विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग तीन) खण्ड दुई

आफ्नो मुडमा भर नपरी र आफ्नो मुड वा वातावरणबाट प्रभावित नभई कसैले कसरी परमेश्‍वरलाई विश्‍वास गर्न र पछ्याउन सक्छ? यो कसरी हासिल गर्न सकिन्छ? परमेश्‍वरमा विश्‍वास गर्नको लागि न्यूनतम आवश्यक कुरा के हो? यसको लागि सत्यतालाई प्रेम गर्ने र सत्यता खोज्ने मनोवृत्ति चाहिन्छ। कति मानिसहरू सोध्छन्, “के सङ्कल्प हुनु र प्रतिज्ञा गर्नु महत्त्वपूर्ण कुरा हुन्?” यी कुरा अपरिहार्य छन्, तर यो सब विश्‍वासको चरणमा निर्भर रहन्छ। यदि कुनै व्यक्ति विश्‍वास गरेको पहिलो एक वा दुई वर्षमा छ भने, यी कुराहरूबिना, तिनीहरूको उत्साह जाग्न सक्दैन। उत्साह नहुँदा, परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति मन्द बन्‍न सक्छ, आफ्नो पछ्याइमा धेरै जोसिलो पनि नहुने, पछि पनि नहट्ने, केवल जे भनिएको हो त्यति मात्र गर्ने किसिमको हुन सक्छ। यस्तो व्यक्तिलाई प्रगति गर्न कठिनाइ हुन्छ, र उसमा स्पष्ट मनोवृत्ति हुँदैन। त्यसकारण, नयाँ विश्‍वासीहरूलाई यो उत्साह चाहिन्छ। यो उत्साहले व्यक्तिमा धेरै सकारात्मक कुराहरू ल्याउन सक्छ, उसलाई सत्यता, दर्शन र परमेश्‍वरको कामको उद्देश्य छिटो बुझ्न र तुरुन्तै जग बसाल्न सक्षम बनाउन सक्छ। यसअलावा, जब मानिसहरूले सक्रियता र उत्साहपूर्वक आफूलाई समर्पित गर्छन् र मूल्य चुकाउँछन्, तब तिनीहरू सत्यता वास्तविकतामा छिटो प्रवेश गर्छन्। सुरुमा, व्यक्तिलाई यो उत्साह चाहिन्छ र उसमा सङ्कल्प र आकाङ्क्षाहरू हुनुपर्छ। तर तीन वर्षभन्दा बढी परमेश्‍वरमा विश्‍वास गरेपछि पनि जोसको चरणमा रह्यो भने खतरा हुन सक्छ। यो खतरा केमा छ? मानिसहरू परमेश्‍वरमाथिको विश्‍वास र स्वभाव परिवर्तनको मामलालाई सधैँ आफ्ना कल्पना र धारणाहरूका आधारमा हेर्छन्। तिनीहरू आफ्ना कल्पना र धारणाहरूकै आधारमा परमेश्‍वरलाई चिन्ने र उहाँका काम र मानवप्रति उहाँका मापदण्डहरू बुझ्ने कोसिस गर्छन्। के त्यस्ता मानिसहरूले सत्यता वास्तविकतामा प्रवेश गर्न वा परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्छन्? (सक्दैनन्।) यदि व्यक्तिले सत्यता बुझ्न सक्दैन भने, समस्याहरू उत्पन्न हुन्छन्। के कुनै यस्तो व्यक्ति छ, जो परमेश्‍वरमा विश्‍वास गर्छ र जसले सधैँ कृपा र आशिष्‌ लिएर आफ्नो सम्पूर्ण जीवन पुलपुल्याइको वातावरणमा बिताएको छ? छैन, ढिलोचाँडो, सबैले वास्तविक जीवन र परमेश्‍वरले तिनीहरूका लागि खडा गर्नुभएका विभिन्न वातावरण सामना गर्नैपर्छ। जब तँ यी विभिन्न वातावरणहरू सामना गर्छस् र जब वास्तविक जीवनका विभिन्न समस्याहरूसित जुध्छस्, तब तेरो उत्साहले कस्तो भूमिका खेल्न सक्छ? यसले तँ आफैलाई संयम राख्‍न, मूल्य चुकाउन, र कष्ट भोग्न मात्र प्रेरित गर्न सक्छ, तर यसले तँलाई सत्यता वा परमेश्‍वरको अभिप्राय बुझ्न मार्गदर्शन गर्न सक्दैन। तर यदि तँ सत्यता खोजी गर्छस् र सत्यता बुझ्छस् भने, त्यो फरक हुन्छ। त्यो कसरी फरक हुन्छ? जब तैँले सत्यता बुझ्छस् र यी परिस्थितिहरू सामना गर्छस्, तब तँ यी कुराहरूलाई उप्रान्त आफ्नो उत्साह वा धारणाहरूका आधारमा लिँदैनस्। जबजब तैँले कुनै कुरा सामना गर्छस्, तबतब तँ पहिले खोजी र प्रार्थना गर्न, साथै सत्यता सिद्धान्तहरू भेट्टाउन परमेश्‍वरसामु आउँछस्। त्यसपछि, तँ समर्पित बन्न सक्छस्, र तैँले यस्तो सचेतना र मनोवृत्ति राख्न सक्छस्। यो मनोवृत्ति र चेतना अत्यन्तै महत्त्वपूर्ण छन्। कुनै विशेष परीक्षामा, तैँले केही प्राप्त नगर्ने पनि हुन सक्छ, र तँ सत्यतामा धेरै गहिरो रूपमा प्रवेश नगर्ने, र सत्यता वास्तविकता के हो भनेर बुझ्दै नबुझ्ने पनि हुन सक्छ। तर यस परीक्षा दौरान, यस्तो समर्पित चेतना र मनोवृत्तिले तँलाई मानिसहरूले सृजित प्राणीका रूपमा कसरी व्यवहार गर्नुपर्छ र परमेश्‍वरको अगाडि सबैभन्दा सामान्य र उचित हुनको लागि के गर्नुपर्छ भनेर साँच्चै अनुभव गर्न मदत गर्छ। तैँले परमेश्‍वरको अभिप्राय नबुझ्न सक्छस् वा तँलाई त्यस्तो वातावरणमा परमेश्‍वर तैँले के प्राप्त वा हासिल गरेको चाहनुहुन्छ भन्‍ने कुरा ठ्याक्कै