विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई) खण्ड पाँच
ख्रीष्टविरोधीहरूले प्रभुत्व जमाउने मण्डलीहरूमा, परमेश्वरको घरका कार्य बन्दोबस्तहरूलाई लागू गर्न सकिँदैन। यसका साथै, ती मण्डलीहरूमा अनौठो घटना उत्पन्न हुन्छ, जहाँ परमेश्वरको घरका कार्य बन्दोबस्तहरूसँग असम्बन्धित वा तीविपरीत काम मात्रै गरिन्छ, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूबीच फरक-फरक राय र तर्कहरू पैदा हुन्छन्, अनि मण्डली अस्तव्यस्त हुन्छ। झूटा अगुवाहरू कसरी चल्छन्? तिनीहरू परमेश्वरको घरका कार्य बन्दोबस्तहरूअनुसार काम गर्दैनन्; मानौँ तिनको कुनै काम छैन, र तिनीहरू कार्य बन्दोबस्तहरूप्रति पटक्कै प्रतिक्रिया जनाउँदैनन्। यी अगुवाहरूका अधीनमा रहेका मानिसहरू बेखबर हुन्छन्; बालुवाको थुप्रोजस्तै, तिनलाई व्यवस्थित गर्ने कोही हुँदैन—हरेकले आफूले चाहेको कुरा गर्छ, र आफूले चाहेको जस्तो गर्छ। झूटा अगुवाहरू कुनै अभिव्यक्ति दिँदैनन् र यो जिम्मेवारी लिँदैनन्। तैपनि ख्रीष्टविरोधीहरू फरक तरिकाले चल्छन्। तिनीहरूले कार्य बन्दोबस्तहरू लागू गर्न नसक्ने मात्र होइनन्, तर आफ्नो अभिव्यक्ति र अभ्यासहरू पनि प्रस्तुत गर्छन्। कतिपयले माथिका कार्य बन्दोबस्तहरू लिएर ती परिवर्तन गर्छन्, तिनलाई आफ्नै अभिव्यक्तिमा बदल्छन्, त्यसपछि त्यो तिनीहरू लागू गर्छन्, जबकि अरू चाहिँ माथिका कार्य बन्दोबस्तहरूअनुसार पटक्कै चल्दैनन्, र आफ्नो काम मात्रै गर्छन्। तिनीहरू माथिका कार्य बन्दोबस्तहरूलाई रोक्छन् र तल पठाउँदैनन्, आफूमुनिका मानिसहरूलाई अन्धकारमा राख्छन् तर आफू भने जे मन लाग्यो त्यही गर्छन्, र आफूमुनिका मानिसहरूलाई बहकाउन र छल गर्न आफ्नै सिद्धान्त र अभिव्यक्तिहरूसमेत बनाउँछन्। त्यसकारण, बाहिरी रूपमा ख्रीष्टविरोधीहरू कति त्याग्न सक्छन् वा कस्तो कष्ट भोग्न सक्छन् भन्ने कुरालाई नहेर्। तिनीहरूको सतही कार्य र व्यवहारलाई पर राख्, अनि तिनीहरूले गर्ने यी कुराहरूको सारलाई हेर्। परमेश्वरसँग तिनीहरूको कस्तो सम्बन्ध हुन्छ? तिनीहरू परमेश्वरले भनेका र गरेका सबै कुरा, परमेश्वरले दाजुभाइ-दिदीबहिनीहरूलाई बुझ्न लगाउने सबै कुरा, र उहाँले मण्डलीको तल्लो स्तरमा लागू गर्न माग गर्ने सबै कुराको विरोध गर्छन्—तिनीहरू यी सबै कुराको विरोध गर्छन्। कतिपयले यस्तो प्रश्न गर्लान्, “के यी कुराहरू लागू नगर्नु र तिनको विरोध गर्नु एउटै कुरा हो?” किन तिनीहरू यी कुराहरू लागू गर्दैनन्? किनभने तिनीहरू ती कुरामा सहमत हुँदैनन्। तिनीहरू ती कुरामा कसरी सहमत हुँदैनन् भन्ने कुरालाई हेर्दा, के तिनीहरू परमेश्वरको घरभन्दा उच्च छन्? तिनीहरू ती कुरामा कसरी सहमत हुँदैनन् भन्ने कुरालाई हेर्दा, के तिनीहरूको योजना अझै राम्रो हुन्छ? अहँ, हुँदैन। त्यसोभए किन तिनीहरू आफू यी कुरामा सहमत छैनन् भन्दैमा यी कुराहरू लागू नगर्ने दुस्साहस गर्छन्? किनभने तिनीहरू मण्डलीलाई प्रभुत्वमा राख्न र नियन्त्रण गर्न चाहन्छन्। तिनीहरूलाई यदि आफूले कार्य बन्दोबस्तहरू र माथिका मापदण्डअनुसार पूर्ण रूपमा कामकुरा लागू गरेमा, आफ्ना योगदानहरू नदेखिएलान्, तिनमा कसैको नजर नपर्ला, र कसैले पनि नदेख्लान् भन्ने लाग्छ। ख्रीष्टविरोधीहरूका लागि त यो विपत्ति हुनेछ। यदि सबैले परमेश्वरको गवाही दिए र सत्यतामा नियमित सङ्गति गरेको भए, यदि सबैले सत्यता बुझ्न, सिद्धान्तअनुसार मामलाहरू सम्हाल्न, समस्याहरू आइपर्दा सत्यता खोज्न अनि परमेश्वरलाई प्रार्थना गर्न र पुकार्न सकेका भए, तिनीहरूको काम कस्तो हुनेथियो? ख्रीष्टविरोधीहरू सत्यता पछ्याउँदैनन्, त्यसकारण तिनीहरू कुनै कामका हुनेथिएनन्; तिनीहरू सजावटको वस्तु मात्रै बन्नेथिए। यदि तिनीहरू सजावटको वस्तु बनेका भए, र कसैले पनि तिनीहरूलाई वास्ता नगरेको भए, के तिनीहरूले यो स्वीकार गर्नेथिए? अहँ, गर्नेथिएनन्। तिनीहरूले परिस्थितिलाई जोगाउने उपायहरू सोच्नेथिए। ख्रीष्टविरोधीहरूमा दुष्ट स्वभाव र दुष्ट सार हुन्छ—यदि सबै दाजुभाइ-दिदीबहिनीहरूले सत्यता पछ्याएमा, तिनीहरूले आफू खुलासा हुनेछ भनेर अनुमान गर्न सक्छन्? ख्रीष्टविरोधीहरू अत्यन्तै खराब हुन्छन्, र तिनीहरू सत्यता पछ्याउँदैनन्; तिनीहरू दुष्ट, छली, कपटी हुन्छन्, र तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्। यदि सबैले सत्यता बुझे भने, ख्रीष्टविरोधीहरूलाई चिन्नेछन्। के ख्रीष्टविरोधीहरूलाई यो कुरा थाहा हुन्छ? हो, हुन्छ। तिनीहरू यो कुरा आफ्नो आत्मामा महसुस गर्न सक्छन्। यो त तँ कुनै ठाउँमा जाँदा दुष्ट आत्माको सामना गर्नुजस्तै हो। जब दुष्ट आत्माले तँलाई हेर्छ, तब तिनीहरूलाई तँ अप्रिय लाग्छ, र झलक्क हेर्दा नै, तँलाई दुष्ट आत्मा घृणास्पद लाग्छ, र तँ तिनीहरूसँग कुरा गर्न चाहँदैनस्। वास्तवमा, तिनीहरूले तँलाई चिढ्याएका हुँदैनन् वा तँलाई हानि गर्ने केही गरेका हुँदैनन्, तर तँलाई तिनीहरू देख्दा घृणा लाग्छ, र तिनीहरू बोलेको सुन्दा तँलाई झनै घृणा लाग्छ। वास्तवमा, तिनीहरू तँलाई चिन्दैनन्, र तँ तिनीहरूलाई चिन्दैनस्। यहाँ के हुँदैछ? तिमीहरू दुई एकै प्रकारका होइनौ भन्ने कुरा तँ आफ्नो आत्मामा महसुस गर्न सक्छस्। ख्रीष्टविरोधीहरू परमेश्वरका चुनिएका मानिसहरूको शत्रु हुन्। यदि तैँले तिनीहरूसँग अन्तरक्रिया गर्दा बुझ्न वा थाहा पाउन सक्दैनस् भने, के तँ अलिक भावशून्य छैनस् र? मानौँ जब ख्रीष्टविरोधी धेरै बोल्दैन, तर्क गर्ने क्रममा केही शब्द मात्र बोल्छ, र आफ्नो दृष्टिकोण अघि सार्छ, वा आफ्नो व्यवहारमा निश्चित मनोवृत्ति राख्छ, तब तँ यी कुराहरू स्पष्ट रूपमा देख्न सक्दैनस्। यदि तैँले तिनीहरूसँग लामो समयसम्म अन्तरक्रिया गरिस्, र पनि तँलाई यो कुरा थाहा छैन, अनि एक दिन माथिले तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्छ, त्यसपछि मात्रै तँलाई बल्ल यो प्रकाश प्राप्त हुन्छ र अलि डर लाग्छ, र “मैले कसरी यस्तो प्रस्ट ख्रीष्टविरोधीलाई चिनिनँ! धन्न बचियो!” भनेर सोच्छस्! तँ कति सुस्त र भावशून्य छस्!
ख्रीष्टविरोधीहरूको दुष्टतामा एउटा स्पष्ट विशेषता हुन्छ, र म यसलाई चिन्ने रहस्य तिमीहरूलाई बताउनेछु: तिनीहरूको बोली र व्यवहार दुवैमा, तैँले तिनीहरूको मन बुझ्न वा तिनीहरूको हृदय बुझ्न सक्दैनस्। तिनीहरूले तँसँग कुरा गर्दा, आफ्नो आँखा सधैँ यताउता घुमाइरहेका हुन्छन्, र तिनीहरूले कस्तो किसिमको षड्यन्त्र बुनिरहेका छन् भन्ने कुरा तैँले थाहा पाउन सक्दैनस्। कहिलेकाहीँ, तिनीहरूले तँलाई तिनीहरू बफादार वा निकै निष्कपट छन् भन्ने महसुस गराउँछन्, तर वास्तविकता यस्तो हुँदैन—तैँले तिनीहरूको नियत बुझ्न सक्दैनस्। तेरो हृदयमा कुनै खास अनुभूति हुन्छ, तिनीहरूको सोचमा गहन सूक्ष्मता, अथाह गहिराइ छ, तिनीहरू छली हुन् भन्ने अनुभूति हुन्छ। ख्रीष्टविरोधीहरूको दुष्टताको पहिलो विशेषता यही हो, र यसले ख्रीष्टविरोधीहरूमा दुष्टताको अवगुण हुन्छ भन्ने कुरा देखाउँछ। ख्रीष्टविरोधीहरूको दुष्टताको दोस्रो विशेषता के हो? तिनीहरूले भन्ने र गर्ने सबै कुरा अत्यन्तै भ्रामक हुन्छन्। यो कहाँ देखिन्छ? यो मानिसहरूको मनोविज्ञान बुझ्ने, मानिसहरूका धारणा र कल्पनाहरूसँग मिल्ने अनि स्वीकार गर्न सजिला कुराहरू बोल्ने तिनीहरूको विशेष चलाखीपनमा देखिन्छ। तैपनि, तैँले एउटा कुरा पहिचान गर्नुपर्छ: तिनीहरू कहिल्यै आफूले भन्ने मनमोहक कुरा व्यवहारमा उतार्दैनन्। उदाहरणका लागि, तिनीहरू अरूलाई धर्मसिद्धान्त प्रचार गर्छन्, उनीहरूलाई कसरी इमानदार मानिस बन्ने, र कुनै कुरा आइपर्दा कसरी प्रार्थना गर्ने र परमेश्वरलाई आफ्नो मालिक बन्न दिने भनेर बताउँछन्, तर जब ख्रीष्टविरोधीहरू आफैलाई कुनै कुरा आइपर्छ, तब तिनीहरू सत्यता अभ्यास गर्दैनन्। तिनीहरू आफ्नो इच्छाअनुसार काम गर्ने, र आफूलाई फाइदा पुऱ्याउने असंख्य तरिका सोच्ने, अरू सबैलाई तिनीहरूको सेवा गर्न र तिनीहरूका मामलाहरू सम्हाल्न लगाउने मात्रै गर्छन्। तिनीहरू कहिल्यै परमेश्वरलाई प्रार्थना गर्दैनन् वा उहाँलाई आफ्नो मालिक बनाउँदैनन्। तिनीहरूले सुन्नमा राम्रा कुराहरू भन्छन्, तर तिनीहरूको व्यवहार तिनीहरूले भन्ने कुरासँग मिल्दैन। तिनीहरूले कुनै कार्य गर्दा विचार गर्ने पहिलो कुरा भनेको आफ्नो फाइदा हो; तिनीहरू परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू स्वीकार गर्दैनन्। मानिसहरूले तिनीहरू काम गर्दा आज्ञाकारी हुँदैनन्, सधैँ आफूलाई फाइदा दिने र अघि बढ्ने बाटो खोजिरहेका हुन्छन् भन्ने देख्छन्। मानिसहरूले देख्न सक्ने ख्रीष्टविरोधीहरूको छली र दुष्ट पक्ष यही हो। काम गर्दा, कहिलेकाहीँ ख्रीष्टविरोधीहरू कष्ट सहन र मूल्य चुकाउन सक्छन्, कहिलेकाहीँ निद्रा र खानपानसमेत त्याग्न सक्छन्, तर तिनीहरू हैसियत प्राप्त गर्न वा आफ्नो नाम राख्नका लागि मात्रै यसो गर्छन्। तिनीहरू आफ्ना महत्त्वाकाङ्क्षा र उद्देश्यहरूका खातिर कष्ट भोग्छन् तर परमेश्वरको घरले तिनीहरूका लागि प्रबन्ध गरेको महत्त्वपूर्ण काममा झारा टार्छन्, जुन काम तिनीहरू पटक्कै गर्दैनन्। त्यसोभए, के तिनीहरू आफूले गर्ने सबै कुरामा परमेश्वरका बन्दोबस्तहरूप्रति समर्पित हुन्छन्? के तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्छन्? यहाँ एउटा समस्या छ। अर्को प्रकारको व्यवहार पनि छ, त्यो के हो भने, जब दाजुभाइ-दिदीबहिनीहरूले फरक-फरक रायहरू अघि सार्छन्, तब ख्रीष्टविरोधीहरूले तिनलाई घुमाउरो पाराले इन्कार गर्नेछन्, कुरा बटार्छन्, मानिसहरूलाई ख्रीष्टविरोधीहरूले तिनीहरूसँग सङ्गति गरेका छन् र कुराहरू छलफल गरेका छन् भन्ने सोच्न लगाउँछन्—तर अन्त्यमा गएर, सबैले तिनीहरूले भनेअनुसार नै गर्नुपर्छ। तिनीहरू सधैँ अरूका सुझावहरूलाई खारिज गर्ने उपायहरू खोजिरहेका हुन्छन्, ताकि मानिसहरूले तिनीहरूका विचार पछ्याऊन् र तिनीहरूले भनेअनुसार गरून्। के यो सत्यता सिद्धान्तहरू खोजी गर्नु हो? अवश्य नै होइन। त्यसोभए, तिनीहरूको कामको सिद्धान्त के हो? त्यो सिद्धान्त सबैले तिनीहरूको कुरा सुन्नैपर्छ र तिनीहरूले भनेको पालना गर्नैपर्छ, तिनीहरूको बाहेक अरू कसैको कुरा सुन्नु असल हुँदैन, र तिनीहरूका विचारहरू सबैभन्दा राम्रा र उच्च छन् भन्ने हो। ख्रीष्टविरोधीहरूले सबैलाई तिनीहरूले भनेको कुरा सही छ, र तिनीहरू नै सत्यता हुन् भन्ने महसुस गराउँछन्। के यो दुष्टता होइन र? ख्रीष्टविरोधीहरूको दुष्टताको दोस्रो विशेषता यही हो। ख्रीष्टविरोधीहरूको दुष्टताको तेस्रो विशेषता के हो भने जब तिनीहरू आफ्नो गवाही दिन्छन्, तब तिनीहरू प्रायजसो आफ्नो योगदान, आफूले भोगेका कठिनाइहरू, र सबैका लागि आफूले गरेका फाइदाजनक कुराहरूबारे गवाही दिन्छन्, त्यो कुरा मानिसहरूको दिमागमा घुसाइदिन्छन्, ताकि ती मानिसहरूले आफू ख्रीष्टविरोधीहरूको ज्योतिको न्यानो तापिरहेको छु भन्ने कुरा सम्झून्। यदि कसैले ख्रीष्टविरोधीलाई तारिफ गऱ्यो वा धन्यवाद दियो भने, उसले “परमेश्वरलाई धन्यवाद। यो सबै परमेश्वरले गरेको काम हो। परमेश्वरको अनुग्रह हाम्रा लागि पर्याप्त छ,” जस्ता आत्मिक शब्दहरूसमेत भन्न सक्छ, ताकि सबैले ऊ निकै आत्मिक छ, र ऊ परमेश्वरको असल सेवक हो भन्ने देखून्। वास्तवमा, उसले आफूलाई उचालिरहेको र आफ्नो गवाही दिइरहेको हुन्छ, र उसको हृदयमा परमेश्वरका लागि पटक्कै ठाउँ हुँदैन। अरू सबैको विचारमा, ख्रीष्टविरोधीको हैसियतले परमेश्वरको हैसियतलाई धेरै हदसम्म नाघिसकेको छ। के यो ख्रीष्टविरोधीहरूले आफ्नै गवाही दिन्छन् भन्ने कुराको वास्तविक प्रमाण होइन र? ख्रीष्टविरोधीले शक्ति हातमा लिएका र नियन्त्रण गरेका मण्डलीहरूमा, मानिसहरूका हृदयमा तिनीहरूको सबैभन्दा उच्च हैसियत हुन्छ। परमेश्वर त दोस्रो वा तेस्रो स्थानमा मात्र आउन सक्नुहुन्छ। यदि परमेश्वरले ख्रीष्टविरोधीले शक्ति हातमा लिएका मण्डलीमा गएर केही कुरा भन्नुभयो भने, के उहाँको कुरा त्यहाँका मानिसहरूका दिमागमा घुस्छ? के तिनीहरूले त्यो हृदयदेखि स्वीकार गर्नेछन्? भन्न गाह्रो छ। ख्रीष्टविरोधीहरूले आफ्नो गवाही दिन कति धेरै प्रयास गर्छन् भन्ने कुरा प्रमाणित गर्न यो पर्याप्त हुन्छ। तिनीहरू परमेश्वरको गवाही पटक्कै दिँदैनन्, तर आफूले परमेश्वरको गवाही दिनका लागि पाएका सबै अवसर आफ्नै गवाही दिन प्रयोग गर्छन्। के ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने यो तरकिब कपटी छैन र? के यो अत्यन्तै दुष्ट छैन र? यहाँ सङ्गति गरिएका यी तीनवटा विशेषताका आधारमा, ख्रीष्टविरोधीहरूलाई चिन्न सजिलो हुन्छ।
ख्रीष्टविरोधीहरूको अर्को विशेषता पनि हुन्छ, र यो तिनीहरूको दुष्ट स्वभावको प्रमुख प्रकटीकरण पनि हो। परमेश्वरको घरले सत्यतामा जसरी सङ्गति गरे पनि, परमेश्वरका चुनिएका मानिसहरूले आफूलाई चिन्नेबारे जसरी सङ्गति गरे पनि, वा न्याय, सजाय, र काटछाँटलाई जसरी स्वीकार गरे पनि, ख्रीष्टविरोधीहरू त्यसलाई ध्यान दिँदैनन्। तिनीहरू अझै पनि ख्याति, प्राप्ति, र हैसियतको पछि लाग्छन्, अनि आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय र इच्छा कहिल्यै त्याग्दैनन्। ख्रीष्टविरोधीहरूका विचारमा, कुनै व्यक्तिले कर्तव्य पूरा गर्न, मूल्य चुकाउन, र केही कठिनाइ भोग्न सक्छ भने, उसलाई परमेश्वरले आशिष दिनुपर्छ। त्यसकारण, तिनीहरूले केही समय मण्डलीको काम गरिसकेपछि, मण्डलीका लागि आफूले गरेका कामहरू, परमेश्वरको घरका निम्ति आफूले दिएका योगदानहरू, र दाजुभाइ-दिदीबहिनीहरूका लागि आफूले गरेका कुराहरूबारे हिसाबकिताब गर्न थाल्छन्। तिनीहरू यो सब कुरा मनमा जकडेर राख्छन् र ती कार्यका लागि परमेश्वरबाट के-कस्ता अनुग्रह र आशिषहरू पाइन्छ भनेर हेर्न कुरेर बस्छन्, ताकि तिनीहरूले गरिरहेको काम सार्थक छ कि छैन भनेर निर्धारित गर्न सकून्। किन तिनीहरू यस्ता कुराहरूमा सधैँ लिप्त हुन्छन्? तिनीहरूले हृदयको गहिराइमा के कुरा खोजिरहेका हुन्छन्? परमेश्वरप्रति तिनीहरूको विश्वासको उद्देश्य के हो? सुरुदेखि नै, तिनीहरूले आशिषहरू प्राप्त गर्न परमेश्वरमा विश्वास गरेका छन्। अनि