विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग तीन) खण्ड तीन
४. बढुवा पाउँदा वा बर्खासीमा पर्दा तिनीहरूको व्यवहार
मण्डलीमा, कतिपय मानिसहरूमा थोरै क्षमता र कार्य सामर्थ्य हुन्छ। बढुवा हुँदा, तिनीहरूमा धेरै उत्साह हुन्छ, तिनीहरू सक्रिय रूपमा आफ्ना कर्तव्यहरू गर्छन्, जिम्मेवारी लिन्छन्, मूल्य चुकाउन इच्छुक हुन्छन्, र तिनीहरूमा बफादारी पनि हुन्छ। तर आफ्नो काम गर्ने असक्षमताको कारण आफ्नो पदबाट बरखास्त भएर तिनीहरूको हैसियत गुम्दा, परमेश्वरप्रति तिनीहरूको मनोवृत्ति बदलिन्छ। तिनीहरूसँग हैसियत हुँदा, तिनीहरू परमेश्वरसित यसरी बोल्थे: “हाम्रा परिवारका दाजुभाइ-दिदीबहिनीहरू यस्ता छन्, हाम्रो परिवारको भवनको नवीकरण हुन आवश्यक छ, हाम्रो परिवारको आँगन चिटिक्क पार्न आवश्यक छ…।” सबथोक “हाम्रो परिवार” को कुरा हुन्छ। तिनीहरूको बढुवा हुँदा, तिनीहरू परमेश्वरको घरका हिस्सा बने, र तिनीहरू परमेश्वरसँग परिवारजस्तै एकैमनका भएझैँ देखिन्थे, परमेश्वरको हृदयको ख्याल गर्दै उहाँसँगसँगै परमेश्वरको घरको काम सम्हाल्न, र परमेश्वरसँग समान हैसियतले अन्तरक्रिया गर्न सक्षम भएझैँ देखिन्थे। जब तिनीहरूलाई बढुवा गरेर महत्त्वपूर्ण पदमा राखियो, तब तिनीहरूलाई सम्मानित महसुस भयो, र सँगसँगै, जिम्मेवारी पनि महसुस भयो। मसँग बोल्दा होस् वा दाजुभाइ-दिदीबहिनीहरूसँग, तिनीहरू प्रायः “हाम्रो परिवार” भन्ने गर्थे। यो सुनेपछि, तँलाई यो व्यक्ति खराब छैन, उसको मन राम्रो छ, ऊ न्यानो हृदयको छ, परमेश्वरको घरलाई आफ्नै घरजस्तो ठान्छ, सबथोकको धेरै ख्याल राख्छ र तीप्रति धेरै जिम्मेवारी बोक्छ, हरेक कुराबारे अग्रिम रूपमा सोच्छ, र ऊ सत्यता पछ्याउने र मूल्य तिर्न उत्सुक व्यक्ति जस्तो देखिन्छ। तर के तिनीहरू बरखास्त भएपछि पनि यसरी नै बोल्छन् त? तिनीहरू बरखास्त भएपछि, तिनीहरूको मुड उस्तै रहँदैन—त्यो मनोवृत्ति हराउँछ। अब तिनीहरू “हाम्रो परिवार” भन्दैनन्, र कुनै काम अह्राउँदा, तिनीहरू उत्सुक हुँदैनन्। तिनीहरूले के सोच्छन् त? “यसअघि, तिमीले मलाई बढुवा गर्दा, मसित हैसियत थियो, र म सम्पूर्ण हृदयले तिमीसँगै थिएँ। अब त मसँग हैसियत छैन, हामी परिवार रहेनौँ, त्यसैले त्यो तिमी आफै गर। त्यो कसरी गर्ने भनेर मलाई नसोध, र मलाई थाहा नदेऊ, मसँग त्यसको कुनै सरोकार छैन। म तिमीलाई सन्देशहरू मात्र पुर्याइदिनेछु, त्योबाहेक केही पनि गर्नेछैन—म तिमीले अह्राएको जे पनि अलिअलि त गर्नेछु तर अब तिम्रो र मेरो मन मिल्दैन।” त्यसपछि तिनीहरूले तँलाई बाह्य व्यक्तिको रूपमा हेर्छन्। यदि तैँले तिनीहरूलाई केही काम अह्राइस् भने, तिनीहरूले यसरी काम गर्छन् मानौँ तिनीहरू अरू कसैको लागि जागिरको काम गरिरहेका छन्, तिनीहरूले देखावटी रूपमा झारा मात्रै टार्छन्। पहिले तिनीहरूले पाँचवटा कामहरू गरेका हुन्थे होला, तर अहिले तिनीहरू एकदुइटा मात्र गर्छन्, प्रक्रिया मात्र पूरा गर्छन्, अल्याङटल्याङ गर्छन्, केही देखावटी काम गर्छन्, र त्यतिमै रोकिन्छन्। यस्तो किन हुन्छ? तिनीहरू भन्छन्: “पहिले, म सम्पूर्ण हृदयले तिमीसँगै थिएँ, तिमीलाई सबै कुरामा मद्दत गर्थेँ, तिम्रा मामलाहरूलाई मेरा आफ्नै र हाम्रो साझा काम ठानेर तिम्रो पक्षमा काम गर्थेँ। तर तिमीले मेरा भावनाहरूबारे सोच्दै नसोची मलाई बरखास्त गरिहाल्यौ! तिमी मेरा भावनाहरूबारे सोच्दैनौ—म कसरी तिम्रो लागि काम गर्न सक्छु? यदि तिमीले मलाई फेरि पनि बढुवा गर्यौ र हैसियत दियौ भने ठिक छ। तर यदि तिमीले मलाई हैसियत दिएनौ भने, त्यो कुरा बिर्सिदेऊ। यदि तिमी फेरि पनि मलाई कामकुरा गराउन चाहन्छौ भने, त्यो पहिलेजस्तो राम्रो हुनेछैन। यदि तिमी मलाई प्रयोग गर्छौ भने, तिमीले मलाई प्रसिद्धि र हैसियत दिनुपर्छ। यदि हैसियत नै छैन, र तिमी मलाई आदेश मात्र दिन्छौ अनि मैले केही काम गरोस् भन्ने अपेक्षा गर्छौ भने, त्यसमा कदर कहाँ हुन्छ? त्यसको केही स्पष्टीकरण हुनुपर्छ!” अब अहिले, तैँले बोल्दा त्यसको प्रभावकारिता नै हुँदैन। जब तैँले तिनीहरूलाई केही कुरा अह्राउँछस्, अब तिनीहरू पहिलेजति समर्पित हुँदैनन्, आफ्नो सारा हृदय र मन समर्पित गर्दैनन्; तिनीहरूको मनोवृत्ति बदलिएको छ। यदि तैँले तिनीहरूलाई फेरि केही काम अह्राइस्, वा यदि परमेश्वरको घरले तिनीहरूलाई केही अह्रायो भने, तिनीहरू त्यसलाई अतिरिक्त काम, अर्थात् बाह्य व्यक्तिको मामला मान्छन्, यस्तो लाग्छ मानौँ तिनीहरूले त्यो गर्न खोज्नु नै तेरो लागि ठूलो सम्मान हो। तिनीहरूलाई लाग्छ कि यदि तिनीहरूले त्यसो गरेनन् भने, त्यो काम अनुचित नै देखिनेछ, खासगरी किनभने तिनीहरू परमेश्वरमा विश्वास गर्छन्। तर यदि त्यो काम गरे भने, तिनीहरूले अनिच्छापूर्वक