थाहा नहुन सक्छ, तथापि तैँले आफू परमेश्‍वर र त्यस्ता परिस्थितिहरूप्रति समर्पित हुन सक्ने रहेको महसुस गर्छस्। तैँले तेरो हृदयको गहिराइबाट परमेश्‍वरले तेरो लागि खडा गर्नुभएको वातावरण स्विकार्न सक्छस्। तैँले सृजित प्राणीका रूपमा आफूले परमेश्‍वरविरुद्ध विद्रोह वा विरोध नगरी, आफ्नो उचित स्थान कायम राखेको महसुस गर्छस्, र तेरो हृदयले सुरक्षित महसुस गर्छ। यस्तो सुरक्षित महसुस गर्दैगर्दा, तेरो स्वर्गको परमेश्‍वरप्रतिको निर्भरता अस्पष्ट रहँदैन, र तैँले पृथ्वीको परमेश्‍वरबाट टाढा रहेको अनुभूत गर्ने वा उहाँलाई अस्वीकार गर्ने गर्दैनस्। बरु यसको साटो, यसमा तेरो हृदयको गहिराइदेखि नै अलि बढी डर र अलि बढी निकटता हुन्छ। यो कुरा हेर्, सत्यता खोज्ने र समर्पित हुन सक्ने व्यक्ति अनि जोसमा भर पर्ने र अलिकति सङ्कल्प भएको व्यक्तिबीचको भिन्नता हेर्—के त्यो भिन्नता ठूलो छैन र? त्यो भिन्नता ठूलो छ। उत्साहमा निर्भर रहने र सङ्कल्प मात्र भएको व्यक्तिले परिस्थितिहरू सामना गर्दा प्रतिरोध, तर्क, र गुनासो गर्छ, र अन्यायमा परेको महसुस गर्छ। उसले यस्तो सोच्न सक्छ, “परमेश्‍वरले मलाई किन यस्तो व्यवहार गरिरहनुभएको छ? म अझै सानै छु, परमेश्‍वरले मलाई किन ललाइफकाइ गर्नुहुन्न? परमेश्‍वरले किन मेरो विगतका उपलब्धिहरूलाई गन्नुहुन्न? मलाई इनाम दिनुको सट्टा दण्ड किन? म अझै एकदमै सानै छु, मलाई के थाहा छ र? घरमा मेरा आमाबाबुले समेत मलाई कहिल्यै यस्तो व्यवहार गर्नुभएन; उनीहरूले मलाई आफ्नो अमूल्य बच्चा, आफ्नो सानो शिशुको रूपमा प्रिय ठाने। परमेश्‍वरको घरमा आएर अहिले म धेरै हुर्किसकेकोले परमेश्‍वरले मलाई यसरी व्यवहार गर्नु एकदमै असंवेदनशील लाग्छ!” तिनीहरूले गर्ने त्रुटिपूर्ण तर्कहरू यिनै हुन्। त्यस्ता त्रुटिपूर्ण तर्कहरू कसरी उत्पन्‍न हुन्छन्? यदि कुनै व्यक्तिले सत्यता खोज्छ र बुझ्छ भने, के ऊसँग अझै पनि यी त्रुटिपूर्ण तर्कहरू हुन सक्छन्? यदि कुनै व्यक्तिले साधारण तरिकाले आफ्नो कर्तव्य पूरा गर्दा यी सत्यताहरू बुझेको र जानेको हुन्छ भने, के परिस्थितिहरू सामना गर्दा उसमा अझै पनि त्यस्ता गुनासा र आवेगहरू हुन सक्छन्? (सक्दैनन्।) उसले पक्कै पनि ती कुरा बोल्दैन। बरु, उसले आफूलाई एक साधारण सृजित प्राणीका रूपमा हेर्छ र परमेश्‍वरसामु आउँछ, र उमेर, लिङ्ग, वा पद र हैसियतको पर्वाह नगरी, बस ऊ समर्पित बन्छ र परमेश्‍वरका वचनहरू सुन्छ। जब मानिसहरूले परमेश्‍वरले बोल्‍नुभएका वचनहरू र उहाँका मापदण्डहरू सुन्न सक्छन्, तब तिनीहरूको हृदयमा समर्पण हुन्छ। जब कुनै व्यक्ति सचेत रूपमा समर्पित हुन सक्छ, जब उसमा समर्पणको मनोवृत्ति हुन्छ, तब ऊ प्रेम, समर्पण र परमेश्‍वरको डरसहित, आफ्नो मुड वा भावनाहरूमा भर नपरी, वास्तवमै सृजित प्राणीका हैसियतमा उभिन्छ। काटछाँट भोग्‍नुपर्ने अवस्था सामना गर्दा मानिसहरूमा आउने केही प्रतिक्रियाहरू यिनै हुन्। मुख्य प्रतिक्रियाहरू के-के हुन्? नराम्रो महसुस गर्नु, निराश महसुस हुनु, अन्यायमा परेको महसुस गर्नु, र ढाडसको जरुरी पर्नु हो। जब तिनीहरूले ढाडस वा न्यानोपन प्राप्त गर्दैनन्, तब तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरबारे गुनासा र गलतफहमीहरू राख्न थाल्छन्। तिनीहरू अबउप्रान्त परमेश्‍वरलाई प्रार्थना गर्न चाहँदैनन्, र हृदयको गहिराइमा, तिनीहरूले परमेश्‍वरलाई त्याग्ने विचार गर्छन्, उहाँबाट टाढा हुन चाहन्छन्—स्वर्गको परमेश्‍वर र पृथ्वीको परमेश्‍वर दुवैबाट टाढा हुन चाहन्छन्। केही मानिसहरू त, यदि मैले तिनीहरूलाई अलिकति काटछाँट गरेँ भने, हामी अर्कोपटक भेट्दा मबाट टाढिन खोज्छन्, र मसँग अन्तरक्रिया गर्न चाहँदैनन्। प्रायजसो, तिनीहरूलाई काटछाँट नगरिँदा, तिनीहरू सधैँ मेरो वरिपरि हुन्छन्, मलाई चिया दिन्छन्, मलाई केही चाहिन्छ कि भनेर सोध्छन्, राम्रो मुडमा हुन्छन्, अनि लगनशील, बोलाइलो, र परमेश्‍वरसँगको सम्बन्धमा नजिक हुन्छन्। तर तिनीहरूको काटछाँट भइसकेपछि, यो अवस्था उस्तै रहँदैन—तिनीहरूले अब मलाई चिया दिने वा अभिवादन गर्ने गर्दैनन्, र यदि मैले तिनीहरूलाई केही प्रश्‍नहरू सोधेँ भने, तिनीहरू छोडेर जान्छन्, र त्यसपछि देखै पर्दैनन्।

