विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग चार) खण्ड दुई

कतिपय मानिसहरू पर्दापछाडि निश्‍चित कार्यहरू गर्छन्, र मलाई भेट्दा यसो भन्छन्, “म किशोरावस्थामा हुँदा मैले यौन अपवित्रताको पाप गरेँ।” म भन्छु, “कृपया यसबारे मलाई नभन्नू। गोप्य रूपमा निष्कपट तरिकाले प्रार्थना गर्नू र साँचो रूपमा पश्‍चात्ताप गर्नू, त्यसपछि समस्या समाधान हुनेछ, अनि परमेश्‍वरले त्यो कुरा सम्झिनुहुनेछैन। तिमीले मसित आमनेसामने भएर त्यो कुरा भन्नु पर्दैन; म यी कुराहरू खोजबिन गर्दिनँ।” जब म तिनीहरूलाई बोल्नबाट रोक्छु, तब तिनीहरू सोच्न थाल्छन्: “के तपाईँ साँच्चिकै परमेश्‍वर हुनुहुन्छ? मेरो हृदय अत्यन्तै इमानदार छ, जोशले बलिरहेको छ, तर तपाईँले एक बाल्टी चिसो पानी खन्याएर निभाउनुभयो। म त केवल तपाईँसँग अन्तरङ्ग कुराकानी गर्न चाहन्थेँ, तपाईँ किन सुन्नुहुन्‍न? तपाईँले सुन्नुभएको भए, राम्रो हुनेथ्यो; मैले थप विवरणहरू बताउनु छ।” म भन्छु, “तैँले पाप स्विकार्नुको अन्तिम लक्ष्य भनेको पश्‍चात्ताप गर्नु हो, अनेक बेलीबिस्तार गर्नु होइन। यदि तैँले हृदयको गहिराइमा साँच्चिकै पश्‍चात्ताप गरेको छस् भने, त्यसको स्वरूपले फरक पर्दैन; प्रक्रियामा जानु बेकार छ। सारा विवरण र परिस्थितिहरूबारे मलाई प्रस्ट पार्नुको अर्थ तैँले पश्‍चात्ताप गरेको छस् भन्‍ने होइन। यदि तैँले साँच्चिकै पश्‍चात्ताप गरेको छस् भने, तैँले केही नभने पनि, तैँले पश्‍चात्ताप गरेकै हुन्छस्। अनि यदि तैँले पश्‍चात्ताप गरेको छैनस् भने, तैँले त्यसबारे कुरा गरे पनि त्यो व्यर्थ हुनेछ।” कतिपय मानिसहरूले बुझ्दैनन्, म सबथोक सुन्‍न चाहन्छु भन्ठान्छन्, जस्तै परमेश्‍वरमा विश्‍वास गर्नुअघि तिनीहरू यौन रूपमा अपवित्र हुनु, तिनीहरूले चोर्नु, वा अरूलाई निन्दा गर्नु र कुनै दोषमा फसाउनु। तिनीहरू सोच्छन् कि म यी सारा व्यक्तिगत मामलाहरू सुन्‍न इच्छुक छु, कि म सबैका गहिरा सोचहरू र तिनीहरूले गरेका असल वा खराब सबै कार्यहरूबारे थाहा पाउन र बुझ्न चाहन्छु। के यो मानव धारणा होइन र? तिनीहरू गलत छन्। मैले मानिसहरूका भ्रष्ट स्वभावहरू, तिनीहरूका सार, र तिनीहरूले हिँड्ने मार्गबारे मात्र थाहा पाउनुपर्छ; तिनीहरूको मुक्तिको महत्त्वपूर्ण मामलालाई सम्बोधन गर्न यति नै पर्याप्त छ। हरव्यक्तिको वर्तमान जीवन वा अर्को जीवनबारे जान्नु आवश्यक छैन; यस्ता विवरणहरूको आवश्यकता छैन। मानिसहरू यस्तो मान्यता राख्छन्: “तपाईँ पनि सामान्य र व्यावहारिक हुनुहुन्छ। कतिपय कुराहरू तपाईँलाई थाहा छैन, त्यसैले सायद तपाईँले हरव्यक्तिको पारिवारिक पृष्ठभूमि, तिनीहरू हुर्केको वातावरण, र हुर्किबढ्ने क्रममा तिनीहरूका विशेष अनुभवहरू बुझ्न चाहनुहुन्छ होला, कामको उद्देश्यले तिनीहरूलाई राम्रोसँग चिन्‍न चाहनुहुन्छ होला, र प्रभाव हासिल गरेर तिनीहरूको न्याय र खुलासा गर्न चाहनुहुन्छ होला।” खास कुरा यही हो त? (होइन।) कतिपय मानिसहरू, यी धारणा र कल्पनाहरू बोकेर, मसित भेट्दा मलाई सधैँ तिनीहरूका विगतका कार्यहरूबारे बताउन चाहन्छन्, र भन्छन्, “ओहो, तपाईँलाई थाहै छैन, मेरो परिवार यस्तो थियो…।” म भन्छु, “तेरो परिवारका मामलाहरूबारे कुरा नगर्; परमेश्‍वरमा विश्‍वास गर्दाका केही अनुभवहरू सुना।” अन्यले भन्छन्, “ओहो, तपाईँलाई थाहै छैन, पहिले मेरा धेरै जोडीहरू थिए,” अथवा, “तपाईँलाई थाहै छैन, मैले क-कसलाई कुन-कुन दोषमा फसाएको छु।” के यी कुराहरू भन्नुको कुनै औचित्य छ? (छैन।) तिनीहरूले देहधारी परमेश्‍वर यी मामलाहरू जान्‍न साँच्चिकै इच्छुक हुनुहुन्छ, मानिसहरूका सारा अपमानजनक व्यवहारहरू र मानिसहरूका पतित जीवनका विभिन्‍न विस्तृत पक्षहरू बुझ्न उत्सुक हुनुहुन्छ भन्‍ने सोच्छन्। यस्ता मानिसहरू भेट्दा, म तिनीहरूलाई भन्छु, “यदि तँ गल्ती स्विकार्न र पश्‍चात्ताप गर्न चाहन्छस् भने, गोप्य रूपमा परमेश्‍वरसामु प्रार्थना गर्, मलाई नभन्। मेरो जिम्मेवारी तँलाई कसरी आफ्नो कर्तव्य राम्रोसँग गर्ने र वास्तविक जीवनमा परमेश्‍वरलाई कसरी आराधना गर्ने भनी सिकाउनु मात्र हो, ताकि तँलाई मुक्ति प्राप्त गर्न मदत होस्। हाम्रो भेट हुँदा, हामी यी कुराहरूसँग सम्बन्धित जेसुकैबारे कुरा गर्न सक्छौँ, तर असम्बन्धित मामलाहरू उल्लेख नगर्नु नै बेस हुन्छ।” यो सुनेपछि कतिपय मानिसहरू सोच्न थाल्छन्, “परमेश्‍वरमा साँच्चिकै प्रेम छैन, परमेश्‍वर सहनशील हुनुहुन्‍न।” तिनीहरूको विचारमा, कस्तो व्यक्तिमा प्रेम हुन्छ? कुनै स्थानीय समिति निर्देशकमा, विशेषगरी अरू मानिसहरूका दिनहुँका स-साना मामलाहरू सम्हाल्ने व्यक्तिमा। के मैले यस्ता काम सम्हाल्नुपर्ने हो र? म ती मामलाहरूबारे बिलकुलै चासो