विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन् (खण्ड एक)
पूरक: दाबाओ र सियाओबाओको कथा
हामीले आजको सङ्गतिको औपचारिक सुरुवात गर्नुअघि, म एउटा कथाबाट सुरु गर्छु। के तिमीहरू सबैलाई कथा सुन्न मन पर्छ? (पर्छ।) त्यसोभए, के कथा सुन्ने कुनै सिद्धान्त हुन्छ? भनिइरहेको कथामा, तैँले सत्यताको एउटा पक्ष बुझ्न सक्नुपर्छ, परमेश्वरका अभिप्रायहरूको एउटा पक्ष बुझ्न सक्नुपर्छ, मानव प्रकृति सारको एउटा पक्ष चिन्न सक्नुपर्छ, वा कथाभित्र मानिसहरूले अभ्यास र प्रवेश गर्नुपर्ने सत्यता वास्तविकता पत्ता लगाउन सक्नुपर्छ। कथा भन्नुको अर्थ यही हो; यो फोस्रो बकबक होइन, र यो निश्चय नै गफ होइन। कतिपय मानिसले कथाहरू सुन्दा घटनाहरू मात्र बुझ्छन्—ती कस्ता मानिस हुन्? (कमजोर क्षमताका मानिस।) कमजोर क्षमताको मतलब तिनीहरू समझहीन हुन्छन्; मुख्य गरी, तिनीहरूमा आत्मिक बुझाइ हुँदैन। तिनीहरूले जे कथा सुने पनि, घटनाहरू सम्झन वा कथाबाट केही प्रावधानहरू सिक्न मात्र सक्छन्। तर मानिसहरूले कथाभित्र बुझ्नुपर्ने विभिन्न सत्यताको कुरा आउँदा, तिनीहरू ती बोध गर्दैनन्, बुझ्दैनन् वा त्यसको सम्पूर्ण ज्ञान लिँदैनन्। के यो व्यवहार अलिकति पनि आत्मिक बुझाइ नहुनुको सङ्केत होइन र? (हो।) के तिमीहरूमध्ये कसैले कुनै कथा सुनेपछि यस्तो व्यवहार देखाएको छ? त्यो सुनेपछि, उसले त्यति बुझ्दैनथ्यो, उसलाई कथा अर्थहीन लाग्थ्यो, र त्यो भनिए पनि नभनिए पनि त्यसले फरक पार्दैनथ्यो। के यस्ता मानिसहरूमा बुझ्ने क्षमता हुन्छ? जब तिमीहरू कुनै कथा सुन्छौ, के तिमीहरूले त्यसभित्रका घटनाबाट केही लाभ लिन सक्छौ? तिमीहरूले त्यसभित्रको सत्यता बुझ्न सके पनि नसके पनि, कथा सुन्नेसम्बन्धी भर्खरै मैले उल्लेख गरेको सिद्धान्त बुझ्नुपर्छ। अब, कथा सुरु गरौँ।
सियाओबाओ नामको एक जना सानो केटो थियो। हालसालै, कुनै मान्छे उसको घरमा आएको थियो, र यो मान्छे सुसमाचार प्रचार गर्न उसका आमाबुबासँग बारम्बार बाहिर जान्थ्यो। एक दिन, सियाओबाओका आमाबुबा त्यो मान्छे र आफ्ना छोरालाई मात्र घरमा छाडेर केही काम निब्ट्याउन बाहिर कतै गए। हाम्रो कथा यहीँबाट सुरु हुन्छ। सियाओबाओ त्यो मान्छेसँग राम्ररी परिचित नभएकाले, सियाओबाओ खेलिरहेको बेला त्यो मान्छेले गएर ऊसँग मित्रवत हुने निर्णय गऱ्यो। उसले सियाओबाओलाई चिनेको र उसको नामसमेत थाहा भएको बतायो। सियाओबाओलाई खुसी लाग्यो र त्यो मान्छे खराब हुन सक्दैन भन्ने उसले सोच्यो। त्यसपछि, त्यो मान्छेले सियाओबाओलाई सोध्यो, “सियाओबाओ, के तिम्रा आमाबुबाले कुराकानी गर्दा कहिल्यै मेरा बारेमा कुरा गरेका छन्?” सियाओबाओले एकछिन सोच्यो र भन्यो, “मलाई थाहा छैन।” त्यो मान्छेले भन्यो, “तिमी त इमानदार बच्चा हौ। ज्ञानी बच्चाहरू आफूलाई थाहा भएको कुरा भन्छन्।” उसले सियाओबाओलाई फेरि पनि सोध्यो, “के तिम्रा आमाबुबाले कहिल्यै मेरा बारेमा कुरा गरे कि गरेनन्?” सियाओबाओले अझै पनि थाहा छैन नै भन्यो। त्यो मान्छेले फेरि भन्यो, “सियाओबाओ, ज्ञानी बन, यदि तिमीले मलाई साँचो कुरा भन्यौ भने, म तिमीलाई केही मिठाई दिनेछु।” सियाओबाओले केहीबेर सोच्यो तर अझै पनि थाहा छैन नै भन्यो। त्यो मान्छेले विचार गऱ्यो, “म उसलाई कसरी सत्य कुरा बताउन लगाऊँ?” उसले केहीबेर सोचेर सियाओबाओलाई भन्यो, “सियाओबाओ, तिम्रा आमाबुबा परमेश्वरमा विश्वास गर्छन्, म पनि गर्छु। म तिम्रा आमाबुबाको सबैभन्दा मिल्ने साथी हुँ। हामी तिनै जना परमेश्वरमा विश्वास गर्छौँ, र तिमी पनि परमेश्वरमा विश्वास गर्छौ। के तिमीलाई परमेश्वर कस्ता बच्चाहरू मन पराउनुहुन्छ भनेर थाहा छ?” सियाओबाओले त्यसबारे सोच्यो र भन्यो, “मलाई थाहा छैन।” त्यो मान्छेले भन्यो, “परमेश्वर इमानदार, झूट नबोल्ने बच्चाहरू मन पराउनुहुन्छ। उनीहरू आफूलाई केही कुरा थाहा हुँदा, थाहा छ भन्छन्, र थाहा नहुँदा थाहा छैन भन्छन्। त्यो इमानदार बच्चा हो, र परमेश्वर यस्ता बच्चाहरूलाई मन पराउनुहुन्छ।” सियाओबाओले यसबारे सोच्यो र “हुन्छ” भन्यो। त्यसपछि, उसले थाहा छैन भन्न छोड्यो। त्यो मान्छेले फेरि भन्यो, “यदि तिमीले मलाई सत्य कुरा बतायौ भने, तिमी परमेश्वरलाई मन पर्ने इमानदार बच्चा हुनेछौ।” सियाओबाओले यसबारे सोच्यो र “हुन्छ नि त” भन्यो। त्यो मान्छेले सोध्यो, “‘हुन्छ नि त’ भन्नुको मतलब के हो?” सियाओबाओले भन्यो, “यसको मतलब मेरा आमाबुबाले तपाईंबारे यसअघि केही कुरा भनेका छन्।” त्यसपछि, के भनेका थिए भनेर त्यो मान्छेले सियाओबाओलाई सोधिरह्यो साथै इमानदार हुनू र झूट नबोल्नू भनिरह्यो। सियाओबाओले भन्यो, “मेरा आमा र बुबाले भन्नुभएको तपाईं राम्रो व्यक्ति होइन अरे। उहाँहरूले तपाईँ खासै इमानदार हुनुहुन्न, र तपाईंसँग कुरा गर्दा उहाँहरू सावधान हुनुपर्छ भनेर भन्नुभएको छ।” त्यो मान्छेले फेरि सोध्यो, “तिम्रा आमा र बुबाले अरू के भने?” सियाओबाओले जवाफ दियो, “मलाई याद भएन।” त्यो मान्छेले “ज्ञानी बच्चा बन!” भन्यो। त्यसपछि सियाओबाओले जवाफमा भन्यो, “मेरा