विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन् (खण्ड दुई)

ख्रीष्टविरोधीहरू कसरी मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन्, र नियन्त्रण गर्छन् भन्ने कुराको विश्लेषण

अ. ख्रीष्टविरोधीहरू कसरी मानिसहरूलाई भ्रममा पार्छन् भन्ने कुराको विश्लेषण

पछिल्लो भेलामा, हामीले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणको चौथो विषयवस्तुबारे सङ्गति पूरा गऱ्यौँ। आज, हामी पाँचौ विषयवस्तुबारे सङ्गति थाल्नेछौँ: ख्रीष्टविरोधीहरू कसरी मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन्, र नियन्त्रण गर्छन्। ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूको यो पक्षमा चारवटा क्रिया समावेश छन्, अनि यी चारवटा क्रिया र ख्रीष्टविरोधीहरूको व्यवहारबाट, हामी तिनीहरूका स्वभावहरू बुझ्न सक्छौँ। पहिलो क्रिया “भ्रममा पार्नु” हो। यसमा कस्तो स्वभाव छ? दुष्टता। अनि, “लोभ्याउनु” मा चाहिँ के छ? लोभ्याउनुमा सामान्यतया प्रिय शब्दहरू प्रयोग हुन्छ कि अप्रिय? (प्रिय शब्दहरू।) त्यसोभए, यस व्यवहारलाई कस्तो स्वभावले नियन्त्रण गर्छ? दुष्टताले। अनि “धम्काउनु” र “नियन्त्रण गर्नु” नि—यिनलाई कस्तो स्वभावले नियन्त्रण गर्छ? (क्रूरताले।) ठिक भनिस्, क्रूरता। पाँचौ विषयवस्तुबाट, हामी ख्रीष्टविरोधीहरूका स्वभावहरू बुझ्न सक्छौँ। यस विषयवस्तुमा ख्रीष्टविरोधीहरूका मुख्य प्रकटीकरणहरू के-के हुन्? (दुष्टता र क्रूरता।) दुष्टता र क्रूरताका यी दुई स्वभाव दुवै एकदमै प्रमुख र प्रस्ट छन्। “भ्रममा पार्नु” बाट सुरु गरेर यी व्यवहारहरूबारे एक-एक गरी छलफल गरौँ। “भ्रममा पार्नु” ले सामान्यतया के अर्थ दिन्छ? के यसमा इमानदारीका कुनै प्रकटीकरणहरू समावेश छन्? के यसमा कुनै इमानदार शब्दहरू छन्? (छैनन्।) यसमा कुनै पनि इमानदार शब्दहरू छैनन्—यो सबै झूट हो, यसमा झूटा छाप, झूटा भनाइ, र भ्रामक शब्दहरू प्रयोग गरेर अरूलाई आफूले भनेको कुरा सही हो भनी विश्‍वास गराइन्छ, यसरी अरूलाई आफूलाई स्विकार्न र भरोसा गर्न लगाइन्छ। “भ्रममा पार्नु” को अर्थ यही हो। के भ्रममा पारिनेहरूले सत्यता प्राप्त गर्छन् वा सही मार्गमा हिँड्छन्? तिनीहरूले यी कुनै पनि हासिल गर्दैनन्। मानिसहरूलाई भ्रममा पार्ने व्यवहार र अभ्यास सकारात्मक होइन, पक्कै पनि नकारात्मक हो। भ्रममा पारिनेहरू मूलत: धोकामा परेका हुन्छन्; तिनीहरू खास तथ्यहरू, वास्तविक परिस्थिति, वा साँचो सन्दर्भ बुझ्दैनन्, र त्यसपछि तिनीहरू गलत मार्ग र दिशा, अनि गलत व्यक्तिलाई पछ्याउन रोज्छन्। भ्रमाउनुले भ्रममा पर्नेहरूमाथि पार्ने असर यही हो। यो त कुनै सपिङ् मलमा राखिएका विज्ञापन जस्तै हो: ती अत्यन्तै राम्ररी लेखिएका हुन्छन्, र मानिसहरूले त्यो देखेपछि, त्यसलाई विश्वास गर्छन्, तर खरिद गरिसकेपछि त्यो सामान बेकारको पाउँछन्। त्यो त धोकामा पर्नु हो। त्यसोभए, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्ने तरिकाले व्यवहार गर्नुको उद्देश्य के हो? तिनीहरूले मानिसहरूलाई भ्रममा पार्न कस्ता विधिहरू प्रयोग गर्छन्, कस्ता शब्दहरू भन्छन्, र के-कस्ता कामकुरा गर्छन्? पहिला तिनीहरूको उद्देश्यबारे कुरा गरौँ। यदि तिनीहरूको कुनै उद्देश्य नै नभएको भए, के तिनीहरूले मानिसहरूलाई लोभ्याउन र भ्रममा पार्न प्रयास गर्नुपर्नेथ्यो वा मिठा कुराहरू भन्नुपर्नेथ्यो र? गैरविश्‍वासीहरूमाझ “सित्तैमा केही पनि पाइँदैन” भन्ने भनाइ छ। यदि तैँले यो कुरा छर्लङ्गै बुझ्न सकिनस् भने, तँ धोकामा पर्नेछस्। संसार यतिको दुष्ट छ, मानिसहरू एकअर्काविरुद्ध षडयन्त्र रच्छन् र एकअर्कालाई दुर्व्यवहार गर्छन्। भ्रष्ट मानवजातिको जीवन यही हो। किन ख्रीष्टविरोधीहरू घुमाउरो तरिकाले बोलेर मानिसहरूलाई भ्रममा पार्ने प्रयास गर्छन्? तिनीहरू प्रस्ट उद्देश्यले बोल्छन् र कार्य गर्छन्, त्यो उद्देश्य हो, शक्तिका लागि होड गर्नु र मानिसहरूमाथि नियन्त्रण जमाउनु—यसमा कुनै शङ्का छैन। तिनीहरूको उद्देश्य राजनीतिज्ञहरूको उद्देश्यभन्दा फरक छैन। त्यसोभए, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्न कस्ता रणनीतिहरू प्रयोग गर्छन्? तिनीहरूले यो कसरी गर्छन्? पहिला, तिनीहरूले तँलाई तिनीहरूलाई मन पराउने बनाउँछन्। तँमा तिनीहरूको राम्रो छाप परेपछि, तँ तिनीहरूदेखि सतर्क हुन छोड्नेछस्: तैँले तिनीहरूलाई भरोसा गर्नेछस्, अनि त्यसपछि तैँले तिनीहरूको नेतृत्व स्विकार्नेछस् र स्वेच्छाले तिनीहरूले भनेको पालन गर्नेछस्। तिनीहरूले जे भने पनि र तँलाई जे गराए पनि तँ तिनीहरूको कुरा सुन्न इच्छुक हुनेछस्। यो सुन्ने इच्छुकताको अर्थ के हो? यसको अर्थ समझशक्ति नचलाउनु, अनि सिद्धान्तविना सुन्नु र भनेको पालन गर्नु हो। के ख्रीष्टविरोधीहरूले निन्दात्मक शब्द र विधिहरू प्रयोग गरेर मानिसहरूलाई भ्रममा पार्ने नतिजा हासिल गर्न सक्छन्? कदापि सक्दैनन्। त्यसोभए, तिनीहरूले यो नतिजा हासिल गर्न सामान्यतया कस्ता विधिहरू अपनाउँछन्? बढीजसो, तिनीहरू मानव धारणासँग मिल्ने शब्दहरू, साथै मानव भावनाका धर्मसिद्धान्तहरू प्रयोग गर्छन्। कहिलेकाहीँ तिनीहरू सत्यतासँग मिल्दो शब्द र धर्मसिद्धान्तहरू पनि