राख्दिनँ! तैँले आफ्नो जीवन कसरी जिउँछस्, तैँले के खान्छस् र लाउँछस्, तैँले कसरी पैसा कमाउँछस्, तेरो आर्थिक स्थिति के छ, तँ तेरा छिमेकीहरूसँग कतिको मिल्छस्—म त्यो कुनै पनि कुरामा हस्तक्षेप गर्दिनँ। मानिसहरूले धारणाहरू बोक्दा ख्रीष्टप्रति तिनीहरूमा हुने मनोवृत्ति यही हो। विशेषगरी तिनीहरूले ख्रीष्टका वचनहरूप्रति धारणाहरू विकास गर्दा वा ख्रीष्टका वचनहरू तिनीहरूका धारणाहरूसँग पूर्ण रूपले विरोधाभासी हुँदा, ख्रीष्टविरोधीहरूले आफ्ना धारणाहरू छाड्ने वा सत्यता स्विकार्ने गर्दैनन्, न त तिनीहरूले आफ्ना धारणाहरू चिरफार गर्ने वा सत्यता खोज्ने नै गर्छन्; त्यसको साटो, तिनीहरू आफ्ना धारणामा अडिन्छन् र ख्रीष्टले भन्‍नुभएका कुरालाई हृदयमा गोप्य तरिकाले निन्दा गर्छन्।

यो आखिरी अवधिमा, परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम कार्यान्वयन गर्दै हुनुहुन्छ। परमेश्‍वरको राज्यको सुसमाचार फैलिँदा, परमेश्‍वरको घरमा विभिन्‍न पेशासम्बन्धी कामका निकै पक्षहरू उत्पन्‍न भएका छन्, जस्तै सङ्गीतसित सम्बन्धित काम, लेखनपठनको काम, चलचित्र निर्माणको काम आदि। यस कामको दौरान, मूलतः मार्गदर्शन प्रदान गर्दै र कामका विभिन्‍न पक्षहरूको दिशानिर्देश तय गर्दै, अवश्य नै ख्रीष्ट पनि यी पेशाहरूसँग सम्बन्धित कार्यका केही पक्षमा संलग्न हुनुभएको छ; उहाँ यही दायराभित्र रहेर काम गर्नुहुन्छ। अवश्य नै ख्रीष्ट यी क्षेत्रहरूसम्बन्धी केही ज्ञान वा सामान्य जानकारीसँग परिचित नहुन पनि सक्नुहुन्छ, र उहाँले नबुझ्ने केही कुराहरू हुन सक्छन्। के यो अत्यन्तै सामान्य कुरा होइन र? धेरैजसो मानिसहरूको लागि, यो कुरा पूर्णतया सामान्य देखिन्छ र यो कुनै ठूलो कुरा हुँदैन किनकि सबैजना सिक्ने क्रममा हुन्छन्, र परमेश्‍वरको नेतृत्वमा, हरप्रकारका कामहरू झन्झन् राम्रा मात्र बन्दै जान्छन्, धेरैभन्दा धेरै पूर्ण तयार उत्पादित वस्तुहरू र उच्च गुणस्तरका प्रतिफलहरू सिर्जना हुन्छन्। तर ख्रीष्टविरोधीहरूको लागि, यो कुनै सानोतिनो मामला होइन। तिनीहरू भन्छन्, “तिमी निश्‍चित क्षेत्रसँग पूर्णतया अपरिचित छौ, अज्ञानीसमेत छौ। त्यसमा संलग्न हुन, हामीलाई निर्देशन दिन र मार्गदर्शन गर्न तिमीसँग के अधिकार छ? किन तिम्रो कुरा नै अन्तिम हुनुपर्छ? हामी सबैले किन तिम्रो कुरा सुन्‍ने? के तिम्रो कुरा सुन्नु सही नै हुन्छ भन्‍ने छ? यदि हामीले तिम्रो कुरा सुन्यौँ भने, के हामीले गलत मार्ग लिनेछैनौँ वा आफ्नो काममा गल्तीहरू गर्नेछैनौँ र? म त्यसबारे खासै निश्‍चित छैन।” जब ख्रीष्टले काममा मार्गदर्शन प्रदान गर्नुहुन्छ, कतिपय मानिसहरू त्यसलाई शङ्कालु मनोवृत्तिले हेर्छन्: “पहिला उहाँको कुरा अर्थपूर्ण छ छैन र त्यो उचित विशेषज्ञताको दायरामा पर्छ पर्दैन, साथै त्यो हाम्रा विचारहरूभन्दा श्रेष्ठ छ छैन भनेर हेरौँ। यदि छ भने, हामी त्यसलाई स्विकार्नेछौँ र उहाँको मार्गदर्शन अनुसरण गर्नेछौँ; यदि छैन भने, हामी अर्कै कुरा रोज्‍नेछौँ, र अर्को उपाय खोज्नेछौँ।” तर भित्री रूपमा ख्रीष्टविरोधीहरू पूर्ण अनाज्ञाकारिताको मानसिकता बोक्छन्: “हामी यस क्षेत्रमा धेरै वर्ष काम गरेका व्यावसायिक मानिसहरू हौँ। हामी आँखा चिम्लेरै यो काम पूरा गर्न सक्छौँ। तिम्रो मार्गदर्शन अनुसरण गर्नु भनेको झारा टार्नु मात्र हुनेछ, होइन र? हामीले तिम्रो कुरा किन सुन्‍ने? के तिम्रा सुझावहरू औपचारिक कुरा मात्र होइनन् र? यदि हामीले तिम्रो कुरा सुन्यौँ भने, के त्यसले हामीलाई अयोग्य देखाउनेछैन र? तर अहिले सबैले सुनिरहेका छन्, र मैले उठेर तिम्रो विरोध गर्न मिल्दैन, किनकि यसो गरेमा मलाई ख्रीष्टविरोधीको रूपमा तह लगाइन सक्छ। त्यसैले, म केहीबेर बहाना गर्नेछु, र सुनिरहेको नाटक गर्नेछु, झारा टार्नेछु, र पछि, केही असर नपुग्नेगरी सधैँझैँ अघि बढ्नेछु।” यसरी ख्रीष्टले सत्यता सिद्धान्तहरू जे-जसरी सङ्गति गर्नुभए पनि, उहाँले कामकुराहरू जति नै प्रस्ट रूपमा बुझाउनुभए पनि, ख्रीष्टविरोधीहरूका आफ्नै निर्दिष्ट विचारहरू हुन्छन् र तिनीहरू सधैँ आफूले त्यो पेशा बुझ्ने, आफूमा त्यस क्षेत्रको दक्षता भएको विश्‍वास गर्छन्, र त्यसैले तिनीहरू ख्रीष्टले सङ्गति गरिरहनुभएका सत्यता सिद्धान्तहरू के हुन् भनेर बुझ्‍नै सक्दैनन्। जबजब ख्रीष्टले तिनीहरूका पेशाहरूसँग सम्बन्धित काममा मार्गदर्शन प्रदान गर्नुहुन्छ, तबतब ख्रीष्टविरोधीहरूको लागि त्यो आफ्ना क्षमता र प्रतिभाहरू ख्रीष्टसँग तुलना गर्ने क्षण बन्छ। अझ नराम्रो त, कहिलेकाहीँ, जब ख्रीष्टले तिनीहरूका पेशासँग सम्बन्धित मामलाहरूबारे बोल्नुहुन्छ, तब ख्रीष्टविरोधीहरू त्यसलाई ख्रीष्टले अज्ञानता देखाएको रूपमा