विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग तीन) खण्ड एक

आ. परमेश्‍वर देहधारी हुनुभएको देहलाई तिरस्कार गर्नु

पछिल्लो सङ्गतिको शीर्षक ख्रीष्टविरोधीहरूको दसौँ प्रकटीकरण—सत्यतालाई तिरस्कार गर्नु, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्नु, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्नु थियो। विस्तृत सङ्गतिको लागि यो विषयवस्तुलाई थप तीन खण्डमा विभाजन गरिएको छ। पहिलो खण्ड छ, परमेश्‍वरको पहिचान र सारलाई तिरस्कार गर्नु; दोस्रो छ, परमेश्‍वर देहधारी हुनुभएको देहलाई तिरस्कार गर्नु हो; र तेस्रो छ, परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्नु। यी तीन खण्डहरूलाई ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको दसौँ विषयवस्तु चिरफार गर्न प्रयोग गरिएको छ। पहिलो खण्ड सङ्गति गरिसकिएको छ, परमेश्‍वर देहधारी हुनुभएको देहलाई तिरस्कार गर्नु भनिने दोस्रो खण्डलाई सङ्गतिको लागि चार भागमा विभाजन गरिएको छ। यी चार भागहरू के-के हुन्? (पहिलो, खुसामद, चापलुसी, र मिठा शब्दहरू; दोस्रो, छानबिन र विश्‍लेषण, अनि साथमा जिज्ञासा; तेस्रो, तिनीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन्, त्यो तिनीहरूको मुडमा भर पर्छ; र चौथो, ख्रीष्टले भन्नुभएको कुरा केवल सुन्ने, तर न त पालन गर्ने न त समर्पित हुने।) पहिलो दुई भागहरू पछिल्लो पटक सङ्गति गरिए; यस पटक, हामी तेस्रो भाग सङ्गति गर्नेछौँ।

ग. तिनीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन्, त्यो तिनीहरूको मुडमा भर पर्छ

तेस्रो भाग “तिनीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन्, त्यो तिनीहरूको मुडमा भर पर्छ” भन्‍ने हो; हामी यो सामान्य वाक्यांशका आधारमा ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूलाई हेर्नेछौँ। तिमीहरूको बुझाइमा, वा तिमीहरूको देखाइ र भोगाइअनुसार, के यस भागसम्बन्धी केही उदाहरणहरू हुनुपर्छ, होइन र? कति मानिसहरू भन्छन्: “ख्रीष्टसँग मेरो कहिल्यै सम्पर्क भएको छैन; मैले उहाँका प्रवचनहरू मात्र सुनेको छु। मसँग यस प्रकटीकरणको वास्तविक अनुभव छैन, न त मैले अरू कसैले वास्तवमै यो कुरा प्रदर्शन गरेको देखेको छु।” तिमीहरूमध्ये यस भागको वास्तविक अनुभव भएकाहरूसँग यससँग मिल्दा कुनै अनुभूति वा बुझाइहरू छन्? कुनै पनि छैन? त्यसोभए हामीले साँच्चिकै गहन सङ्गति गर्नुपर्छ, होइन र? (हो।) बाहिरबाट हेर्दा, यस भागमा मानिसहरू ख्रीष्टको सम्पर्कमा आउँदाका तिनीहरूका विभिन्न मनोवृत्ति र प्रकटीकरणहरू संलग्न हुन्छन्। वास्तवमा, यस भागमार्फत, परमेश्‍वर देहधारी हुनुभएको देहप्रति मानिसहरूका विभिन्न मनोवृत्ति र प्रकटीकरणहरू देख्न सकिने मात्र नभई, परमेश्‍वर देहधारी हुनुभएको देहप्रतिको व्यवहारमा मानिसहरूले परमेश्‍वरप्रति देखाउने साँचो मनोवृत्ति र प्रकटीकरणहरू पनि खुट्ट्याउन सकिन्छ। भन्नुको मतलब, यसमार्फत, मानिसहरूले परमेश्‍वरको पहिचान र सार भएको परमेश्‍वर स्वयम्‌लाई कस्तो मनोवृत्तिले व्यवहार गर्छन्, र तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय, साँचो आस्था, र साँचो समर्पण छ छैन भन्‍ने कुरा प्रस्ट हुन्छ। विभिन्न परिस्थितिहरू सामना गर्दा, ख्रीष्टप्रतिका मानिसहरूका विभिन्न मनोवृत्तिहरूले तिनीहरूले विश्‍वास गर्ने परमेश्‍वरप्रतिका तिनीहरूका मनोवृत्तिहरू प्रकाश गर्छन्। यस साधारण व्यक्ति अर्थात् ख्रीष्टसँग व्यवहार गर्दा, तँसित कुनै धारणाहरू, साँचो आस्था, वा साँचो समर्पण हुनु नहुनुले तँसित तैँले विश्‍वास गर्ने परमेश्‍वर अर्थात् परमेश्‍वर स्वयम्‌प्रति सच्चा आस्था र साँचो समर्पण छ छैन भन्‍ने जनाउँछ। स्वर्गको परमेश्‍वरप्रतिको मानिसहरूको व्यवहारमा—तिनीहरूको मनोवृत्ति, दृष्टिकोण र तिनीहरूको साँचो विचारमा—तिनीहरू निकै अस्पष्ट हुन्छन्, तिनीहरूले परमेश्‍वरप्रति आफ्नो साँचो मनोवृत्ति खुलाउँदैनन्। तर जब मानिसहरूले वास्तवमै परमेश्‍वरलाई भेट्छन् र परमेश्‍वर देहधारी हुनुभएको ठोस मासु र रगतको देह देख्छन्, तब परमेश्‍वरप्रतिको तिनीहरूको साँचो मनोवृत्ति पूर्ण रूपमा प्रकाश हुन्छ। मानिसहरूले बोल्ने शब्दहरू, तिनीहरूका मनका सोचहरू, तिनीहरूले स्थापित गर्ने र हृदयमा राख्ने दृष्टिकोणहरू, साथै ख्रीष्टप्रति तिनीहरूको हृदयमा भएका सोचाइ र मनोवृत्तिहरूसमेत वास्तवमा तिनीहरूले परमेश्‍वरलाई कस्तो व्यवहार गर्छन् भन्‍ने कुराका विभिन्न प्रकटीकरणहरू हुन्। स्वर्गको परमेश्‍वर अदृश्य र अमूर्त हुनुभएकोले, मानिसहरूले उहाँबारे कसरी सोच्छन्, उहाँलाई कस्तो व्यवहार गर्छन्, उहाँलाई कसरी सीमित गर्छन्, र तिनीहरू समर्पित छन् छैनन् भन्‍ने