विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग एक) खण्ड दुई

क. परमेश्‍वरको धार्मिकतालाई तिरस्कार गर्ने

यस्ता ख्रीष्टविरोधी मानिसहरूले परमेश्‍वरको धार्मिकता र स्वभावलाई सधैँ धारणा, शङ्का, र प्रतिरोधको आधारमा लिन्छन्। तिनीहरूले सोच्छन्, “परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने त सिद्धान्त मात्र हो। यो संसारमा धार्मिकता भन्‍ने कुनै कुरा छ र? मेरो जीवनको यतिका वर्षमा, मैले एकपटक पनि यस्तो कुरा भेटेको वा देखेको छैन। संसार अति अँध्यारो र दुष्ट छ, र दुष्ट मानिसहरू र पिशाचहरू सफल भएका र सन्तुष्टिमा जिइरहेका छन्। तिनीहरू जेको लायक छन् त्यो तिनीहरूले पाएको मैले देखेको छैनँ। यसमा परमेश्‍वरको धार्मिकता कहाँ छ म देख्‍न सक्दिनँ; मलाई त सङ्का लाग्छ, के परमेश्‍वरको धार्मिकता साँच्‍चै अस्तित्वमा छ त? यसलाई कसले देखेको छ? कसैले पनि देखेको छैन, र कसैले पनि यसलाई पुष्टि गर्न सक्दैन।” तिनीहरूले मनमनै यस्तै विचार गर्छन्। तिनीहरूले परमेश्‍वरको सबै काम, उहाँका सबै वचनहरू, र उहाँका योजनाबद्ध सबै कार्यहरूलाई उहाँ धर्मी हुनुहुन्छ भन्‍ने जगको आधारमा स्विकार्दैनन्, बरु सधैँ शङ्का र टीकाटिप्पणी गरिरहेका हुन्छन्, सधैँ धारणाहरूले भरिएर बस्छन् तर तिनीहरूले कहिल्यै सत्यता खोजी गरेर समाधान गर्दैनन्। ख्रीष्टविरोधीहरूले सधैँ यसरी नै परमेश्‍वरमा विश्‍वास गर्छन्। के परमेश्‍वरमाथि तिनीहरूले साँचो विश्‍वास गर्छन्? गर्दैनन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको धार्मिकताका सम्बन्धमा सधैँ शङ्काको मनोवृत्ति राख्छन्। अवश्य नै, तिनीहरूमा परमेश्‍वरको स्वभाव, उहाँको पवित्रता, साथै उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसबारे शङ्काहरू हुन्छन्। तिनीहरू ती कुरामा विश्‍वास गर्दैनन्, बरु आँखाले देखेको कुरामा मात्र विश्‍वास गर्छन्—यदि तिनीहरूले आफ्नै आँखाले कुनै कुरा देख्न सकेनन् भने, तिनीहरूले त्यसमा कहिल्यै विश्‍वास गर्नेछैनन्। तिनीहरू ठ्याक्कै थोमाजस्तै हुन्, जसले सधैँ प्रभु येशूलाई शङ्का गर्थ्यो, प्रभु येशू मृत्युबाट बौरी उठ्नुभएको हो भनेर विश्‍वास गर्दैनथ्यो, र परमेश्‍वरको ठूलो शक्तिमा विश्‍वास गर्दैनथ्यो। के आत्मिक बुझाइ नभएका वा सत्यता नपछ्याउने त्यस्ता ख्रीष्टविरोधी फोहोरहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्न सक्छन् त? के तिनीहरूले उहाँको सर्वशक्तिमान्‌ता र बुद्धिमत्तामा विश्‍वास गर्न सक्छन् त? तिनीहरूले यी कुनैमा पनि विश्‍वास गर्दैनन्; हृदयमा, तिनीहरू सधैँ शङ्का बोक्छन्। ख्रीष्टविरोधीहरूको सारको आधारमा भन्नुपर्दा, तिनीहरू आँखाले देख्ने कुरामा मात्र विश्‍वास गर्छन्, त्यसैले तिनीहरू भौतिकवादी हुन्। तिनीहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता देख्न सक्दैनन्, उहाँका वचनहरू सत्यता हुन्, ती उहाँले सम्भव तुल्याइसक्नुभएका तथ्यहरू हुन् भनेर विश्‍वास गर्दैनन्। तिनीहरूमा आत्मिक बुझाइ र साँचो आस्था नभएकोले, तिनीहरूले परमेश्‍वरका कार्यहरू देख्नै