गर्नेछन् र झारा मात्र टार्नेछन्। तिनीहरू किन यसो गर्छन् त? तिनीहरू यस्तो सोच्छन्, “मैले तिमीलाई पहिले शतप्रतिशत विश्वास गरेँ, तिम्रा मामलाहरूलाई मेरो आफ्नै ठानेँ, तर तिमीले मलाई त्यसरी पाखा लगायौ, जसले मेरो मन र आत्मसम्मानमा चोट पुर्यायो; तिमीले मलाई बेवास्ता गर्यौ। ठिक छ, यदि तिमी मप्रति निर्दयी हुन्छौ भने, मलाई हृदय नभएको भनेर दोष नदिनू। यदि तिमीले मलाई फेरि प्रयोग गर्यौ भने, म पहिलेजस्तो हुन सक्दै सक्दिनँ, किनभने हाम्रो सम्बन्ध टुटिसकेको छ। म त्यति सजिलै अह्राइखटाइ गरिने, आइज भन्दा आइहाल्ने र जा भन्दा गइहाल्ने व्यक्ति होइन। म को हुँ? परमेश्वरमा विश्वास नगर्ने भए, के अरूलाई म यसरी आफूलाई मनलाग्दी चलाउन दिन्थेँ र?” जब ख्रीष्टविरोधीहरू बरखास्त हुन्छन् र आफ्नो हैसियत गुमाउँछन्, तब तिनीहरूको मनोवृत्तिमा यति उल्लेखनीय परिवर्तन आउन सक्छ। तिनीहरूसँग हैसियत हुँदा, तिनीहरूले परमेश्वरको घरलाई “हाम्रो परिवार” भनेर बारम्बार कुरा त गर्ने गर्थे, तर तिनीहरूले परमेश्वरको घरका मामलाहरूलाई साँच्चिकै आफ्नो ठानेनन्। बरखास्त भएर हैसियत गुमेपछि, तिनीहरूलाई परमेश्वरको घरले कर्तव्य गर्न अह्राएमा, तिनीहरू सम्झौताविना त्यो कर्तव्य गर्न अनिच्छुक हुन्छन्, र त्यसपछि पनि, तिनीहरू स्पष्टीकरण वा कुनै न कुनै किसिमको कदर चाहन्छन्। कतिपयले त यस्तोसमेत भन्छन्, “पछिल्लोपटक तिमीले मलाई बरखास्त गरेर त्यसरी पाखा लगायौ। यदि तिमी अहिले मैले केही गरूँ भन्ने चाहन्छौ भने, पवित्र आत्माले प्रयोग गर्नुभएको मान्छे आफै मसित बोलेन, वा देहधारी परमेश्वर स्वयम् आएर मसित बोल्नुभएन भने, त्यसलाई बिर्सिदेऊ!” तिनीहरू कति धीरोद्धत हुन्! ल भन् त, के परमेश्वरको घरले यस्ता मानिसहरूलाई प्रयोग गर्नुपर्छ? (पर्दैन।) तिनीहरू आफूलाई महत्त्वपूर्ण व्यक्ति ठान्छन्, तर खासमा, परमेश्वरको घरले यस्ता मानिसहरूलाई महत्त्व दिँदैन। तँ अगुवाइमा जतिसुकै प्रतिभाशाली, सक्षम, वा दक्ष भए पनि, परमेश्वरको घरले तँलाई प्रयोग गर्नेछैन। कतिपयले सोध्लान्, “के तपाईँ दुष्ट मानिसहरूसामु नझुक्ने हुनुभएकोले यस्तो भएको हो?” होइन; यो परमेश्वरको घरको प्रशासनिक आदेश र मानिसहरूलाई प्रयोग गर्ने सिद्धान्त हो। यदि ख्रीष्टविरोधीहरूलाई परमेश्वरको घरमा शक्ति सम्हाल्न दिइयो भने, के दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीको लागि त्यो राम्रो कुरा हो, कि नराम्रो हो? (नराम्रो कुरा हो।) के परमेश्वरको घरले यस्तो खराब काम गर्न सक्छ? कदापि सक्दैन। तिनीहरू ख्रीष्टविरोधी हुन् भनेर प्रकाश हुनुअघि, परमेश्वरको घरले तिनीहरूलाई सेवा गर्न लगाउन मन नलागीनलागी बढुवा गरेको थियो। तिनीहरू ख्रीष्टविरोधी भएको प्रकाश भएपछि, के परमेश्वरको घरले अझै पनि तिनीहरूलाई बढुवा गर्न सक्थ्यो त? त्यो सम्भवै थिएन। तिनीहरू मनोकल्पना गरिरहेका छन् र ठूलो कामना गर्दै सोचिरहेका छन्। कतिपय ख्रीष्टविरोधीहरू यस्तो सोच्छन्: “अहँ, परमेश्वरको घर मविना चल्न सक्दैन। मबाहेक परमेश्वरको घरको कसैले पनि यो काम लिनै सक्दैन। मेरो ठाउँ कसले लिन सक्छ र?” ख्रीष्टविरोधीहरू यो दावी गर्न चाहन्छन्। अब हामी यी ख्रीष्टविरोधीहरूलाई तिनीहरू परमेश्वरको घरमा नहुँदा परमेश्वरको काम सहज रूपमा अघि बढ्न र सम्पन्न हुन सक्छ कि सक्दैन भनेर देखाइदिऔँ।
अहिले परमेश्वरको घरको विभिन्न किसिमका कामको सहज प्रगति र विकास हुँदै छ—के यावत किसिमका ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई मण्डलीबाट निकाल्नु र निष्कासित गर्नुसित यसको कुनै सम्बन्ध छ? यो अत्यन्तै सम्बन्धित छ! ख्रीष्टविरोधीहरूले यो कुरा चाल पाउँदैनन्; तिनीहरूलाई निकालिँदा, निष्कासित गरिँदा, र प्रतिबन्धित गरिँदा नै परमेश्वरको घरको काम सहज रूपमा अघि बढ्न सक्छ भनेर तिनीहरूलाई थाहै हुँदैन—तिनीहरू स्वाङ पार्ने र गुनासो गर्नेसमेत गर्छन्! तँ केको बारे गुनासो गरिरहेको छस्? तँ आफूसित प्रतिभा र दिमाग, क्षमता र कार्य सामर्थ्य छ भन्ठान्छस्, तर तैँले परमेश्वरको घरमा के गर्न सक्छस्? यी मानिसहरूले केवल परमेश्वरको कामलाई बाधा दिने र तोडफोड गर्ने शैतानका नोकरहरूको भूमिका खेल्छन्। तिनीहरूको अनुपस्थितिमा, परमेश्वरका चुनिएका मानिसहरूको मण्डली जीवन, उनीहरूको कर्तव्य गराइको जीवन, र उनीहरूको दैनिक जीवन सबै अझ बढी शान्त, सहज र शान्तिपूर्ण हुनेथ्यो—जुन ख्रीष्टविरोधीहरूले महसुस गर्दैनन्। यी ख्रीष्टविरोधीहरू आफ्नो सामर्थ्यको अधिमूल्यन गर्छन् र तिनीहरू वास्तवमा के हुन् भनेर थाहा पाउँदैनन्। तिनीहरू सोच्छन् कि तिनीहरूविना परमेश्वरको घर चल्न सक्दैन, कामहरू कार्यान्वयन गर्न सकिँदैन र विभिन्न पेसागत कामहरू अघि बढ्न