विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन) खण्ड आठ
मलाई भन्, कस्ता मानिसहरूले ख्रीष्ट विरोधीहरूको दुष्टताका लक्षण र चिन्हहरू प्रदर्शन गर्छन्? (वरदान भएका मानिसहरूले।) अरू कसले? (धाक लगाउन मन पराउनेहरूले।) धाक लगाउन मन पराउनेहरू, त्यो पर्याप्त रूपमा दुष्ट भएन। तिनीहरूलाई धाक लगाउन मन लाग्ने भए पनि, तिनीहरूमा अरूलाई नियन्त्रण गर्ने चाहना हुँदैन, तिनीहरू त्यो हदसम्म पुगेका हुँदैनन्—यो त भ्रष्ट स्वभाव हो। यसलाई विस्तृत रूपमा विचार गर्: कुन-कुन मानिसहरूले लक्षण र चिन्हहरू देखाउँछन् जसले गर्दा तँलाई तिनीहरूमा रहेका विभिन्न व्यवहार र सङ्केतहरूबाट त्यो कुकर्मी ख्रीष्ट विरोधी हो भनेर सुरुमा नै पत्ता लगाउने तुल्याउँछ? (हैसियतलाई प्रेम गर्ने अहङ्कारी मानिसहरू।) अहङ्कार र हैसियतप्रतिको प्रेमको केही सान्दर्भिकता हुन्छ, तर यो त्यति हदसम्म पुग्दैन। म एउटा कुराका बारेमा बताउँछु र तिमीहरूले यो कुरा सुन र महत्त्वपूर्ण छ कि छैन भनी हेर। कतिपय मानिसहरूले सत्यता र सकारात्मक कुराहरूभन्दा फरक दृष्टिकोणहरू निरन्तर उठान गर्छन्। बाहिरबाट हेर्दा, तिनीहरू सधैँ चर्चामा आउने काम गर्न र अरूभन्दा उत्कृष्ट देखिन चाहन्छन् जस्तो लाग्न सक्छ, तर कुरा त्यही नै हो भन्ने आवश्यक छैन। तिनीहरूको दृष्टिकोणले यस्तो बाहिरी व्यवहार पैदा गरेको हुन सक्छ। वास्तवमा, यदि तिनीहरूले साँच्चै नै त्यस्ता दृष्टिकोणहरू राख्छन् भने, गम्भीर समस्या हुनेछ। उदाहरणका लागि, जब सबैले यसो भन्दै सँगै सङ्गति गरिरहेका हुन्छन्, “हामीले यस कुरालाई परमेश्वरबाट आएको भनेर स्वीकार गर्नुपर्छ। यदि हामीले नबुझेमा, हामी सुरुमा समर्पित हुनुपर्छ,” र सबैले यस कुरामा सहमति जनाउँछन्, के यो दृष्टिकोण सही हो? (हजुर, हो।) के अभ्यासको यो सिद्धान्त विचलन हुन्छ? (अहँ, हुँदैन।) त्यसोभए, मानिसहरूले ख्रीष्ट विरोधीको दुष्ट स्वभावका चिन्ह र लक्षणहरू छन् भन्ने कुरा देखाउने कस्ता प्रकारका शब्दहरू बोल्छन्? “समर्पण एउटा कुरा हो, तर तैँले के भइरहेको छ भन्ने बुझ्नुपर्छ, होइन र? सबै कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ, होइन र? अलमल्ल रूपमा समर्पित हुन सकिँदैन; परमेश्वरले हामीलाई त्यत्तिकै समर्पित हुन आग्रह गर्नुहुन्न।” के यो एक प्रकारको तर्क होइन र? (हजुर, हो।) कतिपय मानिसहरूले भन्छन्, “यदि हामीले केही नबुझेमा, हामीले बुझ्ने व्यक्तिसँग सङ्गति गर्न खोज्दै, धैर्य गरेर प्रतीक्षा गर्न सक्छौँ। अहिले, हामीमध्ये कसैले पनि बुझ्दैन, र हामी सङ्गति गर्ने कोही पनि भेट्टाउन सक्दैनौँ। त्यसकारण, पहिले हामी समर्पित होऔँ।” ख्रीष्ट विरोधीहरूको दृष्टिकोण के हुन्छ? “तिमीहरू कमजोरहरू सब थोकमा समर्पित भएर सब थोकमा परमेश्वरको कुरा सुन्ने मानिसहरू हौ। मेरो कुरा सुन! किन कसैले पनि मेरो उल्लेख गरेको छैन? म तिमी सामु एउटा गहन राय प्रस्तुत गर्छु!” तिनीहरूले आफ्ना उच्च विचार साझा गर्न चाहन्छन्। तिनीहरू सत्यता अभ्यास गर्ने र सत्यता सिद्धान्तहरू पालना गर्ने मानिसहरूका विरोधी हुन्छन्। तिनीहरू सधैँ उच्च स्थानमा बस्न, लड्न, दुष्ट चलाकीहरूको सहारा लिन, उच्च विचार प्रस्तुत गर्न, र मानिसहरूलाई तिनीहरूलाई फरक तरिकाले हेर्न लगाउन चाहन्छन्। के यो ख्रीष्ट विरोधीहरूको दुष्ट स्वभावको लक्षण होइन र? के यो तिनीहरूको चिन्ह होइन र? सबै जना समर्पित हुनु किन गलत हो? तिनीहरू मूर्खतापूर्ण रूपमा समर्पित भए पनि—के यो गलत हो? के परमेश्वरले त्यो कार्यको निन्दा गर्नुहुनेछ? (अहँ, गर्नुहुनेछैन।) परमेश्वरले त्यसको निन्दा गर्नुहुनेछैन। तिनीहरूसँग परिस्थिति भङ्ग गरेर खैलाबैला मच्चाउने के अधिकार हुन्छ? जब तिनीहरूले मानिसहरूलाई