विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन) खण्ड चार
फरिसीहरूका दुष्ट पाटोहरू कसरी प्रकट हुन्छन्? सुरुमा, हामी फरिसीहरूले देहधारी परमेश्वरलाई कसरी व्यवहार गरेका थिए भन्नेबाट हाम्रो छलफल सुरु गरौँ, त्यसपछि तिमीहरूले अझै बढी कुरा बुझ्न सक्छौ। देहधारी परमेश्वरका बारेमा कुरा गर्दा, हामीले सुरुमा दुई हजार वर्ष पहिले देहधारी परमेश्वर कस्तो परिवार र पृष्ठभूमिमा जन्मनुभएको थियो भन्नेबारे कुरा गर्नुपर्छ। सर्वप्रथम, प्रभु येशू समृद्ध परिवारमा जन्मनुभएकै थिएन—उहाँको वंश त्यति विशिष्ट थिएन। उहाँलाई हुर्काउने बुबा, युसुफ, एक सिकर्मी थिए, र उहाँकी आमा, मरियम, एक साधारण विश्वासी थिइन्। प्रभु येशूका आमाबुबाको पहिचान र सामाजिक हैसियतले उहाँ जन्मेको परिवारको पृष्ठभूमिलाई प्रतिनिधित्व गर्छ, र उहाँ सामान्य परिवारमा जन्मनुभएको थियो भन्ने कुरा स्पष्ट छ। “सामान्य” को अर्थ के हो? यसले साधारण मानिसहरूलाई, समाजको तल्लो स्तरको औसत परिवारलाई जनाउँछ, जसको कुलीन परिवारहरूसँग कुनै सम्बन्ध हुँदैन, जो अलिकति पनि प्रतिष्ठित हैसियतसँग सम्बन्धित हुँदैन, र अवश्य नै खानदानी हुँदैन। साधारण परिवारमा जन्मनुभएका, साधारण आमाबुबाका, कुनै पनि प्रतिष्ठित सामाजिक हैसियत वा विशिष्ट पारिवारिक पृष्ठभूमि नभएका, प्रभु येशूको जन्मको पृष्ठभूमि र परिवार जति सामान्य हुनुपर्ने हो त्यति नै सामान्य थियो भन्ने कुरा स्पष्ट छ। के प्रभु येशूले कुनै विशेष शिक्षा प्राप्त गर्नुभयो भनेर बाइबलले अभिलेख गरेको छ? के उहाँले कुनै सेमिनरीबाट शिक्षा प्राप्त गर्नुभयो? के उहाँलाई मुख्य पूजाहारीले तालिम दिएका थिए? के उहाँले पावलले जस्तै धेरै पुस्तकहरू पढ्नुभएको थियो? के उहाँको समाजका कुलीन वर्ग वा यहूदी धर्मका मुख्य पूजाहारीहरूसँग नजिकको सम्बन्ध वा उठबस थियो? अहँ, थिएन। प्रभु येशू जन्मनुभएको परिवारको सामाजिक हैसियतलाई हेर्दा, उहाँ यहूदी शास्त्री र फरिसीहरूको माथिल्लो स्तरका मानिसहरूसँग सम्पर्कमा आउनुभएको थिएन भन्ने कुरा स्पष्ट हुन्छ; उहाँ साधारण यहूदीहरूको बीचमा मात्रै जिउन सीमित हुनुहुन्थ्यो। कहिलेकहीँ, उहाँ सभाघर जानुहुन्थ्यो, र उहाँले भेट्नुहुने सबै साधारण मानिसहरू थिए। यसले के देखाउँछ? प्रभु येशू हुर्कँदै जाँदा, उहाँले औपचारिक रूपमा आफ्नो काम सुरु गर्नुभन्दा पहिले, उहाँ हुर्केको पृष्ठभूमि अपरिवर्तित नै रह्यो। बाह्र वर्षको उमेरपछि, उहाँको परिवारमा समृद्धि हुन थालेन र उहाँ धनी बन्नुभएन, समाजका वा धार्मिक संसारका माथिल्लो वर्गका मानिसहरूसँग अन्तरक्रिया गर्ने मौका पाउनु त परको कुरा हो, र उहाँले आफ्नो हुर्काइको दौरान उच्च शिक्षा हासिल गर्ने अवसर पनि प्राप्त गर्नुभएन। यसले पछिल्ला पुस्ताहरूलाई के सन्देश दिन्छ? यस साधारण र सामान्य व्यक्ति जो देहधारी परमेश्वर हुनुहुन्थ्यो, उहाँसँग उच्च शिक्षा प्राप्त गर्ने अवसर थिएन न त अवस्थाहरू नै थिए। उहाँ साधारण मानिसहरू जस्तै हुनुहुन्थ्यो, उहाँ साधारण सामाजिक वातावरणमा, साधारण परिवारमा जिउनुहुन्थ्यो, र उहाँमा कुनै विशेष कुरा थिएन। ठीक यही कारणले गर्दा नै, प्रभु येशूका प्रवचन र कार्यहरूका बारेमा सुनेपछि, ती शास्त्री र फरिसीहरूले खडा भएर उहाँलाई खुला रूपमा आलोचना गर्ने, निन्दा गर्ने, र दोष दिने आँट गरे। तिनीहरूको निन्दाको आधार के थियो? अवश्य नै, यो पुरानो करारका व्यवस्था र प्रावधानहरूमा आधारित थियो। पहिलो, प्रभु येशूले आफ्ना चेलाहरूलाई विश्राम-दिन नमनाउन अगुवाइ गर्नुभयो—उहाँले विश्राम-दिनमा पनि काम गर्नुभयो। यसको साथै, उहाँले व्यवस्था र प्रावधानहरू पालन गर्नुभएन र उहाँ मन्दिर जानुहुन्नथियो, र जब उहाँले पापीहरूलाई भेट्नुहुन्थ्यो, तब कतिपय मानिसहरूले उहाँलाई तिनीहरूलाई कसरी ठेगान लगाउने भनी सोध्थे, तर उहाँले तिनीहरूलाई व्यवस्था अनुसार व्यवहार गर्नुहुन्नथियो, बरु कृपा देखाउनुहुन्थ्यो। प्रभु येशूका कार्यहरूका यी कुनै पनि पक्ष फरिसीहरूका धार्मिक धारणाहरू अनुरूप थिएनन्। तिनीहरूले सत्यतालाई प्रेम नगरेका र त्यसरी प्रभु येशूलाई घृणा गरेका हुनाले, तिनीहरूले प्रभु येशूलाई आक्रमक रूपमा दोष दिनका लागि उहाँले व्यवस्था उल्लङ्घन गर्नुभएको बहाना लिए, र उहाँलाई मार्नुपर्छ भनेर दृढनिश्चय गरे। यदि प्रभु येशू एउटा प्रतिष्ठित र विशिष्ट परिवारमा जन्मनुभएको भए, यदि उहाँले उच्च शिक्षा प्राप्त गर्नुभएको भए, र उहाँ यी शास्त्री र फरिसीहरूसँग नजिक हुनुभएको भए, त्यो बेलाका परिस्थितिहरू, पछि जस्तो भए त्यस्ता हुनेथिएनन्—ती परिवर्तन हुनेथिए होलान्। उहाँको सामान्यता, उहाँको साधारण अवस्था, र उहाँको जन्मको पृष्ठभूमिका कारण नै उहाँलाई फरिसीहरूले निन्दा गरे। प्रभु येशूलाई