विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन) खण्ड तीन
कसरी ख्रीष्टविरोधीहरू दुष्ट, कपटी, र छली हुन्छन् भन्ने कुराको विश्लेषण
पछिल्लो पटक हामीले ख्रीष्टविरोधीहरूको सातौँ प्रकटीकरणका बारेमा सङ्गति गर्यौँ—तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन्। यो विषयमा दुई पटक सङ्गति गरिएको छ। पहिलो छलफल ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिका बारेमा थियो—त्यो छलफलको जोड के थियो? (सत्यताप्रति शत्रुवत् हुनु र त्यसलाई तिरस्कार गर्नु।) ख्रीष्टविरोधीहरू सत्यताप्रति शत्रुवत् हुन्छन् र सत्यतालाई तिरस्कार गर्छन्, तिनीहरूले सत्यता र परमेश्वरसँग मिल्ने सबै सकारात्मक कुराहरूलाई घृणा गर्छन्, जुन ख्रीष्टविरोधीहरूको दुष्टताको पहिलो र प्राथमिक प्रकटीकरण हो। पहिलो छलफल ख्रीष्टविरोधीहरूले के कुरालाई तिरस्कार गर्छन् भन्ने बारेमा थियो। साधारण मानिसहरूले नकारात्मक कुराहरू र दुष्ट शक्तिहरूलाई तिरस्कार गर्छन्; तिनीहरूले फोहोरी, अन्धकारमय, र दुष्ट कुराहरूलाई तिरस्कार गर्छन्। तर, यसको विपरीत, ख्रीष्टविरोधीको दुष्ट प्रकृतिको पहिलो प्रकटीकरणको सबैभन्दा बलियो प्रमाण के हो भने, तिनीहरूले नकारात्मक कुराहरूलाई तिरस्कार गर्दैनन् तर सत्यता र परमेश्वरसँग सम्बन्धित सबै सकारात्मक कुराहरूलाई तिरस्कार गर्छन्, जुन तिनीहरूको दुष्टतासँग सम्बन्धित पहिलो बलियो प्रमाण हो। हाम्रो दोस्रो छलफल ख्रीष्टविरोधीको दुष्टताको प्रकटीकरणसँग सम्बन्धित दोस्रो बलियो प्रमाणका बारेमा थियो। यदि तिनीहरूले सकारात्मक कुराहरूलाई तिरस्कार गर्छन् भने, के कुरालाई प्रेम गर्छन्? (नकारात्मक कुराहरूलाई।) सामान्य मानवता भएका मानिसहरूले के कुरालाई प्रेम गर्छन्? तिनीहरूले इन्साफ, दया र सुन्दरता, त्यसका साथै मानवजातिसँग सम्बन्धित प्रेम, धैर्यता, र सहनशीलता, साथै मानिसहरूका लागि सकारात्मक र फाइदाजनक हुने सामान्य समझ र ज्ञान, र परमेश्वरबाट आएका सबै सकारात्मक कुराहरू, यावत् थोकका लागि परमेश्वरले स्थापना गर्नुभएका व्यवस्था र नियमहरू, परमेश्वरका व्यवस्था र प्रशासनिक आदेशहरू, र परमेश्वरले व्यक्त गर्नुभएका सबै सत्यता र जीवनका मार्गहरू, साथै परमेश्वरसँग सम्बन्धित अरू कुराहरूलाई प्रेम गर्छन्। ख्रीष्टविरोधीको दुष्ट प्रकृति यसको विपरीत हुन्छ; उसलाई यी कुराहरू मन पर्दैन—उसलाई के मनपर्छ? (झूट र छलछाम।) हो, तिनीहरूलाई झूट र छलछाम, साथै षड्यन्त्र, र युक्तिहरू, संसारसँग व्यवहार गर्ने, मानिसहरूको चापलुसी गर्ने, चाकडी गर्ने विभिन्न माध्यमहरू, साथै कलह, हैसियत, र अख्तियार मन पर्छ। तिनीहरूले सत्यता र सकारात्मक कुराहरूका विरुद्धमा जाने यी सबै नकारात्मक कुराहरूलाई प्रेम गर्छन्, र यस कुराले ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिलाई ठ्याक्कै देखाउँछ। के यी प्रमाणहरू अकाट्य छैनन् र? (छन्।) यी सबै प्रमाणहरू अकाट्य भए पनि, अझै पूर्ण मान्न नसकिने दुई वटा भाग मात्रै छन्। आज हामी ख्रीष्टविरोधीहरू कसरी दुष्ट, कपटी, र छली हुन्छन् भन्ने कुराको तेस्रो भागको छलफललाई जारी राख्नेछौँ। यो तेस्रो भाग निश्चय नै पहिलो र दोस्रो भागभन्दा फरक छ, तर यो तीसँगै सम्बन्धित छ। यो कसरी सम्बन्धित छ? यी तीनै भागहरूले यस सारका बारेमा छलफल गर्छन्—ख्रीष्टविरोधीको दुष्ट प्रकृति। यो कसरी फरक छ? यस भागमा, तिनीहरूको दुष्ट प्रकृतिले के कुराहरूलाई प्रेम गर्छ र त्यसलाई के कुराहरूको आवश्यकता हुन्छ, साथै तिनीहरूले के-के कुरालाई घृणा गर्छन् भन्ने कुराहरू, अघिल्लो दुई भागमा छलफल गरिएका कुराहरूभन्दा फरक छन्—विषयसामग्री भिन्न छ। यो भिन्नता भनेको ख्रीष्टविरोधीले निश्चित सकारात्मक कुराहरूलाई पनि मन पराउँछन् वा तिनीहरूले केही नकारात्मक कुराहरूलाई घृणा पनि गर्छन् भन्ने होइन; बरु यसमा अर्को अंश समावेश छ, जुन तिनीहरूले के कुरालाई प्रेम गर्छन् वा तिनीहरूलाई के कुरा आवश्यक हुन्छ भन्ने कुरासँग मात्रै सम्बन्धित छैन, तर ख्रीष्टविरोधीहरूको यो दुष्ट शक्तिले के कुरालाई कदर गर्छ भन्ने विषयसम्म पनि पुग्छ—अर्को तरिकाले भन्दा, तिनीहरूले आराधना गर्ने वा कदर गर्ने कुरासँग सम्बन्धित छ। कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “‘सम्मान,’ ‘आराधना,’ र ‘कदर’ जस्ता शब्दहरू सकारात्मक कुराहरू जनाउनका लागि प्रयोग गरिनुपर्छ, त्यसोभए तिनलाई कसरी ख्रीष्टविरोधीहरूमा लागु गर्न सकिन्छ? के यी शब्दहरू उचित छन्?” यी शब्दहरू न त तारिफ गर्ने किसिमका नै छन् न अपमानजनक नै छन्—ती निरपेक्ष छन्। त्यसकारण, यहाँ तिनलाई प्रयोग गर्दा त्यो कुनै सिद्धान्तहरूको उल्लङ्घन हुँदैन र यसो गर्ने अनुमति हुन्छ।
