विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन) खण्ड दुई

कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, र बाहिरी रूपमा, तिनीहरू उहाँलाई पछ्याउने जस्ता देखिन्छन्। तर तिनीहरूको हृदयको गहिराइमा, के तिनीहरूले आफूले लिएको मार्ग र आफूले चुकाएको मूल्यका बारेमा कहिल्यै मनन गरेका हुन्छन्? के तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई सुम्पनुभएको कर्तव्य पूरा गरेका छन् कि छैनन् भनेर जाँचेका र खोजी गरेका हुन्छन्? मानिसहरूले परमेश्‍वरसँग गर्ने व्यवहारमा तिनीहरूको मनोवृत्ति ठ्याक्कै कस्तो हुन्छ? मानिसहरूले प्रदर्शन गर्ने र प्रकट गर्ने विभिन्‍न कुराहरू र तिनीहरूको सबैभन्दा भित्री षड्यन्त्र, अनि परमेश्‍वरलाई व्यवहार गर्दा तिनीहरूले गर्ने यी कामकुरामा प्रकट हुने सम्पूर्ण स्वभावहरूका आधारमा हेर्दा, मानिसहरूले परमेश्‍वरका लागि के गरेका छन्? आफूलाई फाइदा हुने कुराहरूमा मूल्य तिर्ने र तिनका बारेमा राम्ररी विचार गर्ने बाहेक, परमेश्‍वरप्रति मानिसहरूका मनोवृत्तिहरू कस्ता हुन्छन्, र तिनीहरूले उहाँलाई के चढाउँछन्? षड्यन्त्र, हिसाबकिताब, सतर्कता, र तिरस्कारपूर्ण मनोवृत्ति बाहेक केही पनि हुँदैन। तिरस्कार एउटा मनोवृत्ति हो, र यो मनोवृत्तिबाट पैदा हुने व्यवहारलाई क्रियापदको रूपमा व्यक्त गरियो भने त्यसलाई के भनिन्छ? “गिल्‍ला गर्नु।” के तिमीहरूले कहिल्यै यो शब्द सुनेका छौ? (सुनेका छौँ।) “गिल्‍ला” अलिक औपचारिक शब्द हो। बोलीचालीको भाषामा हामी के भन्छौँ? हामी “गिज्याउनु,” “कसैसँग चलाकी गर्नु,” “कसैसँग ठट्टा गर्नु” भनेर भन्छौँ। तिनीहरूका नजरमा तँ सामान्य देखिन्छस्, तँ निष्कपट देखिन्छस्; तिनीहरूको नजरमा तँ केही पनि हुँदैनस् र तिनीहरूले तँलाई खुल्लमखुल्ला गिल्ला गर्ने दुस्साहस गर्छन्—यो कस्तो स्वभाव हो? यस्तो स्वभाव भएको व्यक्तिको हृदयमा स्वर्गदूतले बास गरेको हुन्छ कि पिशाचले? (भूतले।) भूतले बास गरेको हुन्छ। यदि तिनीहरूले परमेश्‍वरसँग यस्तो व्यवहार गर्न सक्छन् भने, तिनीहरू वास्तवमा के हुन्? के तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास गर्न सक्छन्? के तिनीहरू परमेश्‍वरका वचनहरूमा समर्पित हुन सक्छन्? उदाहरणका लागि, मलाई उपहारहरू पठाउने मानिस जस्ता व्यक्तिले सत्यताको खोजी गर्दैनन्, न त तिनले परमेश्‍वरका अभिप्रायहरू नै बुझ्छन्। परमेश्‍वरले मानिसबाट के माग गर्नुहुन्छ, परमेश्‍वरले के हेर्न चाहनुहुन्छ, वा परमेश्‍वरले मानिसबाट के प्राप्त गर्न चाहनुहुन्छ भन्‍ने बारेमा तिनलाई अलिकति पनि थाहा हुँदैन। तिनी त आफ्नो हाकिमसँग अन्तरक्रिया गर्ने, कसरी तिनको चापलुसी गर्ने र कसरी तिनलाई छल गर्ने भनेर ध्यान दिने, जसरी आफ्नो उद्देश्य हासिल हुन्छ त्यसरी तिनीसँग व्यवहार गर्ने व्यक्ति जस्तै हुन्—त्यस्तो व्यक्ति वास्तवमा के अनुसार जिउँछ? तिनी अरूको चाकडी गरेर जिउँछन्, आफ्ना अगुवाहरूको खुसामद गरेर घृणित जीवन गुजारा गर्छन्। तिनले किन मलाई यस्तो “वास्ता” र “दया” देखाए? तिनले आफूलाई रोक्न सकेनन्, सके र? के तिनले मैले यसबारे कस्तो महसुस गर्नेछु भनेर पूर्वानुमान गर्न सक्थे? (सक्दैनथिए।) ठीक भन्यौ; तिनले यो कुरा बुझेनन्। तिनमा सामान्य मानव सोचको पूर्ण कमी छ। मैले तिनको व्यवहार र स्वभावलाई कसरी लिन, परिभाषित गर्न, वा मूल्याङ्कन गर्न सक्छु भन्‍ने कुरा तिनलाई थाहा थिएन र वास्ता पनि थिएन। तिनलाई केको वास्ता छ? तिनले आफ्ना उद्देश्यहरू हासिल गर्न कसरी मेरो चापलुसी गर्ने, अनि त्यसपछि तिनको बारेमा मलाई कसरी राम्रो धारणा राख्‍ने बनाउने भन्‍ने बारेमा वास्ता गर्छन्। कामकुरा गर्ने क्रममा तिनको अभिप्राय त्यही हुन्छ। यो कस्तो मानवता हो? के साँचो विवेक र समझ भएको व्यक्तिले गर्ने यही नै हो? तँ धेरै वर्षदेखि जिइरहेको छस्, त्यसकारण तैँले बुझ्नुपर्छ: पहिलो, मलाई तेरो