विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई) खण्ड चार

ख्रीष्टविरोधीहरू झूट र चलाकीलाई प्रेम गर्छन्—तिनीहरूलाई अरू के मन पर्छ? तिनीहरूलाई तरकिब, युक्ति, र षड्यन्त्र मन पर्छ। तिनीहरू शैतानको दर्शनअनुसार चल्छन्, कहिल्यै सत्यता खोजी गर्दैनन्, पूर्ण रूपमा झूट र चलाकीमा भर पर्छन् अनि युक्ति र षड्यन्त्रहरू गर्छन्। तैँले सत्यतामा जति नै स्पष्टसित सङ्गति गरे पनि, तिनीहरूले शिर हल्लाएर सहमति जनाए पनि, सत्यता सिद्धान्तहरूअनुसार काम गर्दैनन्। बरु, तिनीहरूले आफ्नो दिमाग खियाएर युक्ति र षड्यन्त्रहरू प्रयोग गर्दै काम गर्छन्। तैँले सत्यतामा जति नै स्पष्टसित सङ्गति गरे पनि, तिनीहरू त्यो बुझ्न सक्दैनन् जस्तो देखिन्छ; तिनीहरू आफूलाई इच्छा लागेको तरिकाले, आफूले गर्न चाहेको शैलीले, र आफ्नो स्वार्थअनुरूपको तरिकामा काम गर्छन्। तिनीहरू मिठो बोल्छन्, आफ्नो साँचो रङरूप लुकाउँछन्, मानिसहरूलाई मूर्ख बनाउँछन् र चलाकी गर्छन्, र अरू त्यसमा पर्दा, तिनीहरू खुसी हुन्छन्, र तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा भएका हुन्छन्। यो नै ख्रीष्टविरोधीहरूको निरन्तर विधि र शैली हो। सोझो बोल्ने, आफ्नो नकारात्मकता, कमजोरी, र विद्रोही स्थितिबारे इमानदारीपूर्वक र खुलस्तसित सङ्गति गर्ने, अनि हृदयदेखि बोल्ने इमानदार मानिसहरूका सम्बन्धमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूलाई तिनीहरूप्रति भित्री रूपमा घृणा लाग्छ र तिनीहरू उनीहरूलाई भेदभाव गर्छन्। तिनीहरूलाई आफूले जस्तै कुटिल र छली तरिकाले बोल्ने अनि सत्यताको अभ्यास नगर्ने मानिसहरू मन पर्छ। तिनीहरूलाई आफूले त्यस्ता मानिसहरूलाई भेट्दा, हृदयमा आनन्द हुन्छ, मानौँ तिनीहरूले आफूजस्तो व्यक्ति भेट्टाएका छन्। तिनीहरू आफूभन्दा अरू असल छन् वा तिनीहरूलाई चिन्‍न सक्‍ने छन् भन्‍नेबारे चिन्ता गर्न छोड्छन्। के यो ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिको प्रकटीकरण होइन र? के यसले तिनीहरू दुष्ट छन् भन्‍ने देखाउन सक्दैन र? (हो, देखाउन सक्छ।) किन यी कुराहरूले ख्रीष्टविरोधीहरू दुष्ट छन् भन्‍ने कुरा देखाउन सक्छन्? सकारात्मक कुराहरू र सत्यता कुनै पनि विवेक भएको सृजित प्राणीले प्रेम गर्नुपर्ने कुरा हुन्। तैपनि, जब ख्रीष्टविरोधीहरूको कुरा आउँछ, तिनीहरू यी सकारात्मक कुराहरूलाई आँखाको कसिङ्गर र बिझाउने काँडा ठान्छन्। यी कुरा पालना गर्ने वा अभ्यास गर्ने जोकोही