मूलभूमि चीनमा हुँदा, म केही दाजुभाइ-दिदीबहिनीहरूको घरमा बसेँ। यीमध्ये केही मानिसहरूमा खराब मानवता थियो, कोही नयाँ विश्‍वासीहरू थिए, केहीले हाम्रो पहिलो भेटघाटमै धेरै धारणाहरू बनाए र तिनीहरूले सत्यता बुझ्दैनथे, र अरूहरूले बिलकुलै सत्यता खोजिरहेका थिएनन्। यी मानिसहरूले आफ्नो भ्रष्टता प्रकाश गरेको देखेर, मैले तिनीहरूलाई काटछाँट गर्न सकिनँ; मैले नम्रतासाथ र कुशलतापूर्वक बोल्नुपर्थ्यो। यदि तैँले तिनीहरूलाई साँच्चै काटछाँट गर्थिस् भने, तिनीहरूले धारणाहरू बनाएर विद्रोह गर्नेथिए, त्यसैले तैँले तिनीहरूलाई मनाउन र तिनीहरूसँग संवाद गर्न आवश्यक थियो, र तिनीहरूलाई मार्गदर्शन गर्न सत्यताबारे थप सङ्गति गर्न आवश्यक थियो। यदि तैँले संवाद वा सङ्गति नगरी सिधै मागहरू राख्थिस् भने, यसले बिलकुल काम गर्दैनथ्यो। उदाहरणको लागि, तैँले यसो भन्न सक्थिस्, “यो खाना अलि धेरै नुनिलो छ; अर्कोपटक यसलाई अलि कम नुनिलो बनाउनुपर्छ होला। धेरै नुन खानु स्वास्थ्यको लागि राम्रो होइन। परमेश्‍वरको विश्‍वासी भएको नाताले, तिमीहरूले सामान्य ज्ञान पनि लागु गर्नुपर्छ र अज्ञानी हुनु हुँदैन। तिमीहरूले सकारात्मक कुराहरू स्वीकार गर्नैपर्छ। यदि तँलाई मेरो विश्‍वास लाग्दैन भने, तैँले परम्परागत चिनियाँ औषधिविज्ञलाई धेरै नुन सेवनले मृगौलामा पार्ने असरबारे सोध्न सक्छस्।” यो शैली तिनीहरूलाई स्वीकार्य हुन्छ। तर यदि तैँले “यो खानामा धेरै नुन छ, के तँ कसैलाई नुन खुवाएर मार्न खोज्दै छस्? किन सधैँ यति धेरै नुनिलो बनाउनु? यो त खानलाई अति नुनिलो छ! तँ यति अज्ञानी कसरी हुन मिल्छ? अर्कोपटक यसलाई यति नुनिलो नबना!” भनेर भन्छस् भने, यस्तो तरिकाले काम गर्नेछैन। अर्को खानामा, तिनीहरूले कति पनि नुन नहाल्न सक्छन्। त्यसपछि तैँले भन्छस्, “यो किन खल्लो छ?” “खल्लो? तिमीले यो धेरै नुनिलो भयो भनेको हैन? धेरै नुनले मृगौलालाई हानि पुर्‍याउँछ, त्यसैले नुन हाल्दै नहाल्नु राम्रो होइन र? त्यसपछि त यसले मृगौलालाई हानि नै गर्दैन नि।” धेरै कठोर बन्दा त्यसले काम गर्दैन; संवाद गर्नु र मनाउनु आवश्यक छ। धेरै मानिसहरू निकै नै समस्याजनक हुन्छन्; तिनीहरूसँग कुरा गर्दा, तैँले आफ्नो बोल्ने तरिका र समयबारे सजग हुनुपर्छ, र तिनीहरूको मनस्थितिलाई पनि ध्यान दिनुपर्छ—तैँले केही संवाद गर्नुपर्छ। कहिलेकाहीँ, यदि तैँले संयोगवश अलि धेरै कठोर बोलिस् भने, तैँले तिनीहरूलाई चोट पुर्‍याउन सक्छस्, र तिनीहरूले भित्री रूपमा प्रतिरोध गर्न सक्छन्। सतहमा त यो धेरै भएजस्तो लाग्दैन, तर भित्री रूपमा, यो फरक हुन्छ। सामान्यतया, जब तैँले तिनीहरूलाई केही गर्न भन्छस्, तिनीहरूले त्यो तुरुन्तै गर्छन्, तर यदि तैँले तिनीहरूको भावनालाई चोट पुर्‍याइस् भने, तिनीहरू काम गर्न कम उत्साहित बन्छन्, र अल्याङटल्याङ गर्दै पूरै अनिच्छुक बनेर बस्छन्। तिनीहरू भन्छन्, “म खराब मुडमा हुँदा म कसरी तिमीप्रति राम्रो व्यवहार गर्न सक्छु? म राम्रो मुडमा हुँदा राम्रो हुनेछु, तर म राम्रो मुडमा नहुँदा, जसोतसो धान्ने काम गरे हुन्छ।” यो कस्तो प्रकारको प्राणी हो? के मानिसहरूसँग व्यवहार गर्न गाह्रो छैन र? (छ।) मानिसहरू यस्तै हुन्छन्, समझ नछिर्ने र तर्कहीन। पछि आत्मचिन्तन गर्दा, तिनीहरूले आफ्नो शिर झुकाउन सक्छन्, आफ्ना पापहरू स्विकार्न सक्छन्, र नराम्रोसँग रुन सक्छन्, तर तिनीहरूले फेरि त्यस्ता मामलाहरू सामना गर्दा र तिनीहरूको काटछाँट हुँदा, तिनीहरूले अझै पनि त्यस्तै प्रतिक्रिया देखाउँछन्। के यो सत्यता खोज्ने मान्छे हो? (होइन।) यो कस्तो मान्छे हो? यस्तो व्यक्ति जिद्दी हुन्छ र सत्यता स्वीकार गर्दैन। काटछाँट र विषमताहरू सामना गर्ने मानिसहरूले परमेश्‍वरप्रति राख्ने मनोवृत्ति यही हो। छोटकरीमा भन्दा, तिनीहरू समर्पित हुँदैनन्, सत्यता स्विकार्न सक्दैनन्, र चोट लाग्दा, तिनीहरूले आफ्नो आवेगअनुसार परमेश्‍वरलाई व्यवहार गर्छन्। के यो गम्भीर समस्या होइन र? जब म केही मानिसहरूलाई भेट्छु, मैले तिनीहरूलाई काटछाँट