सक्दैनन्। तिनीहरू परमेश्वरको घरमा धार्मिकता र सत्यताको शक्ति चल्छ भन्ने कुरा बुझ्दैनन्। तिनीहरूलाई किन थाहा हुँदैन? ख्रीष्टविरोधीहरूले किन यति सामान्य मामला बुझ्न सक्दैनन्? यसले ख्रीष्टविरोधीहरूसँग सत्यताप्रति वितृष्ण र सत्यताप्रति शत्रुवत् सार छ भन्ने मात्र देखाउँछ। तिनीहरू सत्यताप्रति वितृष्ण र शत्रुवत् भएकै कारण तिनीहरूलाई सत्यता के हो, सकारात्मक कुराहरू के हुन् भनेर थाहा हुँदैन। तर त्यसको उल्टो, तिनीहरू सोच्छन् कि परमेश्वरको प्रतिरोध गर्ने तिनीहरूका दुष्ट र दुर्भावपूर्ण व्यवहारहरू राम्रा र सही छन्, तिनमा कुनै गल्तीहरू छैनन्। तिनीहरू आफूले मात्र सत्यता बुझ्ने, आफू मात्र परमेश्वरप्रति बफादार रहेको, र परमेश्वरको घरमा शक्ति सम्हाल्न आफू मात्र योग्य रहेको विश्वास गर्छन्। तिनीहरू गलत छन्! परमेश्वरको घरमा सत्यताको शक्ति चल्छ। सबका सब ख्रीष्टविरोधीहरू निन्दित र अस्वीकृत हुन्छन्, र हटाइन्छन्; तिनीहरूले परमेश्वरको घरमा ठाउँ प्राप्त गर्ने सम्भावनै हुँदैन र तिनीहरू सदासदाको लागि अस्वीकृत मात्र हुन सक्छन्।
कतिपय ख्रीष्टविरोधीहरूमा केही वरदानहरू, केही क्षमता, र केही सामर्थ्य हुन्छन्, र तिनीहरू शक्तिको खेल खेल्न सिपालु हुन्छन्। तिनीहरू परमेश्वरको घरमा आफूलाई बढुवा गरिनुपर्ने र महत्त्वपूर्ण पदहरूमा राखिनुपर्ने भन्ठान्छन्। तर आज हेर्दा, त्यस्तो भएको छैन। यी मानिसहरू निन्दित, प्रतिबन्धित, र अस्वीकृत भएका छन्, र कतिपय त मण्डलीबाट निकालिएका र निष्कासितसमेत गरिएका छन्। तिनीहरूले तिनीहरूजस्ता ठूला क्षमता र उच्च प्रतिभाहरू भएका “उच्चकुलीन” व्यक्तित्वहरू परमेश्वरको घरमा पछारिएर अस्वीकृत होलान् भनेर कहिल्यै कल्पना गरेका थिएनन्। तिनीहरू यसको कारण बुझ्नै सक्दैनन्। त्यसोभए, के हामीले तिनीहरूमाथि काम गर्न जारी राख्नुपर्छ? जरूरी छैन। के तैँले शैतानहरूसँग तर्क गर्न सक्छस्? शैतानहरूसँग तर्क गर्ने कोसिस गर्नु भनेको बहिरोलाई प्रवचन सुनाउनुजस्तै हो; शैतानहरूलाई व्याख्या गर्ने एउटै तरिका छ, र त्यो हो—समझ नछिर्ने। जसरी कतिपय मानिसहरूले भन्ने गर्छन्, “परमेश्वर मानिसहरूलाई इमानदार हुन आग्रह गर्नुहुन्छ, तर इमानदार भएर त्यस्तो केचाहिँ राम्रो हुन्छ? थोरै झूट बोल्दैमा, मानिसहरूलाई धोका दिँदैमा, के बिग्रिन्छ? कुटिल र छली भएर के बिग्रिन्छ? बेइमान भएर के बिग्रिन्छ? चतुर हुँदैमा, झाराटारुवा हुँदैमा के बिग्रिन्छ? परमेश्वरको मूल्याङ्कन गरेर के बिग्रिन्छ? परमेश्वरबारे धारणाहरू राख्दैमा के बिग्रिन्छ? परमेश्वरविरुद्ध विद्रोही हुँदैमा के बिग्रिन्छ, त्यो कुनचाहिँ ठूलो गल्ती हो र? यो वास्तवमा सिद्धान्तको मामला नै होइन!” कतिपय मानिसहरू त यस्तोसमेत भन्छन्, “के सक्षम व्यक्तिले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नु अत्यन्तै सामान्य होइन र? यस संसारमा, ठूलाले सानालाई हेप्छन्, र बलियाले कमजोरलाई शोषण गर्छन्। यदि क्षमता छ भने, आफूले आफ्नै राज्य सिर्जना गर्नुपर्छ, त्यसमा के समस्या छ र? सबै जनासँग आफ्नो क्षमताअनुसारको शक्ति हुन्छ, र सबैले आफ्नो शक्तिले जति सकिन्छ त्यति धेरै मानिसहरूलाई शासन गर्नुपर्छ!” अरूले चाहिँ यसो भन्छन्, “व्यभिचारी हुनुमा के समस्या छ र? व्यभिचारमा के समस्या छ? दुष्ट प्रवृत्तिहरू पछ्याउनुमा के समस्या छ?” र यस्तै आदि इत्यादि कुराहरू भन्छन्। यी शब्दहरू सुनेपछि तिमीहरूलाई के महसुस हुन्छ? (घिन लाग्छ।) घिन मात्र लाग्छ? यी शब्दहरू सुनेपछि त यस्तो महसुस हुन्छ, “हामी सबैमा मान्छेको उही छाला छ, तर किन कतिपय मानिसहरू यी नकारात्मक कुराहरूलाई घृणा नगर्ने मात्र नभई तिनलाई प्रियसमेत ठान्छन्? किन कतिपय मानिसहरू तिनलाई घृणा गर्छन्? मानिसहरूबीच किन यति ठूलो भिन्नता हुन्छ? किन सत्यता र सकारात्मक कुराहरूप्रति वितृष्ण मानिसहरू सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्? तिनीहरू किन नकारात्मक कुराहरूलाई त्यति धेरै प्रिय ठान्छन् र तिनलाई खजानासमेत मान्छन्? तिनीहरू किन यी नकारात्मक कुराहरूका दुष्टता र घृणितपन चिन्न सक्दैनन्?” मानिसहरूको हृदयमा यस्ता चिन्तनहरू उत्पन्न हुन्छन्। ख्रीष्टविरोधीहरूका यी शब्दहरू सुन्दा, मानिसहरू एकातिर घिनाउँछन् र अर्कोतिर निःशब्द बन्छन्। यस्ता मानिसहरूको प्रकृति बदल्न सकिँदैन; तिनीहरू बदलिन सक्दैनन्, यही कारणले गर्दा परमेश्वरले दियाबलसहरू वा शैतानहरूलाई मुक्ति नदिने भन्नुहुन्छ। परमेश्वरको मुक्ति मानवजातिको लागि हो, पशु वा पिशाचहरूको लागि होइन। परमेश्वरले दियाबलस र पशु भन्नुहुने ठ्याक्कै यिनै ख्रीष्टविरोधी मानिसहरूलाई हो; तिनीहरूलाई मानवजातिमा गन्न मिल्दैन। यो प्रस्टै छ, होइन र?
