विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग दुई) खण्ड दुई
कतिपय मानिसहरूले इतिहासबारे अलिकति सिक्छन्, राजनीतिबारे केही बुझ्छन्, अनि एक अर्थमा, तिनीहरू धाक देखाउन रुचाउँछन्; अर्को अर्थमा, तिनीहरू सोच्छन्, “देहधारी परमेश्वरसित परमेश्वरको सार र सत्यता छ। उसलाई यावत थोकमाथि परमेश्वरको सार्वभौमिकता हुन्छ भन्ने थाहा छ र उसले त्यसभित्रका विस्तृत कुराहरू बुझ्छ। त्यसैले, यदि मैले राजनीति र इतिहास बुझ्छु भने, के मैले उसका चाहनाहरू पूरा गर्न सक्छु? के मैले यी सारा कामकुराबारे उसको कौतूहलता मेटाउन सक्छु?” म भन्छु, तँ गलत छस्! मलाई सबैभन्दा बढी घिन लाग्ने पहिलो चिज राजनीति हो र दोस्रो चिज इतिहास हो। यदि तैँले इतिहासबारे हास्यास्पद, कथाझैँ किस्साहरू सुनाउँछस्, वा सामान्य बातचित गर्छस् र यसरी समय बिताउँछस् भने ठिक छ। तर यदि तैँले मसित खुसामदी गर्न र सम्बन्ध गाँस्नहेतु यी शब्दहरू र यी मामलाहरूलाई मसँग छलफल गर्नुपर्ने गम्भीर कुराको रूपमा लिन्छस् भने, तँ गलत छस्; मलाई यी कुराहरू सुन्ने कुनै चाहना छैन। कति मानिसहरू गलत रूपमा यस्तो सोच्छन्, “तिमी सत्यता सङ्गति गर्ने र मानिसहरूको लागि भेलाहरू राख्ने गर्छौ किनकि त्यो तिमीले गर्नैपर्छ; भित्र मनको गहिराइमा, तिमीलाई सबैभन्दा मनपर्ने कुरा संसारको ठूलो अस्तव्यस्तता नै हो। तिमीलाई संसार धेरै अस्तव्यस्त नहुने हो कि भन्ने डर छ। त्यसैले जबजब विपत्ति आउँछ, तिमी भित्रभित्रै कति खुसी हुन्छौ, सायद आतिशबाजी नै गरेर उत्सव पो मनाउँछौ कि, कसलाई के थाहा!” म भन्दै छु, त्यो वास्तविकता होइन। ठूलो रातो अजिङ्गर नष्ट भएर ढले पनि, म म नै रहनेछु। कति मानिसहरू सोध्छन्, “ठूलो रातो अजिङ्गर ढल्यो भने तपाईँ खुसी हुनुहुन्थेन र? ठूलो रातो अजिङ्गरलाई नष्ट पारेर दण्डित तुल्याइँदा, तपाईँले आतिशबाजी गर्नुपर्दैन र? के तपाईँले ठूलो भोजभतेर गरेर परमेश्वरका चुनिएका मानिसहरूसँग उत्सव मनाउनु पर्दैन र?” ल भन् त, के मैले गर्नुपर्ने यही हो? के त्यसो गर्नु सही कि गलत हो? के यो सत्यतासँग मिल्छ? कतिले भन्छन्: “ठूलो रातो अजिङ्गरले परमेश्वरका चुनिएका मानिसहरूलाई ज्यादै सताएको छ, परमेश्वरबारे आधारहीन अफवाह फैलाएर उहाँको नामको अपमान गरेको छ, परमेश्वरबारे ईशनिन्दा र आलोचना गरेको छ। के त्यसले त्यसको प्रतिशोध भेट्दा, हामीले अलिकति उत्सव मनाउनुपर्दैन र?” यदि तिमीहरू उत्सव मनाउँछौ भने, म अनुमति दिन्छु, किनकि तिमीहरूको त्यही मुड छ। यदि तिमीहरू सबै जना खुसी छौ, तीन दिन तीन रात जागा बस्छौ, सँगै भेला भएर परमेश्वरका वचनहरू पढ्छौ, परमेश्वरको धार्मिकताको प्रशंसा गर्न भजनहरू गाउँछौ र नाच्छौ, अनि परमेश्वरले ठूलो रातो अजिङ्गर अर्थात् शत्रुलाई अन्ततः नष्ट पारी पैतालामूनि कुल्चनुभएको छ, र परमेश्वरका चुनिएका मानिसहरू अबउप्रान्त त्यसको सतावट र यातनामा पर्नेछैनन्, घर फर्कन नसक्ने अवस्थामा रहनेछैनन्, र अन्ततः परिवारकहाँ फर्कन सक्नेछन् भनेर खुसियाली मनाउँछौ भने, सबैको मुडलाई स्वाभाविक रूपमै लिन सकिन्छ। यदि तिमीहरू यस तरिकाले उत्सव मनाउन र आनन्द लिन चाहन्छौ भने, मेरो सहमति छ। तर म आफूले जे गर्नुपर्ने हो त्यही गर्नेछु; म यी गतिविधिहरूमा संलग्न हुँदिनँ। कति मानिसहरू सोध्छन्: “तपाईँ किन यस्तो मनोवृत्ति बोक्नुहुन्छ? के यसले मानिसहरूको जोस मार्दैन र? तपाईँ किन केही जोस देखाउनुहुन्न? यदि सबैभन्दा महत्त्वपूर्ण क्षणमा तपाईँ नै सहभागी हुनुहुन्न भने, हामी कसरी रमाउन सक्छौँ?” उत्सव मनाउनु गलत होइन, तर हामीले एउटा कुरा प्रस्टसित सङ्गति गर्नुपर्छ: मानौँ ठूलो रातो अजिङ्गर दण्डित भयो, र परमेश्वरले त्यसलाई हटाउनुभयो रे; कुनैबेला परमेश्वरका चुनिएका मानिसहरूलाई सिद्ध पार्न सेवा गर्ने यो दियाबलस राजालाई नष्ट र नामेट पारियो रे—त्यसोभए, परमेश्वरका चुनिएका मानिसहरूको कदचाहिँ कस्तो छ त? तिमीहरूले कति सत्यता बुझेका छौ? यदि तिमीहरू सबैले मानकअनुरूप आफ्नो कर्तव्य गर्न सक्छौ, सबै जना सृजित प्राणी हौ, सबै जना परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्षम छौ, हर व्यक्तिसँग अय्यूब र पत्रुसको कद छ, र सबैले मुक्ति पाइसकेका छन् भने, वास्तवमै त्यो खुसीको क्षण र उत्सव मनाउन योग्य कुरा हो। तर यदि कुनै दिन ठूलो रातो अजिङ्गरको पतन भयो तर तिमीहरूको कद बफादारीपूर्वक कर्तव्य गर्ने स्तरमा पुग्दैन, तिमीहरूमा अझै पनि परमेश्वरको डर छैन, र तिमीहरू दुष्टताबाट अलग बस्न सक्दैनौ, अय्यूब र पत्रुसको कदबाट अत्यन्तै टाढा छौ, र परमेश्वरको सार्वभौमिकताप्रति साँच्चै समर्पित हुन असक्षम छौ, र तिमीहरूलाई मानकअनुरूपका सृजित प्राणी मान्न सकिन्न भने, तिमीहरू खुसी हुनुपर्ने कारण के छ र? के यो व्यर्थ खुसीमा रमाउनु मात्र होइन र? यस्तो उत्सव अर्थहीन र मूल्यहीन हुन्छ। कति मानिसहरू भन्छन्: “ठूलो रातो अजिङ्गरले हामीलाई ज्यादै सताउँछ; हामीले