कुरामा, वास्तवमा मानिसहरूमा तिनीहरूका प्रकटीकरणहरू सही र सत्यतासँग मिल्दो छन् छैनन् भनेर मापन गर्ने कुनै मानक छैन। तर जब परमेश्‍वर ख्रीष्टको रूपमा देहधारी बन्नुहुन्छ, तब यो सबै बदलिन्छ: परमेश्‍वरप्रतिका मानिसहरूका यी सारा प्रकटीकरण र मनोवृत्तिहरू मापन गर्ने एउटा मानक बन्छ, र त्यसले परमेश्‍वरप्रति मानिसहरूले राख्‍ने साँचो मनोवृत्ति प्रस्ट बनाउँछ। प्रायजसो, मानिसहरू आफूमा परमेश्‍वरमाथि ठूलो आस्था र साँचो विश्‍वास छ भन्ठान्छन्, साथै परमेश्‍वर महान्, सर्वश्रेष्ठ, र प्रेमिलो हुनुहुन्छ भन्‍ने महसुस गर्छन्। तर के यो तिनीहरूको साँचो कदको प्रतिबिम्ब हो कि एउटा मुड मात्र हो? त्यो निर्क्योल गर्न गाह्रो छ। जब मानिसहरू परमेश्‍वरलाई देख्न सक्दैनन्, तिनीहरूले उहाँलाई जतिसुकै राम्रो अभिप्रायले व्यवहार गरे पनि, उहाँप्रतिको तिनीहरूको व्यवहार सधैँ अस्पष्टता, खोक्रोपन, र अव्यावहारिकताले दूषित हुन्छ, र सधैँ केही खोक्रा कल्पनाहरूले भरिपूर्ण हुन्छ। जब मानिसहरू वास्तवमै परमेश्‍वरलाई देख्छन् र उहाँको सम्पर्कमा आउँछन्, तब परमेश्‍वरमाथिको तिनीहरूको आस्थाको मात्रा, परमेश्‍वरप्रतिको तिनीहरूको आज्ञापालनको स्तर, र परमेश्‍वरप्रति तिनीहरूमा साँचो प्रेम छ छैन भन्‍ने कुरा पूर्ण रूपमा प्रकाश हुन्छ। त्यसकारण, जब परमेश्‍वर देहधारी बन्नुहुन्छ, विशेषगरी जब उहाँ सम्भव हुने हदसम्म साधारण व्यक्ति बन्नुहुन्छ, तब सारा मानिसहरूको नजरमा, यो देह, यो साधारण व्यक्ति, सबैको लागि परीक्षा बन्छ र त्यसले हरव्यक्तिको आस्था र साँचो कद पनि प्रकाश गर्छ। तैँले पहिलोपटक परमेश्‍वरको अस्तित्व स्विकार्दा उहाँलाई पछ्याउन सकेको होलास्, तर जब तैँले देहधारी परमेश्‍वरलाई स्विकार्छस्, र जब परमेश्‍वर साधारण व्यक्ति बनेको देख्छस्, तब तेरो मनमा धारणाहरू भरिनेछन्। त्यो बेलामा, तैँले विश्‍वास गर्ने ख्रीष्ट—यो साधारण व्यक्ति—तेरो विश्‍वासका लागि सबैभन्दा ठूलो चुनौती बन्छ। त्यसैले, आज अब हामी यस साधारण व्यक्ति, परमेश्‍वर देहधारी हुनुभएको देह, अर्थात् ख्रीष्टद्वारा मानिसहरूमाथि पर्ने प्रभाव, साथै परमेश्‍वरप्रति तिनीहरूका विभिन्न साँचो मनोवृत्ति र दृष्टिकोणहरू प्रकाश गर्ने यस साधारण व्यक्ति अर्थात् ख्रीष्टप्रति मानिसहरूले देखाउने वास्तविक प्रकटीकरणहरूबारे सङ्गति गरौँ।

तेस्रो भागको मुख्य विषयवस्तु मानिसहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन् त्यो तिनीहरूको मुडमा भर पर्छ भन्ने हो। यो मुडले ठ्याक्कै के जनाउँछ भन्‍ने कुरा नै आजको सङ्गतिको केन्द्र अर्थात् मूल मुद्दा हो। यो मुड पक्कै पनि एउटा प्रतीक, अर्थात् एउटा सामान्यीकरण मात्र हो। यो मुड होइन; यसको पछाडि मानिसहरूका विभिन्न धारणा र कल्पनाहरू, साथै तिनीहरूका अनेकथरीका भ्रष्ट स्वभावहरू, र तिनीहरूको शैतानी प्रकृति सारसमेत लुकेका हुन्छन्। जब व्यक्तिले परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू गर्ने क्रममा कुनै पनि अवरोधहरू सामना गर्दैन, जब उसको मुडलाई कुनै पनि कुराले असर गर्दैन, र जब सबथोक सहज रूपमा चल्छ, तब उसले बारम्बार परमेश्‍वरसामु प्रार्थना गर्न, र खुसी र शान्तिले भरिपूर्ण नियमित जीवन जिउन सक्छ। उसको वरपरको वातावरण पनि सहज हुन्छ, धेरैजसो दाजुभाइ-दिदीबहिनीहरू एकअर्कासँग मिलेर बस्छन्, परमेश्‍वरले प्रायः उनीहरूलाई कर्तव्य निर्वाह गर्न र पेसागत सीपहरू सिक्न मार्गदर्शन गर्नुहुन्छ, र अन्तर्दृष्टि र ज्योति प्रदान गर्नुहुन्छ, र त्यसपछि अभ्यासका सिद्धान्तहरू तुलनात्मक रूपले प्रस्ट हुन्छन्—सबथोक अत्यन्तै सामान्य हुन्छ र अत्यन्तै सहज रूपमा अघि बढ्छ। यो बेला, मानिसहरूले आफूसँग परमेश्‍वरमाथि ठूलो आस्था भएको महसुस गर्छन्, हृदयमा परमेश्‍वरसित अत्यन्तै निकट रहेको अनुभूति गर्छन्, बारम्बार परमेश्‍वरसामु आएर प्रार्थना गर्न र आफ्ना गोप्य कुराहरू बताउन सक्छन्, अनि परमेश्‍वरसित अन्तरङ्ग रूपले जोडिएको महसुस गर्छन्, र परमेश्‍वरलाई अत्यन्तै प्रेमिलो पाउँछन्। यो बेला तिनीहरूको मुड निकै राम्रो हुन्छ; तिनीहरू प्रायजसो शान्ति र आनन्दमा जिउँछन्, भेलाहरूमा सक्रिय रूपले बोल्छन्, साथै नियमित रूपमा हरदिन परमेश्‍वरका वचनहरू प्रार्थनार्थ पढ्न र भजनहरू सिक्न सक्छन्। यसरी सबै कुरा राम्ररी र सहज रूपमा अघि बढिरहँदा, मानिसहरूले निरन्तर हृदयमा परमेश्‍वरलाई धन्यवाद दिन्छन्, मौन रूपमा परमेश्‍वरको प्रार्थना गर्छन्, र जीवनभर आफूलाई परमेश्‍वरप्रति समर्पित गर्ने, आफूसँग भएको सबथोक चढाउने, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नहेतु कठिनाइहरू सहने र मूल्य चुकाउने सङ्कल्प गर्छन्। तिनीहरूले परमेश्‍वर