बोल्छन्। यसो गर्दा तिनीहरूलाई मानिसहरूलाई भ्रममा पार्ने लक्ष्य हासिल गर्न सजिलो हुन्छ, र मानिसहरूले पनि तिनलाई स्विकार्ने सम्भावना हुन्छ। उदाहरणका लागि, जब दाजुभाइ-दिदीबहिनीहरू मण्डलीको काममा क्षति पुग्ने केही गलत कुरा गर्छन्, र तिनीहरूलाई नकारात्मक र कमजोर महसुस हुन्छ, तब ख्रीष्टविरोधीहरू सत्यतामा सङ्गति गरेर तिनीहरूलाई साथ र सहयोग दिँदैनन्। बरु, तिनीहरू भन्छन्, “मानिसहरू कमजोर हुनु सामान्य घटना हो—यो सामान्य हो। म पनि प्रायः कमजोर हुन्छु। परमेश्‍वर यी कुराहरू सम्झनुहुन्न।” वास्तवमा, के तिनीहरूलाई परमेश्‍वर यी कुराहरू सम्झनुहुन्छ कि सम्झनुहुन्न भनेर थाहा हुन्छ? अहँ, थाहा हुँदैन। तिनीहरू भन्छन्, “यो मामला उचित ढङ्गले नसम्हाल्नुले केही फरक पार्दैन। अर्कोपटक सच्याऊ न। परमेश्‍वरको घरलाई थाहा छैन, र त्यसबारे कसैले पनि सोधपुछ गरिरहेको छैन। मैले माथिल्लो तहकालाई रिपोर्ट गरिनँ भने माथिल्लो नेतृत्वले त्यसबारे थाहा पाउनेछैन, र माथिले निश्चय नै थाहा पाउनेछैन, अनि त्यसपछि परमेश्‍वरले पनि थाहा पाउनुहुनेछैन—त्यसकारण, परमेश्‍वरले यस मामलालाई ध्यान दिनुहुनेछैन। हामी सबै भ्रष्ट मानिस हौँ; तिमीमा भ्रष्टता छ, र ममा पनि छ। अगुवा भएको नाताले म अभिभावकजस्तै हुँ: तिमीहरूले जे गल्तीहरू गरे पनि त्यसको जिम्मेवार म हुन्छु। ममा सानो कद हुनु अनि तिमीहरूलाई साथ र सहयोग दिन नसक्नु मेरो गल्ती हो, जसले गर्दा तिमीहरू गलत कामकुरा गर्न पुग्यौ। यदि ममा अझ ठूलो कद भएको भए, म तिमीहरूलाई सहयोग गर्न सक्थेँ, र तिमीहरूले कुनै गल्ती गरेका हुँदैनथ्यौ। यस मामलाको जिम्मेवार म हुन्छु। यसले मण्डलीको काममा केही क्षति पुऱ्याएको होला, तैपनि हामी यसलाई आफै सामसुम पार्न सक्छौँ, र मामिला त्यहीँ सकिनेछ। यस मामलामा कसैले पनि सोधपुछ गर्नु हुँदैन, र कसैले पनि माथिल्लो तहमा यसको रिपोर्ट गर्नु हुँदैन; यसलाई तिमीहरू र म बीचमै सीमित राखौँ। यदि मैले यसबारे अरू दाजुभाइ-दिदीबहिनीहरूलाई बताइनँ भने, यसबारे माथिल्लो तहमा कसैले पनि रिपोर्ट गर्नेछैन, अनि मामला सकिनेछ। हामीले केवल फेरि यस्तो कुरा कहिल्यै नगर्ने वा यस्तो गल्ती नगर्ने भनेर परमेश्‍वरसामु प्रार्थना गर्नुपर्छ र शपथ खानुपर्छ। अगुवाका नाताले, तिमीहरूको सुरक्षा गर्ने जिम्मेवारी मेरो हो। परमेश्‍वर अति उच्च हुनुहुन्छ—के हामीले उहाँको सुरक्षा माग्नु व्यावहारिक हुन्छ? यसका अलावा, परमेश्‍वर मानिसहरूको जीवनका यी झिना-मसिना मामलाहरूमा चासो राख्नुहुन्न, त्यसैले तिमीहरूलाई सुरक्षा गर्ने जिम्मेवारी अगुवाको नाताले अव्यक्त रूपमा मेरै काँधमा आइपर्छ। तिमीहरूको कद सानो छ, त्यसैले तिमीहरूले गल्ती गऱ्यौ भने त्यसको दोष म लिनेछु। चिन्ता नगर, यदि कुनै समय साँच्चै केही गल्ती भयो, र माथिले पत्ता लगाउनुभयो वा त्यसबारे थाहा पाउनुभयो भने, म तिमीहरूको लागि खडा हुनेछु।” मानिसहरूले यो कुरा सुन्दा, यस्तो सोच्छन्, “यो त गजब हो! म जिम्मेवारी लिनेबारे साह्रै चिन्तित थिएँ—यो अगुवा अत्यन्तै राम्रो रहेछ!” के तिनीहरू भ्रममा पारिएका हुँदैनन् र? के ख्रीष्टविरोधीहरूले भनेका कुरामा सत्यतासँग मिल्दो कुनै कुरा छ? के त्यसमा मानिसहरूका लागि लाभदायी वा शिक्षाप्रद कुनै कुरा छ? के त्यसमा सिद्धान्तको आधारमा मामिला सम्हाल्ने कुनै कुरा छ? (छैन।) त्यसोभए, यी कस्ता शब्दहरू हुन्? ती त सम्बन्धहरू बनाउनका लागि मानव भावना, समानुभूति, र क्षमाशीलता प्रयोग गर्ने, सम्बन्धलाई अर्को तहमा पुऱ्याउन भावना र मित्रतालाई जोड दिने, मानिसहरूलाई ख्रीष्टविरोधीहरू अत्यन्तै बुझकी, अत्यन्तै क्षमाशील र मानिसहरूप्रति सहनशील छन् भनेर महसुस गराउने शब्दहरू हुन्। तर यसमा कुनै सिद्धान्त वा सत्यताहरू हुँदैनन्। यो सतही तहको बुझाइ के हो? यो कामकुरा ढाकछोप गर्नु, बच्चालाई फकाउनु जस्तो मात्र हो। यसमा कस्ता रणनीतिहरू प्रयोग भइरहेका हुन्छन्? तिनीहरू मानिसहरूलाई मूर्ख बनाउने र भ्रममा पार्ने आफ्नो लक्ष्य पूरा गर्न दाजुभाइ-दिदीबहिनीहरूको हितलाई हानी पुग्ने र परमेश्‍वरको घरका हितहरूलाई विश्वासघात गर्ने गरी फकाउने, चालबाजी गर्ने, सम्बन्ध निर्माण गर्ने, कामकुरा ढाकछोप गर्ने, र असल व्यक्ति भएको बहाना गर्ने गर्छन्। यसको अन्तिम परिणाम के हुन्छ? यसले मानिसहरूलाई परमेश्‍वरदेखि टाढा बस्ने, परमेश्‍वरदेखि सतर्क रहने, र ख्रीष्टविरोधीहरूको अझ नजिक जाने बनाउँछ। भ्रममा परेपछि पनि, यी मानिसहरू यसो भन्छन्, “मैले त्यो गल्ती गरेपछि, म अत्यन्तै चिन्तित थिएँ। मैले परमेश्‍वरलाई धेरैपटक प्रार्थना गरेँ, तर उहाँले मलाई सान्त्वना दिनुभएन। मलाई हृदयमा अस्थिर र असहज महसुस भयो, अनि मैले परमेश्‍वरबाट कुनै समाधान पाउन सकिनँ। तर अहिले ठिक छ; जबसम्म म अगुवाकहाँ जान्छु, तबसम्म मेरा सारा समस्या समाधान हुन्छन्। यस्तो अगुवा पाएकोमा म साँच्चै निकै भाग्यमानी छु। हाम्रा अगुवा अरू कोहीभन्दा राम्रो हुनुहुन्छ!” यो मोडमा, तिनीहरूका हृदय र दृष्टिकोण ख्रीष्टविरोधीहरूतर्फ सरिसकेका हुन्छन्, र तिनीहरूलाई ख्रीष्टविरोधीहरूले नियन्त्रण गरेका हुन्छन्। कसरी तिनीहरू ख्रीष्टविरोधीहरूद्वारा नियन्त्रित हुन सक्छन्? किनकि तिनीहरूलाई यी ख्रीष्टविरोधीहरूमा सुरक्षा अनुभूति हुन्छ। तिनीहरूले समानुभूति पाउँछन्, र हृदयमा सन्तुष्टि र सान्त्वना पाउँछन्। यसले तिनीहरू भ्रमित भइसकेका छन् भन्ने देखाउँछ।

