विषयवस्तु छ: तिनीहरू कुटिल शैलीमा व्यवहार गर्छन्, तिनीहरू स्वेच्छाचारी र तानाशाही हुन्छन्, तिनीहरू अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन् (खण्ड चार)
कतिपय मानिस मण्डलीमा अगुवाका रूपमा चुनिन एकदमै भाग्यमानी हुन्छन्, तर वास्तवमा, तिनीहरूको क्षमता र कद मापदण्डअनुसार हुँदैनन्। अगुवा हुनु भनेको परमेश्वरद्वारा उच्च पारिनु हो, तर तिनीहरू त्यसलाई त्यसरी बुझ्दैनन्। बरु, तिनीहरू सोच्छन्, “अगुवाको नाताले, म अरूभन्दा राम्रो र उच्च छु; अब त म साधारण व्यक्ति रहिनँ। तिमीहरू सबैले परमेश्वरसामु आज्ञाकारीपूर्वक झुकेर आराधना गर्नुपर्छ, तर मैले त्यसो गर्नु पर्दैन, किनकि म तिमीहरूभन्दा फरक हुँ; तिमीहरू सृजित प्राणी हौ, तर म होइन।” त्यसोभए तँ के होस् त? के तँ पनि देह र रगतले बनेको छैनस् र? तँ कसरी अरूभन्दा फरक भइस्? फरक त तेरो निर्लज्जपन हो; तँमा सम्मानको भाव र चेतना छैन, तेरो त कुकुरसँग पनि तुलना हुँदैन। तँ स्वेच्छाचारी र तानाशाही तरिकामा काम गर्छस्, अरूको कुनै पनि सल्लाहलाई बेवास्ता गर्छस्—फरक त्यही हो। तिनीहरूको क्षमता जति नै कमजोर भए पनि वा कामकुरा गर्नमा तिनीहरूको दक्षता जति नै कम भए पनि, तिनीहरू अझै आफूलाई औसत व्यक्तिभन्दा माथि ठान्छन्, र आफूमा क्षमता र प्रतिभा भएको विश्वास गर्छन्। तसर्थ, तिनीहरू आफूलाई योग्य र पूर्णतया सबथोक नियन्त्रण गर्न सक्ने सोच्दै, जे गर्दा पनि सहमतिमा पुग्नका लागि अरूको परामर्श लिँदैनन्। के यो अहङ्कारले गर्दा समझ गुम्दैन र? के यो लाज पचेको निर्लज्जपन होइन र? (हो।) अगुवा बन्नुअघि, तिनीहरू पुच्छर लुकाएर व्यवहार गर्थे; तिनीहरू आफूमा प्रतिभा र क्षमता भएको ठान्थे, र आफ्ना कार्यहरूमा केही महत्त्वाकाङ्क्षा राख्थे, तर अवसर मात्र पाएका थिएनन्। अगुवा बनेपछि, तिनीहरूले आफूलाई दाजुभाइ-दिदीबहिनीहरू भन्दा अलग राखे, र उच्च पद ग्रहण गरे। त्यसपछि त तिनीहरू आफ्नो साँचो रूप देखाएर श्रेष्ठ बन्न थाले; तिनीहरूले आफूले ठुलठुला कुराहरू हासिल गर्न सक्छु भनी सोच्न थाले, र यस्तो ठाने, “परमेश्वरको घरले सही व्यक्ति रोजेको छ; म वास्तवमै प्रतिभाशाली छु—सक्कली सुन अन्तमा चम्किन्छ। मलाई नै हेर न: परमेश्वरले मलाई चिन्नुभएको छ, छैन त?” के यो घृणास्पद कुरा होइन र? (हजुर, हो नि।) तँ साधारण सृजित प्राणीहरूमध्ये एक होस्; तेरा वरदान र प्रतिभा जति नै ठूलो भए पनि, तेरो भ्रष्ट स्वभाव अरू सबैको जस्तै छ। यदि तँ आफूलाई अद्वितीय रूपले असाधारण सोच्छस् र आफूलाई श्रेष्ठ ठान्छस्, अरू सबै जनाभन्दा माथि उठ्न, सबथोकभन्दा श्रेष्ठ हुन चाहन्छस् भने, तँ गलत छस्। यो गलत बुझाइले गर्दा, तँ अरूसित सङ्गति वा परामर्श नगरी स्वेच्छाचारी र तानाशाही व्यवहार गर्छस्, अनि अरूले तेरो आज्ञा र तेरो कुरा मानेकामा रमाउन चाहन्छस्, जुन गलत कुरा हो। गल्ती कहाँनेर छ? (गलत पद ग्रहण गर्नुमा।) किन ख्रीष्टविरोधीहरू सधैँ गलत पद लिन्छन्? एउटा कुरा निश्चित छ, जुन तिमीहरूले महसुस नगरेका हुन सक्छौ: अरूका तुलनामा तिनीहरूका मानवतामा केही थप कुरा हुन्छ; तिनीहरूमा सधैँ एक प्रकारको गलत बुझाइ हुन्छ। यो गलत बुझाइ कसरी पैदा हुन्छ? परमेश्वरले त यो दिनुहुन्न, तर शैतानले दिन्छ। तिनीहरूले गर्ने हरकुरा, तिनीहरूले प्रकट र व्यक्त गर्ने हरकुरा मानवताको सामान्य सीमाभित्र हुने नैसर्गिक प्रवृत्ति होइन, यो कुनै बाह्य शक्तिद्वारा सञ्चालित हुन्छ। तिनीहरूका कार्यहरू कुटिल हुन्छन्, र तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू अनियन्त्रित हुन्छन् भन्नुको कारण के हो? मानिसहरूलाई नियन्त्रणमा राख्ने तिनीहरूको चाहनाले सीमा नाघेको हुन्छ। सीमा नाघ्नुको अर्थ के हो? त्यसको अर्थ जुनसुकै माध्यम अपनाएर भए पनि विवेक र लज्जाबोधलाई उछिन्नु हो; यो स्प्रिङ्जस्तै दबाउनै नसकिने हुन्छ—तैँले थिचेर राख्दा त्यो एकछिन थिचिएर बस्ला, तर छोडेपछि त्यो पहिलेजस्तै हुन्छ। के यो चाहनाले थिचिनु र आसक्तिमा पर्नु होइन र? यो बिलकुलै बढाइचढाइ गरिएको होइन।
जहाँ ख्रीष्टविरोधीहरूले मण्डलीमा शक्ति सम्हाल्छन्, त्यस मण्डलीलाई मण्डली भन्नै मिल्दैन। यो अनुभव गरेकाहरूमा त्यसबारे अनुभूति हुनुपर्छ। त्यहाँ शान्ति, खुसी, र सामूहिक उत्थानको वातावरण नभई, अस्वच्छ असामञ्जस्यको वातावरण हुन्छ। सबैले अत्यन्तै बेचैन र असहज महसुस गर्छन्, र हृदयमा शान्ति महसुस गर्न सक्दैनन्, मानौँ कुनै ठूलो विपत्ति आउन लागेको छ। ख्रीष्टविरोधीहरूका बोली र कार्यहरूले मानिसहरूको हृदय धमिलिने, र उनीहरूले सकारात्मक र नकारात्मक कुराहरू खुट्ट्याउन नसक्ने वातावरण सिर्जना गर्छन्। यसअलावा, लामो समयसम्म ख्रीष्टविरोधीहरूका भ्रममा पर्दा मानिसहरूको हृदय परमेश्वरबाट टाढिन्छ, जसले गर्दा ठ्याक्कै नामका लागि मात्र