खुसामदको आवश्यकता छैन। दोस्रो, मलाई तैँले केही पनि दिनु पर्दैन। तेस्रो, र सबैभन्दा महत्त्वपूर्ण कुरा, तैँले बुझ्नुपर्छ कि तैँले जे गरे पनि, तेरा अभिप्राय र उद्देश्यहरू जे भए पनि, र तैँले गर्ने कामको प्रकृति जे भए पनि, म यी सबै कुरालाई परिभाषित गर्छु र तिनको निष्कर्ष निकाल्छु। यो तैँले कुनै काम गर्ने अनि त्यतिमा नै सकिने कुरो होइन; यसको विपरीत, मैले स्पष्ट रूपमा तेरा अभिप्राय र मनसायहरू के हुन् भन्‍ने कुरा हेर्नुपर्छ। म तेरो स्वभावलाई मात्रै हेर्छु। कतिपयले सायद भन्‍नेछन्, “तपाईं मानिसहरूसँग कति कठोर व्यवहार गर्नुहुन्छ!” हो त? मलाई त्यस्तो पटक्‍कै लाग्दैन। म पटक्‍कै कठोर नभएको हुनाले नै कतिपय मानिसहरूले परिस्थितिको फाइदा लिने प्रयास गर्छन्। के कुरा यस्तै होइन र? कतिपय मानिसहरू मेरो सम्पर्कमा आउने बित्तिकै, तिनीहरूले मनन गर्छन्, “म तपाईंलाई साधारण व्यक्ति मात्रै ठान्छु। तपाईंप्रति त्यति ध्यान दिनु आवश्यक छैन। तपाईं पनि म जस्तै हुनुहुन्छ: तपाईं पनि दिनमा तीन पटक खाना खानुहुन्छ, र तपाईंसँग कुनै अख्तियार वा शक्ति छ भन्‍ने म देख्दिनँ। मैले तपाईंसँग जस्तो व्यवहार गरे पनि तपाईंसँग भन्‍ने केही हुँदैन। तपाईंले मलाई के गर्न सक्नुहुन्छ?” यो कस्तो सोचाइ हो? यो कहाँबाट आउँछ? यो व्यक्तिको स्वभावबाट आउँछ। मानिसहरूमा किन यस्तो स्वभाव हुन्छ? किनभने तिनीहरूको हृदयमा पिशाचहरूले बास गरेका हुन्छन्। तिनीहरूको हृदयमा पिशाचहरूले बास गरिरहेका हुने हुनाले, तिनीहरूले परमेश्‍वरलाई जति नै महान् ठाने पनि, तिनीहरूले परमेश्‍वरको हैसियत जति नै महान् ठाने पनि, मानिसहरूलाई मुक्ति दिन परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ भन्‍ने कुरामा तिनीहरूले जति नै विश्‍वास गरे पनि, तिनीहरूले मौखिक रूपमा आफ्नो कृतज्ञता जति नै व्यक्त गरे पनि, र तिनीहरूले कष्ट भोग्‍ने र मूल्य चुकाउने आफ्नो इच्छालाई जसरी प्रकट गरे पनि, जब आफ्नो कर्तव्य पूरा गर्ने समय आउँछ, तब पिशाचहरूले तिनीहरूको हृदयमा शासन गर्छन्, र काम गर्ने पिशाचहरू नै हुन्छन्। तिमीहरूको दृष्टिकोणमा, कस्तो व्यक्तिले परमेश्‍वरलाई समेत छल गर्ने र गिल्ला गर्ने आँट गर्छ? (पिशाचले।) पिशाचले; यो कुरा निश्‍चित छ।

यसभन्दा पहिलेको हाम्रो सङ्गतिमा, हामीले शैतान र परमेश्‍वरको बीचमा भएको कुन कुराकानीबाट शैतानको स्वभावलाई देख्‍न सक्छौँ? परमेश्‍वरले भन्‍नुभयो, “शैतान, तँ कहाँबाट आइस्?” शैतानले के उत्तर दियो? (“पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)।) त्यो कस्तो कुराकानी हो? (पैशाचिक कुराकानी।) यो पैशाचिक कुराकानी हो! यदि शैतानले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा लिन्थ्यो भने, यसले यसो भन्‍नेथियो, “परमेश्‍वरले मलाई सोध्नुभएको छ, त्यसकारण म कहाँबाट आएँ भनेर आज्ञाकारीपूर्वक भन्‍नेछु।” के त्यो समझदार रूपमा बोल्नु होइन र? (हो।) यो सामान्य मानव सोचाइ अनुरूपको वाक्य हो: पूर्ण वाक्य, व्याकरणात्मक र तुरुन्तै बुझिने वाक्य। के शैतानले त्यसो भन्यो? (भनेन।) त्यसले के भन्यो? “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।” के तिमीहरूले यो वाक्य बुझेका छौ? (छैनौँ।) अहिलेसम्म पनि, यसको अर्थ के हो भनेर कसैले पनि बुझेको छैन। त्यसोभए शैतान कहाँबाट आएको थियो? यो कहाँ-कहाँ घुमिरहेको थियो? यो कहाँबाट आएको थियो, र कुन दिशामा गइरहेको थियो? के यी प्रश्नहरूका कुनै ठोस जबाफहरू छन्? आजसम्म, बाइबललाई अर्थ्याउनेहरूले शैतान वास्तवमा कहाँबाट आएको थियो, वा परमेश्‍वरको अघि आइपुग्‍न र उहाँसँग बोल्नका लागि त्यसलाई कति समय लाग्यो भनेर पत्ता लगाउन सकेका छैनन्; यीमध्ये कुनै पनि कुरा ज्ञात छैन। त्यसोभए परमेश्‍वरले यस विषयमा प्रश्न गर्नुभएपछि शैतानले कसरी यस्तो शैली र भाषामा उत्तर दिन सक्यो? के परमेश्‍वरले त्यसलाई