विगतमा, माथिले कुनै मण्डलीमा खराब मानवता भएको व्यक्ति छ, जसले कुनै पश्चात्तापको सङ्केत नदेखाई निरन्तर बाधा र अवरोध गरिरहेको छ भनेर पत्ता लगाउनुभयो, त्यसैले उहाँले यस व्यक्तिलाई धुनू भनेर स्थानीय मण्डली अगुवालाई भन्नुभयो। स्थानीय मण्डली अगुवाले यो कुरा सुनेपछि सोच्यो, “उसलाई धुने? मैले यसबारे सोच्नुपर्छ। ऊ मेरै मान्छे हो—तिमीहरूले उसलाई त्यसरी धुन मिल्दैन। म उसका निम्ति खडा हुनुपर्छ। माथिले साँचो स्थिति बुझ्नुहुन्न। उसलाई त्यसरी धुन खोज्नु त साँच्चै हद पार गर्नु हो। उसको साह्रै मन दुख्नेछ!” ऊ त्यस व्यक्तिलाई धुन मुखले त सहमत भयो, तर उसको हृदयमा भने त्यसो गर्ने कुनै अभिप्राय थिएन। उसले यसलाई कसरी सम्हाल्यो होला, अनुमान गर्न सक्छस्? उसले यसबारे मनन गऱ्यो, “म मुनिका मानिसहरू अगुवाका रूपमा मसित सन्तुष्ट हुने र माथिले मलाई तिरस्कार नगर्ने गरी म यो परिस्थितिलाई कसरी सम्हाल्न सक्छु?” यसबारे सोचेपछि, उसले एउटा योजना बनायो। उसले सबैलाई भेलाका लागि सँगै बोलायो र भन्यो, “आज, हामीले एउटा विशेष मामला सम्हाल्नु छ। त्यो के हो? एक व्यक्तिसँग माथि त्यति सन्तुष्ट हुनुहुन्न, र उहाँ उसलाई धुन चाहनुहुन्छ। त्यसैले, हामीले यसबारे के गर्नुपर्छ? सबैले मतदान गरेर उसलाई धुने कि नधुने भनी निर्णय गरौँ।” मतगणनाको नतिजा आयो, र करिब ८०-९० प्रतिशत मानिसहरू उसलाई धुन सहमत भएका थिए, तर केही असहमत मतहरू थिए। हामी यी असहमति जनाउनेहरू त्यो दुष्ट व्यक्तिका कट्टर अनुयायी थिए कि थिएनन् वा तिनीहरूले अरू नै कारणले त्यसो गरेका हुन् भन्नेबारे कुरा गर्नेछैनौँ, जे भए पनि, केही मानिस असहमत भए, अनि राय सर्वसम्मत भएन। त्यसपछि अगुवाले भन्यो, “मतमार्फत, मैले फरक-फरक विचारहरू देखेको छु। यो एउटा महत्त्वपूर्ण मामला हो, र हामीले यी विचारलाई सम्मान गर्नैपर्छ। हामीले लोकतन्त्रको अभ्यास गर्नुपर्छ। हेर त पश्चिमी लोकतान्त्रिक प्रणाली कति राम्रो छ: हामीले पनि मण्डलीमा त्यस्तै अभ्यास गर्नुपर्छ, हामीले लोकतन्त्र र मानव अधिकार प्राप्त गर्न सक्दो प्रयास गर्नैपर्छ। अहिले, केही विपरीत मत परेकाले, हामीले यस व्यक्तिलाई धुन मिल्दैन। हामीले हाम्रा दाजुभाइ-दिदीबहिनीहरूका रायको सम्मान गर्नैपर्छ। दाजुभाइ-दिदीबहिनीहरू को हुन्? उनीहरू परमेश्‍वरका चुनिएका मानिस हुन्! हामीले उनीहरूका रायलाई बेवास्ता गर्न मिल्दैन। परमेश्‍वरका चुनिएका जनहरूमध्ये एक जना मात्र असहमत भए पनि, हामीले धुन मिल्दैन।” वास्तवमा, उसको कुराको कुनै आधार थिएन, परमेश्‍वरले कहिल्यै यस्ता कुराहरू भन्नुभएको छैन। ऊ बकवास मात्र गरिरहेको थियो। पछि, माथिले उक्त दुष्ट व्यक्तिलाई अझै धोइएको रहेनछ भनेर थाहा पाएपछि चाँडो धुन स्थानीय अगुवालाई भन्नुभयो। उसले प्रतिज्ञा गर्दै भन्यो, “ठिक छ, त्यो काम चाँडै हुनेछ।” उसको प्रतिज्ञाको के अर्थ थियो? त्यसको अर्थ उसले ढिलाइ गर्थ्यो। उसले सोच्यो, “तपाईँ उसलाई धुनू भन्नुहुन्छ, तर म यो काम तुरुन्तै गर्न सक्दिनँ। के थाहा, धेरै समय बितेपछि, सायद तपाईंले त्यो बिर्सिनुहुनेछ, र मैले उसलाई धुनु पर्नेछैन।” पछि, उसले सबैलाई सँगै अर्को भेलामा अर्को मतदानका लागि बोलायो। सङ्गति र खुट्ट्याइमार्फत, त्यस व्यक्तिलाई वास्तवमै धुनुपर्ने सबैलाई प्रस्ट भयो। विपरीत मतहरू घटे, तर उसलाई धुनेविरुद्ध अझै पनि एउटा मत थियो। फेरि पनि अगुवाले उसलाई धुएन र यसो भन्यो, “त्यसविरुद्ध एउटा मत हुञ्जेल हामीले उसलाई धुन मिल्दैन।” धेरैजसो मानिसले सोचे, “यदि माथिले धुन आदेश दिएको हो भने, उसलाई धुऔँ न त। निश्चय नै माथिले यस मामलालाई छर्लङ्ग देख्न सक्नुहुन्छ, होइन र? निश्चय नै उहाँले कुनै गल्ती गर्नुभएको छैन, छ त?” के माथिका बन्दोबस्तहरूप्रति समर्पित हुनु सिद्धान्त हो? के त्यो सत्यता हो? (हो।) यो सत्यता हो भनेर त्यो अगुवालाई थाहा थिएन। उसले के गऱ्यो? उसले भन्यो, “यसविरुद्ध अझै एउटा मत छ, त्यसैले हामीले उसलाई धुन मिल्दैन। हामीले हाम्रा दाजुभाइ-दिदीबहिनीहरूका रायलाई अवश्यै सम्मान गर्नैपर्छ। यसलाई नै सर्वोच्च मानव अधिकार भनिन्छ।” पछि, माथिले फेरि त्यस मामलाबारे सोधपुछ गर्नुहुँदा, त्यो अगुवाले झारा टार्दै आलटाल गरिरह्यो। अन्त्यमा, माथिले त्यस दुष्ट व्यक्तिलाई धोइएको रहेनछ भनेर देखेपछि, त्यो अगुवालाई पनि बर्खास्त गरेर धोइयो। माथिले उसलाई अगुवा बनाउनुभएको थियो, तर उसले उहाँको कुरा सुनेन; माथिसँग उसलाई प्रयोग गर्ने र बर्खास्त गर्ने अख्तियार हुन्छ—यो एउटा प्रशासनिक आदेश हो। यसपछि, उसका सहयोगीहरूलाई पनि धोइयो। के माथिका बन्दोबस्तहरूलाई सबैले मतदान गरेर अनुमोदन गर्न आवश्यक छ? (छैन।) किन छैन? तिमीहरू यसको कारण बताउन सक्दैनौ; तिमीहरू त्यस दिग्भ्रमित अगुवासँग निकै मिल्दाजुल्दा छौ जस्तो देखिन्छ, होइन र? ल भन, मैले तिमीहरूलाई सङ्गति गरिरहेका यी वचनहरू धर्मसिद्धान्त हुन् कि वास्तविकता? (वास्तविकता।) यदि मानिसहरूले ती अभ्यास र