निन्दा गर्ने तिनीहरूको आधार के थियो? ती तिनीहरूले पक्रेर राखेका प्रावधानहरू र व्यवस्थाहरू नै थिए, जुन अनन्तका लागि कहिल्यै परिवर्तन हुनेछैनन् भन्ने तिनीहरूले विश्वास गरेका थिए। फरिसीहरूले आफूले बुझेका धर्मशास्त्रीय सिद्धान्तहरूलाई ज्ञान र मानिसहरूलाई मूल्याङ्कन गर्ने र दोष दिने औजारका रूपमा लिएका थिए, र यसलाई तिनीहरूले प्रभु येशूमाथि समेत प्रयोग गरे। प्रभु येशूलाई यसरी नै दोषी ठहराइएको थियो। तिनीहरूले कुनै व्यक्तिलाई मूल्याङ्कन गर्ने वा व्यवहार गर्ने तरिका कहिल्यै पनि न त व्यक्तिको सारमा, न व्यक्तिले प्रचार गरेको कुरा सत्यता हो कि होइन भन्ने कुरामा नै निर्भर हुन्थ्यो, व्यक्तिले बोलेका वचनहरूको स्रोतमा निर्भर हुनु त परको कुरा हो—फरिसीहरूले व्यक्तिलाई मूल्याङ्कन गर्ने वा दोष दिने तरिका तिनीहरूले बाइबलको पुरानो करारबाट बुझेका प्रावधान, वचन, र धर्मसिद्धान्तमा मात्रै निर्भर हुन्थ्यो। प्रभु येशूले भन्नुभएका र गर्नुभएका कुराहरू पाप वा व्यवस्था उल्लङ्घन होइनन् भन्ने कुरा फरिसीहरूलाई हृदयमा थाहा भए पनि, तिनीहरूले उहाँलाई दोषी ठहराए, किनभने उहाँले व्यक्त गर्नुभएका सत्यताहरू र उहाँले प्रदर्शन गर्नुभएका चिन्ह र चमत्कारहरूले गर्दा धेरै मानिसहरूले उहाँलाई पछ्याउन र प्रशंसा गर्न थालेका थिए। फरिसीहरूले उहाँलाई झन्-झन् घृणा गरिरहेका थिए, र उहाँलाई दृश्यबाट हटाउन समेत चाहन्थे। तिनीहरूले प्रभु येशू नै आउनेवाला मसीह हुनुहुन्छ भनेर पहिचान गरेनन्, न त तिनीहरूले उहाँका वचनहरूमा सत्यता छ भन्ने कुरालाई नै पहिचान गरे, उहाँको काम सत्यता अनुरूप छ भन्ने कुरालाई पहिचान गर्नु त परको कुरा हो। तिनीहरूले प्रभु येशूले अहङ्कारी वचनहरू बोलिरहनुभएको र भूतहरूका राजकुमार बालजिबुलमार्फत भूतहरू निकालिरहनुभएको भनेर आलोचना गरे। तिनीहरूले यी पापहरूको दोष प्रभु येशूलाई लगाए भन्ने कुराले तिनीहरूले उहाँलाई कति धेरै घृणा गर्थे भन्ने कुरा देखाउँछ। त्यसकारण, तिनीहरूले प्रभु येशूलाई परमेश्वरले पठाउनुभएको हो, र उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ, र उहाँ मसीह हुनुहुन्छ भन्ने कुरालाई इन्कार गर्न जोरदार रूपमा काम गरे। तिनीहरूको तात्पर्य के थियो भने, “के परमेश्वरले यस्तो तरिकाले काम गर्नुहुनेथियो? यदि परमेश्वर देहधारी हुनुभएको भए, उहाँ प्रतिष्ठित हैसियत भएको परिवारमा जन्मनुहुनेथियो। अनि उहाँले शास्त्रीहरू र फरिसीहरूको मार्गदर्शन स्वीकार गर्नुपर्ने हुन्थ्यो। उहाँले ‘देहधारी परमेश्वर’ को नाम धारण गर्न सक्नुभन्दा पहिले धर्मशास्त्रलाई व्यवस्थित रूपमा अध्ययन गर्नुपर्ने, धर्मशास्त्रको ज्ञान बुझ्नुपर्ने, र धर्मशास्त्रका सबै ज्ञानहरूले आफूलाई सुसज्जित गर्नुपर्ने हुन्थ्यो।” तर प्रभु येशू यो ज्ञानले सुसज्जित हुनुहुन्नथियो, त्यसकारण तिनीहरूले यसो भन्दै उहाँलाई दोष दिए, “सर्वप्रथम, तपाईंसँग त्यस्तो योग्यता छैन, तसर्थ तपाईं परमेश्वर हुन सक्नुहुन्न; दोस्रो कुरा, यो धर्मशास्त्रीय ज्ञानविना, तपाईंले परमेश्वरको कार्य गर्न सक्नुहुन्न, तपाईं परमेश्वर हुन सक्ने कुरा त परै जाओस्; तेस्रो, तपाईंले मन्दिरभन्दा बाहिर काम गर्न हुँदै हुँदैन—तपाईंले अहिले मन्दिरमा काम गरिरहनुभएको छैन, तर तपाईं सधैँ पापीहरूका बीचमा बस्नुहुन्छ, त्यसकारण तपाईंले गर्नुहुने काम धर्मशास्त्रको दायराभन्दा बाहिर छ, जसले तपाईं परमेश्वर हुनुहुन्छ भन्ने कुरा झन् असम्भव तुल्याउँछ।” तिनीहरूको दोषारोपणको आधार कहाँबाट आयो त? धर्मशास्त्रबाट, मानिसको मन-मस्तिष्कबाट, र तिनीहरूले प्राप्त गरेको धर्मशास्त्रीय शिक्षाबाट। फरिसीहरू धारणा, कल्पना, र ज्ञानले फूलेका थिए, त्यसकारण तिनीहरूले यो ज्ञान सही हो, सत्यता हो, मान्य आधार हो, र कुनै पनि समयमा परमेश्वरले यी कुराहरूलाई उल्लङ्घन गर्न सक्नुहुन्न भन्ने विश्वास गर्थे। के तिनीहरूले सत्यताको खोजी गरे त? तिनीहरूले खोजी गरेनन्। तिनीहरूले के खोजी गरे? आत्मिक शरीरका रूपमा देखा परेका अलौकिक परमेश्वर। त्यसकारण, तिनीहरूले परमेश्वरको कामका रूपरेखा निर्धारित गरे, उहाँको कामलाई इन्कार गरे, र मानिसका धारणा, कल्पना, र ज्ञान अनुसार परमेश्वर सही हुनुहुन्छ कि गलत हुनुहुन्छ भनेर मूल्याङ्कन गरे। अनि यसको अन्तिम परिणाम के भयो? तिनीहरूले परमेश्वरको कामलाई निन्दा गरेका मात्र होइनन्, तिनीहरूले देहधारी परमेश्वरलाई क्रूसमा समेत टाँगे। तिनीहरूले परमेश्वरलाई मूल्याङ्कन गर्नका लागि आफ्ना धारणा, कल्पना, र ज्ञान प्रयोग गर्नुको परिणाम यही थियो, र तिनीहरूको दुष्ट पक्ष यही हो।