अत्यन्तै महान्, अत्यन्तै प्रेमिलो हुनुहुन्छ भन्‍ने महसुस गर्छन्, तिनीहरूमा आफूलाई परमेश्‍वरको लागि अर्पण गर्ने सङ्कल्प र तत्परता हुन्छ, र तिनीहरू आफ्नो पूरै जीवन उहाँप्रति समर्पित गर्छन्। के यो निकै सक्रिय र सकारात्मक अवस्था होइन र? यसबाट, हामी मानिसहरूको बफादारी, परमेश्‍वरप्रति तिनीहरूको प्रेम, र तिनीहरूले गर्ने त्यागहरू देख्न सक्छौँ भन्ने लाग्छ। सबथोक अत्यन्तै राम्रो, शान्तिपूर्ण र सहज देखिन्छ। यी सारा प्रकटीकरणहरूबाट, मानिसहरू सक्रिय रूपमा आफ्नै तवरले कोसिस गरिरहेका, र कुनै प्रतिकूलताविना परमेश्‍वरको काम र उहाँका मागहरूसँग सहकार्य गरिरहेका देखिन्छन्। यसर्थ, हृदयमा, तिनीहरू निरन्तर रूपमा परमेश्‍वरलाई धन्यवाद दिन्छन्, स्वर्गको परमेश्‍वरलाई धन्यवाद दिन्छन्, पृथ्वीको ख्रीष्टलाई धन्यवाद दिन्छन्, र ख्रीष्टप्रतिको अनन्त प्रेम र आदरले भरिन्छन्। जब तिनीहरूले भजनहरूमा “यस मामुली व्यक्ति” भन्ने शब्दहरू गाउँछन्, तिनीहरू अत्यन्तै भावुक हुन्छन्, र सोच्छन्, “साँच्चिकै यही मामुली व्यक्तिले मलाई मुक्ति दिनुभयो, मलाई यो अवसर दिनुभयो, र आज मलाई परमेश्‍वरका घरमा सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न अनुमति दिनुभयो!” कति मानिसहरू त सिधै प्रार्थना पनि गर्छन्: “हे व्यावहारिक परमेश्‍वर, देहधारी परमेश्‍वर, ख्रीष्ट: तपाईँलाई धन्यवाद छ, म तपाईँको प्रशंसा गर्छु, किनकि तपाईँले मलाई यी सारा आशिष्‌हरू दिनुभएको छ, तपाईँले मलाई अनुग्रह दिनुभएको छ। मेरो हृदयको परमेश्‍वर तपाईं नै हुनुहुन्छ, तपाईँ सृष्टिकर्ता हुनुहुन्छ, तपाईँ मैले पछ्याउन चाहेको उहाँ एउटै हुनुहुन्छ। म आफूलाई जीवनभर तपाईँप्रति समर्पित गर्न इच्छुक छु।” यी सारा दृश्यहरू अत्यन्तै शान्तिपूर्ण, अत्यन्तै सुन्दर छन्, र पूर्ण रूपमा सौहार्दपूर्ण देखिन्छन्, मानौँ मुक्ति पाउनु अत्यन्तै सजिलो र सहज छ। तर के यो सौहार्दता र शान्ति साँच्चिकै सदैव रहन सक्छ? के यो यथावत् रहन सक्छ? यो त्यति सजिलो छैन।

१. काटछाँट भोग्नुपर्दा तिनीहरूको व्यवहार

मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा भ्रष्ट स्वभाव प्रकाश गर्नु, आफूलाई आइपरेका परिस्थितिहरूमा झर्कनु, आफ्नै दृष्टिकोणहरू राख्नु अपरिहार्य कुरा नै हो, साथै आफूखुसी रूपमा र आवेगपूर्वक काम गर्नु त झनै बढी अपरिहार्य कुरा हो। यस्ता परिस्थितिहरूमा, मानिसहरूले अपरिहार्य रूपमा काटछाँट भोग्छन्। काटछाँट सामना गर्दा, के उत्साहले भरिपूर्ण, परमेश्‍वरबारे धारणा र कल्पनाहरूले भरिएको व्यक्तिमा साँच्चिकै यो सबै सामना गर्ने, सच्चा रूपमा यो सबै अनुभव गर्ने, र यस्ता परिस्थितिहरूमा सफलतापूर्वक अघि बढ्ने कद हुन्छ? यसले एउटा प्रश्‍न खडा गर्छ, र यसैमा समस्या छ। जब मानिसहरू सबथोक अत्यन्तै अद्भुत छन्, परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ, परमेश्‍वरले मानिसहरूलाई अत्यन्तै धेरै प्रेम गर्नुहुन्छ, र उहाँको प्रेम अति महान् र अति वास्तविक छ भन्‍ने महसुस गर्छन्, र जब त्यसपछि तिनीहरूले काटछाँट र प्रकाशको सामना गर्छन्, तब सत्यता नबुझ्नेहरू प्रायः दुबिधा र अलमलमा पर्छन्, र भयभीत र त्रसित हुन्छन्। तिनीहरूले अचानक आफू अन्धकारमा फसेको, र अगाडिको मार्ग देख्न नसक्ने, र वर्तमान परिस्थिति सामना गर्न नजान्ने भएको महसुस गर्छन्। जब तिनीहरू परमेश्‍वरसामु आउँछन्, तिनीहरूले पहिलेकै अनुभूतिहरू खोज्छन्, र पहिलेकै जस्तो मुड, सोचाइ, दृष्टिकोण र मनोवृत्ति बोकेर प्रार्थना गर्छन्। तर त्यसपछि तिनीहरू परमेश्‍वरको अनुभूति गर्नै नसक्ने महसुस गर्छन्। अनि जब तिनीहरू परमेश्‍वरको अनुभूति गर्नै नसकिने महसुस गर्छन्, तब यस्तो सोच्न थाल्छन्: “के परमेश्‍वरले मलाई अबदेखि नचाहनुहुने हो? के परमेश्‍वरले मलाई तिरस्कार गर्नुहुन्छ? के मेरो भ्रष्ट स्वभावको कारण परमेश्‍वरले मन पराउन छोड्नुभएको हो? के परमेश्‍वरले मलाई हटाउँदै हुनुहुन्छ? यदि त्यसो हो भने, के म सक्किएको होइन र? अब मेरो अस्तित्वको के अर्थ? परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ? म अब विश्‍वास पनि गर्दिनँ होला। यदि मैले विश्‍वास नगरेको भए, सायद अहिले मेरो राम्रो जागिर, सौहार्दपूर्ण परिवार, र सुनौलो भविष्य हुन सक्थ्यो होला! अहिलेसम्म परमेश्‍वरमा विश्‍वास गरेर मैले केही पनि पाएको छैन, तर यदि मैले साँच्चिकै विश्‍वास गर्न छाडेँ भने, के यसअघिका मेरा सारा प्रयासहरू खेर जाँदैनन् र, के यसअघिका मेरा सारा खर्चाइ र त्यागहरू व्यर्थै हुँदैनन् र?” यी चिन्तनहरू गरेपछि, तिनीहरू अचानक उजाड र असहज महसुस गर्छन्, र सोच्छन्, “स्वर्गको परमेश्‍वर अत्यन्तै टाढा हुनुहुन्छ, र