५. बदलिँदो परिस्थितिहरूमा मण्डलीप्रति तिनीहरूको व्यवहार
ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन् भन्ने कुरा तिनीहरूको मुडमा भर पर्छ—भर्खरै यो विषयवस्तुका कतिवटा पक्षहरू सङ्गति गरिए? काटछाँट भोग्नुपर्दा, तिनीहरूले ख्रीष्टलाई निश्चित तरिकाले व्यवहार गर्छन्, त्यो एउटा पक्ष हो। अरू के छ? (तिनीहरूले देहधारी परमेश्वरबारे धारणाहरू जनमाउँदा, तिनीहरूको बढुवा वा बर्खासी हुँदा, र ख्रीष्टलाई खेदो गरिँदा।) त्यसलाई जोड्दा जम्मा चारवटा पक्षहरू हुन्छन्। अब हामी सङ्गतिलाई निरन्तरता दिऔँ। ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, त्यसैले तिनीहरू सत्यता प्राप्त गर्नका लागि परमेश्वरमा विश्वास गर्दैनन्—तिनीहरू आशिष्हरू प्राप्त गर्न परमेश्वरमा विश्वास गर्छन्; तिनीहरूका आफ्नै योजना, अभिप्राय र उद्देश्यहरू हुन्छन्। यसअलावा, तिनीहरू शक्ति र प्रभाव मन पराउँछन्, त्यसैले तिनीहरू पर्खेर हेरौँ भन्ने मनोवृत्तिले परमेश्वरमा विश्वास गर्छन्। तिनीहरू कसरी पर्खेर हेर्छन्? भन्नुको मतलब, तिनीहरूले विश्वास गर्दा परमेश्वरको घरका मानिसहरूको सङ्ख्या बढिरहेको छ छैन, सुसमाचारको काम कसरी फैलिँदै छ, त्यो सहज छ छैन, र परमेश्वरको घरको प्रभाव निरन्तर बढिरहेको छ छैन भन्ने कुरा पनि अवलोकन गर्छन्। यसबाहेक, तिनीहरू परमेश्वरको घरमा कर्तव्य गर्ने मानिसहरूको सङ्ख्या बढिरहेको छ छैन, स्वेच्छाले परमेश्वरका निम्ति सेवा प्रदान गर्ने मानिसहरू झन्-झन् बढ्दै छन् कि छैनन्, र परमेश्वरको घरको निम्ति काम गर्न इच्छुक मानिसहरूको सङ्ख्या झन्झन् बढ्दै छ छैन भन्ने कुरा पनि अवलोकन गर्छन्। तिनीहरूले परमेश्वरको घरमा कर्तव्य गर्नेहरूको सामाजिक र शैक्षिक पृष्ठभूमि कस्तो छ, समाजमा तिनीहरूको पहिचान र हैसियत साँच्चिकै कस्तो छ भनेरसमेत अवलोकन गर्छन्। अवलोकनमार्फत, तिनीहरूले झन्झन् धेरै मानिसहरूले परमेश्वरमा विश्वास गरेको, परमेश्वरको घरमा मानिसहरूको सङ्ख्या बढिरहेको, र झन्झन् धेरै मानिसहरू आफ्ना परिवार, काम, र सम्भाव्यताहरू त्यागेर परमेश्वरको घरमा कर्तव्य गर्न इच्छुक भएको देख्छन्। तिनीहरूले जब यी कुराहरू देख्छन्, तब तिनीहरूलाई आफू अबउप्रान्त उदासीन रहन नमिल्ने र आफूलाई परमेश्वरको घरको कामप्रति र कर्तव्य पूरा गर्नेहरूको पङ्क्तिमा समर्पित गर्नुपर्ने महसुस हुन्छ, अनि तिनीहरू भावी आशिष्हरूको हिस्सा बन्न सकून् भनेर सदस्य बन्छन्। तर परमेश्वरको घरमा कर्तव्यहरू गर्न र भूमिका खेल्न सक्ने भए पनि, तिनीहरूले आफ्नो सम्भाव्यता र नियतिप्रतिको अपेक्षा कहिल्यै त्याग्दैनन्, र हृदयमा निरन्तर आकलन गरिरहेका हुन्छन्। यो समूह, अर्थात् यी ख्रीष्टविरोधीहरूमा यस्ता महत्त्वाकाङ्क्षा र स्वभावहरू हुने भएकोले, परमेश्वरको घरको हैसियत र प्रसिद्धि बढ्ने क्रममा ख्रीष्ट र परमेश्वरप्रति तिनीहरूको मनोवृत्ति बदलिनेछ। त्यसकारण, कर्तव्य गर्ने क्रममा, एकातिर, तिनीहरूले आफ्नै सम्भाव्यता र नियतिको निम्ति जोरदार योजना, चतुर्याइँ र व्यवस्थापन गरिरहेका हुन्छन्; र अर्कोतिर, तिनीहरूले परमेश्वरको घरको विकास, त्यसको वैदेशिक र आन्तरिक प्रभाव, र मानिसहरूको सङ्ख्या बिस्तारै बढिरहेको छ छैन, मण्डलीको स्तर निरन्तर विस्तार भइरहेको छ छैन, समाजका केही प्रख्यात मानिसहरूसँग मण्डली जोडिएको छ छैन, त्यसले पश्चिममा एक तहको ख्याति पाएको छ छैन, र त्यसले बलियो जग स्थापित गरेको छ छैन भनेर पनि हेर्छन्। तिनीहरूले निरन्तर यी मामलाहरूबारे हेरिरहेका र सोधपुछ गरिरहेका हुन्छन्। मण्डलीको काममा सामेल नहुने र कर्तव्यहरू नगर्ने कतिपय मानिसहरू समेत तिनीहरूका आफ्नै सम्भाव्यता र नियतिका लागि निरन्तर हिसाबकिताब गरिरहेका हुन्छन्, र मण्डलीको विकासबारे ठूलो चासो देखाइरहेका हुन्छन्। यसर्थ, तिनीहरूले मण्डलीको वेबसाइटमा यस्ता जानकारी खोज्ने र मण्डलीभित्रै पनि यी मामलाहरूबारे सोधपुछ गर्ने गर्छन्। जब तिनीहरूले विदेशमा परमेश्वरको घरको काम सहज रूपमा फैलिरहेको र अझ बढी आशालाग्दो बनिरहेको, र यो काम पश्चिममा झन् राम्ररी फैलिरहेको र परिस्थिति झन् सुधार भइरहेको देख्छन्, तब तिनीहरूले हृदयमा आश्वस्त महसुस गर्छन्। के तिनीहरूले अनुभूत गर्ने आश्वस्तताले तिनीहरूमा आएको साँचो परिवर्तन जनाउँछ? (जनाउँदैन।) तिनीहरू आश्वस्त भइरहँदा, देहधारी परमेश्वरप्रति, ख्रीष्टप्रति रहेको तिनीहरूको मनोवृत्तिमा अलि बढी “सम्मान” र प्रशंसा मात्र हुन्छ, त्यसमा साँचो समर्पण हुँदैन।