इ. ख्रीष्टविरोधीहरूले आराधना र कदर गर्ने कुराहरूको विश्लेषण
ख्रीष्टविरोधीहरूले केको आराधना र कदर गर्छन्? सर्वप्रथम, तिनीहरूले सत्यता, परमेश्वर वा परमेश्वरसँग सम्बन्धित कुनै पनि सुन्दर वा असल कुराको आराधना गर्दैनन् भन्ने कुरा निश्चित छ। त्यसोभए, तिनीहरू ठ्याक्कै केको आराधना गर्छन् त? के तिमीहरूले कुनै कुरा सोच्न सक्छौ? म तिमीहरूलाई एउटा सङ्केत दिन्छु। प्रभुमा विश्वास गर्ने धर्ममा रहेका ती मानिसहरू कसरी इसाई जगतमा डुबे? तिनीहरूलाई अहिले किन परमेश्वरको मण्डली, परमेश्वरको घर, वा परमेश्वरको कामको पात्रका रूपमा नभई धर्मका रूपमा, सम्प्रदायका रूपमा चित्रण गरिन्छ? तिनीहरूसँग धार्मिक शिक्षाहरू हुन्छन्; तिनीहरूले परमेश्वरले एक पटक गर्नुभएको काम र परमेश्वरले एक पटक बोल्नुभएका वचनहरूलाई पुस्तकमा, शिक्षण सामग्रीमा सङ्ग्रहित गर्छन्, त्यसपछि विद्यालयहरू खोल्छन्, र विभिन्न धर्मशास्त्रीहरूलाई भर्ना गर्छन् र तालिम दिन्छन्। यी धर्मशास्त्रीहरूले के कुराको अध्ययन गर्छन्? सत्यताको हो? (होइन।) त्यसोभए तिनीहरूले के कुराको अध्ययन गर्छन्? (धर्मशास्त्रीय ज्ञानको।) तिनीहरूले परमेश्वरको काम वा परमेश्वरले बोल्नुभएका सत्यतासँग कुनै सरोकार नराख्ने धर्मशास्त्रीय ज्ञान र सिद्धान्तहरूको अध्ययन गर्छन्। तिनीहरूले परमेश्वरका वचनहरू र पवित्र आत्माको कामलाई धर्मशास्त्रीय ज्ञानले प्रतिस्थापन गर्छन्, र त्यसरी तिनीहरू इसाई धर्म वा क्याथोलिक धर्ममा डुब्छन्। धर्ममा के कुरालाई प्रवर्धन गरिन्छ? यदि तँ मण्डलीमा गइस्, र कसैले तँलाई परमेश्वरमा विश्वास गरेको कति भयो भनेर सोध्यो, र तैँले भर्खरै विश्वास गर्न थालेको हुँ भनेर भनिस् भने, तिनीहरूले तँलाई कुनै ध्यान दिनेछैनन्। तर यदि तँ बाइबल लिएर भित्र गइस् अनि “मैले भर्खरै फलानो धर्मशास्त्रीय सेमिनारीबाट स्नातक गरेको छु,” भनेर भनिस् भने, तिनीहरूले तँलाई सम्माननीय स्थान लिन निम्त्याउनेछन्। यदि तँ एउटा साधारण विश्वासी होस् भने, तँसँग प्रमुख सामाजिक हैसियत नभएसम्म, तिनीहरूले तँलाई वास्ता गर्नेछैनन्। इसाई धर्म यही हो, र धार्मिक संसार यस्तै छ। मण्डलीहरूमा प्रचार गर्ने र हैसियत, पद, र प्रतिष्ठा भएका मानिसहरू धर्मशास्त्रीय सेमिनारहरूमा धर्मशास्त्रीय ज्ञान र सिद्धान्तको तालिम प्राप्त गरेका मानिसहरू हुन्, र तिनीहरू मूल रूपमा इसाई धर्मलाई कायम राख्ने मुख्य निकाय हुन्। इसाई जगतले त्यस्ता मानिसहरूलाई स्टेजमा चढ्न र प्रचार गर्न, सुसमाचार प्रचार गर्न र सबैतिर काम गर्नका लागि तालिम दिन्छ। तिनीहरूले के विश्वास गर्छन् भने यी ईश्वरशास्त्रका विद्यार्थीहरू, प्रचार गर्ने पाष्टरहरू, र ईश्वरशास्त्रीहरू जस्ता प्रतिभाहरूका कारण आजको दिनसम्म इसाई जगतको अस्तित्व सुनिश्चित रहेको छ, र यी मानिसहरू इसाई जगतको अस्तित्वको मूल्य र पुँजी बनेका छन्। यदि कुनै मण्डलीको पाष्टरले धर्मशास्त्रीय सेमिनारीमा स्नातक गरेको छ, उसले बाइबलका बारेमा राम्ररी छलफल गर्छ, केही आत्मिक पुस्तकहरू पढेको छ, र उसमा केही ज्ञान र वाक्पटुता छ भने, त्यो मण्डलीको सहभागितामा वृद्धि हुनेछ र त्यो अरू मण्डलीहरूभन्दा निकै चर्चित हुनेछ। इसाई जगतका यी मानिसहरूले के कुरालाई प्रवर्धन गर्छन्? ज्ञान, अर्थात् धर्मशास्त्रीय ज्ञानलाई। यो ज्ञान कहाँबाट आउँछ? के यो प्राचीन समयदेखि हस्तान्तरण गरिएको होइन र? प्राचीन समयदेखि नै धर्मशास्त्रहरू रहेका छन्, जुन कुरालाई एउटा पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गरिएको छ, र आजसम्म पनि सबैले तिनलाई त्यसरी नै पढ्छन् र सिक्छन्। मानिसहरूले बाइबललाई विभिन्न खण्डहरूमा विभाजन गर्छन्, फरक-फरक संस्करणहरू सङ्ग्रहित