परमेश्वरमा समर्पित भइरहेको देख्छन्, तब के हृदयमा तिनीहरूलाई रिस उठ्छ? जब तिनीहरूले मानिसहरू परमेश्वरमा समर्पित भइरहेको देख्छन्, तब हृदयमा तिनीहरू आक्रोशित हुन्छन्, तिनीहरूले कुनै फाइदा पाउँदैनन्, मानिसहरूले तिनीहरूलाई पालन गर्दैनन्, तिनीहरूको कुरा सुन्दैनन्, तिनीहरूको सल्लाह लिँदैनन् भनेर तिनीहरू असन्तुष्ट हुन्छन्, र बेखुसी हुन्छन्—तिनीहरूले मनमनै यस्तो सोच्दै प्रतिरोध गर्छन्, “तँ कोप्रति समर्पित हुन्छस्? के तँ सत्यताप्रति समर्पित हुन्छस्? सत्यताप्रति समर्पित हुनु ठीकै हो, तर हामीले त्यसलाई अध्ययन गर्नुपर्छ। त्यसोभए, सत्यता के हो? के तँ सही तरिकाले समर्पित हुन्छस्? के तैँले कम्तीमा पनि भित्री-बाहिरी सबै कुरा बुझ्नु पर्दैन र?” के यो तिनीहरूको तर्क होइन र? तिनीहरूले के गर्ने प्रयास गरिरहेका हुन्छन्? तिनीहरू खैलाबैला मच्चाउन र मानिसहरूलाई बहकाउन चाहन्छन्। कतिपय बोधो, मन्दबुद्धि भएका र मूर्ख मानिसहरू यो सुनेपछि, बहकिन्छन्, जबकि छुट्याउन सक्ने मानिसहरूले यसो भन्दै तिनीहरूलाई खण्डन गर्छन्, “तिमी के गरिरहेका छौ? के म परमेश्वरमा समर्पित भएकोमा तिमीलाई ईर्ष्या र डाहा लाग्छ? म परमेश्वरमा समर्पित हुँदा तिमी बेखुसी हुन्छौ, तर मैले तिमीलाई पालन गर्दा तिमी खुसी हुन्छौ? के सबैले तिमीलाई पालन गर्दा, तिम्रो कुरा सुन्दा, र तिमीले जे भन्यो त्यही गर्दा मात्रै त्यो सही हुन्छ? के तिमीले भनेको कुरा सत्यतासँग मिल्छ?” यो देख्दा, तिनीहरूले यसो सोच्छन्, “कतिपय मानिसहरूमा खुट्ट्याउने शक्ति हुन्छ—म अहिलेलाई पर्खनेछु।” छोटकरीमा भन्दा, जब सबैले सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गरिरहेका हुन्छन्, तब तिनीहरू नउफ्री बस्न सक्दैनन्। सबैले जति परमेश्वरलाई पालन गर्छन्, परमेश्वरको घरका प्रबन्धहरूमा जति समर्पित हुन्छन्, परमेश्वरका वचनहरू अनुसार जति अभ्यास गर्छन्, कामका प्रबन्ध र सिद्धान्तहरू अनुसार जति मामलाहरू सम्हाल्छन्, तिनीहरू त्यति नै असहज, निराश र व्याकुल हुन्छन्। यो ख्रीष्ट विरोधीहरूको दुष्ट सारको लक्षण हो। जबसम्म सबैले परमेश्वरका वचनहरू सुन्छन्, सत्यता अभ्यास गर्छन्, र सिद्धान्तहरू अनुसार मामलाहरू सम्हाल्छन्, तबसम्म तिनीहरू असहज र बेचैन हुन्छन्। के यो समस्या होइन र? (हजुर, हो।) यदि कसैले पनि परमेश्वरका वचनहरू पढ्दैनन्, वा पढे पनि त्यसबारे सङ्गति गर्दैनन्, यदि तिनीहरूले ख्रीष्ट विरोधीहरूको कुरा मात्रै सुन्छन् भने, तिनीहरू हर्षित हुन्छन्। यसले कुन समस्यालाई चित्रण गर्छ? तिनीहरूले कहिल्यै पनि परमेश्वरका वचनहरूका बारेमा सङ्गति गर्दैनन्। जबसम्म सबैले शान्त भएर परमेश्वरका वचनहरूका बारेमा सङ्गति गरिरहेका हुन्छन्, र ख्रीष्ट विरोधीहरूले कसैले पनि तिनीहरूलाई ध्यान दिँदैनन्, तिनीहरूको कुरा सुन्दैनन्, तिनीहरूको आराधना प्राप्त गर्न सक्दैनन्, तिनीहरूको हैसियत खतरामा छ, र तिनीहरू खतरामा छन् भन्ने देख्छन्—तब तिनीहरूले परिस्थिति भङ्ग गर्न खैलाबैला मच्चाउँछन्, तँलाई बहकाउन र बाधा दिन विधर्म वा भ्रमलाई अघि सार्छन्, जसले गर्दा तैँले भर्खरै छलफल गरेको कुरा सही हो कि गलत हो भन्ने कुरामा तँ अनिश्चित हुन्छस्। जब अन्तमा सबैले सङ्गतिद्वारा केही कुरा बुझ्छन्, तिनीहरू खैलाबैला मच्चाउन केही दुष्ट शब्दहरू बोल्छन्। के यो ख्रीष्ट विरोधीहरूको दुष्ट स्वभाव होइन र? यो दुष्ट स्वभाव कुन प्रकटीकरणसँग मिल्छ? (सत्यताप्रतिको शत्रुतासँग।) एकदम सही। सबैले सत्यता जति धेरै बुझ्छन्, ख्रीष्टविरोधीहरू त्यति नै निराश हुन्छन्। के यो सत्यताप्रतिको शत्रुता होइन र? के यो कुरा मिल्दैन र? (हजुर, मिल्छ।) के तिमीहरूले यस्ता मानिसहरू सामना गरेका छौ? सबैले