त्यसलाई घृणा गर्नु अवश्य नै ठिक होइन र? त्यसको सार चिन्नु नै ठिक हुन्थ्यो, होइन र? त्यसले हामीलाई धेरै सताएको छ; त्यसलाई हटाइँदा हामी किन खुसी हुन मिल्दैन र?” खुसी हुनु र आफ्ना भावनाहरू व्यक्त गर्नु ठिक हो। तर यदि तँलाई ठूलो रातो अजिङ्गरको विनाश हुनुले परमेश्वरको व्यवस्थापनको योजना पूरा भएको र मानवजातिले मुक्ति पाएको जनाउँछ, र ठूलो रातो अजिङ्गरको विनाश हुनु भनेको परमेश्वरको व्यवस्थापनको योजना पूरा हुनु, साथै तेरो आफ्नै मुक्ति र सिद्धता समान हो भन्ने लाग्छ भने, के यो बुझाइ गलत होइन र? (हो।) त्यसोभए, अब तिमीहरूले के बुझ्यौ? परमेश्वरको शत्रु, अर्थात् ठूलो रातो अजिङ्गरको सम्बन्धमा भन्नुपर्दा, त्यसको नियति र त्यो कस्तो छ भन्ने कुरा परमेश्वरका मामलाहरू हुन्, र तेरो स्वभाव परिवर्तनको वा मुक्तिको पछ्याइसँग तिनको कुनै सम्बन्ध छैन। ठूलो रातो अजिङ्गर त एउटा प्रतिभार, एउटा सेवा गर्ने वस्तु मात्र हो, जसलाई परमेश्वरका योजनाबद्ध कार्यहरूमा प्रयोग गरिएको छ। त्यसले के गर्छ र परमेश्वरले कसरी त्यसलाई प्रयोग गरेर सेवा गर्न लगाउनुहुन्छ, ती परमेश्वरका कुरा हुन्, जुन मानिसहरूसित सम्बन्धित छैनन्। त्यसकारण, यदि तँ त्यसको नियतिबारे अत्यन्तै चिन्ता लिन्छस्, र तेरो हृदयलाई त्यसद्वारा विचलित हुन दिन्छस् भने, त्यसपछि दुःख पाइन्छ, समस्या हुन्छ। परमेश्वर ठूलो रातो अजिङ्गर, अनि सारा दियाबलसहरू र शैतानहरूलगायतका यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ, त्यसैले दियाबलस र शैतानहरूले जे गरे पनि, ती जस्तोसुकै भए पनि, तेरो जीवन प्रवेश वा स्वभाव परिवर्तनसँग तिनको कुनै सम्बन्ध छैन। के कुरासित चाहिँ तेरो सरोकार हुन्छ? तैँले परमेश्वरप्रति त्यसको प्रतिरोधको दुष्ट र क्रूर सार, परमेश्वरप्रति शत्रुवत् र वैरी रहने त्यसको सार चिन्नुपर्छ—तैँले बुझ्नुपर्ने कुरा यही हो। जहाँसम्म अरू कुराहरू छन्, परमेश्वरले त्यसमाथि कस्ता विपत्तिहरू ल्याउनुहुन्छ, परमेश्वरले त्यसको नियति कसरी योजनाबद्ध गर्नुहुन्छ, तँसँग त्यसको कुनै सम्बन्ध छैन, र त्यो कुरा जानेर कुनै काम छैन। किन काम छैन? किनभने तँलाई थाहा भए पनि, परमेश्वरले किन यस तरिकाले काम गर्नुहुन्छ, त्यो तैँले बुझ्न सक्दैनस्। तैँले त्यो कुरा देखे पनि, परमेश्वरले किन त्यस तरिकाले कार्य गर्न रोज्नुहुन्छ, त्यो तैँले थाहा पाउनेछैनस्, तैँले त्यसपछाडिको सत्यता राम्रोसँग बुझ्न सक्नेछैनस्। अब म यी संक्षिप्त टिप्पणीसँगै यो विषय यहीँ टुङ्ग्याउँछु।
ख्रीष्टविरोधीहरूले खुसामद, चापलुसी र मिठा शब्दहरू प्रयोग गर्नुका प्रकटीकरणहरू साधारण भ्रष्ट मानिसहरूमा पनि अवश्यै भेटिन्छन्, तर के कुराले ख्रीष्टविरोधीहरूलाई साधारण भ्रष्ट मानिसहरूबाट फरक बनाउँछ? तिनीहरूका खुसामद, चापलुसी, र मिठा शब्दहरूमा कुनै सम्मान र निष्कपटता हुँदैन। बरु, तिनीहरू देहधारी परमेश्वरलाई खेलाउने, जाँच्ने र प्रयोग गर्ने उद्देश्य राख्छन्, र यस्ता अभ्यासहरू पैदा गराउँछन्; तिनीहरूका आफ्नै उद्देश्यहरू हुन्छन्। तिनीहरूले आफ्नो अगाडि देखेको साधारण व्यक्तिसँग खुसामद, चापलुसी र मिठा शब्दहरूमार्फत खेलवाड गर्न र ख्रीष्टलाई फसाउन खोज्छन्, र यसरी ख्रीष्टलाई तिनीहरू वास्तवमा को हुन्, तिनीहरूसँग कस्ता भ्रष्ट स्वभावहरू छन्, तिनीहरूमा कस्तो निष्ठा र कस्तो सार छ, र तिनीहरू कुन वर्गका व्यक्तिहरूमा पर्छन् भनी छर्लङ्गै बुझ्न दिँदैनन्। तिनीहरू फसाउन र धोका दिन चाहन्छन्, हैन र? (हो।) तिनीहरूको खुसामद, चापलुसी, र मिठा शब्दहरूमा त्यस्तो कुनै सच्चा शब्द हुन्छ र? एउटा पनि हुँदैन। ख्रीष्टविरोधीहरूका आशय र उद्देश्य धोका दिने, फसाउने र खेलवाड गर्ने हुन्। के यी अभ्यासहरू ख्रीष्टविरोधीहरूले सत्यतालाई तिरस्कार गर्नुका सार होइनन् र? (हुन्।) तिनीहरूले सोच्छन् कि सबै साधारण मानिसहरूलाई मिठा शब्दहरू सुन्न, र उनीहरूसामु अरूलाई चापलुसी गराउन र लम्पसार पराउन मन पर्छ, साथै यसले उनीहरूलाई आफू महत्त्वपूर्ण भएको आभास गराउँछ र उनीहरूको हैसियत औसत व्यक्तिको भन्दा सम्मानित र भव्य देखिने तुल्याउँछ। तर त्यसको उल्टो, यदि कसैले ख्रीष्टसामु अत्यन्तै दासत्व तरिकाले व्यवहार गर्छ, निष्ठा र इज्जत राख्दैन, घुमाउरो तरिकाले बोल्छ, सधैँ धोका दिन र तथ्यहरू ढाकछोप गर्न खोज्छ, र ख्रीष्टलाई बहाना र झूटपूर्वक व्यवहार गर्छ भने, ख्रीष्टले यो कुनै पनि कुरा नस्विकार्ने मात्र होइन, हृदयमा उहाँलाई तँप्रति झर्कोसमेत लाग्नेछ। कुन हदसम्म? परमेश्वरले यो व्यक्ति घिनलाग्दो छ, उसले एउटा पनि सत्यता बोल्दैन, कसरी जुत्ता चाट्ने भन्नेबारे मात्र सोच्छ, उसको चरित्र राम्रो छैन, ऊ सकारात्मक पात्र होइन—यस्तो व्यक्ति भरहीन र भरोसाहीन हुन्छ भनेर भन्नुहुन्छ। भरहीन र भरोसाहीन; यस्ता मानिसहरूलाई दिइने परिभाषा यही हो। बाहिरी रूपमा, यी दुई शब्दहरू मात्र हुन्, तर वास्तवमा, यस्तो