परमेश्वरमा विश्वास गर्ने तर उहाँलाई हृदयमा नराख्ने धर्मका मानिसहरूको जस्तै परमेश्वरसित असामान्य सम्बन्ध बन्न पुग्छ। एउटा वास्तविक समस्या पनि छ, त्यो के हो भने जब ख्रीष्टविरोधीहरूले शक्ति सम्हाल्छन्, तब त्यसले मण्डलीभित्र विभाजन र भद्रगोल ल्याउँछ। सत्यतालाई प्रेम गर्नेहरूले भेलाहरूमा आनन्द वा मुक्ति अनुभूति गर्दैनन्, यसकारण मण्डली छाडेर घरमै परमेश्वरमा विश्वास गर्न चाहन्छन्। जब पवित्र आत्माले मण्डलीमा काम गर्नुहुन्छ, तब मानिसहरूले सत्यता बुझे पनि नबुझे पनि, सबै जना हृदय र प्रयासमा एकजुट हुन्छन्, र हङ्गामाविनाको अझ शान्तिपूर्ण र स्थिर वातावरण सिर्जना गर्छन्। तर, ख्रीष्टविरोधीहरूले कार्य गर्दा, अशान्त र अनौठो वातावरण सिर्जना गर्छन्। तिनीहरूको हस्तक्षेपले गुटहरू पैदा हुन्छन्, मानिसहरू एकअर्काप्रति रक्षात्मक, आलोचनात्मक, आक्रामक बन्छन्, र पिठ्यूँपछाडि एकअर्कालाई कमजोर पार्छन्। स्पष्टतः ख्रीष्टविरोधीहरूले कस्तो भूमिका खेल्छन्? तिनीहरू शैतानका नोकर हुन्। ख्रीष्टविरोधीहरूका कार्यका परिणामहरू यी हुन्: पहिलो, दाजुभाइ-दिदीबहिनीहरूमाझ आपसी आलोचना, शङ्का, र सावधानी; दोस्रो, पुरुष र महिलाबीचका सीमाहरू भङ्ग हुन्छन्, जसले गर्दा बिस्तारै अनुचित अन्तरक्रियाहरू हुने गर्छन्; अनि तेस्रो, मानिसहरू हृदयमा दर्शनहरूबारे अस्पष्ट बन्छन्, र उनीहरू सत्यता अभ्यास गर्नमा ध्यान दिन छाड्छन्। उनीहरूलाई सत्यता सिद्धान्तबमोजिम कार्य गर्ने तरिका थाहा हुन छोड्छ। धर्मसिद्धान्तहरूबारे तिनीहरूको पहिलेको थोरै बुझाइ गुम्छ, उनीहरूको मन धुमिल हुन्छ, उनीहरू अन्धाधुन्ध ख्रीष्टविरोधीहरूलाई पछ्याउँछन्, देखावटी कामहरू गर्नेबारे दौडधूप गर्नमा ध्यान केन्द्रित गर्छन्। कतिपय मानिसले ख्रीष्टविरोधीहरूलाई पछ्याएर केही हुँदैन भन्ने महसुस गर्न सक्छन्; यदि सत्यता पछ्याउनेहरू भेला भएर सँगै आफ्ना कर्तव्य पूरा गर्न सके, कस्तो खुसी मिल्थ्यो होला! ख्रीष्टविरोधीहरूले मण्डलीमा शक्ति सम्हालेपछि, पवित्र आत्माले काम गर्न छोड्नुहुन्छ, र दाजुभाइ-दिदीबहिनीहरूमाथि अन्धकार छाउँछ। परमेश्वरप्रतिको विश्वास र कर्तव्य निर्वाह निस्तेज हुन्छ। यदि यो लामो समयसम्म जारी रह्यो भने, के अधिकांश दाजुभाइ-दिदीबहिनीहरू परमेश्वरद्वारा हटाइनेछैनन् र?
आज, एकातिर हामीले ख्रीष्टविरोधीहरूको स्वेच्छाचारी र तानाशाही व्यवहारका प्रकटीकरणहरू विश्लेषण गर्यौँ। अर्कोतिर, यी प्रकटीकरणहरूलाई विश्लेषण गरेर, तँ ख्रीष्टविरोधी नभए पनि, यस्ता प्रकटीकरणहरू हुनुले तँलाई ख्रीष्टविरोधीहरूको अवगुणसित जोड्छ भनेर सबैलाई सचेत गराइएको छ। के स्वेच्छाचारी र तानाशाही शैलीमा कार्य गर्नु सामान्य मानवताको प्रकटीकरण हो? कदापि होइन; स्पष्टतया, यो भ्रष्ट स्वभाव देखाउनु हो। तेरो हैसियत जति उच्च भए पनि वा तैँले जतिसुकै कर्तव्यहरू निर्वाह गर्न सक्ने भए पनि, यदि तैँले अरूसित सङ्गति गर्न सिक्न सकिस् भने, तैँले सत्यताका सिद्धान्तहरू पालना गरिरहेको हुन्छस्, जुन न्यूनतम मापदण्ड हो। अरूसित सङ्गति गर्न सिक्नु सिद्धान्तहरू पालना गर्नुसरह हो भन्नुको कारण के हो? यदि तैँले सङ्गति गर्न सिक्न सकिस् भने, त्यसले तँ आफ्नो हैसियतलाई रोजीरोटीका रूपमा हेर्दैनस् वा त्यसलाई अति गम्भीर रूपमा लिँदैनस् भनेर प्रमाणित गर्छ। तेरो हैसियत जति उच्च भए पनि, तँ आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्छस्। तेरा कार्यहरू आफ्नो कर्तव्य निर्वाह गर्नका निम्ति गरिएका हुन्छन्, हैसियतका निम्ति हुँदैनन्। त्यो सँगसँगै, समस्याहरू आइपर्दा, यदि तैँले सङ्गति गर्न सिक्न सकिस् अनि, चाहे सामान्य दाजुभाइ-दिदीबहिनीहरूसित होस् वा तैँले सहकार्य गर्नेहरूसित होस्, उनीहरूसित खोजी र सङ्गति गर्न सकिस् भने, यसले के प्रमाणित गर्छ? यसले तँमा सत्यता खोज्ने र त्यसप्रति समर्पित हुने मनोवृत्ति छ भन्ने देखाउँछ, जसले पहिला परमेश्वर र सत्यताप्रतिको तेरो मनोवृत्तिलाई झल्काउँछ। त्यसबाहेक, आफ्नो कर्तव्य निर्वाह गर्नु तेरो जिम्मेवारी हो, र आफ्ना काममा सत्यता खोज्नु तैँले पछ्याउनुपर्ने मार्ग हो। अरूले तेरा निर्णयहरूप्रति कस्तो प्रतिक्रिया जनाउँछन्, उनीहरू समर्पित हुन सक्छन् सक्दैनन् वा उनीहरू कसरी समर्पित हुन्छन्, त्यो उनीहरूको कुरा हो; तर तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र मानकअनुरूप हुन सक्नु वा नसक्नु तेरो कुरा हो। तैँले कर्तव्य निर्वाहका सिद्धान्तहरू बुझ्नैपर्छ; यो कुनै व्यक्तिप्रति समर्पित हुने कुरा नभएर सत्यता सिद्धान्तहरूप्रति समर्पित हुने कुरा हो। यदि तँलाई आफूले सत्यता सिद्धान्तहरू बुझ्छु र, सबैसँग सङ्गति गरेर सबै सहमत हुने सहमतिमा पुग्छु भन्ने लाग्छ, तर थोरै मानिसहरू भनेको नमान्ने छन् र समस्या खडा गर्न चाहन्छन् भने, यस्तो