तिनीहरूले प्रवचनहरू सुनेका जति नै वर्ष भए पनि, वा परमेश्वरका जति नै वचनहरू खाए र पिए पनि, जति धेरै धर्मसिद्धान्तहरू बुझे पनि, आशिषहरू प्राप्त गर्ने आफ्नो इच्छा र अभिप्राय कहिल्यै त्याग्नेछैनन्। यदि तैँले तिनीहरूलाई सृष्टि गरिएको कर्तव्यनिष्ठ प्राणी बन्न अनि परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरू स्वीकार गर्न अनुरोध गरिस् भने, तिनीहरू भन्नेछन्, “त्यसको मसँग कुनै लिनुदिनु छैन, मैले प्रयत्न गर्नुपर्ने कुरा त्यो होइन। मैले प्रयत्न गर्नुपर्ने कुरा त यो हो, मैले लडाइँ लडिसकेपछि, मैले आवश्यक प्रयास गरिसकेपछि र आवश्यक कठिनाइ भोगिसकेपछि—मैले यो परमेश्वरका मापदण्डहरूअनुसार गरिसकेपछि—परमेश्वरले मलाई इनाम दिनुपर्छ र मलाई रहन दिनुपर्छ, अनि राज्यमा मुकुट दिनुपर्छ, र परमेश्वरका मानिसहरूको भन्दा उच्च पद दिनुपर्छ। कम्तीमा पनि म दुई-तीनवटा सहरको इन्चार्ज हुनुपर्छ।” ख्रीष्टविरोधीहरू सबैभन्दा बढी यही कुराको वास्ता गर्छन्। परमेश्वरको घरले सत्यताबारे जसरी सङ्गति गरे पनि, आशिषहरू प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छालाई हटाउन सकिँदैन; तिनीहरू पावलजस्तै हुन्। के त्यस्तो खुला लेनदेनले दुष्ट र क्रूर स्वभावलाई प्रश्रय दिँदैन र? धर्मका कतिपय मानिस भन्छन्, “हाम्रो पुस्ताले परमेश्वरलाई क्रूसको मार्गमा पछ्याउँछ। परमेश्वरले हामीलाई चुन्नुभएको छ, त्यसकारण हामी आशिषका हकदार भएका छौँ। हामीले कष्ट भोगेर मूल्य चुकाएका छौँ, र हामीले तितो कचौराबाट पिएका छौँ। हामीमध्ये कतिपयले पक्राउ परेर जेल सजाय पाएका छौँ। यो सब कठिनाइ भोगेपछि, यति धेरै प्रवचन सुनेपछि, अनि बाइबलबारे धेरै कुरा सिकेपछि, कुनै दिन हामीले आशिष् पाएनौँ भने, हामी तेस्रो स्वर्गमा गएर परमेश्वरसँग तर्क गर्नेछौँ।” के तिमीहरूले कहिल्यै यस्तो कुनै कुरा सुनेका छौ? तिनीहरू तेस्रो स्वर्गमा गएर परमेश्वरसँग तर्क गर्नेछौँ भनी भन्छन्—कस्तो साहस? के यो सुन्दा मात्रै पनि तिमीहरूलाई डर लाग्दैन र? कसले परमेश्वरसँग तर्क गर्न प्रयास गर्ने साहस गर्छ? खुसीको कुरा, तिनीहरूले विश्वास गर्ने येशू धेरै पहिले स्वर्ग उक्लिसक्नुभएको छ। यदि येशू अझै पनि पृथ्वीमा हुनुभएको भए, के तिनीहरूले उहाँलाई फेरि क्रूसमा टाँग्ने प्रयास गर्नेथिएनन् र? अवश्य नै, कतिपय मानिसले सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्दा यस्ता वचनहरूलाई शक्तिशाली र प्रभावशाली ठान्न सक्छन्, मानिसहरूमा यस्तो दृढता र सङ्कल्प हुनुपर्छ भन्ने सोच्न सक्छन्। तर अहिलेसम्म विश्वास गरिसकेपछि, तिमीहरू यी वचनहरूलाई कसरी हेर्छौ? के त्यस्ता मानिसहरू प्रधान स्वर्गदूत होइनन् र? के तिनीहरू शैतान होइनन् र? तँ कसैसँग पनि तर्क गर्न सक्छस् तर परमेश्वरसँग सक्दैनस्। तैँले त्यस्तो कुरा गर्नु हुँदैन, वा यसबारे सोच्नुसमेत हुँदैन। आशिष् परमेश्वरबाट आउँछ: उहाँ त्यो जसलाई चाहनुहुन्छ उसलाई दिनुहुन्छ। तैँले आशिष् प्राप्त गर्ने सर्तहरू पूरा गरे पनि र परमेश्वरले तँलाई त्यो प्रदान गर्नुभएन भने पनि, तैँले परमेश्वरसँग तर्क गर्नु हुँदैन। सम्पूर्ण ब्रह्माण्ड र सारा मानवजाति परमेश्वरको शासनका अधीनमा छन्; परमेश्वर निर्णय गर्नुहुन्छ। तँ तुच्छ मानव भएर पनि, कसरी परमेश्वरसँग तर्क गर्ने आँट गर्न सक्छस्? तँ कसरी आफ्नो क्षमतालाई यति बढी ठान्न सक्छस्? किन तँ आफू को हो भनेर हेर्न ऐना हेर्दैनस्? के तँ यसरी सृष्टिकर्ताविरुद्ध सोर मच्चाउने र लडाइँ गर्ने आँट गरेर, काल खोजिरहेको हुँदैनस् र? “कुनै दिन हामीले आशिष् पाएनौँ भने, हामी तेस्रो स्वर्गमा गएर परमेश्वरसँग तर्क गर्नेछौँ” भन्ने भनाइ परमेश्वरविरुद्ध खुल्लमखुल्ला सोर मच्चाउनु हो। तेस्रो स्वर्ग कस्तो स्थान हो? त्यो परमेश्वरको बासस्थान हो। परमेश्वरसँग तर्क गर्न तेस्रो स्वर्गमा जाने आँट गर्नु त परमेश्वरलाई “हटाउने” प्रयास गर्नुजस्तै हो! के कुरा यही होइन र? कतिपयले यस्तो सोध्न सक्छन्, “ख्रीष्टविरोधीहरूसँग यसको के सम्बन्ध छ?” तिनीहरूसँग यसको धेरै सम्बन्ध छ, किनभने परमेश्वरसँग तर्क गर्न तेस्रो स्वर्गमा जान चाहने सबै ख्रीष्टविरोधी हुन्। ख्रीष्टविरोधीहरूले मात्रै यस्ता कुराहरू भन्न सक्छन्। यस्ता शब्दहरू ख्रीष्टविरोधीहरूले आफ्नो हृदयभित्र पाल्ने आवाज हुन्। यो तिनीहरूको दुष्टता हो। ख्रीष्टविरोधीहरूले यी शब्दहरू खुल्लमखुल्ला नभने पनि, वास्तवमा यी कुराहरू आफ्नो हृदयमा पालेका हुन्छन्, तिनीहरू ती प्रकट गर्ने आँट मात्रै गर्दैनन्, तर तीबारे कसैलाई थाहा पनि दिँदैनन्। तैपनि, तिनीहरूको हृदयभित्रका इच्छा र महत्त्वाकाङ्क्षाहरू निभाउन नसकिने आगोजस्तै जल्छन्। किन यस्तो हुन्छ? किनभने ख्रीष्टविरोधीहरू सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरू परमेश्वरको निष्पक्षता र धार्मिकता, उहाँको न्याय र सजायलाई प्रेम गर्दैनन्, अनि अवश्य नै सबै थोकमाथि रहेको परमेश्वरको सर्वशक्तिमानता, बुद्धि, र उहाँको सार्वभौमिकतालाई प्रेम गर्दैनन्। तिनीहरू यीमध्ये कुनै पनि कुरालाई प्रेम गर्दैनन्—तिनीहरू ती कुरालाई घृणा गर्छन्। त्यसोभए, तिनीहरू केलाई प्रेम गर्छन्? तिनीहरू हैसियतलाई प्रेम गर्छन् र इनामलाई वास्ता गर्छन्। तिनीहरू भन्छन्, “मसँग वरदान, प्रतिभा, र क्षमताहरू छन्। मैले मण्डलीका लागि मेहनत गरेको छु, त्यसकारण परमेश्वरले मलाई ऋण तिर्नैपर्छ र इनाम दिनैपर्छ!” के तिनीहरू समस्यामा छैनन् र? के यो काल खोज्नु होइन र? के यो परमेश्वरलाई सिधै चुनौती दिनु होइन र? के यो सृष्टिकर्तालाई चुनौती दिनु होइन र? परमेश्वर अर्थात् सृष्टिकर्तातिर सिधै आफ्नो भाला सोझ्याउने आँट गर्नु—यो त प्रधान स्वर्गदूत, शैतानले मात्रै गर्न सक्ने कुरा हो। यदि साँच्चै नै त्यस्ता दृष्टिकोण भएका, त्यस्ता कार्यहरू गर्न सक्ने मानिसहरू छन् भने, तिनीहरू ख्रीष्टविरोधी हुन् भन्ने कुरामा कुनै शङ्का छैन। पृथ्वीमा, ख्रीष्टविरोधीहरूले मात्रै खुल्लमखुल्ला परमेश्वरको प्रतिरोध गर्ने र यसरी आलोचना गर्ने आँट गर्छन्। कतिपयले यसो भन्न सक्छन्, “हामीले देखेका ख्रीष्टविरोधीहरू यति दुस्साहसी वा निर्लज्ज थिएनन्।” यसलाई ख्रीष्टविरोधीहरू रहेको प्रसङ्ग र वातावरणअनुसार हेर्नुपर्छ। तिनीहरूले पूर्ण शक्ति प्राप्त गरेका र आफूलाई स्थापित गरेका छैनन् भने कसरी आफ्नो वास्तविक रूप देखाउने आँट गर्न सक्छन्? ख्रीष्टविरोधीहरू आफ्नो समय पर्खिन जान्दछन्, उचित क्षण नआइन्जेल प्रतीक्षा गर्छन्। जब तिनीहरू शक्तिमा आउँछन् र आफूलाई स्थापित गर्छन्, तब तिनीहरूको वास्तविक रूप खुलासा हुनेछ। कतिपय ख्रीष्टविरोधीहरूले हैसियत नभएको बेला आफ्नो साँचो रूप राम्ररी लुकाउने भए पनि, र तिनीहरूमा बाहिर कुनै समस्या देखिन नसक्ने भए पनि, तिनीहरूले हैसियत प्राप्त गर्नेबित्तिकै र आफूलाई स्थापित गर्नेबित्तिकै, तिनीहरूको दुष्टता र कुरूपता पूर्ण रूपमा उदाङ्गो हुन्छ। त्यो त सत्यता वास्तविकता नभएका निश्चित मानिसहरूको अवस्थाजस्तै हो। तिनीहरू आफूमा कुनै हैसियत नहुँदा, मन नलागी-नलागी मात्र काटछाँटलाई स्वीकार गर्न सक्छन्, र हृदयमा विद्रोही हुँदैनन्। तैपनि, यदि तिनीहरू अगुवा वा कामदार बने र तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूबीच केही प्रतिष्ठा प्राप्त गरे भने, तिनीहरूलाई काटछाँट गर्दा, तिनीहरूले आफ्नो साँचो रूप खुलासा गर्ने, र परमेश्वरसँग तर्क गर्ने र उहाँविरुद्ध सोर मच्चाउने धेरै सम्भावना हुन्छ। यो त कतिपय मानिसले सामान्य परिस्थितिहरूमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु र कुनै गुनासो नगर्नुजस्तै हो, तर क्यान्सर लाग्यो र छिटै मृत्यु हुने अवस्थामा भने, तिनीहरूले आफ्नो साँचो रूप खुलासा गर्ने धेरै सम्भावना हुन्छ। तिनीहरूले परमेश्वरबारे गुनासो गर्न, उहाँसँग तर्क गर्न, र उहाँविरुद्ध सोर मच्चाउन थाल्नेछन्। ख्रीष्टविरोधीहरू अर्थात् मानिसहरूको यो समूह सत्यताप्रति