पृथ्वीको यो परमेश्‍वरले सङ्गति गर्ने र सत्यता प्रदान गर्नेबाहेक मलाई अरू के कुरामा मद्दत गर्न सक्नुहुन्छ? उहाँले मलाई अरू के दिन सक्नुहुन्छ? उहाँ अत्यन्तै मामुली, र अरूप्रति अत्यन्तै असंवेदनशील देखिनुहुन्छ। अलिकति भ्रष्ट स्वभाव हुनु के ठूलो कुरा भयो र? यदि यसलाई मानवीय तरिकाले सम्हालिन्थ्यो भने, परमेश्‍वरले अलिअलि भ्रष्ट स्वभाव भएका मानिसहरूलाई नदेखेझैँ गर्नुहुनेथ्यो; उहाँले त्यसलाई उदारतासाथ सम्हाल्नुहुनेथ्यो र मानिसहरूका सानातिना गल्तीहरू खोतल्‍ने काम नगर्नुहुनेथ्यो। परमेश्‍वरले मलाई यस्तो सानो मामलामा किन यसरी काटछाँट, ताडना, र उपेक्षासमेत गर्नुहुन्छ? यस्तो परिस्थितिमा यस्तो भ्रष्ट स्वभाव प्रकट गर्नु ठूलो कुरा होइन, तर परमेश्‍वरले वास्तवमा मलाई तिरस्कार गर्नुहुन्छ। के उहाँ मानिसहरूलाई साँच्चिकै प्रेम गर्नुहुन्छ कि हुन्न? उहाँको प्रेम कहाँ प्रकट हुन्छ? उहाँ ठ्याक्कै कसरी मानिसहरूलाई प्रेम गर्नुहुन्छ? जे भए पनि, यस क्षणमा, अब म परमेश्‍वरको प्रेम अनुभूति गर्न सक्दिनँ।” तिनीहरूले परमेश्‍वरको प्रेम अनुभूति गर्न नसक्नेबित्तिकै स्वर्गको परमेश्‍वरबाट निकै टाढा रहेको महसुस गर्छन्, अनि पृथ्वीको यो ख्रीष्ट, अर्थात् यो साधारण व्यक्तिबाट त झनै टाढा रहेको महसुस गर्छन्। हृदयमा यस्तो उजाड महसुस हुँदा, तिनीहरू बारम्बार प्रार्थना गर्छन्, र बारम्बार आफूलाई आराम दिन्छन्, “नडरा, स्वर्गको परमेश्‍वरमाथि आशा राख्, परमेश्‍वर तेरो सुरक्षा कवच हुनुहुन्छ, परमेश्‍वर तेरो शक्ति हुनुहुन्छ, परमेश्‍वरले अझै पनि मानिसहरूलाई प्रेम गर्नुहुन्छ।” यस क्षणमा, तिनीहरूले भन्‍ने गरेको परमेश्‍वर कहाँ हुनुहुन्छ? स्वर्गमा, यावत् थोकमाझ, त्यो परमेश्‍वर नै मानिसहरूलाई साँच्चिकै प्रेम गर्ने एउटै हुनुहुन्छ, मानिसहरूले आदरभावले हेर्ने र पुज्ने, तिनीहरूको सुरक्षा कवच र सधैँ रहने सहयोग हुन सक्ने, र तिनीहरूको हृदयलाई सहानुभूति दिन सक्ने परमेश्‍वर हुनुहुन्छ। उहाँ नै तिनीहरूको आत्मा, हृदय र देहको भरोसा हुनुहुन्छ। तर पृथ्वीको यस परमेश्‍वरले जे गर्न सक्नुहुन्छ त्यसलाई हेर्दा, मानिसहरूको हृदयभित्र अब कुनै भरोसा बाँकी रहँदैन। तिनीहरूको मनोवृत्ति बदलिन्छ। त्यो कस्तो परिस्थितिमा बदलिन्छ? जब तिनीहरूले काटछाँट र प्रकाश हुने परिस्थिति सामना गर्छन्, र झट्काहरू भेट्छन्, तब तिनीहरूको साँचो आस्था प्रकाश हुन्छ।

मानिसहरूले काटछाँट हुने परिस्थिति सामना गरेपछि, तिनीहरूको तथाकथित साँचो आस्थाले तुरुन्तै स्वर्गको अस्पष्ट परमेश्‍वरमाथि भरोसा गर्छ। पृथ्वीको देखिने परमेश्‍वरको हकमा, तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? मानिसहरूको पहिलो प्रतिक्रिया उहाँलाई अस्वीकार गर्ने र त्याग्ने, अबउप्रान्त उहाँमाथि भर नपर्ने वा विश्‍वास नगर्ने, बरु उहाँबाट पन्छिने, लुक्ने र आफूलाई उहाँबाट टाढा राख्ने हुन्छ। मानिसहरूको मुड यस्तै हुन्छ। काटछाँट हुने परिस्थिति सामना गर्नुपर्दा, मानिसहरूले बुझ्ने सत्यता, तिनीहरूको तथाकथित साँचो आस्था, बफादारी, प्रेम, र समर्पण अत्यन्तै कमजोर बन्छन्। जब यी सारा परिस्थितिहरू बदलिन्छन्, देहधारी परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति पनि त्यहीअनुसार बदलिन्छ। तिनीहरूका अघिल्ला त्यागहरू—तिनीहरूको तथाकथित बफादारी, खर्चाइ, र तिनीहरूले तिरेको मूल्य, साथै तिनीहरूको तथाकथित समर्पण—यस क्षणमा कुनै बफादारी वा साँचो समर्पण नभई उत्साह मात्र भएको प्रकाश हुन्छ। अनि यो उत्साहमा के मिसिएको हुन्छ? यसमा मानव भावनाहरू, मानव असलपन, र मानव निष्ठा मिसिएका हुन्छन्। यो निष्ठालाई आवेशको रूपमा पनि बुझ्न सकिन्छ, जस्तो कि, “यदि म कसैलाई पछ्याउँछु भने, मैले साँचो भ्रातृ निष्ठा देखाउन, उसको लागि आफ्नो जीवन अर्पण गर्न, ठूलो प्रयत्न गर्न, उसको लागि गोली खान, र उसको लागि सबथोक चढाउन जरुरी हुन्छ,” र यो मानव आवेशको प्रकटीकरण हो। यस्ता मानव प्रकटीकरणहरू यस्तो क्षणमा प्रकाश हुन्छन्। अनि, ती किन प्रकाश हुन्छन्? किनभने, मानिसहरूका सोचाइ र दृष्टिकोणमा, तिनीहरूले यस साधारण व्यक्ति नै देहधारी परमेश्‍वर हो, ख्रीष्ट हो, परमेश्‍वर हो, र उहाँमा परमेश्‍वरको पहिचान छ भन्‍ने कुरा स्विकारेका देखिन्छन्—तर तिनीहरूको वास्तविक कद, तिनीहरूले बुझ्ने सत्यता, र परमेश्‍वरबारे तिनीहरूको ज्ञानलाई हेर्दा, तिनीहरूले यस साधारण व्यक्तिलाई साँचो रूपमा स्विकारेका हुँदैनन्, न त तिनीहरूले यस साधारण व्यक्तिलाई ख्रीष्टको रूपमा, र परमेश्‍वरको रूपमा व्यवहार नै गरेका हुन्छन्। जब सबथोक राम्रो तरिकाले चलिरहेको हुन्छ, जब सबथोक आफूले चाहेजस्तै हुन्छ, जब मानिसहरूले परमेश्‍वरले