लागू गरेमा, के त्यो सही हुनेछ? (हुनेछ।) यदि त्यो सही हुन्छ भने, के सबैले त्यसमा मत हालेर मतदान गर्न जरुरी छ? (छैन।) के माथिले कसैलाई धुन आदेश दिएर उसलाई अन्याय गर्न सक्नुहुन्छ? कदापि सक्नुहुन्न। त्यसोभए, माथिले यस दुष्ट व्यक्तिलाई धुनू भनी आदेश दिनुहुँदा, र यस अगुवाले त्यो कार्यान्वयन गर्न मानेन, यसमा समस्या के थियो? (खुला अवज्ञा।) यो खुला अवज्ञा मात्र होइन, यो त स्वतन्त्र राज्य सिर्जना गर्नु हो। माथिले त्यस दुष्ट व्यक्तिलाई धुनू भनी आदेश दिनुहुँदा, यस झूटो अगुवाले आलटाल गऱ्यो र त्यसलाई कार्यान्वयन गरेन, अनि उसले मतदान गराएर आम रायको सर्वेक्षण गऱ्यो। उसले कस्तो आम रायको सर्वेक्षण गरिरहेको थियो? सार्वजनिक राय भनेको के हो? बहुमत भनेको के हो? के बहुसङ्ख्यक मानिसले सत्यता बुझ्छन् वा तिनीहरूमा सत्यता हुन्छ? (त्यस्तो हुँदैन।) बहुसङ्ख्यक मानिसहरूसँग खुट्ट्याउने क्षमतासमेत हुँदैन, त्यसैले के तिनीहरू सत्यता बुझ्ने मानिस हुन सक्छन्? यस अगुवाले आम रायसमेत सर्वेक्षण गऱ्यो—के त्यसले कुनै समस्या साँच्चै समाधान गर्न सक्छ? के यो जरूरी छ? अधिकांश मानिसमा समझशक्ति हुँदैन, र माथिले व्यक्तिगत रूपमै निरीक्षण गरेर दुष्ट व्यक्तिलाई धुने आदेश दिनुभयो, तर यस ख्रीष्टविरोधीले आलटाल गऱ्यो र उसलाई धोएन, दुष्ट व्यक्तिलाई आश्रय दियो र जोगायो, उसलाई मण्डलीमा रहेर बाधा पुऱ्याउन दियो। जहाँ दुष्ट मानिसहरू हुन्छन्, त्यहाँ भद्रगोल र अस्तव्यस्त हुन्छ। परमेश्‍वरका चुनिएका जनहरूले सामान्य तरिकाले आफ्ना कर्तव्य निर्वाह गर्न सक्दैनन्, र मण्डलीको काम सामान्य तरिकाले अगाडि बढ्न सक्दैन। दुष्ट मानिसहरूलाई तुरुन्तै धोएपछि मात्र मण्डलीको काम सामान्य तरिकाले अघि बढ्ने सुनिश्चित हुन्छ। तर, ख्रीष्टविरोधीहरू सत्तामा रहेका ठाउँमा, परमेश्‍वरको घरका हितलाई हानि गर्ने, बाधा पुऱ्याउने, अनुचित तरिकाले कार्य गर्ने, र अलिकति पनि इमानदारी नभई आफ्ना कर्तव्य निभाउनेहरूलाई धुन सकिँदैन। ख्रीष्टविरोधीहरू मण्डलीमा खराब कामकुरा गर्दै भाँडभैलो मच्चाउँछन्, दुष्ट मानिस र अविश्‍वासीहरूलाई आश्रय दिन्छन् र जोगाउँछन्। तिनीहरू के निहुँमा यसो गर्छन्? तिनीहरू अधिकारी भएकाले अरू मानिसको मालिक हुनैपर्छ भन्ने निहुँमा त्यसो गर्छन्। तिनीहरू परमेश्‍वरको घरमा आफूलाई अधिकारी मान्छन्, अनि अरू मानिसको मालिक हुन चाहन्छन्। ल भन् त, मानिसको मालिक को हो? (परमेश्‍वर।) परमेश्‍वर र सत्यता नै मानिसका मालिक हुन्। ती ख्रीष्टविरोधीहरू केही पनि होइनन्! तिनीहरू यी मानिसहरूको मालिक हुन चाहन्छन्, तर तिनीहरूलाई आफ्नो मालिक को हो भन्नेसमेत थाहा छैन! के तिनीहरू दुर्जन होइनन् र? ख्रीष्टविरोधीहरू यो विधि प्रयोग गरेर मानिसहरूलाई यसो भन्छन्: “म तिमीहरूको मालिक हुन सक्छु। यदि तिमीहरूमा कुनै गुनासा, कुनै असन्तुष्टि छन्, वा यदि तिमीहरूले कुनै अन्याय वा दुःखकष्ट भोगेका छौ भने, म तिमीहरूको अगुवाको नाताले त्यो समाधान गरिदिन सक्छु।” सत्यता वा वास्तविक तथ्यहरू नबुझ्नेहरूलाई ती ख्रीष्टविरोधीहरूले भ्रममा पार्छन्। उनीहरू तिनीहरूलाई पुर्खा र परमेश्‍वरको रूपमा पछ्याउँछन् र आराधना गर्छन्। सत्यता बुझ्नेहरूलाई यस्ता ख्रीष्टविरोधीहरू भेट्दा कस्तो लाग्छ? उनीहरू तिनीहरूबाट घिनाउँछन् र विकर्षित हुन्छन्, र यसो भन्छन्, “त्यसोभए तिमी हाम्रो मालिक भएर हामीलाई नियन्त्रण गर्न चाहन्छौ? यो तिम्रो जीवनकालमा त हुनेछैन! तिमीले हामीलाई तिमीसामु नभई परमेश्वरसामु डोऱ्याउँछौ भनेर हामीले तिमीलाई हाम्रो अगुवाका रूपमा रोजेका हौँ।” यसको मतलब उनीहरूले ख्रीष्टविरोधीहरूका षड्यन्त्र छर्लङ्गै देखेका छन्। ख्रीष्टविरोधीहरू मानिसहरूलाई आफू उनीहरूको मालिक भएको निहुँमा भ्रममा पार्छन्, यो आफ्ना आवश्यकताहरूसँग मिल्छ भनी सोच्न लगाउँछन्, चाहे त्यो भावनात्मक, मनोवैज्ञानिक, आत्मिक, वा अन्य आवश्यकताहरू किन नहोऊन्। सत्यता वा वास्तविक तथ्यहरू नबुझ्नेहरू बारम्बार ख्रीष्टविरोधीहरूको भ्रमको सिकार बन्छन्, यतिसम्म कि भ्रममा परेपछि, उनीहरू पछाडि फर्केर चिन्तन गर्न नसक्ने मात्र नभई ती ख्रीष्टविरोधीहरूको समर्थन र बचाउ गर्नसमेत सक्छन्। उनीहरूले ख्रीष्टविरोधीहरूलाई समर्थन र बचाउ गर्न सक्नुले उनीहरू साँच्चै भ्रममा परेका छन् भनेर एकदमै प्रस्ट देखिन्छ—के कुरा यही होइन र? (हो।) किन मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्? मुक्ति पाउन होइन र? यदि तँ ख्रीष्टविरोधीहरूलाई पछ्याउँछस् भने, के तैँले परमेश्‍वरलाई प्रतिरोध र विश्‍वासघात गरिरहेको हुँदैनस् र? के तँ परमेश्‍वरप्रति शत्रुवत् हुने शक्तिहरूका पक्षमा उभिरहेको हुँदैनस् र? त्यो अवस्थामा, के परमेश्‍वरले अझै पनि तँलाई चाहनुहुनेछ? यदि तँ परमेश्‍वरलाई नाम मात्रका लागि पछ्याउँछस्, अझै कुनै व्यक्तिलाई नै पछ्याउँछस् भने, परमेश्‍वरले तँलाई कसरी हेर्नुहुनेछ र व्यवहार गर्नुहुनेछ? यदि तैँले परमेश्‍वरलाई अस्वीकार गरिस् भने, के उहाँले तँलाई तिरस्कार गर्नुहुनेछैन र? यदि मानिसहरू यति थोरै धर्मसिद्धान्तसमेत बुझ्दैनन् भने, के तिनीहरूले सत्यता बुझ्न सक्छन्? के यी मानिसहरू अन्योलमा छैनन् र?

ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्नु कहिलेकाहीँ हुने प्रकटीकरण होइन; तिनीहरू यो बारम्बार गर्छन्, यो तिनीहरूको निरन्तर कार्य सिद्धान्त हो, वा यो तिनीहरूको कामकुरा गर्ने आधार, विधि, र शैली हो भन्न सकिन्छ—यो तिनीहरूको निरन्तर कार्यशैली हो। नत्र, तिनीहरूलाई कसले आदर गर्नेथ्यो र? पहिलो कुरा त, तिनीहरू सत्यता बुझ्दैनन्। दोस्रो कुरा, तिनीहरूमा खराब मानवता हुन्छ। तेस्रो कुरा, तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय पनि हुँदैन। त्यसोभए कसरी तिनीहरू मानिसहरूलाई आफ्नो कुरा पूर्ण रूपमा मान्ने, आफूलाई आदर र प्रशंसा गर्ने तुल्याउन सक्छन्? तिनीहरू विभिन्न माध्यम र विधिमा भर परेर देखावा गर्छन्, र मानिसहरूलाई आफ्नो आदर र आराधना गर्ने तुल्याउँछन्। तिनीहरू मानिसहरूलाई भ्रममा पार्न यी विधिहरू प्रयोग गर्छन्, उनीहरूमा केही झूटा छाप पार्छन्, उनीहरूलाई तिनीहरू आत्मिक छन्, तिनीहरू परमेश्‍वरलाई प्रेम गर्छन्, मूल्य चुकाउँछन्, प्रायः सही कुरा भन्छन् र सही सिद्धान्तहरू प्रस्तुत गर्छन्, अनि दाजुभाइ-दिदीबहिनीहरूका हितको रक्षा गर्छन् भनेर बुझ्ने तुल्याउँछन्। त्यसपछि, तिनीहरूले यी झूटा बुझाइहरू प्रयोग गरेर मानिसहरूमा सम्मान र प्रशंसाको भावना पैदा गर्छन्, मानिसहरूलाई भ्रममा पार्ने र आफूलाई पछ्याउन लगाउने तिनीहरूको लक्ष्य पूरा गर्छन्। जब तिनीहरू मानिसहरूलाई यसरी भ्रममा पार्छन्, के तिनीहरूले गर्ने कामकुरा सत्यतासित मेल खान्छन्? तिनीहरूले सबथोक सही भने पनि, तिनीहरूले गर्ने कामहरू पक्कै पनि सत्यतासित मेल खाँदैनन्। समझशक्ति नभएकाहरूले समस्या देख्न सक्दैनन्। मानिसहरूलाई भ्रममा पार्ने सारको सम्बन्धमा भन्नुपर्दा, तिनीहरूका कार्यले गर्दा मानिसहरूलाई ती सत्यतासित मेल खाँदैनन् भनी बुझ्न गाह्रो हुन्छ। यदि यो देख्न सकेको भए, के मानिसहरूले तिनीहरूको जालझेल पत्ता लगाउन सक्नेथिएनन् र? वास्तवमा, तिनीहरूले गर्ने र खुलासा गर्ने कुरा झूटो आत्मिकता हो। त्यसोभए, झूटो आत्मिकताको प्रकटीकरण के हो? झूटो आत्मिकतासित सम्बन्धित धेरै व्यवहार, कार्य, र भनाइहरू सही देखिन्छन्, तर वास्तवमा ती बाहिरी कार्य मात्र हुन्, र तिनको सत्यता अभ्यास गर्नुसित कुनै सम्बन्ध हुँदैन। ठ्याक्कै फरिसीहरूजस्तै, जसले प्रभु येशूको प्रतिरोध गरे: तिनीहरू हातमा धर्मशास्त्र लिएर गल्लीहरूमा “हे मेरा प्रभु…,” भन्दै चर्को सोरमा प्रार्थना गर्थे, मानिसहरूलाई तिनीहरूको भक्ति देखाउँथे। फलस्वरूप, आजकाल “फरिसी” शब्द त पाखण्डी मानिसहरूको उपमा बनेको छ। फरिसीको अगाडि कुन विशेषण लाग्छ? पाखण्डी। खासमा, “पाखण्डी” नभनी “फरिसी” शब्द उल्लेख गरिएमा, तैँले यो सकारात्मक शब्द होइन भनेर थाहा पाउनेछस्—यो “दुर्जन” वा “दियाबलस” भनेजस्तै हो र यसले त्यही अर्थ दिन्छ। झूटो आत्मिकताको कुरा गर्नुपर्दा, आजकाल आत्मिकताबारे खासै धेरै मानिसले कुरा गर्दैनन्, र कसैले आत्मिकताको उल्लेख गर्दा, त्यसको अगाडि के थप्छ? (झूटो।) ठिक भनिस्, झूटो शब्द थप्छ। धेरैजसो अवस्थामा, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउनुका प्रकटीकरणहरू वास्तवमा झूटो आत्मिकताका प्रकटीकरणहरू हुन्। झूटो आत्मिकतासँग जोडिएका शब्द, कार्य, र व्यवहारहरू निकै राम्रा, निकै भक्तमय, र सत्यतासँग मिल्दो देखिन्छन्। तिनीहरू कुनै व्यक्तिलाई कमजोर देख्दा आफ्नो खाना बिर्सेर हतारपतार उसलाई मद्दत गर्न पुग्छन्। जब तिनीहरू कसैलाई घरमा कुनै समस्या आइपरेको देख्छन्, तब तिनीहरू आफ्ना मामलालाई बेवास्ता गरेर उसलाई मद्दत गर्न हतारिन्छन्। यद्यपि, तिनीहरू केही सही शब्द वा मिठा र सहानुभूतिशील शब्दहरूद्वारा मद्दत गर्छन्, तर यति धेरै बोल्दा पनि त्यस व्यक्तिका वास्तविक समस्याहरू ज्युँका त्युँ रहन्छन्, समाधान हुँदैनन्। त्यसोभए तिनीहरूले यस्तो व्यवहार गर्नुको उद्देश्य के हो त? मानिसहरू तिनीहरूको व्यवहारद्वारा अत्यन्तै प्रभावित हुन्छन्, र तिनीहरूलाई आवश्यकता परेको बेलामा यस्तो अगुवामा भर पर्न पाउनु गजबको कुरा हो भन्ने लाग्छ—उनीहरू साँच्चै खुसी हुन्छन्। त्यसकारण, के भन्न सकिन्छ भने ख्रीष्टविरोधीहरूले शब्दहरू प्रयोग गरेर मानिसहरूलाई भ्रममा पार्ने मात्र नभई त्यो सँगसँगै उनीहरूलाई भ्रममा पार्न विभिन्न व्यवहार पनि अपनाउँछन्, ताकि मानिसहरूले तिनीहरू अत्यन्तै आत्मिक, असाधारण, र आफ्नो भरोसा र सहाराका लायक छन् भन्ने ठानून्। कतिपयले त यस्तोसमेत सोच्लान्, “परमेश्‍वरमा विश्‍वास गर्नु अलि अमूर्त लाग्छ, तर हाम्रो अगुवामा विश्‍वास गर्नु व्यावहारिक हुन्छ। यो अत्यन्तै वास्तविक र साँचो हुन्छ: उनलाई छुन र देख्न सकिन्छ, अनि कामकुरा सम्हाल्दा उनलाई सोध्न र सिधै कुरा गर्न सकिन्छ। त्यो कति गजबको हुन्छ!” यस्ता नतिजाहरू हासिल गरेर, ख्रीष्टविरोधीहरू आफ्ना उद्देश्यमा पुगेका हुन्छन्, तर भ्रमितहरू दुःखित हुन्छन्। केही समयसम्म ख्रीष्टविरोधीहरूको भ्रममा परेपछि, जब यी मानिसहरू फेरि परमेश्‍वरसामु आउँछन्, तब उनीहरू प्रार्थना गर्न वा उहाँलाई आफ्ना हृदय