व्यक्तिले सत्यतालाई प्रेम गर्दैन, सत्यता प्राप्त गर्न सक्दैन, र मुक्ति पाउने कम सम्भावना हुन्छ। यदि यस व्यक्तिले सत्यता प्राप्त गर्न सक्दैन र मुक्ति पाउने सम्भावना कम छ भने, उसले परमेश्वरमा विश्वास गर्नुको महत्त्व र मूल्य के हुन्छ? यदि उसले अवरोध वा बाधाहरू सिर्जना गर्दैन भने, उसले परमेश्वरको घरमा, ठ्याक्कै ठूलो रातो अजिङ्गरले जस्तै, कुनै प्रतिभार वा सेवा गर्ने वस्तुको भूमिका मात्र खेल्न सक्छ। कुनै वस्तुको भूमिका खेल्नुको अर्थ के हो? त्यसको अर्थ अस्थायी रूपमा सकुन्जेल कुनै काम गर्नु हो, जस्तै नपल्टिन्जेल गाडा तानिरहनु। तिनीहरूलाई किन कुनै भूमिका खेल्न लगाइन्छ? किनकि यस्ता मानिसहरूले सत्यता पछ्याउँदैनन्। तिनीहरूले हृदयमा सत्यतालाई यति धेरै तिरस्कार र गाली गर्छन्, सत्यतासँग यति धेरै ठट्टा र खेलवाड गर्छन् कि तिनीहरूको अन्तिम नियति पावलको जस्तै अन्त्यमा पुग्न नसक्ने सुनिश्चित हुन्छ। त्यसकारण, यस्तो व्यक्तिले परमेश्वरको घरमा अस्थायी सेवाकर्ताको भूमिका मात्र खेल्न सक्छ। एक अर्थमा, तिनीहरूले साँच्चिकै सत्यता पछ्याउनेहरूको समझशक्ति र बुझाइ बढाउन मद्दत गर्छन्। अर्को अर्थमा, तिनीहरू परमेश्वरको घरमा आफूले जे सक्छन् त्यही गर्छन्, र सक्दो सेवा गर्छन्, किनकि यस्ता मानिसहरू मार्गको अन्त्यसम्म पुग्न सक्दैनन्।
एकदिन, म बाहिर गएको बेला एकजना चिनेको व्यक्तिसँग मेरो भेट भयो। मैले बोल्नुअघि नै उसले पहिला सोधी, “हामी नभेटेको लामो समय भयो। म तिमीलाई हरदिन यहीँ पर्खिँदै आएकी छु, तिम्रो यति धेरै याद आउँछ कि म घरमा बस्नै सक्दिनँ। म यहाँ आउजाउ गर्ने भिडहरूमा तिमीलाई खोजिरहन्छु!” मैले मनमनै सोचेँ, यो व्यक्ति मानसिक रूपमा अलि अस्वस्थ हुन सक्छे। के मैले तँलाई भेट्ने समय दिएको थिएँ र? तँ किन मलाई हरदिन यहाँ पर्खन्थिस्? हाम्रो जम्काभेट भइहालेकोले केही महत्त्वपूर्ण विषयमा कुरा गरौँ। मैले उसलाई सोधेँ, “तिमीलाई अहिले कस्तो छ?” उसले जवाफ दिई, “ओहो, कुरै नगरौँ। हाम्रो पछिल्लो भेटपछि, मैले तिमीबारे यति धेरै सोचमा डुबेकी छु कि म खान वा सुत्न पनि सकिरहेकी छैनँ। म कुनै दिन तिमीलाई भेट्ने आशा गरिरहेकी थिएँ।” मैले भनेँ, “कुनै महत्त्वपूर्ण विषयबारे कुरा गरौँ न। यस अवधिमा तिम्रो स्थिति कस्तो रहेको छ?” “ठिकठिकै। ठिकै रहेको छ।” “के तिमीहरूको मण्डलीले चुनाव गरायो? के अहिले पनि त्यही अगुवा छ?” “छैन, तिनीहरूले फलानो चयन गरे।” “ऊ कस्तो छ?” “ऊ ठिकै छ।” “त्यसोभए यसअघिको मण्डली अगुवालाई किन बर्खास्त गरियो?” “थाहा छैन; ऊ ठिकै थियो।” “अलि प्रस्ट भन्, ‘ठिकै’ मात्र नभन्। के उसले ठोस काम गर्न सकेन?” “मलाई त ऊ ठिकै लाग्थ्यो।” “नयाँ चुनिएको अगुवाको मानवता कस्तो छ? सत्यताबारे उसको बुझाइ कस्तो छ? के उसले ठोस काम गर्न सक्छ?” “ऊ ठिकै छ।” मैले उसलाई जे सोधे पनि उसको जवाफ सधैँ “ठिकै” भन्ने हुन्थ्यो, जसले गर्दा कुराकानी गर्न असम्भव भयो। त्यसैले म त्यहाँबाट गएँ। यो कथाबारे तिमीहरूलाई के लाग्छ? यो कथाको शीर्षक के हुनुपर्छ? (“ठिकै।”) यो कथा “ठिकै” हो। मैले धेरै मानिसहरूसँग अन्तरक्रिया गर्दा, थोरैले मात्र मानव समझबाट बोल्छन्, सत्यता सिद्धान्तहरूबमोजिम बोल्ने त कुरै छाडौँ। धेरैजसो मानिसहरूले झूट, बकवास, भ्रम, र धीरोद्धत शब्दहरू मात्र बोल्छन्; त्यसमा एउटा पनि साँचो कथन हुँदैन। म तैँले बोल्ने हरेक वाक्य सत्यतासँग मिल्दो हुनुपर्छ वा त्यसमा सत्यता वास्तविकता हुनुपर्छ भन्ने मापदण्ड तोक्दिनँ, तर कम्तीमा, तैँले मानवझैँ बोल्न सक्नुपर्छ, केही इमानदारी देखाउनुपर्छ, र केही साँचो भावना देखाउनुपर्छ। के यी कुराहरूविना संवाद गर्न सम्भव हुन्छ त? हुँदैन। तँ सधैँ खोक्रा कुराहरू गर्छस् र झूट बोल्छस्; परिस्थितिहरू सामना गर्नुपर्दा, बकवास, भ्रम, र बेइज्जतीपूर्ण र धीरोद्धत शब्दहरू सबै बाहिर आउँछन्, साथै स्पष्टीकरण र बचाउका शब्दहरू देखा पर्छन्, र त्यसले मिलेर बस्न वा कुराकानी गर्न असम्भव तुल्याउँछ, हैन र? (हो।)
धेरैजसो मानिसहरू परमेश्वरका वचनहरू खान्छन् र पिउँछन्, तर यस क्रममा यी वचनहरू स्वर्गको परमेश्वरसित, परमेश्वरको आत्मासित, र अदृश्य र अमूर्त परमेश्वरसित मात्र सम्बन्धित छन् भन्ने विश्वास गर्छन्। त्यो परमेश्वर अत्यन्तै टाढा हुनुभएकाले, उहाँका वचनहरू सत्यता भन्न मिल्नेगरी गहन मानिन्छन्। तर तिनीहरूसामु रहेको यो साधारण व्यक्ति, देख्न सकिने र बोल्दा सुनिने यो व्यक्तिको सत्यतासँग, परमेश्वरसँग, वा परमेश्वरको सारसँग थोरै मात्र सम्बन्ध भएको मानिन्छ। यस्तो किन हो भने, उहाँ देख्न सकिने हुनुहुन्छ र उहाँ मानिसहरूसँग अत्यन्तै नजिक हुनुहुन्छ, उहाँले तिनीहरूका हृदय वा नजरलाई कुनै पनि रूपमा प्रभाव पार्नुहुन्न, र उहाँले तिनीहरूमा कुनै पनि रहस्यमयी कौतुहलताको भाव जगाउनुहुन्न। मानिसहरूलाई यो साधारण, छुन सकिने, र बोल्ने व्यक्ति चिन्न अत्यन्तै सजिलो छ, उहाँ अत्यन्तै पारदर्शी हुनुहुन्छ भन्ने लाग्छ। तिनीहरूले एकै नजरमा उहाँलाई भित्रैसम्म बुझ्न र छर्लङ्गै देख्न सकिन्छ भन्नेसमेत सोच्छन्। फलस्वरूप, मानिसहरूले अचेतन रूपमै ख्रीष्टलाई कुनै मानवलाई जस्तै, हैसियत वा शक्ति भएको कुनै व्यक्तिलाई जस्तै व्यवहार गर्छन्। के यो सत्यता सिद्धान्तहरूसँग मिल्छ? ख्रीष्टलाई कसरी हैसियत र शक्ति भएका भ्रष्ट मानवहरूसँग समान रूपमा लिन मिल्छ? जब मानिसहरूले हैसियत र शक्ति भएका भ्रष्ट व्यक्तिहरूको खुसामद र चापलुसी गर्छन्, तब तिनीहरूले लाभ र प्रशंसा पाउँछन्। भ्रष्टहरू यसमा रमाउँछन्; तिनीहरू अरूले आफ्नो खुसामद र चापलुसी गरून्, साथै आफ्नो जुत्ता चाटून् भन्ने चाहना राख्छन्, किनकि यसले तिनीहरूलाई अझ बढी कुलीन र वरिष्ठ, अनि तिनीहरूको हैसियत र शक्तिलाई अझ महत्त्वपूर्ण देखिने तुल्याउँछ। तर परमेश्वरको सार बोक्ने ख्रीष्ट ठ्याक्कै उल्टो हुनुहुन्छ। जब कुनै व्यक्तिसँग हैसियत र प्रसिद्धि हुन्छ, त्यो ऊसँग आदर्शमयी सार वा चरित्र भएर भएको हुँदैन; त्यसैले, उसले आफ्नो प्रसिद्धि र हैसियत देखाउन भएभरका उपायहरू प्रयोग गरेर अरूलाई उसलाई आदर्श ठान्न र चापलुसी गर्न लगाउन जरूरी हुन्छ। तर यसको उल्टो, परमेश्वरको सार हुने ख्रीष्टसँग अन्तर्निहित रूपमै परमेश्वरको पहिचान र हैसियत हुन्छ, जुन कुनै पनि सृजित प्राणीको सार र हैसियतभन्दा उच्च हुन्छ। उहाँको पहिचान र सारको वस्तुगत अस्तित्व हुन्छ, त्यसको प्रमाणीकरणको लागि कुनै पनि सृजित प्राणीको अतिप्रशंसा आवश्यक पर्दैन; न त उहाँलाई आफ्नो पहिचान, सार वा उहाँको आदर्शमयी हैसियत प्रस्तुत गर्न कुनै सृजित प्राणीको खुसामद वा चापलुसी नै आवश्यक पर्छ। यस्तो किन हो भने, ख्रीष्टसँग परमेश्वरको सार हुनु एक अन्तर्निहित तथ्य हो; यो उहाँलाई कुनै व्यक्तिले दिने कुरा होइन, झन् यो मानवजातिमाझ वर्षौँको अनुभवमार्फत आर्जन गरिएको कुरा हुनु त परै जाओस्। भन्नुको मतलब, कुनै सृष्टि गरिएको प्राणी नभए पनि परमेश्वरका पहिचान र सार उस्तै रहन्छन्; कुनै सृष्टि गरिएको प्राणीले परमेश्वरलाई आराधना नगर्दा वा नपछ्याउँदा पनि परमेश्वरको सार बदलिँदैन—यो एक अपरिवर्तनीय तथ्य हो। ख्रीष्टविरोधीहरू ख्रीष्टले जेसुकै भन्नु वा गर्नुभए पनि, मानिसहरूले मिठा शब्दहरू प्रयोग गर्नुपर्छ, जयजयकार गर्नुपर्छ, पछिपछि जानुपर्छ, अनि उहाँका रूचिहरू पूरा गर्न र उहाँका अभिप्रायहरूविरुद्ध नलाग्न खुसामद गर्नुपर्छ भन्ने गलत विश्वास राख्छन्, र यसले ख्रीष्टलाई उहाँको पहिचान र हैसियतको अस्तित्व अनुभूत गराउन सक्छ भन्ठान्छन्। यो गम्भीर त्रुटि हो! भ्रष्ट मानवजातिमाझ प्रसिद्धि, शक्ति, र हैसियत भएको कुनै पनि व्यक्तिले कसरी आफ्नो प्रसिद्धि र शक्ति प्राप्त गर्छ? (खुसामद गरेर अनि जुत्ता चाटेर।) यो एउटा पक्ष हो। यसअलावा, यो मुख्यगरी मानिसहरूमाझ उसका सङ्घर्ष र प्रयत्नहरूमार्फत आउँछ, साथै चालबाजी र विभिन्न उपायहरूमार्फत आर्जन गरेर वा खोसेर पनि आउँछ। यो केवल एउटा छवि, एउटा उच्च पद वा मानिसहरूको दर्जा मात्र हो। यो उच्च छवि, उच्च दर्जा, र उच्च हैसियतले व्यक्तिलाई भिडमाझ अलग देखिने, र अगुवा अर्थात् निर्णायक भूमिका खेल्ने निर्णयकर्ता बन्ने तुल्याउँछ। तर हैसियत र प्रसिद्धि भएको, र मानिसहरूमाझ अरूभन्दा माथि उठेको यस व्यक्तिको सार के हुन्छ? के ऊ र अरूबीच कुनै भिन्नता छ? उसको पहिचान र सार ठ्याक्कै कुनै साधारण भ्रष्ट मानवका जस्तै हुन्छ; ऊ शैतानको सत्तामा भ्रष्ट तुल्याइएको एक साधारण सृष्टि गरिएको प्राणी हो, जसले सत्यता र सकारात्मक कुराहरूलाई धोका दिन, सही र गलतलाई उल्टाउन, तथ्यहरूविरुद्ध लाग्न, दुष्टता गर्न, परमेश्वरको प्रतिरोध गर्न, र स्वर्गलाई अवज्ञा गर्न र सराप्न सक्छ। उसको साँचो पहिचान र सार शैतानद्वारा भ्रष्ट तुल्याइएको, परमेश्वरको प्रतिरोध गर्न सक्ने व्यक्तिको जस्तो हुन्छ, त्यसैले उसको प्रसिद्धि र हैसियत खोक्रो पदवी मात्र बन्छ। काफी रूपमा निर्दयी, क्रूर र दुर्भावपूर्ण रहेका, र हैसियत र प्रसिद्धिको लागि अरूलाई मार्ने वा हानि गर्ने मानिसहरूले उच्च पदहरू हासिल गर्छन्। युक्ति रच्न सक्नेहरू, अनि तौरतरिका जान्ने र षडयन्त्र गर्न सक्नेहरू अरूहरूमाथिका अगुवा बन्छन्। यी व्यक्तिहरू साधारण भ्रष्ट मानिसहरूभन्दा बढी दुर्भावपूर्ण, क्रूर, र दुष्ट हुन्छन्। तिनीहरू आफूलाई मिठा शब्दहरू, जुत्ताचटाइ, खुसामद, र चापलुसीद्वारा व्यवहार गरिएको मात्र मन पराउँछन्। यदि तैँले तिनीहरूलाई सत्य कुरा भन्छस् भने, तेरो जीवन जोखिममा पर्छ। ख्रीष्टविरोधीहरूले खेलका यी सांसारिक नियमहरू र संसारसँग व्यवहार गर्ने दर्शनहरू परमेश्वरको घरमा ल्याउँछन्, र तिनलाई ख्रीष्टसँगका अन्तरक्रियाहरूमा लागु गर्छन्। तिनीहरूले ठान्छन् कि यदि ख्रीष्टले आफूलाई बलियो रूपमा स्थापित गर्न चाहनुहुन्छ भने, उहाँले पनि आफूसँग खुसामद, चापलुसी, र मिठा शब्दहरू प्रयोग गरिएको नै मन