आमा र बुबाले तपाईंलाई सबथोक भन्नु हुँदैन भन्नुभयो।” त्यसपछि, त्यो मान्छेले उसलाई प्रश्न सोध्न जारी राख्यो, र सियाओबाओले उसलाई धेरै कुरा बतायो। त्यो मान्छेलाई झन्-झन् असहज महसुस भयो र सियाओबाओलाई भन्यो, “सियाओबाओ, तिमी परमेश्वरलाई मन पर्ने अत्यन्तै ज्ञानी बच्चा हौ किनकि तिमी इमानदार व्यक्ति हौ र तिमी मलाई आफूलाई जे थाहा छ त्यो भन्छौ।” यतिञ्जेल, सियाओबाओ यो मान्छेसँग सुरुमा जतिको सतर्क रहेन, र आफूलाई सोधिएको सबै प्रश्नमा उसले “मलाई थाहा छैन” भनेन। ऊ त्यो मान्छेलाई सबथोक, त्यो मान्छेलाई थाहा नभएको सबथोक भन्न चाहन्थ्यो—उसले सियाओबाओलाई सोध्नु मात्र पर्थ्यो। त्यो मान्छेले सियाओबाओलाई यो कुरा पनि खुलायो, “मेरो बोलाउने नाम दाबाओ हो, हेर न, तिमी सियाओबाओ र म दाबाओ। के हामी सबैभन्दा मिल्ने साथी बन्नु पर्दैन र?” सियाओबाओले “पर्छ” भनेर भन्यो। तिनीहरूले एकअर्कासित कुराकानी गर्दै जाँदा, धेरै कुराबारे कुरा गरे, अनि जति धेरै कुराकानी गरे तिनीहरूलाई त्यति धेरै खुसी लाग्यो। सियाओबाओले पनि केही मिठाई खान पायो र त्यो मान्छेदेखि सतर्क हुन छोड्यो। त्यसपछि, त्यो मान्छेले सियाओबाओलाई यो माग गऱ्यो: “भविष्यमा, यदि तिम्रा आमा र बुबाले मेरा बारेमा फेरि केही कुरा गरेमा, के तिमी मलाई बताउन सक्छौ?” सियाओबाओले भन्यो, “भइहाल्छ नि, किनकि हामी असल साथी हौँ।” सियाओबाओ अब यो मान्छेसित सतर्क थिएन, र यो मान्छेले ऊबाट चाहेको सूचना पायो। त्यस दिनदेखि, तिनीहरू अत्यन्तै असल साथी बने। सियाओबाओका आमा र बुबाले त्यो मान्छेबारे कुनै कुरा गर्दैपिच्छे, सियाओबाओले उसलाई तुरुन्तै त्यो बताउँथ्यो। त्यो मान्छेले पनि सियाओबाओलाई प्रतिज्ञा गऱ्यो, “हामी दुईबीचको कुरा म तिम्रा आमा र बुबालाई कदापि भन्नेछैनँ—यो हाम्रो गोप्य कुरा हो। भविष्यमा, यदि तिमीलाई कहिल्यै कुनै मिठो चिज खानु मनपर्यो वा रमाइलो चिज खेल्नु मन पऱ्यो भने, म तिमीलाई त्यो पक्कै किनिदिनेछु। यदि तिमी तिम्रा आमा र बुबाले थाहा नपाऊन् भन्ने कुनै कुरा छ भने, म तिम्रा लागि त्यो गोप्य राख्नेछु।” त्यसैले, सियाओबाओलाई झनै ढुक्क लाग्यो र सारा हृदयले त्यो मान्छेमा भरोसा राख्यो। उसले ऊसँग इमानदार भएर सम्पर्क गरिरह्यो, र तिनीहरू “साँच्चै असल साथी” बने।
पूरा कथा त्यति नै हो। त्यसमा धेरै पात्रहरू संलग्न छैनन्; मुख्य पात्रहरू दाबाओ र सियाओबाओ हुन्। खास विषय दाबाओ नाम गरेको व्यक्तिले सियाओबाओ नाउँको बच्चालाई आफूले जान्न चाहेको केही जानकारी बताउन लगाउन कसरी भ्रममा पार्ने, फकाउने, र लोभ्याउने प्रयास गर्छ भन्ने कुरासँग सम्बन्धित छ। यो त्यस्तै कथा र संवाद हो। यो सरल कथावस्तु र संवादबाट हामी के बुझ्न सक्छौँ? यसमा मुख्य गरी कसका चरित्रहरूबारे छलफल गरिएका छन्? बच्चाको कि वयस्कको? (वयस्कको।) त्यसोभए, यहाँ के चित्रण गरिएको छ? कथाको मूल विषय के हो? मूल विषयमा यस वयस्कले आफ्नो लक्ष्य हासिल गर्न कसरी विभिन्न उपाय प्रयोग गर्छ भन्ने कुरा समावेश छ। के तिमीहरूले उसले प्रयोग गरेका विधिहरू बुझ्यौ? (लोभ्याउने र भ्रममा पार्ने।) उसले बच्चालाई केही दिएर लोभ्यायो र सही शब्दहरू प्रयोग गरेर भ्रममा पाऱ्यो, र उसले बच्चालाई फुस्लाउने कामसमेत गऱ्यो। उसले बच्चालाई प्रलोभनमा पार्न के प्रयोग गऱ्यो? लाभहरू—उसले लाभहरू प्रयोग गरेर बच्चालाई फुस्लायो। लोभ्याउनु, फुस्लाउनु र भ्रममा पार्नु—यसमा फुस्लाउन सही शब्दहरू प्रयोग गरेर, अनि साथै हल्का धम्की दिएर फुस्लाउनु र भ्रममा पार्नु दुवै, समावेश छन्। शब्दहरू सही लाग्लान्, तर उसले यी शब्दहरू केका लागि प्रयोग गऱ्यो? (आफ्नै एजेन्डा पूरा गर्न।) उसले ती आफ्नै गुप्त उद्देश्यहरू हासिल गर्न प्रयोग गऱ्यो। उसले प्रयोग गरेका उपायहरू मूलत: प्रस्ट छन्। के सामान्य मानवतामा हुने व्यवहार यही हो? (होइन।) त्यसोभए यो व्यवहार शैतानको भ्रष्ट स्वभावको कुन पक्षसित सम्बन्धित छ? (दुष्टता।) हामी किन छलीपनको साटो दुष्टता भन्छौँ? दुष्टता छलीपनभन्दा अझ गहन हो; यो बढी अन्तर्घाती, बढी गोप्य, बढी भ्रमपूर्ण, र झनै बुझ्न कठिन हुन्छ, अनि दुष्टतामा, फुस्लाउनु, लोभ्याउनु, मन जित्नु, बहकाउनु, र परीक्षामा पार्नु पर्छन्। यी कार्य र व्यवहारहरू छलीपनभन्दा एकदमै भिन्न हुन्; ती दुष्ट हुन् भन्नेमा कुनै शङ्का छैन। त्यो मान्छेले यसो भनेन, “यदि तिमीले मलाई भनेनौ भने, म तिमीलाई हिर्काउँछु, लात हान्छु, वा मार्छु!” उसले यस्ता विधिहरू अपनाएन, अनि बाहिरी रूपले, ऊ दुर्भावपूर्ण देखिएन। तर, यो दुर्भावपूर्णभन्दा भयानक हो—यो दुष्टता हो। म किन यो दुष्टता हो भन्छु? छलीपनलाई प्रायः धेरैजसो मानिसले पत्ता लगाउन सक्छन्, तर उसको शैली अझ कुटिल हुन्छ। बाहिरचाहिँ, उसले मानव स्नेहअनुरूपको शिष्ट भाषा प्रयोग गर्छ; तर वास्तवमा, भित्रपट्टिचाहिँ अझ लुकेका कुराहरू हुन्छन्। उसका कार्य र विधिहरू मानिसहरूले सामान्यतया देख्ने र सामना गर्ने छलीपनभन्दा बढी लुकेका, बढी अन्तर्घाती हुन्छन्। उसका चालहरू झनै परिष्कृत, छली, र भ्रामक हुन्छन्। यो दुष्टता हो।