परिस्थितिमा के गर्नुपर्छ? यस्ता अवस्थामा, अल्पसङ्ख्यकले बहुसङ्ख्यकलाई पछ्याउनुपर्छ। धेरैजसो मानिसहरू सहमतिमा पुगेकाले, किन तिनीहरूचाहिँ समस्या खडा गरिरहेका? के तिनीहरू जानाजानी बिगार्न खोजिरहेका छन्? तिनीहरू आफ्ना रायहरू व्यक्त गरेर सबैलाई तिनीहरूलाई खुट्ट्याउन दिन सक्छन्, अनि यदि सबैले तिनीहरूका रायहरू सिद्धान्तअनुरूप छैनन् र ती टिक्दैनन् भनेमा, तिनीहरूले आफ्ना दृष्टिकोण त्याग्नुपर्छ र तिनमा अडिरहन छाड्नुपर्छ। यो मामला सम्हाल्ने सिद्धान्त के हो? व्यक्तिले सही कुरा पालना गर्नुपर्छ र अरूलाई जबरजस्ती गलत कुरा पालना गर्न लगाउनु हुँदैन। बुझिस्? वास्तवमा, ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी र तानाशाही हुने यो व्यवहार र अभ्यास देखाउनुअघि, मनमा आफ्ना योजनाहरू बनाइसकेका हुन्छन्। स्वेच्छाचारी र तानाशाही हुनुले पक्कै पनि सही कामकुरा गर्नु वा सत्यता अभ्यास गर्नुलाई जनाउँदैन। यसले निश्चय नै गलत र सत्यता उल्लङ्घन गर्ने कुरा गर्नु, गलत मार्ग पछ्याउनु, र गलत निर्णयहरू गरेर पनि अरूलाई ती पालन गर्न लगाउनुलाई जनाउँछ। यसैलाई स्वेच्छाचारी र तानाशाही हुनु भनिन्छ। यदि कुनै कुरा सही छ र सत्यतासित मिल्छ भने, त्यसलाई पालना गर्नैपर्छ। यो स्वेच्छाचारी र तानाशाही हुनु होइन; यो सिद्धान्त पालना गर्नु हो। यी दुई कुराबीच फरक छुट्ट्याउनुपर्छ। ख्रीष्टविरोधीहरू स्वेच्छाचारी र तानाशाही हुनुले मुख्यतः के कुरालाई जनाउँछ? (सिद्धान्त वा सत्यतासित मेल नखाने कामकुरा गर्नु, अनि अझै अरूलाई पनि त्यसै गराउनुलाई जनाउँछ।) ठिक भनिस्, जुनै परिस्थिति उत्पन्न भए पनि वा जस्तोसुकै समस्या सम्हालिरहेको भए पनि, तिनीहरू सत्यता सिद्धान्तहरू खोज्दैनन् बरु आफ्नै धारणा र कल्पनाहरूका आधारमा निर्णयहरू गर्छन्। तिनीहरू त्यसो गर्नु सिद्धान्तविपरीत हुन्छ भनेर हृदयमा जान्दछन् तर पनि अरूले सुनेको र अरू समर्पित भएको चाहन्छन्। ख्रीष्टविरोधीहरूले निरन्तर रूपमा अपनाउने शैली यही हो।
सुसमाचार फैलाउने काम पहिले सुरु हुँदा, कतिपय मानिसले “वचन देहमा देखा पर्नुहुन्छ” भन्ने पुस्तकलाई धार्मिक वृत्तहरूमा ल्याएर सुसमाचार प्रचार गरे। रहस्यहरू प्रकाश गर्ने, दर्शनहरू सङ्गति गर्ने, र जीवन प्रवेशबारे छलफल गर्ने परमेश्वरका वचनहरू धार्मिक व्यक्तिहरूले पढेपछि, सबैले ती निकै राम्रा छन् भने। तर, तिनीहरूलाई मानिसहरूबारे न्याय र खुलासाका कतिपय वचनहरू शब्द चयनमा अति कठोर लागे। तिनीहरूलाई यस्तो लाग्यो मानौँ आफूलाई गाली गरिँदै छ र आफूले त्यो स्विकार्न नसकेर “के परमेश्वर मानिसहरूलाई गाली गर्ने तरिकाले बोल्न सक्नुहुन्छ र? यी वचनहरू बढीमा कुनै बुद्धिमान् व्यक्तिले लेखेको जस्ता देखिन्छन्” भने। सुसमाचार प्रचार गर्ने जिम्मेवारी सम्हालेको व्यक्तिले आफूसँग एउटा समाधान छ भनेर भन्यो। पछि, उसले मानिसहरूका धारणा, कल्पना, र स्वादसँग नमिल्ने परमेश्वरका वचनहरूका सारा अंशहरू, साथै पढेपछि मानिसहरूले धारणा विकास गर्न सक्छन् भनी जुन वचनहरूबारे ऊ डराएको थियो, त्यसलाई परिवर्तन गर्यो। उदाहरणका लागि, परमेश्वरले मानव प्रकृति खुलासा गर्न प्रयोग गरेका शब्दहरू जस्तै “गणिका,” “वेश्या,” “फटाहा,” र वाक्यांशहरू जस्तै “नरकमा फाल्नु” अनि “अग्नि र गन्धकका कुण्डमा फाल्नु” सबै मेटाइए। छोटकरीमा भन्दा, सजिलै धारणा वा गलत बुझाइहरू पैदा गर्न सक्ने जुनसुकै वचनहरू पूर्ण रूपमा हटाइए। ल भन् त न्याय, निन्दा, र श्रापका यी शब्दहरूलाई परमेश्वरको वचनबाट हटाएपछि, के ती परमेश्वरका मूल वचन रहन्छन्? (रहँदैनन्।) के ती अझै पनि परमेश्वरले आफ्नो न्यायका काममा व्यक्त गर्नुभएका वचन नै हुन्छन्? यस “पाका सज्जन” ले कसैसँग परामर्श लिएन र परमेश्वरका धेरै वचनहरू मेटायो जुन शोधन र मानिसहरूको भ्रष्ट स्वभाव खुलासा गर्नेबारे अत्यन्तै कठोर थिए, विशेष गरी ती वचनहरू जुन सेवाकर्ताहरूको परीक्षाका समयसँग सम्बन्धित थिए। पछि, जब धार्मिक मानिसहरूले संशोधित संस्करण पढे, तब तिनीहरूले “ठिकै छ, हामी यस्ता परमेश्वरमा विश्वास गर्न सक्छौँ” भने र त्यो स्विकारे। यो पाको सज्जनले मनमनै सोच्यो, “हेर्नुस् त म कति अक्कली छु! परमेश्वरका वचनहरू अति कठोर हुनु बुद्धिमानी कुरा होइन। ती मानिसहरूलाई त फकाउने मात्र हो—तपाईँले गाली ठानिन सक्ने कुराहरू कसरी भन्न सक्नुभयो? त्यो बुद्धिमानी कुरा होइन! मैले केही फेरबदल गरेँ, अनि हेर्नुस् त के भयो: धर्मका पाष्टरहरूसमेत विश्वास गर्न इच्छुक छन्, र बढीभन्दा बढी मानिसहरूले त्यो स्विकारिरहेका छन्। कस्तो लाग्यो त? के म बुद्धिमान् होइन र? के म अक्कली होइन र? के त्यो निकै प्रभावशाली छैन र?” उसले गरेका फेरबदलका नतिजाहरूले उसलाई आफूप्रति अत्यन्तै गर्वित तुल्याए। तर, मण्डलीमा प्रवेश गरेका