उत्कटताका साथ सोध्नुभयो? (हो।) त्यसपछि के त्यसले यस्तै तरिकाले उत्तर दियो? (दिएन।) परमेश्‍वरलाई जवाफ दिँदा यसले कस्तो मनोवृत्ति अपनायो? गिल्ला गर्ने किसिमको। यो त तैँले कसैलाई “तपाईं कहाँको हुनुहुन्छ?” भनेर सोध्दा तिनले “अनुमान गर्नुहोस्” भनेर भने जस्तै हो। “म अनुमान गर्न सक्दिनँ।” तैँले अनुमान गर्न सक्दैनस् भन्‍ने कुरा तिनलाई थाहा हुन्छ, तर तैपनि तिनले तँलाई अनुमान गर्न लगाउँछन्। तिनले तँसँग ठट्टा गरिरहेका मात्रै हुन्छन्। यही मनोवृत्तिलाई नै कसैसँग खेलबाड गर्नु वा उसलाई गिल्ला गर्नु भनेर भनिन्छ। तिनी इमानदार हुँदैनन्, र तिनले तँलाई थाहा होस् भन्‍ने चाहँदैनन्; तिनी तँसँग चलाकी गर्न र तँसँग खेलबाड गर्न मात्रै चाहन्छन्। शैतानको स्वभाव ठीक त्यस्तै हुन्छ। मैले भनेँ कि कतिपय मानिसहरूको हृदयमा पिशाचहरूले बास गर्छन्; के तिनीहरूले परमेश्‍वरसँग यसरी नै व्यवहार गर्दैनन् र? दौडधूप गर्ने, कामकुरा गर्ने, र कहिलेकाहीँ केही कठिनाइ भोग्‍ने र थोरै मूल्य चुकाउने तिनीहरूको बाहिरी व्यवहारलाई हेर्दा, तिनीहरू त्यस्ता मानिसहरू जस्ता देखिँदैनन्; तिनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्छ जस्तो देखिन्छ। तर तिनीहरूले परमेश्‍वर र सत्यतालाई व्यवहार गर्ने तरिकामा देखिने तिनीहरूको मनोवृत्तिबाट, तिमीहरूले देख्छौ कि तिनीहरूको हृदयमा बास गर्ने कुरा भनेको पिशाच हो, र कुरा यति मात्र हो। तिनीहरूले परमेश्‍वरका प्रश्नहरूको सीधा उत्तर समेत दिन सक्दैनन्—तिनीहरू त्यस्ता मानिस हुन् जो सर्प जस्तै चक्कर लगाइरहन्छन्, जसले गर्दा तैँले उत्तर भेट्टाउन सक्दैनस् र तिनीहरूले भनेको कुराको फेदटुप्पो भेट्टाउन सक्दैनस्। यिनीहरू ठ्याक्कै कस्ता किसिमका मानिसहरू हुन्? के तिनीहरू परमेश्‍वरप्रतिको व्यवहारमा इमानदार हुन सक्छन्? परमेश्‍वरलाई अवहेलना र तिरस्कार गर्ने मनोवृत्तिले गर्दा, के त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा अभ्यास गर्न सक्छन्? (सक्दैनन्।) किन? किनभने तिनीहरूको हृदयमा पिशाचहरूले बास गर्छन्। होइन र? (हो, तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्दैनन्।) यी मानिसहरूको दुष्टता त्यही हो। तिनीहरूको दुष्टता तिनीहरूले देख्‍ने परमेश्‍वरको इमानदारी, नम्रता, सामान्यता, र व्यावहारिकता उहाँलाई प्रिय बनाउने कुरा होइनन् भन्‍ने सोचाइमा हुन्छ—तर ती के हुन्? तिनीहरूले सोच्छन् कि यी परमेश्‍वरका कमीकमजोरीहरू हुन्; ती कुराहरू मानिसहरूलाई धारणाहरू पैदा गर्न प्रवृत्त गर्ने क्षेत्रहरू हुन्; ती तिनीहरूले विश्‍वास गर्ने परमेश्‍वरका सबैभन्दा ठूला कमीकमजोरीहरू हुन्; ती कमीकमजोरी, समस्या, र त्रुटि हुन्। यस्ता मानिसहरूलाई कसरी हेर्नुपर्छ? तिनीहरूले परमेश्‍वरलाई यसरी नै व्यवहार गर्छन् र उहाँप्रति यस्तै मनोवृत्ति अपनाउँछन्; परमेश्‍वरका लागि यो अपमानजनक कुरा हो, तर तिनीहरू आफैका लागि के हो? के तिनीहरूले यसबाट कुनै फाइदा लिन्छन्? यो तिनीहरू आफ्‍नै लागि पनि अपमान हो। मैले किन त्यसो भनेँ? साधारण व्यक्तिका रूपमा, यदि कसैले तँलाई यत्तिकै केही खानेकुरा दियो, र तैँले यसको तथ्यलाई ध्यान नदिई र यसको बारेमा सोध्दै नसोधी मूर्खले जस्तै यसलाई लिएर खाइस् भने, के त्यसले तेरो मानवतामा केही कुराको कमी छ भन्‍ने कुरालाई सङ्केत गर्दैन र? कुनै व्यक्तिको मानवतामा केही कुराको कमी छ भने, के त्यो व्यक्ति सामान्य व्यक्ति हो? होइन। यदि देहधारी ख्रीष्टमा यस्तो सामान्य मानवता समेत नभएको भए, के उहाँ अझै पनि कसैको विश्‍वासको योग्य हुनुहुनेथियो? हुनुहुनेथिएन। देहधारी परमेश्‍वरको मानवताका सङ्केतहरू के-के हुन्? उहाँको चेतना, सोचाइ, र विवेक सबैभन्दा सामान्य हुन्छन्। के उहाँमा न्याय गर्ने क्षमता छ? (छ।) यदि ममा त्यो कुरा थिएन, यदि म भुलक्कड व्यक्ति मात्र भएको भए, जससँग न सामान्य समझ छ न त अन्तर्दृष्टि