सक्दैनन्। तथ्य त के हो भने, परमेश्‍वरमा विश्‍वास गर्नुमा नै तिनीहरूको गोप्य मनसाय हुन्छ। तिनीहरू मनमौजी रूपमा समस्या निम्त्याउने शैतानका नोकरहरू हुन्। के सत्यता नस्विकार्ने वा परमेश्‍वरको अस्तित्वमा विश्‍वास नगर्ने, र सबै कुरा मानव नजरले हेर्ने व्यक्तिले सत्यताको अस्तित्व पत्ता लगाउन सक्छ र? के उसले मानवजातिमाथिको परमेश्‍वरको सार्वभौमिकताबारे पत्ता लगाउन सक्छ र? निश्‍चय नै सक्दैन। उसले विभिन्‍न कुराहरूलाई सूक्ष्म जाँचको नजरले, शङ्कास्पद नजरले, र शङ्कालु मनोवृत्तिले हेर्छ, र उसले परमेश्‍वरले गर्नुहुने सबै कुराको प्रतिरोध गर्छ, र यही कारणले गर्दा ख्रीष्टविरोधीहरू परमेश्‍वरको धर्मी स्वभावबारे विश्‍वास गर्दैनन्। तिनीहरू शङ्का गर्छन् र त्यसलाई स्विकार्दैनन्। अनि, ख्रीष्टविरोधीहरूका कस्ता व्यवहारहरूले अरूलाई तिनीहरूले सत्यता स्विकार्दैनन् वा परमेश्‍वरको सार मान्दैनन् भन्‍ने देखाउँछ? यस्ता विशेष व्यवहारहरू धेरै छन्। उदाहरणको लागि: जब मण्डलीको काममा समस्या पैदा हुन्छ, तब यसको गम्‍भीरता वा परिणामहरू जे-जस्तो भए पनि, ख्रीष्टविरोधीको पहिलो प्रतिक्रिया भनेको आफूलाई दोषमुक्त पार्नु र अरूमाथि दोष थोपर्नु हो। जिम्मेवार नठहराइयोस् भनेर, तिनीहरू आफूबाट अन्यत्र ध्यान मोड्छन्, एक-दुईवटा सही र राम्रा सुनिने कुराहरू बोल्छन्, र सतही रूपमा देखावटी कार्य गर्छन्, ताकि विषयको सत्यतालाई ढाकछोप गर्न सकियोस्। सामान्य अवस्थामा, मानिसहरूले यस्तो कुरा देख्‍न सक्दैनन्, तर जब तिनीहरूको जीवनमा कुनै कुरा आइपर्छ, तब ख्रीष्टविरोधीको कुरूपताको पर्दाफास हुन्छ। दुम्सीले काँडा ठाडो पारेर आफूलाई रक्षा गरेजस्तै, तिनीहरूले आफूलाई सारा शक्तिले रक्षा गर्छन्, र कुनै पनि जिम्मेवारी लिन चाहँदैनन्। यो कस्तो प्रकारको मनोवृत्ति हो? के यो परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर नपत्याउने मनोवृत्ति होइन र? तिनीहरू परमेश्‍वरले सबै कुराको छानबीन गर्नुहुन्छ वा उहाँ धर्मी हुनुहुन्छ भन्‍ने कुरा विश्‍वास गर्दैनन्; तिनीहरूले आफूलाई रक्षा गर्न आफ्‍नै विधिहरू अपनाउन चाहन्छन्। तिनीहरूले यस्तो विश्‍वास गर्छन्, “मैले आफ्‍नो रक्षा गरिनँ भने, कसैले मेरो रक्षा गर्नेछैन। परमेश्‍वरले पनि मेरो रक्षा गर्न सक्‍नुहुन्‍न। तिनीहरू त उहाँ धर्मी हुनुहुन्छ भनी भन्छन्, तर मानिसहरू समस्यामा पर्दा, के उहाँले तिनीहरूसँग साँच्‍चै निष्पक्ष व्यवहार गर्नुहुन्छ त? पक्‍कै गर्नुहुन्‍न—परमेश्‍वरले त्यसो गर्नुहुन्‍न।” समस्या वा सतावटको सामना गर्दा, तिनीहरूले सहयोग नपाएको अनुभव गर्छन्, र सोच्छन्, “अनि, परमेश्‍वर खोइ त? मानिसहरूले उहाँलाई देख्‍न वा छुन सक्दैनन्। कसैले पनि मलाई सहयोग गर्न सक्दैन; कसैले पनि मलाई इन्साफ दिन र मेरो लागि निष्पक्षता कायम राख्न सक्दैन।” तिनीहरूले आफूलाई रक्षा गर्ने एउटै उपाय भनेको आफ्‍नै विधिहरूको प्रयोग गर्नु मात्र हो, नत्र तिनीहरूले क्षति, हेपाइ र उत्पीडन भोग्नेछन् र परमेश्‍वरको घरमा पनि यसको अपवाद हुँदैन भन्‍ने सोच्छन्। ख्रीष्टविरोधीलाई केही