खोल्न जान्दैनन्। त्यसबाहेक, यी मानिसहरूको भेटघाट हुँदा, उनीहरू एकअर्कालाई चिप्लो घस्छन्, आत्मिक भएको नाटक गर्छन्, अनि एकअर्कालाई भ्रममा पार्ने र छल्ने गर्छन्। अन्त्यमा, ख्रीष्टविरोधीहरू यस्तो समेत दाबी गर्छन्, “हाम्रो मण्डलीको हरेक दाजुभाइ-दिदीबहिनीले परमेश्‍वरलाई प्रेम गर्छन्। समस्याहरू आइपर्दा, उनीहरू त्यो समाधान गर्न डटेर लागिपर्छन्—उनीहरूलाई ठूलो रातो अजिङ्गरले गिरफ्तार गरे पनि, उनीहरू सबै जना आफ्नो गवाहीमा दृढ रहन सक्छन्। हामी कोही पनि यहूदा हुनेछैनौँ—म यसको ग्यारेन्टी दिन्छु!” नतिजा के भयो भने, जब तिनीहरू पक्राउ परे, तब तिनीहरूमध्ये धेरैजसो यहूदा बने। के तिनीहरू दुर्जनहरूको समूह होइनन् र? ख्रीष्टविरोधीहरूले यी खोक्रा शब्द र नाराहरू प्रयोग गरेर दाजुभाइ-दिदीबहिनीहरूलाई मूर्ख बनाउने, भ्रममा पार्ने, र ठग्ने गर्छन्। धेरैजसो मानिस मूर्ख र अनभिज्ञ हुन्छन्, उनीहरूमा समझशक्ति हुँदैन, अनि ख्रीष्टविरोधीहरूलाई मनपरी व्यवहार गर्न दिन्छन्। माथिका कार्य प्रबन्धहरूले परिस्थिति उत्पन्न हुँदा त्यो कसरी सम्हाल्ने र कस्तो काम गर्ने भनेर लामो समयदेखि जोड दिएका छन्, जसको उद्देश्य परमेश्‍वरका चुनिएका सबै जनले सुरक्षित वातावरणमा आफ्ना कर्तव्य निभाउन सकून् भनी सुनिश्चित गर्नु हुन्छ। गिरफ्तारी र सतावटमा परेमा, सकेसम्म क्षति कम गर्नुपर्छ। यदि परमेश्‍वरका चुनिएका सबै जन गिरफ्तार भएर जेल परेर उनीहरूको मण्डली जीवन पूर्ण रूपले गुम्यो भने, के यसले उनीहरूको जीवन प्रवेशमा कमी गराउनेछैन र? जेलमा परमेश्‍वरका वचन खान र पिउन नपाएपछि, के व्यक्तिको जीवन परिपक्व हुन सक्छ? उनीहरूले भजनका केही वचन मात्र सम्झन सक्छन्, र हरदिन उनीहरूको जीवन ती केही वचनमा भर पर्छ। उनीहरूले राति प्रार्थना गर्दा, हृदयमा मौन रूपमा मात्र गर्न सक्छन्, आफ्ना ओठ चलाउने आँट गर्दैनन्। उनीहरूका हृदयमा “विश्‍वासघात नगर्नू, यहूदा नबन्नू, परमेश्‍वरको गवाहीमा दृढ रहनू र उहाँको महिमा गाउनू, उहाँको बदनाम नगर्नू,” जस्ता सोचहरू मात्र बाँकी रहेका हुन्छन्, अरू केही पनि हुँदैन—मानिसहरूमा त्यति थोरै कद मात्र हुन्छ। ख्रीष्टविरोधीहरू यी कुराहरूलाई विचार गर्दैनन्। किन तिनीहरूलाई ख्रीष्टविरोधी भनिन्छ? तिनीहरू केहीझैँ नमानी अरूलाई दुर्व्यवहार गर्छन् र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्छन्! माथिका कार्य प्रबन्धहरूले मानिसहरूले सुरक्षित परिस्थितिमा आफ्ना कर्तव्य निभाएको र सकेसम्म दुर्घटनाहरूबाट जोगिएको माग गर्छन्, तर ख्रीष्टविरोधीहरू आफ्ना काम गर्दा यी कार्य प्रबन्धहरू पालना गर्दैनन्। तिनीहरू चिच्याउँछन् र आफ्नै इच्छाअनुसार सुरक्षालाई बेवास्ता गरेर अन्धाधुन्ध काम गर्छन्। कतिपय मूर्ख व्यक्तिहरूमा समझशक्ति हुँदैन र सोच्छन्, “माथिले किन सधैँ सुरक्षाको कुरा उठाउनुहुन्छ? किन उहाँ दुर्घटनाहरूदेखि यति धेरै डराउनुहुन्छ? त्यसमा डर मान्नुपर्ने के छ र? सबथोक परमेश्‍वरकै हातमा हुन्छ!” के यस्ता कुरा भन्नु मूर्खता होइन र? तेरो कद सानो होला, तँमा बुझाइ छैन होला, र तैँले मामलाहरू छर्लङ्ग देख्न सक्दैनस् होला, तर तैँले मूर्ख तरिकाले कार्य गर्न मिल्दैन! माथिले निश्चित परिस्थितिहरूमा मानिसहरू कसरी भेला हुनुपर्छ, र उनीहरूले कस्ता सिद्धान्तहरू पछ्याउनुपर्छ भनेर बन्दोबस्त मिलाउनुभएको छ—यी सम्पूर्ण विस्तृत बन्दोबस्तहरू केका लागि हुन्? ठ्याक्कै भन्नुपर्दा ती परमेश्‍वरका चुनिएका जनहरूको रक्षा गर्नका लागि हुन्, ताकि उनीहरूले भेला भएर सामान्य र सुरक्षित तवरले आफ्ना कर्तव्य निर्वाह गर्न सकून्। सुरक्षाले तँलाई परमेश्‍वरमा विश्‍वास गरिरहन, सामान्य रूपमा आफ्नो मण्डली जीवन जिउन अनि परमेश्‍वरका वचन खान र पिउन मद्दत गर्छ। यदि तेरो सुरक्षा गुम्यो भने पनि, यदि तँलाई ठूलो रातो अजिङ्गरले गिरफ्तार गऱ्यो, अनि जेलमा तैँले परमेश्‍वरका वचन सुन्न वा पढ्न, भजनहरू गाउन पाइनस्, र त्यहाँ भेलाहरू हुँदैन भने—कसरी तँ अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न सक्छस्? सायद तँ नामको मात्र विश्‍वासी बन्छस् होला। ख्रीष्टविरोधीहरू यी मामलाहरूबारे वास्ता गर्दैनन्; तिनीहरू मानिसहरूको जीवन र मृत्युबारे वास्ता गर्दैनन्। तिनीहरू आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका निम्ति, सबैलाई जाग्न हौसला दिँदै अन्धाधुन्ध यसो भन्दै चिच्याउँछन्, “हामी परिस्थितिहरूदेखि डराउँदैनौँ—हामीसँग परमेश्‍वर हुनुहुन्छ!” मूर्खहरू केही पनि बुझ्दैनन् र तिनीहरू यी शब्दहरूद्वारा भ्रमित हुन्छन्। सबैमा अस्पष्ट र खोक्रा सोचाइहरू हुन्छन् र सोच्छन्, “हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ, र परमेश्‍वरले हाम्रो सुरक्षा गर्नुहुन्छ; यदि हामीलाई केही भयो भने, त्यो परमेश्‍वरकै अनुमतिमा हुन्छ।” के यी खोक्रा शब्दहरू होइनन् र? ख्रीष्टविरोधी र सत्यता नबुझ्नेहरू यस्तै कार्य गर्छन्। दाजुभाइ-दिदीबहिनीहरूले नबुझ्लान्, तैपनि, तैँले कार्य प्रबन्धहरूबारे प्रायः सङ्गति गर्ने अगुवा भएको नाताले, यी मामलाहरूलाई बेवास्ता गर्नु हुँदैन। तैँले कार्य प्रबन्धहरूअनुसार काम गर्नैपर्छ र जति धेरै मानिसले तँलाई सुन्छन्, त्यति राम्रो हो, र जति धेरै मानिस हुन्छन्, तेरो भाषण त्यति नै उत्साहजनक बन्छ भन्ने सोच्दा समेत आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न सधैँ धेरै बोल्ने चाहना पटक्कै गर्नु हुँदैन। ख्रीष्टविरोधीहरूले आफूमुनिहरूको मन जित्न र उनीहरूलाई तिनीहरूको निर्देशन सुन्न लगाउन वातावरण सुरक्षित छ कि छैन भनेर विचार नगरी फुर्सदको समयमा यी मानिसहरूलाई एकसाथ भेला गराउँछन्, र अन्त्यमा उनीहरूलाई पतन गराउँछन्।