पराउनुहुन्छ। यसरी तिनीहरूले परमेश्वर देहधारी हुनुभएको देहलाई भ्रष्ट मानवजातिकै सदस्यको रूपमा मिहीन ढङ्गले व्यवहार गर्छन्, जुन ख्रीष्टविरोधीहरूको शैली हो। तसर्थ, ख्रीष्टसँगका अन्तरक्रियाहरूमा ख्रीष्टविरोधीहरूले देखाउने स्वभाव निस्सन्देह रूपमै दुष्ट हुन्छ। तिनीहरू दुष्ट स्वभावका हुन्छन्, र तिनीहरू मानिसहरूका सोचहरूबारे अनुमान लगाउन र मनन गर्न, अरू मानिसहरूका शब्द र भावहरू नाप्न, र ख्रीष्टसँगका व्यवहारमा र उहाँसँगका तिनीहरूका उठबसका मामलाहरूमा निश्चित उपायहरू, र सांसारिक मानिसहरूले प्रयोग गर्ने खेलका नियमहरू प्रयोग गर्न मन पराउँछन्। तिनीहरूले गर्ने सबैभन्दा गम्भीर गल्ती के हो? तिनीहरू किन यस तरिकाले व्यवहार गर्न सक्छन्? यसको जड के हो? परमेश्वरले देहधारी परमेश्वर एक साधारण व्यक्ति हो भन्नुहुन्छ। यो सुनेपछि ख्रीष्टविरोधीहरू प्रसन्न हुन्छन्, र यसो भन्छन्: “ठिक छ, त्यसोभए म तिमीलाई एक साधारण व्यक्तिको रूपमा व्यवहार गर्नेछु; अब मसित तिमीलाई कसरी व्यवहार गर्ने भन्ने आधार छ।” जब परमेश्वरले परमेश्वर देहधारी हुनुभएको देहमा परमेश्वरको सार छ भन्नुहुन्छ, तब ख्रीष्टविरोधीहरूले यस्तो जवाफ दिन्छन्: “परमेश्वरको सार? मैले कसरी नदेखेको त? त्यो कहाँ छ? त्यो कसरी प्रकट हुन्छ? ऊसँग परमेश्वरको सार छ भनेर प्रमाणित गर्न उसले के प्रकट गर्छ? मलाई त हैसियत भएकाहरूको खुसामद र चापलुसी गर्न मात्र आउँछ। मानिसहरूको खुसामद र चापलुसी गर्नमा म कहिल्यै गलत हुन सक्दिनँ; यो नै सधैँ उत्तम उपाय हुन्छ। जे होस्, सत्यता बोल्नुभन्दा त यो धेरै राम्रो हो।” यो ख्रीष्टविरोधीहरूको दुष्टता हो। ख्रीष्टविरोधीहरू यसरी नै सत्यतामा विश्वास गर्ने वा सत्यता स्विकार्ने गर्दैनन्, र तिनीहरू शैतानको दर्शनद्वारा मात्र जिउँछन्।
कति मानिसहरू भन्छन्: “खुसामद गर्न, चापलुसी गर्न, र मिठा शब्दहरू बोल्न सक्नेहरूलाई सबैले मन पराउँछन्; परमेश्वरले मात्र यस्ता मानिसहरू मन पराउनुहुन्न। त्यसोभए, परमेश्वरले वास्तवमा कस्तो व्यक्ति मन पराउनुहुन्छ? व्यक्तिले परमेश्वरसित कसरी अन्तरक्रिया गर्नुपर्छ ताकि उहाँले मन पराउनुहोस्?” तिमीहरूलाई थाहा छ? (परमेश्वरले इमानदार मानिसहरू, परमेश्वरलाई हृदयका कुरा भन्ने मानिसहरू, हृदय खोलेर छली नगरी परमेश्वरसित सङ्गति गर्ने मानिसहरू मन पराउनुहुन्छ।) अरू केही छ? (परमेश्वरको डर मान्ने हृदय भएकाहरू, परमेश्वरका वचनहरू सुन्न र स्विकार्न सक्नेहरू।) (परमेश्वरको घरतर्फ हृदय फर्केकाहरू, परमेश्वरसित एकैमन भएकाहरू।) तिमीहरू सबैले इमानदार व्यक्ति हुनुका धेरै पक्षहरू उल्लेख गरेका छौ जुन अभ्यास गरिनुपर्छ। इमानदार व्यक्ति बन्नु परमेश्वरले मानिसलाई दिनुभएको एउटा मापदण्ड हो। यो मानिसले अभ्यास गर्नैपर्ने सत्यता हो। त्यसो भए, परमेश्वरसँग व्यवहार गर्दा मानिसले के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ? इमानदार बन्नुपर्छ: परमेश्वरसँग अन्तरक्रिया गर्दा पछ्याउनुपर्ने सिद्धान्त यही हो। गैरविश्वासीहरूले अभ्यास गर्ने खुसामद वा चापलुसीमा नलाग्; परमेश्वरलाई मान्छेको खुसामद र चापलुसी आवश्यक छैन। इमानदार बन्नु नै पर्याप्त हुन्छ। अनि, इमानदार बन्नुको अर्थ के हो? यसलाई कसरी अभ्यास गर्ने? (देखावटी रूप धारण नगरी वा कुनै कुरा नलुकाई वा कुनै कुरा गुप्त नराखी परमेश्वरसित खुलेर कुरा गर्नु, परमेश्वरसँग इमानदार हृदयले अन्तरक्रिया गर्नु, र कुनै पनि गलत अभिप्राय वा छलकपटविना सीधा कुरा बोल्नु।) ठीक भन्यौ। इमानदार व्यक्ति बन्नको लागि, तैँले सुरुमा आफ्ना व्यक्तिगत इच्छाहरूलाई पन्छाउनुपर्छ। परमेश्वरले तँसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नुको सट्टा, तैँले आफूलाई परमेश्वरसामु उदाङ्गो पार्नुपर्छ र हृदयमा जे छ त्यो कुरा भन्नुपर्छ, तेरा शब्दहरूका परिणाम के हुनेछन् भनेर मनन वा सोचविचार नगर्; तैँले जे विचार गरिरहेको छस् त्यही भन्, तेरा उत्प्रेरणाहरूलाई पन्छाएर राख्, अनि कुनै उद्देश्य हासिल गर्नको लागि मात्रै कुराहरू बोल्ने नगर्। तँसँग अति धेरै व्यक्तिगत अभिप्राय र दूषणहरू छन्, तँ सधैँ आफूले बोल्ने शैलीमा हिसाबकिताब गरिरहेको हुन्छस्, र सोच्छस्, “मैले यो कुरा भन्नुपर्छ, त्यो कुरा होइन, मैले बोल्ने कुरामा म होशियार बन्नुपर्छ। यसलाई म आफूलाई फाइदा हुने गरी, र मेरा कमीकमजोरी ढाकिने र परमेश्वरमा राम्रो छाप पर्ने गरी बताउनेछु।” के यो मनसायहरू बोक्नु होइन र? तिमीहरूले मुख खोल्नुभन्दा पहिले, तिमीहरूको मन कपटी विचारहरूले भरिएको हुन्छ, तिमीहरू आफूले भन्न चाहेको कुरालाई धेरैपटक खेलाउँछौ, र यसरी तिमीहरूका मुखबाट निस्कँदा ती शब्दहरू त्यति शुद्ध हुँदैनन्, र ती अलिकति पनि सच्चा हुँदैनन्, र तिनमा तिमीहरूका आफ्नै मनसाय र शैतानका चलाकीहरू हुन्छन्। इमानदार बन्नु भनेको यो होइन; यो त अशुभ अभिप्राय र दुष्ट मनसाय राख्नु हो। यति मात्र