हुनुभन्दा पहिले नै उसले आफ्ना लागि सबथोकको योजना बनाइसकेको हुन्छ। एकातिर, उसले आफूलाई यति शक्तिशाली व्यक्तिको भेष ओढाउन कडा प्रयास गर्छ कि कसैले पनि उसलाई दुःख दिने, निहुँ खोज्ने, वा धम्काउने आँट नै गर्दैन। अर्कोतिर ऊ हरेक मोडमा शैतानका दर्शनहरू र त्यसको अस्तित्वका नियमहरू पालना गर्छ। मुख्यतः ती के-के हुन्? “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ,” “जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन,” “बुद्धिमान मानिसहरू आत्मरक्षामा सिपालु हुन्छन्, तिनीहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्छन्,” परिस्थितिले दिएअनुसार व्यवहार गर्ने, चतुर र धूर्त हुने, “आइनलागिञ्‍जेल जाइलागिँदैन,” “सद्भाव खजाना हो; धैर्यता सान हो,” “अरूको भावना र तर्कसँग मिल्‍ने कुरा गर्नू, किनभने हकी कुरा गर्दा अरूलाई रिस उठ्छ,” “बुद्धिमानी मानिस परिस्‍थितिअनुसार चल्छ,” र यस्तै अन्य शैतानी दर्शनहरू। तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, तर शैतानका दर्शनहरूलाई सकारात्मक कुराझैँ स्विकार्छन्, ती कुराले तिनीहरूलाई रक्षा गर्न सक्नेछन् भन्ने ठान्छन्। तिनीहरू यी कुराअनुसार जिउँछन्; तिनीहरू कसैसित सत्यता बोल्दैनन्, तर सधैँ खुसी पार्ने, प्यारो बनाउने, र चिल्लो घस्ने कुरा भन्छन्, कसैलाई चिढ्याउँदैनन्, आफूलाई प्रदर्शन गर्ने तरिकाहरू सोच्छन् ताकि अरूले आफूलाई सम्मान गरून्। तिनीहरू ख्याति, प्राप्ति र हैसियतसम्‍बन्धी तिनीहरूको आफ्नो पछ्याइमा मात्रै वास्ता गर्छन्, र मण्डलीको काम कायम राख्न केही पनि गर्दैनन्। कसैले कुनै खराब काम गरे पनि र परमेश्‍वरको घरका हितहरूमा हानि गरे पनि, तिनीहरूले त्यस्ता मानिसहरूको खुलासा वा रिपोर्ट गर्ने गर्दैनन्, बरु देखे पनि नदेखेको जस्तो गर्छन्। परिस्थिति सम्‍हाल्‍ने तिनीहरूका सिद्धान्तहरू र आफू वरपर घट्ने घटनाहरूलाई हेर्ने तिनीहरूको तरिकाको आधारमा हेर्दा, के तिनीहरूसित परमेश्‍वरको धर्मी स्वभावको ज्ञान छ त? तिनीहरूलाई त्यसमा कुनै विश्‍वास छ? तिनीहरूसित कुनै विश्‍वास छैन। यहाँ “छैन” को अर्थ तिनीहरूलाई यसबारेमा थाहै हुँदैन भन्‍ने होइन, बरु तिनीहरूको हृदयमा परमेश्‍वरको धर्मी स्वभावबारे शङ्काहरू छन् भन्‍ने हुन्छ। तिनीहरूले परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरालाई न स्वीकार गर्छन् न त मान्यता नै दिन्छन्। जब तिनीहरूले सत्यता र धार्मिकताले परमेश्‍वरको घरमा शासन गर्छ भनेर धेरै मानिसहरूले गवाही दिएको देख्छन्, तब तिनीहरूले प्रतिरोध गर्छन्, र हृदयमा त्यसबारे आलोचना गर्छन्, र यसो भन्छन्, “ठूलो रातो अजिङ्गरले परमेश्‍वरका चुनिएका मानिसहरूलाई त्यसरी सताएकोमा किन कुनै प्रतिशोध सामना गरेको छैन? गैरविश्‍वासीहरूमध्येका दुष्ट मानिसहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हेप्छन्, तिनीहरूको बदनामी गर्छन्, र तिनीहरूको आलोचना गर्छन्, तर तिनीहरूले पनि कुनै प्रतिशोध सामना गरेका छैनन्। तिनीहरू सबै नै सहजसाथ बसिरहेका छन्—परमेश्‍वरका विश्‍वासीहरू नै किन