तिनीहरूलाई आशिष्, ज्योति, अगुवाइ, र अनुग्रह प्रदान गरिरहनुभएको छ भन्‍ने महसुस गर्छन्, र जब मानिसहरूले परमेश्‍वरबाट प्राप्त गर्ने कुराहरू तिनीहरूका धारणा र कल्पनाहरूसँग मेल खान्छन्, तब तिनीहरूले परमेश्‍वरले गवाही दिनुभएको यस साधारण व्यक्तिलाई मानिसको परमेश्‍वरको रूपमा व्यक्तिगत रूपमा स्विकार्न सक्छन्। तर जब यी सारा परिस्थितिहरू बदलिन्छन्, जब परमेश्‍वरले यी सारा चिजहरू लैजानुहुन्छ, र जब मानिसहरूमा साँचो बुझाइ र साँचो कद हुँदैन, तब तिनीहरूको सबथोक प्रकाश हुन्छ, र तिनीहरूले जे व्यक्त गर्छन्, परमेश्‍वरप्रतिको तिनीहरूको साँचो मनोवृत्ति ठ्याक्कै त्यही हुन्छ। यो साँचो मनोवृत्ति कसरी उत्पन्न हुन्छ? यो कहाँबाट उत्पत्ति हुन्छ? यो मानिसहरूको भ्रष्ट स्वभाव र परमेश्‍वरबारे तिनीहरूको ज्ञानको कमीबाट उत्पत्ति हुन्छ। म किन यसो भन्छु? यो मानिसहरूमा हुने भ्रष्ट स्वभाव भनेको के हो? (शैतानद्वारा भ्रष्ट पारिएपछि, मानिसहरूले भित्री रूपमा परमेश्‍वरविरुद्ध सतर्कता अपनाउँछन् र उहाँविरुद्ध अवरोध खडा गर्छन्। परमेश्‍वरले जे गर्नुभए पनि तिनीहरू सधैँ आश्‍चर्य मान्दै प्रश्‍न गर्छन्, “के परमेश्‍वरले मलाई हानि गर्नुहुनेछ?”) के मानिसहरू र परमेश्‍वरबीचको सम्बन्ध एउटा अवरोध भएको मामला मात्र हो? के यो त्यति सामान्य छ? यो एउटा अवरोध भएको मामला मात्र होइन; यो त दुई फरक सारहरूको समस्या हो। मानवहरूसित भ्रष्ट स्वभाव हुन्छन्—के परमेश्‍वरसित भ्रष्ट स्वभाव हुन्छ? (हुँदैन।) त्यसोभए किन मानिसहरू र परमेश्‍वरबीच बेमेल हुन्छ, किन मानिसहरू परमेश्‍वरप्रति शत्रुवत्‌ हुन्छन्? कसको कारणले गर्दा हो? परमेश्‍वरको कारणले हो कि मानिसहरूको? (मानिसहरूको कारणले।) उदाहरणको लागि, यदि दुई मानिसहरू झगडा गर्छन् र एकअर्कासँग बोल्न छाड्छन् भने, तिनीहरू बोले पनि, त्यो सतही मात्र हुनेछ, र तिनीहरूको हृदयमा एउटा अवरोध सिर्जना भएको हुनेछ। यो अवरोध कसरी उत्पन्न हुन्छ? यो तिनीहरूमा मिल्नै नसक्ने फरक दृष्टिकोणहरू भएकोले, साथै दुईमध्ये कुनै एकले पनि आफ्नो दृष्टिकोण त्याग्न नचाहेकोले, एकता हुँदै नहुने भएर उत्पन्न हुन्छ। मानिसहरूबीच यसरी नै अवरोधहरू सिर्जना हुन्छन्। तर यदि हामीले मानिसहरू र परमेश्‍वरबीचको सम्बन्धलाई एउटा अवरोध भएको कुराको रूपमा मात्र व्याख्या गर्‍यौँ भने, के त्यो न्यून अभिव्यक्ति हुँदैन र, के त्यसले भन्न खोजेको कुरा बुझाउन चुक्दैन र? अवरोध भएको साँचो हो, तर यदि हामीले मानिसहरूको भ्रष्ट स्वभावसम्बन्धी समस्या व्याख्या गर्न “अवरोध” भन्‍ने शब्द मात्र प्रयोग गर्‍यौँ भने, त्यो अत्यन्तै हल्का हुनेछ। यस्तो किन हुनेछ भने, शैतानद्वारा भ्रष्ट पारिएपछि, मानिसहरूमा शैतानी भ्रष्ट स्वभाव र सार हुन्छ, र तिनीहरूको जन्मसिद्ध प्रकृति परमेश्‍वरप्रति शत्रुवत्‌ हुन्छ। शैतान परमेश्‍वरप्रति शत्रुवत्‌ हुन्छ। के त्यसले परमेश्‍वरलाई परमेश्‍वरका रूपमा व्यवहार गर्छ? के त्यसमा परमेश्‍वरप्रति आस्था वा समर्पण हुन्छ? त्यसमा न त साँचो आस्था हुन्छ न साँचो समर्पण नै हुन्छ—शैतान यस्तै हुन्छ। मानिसहरू शैतानजस्तै हुन्छन्; तिनीहरूमा शैतानका भ्रष्ट स्वभाव र सार हुन्छन्, र तिनीहरूमा परमेश्‍वरप्रति साँचो आस्था र समर्पण पनि हुँदैन। त्यसोभए के हामीले यो साँचो आस्था र समर्पणको कमीले गर्दा मानिसहरू र परमेश्‍वरबीच अवरोध खडा भएको हो भन्न मिल्छ? (मिल्दैन।) यसले त मानिसहरू परमेश्‍वरप्रति शत्रुवत्‌ छन् भन्‍ने मात्र जनाउँछ। जब परमेश्‍वरले गर्नुहुने काम मानिसहरूका स्वाद, मुड, र आवश्यकताहरूसित मिल्छ, र जब त्यसले तिनीहरूका रूचिहरू पूरा गर्छ, र सबथोक सहज रूपमा र तिनीहरूले चाहेझैँ अघि बढ्ने तुल्याउँछ, तब मानिसहरू परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ भन्‍ने महसुस गर्छन्। तर के यस्ता समयमा परमेश्‍वर प्रेमिलो हुनुभएको आभास साँचो हो? (होइन।) यो त मानिसहरूले फाइदा उठाएको र बदलामा केही राम्रा शब्दहरू बोलेको मात्र हो; लाभ उठाउनु र दयालुपनको नाटक गर्नु भनेको यही हो। यस्ता परिस्थितिमा, के मानिसहरूले बोल्‍ने शब्दहरूले परमेश्‍वरबारेको साँचो ज्ञान प्रतिबिम्बित गर्छन्? परमेश्‍वरबारेको यो ज्ञान साँचो हो कि झूटो? (झूटो।) यो ज्ञान सत्यतासँग मिल्दो हुँदैन, न त परमेश्‍वरको सारसँग नै मिल्दो हुन्छ। यो साँचो ज्ञान होइन, यो एउटा कल्पना हो, मानव भावना र आवेशहरूबाट उब्जिने एउटा धारणा हो। जब यो धारणा चकनाचुर, खुलासा र प्रकाश हुन्छ, तब मानिसहरू निराश महसुस गर्छन्; यसले तिनीहरूले इच्छा गरेका सारा कुरा खोसिएको इङ्गित गर्छ। परमेश्‍वर अनेक रूपमा प्रेमिलो र असल हुनुहुन्छ भन्‍ने मानिसहरूको यसअघिको