तिनीहरूको शत्रु बन्छ, र तिनीहरू त्यस्ता व्यक्तिहरूप्रति शत्रुवत् हुन्छन्। के यो शैतानले अय्यूबप्रति गरेको शत्रुताको प्रकृतिसँग मिल्दैन र? (मिल्छ।) यो शैतानको जस्तै प्रकृति, स्वभाव, र सार हो। ख्रीष्टविरोधीहरूको प्रकृति शैतानबाट आएको हुन्छ, र तिनीहरू शैतानकै वर्गमा पर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू शैतानसँग मिलेमतो गर्छन्। के यो बयान हदभन्दा बढी हो? पटक्‍कै होइन; यो पूर्ण रूपमा सही छ। किन? किनभने ख्रीष्टविरोधीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्। तिनीहरू चलाकीमा संलग्‍न हुन रमाउँछन्, तिनीहरूलाई झूट, भ्रामक रूप, र ढोँग मन पर्छ। यदि कसैले तिनीहरूको साँचो रूप खुलासा गऱ्यो भने, के तिनीहरू त्यो खुसीसाथ समर्पण गर्न र स्वीकार गर्न सक्छन्? तिनीहरूले त्यो स्विकार्न नसक्‍ने मात्र होइन, प्रत्युत्तरमा बेसरी दुर्व्यवहार गर्छन्। सत्यता बोल्ने वा तिनीहरूको साँचो रूप खुलासा गर्ने मानिसहरूले तिनीहरूलाई क्रोधित तुल्याउँछन् र झनक्क रिस उठाउँछन्। उदाहरणका लागि, ढोँग गर्नमा निकै सिपालु कुनै ख्रीष्टविरोधी हुन सक्छ। सबैले उसलाई असल व्यक्ति ठान्छन्: स्नेही, मानिसहरूप्रति सहानुभूति जनाउन सक्‍ने, अरूका कठिनाइहरू बुझ्न सक्‍ने, अनि कमजोर र नकारात्मक मानिसहरूलाई प्रायः साथ र सहयोग दिने। अरूलाई कुनै कठिनाइ हुँदा, तिनीहरू विचार पुऱ्याउन र तिनीहरूप्रति उदार हुन सक्छन्। मानिसहरूको हृदयमा, यो ख्रीष्टविरोधी परमेश्‍वरभन्दा महान् हुन्छ। सद्गुणी रूपमा प्रस्तुत हुने यस व्यक्तिका सम्बन्धमा भन्दा, यदि तैँले तिनीहरूको ढोँग र छलीपनलाई खुलासा गरिस् भने, यदि तैँले तिनीहरूलाई सत्यता बताइस् भने, के तिनीहरू त्यो स्वीकार गर्न सक्छन्? तिनीहरूले त्यो स्वीकार नगर्ने मात्र होइन, तर झन् बढी ढोँग र छलछाम गर्न थाल्छन्। मलाई भन् त, यदि तैँले धर्मशास्त्र बोकेर सडकका कुनामा गई प्रार्थना गर्ने र अरूलाई त्यो पढेर सुनाउने फरिसीहरूको छलछाम खुलासा गरेको भए, र तिनीहरूले देखावटी गर्न त्यसो गरिरहेका छन् भनेर भनेको भए, के तिनीहरूले तैँले भनेको कुरा स्विकार्नेथिए? के तिनीहरूले त्यो खुसीसाथ स्वीकार गर्नेथिए? के तिनीहरूले तेरो शब्दहरू मनन गर्नेथिए? के तिनीहरूले आफूले गरिरहेको कुरा छलछाम र चलाकी हो भनेर मान्न सक्थे? के तिनीहरूले चिन्तन गर्न, पश्चात्ताप गर्न, र फेरि कहिल्यै यस्तो व्यवहार नगर्न सक्थे? पटक्कै सक्दैनथे। यदि तैँले “तपाईँका कार्यहरूले मानिसहरूलाई बहकाइरहेका छन् र तपाईँ नरकमा जानुहुनेछ र दण्डित हुनुहुनेछ” भनेर भन्दै गएको भए, के त्यो सत्यता बताएको हुनेथिएन र? (हुनेथियो।) यो सत्यता बताउनु हो। के तिनीहरूले त्यो स्वीकार गर्नेथिए? अहँ, तिनीहरू तुरुन्तै रिसाउनेथिए र भन्नेथिए, “के भन्यौ? म नरकमा जानेछु र दण्डित हुनेछु अरे? यो त अति भो! म परमेश्‍वरमा विश्‍वास गर्छु, तिमीमा होइन! तिम्रो भनाइको कुनै तुक छैन!” के त्यो कुरा यतिमै समाप्त हुन्छ? त्यसपछि तिनीहरूले के गर्नेथिए? तिनीहरूले यसो भन्दै जानेथिए, “मैले टाढा-टाढा यात्रा गरेको छु, धेरै मानिसलाई सुसमाचार प्रचार गरेको छु, धेरै फल फलाएको छु, धेरै क्रूस उठाएको छु, र जेलमा धेरै कष्ट भोगेको छु—तिमी बच्चै छौ, मैले प्रभुमा विश्‍वास गर्न थाल्दा तिमी आमाको गर्भमै थियौ!” तिनीहरूको प्रकृति खुलासा हुन्छ, होइन र? के तिनीहरू धैर्य र सहनशीलताको प्रचार गर्दैनन्—त्यसोभए किन तिनीहरू यो सानो कुरा सहन सक्दैनन्? किन तिनीहरू त्यो सहन सक्दैनन्? तैँले सत्य बोलेको हुनाले, तैँले तिनीहरूको वास्तविकता खुलासा गरेको छस्, र तिनीहरूको कुनै गन्तव्य छैन। के तिनीहरू अझै पनि यो कुरा सहन सक्छन्? यदि तिनीहरू ख्रीष्टविरोधी होइनन्, यदि तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा छन् तर सत्यता स्विकार्न सक्छन्, अनि छलछामको प्रकटीकरण पनि देखाउँछन् भने, तैँले तिनीहरूको छलछाम खुलासा गरिस् भने तिनीहरूले के गर्नेछन्? तिनीहरूले तुरुन्तै आत्मचिन्तन नगर्न सक्छन्, र त्यसो गर्छन् भनेर भन्दा त्यो अवास्तविक र खोक्रो लाग्न सक्छ। तैपनि, यो सुन्दा धेरैजसो सामान्य मानिसहरूको पहिलो प्रतिक्रिया के हुन्छ भने तिनीहरूलाई हृदयमा च्वास्स घोचेको पीडा महसुस हुन्छ। यो च्वास्स घोचेको पीडाले केलाई जनाउँछ? यसको अर्थ तिनीहरूलाई सुनेको कुराले असर गर्छ; तिनीहरूले कसैले आफ्नै अगाडि यतिका धृष्टतापूर्वक व्यवहार गर्ने, सत्य कुरा बताउने, र यसरी निन्दा गर्नेसम्मको आँट गर्छ भन्‍ने अपेक्षा गरेका थिएनन्—तिनीहरूले यी शब्दहरू कहिल्यै अपेक्षा गरेका र सुनेका थिएनन्। त्यसबाहेक, तिनीहरूमा लाज हुन्छ र तिनीहरू आफ्नो इज्जत जोगाउन चाहन्छन्। तैँले तिनीहरूलाई सडकको कुनामा उभिएर प्रार्थना गर्नु र धर्मशास्त्र पढ्नु मानिसहरूलाई बहकाउनु हो भनेर भनेको कुरामा तिनीहरूले मनन गर्ने क्रममा, आत्मजाँच गरेपछि यसो गर्नु त आफू कति समर्पित छन्, आफूले प्रभुलाई