सधैँ हेपाइमा पर्छन्?” हृदयभित्र, तिनीहरू परमेश्‍वरको धर्मी स्वभावमा विश्‍वास गर्दैनन्। तिनीहरू परमेश्‍वरले हरव्यक्तिलाई धार्मिकतासाथ व्यवहार गर्नुहुन्छ भनेर विश्‍वास गर्दैनन्, न त तिनीहरू परमेश्‍वरले हरव्यक्तिलाई उसका कार्यबमोजिम उसले पाउनुपर्ने कुरा दिनुहुनेछ, र सत्यता पछ्याउनेहरूले मात्र परमेश्‍वरको आशिष् र सुन्दर गन्तव्य प्राप्त गर्नेछन् भन्ने कुरामा नै विश्‍वास गर्छन्। ख्रीष्टविरोधीहरू यी कुराहरूमा विश्‍वास गर्दैनन्। तिनीहरू मनमनै यसो भन्छन्, “यदि तथ्यहरू यिनै हुन् भने मैले किन नदेखेको? तपाईँ सत्यता पछ्याउनेहरू परमेश्‍वरद्वारा आशिषित् हुनेछन् भनेर भन्नुहुन्छ। तर हाम्रो मण्डलीको फलानोले सत्यता पछ्याउँछ, र परमेश्‍वरका निम्ति आफूलाई समर्पित गर्छ, र अत्यन्तै बफादारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्छ। तर उसलाई अन्त्यमा के भएको छ? ठूलो रातो अजिङ्गरले यसरी उसको खोजी गरिरहेको छ कि उसलाई घर जानै मुस्किल छ; उसको परिवार तहसनहस भएको छ—उसले आफ्ना छोराछोरीसमेत देख्न पाउँदैन। के त्यो परमेश्‍वरको धार्मिकता हो? अनि परमेश्‍वरमा विश्‍वास गरेकोले फलानो व्यक्तिलाई जेलमा कोचियो, र मरणासन्न हुनेगरी यातना दिइयो। त्यसबेला परमेश्‍वरको धर्मी स्वभाव कहाँ थियो? ऊ आफ्नो गवाहीमा दृढ रह्यो; ऊ कुनै यहूदा थिएन। परमेश्‍वरले उसलाई किन आशिष् र सुरक्षा प्रदान गर्नुभएन? अनि परमेश्‍वरले किन ठूलो रातो अजिङ्गरलाई उसलाई मरणासन्न हुनेगरी कुट्न अनुमति दिनुभयो? हाम्रो मण्डलीमा पनि एकजना अगुवा थियो जसले मण्डलीको कामको निम्ति आफ्नो परिवार र पेशा त्यागेको थियो। उसले वर्षौँसम्म आफ्नो कर्तव्य गर्‍यो र धेरै नै कठिनाइहरू सामना गर्‍यो, तर अन्त्यमा, अलिकति दुष्टता गरी मण्डलीको काममा बाधा दिएकोमा उसलाई निन्दा गरियो र निकालियो। त्यसमा परमेश्‍वरको धर्मी स्वभाव कहाँ थियो? कतिपय दाजुभाइ-दिदीबहिनीहरू सानै उमेरमा कष्ट सहँदै र परिश्रम गर्दै परमेश्‍वरको घरमा कर्तव्यहरू गरिरहेका हुन्छन्, तर एउटा गल्ती गरेर सिद्धान्तहरू उल्लङ्घन गर्नेबित्तिकै उनीहरूलाई काटछाँट गरिन्छ। उनीहरूमध्ये कतिपय त निकालिने र हटाइने डरले निकै दुःखी हुन्छन् र रुन्छन्, तर उनीहरूलाई सहानुभूति दिने कोही हुँदैन। म त्यसमा किन परमेश्‍वरको धार्मिकता देख्न सक्दिनँ? यी कुराहरूमा परमेश्‍वरको धर्मी स्वभाव ठ्याक्कै कुन रूपमा प्रकट हुन्छ? म त्यो किन देख्न सक्दिनँ? मेरो आफ्नै घटना पनि छ—म आफ्नो कर्तव्यगराइमा अलि झाराटारुवा हुँला, र मैले कहिलेकाहीँ अलिकति भ्रष्ट स्वभाव देखाउँला, तैपनि ममा प्रतिभा छ। परमेश्‍वरको घरले मलाई किन प्रवर्धन गर्दैन?” यस्ता सबै मामलाहरूमा, के भइरहेका छन् भनेर ख्रीष्टविरोधीहरूले प्रस्ट रूपमा बुझ्न सक्दैनन्। तिनीहरूले बाहिरी कुरा मात्र देख्छन्, तर कामकुरापछाडिका परमेश्‍वरका अभिप्रायहरू देख्न सक्दैनन्। तिनीहरूको हृदयको गहिराइ आशङ्का, शङ्का, विचार र धारणाहरूले भरिएको हुन्छ—र तिनीहरूको हृदयमा अत्यन्तै धेरै गाँठाहरू हुन्छन्, जसलाई तिनीहरूले फुकाउनै