ज्ञान र विद्वत्ताप्रति फरिसीहरूले गर्ने आदरको आधारमा हेर्दा, तिनीहरूको दुष्टता कहाँ लुकेको हुन्छ? त्यो कसरी प्रकट हुन्छ? हामीले त्यस्ता मानिसहरूको दुष्ट प्रकृतिलाई कसरी खोतल्न र चिरफार गर्न सक्छौँ? ज्ञान र विद्वत्ताप्रति फरिसीहरूको आदरका बारेमा सबैलाई थाहा छ, र यसका बारेमा विस्तृत रूपमा कुरा गरिरहनु पर्दैन। त्यसोभए, यहाँ प्रकट भएको दुष्ट प्रकृति ठ्याक्कै के हो त? हामीले कसरी त्यस्ता मानिसहरूको दुष्ट प्रकृतिलाई चिरफार गर्न र त्यसलाई छर्लङ्ग देख्न सक्छौँ? कसैले भन त। (तिनीहरूले परमेश्वरको सारको विरोध गर्न सैद्धान्तिक ज्ञान प्रयोग गर्छन्; तिनीहरूको दुष्टताको एउटा प्रकटीकरण यही हो।) विरोध भनेको एउटा कार्य हो, त्यसोभए तिनीहरूले किन विरोध गरे? विरोधले अलिक क्रूर स्वभाव बोकेको हुन्छ, तर तिमीहरू अझै दुष्टताको विषयमा प्रवेश गरेका छैनौँ। तिनीहरूले किन विरोध गरे? के यो तिनीहरूले उहाँलाई मन पराउने वा नपराउने कुरासँग सम्बन्धित थियो? तिनीहरू यस्तो प्रकारको परमेश्वरलाई मन पराउँदैनथिए, र यस्तो विश्वास गर्थे, “परमेश्वर स्वर्गमा, अर्थात्, तेस्रो स्वर्गमा हुनुपर्ने हो, उहाँलाई सबैले उच्च मान्नुपर्ने हो, उहाँ मानिसको पहुँचबाहिर, मानिसले बुझ्न नसक्ने हुनुपर्ने हो, उहाँ सारा मानवजाति, सबै सृजित प्राणी, र ब्रह्माण्डका सबै जीवित प्राणीहरूले समेत सम्मान गर्नुपर्ने जन हुनुपर्छ—त्यो पो परमेश्वर हो त! अहिले परमेश्वर आउनुभएको छ, तर तपाईं सिकर्मीको घरमा जन्मनुभयो, तपाईँका आमाबुबा साधारण मानिसहरू मात्रै हुन्, र तपाईं तबेलामा समेत जन्मनुभएको हो। तपाईँको जन्मको पृष्ठभूमि साधारण मात्र होइन, यो साधारणभन्दा एक स्तर तलको र सामान्यभन्दा एक स्तर तलको हो—मानिसहरूले यसलाई कसरी स्वीकार गर्न सक्छन्? यदि परमेश्वर साँच्चै आउनुभएको हो भने, उहाँ यसरी आउन सक्नुहुन्न!” के मानिसहरूले परमेश्वरलाई यसरी नै सीमित गर्दैनन् र? सबैले परमेश्वरलाई यसरी नै सीमित गर्छन्। वास्तवमा, भित्री रूपमा तिनीहरूलाई पनि प्रभु येशू साधारण व्यक्ति हुनुहुन्न, प्रभु येशूले भन्नुभएको कुरा सही हो, र मानिसहरूले उहाँमाथि आरोप लगाएका निश्चित पापहरू वास्तवमा तथ्यहरूसँग मिल्दैनन् भन्ने अस्पष्ट रूपमा महसुस हुन्थ्यो। प्रभु येशूले बिरामीलाई निको पार्न र भूतहरू निकाल्न सक्नुहुन्थ्यो, र उहाँले बोल्नुभएका र दिनुभएका वचन र प्रवचनहरूमा तिनीहरूले कुनै त्रुटि भेट्टाउन वा कुनै गल्ती समात्न सक्दैनथिए, तर तिनीहरूले अझै पनि यसलाई स्वीकार गर्न सकेनन्, र अझै पनि हृदयमा शङ्का गरे: “के परमेश्वर साँच्चै यस्तै हुनुहुन्छ? परमेश्वर स्वर्गमा अत्यन्तै महान् हुनुहुन्छ, त्यसकारण यदि उहाँ देहधारी भएर पृथ्वीमा आउनुभयो भने, उहाँ अझै महान् हुनुपर्छ, सबै मानिसहरूले उहाँको प्रशंसा गर्नुपर्छ, उहाँ इज्जतदार परिवारहरूकहाँ जानुपर्छ, उहाँले धाराप्रवाह रूपमा बोल्नुपर्छ, र एउटै पनि मानव त्रुटि वा कमजोरी कहिल्यै प्रकट गर्नु हुँदैन। यसको साथै, उहाँले सुरुमा मन्दिरका पदाधिकारीहरूलाई वशमा पार्न आफ्नो ज्ञान, विद्वता, र सीप प्रयोग गर्नुपर्छ। उहाँले सुरुमा यी मानिसहरूलाई जित्नुपर्छ; त्यो नै परमेश्वरको अभिप्राय हुनेछ।” प्रभु येशूले गर्नुभएको कामको सन्दर्भमा भन्दा, तिनीहरूले यसलाई पत्याएनन्, न त तिनीहरूले यो तथ्यलाई स्विकार्न वा मान्न नै चाहन्थे। यो तथ्यलाई मान्न नचाहनु ठूलो समस्या होइन; तिनीहरूको गहिराइमा, तिनीहरूसँग अझै घातक कुरा थियो: यदि त्यस्तो व्यक्ति परमेश्वर हुनुहुन्छ भने, सबै पादरीहरू परमेश्वर हुन सक्नेथिए, तिनीहरू सबै परमेश्वर स्वयम्भन्दा पनि बढी परमेश्वर समान थिए, र तिनीहरू सबै प्रभु येशूभन्दा बढी ख्रीष्ट हुन योग्य थिए। के यो समस्याग्रस्त कुरा होइन र? (हो।) प्रभु येशूलाई दोषी ठहराइरहेका बेला, तिनीहरूले यस पटक परमेश्वरले आफ्नो देहधारणका लागि छनौट गर्नुभएको देहसँग सम्बन्धित पृष्ठभूमिका हरेक पक्षलाई पनि विरोध र हेला गरिरहेका थिए। हामीले अझै फरिसीहरूको दुष्टता कहाँ छ भनेर छलफल गरेका छैनौँ—हाम्रो सङ्गतिलाई जारी राखौँ।
परमेश्वर साधारण व्यक्तिका रूपमा देह बन्नुहुन्छ, जसको अर्थ परमेश्वर आफूलाई यावत् थोकभन्दा माथि रहेको उच्च छवि, पहिचान, र पदबाट झार्दै पूर्ण रूपमा साधारण व्यक्ति बन्नका लागि विनम्र तुल्याउनुहुन्छ। जब उहाँ साधारण व्यक्ति बन्नुहुन्छ, तब उहाँले विशिष्ट र समृद्ध परिवारमा जन्मने छनोट गर्नुहुन्न; उहाँको जन्मको पृष्ठभूमि अत्यन्तै सामान्य हुन्छ, र जीर्ण समेत हुन्छ। यदि हामीले यो मामलालाई साधारण व्यक्ति, विवेक, समझ, र मानवता भएको व्यक्तिको परिप्रेक्ष्यबाट हेर्यौँ भने, परमेश्वरले गर्नुहुने सबै कुरा मानिसहरूको अर्चना र प्रेम योग्य हुन्छन्। मानिसहरूले यसलाई कसरी लिनुपर्छ? (अर्चनाका साथ।) परमेश्वरलाई पछ्याउने साधारण र सामान्य व्यक्तिले परमेश्वरले आफूलाई उच्च