जब ख्रीष्ट मूलभूमि चीनमा काम गरिरहनुभएको थियो, ख्रीष्टविरोधीहरू प्रायः जान्न चाहन्थे, “के देहधारी परमेश्वरलाई गिरफ्तार गर्न सकिन्छ? के उहाँ शासकीय अधिकारीहरूको हातमा पर्न सक्नुहुन्छ?” यसरी सोच्दा, तिनीहरूमा यस “महत्त्वहीन व्यक्ति” प्रति अलिअलि तिरस्कार जाग्थ्यो। जब तिनीहरूले देहधारी परमेश्वरसित प्राय: घर भन्नलाई कुनै ठाउँ नभएको, आफ्नो टाउको राख्ने ठाउँ नपाएको, र पक्राउ पर्नबाट जोगिन उहाँ जहाँ सकिन्छ त्यहाँ लुकिरहनुभएको सुने, तब तिनीहरूको सानो जिज्ञासा र देहधारी परमेश्वरप्रतिको आनाकानीपूर्ण “सम्मान” पूरै नष्ट भए। तर जब तिनीहरूले देहधारी परमेश्वर, अर्थात् ख्रीष्ट संयुक्त राज्यमा, अर्थात् मानवजातिले अभिलाषा राख्ने स्वतन्त्रताको भूमिमा, हुनुहुन्छ भन्ने सुने, तब तिनीहरूलाई देहधारी परमेश्वरप्रति डाह लाग्यो—सम्मान होइन, डाह लाग्यो। तर जब तिनीहरूले देहधारी परमेश्वर पश्चिममा मानवजातिमाझ अस्वीकृतहुनुभयो, उहाँको मानहानि भयो, उहाँ निन्दित, र आलोचित हुनुभयो भनेर सुने, तब ख्रीष्टविरोधीहरूको हृदयको गहिराइमा खलबलीका छालहरू उठे: “तपाईँ परमेश्वर हुनुहुन्छ, मानिसहरू किन तपाईँलाई स्विकार्दैनन्? तपाईँ परमेश्वर हुनुहुन्छ, धार्मिक संसारले किन तपाईँलाई स्विकार्नुको साटो तपाईँबारे त्यति धेरै आधारहीन अफवाहहरू फैलाउँछ? तपाईँ किन अगाडि आएर आफ्नो बचाउ गर्नुहुन्न? तपाईँले वकिलहरूको टोली खटाउनुपर्छ! अनलाइनका ती बदनाम र अपमानजनक शब्दहरू, धार्मिक संसारद्वारा सिर्जित तपाईँलाई अत्यन्तै खराब देखाउने अफवाहहरू हेर्नुहोस् त! तपाईँलाई पछ्याउँदा हामीलाई लज्जित महसुस हुन्छ, साथै यी कुराहरू उल्लेख गर्नसमेत अफ्ठ्यारो लाग्छ। तपाईँ पूर्वमा र पश्चिममा निन्दित हुनुभएको छ, धार्मिक संसारद्वारा, मानवजातिद्वारा, र यस संसारद्वारा अस्वीकृत हुनुभएको छ। तपाईँलाई पछ्याउँदा हामीलाई अपमानित महसुस हुन्छ।” यो ख्रीष्टविरोधीहरूको मानसिकता हो। हृदयमा अपमानित महसुस गरिरहँदा, तिनीहरूले यस “महत्त्वहीन व्यक्ति” लाई देख्दा तिनीहरूका नजर र हृदयमा उहाँप्रति तिरस्कार र सहानुभूति—सबैभन्दा आनाकानीपूर्ण सहानुभूति—पनि उब्जिए। यो सहानुभूति कसरी उत्पन्न हुन्थ्यो? तिनीहरूले सोच्थे, “तपाईँ व्यक्तिगत लाभ वा क्षतिबारे चिन्ता नगरी यस्तो महान् कार्य गरिरहनुभएको छ, जसलाई निःस्वार्थ समर्पण मान्न सकिन्छ। यस्तो ठूलो कष्ट र अपमान सहेर, तपाईँ के प्राप्त गर्न खोज्दै हुनुहुन्छ? तार्किक रूपमा बोल्नुपर्दा, तपाईँ असल व्यक्ति नै हुनुपर्छ; नत्र, तपाईँले कसरी यस्तो ठूलो अपमान सहन र यति धेरै पीडा भोग्न सक्नुहुन्थ्यो? यो निकै दयनीय छ र सजिलो छैन; तपाईँलाई हृदयमा अत्यन्तै अन्यायमा परेको महसुस भएको हुनुपर्छ।” यसरी, तिनीहरूले ख्रीष्टप्रति थोरै सहानुभूति महसुस गर्थे। तिनीहरूले सोच्थे, “यदि त्यो म भएको भए, म त्यस्तो ठूलो कष्ट सहन सक्दिनथेँ; म मानवजातिसामु आफ्नो तर्क राख्नेथिएँ। म एकातिर वकिलहरूको टोली खटाएर अनलाइनका ती झूटा अफवाहहरू मेटाउनेथिएँ, र अर्कोतिर, तिनीहरूलाई परमेश्वर को हुनुहुन्छ भनी देखाउन धार्मिक संसारमा केही चमत्कार र आश्चर्यकर्महरू देखाउनेथिएँ—को सही र को गलत हो—भनेर तिनीहरूलाई हेर्न दिनेथिएँ, र ती अपमान र निन्दा गर्नेहरूको मुख बन्द गर्दिनेथिएँ, र तिनीहरूलाई दण्डित गरेर पाठ सिकाउनेथिएँ। के त्यसउप्रान्त तिनीहरूले त्यसो गर्ने आँट गर्नेथिए होला त? तपाईं किन त्यसो गर्नुहुन्न? तपाईँ किन कहिल्यै आफ्नो बचाउ गर्नुहुन्न? के यो तपाईँमा शक्ति, साहस, वा बहादुरी नभएर हो? साँच्चिकै के भइरहेको छ? के यो कायरता हुन सक्छ? ओहो, तपाईँको हृदयमा धेरै कुरा लुकेका छन्, यस्तो ठूलो अन्याय सहेर पनि मौन रहनुहुन्छ, अझै काम फैलाउनुहुन्छ, र मण्डलीमा मानिसहरूसित धैर्यपूर्वक र गहन रूपले कुरा गर्नुहुन्छ, तिनीहरूलाई भरणपोषण गर्नुहुन्छ, तैपनि तिनीहरू सधैँ धारणाहरू बोक्छन् र विद्रोही हुन्छन्। तपाईँको हृदय पीडामा हुनुपर्छ! तपाईँले यो सबै सहन सक्नुभएको देख्दा, तपाईँ वास्तवमै अत्यन्तै राम्रो र सहानुभूतिलायक व्यक्ति हुनुहुन्छ।” तिनीहरूको सहानुभूति यसरी नै आएको हो। यो ख्रीष्टविरोधीहरूको सहानुभूति हो। ख्रीष्टविरोधीहरूलाई खुलासा गरेको सुरुवातदेखि अहिलेसम्म, तिनीहरूले गरेको “राम्रो” भनेको यस्तै मात्र हो। यो “राम्रो” कतिको राम्रोसँग गरिएको छ? के यो साँचो हो? (होइन।)
ख्रीष्टविरोधीहरू ख्रीष्टलाई पछ्याउँछन् र तिनीहरूले धेरै वर्ष ख्रीष्टले बोल्नुभएका वचनहरू स्विकारेका छन्, तर तिनीहरूले ख्रीष्टलाई यो जुनीमा आफ्नो मुक्तिदाताको रूपमा स्विकार्न सकेकोमा कहिल्यै सम्मानित महसुस गरेका छैनन्, न त तिनीहरूले ख्रीष्टले जस्तै कष्ट भोगेकोमा, ख्रीष्टले जस्तै संसारद्वारा निन्दित र अस्वीकृत हुनुपरेकोमा कहिल्यै सम्मानित नै महसुस गरेका छन्। बरु, तिनीहरू त ख्रीष्टका दुःखहरूलाई फाइदा उठाउने वस्तु र प्रमाणको रूपमा लिन्छन्, जुनद्वारा तिनीहरू ख्रीष्टलाई तिरस्कार र अस्वीकार गर्छन्। तिनीहरूमा ख्रीष्टसँग यी सारा दुःखहरू बाँडेर लिने तत्परता र मनोवृत्ति हुँदैन। बरु, तिनीहरू रमिते भएर उभिन्छन्, ख्रीष्टले सहनुहुने सारा दुःखहरू नियाल्छन्, मानवजातिले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन् भनेर नियाल्छन्, र तिनीहरू यिनै अवलोकनहरूको आधारमा ख्रीष्टप्रति व्यवहार गर्छन्। जब परमेश्वरको नाम उद्घोष हुन्छ र सुसमाचारको काम बिस्तारै सारा मानवजातिमाझ फैलन्छ, साथै सुसमाचारको कामका सम्भाव्यताहरू आसलाग्दा देखिन्छन्, तब ख्रीष्टविरोधीहरू बिस्तारै देहधारी परमेश्वरसित नजिकिन्छन्, र उहाँप्रति