धर्मका कतिपय मानिसले आफूले पढेका परमेश्वरका वचनहरू हेरफेर गरिएका र मण्डलीका मूल पाठहरूभन्दा फरक पाए, अनि यो सवाल खडा भयो। यस पाका सज्जनले परमेश्वरका वचनहरूको सामग्री फेरबदल गरेको रहेछ भनेर पछि पत्ता लाग्यो। यस पाका सज्जनले गरेको कामबारे तिमीहरूलाई कस्तो लाग्छ? अरू केही पनि नभनेर यति मात्र भनौँ: ती वचनहरू तेरा थिएनन्, ती फेरबदल गर्ने तेरो कुनै अधिकार थिएन। त्यो कुनै मानवले लेखेको लेख वा पुस्तक भएको भए पनि, यदि तँ फेरबदल गर्न चाहन्छस् भने, तैँले सुरुमा मूल लेखकको मञ्जुरी लिनुपर्छ। यदि उसले मान्यो भने, तैँले फेरबदल गर्न सक्छस्। यदि उसले मानेन भने, तैँले एक शब्द पनि फेरबदल गर्न मिल्दै मिल्दैन। यसलाई लेखक र पाठकहरूको सम्मान गर्नु भनिन्छ। यदि लेखकमा परिमार्जन गर्ने ऊर्जा छैन र उसले तँलाई मूल मर्म रहने गरी अनि अपेक्षित नतिजा हासिल हुने गरी तैँले कुनै पनि कुरा परिवर्तन गर्न सक्छस् भन्दै तँलाई अख्तियार दियो भने, के त्यसपछि तैँले परिवर्तन गर्न मिल्छ? (मिल्छ।) यदि लेखकले आफ्नो मञ्जुरी वा अख्तियार दिएको छ भने, फेरबदल गर्न सकिन्छ। यस्तो व्यवहारलाई के भनिन्छ? यो न्यायोचित, मान्य, र उचित हो, होइन? तर यदि लेखकले मञ्जुरी दिएको छैन र तैँले उसको अख्तियारीविना त्यो फेरबदल गरिस् भने के होला? त्यसलाई के भनिन्छ? (लापरवाह र हठी हुनु भनिन्छ।) त्यसलाई लापरवाह र हठी, स्वेच्छाचारी र तानाशाही हुनु भनिन्छ। अहिले, यो पाको सज्जनले के फेरबदल गऱ्यो? (परमेश्वरका वचनहरू।) परमेश्वरका मूल वचनहरू जसमा परमेश्वरको मनोदशा, स्वभाव, र मानवजातिप्रतिका अभिप्रायहरू पाइन्छन्। परमेश्वरका वचनहरू भनिने तरिकामा अर्थपूर्ण हुन्छन्। के तँलाई परमेश्वरले बोल्नुभएको हरेक वचनपछाडिको मनोदशा, उद्देश्य र अपेक्षित नतिजा थाहा छ? यदि तँ त्यो बुझ्न सक्दैनस् भने, किन अन्धाधुन्ध फेरबदल गर्छस्? परमेश्वरले बोल्नुभएको हरेक वाक्य, शब्द चयन, भाव, तिनले मानिसहरूलाई महसुस गराउने वातावरण, मनोदशा, र संवेगहरू, सबै होसियारीपूर्वक बनाइएका र विचार गरिएका हुन्छन्। परमेश्वरसँग सोचविचार र बुद्धि छ। यो पाको सज्जनले के सोचेको थियो? उसले परमेश्वरको बोल्ने शैलीलाई बुद्धिहीन ठानेको थियो। उसले परमेश्वरको कामलाई त्यसरी हेरेको थियो। ऊ विश्वास गर्थ्यो, “धित मरुन्जेल खान मात्र चाहने धर्मका मानिसहरूलाई फकाउनुपर्छ अनि प्रेमिलो र कृपालु व्यवहार गर्नुपर्छ। शब्दहरू यति कठोर हुनु हुँदैन। यदि ती अति कठोर भएमा, हामी कसरी सुसमाचार प्रचार गर्न सक्छौँ? के त्यसपछि पनि सुसमाचार फैलिन सक्छ?” के परमेश्वरलाई यसबारे थाहा छैन र? (छ।) परमेश्वरलाई राम्ररी थाहा छ। त्यसोभए किन उहाँ अझै यसरी बोल्नुहुन्छ? यो परमेश्वरको स्वभाव हो। परमेश्वरको स्वभाव के हो? तैँले विश्वास गरे पनि नगरे पनि उहाँ आफ्नै तरिकाले बोल्नु हो। यदि तँ विश्वास गर्छस् भने, परमेश्वरका भेडाहरूमध्ये एक होस्; विश्वास गर्दैनस् भने, तँ ब्वाँसो होस्। परमेश्वरको वचनले तँलाई खुलासा र अलि गाली गर्छ, अनि त्यसपछि तँ आफू परमेश्वरको विश्वासी होस् भनी स्विकार्न मान्दैनस्? के त, अब तँ परमेश्वरको सृजित प्राणी रहिनस्? के परमेश्वर परमेश्वर हुन छोड्नुभयो? यदि यही कारणले गर्दा तँ परमेश्वरलाई नकार्न सक्छस् भने, तँ एक दुष्ट व्यक्ति, दियाबलस होस्। परमेश्वर यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न, त्यसैले मण्डलीले जबरजस्ती वा फकाएर तिनीहरूलाई स्विकार्नु हुँदैन। कतिपय मानिस भन्छन्: “परमेश्वरले मलाई गाली गर्नुभए पनि, म खुसीसाथ स्विकार्न इच्छुक छु। यदि उहाँ परमेश्वर हुनुहुन्छ भने, मलाई मुक्ति दिन सक्नुहुन्छ। यदि उहाँले मलाई हिर्काउनुभयो भने, त्यो उचित हो। यदि उहाँले मलाई अन्योलमा परेको व्यक्ति भन्नुहुन्छ भने, म त्यही नै हुँ, र त्योभन्दा पनि बढी अन्योलमा परेको व्यक्ति हुँ; यदि उहाँ मलाई गणिका भन्नुहुन्छ भने, मैले गणिकाको काम नगरे जस्तो देखिए पनि, परमेश्वरले त्यसो भन्नुभएकाले म त्यो कुरा मान्छु र स्विकार्छु।” तिनीहरूमा सबैभन्दा सरल विश्वास, मान्यता र स्वीकार, अनि परमेश्वरको डर मान्ने सबैभन्दा सरल हृदय हुन्छ। परमेश्वर यस्ता मानिसहरू प्राप्त गर्न चाहनुहुन्छ। कतिपय मानिसहरूलाई परमेश्वरका वचनहरू अत्यन्तै कठोर र घोच्ने लाग्छ, आफूले आशिष् प्राप्त गर्नेछैन भन्ने महसुस गर्छन्, त्यसैले अबउप्रान्त विश्वास गर्न चाहँदैनन्। तिनीहरू सोच्छन्, “तपाईँ परमेश्वर नै हुनुभए पनि, म तपाईँमा विश्वास गर्नेछैनँ। यदि तपाईँ यस्तो बोल्नुहुन्छ भने, म तपाईँलाई पछ्याउनेछैनँ।” त्यसोभए गैहाल्! यदि तैँले परमेश्वरलाई मान्नेसमेत गर्दैनस् भने, उहाँ कसरी तँलाई आफ्नो सृजित प्राणी भनेर चिन्न सक्नुहुन्छ र? त्यो असम्भव छ! परमेश्वरका वचनहरू यहाँ छन्; ती