दैनिक जीवनमा, के तिमीहरू अरू मानिसको दुष्ट स्वभावको प्रकटीकरण र तिनीहरूको दुष्ट व्यवहार छुट्ट्याउन र खुट्ट्याउन सक्छौ? छली व्यक्तिहरू ठिकैको चलाखी हुन सक्ने भए पनि, तिनीहरूसँग केही समय अन्तरक्रिया गरेपछि, धेरैजसो मानिसले तिनीहरूलाई छर्लङ्गै बुझ्न सक्छन्। तर, दुष्ट स्वभावकाहरूलाई छर्लङ्गै बुझ्न सजिलो हुँदैन। यदि तैँले सार वा परिणामहरू देख्न सकिनस् भने, तैँले तिनीहरूलाई छर्लङ्ग बुझ्ने कुरै हुँदैन। दुष्ट व्यक्तिहरू छली व्यक्तिहरूभन्दा बढी अन्तर्घाती हुन्छन्। तैँले एकदुई वाक्यबाट तिनीहरूलाई छर्लङ्ग बुझ्नै सक्दैनस्। दुष्ट स्वभावका मानिसहरूको सन्दर्भमा भन्नुपर्दा, तिनीहरूले त्यो निश्चित कामकुरा किन गरिरहेका छन्, त्यस्तो शैलीमा किन बोलिरहेका वा कार्य गरिरहेका छन् भनेर तैँले केही समयमा वा छोटो समयमा नबुझ्न सक्लास् वा छिचोल्न नसक्लास्। कुनै दिन, जब तिनीहरू पूर्ण रूपले खुलासा भएका र उदाङ्गो पारिएका हुन्छन्, तब अन्तत: सबैले तिनीहरू कस्ता व्यक्ति हुन् भनेर पत्ता लगाउनेछन्। यो छलीपन मात्र होइन—यो दुष्टता हो। त्यसकारण, दुष्ट स्वभाव खुट्ट्याउन केही समय लाग्छ, र कहिलेकाहीँ त परिणामहरू देखिएपछि मात्र व्यक्तिले त्यसलाई खुट्ट्याउन सक्छ—यो तुरुन्तै खुट्ट्याउन सकिने कुरा होइन। उदाहरणका लागि, ठूलो रातो अजिङ्गरले दशकौँदेखि मानिसहरूलाई भ्रममा पार्दै आएको छ, र अहिले थोरै मात्र मानिसहरूले केही मात्रामा बुझेका छन्। ठूलो रातो अजिङ्गरले प्रायः सबैभन्दा राम्रो सुनिने र मानव धारणासित सबैभन्दा बढी मिल्ने कुराहरू भन्छ, अनि मानिसहरूलाई सेवा दिने नाममा भ्रममा पार्छ र इन्साफको नाममा विरोधीहरूलाई लखेट्छ, अनगिन्ती असल मानिसहरूलाई गम्भीर रूपमा हानि गर्छ। तर यो कुरा थोरैले खुट्ट्याउन सक्छन् किनभने त्यसले जे गर्छ र भन्छ मानिसहरूको नजरमा त्यो सही देखिन्छ। मानिसहरू सबैलाई त्यसले गर्ने सबथोक न्यायसङ्गत र उचित, वैधानिक र तर्कसङ्गत, अनि मानवतावादसँग मिल्दो लाग्छ। फलस्वरूप, यसले दशकौँदेखि मानिसहरूलाई भ्रममा पार्दै आएको छ। जब त्यो अन्तत: खुलासा भएर ढल्छ, तब मानिसहरूले त्यसको साँचो रूप त दियाबलसको पो भएको, र त्यसको प्रकृति सार दुष्ट रहेको देख्नेछन्। ठूलो रातो अजिङ्गरले धेरै वर्षदेखि मानिसहरूलाई भ्रममा पार्दै आएको छ, र ठूलो रातो अजिङ्गरको विष हरव्यक्तिमा हुन्छ—तिनीहरू त्यसका सन्तति बनेका छन्। के तिमीहरूमध्ये कोही ठूलो रातो अजिङ्गरले गरेका कामकुरा गर्न सक्छौ? कतिपय मानिस एकदमै मिठा शब्दहरू प्रयोग गरेर ठूलो रातो अजिङ्गरजस्तै बोल्छन् तर कुनै वास्तविक काम गर्दैनन्। तिनीहरूका सबै शब्द मिठा हुन्छन्, तर तिनीहरू वास्तविक काम गर्दैनन्। साथै, तिनीहरू अत्यन्तै कपटी र दुष्ट हुन्छन्। यदि कसैले यस्ता मानिसहरूलाई चिढ्याएमा तिनीहरूले त्यतिकै छाड्ने छैनन्। ढिलो वा चाँडो तिनीहरूले बदला लिने उद्देश्य पूरा गर्न उचित अवसर खोज्नेछन् र उसलाई कुनै फाइदा उठाउन दिनेछैनन्। तिनीहरूले अगाडि नआई र आफ्नो अनुहार नदेखाई त्यो मामलालाई सम्हाल्न समेत सक्छन्। के यो दुष्ट कुरा होइन र? दुष्ट मानिसहरू सिद्धान्त, विधि, अभिप्राय, मनसाय, र उद्देश्यद्वारा परिचालित हुन्छन् जुन अत्यन्तै गोप्य र लुकेका हुन्छन्। दुष्ट व्यक्तिहरू षड्यन्त्र गरेर अरूलाई हानि गर्छन्, कहिलेकाहीँ अरूलाई हत्या गर्न लगाउँछन्, कहिलेकाहीँ अरूलाई लोभ्याएर पाप गराई सास्ती दिन्छन्, र कहिलेकाहीँ कानुन प्रयोग गरेर वा घृणास्पद माध्यमहरूको सहारा लिएर अरूलाई सास्ती दिन्छन्। यी सबै दुष्टताका प्रकटीकरण हुन्, र तीमध्ये कुनै पनि न्यायोचित वा इमानदार विधि होइनन्। के तिमीहरूमध्ये कसैले यस्ता व्यवहार वा प्रकटीकरणहरू देखाउँछौ? के तिमीहरू ती खुट्ट्याउन सक्छौ? के तिमीहरूलाई तिनमा दुष्ट स्वभाव हुन्छ भनेर थाहा छ? सामान्यतया छलीपन बाहिरी रूपमा देख्न सकिन्छ: कुनै व्यक्तिले टालमटोल गर्छ वा आलङ्कारिक भाषा प्रयोग गर्छ, अनि उसले के सोचिरहेको छ भनेर कसैले पनि बुझ्न सक्दैन। त्यो छलीपन हो। दुष्टताको मूल विशेषता के हो? त्यो के हो भने तिनीहरूका शब्दहरू अत्यन्तै मिठा सुनिन्छन्, साथै बाहिरबाट हेर्दा सबथोक सही देखिन्छन्। कुनै समस्या देखिँदैन, र हरेक कोणबाट कामकुराहरू निकै राम्रा देखिन्छन्। जब तिनीहरू केही गर्छन्, तँ तिनीहरूले कुनै विशेष माध्यमहरू प्रयोग गरेको देख्दैनस्, अनि बाहिरबाट हेर्दा कमजोरी वा खोटको कुनै सङ्केत हुँदैन, तैपनि तिनीहरू आफ्नो लक्ष्य हासिल गर्छन्। तिनीहरू अत्यन्तै गोप्य तरिकाले कामकुरा गर्छन्। ख्रीष्टविरोधीहरूले यसरी नै मानिसहरूलाई भ्रममा पार्छन्। यस्ता मानिस र मामलाहरू खुट्ट्याउन सबैभन्दा गाह्रो हुन्छ। कतिपय मानिस प्रायः सही कुराहरू भन्छन्, कर्णप्रिय बहानाहरू बनाउँछन्, अनि मानिसहरूको आँखामा छारो हाल्न मानव स्नेहअनुरूपका निश्चित धर्मसिद्धान्त, भनाइ, वा कार्यहरू प्रयोग