विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन् (खण्ड पाँच)

इ. ख्रीष्टविरोधीहरू मानिसहरूलाई कसरी धम्काउँछन् भन्ने कुराको विश्लेषण

हामीले ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्नु र लोभ्याउनुका दुइटा प्रकटीकरणबारे सङ्गति गरिसकेका छौँ; अब, तिनीहरू मानिसहरूलाई कसरी धम्काउँछन् भन्नेबारे सङ्गति गरौँ। ख्रीष्टविरोधीहरूका यी प्रत्येक विधि पछिल्लोभन्दा अझ गम्भीर छन्। भ्रममा पार्नु र लोभ्याउनुसँग तुलना गर्दा, के यो धम्काउने विधि बढी परिष्कृत छ कि कम परिष्कृत छ? (कम जटिल छ।) यदि भ्रममा पार्नु र लोभ्याउनुले काम गरेन भने, तिनीहरू धम्कीको सहारा लिन्छन्। कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई कसरी धम्काउँछ? तिनीहरू किन यस्तो विधिको सहारा लिन्छन्? (तिनीहरूका उद्देश्य पूरा नभएकाले।) तिनीहरूका उद्देश्यहरू पूरा भएनन्। धम्काउनुको अर्को अर्थ छ—त्यो बताउन कुन वाक्यांश प्रयोग गर्न सकिन्छ? (तिनीहरूका साँचो रूप खुलासा गर्नु।) त्यो त्यति मिलेन; अर्को वाक्यांश भन्। (लज्जित भएर रिसाउनु।) झन्डै झन्डै मिलाइस्। अझ उपयुक्त वाक्यांश छ? (झोँकिनु र क्रोधित हुनु।) ठ्याक्कै मिलाइस्, झोँकिनु र क्रोधित हुनु। यो त “रिसको पारो चढ्नु” भन्ने स्थानीय भनाइजस्तै हो; त्यसको अर्थ हो, “मैले दयालु र कठोर दुवै शब्दहरू चलाएर हेरेको छु। धेरैजसो, मैले तिमीहरूलाई कहिल्यै अनुचित व्यवहार गरिनँ। किन तिमी मेरो कुरा सुन्दैनौ? तिमीले नसुन्ने भएकाले परिणाम भोग्नेछौ: म तिमीमा यो तरकिब अपनाउनेछु—धम्की!” तिनीहरू आफ्नो तरकिब बदल्छन्। शैतानका विभिन्न तरकिब छन्, ती सबै घृणास्पद हुन्छन्। धम्की प्रायः लोभ्याइसँग जोडिएको हुन्छ। यदि तिनीहरूले धम्की मात्र प्रयोग गरेमा, कतिपय मानिस डराउँदैनन् र तिनीहरूको कुरा सुन्दैनन्। त्यसपछि तिनीहरूसँग अरू कुनै विकल्प हुँदैन र तिनीहरूले कहिलेकाहीँ प्रलोभनको सहारा लिन सक्छन्। यदि यसले काम गरेन भने तिनीहरू त्यसो गर्ने कोसिस गर्छन्—तिनीहरू नरम र कठोर दुवै तरकिब प्रयोग गर्छन्। त्यसोभए, ख्रीष्टविरोधीहरू मानिसहरूलाई किन धम्काउँछन्? तिनीहरू कस्ता परिस्थितिहरूमा धम्कीको सहारा लिन्छन्? यदि दुई मानिस शान्तिपूर्वक सहअस्तित्वमा रहन्छन्, दुवै आ-आफ्नो मार्गमा हिँड्छन्, उनीहरूबीच स्वार्थको कुनै द्वन्द्व हुँदैन भने, के उनीहरूले धम्कीको सहारा लिनेछन्? (अहँ, लिनेछैनन्।) त्यसोभए कस्ता परिस्थितिहरूमा यस्तो व्यवहार र धम्की दिने अभ्यास उत्पन्न हुन थाल्नेछन्? अवश्य पनि उनीहरूका स्वार्थ वा ख्याति संलग्न हुँदा, र उनीहरूका उद्देश्यहरू पूरा नहुँदा। उनीहरूले यस्तो सोच्दै सबैभन्दा शक्तिशाली हतियार प्रयोग गर्छन्, “तिमीले मेरो कुरा नसुन्ने नै हो त? त्यसो हो भने म तिमीलाई नतिजा देखाउनेछु!” यी नतिजाहरू के-के हुन्? तँलाई जे कुराको डर लाग्छ त्यही हो। के तिमीहरू आफूले देखेका धम्कीका कुनै उदाहरणहरू सम्झन सक्छौ? (कतिपय ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरू आफूप्रति समर्पित नभइरहेको देख्दा उनीहरूलाई यसो भन्दै आलोचना र निन्दा गर्न थाल्छन्, “अगुवाहरूप्रति समर्पित हुन नसक्नु भनेको परमेश्‍वरप्रति समर्पित हुन नसक्नु हो,” र तिनीहरू यो मानिसहरूलाई धम्काउन प्रयोग गर्छन्।) (मलाई अर्को उदाहरण याद छ जहाँ यदि कसैले अगुवाको कुरा सुनेन भने, अगुवाले आफ्नो अख्तियार चलाएर उसलाई बर्खास्त गर्छ।) त्यसको बाबजुद, ऊ मानिसहरूले उसको कुरा नसुन्दा परिणामहरू निम्तिनेछ भनेर बुझून् भन्ने चाहन्छ। त्यसोभए, उसले मानिसहरूलाई उसको कुरा सुन्न लगाउनुको आधार के हो? ऊ प्रायः यसो भन्छ, “अगुवाइप्रतिको समर्पण नै परमेश्‍वरप्रतिको समर्पण हो, किनकी नेतृत्व परमेश्‍वरद्वारा निर्धारित हुन्छ। तँ समर्पित हुनैपर्छ। यदि तँ समर्पित हुँदैनस् वा अगुवाहरूको कुरा सुन्दैनस् भने, त्यो अहङ्कार, आत्मधार्मिकता, र परमेश्‍वरको प्रतिरोध गर्नु हो। परमेश्‍वरको प्रतिरोध गर्नुको परिणाम भनेको हटाइनु हो। हल्का मामिलाहरूमा, तँलाई आत्मचिन्तनका लागि अलग्याइन सक्छ; गम्भीर मामिलाहरूमा, तँलाई मण्डलीबाट निष्कासितसमेत गरिन सक्छ!” उसले यी सच्चा लाग्ने भ्रमहरू प्रयोग गरेर मानिसहरूलाई ऊप्रति समर्पित हुन बाध्य पार्छ। यसअलावा, अन्य केही ख्रीष्टविरोधीहरू मानिसहरूलाई कसरी धम्काउँछन्? उसले अरूलाई आफूप्रति समर्पित नहुनेहरूविरुद्ध उठ्न र तिनीहरूलाई अस्वीकार गर्न उक्साउँछ। त्यसबाहेक, उसले आफूले भनेको नमान्नेहरूलाई बर्खास्त गर्छ वा तिनीहरूको कर्तव्य हेरफेर गर्छ। कतिपय व्यक्ति आफूले कुनै कर्तव्य निभाउन पाउनेछैन भनेर वास्तवमा डराउँछन्। उनीहरूलाई आफ्ना कर्तव्यहरू निर्वाह गरेर आफूले मुक्तिको मौका पाउन सक्छु, र कर्तव्य निर्वाह गर्न सकिएन भने त्यो मौका गुम्न सक्छ भन्ने लाग्छ। ख्रीष्टविरोधीहरू हृदयमा सोच्छन्, “मलाई तिम्रो कमजोरी थाहा छ। यदि तिमीले मेरो कुरा सुनेनौ भने, म तिमीलाई कर्तव्य निर्वाह गर्ने अधिकारबाट वञ्चित गर्नेछु। म