वितृष्ण छन् र सत्यतालाई घृणा गर्छन्, अनि कहिल्यै सत्यता अभ्यास गर्दैनन्। त्यसोभए, खुलासा र प्रकट भएपछि पनि, किन तिनीहरू मण्डलीमा श्रम गर्न, र सबैभन्दा सानो अनुयायी हुनसमेत इच्छुक हुन्छन्? कुरा के हो? तिनीहरूको उद्देश्य यस्तो हुन्छ: तिनीहरूले आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय कहिल्यै त्यागेका हुँदैनन्। तिनीहरूको मानसिकता यस्तो हुन्छ, “म यो अन्तिम सहारालाई पक्रिराख्छु। यदि मैले आशिष् प्राप्त गर्न सकिनँ भने, म परमेश्वरलाई कहिल्यै त्यतिकै छोड्नेछैनँ। यदि मैले आशिष् प्राप्त गर्न सकिनँ भने, परमेश्वर हुनुहुन्न!” यो कस्तो स्वभाव हो? परमेश्वरलाई निर्लज्ज रूपमा इन्कार गर्ने र उहाँविरुद्ध सोर मच्चाउने आँट गर्नु—यो दुष्टता हो। तिनीहरू आफूसँग आशिष् प्राप्त गर्ने झिनो आशा पनि छ भने, परमेश्वरको घरमा बस्नेछन् र ती आशिष्हरूको प्रतीक्षा गर्नेछन्। यसलाई कसरी अवलोकन गर्न सकिन्छ? तिनीहरू सधैँ असल भएको ढोँग गर्ने फरिसीहरूजस्तै हुन्—के यसको पछाडि रहेको अभिप्राय र उद्देश्य स्पष्ट छैन र? तिनीहरूको बाहिरी व्यवहार जति नै राम्रो देखिए पनि, तिनीहरूले बाहिरी रूपमा जति नै कष्ट भोगे पनि, तिनीहरू कहिल्यै सत्यता अभ्यास गर्दैनन्, काम गर्दा सत्यता खोजी गर्दैनन्, वा परमेश्वरलाई प्रार्थना गर्दैनन् र उहाँका अभिप्रायहरू खोज्दैनन्। तिनीहरू परमेश्वरलाई मन पर्ने कुराहरू कहिल्यै गर्दैनन्। बरु, तिनीहरू आफूले गर्न चाहेको र मन पर्ने कुरा गर्छन्, आशिष् पाउने आफ्नो महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्न मात्रै लागिपर्छन्। के यसले तिनीहरूलाई समस्यामा पार्नेछैन र? के यसले ख्रीष्टविरोधीहरूको सार खुलासा गर्दैन र? ख्रीष्टविरोधीहरूले प्रेम गर्ने र पछ्याउने कुराले तिनीहरूको शैतानी स्वभावलाई नै प्रतिनिधित्व गर्छ। तिनीहरू आफूले प्रेम गर्ने र खोजी गर्ने कुरालाई परमेश्वरलाई खुसी पार्ने सकारात्मक कुराका रूपमा लिन्छन्, र उहाँलाई ती स्वीकार गर्न र आशिष् दिन लगाउने प्रयास गर्छन्। के यो सत्यता सिद्धान्तहरूअनुरूप छ? के यो परमेश्वरको विरोध गर्नु र आफूलाई उहाँविरुद्ध खडा गर्नु होइन र? ख्रीष्टविरोधीहरू हरेक मोडमा परमेश्वरसँग सौदा गर्ने प्रयास गर्छन्। तिनीहरू परमेश्वरबाट इनाम र मुकुट माग्न, राम्रो गन्तव्यका लागि लेनदेन गर्न आफ्नो कष्ट र मूल्य चुकाइलाई प्रयोग गर्छन्। तर के तिनीहरूले गलत हिसाब गरेका हुँदैनन् र? यसरी परमेश्वरको प्रतिरोध गरेर, कसरी तिनीहरू परमेश्वरको दण्डबाट बच्न सक्छन्? तिनीहरूले आफ्नो पापका लागि पाउनुपर्ने कुरा यही हो। यो दण्ड हो।
एकपटक एक जना ख्रीष्टविरोधी थियो, जसलाई नाच्न-गाउन अलि आउँथ्यो, र त्यो बेला उसलाई गायन समूहका दाजुभाइ-दिदीबहिनीहरूलाई त्यो सिप सिकाउन खटाइयो। ती दाजुभाइ-दिदीबहिनीहरू जवान थिए, र तिनीहरूमध्ये धेरैजसोले परमेश्वरमा विश्वास गरेको धेरै भएको थिएन; तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न उत्सुक र इच्छुक थिए, त्यति मात्र हो, तर तिनीहरूले सत्यता बुझेका थिएनन्, र तिनीहरूमध्ये कतिले जगसमेत बसालेका थिएनन्। त्यस ख्रीष्टविरोधीले काम गर्दा, तिनीहरूलाई पवित्र आत्माको काम अनुभव गर्न डोऱ्याउँथ्यो, परमेश्वरको उपस्थिति र उहाँको अनुपस्थितिको अनुभूतिबीचको भिन्नता अनुभव गराउँथ्यो—ऊ सधैँ तिनीहरूलाई आफ्ना अनुभूतिहरूमा भर पर्न लगाउँथ्यो। उसले सत्यता बुझेको थिएन, न त ऊसँग कुनै वास्तविक अनुभव नै थियो, तर उसले आफ्ना धारणा र कल्पनाका आधारमा यसरी दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाएको र भ्रममा पारेको थियो। माथिलाई ऊसँग सत्यता वास्तविकता छैन भन्ने कुरा थाहा थियो, र माथिले उसलाई त्यो सिप सिकाउन र त्यसको व्याख्या गर्न मात्रै अनुरोध गऱ्यो। उसले आफ्नो कर्तव्यको यो पक्ष पूरा गर्नुलाई मानकअनुरूपको काम र उसको जिम्मेवारी पूरा भएको ठानिसकेको थियो। तर ऊ अझै “सत्यताबारे सङ्गति” गर्न, अनि मानिसहरूलाई आफ्ना अनुभूतिहरू बुझ्न र आफ्ना अनुभूतिहरूमा भर पर्न लगाउन चाहन्थ्यो। यस्तो काम गरेर, के उसले मानिसहरूलाई सजिलै दुष्ट आत्माको कामको अलौकिक अनुभूति गराउनेथिएन र? यो अत्यन्तै खतरनाक कुरा हो! दुष्ट आत्माले यस्तो अवसर छोपेर कुनै व्यक्तिमा पसेपछि, त्यो व्यक्ति बरबाद हुन्छ। तालिम अवधिमा, उसले यी मानिसहरूलाई प्रार्थना गर्न लगाउँथ्यो, र प्रार्थना गरेपछि, पवित्र आत्माले कसरी काम गरिरहनुभएको छ, र तिनीहरूलाई पसिना आइरहेको छ कि, तिनीहरू रोइरहेका छन् कि, वा तिनीहरूका शरीरमा अरू कुनै अनुभूतिहरू छन् कि भनेर हेर्न लगाउँथ्यो। ऊ यी कुराहरूलाई जोड दिन्थ्यो, तर वास्तवमा, यी कुराहरूलाई पहिले नै स्पष्ट रूपमा व्याख्या गरिसकिएको थियो। सत्यताहरू धेरै छन्, तर उसले तीबारे सङ्गति गरेन, न त ती मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन नै अगुवाइ गऱ्यो, र उसले आफ्नो उचित काम पूरा गर्न सकेन। उसले दाजुभाइ-दिदीबहिनीहरूलाई नृत्य कोरियोग्राफ गर्न दिँदैनथ्यो, बरु सबैलाई धित मर्ने गरी मञ्चमा नाच्न, त्यतिकै प्रस्तुत गर्न दिन्थ्यो, र यसोसमेत भन्थ्यो, “ठिक छ, परमेश्वरले हामीलाई अगुवाइ गरिरहनुभएको छ, त्यसकारण हामी डराउनु पर्दैन, पवित्र आत्माले काम गरिरहनुभएको छ!” यस ख्रीष्टविरोधीले सत्यता बुझेको थिएन, त्यसकारण ऊ सधैँ मूर्ख कामकुरा गर्थ्यो। दाजुभाइ-दिदीबहिनीहरूमा कुनै खुट्ट्याउने क्षमता थिएन, त्यसकारण तिनीहरूले उसको कुरा सुने र यसो भन्दै प्रार्थना गर्न थाले, “हे परमेश्वर, काम गर्नुहोस्, हे परमेश्वर, बिन्ती छ काम गर्नुहोस्…।” तिनीहरू “पूर्ण हृदयले” प्रार्थना गर्न सक्दो प्रयास गर्थे, र प्रार्थना गरेपछि रुनेसमेत गर्थे, त्यसपछि तिनीहरू मञ्चमा गएर तयारीविना नै नृत्य गर्थे। मञ्चको तलतिरबाट हेर्ने मानिसहरूलाई वातावरण एकदम राम्रो छ र पवित्र आत्माले शक्तिशाली काम गरिरहनुभएको छ भन्ने लाग्थ्यो! अरू नाचेको देख्दा तिनीहरू रुन्थे, मानौँ तिनीहरूलाई पवित्र आत्माको काम अनुभूति भएको छ। अन्त्यमा, यी मानिसहरूले यी सबै कुरा रेकर्ड गरे र मलाई देखाउन फोटोहरू खिचे। तस्विरमा कतिपय मानिस आँखा बन्द गरेर रोइरहेका थिए, र मध्य जाडो याममा पनि तिनीहरूको अनुहार गर्मीले रातो भएको थियो। मैले समस्याहरू पैदा भइरहेका थिए, र उसले यी मानिसहरूलाई बरबाद पार्न लागेको थियो भन्ने देखेँ। उसलाई सिप सिकाउन मात्रै लगाइएको थियो, र उसले कुनै सत्यता बुझेको थिएन। उसले पवित्र आत्माको कामको अनुभूति पाउने चाहनामा आफ्नो कल्पनाका आधारमा अन्धाधुन्ध काम गरेको थियो। के पवित्र आत्माको काम अनुभूति गर्ने कुरा हो? तैँले सत्यता बुझ्नुपर्छ—त्यो वास्तविक कुरा हो। अनुभूतिहरू केवल खोक्रा र व्यर्थ हुन्छन्। के तँ आफ्ना अनुभूतिहरूका आधारमा परमेश्वरको सत्यता र अभिप्राय बुझ्न सक्छस्? कदापि सक्दैनस्। तैँले अनुभूति खोजी गर्नु पर्दैन, तैँले परमेश्वरको वचनअनुसार सिद्धान्त र परमेश्वरका अभिप्रायहरू मात्र खोजी गर्नुपर्छ, त्यसपछि ती कुरालाई आफ्नो जीवनमा आइपर्ने कुराहरूसँग तुलना गर्नुपर्छ—यो एकदमै व्यावहारिक कुरा हो, र तैँले बिस्तारै सत्यता बुझ्नेछस्। जब तँ परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्छस्, तब पवित्र आत्माले स्वाभाविक रूपमा नै काम गर्न थाल्नुहुनेछ। पवित्र आत्माले काम नगरे पनि, तैँले परमेश्वरका वचनहरूअनुसार अभ्यास गरेको हुनाले, परमेश्वरले तँलाई उहाँको अनुयायीका रूपमा चिन्नुहुनेछ—यो अत्यन्तै व्यावहारिक कुरा हो, यो नै सबैभन्दा साँचो कुरा हो। त्यस ख्रीष्टविरोधीले यसरी सङ्गति गर्दैनथ्यो, तर ती मानिसहरूलाई निरन्तर अनुभूतिहरू खोज्न, चिन्ह र अचम्मका कुरा, र सपनाहरू खोज्न प्रोत्साहित गर्थ्यो। ऊ आत्मिक बुझाइ नभएको एक कच्चा व्यक्ति थियो, र जसले मूर्ख र नादान छोराछोरीको समूहलाई हास्यास्पद कुराहरू गर्न डोऱ्याइरहेको थियो। तस्विरका मानिसहरू रोइरहेका र बिलौना