गर्छन्। तिनीहरू आफ्ना गोप्य उद्देश्यहरू पूरा गर्नका निम्ति एउटा काम गर्दा अर्को काम गरेको नाटक गर्छन्। यो दुष्टता हो, तर धेरैजसो मानिस यी व्यवहारहरूलाई छलीपन ठान्छन्। मानिसहरूले दुष्टतालाई सीमित मात्रामा बुझेका र विश्लेषण गरेका हुन्छन्। वास्तवमा, छलीपनलाई भन्दा दुष्टतालाई खुट्ट्याउन धेरै गाह्रो हुन्छ किनकि त्यो बढी गोप्य हुन्छ, अनि त्यसका विधि र कार्यहरू बढी परिष्कृत हुन्छन्। यदि कुनै व्यक्तिमा छली स्वभाव छ भने, सामान्यतया अरूले ऊसँग कुरा गरेको दुई-तीन दिनमै उसको छलीपन पत्ता लगाउन सक्छन्, वा तिनीहरूले त्यस व्यक्तिका कार्य र शब्दहरूमा उसको छली स्वभावको प्रकटीकरण देख्न सक्छन्। तर, मानौँ त्यो व्यक्ति दुष्ट छ: यो केही दिनमै खुट्ट्याउन सकिँदैन, किनकि छोटो अवधिमा कुनै ठूला घटना वा विशेष परिस्थिति नआई, उसले बोलेको सुनेर मात्र कुनै पनि कुरा खुट्ट्याउन सजिलो हुँदैन। ऊ सधैँ सही कुराहरू भन्ने र गर्ने गर्छ, अनि एकपछि अर्को सही धर्मसिद्धान्त प्रस्तुत गर्छ। ऊसँग केही दिन अन्तरक्रिया गरेपछि, तँलाई यो व्यक्ति निकै राम्रो छ, उसले कामकुरा त्याग्न र आफूलाई समर्पित गर्न सक्छ, उसमा आत्मिक बुझाइ छ, परमेश्वरलाई प्रेम गर्ने हृदय छ, र उसको कार्यशैलीमा विवेक र समझ दुवै छ भन्ने लाग्ला। तर उसले केही मामला सम्हालेपछि, तैँले उसका बोली र व्यवहारमा अति धेरै कुरा, अति धेरै शैतानी अभिप्रायहरू मिसिएका रहेछन् भन्ने देख्छस्। तँलाई यो व्यक्ति इमानदार नभई छली हो—दुष्ट कुरा हो भन्ने महसुस हुन्छ। ऊ बारम्बार सत्यतासँग मिल्दो र मानव स्नेहसहितका सही शब्द र मिठा वाक्यांशहरू प्रयोग गरेर मानिसहरूसँग अन्तरक्रिया गर्छ। एकातिर, ऊ आफूलाई स्थापित गर्छ, र अर्कोतिर, अरूलाई भ्रममा पारेर मानिसहरूमाझ प्रतिष्ठा र हैसियत प्राप्त गर्छ। यस्ता व्यक्तिहरू अत्यन्तै भ्रामक हुन्छन्, अनि तिनीहरूले शक्ति र हैसियत प्राप्त गरेपछि धेरै मानिसलाई भ्रममा पार्न र हानि पुऱ्याउन सक्छन्। दुष्ट स्वभावका मानिसहरू अत्यन्तै खतरनाक हुन्छन्। के तिमीहरूका वरपर त्यस्ता कुनै मानिसहरू छन्? के तिमीहरू आफै त्यस्ता छौ? (हजुर।) त्यसोभए त्यो कति गम्भीर हो? कुनै सत्यता सिद्धान्तविना बोल्नु र कार्य गर्नु, कार्य गर्न पूर्णतया आफ्नो दुष्ट प्रकृतिमा भर पर्नु, अरूले तँलाई छर्लङ्गै बुझ्न वा चिन्न नसकून्, र तेरो मानवता र हैसियतलाई सम्मान र प्रशंसाले हेरून् भनेर सधैँ अरूलाई भ्रममा पार्ने चाह राख्नु र खोल ओडेर जिउनु—यो दुष्टता हो। तिमीहरू यी दुष्ट व्यवहारहरू कहिलेकाहीँ मात्र देखाउँछौ, कि तिमीहरू धेरैजसो समय यस्तै छौ? के तिमीहरू यस्तै नै हौ, र के तिमीहरूलाई यसबाट मुक्त हुन चुनौतीपूर्ण छ? यदि तिमीहरू कहिलेकाहीँ मात्र यस्ता विधिहरू प्रयोग गर्छौ भने, यसलाई अझै पनि बदल्न सकिन्छ। तर, यदि तिमीहरू यस्तै हौ, निरन्तर चलाखीपूर्ण र छलपूर्ण तरिकाले कार्य गर्छौ, अनि निरन्तर षड्यन्त्रमा भर पर्छौ भने, तिमीहरू सबैभन्दा धूर्त दियाबलस हौ। म तिमीहरूलाई सत्य कुरा बताउनेछु: यस्ता मानिसहरू कहिल्यै बदलिनेछैनन्।
कथामा, दाबाओले यी विधिहरू प्रयोग गरेर सियाओबाओलाई भ्रममा पार्छ र उसलाई सत्य कुरा भन्न लगाउँछ। ल भन, यस्तो व्यवहार गर्न उसलाई कसले सिकाएको हो? कसैले पनि सिकाएको होइन। त्यसोभए, यी चालबाजी कहाँबाट आएका हुन्? (उसको प्रकृतिबाट।) ती उसको प्रकृति, उसको भ्रष्ट सारबाट आएका हुन्। ऊ त्यस्तै व्यक्ति हो। उसले एक बच्चालाई समेत बाँकी राखेन—कस्तो घृणास्पद! यदि उसले सत्यता जान्न चाहेको हो भने, सिधै बच्चाका आमाबुबालाई सोध्न सक्थ्यो, वा उसले सक्रिय भई आफूलाई चिन्ने प्रयास गर्न सक्थ्यो र उनीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्न सक्थ्यो; त्यसपछि उनीहरूले उसलाई सत्यता बताउन सक्थे होलान्। अरूका पिठ्यूँपछाडि यी लज्जास्पद र भद्दा कामकुरा गर्न यस्ता विधिहरू प्रयोग गर्नुपर्ने कुनै आवश्यकता थिएन। दुष्ट स्वभावका मानिसहरूले गर्ने यही हो। ल भन, के यो घिनलाग्दो होइन? (हो।) ऊ बच्चालाई समेत बाँकी राख्दैन; उसले बच्चालाई धम्क्याउन, मूर्ख बनाउन र ठग्न सजिलो देख्छ, त्यसैले उसले ऊविरुद्ध षडयन्त्र गर्छ। अब, यदि उसले कुनै इमानदार र दयालु वयस्कलाई देख्यो भने, उसलाई कस्तो व्यवहार गर्नेछ? के उसले उसलाई त्यतिकै छोड्ला? फिटिक्कै छोड्दैन। यदि उसले आफूजस्तै, आफ्ना वचन र कार्यहरूमा रणनीतिहरू अपनाउन रुचाउने कुनै व्यक्ति देख्यो भने, उसले के गर्नेछ? (उसलाई त्यो व्यक्ति आफू जतिकै दुष्ट छ भनेर थाहा हुन्छ, ऊ त्यस व्यक्तिदेखि सतर्क हुन सक्छ, कुनै पनि कुरा सजिलै खुलासा गर्दैन।) सतर्क हुनुबाहेक, उसले अरू के गर्ला? (उसले प्रतिस्पर्धा गर्नेछ।) उसले खुल्लमखुल्ला र गोप्य रूपमा प्रतिस्पर्धा गर्नेछ—कुरा त्यही हो। दुष्ट स्वभावका मानिसहरूको व्यवहार यस्तै हुन्छ। यस्ता मानिसहरू अरूसित खुल्लमखुल्ला र गोप्य रूपमा प्रतिस्पर्धा गर्न रुचाउँछन्, र तिनीहरू हरेक मौका छोप्छन्। तिनीहरूको