हैसियतबाट असाधारण रूपमा एउटा सामान्य व्यक्तिमा विनम्र तुल्याउनुभएको तथ्यका लागि परमेश्वरको प्रेमिलो स्वभावको प्रशंसा गर्नुपर्छ—परमेश्वरको नम्रता र गुप्तता अत्यन्तै प्रेमिलो छ! यो कुरा कुनै पनि भ्रष्ट व्यक्तिले हासिल गर्न सक्दैन, न त दियाबलस र शैतानहरूले नै हासिल गर्न सक्छन्। यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (सकारात्मक कुरा।) यस सकारात्मक कुरा, यस घटना, र यस तथ्यले के कुरालाई सही रूपमा चित्रण गर्छ? परमेश्वरको नम्रता र गुप्तता, परमेश्वरको प्रेमिलो स्वभाव र प्रियतालाई। अर्को तथ्य के हो भने परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ; परमेश्वरको प्रेम वास्तविक हुन्छ, झूटो हुँदैन। परमेश्वरको प्रेम कुनै खोक्रो बोली होइन, कुनै नारा होइन, न त भ्रम नै हो, यो त वास्तविक र तथ्यगत कुरा हो। परमेश्वर स्वयम् देह बन्नुहुन्छ र मानवजातिको गलतफहमी, साथै तिनीहरूको गिल्ला, बदनामी, र ईश्वरनिन्दा सहनुहुन्छ। उहाँले आफूलाई विनम्र तुल्याउनुहुन्छ र उहाँ साधारण व्यक्ति, कुनै उच्च स्वरूप नभएको, कुनै विशेष प्रतिभा नभएको र पक्कै पनि कुनै गहन ज्ञान वा विद्वत्ता नभएको व्यक्ति बन्नुहुन्छ—कुन उद्देश्यका लागि? उहाँले छनौट गर्नुभएको र मुक्ति दिने अभिप्राय राख्नुभएका मानिसहरूकहाँ यो पहिचान र मानव स्वरूपका साथ जानु हो जुन तिनीहरूका लागि सबैभन्दा पहुँचयोग्य हुन्छ। के परमेश्वरले गर्नुहुने यो सबै कुरा उहाँले चुकाउनुभएको मूल्यमा समावेश हुँदैन र? (हुन्छ।) के अरू कसैले यसो गर्न सक्छ? कसैले पनि सक्दैन। उदाहरणका लागि, सुन्दरतालाई विशेष रूपमा प्रेम गर्ने कतिपय महिलाहरूले सधैँ मेकअप लगाउँछन् र त्यसविना बाहिर नै जाँदैनन्। यदि तैँले त्यस्तो महिलालाई त्यत्तिकै बाहिर जान वा मेकअपविना स्टेजमा देखा पर्न आग्रह गरिस् भने, के उसले त्यसो गर्न सक्नेथिई? सक्नेथिइन। यस मामलामा त उसलाई अपमान समेत गरिएको हुँदैन; मेकअपविना बाहिर जानु नै उसका लागि असम्भव हुन्छ, उसले त्यो सानो आडम्बर, त्यो थोरै देहगत फाइदालाई समेत त्याग्न सक्दिन। त्यसोभए परमेश्वरका बारेमा के भन्ने? जब परमेश्वरले आफूलाई सबैभन्दा साधारण व्यक्तिका रूपमा समाजको सबैभन्दा नीच मानिसहरूको बीचमा जन्मनका लागि विनम्र बनाउनुहुन्छ, तब उहाँले के त्याग्नुहुन्छ? उहाँले आफ्नो मर्यादा त्याग्नुहुन्छ। परमेश्वरले किन आफ्नो मर्यादा त्याग्न सक्नुहुन्छ? (मानिसहरूलाई प्रेम गर्न र मुक्ति दिनका लागि।) मानिसहरूलाई प्रेम गर्न र मुक्ति दिनका लागि हो, र यसले परमेश्वरको स्वभाव प्रकट गर्छ। त्यसोभए, यो कसरी मर्यादा गुमाउने कार्यसँग सम्बन्धित भयो? यस मामलालाई कसरी हेरिनुपर्छ? कतिपय मानिसहरूले भन्छन्, “परमेश्वरले कुन मर्यादा गुमाउनुहुन्छ? के देह बनेपछि पनि तपाईंसँग अझै पनि परमेश्वरको पहिचान हुँदैन र? के तपाईंसँग अझै पनि तपाईंको प्रचार पछ्याउने र सुन्ने मानिसहरू हुँदैनन् र? के तपाईंले अझै पनि परमेश्वरको आफ्नै काम गरिरहनुभएको हुँदैन र—तपाईंले कुन मर्यादा गुमाउनुहुन्छ?” यो “मर्यादा गुमाउनु” ले केही पक्षहरूलाई समावेश गर्छ। एक हिसाबमा, परमेश्वरको यो सब कुरा गर्ने प्रेरणा मानिसहरूका खातिर नै हो, तर के मानिसहरूले यसलाई बुझ्न सक्छन्? उहाँलाई पछ्याउने मानिसहरूले समेत यसलाई बुझ्न सक्दैनन्। यो बुझाइको कमीमा के समावेश हुन्छ? त्यसमा गलतफहमी हुन्छ, गलत व्याख्या हुन्छ, र कतिपय मानिसहरूले अनौठो वा तिरस्कारपूर्ण नजरले हेर्छन्। परमेश्वर आत्मिक क्षेत्रमा यावत् थोकका बीचमा हुनुहुन्छ, र सारा मानवजाति परमेश्वरको पाउमुनि छ, तर अहिले परमेश्वर देह बन्नुभएको हुनाले, यो त उहाँ मानिसहरूसँग समान रूपमा एउटै वातावरणमा जिउनु जस्तै हो। उहाँले मानवजातिको गिल्ला, बदनामी, गलतफहमी, र व्यङ्ग्यको साथै तिनीहरूका धारणा, शत्रुता, र आलोचनाको सामना गर्नुपर्ने हुन्छ—उहाँले यी कुराहरूको सामना गर्नुपर्ने हुन्छ। उहाँले यी कुराहरूको सामना गरिरहनुभएको बेला, के तिमीहरूलाई उहाँमा कुनै मर्यादा हुन्छ भन्ने लाग्छ? परमेश्वरको पहिचान अनुसार, उहाँले यी कुराहरू भोग्नु हुँदैन, मानिसहरूले परमेश्वरलाई यसरी व्यवहार गर्नु हुँदैन, र उहाँले यी कुराहरू सहनु हुँदैन; यी कुराहरू परमेश्वरले सहनुपर्ने कुराहरू होइनन्, तर जब परमेश्वर देह बन्नुहुन्छ तब उहाँले यी कुराहरूलाई स्वीकार गर्नुपर्ने हुन्छ, यी सबै कुराहरू सहनैपर्ने हुन्छ, कुनै बाँकी रहँदैन। भ्रष्ट मानवजातिले स्वर्गका परमेश्वरलाई धेरै कर्णप्रिय कुराहरू भन्न सक्छन्, तर तिनीहरूले देहधारी परमेश्वरलाई बेवास्ता गर्छन्। तिनीहरूले सोच्छन्, “परमेश्वर देहधारी बन्नुहुने? तपाईं कुनै पनि असाधारण कुरा नभएको साधारण र सामान्य व्यक्ति