कुनै कुराका बारेमा सङ्गति गरिरहेका बेला, तिनीहरू लामो समयसम्म चुप बस्छन्। अन्तमा, जब सङ्गतिमा केही स्पष्टता हुन्छ, तब तिनीहरू देखा पर्छन्, र देखा परेपछि यी मानिसहरूका लागि कामकुरा कठिन बनाइदिन चुनौतीपूर्ण प्रश्न प्रस्तुत गर्छन्। तिनीहरूको अभिप्राय यस्तो हुन्छ, “म तिमीहरूलाई देखाउँछु, म के गर्न सक्छु भन्ने तिमीहरूलाई देखाउनेछु! तिमीहरू सत्यताबारे सङ्गति गर्छौ, तिमीहरू मेरो कुरा सुन्दैनौ, मलाई बेवास्ता गर्छौ, मेरा बारेमा वास्ता गर्दैनौ, र मलाई ध्यान दिँदैनौ, त्यसकारण म तिमीहरूलाई सङ्गति गर्न गाह्रो प्रश्न गर्नेछु अनि अन्योलमा पार्नेछु!” के यो दियाबलस होइन र? (हजुर, हो।) यो दियाबलस हो, र यो वास्तविक ख्रीष्ट विरोधी हो।
कतिपय मानिसहरू, कुनै व्यक्ति नकारात्मक वा कमजोर छ भन्ने सुन्दा निकै खुशी हुन्छन्। विशेष गरी जब तिनीहरूले कसैले मण्डली जीवनमा बाधा दिइरहेको, कसैले मण्डलीको काम भताभुङ्ग पार्न दुष्ट कार्य गरिरहेको, वा कसैले अन्धाधुन्ध समस्या पैदा गरिरहेको देख्छन्—तिनीहरू साह्रै हर्षित महसुस गर्छन्, आतसबाजी गर्न र उत्सव मनाउन साह्रै उत्सुक हुन्छन्। त्यस्ता मानिसहरूको समस्या के हो? अरूको दुर्दशाप्रति तिनीहरू किन यति खुशी हुन्छन्? यो निर्णायक क्षणमा, तिनीहरू किन परमेश्वरको घरका हितहरूको रक्षा गर्दै परमेश्वरको पक्षमा खडा हुन सक्दैनन्? के त्यस्ता मानिसहरू अविश्वासीहरू होइनन् र? के तिनीहरू शैतानका नोकरहरू होइनन् र? तिमीहरू सबैले त्यस्ता व्यवहारहरू प्रदर्शन गर्छौ कि गर्दैनौ भनेर चिन्तन गर्नुपर्छ र तिमीहरूका वरिपरि यस्ता मानिसहरू छन् कि छैनन् भनेर जाँच गर्नुपर्छ र त्यस्ता व्यक्तिहरूलाई कसरी छुट्याउने भनेर हेर्नुपर्छ, विशेष गरी जब तिमीहरूले दुष्ट मानिसहरूले दुष्ट कार्यहरू गरिरहेको देख्छौ—तिमीहरूको मनोवृत्ति के हुन्छ? के तँ दृश्यको आनन्द लिने दर्शक मात्रै होस्, कि तँ पनि यो मार्गमा हिँड्न सक्छस्? के तँ त्यस्तो व्यक्ति होस्? कतिपय मानिसहरूले यसरी आत्म-चिन्तन गर्नेछैनन्। तिनीहरूलाई मानिसहरूको असल कुरा देख्न मन पर्दैन; तिनीहरू सबैलाई आफूभन्दा खराब अवस्थामा देख्न मन पराउँछन्—त्यसपछि मात्रै तिनीहरूलाई हर्ष महसुस हुन्छ। उदाहरणका लागि, जब तिनीहरूले परमेश्वरप्रति आफूलाई समर्पित गर्ने कुनै व्यक्तिलाई काटछाँट गरिएको देख्छन्, वा जब परमेश्वरमा साँचो विश्वास गर्ने कसैले अपराध गर्छ, तब तिनीहरू सुटुक्क रमाउँछन् र भन्छन्, “अहो, तेरो दिन पनि आएछ। तैँले परमेश्वरप्रति आफूलाई समर्पित गरिस्—त्यो तँलाई कसरी काम लागिरहेको छ? तँलाई अन्याय भएको छ, होइन र? तैँले घाटा भोगेको छस्, होइन र? आफूलाई समर्पित गर्नुको के अर्थ हुन्छ? तैँले सधैँ सत्य बोल्छस्, र अहिले तँलाई काटछाँट गरिएको छ, होइन र? तँ यसकै लायक छस्!” तिनीहरू किन यति हर्षित हुन्छन्? के तिनीहरू अरूको दुर्भाग्यमा रमाइरहेका छैनन् र? के त्यस्ता मानिसहरूको हृदय गलत ठाउँमा हुँदैन र? जब तिनीहरूले कसैले परमेश्वरको घरको काममा बाधा दिइरहेको देख्छन्, तब तिनीहरू खुसी हुन्छन्। जब तिनीहरूले परमेश्वरको घरको काममा नोक्सानी भएको देख्छन्, तब तिनीहरू खुसी हुन्छन्। तिनीहरूलाई के कुराले खुसी तुल्याउँछ? तिनीहरूले सोच्छन्, “बल्ल, म जस्तै सत्यतालाई प्रेम नगर्ने व्यक्तिले परमेश्वरको घरका हितहरूमा नोक्सान पुऱ्याएको छ, र उसलाई कुनै आत्मग्लानि भएको छैन।” तिनीहरूलाई यस्तो कुराले खुसी तुल्याउँछ। के यो दुष्ट कुरा होइन र? (हजुर, हो।) यो अत्यन्तै दुष्ट कुरा हो! के तिमीहरूबीच यस्ता मानिसहरू छन्? कतिपय मानिसहरूले अधिकांश समय कुनै गीत गुनगुनाउँदैनन्, तर कसैले गल्ती गरेको देख्ने बित्तिकै, तिनीहरू अचानक गाउन, झुल्न