हेर्छन्, र तिनीहरू गोप्य रूपमा ख्रीष्टलाई गिल्ला र तिरस्कार गर्छन्, नचाहँदा नचाहँदै तिनीहरूको काममा ख्रीष्टको मार्गदर्शनप्रति झन् बढी प्रतिरोधी र वितृष्ण महसुस गर्छन्। तिनीहरू हृदयमा पूर्णतया अविश्‍वस्त हुन्छन्, र यसो भन्छन्, “तिमी हामीलाई अनेकथरीका कामहरू गर्न भन्छौ, तर तिमीलाई के थाहा छ? के तिमीले यी क्षेत्रहरूमा संलग्‍न हुने विभिन्‍न चरणहरू बुझ्छौ त? के तिमीलाई तिनले कसरी काम गर्छन् भन्‍नेबारे विशिष्ट विवरण थाहा छ? जब तिमीले हामीलाई चलचित्र निर्माणमा मार्गदर्शन गर्छौ, के तिमी विश्‍वसनीय तरिकाले अभिनय गर्न जान्दछौ वा ध्वनि रेकर्ड गर्न जान्दछौ?” यस्ता मामलाहरू सामना गर्दैपिच्छे, ख्रीष्टविरोधीहरू हरेक पेशासँग सम्बन्धित सत्यता सिद्धान्तहरूलाई हृदयमा गम्भीरतासाथ सुन्दैनन्। त्यसको साटो, तिनीहरू गोप्य रूपले ख्रीष्टसँग भित्रभित्रै जोरी खोज्छन्, ख्रीष्टलाई उपहास र गिल्ला गर्न दर्शक भई उभिन्छन्, र तिनीहरूको हृदय अनाज्ञाकारिताले भरिन्छ। जब तिनीहरू आफ्नो काम गर्न जान्छन्, तिनीहरूले देखावटी रूपमा प्रक्रिया पूरा गर्छन्, पहिला परमेश्‍वरले के भन्नुभएको रहेछ भनी हेर्न परमेश्‍वरको सङ्गतिका नोटहरू पुनरावलोकन गर्छन्, र त्यसपछि तिनीहरूले काम गर्न थाल्छन्, र त्यही पुरानै तरिकाले काम गर्छन्। कतिपयले भन्‍न सक्छन्, “परमेश्‍वरले त्यसो भन्नुभएको थिएन, तिमी किन यसरी गरिरहेका छौ?” यसबारे तिनीहरू यसरी जवाफ दिन्छन्, “परमेश्‍वरले यसो भनेनन्, तर के परमेश्‍वरलाई खास परिस्थिति थाहा छ र? वास्तवमा त्यसलाई फत्ते गर्नुपर्ने हामीले होइन र? परमेश्‍वरलाई के थाहा छ र? परमेश्‍वरले त एउटा सिद्धान्त मात्र प्रदान गरे, तर त्यसलाई खास परिस्थितिअनुसार हामीले नै सम्हाल्नुपर्छ। परमेश्‍वर यहाँ भएको भए पनि, त्यसलाई हामीले यस तरिकाले नै सम्हाल्नुपर्थ्यो। परमेश्‍वरका वचनहरू सत्यतासँग सम्बन्धित हुँदा हामी तिनलाई सुन्छौँ, तर जब त्यो व्यावसायिक कामबारे हुन्छ र त्यसमा सत्यता संलग्न हुँदैन, तब हामीले नै निर्णय गर्छौँ।” तिनीहरूले परमेश्‍वरले सङ्गति गर्नुभएका सत्यता सिद्धान्तहरू सुनेका छन्, र तिनको नोट लिएका छन्, र सबैले प्रक्रिया पूरा गरेर नोटहरू पुनरावलोकन गरेका छन्, तर जब काम कसरी गरिनुपर्छ भन्‍ने कुरा आउँछ, तब कसले अन्तिम निर्णय गर्छ? तिनीहरूको हकमा, शक्ति सम्हाल्ने भनेको सत्यताले होइन, ख्रीष्टको हातमा शक्ति हुनुसँग त झन् त्यसको कुनै सम्बन्ध छैन। त्यसोभए, शक्ति कसको हातमा हुन्छ? ख्रीष्टविरोधीले शक्ति हातमा लिएको हुन्छ; अन्तिम निर्णय गर्ने मानव हुन्छ। तिनीहरूको दृष्टिकोणमा, सत्यता भनेको हावाजस्तै हो, अर्थात् धर्मसिद्धान्त र नाराहरू मात्र हो जसलाई अलिअलि चर्चा गरिन्छ र बिर्सिइन्छ—मानिसहरू अझै पनि आफूले जे गर्नु छ त्यही गर्छन्, र जसरी गर्न चाहन्छन् त्यसैगरी गर्छन्। त्यो बेला त, तिनीहरू निकै राम्ररी सहमत भए, र तिनीहरूको मनोवृत्ति अत्यन्तै इमानदार देखिन्थ्यो, तर वास्तविक जीवनको कुरा आउनेबित्तिकै सबथोक बदलिन्छ; यो देखिएजस्तो हुँदैन।

ख्रीष्टविरोधीहरूले निरन्तर रूपमा देहधारी परमेश्‍वरप्रति धारणाहरू र प्रतिरोध बोक्ने हुनाले र तिनीहरू भित्री रूपमा विश्‍वस्त नहुने हुनाले, तिनीहरू मूलतः हृदयमा देहधारी परमेश्‍वरलाई स्वीकार गर्दैनन्। तिनीहरू स्वर्गको परमेश्‍वरमा मात्र विश्‍वास गर्छन्। तिनीहरू पावलजस्तै हुन्छन्: ऊ देहधारी येशूप्रति साँचो रूपमा विश्‍वस्त थिएन, बरु उल्टै धारणाहरूले भरिपूर्ण थियो। त्यसैकारण उसले लेखेका सम्पूर्ण पत्रहरूमा, उसले कहिल्यै येशूको गवाही दिएन, कहिल्यै येशूका वचनहरू सत्यता हुन् भनेर गवाही दिएन, र कहिल्यै उसमा येशूप्रति कुनै प्रेम थियो थिएन भनेर कुरा गरेन। यी मानिसहरूले देख्न सक्ने कुराहरू हुन्; पावल एक साँचो ख्रीष्टविरोधी हो। अब तिमीहरू सबैले पावल एक खाँटी ख्रीष्टविरोधीको उदाहरण हो भनी चिन्‍न सक्छौ। ख्रीष्टविरोधीहरूको वर्गमा पर्नेहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू सत्यता हुन् भनेर माने पनि, के तिनीहरूले सत्यता स्विकार्न सक्छन्? के तिनीहरू ख्रीष्टप्रति समर्पित हुन सक्छन्? के तिनीहरूले ख्रीष्टको गवाही दिन सक्छन्? त्यो फरक मामला हो। के तिनीहरू ख्रीष्टले गर्नुहुने सारा कामप्रति समर्पित हुन सक्छन्? यदि ख्रीष्टले कामको बन्दोबस्त गर्नुभयो वा काम अह्राउनुभयो, र त्यो काम गर्ने तरिकाबारे मानिसहरूलाई निर्देशन दिनुभयो भने, के ख्रीष्टविरोधीहरूले आज्ञापालन गर्न सक्छन्? यस मामलाले मानिसहरूलाई सबैभन्दा प्रस्ट रूपमा खुलासा गर्छ। ख्रीष्टविरोधीहरू आज्ञापालन गर्न सक्दैनन्; तिनीहरू ख्रीष्टका वचनहरूलाई उपेक्षा