हुनुहुन्छ; तपाईंले मलाई केही गर्न सक्नुहुन्न जस्तो देखिन्छ!” तिनीहरूले जे पनि बोल्ने आँट गर्छन्! जब तिनीहरूको आफ्नै फाइदा वा प्रतिष्ठाको कुरा आउँछ, तब तिनीहरूले जेसुकै आलोचना वा निन्दाको शब्द बोल्ने आँट गर्छन्। त्यसकारण, जब परमेश्वर देह बन्नुहुन्छ, तब उहाँले मानिसहरूसँग अन्तरक्रिया गर्दा र भ्रष्ट मानवजातिसँगै जिउँदा उहाँसँग यो हैसियत हुने र उहाँले यो पहिचान पाउने भए पनि, यो सँगसँगै, उहाँले वास्तवमा आफ्नो पहिचानले ल्याएको हरेक अपमान सहनुपर्ने हुन्छ। उहाँले आफ्नो सारा मर्यादा गुमाउनुहुन्छ—भ्रष्ट मानवजातिले उहाँको विरुद्धमा देखाउने सबै अन्योलता, गलतफहमी, शङ्का, जाँच, विद्रोह, आलोचना, ढोँग, इत्यादि कुराहरूको सामना गर्दै परमेश्वरले सहनुपर्ने पहिलो कुरा यही हो। उहाँले यो सब कुरा सहनुपर्छ—त्यो उहाँले मर्यादा गुमाउनु हो। अरू के छ? सारगत रूपमा देहधारण र आत्माका बीचमा कुनै भिन्नता छैन—के यो सही हो? (हो।) सारगत रूपमा कुनै भिन्नता छैन, तर एउटा पक्ष छ: देहले कहिल्यै पनि आत्मालाई प्रतिस्थापन गर्न सक्दैन। अर्थात्, देह उहाँका धेरै कार्यमा सीमित हुन्छ। उदाहरणका लागि, आत्मा अन्तरिक्षमा यात्रा गर्न सक्नुहुन्छ, उहाँ समय, मौसम, वा विभिन्न वातावरणले प्रभावित हुनुहुन्न, र उहाँ सर्वव्यापी हुनुहुन्छ, जबकि देह यी सीमितताहरूको अधीनमा हुन्छ। परमेश्वरको मर्यादामा के क्षति पुगेको हुन्छ? यस मामलामा कस्तो कठिनाइ छ? परमेश्वर स्वयम्ले यो क्षमता राख्नुहुन्छ, तर उहाँ देहद्वारा सीमित हुनुभएको हुनाले, उहाँले आफ्नो कामको अवधिमा काम पूरा नभएसम्म विवेकशील, शान्त र आज्ञाकारी भएर देहको काममा लागिरहनुपर्छ। परमेश्वरले देहमा काम गरिरहनुभएको अवधिमा, मानिसहरूले आफ्ना धारणाहरूमा परमेश्वरबारे जे देख्न सक्छन् र उहाँबारे जे बुझ्न सक्छन्, त्यो भनेको तिनीहरूको आँखाले देख्न सक्ने यो देह हुन्छ। त्यसकारण, तिनीहरूका कल्पना र धारणाहरूमा, के परमेश्वरको महान्ता, सर्वशक्तिमान्ता, बुद्धि, र अख्तियार समेत निश्चित सीमाहरूमा बाँधिएका हुँदैनन् र? (हुन्छन्।) धेरै हदसम्म, ती कुराहरू निश्चित सीमाहरूमा बाँधिएका हुन्छन्। यी सीमाहरूको कारण के हो? (देहधारी हुनु।) यी सीमाहरू उहाँ देहधारी हुनुभएको कारणले गर्दा पैदा हुन्छ। देहधारी हुनुले परमेश्वर स्वयम्लाई व्याकुलता निम्त्याउँछ भनेर भन्न सकिन्छ। अवश्य नै, यहाँ “समस्या” भन्ने शब्द प्रयोग गर्नु अलिक सही हुँदैन, तर यसलाई यसरी भन्दा उचित हुन्छ—यसलाई यसरी मात्रै भन्न सकिन्छ। के यस समस्याले परमेश्वरबारे मानिसहरूमा रहेका बुझाइमा र परमेश्वरलाई प्रेम गर्न र उहाँमा समर्पित हुनका लागि परमेश्वरसँग मानिसहरूले गर्ने साँचो सङ्गत र अन्तरक्रियामा निश्चित असर पार्छ? (पार्छ।) यसको निश्चित प्रभाव हुन्छ। व्यक्तिले परमेश्वरको देह देखेको छ, उसले परमेश्वरको देहसँग व्यवहार गरेको छ, परमेश्वरको देहले बोल्नुभएको सुनेको छ भने, उसको जीवनकालमा, परमेश्वरको स्वरूप, परमेश्वरको बुद्धि, परमेश्वरको सार र परमेश्वरको स्वभाव उसले यही देहमा चिनेको, देखेको र बुझेको कुरामा नै सदा रहने सम्भावना हुन्छ। परमेश्वरका लागि यो अनुचित कुरा हो। कुरा यही होइन त? (हजुर, हो।) यो परमेश्वरका लागि अनुचित कुरा हो। त्यसोभए परमेश्वर किन अझै पनि देहधारी बन्नुहुन्छ? किनभने परमेश्वर देहधारी हुनुहुने माध्यमबाट मात्रै मानिसहरूलाई परमेश्वरको शुद्ध पार्ने र मुक्ति दिने कार्यका सबैभन्दा राम्रा परिणामहरू हासिल गर्न सकिन्छ—परमेश्वरले यही मार्ग रोज्नुहुन्छ। परमेश्वर देह बन्नुहुन्छ र मानिसहरूका बीचमा आमने-सामने जिउनुहुन्छ, जसले गर्दा मानिसहरूले उहाँका वचनहरू सुन्न, उहाँको हरेक चाल हेर्न, र उहाँको स्वभाव, उहाँको व्यक्तित्व समेत, र उहाँका हर्ष र दुःखहरू हेर्न सक्छन्। मानिसहरूले यो स्वभाव र यी हर्ष र दुःख देख्दा तिनले तिनीहरूमा धारणाहरू विकास गर्न, परमेश्वरको सारका बारेमा रहेको मानिसहरूको बुझाइमा असर पार्न, र मानिसहरूको बुझाइमा सीमितता ल्याउन सक्छन्, तर पनि परमेश्वरले बरु मानिसहरूले उहाँलाई गलत रूपमा बुझ्न दिनुहुन्छ र उहाँले मानिसहरूलाई मुक्ति दिने कार्यका सर्वोत्कृष्ट परिणामहरू हासिल गर्नका लागि अझै पनि यो विधि छनौट गर्नुहुन्छ। त्यसकारण, परमेश्वरको मौलिक मुहार, र परमेश्वरको साँचो पहिचान, हैसियत, र सारका बारेमा रहेका मानिसहरूको बुझाइको दृष्टिकोणबाट हेर्दा, उहाँले आफ्नो मर्यादा त्याग्नुभएको छ। के यसो भन्न सकिँदैन र? यो यस दृष्टिकोणबाट हो। यसका बारेमा ध्यान दिएर विचार गर: परमेश्वरले जे मूल्य चुकाउनुभएको छ र जे गर्नुभएको छ त्यसका विभिन्न पक्षहरूमा, के मानिसहरूको बुझाइ अनुसार, फरिसी र ख्रीष्टविरोधीहरूका ती सिद्धान्त र