गर्नुअघि नै, मामलाबारे बोल्दा मात्र नै, तिनीहरूले शिर निहुराउँछन्, झर्को मान्दै बोल्छन्, खराब मनोवृत्ति राख्छन्, र सरसामान फाल्नेसमेत गर्छन्। तँ तिनीहरूसँग खुलेर कुरा गर्न सक्दैनस्; तैँले घुमाउरोसित कुरा गर्नुपर्छ र कुशल हुनुपर्छ। के मैले पनि मानिसहरूले जस्तो घुमाउरोसित बोल्न सक्छु त? तैँले यसलाई स्विकार्न सके पनि नसके पनि, मैले सत्य के हो भन्नै पर्छ—परमेश्‍वरको घरमा सत्यता सिद्धान्तहरूअनुसार नै काम गरिनुपर्छ। कति मानिसहरू काटछाँटमा पर्दा बाहिरी रूपमा प्रतिक्रिया जनाउँदैनन्, तर भित्री रूपमा तिनीहरू रिसाइरहेका हुन्छन्। के यस्तो व्यक्तिले कर्तव्य राम्रोसँग गर्न सक्छ त? (सक्दैनन्।) यदि तिनीहरूले कर्तव्य ठीकसँग गर्न सक्दैनन् र तिनीहरूले गल्ती गरिरहन्छन् भने, मण्डलीले तिनीहरूलाई सिद्धान्तहरूअनुसार तह लगाउनुपर्छ।

२. ख्रीष्टको खेदो हुँदा, र टाउको राख्ने ठाउँ नहुँदा उहाँप्रति तिनीहरूको व्यवहार

मूलभूमि चीनमा बसेर परमेश्‍वरमा विश्‍वास गर्दा र उहाँलाई पछ्याउँदा हरदिन खतरा हुन्छ। विश्‍वास गर्नको लागि यो अत्यन्तै कठोर परिस्थिति हो, किनभने कुनै पनि बेला पक्राउ पर्ने सम्‍भावना हुन्छ। तिमीहरू सबैले खेदो हुने वातावरण अनुभव गरेका छौ—अनि के मैले पनि अनुभव गरेको छैनँ र? तिमीहरू र म एउटै वातावरणमा बाँचेका छौँ, त्यसैले त्यो वातावरणमा म प्राय नलुकी बस्‍न सकिनँ। कहिलेकहीँ दिनमा दुईतीन वटा ठाउँमा भाग्‍नुपरेको थियो; कहिलेकहीँ त मैले सोच्दै नसोचेको ठाउँमा समेत जानुपरेको थियो। सबैभन्दा गाह्रो त मेरो जाने ठाउँ कहीँ पनि नहुँदा हुन्थ्यो—म दिउँसो भेला आयोजना गर्थेँ, तर राती कहाँ जाँदा सुरक्षित हुन्छ मलाई थाहा हुँदैनथ्यो। कहिलेकहीँ, बल्‍लबल्‍ल एउटा ठाउँ भेटिन्थ्यो, तर भोलिपल्‍ट नै त्यहाँबाट गइहाल्‍नुपर्थ्यो, किनभने ठूलो रातो अजिङ्गरले त्यो ठाउँतर्फ कठोर कदम चालिसकेको हुन्थ्यो। साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले यस्तो दृश्य देख्दा के सोच्छन्? “मानिसलाई मुक्ति दिन पृथ्वीमा देह भई आउनु भनेको परमेश्‍वरले मूल्य चुकाउनुभएको हो। यो उहाँले भोग्‍नुभएका कष्टहरूमध्येको एक हो, र यसले उहाँको यो वचन पूरा गर्छ, ‘फ्याउराहरू बस्‍ने दुला छन् र पन्छीहरूका गुँड छन्; तर मानिसको पुत्रको निम्ति आफ्नो टाउको राख्‍ने ठाउँ छैन’ (मत्ती ८:२०)। परिस्थिति साँच्‍चै यस्तै छन्—अनि मानिसले जस्तै देहधारी ख्रीष्टले पनि यस्तो कष्ट व्यक्तिगत रूपमा अनुभव गर्नुहुन्छ।” परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरूले मानिसलाई मुक्ति दिने उहाँको काम कति कठिन छ भन्‍ने देख्‍न सक्छन्, र यही कारणले गर्दा, तिनीहरू परमेश्‍वरलाई प्रेम गर्छन्, र उहाँले मानवजातिको लागि चुकाउनुभएको मूल्यको निम्ति उहाँलाई धन्यवाद दिन्छन्। तर अत्यन्तै खराब मानवता भएकाहरू, दुर्भावपूर्ण रहेकाहरू र सत्यतालाई पूर्ण रूपले इन्कार गर्नेहरू, साथै जिज्ञासाको कारण वा आश्‍चर्यकर्महरू देख्न चाहेर मात्र ख्रीष्टलाई पछ्याउनेहरू यस्ता दृश्यहरू देख्दा यस तरिकाले सोच्दैनन्। तिनीहरूले मनमनै सोच्छन्, “तपाईँको बस्ने ठाउँ छैन? तपाईँ परमेश्‍वर हुनुहुन्छ, मानिसहरूलाई मुक्ति दिने काम गर्नुहुन्छ, तर तपाईँ आफैलाई मुक्ति दिन सक्नुहुन्न र भोलि कहाँ बस्ने भनेर तपाईँ आफैलाई थाहै छैन। अहिले तपाईँको लागि बास बस्ने ठाउँसमेत छैन—म कसरी तपाईँमा विश्‍वास गर्न वा तपाईँलाई पछ्याउन सक्छु?” परिस्थितिहरू जति जोखिमपूर्ण हुन्छन्, तिनीहरू त्यति नै बढी आनन्द लिन्छन्, र सोच्छन्, “भाग्यवश, मैले पूर्ण रूपमा सबथोक त्यागिनँ; भाग्यवश, मैले एउटा वैकल्पिक योजना बनाएँ। देख्नुभो? अब तपाईँको घर भन्‍ने ठाउँ कतै छैन! मलाई यस्तै हुन्छ भन्‍ने थाहा थियो—तपाईँको टाउको राख्ने ठावैँ छैन, र मैले पनि तपाईँको लागि बास खोज्न मद्दत गर्नुपरेको छ।” तिनीहरू प्रकाश भएका छन्, छैनन् र? यदि यस्ता मानिसहरू प्रभु येशूलाई क्रूसमा टाँगिएको कुराको साक्षी बन्थे भने, तिनीहरूले कस्तो व्यवहार गर्थे होला? प्रभु येशू क्रूस बोकेर गलगथातिर लगिरहनुभएको