गर्छन् र मामुली ठान्छन्। त्यसकारण, ख्रीष्टले कुनै पनि कामका लागि जस्तोसुकै विशिष्ट मार्गदर्शन प्रदान गर्नुभए पनि वा जेसुकै जिम्मेवारी तोक्नुभए पनि, ख्रीष्टविरोधीहरूले कहिल्यै तिनलाई लागु गर्नेछैनन्। ख्रीष्टविरोधीहरू ख्रीष्टप्रति समर्पित हुन इच्छुक हुँदै हुँदैनन्। उहाँले जे-जसरी कामको प्रबन्ध गर्नुभए पनि, तिनीहरू त्यो काम गर्न अनिच्छुक नै हुन्छन्, सधैँ आफ्नै विचारहरू बुद्धिमानीपूर्ण भएको विश्‍वास गर्छन् र तिनीहरूका आफ्नै योजनाहरू पछ्याउनु नै उत्तम हुने सोच्छन्। यदि तैँले तिनीहरूलाई “परिस्थितिहरू सामना गर्नुपर्दा, तिमीहरूले अरू तीनचार जनासँग सहकार्य गर्नुपर्छ, मिलेर छलफल गर्नुपर्छ, सत्यता सिद्धान्तहरूबारे अझ बढी सङ्गति गर्नुपर्छ, र ती सिद्धान्तहरू उल्लङ्घन नगरी तीअनुसार नै कार्य गर्नुपर्छ” भनेर भनिस् भने, के तिनीहरूले सुन्‍नेछन्? तिनीहरूले बिलकुलै सुन्‍नेछैनन्; तिनीहरूले यी वचनहरूलाई धेरै पहिले नै दिमागको पछिल्तिर फालिसकेका छन् र तिनीहरू अन्तिम निर्णय आफै गर्न चाहन्छन्। तैँले तिनीहरूलाई “यदि समाधान गर्नै नसकिने कुनै समस्या आयो भने तिमीहरूले माथिबाट खोजी गर्न सक्छौ” भनेर भन्छस्, तर जब साँच्चिकै समस्या आइपर्छ र सबैले माथिबाट खोजी गर्नेबारे सोच्छन्, तब ख्रीष्टविरोधीहरूले यसो भन्छन्, “यस्तो सानो मामलाबारे किन सोध्नु? त्यसले माथि तनाव मात्र दिनेछ। यसलाई हामी आफैँ सम्हाल्न सक्छौँ, सोध्नु आवश्यक छैन! म आफै अन्तिम निर्णय गर्छु, र यदि केही बिग्रेमा म नै त्यसका परिणामहरू भोग्नेछु!” यी शब्दहरू कति मिठा सुनिन्छन्, तर वास्तवमै केही कुरा बिग्रिँदा, के तिनीहरूले त्यसका परिणामहरू साँच्चिकै भोग्न सक्छन्? यदि मण्डलीको काममा कुनै क्षति पुग्यो भने, के तिनीहरूले त्यसका परिणामहरू भोग्न सक्छन्? उदाहरणका लागि, यदि अगुवा र कामदारहरूले लापरवाहीपूर्वक भेलाहरू प्रबन्ध गरेकोले, दाजुभाइ-दिदीबहिनीहरू भेलाका क्रममा पक्राउ परे, जसको कारण तीमध्ये कतिपय नकारात्मक र कमजोर बने र पछि परे भने, यस्तो जिम्मेवारी कसले वहन गर्न सक्छ? के ख्रीष्टविरोधीहरू आफ्नो कुरामा जिम्मेवार हुन्छन्? तिनीहरू पूर्णतया गैरजिम्मेवार हुन्छन्! कामप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यही हो। ल भन् त, के ख्रीष्टविरोधीहरू ख्रीष्टले बोल्नुहुने वचनहरूलाई स्विकार्न र तीप्रति समर्पित हुन सक्छन्? (सक्दैनन्।) सत्यता अभ्यास र ख्रीष्टप्रति समर्पित हुनेबारे, ख्रीष्टविरोधीहरूको हृदयमा कस्तो मनोवृत्ति हुन्छ? एउटै शब्‍द हुन्छ: विरोध। तिनीहरूले विरोध गरिरहन्छन्। अनि यो विरोधभित्र कस्तो स्वभाव लुकेको हुन्छ? केले यो पैदा गर्छ? यसलाई अनाज्ञाकारिताले पैदा गरेको हुन्छ। स्वभावको आधारमा, यो सत्यताप्रतिको वितृष्णा हो, यो तिनीहरूको हृदयमा अनाज्ञाकारीता हुनु हो, तिनीहरूले समर्पित हुन नचाहनु हो। अनि, परमेश्‍वरको घरले अगुवा र कामदारहरूलाई सबै निर्णय आफै गर्नुको सट्टा सद्भावपूर्ण सहकार्य गर्नू, अरूसँग छलफल गर्न सिक्‍नू भनेर भन्दा, ख्रीष्टविरोधीहरूले आफ्‍नो हृदयमा के सोच्छन्? “मानिसहरूसँग सबै कुरा छलफल गर्नु एकदमै झमेला हुन्छ! म यी कुराहरूको बारेमा निर्णय गर्न सक्छु। अरूसँग मिलेर काम गर्नु, यसबारे तिनीहरूसँग कुरा गर्नु, सिद्धान्तअनुसार काम गर्नु—कस्तो कायर, कस्तो लाजमर्दो!” ख्रीष्टविरोधीहरूले आफूले सत्यता बुझेको छु, सबै कुरा स्पष्ट जानेको छु, आफूसित आफ्नै राय र कार्यशैलीहरू छन् भन्‍ने सोच्छन्, त्यसकारण तिनीहरूले अरूसँग सहकार्य गर्न सक्दैनन्, तिनीहरूले मानिसहरूसँग कुनै पनि विषय छलफल गर्दैनन्, सबै कुरा आफ्‍नै शैलीमा गर्छन्, र अरू कसैसामु झुक्दैनन्! ख्रीष्टविरोधीहरूले समर्पित हुन र अरूसँग सहकार्य गर्न इच्छुक छु भनेर मौखिक घोषणा गरे पनि, तिनीहरूको जबाफ बाहिरबाट जति राम्रो सुनिए पनि, तिनीहरूका शब्‍दहरू जति राम्रो सुनिए पनि, तिनीहरूले आफ्नो विद्रोही स्थिति परिवर्तन गर्न, र आफ्नो शैतानी स्वभाव बदल्न सक्दैनन्। भित्री रूपमा तिनीहरू अत्यन्तै विरोधी हुन्छन्—तर कति हदसम्‍म? ज्ञानको भाषामा भन्‍ने हो भने, यो फरक प्रकृतिका दुई कुराहरूलाई सँगै राख्दा हुने घटनाजस्तै हो: प्रत्याकर्षण, जसलाई हामी “विरोध” भनेर अर्थ्याउन सक्छौँ। ख्रीष्टविरोधीहरूको स्वभाव ठीक यस्तै हुन्छ: माथिप्रतिको विरोध। तिनीहरूलाई माथिको विरोध गर्न मन पर्छ र तिनीहरूले कसैको आज्ञापालन गर्दैनन्।