तिमीलाई आफ्नो कर्तव्य निर्वाह गर्न दिनेछैनँ!” तिनीहरूले मानिसहरूलाई आफ्नो कर्तव्य पूरा गर्न नदिनुको कारण भनेको यी मानिसहरू आफ्नो कर्तव्यमा मानकअनुरूप नभएर हो कि तिनीहरूले कर्तव्य पूरा गर्दा त्यसले परमेश्‍वरको घरका हितलाई हानि गर्ने भएर हो? (त्यसो होइन।) त्यसोभए किन तिनीहरू त्यसो गर्छन्? तिनीहरू असहमत हुनेहरूलाई बहिष्कार गर्न अनि यो विधि प्रयोग गरेर मानिसहरूलाई धम्काउन र कुरा सुन्न लगाउने गर्छन्। धम्कीका सम्बन्धमा भन्नुपर्दा, पक्कै पनि ख्रीष्टविरोधीहरू मानिसहरूसँग व्यवहार गर्न वा मामलाहरू सम्हाल्न सत्यता सिद्धान्तहरू पालना गर्दैनन्। बरु, तिनीहरू मानिसहरूलाई धम्की दिएर, बलजफ्ती गरेर र बाध्य पारेर तिनीहरूप्रति आज्ञाकारी भई समर्पित हुन र तिनीहरूको कुरा सुन्न लगाउँछन्, अनि तिनीहरूलाई कुनै समस्या नदिने वा तिनीहरूका मामला नबिगार्ने तुल्याउँछन्।

कुनै ख्रीष्टविरोधीले मानिसहरूले उसको आज्ञापालन नगर्ने वा उसलाई गम्भीरतापूर्वक नलिने र बेवास्ता गर्ने भएकाले मात्र धम्की दिने गर्दैन—त्यो त धम्की दिनुको एउटा पक्ष मात्र हो। अर्को कारण छ, त्यो हो, जब अरूले ख्रीष्टविरोधीका समस्याहरू पत्ता लगाउँछन् र माथिलाई उसको खुलासा वा रिपोर्ट गर्न चाहन्छन्, तब ऊ त्यसबारे माथिले थाहा पाउनुहोला वा अझ धेरै मानिसहरूले थाहा पाउलान् भनेर डराउँछ, त्यसैले ऊ यी कुरा ढाकछोप गर्न र दबाउन आफूले सक्ने सबथोक गर्छ, र ती कुराहरू कहिल्यै खुलासा हुन दिँदैन। अझ धेरै मानिसहरूले थाहा पाएमा के हुनेथ्यो? उनीहरूले ख्रीष्टविरोधीलाई अस्वीकार गर्नेथिए र सराप्नेथिए, त्यसउप्रान्त उसलाई कसैले पनि आराधना गर्नेथिएन, र उसले आफ्नो पद र अख्तियार गुमाउनेथ्यो। त्यसकारण, ख्रीष्टविरोधीले मानिसहरूलाई धम्काउने यो विधि प्रयोग गर्नुको उद्देश्य आफ्नो पद र अख्तियार जोगाउनु पनि हो। उसलाई यदि आफूले यसो गरेन भने, दाजुभाइ-दिदीबहिनीहरूले उसलाई खुट्ट्याउन थाल्नेछन्, र आफूलाई अर्को चुनावमा छान्नेछैनन्, आफू एक सामान्य विश्वासीमा झर्नेछ भन्ने लाग्छ। उसका लागि सामान्य विश्वासी हुनुको अर्थ के हो? त्यसको अर्थ ऊसँग अख्तियार हुँदैन, उसलाई कसैले पछ्याउँदैन वा उसको कोही अनुयायी हुँदैन, अनि उसको पद र अख्तियार खोसिएको हुन्छ, र उसका महत्त्वाकाङ्क्षा र चाहनाहरू अधुरै रहन्छन्। ऊ सामान्य विश्वासी वा अनुयायी हुन चाहँदैन, त्यसैले उसले मानिसहरूलाई धम्काउने यो विधि प्रयोग गरेर उसको कुरा सुन्न र उसले भनेको मान्न लगाउन धम्काउँछ र बाध्य पार्छ, यसरी उसलाई आफ्नो अख्तियार र पदमा अडिरहन, मानिसहरूलाई नियन्त्रण गरिरहन र निश्चित मानिसहरूको साथ पाइरहन मद्दत मिल्छ। ख्रीष्टविरोधीले गर्ने सबथोक उसकै पदसम्बन्धी हुन्छ। जब कुनै कुरामा उसको पद समावेश हुन्छ, तब उसले निश्चित उपाय र विधिहरू प्रयोग गरेर त्यसको जोरदार रक्षा र सुरक्षा गर्नेछ; माथिले तिनीहरूमध्ये केहीलाई निश्चित मामलाहरूबारे सोध्दासमेत, उसले निर्लज्जपूर्वक सिधै झूट बोल्न सक्छ। उदाहरणका लागि, यो महिना सुसमाचार प्रचार गरेर मण्डलीले कति मानिस प्राप्त गरे भन्नेबारे माथिले प्रश्न गर्दा, एक जना पनि प्राप्त नभएको ख्रीष्टविरोधीलाई थाहा भए पनि, उसले ढाँटेर पाँच जना प्राप्त भएको छ भन्न सक्छ। जब सत्यता जान्ने दाजुभाइ-दिदीबहिनीहरू ख्रीष्टविरोधीसित आमनेसामने हुन्छन् र “ती पाँच जनाले त अनुसन्धान मात्र गरिरहेका थिए। तिमीले किन हामीले पाँच जना मानिस प्राप्त गऱ्यौँ भनेर भनेको? तिमीले माथिलाई साँचो कुरा बताउनुपर्छ” भन्छन्, तब ख्रीष्टविरोधीले के भन्छ? “हामीले किन पाँच जना प्राप्त गरेको हुन सक्दैन र? मैले पाँच जना भनेँ, त्यसैले त्यो पाँच जना नै हो। तिम्रो रायले अर्थ राख्दैन। यदि हामीले एउटा व्यक्ति पनि प्राप्त गरेनौँ भनेर भन्यौँ भने, मैले माथिलाई त्यो कसरी बुझाउने? यदि तिमी त्यो रिपोर्ट गर्न चाहन्छौ भने, गर, तर यदि तिमीले सत्यता बतायौ भने, माथिले तिमीलाई काटछाँट गर्न सक्नुहुन्छ। उहाँले सत्यता प्रचार गर्नमा संलग्न तिमीहरू सबैलाई बरखास्त गर्न, वा सुसमाचार समूह विघटन गर्नसमेत सक्नुहुन्छ। त्यसपछि तिमीले आफ्ना कर्तव्य निर्वाह गर्न सक्नेछैनौ, अनि त्यसको दोषी म हुनेछैनँ।” यो कुरा सुनेर, तिनीहरू अक्क न बक्क हुन्छन् र त्यसको रिपोर्ट गर्ने आँट गर्दैनन्। के यो धम्की होइन र? (हो।) यो खुला धम्की हो, त्यसैले यो खुलेआम दिइएको हुन्छ। कतिपय मानिस यो कुरा सुनेर यस्तो सोच्छन्, “इमानदार व्यक्ति हुनुका परिणामहरू छन्। यदि मैले इमानदारीपूर्वक भन्‍ने हो भने, आफ्नो कर्तव्य निभाउन सक्नेछैनँ, त्यसैले म त्यो रिपोर्ट गर्नेछैनँ। हामीले पाँच जना मानिस भनेर नै रिपोर्ट गर्नुपर्छ।” कतिपय मानिसलाई हृदयमा असहज महसुस हुन्छ र भन्छन्, “यदि हामीले कोही पनि प्राप्त गरेनौँ भने प्राप्त नगरेकै हो। माथिले हामीलाई जसरी सम्हाल्ने निर्णय गर्नुभए पनि हामी त्यसप्रति समर्पित हुनुपर्छ।” यो सुनेपछि ख्रीष्टविरोधीको दृष्टिकोण कस्तो हुन्छ? “समर्पण? त्यो