होइन, जब तँ बोल्छस्, तब तँ सधैँ मानिसहरूका अनुहारका भावहरू र तिनीहरूका हेराइबाट सङ्केत लिन्छस्: यदि तिनीहरूको अनुहारमा सकारात्मक भाव छ भने, तँ आफ्नो कुरालाई जारी राख्छस्; छैन भने, तँ रोकिन्छस् र केही पनि भन्दैनस्; यदि तिनीहरूको हेराइ नराम्रो छ, र तिनीहरूलाई आफूले सुनेको कुरा मन परेन भन्ने देखियो भने, तँ यसबारेमा फेरि विचार गर्छस्, र मनमनै भन्छस्, “ठीकै छ, म तिमीलाई रोचक लाग्ने, तिमीलाई खुशी बनाउने, तिमीलाई मन पर्ने, र तिमीलाई मप्रति सकारात्मक बनाउने कुरा बताउँछु।” के यो इमानदार बन्नु हो? होइन। कति मानिसहरू कसैले मण्डलीमा दुष्टता गरेको र बाधा सिर्जना गरेको देख्दा रिपोर्ट गर्दैनन्। तिनीहरू सोच्छन्, “यदि म यो रिपोर्ट गर्ने पहिलो भएँ भने, मैले त्यस व्यक्तिलाई चिढ्याउँछु, र यदि म गलत रहेछु भने, मैले काटछाँट भोग्नुपर्छ। म अरूले रिपोर्ट गरून्जेल पर्खनेछु र उनीहरूसँगै जोडिनेछु। हामी गलत भयौँ भने पनि, ठूलो कुरा हुन्न—आखिर भिडलाई दोषी ठहर्याउन मिल्दैन। भनाइनै छ नि, ‘थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ।’ म त्यो व्यक्ति हुनेछैन; मूर्खले मात्र थुतुनो निकाल्न जिद् कस्छ।” के यो इमानदार हुनु हो? निश्चय नै होइन। यस्तो व्यक्ति वास्तवमै धूर्त हुन्छ; यदि ऊ मण्डली अगुवा वा सुपरिवेक्षक बन्यो भने, के उसले मण्डलीको काममा क्षति पुर्याउनेछैन र? निश्चय नै पुर्याउनेछ। यस्तो व्यक्तिलाई कदापि प्रयोग गर्नै हुँदैन। के तिमीहरू यस्तो व्यक्तिलाई खुट्ट्याउन सक्छौ? उदाहरणका लागि, मानौँ एक अगुवा छ अरे, जसले खराब काम गरेको छ र मण्डलीको काममा बाधा दिएको छ, तैपनि यस व्यक्तिबारे वास्तवमा के-कसो हुँदै छ भनेर कसैले पनि बुझ्दैन, न त ऊ कस्तो हो भनेर माथिलाई नै थाहा हुन्छ—उसलाई के समस्या छ भनेर तँलाई मात्र थाहा हुन्छ। के यस्तो परिस्थितिमा तैँले इमानदारीपूर्वक उक्त समस्या माथि सुनाउनेथिस्? यो समस्याले नै मानिसलाई सबैभन्दा बढी प्रकाश गर्छ। यदि तैँले उक्त मामला लुकाइस् र कसैलाई केही पनि भनिनस्, परमेश्वरलाई समेत भनिनस्, र त्यस अगुवाले अति धेरै दुष्टता गरेर मण्डलीको काम अस्तव्यस्त पारेपछि, अनि सबैले उसलाई खुलासा गरेर तह लगाइसकेपछि मात्र उठेर “मलाई ऊ असल व्यक्ति होइन भनेर सुरुदेखि नै थाहा थियो। कतिपय मानिसहरूले ऊ असल व्यक्ति हो भन्ने सोचेका भएर मात्र हो; यदि मैले केही भनेको भए, कसैले पनि मेरो कुरामा विश्वास गर्नेथिएन। त्यसैले मैले बोलिनँ। अब त उसले केही खराब काम गरेको र ऊ को हो भनेर सबैले भन्न सक्ने भएर, म उसमा साँच्चै के समस्या छ भनेर भन्न सक्छु” भनिस् भने, के त्यो इमानदार हुनु हो? (होइन।) यदि तैँले हरेकपटक कसैका समस्याहरू खुलासा हुँदा, वा कुनै समस्या रिपोर्ट भइरहँदा, भिडको पछि लाग्छस् र अन्तिममा मात्र उभिएर तिनको खुलासा वा समस्याको रिपोर्ट गर्छस् भने, के तँ इमानदार भइरहेको हुन्छस्? यो कुनै पनि कुरा इमानदार हुनु होइन। यदि तँलाई कुनै व्यक्ति मन पर्दैन, वा कसैले तँलाई चिढ्याएको छ, र तँलाई ऊ दुष्ट व्यक्ति होइन भन्ने थाहा छ, तर तैँले सानो मन गरेर उसलाई घृणा गर्छस् र ऊमाथि बदला लिन र उसलाई मूर्ख बनाउन चाहन्छस् भने, तैँले उपायहरू सोच्दै मौका खोजेर माथिसमक्ष ऊबारे खराब कुराहरू बताउन सक्छस्। तैँले त्यस व्यक्तिको निन्दा नगरी तथ्यहरू मात्र बताइरहेको पनि हुन सक्छस्, तर ती तथ्यहरू बताउँदा तेरो आशय प्रकट भएको हुन्छ: तैँले उसलाई तह लगाउन माथिको हात प्रयोग गर्न वा परमेश्वरलाई केही भन्न लगाउन चाहन्छस्। माथिसमक्ष समस्याहरू रिपोर्ट गरेर, तँ आफ्नो लक्ष्य हासिल गर्ने कोसिस गरिरहेको हुन्छस्। यो पक्कै पनि व्यक्तिगत अभिप्रायहरूद्वारा दूषित भएको कुरा हो, र निश्चय नै यो इमानदार हुनु होइन। यदि ऊ मण्डलीको काममा बाधा दिइरहेको दुष्ट व्यक्ति हो, र त्यो काम रक्षा गर्नको निम्ति तैँले माथिसमक्ष रिपोर्ट गर्छस्, र त्यसबाहेक, तैँले रिपोर्ट गर्ने समस्याहरू पूर्णतया तथ्यपूर्ण छन् भने, यो शैतानी दर्शनहरूद्वारा कामकुरा सम्हाल्नुभन्दा फरक हो। यो कुरा इन्साफको बोध र जिम्मेवारीबोधबाट उब्जिन्छ, र यो आफ्नो बफादारी पूरा गर्नु हो; इमानदार हुने कुरा यसरी प्रकट हुन्छ।