नै छ, र जो घटनाहरू आइपर्दा सोच्न असमर्थ छ, के म अझै पनि सामान्य मानव मानिन सक्थेँ? त्यो सामान्य मानवता नभएर दोषपूर्ण मानवता हुनेथियो। के त्यस्तो व्यक्तिलाई ख्रीष्ट भन्‍न सकिन्छ? जब परमेश्‍वर देहधारी हुनुभयो, तब के उहाँले यस्तो देह छनौट गर्नुहुनेथियो? (गर्नुहुनेथिएन।) अवश्य नै गर्नुहुनेथिएन। यदि मैले सोचविचार नगरी त्यसो गरेको भए, के त्यस्तो परमेश्‍वर, अर्थात् देहधारी परमेश्‍वरको रूपमा परिचित परमेश्‍वर पछ्याउन लायक हुनुहुनेथियो? अहँ, र तिमीहरू गलत मार्गमा हुनेथियौ। मेरो दृष्टिकोणबाट हेर्दा यो एउटा पक्ष हो। अर्कोतर्फ, तिमीहरूको दृष्टिकोणबाट हेर्दा, यदि तिमीहरूले उहाँलाई परमेश्‍वरका रूपमा, तिमीहरूले पछ्याउने पात्रका रूपमा लियौ, र उहाँको अनुयायीका रूपमा यसरी व्यवहार गर्यौ भने—तिमीहरूले आफूलाई कहाँ राखिरहेका हुन्छौ? के त्यो तेरो लागि लाजमर्दो कुरा होइन र? (हो।) यदि तैँले विश्‍वास गर्ने परमेश्‍वर तेरो नजरमा तेरो आदरको लायक हुनुहुन्न, तैपनि तैँले अझै पनि उहाँमा विश्‍वास गर्छस् भने, त्यसले तँलाई के बनाउँछ? के तँ अन्योलमा परेको छस्? के तँ दिग्भ्रमित अनुयायी होस्? के तिमीहरूले आफूलाई अपमान गरिरहेका हुनेथिएनौ र? (हुनेथियौँ।) तर यदि तँलाई उहाँमा सामान्य मानवताका यी सबै पक्षहरू छन्, उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भन्‍ने लाग्छ, र तैँले त्यो सबै कुरा त्यसरी नै गर्छस् भने, के तैँले परमेश्‍वरलाई अपमान गरिरहेको हुँदैनस् र? दुवै दृष्टिकोणहरू मान्य छन्। यसलाई परमेश्‍वरको दृष्टिकोणबाट हेरे पनि वा मानिसको दृष्टिकोणबाट हेरे पनि, तैँले समस्यालाई देख्‍न सक्छस्—अनि यो समस्या गम्भीर छ! होइन र? (हो।) मानव दृष्टिकोणबाट हेर्दा, यदि तैँले उहाँलाई परमेश्‍वर ठानेर यसरी व्यवहार गरिस् भने, तैँले खुलेआम परमेश्‍वरलाई बेइज्जत गरिरहेको हुन्छस्। यदि तैँले उहाँ परमेश्‍वर नभई मानव हुनुहुन्छ भन्‍ने सोच्छस्, तर अझै पनि उहाँलाई पछ्याउँछस् भने, के त्यो विरोधाभास हुनेछैन र? के तैँले आफूलाई अपमान गरिरहेको हुँदैनस् र? यी दुई पक्षहरूका बारेमा विचार गर्; के म सही छु? कुरो त्यस्तै होइन र? मानिसहरूले किन यी कुराहरूका बारेमा सोच्न सक्दैनन्? तिनीहरूले किन अझै पनि यसरी व्यवहार गर्छन्? के तिनीहरूले सत्यता नबुझेकाले मात्रै हो? हामी यस विषयमा गहन रूपमा नजाऔँ; क्षमताको दृष्टिकोणबाट हेर्दा मात्रै, तिनीहरू दिमाग नभएका मूर्ख मानिसहरू हुन्। म किन तिनीहरूको दिमाग छैन भनेर भन्छु? मैले कुन दिमागको कुरा गरिरहेको छु? यो सोचाइसँग सम्‍बन्धित कुरा हो। विचार नगरी, फाइदा र बेफाइदाको मूल्याङ्कन गर्न नआई, आफूले गरिरहेको कुराको प्रकृति वा तैँले त्यो गर्नुपर्छ कि गर्नु हुँदैन भन्‍ने कुरालाई नजानी कुनै काम गर्नु भनेको दिमाग नहुनु हो। कस्तो कुराको दिमाग हुँदैन? जनावर र पशुहरूको दिमाग हुँदैन, तर मानिसहरूले यी कुराहरूलाई विचार गर्छन्। मानिसहरूले आवेगमा मूर्खतापूर्ण कामहरू गर्न सक्छन्, तर यदि तिनीहरूले एउटै मूर्खतापूर्ण काम बारम्बार गरे भने, तिनीहरूलाई दिमाग नभएको भनेर चित्रण गर्न सकिन्छ। दिमाग नभएको व्यक्ति भनेको समझशक्ति कमजोर भएको व्यक्ति हो वा, बोलीचालीको भाषामा भन्दा, दिमाग खुस्केको व्यक्ति हो। तर तिनीहरूको स्वार्थ स्पष्ट हुन्छ, र तिनीहरूमा धूर्त चलाकीको बिलकुलै कमी हुँदैन, त्यसैले त म मानिसहरूको हृदयमा पिशाचहरूले बास गर्छन् भन्छु।