परिस्थितिमा भर पर्छ। के अहिले हामीले सुसमाचार प्रचार गर्दा सामना गर्ने कठिनाइहरूबारे माथिलाई थाहा छ? के उहाँलाई यसको मतलब हुन्छ?” माथिले सुसमाचार प्रचारको अवस्थाबारे सोधपुछ गर्दा, तिनीहरू त्यसमा संलग्न चुनौतीहरूबारे अनजान थिएनन्। उहाँलाई हरमहिना कम्तीमा कति मानिस प्राप्त गर्न सकिन्छ भनेर थाहा थियो, र उहाँले यदि सुसमाचार समूहले महिनामा कोही पनि प्राप्त गरेन भने समूह विघटन गरिनेछ भनेर कहिल्यै भन्नुभएको छैन। त्यसोभए ख्रीष्टविरोधीको यो भनाइ कहाँबाट आएको हो? (उसले आफै बनाएको हो।) उसले आफ्ना झूटहरू ढाकछोप गर्न, यी मानिसहरूलाई नियन्त्रण गर्न, माथि वा दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना झूटहरू छर्लङ्गै देख्न नदिन, र आफू बर्खास्त नहोऊँ भनी आफ्नो पद जोगाउन यो मनगढन्ते कुरा बनाएको हो—यसका लागि उसले यस्ता दुष्ट शब्दहरू रच्ने आँट गऱ्यो। समझदार व्यक्तिहरूले उसको खुलासा गर्न सक्छन्, तर समझशक्ति नभएकाहरू भ्रममा पर्छन्, र सोच्छन्, “वास्तवमा, यो कर्तव्य निभाउनु सजिलो छैन। हामी माथिसँग इमानदार हुन मिल्दैन। यदि तिमीले पाँच जना प्राप्त गऱ्यौ भनेर भन्यौ भने, पाँच जना नै हो। हामीले यो महिना पाँच जना प्राप्त नगरे पनि, अर्को महिना प्राप्त गर्ने लक्ष्य राख्नेछौँ। आखिर, हामीले अर्को महिना पाँच जना प्राप्त गऱ्यौँ भने, त्यो झूट हुनेछैन।” ख्रीष्टविरोधी छलकपटमा लाग्छ, र खुट्ट्याउने क्षमता नहुनेहरू ऊसँगै त्यसमा लाग्छन्; तिनीहरू छलीहरूका समूह हुन्। कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई धम्काउनुको लक्ष्य के हो? त्यसको लक्ष्य उनीहरूलाई उसले भनेको पालन गर्न र उसको कुरा सुन्न लगाउनु हो। उसले ढाँट्छ र दुष्टता गर्छ, मण्डलीलाई नियन्त्रण गर्छ, मानिसहरूलाई भ्रममा पार्छ, सिद्धान्त वा कामका बन्दोबस्तहरू पालना नगरी काम गर्छ, अनि उसले जति नै लापरवाहीपूर्वक व्यवहार गरे पनि, दाजुभाइ-दिदीबहिनीहरूलाई माथिकहाँ उसको खुलासा वा रिपोर्ट गर्न दिँदैन। उसले आफ्ना बारेमा कसैले माथिलाई रिपोर्ट गर्ने योजना बनाइरहेको छ भन्ने थाहा पाएपछि नै धम्कीको सहारा लिन्छ। उसले त्यो व्यक्तिलाई कसरी धम्काउँछ? उसले भन्छ, “हामी तल बसेर काम गरिरहेका छौँ, र काम गाह्रो छ। हामी ठूलो रातो अजिङ्गरले गिरफ्तार गर्ने जोखिमसमेत मोल्छौँ। माथिले सधैँ हाम्रो अभ्यासमा कामका बन्दोबस्तहरू पालना हुनुपर्छ भनेर माग गर्नुहुन्छ। हामी सुसमाचार प्रचार गर्नमा एकदमै दुःख सहन्छौँ र ठूलो जोखिम मोल्छौँ। नतिजाहरू राम्रा नहुँदा पनि तिमी त्यो माथिलाई रिपोर्ट गर्न चाहन्छौ; तिमीले आफ्नो रिपोर्ट गरेपछि उहाँले तिमीलाई काटछाँट गर्नुहुनेछ। उहाँले तिमीहरूलाई काटछाँट गरेपछि, मलाई त अगुवाका रूपमा बर्खास्त हुन्छु कि भन्ने कुराको डर लाग्दैन, मलाई त तिमीहरूले कुनै कर्तव्य निभाउन नपाउलाऊ भन्ने डर लाग्छ। यदि तिमीहरूले अबदेखि कर्तव्य पूरा गर्ने कुनै मौका पाएनौ भने, मलाई दोष नदिनू!” यो अत्यन्तै उचित लाग्छ! ऊ यसो पनि भन्छ, “वास्तवमा कसले त्यो रिपोर्ट गर्न चाहन्छ? यदि तिमीहरू त्यसको रिपोर्ट गर्न चाहन्छौ भने, म तिमीहरूलाई रोक्नेछैनँ; आखिर यी कुराहरूबारे सबैलाई थाहा छ। यदि तिमीहरूले त्यो कुरा माथिलाई रिपोर्ट गरेनौ भने, उहाँले हामीलाई दोष दिनुहुनेछैन। यदि तिमीहरूले रिपोर्ट गऱ्यौ भने, हामीलाई काटछाँट गरिनेछ। तिमीहरू आफै निर्णय गर्न सक्छौ; यदि तिमीहरू त्यो कुरा माथिलाई रिपोर्ट गर्न चाहन्छौ भने, गर। अब, जसले त्यो रिपोर्ट गर्न चाहन्छ, हात उठाऊ।” सबैले उसको यो आवाज सुनेपछि सोच्न थाल्छन्, “वास्तवमा मलाई यो रिपोर्ट गर्न दिइन्छ कि दिइँदैन?” यसरी सोचेपछि, केही मानिसले हात उठाउँछन्। ख्रीष्टविरोधीले यो देखेपछि सोच्छ, “तिमी अझै पनि रिपोर्ट गर्न चाहन्छौ? के तिमीले समस्या खोजिरहेको होइन र? ठिकै छ, म तिमीलाई बिर्सनेछैनँ।” पछि, उसले यस व्यक्तिलाई सास्ती दिने अवसरहरू सोच्न थाल्छ। उसले एउटा बहाना भेट्टाउँछ, र भन्छ, “हाल तिमीले कर्तव्य निर्वाह गर्ने क्रममा कुनै नतिजा हासिल गरेका छैनौ। आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा तीन महिनासम्म कुनै पनि नतिजा ननिकाल्ने व्यक्तिको कर्तव्य निर्वाह गर्ने अधिकार रद्द हुनेछ। यदि उसको कार्यप्रस्तुतिमा सुधार आएन भने, उसलाई अलग्याइनेछ। यदि उसले अझै पनि पश्चात्ताप गरेन भने, उसलाई निकाला वा निष्कासन गरिनेछ!” के त्यो मूर्ख, त्यो कायरले अझै पनि रिपोर्ट गर्ने आँट गर्छ? यो कुरा सुनेपछि, उसले सोच्छ, “मैले आफ्नै निम्ति यसको रिपोर्ट गरिरहेको छैनँ। यसको रिपोर्ट गरेर के अर्थ? यदि मैले त्यसको रिपोर्ट गरेपछि अगुवाले मलाई आक्रमण र प्रतिकार गर्‍यो, अनि मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई इन्कार गरे भने के गर्ने? त्यसपछि मण्डलीभित्र म एक्लिनेछु। मैले अगुवाको कुरा सुन्नु नै बढी महत्त्वपूर्ण छ; मलाई परमेश्‍वर कहाँ हुनुहुन्छ भनेर समेत थाहा छैन, के उहाँ मेरो जीवन र मृत्युबारे वास्ता