ख्रीष्टका वचनहरू सामना गर्नुपर्दा ख्रीष्टविरोधीहरूसँग एउटा मात्र मनोवृत्ति हुन्छ, र त्यो हो: अनाज्ञाकारिता; साथै तिनीहरूको एउटै मात्र शैली भनेको विरोध हो। उदाहरणको लागि, म भन्छु, “हाम्रो आँगन निकै ठूलो छ र छहारी छैन। जाडो याममा, आँगनभरि घाम लाग्छ र मानिसहरूले घाम ताप्न पाउँछन्, तर गर्मी याममा अलि तातो हुन्छ। केही बिरुवाहरू किनौँ, त्यस्ता बिरुवाहरू जुन चाँडो बढ्छन्, जसले भविष्यमा पर्याप्त छहारी प्रदान गर्नेछन्, र जुन तुलनात्मक रूपले सफा र सुन्दर हुन्छन्।” यसमा कतिवटा सिद्धान्तहरू छन्? (तीनवटा।) एउटा, बिरुवाहरू चाँडै बढ्छन्, अर्कोचाहिँ ती बिरुवाहरू सफा र तुलनात्मक रूपले राम्रा देखिन्छन्, अनि अर्को भनेको तिनले भविष्यमा पर्याप्त छहारी प्रदान गर्नेछन्, जसको मतलब तिनमा बाक्ला हाँगा र पातहरू हुनुपर्छ। मानिसहरूले यी तीनवटा सिद्धान्तहरू मात्र लागु गर्नुपर्छ; कतिवटा किन्‍ने, तिनलाई कहाँ रोप्ने, र कुन प्रजातिका बिरुवाहरू किन्‍ने भन्‍ने सम्बन्धमा, मैले पनि तिनीहरूलाई जानकारी दिएको छु। के यो काम कार्यान्वयन गर्न सजिलो छ? (छ।) के यसलाई गाह्रो काम मानिन्छ? (मानिँदैन।) यो गाह्रो काम होइन। यो किन गाह्रो छैन? रुख बेच्ने ठाउँहरू छँदै छन्, परमेश्‍वरको घरले खर्च प्रदान गरिहाल्छ, र बिरुवाहरू किन्‍ने आधारभूत सर्तहरू सबै पूरा भएकै छन्। बाँकी भनेको मानिसहरूले त्यसलाई कार्यान्वयन गर्नु मात्र हो; यस काममा त्यस्तो गाह्रो केही पनि छैन। तर ख्रीष्टविरोधीको लागि, एउटा कठिनाइ छ: “के? बिरुवाहरू किन्‍ने? छहारीको लागि र वातावरण सुन्दर बनाउन पैसा खर्च गर्ने? के त्यो देहसुखको लालच गर्नु होइन र? त्यो पैसा त परमेश्‍वरलाई चढाइएको भेटी हो, के त्यसलाई त्यस्तो लापरवाहीपूर्वक खर्च गर्न मिल्छ? अलिकति गर्मी भएर के बिग्रिन्छ? घाम परमेश्‍वरले सृष्टि गरेका हुन्; घाम ताप्दैमा तिमी मर्छौ र? त्यसलाई घामलाई स्विकार्नु र पानी पर्दा रमाउनु भनिन्छ। यदि तिमी घाममा पर्न चाहँदैनौ भने भित्रै बस। अनि अहिले आएर तिमी यो आरामको लागि पैसा खर्चन चाहन्छौ—तिमी सपनामै हुनुपर्छ!” तिनीहरूले सोच्छन्: “यस मामलामा म आफैले अन्तिम निर्णय गर्न सक्दिनँ; यदि मैले त्यसलाई सिधै विरोध गरेँ भने, त्यो राम्रो हुँदैन। म निन्दित हुन सक्छु, र अरू सहमत नहुन सक्छन्। त्यसैले म यो कुरा निर्णयकर्ताको समूहलाई रिपोर्ट गर्नेछु। साथै, दाजुभाइ-दिदीबहिनीहरूलाई पनि आफ्ना रायहरू व्यक्त गर्न दिनु उत्तम हुनेछ। यदि निर्णयकर्ताको समूहले अनुमोदन गर्‍यो भने, हामी बिरुवाहरू किन्‍नेछौँ; यदि उनीहरूले अनुमोदन गरेनन् भने, दाजुभाइ-दिदीबहिनीहरू सहमत भए पनि, हामी किन्‍नेछैनौँ।” तिनीहरूले सबैलाई एकै ठाउँमा भेला पार्छन्, त्यो कुरा उठाउँछन्, र सबैलाई छलफल गर्न र आफ्ना रायहरू व्यक्त गर्न दिन्छन्। सबैले भन्छन्, “बिरुवाहरू किन्नु राम्रो कुरा हो; सबैलाई फाइदा हुन्छ।” ख्रीष्टविरोधीले यो कुरा सुन्छ र भन्छ, “यो कसरी राम्रो कुरा हो? के सबैलाई फाइदा हुँदैमा राम्रो हुन सक्छ? सबैले कसको पैसाबाट लाभ लिइरहेका हुन्छन्? त्यो त परमेश्‍वरको पैसा खर्च गर्नु हो; के त्यो भेटीहरू फजुलमा उडाउनु होइन र? के यो सिद्धान्तहरूअनुरूप छ त?” सबैले मनन गर्छन्: “सबैको लाभको लागि, अर्थात् मानिसहरूको स्वार्थको लागि भेटीहरू फजुलमा उडाउनु अनुचित नै देखिन्छ।” दोहोरो छलफल गरिसकेपछि, अन्तिम निर्णय बिरुवाहरू नकिन्‍ने हुन्छ। पैसा वचत गर्नैपर्छ; जसले आदेश दिए पनि त्यो काम गर्न मिल्दैन। त्यस्तो छलफलपछि, एउटा निष्कर्ष निकालिन्छ। त्यो निष्कर्ष के हुन्छ? “यसपटक ख्रीष्टको आदेश सम्बन्धमा, हाम्रो अन्तिम सङ्कल्प भनेको त्यसको विरोध गर्नु हो; हामी भेटीहरू खर्च गर्नेछैनौँ, परमेश्‍वरको घरको एक सुको पनि खेर फाल्नेछैनौँ। ठोस रूपमा भन्नुपर्दा, यसको अर्थ हामी बिरुवाहरू किन्‍नेछैनौँ, हामी आँगन हरियाली बनाउनेछैनौँ।” निर्णय यही हो। केही दिनपछि, मैले बिरुवाहरू अझै पनि नकिनिएको देख्छु, त्यसैले सोध्छु, “तैँले किन बिरुवाहरू नकिनेको?” “अहो, हामी चाँडै किन्‍नेछौँ।” जब सिजन आइपुग्छ र अरूका बिरुवाहरूमा पातहरू उम्रेका हुन्छन्, तिनीहरूले किन अझै पनि कुनै बिरुवा किनेका छैनन्? सोधपुछमार्फत मैले थाहा पाउँछु कि त्यसबारे छलफल गरेपछि तिनीहरू बिरुवा किन्‍न सहमत भएनन्; मेरा वचनहरू व्यर्थै भए। परामर्श, छलफल र विश्‍लेषण गरेपछि, सबैले सामूहिक रूपमा मेरो आदेश नकार्ने निर्णय गरे, जसको तात्पर्य यो थियो: “यहाँ हाम्रो निर्णय चल्छ। तिमी पाखा लाग। यो हाम्रो घर हो, तिमीसँग यसको कुनै सम्बन्ध छैन।” यो कस्तो शैली हो? के यो विरोध होइन र? तिनीहरू कुन हदसम्म विरोध गरिरहेका छन्? तिनीहरूसँग परमेश्‍वरको घरको पैसा एक सुको पनि खेर नफाल्ने र परमेश्‍वरका भेटीहरू खर्च नगर्ने भनी दाबी गर्ने एउटा आधार छ। तिमीहरूलाई यस आधारबारे के लाग्छ? के यी वचनहरू सही छन्? (छैनन्।) भेटीहरू