सक्दैनन्। जब तिनीहरूले यी कुराहरूबारे सोच्छन्, तिनीहरू दुखेसोले, र परमेश्‍वरको धर्मी स्वभावविरुद्धको भर्त्सना र निन्दाले भरिन्छन्। अनि पीडित हुँदै, तिनीहरूले मनमनै भन्छन्: “यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, निष्कपट मानिसहरूलाई किन काटछाँट गरिन्छ? यदि उहाँ धर्मी हुनुहुन्छ भने, मानिसहरूले थोरै भ्रष्टता देखाउँदा उहाँले किन माफी दिनुहुन्न? यदि उहाँ धर्मी हुनुहुन्छ भने, आफ्नो कर्तव्य पूरा गर्दै र धेरै कष्ट भोग्दै आएका केही मानिसहरू वास्तविक काम गर्न नसकेकै कारण किन बर्खास्त हुन्छन्? यदि उहाँ धर्मी हुनुहुन्छ भने, उहाँलाई कठोर भक्तिसाथ पछ्याउने हामीलाई किन सताइन्छ र यातना दिइन्छ, र सम्भवतः जेल नै पठाइन्छ, र कुनै कुनै घटनामा त कुटेरसमेत मारिन्छ?” ख्रीष्टविरोधीहरूलाई यी कुनै पनि कुराहरूको प्रस्ट व्याख्या थाहा हुँदैन। तिनीहरू आफूलाई के भइरहेको छ केही बुझ्दैनन्; तिनीहरूले त्यो कुरा प्रस्ट रूपमा देख्न सक्दैनन्। प्रायः तिनीहरू आफैलाई यसरी सोधिरहन्छन्: “के मैले विश्‍वास गर्ने परमेश्‍वर धर्मी हुनुहुन्छ, कि हुनुहुन्न? के धर्मी परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, कि हुनुहुन्न? उहाँ कहाँ हुनुहुन्छ? जब हामीले कठिनाइहरू सामना गर्छौँ, जब हामीले सतावट भोग्छौँ—त्यसबेला उहाँ के गरिरहनुभएको हुन्छ? के उहाँले हामीलाई मुक्ति दिन सक्नुहुन्छ, कि सक्नुहुन्न? यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, उहाँले किन शैतानलाई नष्ट पार्नुहुन्न? उहाँले किन ठूलो रातो अजिङ्गरलाई नष्ट पार्नुहुन्न? उहाँले किन यो दुष्ट मानवजातिलाई दण्ड दिनुहुन्‍न र? उहाँमा विश्‍वास गर्ने र भयानक दुःख भोगेका हामीलाई उहाँले किन इन्साफ दिनुहुन्न र किन हाम्रो लागि निष्पक्षता कायम गर्नुहुन्न? उहाँ किन हाम्रो पक्षमा उभिनुहुन्न? हामी दियाबलस र शैतानलाई घृणा गर्छौँ, र हामी दुष्ट मानिसहरूलाई घृणा गर्छौँ—हामीले भोगेका अन्यायविरुद्ध परमेश्‍वरले किन बदला लिनुहुन्न?” ख्रीष्टविरोधीको हृदयबाट मेशिन गनजस्तै निरन्तर रूपमा, केही उपायले पनि रोक्न नसकिने गरी एकपछि अर्को “किन” बाहिर आउँछ। यदि तिनीहरूले यी कुराहरू नियन्त्रण गर्न सक्दैनन् भने, तिनीहरू किन परमेश्‍वरसामु आएर प्रार्थना र खोजी गर्दैनन्, वा किन उहाँका वचनहरू पढ्ने र सङ्गतिको लागि दाजुभाइ-दिदीबहिनीहरू खोज्ने गर्दैनन्? के त्यसपछि तिनीहरूले त्यस्ता समस्याहरू एकएक गर्दै समाधान गर्नेछैनन् र? के यी समस्याहरू समाधान गर्नु साँच्चिकै कठिन काम हो त? यदि तैँले परमेश्‍वर र सत्यताप्रति समर्पणताको मनोवृत्ति अपनाइस्, र सत्यता स्विकार्ने मनोवृत्ति बनाइस् भने, यी समस्याहरू समस्या नै रहनेछैनन्—ती सबै समाधान हुन सक्छन्। ख्रीष्टविरोधीहरूले किन त्यसो गर्न सक्दैनन्? किनभने तिनीहरू सत्यता स्विकार्दैनन्, र परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्ने, वा सत्यतालाई मान्य मान्‍ने गर्दैनन्। तिनीहरू परमेश्‍वरका सारा सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित हुन सक्दैनन्, झन् सबै कुरा उहाँबाट आएको भनी स्विकार्न सक्‍ने त कुरै नगरौँ। त्यही कारणले गर्दा ख्रीष्टविरोधीहरूको हृदय परमेश्‍वरको धार्मिकताबारे शङ्काहरूले भरिएको हुन्छ। जब तिनीहरूले जाँचहरू सामना गरिरहेका हुन्छन्, तिनीहरूको हृदयका शङ्काहरू प्रष्फुटन् हुन्छन्, र भित्री रूपमा तिनीहरूले परमेश्‍वरलाई प्रश्‍न गर्छन्: “यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, उहाँले हामीलाई किन यति धेरै दुःख भोग्न दिनुहुन्छ? यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, हामीमध्ये ख्रीष्टलाई पछ्याएर पूरै दुःख सहेकाहरूमाथि उहाँले किन कृपा देखाउनुहुन्न? यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, उहाँले किन हामीमध्ये आफूलाई उहाँप्रति अर्पित गर्ने र आफ्ना कर्तव्यहरू गर्नेहरूलाई सुरक्षा दिनुहुन्न, वा किन हाम्रा परिवारलाई सुरक्षा दिनुहुन्न? यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, इमानदारीसाथ उहाँमा विश्‍वास गर्ने कतिपय मानिसहरूलाई उहाँले किन जेलमा ठूलो रातो अजिङ्गरको हातबाट मर्न दिनुहुन्छ?” त्यसपछि तिनीहरूले परमेश्‍वरविरुद्ध तीव्र कोलाहल मच्‍चाउन थाल्छन्: “यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, उहाँले हामीलाई यति धेरै दुःख भोग्न दिनु हुँदैन; यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, उहाँले हामीलाई कुनै तर्कसङ्गत कारणविना ताडना दिन वा प्रकाश गर्न हुँदैन; यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, उहाँ हामीले गर्ने सारा दुष्ट कार्यहरूप्रति सहनशील हुनुपर्छ, र उहाँले हाम्रो सबै नकारात्मकता र कमजोरी क्षमा गर्नुपर्छ, साथै हाम्रा सारा अपराधहरूलाई छुट दिनुपर्छ। यदि तपाईं यी कामहरूसमेत गर्न सक्नुहुन्न भने, तपाईँ धर्मी परमेश्‍वर हुनुहुन्न!” यी सबै ख्रीष्टविरोधीहरूका मनमा हुने कुरा हुन्। तिनीहरू परमेश्‍वरबारे धारणाहरूले भरिएका हुन्छन्, र तिनलाई समाधान गर्न तिनीहरूले सत्यता बिलकुलै खोज्दैनन्। जब तिनीहरूलाई प्रकाश गरिने दिन आउँछ, ती धारणाहरू प्रस्फुटन हुन्छन् नै। ख्रीष्टविरोधीहरूको कुरूप मानसिकता र साँचो मुहार यस्तै हुन्छ।

ख्रीष्टविरोधीहरू सत्यतालाई मान्‍ने वा स्विकार्ने गर्दैनन्, परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने तथ्यलाई त झनै मान्दैनन्, त्यसैले तिनीहरूको लागि परमेश्‍वरको धर्मी स्वभाव एउटा ठूलो खुला प्रश्‍नको रूपमा रहेको हुन्छ। समय बित्दै जाँदा, घटनाहरू घट्दै जाँदा, र विभिन्न समस्याहरू उत्पन्न हुँदै जाँदा, तिनीहरूको प्रश्‍न चिह्न झन्झन् ठूलो बन्छ—र बिस्तारै, त्यो क्रस चिन्ह बन्छ। त्यो क्रस चिन्हले के जनाउँछ? त्यसको अर्थ तिनीहरूले परमेश्‍वर धर्मी हुनुहुन्छ भन्ने तथ्यलाई सिधै नकार्छन् भन्ने हुन्छ। जब त्यो क्रस चिन्ह कोरिएको हुन्छ—जब एउटा ख्रीष्टविरोधीले परमेश्‍वर धर्मी हुनुहुन्छ भन्ने कुरालाई सिधै नकार्छ—तब उसका सारा मनोकल्पना र चाहनाहरू चकनाचुर हुन्छन्। यसबारे सोच् त: यस्तो परिणाम निम्त्याउने सुरुवाती विन्दु के