गर्छन्, र अध्ययन र सिकाइलाई प्रोत्साहन दिन्छन्, तर तिनीहरूले बाइबलको अध्ययन गर्नुको उद्देश्य भनेको परमेश्वरलाई चिन्नका लागि सत्यता बुझ्नु होइन, न त त्यो परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्नका लागि परमेश्वरका अभिप्रायहरू बुझ्नु नै हो; बरु त्यो बाइबलका ज्ञान र रहस्यहरू अध्ययन गर्नु, कुन-कुन घटनाले कुन-कुन समयमा प्रकाशको कुन अगमवाणी पूरा गरेका छन्, र महाविपत्ति र सहस्राब्दी कहिले आउनेछ भनेर पत्ता लगाउनु हो—तिनीहरूले यी कुराहरू अध्ययन गर्छन्। के तिनीहरूको अध्ययन सत्यतासँग सम्बन्धित हुन्छ? (अहँ, हुँदैन।) तिनीहरूले किन सत्यतासँग कुनै सरोकार नै नभएका कुराहरू अध्ययन गर्छन्? किनभने तिनीहरूले जति धेरै अध्ययन गर्छन्, तिनीहरूले जति धेरै बुझेका छन् भन्ने अनुभव गर्छन्, र तिनीहरू जति धेरै शब्द र धर्मसिद्धान्तहरूद्वारा सुसज्जित हुन्छन्, तिनीहरूको योग्यता त्यति नै उच्च हुन्छ। तिनीहरूको योग्यता जति उच्च हुन्छ, तिनीहरूलाई तिनीहरूको क्षमता त्यति नै ठूलो लाग्छ, र तिनीहरूले अन्तमा आफ्नो आस्थामा आशिष् पाउनेछन्, तिनीहरू मृत्युपछि स्वर्ग जानेछन्, वा प्रभुलाई भेट्नका लागि जीवित मानिसहरू आकाशमा उठाइलगिनेछन् भन्ने कुरामा त्यति नै विश्वास गर्छन्। तिनीहरूका धार्मिक धारणाहरू यिनै हुन्, जुन परमेश्वरका वचनहरूसँग पटक्कै मिल्दैनन्।
धार्मिक संसारका पाष्टर र एल्डरहरू सबै बाइबलको ज्ञान र ईश्वरशास्त्र अध्ययन गर्ने मानिसहरू हुन्; तिनीहरू परमेश्वरको प्रतिरोध गर्ने ढोँगी फरिसीहरू हुन्। त्यसोभए तिनीहरू मण्डलीमा लुकेका ख्रीष्टविरोधीहरूभन्दा कसरी फरक हुन्छन्? अब, हामी यी दुईको बीचमा रहेको सम्बन्धका बारेमा कुरा गरौँ। के बाइबल, ईश्वरशास्त्र, र परमेश्वरको कामको इतिहास समेत अध्ययन गर्ने इसाई र क्याथोलिक धर्मका मानिसहरू साँच्चै विश्वासीहरू हुन्? के तिनीहरू परमेश्वरले बताउनुभएका परमेश्वरका विश्वासी र अनुयायीहरूभन्दा फरक छन्? परमेश्वरको नजरमा, के तिनीहरू विश्वासी हुन्? अहँ, तिनीहरूले ईश्वरशास्त्र अध्ययन गर्छन्, परमेश्वरबारे अध्ययन गर्छन्, तर परमेश्वरलाई पछ्याउँदैनन् वा उहाँको गवाही दिँदैनन्। परमेश्वरका बारेमा तिनीहरूको अध्ययन इतिहास, दर्शन, कानुन, जीवविज्ञान, वा खगोलशास्त्रको अध्ययन गर्नेहरूको जस्तै हुन्छ। यति मात्र हो कि तिनीहरूलाई विज्ञान वा अरू विषयहरू मन पर्दैन—तिनीहरू विशेषगरी ईश्वरशास्त्रको अध्ययन गर्न मन पराउँछन्। परमेश्वरको अध्ययन गर्न तिनीहरूले परमेश्वरको कामका टुक्रा-टाक्रीहरू खोज्नुको परिणाम के हुन्छ? के तिनीहरूले परमेश्वरको अस्तित्व पत्ता लगाउन सक्छन्? अहँ, कहिल्यै सक्दैनन्। के तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्न सक्छन्? (सक्दैनन्।) किन? किनभने तिनीहरू शब्दहरूमा, ज्ञानमा, दर्शनमा, मानव मन र मानव सोचहरूमा जिउँछन्; तिनीहरूले कहिल्यै पनि परमेश्वरलाई देख्नेछैनन् वा पवित्र आत्माद्वारा अन्तर्दृष्टि प्राप्त गर्नेछैनन्। परमेश्वरले तिनीहरूलाई कसरी चित्रण गर्नुहुन्छ? अविश्वासी, गैरविश्वासीहरूका रूपमा। यी गैरविश्वासी र अविश्वासीहरू तथाकथित इसाई समुदायमा घुलमिल हुन्छन्, परमेश्वरका विश्वासी, अर्थात् इसाईहरू भएको नाटक गर्छन्, तर वास्तवमा के तिनीहरूसँग परमेश्वरका लागि साँचो आराधना हुन्छ? के तिनीहरूमा साँचो समर्पण हुन्छ? (हुँदैन।) किन? एउटा कुरा निश्चित छ: तिनीहरूमध्ये धेरैले हृदयमा परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्; तिनीहरूले परमेश्वरले संसार सृष्टि गर्नुभएको हो र यावत् थोकमाथि उहाँ सार्वभौम हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्दैनन्, र परमेश्वर देह बन्न सक्नुहुन्छ भन्ने कुरामा त झनै विश्वास गर्दैनन्। यो अविश्वासको अर्थ के हो? यसको अर्थ शङ्का गर्नु र इन्कार गर्नु हो। तिनीहरूले परमेश्वरले बोल्नुभएका अगमवाणीहरू, विशेष गरी विपत्तिहरूसँग सम्बन्धित अगमवाणीहरू पूरा हुने वा वास्तविकता बन्ने आशा नगर्ने मनोवृत्ति समेत अपनाउँछन्। परमेश्वरमाथिको विश्वासप्रतिको तिनीहरूको मनोवृत्ति यही हो, र यो तिनीहरूको तथाकथित आस्थाको सार र साँचो रूप हो। यी मानिसहरूले