थोरै सम्मान र डाह महसुस गर्छन्। त्यो सँगसँगै, तिनीहरू परमेश्वरको घरसित नजिकिने ठूला प्रयासहरू गर्छन्, परमेश्वरको घरको सदस्य र परमेश्वरको कामको फैलावटको हिस्सा बन्ने प्रयत्न गर्छन्। के त्यति नै हो? के त्यो त्यति सरल कुरा हो? होइन; तिनीहरू परमेश्वरको घरका विभिन्न कार्य परियोजनाहरूको विस्तार अवस्थाको आधारमा परमेश्वरको घर र ख्रीष्टप्रति जुनसुकै समय र स्थानमा आफ्नो मनोवृत्ति बदल्छन्। यदि तिनीहरूले मानवजातिमाझ, र विशेषगरी पश्चिममा, कुनै निश्चित वर्णका मानिसहरूले “यी वचनहरू साँच्चिकै परमेश्वरका वचनहरू हुन्, तिनमा साँच्चिकै अख्तियार छ! परमेश्वरका वचनहरूबाट हामी परमेश्वरको सार देख्छौ, हामी निश्चित छौँ यो साधारण व्यक्ति नै परमेश्वर हो, र यो मार्ग नै साँचो मार्ग हो” भनेर भनेको सुनेमा, ख्रीष्टविरोधीहरू हृदयमा गोप्यतासाथ रमाउँछन्: “धन्न, म छोडेर गइनँ; यो साँच्चिकै साँचो मार्ग हो! हेर त, पश्चिमेलीहरू पनि देहधारी परमेश्वर कहाँ हुनुहुन्छ भनेर भनिरहेका छन्। मैले उहाँका वचनहरू अझ धेरै सुन्नुपर्छ, मैले चाँडो गरेर प्रवचनहरू सुन्नुपर्छ!” यस क्षणमा, ख्रीष्टविरोधीहरू परमेश्वरको आवाज अत्यन्तै सुन्दर छ, र त्यसले तिनीहरूको आत्मालाई अत्यन्तै शुद्ध पार्छ भन्ने महसुस गर्छन्, साथै तिनीहरू त्यसलाई प्रिय ठान्नुपर्ने महसुस गर्छन्। तर जब परमेश्वरको घरले विदेशमा र मानवजातिमाझ त्यसको काम फैलाउने क्रममा बेलाबेलामा झट्काहरू सामना गर्छ, वा जब परमेश्वरको घरको काममा बाधा वा असर आइपर्छ, बाह्य शक्तिहरूको हस्तक्षेप हुन्छ, वा परमेश्वरको घरले केही कठिनाइहरू सामना गर्छ, ख्रीष्टविरोधीहरूलाई फेरि पनि हृदयमा छटपटी हुन्छ: “देहधारी परमेश्वर कहाँ हुनुहुन्छ? के उहाँ बोलिरहनुभएको छ? यो मामला कसरी सम्हालिँदै छ? के परमेश्वरले समस्याहरू समाधान गर्नुहुन्छ? के परमेश्वरका चुनिएका मानिसहरू डराएका छन्? कसैले परमेश्वरको घर छोडेर गएको छ? के परमेश्वरको घरको निम्ति बोल्ने वा कदम चाल्ने, वा यसको पक्षमा उभिने कुनै चर्चित वा वरिष्ठ मानिसहरू छन्? मैले त कोही पनि छैनन् भन्ने सुनेँ। त्यसोभए के गर्नुपर्ने हो? के परमेश्वरको मण्डली सक्किएकै हो त? के मैले यहाँबाट सक्दो चाँडो निस्कनुपर्ने हो?” के यो ठूलो छटपटी हो? यो बेला, परमेश्वरका प्रवचनहरू फेरि सुन्दा, तिनीहरूले सोच्छन्: “अबदेखि ती खोक्रा शब्दहरूबारे बोल्न वा यति ठूला कुरा गर्न छाडिदिनुस्। अब म तपाईँको कुरा सुन्नेछैन। परमेश्वरको घरलाई जुनसुकै बेला संसारले निल्न सक्छ; ती वचनहरूको के काम छ? के तिनले मानिसहरूलाई मुक्ति दिन सक्छन्? परमेश्वरको घरको प्रभाव एक मिलिकमै गायब हुन सक्छ; त्यसका मानिसहरू सबै त्यसरी नै तितरबितर हुन सक्छन्।” अब तिनीहरू मेरो कुरा सुन्नै रुचाउँदैनन्। के कुनै सम्मान बाँकी छ? कुनै सहानुभूति? (छैन।) केचाहिँ बाँकी छ? हेर्ने र गिज्याउने चाहना मात्र। कति मानिसहरू पर्दापछाडि नराम्रा कुराहरू भन्छन्, हानि पुग्ने शब्दहरू बोल्छन्, र परमेश्वरको घरका दुर्भाग्यहरू देखेर रमाउँछन्: “मलाई लाग्छ समस्या खडा हुँदै छ, मलाई त तपाईँ अडिग रहन सक्नुहुन्छ जस्तो लाग्दैन। के ती सत्यताहरूको केही काम छ? के तपाईँका वचनहरू प्रभावकारी छन्? अब के गर्ने? समस्या त आइसक्यो, होइन र?” तिनीहरूको पैशाचिक पाटो सतहमा आउँछ। दियाबलसहरूले जे गर्थे, ख्रीष्टविरोधीहरूले गर्ने पनि त्यही होइन र? तिनीहरूमा सबैभन्दा आधारभूत मानव नैतिकतासमेत छैन; तिनीहरू पूर्णतया दुष्ट छन्, खाएकै थालमा चुठ्छन्! तिनीहरू परमेश्वरको घरमा खान्छन्, परमेश्वरका वचनहरूको भरणपोषण लिन्छन्, परमेश्वरको सुरक्षा र अनुग्रह लिन्छन्, तर समस्या आउन लागेको पहिलो सङ्केतमै तिनीहरू बाह्य मानिसहरूको पक्षमा लाग्छन्, परमेश्वरको घरका हितहरूमा घात गर्छन्, र त्यसका दुर्भाग्यहरूमा रमाउँछन्। तिनीहरू दियाबलस हैनन् भने के हुन् त? तिनीहरू पूर्णतः दियाबलस हुन्! परमेश्वरको घरले गति लिएको देखेपछि, तिनीहरू घुँडा टेकेर देहधारी परमेश्वरसामु यसरी “पाउ पर्छन्,” मानौँ तिनीहरू परमेश्वरका अनुयायी हुन्। तर जब तिनीहरूले परमेश्वरको घरलाई शैतानले घेरा हालेको र निन्दा गरेको देख्छन्, तब तिनीहरू परमेश्वरसामु लम्पसार पर्न छाड्छन्। बरु, तिनीहरू गौरव र इज्जतसाथ प्रस्तुत हुन्छन्, र आफू अत्यन्तै सम्मानित भएकोले कसैको सामु घुँडा टेक्न नमिल्ने ठान्छन्, र उत्सुकतासाथ तँलाई गिज्याउने प्रतीक्षा गर्छन्। तँसित कुरा गर्दा तिनीहरूको बोलीको लवज र ध्वनि पनि चर्को बन्छन्; तिनीहरू थर्काउने शैलीमा बोल्न थाल्छन्, असाधारण व्यवहार गर्छन्, र तिनीहरूको पैशाचिक आनीबानी बाहिर आउँछ, र चाँचाँडो बदलिन्छ। ल भन् त, यी मानिसहरूले कहिले परमेश्वरको डर मान्नेछन्? (कहिल्यै मान्नेछैनन्।) ठ्याक्कै मिलाइस्, त्यो साँचो भनाइ हो। यी मानिसहरू शैतानजस्तै छन्; तिनीहरूले कहिल्यै परमेश्वरको डर मान्नेछैनन् किनकि तिनीहरू सत्यता स्विकार्दैनन्—तिनीहरू शैतानका हुन्। यो शैतानी प्रकृति सार हो, ख्रीष्टविरोधीहरूको अति घिनलाग्दो मुहार हो, जो