हो? (ख्रीष्टविरोधीहरू परमेश्‍वरमा विश्‍वास गरेपछि आफू आशिषित हुनुपर्छ, र आफूले उहाँको सुरक्षा प्राप्त गर्नुपर्छ भन्ने सोच्छन्। त्यसैले, जब परमेश्‍वरले तिनीहरूका धारणा र कल्पनाहरूसँग नमिल्ने काम गर्नुहुन्छ, तब तिनीहरूलाई उहाँ धर्मी हुनुहुन्न भन्ने महसुस हुन्छ, र तिनीहरूले त्यसलाई उहाँबाट आएको भनी स्विकार्न सक्दैनन्। साथै, परमेश्‍वरबारे धारणाहरू उत्पन्न भइसकेपछि, तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्दैनन् र सत्यता खोज्दैनन्, र त्यसैले तिनलाई तिनीहरूले तत्काल समाधान गर्न सक्दैनन्। अनि त्यसरी, तिनीहरूका धारणाहरू जम्मा हुन्छन् र थुप्रिन्छन्—र अन्त्यमा त्यही कुराले त्यस्तो परिणाम निम्त्याउँछ।) तिमीहरू सतही कुरा गरिरहेका छौ; तिमीहरू जडमा पुगिरहेका छैनौ। म किन यसो भन्दै छु? किनकि ख्रीष्टविरोधीहरूले यस्तो व्यवहार गर्न र यस्ता दृष्टिकोणहरू बोक्न सक्नु, साथै परमेश्‍वरलाई शङ्का गर्न र नकार्न सक्नुको मूलजडमा एउटा कुरा हुन्छ। यो अवश्‍य नै ख्रीष्टविरोधीको प्रकृति सारद्वारा निर्धारित हुन्छ। जड त्यही हो—अब हामी यो कुरालाई यहीँ छोड्छौँ। त्यसोभए, मूल कारण यो हो कि सुरुदेखि नै ख्रीष्टविरोधीहरूमा सत्यताप्रति प्रेम वा त्यसको स्वीकारोक्ति हुँदैन। तिनीहरू किन सत्यता स्विकार्दैनन् त? यसको पनि आफ्नै जड छ: तिनीहरू परमेश्‍वर नै सत्यता हुनुहुन्छ, उहाँका वचनहरू सत्यता हुन् भन्ने कुरा मान्दैनन्—तिनीहरू त्यो कुरा नमान्ने भएकाले त्यसलाई स्विकार्न पनि सक्दैनन्। अनि, तिनीहरू सत्यता नस्विकार्ने भएपछि, के तिनीहरूले कुनै समस्यालाई सत्यताको नजरले हेर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूले त्यसो गर्नै सक्दैनन्—त्यसोभए, त्यसका परिणामहरू के हुन्छन्? तिनीहरूले आफूलाई आइपर्ने कुराहरूलाई प्रस्टसित बुझ्‍न सक्दैनन्, चाहे त्यो जेसुकै नै किन नहोस्—चाहे ती तिनीहरूका वरिपरि घटित हुने ठूला-साना कुराहरू वा अरूका शब्दहरूसमेत नै किन नहून्। तिनीहरू मानिस वा घटनाहरूलाई प्रस्टसित बुझ्न सक्दैनन्—तिनीहरूले केही पनि प्रस्टसित बुझ्न सक्दैनन्। कतिपय कुराहरू बाहिरी रूपमा तिनीहरूले भनेजस्तै देखिन्छन्, तर सारमा भने ती त्यस्ता हुँदैनन्। यस्तो हुनको सम्बन्ध सत्यतासँग जोडिएको हुन्छ। यदि तैँले सत्यता बुझ्दैनस् वा स्विकार्दैनस् भने, के तैँले यी कुराहरूमा संलग्न सत्यता बुझ्न सक्छस् त? बुझ्दैनस्, त्यसैले तैँले यी कुरालाई मानव नजरले, मानव ज्ञानले, र मानव मस्तिष्कले विश्‍लेषण र अध्ययन गर्न मात्र सक्छस्। अनि, यस्तो अध्ययनले कस्ता नतिजाहरू उत्पन्न गर्नेछ? के ती सत्यतासँग मिल्‍ने हुनेछन्? के ती परमेश्‍वरका मागहरू र अभिप्रायहरूसँग मिल्‍ने हुनेछन्? अहँ, कहिल्यै हुनेछैनन्। यो त अय्यूबको कथाजस्तै हो, जुन परमेश्‍वरमा विश्‍वास गर्ने सबैलाई थाहा हुन्छ। सत्यतालाई मान्ने र स्विकार्ने साथै परमेश्‍वरमा विश्‍वास गर्न र उहाँप्रति समर्पित हुन सक्ने हरव्यक्तिले हृदयमा अय्यूबलाई सराहना र आदर गर्छ; तिनीहरू सबै अय्यूबजस्तै हुन चाहन्छन्। तिनीहरू अय्यूबका