ईश्वरशास्त्रको विषय र ज्ञान, र परमेश्वरको कामका ऐतिहासिक तथ्यहरूमा विशेष रुचि राख्ने हुनाले परमेश्वरका बारेमा अध्ययन गर्छन्; तिनीहरू विशुद्ध रूपमा ईश्वरशास्त्र अध्ययन गर्ने बुद्धिजीवीहरूको समूह हो। यी बुद्धिजीवीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, त्यसोभए परमेश्वर काम गर्न आउनुहुँदा, परमेश्वरका वचनहरू पूरा हुँदा तिनीहरूले कस्तो प्रतिक्रिया दिन्छन्? परमेश्वरले देहधारी भएर नयाँ काम सुरु गर्नुभएको छ भन्ने सुन्दा तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ? “असम्भव!” तिनीहरूले परमेश्वरको नयाँ नाम र परमेश्वरको नयाँ कामको प्रचार गर्ने व्यक्तिलाई निन्दा गर्छन्, र उसलाई मार्न वा हटाउन समेत चाहन्छन्। यो कस्तो प्रकटीकरण हो? के यो नमुना ख्रीष्टविरोधीको प्रकटीकरण होइन र? तिनीहरू र फरिसी, मुख्य पूजाहारी र प्राचीन शास्त्रीहरू बीचमा के भिन्नता छ? तिनीहरू परमेश्वरको कामप्रति, परमेश्वरको आखिरी दिनहरूको न्यायप्रति, परमेश्वरको देहधारणप्रति शत्रुवत् हुन्छन्, र अझै बढी, तिनीहरू परमेश्वरका अगमवाणीहरूको पूर्तिप्रति शत्रुवत् हुन्छन्। तिनीहरूले यस्तो विश्वास गर्छन्, “यदि तपाईँ देह बन्नुभएन भने, यदि तपाईँ आत्मिक शरीरमा हुनुहुन्छ भने, तपाईँ परमेश्वर हुनुहुन्छ; यदि तपाईँ देहधारी भएर व्यक्ति बन्नुभएको छ भने, तपाईँ परमेश्वर हुनुहुन्न, र हामी तपाईँलाई मान्दैनौँ।” यसको अर्थ के हो? यसको अर्थ तिनीहरू यहाँ रहेसम्म, तिनीहरूले परमेश्वरलाई देह बन्न दिनेछैनन् भन्ने हुन्छ। के यो एउटा नमुना ख्रीष्टविरोधी होइन र? यो साँचो ख्रीष्टविरोधी हो। के धार्मिक संसार यस्तो तर्कमा संलग्न हुन्छ? यो तर्कको आवाज ठूलो र अत्यन्तै शक्तिशाली हुन्छ, र यसले भन्छ, “परमेश्वर देह बन्नु गलत र असम्भव कुरा हो! यदि उहाँ देहधारी हुनुहुन्छ भने, उहाँ पक्कै पनि झूटो हुनुपर्छ!” यसो भन्ने मानिसहरू पनि छन्, “स्पष्ट रूपमा तिनीहरूले मानवमा विश्वास गर्छन्; तिनीहरू भ्रममा पारिएका मात्रै हुन्!” यदि तिनीहरूले यसो भन्न सक्छन् भने, तिनीहरू प्रभु येशू देखा परेर काम गर्नुभएको दुई हजार वर्ष पहिलेको समयमा उपस्थित भएका भए पनि, तिनीहरूले प्रभु येशूमा विश्वास गर्नेथिएनन्। अहिले तिनीहरू प्रभु येशूमा विश्वास त गर्छन्, तर वास्तवमा, तिनीहरू प्रभु येशूको नाउँमा, “प्रभु येशू” भन्ने दुईवटा शब्दमा मात्रै विश्वास गर्छन्, र तिनीहरू स्वर्गका अस्पष्ट परमेश्वरमा विश्वास गर्छन्। त्यसकारण, तिनीहरू परमेश्वरका विश्वासी होइनन्, तिनीहरू अविश्वासीहरू हुन्। तिनीहरूले परमेश्वरको अस्तित्व, परमेश्वरको देहधारण, परमेश्वरको सृष्टिको कार्यमा विश्वास गर्दैनन्, क्रूसमा टाँगिएर सम्पूर्ण मानवजातिका लागि परमेश्वरले गर्नुभएको छुटकाराको काममा विश्वास गर्नु त परको कुरा हो। तिनीहरूले अध्ययन गर्ने धर्मशास्त्र एक प्रकारको धार्मिक सिद्धान्त वा विचारधारा हो, र मानिसहरूलाई बहकाउने घतलाग्दा भ्रमहरू बाहेक केही पनि होइन। इसाई जगतका यी तथाकथित धर्मशास्त्रीय बुद्धिजीवीहरूसँग हाम्रो मण्डलीका ख्रीष्टविरोधीहरूको कस्तो अपरिहार्य सम्बन्ध छ? तिनीहरूको विभिन्न व्यवहार र हामीले छलफल गरेका ख्रीष्टविरोधीहरूको प्रकृति सारको बीचमा के सम्बन्ध छ? तिनीहरूका बारेमा किन कुरा गर्ने? अहिलेका लागि हामी इसाई जगतका मानिसहरूका बारेमा कुरा गर्न छोडौँ; बरु, ख्रीष्टविरोधीका रूपमा चित्रण गरिएका मानिसहरूले सत्यताप्रति कस्तो व्यवहार गर्छन्, र सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिबाट, तिनीहरूले वास्तवमा के कुरालाई प्रवर्धन गर्छन्, त्यो हेरौँ। सर्वप्रथम, तिनीहरूले केही सत्यताहरू जानेपछि, यी सत्यताहरूलाई कसरी बुझ्छन्? तिनीहरूले यी सत्यताहरूलाई कसरी व्यवहार गर्छन्? यी सत्यताहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले यी वचनहरूलाई आफ्नो अभ्यासको मार्गका रूपमा स्वीकार गर्छन्, कि तिनलाई एक प्रकारको सिद्धान्तका रूपमा लिएर आफूलाई सुसज्जित गर्छन्, त्यसपछि गएर अरूलाई प्रचार गर्छन्? (तिनीहरूले तिनलाई प्रचार गर्ने सिद्धान्तका रूपमा लिन्छन्।) तिनीहरूले ती कुराहरूलाई सिक्ने, विश्लेषण गर्ने, र अध्ययन