शैतानका हुन्। तिनीहरू सधैँ परमेश्वरको घरलाई गिज्याउन तयार हुन्छन्, र सधैँ देहधारी परमेश्वरको गिल्ला गर्न खोजिरहेका हुन्छन्, ख्रीष्टलाई नकार्ने र परमेश्वरको सारलाई नकार्ने सामग्री निरन्तर तयार र सङ्कलन गरिरहेका हुन्छन्, साथै तिनीहरू बाह्य पक्षहरूसँग लाग्न र परमेश्वरको घरका हितहरूमा घात गर्न सधैँ तयार हुन्छन्। परमेश्वरको घरले जति बढी समस्याहरू सामना गर्छ, ख्रीष्टविरोधीहरू त्यति नै बढी खुसी र प्रसन्न हुन्छन्। जब दाजुभाइ-दिदीबहिनीहरू सामान्य तरिकाले कर्तव्य पूरा गर्न सक्छन् र जब परमेश्वरको घरको काम सबै मिलेको हुन्छ, तब तिनीहरू असहज र असन्तुष्ट महसुस गर्छन्, र परमेश्वरको घरमा तुरुन्तै समस्याहरू आइपरून् भन्ने इच्छा गर्छन्, परमेश्वरको घरको काम सहज रूपमा अगाडि नबढोस्, त्यसमा झट्का र अवरोधहरू आइपरून् भन्ने आशा गर्छन्। छोटोमा भन्दा, यदि परमेश्वरको घरमा सबथोक राम्रो चलिरहेको छ, र दाजुभाइ-दिदीबहिनीहरू सामान्य रूपले कर्तव्य पूरा गर्न र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छन् भने, ख्रीष्टविरोधीहरूले हृदयमा खुसी प्राप्त गर्दैनन्। जब दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरका वचनहरू सुन्छन्, उहाँका वचनहरूअनुसार अभ्यास गर्छन्, परमेश्वर र ख्रीष्टलाई महान् भनेर सम्मान गर्छन्, र ख्रीष्टको गवाही दिन र बढाइ गर्न सक्छन्, ख्रीष्टविरोधीहरूको लागि त्यो सबैभन्दा असहनीय घडी हो, तिनीहरू सबैभन्दा बढी न्याय गरिने र सतावटमा पर्ने समय यही हो।
ख्रीष्टविरोधीहरू परमेश्वरको घरका विभिन्न खबरहरू सोध्छन्। यदि तिनीहरूले परमेश्वरको घरको सुसमाचारको कामको फैलावट कसरी अघि बढिरहेको छ, परमेश्वरको घरका विभिन्न व्यावसायिक कामहरू कसरी विकसित भइरहेका छन्, ती सहज रूपमा अघि बढिरहेका छन् छैनन्, विदेशमा मानिसहरूको सङ्ख्या बढिरहेको छ छैन, मण्डलीको आकार वृद्धि भइरहेको छ छैन, विभिन्न देशहरूमा मण्डलीहरू स्थापना भएका छन् छैनन् भनेर लामो समयसम्म थाहा पाउन सकेनन् भने, वा यदि तिनीहरूले बढी आकाङ्क्षी व्यक्तिहरू वा समाजका ख्यातिप्राप्त मानिसहरू परमेश्वरको घर प्रवेश गरिरहेको सुन्न पाएनन् भने, तिनीहरूलाई देहधारी परमेश्वरमा विश्वास गर्नु उराठलाग्दो र नरमाइलो लाग्छ। तिनीहरूले देहधारी परमेश्वरप्रति ध्यान दिन छाड्छन्, र अझ जीवन्त वा प्रभावशाली सम्प्रदायहरूसँग जोडिने विचारसमेत गर्छन्। तर यदि तिनीहरूले परमेश्वरको घरबारे कहिलेकाहीँ केही राम्रा खबरहरू, जस्तै दाजुभाइ-दिदीबहिनीहरूका गवाही भिडियोहरूले केही मानव अधिकार संस्थाहरूमा रुचि जगाइरहेको र ठूलो ध्यान खिचिरहेको सुनेमा, तिनीहरूको हृदय खुसी, आशा र आनन्दले भरिन्छ। उदाहरणको लागि, यदि परमेश्वरको घरले एक चर्चित समूहबाट ध्यान र प्रचार पायो भने, तिनीहरू अझ बढी प्रसन्न र उत्साहित बन्छन्: “यो साधारण व्यक्ति बिलकुलै सामान्य छैन जस्तो देखिन्छ; उहाँले केही ठूलै कुरा हासिल गर्न लागेझैँ देखिन्छ!” यदि मण्डलीको नाम भाग्यवश कुनै ठूलो व्यक्तित्व वा कुनै नेताले नै उल्लेख गरेमा, ख्रीष्टविरोधीहरूमा झन् बढी हलचल हुन्छ: “यो जुनीमा, मैले सबैभन्दा ठूलो र सही निर्णय गरेको छु, जुन सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउनु हो। अबदेखि, मैले सर्वशक्तिमान् परमेश्वरलाई कहिल्यै नछाड्ने, उहाँलाई परमेश्वरको रूपमा व्यवहार गर्ने, र हृदयमा उहाँलाई आदर गर्ने निर्णय गरेको छु, किनभने यस परमेश्वरले फलानो नेताबाट सम्मान पाउनुभएको छ। यदि उहाँलाई नेताले नै सम्मान गर्छन् भने, मैले पनि सम्मान गर्नुपर्छ। नेताहरूले यो परमेश्वरको नाम लिएका छन् र उहाँलाई स्विकारेका छन् भने उहाँमाथि विश्वास गर्दा र उहाँलाई पछ्याउँदा के पछुतो होला र? के मैले उहाँलाई झनै दृढतापूर्वक पछ्याउनुपर्दैन र? म अबदेखि सर्वशक्तिमान् परमेश्वरको मण्डली छाडिजाने सोच कहिल्यै नबनाउन दृढसङ्कल्पित छु। मैले राम्रोसँग कार्यसम्पादन गर्न, धेरै कष्टहरू सहन, झन् ठूलो मूल्य चुकाउन, काम गर्दा दाजुभाइ-दिदीबहिनीहरूको धेरै सल्लाह लिन, र मण्डलीले जे भन्छ त्यसलाई पालना गर्न जरुरी छ। सायद भविष्यमा, जब मण्डली विस्तार हुन्छ र त्यसले झनै ठूलो ख्याति कमाउँछ, तब म उच्च दर्जाको पद पाएर अरूभन्दा अलग देखिन सक्छु!” यसबारे सोचेर, तिनीहरूलाई हृदयमा खुसी महसुस हुन्छ: “मैले यति राम्रो, यति सही निर्णय गरेँ! म कस्तो चलाख छु! यसअघि मैले निस्केर जाने सोच पनि बनाएको थिएँ—त्यो समयमा म कस्तो मूर्ख र अज्ञानी थिएँ! म कलिलो र आवेगपूर्ण थिएँ, गलत निर्णय र मूल्याङ्कन गर्ने सम्भावना भइरहन्थ्यो। अब म प्रौढ भइसकेकोले, म धेरै स्थिर बनेको छु र मलाई कसरी लुक्ने भन्ने आउँछ, साथै म अन्ततः आशा पनि देख्छु। धन्न म निस्केर गइनँ, मैले ती अफवाहहरूको विश्वास गरिनँ, र म तिनको भ्रम वा बहकाइमा परिनँ। त्यो निकै खतरनाक थियो! म भविष्यमा अझ सावधान हुनुपर्छ। यो व्यक्ति असाधारण देखिनुहुन्छ, र मैले उहाँलाई राम्रो व्यवहार गर्नैपर्छ!” यसरी उत्साहित र आवेगपूर्ण भएर, तिनीहरूले चढाउनको