एउटा प्रसिद्ध भनाइ छ, र यदि तैँले यस्ता मानिसहरू भेटिस् र तिनीहरूले त्यस्तो भनेको सुनिस् भने, तिनीहरूमा दुष्ट स्वभाव छ भनेर तँ निश्चित हुन सक्छस्। तिनीहरू के भन्छन्? उदाहरणका लागि, जब तँ तिनीहरूलाई अर्को व्यक्तिसँग सहकार्य गरेर कर्तव्य निर्वाह गर्न सुझाव दिन्छस्, तब तिनीहरू भन्छन्, “अहो, म त तिनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दिनँ!” तिनीहरूको पहिलो सोचाइ सधैँ “प्रतिस्पर्धा” बारे नै हुन्छ। तिनीहरू पहिला कसरी अरूसँग सहकार्य गरेर काम राम्ररी गर्ने भन्नेबारे विचार गर्दैनन्, बरु तिनीहरूसँग प्रतिस्पर्धा गर्नेबारे विचार गर्छन्। यो नै तिनीहरूको प्रसिद्ध भनाइ हो। चाहे तिनीहरू जुनसुकै मानिसहरूको समूहमा होऊन्, चाहे तिनीहरू गैरविश्वासीहरूमाझ, दाजुभाइ-दिदीबहिनीहरूमाझ, वा परिवारका सदस्यहरूमाझ किन नहोऊन्, तिनीहरूको एउटै नियम के हुन्छ? त्यो प्रतिस्पर्धा हुन्छ, अनि यदि तिनीहरूले खुला रूपले अरूविरुद्ध जित्न सकेनन् भने त्यो गोप्य रूपमा गर्नेछन्। यस्तो स्वभाव दुष्ट हुन्छ। कतिपय मानिस बाहिरबाट हेर्दा सामान्य तरिकाले अरूसित कुराकानी गरिरहेका जस्ता देखिएलान्, तर हृदयमा, तिनीहरू गोप्य रूपले प्रतिस्पर्धा गरिरहेका, विभिन्न माध्यम र शैली प्रयोग गरेर अर्को व्यक्तिलाई अप्रत्यक्ष रूपले आक्रमण गरिरहेका र होच्याइरहेका हुन्छन्। यो कुरा खुट्ट्याउन नसक्नेहरूले तिनीहरूका जालसाज छर्लङ्ग बुझ्न सक्दैनन्, र तिनीहरूले बुझ्ने बेलासम्म त तिनीहरूको प्रतिस्पर्धाको नतिजा आइसकेको हुन्छ। यो दुष्टता हो। दुष्ट मानिसहरूले अरूसित अन्तरक्रिया गर्नु भनेकै खुल्लमखुल्ला र गोप्य रूपमा प्रतिस्पर्धा गर्ने, अरूलाई परास्त गर्ने विभिन्न योजना बुन्ने, षडयन्त्र गर्ने, वा निश्चित विधिहरू प्रयोग गर्ने, उनीहरूलाई आत्मसमर्पण गर्न लगाउने, र अन्त्यमा सबैलाई झुक्न लगाउने हुन्छ। मानव अस्तित्वमा आएदेखि अहिलेसम्म, मानवताको पूरै इतिहास “प्रतिस्पर्धा” ले भरिएको छ। राष्ट्रहरूबीच ठूलो स्तरमा होस्, वा परिवारहरूबीच सानो स्तरमा होस्, वा मानिसहरूबीच व्यक्तिगत स्तरमा होस्, द्वन्द्वले नभरिएको कुनै समूह छैन; यदि खुला प्रतिस्पर्धा भएन भने गोप्य रूपमा हुन्छ, यदि मौखिक झडप भएन भने शारीरिक झडप हुन्छ। चिनियाँ इतिहासमा विभिन्न जातिय समूहहरूबीचको सबैभन्दा बारम्बार युद्ध चलेको अवधि भनेको वसन्त तथा शरद अवधि र युद्धरत राज्य अवधि थियो। सैन्य रणनीतिसम्बन्धी धेरैजसो चर्चित पुस्तकहरू ती दुई अवधिमा निकालिए, जस्तै सुन जुको “युद्ध कला” मा उल्लिखित चालबाजीहरू—यी सबै त्यो समय निकालिएका थिए। “छत्तीस युक्तिहरू” भन्ने पुस्तक पनि छ, जसमा युद्धमा प्रयोग हुने विभिन्न चालबाजीको दस्तावेज छ। यी कतिपय सैन्य रणनीति र चालबाजी आज पनि प्रयोग गरिन्छन्। ल भन्, त्यसका केही रणनीति के-के हुन्? (“आफैलाई चोट पुर्याउने” रणनीति।) (“विचलनकारी” रणनीति।) (“दोहोरो जासुस” रणनीति, “रित्तो सहर” रणनीति, र “मोहजाल” रणनीति।) यी सबै चर्चित रणनीतिहरू, चाहे ती “मोहजाल,” “रित्तो सहर,” वा “विचलन” बाट सुरु भए पनि, “रणनीति” मै टुङ्गिन्छन्। “रणनीति” को अर्थ के हो? (“चालबाजी” वा “षड्यन्त्र।”) यसले निश्चित अन्तर्घाती, विश्वासघाती, गूढ, वा गोप्य चालबाजीहरूलाई जनाउँछ। यी “चालबाजीहरू” को योजनासँग कुनै सम्बन्ध छैन—ती षड्यन्त्रसँग सम्बन्धित छन्। हामी यी चालबाजीहरूको पछाडि के देख्छौँ? के तिनीहरूका कार्य, व्यवहार, र तिनीहरूले युद्धमा अपनाएका यी चालबाजी र अभ्यासहरू मानवता र सत्यताअनुरूप छन्? (छैनन्।) के परमेश्वर यस तरिकाले काम गर्नुहुन्छ? (गर्नुहुन्न।) कदापि गर्नुहुन्न। त्यसोभए, यी अभ्यासहरूले कसलाई प्रतिनिधित्व गर्छन्? तिनले शैतान र यो दुष्ट मानवतालाई प्रतिनिधित्व गर्छन्। दुष्ट मानवताका यी रणनीतिहरू कहाँबाट आउँछन्? (शैतानबाट।) ती शैतानबाट प्राप्त हुन्छन्। कतिपयलाई यो बुझ्न समस्या होला, त्यसैले मैले ती दियाबलस राजाबाट प्राप्त हुन्छन् भनेर भन्नुपर्छ—त्यसपछि मानिसहरूले बुझ्नेछन्। दियाबलस राजाहरू को हुन्? तिनीहरू ती पिशाच र शैतान हुन् जो मानवतामाझ कलह र विध्वंश मच्चाउन संसारमा पुनर्जन्म भएका हुन्छन्—तिनीहरूले यी रणनीतिहरू बनाएका हुन्। परमेश्वरको कामका अभिलेखहरूमा, के तिमीहरूले कहिल्यै उहाँले “खाली सहर” रणनीति वा “विचलनकारी” रणनीति प्रयोग गर्नुभएको देखेका छौ? के परमेश्वरको व्यवस्थापन योजनामा यी रणनीतिहरू समावेश छन्? परमेश्वरले उहाँको कामलाई व्यवस्थापन गर्न यस्ता रणनीतिहरू कहिल्यै प्रयोग गर्नुभएको छैन। यी रणनीतिहरू सम्पूर्ण दुष्ट मानवजातिले प्रयोग गर्छन्। ठूलो स्तरमा राज्य वा राजवंशदेखि सानो स्तरमा जाति वा परिवारसम्म, र व्यक्तिहरूबीचका सम्बन्धसम्म समेत, तैँले जहाँ पनि भ्रष्ट मानवता पाउँछस्, त्यहाँ द्वन्द्व पाउँछस्। तिनीहरू केका लागि लडिरहेका हुन्छन्? तिनीहरू केका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्? तिनीहरूको लक्ष्य के हो? त्यो