फजुलमा उडाउने र दुरुपयोग गर्नेहरू अक्सर यिनै ख्रीष्टविरोधीहरू हुन्छन्। तिनीहरू अन्तिम निर्णय गर्न चाहन्छन्, त्यसैले तिनीहरू मूर्ख, अज्ञानी, र खुट्ट्याउन नसक्नेहरूलाई भ्रममा पार्न यो सेटका सिद्धान्तहरू लिएर आउँछन्। अनि वास्तवमै, कतिपय मानिसहरू त्यसमा फस्छन् र तिनीहरूका कुराअनुसार कार्य गर्छन्, जबकि यी ख्रीष्टविरोधीहरूले ख्रीष्टका वचनहरूलाई बाधा दिन्छन् र बिगार्छन्, अनि तिनको कार्यान्वयनमा ढिलाइ हुन्छ। यो समस्याको जड के हो? यसको मूलजड परमेश्‍वरका चुनिएका मानिसहरूले ख्रीष्टविरोधीहरूको पाखण्डीपन छर्लङ्गै नदेख्नु, उनीहरू सधैँ मामलाहरूको सतही पक्षद्वारा भ्रममा पारिनु, र उनीहरूले कामकुराहरूको सार बुझ्न नसक्नु हो। ख्रीष्टविरोधीहरूले यी मानिसहरूमाझ तानासाहीपूर्वक अवरोधहरू निम्त्याउँछन्, र यसरी परमेश्‍वरका चुनिएका मानिसहरूमध्येका खुट्ट्याउन नसक्ने केही मानिसहरूलाई अक्सर भ्रममा र नियन्त्रणमा पार्छन्।

ख्रीष्टले मण्डलीमा गर्नुहुने हरेक विशिष्ट कार्य प्रबन्ध र आदेशमा, यदि कुनै पनि ख्रीष्टविरोधीहरूले बाधा सिर्जना गरिरहेका छैनन् भने, तिनलाई तुरुन्तै लागु गर्न सकिन्छ। तर ख्रीष्टविरोधीले हस्तक्षेप गर्नेबित्तिकै, काममा ढिलाइ हुन्छ र त्यसलाई लागु गर्न सकिँदैन। कहिलेकाहीँ त मानिसहरूले कार्यान्वयन गरून् भनेर ख्रीष्टले चाहनुभएका प्रबन्ध र आदेशहरूलाई ख्रीष्टविरोधीहरूले कुनै न कुनै निहुँमा सिधै अस्वीकृत गर्दिन्छन्। त्यसो गर्दा, तिनीहरूले सबैलाई समेटेर निर्णय लिने प्रक्रिया अपनाउँछन्, र यसो भन्छन्, “यो दाजुभाइ-दिदीबहिनीहरूको मतद्वारा पारित भएको हो; यो सामूहिक निर्णयको नतिजा हो, मेरो भनाइ मात्र होइन।” यसको आशय के हो? यसको आशय के हो भने, दाजुभाइ-दिदीबहिनीहरूका सङ्कल्पहरू सत्यताबमोजिम हुन्छन्, र कुनै समस्या उत्पन्‍न हुँदा, दाजुभाइ-दिदीबहिनीहरूको सामूहिक निर्णय हुनु भनेकै सत्यताले शक्ति चलाउनु हो। तर जब कुनै प्रभारी ख्रीष्टविरोधीले ख्रीष्टको कुराको विरोध गर्छ, के त्यो सत्यताले शक्ति चलाउनु हो त? प्रस्टै छ, यो वास्तवमा ख्रीष्टविरोधीले शक्ति हातमा लिनु हो। के कुनै ख्रीष्टविरोधीले सम्पूर्ण परिस्थिति नियन्त्रण गरिरहेको बेला सत्यताले शक्ति चलाइरहेको छ भन्नु हास्यास्पद र छली कुरा होइन र? ख्रीष्टविरोधीहरू भेष बदल्नमा साँच्चिकै सिपालु हुन्छन्! जब ख्रीष्टले तिनीहरूलाई कुनै कुरा लागु गर्न भन्नुहुन्छ, र जब त्यो परमेश्‍वरले गर्नुभएको हो, र उहाँले सबैको लागि सोचेर कार्य गरिरहनुभएको छ भनेर सबैलाई थाहा दिइन्छ, र जब सबैजना परमेश्‍वरको अनुग्रहको लागि कृतज्ञ हुन्छन्, तब त्यसले ख्रीष्टविरोधीहरूलाई अप्रसन्‍न र असहज महसुस गराउँछ। त्यसपछि तिनीहरू दिमाग खियाएर बाधा दिने र काम बिगार्ने उपायहरू खोज्छन्। तर यदि त्यो तिनीहरूको पहलमा गरिएको हो र अन्त्यमा सबै जना तिनीहरूप्रति कृतज्ञ हुन्छन् र सबैले तिनीहरूको प्रशंसा गर्छन् भने, तिनीहरूले हरकोहीभन्दा बढी सक्रिय भएर त्यसलाई लागु गर्छन्, र जस्तोसुकै कष्ट सहन तयार हुन्छन्। के यस्ता ख्रीष्टविरोधी मानिसहरू घिनलाग्दा हुँदैनन् र? (हुन्छन्।) यो कस्तो स्वभाव हो? (दुष्ट स्वभाव।) ख्रीष्टविरोधीहरू आफ्नो भेष बदल्न, अरूलाई भ्रम र प्रलोभनमा पार्न आफू असल मानिस भएको बहाना बनाउन, र आफूले सत्यता अभ्यास गरिरहेको बहानासमेत बनाउन सक्षम हुन्छन्। यो दुष्टता हो। तैँले कस्तो सत्यता अभ्यास गरिरहेको छस्? तँ ख्रीष्टले दिनुभएका वचन र आदेशहरू नकार्छस्, तिनलाई पालना र लागु गर्न सक्दैनस्। तैँले अभ्यास गर्ने भनी दाबी गरेको सत्यता कहाँ छ? के तँ परमेश्‍वरको विश्‍वासी होस्? के तँ परमेश्‍वरलाई परमेश्‍वरका रूपमा व्यवहार गर्छस्? तैँले विश्‍वास गर्ने परमेश्‍वर तेरो सहपेसेवर होइन, तेरो सहकर्मी होइन, तेरो साथी होइन; उहाँ ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वर हुनुहुन्छ! के तैँले यो कुरा चिन्दैनस्? ख्रीष्टका वचनहरूलाई सधैँ विश्‍लेषण र सूक्ष्मजाँच गर्नु, तिनको सहीपन खुट्ट्याउने कोसिस गर्नु, र फाइदा-बेफाइदा जोख्न खोज्नु—के तैँले गलत स्थान अँगालिरहेको छैनस् र? ख्रीष्टविरोधीहरू मानिसहरूका शब्दहरूको सूक्ष्मजाँच र विश्‍लेषण गर्न माहिर हुन्छन्, र तिनीहरूले अन्ततः यो अनवरत सूक्ष्मजाँचलाई ख्रीष्टमा लागु गरिछाड्छन्। ख्रीष्टलाई यस तरिकाले सूक्ष्मजाँच र व्यवहार गर्नु—के तिनीहरू परमेश्‍वरका अनुयायी हुन् त? के तिनीहरू अविश्‍वासी मात्र होइनन् र? तिनीहरू सधैँ ख्रीष्टलाई सूक्ष्मजाँच गर्छन्, तर के तिनीहरूले ख्रीष्टको ईश्‍वरीय सार बुझ्न सक्छन् त? तिनीहरूले ख्रीष्टलाई जति धेरै सूक्ष्मजाँच गर्छन्, तिनीहरू