गर्न सक्नुहुन्छ?” त्यसैले, उसले रिपोर्ट नै गर्दैन। के ऊ ख्रीष्टविरोधीद्वारा त्रसित भएको होइन र? (भएको हो।) त्यस व्यक्तिले विश्वास गर्छ, “परमेश्‍वरविरुद्ध पाप गर्नु कुनै ठूलो कुरा होइन। परमेश्‍वर प्रेमिलो, कृपालु, सहनशील, र धैर्यवान् हुनुहुन्छ; उहाँ सजिलै रिसाउने वा मानिसहरूलाई श्रापित र दण्डित गर्ने गर्नुहुन्न। तर यदि मैले अगुवालाई चिढ्याएँ भने, मैले कष्ट भोग्नुपर्नेछ। समस्याहरूको रिपोर्ट गरेर मलाई केही फाइदा हुनेछैन; मलाई सबैले अस्वीकार गर्नेछन्। मैले यस्तो मूर्ख काम गर्न मिल्दैन।” के यो डरछेरुवा हुनु होइन र? (हो।) यस्तो डरछेरुवा व्यक्तिलाई कस्तो व्यवहार गर्नुपर्छ? के ऊ दया गर्नलायक छ? यस्तो डरछेरुवा व्यक्तिलाई शैतानकहाँ, ख्रीष्टविरोधीकहाँ सुम्पनुपर्छ, ताकि ख्रीष्टविरोधीले उसलाई सास्ती दिन सकोस्—ऊ त्यसको लायक छ। उसमा सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रति समर्पित हुन आस्था, सङ्कल्प, र शक्ति हुँदैन, तर ख्रीष्टविरोधीप्रति समर्पित हुने कुरामा, उसले विशेष शक्ति पाउँछ, ऊ आफूलाई जे गर् भन्यो त्यही गर्न इच्छुक हुन्छ र उत्साहले भरिन्छ। जब ख्रीष्टविरोधीले उसलाई धम्काउँछ र तर्साउँछ, तब ऊ समस्याहरूको रिपोर्ट गर्ने आँट नै गर्दैन। के यो कायर व्यक्ति होइन र? यसलाई बोलीचालीको भाषामा के भनिन्छ? ख्रीष्टविरोधीको सामना गर्दा सजिलै झुक्नु र लुत्रुक्क पर्नु। मण्डलीमा धेरै मानिस ख्रीष्टविरोधीहरूका धम्कीका कारण झुकेका छन्! यी व्यक्तिहरू “परमेश्‍वर सबैमाथि सार्वभौम हुनुहुन्छ” भन्ने वाक्यांशलाई कसरी लिने भन्ने जान्दैनन्। जब ख्रीष्टविरोधीले उनीहरूलाई धम्काउँछ, अस्वीकार गर्छ, वा अलग्याउँछ, तब उनीहरूलाई आफूलाई कसैको साथ छैन भन्ने लाग्छ, उनीहरू सबथोकमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्नेमा वा परमेश्‍वरको धार्मिकतामा विश्वास गर्दैनन्, अनि उनीहरू मानिसहरूको जीवन परमेश्‍वरको हातमा हुन्छ भनेर विश्वास गर्दैनन्। ख्रीष्टविरोधीको एक-दुइटा तर्साउने वा धम्काउने शब्दले, उनीहरू थरथर हुन्छन्, लुत्रुक्क पर्छन्, र त्यो रिपोर्ट गर्ने आँट नै गर्दैनन्।

कुनै ख्रीष्टविरोधीले आफ्नो कामबारे माथिलाई रिपोर्ट गर्दा, निर्लज्जपूर्वक उहाँलाई ढाँट्छ र झुक्याउँछ। सत्यता जान्ने कतिपयले त्यो कुरा सहन सक्दैनन् र त्यो परिस्थितिबारे माथिलाई रिपोर्ट गर्न चाहन्छन्। ख्रीष्टविरोधीले मानिसहरूमा कडा नियन्त्रण राख्छ र उनीहरूलाई नजिकबाट हेर्छ। उसले माथिलाई कुनै समस्या रिपोर्ट गर्न झुकाव राख्न सक्ने जोकोहीलाई तत्कालै पत्ता लगाउन सक्छ। उसको कुनै काम नहुँदा, उसले मानिसहरू, उनीहरूका शब्द र अनुहारका भावहरू नियाल्नमा ध्यान दिन्छ, र उसका बारेमा रायहरू राख्ने, अबफादार, उसको आज्ञापालन नगर्ने, उसको पदलाई धरापमा पार्ने, ऊप्रति उदासीन, उसलाई गम्भीरतापूर्वक नलिने, उसलाई सम्मानित ठाउँ नदिने, र खाना खाने बेला उसलाई पहिला खान नदिनेहरूको खोजी गर्छ। यसले यी मानिसहरूलाई समस्यामा पार्छ। त्यस ख्रीष्टविरोधीले यस्ता व्यक्तिहरूलाई के गर्छ? कतिपय अन्तर्घाती ख्रीष्टविरोधीहरू आफ्नो साँचो रूप तुरुन्तै प्रकट गर्दैनन्। तिनीहरू तँलाई तह लगाउने अवसरको प्रतीक्षा गर्छन्। यदि त्यसले काम गरेन भने, तिनीहरू कठोर धम्कीहरूको सहारा लिएर तँलाई आफ्नो जीवन तिनीहरूको मुठीमा छ भन्ने महसुस गराउँछन्। तैँले विश्वासीका रूपमा मुक्ति पाउन सक्नु नसक्नु, तँ अन्त्यसम्म पुग्न सक्नु नसक्नु, तँ मण्डलीमा रहन सक्नु नसक्नु—यो सबै तिनीहरूको पकडमा हुन्छ र तिनीहरूले एक शब्द बोले पुग्छ। अन्तिम निर्णय तिनीहरूकै हुन्छ। यदि तैँले भनेको मानिनस्, तिनीहरूको नियन्त्रण स्विकारिनस्, तिनीहरूलाई गम्भीरतापूर्वक लिइनस्, र तिनीहरूका समस्याहरू रिपोर्ट गर्ने प्रयास गरिरहिस् भने, तैँले दुःख पाउनेछस्। तिनीहरूले तँलाई कसरी सास्ती दिने भनेर योजना बनाउन थाल्नेछन्। ख्रीष्टविरोधीले तिनीहरूका समस्याहरू माथिलाई रिपोर्ट गर्ने दाजुभाइ-दिदीबहिनीहरूको व्यवहारलाई कसरी हेर्छन्? (पोल खोलेका रूपमा हेर्छन्।) ठ्याक्कै भनिस्, उसले त्यसलाई कुनै परिस्थितिको रिपोर्ट गरेको ठान्दैन; ऊ त्यसलाई पोल खोलेको ठान्छ। पोल खोल्नुको अर्थ के हो? यसको अर्थ तिनीहरूले गर्ने सत्यताविरोधी सारा कामकुरा र तिनीहरूका सारा दुष्ट कार्यहरू माथिलाई रिपोर्ट गर्नु, वा तिनीहरूबारे अरूलाई थाहा नभएका कुराहरू माथिलाई विवरण दिनु हो। ऊ यसलाई पोल खोल्नु ठान्छ। कसैले पोल खोलेको उसले थाहा पाएपछि, त्यो व्यक्तिलाई सास्ती दिनैपर्ने हुन्छ। कतिपय अन्योल र डरछेरुवा मानिसहरू ख्रीष्टविरोधीका धम्की, तिनीहरूको दमनकारी र दुष्ट तरिकाद्वारा त्रसित हुन्छन्। ख्रीष्टविरोधीले माथिसँग कसको सम्पर्क छ भनी सोध्दा, उनीहरू आफूलाई सोध्नुअघि नै, तुरुन्तै “म त होइन” भनेर प्रस्ट पार्छन्। ख्रीष्टविरोधीले सोध्छ, “त्यसोभए माथिलाई त्यस मामलाबारे कसरी थाहा भयो?” उनीहरू यसबारे सोच्छन् र भन्छन्, “मलाई पनि थाहा