सब शक्ति, हैसियत र फाइदाका लागि हुन्छ—यी कुराहरू प्राप्त गर्नका लागि हुन्छ। धेरै मानिसहरूमाथि पकड राख्न राष्ट्रले राष्ट्रविरुद्ध लडाइँ गर्छ। जातिहरू क्षेत्र, मानिस, र सार्वभौमिकताका लागि एकअर्कासित लडाइँ गर्छन्। व्यक्तिहरू श्रेष्ठता र फाइदाका लागि लडाइँ गर्छन्। जहाँ जहाँ मानवजाति छ, त्यहाँ त्यहाँ द्वन्द्व हुन्छ, किनकि जहाँ जहाँ मानवजाति हुन्छ, त्यहाँ त्यहाँ शैतानको भ्रष्टता हुन्छ। सम्पूर्ण मानवतालाई शैतानले भ्रष्ट पारेको छ, त्यसैले संसार द्वन्द्व र रक्तपातले भरिएको छ। त्यसले गर्ने हरेक कुरामा, भ्रष्ट मानवता शैतानको स्वभावका बन्धनबाट उम्कन सक्दैन। त्यसकारण, मानवताको सम्पूर्ण इतिहास, चाहे पश्चिममा होस् वा पूर्वमा, त्यसको इतिहासको हरेक भाग मानवताको दुष्ट सङ्घर्षको खेदजनक विवरण हो। मानवजातिले यी कुराहरूलाई गौरवशाली समेत मान्छ। कतिपय मानिसहरू आज पनि चीनको “छत्तीस युक्तिहरू” अध्ययन गरिरहेका छन्। के तिमीहरूले त्यो अध्ययन गरिरहेका छौ? (छैनौँ।) यदि तँ जानाजानी यी कुराहरू अध्ययन गर्छस्, तिनमा भएका अनुभव, पाठ, माध्यम, विधि, र तरकिबहरूलाई अँगालेर आफ्नो दिमागलाई समृद्ध पार्छस्, र तिनलाई तेरो बाँच्ने सिपको हिस्सा बनाउँछस् भने, त्यो पक्कै पनि गलत हो। तँ निश्चय नै शैतानसित नजिकिनेछस्, र झन्-झन् दुष्ट बन्नेछस्, झन्-झन् खराब हुनेछस्। तर, यदि तैँले आफ्नो दृष्टिकोण बदल्न र त्यसलाई परमेश्वरका वचनअनुसार विश्लेषण गर्न, खुट्ट्याउन, र खुलासा गर्न सकिस् भने, कस्तो नतिजा हासिल गर्नेछस्? तैँले शैतानलाई झनै घृणा गर्नेछस्, र आफूलाई झनै बुझेर घृणा गर्नेछस्। अझ राम्रो परिणाम के हुन्छ? शैतानलाई अस्वीकार गर्नु र परमेश्वरलाई पछ्याउन दृढ सङ्कल्पित हुनु। शैतानले यी तथाकथित परम्परागत संस्कृति र मानवताले हजारौँ वर्षमा प्राप्त गरेका अनेक थरीका ज्ञान र सिद्धान्तहरू प्रयोग गर्दै मानिसहरूलाई अझ गहन रूपमा भ्रष्ट तुल्याउने र नियन्त्रण गर्ने उद्देश्यले सिकाउने र तिनीहरूमा हालिदिने गर्छ। यदि तँ यी कुराहरूमा दक्ष भइस् र ती प्रयोग गर्न जान्ने भइस् भने, तँ जिउँदो शैतान बन्नेछस्, र तँलाई परमेश्वरले पूर्ण रूपले हटाउनुहुनेछ।
विगतका भेलाहरूमा आफूलाई बुझ्नेबारे सङ्गति गर्दा, धेरैजसो मानिसले प्रायः अहङ्कारी स्वभावको मामिला अघि सार्थे, जुन सबैभन्दा सामान्य भ्रष्ट स्वभाव हो, र त्यो सबैतिर हुन्छ। अरू कस्ता भ्रष्ट स्वभावहरू तुलनात्मक रूपले सामान्य छन्? (छलीपन र हठीपन।) छलीपन, हठीपन, सत्यताप्रति वितृष्ण, र क्रूरता—मानिसहरूले बारम्बार सामना गर्ने कुराहरू यिनै हुन्। दुष्टता प्रायः कम मात्रामा देखिन्छ, र त्यसको त्यति धेरै पहिचान भएको छैन। दुष्ट स्वभावलाई चिन्न सबैभन्दा गाह्रो हुन्छ भनेर भन्न सकिन्छ, र यो गहिरोसित लुकेको र तुलनात्मक रूपले गोप्य प्रकारको भ्रष्ट स्वभाव हो, होइन र? उदाहरणका लागि, मानौँ दुई जना मानिस सँगै बस्छन्, र ती दुवैले सत्यतालाई प्रेम गर्दैनन् र पछ्याउँदैनन्, न त तिनीहरू आफ्ना कर्तव्य निर्वाहमा बफादार नै छन्। बाहिरबाट हेर्दा, ती दुई कुनै समस्याविना मिलेर सँगै जिएका देखिन्छन्। तर, भित्र भने, दुवैले सत्यता पछ्याउँदैनन्, र तैँले देख्न नसके पनि अझै विभिन्न भ्रष्ट स्वभाव हुन्छन्। किन तँ ती देख्न सक्दैनस्? किनभने यी दुवै व्यक्ति आफ्नो व्यवहारमा अत्यन्तै छली र धूर्त हुन्छन्। तैँले सत्यता नबुझ्ने र तँमा कुनै समझशक्ति नभएको हुनाले, तैँले तिनीहरूका समस्याको सार छर्लङ्ग देख्न सक्दैनस्। तैँले बुझ्ने सत्यताहरू थोरै छन्, तेरो कद अति सानो छ, त्यसैले तैँले बुझ्नै नसक्ने धेरै जटिल समस्या छन्, अनि अन्य मानिसहरूलाई तिनीहरूका समस्या समाधान गर्नमा मद्दत गर्न तँसित शक्ति छैन। अगुवाका नाताले, तिमीहरूले यस्ता मानिसहरूलाई भेट्दा के गर्नुपर्छ? यदि तैँले तिनीहरूलाई खुलासा गरिस् र खुट्ट्याइस् भने, के तिनीहरूले त्यसलाई सहजै स्विकार्छन्? अहँ, स्विकार्दैनन्। त्यसोभए, तैँले यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? के त्यसो गर्ने कुनै तरिका छ? यस्ता मानिसहरूलाई सम्हाल्ने सिद्धान्त के हो? यदि तिनीहरूसँग परमेश्वरको घरका खातिर श्रम गर्ने केही प्राविधिक वा व्यावसायिक सिपहरू छन् भने, तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीका रूपमा लिनुपर्छ र तिनीहरूबाट यस्ता मागहरू गर्नुपर्छ। तर, यस्ता मानिसहरूले सत्यता नपछ्याउने हुनाले, के तिनीहरूले बफादार भएर आफ्ना कर्तव्य गर्न सक्छन्? (सक्दैनन्।) कस्तो व्यवहारले तिनीहरूमा बफादारी छैन भन्ने सङ्केत गर्छ? के यस्ता मानिसहरू देखावाका लागि कामकुरा गर्नमा माहिर हुँदैनन् र? छेउमा कोही पनि नहुँदा, तिनीहरू खेलवाड गर्छन् र समय लगाउँछन्। कोही आइरहेको देख्नेबित्तिकै, तिनीहरू गति बढाउँछन्। तिनीहरूले थुप्रै प्रश्नसमेत गर्न सक्छन्, र यो कि त्यो स्वीकार्य छ भनी सोध्छन्। त्यो व्यक्ति गएपछि, तिनीहरू काम गर्न छोड्छन्, केही पनि