थाल्छन्, अत्यन्तै खुसी देखिन्छन् र तिनीहरूले सोच्न थाल्छन्, “आज, मैले बल्ल राम्रो खबर पाएँ। म निकै खुसी छु, त्यसकारण म थप एक-दुई कटौरा भात खान्छु!” यो कस्तो स्वभाव हो? दुष्टता। तिनीहरूले परमेश्वरको घरका हितहरूमा नोक्सान भएका कारण एक थोपा पनि आँसु झार्दैनन् वा एक क्षण पनि दुःखी महसुस गर्दैनन्। तिनीहरूले कुनै आत्मग्लानि, शोक वा पीडा अनुभव गर्दैनन्। बरु, कसैको गल्तीले परमेश्वरको घरका हितहरूमा नोक्सान पुऱ्याएको छ र परमेश्वरको नाम बदनाम तुल्याएको छ भन्ने कुराले तिनीहरू खुसी र सन्तुष्ट हुन्छन्। के यो दुष्टता होइन र? के यो ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृति हुनुको लक्षण होइन र? यो पनि एउटा लक्षण हो।
भनिन्छ कि सुसमाचार समूहका कतिपय मानिसहरू कुशल वक्ता हुन्छन्। तिनीहरूले वर्षौँदेखि प्रवचन सुनेका हुन्छन् र धर्मसिद्धान्तहरूको सारांश गरेका हुन्छन्, जहाँ गए पनि तिनीहरू ठुला-ठुला कुरा गर्छन्, तिनीहरूले प्रचार गर्दा तिनीहरूसँग कहिल्यै शब्दहरूको कमी हुँदैन, जसले तिनीहरूको आफ्नै वरदान र बोल्ने सीप पूर्ण रूपमा प्रदर्शन गर्छ। कतिपय मानिसहरूले त्यस्ता व्यक्तिहरूलाई निकै सक्षम ठान्छन् र तिनीहरूलाई पछ्याउने निर्णय गर्छन्। अन्त्यमा तिनीहरूले के भन्छन्? “हामी त्यो व्यक्तिको सङ्गति सुन्छौँ, त्यसकारण हामीले माथिबाट आएका प्रवचनहरू सुन्नु पर्दैन; हामीले परमेश्वरका वचनहरू पनि सुन्नु पर्दैन। त्यस व्यक्तिको सङ्गतिले तिनलाई प्रतिस्थापन गर्छ।” के यी मानिसहरू खतरामा हुँदैनन् र? (हुन्छन्।) यी मानिसहरू ठूलो खतरामा हुन्छन्। तिनीहरूले ख्रीष्ट विरोधीहरूका कार्य र व्यवहार, साथै तिनीहरूको उद्धतता, बर्बरता, र दुष्टतालाई प्रेम गर्छन्। ख्रीष्टविरोधीहरूले जे प्रेम गर्छन् तिनीहरूले त्यसैलाई प्रेम गर्छन् र ख्रीष्ट विरोधीहरू जे कुराप्रति वितृष्ण हुन्छन् तिनीहरू त्यही कुराप्रति वितृष्ण हुन्छन्। तिनीहरू ख्रीष्ट विरोधीहरूले प्रचार गर्ने ज्ञान, सिकाइ, धर्मसिद्धान्तहरू, र विभिन्न ईश्वरशास्त्रीय सिद्धान्तहरू, विधर्म र भ्रमहरूलाई प्रेम गर्छन्। तिनीहरूले यी कुराहरूको आराधना गर्छन्। तिनीहरूले कुन हदसम्म तिनको आराधना गर्छन्? राती सपनामा पनि, तिनीहरू यी शब्दहरू बोल्छन्। के यो गम्भीर कुरा हो? जब तिनीहरूको आराधना यो स्तरमा पुग्छ, तब के यी मानिसहरूले अझै पनि परमेश्वरलाई पछ्याउन सक्छन् त? कतिपयले यसो भन्न सक्छन्, “त्यो गलत हो। तिनीहरू अझै पनि मण्डलीमा छन्, तिनीहरूले अझै पनि परमेश्वरमा विश्वास गर्छन्।” तिनीहरूले मौका पाइसकेका छैनन्। एक पटक तिनीहरूले आफूले आराधना गर्न चाहेको व्यक्ति वा वस्तु भेट्टाएपछि, कुनै पनि बेला परमेश्वरलाई त्याग्न सक्छन्। के यो ख्रीष्ट विरोधीहरूको दुष्ट सार हुनुको लक्षण होइन र? (हो।) के तिमीहरूले त्यस्ता मानिसहरूलाई देख्दा छुट्याउन सक्छौ? (हजुर, सक्छौँ।) विगतमा, तिमीहरूलाई त्यस्ता मामलाहरूको गम्भीर प्रकृति थाहा थिएन होला। अहिले, जब तिमीहरूले फेरि त्यस्ता मानिसहरूको सामना गर्छौ, तब के तिमीहरूको मनमा अझै पनि तिनीहरूका बारेमा प्रश्नहरू हुनेछन्? के तिमीहरूले तिनीहरूलाई बेवास्ता गर्नेछौ? (अहँ, गर्नेछैनौँ।) त्यसोभए, के तिमीहरूले त्यस्ता मानिसहरूका बारेमा केही सुझबुझ प्राप्त गरेका छौ? (हो, गरेका छौँ।) यी तिनीहरूले प्रकट गर्ने केही लक्षण र जानकारीहरू हुन्। अर्थात्, यी मानिसहरूले मौका वा हैसियत पाएपछि, वा कसैले तिनीहरूलाई बहकाएपछि, तिनीहरूले कुनै पनि बेला र कुनै पनि ठाउँमा परमेश्वरलाई धोका दिन सक्छन्। के मानिसहरूले तिनीहरूका प्रकटीकरणहरू र तिनीहरूको दुष्ट सारलाई देख्न सक्छन्? के मानिसहरूले देख्न सक्ने केही सङ्केतहरू छन्? (हजुर, छन्।) अवश्य नै हुनुपर्छ। यदि मैले यी कुराहरू उल्लेख नगरेको भए, तिमीहरूले यस्तो सोच्नेथियौ होला, “यी चिन्हहरू कसले देखाउँछ? यी लक्षणहरू कसले प्रकट गर्छ? कसैले पनि गर्दैन, मैले त कोही देखेको छैनँ।” यी लक्षणहरूका बारेमा मैले गरेको छलफलबाट, के तिमीहरूले त्यस्ता मानिसहरू अस्तित्वमा छन् भन्ने पत्ता लगाएका छैनौ र? तिनीहरूमध्ये केही अनुयायी हुन्, र केही अगुवा र कामदारहरू हुन्। ख्रीष्ट विरोधीहरूको दुष्ट सार हुनुको तेस्रो लक्षण यही हो।