गर्ने एक प्रकारको सिद्धान्तका रूपमा लिन्छन्, र अध्ययन गरेपछि, तिनीहरूले यी कुराहरूलाई आफ्नो मन र विचारमा सिक्छन्; तिनीहरूले यी कुराहरूलाई याद गर्छन्, तिनका बारेमा छलफल गर्न सक्छन्, र ती कुरा धाराप्रवाह रूपमा बोल्न सक्छन्, त्यसपछि तिनीहरूले ती कुराहरू जताततै प्रदर्शन गर्छन्। तिनीहरूले जति लामो समयसम्म कुरा गरिरहे पनि, तैँले एउटा कुरा देख्न सक्दैनस्, त्यो के हो भने, तिनीहरूले जति धेरै धर्मसिद्धान्त बोले पनि, जति राम्रो बोल्न सके पनि, जति धेरै मानिसहरूसँग कुरा गरे पनि, जति धाराप्रवाह रूपमा, जति धेरै विषयवस्तु बोले पनि, वा यो सत्यताबमोजिम भए पनि नभए पनि, तैँले तिनीहरूबाट कुनै नतिजा देख्न सक्दैनस्—तैँले तिनीहरूको अभ्यास देख्न सक्दैनस्। यसले के कुरालाई सङ्केत गर्छ? तिनीहरूले सत्यतालाई स्वीकार गर्दैनन्। तिनीहरूले सत्यतालाई केका रूपमा लिएका हुन्छन्? आफ्नो रवाफ देखाउने औजारका रूपमा। उदाहरणका लागि, परमेश्वरले मानिसहरूलाई इमानदार बन्न र इमानदार व्यक्तिमा के-कस्ता प्रकटीकरणहरू हुन्छन्, इमानदार व्यक्तिले कसरी बोल्नुपर्छ, व्यवहार गर्नुपर्छ, र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने कुरा व्याख्या गर्नुहुन्छ। यो सुनेपछि, तिनीहरूको प्रतिक्रिया के हुन्छ? यी वचनहरूले तिनीहरूमा कस्तो प्रभाव पार्छन्? पहिलो, तिनीहरूले यी वचनहरूलाई कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूको मनोवृत्ति के हुन्छ? “मैले बुझेँ: इमानदार मानिसहरू झूट बोल्दैनन्, इमानदार मानिसहरू अरूसँग सत्य बोल्छन् र आफ्नो हृदय खोल्न सक्छन्, इमानदार मानिसहरूले झाराटारुवा तरिकाले होइन, वफादारीपूर्वक आफ्ना कर्तव्य पूरा गर्छन्।” तिनीहरूले यी वचनहरूलाई सिद्धान्तका रूपमा हृदयमा राख्छन्। के यस्तो सिद्धान्तले तिनीहरूको हृदयमा जरा गाडेपछि, तिनीहरूलाई परिवर्तन गर्न सक्छ? (सक्दैन।) त्यसोभए तिनीहरूले किन अझै पनि यो कुरा सम्झन्छन्? तिनीहरूलाई यी वचनहरूको सटीकता मन पर्छ, र तिनीहरूले यी सही सिद्धान्तवादहरू प्रयोग गरेर आफूलाई सजाउँछन्, जसले गर्दा तिनीहरूले अरूबाट उच्च सम्मान प्राप्त गर्छन्। मानिसहरूले के कुरालाई उच्च सम्मान गरिरहेका हुन्छन्? सही शब्दहरू धाराप्रवाह र विस्तृत रूपमा बोल्न सक्ने तिनीहरूको क्षमतालाई—यी मानिसहरूले त्यही चाहन्छन्। यी वचनहरू सुनेपछि, के तिनीहरूले तिनलाई गम्भीर रूपमा लिएका हुन्छन्? (अहँ, हुँदैनन्।) किन? तिमीहरूले कसरी भन्न सक्छौ? (तिनीहरूले तिनको अभ्यास गर्दैनन्।) तिनीहरूले किन तिनको अभ्यास गर्दैनन्? तिनीहरूले हृदयमा यस्तो सोच्छन्, “त्यसोभए के यी परमेश्वरका वचनहरू हुन्? सरल छ, एक पटक सुनेपछि म ती सम्झन सक्छु। एक पटक सुनेपछि इमानदार व्यक्तिले कसरी व्यवहार गर्नुपर्छ भनेर म फरर बताउन सक्छु; तिमीहरूले अझै पनि नोटहरू बनाउनुपर्छ र यसका बारेमा मनन गर्नुपर्छ, तर मैले त्यसो गरिरहनु पर्दैन!” तिनीहरूले परमेश्वरका वचनहरूलाई एक प्रकारको सिद्धान्त वा ज्ञान मान्छन्; तिनीहरूले इमानदार व्यक्ति कसरी बन्ने भनेर आफ्नो हृदयमा मनन गर्दैनन्, तिनीहरूले आफूलाई यससँग तुलना गर्दैनन्, तिनीहरूले इमानदार व्यक्ति बन्न तिनीहरू कसरी असफल हुन्छन् वा तिनीहरूले इमानदार व्यक्ति बन्ने सिद्धान्तहरू विरुद्ध जाने के-कस्ता कार्यहरू गर्छन् भनेर हेर्नका लागि आफ्नो व्यवहारलाई जाँच्दैनन्, र तिनीहरूले कहिल्यै पनि यस्तो सोच्दैनन्, “यी परमेश्वरका वचनहरू हुन्, त्यसैले ती सत्यता हुन्। मानिसहरू इमानदार हुनुपर्छ, त्यसकारण इमानदार व्यक्ति बन्नका लागि व्यक्तिले कसरी व्यवहार गर्नुपर्छ? म कसरी परमेश्वरलाई प्रसन्न पार्ने तरिकाले व्यवहार गर्न सक्छु? मैले के बेइमान गरेको छु? कुन-कुन व्यवहारहरू इमानदार व्यक्तिका व्यवहार होइनन्?” के तिनीहरूले यस्तो सोच्छन्? (अहँ, सोच्दैनन्।) त्यसोभए तिनीहरूले के सोच्छन् त? तिनीहरूले सोच्छन्, “त्यसोभए के यो इमानदार व्यक्ति हो? के यो सत्यता हो? के यो सिद्धान्त, अर्थात् नारा मात्रै होइन र? उच्च नैतिकता अपनाउनु मात्रै पर्छ, यसलाई अभ्यास गर्नु आवश्यक छैन।” तिनीहरूले किन यसलाई अभ्यास गर्दैनन्? तिनीहरूलाई यस्तो लाग्छ, “यदि मैले अरूलाई