के तिमीहरू सबैलाई उपहार दिएको विषयलाई उठाएर सङ्गति गर्नु भनेको तिललाई पहाड बनाउनु हो भन्‍ने लाग्छ? यदि मैले यसबारे सङ्गति नगरेको भए र यसलाई यत्तिकै उल्लेख मात्रै गरेको भए, के यो कुरा सुनेपछि तिमीहरूमा यस्तो प्रभाव हुनेथियो? (हुनेथिएन।) बढीमा, सुनेपछि तिमीहरूले मनन गर्नेथियौ, “यो मानिसले कसरी यस्तो काम गर्न सक्यो? म त्यस्तो काम गर्दिनँ; साँच्‍चै नै विभिन्‍न प्रकारका मानिसहरू छन्!” बढीमा, तिमीहरूले यस्तै सोच्नेथियौ। तिमीहरूले यसबारे थोरै कुरा गरेका छौ होला, त्यति हो—तर के तिमीहरूले यसबारे यति गहन बुझाइ प्राप्त गर्नेथियौ? (गर्नेथिएनौँ।) तँसँग यसबारे त्यति गहन बुझाइ हुनेथिएन। त्यसोभए, मेरा वचनहरूले तिमीहरूलाई के-कस्ता फाइदाहरू दिन्छन्? तिमीहरूले के-कस्ता सत्यता प्राप्त गरेका छौ? सर्वप्रथम, मैले तिमीहरूलाई यो कुरा याद दिलाउनुपर्छ: मानिस र परमेश्‍वरको बीचमा, स्थापना गर्नका लागि सबैभन्दा राम्रो सम्बन्ध के हो? जब कोही परमेश्‍वरको नजिक जान्छ, तब ऊ उहाँको निकट सम्पर्कमा हुँदा कसरी परमेश्‍वरसँग मिलेर बस्नुपर्छ? के यसका लागि सिद्धान्तहरू खोजी गर्नु आवश्यक छैन र? (छ।) यसको साथै, परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेको दौरान, मानिसहरूको दैनिक जीवनमा के-कस्ता घटनाहरू घटेका छन् जुन उक्त कथाको पात्रले गरेको कामको प्रकृतिसँग मिल्छ? के यी प्रश्नहरू मनन गर्न लायक छैनन् र? के कसैले पाठ सिकेर यसो भन्‍न सक्छ, “परमेश्‍वरले सानातिना गल्तीहरूलाई पनि सहनुहुन्न, त्यसकारण यो अत्यन्तै गम्भीर कुरा हो। हामी उहाँकहाँ नजानु, उहाँसँग निकट सम्पर्कमा नरहनु, वा उहाँसँग व्यवहार नगर्नु नै राम्रो हुन्छ—उहाँलाई चानचुने ठान्‍नु हुँदैन! यदि तिमीले गल्ती गर्‍यौ भने, उहाँले तीललाई पहाड बनाउनुहुनेछ र तिमीले आफूलाई गम्भीर समस्यामा पार्नेछौ। म अवश्य नै उहाँलाई केही दिनेछैनँ!”? के यस्तो सोच्नु स्वीकार्य हुन्छ? (हुँदैन।) वास्तवमा, तिमीहरूले चिन्ता गर्नु पर्दैन: हामीलाई नजिक हुने धेरै अवसर प्राप्त हुँदैन, र हामीले एक-अर्कासँग अन्तरक्रिया गर्ने क्षणहरू अझै कम पाउँछौँ, त्यसकारण यो तिमीहरूले चिन्ता गर्नुपर्ने कुरा होइन। यदि कुनै दिन मैले तिमीहरूसँग अन्तरक्रिया गरेँ भने, चिन्ता नगर; म तिमीहरूलाई एउटा गोप्य कुरा बताउनेछु। तँ मसँग मिलेर बसे पनि वा तैँले गुप्त रूपमा प्रार्थना र खोजी गरे पनि, पहिलो गोप्य कुरा के हो? तैँले जे गरे पनि, मसँग दाउपेच गर्ने काम नगर्; यदि तँमा जुझारु स्वभाव छ भने, मबाट टाढा बस्। कतिपय मानिसहरू अत्यन्तै धूर्त भएर बोल्छन्, आँखा झिमिक्‍क गर्दा धेरै युक्तिहरू बनाउँछन्, र तिनीहरूले बोल्ने हरेक वाक्य अशुद्धताले भरिएको हुन्छ; यदि तिनीहरूले अझै धेरै बोले भने, कुन शब्द साँचो हो र कुन झूटो हो भनेर तँलाई थाहा हुनेछैन। त्यस्ता मानिसहरू कहिल्यै मेरो नजिक आउनु हुँदैन। जब तँ परमेश्‍वरको सम्पर्कमा आउँछस् र उहाँसँग अन्तरक्रिया गर्छस्, तब तैँले गर्नुपर्ने मुख्य कुरा के हो र तैँले पालना गर्नुपर्ने मुख्य सिद्धान्त के हो? परमेश्‍वरसँगको व्यवहारमा इमानदार हृदय राख्। यसको साथै, सम्‍मान गर्न सिक्। सम्‍मान शिष्टता होइन; यो त चापलुसी गर्नु वा चिप्लो घस्नु पनि होइन, न त यो चाकडी गर्नु वा खुसामदी गर्नु नै हो। त्यसोभए यो वास्तवमा के हो? (यो परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्नु हो।) परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्नु एउटा मुख्य सिद्धान्त हो। यसका व्यावहारिक पक्ष के-के हुन्? (परमेश्‍वरको कुरा सुन्न सिक्‍नु।) त्यो अभ्यासको एउटा पक्ष हो। कतिपय मानिसहरू मेरो सम्पर्कमा आउँछन्, र तिनीहरू मैले बोल्दा-बोल्दै बोल्छन्, त्यसकारण अघि बढ्नुभन्दा पहिले म तिनीहरूलाई आफ्‍नो कुरा टुङ्ग्याउन दिन्छु। अनि मैले बोल्दा तिनीहरूले मसँग कस्तो व्यवहार गर्छन्? तिनीहरूले आँखा बन्द गरेर कुरा सुन्छन्। यसको अर्थ के हो? यो त यस्तो भन्‍नु जस्तै हो, “तपाईंले जे भनिरहनुभएको छ त्यो बकवास हो। तपाईंलाई के थाहा छ र?” तिनीहरूको मनोवृत्ति त्यस्तो हुन्छ। मलाई सबै कुरा थाहा नहुन सक्छ, तर मसँग सिद्धान्तहरू छन्, र मैले सिकेको, देखेको, र बुझ्न सक्‍ने कुरा, साथै मलाई थाहा भएका सिद्धान्तहरू म तँलाई बताउँछु, र तैँले यसबाट