बुझाइलाई के यसमा आलोचना र निन्दा गरिएको छैन र? यो त तिनीहरूले पहिले विश्‍वास गरेभन्दा ठ्याक्कै उल्टो भएको छ। के मानिसहरूले यो तथ्य स्विकार्न सक्छन्? (सक्दैनन्।) जब परमेश्‍वरले तँलाई केही पनि दिनुहुन्न, तब उहाँले तँलाई खालि उहाँका वचनहरूद्वारा जिउन, र उहाँकै वचनहरूअनुसार बोल्न र काम गर्न, कर्तव्य गर्न, परमेश्‍वरको सेवा गर्न, र अरूसँग मिलेर अघि बढ्न दिनुहुन्छ। जब तँ उहाँका वचनहरूद्वारा जिउँछस्, र जब तँ परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू अनुभूति गर्न, र सच्‍चाइसाथ परमेश्‍वरलाई प्रेम गर्न र उहाँप्रति समर्पित हुन सक्छस्, तब तँभित्रका अशुद्धताहरू कम हुनेछन्, र तँलाई महसुस हुने परमेश्‍वरको प्रेमिलो स्वभाव र सार सच्‍चा हुनेछन्।

मानिसहरूले अनुशासन र काटछाँट सामना गर्दा, तिनीहरूले परमेश्‍वरबारे धारणा, गुनासो र गलतफहमीहरू विकास गर्छन्। जब यी कुराहरू देखा पर्छन्, मानिसहरूले अचानक महसुस गर्छन् कि परमेश्‍वर असंवेदनशील हुनुहुन्छ, मानौँ उहाँ तिनीहरूले कल्पना गरेजस्तो प्रेमिलो हुनुहुन्न: “सबैले भन्छन् परमेश्‍वर प्रेमिलो हुनुहुन्छ, तर मैले यो किन महसुस गर्न सक्दिनँ? यदि परमेश्‍वर साँच्चै प्रेमिलो हुनुहुन्छ भने, उहाँले मलाई आशिष्‌ र सान्त्वना दिनुपर्छ। जब म गल्ती गर्न लागेको हुन्छु, उहाँले मलाई आफैलाई लज्जित पार्न वा गल्ती गर्न दिनुको सट्टा चेतावनी दिनुपर्छ; मलाई गल्ती गर्न वा गलत मार्ग लिनबाट रोकी, मैले गल्ती गर्नुअघि नै उहाँले यी काम गर्नुपर्छ!” मानिसहरूले प्रतिकूलताहरू सामना गर्दा तिनीहरूको मनमा यस्ता धारणा र सोचहरू खेल्छन्। यस्तो बेला, मानिसहरूको बोल्ने र व्यवहार गर्ने तरिका कम खुलस्त हुन्छ। जब मानिसहरूले काटछाँट सामना गर्छन्, जब तिनीहरूले प्रतिकूलताहरू सामना गर्छन्, तिनीहरूको मनस्थिति खराब हुन्छ; तिनीहरूले महसुस गर्न थाल्छन् कि परमेश्‍वरले तिनीहरूलाई त्यति धेरै प्रेम गर्नुहुन्न वा त्यति धेरै कृपासाथ व्यवहार गर्नुहुन्न, र तिनीहरूलाई उतिकै निगाह गरिएको छैन। तिनीहरू मनमनै सोच्छन्: “यदि परमेश्‍वरले मलाई प्रेम गर्नुहुन्न भने, मैले उहाँलाई किन प्रेम गर्ने? म पनि परमेश्‍वरलाई प्रेम गर्दिनँ।” पहिले, परमेश्‍वरसँगको कुराकानीमा, परमेश्‍वरले जे सोध्नुभए पनि, तिनीहरूले जवाफ दिन्थे; तिनीहरू धेरै सक्रिय थिए। तिनीहरू जहिले पनि धेरै कुरा सुनाउन चाहन्थे, बोलेर कहिल्यै कुरा सकिँदैनथ्यो, तिनीहरू हृदयको सबै कुरा बताउन र प्रवाह गर्न चाहन्थे, र परमेश्‍वरको विश्‍वासपात्र बन्ने इच्छा राख्थे। तर काटछाँट सामना गर्नुपर्दा, तिनीहरूलाई यस्तो लाग्छ कि परमेश्‍वर अब त्यति प्रेमिलो हुनुहुन्न, परमेश्‍वरले तिनीहरूलाई त्यति प्रेम गर्नुहुन्न, अनि तिनीहरू पनि परमेश्‍वरलाई प्रेम गर्न चाहँदैनन्। जब परमेश्‍वरले केही सोध्नुहुन्छ, तिनीहरू केवल एक शब्दको छोटो र झाराटारुवा जवाफ दिन्छन्। यदि परमेश्‍वरले, “तिमीहरूले हालसालै आफ्नो कर्तव्य कत्तिको राम्रोसँग गरिरहेका छौ?” भनेर सोध्नुभयो भने तिनीहरू यस्तो जवाफ दिन्छन्, “ठीकठाकै।” “के तिमीहरूलाई कुनै कठिनाइ छ?” “कहिलेकाहीँ।” “के तिमीहरू दाजुभाइ-दिदीबहिनीहरूसँग सौहार्दपूर्ण रूपले सहकार्य गर्न सक्छौ?” तिनीहरू मनमा यस्तो सोच्छन्, “हूँ, म आफ्नो हेरचाह त आफै गर्न सक्दिनँ, म कसरी अरूसँग सौहार्दपूर्ण सहकार्य गर्न सक्छु?” “तिमीहरूमा कुनै कमजोरी छ?” “म ठिक छु।” तिनीहरू थप बोल्न अनिच्छुक हुन्छन्, र पूर्णतया नकारात्मक र गुनासो गर्ने मनोवृत्ति देखाउँछन्। तिनीहरूको पूरै सत्त्व जोशरहित र दिक्दार हुन्छ, गुनासो र अन्याय भएको भावनाले भरिन्छन्, र आवश्यक भन्दा बढी बोल्न चाहँदैनन्। यस्तो किन हुन्छ? किनभने अहिले तिनीहरूको मनस्थिति राम्रो छैन, तिनीहरूको स्थिति अलि दिक्दार छ, र तिनीहरू कसैसँग पनि बोल्ने मुडमा छैनन्। “के तैँले हालसालै प्रार्थना गरेको छस्?” भनेर सोध्दा, तिनीहरू यस्तो जवाफ दिन्छन्, “मेरा प्रार्थनाहरू अझै तिनै शब्दहरू हुन्।” “तेरो अवस्था अहिले राम्रो छैन; के तैँले कठिनाइहरू सामना गर्दा सत्यता खोजेको छस्?” “म सबै कुरा बुझ्छु, म सकारात्मक हुन मात्र नसकेको हो।” “तैँले परमेश्‍वरबारे गलतबुझाइहरू विकास गरेको छस्। के तँलाई तेरो समस्या केमा छ भन्‍ने थाहा छ? कस्ता भ्रष्ट स्वभावहरूले तँलाई परमेश्‍वरसामु आउनबाट रोकिरहेका छन्? तँलाई परमेश्‍वरसामु प्रार्थना गर्न आउन पनि मन नलाग्ने गरी के कुराले तँलाई यति नकारात्मक बनाउँदै छ?” “मलाई थाहा छैन।” यो कस्तो मनोवृत्ति हो? (नकारात्मक र द्वन्द्वात्मक।) सही हो, त्यसमा अलिकति पनि समर्पणको सङ्केत छैन, बरु तिनीहरू गुनासो र कुण्ठाहरूले भरिएका