मेरो हृदयमा जे छ त्यो बताएँ भने, के मैले आफ्नो खुलासा गरिरहेको हुँदिन र? यदि मैले आफ्नो खुलासा गरेँ र अरूले मेरो वास्तविकता देखे भने, के तिनीहरूले अझै पनि मलाई सम्मान गर्नेछन्? यदि मैले बोलेँ भने, के अरूले अझै पनि सुन्नेछन्? इमानदार व्यक्तिले झूट बोल्नु हुँदैन भन्नु नै परमेश्वरका वचनहरूको अर्थ हो; झूट बोलिएन भने, मानिसहरूको हृदयमा कुनै गोपनीयता बाँकी हुनेथिएन, होइन र? के त्यसले अरूलाई तिनीहरूको वास्तविकता देख्ने तुल्याउनेथिएन र? के त्यसरी जिउनु मूर्खतापूर्ण हुनेथिएन र?” तिनीहरूको दृष्टिकोण यस्तै हुन्छ। यसको अर्थ जब तिनीहरूले आफूलाई सही लागेको सिद्धान्तलाई स्वीकार गर्छन्, तब तिनीहरूको हृदयमा विचारहरू उत्पन्न हुन्छन्। यी विचारहरू के-के हुन्? मैले तिनीहरू दुष्ट हुन्छन् भन्नुको कारण के हो? तिनीहरूले सुरुमा यी वचनहरूले तिनीहरूमा पार्न सक्ने प्रभावहरू, तिनले तिनीहरूलाई पुऱ्याउने फाइदा र हानिहरू विश्लेषण गर्छन्। तिनीहरूले ती वचनहरू विश्लेषण गरेपछि र ती वचनहरू तिनीहरूको फाइदाका छैनन् भन्ने पत्ता लागेपछि, तिनीहरूले यस्तो सोच्छन्, “मैले यसरी अभ्यास गर्नु हुँदैन, म यसो गर्नेछैनँ, म त्यति मूर्ख छैनँ, म तिमीहरू जस्तो मूर्ख र सरल हुनेछैनँ! कुनै पनि बेला, म सधैँ आफ्ना विचारहरूमा अडिग रहनुपर्छ र मैले आफ्नै दृष्टिकोणहरूलाई कायम राख्नुपर्छ। तपाईंका हजारौँ योजना होलान्, तर मेरो एउटै नियम छ; मैले मेरो हृदयको युक्ति खुलासा गर्नु हुँदैन—इमानदार व्यक्ति बन्नु मूर्खहरूका लागि हो!” एक हिसाबमा, तिनीहरूले परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने कुरालाई इन्कार गर्छन्; अर्को हिसाबमा, तिनीहरूले आफूलाई सजाउनका लागि तुलनात्मक रूपमा अत्यावश्यक केही वाक्यांशहरू याद गर्छन्, जसले गर्दा मानिसहरूले तिनीहरूलाई परमेश्वरका साँचो विश्वासी, र आत्मिक व्यक्तिका रूपमा हेर्छन्। तिनीहरूले आफ्नो हृदयमा यही कुराको हिसाब गर्छन्।
ख्रीष्टविरोधीहरूले पनि प्रायजसो प्रवचनहरू, साथै सत्यताबारे अरूको सङ्गति सुन्छन्, तर सत्यताप्रति तिनीहरूको कुनै प्रतिक्रिया भएजस्तो देखिँदैन। तिनीहरूले जतिवटा प्रवचनहरू सुने पनि यस्तो लाग्छ मानौँ तिनीहरूले कहिल्यै सुनेकै छैनन्, र तिनीहरूले पहिलेझैँ आफ्नै आवेगअनुसार जथाभावी दुष्कर्महरू गर्न जारी राख्छन्। यसले तिनीहरू सत्यतामा रुचि राख्दैनन् र त्यसलाई प्रेम गर्दैनन् भन्ने कुरा प्रमाणित गर्छ। तिनीहरूले के कुरालाई प्रेम गर्छन्? तिनीहरूले सही, ताजा, र अलिक परिष्कृत सैद्धान्तिक ज्ञानलाई प्रेम गर्छन् जसले तिनीहरूलाई अझै सिद्ध रूपमा, अझै सम्माननीय रूपमा, अझै मर्यादाका साथ प्रस्तुत गर्न सकोस्, र मानिसहरूलाई तिनीहरूको अझै बढी आराधना गर्न लगाउन सकोस्। के यो दुष्ट कुरा होइन र? (हो।) यसमा दुष्ट कुरा के छ? कुनै ख्रीष्टविरोधीले सत्यताको जुनसुकै पक्षका बारेमा सङ्गति गरे पनि, तिनीहरूले मानिसहरूलाई बहकाउन र आफूलाई पछ्याउने तुल्याउनका लागि सधैँ घतलाग्दा सिद्धान्तहरू वा सही शब्दहरू बोल्न सक्छन्, जुन शैतान जतिकै दुष्ट कुरा हो। ख्रीष्टविरोधीको दुष्टता तिनीहरूको दुष्ट चालबाजी, पूर्वयोजना, र पूर्ण योजनाहरूमा प्रकट हुन्छ, जसमा तिनीहरूले आफ्नो दुष्टतालाई अघि बढाउनका लागि परमेश्वरका वचनहरू पढ्ने बहाना बनाएर एउटा सैद्धान्तिक आधार खोज्न चाहन्छन्; यो ख्रीष्टविरोधीको दुष्टता हो। उसले मानिसहरूलाई बहकाउन र आफ्नो प्रदर्शन गर्नका लागि मात्रै पनि परमेश्वरका वचनहरूलाई बिना प्रसङ्ग उद्धृत गर्छ। जब उसले सङ्गति र प्रवचनहरू सुन्छ र उसले प्रयोग गर्न सक्ने नयाँ वाक्यांश सुन्छ, तब उसले तुरुन्तै यो कुरालाई टिपोट गर्छ। मूर्ख मानिसहरूले यस्तो व्यवहार देख्दा सोच्छन्, “तिनीहरू धार्मिकताका लागि कति भोकाउँछन् र तिर्खाउँछन्, प्रवचन सुन्दा जहिले पनि नोटहरू लिन्छन्, र हरेक महत्त्वपूर्ण बुँदालाई नोट गरेर लिने हुँदा तिनीहरूसँग कति धेरै आत्मिक बुझाइ होला!” के तिनीहरूको नोट लेखाइ अरू मानिसहरूको जस्तै हुन्छ? अहँ, हुँदैन। कतिपय मानिसहरूले यस्तो सोचेर नोटहरू बनाउँछन्, “यो राम्रो अभिव्यक्ति हो। मैले यो कुरा बुझेको छैनँ, त्यसकारण मैले यसलाई नोट