नाराहरूसँग मिल्ने कुनै कुरा छ? केही पनि छैन। उदाहरणका लागि, जब फरिसीहरूले “परमेश्वर आदरणीय हुनुहुन्छ” भनेर भने, तब तिनीहरूले यो आदरणीयतालाई कसरी बुझे? तिनीहरूको नजरमा परमेश्वरको आदरणीयता कसरी साकार हुनुपर्छ? उहाँ महान् हुनुपर्छ भन्ने मात्रै हो। के यो “परमेश्वर आदरणीय हुनुहुन्छ, परमेश्वर अत्यन्तै आदरणीय हुनुहुन्छ” भन्ने कुरा धर्मसिद्धान्त होइन र? (हो।) तिनीहरूले परमेश्वरको आदरणीयता के हो भन्ने विश्वास गर्छन्? त्यो त के हो भने, मानौँ, यदि परमेश्वर संसारमा आउनुभयो भने, उहाँसँग प्रतिष्ठित पद, उत्कृष्ट ज्ञान र प्रतिभा, उत्कृष्ट क्षमता, प्रथम श्रेणीको बोलीवचन, र प्रथम श्रेणी र प्रथम छनौटको स्वरूप हुनेथियो। तिनीहरूले विश्वास गर्ने त्यो आदरणीयता के हो? त्यो मानिसहरूले देख्न सक्ने कुरा हो। के यस्तो प्रकारको आदरणीयता त शैतानले गर्ने कुरा होइन र? (हो।) परमेश्वरले त त्यसो गर्नुहुन्न! परमेश्वरका यी चुनिएका मानिसहरूका लागि परमेश्वरले कस्ता प्रकारका मानिसहरू छनौट गर्नुभयो हेर, र शैतानको संसारका अत्यन्तै दक्षहरू कस्ता मानिसहरू हुन् हेर। यसरी तिनीहरूलाई तुलना गरेर, परमेश्वरले कस्तो व्यक्तिलाई मुक्ति दिनुहुन्छ र कस्तो व्यक्तिलाई मुक्ति दिन सकिन्न भन्ने कुरा तैँले जान्नेछस्। निकै अहङ्कारी, आत्म-धर्मी, वरदानप्राप्त, र प्रतिभाशाली मानिसहरूले सत्यतालाई स्वीकार गर्ने सम्भावना सबैभन्दा कम हुन्छ। तिनीहरूको बोली ज्ञानले भरिएको हुन्छ, अत्यन्तै धाराप्रवाह हुन्छ, र यसले मानिसहरूलाई तिनीहरूको आराधना र कदर गर्ने बनाउँछ, तर तिनीहरूको सबैभन्दा ठूलो कमजोरी भनेको सत्यतालाई स्वीकार नगर्नु हो, र तिनीहरू सत्यताबाट वितृष्ण हुन्छन् र तिनीहरूले त्यसलाई घृणा गर्छन्, जसले तिनीहरूले विनाशको मार्ग लिनेछन् भन्ने कुरा निर्धारित गर्छ। अनि फेरि, परमेश्वरका चुनिएका मानिसहरूमा कुनै पनि विशेष वरदान वा प्रतिभा हुँदैन, तर तिनीहरूले सत्यतालाई स्वीकार गर्न, तिनीहरू परमेश्वरमा समर्पित हुन, परमेश्वरलाई पछ्याउनका लागि आफ्नो ख्याति, प्राप्ति, र हैसियत त्याग्न सक्छन्, र तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न इच्छुक हुन्छन्। परमेश्वरले यिनै प्रकारका मानिसहरूलाई मुक्ति दिनुहुन्छ। गैरविश्वासीहरूले कसको आराधना गर्छन्? तिनीहरू सबैले उच्च स्तरका बुद्धिजीवीहरू र प्रख्यात पारिवारिक हैसियत भएका मानिसहरूको आराधना गर्छन्। वरदान, विशेषता, र पारिवारिक हैसियतको हकमा भन्दा, हामीसँग यीमध्ये कुनै पनि कुरा छैन—हामी उस्तै छौँ। तिमीहरूलाई यसबारे के लाग्छ? परमेश्वरले त्यस्ता कुराहरू गर्नुहुन्न—के यो त्यति सरल छ र? परमेश्वरले किन त्यसलाई यसरी प्रबन्ध गर्नुभएन? यसमा परमेश्वरको अभिप्राय छ। कुनै व्यक्ति कुन परिवारमा जन्मिन्छ, र उसले कुन ज्ञान सिक्न सक्छ भनेर परमेश्वरले सहजै प्रबन्ध गर्नुहुन्छ। के परमेश्वरले यसरी व्यवहार गर्न सक्नुहुन्छ? (सक्नुहुन्छ।) उहाँले साँच्चै नै गर्न सक्नुहुन्छ! त्यसोभए परमेश्वरले हामीलाई समृद्ध र प्रतिष्ठित परिवारमा जन्माउने प्रबन्ध किन गर्नुभएन? यो परमेश्वरको प्रेमिलो स्वभाव हो, यो परमेश्वरको सारको प्रकटीकरण हो, र सत्यता बुझेकाहरूले मात्रै यो कुरा छर्लङ्ग देख्न सक्छन्। परमेश्वर देहधारी बन्नुभएपछि, मानिसहरूका धारणाहरू जति नै ठूला भए पनि, परमेश्वरले आफ्नो काममा जति नै ठूला कठिनाइहरू सामना गर्नुभए पनि, उहाँले जति नै ठूला बाधाहरू सामना गर्नुभए पनि, जति नै ठूलो गिल्ला र बदनामी भोगे पनि, र यसरी देहधारी बन्नुभएपछि उहाँले जति नै मर्यादा गुमाउनुभए पनि, के उहाँले वास्ता गर्नुहुन्छ? उहाँले वास्ता गर्नुहुन्न। त्यसोभए, उहाँले के कुराको वास्ता गर्नुहुन्छ? यदि तिमीहरूले यो बुँदा बुझ्न सक्छौ भने, परमेश्वर प्रेमिलो हुनुहुन्छ भन्ने तिमीहरूलाई साँच्चै थाहा छ। परमेश्वरले के कुराको वास्ता गर्नुहुन्छ? यो मूल्य चुकाउनु र यति धेरै मेहनत गर्नुको पछाडि परमेश्वरको श्रमसाध्य अभिप्राय के हो? उहाँले ठ्याक्कै केका लागि यसो गर्नुभएको हो? (परमेश्वरलाई अझै राम्ररी बुझ्न, उहाँको देहधारी शरीरद्वारा उहाँसँग अझै राम्ररी सम्पर्क गर्न, त्यसपछि परमेश्वरका बारेमा साँचो बुझाइ पाउनका लागि परमेश्वरले छनौट गर्नुभएको यो समूहका लागि।) परमेश्वरका बारेमा बुझ्नु—त्यसोभए के यो अझै पनि परमेश्वरका लागि फाइदाजनक छ त? के परमेश्वरले यो एउटै उद्देश्यका लागि यति धेरै मूल्य चुकाउनुभएको हो? हो कि होइन? के परमेश्वरले मानिसहरूलाई केवल परमेश्वरलाई बुझून् भनेर ६,००० वर्ष परिश्रम गरेर काम गर्नुभएको हो त? मलाई भन, परमेश्वरले मानिसहरूलाई सृष्टि गर्नुभएपछि, मानवजातिले आफूलाई परमेश्वरबाट टाढा लगेपछि र तिनीहरूले शैतानलाई