गर्दैनन्, तिनीहरूसँग उठाउनुपर्ने सवालहरू बिलकुलै हुँदैनन्, र तिनीहरू मनमनै यस्तोसमेत भन्छन्, “म त तिमीसँग खेलवाड मात्र गरिरहेको थिएँ; म त्यति मूर्ख छैनँ!” यस्ता मानिसहरू देखावा गर्न सबथोक गर्छन्; तिनीहरू देखावा गर्न अत्यन्तै सिपालु हुन्छन् र बहाना बनाउनमा माहिर हुन्छन्, यसरी मानिसहरूमा झूटो छाप बनाउँछन्। तिनीहरूसँग वर्षौँदेखि अन्तरक्रिया गरेका धेरै मानिसले अझै पनि तिनीहरूको छट्टु र छली सार छर्लङ्ग बुझ्न सक्दैनन्। अरूले तिनीहरूबारे सोधपुछ गर्दा उनीहरू यस्तो समेत भन्छन्, “यो व्यक्ति निकै राम्रो छ, उसले सबैलाई राम्रो व्यवहार गर्छ, कसैलाई कहिल्यै हानि गर्दैन, ऊ मानिसहरूलाई खुसी पारिहिँड्ने व्यक्ति मात्र हो। कसैले गल्ती गर्दासमेत, ऊ उसलाई काटछाँट गर्दैन; उसले निरन्तर रूपमा अरूलाई अर्ती र सान्त्वना दिन्छ।” यी मानिसहरू अरूसँग अन्तरक्रिया गर्दा कस्ता माध्यम र विधि अपनाउँछन्? तिनीहरू अवसर अनुरूप भूमिका खेल्छन्, चिप्लो र चलाख हुन्छन्, अनि धेरैजसो मानिसहरूले तिनीहरू असल व्यक्ति हुन् भनेर भन्छन्। के तिमीहरूका वरपर यस्ता मानिसहरू छन्? (छन्।) सबैमा आफ्ना-आफ्नै भ्रष्ट स्वभावहरू प्रकट गर्ने प्रवृति हुन्छ, तर यी व्यक्तिहरू आफूलाई कसिलो गरी लपेट्छन्, ताकि कसैले पनि तिनीहरूका समस्या पत्ता लगाउन नसकोस्। के यो समस्या होइन र? इतिहासमा, कतिपय शासकले अनेकौँ दुष्कर्म गरेका छन्, तैपनि पछिल्ला पुस्ताहरूले तिनीहरूलाई बुद्धिमान् शासक भन्छन्। किन मानिसहरू तिनीहरूबारे यस्ता दृष्टिकोण राख्छन्? के तिनीहरूले आफ्नै ख्याति जोगाउनका लागि केही मेहनत लगाएका र केही कामकुरा गरेका होइनन् र? एकातिर, तिनीहरूले आफ्नै राजनीतिक उपलब्धिका निम्ति केही असल कार्य गरे भने अर्कोतिर इतिहासलाई विकृत पारे साथै आफ्ना गल्तीहरूलाई लुकाउन आफूबारे सत्य र तथ्य कुरा लेख्नेहरूलाई मारे। तर, तिनीहरूले ती कुरा ढाकछोप गर्न जति नै प्रयास गरे पनि, निस्सन्देह तिनीहरूका कार्यहरूका अभिलेख त छँदै छन्। तिनीहरूले सत्यता थाहा पाएका सबैलाई हटाउन सकेनन्। अन्त्यमा, ती मामलाहरू पछिल्ला पुस्ताहरूले अलिअलि गर्दै खुलासा गरे। जब मानिसहरूले थाहा पाए, तब तिनीहरूलाई ठगिएको महसुस भयो। मानिसहरूले यी ऐतिहासिक तथ्यहरू खुलासा गरेर, सम्पूर्ण मानवताबारे सत्यताको नयाँ बुझाइ प्राप्त गर्नुपर्छ। कस्तो खालको बुझाइ? सम्राटदेखि सर्वसाधारणसम्म, सम्पूर्ण मानवजाति दुष्टको हातमा छ, शैतानद्वारा भ्रष्ट पारिएको छ, त्यसैले हरव्यक्ति अर्को व्यक्तिभन्दा झन् दुष्ट हुन्छ। दुष्ट नहुने कोही पनि छैन, खराब नहुने कोही पनि छैन। तिनीहरू सबैले धेरै गल्ती गरेका छन्; तिनीहरू सबै निकै दुष्ट छन्, तिनीहरूमध्ये कोही पनि असल छैन। कतिपय भन्छन्, “हरेक राजवंशमा, केही सोझा अधिकारीहरू हुन्छन्। के यी सोझा अधिकारीहरू दुष्टमा गनिन्छन्?” यदि तैँले यी सोझा अधिकारीहरूको अख्तियार अन्तर्गत परमेश्वरमा विश्वास गरिस् भने, तिनीहरूले तँलाई गिरफ्तार गर्नेछन् कि छैनन् भनेर हेर्। यदि तैँले परमेश्वरबारे तिनीहरूलाई गवाही दिइस् भने, तिनीहरूको मनोवृत्ति नियाल्। तैँले तिनीहरू दुष्ट हुन् कि होइनन् भनेर तुरुन्तै थाहा पाउनेछस्। परमेश्वरको देखापराइ र काम, साथै उहाँले व्यक्त गर्ने सत्यताले मानिसहरू को हुन् भनेर अरू कुनै पनि कुराले भन्दा बढी प्रकट गर्छन्। कतिपय शासक र अधिकारीहरूले निश्चित राजनैतिक उपलब्धिहरू हासिल गरेका र केही असल कार्य गरेका होलान्, तर यी असल कार्यहरू कस्ता प्रकृतिका छन्? तीबाट कसलाई लाभ हुन्छ? ती त शासक वर्गले माग गरेका असल कार्यहरू हुन्। के तिनीहरूले गर्ने असल कार्यहरू परमेश्वरले अनुमोदन गर्नुहुने असल कार्यहरू हुन्? के यी “राजनैतिक उपलब्धिहरू” सत्यता अभ्यास गर्नु र परमेश्वरप्रति समर्पित हुनु हो? बिलकुलै होइन। तिनीहरूका राजनैतिक उपलब्धि र असल कार्यहरूको सत्यता वा परमेश्वरप्रति समर्पित हुनुसँग कुनै सम्बन्ध छँदै छैन। तिनीहरूका असल कार्य र राजनैतिक उपलब्धिहरू सबै तिनीहरूका अभिप्राय र मनसायद्वारा प्रेरित छन्; यो सबै आफूलाई अमर तुल्याउन र अरूको प्रशंसा पाउन गरिएका हुन्। त्यसकारण, तिनीहरूले जति नै असल कार्यहरू गरे पनि वा जति नै राजनैतिक उपलब्धिहरू बटुले पनि, यसले तिनीहरू दयालु हृदयका असल मानिस हुन् भनेर प्रमाणित गर्न सक्दैन, झन् तिनीहरूले कहिल्यै दुष्टता गरेका छैनन् वा तिनीहरूमा दुष्ट प्रकृति छैन भनेर प्रमाणित गर्न सक्नु त कुरै छाडौँ। के तिमीहरू परमेश्वरको नजरमा यी मानिसहरू कस्ता व्यक्ति हुन् भन्नेबारे प्रस्ट छौ? के तिमीहरू आफूलाई बुझ्न यी मामलाहरू प्रयोग गर्न सक्छौ? के तिमीहरू आफूले असल कुरा गर्नेबित्तिकै देखावा गर्न खोज्ने, सबैले थाहा पाएको सुनिश्चित गर्ने, त्यसपछि देखावटी रूपमा आफू घमण्डी वा अहङ्कारी हुनु हुँदैन, आफूलाई विनम्रतासाथ आचरणमा ढाल्नुपर्छ भन्ने अभ्यासमा संलग्न हुन्छौ? उदाहरणका लागि, तँ काम गर्न नयाँ मण्डलीमा जान्छस्, र मानिसहरूलाई तँ नेतृत्वको पदमा