ख्रीष्टविरोधीहरू ठुलठुला कुराहरू भन्न अनि निश्चित खोक्रा, झूटा आत्मिक, र सैद्धान्तिक आधारहरू प्रयोग गरेर मानिसहरूलाई भ्रममा पार्न सिपालु हुन्छन्। समझशक्ति नभएका धेरैले मात्र तिनीहरूको कुरा सुन्छन्, र उनीहरू आफूलाई जसरी चालबाजी गरिए पनि ख्रीष्टविरोधीहरूको आज्ञापालन गर्छन्, फलस्वरूप समस्या र गिरफ्तारीमा पर्छन्। यी समस्याहरू कसरी उत्पन्न हुन सक्छन्? कतिपयले परमेश्‍वरले उनीहरूलाई रक्षा नगर्नुभएकाले हो भन्छन्। तर के त्यो परमेश्‍वरबारे गुनासो गर्नु होइन र? यस मामलामा परमेश्‍वरलाई दोष दिन मिल्दैन। परमेश्‍वर मानिसहरूलाई विभिन्न परिस्थितिमा उहाँको काम अनुभव गर्न दिनुहुन्छ। यदि तैँले कार्य प्रबन्धहरूमा आधारित सिद्धान्तअनुसार आफ्नो अभ्यास गरिस्, र वातावरणले साथ दिँदा, जतिसुकै मानिसहरू एकसाथ भेला भए पनि, परमेश्‍वरका वचनहरू सामान्य रूपमा खान र पिउन, परमेश्‍वरको काम अनुभव गर्न, र आफूले निभाउनुपर्ने कर्तव्यहरू निभाउन सकिस् भने, परमेश्‍वरले तँलाई अगुवाइ गर्नुहुनेछ र तँमा उहाँको काम गर्नुहुनेछ। यदि तँ माथिका माग विरुद्ध गइस् र आफ्नै इच्छाअनुसार अन्धाधुन्ध कार्य गर्छस्, अनि केही आइपऱ्यो भने, त्यो मूर्खता र अज्ञानता मात्र हो। परमेश्‍वर शोधन गर्न सबैलाई जेलमा हाल्ने अभिप्राय राख्नुहुन्न। उहाँको अभिप्राय भनेको हरेक व्यक्तिले राम्ररी उहाँका वचनहरू खाऊन् र पिऊन् अनि उहाँको काम अनुभव गरून् भन्ने हो। तर, ख्रीष्टविरोधीहरू यो बुझ्दैनन्। तिनीहरू आफ्नै तर्कमा विश्‍वास गर्छन्, परमेश्‍वरको सुरक्षा पाएमा डर मान्नुपर्ने केही पनि हुँदैन भन्ने सोच्छन्। तिनीहरू परमेश्‍वरको सुरक्षाका सिद्धान्तहरू बुझ्दैनन् र सधैँ परमेश्‍वरलाई सीमित गर्दै प्रावधानहरू अन्धाधुन्ध पालना गर्छन्। धेरै मानिस तिनीहरूको भ्रममा पर्छन् र तिनीहरूसँगै अन्धाधुन्ध काम गर्छन्, माथिका बन्दोबस्तहरूलाई बेवास्ता गर्छन्, फलस्वरूप, केही आइपर्छ—उनीहरू गिरफ्तार हुन्छन् र जेलमा यातना भोग्छन्। समस्या उत्पन्न हुँदा यी मानिसहरूमा कस्तो कद हुन्छ? उनीहरूमा अलिअलि उत्साह मात्र हुन्छ, उनीहरू अलिअलि धर्मसिद्धान्त बुझ्छन्, र केही नाराहरू फलाक्न सक्छन्, तर उनीहरूमा परमेश्‍वरबारे बिलकुलै ज्ञान हुँदैन, उनीहरूमा साँचो बुझाइ, ज्ञान, वा सत्यताको अनुभव हुँदैन, अनि परमेश्‍वर मानिसहरूलाई मुक्ति दिन कसरी काम गर्नुहुन्छ भन्नेबारे बुझाइ हुँदैन। उनीहरू उत्साहमा मात्र भर परेर परमेश्‍वरलाई पछ्याउँछन् र उनीहरूमा अलिअलि सङ्कल्प मात्र हुन्छ। के यस्तो कद भएका मानिसहरू आफूलाई पक्राउ गरेर जेलमा हाल्दा गवाही दिन सक्छन्? कदापि सक्दैनन्। उनीहरूले विश्‍वासघात गर्नेबित्तिकै आउने परिणामहरू कस्ता हुन्छन्? उनीहरू सोच्न थाल्छन्, “के परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्न र? सबथोक उहाँकै हातमा छ, तर किन उहाँ मलाई मुक्ति दिनुहुन्न? किन उहाँ मलाई यसरी कष्ट भोग्न दिनुहुन्छ? के परमेश्‍वर त हुनुहुन्छ? के हामीले यति धेरै उत्साह राख्नु गलत हुने सम्भावना छ? यदि हाम्रा अगुवाहरूले हामीलाई बहकाएका छन् भने, किन परमेश्‍वर तिनीहरूलाई ताडना दिनुहुन्न? किन परमेश्‍वरले हामीलाई यहाँ ल्याउनुभयो? किन उहाँले हामीलाई यस्तो परिस्थिति सामना गर्न लगाउनुभयो?” गुनासाहरू देखिन थाल्छन्, त्यसको लगत्तै परमेश्‍वरलाई अस्वीकार गरिन्छ: “परमेश्‍वरका कार्यहरू मानिसको इच्छासँग मिल्दैनन्। उहाँका कार्यहरू सधैँ सही नहोलान्, र उहाँ नै सत्यता नहुनुहोला।” अन्त्यमा, धेरै कष्ट भोग्नुका साथै केही समय त्यो सहेपछि, तिनीहरूले जानेको थोरै धर्मसिद्धान्त र तिनीहरूमा भएको अलिकति जोस पनि हराउँछ। तिनीहरू परमेश्‍वरलाई नकार्छन् र आफ्नो आस्था गुमाउँछन्, यहूदा समेत बन्छन्। जेलबाट छुटेपछि, तिनीहरू यस्तो समेत सोच्छन्, “अब मैले परिस्थितिहरूबारे फेरि कहिल्यै चिन्ता लिनुपर्दैन। हेर त, परमेश्‍वरमा विश्‍वास नगर्नेहरूलाई कति राम्रो छ: बाहिर उनीहरूलाई एकदमै धेरै स्वतन्त्रता छ। हामी चाहिँ गोप्य रूपमा विश्‍वास गरेर के गरिरहेका छौँ? यदि देशले विश्‍वासलाई निषेध गर्छ भने, विश्‍वास गर्न छोडिहाल।” के यस्ता मानिसहरूले पछि पनि परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्? (अहँ, सक्दैनन्।) किन सक्दैनन्? परमेश्‍वरले तिनीहरूलाई उप्रान्त चाहनुहुन्न। परमेश्‍वर तँलाई एकपटक मात्र रोज्नुहुन्छ, र तैँले आफ्नो मौका गुमाइसकेको छस्, त्यसैले