पछ्याएपछि, र हरेक मानवले जिउँदो भूतले जस्तै आफ्नो जीवन बिताउन थालेपछि—सबैभन्दा खुसी को भयो? (शैतान।) पीडित को भयो? (मानिसहरू।) त्यसोभए सबैभन्दा दुःखी को भयो? (परमेश्वर।) के तिमीहरू सबैभन्दा दुःखी हौ? (होइनौँ।) वास्तवमा, कसैले पनि यी कुराहरूलाई छर्लङ्ग देख्न सक्दैन। यी कुराहरू कसैले पनि आफै जान्दैनन्: तिनीहरू जस्तो बन्नका लागि जिउँछन् त्यसैलाई स्वीकार गर्छन्। जब तैँले तिनीहरूलाई सत्यता अभ्यास गर्न लगाउँछस्, तब तिनीहरूले यसले कुनै फाइदा गर्न सक्छ भन्ने सोच्दैनन्। तिनीहरू निरन्तर आफ्ना धारणा र कल्पनाहरू अनुसार जिउँछन्, र तिनीहरूले सधैँ परमेश्वरविरुद्धमा विद्रोह गरेका छन्। सबैभन्दा दुःखी र हृदय-तोडिएको जन त वास्तवमा परमेश्वर नै हुनुहुन्छ। परमेश्वरले मानवजातिको सृष्टि गर्नुभयो; के तिमीहरूलाई परमेश्वरले मानव अस्तित्वको तत्कालीन स्थिति, वा तिनीहरूको जियाइ असल छ कि छैन भन्ने कुराको वास्ता गर्नुहुन्छ भन्ने लाग्छ? (उहाँले वास्ता गर्नुहुन्छ।) परमेश्वरलाई सबैभन्दा बढी चासो लाग्छ, र सायद संलग्न भएका मानिसहरूले यो कुरा महसुस गर्दैनन्, र आफै यसलाई वास्तविक रूपमा बुझ्दैनन्। यस संसारमा जिउँदै गर्दा, मानवजाति सय वर्ष पहिले यस्तै थियो, र अहिले पनि यस्तै छ, पुस्तापछि पुस्ता वृद्धि हुँदै, र पुस्तौँ-पुस्ता यसरी नै जिउँदैछन्, कतिपय मानिसहरूले राम्रो गरिरहेका छन्, कतिपयले खराब गरिरहेका छन्—जीवन उकाली-ओरालीले भरिएको छ। मानिसहरूको एकपछि अर्को पुस्ता आइपुग्छ, तिनीहरूले फरक-फरक लुगा लगाउँछन्, एउटै खाना खान्छन्, तर सामाजिक संरचना र प्रणालीहरू अलिअलि गर्दै परिवर्तन हुन्छन्; मानिसहरू अनजानमा वर्तमानमा आइपुग्छन्—के तिनीहरू सचेत छन्? तिनीहरू सचेत छैनन्। त्यसोभए, सबैभन्दा बढी सचेत को छ त? (परमेश्वर।) यो मामलाबारे सबैभन्दा बढी वास्ता गर्ने परमेश्वर नै हुनुहुन्छ। परमेश्वरले सृष्टि गर्नुभएका मानिसहरू कसरी जिउँछन्, मानिसहरूको जीवनको वर्तमान स्थिति के छ, तिनीहरू राम्ररी जिइरहेका छन् कि छैनन्, मानिसहरूले के खान्छन् र के लगाउँछन्, तिनीहरूको भविष्य कस्तो हुनेछ, र मानिसहरूले आफ्नो हृदयमा हरेक दिन के सोच्छन् भन्ने कुरा परमेश्वरले बिर्सनुहुन्न। यदि मानिसहरूले हरेक दिन सोच्ने भनेकै दुष्टता, कसरी परिवर्तन हुने र प्रकृतिका व्यवस्था विरुद्ध जाने, स्वर्ग विरुद्ध कसरी लडाइ गर्ने, संसारको दुष्ट प्रचलनलाई कसरी पछ्याउने भन्ने हो भने, के परमेश्वरले यसलाई हेरेर यसबारे राम्रो महसुस गर्नुहुन्छ? (अहँ, गर्नुहुन्न।) त्यसोभए, परमेश्वरलाई राम्रो लाग्दैन, त्यति हो त? के उहाँले यसका बारेमा केही गर्नु पर्दैन र? (हो, उहाँले गर्नुपर्छ।) उहाँले यी मानिसहरूलाई राम्ररी जिउन लगाउने, आफ्ना आचरणका सिद्धान्तहरू बुझ्न लगाउने, परमेश्वरको आराधना गर्न जान्ने, सबै प्रकृतिका व्यवस्थाहरू, परमेश्वरको योजनाबद्ध कार्य र प्रबन्धमा समर्पित हुन लगाउने तरिका खोज्नुपर्छ, ताकि मानिसहरू मानव रूपमा जिउन सकून्, अनि परमेश्वर ढुक्क हुनुहुनेछ। यदि परमेश्वरले यी मानिसहरूलाई छोड्नुभए पनि, तिनीहरू शैतानबाट कुनै पनि कष्ट नभोगी सामान्य रूपमा यस्तो वातावरणमा जिउन सक्छन्—परमेश्वरको अभिप्राय यही हो। जब शैतानले मानिसहरू परमेश्वरमा समर्पित हुन सक्छन् र मानव रूपमा जिउन सक्छन् भन्ने देख्छ, तब यो पूर्ण रूपमा अपमानित हुन्छ र असफल हुन्छ, त्यसकारण यसले यी मानिसहरूलाई पूर्ण रूपमा त्याग्छ र फेरि कहिल्यै पनि तिनीहरूप्रति ध्यान दिँदैन। त्यसोभए, शैतानले कसको वास्ता गर्छ त? यसले परमेश्वरमा विश्वास गर्ने तर सत्यता नपछ्याउने, परमेश्वरका वचनहरू नपढ्ने र परमेश्वरलाई प्रार्थना नगर्ने, आफ्नो कर्तव्य अर्ध-हृदयले पूरा गर्ने, र सधैँ विवाह गर्नका लागि कोही खोज्न, परिवार सुरु गर्न, र करियर बनाउन चाहने मानिसहरूका बारेमा मात्रै वास्ता गर्छ। यसले यी मानिसहरूलाई परमेश्वरले नहटाउन्जेलसम्म प्रलोभनमा पार्न चाहन्छ, परमेश्वरबाट टाढा हुने, आफ्नो कर्तव्य पूरा नगर्ने, र परमेश्वरलाई धोका दिने गरी बहकाउन चाहन्छ—त्यसपछि त्यो पूर्ण रूपमा खुसी हुन्छ। तैँले सत्यताको खोजी जति गर्दैनस्, त्यो त्यति नै खुसी हुन्छ, तैँले ख्याति, प्राप्ति, र हैसियतको खोजी जति गर्छस्, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा तँ जति झाराटारुवा बन्छस्, त्यो त्यति नै खुसी हुन्छ। यदि तैँले आफूलाई परमेश्वरबाट टाढा राख्ने र उहाँलाई धोका दिने गरिस् भने, त्यो अझै खुसी हुन्छ—के यो शैतानको मानसिकता होइन र? के ख्रीष्टविरोधीहरूको मानसिकता यस्तै हुँदैन र? शैतानका प्रकारका सबैमा यस्तो मानसिकता हुन्छ। तिनीहरूले परमेश्वरमा निष्ठापूर्वक विश्वास नगर्ने, ज्ञान सिक्न र ख्याति, प्राप्ति, र