कति धेरै प्रेम गर्छन्, र आफूले कति धेरै कष्ट भोग्‍न सक्छन् भनी वास्तवमा मानिसहरूलाई देखाउनु हो, यो छलछाम हो, र तैँले भनेको कुरा साँचो हो भन्‍ने पत्ता लगाउँछन्। तिनीहरूले यदि आफूले यस्तै व्यवहार गरिरह्यो भने, अरूलाई आफ्नो अनुहार देखाउन सकिनेछैन भन्‍ने पत्ता लगाउँछन्। तिनीहरूमा लाज हुन्छ, र त्यो लाज भएकाले, तिनीहरूले आफूलाई केही हदसम्म नियन्त्रण गर्न र आफ्नो दुष्ट कार्य वा लाजमर्दो र आफ्नो इज्जत गुमाउने कार्यहरू रोक्न सक्लान्। तिनीहरूले यस्तो व्यवहार गर्न छोड्नुको अर्थ के हो? त्यसले पश्चात्तापको सङ्केत दिन्छ। तिनीहरूले पश्चात्ताप गर्छै गर्छन् भन्‍ने निश्‍चित छैन, तर कम्तीमा पनि पश्चात्ताप गर्ने सम्भावना हुन्छ, जुन ख्रीष्टविरोधी र फरिसीहरूभन्दा निकै राम्रो कुरा हो। के कुराले यसलाई राम्रो बनाउँछ? तिनीहरूमा विवेक र लाज हुने हुनाले, अरूका खुलासा गर्ने शब्दहरूले तिनीहरूको हृदयमा च्वास्स घोच्छन्। तिनीहरूलाई लाज लाग्न सक्ने र आफ्नो इज्जतमा चोट पुगेको महसुस हुने भए पनि, तिनीहरूले कम्तीमा पनि यी शब्दहरू सही छन् भनेर स्वीकार गर्न सक्छन्। तिनीहरूले आफ्नो इज्जत जोगाउन नसके पनि, मनभित्र ती शब्दहरूलाई मानिसकेका हुन्छन् र तिनमा समर्पित भइसकेका हुन्छन्, र तिनलाई स्विकारिसकेका हुन्छन्। ख्रीष्टविरोधीहरू कसरी फरक हुन्छन्? किन हामी ख्रीष्टविरोधीहरू दुष्ट हुन्छन् भनेर भन्छौँ? ख्रीष्टविरोधीहरूको दुष्टता केमा हुन्छ भने जब तिनीहरू सही कुरा सुन्छन्, तब तिनीहरूले यसलाई स्वीकार गर्न नसक्‍ने मात्र होइनन्, तर यसको विपरीत, यसलाई घृणा पनि गर्छन्। त्यसबाहेक, तिनीहरू आफ्नै तरिकाको सहारा लिन्छन्, आफ्नो बचाउ गर्न र सफाइ दिन बहाना, कारण, र विभिन्‍न वस्तुगत तत्वहरू खोज्छन्। तिनीहरू के उद्देश्य हासिल गर्ने लक्ष्य राख्छन्? तिनीहरू नकारात्मक कुरालाई सकारात्मक कुरामा र सकारात्मक कुरालाई नकारात्मक कुरामा परिवर्तन गर्ने उद्देश्य राख्छन्—तिनीहरू परिस्थितिलाई उल्ट्याउन चाहन्छन्। के यो दुष्टता होइन र? तिनीहरू सोच्छन्, “तँ जति नै सही भए पनि, वा तेरा शब्दहरू जति नै सत्यताअनुरूप भए पनि, के तँ मेरो बोल्ने कलाको अगाडि टिक्न सक्छस्? मैले बोल्ने सबै वचनहरू स्पष्ट रूपमा झूटो, छलपूर्ण, र बहकाउने भए पनि, म तैँले भन्ने कुरा अझै पनि इन्कार र निन्दा गर्नेछु।” के यो दुष्टता होइन र? वास्तवमै, यो दुष्टता हो। के तँलाई ख्रीष्टविरोधीहरूले असल मानिसहरू देख्दा, हृदयमा