गरेर पछि अभ्यासमा लागू गर्नुपर्छ, ताकि मैले आफ्नो अभ्यासमा मार्ग र सिद्धान्तहरू पाउन सकूँ।” के ख्रीष्टविरोधीले यो तरिकाले सोच्छ? उसको प्रेरणा के हुन्छ? उसले सोच्छ, “आज मैले सत्यताको एउटा बुँदा लेखेको छु जुन तिमीहरू कसैले सुनेका छैनौ, र म यसबारे कसैलाई बताउनेछैनँ वा अरूसँग सङ्गति गर्नेछैनँ—मैले बुझेको छु, र एक दिन म तिमीहरूलाई यसका बारेमा सबै कुरा बताउनेछु र मैले साँच्चै सत्यता बुझ्छु भनेर तिमीहरूलाई थाहा दिनका लागि सान देखाउनेछु अनि सबैले मलाई अनुमोदन गर्नेछन्।” तैँले ख्रीष्टविरोधीहरूले यसरी नोटहरू लिने र तिनीहरूका नोटहरू निकै सही हुने हुनाले तिनीहरू सत्यतालाई प्रेम गर्छन् र त्यसको तृष्णा गर्छन् भन्ने सोच्न सक्छस्, तर तिनीहरूले नोटहरू लिइसकेपछि के हुन्छ? तिनीहरूले नोटबुक बन्द गर्छन्, र त्यो कुरा त्यतिमा नै सकिन्छ। जब तिनीहरू कुनै दिन प्रचारक बन्छन् र तिनीहरूलाई के प्रचार गर्ने भन्ने थाहा हुँदैन, तब तिनीहरूले तुरुन्तै आफ्नो नोटबुक खोतल्छन्, आफ्नो प्रवचनको विषयवस्तुलाई व्यवस्थित गर्छन्, पढ्छन्, कण्ठ गर्छन्, र यो कुरालाई सम्झेर तबसम्म लेख्छन्, जबसम्म तिनीहरूका मनमा यो सबै कुरा स्पष्ट हुँदैन। त्यसपछि मात्रै तिनीहरूले बल्ल आफूसँग “सत्यता” छ र तिनीहरू जहाँ गए पनि तिनीहरूले खोक्रो धाक लगाउन सक्छन् भन्ने सोच्दै “आफूबारे निश्चितताको” अनुभव गर्छन्। यी मानिसहरूले जे बोल्छन् त्यसको एउटा विशेषता भनेको त्यो सबै खोक्रो धर्मसिद्धान्त, तर्क, र प्रावधानहरू हुन्। जब तँसँग निश्चित कठिनाइहरू हुन्छन् वा तैँले समस्याहरू पत्ता लगाउँछस् र तिनीहरूबाट समाधान खोज्छस्, तब पनि तिनीहरूले तँलाई स्पष्ट र तार्किक रूपमा बोल्दै केही धर्मसिद्धान्तहरू मात्रै दिन्छन्। यदि तैँले तिनीहरूलाई यसलाई कसरी अभ्यास गर्ने भनेर सोधिस् भने, तिनीहरूले केही बोल्न सक्दैनन्। यदि तिनीहरूले यसलाई स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनन् भने, गम्भीर समस्या छ, र यसले तिनीहरूले सत्यता बुझेका छैनन् भन्ने कुरालाई प्रमाणित गर्छ। सत्यता नबुझ्ने र सत्यतालाई प्रेम नगर्ने मानिसहरूले प्रायजसो यसलाई भनाइ वा सिद्धान्तका रूपमा व्यवहार गर्छन्। अनि अन्त्यमा के हुन्छ? परमेश्वरमा विश्वास गरेको धेरै वर्षपछि, जब तिनीहरूलाई कुनै कुरा आइपर्छ, तब तिनीहरूले यसलाई बुझ्न सक्दैनन्, तिनीहरू समर्पित हुन सक्दैनन्, र तिनीहरूले सत्यताको खोजी गर्न जानेका हुँदैनन्। जब कसैले तिनीहरूसँग सङ्गति गर्छ, तब तिनीहरूले एउटा “प्रसिद्ध भनाइ” मार्फत जबाफ दिन्छन्: “मलाई केही नभन्नुहोस्, मैले सबै कुरा बुझेको छु। जब मैले प्रचार गरिरहेको थिएँ, त्यति बेला तपाईंले हिँड्न समेत सिक्नुभएको थिएन!” यो तिनीहरूको “प्रसिद्ध भनाइ” हो। तिनीहरूले सबै कुरा बुझेको दाबी गर्छन्, त्यसोभए समस्याहरू आइपर्दा तिनीहरू किन अड्किन्छन् त? बुझ्ने व्यक्ति भएर पनि, तैँले किन कुनै कदम चाल्न सक्दैनस्? यो मामलाले तँलाई किन बाधा दिन्छ र अन्योलमा पार्छ? तैँले सत्यता बुझेको छस् कि छैनस्? यदि तैँले त्यसलाई बुझ्छस् भने किन स्वीकार गर्न सक्दैनस्? यदि तैँले त्यसलाई बुझ्छस् भने, तँ किन त्यसमा समर्पित हुन सक्दैनस्? मानिसहरूले सत्यता बुझेपछि गर्नुपर्ने पहिलो कुरा के हो? तिनीहरू समर्पित हुनुपर्छ; अरू केही होइन। कतिपय मानिसहरूले भन्छन्, “मैले सबै कुरा बुझेको छु—मसँग सङ्गति नगर्नुहोस्, मलाई अरूको सहयोग चाहिँदैन।” तिनीहरूलाई सहयोग गर्ने मानिसहरू आवश्यकता पर्दैन भने ठीकै छ, तर दुःखको कुरा के हो भने, तिनीहरू कमजोर हुँदा, तिनीहरूले बुझेका ती धर्मसिद्धान्तहरू पटक्कै उपयोगी हुँदैनन्। तिनीहरू आफ्नो कर्तव्य समेत पूरा गर्न चाहँदैनन्, र तिनीहरूमा आफ्नो विश्वास त्याग्ने दुष्ट इच्छा पनि देखा पर्छ। धर्मशास्त्रीय सिद्धान्तहरू प्रचार गरेको कैयौँ वर्षपछि, तिनीहरूले विश्वास गर्न छोड्छन्, र त्यतिकै तिनीहरू टाढा जान्छन्—के तिनीहरूमा कुनै कद हुन्छ? (अहँ, हुँदैन।) कदविना, जीवन हुँदैन। यदि तँसँग जीवन छ भने, तैँले यस्तो सानो मामलालाई किन जित्न सक्दैनस्? तँ बोल्न निकै सिपालु छस्, होइन र? त्यसोभए आफूलाई मना। यदि तैँले आफूलाई समेत विश्वस्त पार्न सक्दैनस् भने, तैँले ठ्याक्कै केचाहिँ बुझिस् त? के यो सत्यता हो? सत्यताले मानिसहरूका वास्तविक कठिनाइहरू समाधान गर्न सक्छ, र यसले मानिसहरूको भ्रष्ट स्वभाव पनि समाधान गर्न सक्छ। तैँले बुझेका ती “सत्यताहरू” ले किन तेरा आफ्नै कठिनाइहरूलाई समेत समाधान गर्न सक्दैनन्? तैँले बुझेको चाहिँ ठ्याक्कै के हो? ती त धर्मसिद्धान्तहरू मात्रै हुन्।