लागि केही स्वास्थ्य सामग्री र केही राम्रा चिजहरू किने, र तिनमा लेखे: “मेरो प्रिय परमेश्वरप्रति समर्पित, यी सामग्रीहरू।” फेदमा तिनीहरूले यस्तो लेखेर हस्ताक्षर गरे: “यो मितिमा फलानोद्वारा विशेष रूपले प्रस्तुत गरिएको र सम्मानपूर्वक पेश गरिएको।” यो विशेष र मूल्यवान् उपहार थियो, तर त्यसपछाडि एउटा कथा र गोप्य मनसाय थियो। यो सुन्दा, तिमीहरूले “त्यसोभए मानिसहरूले परमेश्वरलाई दिने भेटीहरूलाई तपाईँले यसरी नै बुझ्दै आउनुभएको छ” भनेर भन्नेथिएनौ र? मैले त्यसलाई यो तरिकाले बुझेको होइन, न त सारा मानिसहरू यस्तो शैलीमा व्यवहार नै गर्छन्, साथै सबै भेटीहरू यस्ता मनसायले चढाइँदैन। तर कतिपय मानिसहरूको वस्तुहरू चढाउने कार्य वास्तवमै यस्ता अभिप्रायहरू र यस्तो पृष्ठभूमिद्वारा प्रभावित र प्रेरित हुन्छ भन्ने कुरा नकार्न सकिँदैन। के यो वस्तुगत दृष्टिकोण होइन र? (हो।)
ख्रीष्टविरोधीहरूले दिमागभित्र सबथोक अनुमान गर्दा, तिनीहरूको मुख्य ध्यान आफ्नै स्वार्थमा हुन्छ। तिनीहरू स्वार्थी र घृणास्पद हुन्छन्, सबै कुरामा आफ्नै हिसाबकिताब गर्छन्। परमेश्वरको घरका विभिन्न कामहरूको प्रगति सम्बन्धमा, सत्यता पछ्याउने धेरैजसो, साथै सबै साधारण विश्वासीहरूमध्ये अधिकांश मानिसहरू यस्ता मामलाहरूबारे जान्न वा सोधपुछ गर्न चाहँदैनन्, किनभने सत्यता पछ्याउनमा यी सामान्य मामलाहरूबारे जान्नुको कुनै सम्बन्ध छैन। यीबारे जानेर केही काम छैन; यसको मतलब तँसित जीवन वा सत्यता छ भन्ने हुँदैन, न त यी कुराबारे ज्ञान नहुनुले तँ सानो कदको छस् भन्ने नै जनाउँछ। यी मामलाहरू सत्यतासँग असम्बन्धित छन् र यिनले सत्यता बुझ्न वा परमेश्वरको डर हासिल गर्न बिलकुलै मद्दत गर्दैनन्। समझ भएका मानिसहरू पुग्न सक्ने एउटा तह यही हो। तर ख्रीष्टविरोधीहरू दृढतासाथ यी मामलाहरूमा टाँस्सिन्छन्, र यिनैलाई सर्वोच्च सत्यता मान्छन्। तिनीहरूले यी मामलाहरूबारे सोधपुछ गर्छन् र जानकारी लिन्छन्। यी मामलाहरूबारे जानकारी लिएपछि, तिनीहरूले त्यसलाई आफैमा सीमित राख्दैनन्; तिनीहरूले हरेक दाजुभाइ-दिदीबहिनी यी कुराहरूबारे जिज्ञासु हुन्छन् भन्ने विश्वास लिएर त्यसलाई सबैतिर फैलाउँछन्, तर वास्तवमा धेरै मानिसहरूले चाख देखाउँदैनन्। म आफै पनि यी मामलाहरूबारे विरलै सोधपुछ गर्छु। यदि मैले त्यसमा संलग्न कसैलाई भेटेँ भने, म त्यसबारे कुरा गर्न सक्छु, तर म सक्रिय रूपमा मानिसहरू खोजीखोजी सोधपुछ गर्दिनँ। म सोधपुछ त गर्छु, तर एउटै परिस्थितिमा मात्र: कुनै काम कसरी गर्नुपर्छ, तिमीहरूको कामको प्रगति के-कस्तो छ, र कुनै समस्याहरू छन् छैनन् वा कुनै बेवास्ताहरू भएका छन् छैनन् भन्ने सम्बन्धमा मात्र। म यो कुरामा मात्र सोधपुछ गर्छु, तर त्यसबाहेक, म जिज्ञासा वा चासोको कारण सोधपुछ गर्ने काम कदापि गर्दिनँ। मेरा सोधपुछहरू कामसँग मात्र सम्बन्धित हुन्छन्, जानकारीको स्रोत वा जिज्ञासासँग होइन। सत्यतालाई प्रेम नगर्ने ख्रीष्टविरोधीहरू यी मामलाहरूको गहिराइमा पुग्न उत्सुक हुन्छन्, र तिनीहरूले त्यसो गर्नुको एउटा खास उद्देश्य हुन्छ। तिनीहरूले विभिन्न कालखण्डका र फरकफरक सम्प्रदाय, वर्ण, र जातीय समूहहरूका मण्डली परिस्थितिहरूलगायतका बाह्य अवस्था र वातावरणहरू प्रयोग गरेर परमेश्वरको कामको सहीपन वा गलतता मूल्याङ्कन गर्छन्, र साथै ख्रीष्ट परमेश्वर हो वा होइन भनेरसमेत मूल्याङ्कन गर्छन्। तिनीहरू कस्ता प्राणी हुन्? के तिनीहरू परमेश्वरमा विश्वास गरिरहेका छन् त? प्रस्टै छ, तिनीहरू अविश्वासी हुन्। तैँले जति नै धेरै सत्यता सङ्गति गरे पनि, तिनीहरूले त्यो सुन्न वा बुझ्न सक्दैनन्। तर तिनीहरूले मण्डलीका बाह्य मूल्याङ्कनहरू र विभिन्न देशहरूमा मण्डलीका हैसियत र परिस्थिति कस्ता छन् भनेर विस्तृत रूपमा सोधपुछ गर्छन्, र यसरी तिनीहरूलाई अविश्वासीहरूबाट लगभग छुट्याउनै सकिँदैन। गोप्य मनसाय बोकेका अविश्वासीहरूका प्रकटीकरणहरू यिनै हुन्। के तिमीहरूको वरिपरि यस्ता कुनै मानिसहरू छन्? तिमीहरूले नदेखेको हुन सक्छ। हरेकपटक हामी भेला भएर ख्रीष्टविरोधीहरूका विभिन्न सारहरू खुलासा गर्दा, यस्ता एक भाग मानिसहरू निन्दित हुन्छन्। खुलासा भइसकेपछि, तिनीहरूको साँचो रङ्ग लुक्छ, र तिनीहरू आफूलाई प्रस्तुत गर्ने आँट गर्दैनन्। विशेषगरी यो सङ्गतिपछि, केही मानिसहरूले सोधपुछ गर्ने आँट नै गर्नेछैनन्। तर तिनीहरूले सिधै सोध्ने आँट नगरे पनि, तिनीहरूले अझै पनि पर्दापछाडि हल्लाहरू सङ्कलन गर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूमाझ सोध्न छाड्छन्, तर गोप्य रूपले इन्टरनेटमा जाँचबुझ गर्छन्। यसअलावा, तिनीहरू हाम्रो मण्डलीबारे गैरविश्वासीहरू, सम्प्रदायहरू, र पश्चिमा देशहरूले के सोच्छन् र भन्छन् भनेर पत्ता लगाउन लगभग उन्मत्त बनेर आफ्नो मार्गबाहिर जान्छन्। के यो अलि पागलपन नै होइन र? तिनीहरू आसक्त हुन्छन्, र आफूलाई रोक्न सक्दैनन्। सत्यतालाई प्रेम नगर्ने र सत्यताप्रति वितृष्ण रहने मानिसहरू समझभन्दा बाहिर हुन्छन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।