बेलामा, यस्ता मानिसहरू कहाँ हुन्थे? के तिनीहरूले उहाँलाई पछ्याइरहन सक्थे? (सक्थेनन्।) तिनीहरूले परमेश्‍वरको पहिचान, उहाँको सार, र उहाँको अस्तित्वसमेत नकार्थे। तिनीहरू भाग्थे, आफ्नो हेरचाह आफैले गर्नतिर लाग्थे, र परमेश्‍वरलाई पछ्याउन छाड्थे। त्यसअघि तिनीहरूले जतिसुकै प्रवचनहरू सुनेका भए पनि, ती सबै तिनीहरूका हृदयबाट हराउँथे, कुनै नामनिशाना नछाडी गायब हुन्थे। तिनीहरूले आफ्नो अगाडि देखेको सबथोक वास्तविक र मानवबाट उत्पत्ति भएको कुरा हो, जुन परमेश्‍वरसँग असम्बन्धित छ भन्‍ने विश्‍वास गर्थे। तिनीहरूले सोच्थे, “यो व्यक्ति बस एक मानव हो; उहाँमा परमेश्‍वरको पहिचान वा सार कहाँ छ? यदि उहाँ परमेश्‍वर हुनुहुन्थ्यो भने, के उहाँ यसरी लुक्ने र आफूलाई लुकाउने गर्नुहुनेथ्यो, र शैतानद्वारा खेदो गरिएर आफ्नो टाउको राख्ने ठाउँ नपाउने र शरण नपाउने स्थितिमा पुग्नुहुनेथ्यो? यदि उहाँ परमेश्‍वर हुनुहुन्थ्यो भने, खेदो गरिँदा कसैले देख्‍न नसकोस् भनेर उहाँ अचानक रूपान्तरित भएर सबैको आँखैअघि गायब हुनुपर्थ्यो, र उहाँलाई अदृश्य बन्न आउनुपर्थ्यो—त्योचाहिँ परमेश्‍वर हुनुहुनेथ्यो!” मूलभूमि चीनको खतरनाक वातावरणमा, कतिपय दाजुभाइ-दिदीबहिनीहरू, म तिनीहरूको ठाउँमा गएको देखेर, आफ्नो सुरक्षालाई नै जोखिममा राखेर मलाई पाहुना राख्थे र सुरक्षा दिन्थे, जबकि अरूचाहिँ भाग्थे र कुनै अत्तोपत्तोबिना हराउँथे। कतिपय त दर्शक बनेर रमाउँदै परैबाट हेरेर बस्थे। यी मानिसहरू को हुन्? तिनीहरू अविश्‍वासी, ख्रीष्टविरोधीहरू हुन्। यी मानिसहरूले ख्रीष्टलाई यस सहरदेखि अर्को सहरसम्म पछ्याइएको देख्दा, तिनीहरूले यो परिस्थितिलाई कुन रूपमा लिन्थे? तिनीहरूले त्यसलाई कसरी बुझ्थे? “ख्रीष्ट पनि खतरामा हुनुहुन्छ। यदि उहाँ पक्राउ पर्नुभयो भने, मण्डलीको काम स्वाहा हुनेछ, र परमेश्‍वरको घरको काम रोकिनेछ। यसले प्रमाणित गर्नेछ कि परमेश्‍वरले जे गवाही दिनुभयो त्यो नै गलत छ—कि यो परमेश्‍वरबाट नआई मानिसबाट आउँछ। मैले चाँडो घर गएर आफ्नै जीवन जिउनु उत्तम हुन्छ; म त धनमाल कमाउन हिँडेँ!” यो ख्रीष्टविरोधीको व्यवहार हो। जब ख्रीष्टले खेदो सामना गर्नुभयो, र उहाँले लुक्न र टाउको राख्न कुनै ठाउँ पाउनुभएन, यस्तो परिवेशमा एकैमनको भएर परमेश्‍वरको दुःख बाँड्नु र उहाँसँग मण्डलीको काम जारी राख्नुको साटो, तिनीहरू रमिते बने र उहाँलाई हेरेर गिज्याए। तिनीहरूले अरूलाई विनाश, अवरोध, र बाधाहरू सिर्जना गर्नसमेत उक्साए, र यसको साथै, जब केही मानिसहरूले मेरो लुक्ने ठाउँ नभएको र बस्ने ठाउँ कतै पनि नभएको देखे, तब तिनीहरूले मौका छोपी मण्डलीको काममा बाधा दिए र परमेश्‍वरको घरको सम्पत्ति हत्याए। येशूलाई क्रूसमा टाँग्दा पनि धेरै अविश्‍वासी र ख्रीष्टविरोधीहरूले ठ्याक्कै यस्तै सोचे, “मण्डली त सक्‍कियो, परमेश्‍वरको काम स्वाहा भयो, शैतानले पूर्ण रूपले ध्वस्त पार्‍यो। हामी चाँडो यहाँबाट भागेर मालमत्ता बाँड्‍न सुरु गर्नु नै उत्तम हुन्छ!” तिनीहरूले जस्तोसुकै परिस्थितिहरू सामना गरे पनि, यी अविश्‍वासी र ख्रीष्टविरोधीहरूले सधैँ आफ्ना क्रूर स्वभावहरू प्रकाश गर्नेछन्, र अविश्‍वासीहरूका साँचो विशेषता प्रकाश गर्नेछन्। जब मण्डलीले समस्या वा प्रतिकूल परिस्थितिको सानो सङ्केत सामना गर्छ, तब तिनीहरू तत्काल भाग्न चाहन्छन्, र सारा दाजुभाइ-दिदीबहिनीहरू छुट्टिऊन्, पछि हटून्, र अबउप्रान्त ख्रीष्टलाई नपछ्याऊन् भन्‍ने चाहन्छन्। तिनीहरू यो प्रवाह गलत होस्, र परमेश्‍वरको काम अपूरो रहोस् भन्‍ने उत्कट इच्छा गर्छन्। ख्रीष्टविरोधीहरूका साँचो विशेषता यिनै हुन्। यस्ता परिस्थितिहरू सामना गर्दा ख्रीष्टप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तै हुन्छ।

३. तिनीहरूले ख्रीष्टबारे धारणाहरू जन्माउँदा तिनीहरूको व्यवहार