परमेश्‍वरले तँलाई दोस्रोपटक चाहनुहुनेछैन। यस्ता मानिसहरूले मुक्ति पाउने आशा कति हुन्छ? शून्य, कुनै आशा रहेको हुँदैन। यो नै अन्ततः ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्न मनमानी व्यवहार गरेर र केही झूटा आत्मिक सिद्धान्तहरू प्रयोग गरेर ल्याउने परिणाम हो, जसले गर्दा तिनीहरू देखावटी आत्मिकता र जोसलाई पछ्याउँछन्। परिणामचाहिँ के हो? (उनीहरू बर्बाद हुन्छन्।) परमेश्‍वरले उनीहरूलाई मुक्ति दिनु नदिनु उहाँको कुरा हो, तर कम्तीमा अहिलेका लागि के देखिन्छ भने, जब परमेश्‍वरप्रति मानिसहरूको आस्थाको मार्ग यो बिन्दुमा पुग्छ, तब उनीहरूका सम्भावना र गन्तव्य मूलत: बर्बाद हुन्छ। आखिर, यो कसले गर्दा हो? यो ख्रीष्टविरोधीहरूले गर्दा हो। यदि तिनीहरूले यस्तो अन्धाधुन्ध काम नगरेर कार्य प्रबन्धहरूअनुसार काम गरेका, दाजुभाइ-दिदीबहिनीहरूलाई माथिका मागअनुसार अगुवाइ गरेका, र सबैलाई परमेश्‍वरसामु ल्याएका भए, यी कुराहरू भएका हुनेथिएनन्। के यी मानिसहरूले मुक्ति पाउने आशा अझै रहेको हुनेथ्यो? (हजुर।) यी मानिसहरूले अझै पनि मुक्ति पाउने आशा पाउनेथिए। ख्रीष्टविरोधीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू अत्यन्तै ठूला भएकाले, यदि तिनीहरूलाई जोगाउने र तिनीहरूको कुरा सुन्ने कोही छैन भने, तिनीहरूलाई जीवन पट्टाइलाग्दो र नीरस लाग्छ। तिनीहरू आफूलाई पछ्याउने ती अन्योल मानिसहरूलाई बलिको बोको र खेलौना ठान्छन्, र उनीहरू सबैलाई तिनीहरूको अगुवाइ पछ्याउन लगाउँछन्। तिनीहरूलाई आफू सक्षम छु र आफूलाई सुखचैन छ, अनि यो जीवन जिउन लायक छ भन्ने लाग्छ। तिनीहरू आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न आफूलाई पछ्याउनेहरूलाई यी तथाकथित आत्मिक र मिठा शब्दहरू प्रयोग गरेर भ्रममा पार्छन्, अनि उनीहरूलाई भ्रममा पारेपछि साँचो मार्ग र परमेश्‍वरका वचनबाट तर्काउँछन्, आफूलाई परमेश्‍वरबाट टाढिएर तिनीहरूलाई पछ्याउन लगाउँछन्, र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न लगाउँछन्। अन्तिम नतिजा के हुन्छ? यी मानिसहरूको सम्भावना र गन्तव्य बर्बाद हुन्छ, अनि उनीहरूले मुक्ति पाउने मौका गुमाउँछन्। मानिसहरूले परमेश्‍वरमा राम्ररी विश्‍वास नगरेर बरु अरू मानिसहरूलाई पछ्याउनुका परिणामहरू कस्ता हुन्छन्? के तिमीहरू आत्मिक देखिने व्यक्तिको अझै पनि ईर्ष्या गर्छौ? (अहँ, गर्दैनौँ।) “आत्मिक” शब्दबारे के भन्न सकिन्छ? यो खोक्रो हुन्छ। मानिसहरू देहले बनेका हुन्छन्—उनीहरू सृजित प्राणी हुन्। यदि तँ साँच्चै आत्मिक भएको भए, तेरो देह अस्तित्वमै हुनेथिएन, अनि त्यसपछि तँ कसरी आत्मिक हुनेथिइस्? के त्यो खोक्रो कुरा मात्र होइन र? त्यसैले हेर् त, “आत्मिक” शब्द आफै वैध होइन; यो खोक्रो कुरा मात्र हो। भविष्यमा, यदि तैँले आत्मिकता पछ्याइरहेको छु भनेर कसैले भनेको सुनिस् भने, उसलाई यसो भन्, “तिमी इमानदार व्यक्ति हुनुको र परमेश्‍वरसामु जिउनुको पछि लाग्नुपर्छ—त्यो अझ बढी व्यावहारिक हुन्छ। यदि तिमी आत्मिकता पछ्याउँछौ भने, त्यो निकासहीन मार्ग हो! आत्मिकतालाई कहिल्यै नपछ्याऊ; यो मानिसहरूले पछ्याउने कुरा होइन—यो वैध छँदै छैन।” ल भन्, परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेपछि, को चाहिँ आत्मिक व्यक्ति बनेको छ? के ती चर्चित हस्तीहरू र धर्मका बाइबल व्याख्याकारहरू आत्मिक हुन्? ती सबै पाखण्डीहरू हुन्, तिनीहरू कोही पनि आत्मिक होइनन्। “आत्मिक” शब्द आविष्कार गर्ने मानिसहरूले यो खोक्रो शब्द प्रयोग गरेर मानिसहरूलाई भ्रममा पारिरहेका छन्। तिनीहरू दुर्जन र दियाबलस हुन्। कस्तो व्यक्तिले चाहिँ यस्ता खोक्रा कुराहरू भन्न सक्छ? के तिनीहरूमा आत्मिक बुझाइ हुन्छ? (अहँ, हुँदैन।) यदि तँ मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा के पछ्याउनुपर्छ वा उनीहरू कसको हुनुपर्छ भनेरसमेत बुझ्न सक्दैनस् भने, के तैँले सत्यता बुझ्न सक्छस्? तँ भित्रैबाट सृजित प्राणी, शैतानले भ्रष्ट पारेको मानवजातिको एक सदस्य होस्। कुनै कुराको हुने भन्ने सन्दर्भमा, तँ देहको छस्—त्यो मानव गुण हो। अवश्य नै, यदि तँ देहको हुन खोज्छस् भने, शैतानको हुन्छस्: त्यो त सांसारिक मार्गमा हिँड्नु हो। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले सत्यतालाई पछ्याउनुपर्छ—त्यो सही हो। यदि मानिसहरू आत्मिक वा परमेश्‍वरजस्तै हुन खोज्छन् भने, के यो उनीहरूले हासिल गर्न सक्ने कुरा हो? उनीहरूले जसरी पछ्याए पनि, त्यो बेकार हुन्छ। यो परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्ग होइन। त्यसकारण, आत्मिक वा परमेश्‍वरसरह हुन खोज्नु त नारा मात्र, सत्यतासँग असम्बन्धित झूटो आत्मिक सिद्धान्त हो। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र उहाँलाई पछ्याउँछस् भने, तैँले सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ, अनि परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न सक्नुपर्छ। यो नै सत्यता वास्तविकता हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्