ख्रीष्ट विरोधीहरूको दुष्ट सार भएका मानिसहरूमा अर्को विशिष्ट लक्षण हुन्छ, जुन कुरा तिनीहरू सबैमा समान हुन्छ। यी मानिसहरू, सत्यतालाई प्रेम गर्ने र साँचो मार्गको तृष्णा गर्ने ढोँगमा, प्रवचनहरूमा सहभागी हुन, सत्यतासँग सम्बन्धित विभिन्न ज्ञान र विषयवस्तुहरू सिक्न, र ईश्वरशास्त्रीय सिद्धान्त र ज्ञानहरूद्वारा सुसज्जित हुन आउँछन्, त्यसपछि यी सिद्धान्त र ज्ञानहरू अगुवा र कामदारहरूसँग मौखिक युद्धमा संलग्न हुन प्रयोग गर्छन्, निश्चित व्यक्तिहरूको निन्दा गर्न, अरूलाई बहकाउन र मनाउन, र निश्चित मानिसहरूलाई तथाकथित आपूर्ति, सहयोग, र मलजल समेत दिन प्रयोग गर्छन्। तर, एउटा बुँदाले तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन् भन्ने कुरा स्पष्ट पार्छ। त्यो बुँदा के हो? यी मानिसहरूले आफूलाई चाहे जसरी सुसज्जित गरे पनि र प्रचार गरे पनि, तिनीहरूले केवल कुरा गर्छन् र कुराहरू भन्छन्, आफूलाई केवल सुसज्जित मात्र गर्छन्, तर तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार कहिल्यै पनि मामलाहरू सम्हाल्दैनन्। “कहिल्यै पनि” भन्नुको अर्थ के हो? यसको अर्थ तिनीहरूले एउटा पनि साँचो शब्द बोल्न सक्दैनन्, तिनीहरू कहिल्यै इमानदार भएका हुँदैनन्, र तिनीहरूले हैसियतका फाइदाहरूलाई त्याग्ने मूल्य कहिल्यै चुकाएका हुँदैनन् भन्ने हुन्छ। अवसर चाहे जेसुकै भए पनि, तिनीहरूले बोल्दा र व्यवहार गर्दा सधैँ आफ्नो ख्याति, प्राप्ति, र हैसियतका खातिर अधिकतम मेहनत गर्छन्। बाहिरी रूपमा तिनीहरूले मूल्य चुकाएका र सत्यतालाई प्रेम गरेका जस्तो देखिए पनि, तिनीहरूको दुष्ट सार अपरिवर्तित नै रहन्छ। यहाँ समस्या के हो? एक हिसाबमा, यी मानिसहरूले आफ्नो व्यवहारमा कहिल्यै पनि सत्यता सिद्धान्तहरू खोज्दैनन्। अर्को हिसाबमा, तिनीहरूले सत्यता सिद्धान्तहरू र अभ्यासको मार्ग चिने पनि, ती अभ्यास गर्दैनन्। यो तिनीहरूसँग ख्रीष्ट विरोधीहरूको दुष्ट सार छ भन्ने कुराको लक्षण हो। चाहे तिनीहरूसँग हैसियत भए पनि नभए पनि, र तिनीहरूले सुसमाचार प्रचार गर्ने आफ्नो कर्तव्य पूरा गरे पनि नगरे पनि वा तिनीहरू अगुवा र कामदार भए पनि नभए पनि, तिनीहरूको विशेषता के हुन्छ? तिनीहरूले सही धर्मसिद्धान्तहरू भन्न मात्र सक्छन्, तर कहिल्यै पनि सही कामकुराहरू गर्दैनन्। तिनीहरूको विशेषता त्यही हो। तिनीहरूले अरू कसैले भन्दा स्पष्ट रूपमा धर्मसिद्धान्तहरू बोल्छन्, तर अरू कसैले भन्दा खराब काम गर्छन्—के यो दुष्ट कुरा होइन र? ख्रीष्टविरोधीहरूको दुष्ट सार हुनुको चौथो लक्षण यही हो। आफै जाँच, र तिमीहरूका वरिपरि ख्रीष्ट विरोधीहरूको दुष्ट सार भएका धेरै मानिसहरू छन् कि छैनन् भनेर मूल्याङ्कन गर। मैले यी कुराहरू सूचीकृत गरिसकेपछि, तिमीहरूले आफ्ना वरिपरि त्यस्ता मानिसहरू धेरै छन् कि छैनन् भनेर मूल्याङ्कन गर्न सक्छौ। तिनीहरूको सङ्ख्या कति प्रतिशत छ? अगुवाहरू बढी छन् कि साधारण विश्वासीहरू? के तिमीहरूमध्ये कतिले यसभन्दा पहिले अगुवाहरूले मात्रै ख्रीष्ट विरोधी बन्ने मौका पाउँछन् भन्ने सोच्दैनथियौ र? (पहिले यस्तै सोच्थ्यौँ।) त्यसोभए, के यो दृष्टिकोण अहिले परिवर्तन भएको छ? ख्रीष्ट विरोधीहरू