त्यति नै धेरै शङ्कापूर्ण बन्छन्, र अन्ततः ख्रीष्ट साधारण व्यक्ति हुनुहुन्छ भनेर निर्धारण गर्छन्। के तिनीहरूमा कुनै साँचो आस्था वा समर्पण बाँकी छ त? बिलकुलै छैन। ख्रीष्टविरोधीको हृदयमा, ख्रीष्टलाई एक साधारण व्यक्ति मात्र ठानिन्छ। ख्रीष्टलाई मानवको रूपमा व्यवहार गर्नु तिनीहरूलाई स्वाभाविक लाग्छ, त्यसैले तिनीहरू आफूले ख्रीष्टका वचन र आदेशहरूलाई बेवास्ता गर्न सक्‍ने, तिनलाई हृदयमा नलिई केवल भेलाहरूमा छलफल र सूक्ष्मजाँचको लागि उठाउन सक्ने भन्ठान्छन्। अन्त्यमा, काम कसरी गर्ने भनी निर्णय गर्ने ख्रीष्टविरोधी हुन्छ, त्यो परमेश्‍वर हुनुहुन्‍न। तिनीहरू ख्रीष्टलाई के ठान्छन्? तिनीहरू उहाँलाई एक साधारण अगुवाका रूपमा मात्र हेर्छन्, ख्रीष्टलाई परमेश्‍वरका रूपमा बिलकुलै व्यवहार गर्दैनन्। के यो र पावलको परमेश्‍वरमाथिको आस्था एउटै प्रकृतिका छैनन् र? पावलले प्रभु येशूलाई कहिल्यै परमेश्‍वरका रूपमा व्यवहार गरेन, उहाँका वचनहरू कहिल्यै खाएन-पिएन, न त प्रभु येशूप्रति समर्पित हुन नै खोज्यो। उसलाई सधैँ उसले जिउनु नै ख्रीष्ट हो भन्‍ने लाग्थ्यो, उसले प्रभु येशूलाई प्रतिस्थापित गर्ने प्रयास गर्‍यो, र फलस्वरूप, ऊ परमेश्‍वरबाट दण्डित भयो। तैँले ख्रीष्ट देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर स्विकारेकोले, तँ ख्रीष्टप्रति समर्पित हुनुपर्छ। ख्रीष्टले जे भन्नुभए पनि, तैँले स्विकार्नु र समर्पित हुनुपर्छ, परमेश्‍वरका वचनहरू सही छन् छैनन् वा सत्यतासँग मिल्छन् मिल्दैनन् भनी सूक्ष्मजाँच र छलफल गर्नु हुँदैन। परमेश्‍वरका वचनहरू तैँले विश्‍लेषण र सूक्ष्मजाँच गर्नलाई नभई समर्पित हुन र लागु गर्नलाई हुन्। काम कसरी सुरु गर्ने र कार्यान्वयनका चरणहरू कसरी निर्धारण गर्ने—त्यो नै तिमीहरूको सङ्गति र छलफलको दायरा हो। ख्रीष्टविरोधीहरूले आफ्‍नो हृदयमा सधैँ ख्रीष्टको ईश्‍वरीय सारबारे शङ्का गर्ने र तिनीहरूमा सधैँ अवज्ञाकारी स्वभाव हुने भएकोले, जब ख्रीष्टले तिनीहरूलाई काम गर्न भन्नुहुन्छ, तब तिनीहरूले तिनको बारेमा सधैँ सूक्ष्मजाँच र छलफल गर्छन्, र ती सही छन् कि गलत भनेर निर्धारण गर्न मानिसहरूलाई आग्रह गर्छन्। के यो गम्‍भीर समस्या हो? (हो।) तिनीहरूले ती कुराहरूलाई सत्यताप्रति समर्पणको दृष्टिकोणबाट लिइरहेका हुँदैनन्, बरु परमेश्‍वरको विरोधको दृष्टिकोणबाट लिइरहेका हुन्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो। जब तिनीहरूले ख्रीष्‍टका आदेश र कार्य बन्दोबस्तहरूबारे सुन्छन्, तब तिनीहरूले तिनलाई स्विकार्ने र तिनमा समर्पित हुने गर्दैनन्, बरु छलफल गर्न थाल्छन्। अनि तिनीहरूले केबारेमा छलफल गर्छन्? के तिनीहरूले कसरी समर्पण अभ्यास गर्ने भनी छलफल गर्छन्? (गर्दैनन्।) तिनीहरूले ख्रीष्टका वचन र आदेशहरू सही छन् कि गलत भनेर छलफल गर्छन्, र लागू गर्ने कि नगर्ने भनेर जाँच गर्छन्। के तिनीहरूको मनोवृत्ति यी कुराहरू लागू गर्न चाहने किसिमको हुन्छ? हुँदैन—तिनीहरू अझै धेरै मानिसहरूलाई आफूजस्तै बनाउन र ती कुरा नगर्न उक्साउन चाहन्छन्। अनि के ती काम नगर्नु समर्पणको सत्यता अभ्यास गर्नु हो? अवश्य होइन। तिनीहरूले के गरिरहेका हुन्छन्? (विरोध।) तिनीहरू आफैले मात्र परमेश्‍वरको विरोध गरिरहेका हुँदैनन्, सामूहिक विरोधको खोजीमा पनि हुन्छन्। यो तिनीहरूको व्यवहारको प्रकृति हो, होइन र? सामूहिक विरोध: सबैलाई आफूजस्तै बनाउनु, सबैलाई आफूले जस्तै सोच्‍ने, आफूले जस्तै बोल्‍ने, आफूले जस्तै निर्णय गर्ने बनाउनु, मिलेर ख्रीष्टको निर्णय र आदेशहरूको विरोध गर्नु। यो ख्रीष्टविरोधीहरूको कार्यप्रणाली हो। ख्रीष्टविरोधीहरूले “सबैले गर्छन् भने यो अपराध होइन” भन्‍नेमा विश्‍वास गर्छन्, त्यसकारण तिनीहरूले आफूसँगै अरूलाई परमेश्‍वरको विरोध गर्न उक्साउँछन्, र यस्तो अवस्थामा परमेश्‍वरको घरले तिनीहरूलाई केही पनि गर्न सक्दैन भन्‍ने सोच्छन्। के यो मूर्खता होइन र? परमेश्‍वरको विरोध गर्नलाई ख्रीष्टविरोधीहरूको आफ्नै क्षमता अत्यन्तै सीमित हुन्छ, तिनीहरू पूरै एक्लै हुन्छन्। त्यसैले, तिनीहरूले सामूहिक रूपमा परमेश्‍वरको विरोध गर्न मानिसहरू भर्ती गर्ने प्रयास गर्छन्, किनभने तिनीहरूले हृदयमा यस्तो सोच्छन्, “म एक हुल मानिसहरूलाई बहकाउनेछु, र मैले जस्तै सोच्‍ने र व्यवहार गर्ने बनाउनेछु। हामीले मिलेर ख्रीष्‍टका वचनहरूलाई इन्कार गर्नेछौँ, र परमेश्‍वरका वचनहरूमा बाधा दिएर, तिनलाई लागू हुनबाट रोक्‍नेछौँ। अनि यदि कोही मेरो काम जाँच्‍न आयो भने, म सबैले यस्तो निर्णय गरेका हुन् भनेर भन्‍नेछु—त्यसपछि तपाईंले के गर्नुहुँदो रहेछ हेर्नेछौँ। म तपाईंको लागि यो काम गर्नेछैनँ, म