छन्। आफ्नो आत्मिक र मानसिक संसारमा, तिनीहरू परमेश्‍वरलाई मानिसहरूले वर्णन गरेको बुद्ध वा बोधिसत्त्व व्यक्तित्वको रूपमा बुझ्छन्। मानिसहरू के गर्छन् वा तिनीहरू कसरी जिइरहेका छन् भन्‍ने वास्ता नगरी, ती बुद्ध वा बोधिसत्त्व व्यक्तित्वहरूले कहिल्यै एक शब्द पनि बोल्दैनन्, बस मानिसहरूका चालबाजीहरूमा समर्पित हुन्छन्। तिनीहरूलाई लाग्छ कि परमेश्‍वरले तिनीहरूलाई काटछाँट गर्नु हुँदैन, झन् तिनीहरूलाई हानि गर्ने त कुरै नगरौँ; तिनीहरूले जेसुकै गल्ती गरे पनि, परमेश्‍वरले तिनीहरूलाई शान्त पार्ने काम मात्र गर्नुपर्छ, तिनीहरूलाई काटछाँट, खुलासा वा प्रकाश गर्नु हुँदैन, र निश्‍चय नै तिनीहरूलाई अनुशासित गर्नु हुँदैन। तिनीहरू आफ्ना मुड र स्वभावहरूअनुसार परमेश्‍वरमा विश्‍वास गर्न र कर्तव्य पूरा गर्न चाहन्छन्, जे मन लाग्छ त्यही गर्न चाहन्छन्, र तिनीहरूले जे गरे पनि परमेश्‍वर सन्तुष्ट, खुसी र स्विकार्ने हुनुपर्छ भन्‍ने सोचाइ राख्छन्। तर तिनीहरूको इच्छाअनुसार कामकुरा चल्दैनन्; परमेश्‍वरले यसरी काम गर्नुहुन्न। त्यसपछि मानिसहरू सोच्छन्, “यदि उहाँले मैले सोचेजस्तो काम गर्नुहुन्‍न भने, के उहाँ अझै पनि परमेश्‍वर हुनुहुन्छ? के उहाँ अझै मेरो लगानी, खर्चाइ र त्यागको लायक हुनुहुन्छ? यदि हुनुहुन्‍न भने, मेरो निष्कपट हृदय चढाउनु मूर्खता हो, होइन र?” तसर्थ, जब काटछाँट हुने समय आउँछ, मानिसहरूको सुरुको प्रतिक्रिया भनेको परमेश्‍वरले के भनिरहनुभएको छ त्यसलाई सृजित प्राणीको दृष्टिकोणबाट सुन्दै नसुन्ने हुन्छ, तिनीहरूले न त उहाँका मागहरू के हुन् भन्‍नेबारे नै सुन्छन्, न त मानवीय समस्याहरू, अवस्थाहरू, वा परमेश्‍वरले खुलासा गर्नुहुने स्वभावहरू के हुन्, वा मानिसहरूले यी कुराहरूलाई कसरी स्विकार्ने, कसरी व्यवहार गर्ने, वा कसरी तीप्रति समर्पित हुने भन्‍नेबारे नै सुन्‍छन्। यस्ता कुराहरू मानिसहरूका मनमा हुँदैनन्। परमेश्‍वर मानिसहरूसँग जसरी बोल्नु भए पनि वा उहाँले तिनीहरूलाई जसरी मार्गदर्शन गर्नुभए पनि, यदि उहाँको भाव वा बोल्ने तरिका असंवेदनशील हुन्छ भने—यदि तिनीहरूका मुडहरू, आत्मसम्मान, र कमजोरीलाई विचार गरिँदैन भने—मानिसहरूमा धारणाहरू आउँछन्, र तिनीहरू परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्न चाहँदैनन्, न त तिनीहरू सृजित प्राणी नै हुन चाहन्छन्। यहाँ सबैभन्दा ठूलो समस्या के हुन्छ भने, जब परमेश्‍वरले राम्रो समय दिनुहुन्छ, र सबथोक मानिसहरूले चाहेजस्तै हुन दिनुहुन्छ, तब तिनीहरू सृजित प्राणीका रूपमै कार्य गर्न तयार हुन्छन्, तर जब परमेश्‍वरले मानिसहरूलाई अनुशासनमा राख्‍न र प्रकाश गर्न, पाठ सिकाउन र सत्यता बुझाउन र उहाँको अभिप्राय ज्ञात गराउन प्रतिकूल स्थिति ल्याउनुहुन्छ—यस्ता समयहरूमा मानिसहरू उहाँप्रति तुरुन्तै आफ्नो पिठिउँ फर्काउँछन् र उप्रान्त सृष्टि गरिएको प्राणी बन्ने इच्छा गर्दैनन्। जब व्यक्ति सृजित प्राणी हुन चाहँदैन, तब के त्यो दृष्टिकोण र स्थितिबाट तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्छन्? के तिनीहरू परमेश्‍वरको पहिचान र सार स्विकार्न सक्छन्? सक्दैनन्। जब राम्रा मनस्थितिहरू, राम्रा अवस्थाहरू, र उत्साहका समयहरू हुन्छन्—जब मानिसहरू परमेश्‍वरको विश्‍वासपात्र बन्न चाहने समयहरू हुन्छन्—तब त्यसबाट त्यस्तो समय आइदिन्छ जुन बेला मानिसहरू काटछाँट, र परमेश्‍वरद्वारा खडा गरिएको वातावरण आइपर्दा उहाँलाई त्याग्न चाहन्छन्, यो कस्तो नाटकीय परिवर्तन हो! यो मामिलाको ठ्याक्कै सत्यता के हो? मानिसहरूले जान्नुपर्ने कुरा के हो? के व्यक्तिले सृजित प्राणीका रूपमा परमेश्‍वरप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ भनी जान्नुपर्दैन? पालन गरिनुपर्ने सिद्धान्तहरू के-के हुन्? मानिसलाई एक व्यक्ति—एक भ्रष्ट मानवजातिका रूपमा—परमेश्‍वरले उसलाई दिनुहुने सबै कुरा र उहाँले खडा गर्नुहुने वातावरणहरूप्रति व्यक्तिले कस्तो दृष्टिकोण र अडान अपनाउनुपर्छ? मानिसहरूले आफ्नो बारेमा परमेश्‍वरबाट हुने काटछाँटप्रति कस्तो मनोवृत्ति र शैली अपनाउनुपर्छ? के मानिसहरूले यस्ता विषयहरूबारे मनन गर्नुपर्दैन? (पर्छ।) मानिसहरूले यी कुराहरूबारे चिन्तन र मनन गर्नुपर्छ। व्यक्तिले परमेश्‍वरसँग जहिले र जसरी व्यवहार गरे पनि, वास्तवमा, तिनीहरूको पहिचान बदलिँदैन; मानिसहरू सदैव सृजित प्राणीहरू नै हुन्। यदि तैँले एक सृजित प्राणीका रूपमा रहेको तेरो स्थानसँग मिल्दैनस् भने, त्यसको अर्थ तँ अत्यन्तै विद्रोही छस् र तेरो स्वभाव परिवर्तन हुनबाट, र परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने अवस्थाबाट तँ टाढा छस् भन्‍ने हुन्छ। यदि तैँले सृजित