हैसियत भएका कारण ख्रीष्ट विरोधी बन्दैनन्; तिनीहरूसँग हैसियत नहुँदा पनि तिनीहरू यति नै नीच थिए। यति मात्र हो, सही तापक्रम र माटोमा ढुसीमा तुरुन्तै खमिर उठेर, यसको साँचो रूप प्रकट भए जस्तै, भाग्यले, तिनीहरू अगुवाइको पदमा पुग्छन्, र ख्रीष्ट विरोधीहरूका रूपमा रहेका तिनीहरूको साँचो स्वरूप तुरुन्तै खुलासा हुन्छ। यदि उपयुक्त वातावरण छैन भने, तिनीहरूको प्रकृति सार प्रकट हुन अलिक समय लाग्न सक्छ, तर यो ढिलो प्रकटीकरणको अर्थ तिनीहरूमा त्यो प्रकृति छैन भन्ने हुँदैन। यस्तो प्रकृतिका साथ, मानिसहरूले अपरिहार्य रूपमा कार्य गर्नेछन् र कुराहरू प्रकट गर्नेछन्, र यी प्रकट गरिएका व्यवहारहरू ख्रीष्टविरोधीहरूको दुष्ट सारका चिन्ह र लक्षणहरू हुन्। तिनीहरूसँग यी चिन्ह र लक्षणहरू भएपछि, तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न सकिन्छ।
मलाई भन, के सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तहरू अनुसार मामलाहरू सम्हाल्नका लागि विभिन्न बहाना र औचित्यहरू चाहिन्छ? (अहँ, चाहिँदैन।) व्यक्तिमा निष्ठावान् हृदय भएसम्म, उसले सत्यतालाई अभ्यास गर्न सक्छ। के सत्यता अभ्यास नगर्ने मानिसहरूले विभिन्न बहानाहरू बनाउँछन्? उदाहरणका लागि, जब तिनीहरूले कुनै गलत काम गर्छन्, सिद्धान्त विरुद्ध काम गर्छन्, र कसैले तिनीहरूलाई सच्याउँछ, तब के तिनीहरूले सुन्न सक्छन्? तिनीहरूले सुन्दैनन्। के तिनीहरूले सुन्दैनन् भन्ने तथ्य नै पूरा कुरा हो? तिनीहरू कसरी दुष्ट हुन्? (तिनीहरूले तिमीलाई मनाउन बहाना खोज्छन्, र तिमीलाई तिनीहरू सही छन् भन्ने सोच्न लगाउँछन्।) तिनीहरूले तेरा धारणा र कल्पनाहरू अनुरूपको व्याख्यान खोज्छन्, त्यसपछि तिनीहरूले तँलाई विश्वस्त गराउन, तँलाई तिनीहरूसँग सहमत गराउन, तिनीहरू सही छन् भनी साँच्चै विश्वस्त तुल्याउनका लागि तैँले स्वीकार गर्न सक्ने र सत्यता अनुरूपका आत्मिक सिद्धान्तहरूको प्रयोग गर्छन्, यो सब मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने तिनीहरूको उद्देश्य हासिल गर्नका लागि हुन्छ। के यो दुष्टता होइन र? (हो।) यो वास्तवमै दुष्टता हो। स्पष्ट रूपमा नै, तिनीहरूले केही गलत गरेका हुन्छन्, आफ्नो व्यवहारमा सिद्धान्तहरू र सत्यताको विरुद्धमा गएका हुन्छन्, र सत्यताको अभ्यास गर्न असफल भएका हुन्छन्, तैपनि तिनीहरूले सैद्धान्तिक औचित्यहरू प्रस्तुत गर्छन्। यो साँच्चै दुष्टता हो। यो ब्वाँसोले भेडा खाएको जस्तै हो; सुरुमा नै ब्वाँसोको प्रकृति भेडा खाने प्रकृति थियो, र परमेश्वरले भेडा खानका लागि यस्तो पशु सृष्टि गर्नुभयो—भेडा यसका खाना हुन्। तर यो खाएपछि, ब्वाँसोले अझै पनि विभिन्न बहानाहरू खोज्छ। के तँसँग यसबारे कुनै विचार छ? तँलाई लाग्छ, “तैँले मेरो भेडा खाएको छस्, र अहिले तैँले त्यो खानुपर्थ्यो, तैँले त्यो खानु व्यावहारिक र उचित थियो, र मैले तँलाई धन्यवाद समेत दिनुपर्छ भनी मैले सोचूँ भन्ने तँ चाहन्छस्।” के तँ रिसाउँदैनस् र? (हजुर, रिसाउँछु।) तँ रिसाउँदा, तँमा के-कस्ता सोचहरू आउँछन्? तँलाई लाग्छ, “यो मान्छे अत्यन्तै दुष्ट छ! यदि तँ खान चाहन्छस् भने, खा, तँ त्यस्तै होस्; मेरो भेडा खानु एउटा कुरा हो, तर तैँले धेरै तर्क र बहानाहरू समेत बनाउँछस्, र त्यसको बदलामा मलाई तँप्रति कृतज्ञ हुन समेत भन्छस्। के यो सही र गलत कुरामा झुक्किनु होइन र?” यो दुष्टता हो। जब ब्वाँसोले भेडा खान चाहन्छ, तब त्यसले के-कस्ता बहानाहरू खोज्छ? ब्वाँसोले भन्छ, “सानो थुमा, आज मैले तँलाई खानैपर्छ किनभने गत वर्ष मलाई अपमान गरेकोमा मैले तँसँग बदला लिनुपर्छ।” अन्यायमा परेको महसुस गर्दै थुमाले भन्छ, “म गत वर्ष जन्मेको पनि थिइनँ।” जब ब्वाँसोले