विश्वास गर् या नगर्, त्यो तेरै निर्णय हो। यदि विश्वास गर्दैनस् भने, गैहाल्। तैँले त्यो गुमाउनेछस्। यदि विश्वास गर्छस् भने, तैँले मुक्ति पाइने आशाको किरण पाउनेछस्। के यो उचित होइन र? (हो।) तर के यो पाको सज्जनले यस तरिकाले सोचेको थियो त? के उसले परमेश्वरका विचारहरू छर्लङ्गै बुझ्न सक्थ्यो? (सक्दैनथ्यो।) के ऊ मूर्ख थिएन र? आत्मिक बुझाइ नहुने मानिसहरू यस्तो मूर्ख काम गर्छन्। उसले परमेश्वरलाई अत्यन्तै महत्त्वहीन र सामान्य ठान्यो, परमेश्वरका विचारहरू मानव सोचभन्दा धेरै माथि छैनन् भन्ने सोच्यो। ऊ प्राय: परमेश्वरको विचार मानिसको भन्दा उच्च रहेको कुरा गर्थ्यो, सामान्य समयमा यी ठूला धर्मसिद्धान्तहरूबारे प्रचार गर्थ्यो, तर वास्तवमै कुनै परिस्थिति आइपर्दा, उसले यी वचनहरू परमेश्वरले भन्ने कुराजस्तो नलागेर, ती बेवास्ता गर्यो। उसले आफ्नो हृदयमा परमेश्वरका यी वचनहरूलाई मान्दैनथ्यो, त्यसैले उसले ती स्विकार्नै सकेन। उसले सुसमाचार प्रचार भइरहेको ठिक मौका छोपी “प्रभावकारी रूपमा सुसमाचार प्रचार गर्ने र अझ धेरै मानिस प्राप्त गर्ने” बहाना बनाएर परमेश्वरका वचनहरू झटपट फेरबदल गर्यो। अन्त्यमा मैले उसको व्यवहारलाई कसरी चित्रण गरेँ? परमेश्वरका वचनहरूलाई छेडछाड गर्नु। छेडछाड गर्नुको अर्थ के हो? त्यसको अर्थ मूल अर्थमा स्वेच्छाचारी रूपले थपथाप गर्नु, त्यसलाई घटाउनु, वा हेरफेर गर्नु, लेखकले चाहेको अर्थ बदल्नु, लेखकको सुरुको अभिप्राय र बोल्नुका उद्देश्यलाई बेवास्ता गर्नु, र त्यसपछि ती जथाभावी हेरफेर गर्नु हो। यसलाई छेडछाड गर्नु भनिन्छ। के उसमा परमेश्वरको डर मान्ने हृदय थियो? (थिएन।) कस्तो दुस्साहस! के यो कुनै मानवले गर्ने कुरा हो? (होइन।) यो दियाबलसको काम हो, मानवको होइन। तैँले कुनै साधारण व्यक्तिका शब्दहरूसमेत यतिकै हेरफेर गर्न मिल्दैन; तैँले लेखकको रायलाई सम्मान गर्नैपर्छ। यदि तँ फेरबदल गर्न चाहन्छस् भने, तैँले अग्रिम जानकारी गराएर उसको मञ्जुरी लिनुपर्छ, अनि उसको मञ्जुरी पाएपछि मात्र तैँले उसको रायअनुसार फेरबदल गर्न सक्छस्। यसलाई सम्मान भनिन्छ। परमेश्वरको सन्दर्भमा भन्नुपर्दा, उहाँलाई सम्मान मात्र गरेर हुँदैन! यदि परमेश्वरका वचनहरूको एउटा मात्र वाक्य गलत छापियो भने, यदि त्यसमा कुनै एउटा व्याकरणिक शब्द हटेको छ भने, तैँले त्यो स्वीकार्य हुन्छ हुँदैन भनेर सोध्नुपर्छ; स्वीकार्य हुँदैन भने, तैँले त्यो पृष्ठ फेरि छाप्नुपर्छ। यसमा यस्तो गम्भीर र जिम्मेवार मनोवृत्ति आवश्यक पर्छ; यसलाई परमेश्वरको डर मान्ने हृदय राख्नु भनिन्छ। के यस पाका सज्जनसँग त्यस्तो हृदय थियो? (थिएन।) उसमा परमेश्वरको डर मान्ने हृदय थिएन। उसले परमेश्वरलाई आफूभन्दा तल ठान्थ्यो; ऊ अत्यन्तै दुस्साहसी थियो। यस्तो व्यक्तिलाई निष्कासित गर्नुपर्छ।
भर्खरै त्यस्तै घटना घट्यो। कतिपय मानिसले फेरि पनि सुसमाचार प्रचार गरेर थप मानिसहरू प्राप्त गर्ने बहानामा परमेश्वरका वचनहरूलाई लापरवाहीपूर्वक परिवर्तन गरे। यसपटक पछिल्लो पटकभन्दा अलि राम्रो भयो; पछिल्ला घटनामा, त्यो काम अरूसँग सङ्गति नगरी, स्वेच्छाचारी र तानाशाही रूपमा कार्य गरिएको थियो, परमेश्वरका वचनहरूलाई छेडछाड गर्न जथाभावी रूपमा र लापरवाहीपूर्वक काम गरिएको थियो। यसपटक, तिनीहरूले सुरुमा यसो भन्दै माथिलाई सोधे, “कुनै निश्चित जातीय समूहका मानिसहरूले परमेश्वरको वचनका केही शब्दहरू स्विकार्न सक्दैनन्। हामीले ती शब्दहरूलाई, र उनीहरूले स्विकार्न नसक्ने परमेश्वरका वचनहरूका भनाइ वा खण्डहरूका अंश हटाउने वा हेरफेर गर्ने, र त्यसपछि उनीहरूलाई परमेश्वरका वचनहरूको विशेष रूपले बनाइएको संस्करण प्रचार गर्ने रणनीति बनाएका छौँ। त्यसपछि त उनीहरूले विश्वास कसो नगर्लान् त?” हेर् त; तिनीहरू साँच्चै दुस्साहसी हुन्। यो कस्तो व्यवहार हो? नरम रूपले लिइयो भने, यस्ता मानिसहरूलाई केवल मूर्ख, अज्ञानी, र अति कलिलो मान्न सकिन्छ; तिनीहरूलाई फेरि त्यसो नगर्नू भन्न मात्र सकिन्छ। तर यदि हामीले तिनीहरूले गरेको कुराको प्रकृतिलाई चित्रण गर्यौँ भने, तिनीहरूले शैतानलाई खुसी पार्न त्यतिकै परमेश्वरका वचनहरू हेरफेर गरिरहेका थिए। यसलाई के भनिन्छ? यो त गौरवका लागि प्रभुलाई धोका दिने यहूदाको, विश्वासघाती र धोकेबाजहरूको व्यवहार हो। तिनीहरूले परमेश्वरका वचनहरूलाई छेडछाड गरे, मानिसहरूलाई खुसी पार्न र सुसमाचार स्वीकार गराउन ती बढी रुचिकर र स्वीकार्य बनाए—यसको के काम? पृथ्वीमा कसैले विश्वास नगरे पनि, के परमेश्वरका वचनहरू परमेश्वरको वचन हुन छोड्छन् र? के परमेश्वरका वचनहरूको प्रकृति बदलिन्छ? (बदलिँदैन।) के परमेश्वरका वचनहरू तिनीहरूले स्विकारे मात्र सत्यता हुने र स्विकारेनन् भने सत्यता नहुने हो? के यसले गर्दा परमेश्वरका वचनहरूको प्रकृति