उनीहरूलाई इमानदार ठान्दैनन् भन्‍ने लाग्छ? तिनीहरू उनीहरूलाई इमानदार र सत्यता पछ्याउने मानिस ठान्छन्, तर तिनीहरू इमानदारी र सत्यता पछ्याउने मानिसलाई कसरी परिभाषित गर्छन्? तिनीहरू इमानदार मानिसहरू मूर्ख हुन् भन्‍ने सोच्छन्। तिनीहरू सत्यता पछ्याइलाई तिरस्कार र घृणा गर्छन्, अनि त्यसप्रति वैरभाव राख्छन्। तिनीहरू त्यसलाई झूटो ठान्छन्, सत्यता पछ्याउन सबै कुरा त्याग्‍ने, जोकोहीलाई कुनै पनि कुरा भन्‍ने, र सबै कुरा परमेश्‍वरलाई सुम्पने यति मूर्ख कोही हुन सक्दैन भन्‍ने सोच्छन्। कोही पनि त्यति मूर्ख हुँदैन। तिनीहरूलाई यी सबै कार्य झूटा हुन् भन्‍ने लाग्छ, र तिनीहरू ती कुनै कुरामा विश्‍वास गर्दैनन्। के ख्रीष्टविरोधीहरू परमेश्‍वर सर्वशक्तिमान् र धर्मी हुनुहुन्छ भनेर विश्‍वास गर्छन्? (गर्दैनन्।) त्यसकारण, तिनीहरू मनमा यी सबै कुराप्रति प्रश्न चिन्ह खडा गर्छन्। यसको अर्थ के हो? हामीले यो प्रश्न चिन्हहरूको थुप्रोलाई कसरी अर्थ्याउने? तिनीहरू त्यसमा शङ्का गर्ने वा प्रश्न उठाउने मात्र गर्दैनन्; अन्त्यमा, त्यसलाई इन्कार पनि गर्छन् र परिस्थितिलाई उल्ट्याउने प्रयास गर्छन्। मैले परिस्थितिलाई उल्ट्याउनु भन्नुको मतलब के हो? तिनीहरू सोच्छन्, “त्यस्तो न्यायवान् हुनुको के काम? यदि झूटलाई हजारपटक दोहोऱ्याइयो भने, त्यो सत्यता बन्छ। यदि कसैले पनि सत्यता बोलेन भने, त्यो सत्यता होइन र त्यसको कुनै काम हुँदैन—त्यो झूट मात्रै हो!” के यो सही र गलतलाई तोडमोड गर्नु होइन र? शैतानको दुष्टता यही हो—तथ्यहरूलाई बङ्ग्याउनु अनि सही र गलतलाई तोडमोड गर्नु—तिनीहरूलाई यही मन पर्छ। ख्रीष्टविरोधीहरू ढोँग र चलाकी गर्नमा माहिर हुन्छन्। तिनीहरू माहिर हुने कुरा अवश्य नै तिनीहरूमा अन्तर्निहित रूपमै हुन्छ, र तिनीहरूमा अन्तर्निहित रूपमा हुने कुरा भनेको ठ्याक्कै तिनीहरूको प्रकृति सारमा रहेको कुरा हो। त्योभन्दा अझ, त्यो तिनीहरूले तृष्णा गर्ने र प्रेम गर्ने कुरा हो, अनि त्यो तिनीहरू संसारमा कसरी बाँच्छन् भन्‍ने कुराको नियम पनि हो। तिनीहरू “असल मान्छे जवानीमै मर्छ तर दुष्ट मान्छे बुढेसकालसम्‍म बाँच्छ,” “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “आफ्नो नियति आफ्नै हातमा हुन्छ,” “मानिसले प्रकृतिलाई जित्छ,” इत्यादिजस्ता भनाइहरूमा विश्‍वास गर्छन्। के यीमध्ये कुनै भनाइ मानवता वा सामान्य मानिसहरूले बुझ्न सक्‍ने प्राकृतिक नियमहरूसँग मिल्छ? एउटै पनि मिल्दैन। त्यसोभए कसरी ख्रीष्टविरोधीहरू शैतानका यी दुष्ट शब्दहरूलाई यति धेरै मन पराउँछन् र तिनलाई आफ्नो मूल मन्त्रसमेत ठान्न सक्छन्? तिनीहरूको प्रकृति नै अत्यन्तै दुष्ट भएकाले त्यस्तो भएको हो भनेर मात्रै भन्‍न सकिन्छ।