धेरै कुरा प्राप्त गर्न सक्छस्। तर यदि तैँले मलाई केही थाहा छैन भन्‍ने सोच्दै सधैँ मलाई पुलुक्क हेर्छस्, र मेरो कुरा ध्यान दिएर सुन्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्—तैँले आफै कुराहरू पत्ता लगाउनुपर्नेछ। कुरा यस्तै होइन र? त्यसकारण, तिमीहरूले परमेश्‍वरका वचनहरू सुन्न सिक्‍नुपर्छ। तिमीहरूले कुरा सुन्दा, के मैले तिमीहरूलाई आफ्ना विचारहरू व्यक्त गर्नमा सीमित गर्छु? गर्दिनँ। मैले बोलिसकेपछि, म तिमीहरूसँग कुनै प्रश्न छ कि छैन भनेर सोध्छु, र यदि कसैसँग छ भने, म तुरुन्तै त्यसको जबाफ दिन्छु र ती प्रश्नहरूमा समावेश सिद्धान्तहरू बताउँछु। कहिलेकाहीँ म तिमीहरूलाई सिद्धान्तहरू मात्रै बताउँदिनँ, तिमीहरूले के गर्नुपर्छ भनेर सीधै बताउँछु, र हरेक पक्षलाई विस्तृत रूपमा बताउँछु। मैले नबुझेका कतिपय क्षेत्रहरू भए पनि, मसँग मेरा आफ्नै सिद्धान्तहरू छन्, र त्यस्ता कुराहरूलाई सम्हाल्ने मेरा आफ्नै दृष्टिकोण र तरिकाहरू छन्, त्यसकारण म तिमीहरूलाई मलाई उचित लागेका दृष्टिकोण र सिद्धान्तहरूका आधारमा सिकाइरहेको हुन्छु। म किन तिमीहरूलाई सिकाउन सक्छु? किनभने तिमीहरूले यी कुराहरू समेत बुझेका छैनौ। यी प्रश्नहरूको उत्तर दिइसकेपछि, म थप कुनै प्रश्नहरू छन् कि भनेर फेरि सोध्छु; छन् भने, म फेरि पनि ढिलाइ नगरी तिनको जबाफ दिन्छु। म तैँले मेरो कुरा सुनेको मात्रै चाहन्‍नँ; म तँलाई बोल्ने मौका दिन्छु, तर तैँले भनेको कुरा उचित हुनुपर्छ—बकवास होइन, र समय बरबाद गर्ने कुरा होइन। कहिलेकाहीँ, म अधीरताले कतिपय मानिसहरूको कुरा बीचमै काट्छु। कस्ता परिस्थितिमा? तिनीहरूले कुरा लम्ब्याएर बोल्दा, पाँच वटा वाक्यमा भन्‍न सकिने कुरा दश वाक्यमा भन्दा। वास्तवमा, म ती कुरा सुन्नेबित्तिकै बुझिहाल्छु; अब के आउँछ भन्‍ने मलाई थाहा हुन्छ, त्यसकारण तिनीहरूले थप केही भन्‍नु पर्दैन। संक्षिप्त र सटीक रूपमा बोल; अरूको समय बरबाद नगर। तैँले बोलिसकेपछि, म तँलाई उत्तर दिनेछु, र के गर्ने र कुन सिद्धान्तहरू अनुसार गर्ने भनेर बताउनेछु। कुरा त्यतिमा नै टुङ्गिनुपर्छ, होइन र? तर कतिपय मानिसहरूले यसलाई पहिचान गर्न सक्दैनन्, र भन्छन्, “अहँ, तपाईंले मलाई आदर गर्नुपर्छ; हाम्रो आदर दुवै पक्षबाट हुनुपर्छ। तपाईंले बोलिसक्‍नुभयो, तर मैले आफ्नो दृष्टिकोण व्यक्त गरिसकेको छैनँ। मेरो दृष्टिकोण यो हो—मैले फेरि सुरुबाट नै थालनी गर्नुपर्छ।” तिनीहरूले सधैँ मलाई आफ्ना दृष्टिकोणहरू व्यक्त गर्न चाहन्छन्, मानौँ मलाई तीबारे थाहा छैन, जबकि वास्तवमा, तिनीहरूले कुरा गर्न थाल्नेबित्तिकै, मलाई तिनीहरूको दृष्टिकोण के हो भन्‍ने थाहा हुन्छ—त्यसकारण के तिनीहरूले कुरा जारी राख्‍नु आवश्यक हुन्छ? यसको कुनै आवश्यकता छैन। कतिपय मानिसहरूको आइक्यू यति न्यून हुन्छ कि दुई वाक्यमा भन्‍न सकिने कुरा बताउन तिनीहरूलाई दश वाक्य लाग्छ, र मैले तिनीहरूको कुरा बीचमा काटिनँ भने, तिनीहरू बोलिरहन्छन्। अरू सबैले बुझेका हुन्छन्; के मैले अझै बुझेको हुँदिनँ र? तैपनि, तिनीहरू आफ्‍नो कुरा व्यक्त गर्न चाहन्छन्, त्यसकारण तिनीहरूको आइक्यू मात्रै कमजोर भएको भन्ने होइन—तिनीहरूको समझ पनि कमजोर हुन्छ! के तिमीहरूले कहिल्यै त्यस्ता मानिसहरू भेटेका छौ? (छौँ।) तिनीहरूको समझ कमजोर भए पनि र तिनीहरूको आइक्यू न्यून भए पनि तिनीहरू आफूलाई चलाख ठान्छन्। के त्यो घिनलाग्दो कुरा होइन र? यो वाक्‍कलाग्दो र घिनलाग्दो कुरा हो। जब मानिसहरू परमेश्‍वरको सम्पर्कमा आउँछन्, तब पहिलो कुरा भनेको उहाँसँग इमानदार हृदयले व्यवहार गर्नु हो; दोस्रो कुरा भनेको मानिसहरूले आदर गर्न सिक्‍नुपर्छ; र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यताको खोजी गर्न सिक्‍नु हो। के सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही होइन र? (हो।) यदि तैँले सत्यताको खोजी गर्दैनस् भने, परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ हुन्छ? उहाँमा विश्‍वास गर्नुको के मूल्य हुन्छ र? यसो गर्नुको के अर्थ हुन्छ र? यो धेरैजसो मानिसहरूले पूरा गर्न नसक्ने कुरा हो, तर यो कुरा किन उठाउने? यो भविष्यका लागि तयारी हो; भविष्यमा तिमीहरूलाई यस्ता कुराहरू आइपर्दा तिमीहरूले यसरी अभ्यास गर्न सिक्‍नुपर्छ।