छैन।” ख्रीष्टविरोधीले उनीहरूलाई यति सास्ती दिन्छ कि उनीहरू निरन्तर डरमा जिइरहेका हुन्छन्, सधैँ चिन्तित हुन्छन्, ख्रीष्टविरोधीले आफूलाई मण्डलीबाट निष्कासित गर्ला भनेर डराउँछन्। उनीहरू यति चिन्तित र त्रसित हुन्छन् कि उनीहरूलाई दिन कटाउनसमेत गाह्रो हुन्छ। यदि ख्रीष्टविरोधीले यसरी नधम्काएको भए, के उनीहरू यति त्रसित हुनेथिए र? अहँ, हुनेथिएनन्। यसअलावा, के उनीहरू परमेश्‍वरमा साँचो विश्वास गर्छन्? अहँ, गर्दैनन्। उनीहरू डरछेरुवा र अलमल्ल हुन्छन्। ख्रीष्टविरोधी भेट्दा, उनीहरू डरले लुत्रुक्क हुन्छन्। उनीहरू परमेश्‍वरमा साँचो विश्वास गर्दैनन्, तर ख्रीष्टविरोधीसामु स्वेच्छाले झुक्छन्, उसको आज्ञा मान्न तयार हुन्छन्। उनीहरू स्वभावले शैतानका नोकरहरू हुन्।

ख्रीष्टविरोधीहरूले मानिसहरूलाई धम्काउन प्रयोग गर्ने अन्य केही अभ्यासहरू के-के हुन्? कतिपय ख्रीष्टविरोधीहरू केही सही र आकर्षक धर्मसिद्धान्तहरू बोलेर तँलाई रोक्न र बन्धनमा पार्न सिपालु हुन्छन्। तिनीहरू यसो भन्छन्, “के तिमी सत्यतालाई प्रेम गर्दैनौ? यदि तिमी सत्यतालाई प्रेम गर्छौ भने, तिमीले मेरो कुरा सुन्नैपर्छ किनकि म अगुवा हुँ। मैले भन्ने सबथोक सत्यतासित मेल खान्छ। मैले भनेको जुनसुकै कुरा पनि तिमीले पालन गर्नुपर्छ; मैले पूर्व जाऊ भन्दा, तिमी पश्चिम जानै हुँदैन। जब म केही भन्छु, तिमीले यताउती सोचिरहनै पर्दैन; तिमीले कुनै रायहरू राख्ने वा अन्धाधुन्ध हस्तक्षेप गर्ने पटक्कै गर्नु हुँदैन। म जे भन्छु त्यो नै सत्यता हो।” यदि तैँले तिनीहरूको कुरा सुनिनस् भने, तिनीहरूले तँलाई घृणा वा निन्दा गर्न सक्छन्। कस्तो निन्दा? तिनीहरूले भन्नेछन्, “तिमी वास्तवमा सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनौ; यदि तिमीले साँच्चै सत्यतालाई प्रेम गरेको भए, अगुवाको नाताले, मेरा शब्दहरू सही हुन्—किन तिमी ती सुन्दैनौ?” ख्रीष्टविरोधीहरू सही देखिने सिद्धान्त र धर्मसिद्धान्तहरू प्रयोग गरेर तँलाई नियन्त्रण गर्छन् र रोक्छन्। यसअलावा, कतिपय ख्रीष्टविरोधीहरूले मानिसहरूलाई तिनीहरूका व्यक्तिगत मामला यसो भन्दै देखभाल गर्न लगाउँछन्, “अब त म अगुवा हुँ, र केही व्यक्तिगत मामलाका लागि मसँग समय छैन। त्यसबाहेक, म एक अगुवा हुँ, र मेरा मामलाहरू परमेश्‍वरको घरका मामला हुन्। परमेश्‍वरको घरका मामलाहरू पनि मेरा मामला हुन्। अब हामीले तिनमा प्रस्ट भिन्नता छुटाउन मिल्दैन। त्यसकारण, तिमीहरूले मेरो घरका केही मामलाहरू सम्हाल्नुपर्छ, जस्तै छोराछोरीको हेरचाह गर्ने, खेतीपाती गर्ने, सागसब्जी बेच्ने, वा घर बनाउने कामकुरा, अनि घरमा पर्याप्त पैसा नहुनेजस्ता कुराहरू। यी कुराहरू मेरो कर्तव्य हुने गर्थे, तर अब म अगुवा हुँ, ती तिमीहरूका कर्तव्य बनेका छन्—तिमीहरूले उक्त जिम्मेवारी बाँड्नुपर्छ। नत्र, मलाई मेरो घरका मामलाहरूबारे निरन्तर चिन्ता हुनेछ, यी मामलाहरूले गर्दा मेरो ध्यान भङ्ग हुनेछ, त्यसपछि के म अझै प्रभावकारी अगुवा हुन सक्छु र?” तिनीहरू जति धेरै बोल्छन् उति नै धेरै निर्लज्ज बन्छन्। कतिपय मानिसहरू यो सुनेर सोच्छन्, “हामीले तपाईंको हृदयप्रति विचारशील हुन जानेनौँ—हामी साँच्चै हृदयविहीन थियौँ! तपाईंले केही पनि भनिरहनुपर्दैन; अबदेखि, हामी तपाईंका सम्पूर्ण घरायसी कामको हेरचाह गर्नेछौँ।” यी ख्रीष्टविरोधीहरू आफ्ना घरका मामला र आफ्नो दैनिक जीवनका मामलालाई कस्तो मिठो नाम दिन्छन्? तिनीहरू तिनलाई “मानिसहरूको कर्तव्य” भन्छन्, अर्थात्, ख्रीष्टविरोधीहरू मानिसहरूले तिनीहरूको परिवारका लागि काम गर्नु, तिनीहरूको घरका साना र ठूलाहरूको सेवा गर्नु, र तिनीहरूका व्यक्तिगत मामलाहरू सम्हाल्नुलाई परमेश्‍वरको घरका मामलाहरूमा परिणत गर्छन्। अब ती परमेश्‍वरको घरका मामला भएकाले, हरेक व्यक्तिले उचित मद्दत गर्नुपर्छ, अनि यदि अगुवाले तँलाई केही गराउन चाहन्छ भने त्यो तेरो कर्तव्य बन्छ। के यो सही लाग्दैन र? समझशक्ति नभएका मानिसहरूलाई यो सही लाग्न सक्छ। उनीहरूलाई अगुवा आफ्नो घरका मामलाहरू सम्हाल्न नसक्ने गरी व्यस्त भएकाले, अनि उनीहरूको क्षमता कमजोर भएको र उनीहरूले कुनै पनि कर्तव्य पूरा गर्न नसक्ने हुनाले, आफूले अगुवालाई केही घरायसी काम सम्हाल्न मात्र मद्दत गर्न सकिन्छ भन्ने लाग्छ। त्यसैले, उनीहरू व्यस्त नहुँदा अगुवाको घरमा काम गर्छन्, विभिन्न काममा सघाउँछन्। के यसलाई आफ्नो कर्तव्य पूरा गरेको मान्न सकिन्छ? यसलाई उत्साहपूर्वक मानिसहरूलाई सघाएको मात्र ठान्न सकिन्छ। आफूलाई परमेश्‍वरप्रति साँच्चिकै समर्पित गर्ने, परमेश्‍वरको इच्छा पछ्याउने मानिसहरूको परिवारलाई कठिनाइहरू आइपर्दा, मण्डलीले मद्दत गर्न र उनीहरूका घरायसी मामला हेरचाह गर्न मानिसहरू खटाउँछ। यस्ता अवस्थामा, यसलाई केही हदसम्म कर्तव्य निर्वाह मान्न सकिन्छ। अब कुरा बुझ्यौ त? ख्रीष्टविरोधीले मण्डलीमा मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न व्यस्त भएर, आफ्ना घरायसी कामकुरा दाजुभाइ-दिदीबहिनीहरूलाई गर्न लगाउँछ, यो