परमेश्वरलाई खुसामद र चापलुसी गर्ने, वा मिठा शब्दहरू बोल्ने मानिसहरू मन पर्दैन। त्यसोभए, परमेश्वरलाई कस्तो व्यक्ति मन पर्छ? परमेश्वरलाई मानिसहरूले उहाँसँग कसरी अन्तरक्रिया र सङ्गति गरेको मन पर्छ? परमेश्वरलाई इमानदार मानिसहरू मन पर्छ, उहाँ आफूसँग इमानदार हुने मानिसहरूलाई मन पराउनुहुन्छ। तैँले उहाँको बोल्ने शैली र भावबारे सोचविचार गर्न वा उहाँसँग मस्का मार्न जरूरी छैन; बस तँ इमानदार बन्नुपर्छ, तँसित इमानदार हृदय हुनुपर्छ, कुनै पनि कुरा नलुकाउने, पारदर्शी र छद्मभेषरहित हृदय हुनुपर्छ, र तैँले तेरो बाहिरी रूपलाई हृदयसित मिल्दो बनाउनुपर्छ। भन्नुको मतलब, ख्रीष्टसित व्यवहार र अन्तरक्रिया गर्दा, तैँले कुनै जोरबल लगाउनु पर्दैन, तैँले कुनै “गृहकार्य,” वा तयारी वा अग्रिम रूपमा केही गर्न आवश्यक छैन; यो केही पनि जरूरी छैन। परमेश्वरलाई इमानदारी: मनैदेखिको, सामान्य, स्वाभाविक कुराकानी र अन्तरक्रिया मन पर्छ। तैँले केही गलत कुरा भनिस् वा अनुचित शब्दहरू प्रयोग गरिस् भने पनि समस्या हुँदैन। उदाहरणको लागि, मानौँ म कुनै ठाउँमा गएँ र भान्सेले सोध्यो, “तिमीले खान नमिल्ने केही छ? तिमीले खाने र नखाने खानाहरू के-के छन्? म के बनाइदिऊँ?” म भन्छु: “धेरै नुनिलो, पिरो खाना नहोस्, र धेरै चिल्लो र तारेको खाना पनि नहोस्। मुख्य खानामा भात वा थुक्पा भए हुन्छ।” के यी निर्देशनहरू गहन छन्? (छैनन्।) खाना बनाउन जान्नेले तुरुन्तै बुझिहाल्छ, उसलाई अनुमान, मनन वा विशेष मार्गदर्शन वा स्पष्टीकरणको आवश्यकता पर्दैन। आफ्नो अनुभवअनुसार पका, यो सरल कुरा हो। तर मानिसहरूले सबैभन्दा सरल काम पनि गर्न सक्दैनन्, किनभने तिनीहरूमा भ्रष्ट स्वभावहरू र स्वार्थ हुन्छन्। म धेरै चिल्लो नहोस् भन्छु, तर पकाउने बेलामा तिनीहरूले अलिकति सब्जीको लागि ठूलो डाडुभरी तेल हाल्छन्, र मूलतः त्यसलाई तारेर चिल्लो स्वादको बनाउँछन्। म धेरै नुनिलो नहोस् भन्छु, तर तिनीहरूले पितिक्क नुन हाल्छन् र त्यो लगभग बेस्वादिलो हुन्छ। त्यति धेरै तेल हालेको र त्यो नुनै नभएको खाना खाऊँ-खाऊँ लाग्ने हुन्छ र? त्यो भान्सेले यति सानो काम पनि राम्रोसँग गर्न सक्दैन, र यस्तोसमेत भन्छ, “परमेश्वरका अभिप्रायहरू बुझ्न कठिन हुन्छ। परमेश्वरले भन्नुहुने हरवचन सत्य हो; त्यो अभ्यास गर्न मानिसहरूलाई गाह्रो छ!” “अभ्यास गर्न गाह्रो” को अर्थ के हो? यो अभ्यास गर्न गाह्रो हुने होइन, बरु तैँले चाहिँ अभ्यास नगरेको हो। तेरो स्वार्थीपन अत्यन्तै ठूलो छ; तँसित सधैँ तेरा आफ्नै अभिप्राय र व्यक्तिगत दूषणहरू हुने गर्छन्। तँ सधैँ तेरो आफ्नै इच्छाअनुसार काम गर्न चाहन्छस्, र तेरो आफ्नै रुचिअनुसार सबथोक गर्छस्। म भन्छु: “खाना पकाउँदा पिरो नबनाउनू। यदि तिमीहरू सबैलाई पिरो मन पर्छ भने, मेरो लागि पिरो नहुने परिकार बनाउनू।” तर पकाउने बेलामा तिनीहरूले जिद्दी गरेर पिरो नै बनाउँछन्; तिनीहरू ग्वाम् कि ग्वाम् खान्छन्, र मिठो भयो भन्ठान्छन्। म भन्छु: “मैले तँलाई पिरो नबना भनेको थिएँ। किन पिरो बनाइस्?” “यो परिकार पिरो नै हुनुपर्छ। पिरो भएन भने स्वादिलो हुँदैन। त्योविना यसको स्वाद नै रहँदैन।” यो कस्तो व्यक्ति हो? के उसमा राम्रा अभिप्रायहरू छन्? कति मानिसहरूलाई मासु खान मन लाग्छ; म भन्छु, “यदि तँलाई मासु मन पर्छ भने तेरो लागि मासु नै मासुको परिकार बना। मेरो लागि बनाइने परिकारमा मासु कम हाल्, वा मेरो लागि साकाहारी परिकार नै बना।” तिनीहरूले सहजै स्विकार्छन्, तर पकाउने बेलामा तिनीहरूले मेरो अनुरोधलाई बेवास्ता गर्छन्, भाँडामा मासुका ठूलठूला टुक्रा हाल्छन्, र जिरे खुर्सानीसमेत हाल्छन्। मासु आफैमा चिल्लो भए पनि तिनीहरूले त्यसलाई तेलमा भुट्छन्, र आफूलाई जस्तो मन पर्छ त्यस्तै स्वादको बनाउँछन्। यदि मैले तिनीहरूलाई यसो गर्न दिइनँ भने त्यो तिनीहरूलाई स्वीकार्य हुँदैन; तिनीहरूले यस्तोसमेत भन्छन्: “तिमीलाई खुसी पार्न ज्यादै गाह्रो छ। यो निकै स्वादिष्ठ छ! अरू सबैले खान्छन् त, तिमीचाहिँ किन खाँदैनौ? मैले यो चिज तिम्रै लागि पकाइरहेको होइन त? धेरै खानु तिम्रो स्वास्थ्यको लागि राम्रो हो, यसले तिमीलाई शक्ति दिन्छ। तिमी स्वस्थ भयौ भने, तिमीले अझ बढी प्रवचनहरू प्रचार गर्न सक्दैनौ र? म त तिमी र दाजुभाइ-दिदीबहिनीहरू दुवैबारे सोचिरहेको हुन्छु।” के यो व्यक्ति एकदमै समस्याजनक छैन र? ऊसँग सबथोकमा बलिया चाहनाहरू छन्, सबथोकमा उसका आफ्नै राय र विचारहरू छन्। उसमा कुनै सत्यता छ छैन भनेर त भन्नै परेन, उसमा सबैभन्दा आधारभूत मानवतासमेत छैन। के यो इमानदार हुनु हो? (होइन।) सुरुमा, यो व्यक्तिले मलाई सोध्दा, ऊ शालीन छ, उसले निकै राम्रोसँग पकाउन जान्दछ भन्ने लागेको थियो। तर खाना पस्किसकेपछि, मैले थाहा पाएँ—उसले राम्रोसँग बोल्छ, मप्रति राम्रो व्यवहार गरेजस्तो देखिन्छ, तर खासमा, ऊ त एउटा स्वार्थी र घृणास्पद व्यक्ति रहेछ।