गल्ती बोलेको र थुमाको उमेरका बारेमा गलत हिसाब लगाएको भन्ने महसुस गर्छ, तब यसले भन्छ, “ठीक छ, हामी त्यसोभए त्यो कुराको गन्ती गर्नेछैनौँ, तर मैले अझै पनि तँलाई खानैपर्छ किनभने अस्ति मैले यस नदीको पानी पिउँदा, तैँले पानी धमिल्याइस्, त्यसकारण मैले तँसँग बदला लिनुपर्छ।” थुमाले भन्छ, “म नदीको तलतिर छु, र तपाईँ माथि हुनुहुन्छ। मैले कसरी माथिको पानीलाई फोहोर पार्न सक्छु? यदि तपाईँ मलाई खान चाहनुहुन्छ भने, खानुहोस्। विभिन्न बहानाहरू नखोज्नुहोस्।” ब्वाँसोको प्रकृति यस्तै हुन्छ। के यो दुष्टता होइन र? (हजुर, हो।) के ब्वाँसोको दुष्टता ठूलो रातो अजिङ्गरको जस्तै हो? (छ।) यो विवरण ठूलो रातो अजिङ्गरसँग सबैभन्दा राम्रोसँग मिल्छ। ठूलो रातो अजिङ्गरले परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई पक्राउ गर्न चाहन्छ; यसले यी मानिसहरूलाई दोषी ठहर्याउन चाहन्छ। त्यसकारण, यसले सुरुमा निश्चित झूटा आवरणहरू बनाउँछ, निश्चित अफवाहहरू रच्छ, त्यसपछि सारा संसारलाई खडा भएर तँलाई दोषी ठहराउन लगाउनका लागि संसारअघि ती कुराहरू प्रसारण गर्छ। यसले परमेश्वरमा विश्वास गर्नेहरूलाई “सार्वजनिक व्यवस्था भङ्ग गर्ने,” “राष्ट्रका रहस्यहरू खुलासा गर्ने,” र “राज्यशक्तिको विद्रोह गर्ने” जस्ता धेरै वटा दोष लगाउँछ। यसले तैँले विभिन्न अपराधहरू गरेको छस् भन्ने अफवाह पनि फैलाउँछ र तँमाथि यी आरोपहरू लगाउँछ। के तैँले ती स्वीकार गर्न नमानेर हुन्छ? के यो तैँले ती स्वीकार गर्छस् कि गर्दैनस् भन्ने कुरा हो? अहँ, होइन। यसले तँलाई पक्राउ गर्न निस्किएपछि, ब्वाँसोले भेडा खान हिँडे जस्तै, त्यसले विभिन्न बहानाहरू खोज्छ। ठूलो रातो अजिङ्गरले निश्चित आवरणहरू सिर्जना गर्छ, र हामीले कुनै खराब काम गरेका छौँ भनेर दाबी गर्छ, जबकि वास्तवमा, त्यो अरूले नै गरेका हुन्छन्। यसले दोष सार्छ र मण्डलीलाई फसाउँछ। के तैँले त्योसँग तर्क गर्न सक्छस्? (सक्दिनँ।) तैँले किन त्योसँग तर्क गर्न सक्दैनस्? के तैँले त्योसँग स्पष्ट रूपमा तर्क गर्न सक्छस्? के तँलाई तैँले त्योसँग तर्क गरेर परिस्थिति बुझाइस् भने, त्यसले तँलाई पक्राउ गर्नेछैन भन्ने लाग्छ? तैँले त्यसका बारेमा चाहिनेभन्दा बढी राम्रो सोच्छस्। तैँले बोलिसक्नुभन्दा पहिले, त्यसले तेरो कपाल समात्नेछ, तेरो टाउको भित्तामा बजार्नेछ, त्यसपछि तँलाई सोध्नेछ, “म को हुँ तँलाई थाहा छ? म दियाबलस हुँ!” त्यसपछि, तँलाई कठोर रूपमा कुटपिट गरिनेछ, साथै दिन-रात पालोपालो सोधपुछ गरिनेछ र यातना दिइनेछ, त्यसपछि तँ झुक्न थाल्नेछस्। यस अवस्थामा, तैँले यस्तो महसुस गर्नेछस्, “यहाँ तर्क गर्ने कुनै ठाउँ छैन; यो एउटा पासो हो!” ठूलो रातो अजिङ्गरले तँसँग तर्क गर्दैन—के तँलाई यसले अनजानमा, र संयोगवस ती निहुँहरू बनाउँछ भन्ने लाग्छ? यसको पछाडि षड्यन्त्र हुन्छ, र त्यसले अर्को कदमको योजना बनाइसकेको हुन्छ। यो त्यसका कार्यहरूको अग्रिम चरण मात्रै हो। कतिपय मानिसहरूले अझै पनि यस्तो सोच्न सक्छन्, “तिनीहरूले परमेश्वरमा विश्वास गर्नेसँग सम्बन्धित मामलाहरू बुझेका हुँदैनन्; यदि मैले तिनीहरूलाई स्पष्टीकरण दिएँ भने, सबै कुरा ठीक हुनेछ।” के तैँले त्यो स्पष्ट रूपमा व्याख्या गरेर हुन्छ? त्यसले तँलाई तैँले नगरेको कुरामा फसायो—के तैँले अझै पनि स्पष्ट रूपमा कुराहरूको स्पष्टीकरण दिएर हुन्छ? जब त्यसले तँलाई फसायो, तब के तैँले त्यो गरेको होइनस् भन्ने कुरा त्यसलाई थाहा थिएन र? के यो काम कसले गरेको हो भन्ने कुराप्रति त्यो अनभिज्ञ हुन्छ र? त्यसलाई राम्ररी थाहा हुन्छ! त्यसोभए किन त्यसले तँलाई दोष लगाउँछ? त्यसले पक्राउ गरिरहेको व्यक्ति तँ नै होस्। के तँलाई लाग्छ कि त्यसले तँमाथि दोष थोपार्दा, तैँले अन्यायपूर्ण व्यवहार भोगिरहेको छस् भन्ने त्यसलाई थाहा हुँदैन? त्यसले तँलाई अन्यायपूर्ण व्यवहार गर्न र तँलाई पक्राउ गरेर सताउन चाहन्छ। त्यो दुष्टता हो।