ख्रीष्टविरोधीहरू दुष्ट, कपटी, र छली हुने तिनीहरूको सातौँ प्रकटीकरणका बारेमा भन्नुपर्दा, मैले भर्खरै यो प्रकटीकरणको तेस्रो भागका बारेमा कुरा गरेँ: तिनीहरूले ज्ञान र विद्वतालाई सम्मान गर्छन्। ख्रीष्टविरोधीहरूले ज्ञान र विद्वतालाई प्रवर्धन गर्छन्—यस सम्बन्धी के कुराले तिनीहरूको दुष्ट स्वभावलाई चित्रण गर्न सक्छ? ज्ञान र विद्वतालाई सम्मान गर्नुको अर्थ तिनीहरूमा दुष्ट सार हुन्छ भनेर किन भन्ने गरिन्छ? हामीले यहाँ तथ्यहरूका बारेमा निश्चय नै कुरा गर्नुपर्छ, किनभने हामीले खोक्रा शब्दहरू वा सिद्धान्तहरूका बारेमा मात्रै छलफल गऱ्यौँ भने, मानिसहरूले यसका बारेमा एकतर्फी र कम विस्तृत बुझाइ अपनाउन सक्छन्। सुरुमा, हामी निकै पहिलेको इतिहासका केही कुराबाट सुरु गरौँ। मैले बोल्दा, मेरा वचनहरूलाई ख्रीष्टविरोधीहरूको कार्य र व्यवहारसँग तुलना गर, र ख्रीष्टविरोधीहरूको प्रकटीकरण र सारसँग तुलना गर। सुरुमा हामी दुई हजार वर्ष पहिलेका फरिसीहरूका बारेमा कुरा गरौँ। त्यो बेला, फरिसीहरू ढोँगी मानिसहरू थिए। जब परमेश्वर पहिलो पटक देह बन्नुभयो, देखा पर्नुभयो, र उहाँले काम गर्नुभयो, तब फरिसीहरूले सत्यताको एउटै अंश पनि स्वीकार नगरेका मात्र होइनन्, तर तिनीहरूले प्रभु येशूलाई जोडदार रूपमा निन्दा र प्रतिरोध समेत गरे, र यसरी परमेश्वरले तिनीहरूलाई श्राप दिनुभयो। यसले फरिसीहरू ख्रीष्टविरोधीहरूको नमुना हुन् भन्ने कुरालाई पुष्टि गर्न सक्छ। “ख्रीष्टविरोधीहरू” भन्ने नाम फरिसीहरूको अर्को नाम बनेको छ, र सारमा, फरिसीहरू ख्रीष्टविरोधीहरू जस्तै मानिस हुन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिलाई विश्लेषण गर्नका लागि फरिसीहरूबाट सुरु गर्नु एउटा छिटो-छरितो तरिका हो। त्यसोभए, फरिसीहरूले त्यस्तो के गरे जसले मानिसहरूलाई तिनीहरूमा ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृति छ भन्ने कुरा देखायो? भर्खरै मैले ख्रीष्टविरोधीहरूले ज्ञान र विद्वतालाई प्रवर्द्धन गर्छन् भन्ने कुरा उल्लेख गरेँ; ज्ञान र विद्वता कस्ता मानिसहरूसँग निकट रूपमा सम्बन्धित छन्? तिनका प्रतिमूर्तिहरू को-को हुन्? के तिनले स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीहरूलाई जनाउँछन्? अहँ, त्यो त विषयवस्तुबाट अत्यन्तै टाढा जानु हो—तिनले फरिसीहरूलाई जनाउँछन्। फरिसीहरू ढोँगी र दुष्ट हुनुको कारण के हो भने तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् तर ज्ञानलाई प्रेम गर्छन्, त्यसकारण तिनीहरूले धर्मशास्त्रको अध्ययन गर्छन् र धर्मशास्त्रीय ज्ञान पछ्याउँछन् तैपनि सत्यता वा परमेश्वरका वचनहरूलाई कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूले परमेश्वरका वचनहरू पढ्दा उहाँलाई प्रार्थना गर्दैनन्, न त तिनीहरूले सत्यताको खोजी वा सङ्गति नै गर्छन्। बरु, तिनीहरूले परमेश्वरका वचनहरू अध्ययन गर्छन्, परमेश्वरले भन्नुभएको र गर्नुभएको कुरा अध्ययन गर्छन्, यसरी परमेश्वरका वचनहरूलाई सिद्धान्त, अरूलाई सिकाउने धर्मसिद्धान्तमा परिणत गर्छन्, जसलाई विद्वत्तापूर्ण अध्ययन भनिन्छ। तिनीहरू किन विद्वत्तापूर्ण अध्ययनमा संलग्न हुन्छन्? तिनीहरूले के अध्ययन गरिरहेका हुन्छन्? तिनीहरूको नजरमा, यो परमेश्वरका वचनहरू वा परमेश्वरको अभिव्यक्ति होइन, सत्यता हुनु त परको कुरा हो। बरु, यो एक प्रकारको विद्वत्ता हो, वा यसलाई धर्मशास्त्रीय ज्ञान समेत भन्न सकिन्छ। तिनीहरूको दृष्टिकोणमा, यो ज्ञान, यो विद्वत्ता प्रसार गर्नु भनेको परमेश्वरको मार्ग प्रसार गर्नु, सुसमाचार प्रसार गर्नु हो—तिनीहरूले यसैलाई प्रचार भन्छन्, तर तिनीहरूले प्रचार गर्ने सबै कुरा धर्मशास्त्रीय ज्ञान मात्रै हुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।