अर्को विषयवस्तु ख्रीष्टविरोधीहरूसँग देहधारी परमेश्‍वरको देहबारे धारणाहरू हुँदा तिनीहरूमा हुने प्रकटीकरणहरू हो। उदाहरणको लागि, जब तिनीहरू देहधारी परमेश्‍वरले मानवको जस्तो लाग्‍ने निश्‍चित काम गर्नुभएको वा निश्‍चित वचनहरू बोल्‍नुभएको देख्छन्, तब तिनीहरूले ईश्वरत्वको अलिकति पनि छनक पाउँदैनन्, र तिनीहरू हृदयको गहिराइदेखि नै प्रतिरोधी बन्छन् र धारणा र निन्दा पैदा गर्छन्, अनि सोच्छन्, “मैले उहाँलाई जसरी हेरे पनि, त्यो व्यक्ति परमेश्‍वरजस्तो देखिनुहुन्न; उहाँ एक साधारण व्यक्तिजस्तो मात्र देखिनुहुन्छ। यदि उहाँ मानवझैँ हुनुहुन्छ भने, के उहाँ अझै पनि परमेश्‍वर हुन सक्नुहुन्छ? यदि उहाँ मानव हुनुहुन्छ भने, यसरी उहाँलाई पछ्याउनु ठूलो मूर्खता हुँदैन र?” तिनीहरूले ख्रीष्टका बोली र कार्यहरूबारे, ख्रीष्टको जीवनशैली, उहाँको कपडा र रूप, साथै उहाँको बोल्ने शैली, उहाँको भाव, उहाँको शब्द चयन आदि इत्यादिबारे पनि धारणाहरू पैदा गर्छन्—तिनीहरूले यी सबैबारे धारणाहरू उत्पन्‍न गर्न सक्छन्। यी धारणाहरू उत्पन्न हुँदा, तिनीहरूले तिनलाई कुन रूपमा लिन्छन्? तिनीहरूले यी सोचहरू बोक्छन् र तिनलाई छोड्दैनन्, यी धारणाहरू समात्नु भनेको चाबी हातमा लिनुजस्तै हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू यो “चाबी” ठ्याक्कै समयमा आएको छ, तिनीहरूसँग यी धारणाहरू भएपछि, त्यसबाट तिनीहरूलाई गलचेप मिलेको छ, र त्यसलाई सम्हाल्न सजिलो भएको छ भन्‍ने सोच्छन्। ख्रीष्टविरोधीहरू यसरी नै सोच्छन्; तिनीहरू धारणाहरू बोक्नु भनेको लाभ लिने क्षमता प्राप्त गर्नुसरह हो, त्यसैले तिनीहरूले जुनसुकै समय र स्थानमा ख्रीष्टलाई नकार्न मिल्छ र परमेश्‍वर देहधारी हुनुभएको देहमा परमेश्‍वरको सार हुन्छ भन्‍ने तथ्यलाई पनि नकार्न मिल्छ भन्‍ने महसुस गर्छन्। कतिपय मानिसहरूले सोध्छन्, “ख्रीष्टविरोधीहरू किन यस्ता अभिप्रायहरू बोक्छन्?” ल भन् त, के ख्रीष्टविरोधीहरू, अर्थात् शैतानका पक्षधरहरू परमेश्‍वरको काम सफलतापूर्वक सम्पन्न होस् भन्‍ने आशा गर्छन्, कि गर्दैनन्? (गर्दैनन्।) तिनीहरू किन त्यस्तो आशा गर्दैनन्? त्यो केले खुलाउँछ? ख्रीष्टविरोधीहरू जन्मसिद्ध रूपमै सत्यताप्रति वितृष्ण हुन्छन्, र परमेश्‍वरले व्यक्त गर्नुहुने सारा वचनहरू सत्यता हुन्, तर तिनीहरूलाई हृदयमा ती पूर्ण रूपमा घृणित लाग्छन् र तिनलाई सुन्न वा स्विकार्न तिनीहरू अनिच्छुक हुन्छन्। मानवजातिको खुलासा र न्यायसम्बन्धी परमेश्‍वरका वचनहरू यिनै ख्रीष्टविरोधी र दुष्ट मानिसहरूप्रति लक्षित निन्दा हुन्, र तिनीहरूको लागि, यी वचनहरू निन्दा, न्याय, र श्राप हुन्, र यी वचनहरू सुन्दा तिनीहरूलाई असहज र अप्ठ्यारो महसुस हुन्छ। तिनीहरू हृदयमा के सोच्छन्? “परमेश्‍वरले बोल्ने यी सारा वचनहरूले मेरो न्याय र निन्दा गरिरहेका छन्। मजस्तो व्यक्तिले मुक्ति पाउन नसक्ने देखिन्छ; म हटाइने र अस्वीकृत हुने खालको छु। मैले मुक्ति पाउने आशा नै नभएपछि परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ? तर तथ्य के हो भने उहाँ परमेश्‍वर नै हुनुहुन्छ, परमेश्‍वर देहधारी हुनुभएको देह उहाँ नै हुनुहुन्छ, जसले धेरै वचनहरू बोल्नुभएको छ र जसका धेरै अनुयायीहरू छन्। यसमा म के गरूँ?” यो कुराले तिनीहरूलाई चिन्तित बनाउँछ; यदि तिनीहरूले केही कुरा प्राप्त गर्न सक्दैनन् भने, तिनीहरू अरूले पनि त्यो कुरा प्राप्त नगरून् भन्‍ने चाहन्छन्। यदि अरूले प्राप्त गर्न सक्छन् तर आफूले सक्दैनन् भने, तिनीहरू अत्यन्तै धेरै घृणाले भरिन्छन् र बेखुसी बन्छन्। तिनीहरू देहधारी परमेश्‍वर परमेश्‍वर नहुनुहोस् र उहाँले गर्नुहुने काम झूटो होस् र परमेश्‍वरद्वारा गरिएको नहोस् भन्‍ने आशा गर्छन्। यदि यस्तो हुँदो हो भने, तिनीहरूलाई भित्री रूपमा सन्तुलित महसुस हुनेथियो, र समस्या जराबाटै समाधान हुनेथियो। तिनीहरू मनमनै सोच्छन्, “यदि यो व्यक्ति देहधारी परमेश्‍वर नभएको भए, के त्यसको अर्थ उनलाई पछ्याउनेहरू मूर्ख बनिरहेका छन् भन्ने हुँदैन र? यदि त्यसो हुँदो हो भने, ढिलोचाँडो यी मानिसहरू छुट्टिनेथिए। यदि तिनीहरू छरपस्ट भए, र तीमध्ये कसैले केही पनि प्राप्त गरेनन् भने, म आफूले केही पनि प्राप्त नगरे पनि ढुक्क हुन र सन्तुलित महसुस गर्न सक्थेँ, होइन र?” यो तिनीहरूको मानसिकता हो; तिनीहरू केही पनि प्राप्त गर्न सक्दैनन्, त्यसैले तिनीहरू अरूले पनि केही पनि