पनि उनीहरूले आफ्नो कर्तव्य पूरा गरेको हो भनी दाबी गर्छ। कतिपय दाजुभाइ-दिदीबहिनीहरू सत्यता नबुझेका कारण, भ्रममा पर्छन् र स्वेच्छाले यी कामहरू स्विकार्छन्, त्यसो गरेर खुसी हुन्छन्। अन्त्यमा, उनीहरू आफू त्यो अगुवाप्रति ऋणी भएको समेत महसुस गर्छन्, र सोच्छन्, “अगुवाले हाम्रा लागि चिन्ताले हृदय चूर पार्नुभएको र बोलिरहँदा ओठ खियाइसक्नुभएको छ। हामी साह्रै अयोग्य छौँ। हामीले अति धेरै काम गरेका छौँ, तैपनि हामी कसरी अझै पनि कुनै सत्यता बुझ्दैनौँ?” यदि तँ दिनभरी अगुवाका निम्ति काम गर्न व्यस्त हुन्छस् र भेलाहरूमा सहभागी हुन वा प्रवचनहरू सुन्न बेवास्ता गर्छस् भने, के तैँले सत्यता बुझ्न सक्छस्? एकदमै असम्भव छ। यो त मरुन्जेल आफूलाई कृपापात्र बनाउनु हो! यो त ख्रीष्टविरोधीको पछि लागेर धूर्त मार्गमा लाग्नु हो। ख्रीष्टविरोधीले प्रायः सही देखिने भनाइहरू प्रयोग गर्छ, तिनलाई सही बोलीका रूपमा प्रस्तुत गरेर मानिसहरूलाई यी शब्दहरू वास्तवमा सत्यता हुन्, उनीहरूले पछ्याउनुपर्ने र अभ्यास गर्नुपर्ने कुरा हुन्, र उनीहरूले यी शब्दहरू स्विकार्नुपर्छ भन्ने गलत विश्वास गराउँछ। त्यसरी अगुवाले गरिरहेको काम सही हो कि गलत, वा उनीहरूले पछ्याइरहेको कुरा सही हो कि गलत भनेर मानिसहरूले खुट्ट्याउन आवश्यक हुँदैन। कुरा यही होइन र? यसलाई भ्रममा पार्नु भनिन्छ, र यो मानिसहरूलाई धम्काउनु पनि हो। ख्रीष्टविरोधीले सही लाग्ने यी सिद्धान्त र भनाइहरू प्रयोग गरेर यी मानिसहरूलाई नियन्त्रण गर्छ। उसले उनीहरूलाई कुन हदसम्म नियन्त्रण गर्छ? यी मानिसहरू उसका निम्ति स्वेच्छाले लागिपर्छन्, मरिमेटेर काम गर्छन्, र उसका सारा व्यक्तिगत मामलाहरू सम्हाल्छन्। बरु उनीहरू भेलाहरू छुटाउँछन्, आफ्ना कर्तव्यलाई बेवास्ता गर्छन्, आफ्ना कामहरू छोड्छन्, र आत्मिक भक्ति, भेला, र परमेश्‍वरका वचनहरू खान र पिउनमा खर्चनुपर्ने आफ्नो समय पूर्णकालीन रूपमा ख्रीष्टविरोधीका निम्ति सेवा प्रदान गर्न र मरिमेटेर काम गर्नमा लगाउँछन्। किन उनीहरू यसरी मरिमेटेर काम गर्न सक्छन्? यसको एउटा कारण छ। कस्तो कारण? किनकि ख्रीष्टविरोधी उनीहरूलाई जानाजानी यसो भन्छ, “यदि तिमीले यी मामलाहरू राम्ररी सम्हाल्नसमेत सक्दैनौ भने, के कर्तव्य गर्न सक्छौ त? यदि तिमी आफ्नो कर्तव्य निभाउन सक्दैनौ भने, के अझै पनि परमेश्‍वरको घरको सदस्य हुन्छौ? त्यसोभए ठिकै छ, म तिमीलाई अगुवाइ गर्नेछैनँ। यदि मैले तिमीलाई अगुवाइ गरिनँ भने, तिमी परमेश्‍वरको घरका सङ्ख्यामा गनिनेछैनौ। म अगुवाका रूपमा चुनिएकाले, म नै मण्डलीको प्रवेशद्वार हुँ। मण्डलीमा प्रवेश गर्न चाहने जोकोहीले मेरो अनुमोदन पाएको हुनैपर्छ। मेरो सहमतिविना, कोहीपनि प्रवेश गर्न सक्दैन। मण्डलीले कसैलाई निकालिरहेको भए पनि, मेरो अनुमोदन पाएपछि मात्र ऊ जान सक्छ। त्यसकारण, मैले तिमीहरूलाई अह्राउने काम र सुम्पने कार्यहरू तिमीहरूको कर्तव्यमा पर्छन्। यदि तिमीहरूले यो कर्तव्य पूरा गरेनौ भने, परमेश्‍वरका वचनहरूमा, कुनै कर्तव्य पूरा नगर्नेहरूले मुक्तिको मौका पाउँदैनन्, र उनीहरू परमेश्‍वरको घरका सङ्ख्यामा गनिनेछैनन् भनेर भनिएको छ!” के यो धम्की होइन त? (हजुर, हो।) मानिसहरूलाई धम्काउन कुन विधि प्रयोग गरिन्छ? (सही शब्दहरू।) यो त सही शब्दहरू, सत्यतासँग मिल्दो देखिने शब्दहरू प्रयोग गरेर मानिसहरूलाई धम्काउनु हो—यो त गलत तुलना हो। ख्रीष्टविरोधीले कर्तव्य पूरा गर्नुलाई आफ्ना व्यक्तिगत लक्ष्यहरू हासिल गर्ने बहानाका रूपमा प्रयोग गर्छ। तर के उसका निम्ति कामकुरा गर्नु साँच्चै कर्तव्य पूरा गर्नु हो? उसले त्यसलाई बङ्ग्याएर त्यो मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्यझैँ बनाउँछ, अनि त्यसपछि कर्तव्य पूरा गर्ने सिद्धान्त र मापदण्डहरू प्रयोग गरेर उसका निम्ति दाजुभाइ-दिदीबहिनीहरूले मरिमेटेर काम गरून् भन्ने माग गर्छ। उसले यदि उनीहरूले उसका निम्ति मरिमेटेर काम गरेनन् भने, उनीहरूले मुक्तिको मौका पाउनेछैनन् र उनीहरू मण्डलीबाट निकालिनेछन् अनि परमेश्‍वरको घरबाट अलग्गिनेछन् भनेरसमेत धम्काउँछ। यी मूर्ख, समझहीन व्यक्तिहरूले परिणामको गम्भीरता सुनेपछि, तुरुन्तै अगुवाको घरका सारा काम र उसका दैनिक मामलाहरू सम्हाल्छन्, ती सकाइएपछि राहत महसुस गर्छन्। उनीहरू आफैसँग खुसी हुँदै यस्तोसमेत सोच्छन्, “अब मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरेको छु। म बिलकुलै अल्छी भएको छैनँ, र म अगुवाको इच्छाप्रति विचारशील भएको छु। मैले अगुवाले अह्राएको सबथोक गरेको छु, र अगुवाको सम्पूर्ण घरायसी कामहरू सम्हालेको छु। परमेश्‍वरप्रति विचारशील हुनु भनेको यही हो! अगुवा सन्तुष्ट हुनुहुन्छ, र परमेश्‍वर पनि सन्तुष्ट हुनुहुन्छ। अब ममा मुक्तिको आशा छ!” के यसलाई आशा भनिन्छ? के उनीहरू ख्रीष्टविरोधीका दास बनेका छैनन् र? के उनीहरू ख्रीष्टविरोधीको बहकाउमा परेका छैनन् र? ख्रीष्टविरोधीले यहाँ कस्तो भूमिका खेलिरहेको छ? के उसले अपहरणकारीले जस्तो काम गरिरहेको छैन