ख्रीष्ट विरोधीहरूको दुष्ट सार भएको जोकोही आफ्नो सारमा सत्यताप्रति वितृष्ण हुन्छन् र त्यसलाई घृणा गर्छन्। तिनीहरू हृदयमा सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन् र तिनीहरूसँग यसलाई अभ्यास गर्ने कुनै अभिप्राय हुँदैन। यदि तँलाई तिनीहरूमा सत्यताको बुझाइको कमी छ भन्ने लाग्छ र तैँले तिनीहरूसँग त्यसबारे सङ्गति गर्ने प्रयास गर्छस् भने, परिणाम के हुनेछ? तैँले ठक्कर खानेछस्—तैँले गलत व्यक्ति भेट्टाएको हुन्छस्। तिनीहरू सत्यतालाई स्वीकार गर्ने मानिसहरू होइनन्, र तैँले तिनीहरूसँग सङ्गति गर्नु हुँदैन; बरु, तैँले तिनीहरूलाई पाठ सिकाउनुपर्छ र यसो भन्दै तिनीहरूसँग कठोर हुनुपर्छ, “तैँले आफ्नो कर्तव्य कति समयदेखि पूरा गर्दै आएको छस्? तैँले कसरी आफ्नो कर्तव्यलाई सानो मामलाको रूपमा लिन सकिस्? के यो तेरो आफ्नै काम हो? तैँले कसलाई चुनौती दिइरहेको छस्? तँ मेरो विरुद्धमा छैनस्; तँ परमेश्वर र सत्यताको विरुद्धमा छस्!” के तैँले तिनीहरूलाई पाठ सिकाउनु पर्दैन र? के तिनीहरूसँग सत्यताबारे सङ्गति गर्नु उपयोगी हुन्छ? अहँ, हुँदैन। किन उपयोगी हुँदैन? तिनीहरू ब्वाँसोहरू हुन्, हराएका वा बाटो बिराएका भेडा होइनन्। के ब्वाँसोले सत्यता अभ्यास गर्न सक्छ? सक्दैन। ब्वाँसोको प्रकृति के हो? (दुष्टता।) भेडा देख्ने बित्तिकै, त्यसले र्याल काढ्न थाल्छ, त्यसका आँखा स्वादिष्ट खानाका तस्विरहरूले भरिन्छ, र भेडाको नियति त्यसको भोजन बन्ने नै हुन्छ। त्यसको प्रकृति त्यही हो; त्यो दुष्टता हो। यदि तैँले त्यसलाई “भेडाहरू अत्यन्तै दयनीय र भद्र हुन्छन्; बिन्ती छ, तिनीहरूलाई नखा। खानका लागि अर्को भयानक पशु छनौट गर्, हुन्छ?” भनिस् भने, के त्यसले बुझ्न सक्छ? सक्दैन। त्यसको प्रकृति त्यही हो। कतिपय मानिसहरूले सत्यता अभ्यास गर्दैनन् र विभिन्न बहानाहरू खोज्छन्—त्यो तिनीहरूको प्रकृति हो। यो प्रकृति के हो? दुष्टता हो। तिनीहरूका कार्य चाहे जति नै नीच, विद्रोही, वा खुलेआम सिद्धान्तहरूको विरुद्ध भए पनि, तिनीहरू अझै पनि आफ्नो इज्जत बचाउन चाहन्छन्; ती सत्यताको विरुद्धमा गए पनि, तिनीहरूले यसलाई भव्य र इज्जतदार तरिकाले गर्न चाहन्छन्। के यो दुष्टता होइन र? सत्यता उल्लङ्घन गर्नु सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (नकारात्मक।) नकारात्मक कुरालाई कसरी भव्य, इज्जतदार, र सम्माननीय तरिकाले गर्न सकिन्छ? के यी दुई पक्षहरूलाई मिलाउने प्रयास गर्नु अलिक अप्ठ्यारो कुरा होइन र? यो दुष्टता हो: ख्रीष्ट विरोधीहरूको दुष्ट सार भएका मानिसहरूको व्यवहार र प्रकटीकरण यही हो। यो विरोधाभासपूर्ण सुनिन्छ होला, तर तिनीहरूले यसरी नै कार्य गर्छन्, तिनीहरूको स्वभाव र तिनीहरूले प्रकट गर्ने कुरा त्यही हो। तिनीहरूले सत्यताप्रति घृणा पाल्छन्, त्यसलाई कहिल्यै स्वीकार गर्दैनन्—यिनीहरू ख्रीष्टविरोधी हुन्, यो ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृति सार हो। ख्रीष्टविरोधीहरूको दुष्ट सारमा कति वटा कुराहरू हुन्छन्? (चार वटा कुरा।) जम्मा चार वटा हुन्छन्। के यी चार वटा चिन्हहरू तिमीहरूलाई खुट्ट्याउनका लागि पर्याप्त छैनन् र? दुष्टतामा अन्तर्निहित रूपमा नै कपटी र छली तत्त्वहरू समावेश हुन्छन्, र जब कपटी र छली तत्त्वहरू चरममा पुग्छन्, तब तिनलाई दुष्ट स्वभावका रूपमा चित्रण गरिन्छ। ख्रीष्टविरोधीहरूले यस्तो दुष्ट स्वभावलाई मूर्त रूप दिन्छन्।
सेप्टेम्बर ३, २०१९
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।