प्राप्त नगरून् भन्‍ने चाहन्छन्। अरूलाई केही कुरा प्राप्त गर्नबाट वञ्चित गराउने सर्वोत्तम उपाय भनेको ख्रीष्टलाई नकार्नु, ख्रीष्टको सारलाई नकार्नु, ख्रीष्टले गर्नुभएको कामलाई नकार्नु, र ख्रीष्टले बोल्नुभएका सारा वचनहरूलाई नकार्नु हो। यसो गरिएमा, तिनीहरू निन्दित हुनेछैनन्, र तिनीहरूले केही प्राप्त नगर्दा पनि चित्त बुझाउँछन् र त्यसमा शान्त हुन्छन्, र तिनीहरूले यस मामलाबारे थप चिन्ता लिनुपर्दैन। ख्रीष्टविरोधी मानिसहरूको प्रकृति सार यही हो। त्यसैले, के तिनीहरूसँग ख्रीष्टबारे धारणाहरू हुन्छन्? अनि तिनीहरूसँग धारणाहरू हुँदा, के तिनीहरूले तिनलाई समाधान गर्छन्? के तिनीहरूले तिनलाई त्याग्न सक्छन्? सक्दैनन्। तिनीहरूका धारणाहरू कसरी पैदा हुन्छन्? तिनीहरूलाई धारणाहरू पैदा गर्न सजिलो छ: “तपाईँले बोल्दा, म तपाईँको सूक्ष्मजाँच गर्छु, तपाईँका वचनहरूपछाडिका मनसाय के हुन् र ती कहाँबाट आउँछन्, त्यो बुझ्ने कोसिस गर्छु। के ती तपाईँले सुन्नुभएका वा सिक्नुभएका कुरा हुन्, कि कसैले तपाईँलाई ती कुराहरू भन्न लगायो? के कसैले तपाईँकहाँ रिपोर्ट वा उजुरी गर्‍यो? तपाईँ कसको खुलासा गर्दै हुनुहुन्छ?” तिनीहरू यसरी सूक्ष्मजाँच गर्छन्। के तिनीहरू सत्यता बुझ्न सक्छन्? तिनीहरू सत्यता कहिल्यै बुझ्न सक्दैनन्; तिनीहरू हृदयमा त्यसको प्रतिरोध गर्छन्। तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, त्यसको प्रतिरोध गर्छन्, त्यसलाई घृणा गर्छन्, र तिनीहरू यस्तो प्रकृति सार बोकेर प्रवचनहरू सुन्छन्। सिद्धान्त र धर्मसिद्धान्तहरूबाहेक तिनीहरूले सङ्कलन गर्ने भनेको त धारणाहरू मात्र हुन्। कस्ता धारणाहरू? “ख्रीष्ट यस तरिकाले बोल्नुहुन्छ, कहिलेकाहीँ ठट्टा पनि गर्नुहुन्छ; त्यो आदरपूर्ण होइन! उहाँ कहिलेकाहीँ रूपक भनाइहरू प्रयोग गर्नुहुन्छ; त्यो गम्भीर हुँदैन! उहाँको बोलीमा वाक्पटुता छैन; उहाँ अत्यन्तै शिक्षित हुनुहुन्न! कहिलेकाहीँ उहाँले मनन गरेर आफ्ना शब्द चयनबारे सोच्नुपर्छ; उहाँ विश्‍वविद्यालय जानुभएन, जानुभयो र? कहिलेकाहीँ उहाँको भाषण कुनै खास व्यक्तितिर लक्षित हुन्छ—कोतिर? के कसैले उजुरी गरेको छ? त्यो को थियो? ख्रीष्टले बोल्नुहुँदा उहाँ किन सधैँ मेरो आलोचना गर्नुहुन्छ? के उहाँ दिनभरि मलाई हेरिरहनुभएको र नियालिरहनुभएको हुन्छ? के उहाँ पूरै दिन मानिसहरूबारे मनन गरेर बिताउनुहुन्छ? ख्रीष्टले हृदयमा के सोचिरहनुभएको हुन्छ? देहधारी परमेश्‍वरको बोली स्वर्गको परमेश्‍वरको निर्विवाद अख्तियारसहितको गर्जिलो आवाजजस्तो सुनिँदैन—उहाँको प्रकटीकरण किन यति मानवजस्तो देखिन्छ? मैले उहाँलाई जसरी हेरे पनि, उहाँ एक व्यक्ति मात्र हुनुहुन्छ। के देहधारी परमेश्‍वरसँग कुनै कमजोरी छन्? के उहाँले हृदयमा मानिसहरूलाई घृणा गर्नुहुन्छ? मानिसहरूसँगका अन्तरक्रियाहरूमा, के उहाँसँग संसारसँग व्यवहार गर्ने कुनै दर्शन हुन्छ?” के यी धारणाहरू प्रशस्त छैनन् र? (छन्।) ख्रीष्टविरोधीहरूका सोचहरू सत्यतासँग असम्बन्धित कुराहरूले भरिएका हुन्छन्, ती सबै शैतानको सोचाइ र तर्कबाट, संसारसँग व्यवहार गर्ने शैतानको दर्शनबाट आउँछन्। भित्र गहिराइमा, तिनीहरू दुष्टताले भरिएका हुन्छन्, सत्यताप्रति वितृष्ण स्थिति र स्वभावले भरिएका हुन्छन्। तिनीहरू सत्यता खोज्न वा प्राप्त गर्न आउँदैनन्, तिनीहरू त परमेश्‍वरको सूक्ष्मजाँच गर्न आउँछन्। तिनीहरूका धारणाहरू जुनसुकै समय र जुनसुकै ठाउँमा उत्पन्न हुन्छन्, र तिनीहरूले अवलोकन र सूक्ष्मजाँच गर्दा धारणाहरू उत्पन्‍न गर्छन्। तिनीहरूका धारणाहरू तिनीहरूको न्याय र निन्दाको क्रममा सिर्जित हुन्छन्, र तिनीहरू हृदयमा यी धारणाहरूसँग बलियो रूपमा टाँस्‍सिन्छन्। जब तिनीहरू देहधारी परमेश्‍वरको मानवीय पक्ष नियाल्छन्, तब तिनीहरूले धारणाहरू जन्माउँछन्। जब तिनीहरूले ईश्‍वरीय पक्ष देख्छन्, तिनीहरू उत्सुक र चकित हुन्छन्, र यसले पनि धारणाहरू पैदा गराउँछ। ख्रीष्टप्रति र परमेश्‍वर देहधारी हुनुभएको देहप्रति तिनीहरूमा समर्पण वा हृदयको गहिराइदेखिको साँचो स्वीकारको मनोवृत्ति हुँदैन। बरु, तिनीहरू ख्रीष्टविरुद्ध