गरिरहेका थिए। त्यसले केलाई प्रतिनिधित्व गर्छ? त्यसले कुनै कुरालाई पनि प्रतिनिधित्व गर्दैन, तर त्यसमा उसले गरिरहेको कुराको प्रकृति व्याख्या गर्ने केही कुरा छ। यस ख्रीष्टविरोधीले यी सबै कुराका फोटो खिच्यो र तिनलाई “परमेश्वरको कामका विवरणहरू” भनेर नाम दियो। यी “विवरणहरू” के थिए? ती मानिसहरूले सत्यता बुझेका थिएनन्, तिनीहरूले पवित्र आत्माको कामको अनुभूति खोजी गरे र तयारीविना नै नाचे, र तिनीहरूको नचाइ हरेकपटक फरक देखिन्थ्यो, किनभने हरेकपटकको अनुभूति फरक हुन्थ्यो, र परमेश्वरको “अगुवाइ” फरक हुन्थ्यो—“विवरणहरू” तिनै थिए। ती “विवरणहरू” मा अरू के समावेश थिए? त्यस ख्रीष्टविरोधीले ती पवित्र आत्माको कामका परिणाम हुन् भनेर पनि भन्थ्यो। उसले यसो भन्दा, दाजुभाइ-दिदीबहिनीहरू उत्साहित हुन्थे, मानौँ तिनीहरूको विश्वास र कद अचानक धेरै बढेको छ। उसले किन “विवरणहरू” भनेर भन्यो? “विवरणहरू” भन्ने शब्द कहाँबाट आयो? मैले एकपटक परमेश्वरको कामका विवरणहरू उल्लेख गरेको थिएँ। यी “विवरणहरूले” केलाई जनाउँछन्? ती मानिसहरूले देख्न र बुझ्न सक्ने परमेश्वरले मानिसहरूमा गरेका कामका परिणाम हुन्, र ती अलौकिक हुँदैनन्, न त ती अस्पष्ट नै हुन्छन्। ती तैँले अनुभव गर्न सक्ने कुरा हुन्। ती तब हुन्छ जब परमेश्वरले तँमा धेरै काम गर्नुभएको, तँलाई धेरै वचन सुनाउनुभएको, आफ्नो रगत-पसिना बगाउनुभएको, र यसरी तेरो अस्तित्वको शैली, कामकुरालाई हेर्ने तेरो दृष्टिकोण, काम गर्दा तैँले राख्ने मनोवृत्ति, परमेश्वरप्रतिको तेरो मनोवृत्ति, साथै तेरा अरू पक्षहरूलाई परिवर्तन गर्नुभएको हुन्छ। अर्थात्, ती परमेश्वरको कामका उपलब्धि र फल हुन्—विवरणको अर्थ यही हो। त्यस ख्रीष्टविरोधीले पनि आफूले गरेका यी कुराहरूलाई “विवरणहरू” भनेर भनेको थियो। अहिलेका लागि यी कुराहरूको प्रकृतिलाई पन्छाएर हेर्दा, तिमीहरू यस वाक्यांशलाई विश्लेषण गरेर मात्रै के देख्न सक्छौ? परमेश्वर मानिसहरूमा काम गर्नुहुन्छ, र उहाँले मानिसहरूमा गर्ने कामका विवरणहरू मानिसहरूले देख्नेछन् भनेर भन्नुभएको छ, तर यस ख्रीष्टविरोधीले सबैलाई भाँडभैलो मच्चाउन लगाइरहेको थियो, र सबै कुरा लथालिङ्ग पारिरहेको थियो, तैपनि उसले यी कुराहरूलाई “विवरणहरू” भनेर पनि भनेको थियो—उसले के गर्ने प्रयास गरिरहेको थियो? (ऊ परमेश्वरसँग बराबर हुन चाहन्थ्यो।) ठिक भनिस्। उसलाई “विवरणहरू” भन्ने शब्द प्रयोग गर्ने विचार कहाँबाट आयो? त्यो परमेश्वरसँग बराबर हुने र परमेश्वरलाई अनुकरण गर्ने उसको इच्छाबाट आएको थियो। उसले यो शब्द प्रयोग गरेर, यसो भनिरहेको थियो, “परमेश्वर विस्तृत रूपमा काम गर्नुहुन्छ, र मैले मानिसहरूको यस समूहलाई नेतृत्व गर्न गरिरहेको कुरा पनि विस्तृत रूपमा नै छ।” “विवरणहरू” को कारक वाक्यांश “परमेश्वरको काम” हो, तर वास्तवमा, उसले आफ्ना हृदयमा पवित्र आत्माको कामका विवरणहरूका परिणामको श्रेय आफूलाई नै दिइरहेको थियो, जुन ख्रीष्टविरोधीहरूले गर्ने कुरा हो। जब-जब चर्चामा आउने मौका हुन्छ, जब-जब मौकाको झलक देखिन्छ, तब-तब तिनीहरू त्यो त्याग्दैनन्; तिनीहरू मानिसहरूका लागि परमेश्वरसँग होड गर्छन्। तिनीहरूले कस्तो प्रकारका मानिसहरूका लागि होड गर्छन्? तिनीहरूमध्ये कतिले सत्यता बुझ्दैनन्, तिनीहरू सत्यता सिद्धान्तहरूअनुसार मानिसहरूलाई चिन्न सक्दैनन्, र तिनीहरू मूर्ख र अज्ञानी हुन्छन्; तिनीहरूमध्ये कतिले सत्यता पछ्याउँदैनन्, र तिनीहरूलाई भीड पछ्याउन र बाहिरी रूपमा अन्धाधुन्ध काम गर्न मन पर्छ; अनि कतिपय नयाँ विश्वासी पनि छन् र तिनीहरूको जग सतही हुन्छ—तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको अर्थ अझै बुझिसकेका हुँदैनन्, र तिनीहरूलाई ख्रीष्टविरोधीहरूले बहकाउँछन्। यस व्यवहारलाई पछि ठिक समयमा रोकियो। यसलाई रोक्नु एकदमै असाधारण कुरा होइन, तर यसको अर्थ ख्रीष्टविरोधीले गरेका मूर्ख कुराहरू एकाएक खुलासा भए। सबैले सङ्गति गरेर सोचेपछि, तिनीहरूले यसो भने, “यो ख्रीष्टविरोधी आउनुभन्दा पहिले, हामीले कहिलेकाहीँ गीत गाउने व्यावसायिक र प्राविधिक पक्षबारे थाहा पाउन नसके पनि, जब हामी गीत गाउँथ्यौँ, तब हामीलाई त्यो हृदयमा लिन सकेको, र हरेक शब्द हृदयबाट गाउन सक्छौँ भन्ने लाग्थ्यो। उसले आएर केही व्यावसायिक सिद्धान्तबारे बताएपछि, हामी सबैमा उत्प्रेरणा मऱ्यो र हामीलाई तबउसो गाउन मन लागेन, किनभने हामी परमेश्वरले बोलिरहेका हरेक शब्दमा स्वाद पाउन सक्दैनथ्यौँ—हामीले परमेश्वरलाई महसुस गर्न सकेनौँ।” के यी मानिसहरू समस्यामा थिएनन् र? ख्रीष्टविरोधीहरूले काम गर्न अघि सर्नेबित्तिकै ल्याउने परिणामहरू के हुन् भने मानिसहरूले परमेश्वर कहाँ हुनुहुन्छ भन्ने महसुस गर्न सक्दैनन्, र उचित रूपमा कसरी काम गर्ने भन्ने जान्दैनन्। तिनीहरू कुइरोमा हराएको कागझैँ हुन्छन्। के मानिसहरूले परमेश्वरलाई महसुस गर्न नसकेपछि, आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्छन्? के तिनीहरूले अझै पनि परमेश्वरको गवाही दिन बफादारीपूर्वक काम गर्न सक्छन्? शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याएपछि, तिनीहरूले निश्चित चरित्र विकास गरे, जुन भीडलाई पछ्याउन मन पराउनु हो। तिनीहरू झिँगोजस्तै हुन्छन्: स्पष्ट उद्देश्य हुनु पर्दैन, अगुवा छ भने भइहाल्यो, अरू मानिसहरू मूर्ख बन्दै तिनीहरूसँग अन्धाधुन्ध आबद्ध हुनेछन्, किनभने त्यस्तो अवस्था अझै जीवन्त हुन्छ, र तिनीहरूले त्यस्तो व्यवहार गर्दा आफूलाई काबुमा राख्नु पर्दैन, तिनीहरूको कार्यको कुनै न्यूनतम मापदण्ड हुँदैन, र कसैले पनि सिद्धान्तअनुसार काम गर्दैन। तिनीहरूले प्रार्थना वा खोजी गर्नु पर्दैन, तिनीहरू भक्त वा शान्त हुनु पर्दैन; तिनीहरूमा ज्यान र सास छ भने भइहाल्यो, तिनीहरू त्यसरी व्यवहार गर्न सक्छन्। के यो लगभग पशुजस्तै भएन र? भ्रष्ट मानिसहरूमा यो चरित्र हुने भएकाले, तिनीहरू सजिलै बहकाउमा पर्छन्, तर यदि तैँले सत्यता बुझिस् र यी कुराहरू चिन्न सकिस् भने, तँ त्यति सजिलै बहकाउमा पर्नेछैनस्। यो ख्रीष्टविरोधी खुलासा भएपछि, सबैले उसले भनेका भ्रामक कुराहरू, र त्यसरी व्यवहार गर्न प्रयोग गरेका युक्तिहरू विश्लेषण गरे, र तिनलाई परमेश्वरका वचनहरूसँग तुलना गरे। तिनीहरूलाई यो मान्छे मानिसहरूलाई बहकाउनमा निकै सिपालु रहेछ, उसले सबै कुरा भताभुङ्ग पारेको रहेछ, र उसले तिनीहरूलाई गर्न लगाएको कुरा निकै प्रभावकारी देखिए पनि, र तिनीहरूले पवित्र आत्माको शक्तिशाली काम अनुभूति गरिरहेको जस्तो देखिए पनि, वास्तवमा, तिनीहरूले परमेश्वरलाई पटक्कै अनुभूति गर्न सकेका थिएनन् भन्ने महसुस भयो। झट्ट हेर्दा, यो त सबैमा ठूलो जोस भएको जस्तो, अनि तिनीहरूको विश्वास र कद अचानक बढेको जस्तो देखिन्थ्यो; तर वास्तवमा, यो त भ्रम, दुष्ट आत्माको काम थियो। यी अलौकिक परिस्थितिहरू देखा परे, त्यसकारण पवित्र आत्माले काम गर्नुभएन। यसपछि केही समयसम्म, सबैले सत्यतामा सङ्गति गरेर, त्यस ख्रीष्टविरोधीलाई चिन्न सके, र तिनीहरूको स्थिति अलिअलि गर्दै सामान्य अवस्थामा फर्केर आयो। यी मानिसहरूलाई त्यस ख्रीष्टविरोधीले बहकाएको थियो, र तिनीहरू मबाट टाढा भएका थिए। म बोल्दा, यी मानिसहरू मलाई अपरिचित व्यक्तिलाई जस्तो हेर्थे, तिनीहरू मेरा प्रश्नहरूको उत्तर दिन चाहँदैनथे, र हामी तुरुन्तै आपसमा अपरिचितजस्तै बन्यौँ। तिनीहरू कुनै कुरा पालना गर्नुभन्दा पहिले ख्रीष्टविरोधीले बोलोस् भनेर प्रतीक्षा गर्थे; तिनीहरू ख्रीष्टविरोधीले जे भने पनि सुन्थे, र उसले जे भने पनि त्यसले तिनीहरूको प्रतिनिधित्व गर्थ्यो। त्यसकारण, यी मानिसहरूलाई कुनै कुरामा बोल्ने अधिकार थिएन, तर तिनीहरू केही नबोल्न इच्छुक थिए; तिनीहरू उसले बोलोस् भनेर प्रतीक्षा गर्थे र उसको नियन्त्रणमा थिए। दुष्ट आत्मा र ख्रीष्टविरोधीहरू मानिसहरूलाई बहकाउन यस्ता कुराहरू गर्छन्।