छस् भनेर थाहा हुँदैन, त्यसैले तैँले आफू अगुवा हो भनी हरेक मानिसलाई थाहा दिन हर उपाय लगाउँछस्, अनि रातभर दिमाग खियाउँछस्, र अन्त्यमा राम्रो समाधान भेट्टाउँछस्। त्यो समाधान के हो? तैँले सबैलाई बैठकमा बोलाउँछस् र भन्छस्, “आजको भेलामा, म एक अगुवाको रूपमा मानकअनुरूप छु कि छैनँ भन्नेबारे सङ्गति गरौँ। यदि म मानकअनुरूप छैनँ भने, तिमीहरू मलाई खुलासा गरेर हटाउन सक्छौ। यदि म योग्य छु भने, यही भूमिकालाई निरन्तरता दिनेछु।” सबैले यो कुरा सुनेपछि, तँ अगुवा होस् भनेर तुरुन्तै थाहा पाउँछन्। के तैँले यसमा आफ्नो लक्ष्य हासिल गरेको हुँदैनस् र? यो लक्ष्य कहाँबाट आएको हो? यो तेरो दुष्ट प्रकृतिबाट उत्पन्न हुन्छ। महत्त्वाकाङ्क्षाहरू राख्नु सामान्य मानव विशेषता हो, तर सबै मानिसहरूसँग महत्त्वाकाङ्क्षाहरू हुने भए पनि, कतिपयले चाहिँ आफूले चाहेका लक्ष्यहरू हासिल गर्न फरक-फरक समय र ठाउँमा फरक-फरक भाषा, विधि, र रणनीतिहरू प्रयोग गर्छन्। यो दुष्टता हो।
हामी यो दुष्ट प्रकृतिको विषयलाई बारम्बार छलफल गर्न जारी राख्नेछौँ। यसरी, तिमीहरूले सत्यता र भ्रष्ट स्वभावको यस पक्षबारे अझ पूर्ण बुझाइ प्राप्त गर्नेछौ। एकातिर, तिमीहरूले आफूलाई बुझ्न सक्नेछौ, र अर्कोतिर, विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउन सक्नेछौ। तिमीहरू सत्यताको अझ गहिराइमा समेत प्रवेश गर्नेछौ। यदि मैले सामान्य अवधारणामा वा परिभाषाको एउटा पक्षमा मात्र सङ्गति गरेँ भने, तिमीहरूको बुझाइ अलि सतही हुनेछ। तर, केही तथ्यहरू प्रयोग गर्दा र हाम्रो सङ्गतिका लागि उदाहरणहरू दिँदा, तिमीहरूको बुझाइ अझ गहन बन्न सक्छ। उदाहरणका लागि, मानौँ दुई जना बच्चाहरू सँगै कुराकानी गरिरहेका छन्। एउटाले सोध्छ, “आज तैँले गृहकार्य गरिस्?” अर्कोले जवाफ दिन्छ, “अहँ, गरिनँ।” त्यसपछि पहिलोले भन्छ, “मैले पनि गरिनँ।” के तिनीहरू दुवैले सत्य कुरा बताइरहेका छन्? (हजुर।) तँ गलत छस्; एउटाले झूट बोलिरहेको छ। उसले हृदयमा के सोचिरहेको हुन्छ? “मूर्ख, के तँलाई मैले साँच्चिकै गरेको छैनँ जस्तो लाग्छ? म त्यति मूर्ख छैनँ! यदि मैले गृहकार्य गरिनँ भने, म दण्डित हुनेछु। मैले नगर्ने त कुरै आउँदैन? मैले जानाजानी तँलाई मैले गरेको छैनँ भन्ठान्ने तुल्याएको हुँ ताकि तैँले पनि नगरेस्। अन्त्यमा, तैँले दण्ड पाउनेछस्, अनि म मज्जाले हाँस्न सक्छु।” के यो बच्चा खराब हो? (ऊ खराब हो।) के तिमीहरूमध्ये कसैले यस्तो गरेका छौ? अर्को उदाहरण छ: सोमवारको कक्षामा, एउटी विद्यार्थीले आइतवार आफू किनमेल गर्न गएकी कुरा भन्छे, र अर्कीले आफू साथीहरूलाई भेट्न गएकी थिएँ भनेर भन्छे। वास्तवमा, ती दुवै जना घरमै अध्ययन गरिरहेका थिए। विशेष गरी चीनजस्तो उच्च प्रतिस्पर्धाको वातावरणमा, आफ्नो प्रतिस्पर्धीलाई कम सतर्क हुन लगाएर उछिन्न सक्न यस्ता कुराहरू भनिन्छ। रणनीति भनेको यही हो। यस्ता कुराहरू दैनिक जीवनका सामान्य कुरा हुन्। कहिलेकाहीँ आमाबुबा र छोराछोरी उस्तै संवादमा संलग्न हुन्छन् र उस्तै स्वभाव प्रकट गर्छन्, जुन साथीहरूले पनि तिनीहरूमाझ प्रकट गर्न सक्छन्। यस स्वभावका प्रकटीकरणहरू चारैतिर देख्न सकिन्छ, तैँले बस चनाखो भएर हेर्नुपर्छ। किन चनाखो रहने? यो सामग्री जम्मा पार्न, बकम्फुसे कुरा गर्न, गफ गर्न, वा कथा बनाउनलाई होइन। बरु, यो त तेरो समझशक्ति सुधार्न, आफूलाई अरूले गरेका कुरासँग र तिनीहरूले प्रकट गर्ने र देखाउने कुरासँग तुलना गर्न तँलाई मद्दत गर्नलाई हो, ताकि तैँले पनि त्यस्तै व्यवहारहरू देखाउँछस् कि देखाउँदैनस् भनी देख्न सकेस्। यदि तैँले कसैले यस्तो व्यवहार देखाएको देखिस् भने, उसमा यस्तो स्वभाव छ भनी बुझ्नेछस्। तर, यदि तैँले पनि यस्ता व्यवहारहरू देखाउँछस् भने, के तैँले आफूमा पनि यस्तो स्वभाव छ भनेर चिन्न सक्नेछस्? यदि तैँले त्यो चिन्न सकिनस् भने, उसको स्वभावबारे तेरो बुझाइ गलत हो: तैँले त्यसलाई साँचो रूपमा बुझेको छैनस्, वा अर्को शब्दमा भन्नुपर्दा, तँसित आत्मिक बुझाइ छैन, अनि तैँले त्यसलाई सही रूपमा बुझेको छैनस्। यी विषयहरूलाई केही दिनमै पूरै समेट्न सकिँदैन। त्यसबारे अलिकति छलफल गर्नाले तिमीहरूलाई अलिकति लाभ प्राप्त गर्न मद्दत मिल्नेछ, अनि सत्यताबारे तिमीहरूको बुझाइ अलि गहिरिनेछ। यदि तँ सत्यतालाई साँचो रूपमा प्रेम गर्छस् भने, तैँले अझ गहन स्तरमा प्रवेश पाउनेछस्। तेरो अनुभव र प्रवेशको गहिराइलाई तेरो बुझाइबाट छुटाउन सकिँदैन। तेरो अनुभव र प्रवेशको गहिराइले पक्कै पनि तेरो बुझाइको गहिराइ निर्धारण गर्नेछ। त्यसै गरी, तेरो बुझाइको गहिराइले पनि तैँले कति गहिरो अनुभव र प्रवेश गरेको छस् भन्ने देखाउन सक्छ। यी दुई कुरा अन्तरसम्बन्धित छन्। यही नै सत्यतामा प्रवेश गर्ने मार्ग हो, र सत्यतामा प्रवेश गरेर मात्र तैँले वास्तविकता प्राप्त गर्न सक्छस्। हामी यो विषयलाई यहीँ टुङ्ग्याउनेछौँ र आजको सङ्गतिको मूल विषयतिर लाग्नेछौँ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।