एउटी यस्तै व्यक्ति छे जसलाई म प्रायः देखिरहन्छु; ऊ स्वभावैले षडयन्त्रकारी र चतुर छे। जब उसले मसित अन्तरक्रिया गर्छे, मैले औषधी खानेबित्तिकै उसले पानी ल्याइरहेकी हुन्छे; जब म बाहिर जान लागिरहेको हुन्छु, उसले तुरुन्तै मेरो झोला समात्छे, र बाहिर चिसो रहेको बुझेर गलबन्दी र पन्जा ल्याइदिन्छे। म सोच्छु: ऊ झटपट काम गर्छे, तर किन अफ्ठ्यारो महसुस हुन्छ? चाहे म भित्र वा बाहिर गइरहेको हुँ, वा चाहे कपडा, जुत्ता, वा टोपी लगाइरहेको हुँ, मभन्दा चाँडो एकजना त सधैँ नै हुन्छ। तिमीहरूलाई मेरो अनुभूतिबारे के लाग्छ? मलाई खुसी लाग्नुपर्छ कि झर्को लाग्नुपर्छ? (झर्को लाग्नुपर्छ।) के तिमीहरूलाई यस्तो व्यवहारप्रति झर्को लाग्छ? (लाग्छ।) यदि तिमीहरू सबैलाई झर्को लाग्छ भने, के तिमीहरूलाई मलाई पनि झर्को लाग्छ भन्ने लाग्छ? (लाग्छ।) कति मानिसहरू, मेरो लागि यो सबै गरेपछि, निकै खुसी हुन्छन् र यसो भन्दै आफूप्रति गर्व गर्छन्: “जब म काम गरिरहेको थिएँ, म मालिकद्वारा रुचाइन्थेँ। म जहाँ गए पनि, मानिसहरू मलाई रुचाउँथे किनकि मेरो दिमाग तेजिलो छ।” यसको तात्पर्य तिनीहरूलाई जुत्ता चाट्न, खुसामद गर्न, र चापलुसी गर्न आउँछ; तिनीहरू बुद्धु, सुस्त, वा मूर्ख छैनन्; तिनीहरू चाँडो काम गर्छन् र तेजिलो दिमागका छन्, त्यसैले जहाँ गए पनि तिनीहरू रुचाइन्छन्। तिनीहरू आफूलाई सबैले रुचाउँछन् भनेर भन्छन्, जसको मतलब मैले पनि तिनीहरूलाई रुचाउनुपर्छ। के मलाई तिनीहरू मन पर्छ त? मलाई तिनीहरूदेखि अत्यन्तै झर्को लाग्छ! म त देख्नेबित्तिकै यस्ता मानिसहरूलाई पन्छाइदिन्छु। अनि अरूहरू यस्ता छन्, जो आपराधिक दुनियाँका नाइके र प्रमुख पिशाचहरूका सुरक्षाकर्मी र चापलुस नोकरहरूले गाडीको ढोका खोलिदिएको र संसारमा आफ्नो मालिकको टाउकोको सुरक्षा गरिदिएको देखेर, मलाई पनि त्यस्तै गर्छन्। म गाडीमा पस्नुअगावै, तिनीहरू ढोका खोल्न पुगिसकेका हुन्छन्, त्यसपछि आफ्नो हातले मेरो टाउकोको रक्षा गर्छन्, र मलाई गैरविश्वासीहरूले कार्यकर्ता प्रमुखलाई व्यवहार गरेझैँ व्यवहार गर्छन्। मलाई यी मानिसहरूप्रति घृणा लाग्छ। कति पनि सत्यता नपछ्याउने यी मानिसहरूमा स्वार्थी, घृणास्पद, र घिनलाग्दो मानवता हुन्छ, र तिनीहरूमा कुनै पनि लज्जाबोध हुँदैन। जब तैँले अरूसँग अन्तरक्रिया गर्छस्, र हैसियत र ख्याति भएकाहरूलाई खुसामद र चापलुसी गर्छस्, साथै निरन्तर रूपमा जुत्ता चाट्ने काम गर्छस्, तब कतिपय सोझा मानिसहरूलाई समेत यो कुरा घृणित लाग्छ र उनीहरूले यस्ता मानिसहरूलाई हेयको दृष्टिले हेर्छन्। यदि तैँले मसित यस्तो गरिस् भने, मलाई यो कुरामा अझ बढी घिन लाग्छ। मसित कहिल्यै यस्तो व्यवहार नगर्; मलाई त्यो चाहिँदैन, त्यसप्रति घिन लाग्छ। मलाई चाहिने भनेको तेरो खुसामद, चापलुसी वा जुत्ताचटाइ होइन। म त तँ मसित इमानदार बन्, हामी भेट्दा हृदयको कुरा गर्, आफ्ना बुझाइ, अनुभवहरू, र कमीकमजोरीहरूबारे कुरा गर्, कर्तव्य पूरा गर्ने क्रममा आफूले प्रकाश गर्ने भ्रष्टताबारे, र आफ्ना अनुभवहरूमा आफूलाई कमी लागेका कुराबारे छलफल गर् भन्ने चाहन्छु। तैँले यी सारा कुराहरूबारे खोजी र सङ्गति गर्न सक्छस्, र तिनलाई अन्वेषण पनि गर्न सक्छस्। हामीले जुनसुकै विषयमा सङ्गति वा कुराकानी गरे पनि, तँ इमानदार हुनुपर्छ, र तँसित यस्तो हृदय र मनोवृत्ति हुनुपर्छ। खुसामद, जुत्ताचटाइ, चापलुसी गरेर, वा मस्का मारेर राम्रो छाप छोड्न सक्छु भन्ने नसोच्—यो पूर्णतया बेकार छ। बरु उल्टै, यस्तो व्यवहारले कुनै पनि फाइदा दिन नसक्ने मात्र नभई, तँलाई ठूलो सर्ममा पार्दै तेरो मूर्खता खुलासा गर्नसमेत सक्छ।
ख्रीष्टसँग समेत इमानदार हुन नसक्नेहरू कस्ता मानिसहरू हुन्? यदि तैँले अरूलाई इमानदारीसाथ व्यवहार गर्छस् भने, तँ तिनीहरूले तेरो साँचो परिस्थिति थाहा पाउलान् र तँलाई हानि गर्लान् भनेर डराउँछस्, तँ तिनीहरूले तँलाई छल, शोषण, उपहास, वा घृणा गर्न सक्छन् भनेर डराउँछस्। तर ख्रीष्टसित इमानदार हुनुमा तँलाई केको डर हो? यदि तेरो हृदयमा यी संशयहरू छन् भने, त्यो एउटा समस्या हो। यदि तँ इमानदार हुन सक्दैनस् भने, त्यो पनि तेरो समस्या हो; तैँले त्यही क्षेत्रमा सत्यता पछ्याउनुपर्छ र परिवर्तनको लागि प्रयास गर्नुपर्छ। यदि तँ तेरो अगाडिको व्यक्ति तैँले विश्वास गर्ने र पछ्याउने परमेश्वर हुनुहुन्छ भनेर साँच्चै विश्वास गर्छस् र मान्छस् भने, तैँले उहाँसित खुसामद र चापलुसी गरेर, साथै मिठा शब्दहरू बोलेर अन्तरक्रिया नगर्नु नै उत्तम हुन्छ। बरु, इमानदार हो, मनको कुरा बोल् अनि तथ्यगत कुराहरू भन्। छली कुराहरू भन्ने, झूट बोल्ने, साँचो कुरा लुकाउने, वा छलकपट र षडयन्त्र गर्ने काम नगर्। ख्रीष्टसँग अन्तरक्रिया गर्ने यो नै उत्तम उपाय हो। के तिमीहरूले यसो गर्न सक्छौ? कुनचाहिँ सकारात्मक हो: इमानदार हुनु, कि खुसामद र चापलुसी गर्नु? (इमानदार हुनु।) इमानदार हुनु सकारात्मक हो, तर खुसामद र चापलुसी गर्नु नकारात्मक हो। यदि मानिसहरू इमानदार हुनेजस्तो सकारात्मक काम गर्न सक्दैनन् भने, यसले तिनीहरूमा समस्या छ, तिनीहरूमा भ्रष्ट स्वभाव छ भन्ने जनाउँछ। के यो मेरो मापदण्ड ज्यादा भयो? यदि तिमीहरूलाई त्यो ज्यादा हो भन्ने लाग्छ भने, यदि यस्तो व्यवहार पाउनको लागि, तिमीहरूले मसित यस्तो इमानदार शैलीमा र यस्तो इमानदार मनोवृत्तिले कुराकानी गर्नको लागि, म योग्य छैन भन्ने लाग्छ भने, के तिमीहरूसँग त्योभन्दा राम्रो विधि, त्योभन्दा राम्रो तरिका छ? (छैन।) त्यसोभए यही शैली अभ्यास गर। यो विषयवस्तुबारे हाम्रो सङ्गति यहीँ अन्त्य गरौँ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।