कतिपय दुष्ट कुरालाई स्पष्ट रूपले शब्दहरूमा व्यक्त गर्न र चिरफार गर्न सकिन्छ, तर अरूमा भने दुष्ट आत्माहरूले काम गरिरहेका छन् भनेर मात्रै भन्न सकिन्छ, र तिनलाई स्पष्ट रूपले शब्दहरूमा व्यक्त गर्न सकिँदैन, तिनलाई तेरा भावना वा तैँले बुझेका सत्यता र तेरा अनुभवहरूका आधारमा मात्रै छुट्ट्याउन सकिन्छ। यस ख्रीष्टविरोधीलाई तुरुन्तै पहिचान गरेर तह लगाइयो, र मण्डली जीवन सामान्य अवस्थामा फर्क्यो। त्यसपछि, यस घटनाबारे सङ्गति गर्दा सबैलाई डर भइरह्यो। तिनीहरूले भने, “त्यो निकै खतरनाक कुरा थियो! त्यस ख्रीष्टविरोधीका ‘विवरणहरू’ ले हामीलाई यति धेरै हानि गरेका थिए कि उसले हामीलाई लगभग बरबाद नै गरेको थियो।” त्यसकारण, तिमीहरूले ख्रीष्टविरोधीहरूलाई चिन्न सिक्नुपर्छ। यदि तैँले ख्रीष्टविरोधीहरू चिन्नुलाई कहिल्यै गम्भीर रूपमा लिइनस् भने, तँ खतरामा पर्नेछस्, र तँलाई कहिले वा कुन अवसरमा तिनीहरूले बहकाउँमा पार्छन् कसलाई के थाहा। तैँले के भइरहेको छ भन्ने थाहै नपाई भ्रमित भएर ख्रीष्टविरोधीलाई पछ्याइरहेको समेत हुन सक्छस्। त्यो बेला तँलाई यसमा केही गलत छैन भन्ने लाग्नेछ, र तँलाई यस ख्रीष्टविरोधीले भनेको कुरा सही हो भन्नेसमेत लाग्नेछ—यसरी तँ थाहै नपाई बहकाउमा परेको हुनेछस्। तँ बहकाइएको छस् भन्ने तथ्यले तैँले परमेश्वरलाई धोका दिएको छस् भन्ने देखाउँछ, त्यसपछि परमेश्वरले तँलाई मुक्ति दिन सक्नुहुनेछैन। कतिपय मानिस सामान्यतया राम्ररी काम गर्छन्, तर केही समयका लागि तिनीहरू ख्रीष्टविरोधीहरूको छलमा पर्छन्, र मण्डलीले तिनीहरूलाई अन्त्यमा सम्झाई-बुझाई र सङ्गतिद्वारा फर्काउँछ। तैपनि, कति मानिसहरूलाई सत्यतामा जसरी सङ्गति दिए पनि तिनीहरू फर्केर आउँदैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूसँगै लाग्न एकदमै अड्डी कस्छन्—के तिनीहरू पूर्ण रूपमा बरबाद हुँदैनन् र? तिनीहरू दृढतासाथ फर्कन इन्कार गर्छन्, र त्यहाँदेखि परमेश्वर तिनीहरूमा काम गर्नुहुन्न। कतिपय मानिसमा समझको कमी हुन्छ, र यस्तो व्यक्तिप्रति तिनीहरूलाई दया लाग्छ, र तिनीहरू भन्छन्, “त्यो व्यक्ति निकै असल हो: उनले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भयो, र सबै कुरा त्यागे र आफूलाई समर्पित गरे; उनी आफ्नो कर्तव्य निकै बफादारीसाथ निर्वाह गर्थे, परमेश्वरमाथिको उनको विश्वास ठूलो थियो, र उनी साँचो विश्वासी थिए—के हामीले उनलाई अर्को मौका दिनु पर्दैन र?” के यो दृष्टिकोण सही छ? के यो सत्यताअनुरूप छ? मानिसहरूले अर्को व्यक्तिको बाहिरी रूप मात्रै देख्न सक्छन्, तर उनीहरूको हृदय देख्न सक्दैनन्; तिनीहरूले वास्तवमा उनीहरू कस्ता व्यक्ति हुन्, वा उनीहरूमा कस्तो सार छ भनेर स्पष्ट रूपमा देख्न सक्दैनन्। उनीहरूको वास्तविकता देख्नका लागि केही समय उनीहरूका सम्पर्कमा रहनैपर्छ वा उनीहरूलाई अवलोकन गर्नैपर्छ, र त्यस व्यक्तिले तिनीहरूलाई प्रकट गर्ने घटनाहरूको सामना गर्नैपर्छ। त्यसबाहेक, यदि तैँले आफ्नो हृदयको भलापनको कारण यी मानिसहरूलाई सहयोग गर्ने प्रयास गरिस्, तर उनीहरूसँग जति नै सङ्गति गरे पनि उनीहरू फर्केर आउँदैनन् भने, यसको पछाडि के कारण छ भन्ने तँलाई थाहा हुनेछैन। वास्तवमा, परमेश्वरले यी मानिसहरूको भित्री कुरा बुझिसक्नुभएको छ र हटाउनुभएको छ। किन परमेश्वरले उनीहरूलाई हटाउनुभयो? सबैभन्दा सिधा कारण के हो भने कतिपय ख्रीष्टविरोधी स्पष्ट रूपमा नै दुष्ट आत्मा हुन्छन्, र तिनीहरूलाई दुष्ट आत्माहरूले काम गर्ने ख्रीष्टविरोधीहरू भनेर चित्रण गर्न सकिन्छ। यदि मानिसहरूले तिनीहरूलाई केही समयसम्म पछ्याए भने, उनीहरूको हृदय अन्धकारमा पर्नेछ, र उनीहरू यति कमजोर हुनेछन् कि ढल्नेछन्, जुन कुराले परमेश्वरले तिनीहरूलाई धेरै पहिले नै त्याग्नुभएको छ भन्ने कुरा प्रमाणित गर्छ। परमेश्वरमा धर्मी स्वभाव छ, र उहाँ शैतानलाई घृणा गर्नुहुन्छ। यी मानिसहरूले शैतान र दुष्ट आत्माहरूलाई पछ्याउने हुनाले, के परमेश्वरले अझै पनि तिनीहरूलाई आफ्ना अनुयायीका रूपमा चिन्न सक्नुहुन्छ? परमेश्वर पवित्र हुनुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। उहाँ दुष्ट आत्माहरू पछ्याउनेहरूलाई चाहनुहुन्न; अरूले तिनीहरूलाई असल मानिस ठाने पनि, उहाँ तिनीहरूलाई चाहनुहुन्न। परमेश्वर दुष्टतालाई घृणा गर्नुहुन्छ भन्नुको अर्थ के हो? “दुष्टतालाई घृणा गर्नु” ले केलाई जनाउँछ? अहिले मैले भन्ने कुरा सुन, र तिमीहरूले बुझ्नेछौ। परमेश्वरले कुनै व्यक्तिलाई छनौट गर्नुभएदेखि त्यस व्यक्तिले परमेश्वर सत्यता, धार्मिकता, बुद्धि, र सर्वशक्तिमानता हुनुहुन्छ, उहाँ एक मात्र हुनुहुन्छ भनेर स्वीकार गरिन्जेलसम्म—तिनीहरूले यी कुराहरू बुझेपछि, र केही अनुभव प्राप्त गरेपछि, परमेश्वरको स्वभाव, सार, अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्नेबारे हृदयमा आधारभूत बुझाइ प्राप्त गर्नेछन्, र यो आधारभूत बुझाइ तिनीहरूको विश्वास बन्नेछ। यसले तिनीहरूलाई परमेश्वरलाई पछ्याउन, परमेश्वरका लागि आफूलाई समर्पित गर्न, र आफ्नो कर्तव्य निर्वाह गर्न पनि उत्प्रेरित गर्नेछ। तिनीहरूले अनुभव प्राप्त गरेपछि, सत्यता बुझेपछि, अनि परमेश्वरको स्वभावबारे तिनीहरूको बुझाइ र उहाँबारे तिनीहरूको ज्ञानले तिनीहरूको हृदयमा जरा गाडेपछि—तिनीहरूमा यो कद भएपछि—तिनीहरूले परमेश्वरलाई इन्कार गर्नेछैनन्। तर यदि तिनीहरूसँग व्यावहारिक परमेश्वर, ख्रीष्टबारे साँचो ज्ञान छैन, र यदि तिनीहरूले ख्रीष्टविरोधीको आराधना गर्ने र त्यसलाई पछ्याउने सम्भावना छ भने, तिनीहरू अझै पनि खतरामा हुन्छन्। तिनीहरूले अझै पनि दुष्ट ख्रीष्टविरोधीलाई पछ्याउन देहधारी ख्रीष्टलाई पिठ्युँ फर्काउन सक्छन्। यो ख्रीष्टलाई खुल्लमखुल्ला इन्कार गर्नु र परमेश्वरसँग सम्बन्ध तोड्नु हो। यसको अव्यक्त अर्थ यस्तो हुन्छ: “म अबदेखि परमेश्वरलाई पछ्याउँदिनँ—म शैतानलाई पछ्याउँछु। म शैतानलाई प्रेम गर्छु र त्यसको सेवा गर्न इच्छुक छु; म शैतानलाई पछ्याउन इच्छुक छु। त्यसले मलाई जसरी व्यवहार गरे पनि, बरबाद गरे पनि, कुल्चे पनि, र भ्रष्ट तुल्याए पनि, म एकदमै इच्छुक छु। परमेश्वर जति नै धर्मी र पवित्र हुनुभए पनि, उहाँले जति नै सत्यता व्यक्त गर्नुभए पनि, म उहाँलाई पछ्याउन इच्छुक छैनँ। मलाई सत्यता मन पर्दैन। मलाई ख्याति, हैसियत, इनाम, र मुकुट मन पर्छ; मैले ती प्राप्त गर्न नसके पनि, मलाई ती मन पर्छ।” ठिक त्यसरी नै, तिनीहरूले आफूसँग कुनै सम्बन्ध नभएको व्यक्तिलाई पछ्याएका हुन्छन्, र तिनीहरू परमेश्वरको विरोध गर्ने ख्रीष्टविरोधीको पछि लागेका हुन्छन्। के परमेश्वर अझै पनि यस्तो व्यक्तिलाई चाहनुहुन्छ? अवश्य नै चाहनुहुन्न। के परमेश्वरले तिनीहरूलाई नचाहनु उचित हुन्छ? एकदमै उचित हुन्छ। तँलाई परमेश्वर दुष्टतालाई घृणा गर्ने, र पवित्र परमेश्वर हुनुहुन्छ भन्ने कुरा धर्मसिद्धान्तबाट थाहा छ। तैँले यो सिद्धान्त बुझेको छस्, तर के तँलाई परमेश्वर यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ भन्ने थाहा छ? यदि परमेश्वरले कसैलाई तिरस्कार गर्नुभयो भने, कुनै हिचकिचाहट नगरी उसलाई त्याग्नुहुनेछ। कामकुरा मैले भनेजस्तै छैन र? (छन्।) कुरा त्यस्तै छ। त्यसोभए, के परमेश्वरले यस्तो व्यक्तिलाई त्याग्नुको अर्थ उहाँको हृदय क्रूर छ भन्ने हो? (होइन।) परमेश्वर आफ्ना कार्यहरू सिद्धान्तअनुसार गर्नुहुन्छ। यदि तँलाई परमेश्वर को हुनुहुन्छ भन्ने थाहा छ, तर तँलाई उहाँलाई पछ्याउन मन लाग्दैन भने—यदि तँलाई शैतान को हो भन्ने थाहा छ, तैपनि तँ त्यसलाई पछ्याउन जिद्दी गर्छस् भने—परमेश्वरले तँलाई जबरजस्ती गर्नुहुनेछैन। जा र शैतानलाई सधैँभरि पछ्या। फर्केर नआइज; परमेश्वरले तँलाई त्याग्नुभएको छ। परमेश्वरको स्वभावलाई कसरी बुझ्न सकिन्छ? परमेश्वरको स्वभाव धर्मी र पवित्र छ, र उहाँको स्वभावमा दुष्टतालाई घृणा गर्ने एउटा तत्व छ। अर्को शब्दमा भन्दा, यदि सृष्टि गरिएको प्राणीका रूपमा, तँ भ्रष्ट हुन इच्छुक छस् भने, परमेश्वरले अरू के भन्न