् भन्ने तथ्यलाई नकार्छन्। तिनीहरूले कहिल्यै पनि परमेश्वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा स्विकार्नेछैनन्; तिनीहरू त्यस्ता मानिसहरू हुन् जसले मुक्ति पाउनै सक्दैनन्। यस्तो सङ्गति गरेपछि, कतिपयले यी प्रकटीकरणहरू परमेश्वरका वचनहरूलाई छेडछाड गर्दै स्वेच्छाचारी रूपमा अर्थ्याउनु बराबर हुन्, र यी ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू हुन् भनी बुझ्छन्। के तिमीहरूले यसमा परमेश्वरका वचनहरू व्यवस्थित गर्नेहरू पनि पर्छन् भनेर भन्नेथियौ? (पर्छन्।) पर्छन् र? छेडछाड गर्नुको अर्थ के हो? (यसको अर्थ परमेश्वरका वचनहरूको मूल अर्थ बदलिनेगरी स्वेच्छाचारी रूपमा केही कुरा मेटाउनु वा थप्नु हो। छेडछाड गर्नु भनेको यही हो। यदि उहाँका वचनहरू सिद्धान्तहरूअनुसार व्यवस्थित गरिएमा यो छेडछाड गर्नु होइन।) ठिक भनिस्, तिमीहरूले बुझ्नुपर्ने कुरा त्यही हो। यो बुझाइ भएमा, परमेश्वरका वचनहरूलाई व्यवस्थित गर्दा तिमीहरूलाई कुनै चिन्ता हुनेछैन, होइन त? के अब तिमीहरूले सिद्धान्तहरू राम्रोसँग बुझ्न सक्छौ? जब तँलाई व्यवस्थित गर्न भनिन्छ, त्यो छेडछाड गर्न भनिएको होइन। अनुवादका काम गर्नेहरू पनि छन्—यी मानिसहरूलाई परमेश्वरका वचनहरू सिधै अनुवाद गर्न र परमेश्वरका वचनहरूको मूल अर्थ र परमेश्वरका आफ्नै वचनहरूलाई अर्को भाषामा अनुवाद गर्न भनिन्छ, तर अनुवाद गर्ने क्रममा परमेश्वरका वचनहरूलाई अर्थ्याउनू भनिँदैन। तँ तिनलाई अर्थ्याउन योग्य छैनस्, साथै तैँले यो कुरालाई ध्यान दिन र यसमा सजग रहन जरुरी छ। सिद्धान्तहरूलाई राम्रोसँग बोध गर्नु, र छेडछाड गर्नुमा के पर्छ के पर्दैन भनी बुझ्नु—यी सिद्धान्तहरू राम्रोसँग बोध गरिस् भने यस्ता त्रुटिहरू कमै हुनेछन्। यदि तैँले यी सिद्धान्तहरू बुझ्दैनस् र व्यवस्थित गर्ने क्रममा सधैँ अर्थ थप्न वा परिमार्जन गर्न चाहन्छस् भने, र तँलाई सधैँ यो कुरा भन्ने परमेश्वरको तरिका त्यति आदर्शवान् छैन वा गलत देखिन्छ भन्ने लाग्छ भने, र तँ यो कुरा कुनै निश्चित तरिकाले भन्नुपर्ने हो भनेर सोच्छस् भने, यस्ता सोचहरूले तँलाई छेडछाडको गल्ती गर्ने जोखिममा पार्नेछन्। अनि जुन अनुवादकहरूले “मलाई परमेश्वरका वचनहरूको यो वाक्यले भन्न खोजेको कुरा थाहा छ, त्यसकारण म त्यही अर्थको आधारमा अनुवाद गर्नेछु। त्यसलाई अनुवाद गरिसकेपछि, पाठकले त्यो कुरा बुझ्नेछन् र कुरै सकिनेछ, होइन र? खोज वा प्रार्थना-वाचन गर्न आवश्यक हुनेछैन; उनीहरूले सिधै अन्तर्दृष्टि र ज्योति ग्रहण गर्नेछन्” भन्छन्—के यो गल्ती होइन र? यसो गर्दा सिद्धान्तहरू उल्लङ्घन हुन्छन्; यो स्वेच्छाचारी रूपमा परमेश्वरका वचनहरू अर्थ्याउनु हो। सारांशमा भन्नुपर्दा, परमेश्वरका वचनहरूलाई कहिल्यै पनि कुनै उपन्यास, कुनै चर्चित व्यक्तिका लेखहरू, वा विद्वत् मन्थनसँग जोडिएको कुनै कुराका मानव शब्दहरूझैँ व्यवहार नगर्। परमेश्वरका वचनहरूलाई छेडछाड गर्नु वा स्वेच्छाचारी रूपमा अर्थ्याउनु हुँदैन, र त्यसअलावा, परमेश्वरका वचनहरू खाँदा, पिउँदा र प्रार्थना-वाचन गर्दा तिनलाई व्यक्तिले खोजी, स्वीकार, र समर्पणको मनोवृत्तिले हेर्नुपर्छ। त्यसपछि मात्र व्यक्तिले सत्यता देख्न, परमेश्वरका अभिप्रायहरू बुझ्न, परमेश्वरका वचनहरूमा मार्ग भेट्टाउन, आफ्ना भ्रष्ट स्वभावहरू सुल्झाउन, र कर्तव्य गर्ने क्रममा र जीवनमा आइपर्ने विभिन्न कठिनाइहरू समाधान गर्न सक्छ। यो नतिजा हासिल गर्नुले परमेश्वरका वचनहरूप्रति तेरो मनोवृत्ति सही छ भन्ने प्रमाणित गर्छ। ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू तिरस्कार गर्नुको पहिलो प्रकटीकरण—स्वेच्छाचारी रूपमा परमेश्वरका वचनहरूलाई छेडछाड गर्नु र अर्थ्याउनु—बारे हाम्रो सङ्गति यहीँ टुङ्गिन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।