मण्डलीमा, म धेरै मानिसहरूको सम्पर्कमा आएँ, जसमध्ये कतिलाई मैले केही कामहरू सुम्पेँ। केही दिनपछि, तिनीहरूले मलाई प्रतिक्रिया दिए, र मैले अह्राएको सबै कुरा तिनीहरूले लेखेका छन्, र तिनीहरू अहिले हरेक कुरा लागु गर्ने प्रक्रियामा छन् भन्‍ने कुरा मलाई देखाउँथे। तिनीहरूले मलाई भेटेपछि, तिनीहरूले मलाई कार्यान्वयनको प्रगति कस्तो छ, के-कस्ता समस्याहरूको खोजी गर्नुपर्ने भयो, र के-कस्ता समस्याहरूका नतिजाहरू अझै बाँकी छन् भन्‍ने बारेमा रिपोर्ट गर्थे, र मलाई पूर्ण रूपमा जानकारी दिन्थे। तिनीहरूले विवरणहरू निकै स्पष्ट रूपमा व्याख्या गर्थे, र कहिलेकाहीँ ती कुरा अलिक सानातिना भए पनि, तिनीहरूको मनोवृत्तिले तिनीहरूले परमेश्‍वरका वचनहरूलाई लिने मामिलामा तिनीहरू गम्भीर र जिम्मेवार छन्, र तिनीहरूको जिम्मेवारी, कर्तव्य, र दायित्वहरू के-के हुन् भन्‍ने तिनीहरूलाई थाहा छ भन्‍ने देखाउँथ्यो। कतिपय मानिसहरू फरक थिए: मैले तिनीहरूलाई दुई वटा काम दिन्थेँ, र तिनीहरूले ती कुराहरू नोटबुकमा लेख्थे, तर एक हप्तापछि, तिनीहरूले अझै पनि केही लागु नगरेपछि, मैले तिनीहरूलाई त्यसबारे प्रश्न गर्दा मात्रै तिनीहरूलाई यो कुरा याद आउँथ्यो—अनि तिनीहरूले यो सबै कुरा फेरि पनि नोटबुकमा लेख्थे। अर्को हप्तापछि, मैले तिनीहरूलाई यो मामला किन अझै पनि टुङ्गिएको छैन भनेर सोध्दा, तिनीहरूले यो र त्यो कठिनाइ देखाउँदै बहाना बनाउँथे, फेरि पनि लगनशीलताका साथ सबै कुरा आफ्नो नोटबुकमा लेख्थे। तिनीहरूले सबै कुरा कहाँ राखेका हुन्थे? (तिनीहरूको नोटबुकमा।) तर तिनीहरूले आफ्नो मनमा केही कुरा राखेका हुँदैनथिए। के यो गलत व्यक्तिलाई केही चीज सुम्पनु होइन र? यी मानिसहरू मानव होइनन्। मैले तिनीहरूलाई जे सुम्पे पनि तिनीहरूले त्यसलाई एउटा कानले सुन्ने र अर्कोले उडाउने गर्थे—तिनीहरूले यसलाई पटक्‍कै गम्भीरतापूर्वक लिँदैनथिए। निश्‍चित पेसा वा सामान्य मामलाहरूसँग सम्बन्धित सबै कामहरू—साथै मण्डलीको कामसँग सम्बन्धित केही कुराहरू—जुन म मानिसहरूलाई सुम्पन्छु, ती तिनीहरूले हासिल गर्न सक्‍ने कुराको दायराभित्र हुन्छन्; कुनै पनि काम तिनीहरूलाई कठिन हुने अभिप्रायले दिइएको हुँदैन। यद्यपि, प्रायजसो जब मैले अगुवा र कामदारहरूलाई काम सुम्पन्थेँ, तब तिनीहरूमध्ये धेरैले काम सुरु गरेपछि मलाई रिपोर्ट गर्दैनथिए, र कामको स्थितिबारे मैले केही पनि सुन्दिनथिएँ। त्यो बन्दोबस्त गरिएको छ कि छैन, त्यो कसरी गरिएको छ, के-कस्ता त्रुटिहरू देखा परेका छन्, वर्तमान परिणामहरू के-के हुन्—तिनीहरूले यीमध्ये कुनै पनि कुराबारे रिपोर्ट गर्दैनथिए वा तिनीहरू त्यसको खोजीमा संलग्‍न हुँदैनथिए। तिनीहरूले आफ्नो आज्ञालाई पन्छाउँथे, र मैले कुनै पनि परिणामबारे सुन्न समेत पाउँदिनथिएँ। कतिपय मानिसहरूको समस्या अझै गम्भीर थियो, किनभने मैले तिनीहरूलाई सुम्पेको कुरा लागु गर्न नसक्नु बाहेक, तिनीहरू मेरो चापलुसी गर्न र मलाई छल गर्न आउँथे, र हिजो तिनीहरू कहाँ गए र के गरे, त्यसभन्दा पहिलेको दिनमा तिनीहरूले के गरे, र अहिले के गरिरहेका छन् भनेर मलाई बताउँथे। तिनीहरू नाटक र धूर्ततामा कति सिपालु थिए, हेर त—तिनीहरूले मैले तिनीहरूलाई विशेष रूपमा सुम्पेका कुनै पनि कुराहरू गर्दैनथिए, बरु महत्त्वपूर्ण काम लथालिङ्ग हुँदा तिनीहरू व्यर्थका कामहरूमा व्यस्त रहन्थे। यो कस्तो व्यवहार थियो? तिनीहरूले आफूलाई अह्राइएको कामलाई पूर्ण रूपमा बेवास्ता गर्थे, र तिनीहरू झूट र छलले भरिएका हुन्थे!