सक्नुहुन्छ र? परमेश्वर मानिसहरूलाई तिनीहरूले गर्न नचाहेका कुराहरू गर्न कहिल्यै जबरजस्ती गर्नुहुन्न। उहाँ कहिल्यै मानिसहरूलाई सत्यता स्वीकार गर्न बाध्य पार्नुहुन्न। यदि तँ भ्रष्ट हुन चाहन्छस् भने, त्यो तेरो व्यक्तिगत निर्णय हो—आखिर, परिणामहरू भोग्ने तँ नै हुनेछस्, र त्यसको दोष तँलाई नै जानेछ। मानिसहरूलाई सम्हाल्ने परमेश्वरका सिद्धान्तहरू अपरिवर्तनीय छन्, त्यसकारण यदि तँ भ्रष्टतामा खुसी छस् भने, तैँले अन्त्यमा दण्ड पाएरै छोड्छस्। तैँले परमेश्वरलाई जति वर्ष पछ्याएको भए पनि त्यसले फरक पार्दैन; यदि तँ भ्रष्ट हुन चाहन्छस् भने, परमेश्वरले तँलाई पश्चात्ताप गराउन जबरजस्ती गर्नुहुनेछैन। शैतानलाई पछ्याउन, शैतानको बहकाउमा पर्न र बरबाद हुन इच्छुक हुने व्यक्ति तँ नै होस्, त्यसकारण, अन्तमा, परिणामहरू भोग्नुपर्ने तैँले नै हो। कतिपय मानिसलाई यस्ता मानिसहरूप्रति दया लाग्छ र तिनीहरूलाई सहयोग गर्नमा दया खेर फाल्छन्, तर ती मानिसहरूले तिनीहरूलाई जसरी अर्ती दिए पनि, तिनीहरू फर्कनेछैनन्। किन त्यस्तो भएको? वास्तवमा परमेश्वर यस्तो व्यक्तिलाई मुक्ति दिनुहुन्न; उहाँ तिनीहरूलाई चाहनुहुन्न। त्यसबारे मानिसले के गर्न सक्छ? यो नै मूलभूत कारण हो। तर मानिसहरूले परिस्थितिलाई स्पष्ट रूपमा देख्न नसक्दा, आफूले गर्नुपर्ने कुरा गर्नुपर्छ, अनि आफूले गर्नुपर्ने दायित्व र जिम्मेवारीहरू पूरा गर्नुपर्छ। यी कामहरू पूरा गर्दा केकस्ता परिणामहरू प्राप्त हुन्छन् भन्ने कुराका हकमा भन्दा, तिनीहरू परमेश्वरको नेतृत्वमा भर पर्नैपर्छ। के तिमीहरूले मैले बताएका यी विवरणहरूबाट “परमेश्वर दुष्टतालाई घृणा गर्ने परमेश्वर हुनुहुन्छ” भन्ने वाक्यांशबारे केही बुझाइ प्राप्त गरेका छैनौ र? त्यसको एउटा पक्ष के हो भने, परमेश्वर दुष्ट आत्माहरूद्वारा दूषित भएका मानिसहरूलाई चाहनुहुन्न। परमेश्वरले तिनीहरूलाई नचाहनुको कारण के हो? यदि तैँले शैतानलाई छनौट गरेको छस् भने, परमेश्वर कसरी तँलाई अझै चाहनुहुन्छ र? यदि तैँले शैतानलाई छनौट गरेको छस् भने, परमेश्वरले कसरी अझै पनि तँलाई कृपा देखाएर र तेरो हृदयलाई झकझकाएर तँलाई फर्काउन सक्नुहुन्छ र? के परमेश्वर त्यसो गर्न सक्नुहुन्छ? उहाँ एकदमै सक्नुहुन्छ, तर उहाँ यो काम नगर्ने निर्णय गर्नुहुन्छ किनभने उहाँको स्वभाव धर्मी छ, र उहाँ दुष्टतालाई घृणा गर्ने परमेश्वर हुनुहुन्छ।
पछिल्लोपटक, हाम्रो सङ्गति कसरी ख्रीष्टविरोधीहरूको दुष्ट सारको मुख्य प्रकटीकरण सबै सकारात्मक कुरा र सत्यताहरूप्रति तिनीहरूको शत्रुता र घृणा हो भन्ने कुरामा केन्द्रित थियो। आज म अर्को दृष्टिकोणबाट सङ्गति दिइरहेको छु, जुन सकारात्मक कुराहरूविपरीतका सबै कुरालाई ख्रीष्टविरोधीहरू प्रेम गर्छन् भन्ने हो। अनि त्यो के हो? (नकारात्मक कुराहरू।) हो, यी नकारात्मक कुराहरू अर्थात्, सत्यताविरुद्ध जाने, सत्यतासँग विरोधाभास हुने, र सहमत नहुने सबै कुरा हुन्। ख्रीष्टविरोधीहरूलाई सकारात्मक कुराहरू मन पर्दैन, त्यसकारण तिनीहरूलाई मन पर्ने कुरा अवश्य हुनुपर्छ, होइन र? अनि तिनीहरूलाई के मन पर्छ? तिनीहरूलाई चालबाजी र झूट, साथै युक्ति, षड्यन्त्र र चालहरू मन पर्छ। के खाली समयमा “छत्तीस युक्तिहरू” पढ्ने ख्रीष्टविरोधीहरू छन्? मलाई त्यस्तै लाग्छ। के तिमीहरूलाई मैले “छत्तीस युक्तिहरू” पढेको छु भन्ने लाग्छ? म पढ्दिनँ। म यसको अध्ययन गर्दिनँ। यसलाई पढेर के फाइदा हुन्छ? यो पढ्दा मलाई वाकवाकी लाग्छ र पेटै बटारिन्छ। “छत्तीस युक्तिहरू” पढिसकेपछि तिमीहरूलाई कस्तो महसुस हुन्छ? के यसले तिमीहरूलाई दुष्ट मानवजातिप्रति झनै घृणा गर्ने बनाउँदैन र? के तिमीहरूले यो अनुभूति गर्छौ? तिमीहरूले जति पढ्छौ, तिमीहरूलाई त्यति नै घृणा लाग्छ। तिमीहरूलाई यो व्यक्ति अत्यन्तै खराब छ भन्ने लाग्छ! के हरेक साना कुरामा युक्तिहरू प्रयोग गर्नु, यति हदसम्म जानु, राती सुत्न वा दिनमा खान नसक्नु, र कसरी लडाइँ गर्ने भनी सोच्न आफ्नो दिमाग खियाउनु सार्थक हुन्छ? कतिपय ख्रीष्टविरोधीले आफ्नो खाली समयमा “छत्तीस युक्तिहरू” अध्ययन गर्न सक्छन्, अनि अर्को व्यक्ति र परमेश्वरसित आफ्नो बुद्धिको सिङ जुधाउन सक्छन्। तिनीहरूलाई झूट, चालबाजी, षड्यन्त्र, युक्ति, साथै चाल र रणनीतिहरू मन पर्छ—तर के तिनीहरूलाई परमेश्वरको निष्पक्षता र धार्मिकता मन पर्छ? निष्पक्षता र धार्मिकताको विपरीत शब्द के हो? (दुष्टता र कुरूपता।) दुष्टता र कुरूपता। तिनीहरूलाई कुरूप कुराहरू, दुष्ट र अनुचित सबै कुरा, न्यायोचित नभएका र अनुचित सबै कुरा मन पर्छ। उदाहरणका लागि, मानिसहरूले सत्यता पछ्याउनु न्यायोचित कार्य हो—ख्रीष्टविरोधीहरू यसलाई कसरी परिभाषित गर्छन्? तिनीहरू भन्छन्, “सत्यता पछ्याउनेहरू मूर्ख हुन्! यदि व्यक्तिले आफूलाई मन पर्ने तरिकाले जिउँदैन भने जीवन जिउनुको मूल्य के हो? मानिसहरू आफ्नै लागि जिउनुपर्छ, अनि सत्यता र न्यायका लागि जिउने मानिसहरू त, सबै मूर्ख हुन्!” तिनीहरूको दृष्टिकोण त्यही हो। त्यसोभए, के तिनीहरू न्यायसङ्गत काम गर्न सक्छन्? सक्दैनन्। के तिनीहरू मण्डलीको काममा बाधा र अवरोध ल्याउने कुराहरू मण्डलीमा उत्पन्न हुँदा खडा भएर बोल्न सक्छन्? तिनीहरू खडा नहुने मात्र होइनन्, तर गुप्तमा यस दुर्भाग्यमा रमाउँछन् र आनन्द लिन्छन्—तिनीहरू खराब बिउ हुन्। तिनीहरू कहिल्यै पनि परमेश्वरको घरको कामसँग सम्बन्धित मामलाहरूबारे चिन्तित हुँदैनन्, न त कहिल्यै परमेश्वरका चुनिएका मानिसहरूलाई रक्षा गर्न खडा भएर केही नै गर्छन्। दुष्ट मानिसहरूले दुष्टता गरेको, र खराब मानिसहरूले मण्डलीमा अत्याचार गरेको देख्दा गुप्तमा खुसी मान्ने, र परमेश्वरको घरको मजाक उडाउने मानिसहरू—तिनीहरू कस्तो प्रकारका मानिस हुन्? तिनीहरू दुष्ट व्यक्ति हुन्। त्यसोभए यी दुष्ट मानिसहरूलाई आश्रय दिन सक्ने अगुवाहरू कस्ता मानिस हुन्? तिनीहरू ख्रीष्टविरोधी हुन्। तिनीहरू आफ्ना हितहरूमा हानि हुन दिँदैनन्, तर मण्डलीका हितहरूमा हानि हुँदा केही जस्तो मान्दैनन्, र तिनीहरू पटक्कै दुःखित हुँदैनन्। तिनीहरू आफूले केही नगुमाएकामा भित्रभित्रै खुसी पनि मान्छन्। ख्रीष्टविरोधीहरूको दुष्टता यही हो।
हामीले ख्रीष्टविरोधीहरू कसरी सत्यताप्रति वितृष्णा गर्छन्, अधर्मी र दुष्ट कुराहरूलाई मन पराउँछन्, कसरी हित र आशिष्हरूको पछि लाग्छन्, आशिष्हरू प्राप्त गर्ने आफ्नो अभिप्राय र इच्छा कहिल्यै त्याग्दैनन्, र सधैँ परमेश्वरसँग सौदा गर्ने प्रयास गर्छन् भन्नेबारे कुरा गऱ्यौँ। त्यसोभए, यस मामिलालाई कसरी चिन्नुपर्छ र चित्रण गर्नुपर्छ? यदि हामीले त्यो अरू सबै कुराभन्दा नाफालाई अघि राख्नु हो भन्यौँ भने, त्यो अत्यन्तै कमजोर हुनेछ। यो त पावलले आफ्नो देहमा छेस्को छ, र उसले आफ्नो पाप प्रायश्चित गर्न काम गर्नुपर्छ भन्नु, तर अन्त्यमा अझै पनि धार्मिकताको मुकुट प्राप्त गर्न चाहनुजस्तै हो। यसको प्रकृति के हो? (क्रूरता।) यो एक प्रकारको क्रूर स्वभाव हो। तर यसको प्रकृति के हो? (परमेश्वरसँग सौदा गर्नु।) त्यससँग यो प्रकृति हुन्छ। ऊ आफूले गर्ने सबै कुरामा नाफा खोज्थ्यो, र सबै कुरालाई लेनदेनका रूपमा लिन्थ्यो। गैरविश्वासीहरूमाझ एउटा भनाइ छ: “सित्तैमा केही पनि पाइँदैन।” ख्रीष्टविरोधीहरूले पनि यस्तो तर्क राख्छन्, र सोच्छन्, “यदि मैले तपाईँका लागि काम गरेँ भने, बद्लामा तपाईँ मलाई के दिनुहुन्छ? म केकस्ता फाइदाहरू प्राप्त गर्न सक्छु?” यस प्रकृतिलाई कसरी सारांशीकरण गर्नुपर्छ? यो त नाफाद्वारा प्रेरित हुनु, अरू सबै कुराभन्दा पहिले नाफालाई राख्नु, अनि स्वार्थी र घृणित हुनु हो। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो। तिनीहरू नाफा र आशिष् प्राप्त गर्ने उद्देश्यले मात्रै परमेश्वरमा विश्वास गर्छन्। तिनीहरूले केही कष्ट भोगे पनि वा केही मूल्य चुकाए पनि, त्यो सबै परमेश्वरसँग सौदा गर्नका लागि हो। आशिष् र इनाम प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छा अत्यन्तै ठूलो हुन्छ, र तिनीहरू यस कुरामा कसिएर लागिरहन्छन्। तिनीहरू परमेश्वरले व्यक्त गरेका धेरै सत्यतामध्ये कुनैलाई पनि स्वीकार गर्दैनन्, तिनीहरू हृदयमा सधैँ के सोच्छन् भने परमेश्वरमा विश्वास गर्नु भनेको आशिष् र राम्रो गन्तव्य प्राप्त गर्नु हो, यो सर्वोच्च सिद्धान्त हो, र यसलाई कुनै कुराले उछिन्न सक्दैन। तिनीहरू के सोच्छन् भने मानिसहरूले आशिष् प्राप्त गर्नका लागि होइन भने परमेश्वरमा विश्वास गर्नु हुँदैन, र त्यो आशिष्का लागि होइन भने, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ वा मूल्य हुँदैन, त्यसले यसको अर्थ र मूल्य गुमाउनेछ। के ख्रीष्टविरोधीहरूमा यी विचारहरू अरू कसैले हालिदिएको हुन्छ? के ती अरूको शिक्षा वा प्रभावबाट आएका हुन्छन्? होइन, ती कुरा ख्रीष्टविरोधीहरूको अन्तर्निहित प्रकृति सारद्वारा निर्धारित हुन्छन्, जुन कुरालाई कसैले पनि परिवर्तन गर्न सक्दैन। आज देहधारी परमेश्वरले यति धेरै वचनहरू बोल्नुभएको भए पनि, ख्रीष्टविरोधीहरू तीमध्ये कुनै पनि वचन स्वीकार गर्दैनन्, बरु तिनको विरोध र निन्दा गर्छन्। सत्यताप्रति तिनीहरूलाई वितृष्णा हुने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति कहिल्यै परिवर्तन हुँदैन। यदि तिनीहरू परिवर्तन हुन सक्दैनन् भने, यसले केलाई जनाउँछ? यसले तिनीहरूको प्रकृति दुष्ट छ भन्ने कुरालाई जनाउँछ। यो सत्यता पछ्याउने वा नपछ्याउने कुरा होइन; यो दुष्ट स्वभाव हो, यो परमेश्वरविरुद्ध निर्लज्ज रूपमा कोलाहल मच्चाउनु र परमेश्वरको विरोध गर्नु हो। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो; यो तिनीहरूको साँचो रूप हो। ख्रीष्टविरोधीहरूले निर्लज्ज रूपमा परमेश्वरविरुद्ध कोलाहल मच्चाउनु र उहाँको विरोध गर्न सक्ने हुनाले, तिनीहरूको स्वभाव के हो? दुष्टता हो। किन म दुष्टता हो भनेर भन्छु? ख्रीष्टविरोधीहरू आशिष् प्राप्त गर्न, अनि ख्याति, प्राप्ति, र हैसियतका लागि परमेश्वरको विरोध गर्ने र उहाँविरुद्ध सोर मच्चाउने आँट गर्छन्। तिनीहरू किन यसो गर्ने आँट गर्छन्? तिनीहरूको हृदयमा तिनीहरूलाई शासन गर्ने एउटा शक्ति, दुष्ट स्वभाव हुन्छ, त्यसकारण तिनीहरूले अनैतिक रूपमा काम गर्न, परमेश्वरसँग तर्क गर्न, र उहाँविरुद्ध सोर मच्चाउन सक्छन्। परमेश्वरले तिनीहरूलाई मुकुट दिनेछैनँ भन्नुभन्दा पहिले, परमेश्वरले तिनीहरूको गन्तव्य खोस्नुभन्दा पहिले, तिनीहरूको दुष्ट स्वभाव तिनीहरूको हृदयबाट बाहिर निस्कन्छ, र तिनीहरू भन्छन्, “तपाईँले मलाई मुकुट र गन्तव्य दिनुभएन भने, म तेस्रो स्वर्गमा गएर तपाईँसँग तर्क गर्नेछु!” यदि तिनीहरूमा दुष्ट स्वभाव नभएको भए, तिनीहरूले त्यस्तो ऊर्जा कहाँ प्राप्त गर्नेथिए? के धेरैजसो मानिसले त्यस्तो ऊर्जा जुटाउन सक्छन्? किन ख्रीष्टविरोधीहरू परमेश्वरका वचनहरू सत्यता हुन् भनेर विश्वास गर्दैनन्? किन तिनीहरू आशिष् पाउने आफ्नो इच्छालाई दृढतापूर्वक पक्रिराख्छन्? के यो फेरि पनि तिनीहरूको दुष्टता होइन र? (हो।) परमेश्वरले मानिसहरूलाई दिने प्रतिज्ञा गरेका आशिषहरू नै ख्रीष्टविरोधीहरूको महत्त्वाकाङ्क्षा र इच्छा बनेका हुन्छन्। तिनीहरू ती कुरा प्राप्त गर्ने सङ्कल्प गर्छन्, तर परमेश्वरको मार्ग पछ्याउन चाहँदैनन्, र सत्यतालाई प्रेम गर्दैनन्। बरु, तिनीहरू आशिष्, इनाम, र मुकुटको पछि लाग्छन्। परमेश्वरले तिनीहरूलाई यी कुराहरू दिनेछैनँ भनेर भन्नुभन्दा पहिले नै, तिनीहरू परमेश्वरसँग लड्न चाहन्छन्। तिनीहरूको तर्क के हो? “यदि मैले आशिष् र इनाम प्राप्त गर्न सकिनँ भने, म तपाईँसँग तर्क गर्नेछु, म तपाईँलाई विरोध गर्नेछु, र तपाईँ परमेश्वर हुनुहुन्न भनेर भन्नेछु!” के तिनीहरूले यस्ता कुराहरू बोलेर परमेश्वरलाई धम्की दिइरहेका हुँदैनन् र? के तिनीहरूले उहाँको शासन पल्टाउने प्रयास गरिरहेका हुँदैनन् र? तिनीहरू सबै थोकमाथि रहेको परमेश्वरको सार्वभौमिकतालाई इन्कार गर्नेसमेत आँट गर्छन्। यदि परमेश्वरका कार्यहरू तिनीहरूको इच्छाअनुरूप भएनन् भने, तिनीहरू परमेश्वर सृष्टिकर्ता, एक मात्र साँचो परमेश्वर हुनुहुन्छ भन्ने कुरा इन्कार गर्नसमेत दुस्साहस गर्छन्। के यो शैतानको स्वभाव होइन र? के यो शैतानको दुष्टता होइन र? ख्रीष्टविरोधीहरूले व्यवहार गर्ने तरिका र परमेश्वरप्रति शैतानको मनोवृत्तिबीच कुनै भिन्नता छ? यी दुई शैलीलाई पूर्ण रूपमा समान मान्न सकिन्छ। ख्रीष्टविरोधीहरू सबै थोकमाथि रहेको परमेश्वरको सार्वभौमिकता स्वीकार गर्न मान्दैनन्, र तिनीहरू परमेश्वरको हातबाट आशिष्, इनाम, र मुकुटहरू खोस्न चाहन्छन्। यो कस्तो स्वभाव हो? तिनीहरू के आधारमा यस्तो काम गर्न र ती कुराहरू खोस्न चाहन्छन्? तिनीहरू कसरी यस्तो ऊर्जा जुटाउन सक्छन्? यसको कारणलाई अहिले यसरी सारांशीकृत गर्न सकिन्छ: ख्रीष्टविरोधीहरूको दुष्टता यही हो। ख्रीष्टविरोधीहरू सत्यतालाई प्रेम गर्दैनन्, तैपनि अझै आशिष् र मुकुट प्राप्त गर्न, र परमेश्वरको हातबाट यी इनामहरू खोस्न चाहन्छन्। के यो काल खोज्नु होइन र? के तिनीहरूले आफूले काल खोजिरहेको छु भन्ने महसुस गर्छन्? (तिनीहरू त्यो महसुस गर्दैनन्।) तिनीहरूमा इनामहरू प्राप्त गर्नु असम्भव छ भन्ने अलिकति अनुभूति हुन सक्छ, त्यसकारण तिनीहरू सुरुमा यस्तो अभिव्यक्ति दिन्छन्, “यदि मैले आशिष्हरू प्राप्त गर्न सकिनँ भने, म तेस्रो स्वर्गमा गएर परमेश्वरसँग तर्क गर्नेछु!” तिनीहरूले आशिष् प्राप्त गर्नु असम्भव हुनेछ भन्ने कुरा पहिले नै जानेका हुन्छन्। आखिर, शैतानले धेरै वर्षदेखि परमेश्वरविरुद्ध आकासमा सोर मच्चाउँदै आएको छ, र परमेश्वरले त्यसलाई के दिनुभएको छ? परमेश्वरले त्यसलाई यसो मात्रै भन्नुभएको छ, “काम सकिएपछि, म तँलाई अतल कुण्डमा फ्याँकिदिनेछु। तँ अतल कुण्डको होस्!” परमेश्वरले शैतानलाई गरेको एउटै मात्र “प्रतिज्ञा” यही हो। के त्यसले अझै पनि इनामको कामना गर्नु विकृत होइन र? यो दुष्टता हो। ख्रीष्टविरोधीहरूको अन्तर्निहित सार परमेश्वरप्रति शत्रुता हो, र ख्रीष्टविरोधीहरू आफैलाई किन यस्तो हुन्छ भन्ने थाहा हुँदैन। तिनीहरूको हृदय आशिष् र मुकुट प्राप्त गर्नमा मात्रै केन्द्रित हुन्छ। जब कुनै कुरा सत्यता वा परमेश्वरसँग सम्बन्धित हुन्छ, तब तिनीहरूभित्र प्रतिरोध र रिस पैदा हुन्छ। यो दुष्टता हो। सामान्य मानिसहरू सायद ख्रीष्टविरोधीहरूको भित्री भावना बुझ्न सक्दैनन्; ख्रीष्टविरोधीहरूका लागि त्यो निकै गाह्रो हुन्छ। ख्रीष्टविरोधीहरूमा यस्ता ठूला महत्त्वाकाङ्क्षाहरू हुन्छन्, तिनीहरू आफूभित्र यस्तो ठूलो दुष्ट ऊर्जा, र आशिष्हरू पाउने यस्तो ठूलो इच्छा पाल्छन्। तिनीहरूलाई इच्छाले जलेका भन्न सकिन्छ। तर परमेश्वरको घरले निरन्तर सत्यतामा सङ्गति गर्छ—तिनीहरूलाई यो कुरा सुन्न निकै पीडादायी र गाह्रो भएको हुनुपर्छ। तिनीहरू आफूलाई अन्याय गर्छन् र त्यो सहन धेरै नाटक गर्छन्। के यो एक प्रकारको दुष्ट ऊर्जा होइन र? यदि साधारण मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन् भने, तिनीहरूलाई मण्डली जीवन अरोचक लाग्छ र त्यसप्रति घृणासमेत लाग्छ। तिनीहरूलाई परमेश्वरका वचनहरू पढ्दा र सत्यतामा सङ्गति गर्दा आनन्दभन्दा बढी कष्टजस्तो लाग्छ। त्यसोभए, ख्रीष्टविरोधीहरू त्यो कसरी सहन सक्छन्? कसरी सहन सक्छन् भने, आशिष्हरू प्राप्त गर्ने तिनीहरूको इच्छा यति ठूलो हुन्छ कि जसले तिनीहरूलाई आफूलाई अन्याय गर्न र मन नलागी-नलागी त्यो सहन बाध्य पार्छ। त्यसबाहेक, तिनीहरू शैतानका नोकरहरूका रूपमा काम गर्न परमेश्वरका घरमा घुस्छन्, र मण्डलीको काममा अवरोध र बाधाहरू ल्याउन आफूलाई समर्पित गर्छन्। तिनीहरू यो आफ्नो मिसन हो भन्ने विश्वास गर्छन्, र परमेश्वरलाई विरोध गर्ने आफ्नो काम पूरा नगरेसम्म, तिनीहरूलाई ढुक्क हुँदैन र आफूले शैतानलाई निराश तुल्याएको छु भन्ने लाग्छ। यो ख्रीष्टविरोधीहरूको प्रकृतिले निर्धारित गर्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।