हैसियत पछ्याउनमा ध्यान दिने, र आफ्नो कर्तव्य पूरा गर्दा आफ्नो उचित कार्यमा ध्यान नदिने जोकोहीलाई प्रलोभनमा पार्न चाहन्छन्। जब तिनीहरूले यस्ता मानिसहरूलाई भेट्छन्, तब तिनीहरूले तिनीहरूसँग साझा भाषामा कुरा गर्छन्, तिनीहरू सँगै हुँदा धेरै बोल्छन्, र तिनीहरूले कुनै वास्ता नगरी स्वतन्त्र रूपमा आफ्नो विचार व्यक्त गर्छन्। यी मानिसहरूले सत्यताको खोजी नगरेको देख्दा परमेश्वरलाई कस्तो अनुभूति हुन्छ? उहाँलाई बेचैनी हुन्छ! त्यसकारण, परमेश्वरले चुकाउनुभएको यो सबै मूल्यको कारण के हो? यसको कारण उहाँको मानवजातिप्रतिको चासो, वास्ता र चिन्ता हो। परमेश्वरले मानिसहरूका बारेमा आफ्नो हृदयमा यी चासो, वास्ता, र चिन्ताहरू बोक्नुहुन्छ, र परमेश्वरसँग मानिसहरूप्रति यस्तो मनोवृत्ति भएको हुनाले, उहाँको काम चरणबद्ध रूपमा प्रस्तुत हुन्छ। मानिसहरूका नजरमा परमेश्वर विनम्र र गुप्त हुनुभए पनि नभए पनि, उहाँले मानिसहरूलाई साँच्चै प्रेम गर्नुहुने भए पनि नभए पनि, उहाँ भरोसायोग्य हुनुभए पनि वा नहुनुभए पनि, वा उहाँ महान् हुनुभए पनि नहुनुभए पनि, परमेश्वरले यी सबै मूल्यहरू सार्थक छन् र त्यसको इनाम पाउन सकिन्छ भन्ने विश्वास गर्नुहुन्छ। यो इनामको अर्थ के हो? यसको अर्थ उहाँले आफ्नो हृदयमा चिन्ता गर्नुहुने कुराहरू फेरि हुनेछैनन्, र उहाँले आफ्नो हृदयमा चिन्ता गर्नुहुने मानिसहरू उहाँका अभिप्रायहरू अनुसार, उहाँले तिनीहरूलाई सिकाउनुभएको र मार्गदर्शन गर्नुभएको मार्ग र दिशा अनुसार जिउन सक्छन्, र यी मानिसहरू उप्रान्त शैतानद्वारा भ्रष्ट तुल्याइनेछैनन् भन्ने हो—तिनीहरूले उप्रान्त कष्टमा जिउनेछैनन्, परमेश्वरका चिन्ताहरू बिलाउनेछन् र परमेश्वर ढुक्क हुनुहुनेछ। त्यसकारण, परमेश्वरले गर्नुभएका सबै कुराको सन्दर्भमा भन्दा—उहाँको प्राथमिक प्रेरणा जेसुकै भए पनि, उहाँको योजना जति ठूलो वा सानो भए पनि—के यी सबै सकारात्मक कुरा होइनन् र? (हजुर, हुन्।) यी सबै सकारात्मक कुराहरू हुन्। परमेश्वरले काम गर्ने तरिका मानिसहरूका लागि अप्रत्यक्ष भए पनि, यो कुरा उल्लेख गर्न लायक भए पनि नभए पनि, मानिसहरूलाई न्याय गर्न र मुक्ति दिनका लागि परमेश्वरले काम गर्नुहुने तरिकालाई मानिसहरूले जसरी आलोचना गरे पनि, परमेश्वरले गर्नुभएको सबै कुरा र उहाँले चुकाउन सक्नुहुने मूल्य हेर्दा, के परमेश्वर प्रशंसाको योग्य हुनुहुन्न र? (हो, हुनुहुन्छ।) त्यसोभए, परमेश्वर महान् हुनुहुन्छ कि सानो हुनुहुन्छ? (उहाँ महान् हुनुहुन्छ।) अत्यन्तै महान् हुनुहुन्छ! मानवजातिमध्ये कसैले पनि यस्तो मूल्य चुकाउन सक्दैन। कतिपय मानिसहरूले भन्छन्, “मानवजातिमाझ सबैभन्दा ठूलो कुरा भनेको आमाको प्रेम हो।” के आमाको प्रेम यति ठूलो छ? सामान्यतया, छोराछोरीले स्वतन्त्र रूपमा आफ्नो जीवन बिताउन थालेपछि, आमाहरूले तिनीहरू बाँच्न सकुञ्जेल तिनीहरूलाई ध्यान दिँदैनन्। वास्तवमा, तिनीहरूले चाहेर पनि आफ्ना छोराछोरीलाई ध्यान दिन सक्दैनन्। त्यसोभए परमेश्वरले यो मानवजातिलाई कसरी व्यवहार गर्नुहुन्छ? उहाँले कति हजारौँ वर्षदेखि यो कुरा सहनुभएको छ? परमेश्वरले यसलाई छ हजार वर्षदेखि सहनुभएको छ र अहिले पनि हार मान्नुभएको छैन। अलिकति चिन्ता र चासोका लागि मात्रै पनि, परमेश्वरले यस्तो ठूलो मूल्य चुकाउनुभयो। फरिसी र ख्रीष्टविरोधीहरूका नजरमा यस्तो ठूलो मूल्य के जस्तो देखिन्छ? यसलाई तिनीहरूले निन्दा, आलोचना, र ईश्वरनिन्दा समेत गर्छन्। यस दृष्टिकोणबाट हेर्दा, के ती ख्रीष्टविरोधीहरू प्रकृतिमा दुष्ट छैनन् र? (हो, छन्।) परमेश्वरले यस्ता प्रशंसायोग्य कुराहरू गर्नुभएको छ, र परमेश्वरको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो मानिसहरूको प्रशंसाको योग्य छ। तिनीहरूले उहाँको प्रशंसा नगर्ने मात्र होइन, तर उहाँलाई दोष दिन र आलोचना गर्न विभिन्न बहाना र सिद्धान्तहरू समेत प्रयोग गर्छन्, र उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर स्वीकार गर्न समेत इन्कार गर्छन्। के यी मानिसहरू घृणास्पद छैनन् र? (हजुर, छन्।) के तिनीहरू दुष्ट छैनन् र? तिनीहरूको दुष्ट व्यवहारका आधारमा हेर्दा, के तिनीहरूले ज्ञान र सिकाइको आराधना गर्दैनन् र? के तिनीहरूले शक्ति र हैसियतको आराधना गर्दैनन् र? (हो, गर्छन्।) कुनै कुरा जति सकारात्मक हुन्छ, र त्यो मानिसहरूको प्रशंसा, स्मरण, र प्रचारको जति धेरै लायक हुन्छ, त्यसलाई ख्रीष्टविरोधीहरूले त्यति नै निन्दा गर्नेछन्। यो ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिको एउटा प्रकटीकरण हो। ख्रीष्टविरोधीहरूको दुष्टताको हद भ्रष्ट स्वभाव भएका धेरैजसो मानिसहरूको भन्दा बढी हुन्छ भनेर भन्नु नै पर्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।