एउटा व्यक्ति रोपाइँका इन्‍चार्ज थिए। मैले तिनलाई सोधेँ, “यो वर्ष केही सागपात राम्रा देखिन्छन्। के तैँले कुनै बीउ बचाएर राखिस्?” तिनले भने, “हजुर, राखेँ।” मैले भनेँ, “मैले सुनेको छु कि तिनीहरूले केही समय पहिले नै सबै सागपातको बाली उठाए र अलिकति पनि बीउ बचाएर राखेनन्।” तिनले भने, “तिनीहरूले बाली उठाउने काम सकेका छैनन्। अझै केही बाँकी छन्!” त्यसपछि मैले सोधेँ, “बाँकी सागसब्जी कहाँ छ? म हेर्छु।” तिनले भने, “अहो? ठीक छ … पहिले म गएर हेर्छु।” तिनले वास्तवमा केही बीउ बचाएर राखेका थिए कि थिएनन्? थिएनन्। के तिनले बोलेका यी केही शब्दहरूमध्ये, “हजुर, राखेँ” भन्‍ने तिनको पहिलो अभिव्यक्ति झूट थियो? (हो।) अनि तिनको दोस्रो अभिव्यक्ति, “तिनीहरूले बाली उठाउने काम सकेका छैनन्। अझै केही बाँकी छन्!”—के त्यो झूट थिएन? तिनलाई तिनीहरूले कुनै बीउ बचाएर राखेका छन् कि छैनन् भन्‍ने थाहा थिएन, र तिनले भने, “पहिले म गएर हेर्छु।” त्यसकारण तेस्रो अभिव्यक्ति फेरि पनि अर्को झूट थियो। एकपछि अर्को अभिव्यक्तिसँगै झूटहरू झन्-झन् गम्भीर हुँदै गए; तिनले झूटमाथि झूट थप्दै गएका थिए, र ती झूट झन्-झन् गहन बन्दै गएका थिए—झूटले भरिएको मुख! के तिमीहरू सबै जना झूटले भरिएको मुख भएको व्यक्तिसँग अन्तरक्रिया गर्न इच्छुक हुनेथियौ? (हुनेथिएनौँ।) झूटले भरिएका मानिसहरूसँग कुराकानी र काम गर्दा तँलाई कस्तो अनुभूति हुन्छ? के तँलाई रिस उठ्छ? तिनले जसलाई पनि धोका दिने दुस्साहस राख्थे; यदि तिनले मलाई थाहा छैन भन्‍ने सोचेका भए तिनी गलत थिए! के त्यो कुराको लागि छल नै गर्नुपर्थ्यो त? यति छली भएर तिनले के प्राप्त गर्ने सम्भावना थियो? यदि तैँले तिनले व्यवहारमा देखाएको मनोवृत्ति देखेको भए, यदि तिनले तँलाई यस्तो व्यवहार गरेका भए, तँलाई कस्तो अनुभूति हुनेथियो? यदि कुनै व्यक्तिले भनेको कुराको मूलतः ९९ प्रतिशत झूट हो भने, चाहे त्यो व्यक्तिले गफ गरिरहेको होस् वा काम वा गम्भीर मामलाहरूका बारेमा कुरा गरिरहेको होस्, वा सत्यतामा सङ्गति गरिरहेको होस्, त्यो व्यक्ति आशाहीन हुन्छ। तिनले जोसुकैलाई छल गर्न सक्छन्; त्यसकारण त्यसले तिनलाई के बनाउँछ? तिनले परमेश्‍वरमा विश्‍वास गरेको कति भयो? कतिपय गैरविश्‍वासीहरूले सधैँ यसो भन्छन्, “जहाँसम्म मलाई थाहा छ,” वा, “मनैबाट भन्दा,” र यस्तै आधारमा, तिनीहरूले सत्य कुरा भनिरहेका हुन्छन्। ती व्यक्तिले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरे, र तिनले धेरै प्रवचन सुने, तर तिनले सत्यताको एक शब्द पनि बोल्न सकेनन्; तिनले भनेको सबै कुरा झूट थियो। त्यसोभए तिनी कस्ता प्राणी हुन्? के यो घिनलाग्दो र घृणित कुरा होइन र? के यस्ता मानिसहरू धेरै छन्? के तिमीहरू यस्तै छौ? जब तिमीहरू मसँग अन्तरक्रिया गर्छौ, तिमीहरूले कस्ता परिस्थितिहरूमा मसँग झूट बोल्छौ? यदि तैँले कुनै विपत्ति ल्याएको छस्, र तँलाई परिणामहरू गम्भीर छन् र तँ निष्कासित हुन सक्छस् भनेर थाहा छ भने, अरूले यसबारे बताउने बित्तिकै, तैँले यसलाई ढाकछोप गर्न झूट बोल्छस्। त्यस्तो कुराका बारेमा जोकोहीले झूट बोल्न सक्छ। मानिसहरूले अरू केका बारेमा झूट बोल्न सक्छन्? आफ्नो छवि बढाउन र अरूको उच्च आदर पाउन झूट बोल्छन्। त्यसपछि आफ्नो काममा अयोग्य छु भन्‍ने थाहा भएका मानिसहरू पनि हुन्छन्, तर तिनीहरूले माथिलाई स्पष्ट रूपमा यो कुरा बताउँदैनन्, किनभने तिनीहरूलाई त्यसो गरेको खण्डमा आफूलाई बर्खास्त गरिन्छ भन्‍ने डर हुन्छ। माथिलाई आफ्नो कामका बारेमा रिपोर्ट गर्दा, तिनीहरूले समस्या समाधान गर्ने उपायहरू खोजेका छन् भन्‍ने नाटक गर्छन्, जसले गर्दा तिनीहरूले अरूमा झूटो छाप पार्छन्। तिनीहरूले भन्‍ने सबै कुरा झूट हुन्छ, र तिनीहरू आधारभूत रूपमा काम गर्न असमर्थ हुन्छन्। यदि तिनीहरूले केही प्रश्नहरू सोधेनन् भने, माथिले भिन्‍नताहरू पत्ता लगाएर तिनीहरूलाई बर्खास्त गर्नुहुन्छ भन्‍ने तिनीहरूलाई डर हुन्छ, त्यसकारण तिनीहरूले तुरुन्तै नाटक गर्छन्। झूटा अगुवा र ख्रीष्टविरोधीहरूको मानसिकता यस्तै हुन्छ।

मैले भर्खरै सङ्गति गरेका परमेश्‍वरसँग अन्तरक्रिया गर्ने तीन वटा सिद्धान्तहरूका बारेमा विचार गर। तिमीहरूले कुन कुरा गर्न सक्दैनौ, र तिमीहरूलाई कुन कुरा हासिल गर्न सजिलो हुन्छ? वास्तवमा, तीमध्ये कुनै पनि कुरालाई साँचो रूपमा लागु गर्न सजिलो छैन, किनभने मानिसहरूको हृदयमा पिशाचहरूले बास गर्छन्। तैँले आफ्नो हृदयबाट पिशाचलाई ननिकालेसम्म ती हासिल गर्न सक्‍नेछैनस्। तैँले आफ्नो हृदयमा भएको पिशाचसँग लडाइ गर्नुपर्छ, र यदि तैँले हरेक पटक यसलाई जित्न सक्छस् भने, तैँले ती कुराहरू हासिल गर्न सक्छस्। यदि तँ हरेक पटक असफल हुन्छस् र त्यसको पकडमा पर्छस् भने, तैँले ती कुराहरू हासिल गर्न सक्‍नेछैनस्; तैँले कुनै पनि सिद्धान्तहरू लागु गर्न सक्‍नेछैनस्। यदि तिमीहरूले मेरो साथमा बस्दा वा मसँग अन्तरक्रिया गर्दा मात्र नभई यी सिद्धान्तहरू पछ्याउँदै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँगको तिमीहरूको नियमित अन्तरक्रियामा पनि यी तीनै वटा कुराहरू पूरा गर्न सक्छौ भने, के यसबाट सबैलाई फाइदा हुनेछैन र? (हुनेछ।) अब कथा सकिएको हुनाले, मुख्य विषयमा जाऊँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्