र? उसमा दुष्ट स्वभाव छ, अनि दुष्टता पक्कै पनि छलीपनभन्दा निकै धेरै गम्भीर हो। तसर्थ मानिसहरूलाई रोक्न, आफ्नो गोप्य उद्देश्य हासिल गर्न, मानिसहरूको मन जित्न, अनि उनीहरूका व्यवहार र सोच नियन्त्रण गर्न के भन्ने र कस्ता सिद्धान्तहरू प्रयोग गर्ने भनेर उसलाई पूर्ण रूपले थाहा हुन्छ। उसलाई यो सबै कुरा राम्ररी थाहा हुन्छ। त्यसकारण, ख्रीष्टविरोधीले आफूले भन्ने र गर्ने सबै कुराद्वारा हासिल गर्न चाहने लक्ष्यहरू ध्यानपूर्वक सोचिएका र लामो समयदेखि पूर्वनियोजित हुन्छन्। यो अवश्य नै थाहा नभई कुनै कुरा भन्ने वा गर्ने र त्यसपछि अप्रत्याशित नतिजा हासिल गर्ने मामला होइन—यो कदापि यस्तो होइन। त्यसैले, ख्रीष्टविरोधीको निम्ति स्वेच्छाले सेवा प्रदान गर्ने र मरिमेटेर काम गर्नेहरू, उसका शब्दहरूद्वारा भ्रमित हुने मात्र नभई, ख्रीष्टविरोधीको एक प्रकारको भ्रामक भाषणको धम्की र बाध्यतामा पनि पर्छन्। सायद उनीहरू ती कुरा ख्रीष्टविरोधीका लागि स्वेच्छाले गर्छन्, तर के यो “स्वेच्छा” मा कुनै समस्या छैन र? के यसलाई उद्धरण चिह्नमा राख्नुपर्दैन र? (पर्छ।) यो साँचो कर्तव्य निर्वाह कदापि होइन बरु निश्चित सिद्धान्त, कुनै निश्चित सही र मिठो लाग्ने तर्क वा मानिसहरूलाई भ्रममा पार्ने वाक्कौशलद्वारा भ्रमित भएर निम्तिएको परिणाम हो। उनीहरू आफ्नो कर्तव्य पूरा गर्न सकिँदैन, आफू निष्कासित भइनेछ, र मुक्ति पाइनेछैन भनेर चिन्तित हुने हुनाले, उनीहरू ख्रीष्टविरोधीले उनीहरूलाई अह्राएका कार्यहरू स्वेच्छाले स्विकार्छन्, आफूले परमेश्‍वरका निम्ति कर्तव्य पूरा गरिरहेको छु भन्नेसमेत सोच्छन्। उनीहरू कति अन्योल भएका छन्!

ख्रीष्टविरोधीहरूका धम्कीले मानिसहरूलाई ती ख्रीष्टविरोधीहरूका असली रूप प्रस्ट रूपमा हेर्न मद्दत मिल्छ। के तिमीहरू यस्ता धम्कीमा संलग्न हुन्छौ? के धम्की र चेतावनी वा सल्लाहबीच कुनै भिन्नता छ? (छ।) तिमीहरूले यसलाई खुट्ट्याउन सक्छौ कि सक्दैनौ? कहाँ भिन्नता छ? यो भिन्नता पत्ता लगाओ, अनि तिमीहरूले बुझ्नेछौ र खुट्ट्याउन सक्नेछौ। (अभिप्रायहरू फरक हुन्छन्।) अभिप्राय र मनसाय निश्चय नै फरक-फरक हुन्। त्यसोभए, भिन्नताचाहिँ ठ्याक्कै कहाँ छ? धम्की भनेको के हो? धम्कीमा राम्रा र सही लाग्न सक्ने शब्दहरू समावेश हुन्छन्, अनि मानिसहरू ती सुन्दा अत्यन्तै व्याकुल महसुस गर्दैनन्, तर तिनको उद्देश्य भनेको व्यक्तिगत लाभ हो। अर्कोतर्फ, सल्लाह र चेतावनीको उद्देश्य के हो? यसको उद्देश्य मानिसहरूलाई सहयोग गर्नु, उनीहरूलाई गल्ती गर्न, मार्गबाट तर्कन वा घुमाउरो बाटो लिन, बहकिनबाट जोगाउनु, अनि उनीहरूलाई क्षति घटाउन वा रोक्न मद्दत गर्नु हो। यसको उद्देश्य व्यक्तिगत लाभ उठाउनु नभएर केवल अरूलाई मद्दत गर्नु हो। भिन्नता त्यही होइन र? (हो।) यस सम्बन्धमा, तिमीहरूले खुट्ट्याउन सिक्नुपर्छ। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई धम्काउने प्रकटीकरणबारे सङ्गति गरिएको छ भन्दैमा, त्यसको अर्थ तिमीहरूले अरूसित कुराकानी गर्दा आवश्यक परेको खण्डमा चेतावनी दिने आँट गर्नु हुँदैन भन्ने होइन। चेतावनी दिनुपर्ने हुँदा तैँले त्यो दिनुपर्छ। चेतावनी र सल्लाह धम्कीसमान होइनन्। चेतावनीहरूको उद्देश्य मानिसहरूलाई साँचो मद्दत गर्नु हो ताकि उनीहरूले आफ्ना कर्तव्य उचित रूपमा गर्दै परमेश्‍वरको घरको काममा सम्झौता नगरिएको सुनिश्चित गर्न सकून्। तिनको उद्देश्य मान्य हुन्छ। अर्कोतिर, धम्कीको अमान्य र गोप्य उद्देश्य हुन्छ—यसमा व्यक्तिगत महत्त्वाकाङ्क्षा र स्वार्थी चाहना हुन्छ। उदाहरणका लागि, जब ख्रीष्टविरोधीले अरूलाई उसका घरायसी कामहरू गराउँछ, तब उसको स्वार्थी चाहना के हुन्छ? उसले आफूचाहिँ केही नगरी अरूलाई फोहोरी र थकाइलाग्दो काम गराएर हैसियतका लाभहरू लिन मात्र चाहन्छ। त्यसपछि, कसैले उसलाई दिनको तीनपटक खानासमेत दिनुपर्छ। उसलाई अब म पदमा पुगेँ, मेरा खुसीका दिनहरू सुरु हुन सक्छन् भन्ने लाग्छ। तर, मानिसहरूलाई उसका लागि सिधै काम गर्न लगाउनु जायज होइन, त्यसैले ख्रीष्टविरोधीले बहानाहरू बनाउँदै यसो भन्छ, “अब म अगुवा हुँ, म आफ्ना कर्तव्यहरूमा एकदमै व्यस्त हुन्छु। यदि तिमीहरूमा बोझ र मानवता छ भने, तिमीहरूले सहकार्य गर्न सिक्नुपर्छ। तिमीहरू के गर्न सक्छौ? तिमीहरूले गर्न सक्ने लागिपर्ने मात्र हो, होइन त? मेरो घरको तरकारी बारीमा काम गर्ने कोही पनि छैन, र तिमीहरूले सघाइरहेका छैनौ! यदि तिमीहरूले सघायौ भने, तिमीहरूको हृदय दयालु छ भन्ने प्रमाणित हुन्छ, र तिमीहरू मलाई काममा सघाएर वास्तवमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छौ। म तिमीहरूको अगुवा हुँ—के मेरा मामलाहरू तिमीहरूका पनि होइनन् र? के तिमीहरूका मामलाहरू भनेको तिमीहरूले गर्नुपर्ने कामकुरा होइनन् र, अनि तिमीहरूले गर्नुपर्ने कामकुरा भनेको तिमीहरूको कर्तव्य होइन र?” जब उसले तेरो काँधमा यस्तो ठूलो जिम्मेवारी थोपर्छ, र तैँले अगुवाले भनेको कुरा अर्थपूर्ण छ भन्ने सोच्छस्, तब तँ गएर