परीक्षाहरूको क्रममा परमेश्‍वरप्रति उसले दिएका प्रशंसाका अभिव्यक्तिहरू र उहाँबारे उसमा भएको ज्ञानप्रति पनि सराहना र आदर गर्छन्। अय्यूबले भोगेका विभिन्न सङ्कष्ट र वेदनाहरू परमेश्‍वरका काम हुन् भनेर मानिसहरूले हृदयमा बुझ्न सक्छन्। समग्रमा भन्‍नुपर्दा, व्यक्तिको रूपमा अय्यूब सत्यता पछ्याउने सबैको एक आकाङ्क्षाको रूपमा रहेको छ। तिनीहरू सबैजना उसको उदाहरण पछ्याउन र त्यस्तै व्यक्ति हुन चाहन्छन्। त्यसोभए, यस्तो सकारात्मक परिणाम कसरी हासिल हुन्छ? यसको जग के हो? यसको जग यो नै सत्यता हो, यो सबै परमेश्‍वरको काम हो भन्ने मर्मस्पर्शी विश्‍वास र मान्यता हो—यही जगमा व्यक्तिले अलिअलि गर्दै अय्यूबजस्तै व्यक्ति हुने, परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बन्ने चाह राख्छ। उसले यो सबै कुरामा विश्‍वास गर्छ र हृदयमा यसलाई मान्छ, र अन्त्यमा, उसले यसप्रति आकाङ्क्षा हासिल गर्छ, र यही आकाङ्क्षालाई उसले दैनिक रूपमा पछ्याइरहन्छ। यस्तो नतिजा हासिल गर्न चाहिने सबैभन्दा आधारभूत कुरा भनेको व्यक्तिले यो सबै कुरा मान्नु र हृदयबाट यसमा विश्‍वास गर्नु हो। त्यसोभए, के ख्रीष्टविरोधीहरूसँग यस्तो मान्यता र विश्‍वास हुन्छ? हुँदैन। ख्रीष्टविरोधीहरू अय्यूबले भोगेको त्यो सबै कुरालाई कसरी हेर्छन्? के तिनीहरू परमेश्‍वरले गर्नुभएको सबै कुराको महत्त्व छ भन्ने सोच्छन्? के तिनीहरूले त्यो सबै कुरा उहाँद्वारा शासित थियो भनेर देख्न सक्छन्? तिनीहरूले त्यो सब देख्न सक्दैनन्, न त परमेश्‍वरले गर्नुभएको सबै कुराको सार्थकता नै देख्‍न सक्छन्। तिनीहरूले यसमा के देख्छन्? अय्यूबको धेरै सम्पत्ति थियो, पहाडै ढाकिनेगरी भेडा र गोरुहरू थिए, साथै ऊसित उसका धर्तीका सबैभन्दा सुन्दर छोराछोरीहरू थिए। तिनीहरूले यो कुरा देख्छन्। अनि त्यसपछि, त्यतिका दुःखहरू भोगिसकेपछि, उसलाई परमेश्‍वरले फेरि एकपटक आशिष् दिनुभयो। तिनीहरूले त्यसमा के देख्छन्? तिनीहरूले भन्छन्, “उसले ती आशिष्‌हरूका बदलामा केही चिज दियो—उसले यो सब कमाएको हो। परमेश्‍वरले यी आशिषहरू प्रदान गर्नु जायजै हो।” यो मामलाबारेको तिनीहरूको समग्र बुझाइमा, के ख्रीष्टविरोधीहरूले सत्यता स्विकार्ने र परमेश्‍वरप्रति समर्पित हुने दृष्टिकोण राख्छन् त? (राख्दैनन्।) त्यसोभए, तिनीहरूले त्यसमाथि कस्तो दृष्टिकोण राख्छन् त? ख्रीष्टविरोधीहरूले सम्पूर्ण मामलालाई हेर्ने एउटै मात्र दृष्टिकोण छ, र त्यो हो एक अविश्‍वासीको दृष्टिकोण। एउटा अविश्‍वासीले नाफा हुन्छ हुँदैन, वा फाइदा प्राप्त हुन्छ हुँदैन, वा घाटाहरू बेहोर्नुपर्छ पर्दैन, अनि कसरी फाइदा लिने, र कसरी नलिने, के गर्दा घाटा लाग्छ र दुःख हुन्छ, साथै के गर्न लायक छैन, र के गर्न लायक छ भन्ने कुराहरू हेर्छ। अविश्‍वासीहरूको दृष्टिकोण यही हो। अविश्‍वासीहरूले सबथोक यही तरिकाले र यस्तै खाले सारले हेर्ने, सम्हाल्ने र गर्ने गर्छन्। परमेश्‍वरको धर्मी स्वभावप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यही हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्