बदलिन सक्छ? कदापि सक्दैन। सत्यता भनेको सत्यता नै हो; यदि तैँले त्यो स्विकारिनस् भने, तँ नष्ट हुन्छस्! सुसमाचार प्रचार गर्ने कतिपय मानिस सोच्छन्, “उनीहरूले नस्विकार्नु कति दुःखलाग्दो कुरा हो! उनीहरू अत्यन्तै महान् र कुलिन मानिस हुन्। परमेश्वर उनीहरूलाई अत्यन्तै प्रेम र कृपा गर्नुहुन्छ, हामीले कसरी उनीहरूलाई प्रेम नदेखाउन सक्छौँ र? परमेश्वरका वचनहरूलाई फेरबदल गरौँ ताकि उनीहरूले स्विकार्न सकून्। ती मानिसहरू अत्यन्तै राम्रा छन्, अनि परमेश्वर उनीहरूप्रति अत्यन्तै असल र कृपालु हुनुहुन्छ। हामी परमेश्वरका अभिप्रायहरूप्रति विचारशील हुनुपर्छ!” के यो देखावा गर्नु होइन र? (हो।) अर्को ढोँगी—सत्यता नबुझ्नेहरूले मूर्ख कुरा मात्र गर्न सक्छन्! परमेश्वरका वचनहरूमा छेडछाड गर्नेलाई कारबाही गरिएको र निष्कासित गरिएको थियो भनेर भनिसकिएको छ, र अहिले फेरि पनि तिनमा छेडछाड गर्न चाहने मानिसहरू छन्। तिनीहरू के हासिल गर्न खोजिरहेका छन्? के यो गौरवका लागि प्रभुलाई घात गर्नु होइन र? (हो।) यो गौरवका लागि प्रभुलाई घात गर्नु, शैतानलाई खुसी पार्नु हो। के परमेश्वरका वचनहरू व्यावहारिक छैनन् र? के तिनलाई खुला रूपमा प्रस्तुत गर्न सकिँदैन र? के तँ तिनलाई सत्यताका रूपमा मान्दैनस् र? यदि तँ तिनलाई मान्दैनस् भने, किन अझै विश्वास गर्छस्? यदि तँ सत्यता स्विकार्न सक्दैनस् भने, परमेश्वरमा विश्वास गर्नुको के अर्थ? यसरी मुक्ति प्राप्त गर्नु असम्भव छ। परमेश्वर जसरी बोल्नुभए पनि, उहाँले तेरा धारणाहरूसँग नमिल्ने जस्तोसुकै वचनहरू प्रयोग गर्नुभए पनि, उहाँ परमेश्वर नै हुनुहुन्छ, र उहाँको सार बदलिँदैन। तैँले जतिसुकै मिठो बोले पनि, तैँले जे गरे पनि, आफूलाई जति नै दयालु, उपकारी, वा प्रेमिलो ठाने पनि, तँ मानव, भ्रष्ट मानव नै होस्। तँ परमेश्वरका वचनहरूलाई सत्यताका रूपमा स्विकार्न मान्दैनस् र शैतानलाई खुसी पार्न परमेश्वरका वचनहरूलाई हेरफेर गर्ने प्रयास गर्छस्। यो कस्तो व्यवहार हो? यो तिरस्कारयोग्य व्यवहार हो! परमेश्वरका वचनहरूमा छेडछाड गर्ने प्रकृतिबारे अघिल्लो सङ्गतिपछि, अब सुसमाचार प्रचार गर्दा फेरि यस्तो समस्या आउनेछैन भनी मैले सोचेको थिएँ। तर, अविश्वसनीय रूपमा, छेडछाड गर्न र यस्ता सोचहरू राख्न आँट गर्ने मानिसहरू अझै पनि रहेछन्। यस्ता मानिसहरूको परमेश्वरको वचनप्रति कस्तो मनोवृत्ति हुन्छ? (अनादर।) तिनीहरू पूर्णतः लापरवाह हुन्छन्! तिनीहरूलाई हृदयमा परमेश्वरका वचनहरू प्वाँखझैँ हल्का, महत्त्वहीन लाग्छ। तिनीहरू सोच्छन्, “परमेश्वरको वचनलाई कुनै पनि तरिकामा चलाउन सकिन्छ; म उहाँका वचनहरू मनलागी परिवर्तन गर्न सक्छु। तिनलाई मानव धारणा र रुचिसँग मिल्ने बनाउनु राम्रो हुन्छ। परमेश्वरका वचनहरू त्यस्तो हुनुपर्छ!” परमेश्वरका वचनहरूमा छेडछाड गर्नेजस्ता कुरा गर्नेहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न सकिन्छ। तिनीहरू लापरवाही रूपमा र सोचविचार नगरी कार्य गर्छन्, र जथाभाबी छेडछाड गर्छन्; तिनीहरू स्वेच्छाचारी र तानाशाही हुन्छन्, अनि तिनीहरूमा अन्य ख्रीष्टविरोधीहरूको जस्तै स्वभाव र गुण हुन्छन्। अनि अर्को कुरा छ: खतरा आइपर्दा वा आफ्नो स्वार्थमा क्षति पुग्दा तिनीहरूको पहिलो सोच र काम के हुन्छ? तिनीहरू के रोज्छन्? तिनीहरू आफ्नो रक्षा गर्न परमेश्वरको हित र उहाँको घरका हितहरूलाई विश्वासघात गर्न रोज्छन्। के परमेश्वरका वचनहरूमा छेडछाड गर्नेहरूले साँच्चै प्रभावकारी रूपमा सुसमाचार प्रचार गर्नका लागि त्यसो गर्छन्? तिनीहरूको तथाकथित प्रभावकारितापछाडिको गोप्य मनसाय के हुन्छ? तिनीहरू आफ्ना प्रतिभा र क्षमताहरूको प्रदर्शन गर्न, मानिसहरूलाई “हेर म कति सक्षम छु! हेर, मैले हेरफेर गरेपछि सुसमाचार प्रचार गर्ने काम कति प्रभावकारी बनेको छ? तिमीहरूसँग यस्ता सिपहरू छैनन्, तिमीहरू यस्तो सोच्ने आँटसमेत गर्दैनौ। मैले आफ्नो सोच र कार्यद्वारा कस्ता नतिजाहरू हासिल गरेको छु, हेर त?” यी मानिसहरू परमेश्वरको वचनलाई बेवास्ता गर्छन् अनि ख्याति र हैसियत पछ्याउने आफ्नो महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्न तिनमा छेडछाड गर्छन्। के तिनीहरूमा ख्रीष्टविरोधीको गुण छैन र? तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्नु बिलकुलै अन्याय हुँदैन।