उसका निम्ति काम गर्छस्। के यो जालझेलमा पर्नु होइन र? ख्रीष्टविरोधीका आफ्नै लक्ष्यहरू हुन्छन्, र ती लक्ष्यहरू हासिल गर्नुअघि उसले उचित बहाना र सिद्धान्तहरू खोजेर एउटा निहुँको आधार स्थापित गर्नुपर्छ। त्यसपछि, यी सिद्धान्तहरू स्विकार्नेहरू उसका निम्ति काम गर्न जान्छन्, उसले आफ्नो उद्देश्य हासिल गर्छ, र त्यसपछि हैसियतका लाभहरू पाउन सक्छ। के यो मण्डलीको भरमा बाँच्ने व्यक्ति होइन र? (हो।) वास्तवमा यो त्यही नै हो। ऊ अल्छी र काम गर्न अनिच्छुक हुन्छ, भौतिक सुख र हैसियतका लाभहरूको लालसा गर्छ। ऊ राजनीति खेल्छ, र उपयुक्त शब्दहरू भेट्टाउन नसक्दा, परमेश्‍वरका वचनबाट मनासिब र अझ सजिलै स्वीकार्न सकिने वाक्यांशहरू अनि आफूले बुझ्ने धर्मसिद्धान्त उद्धरण गर्छ। उसले यी वचनहरू प्रयोग गरेर सत्यता नबुझ्ने र मूर्खहरूलाई भ्रममा पार्छ र नियन्त्रित गर्छ। त्यसो गरेर, उसले आफ्ना गोप्य उद्देश्यहरू पूरा गर्छ, मानिसहरूलाई स्वेच्छाले उसको चालबाजी स्विकार्ने बनाउँछ। कतिपय मानिसले त यदि अगुवाका कुरा मानिएन वा अगुवाले अह्राएको काम पनि राम्ररी गर्न सकिएन भने, आफूले राम्ररी कर्तव्य गरेको हुँदैन भन्नेसमेत सोच्छन्। उनीहरू आफू परमेश्‍वरप्रति ऋणी भएको महसुस गर्छन् र आँसुसमेत झार्छन्। के यो गहिरो तहको अन्योलता होइन र? उनीहरू यति अन्योल हुन्छन् कि त्यो आपत्तिजनक हुन्छ।

ख्रीष्टविरोधीहरू आफ्ना लक्ष्यहरू हासिल गर्न प्रायः धम्कीहरू प्रयोग गरेर बोल्छन्, तर कहिलेकाहीँ तिनीहरूका धम्कीहरू सही शब्दका रूपमा र सर्पले बिस्तारै बेरेझैँ हल्का शैलीमा आउँछन्—एकपटक तँलाई बेरेपछि, तिनीहरू तेरो जीवन माग्न तयार हुन्छन्। अरू बेलाचाहिँ, तिनीहरूका धम्कीहरू हल्का हुँदैनन्, ब्वाँसोले भेडा देखेर क्रूर अनुहार देखाएझैँ कठोर र क्रूर हुन्छन्। तिनीहरूको अभिप्राय मानिसहरूलाई यस्तो भन्ने हुन्छ: “यदि तिमीले मेरो कुरा सुनेनौ भने, भोग्नुपर्ने नतिजा भोग्नेछौ, र यदि परिणामहरू आइपरेमा तिमी आफै जिम्मेवार हुनेछौ!” ख्रीष्टविरोधीहरूले आफ्ना धम्कीमा प्रयोग गर्ने सौदाबाजीका सामान्य आधारहरू के-के हुन्? तिनीहरू मानिसहरूको गन्तव्य, कर्तव्य, र पदका अनि उनीहरू मण्डलीबाट जाने या मण्डलीमै रहने कुरालाई लक्षित गर्छन्। ख्रीष्टविरोधीहरू व्यक्तिहरूलाई धम्काउन यी तरकिबहरू र अवश्य नै अन्य तरकिबहरू प्रयोग गर्छन्। तर, तिनीहरूका रणनीतिहरू सामान्यतया यी दुई वर्गमा पर्छन्: कहिलेकाहीँ, तिनीहरूले तँलाई मिठा शब्दहरूद्वारा फकाउनेछन्, र अरू बेला चाहिँ, तिनीहरू तँमाथि बलजफ्ती र दुर्भावनापूर्ण तरिकाले आइलाग्नेछन्। ख्रीष्टविरोधीहरूका धम्कीको उद्देश्य के हो? सबैभन्दा पहिलो कुरा, तिनीहरू मानिसहरूले तिनीहरूको कुरा मानून् भन्ने चाहन्छन्। तिनीहरू अरू मानिसहरूबाट लाभहरू उठाउने, हैसियतका लाभहरू लिने, र त्यसमार्फत आउने विभिन्न सुविधा र सुखसयलहरूमा लिप्त हुने उद्देश्य राख्छन्। दोस्रो कुरा, तिनीहरू कसैले पनि मामिलाको साँचो स्थिति खुलासा गरेको वा तिनीहरूको पदलाई चुनौती दिएको चाहँदैनन्। तिनीहरू मानिसहरूले तिनीहरूको पदलाई धरापमा पार्ने कुनै पनि कुरा गरेको सहनेछैनन्। उदाहरणका लागि, यदि निश्चित मानिसहरूले तिनीहरूको परिस्थितिबारे माथिल्लो तहका व्यक्तिहरूलाई रिपोर्ट गर्न चाहन्छन् वा यदि कतिपय मानिसले ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउँछन् र दाजुभाइ-दिदीबहिनीहरूलाई एकताबद्ध गरेर तिनीहरूलाई अस्वीकार गर्न र पदबाट हटाउन चाहन्छन् भने, तिनीहरूले धम्कीपूर्ण तरकिबहरूको सहारा लिनेछन्। धम्की प्रयोग गर्नुको उद्देश्यको एउटा पक्ष भनेको आफ्नो पदमार्फत आउने धेरै लाभहरूको आनन्द लिनु हो, र अर्कोचाहिँ आफ्नो पद जोगाउनु हो। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई धम्की दिनुका दुई उद्देश्यहरू ठ्याक्कै यिनै हुन्—ती दुवै पदसँग सम्बन्धित छन्। यी सबै विभिन्न लाभ कहाँबाट आउँछन्? ती पनि तिनीहरूको पदबाटै आउँछन्। कतिपय ख्रीष्टविरोधी भन्छन्, “यदि तिमीहरू यस मामलामा मेरो कुरा मान्दैनौ भने, तिमीहरूले परिणामहरू भोग्नेछौ!” यदि कसैले तिनीहरूलाई खुट्ट्याउँछ र तिनीहरूका कुरा सुन्नेछैन भने, के तिनीहरूले त्यसलाई सम्हाल्ने उपाय सोच्नेछन्? तिनीहरू आउन सक्ने कुरालाई त्यतिकै सहेर बस्नेछैनन्। आफ्नो पद जोगाउन अलिकति मात्र आशाको किरण रहुञ्जेल, तिनीहरू त्यसका लागि दिलोज्यान लगाउनेछन्। पदप्रतिको तिनीहरूको उत्सुकता धेरैजसो मानिसको भन्दा बढी हुन्छ। यो ब्वाँसोले भेडा देखेजस्तै हो—खान सुरु गर्नुअघि नै त्यसको मुखबाट राल चुहिन थाल्छ। त्यसको आँखा क्रूर बन्छ र त्यसले त्यो खाने विचार गर्छ; त्यसको यस्तो लालच हुन्छ। के यो त्यसको प्रकृति होइन र? (हो।) ख्रीष्टविरोधीहरूको पदप्रतिको लालच भेडाप्रति ब्वाँसोको लालचजस्तै हो, जुन तिनीहरूको दुर्भावपूर्ण प्रकृतिभित्रको आवश्यकता हो। त्यसकारण, अरूप्रति तिनीहरूका धम्कीहरू नभई नहुने कुरा हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्