उभिन्छन्, र उहाँको हेराइ, सोचाइ, र चालढाल नियाल्छन् र सूक्ष्मजाँच गर्छन्, र ख्रीष्टको भाषणमा हरप्रकारको लवज, बोलीको आरोहअवरोह, शब्द चयन, र इङ्गित कुराहरू, आदि इत्यादि सुन्दै, ख्रीष्टको हरेक भाव नियाल्ने र सूक्ष्मजाँच गर्ने कामसमेत गर्छन्। जब ख्रीष्टविरोधीहरू यस तरिकाले ख्रीष्टलाई नियाल्छन् र सूक्ष्मजाँच गर्छन्, तब तिनीहरूको मनोवृत्ति ख्रीष्टलाई आफ्नो परमेश्‍वरको रूपमा स्विकार्न सकूँ र ख्रीष्टलाई आफ्नो सत्यता र आफ्नो जीवन बनाउन स्विकार्न सकूँ भनेर सत्यता खोज्ने र बुझ्ने भन्‍ने हुँदैन। त्यसको उल्टो, तिनीहरू यस व्यक्तिलाई सूक्ष्मजाँच गर्न, उहाँलाई पूरासित सूक्ष्मजाँच र बोध गर्न चाहन्छन्। तिनीहरू के बोध गर्न खोजिरहेका हुन्छन्? तिनीहरू यो व्यक्ति परमेश्‍वरसित कसरी मिल्दोजुल्दो छ भनेर सूक्ष्मजाँच गरिरहेका हुन्छन्, र यदि उहाँ साँच्चिकै परमेश्‍वरसित मिल्दोजुल्दो हुनुहुन्छ भने, तिनीहरू उहाँलाई स्विकार्छन्। यदि उहाँलाई जति सूक्ष्मजाँच गरे पनि, उहाँ परमेश्‍वरझैँ देखिनुभएन भने, तिनीहरू त्यो विचार पूरै त्याग्छन् र देहधारी परमेश्‍वरबारे धारणाहरूमा अडिन्छन्, वा आशिष्‌हरू पाइने आशा नभएको ठानेर, तुरुन्तै त्यहाँबाट निस्कने मौका हेर्छन्।

ख्रीष्टविरोधीहरूले परमेश्‍वर देहधारी हुनुभएको देहबारे धारणाहरू जन्माउनु निकै सामान्य कुरा हो। तिनीहरूको ख्रीष्टविरोधी सार, र सत्यताप्रति वितृष्ण सारको कारण, तिनीहरूलाई आफ्ना धारणाहरू त्याग्न असम्भव छ। जब केही पनि भइरहेको हुँदैन, तिनीहरू परमेश्‍वरका वचनहरूको पुस्तक पढ्छन् र यी वचनहरूलाई परमेश्‍वरको रूपमा देख्छन्, तर देहधारी परमेश्‍वरलाई भेटेर उहाँ परमेश्‍वरजस्तो नहुनुभएको थाहा पाएपछि, तिनीहरूमा तुरुन्तै धारणाहरू पैदा हुन्छन्, र तिनीहरूको मनोवृत्ति बदलिन्छ। देहधारी परमेश्‍वरको सम्पर्कमा नहुँदा, तिनीहरू बस परमेश्‍वरका वचनहरूको पुस्तक समात्छन् र उहाँका वचनहरूलाई परमेश्‍वरको रूपमा लिन्छन्, र तिनीहरू अझै पनि आशिष्‌हरू प्राप्त गर्ने अस्पष्ट मनोकल्पना र अभिप्राय बोक्छन्, र आनाकानीपूर्वक केही प्रयास लगाउने, केही कर्तव्यहरू पूरा गर्ने, र परमेश्‍वरको घरमा भूमिका निभाउने गर्छन्। तर तिनीहरू परमेश्‍वर देहधारी हुनुभएको देहको सम्पर्कमा आउनेबित्तिकै, तिनीहरूको मन धारणाहरूले भरिन्छ। तिनीहरूलाई काटछाँट नगरिए पनि, कर्तव्य गर्ने तिनीहरूको जोश उल्लेखनीय रूपमा घट्न सक्छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू र परमेश्‍वर देहधारी हुनुभएको देहलाई यस्तै व्यवहार गर्छन्। तिनीहरूले प्रायः परमेश्‍वरका वचनहरूलाई परमेश्‍वरले धारण गर्नुभएको देहबाट छुट्याउँछन्, अनि परमेश्‍वरका वचनहरूलाई परमेश्‍वरको रूपमा तर परमेश्‍वरले धारण गर्नुभएको देहलाई मानवको रूपमा लिन्छन्। जब परमेश्‍वरले धारण गर्नुभएको देह तिनीहरूका धारणाहरूसँग मिल्दो हुँदैन वा ती धारणाहरूको विपरीत जान्छ, तब तिनीहरू तुरुन्तै परमेश्‍वरका वचनहरूतर्फ फर्कन्छन् र प्रार्थनार्थ पढ्छन्, र ती धारणाहरूलाई बलपूर्वक दबाउने र थुन्‍ने कोसिस गर्छन्। त्यसपछि, तिनीहरूले परमेश्‍वरका वचनहरूको आराधना गर्छन्, मानौँ तिनीहरू परमेश्‍वर स्वयम्‌को आराधना गरिरहेका छन्, अनि यस्तो लाग्छ तिनीहरूका धारणाहरू समाधान भइसकेका छन्। तर वास्तवमा, ख्रीष्टप्रति तिनीहरूका भित्री अवज्ञा, आक्रोश र तिरस्कार बिलकुलै समाधान भएका हुँदैनन्। ख्रीष्टप्रतिको व्यवहारमा, ख्रीष्टविरोधीहरूले निरन्तर धारणाहरू जन्माउँछन् र मृत्युपर्यन्त जिद्दीपूर्वक तिनमै अडिन्छन्। धारणाहरू नहुँदा, तिनीहरू सूक्ष्मजाँच र विश्‍लेषण गर्छन्; तर धारणाहरू हुँदा, तिनीहरू सूक्ष्मजाँच र विश्‍लेषण मात्र होइन, जिद्दीपूर्वक तिनमै टाँसिने कामसमेत गर्छन्। तिनीहरू न त आफ्ना धारणाहरू समाधान गर्छन् न त सत्यता नै खोज्छन्; तिनीहरू आफू ठिक छु भन्‍नेमा विश्‍वस्त हुन्छन्। के तिनीहरू शैतानका होइनन् र? (हुन्।) देहधारी परमेश्‍वरबारे धारणाहरू हुँदा ख्रीष्टविरोधीहरूमा हुने प्रकटीकरणहरू यिनै हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्