यसलाई लागू गर्नेछैनँ—हेरौँ, तपाईँले मलाई के गर्नुहुन्छ!” तिनीहरू आफूसँग शक्ति छ, तिनीहरूलाई तह लगाउन परमेश्‍वरको घरले केही गर्न सक्दैन, न त ख्रीष्टले नै केही गर्न सक्नुहुन्छ भन्‍ने सोच्छन्। तिमीहरूलाई के लाग्छ, के यस्तो व्यक्तिलाई तह लगाउन सजिलो हुन्छ? यस्तो व्यक्तिलाई कसरी तह लगाउनुपर्छ? सबैभन्दा सरल विधि भनेको उसलाई बरखास्त र छानबिन गर्नु हो। अनि दियाबलस आफै प्रकट हुनेबित्तिकै एकैलातमा त्यसलाई हटाइदे, त्यसपछि कुरै सकिन्छ। परमेश्‍वरको घरले तँलाई अगुवा हुन दिन्छ, तर तँ समर्पित हुँदैनस् र परमेश्‍वरको विरोध गर्नेसमेत आँट गर्छस्; के तँ दियाबलस होइनस् र? परमेश्‍वरको घरले तँलाई अगुवाइ गर्न खटाउँछ ताकि तैँले खास काम गर्न सक्, ताकि तँ परमेश्‍वरको घरका कार्य प्रबन्धहरूप्रति समर्पित हू, र ताकि तैँले राम्रोसँग कर्तव्य गर्न सक्। तैँले परमेश्‍वरका वचनहरू स्विकार्नु र तिनमा समर्पित हुनुपर्छ; परमेश्‍वरले जे भन्नुहुन्छ, तैँले उहाँका वचनहरूलाई स्विकार्नु र लागु गर्नुपर्छ, उहाँको विरोध गर्नु हुँदैन। तैँले परमेश्‍वरको विरोध गर्नुलाई कर्तव्यको रूपमा लिएको छस्—ठिकै छ, माफी चाहन्छु, तर तँलाई बरखास्त गर्नु नै सबैभन्दा सजिलो समाधान हो। परमेश्‍वरको घरसित तँलाई प्रयोग गर्ने अख्तियार छ र तँलाई बरखास्त गर्ने अख्तियार पनि छ। कति मानिसहरू भन्छन्, “मैले अगुवाको रूपमा राम्रै गरिरहेको थिएँ, मलाई किन बरखास्त गरियो? के यो गधाले भारी बोकिसक्नेबित्तिकै त्यसलाई मारिदिनुजस्तो होइन र?” के तँलाई बरखास्त गरिँदा तैँले वास्तवमै राम्रो काम गरिरहेको थिइस्? जुन गधाले लात्ताले हान्छ र जथाभावी टोक्छ, अनि जतिसुकै तालिम दिइए पनि अह्राइएको काम गर्दैन, “त्यसले भारी बोकिसकेपछि” त्यसलाई मार्नैपर्छ। त्यसलाई कहिले मार्ने भन्‍ने कुराचाहिँ त्यसको कार्यसम्पादनमा भर पर्छ। ल भन् त, के असल गधालाई मार्न कोही इच्छुक हुन्छ होला त? भारी बोक्ने बेलामा, गधा नै सबैभन्दा अत्यावश्यक र महत्त्वपूर्ण सहयोगी हुन्छ। गधाको सबैभन्दा बढी आवश्यकता पर्दा, के कसैले त्यसलाई मार्ने, भारी बोकाउन छोड्ने, र भारी नै नलैजाने मूर्खता गर्छ होला त? कसैले त्यस्तो काम गर्छ त? (गर्दैन।) एउटा परिस्थितिमा मात्र यस्तो हुन्छ: जब गधाले तालिमप्रति चासो दिँदैन, लात्ताले हान्‍न र जथाभावी टोक्न जारी राख्छ, र त्यसलाई भारी बोकाउन असम्भव हुन्छ। त्यही बेलामा तैँले गधालाई भारी बोकाउन छोडेर मार्नुपर्छ, होइन त? (हो।) यस मामलालाई खुट्ट्याउन सक्नेहरूले यो कुरा प्रस्ट रूपमा देख्न सक्छन्। त्यसोभए, अनाज्ञाकारी, अत्यन्तै अटेरी, र कुनै पनि काम कार्यान्वयन गर्न नसक्ने ख्रीष्टविरोधीहरूलाई कसरी तह लगाउनुपर्छ? सबैभन्दा सजिलो विधि भनेको पहिला तिनीहरूलाई पदबाट बरखास्त गर्नु हो। कति मानिसहरूले सोध्छन्, “के बरखास्त गर्दैमा त्यसको अन्त्य हुन्छ र?” किन हतार गर्नु? तिनीहरूको व्यवहार अवलोकन गर्। तिनीहरू बरखास्त भएर तिनीहरूको शक्ति गुमेपछि, यदि तिनीहरूले अझै पनि परमेश्‍वरको घरमा श्रम गर्न सक्छन् भने, तिनीहरूलाई निष्कासित गरिनेछैन। तर यदि तिनीहरूले श्रम गर्दैनन्, बरु उल्टै धारणाहरू फैलाएर, दुष्टता गरेर, अनि सबैतिर बाधाहरू सिर्जना गरेर, कामकुरा झनै बिगार्छन् भने, सिद्धान्तहरूअनुसार तिनीहरूलाई निष्कासित गर्नैपर्छ। समग्रमा, के ख्रीष्टविरोधीहरूमा प्रकट हुने यी कुराहरू घृणास्पद छैनन् र? (ती अत्यन्तै घृणास्पद छन्।) अनि केले ती घृणास्पद भएका हुन्? यी ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरमा शक्ति हत्याउन चाहन्छन्; ख्रीष्‍टका वचनहरू तिनीहरूबाट लागु हुन सक्दैनन्, तिनीहरूले तिनलाई लागू गर्दैनन्। मानिसहरू ख्रीष्टका वचनहरूप्रति समर्पित हुन नसक्दा, अवश्य नै अर्को परिस्थिति पनि संलग्‍न भएको हुन सक्छ: कतिपय मानिसहरूमा कमजोर क्षमता हुन्छ, तिनीहरूले परमेश्‍वरका वचनहरू सुन्दा तिनलाई बुझ्‍न सक्दैनन्, र तिनलाई कसरी लागू गर्ने सो तिनीहरूलाई थाहा हुँदैन; तैँले सिकाइस् भने पनि तिनीहरूले ती लागू गर्न सक्दैनन्। यो फरक मामला हो। अहिले हामीले सङ्गति गरिरहेको विषय ख्रीष्टविरोधीहरूको सार हो, र यो मानिसहरू काम गर्न सक्षम छन् कि छैनन्, वा तिनीहरूको क्षमता कस्तो छ भन्‍ने कुरासँग सम्‍बन्धित छैन; यो ख्रीष्टविरोधीहरूको स्वभाव र सारसँग सम्‍बन्धित छ। तिनीहरू ख्रीष्‍ट, परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरू, र सत्यता सिद्धान्तहरूको पूरै विरोध गरिरहेका हुन्छन्। तिनीहरूमा कुनै समर्पण हुँदैन, विरोध मात्रै हुन्छ। ख्रीष्टविरोधी यस्तै हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्