ख्रीष्टविरोधीहरूको स्वेच्छाचार र तानाशाहीको अर्को प्रकटीकरण के हो? तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूसित कहिल्यै सत्यतामा सङ्गति गर्दैनन्, न त मानिसहरूका वास्तविक समस्याहरू समाधान नै गर्छन्। बरु, तिनीहरू शब्द र धर्मसिद्धान्त प्रचार गरेर मानिसहरूलाई भाषण दिने अनि अरूलाई जबरजस्ती आफूलाई पालन गर्नसमेत लगाउने मात्र गर्छन्। माथि र परमेश्वरप्रति तिनीहरूको मनोवृत्ति र व्यवहार कस्तो हुन्छ? त्यो छल र कपटबाहेक केही हुँदैन। मण्डलीभित्र समस्याहरू भए पनि, तिनीहरू माथिलाई कहिल्यै केही रिपोर्ट गर्दैनन्। तिनीहरूले जे गरे पनि माथिलाई कहिल्यै सोध्दैनन्। यस्तो लाग्छ तिनीहरूसँग त्यस्ता कुनै समस्याहरू छैनन् जसका लागि माथिको सङ्गति वा निर्देशन आवश्यक पर्छ—तिनीहरू सबथोक गुपचुप र गोप्य रूपमा, पर्दापछाडि गर्छन्। यसलाई गुप्त चालबाजी भनिन्छ, जसमा तिनीहरू अन्तिम निर्णय गर्न र निर्णायक बन्न चाहन्छन्। तर, कहिलेकाहीँ तिनीहरू नक्कली भेष धारण गर्छन्, सानातिना मामलाहरू उठाएर माथिलाई सोध्छन्, सत्यता पछ्याउने व्यक्तिका रूपमा ढोँग गर्छन्, र आफूले हरचिजमा एकदमै सूक्ष्म तरिकाले सत्यता खोज्छु भनी माथिलाई गलत विश्वास दिलाउँछन्। वास्तवमा, तिनीहरू कुनै पनि महत्त्वपूर्ण मामलामा कहिल्यै मार्गदर्शन खोज्दैनन् अनि एकपक्षीय निर्णय गर्छन् र माथिलाई अन्धकारमा राख्छन्। यदि कुनै समस्या उत्पन्न भएमा, तिनीहरूले त्यसको रिपोर्ट गर्ने सम्भावना झनै कम हुन्छ, किनकि तिनीहरू त्यसले आफ्नो शक्ति, हैसियत, वा प्रतिष्ठालाई असर गर्ला भनी डराउँछन्। ख्रीष्टविरोधीहरू स्वेच्छाचारी र तानाशाही रूपमा काम गर्छन्; तिनीहरू कहिल्यै अरूसित सङ्गति गर्दैनन् र अरूलाई जबरजस्ती पालन गर्न लगाउँछन्। स्पष्टसँग भन्नुपर्दा, यो व्यवहारका मुख्य प्रकटीकरणहरू व्यक्तिगत उद्यममा संलग्न हुनु; आफ्नो प्रभाव, व्यक्तिगत गुट, र सञ्जालहरू बढाउनु; आफ्ना प्रयासहरू पछ्याउनु; र त्यसपछि, आफूलाई जे मन लाग्छ त्यही गर्नु, आफूलाई फाइदा हुने कामकुरा गर्नु, र पारदर्शिताविना कार्य गर्नु हुन्। ख्रीष्टविरोधीहरूको अरूलाई आफूप्रति समर्पित गराउने इच्छा र चाहना एकदमै बलियो हुन्छ; तिनीहरू सिकारीले आफ्नो कुकुरलाई आदेश पालना गर्न लगाएझैँ मानिसहरूले तिनीहरूको आज्ञा मानून् भन्ने अपेक्षा गर्छन्, सही वा गलत खुट्ट्याउन दिँदैनन्, र पूर्ण अनुपालन र समर्पण गराउन जिद् कस्छन्।
ख्रीष्टविरोधीहरूको स्वेच्छाचार र तानाशाहीपनको अर्को प्रकटीकरण तल उल्लिखित परिदृश्यमा देख्न सकिन्छ। उदाहरणका लागि, यदि कुनै मण्डलीको अगुवा ख्रीष्टविरोधी हो, अनि यदि माथिल्लो तहका अगुवा र कामदारहरूले त्यस मण्डलीको कामबारे जान्न र त्यसमा हस्तक्षेप गर्न चाहन्छन् भने, के यो ख्रीष्टविरोधी सहमत हुनेछ? कदापि हुँदैन। उसले कुन हदसम्म त्यो मण्डलीलाई नियन्त्रणमा राख्छ? छिर्नै नसकिने किल्लाजस्तै, जहाँ सियो पनि छिर्दैन, पानी पनि पस्दैन, उसले अरू कसैलाई संलग्न हुन वा सोधपुछ गर्न दिँदैन। जब उसले अगुवा र कामदारहरू कामबारे जान्न आउँदै छन् भनी थाहा पाउँछ, तब उसले दाजुभाइ-दिदीबहिनीहरूलाई भन्छ, “यी मानिसहरू आउनुको उद्देश्य के हो, मलाई थाहा छैन। उनीहरू हाम्रो मण्डलीको वास्तविक परिस्थिति बुझ्दैनन्। यदि उनीहरूले हस्तक्षेप गरेमा, हाम्रो मण्डलीका काममा बाधा दिन सक्छन्।” उसले दाजुभाइ-दिदीबहिनीहरूलाई त्यसरी भ्रममा पार्छ। अगुवा र कामदारहरू आइपुगेपछि, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूको सम्पर्कमा आउन नदिन विभिन्न कारण र बहाना बनाउँछ, साथै अगुवा र कामदारहरूलाई देखावटी सत्कार गर्छ, र उनीहरूको सुरक्षा सुनिश्चित गरेका निहुँमा उनीहरूलाई अलग ठाउँमा राख्छ; तर वास्तवमा, त्यसको उद्देश्य उनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूसँग भेटेर उनीहरूबाट परिस्थितिबारे थाहा पाउन नदिनु हो। अगुवा र कामदारहरूले कामको परिस्थितिबारे सोधपुछ गर्दा, त्यो ख्रीष्टविरोधीले झूटो छवि देखाएर छल गर्छ; उसले आफू माथिकाहरूलाई छल गर्छ र आफूमुनिकाहरूलाई सत्यता लुकाउँछ, आफ्ना भनाइहरूलाई बढाइचढाइ गरेर भन्छ, र उनीहरूलाई छल गर्न कामको प्रभावकारिताको बढाइचढाइ गर्छ। अगुवा र कामदारहरूले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूसित भेट्न सुझाव दिँदा, उसले यस्तो जवाफ दिन्छ, “मैले कुनै प्रबन्ध गरेको छैनँ! तपाईँले आउनुअघि मलाई जानकारी नै गराउनुभएन। गराउनुभएको भए, म केही दाजुभाइ-दिदीबहिनीलाई तपाईँसँग भेट्ने प्रबन्ध मिलाउनेथेँ। तर हालको प्रतिकूल वातावरणलाई विचार गर्दा, सुरक्षाका कारण तपाईँहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई नभेट्नु नै राम्रो हुन्छ।” उसको कुरा उचित लागे पनि, समझदार व्यक्तिले समस्या पत्ता लगाउन सक्छ: “ऊ अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेको चाहँदैन किनकि उसलाई आफू खुलासा होइन्छ भन्ने डर छ, उसको कामका त्रुटि र विचलनहरू प्रकट हुनेछन् भन्ने डर छ।” ख्रीष्टविरोधीले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई कडाइका साथ नियन्त्रण गर्छ। यदि अगुवा र कामदारहरू जिम्मेवार छैनन् भने, उनीहरू ख्रीष्टविरोधीद्वारा सजिलै छलमा पर्न र मूर्ख बनाइन सक्छन्। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको वास्तविक परिस्थिति, उनीहरूका नसुल्झिएका कठिनाइहरू, माथिका सङ्गति र प्रवचनहरू अनि परमेश्वरको वचनका पुस्तकहरू समयमै दाजुभाइ-दिदीबहिनीहरूकहाँ पुगेका छन् कि छैनन्, मण्डलीका विभिन्न कार्य परियोजनाहरू कसरी अगाडि बढिरहेका छन्, विचलन वा समस्याहरू छन् कि छैनन्—यी सबै कुरा अगुवा र कामदारहरूले थाहै पाउँदैनन्। दाजुभाइ-दिदीबहिनीहरूलाई पनि परमेश्वरको घरका कुनै नयाँ कार्य प्रबन्धहरूबारे थाहा हुँदैन; यसर्थ, ख्रीष्टविरोधीले मण्डलीलाई पूर्ण रूपले नियन्त्रण गर्छ, शक्तिमा एकाधिकार जमाउँछ र मामलाहरूमा अन्तिम निर्णय गर्छ। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले माथिल्लो तहका अगुवा र कामदारहरूलाई सम्पर्क गर्ने अवसर नै पाउँदैनन्, अनि वास्तविक सत्यता थाहा नपाएर उनीहरू ख्रीष्टविरोधीको भ्रम र नियन्त्रणमा पर्छन्। ख्रीष्टविरोधीले जसरी बोले पनि, यी निरीक्षण गर्ने अगुवा र कामदारहरूमा समझशक्ति हुँदैन र उनीहरू ख्रीष्टविरोधीले राम्रो काम गरिरहेको छ भन्ने नै सोच्छन्, र उसैमा पूर्ण भरोसा राख्छन्। यो त परमेश्वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीको हेरचाहमा सुम्पनुसरह हो। ख्रीष्टविरोधीले मानिसहरूलाई बहकाइरहँदा, यदि अगुवा र कामदारहरूले खुट्ट्याउन सक्दैनन्, उनीहरू गैरजिम्मेवार हुन्छन्, र त्यसलाई सम्हाल्न जान्दैनन् भने, के यो मण्डलीका काममा रोकावट ल्याउनु र परमेश्वरका चुनिएका मानिसहरूलाई घात गर्नु होइन र? के यस्ता अगुवा र कामदारहरू झूटा अगुवा र कामदार होइनन् र? कुनै ख्रीष्टविरोधीद्वारा नियन्त्रित मण्डलीका सम्बन्धमा भन्नुपर्दा, अगुवा र कामदारहरूले हस्तक्षेप र सोधपुछ गर्नैपर्छ, अनि ख्रीष्टविरोधीलाई तुरुन्तै कारबाही गरेर हटाउनैपर्छ—यसमा दुई मत छैन। यदि वास्तविक काम नगर्ने र ख्रीष्टविरोधीले परमेश्वरका चुनिएका मानिसहरूलाई भ्रममा पार्ने कुरालाई बेवास्ता गर्ने झूटा अगुवाहरू छन् भने, ती चुनिएका मानिसहरूले यी झूटा अगुवा र कामदारहरूलाई खुलासा गर्नुपर्छ, उनीहरूको रिपोर्ट गर्नुपर्छ, उनीहरूलाई पदबाट हटाउनुपर्छ, र उनीहरूका ठाउँमा असल अगुवा राख्नुपर्छ। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्ने समस्या राम्ररी समाधान गर्ने तरिका यही मात्र हो। कतिपयले भन्लान्, “यस्ता अगुवा र कामदारहरू कमजोर क्षमताका र समझशक्ति नभएका हुन सक्छन्, जसले गर्दा उनीहरूले ख्रीष्टविरोधीको समस्या सम्हाल्न र समाधान गर्न सकेनन्। उनीहरूले जानाजानी यसो गरिरहेका छैनन्; के उनीहरूलाई अर्को मौका दिनु पर्दैन र?” यस्ता अन्योलमा परेका अगुवाहरूलाई थप मौका दिनु हुँदैन। यदि अर्को मौका दिइयो भने, उनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई क्षति पुर्याइरहनेछन्। किनभने उनीहरू सत्यता पछ्याउने मानिस होइनन्; उनीहरूमा विवेक र समझ हुँदैन, अनि उनीहरू सिद्धान्तविनै काम गर्छन्—उनीहरू हटाइनुपर्ने घृणास्पद मानिस हुन्! विगत दुई वर्षमा, केही मण्डलीका केही दाजुभाइ-दिदीबहिनीहरू यस्ता झूटा अगुवा र वास्तविक काम नगर्ने ख्रीष्टविरोधीहरूलाई हटाउन एकजुट भएका छन्, र उनीहरूले तिनीहरूलाई बर्खास्त गरेका र हटाएका छन्। के त्यो राम्रो कुरा होइन र? (हो।) यस्तो राम्रो समाचार सुन्दा म प्रसन्न हुन्छु; यो नै परमेश्वरका चुनिएका मानिसहरूको जीवन वृद्धि हुनु र उनीहरू परमेश्वरप्रतिको विश्वासका सही मार्गमा प्रवेश गर्नुको उत्कृष्ट प्रमाण हो। यसले मानिसहरूले केही समझशक्ति र कद प्राप्त गरेका छन्, अनि उनीहरू झूटा अगुवा र ख्रीष्टविरोधी, दुष्ट पिशाचहरूद्वारा नियन्त्रित हुन छाडेका छन् भन्ने देखाउँछ। साधारण झूटा अगुवा र ख्रीष्टविरोधीहरूले अब परमेश्वरका चुनिएका मानिसहरूलाई भ्रममा पार्न वा नियन्त्रणमा राख्न सक्दैनन्, जो हैसियत वा शक्तिद्वारा नियन्त्रित हुन छाडेका छन्। उनीहरूमा झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने र खुलासा गर्ने साहस छ, उनीहरू तिनीहरूलाई निकाल्ने र हटाउने आँट गर्छन्। खासमा, चाहे अगुवा र कामदारहरू होऊन् वा परमेश्वरका चुनिएका जनमध्येका साधारण मानिस होऊन्, परमेश्वरसामु उनीहरू सबैको बराबर हैसियत हुन्छ, उनीहरूका कर्तव्यहरू मात्र फरक हुन्छन्। परमेश्वरका घरमा, हैसियतमा कुनै भिन्नता हुँदैन, कर्तव्य र जिम्मेवारीमा मात्र भिन्नता हुन्छ। मण्डलीका काममा बाधा दिने झूटा अगुवा र ख्रीष्टविरोधीहरूको सामना गर्नुपर्दा, अगुवा र कामदारहरू अनि परमेश्वरका चुनिएका मानिसहरू दुवैले तिनीहरूको खुलासा र रिपोर्ट गर्नुपर्छ, तिनीहरूलाई तुरुन्तै तह लगाउनुपर्छ, ख्रीष्टविरोधीहरूलाई मण्डलीबाट निष्कासित गर्नुपर्छ। यो जिम्मेवारी एउटै र सबैको साझा हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।