प्राणीका रूपमा रहेको तेरो स्थान स्विकारेको छस् भने, परमेश्‍वरप्रति तेरो दृष्टिकोण के हुनुपर्छ? (निःसर्त समर्पण।) कम्तीमा पनि तँमा यो एउटा कुरा हुनुपर्छ: निःसर्त समर्पण। यसको अर्थ, कुनै पनि समयमा परमेश्‍वरले जे गर्नुहुन्छ त्यो गलत कहिल्यै हुँदैन; गल्ती गर्ने त मानिसहरू मात्र हुन्। व्यक्तिले जुनसुकै वातावरण सामना गरे पनि—विशेषगरी प्रतिकूल परिस्थिति सामना गर्दा, र विशेषगरी परमेश्‍वरले उसलाई प्रकाश वा खुलासा गर्नुहुँदा—व्यक्तिले गर्नुपर्ने सबैभन्दा पहिलो कुरा परमेश्‍वरका वचन र कार्यहरू सही छन् कि गलत भनी जाँच, छानबिन वा मूल्याङ्कन गर्नुको साटो आत्मचिन्तन गर्न आफ्नै बोली र कार्यहरू अनि आफ्नै भ्रष्ट स्वभाव जाँच्न परमेश्‍वरसामु आउनु हो। यदि तँ तेरो उचित स्थानमा बस्छस् भने, तैँले के गर्नुपर्छ त्यो ठिकसँग जान्नुपर्छ। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ र तिनीहरू सत्यता बुझ्दैनन्। यो त्यस्तो ठूलो समस्या होइन। तर जब मानिसहरूले आफूमा भ्रष्ट स्वभाव हुँदा पनि र आफूले सत्यता नबुझ्दा पनि अझै सत्यता खोजी गर्दैनन्—यो चाहिँ ठूलो समस्या हो। तँसित भ्रष्ट स्वभाव छ र तँ सत्यता बुझ्दैनस्, र तँ मनोमानी रूपले परमेश्‍वरको मूल्याङ्कन गर्न सक्षम छस्, र तेरो मनस्थिति, रुचि र भावनाहरूद्वारा निर्देशित गरे अनुसार उहाँलाई व्यवहार गर्न र उहाँसित अन्तरक्रिया गर्न सक्षम छस्। तैपनि, यदि तैँले सत्यता खोज्‍ने र अभ्यास गर्ने गर्दैनस् भने, स्थितिहरू त्यति सरल हुनेवाला छैनन्। तँ परमेश्‍वरमा समर्पित हुन असमर्थ मात्र हुनेछैनस्, तैँले त उहाँ धर्मी हुनुहुन्‍न, उहाँले गर्नुहुने सबै कुरा सही नै हुन्छ भन्‍ने जरुरी छैन भन्दै, उहाँको विषयमा गलत बुझ्‍ने र गुनासोहरू गर्ने, उहाँको निन्दा गर्ने, र हृदयमा उहाँलाई सराप्ने र अस्वीकार गर्ने कामसमेत गर्नेछस्। तैँले अझै पनि यस्ता कुराहरू उत्पन्न हुन दिनु के निकै खतरनाक हुँदैन र? (हुन्छ।) यो अति खतरनाक हुन्छ। सत्यता खोजी नगर्दा व्यक्तिले आफ्नो जीवनको मूल्य चुकाउनुपर्ने हुन सक्छ! अनि, कुनै पनि समय र कुनै पनि ठाउँमा यस्तो हुन सक्छ। वर्तमानमा तेरा भावना, सङ्कल्प, चाहना, वा आकाङ्क्षाहरू जति नै उल्लासपूर्ण भए पनि, र यस क्षणमा तैँले आफ्नो हृदयमा परमेश्‍वरलाई जति नै धेरै प्रेम गरे पनि यो सब अस्थायी हुन्छ। यो कुरा कुनै पाष्टरले विवाह गराउँदा दुवै पक्षलाई “के तँ उसलाई आफ्नो पति (वा पत्नी) को रूपमा स्विकार्छस्? बिरामी पर्दा र स्वस्थ हुँदा, विपत्तिमा, गरिबीमा, र यस्तै अन्य कुराहरूमा, के तँ ऊसँग जीवन बिताउन इच्छुक छस्?” भनेर सोध्नुजस्तै हो। दुवै पक्ष आँखाभरि आँसु र भावनाले भरिएको हृदयले एकअर्काप्रति आफ्नो जीवन समर्पण गर्ने र एकअर्काप्रति आजीवन जिम्मेवारी लिने वाचा गर्छन्। त्यस क्षणका ती गम्भीर वाचाहरू के हुन्? ती मानिसहरूका क्षणिक भावना र चाहनाहरू मात्र हुन्। तर के साँच्चै दुवै पक्षमा त्यस्तो निष्ठा हुन्छ? के तिनीहरूमा साँच्चै त्यस्तो मानवता हुन्छ? त्यो अज्ञात रहन्छ; अर्को दस, बीस वा तीस वर्षमा सत्यता प्रकट हुनेछ। कतिपय जोडीको तीनदेखि पाँच वर्षपछि, कसैको दश वर्षपछि र कसैको तीस वर्षपछि अचानक सम्बन्धविच्छेद हुन्छ। तिनीहरूका प्रारम्भिक चाहनाहरू कहाँ गए? तिनीहरूका गम्भीर प्रतिज्ञाहरू के भए? ती धेरै पहिले टुटे। यी गम्भीर प्रतिज्ञाहरूले के भूमिका खेल्छन्? केही पनि खेल्दैनन्; ती केवल इच्छाहरू, क्षणिक भावनाहरू हुन्—भावना र इच्छाहरूले केही निर्धारण गर्दैनन्। कुनै पनि जोडीलाई साँच्चै सँगै जीवन बिताउन, र सँगै वृद्ध हुन के आवश्यक हुन्छ? आदर्श रूपमा भन्नुपर्दा, कम्तीमा पनि, दुवै व्यक्तिहरूमा निष्ठा र इमानदार चरित्र हुनु आवश्यक हुन्छ। अझ ठोस रूपमा भन्नुपर्दा, तिनीहरूले आफ्नो जीवनकालमा धेरै कुराहरू सामना गर्नेछन्—ठूला र साना, राम्रा र नराम्रा, कठिनाइहरू, अवरोधहरू, बाधाहरू, र प्रायः इच्छा नगरिएका कुराहरू। एकअर्कालाई जीवनको अन्त्यसम्म साथ दिनको लागि, दुवै पक्षहरूमा साँचो सहिष्णुता, धैर्यता, प्रेम, वास्ता, हेरचाह, र मानवतामा हुनुपर्ने अपेक्षाकृत सकारात्मक कुराहरू हुनु आवश्यक छ। यी गुणहरूबिना, तिनीहरूले विवाह गरेदेखिका वाचा र आकाङ्क्षाहरू, इच्छाहरू र कल्पनाहरूमा मात्र भर परेर, तिनीहरू पक्कै पनि अन्तिम गन्तव्यसम्‍म पुग्न सक्दैनन्। परमेश्‍वरमा विश्‍वास गर्ने सन्दर्भमा पनि यही कुरा लागु हुन्छ; यदि कसैले सत्यता खोजी गर्दैन, बरु थोरै उत्साह र इच्छामा मात्र भर पर्छ भने, उसले पक्कै पनि दृढ रहिरहन र अन्त्यसम्‍मै परमेश्‍वरलाई पछ्याइरहन किमार्थ सक्दैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्