मैले लगभग एक वर्षका अवधिमा एक जना निश्‍चित मण्डली अगुवालाई केहीपटक भेटेको थिएँ। हामीले भेट्ने केही अवसर पाएका थियौँ, तर ऊ खुलस्त बोल्ने व्यक्ति थिएन त्यसकारण हाम्रो कुराकानी सीमित हुन्थ्यो। “ऊ खुलस्त बोल्ने व्यक्ति थिएन” भन्नुको अर्थ के हो? यसको अर्थ तैँले उसलाई प्रश्नहरू गर्दा पनि ऊ धेरै कुरा भन्दैनथ्यो भन्‍ने हो। अब, के मण्डलीका अरूसँगको अन्तरक्रियामा ऊ यस्तै थियो? दुईवटा सम्भावित परिस्थिति थिए। ऊ आफूसँग विचार मिल्नेहरूलाई धेरै कुरा भन्थ्यो। तथापि, ऊ विचार नमिल्नेहरूसँग सतर्क हुन्थ्यो र खुलस्त बोल्दैनथ्यो। पछि, मैले ऊसँग कुराकानी गर्दा, उसले कुल पाँचवटा “नमूना” वाक्यांशहरू बोलेको निष्कर्ष निकालेँ। ऊ खुलस्त बोल्दैनथ्यो, र जब ऊ कुनै कुरा भन्थ्यो, तब त्यो “उत्कृष्ट” वाक्यांश बन्थ्यो। यो कस्तो व्यक्ति हो? के हामी उसलाई “विशिष्ट व्यक्ति” भन्‍न सक्छौँ? मण्डली अगुवा वा कामदारहरूले मसँग भेटेर कुराकानी गर्नु सामान्य कुरा हो, होइन र? तैपनि, यो व्यक्ति एकदम फरक थियो। ऊ पाँचवटा अत्यन्तै “नमूना” वाक्यांशहरू मात्रै बोल्थ्यो। यी वाक्यांशहरूलाई के कुराले यति “नमूना” बनाउँछ, सुन। उसको हरेक वाक्यांशको पछाडि त्यसको आफ्नै प्रसङ्ग र छोटो कथा हुन्छ। हामी उसको पहिलो वाक्यांश कहाँबाट आएको थियो, त्यसबाट सुरु गरौँ।

यस अगुवाले नेतृत्व गरेको मण्डलीमा, एक जना दुष्ट व्यक्ति थियो जसले केही खराब कुराहरू गरेको थियो र मण्डलीको काममा बाधा पुऱ्याएको थियो। सबैले ऊ दुष्ट व्यक्ति हो भनेर देखे, त्यसकारण तिनीहरूले ऊबारे सङ्गति गर्न र छलफल गर्न थाले। यदि उसलाई निष्कासित गर्नु र निकाल्नुपर्ने भएको भए, ऊबारे मण्डलीमा सूचना दिनुपर्थ्यो, ताकि सबैलाई उसले केकस्ता खराब कुराहरू गरेको छ र उसलाई किन दुष्ट व्यक्तिका रूपमा चित्रण गरिँदै छ र निकालिँदै छ भन्‍ने कुरा थाहा होस्। त्यो दुष्ट व्यक्तिले गरेका केही खराब कुरा खुलासा भइरहेका बेला, प्रायः धेरै नबोल्ने यस अगुवाले यसो भन्यो, “तिनको नियत राम्रो थियो।” उसले त्यो दुष्ट व्यक्तिले ती खराब कुरा गरिरहेको र मण्डलीको काममा बाधा दिइरहेको कुरालाई कसरी हेरेको थियो? “त्यस व्यक्तिको नियत राम्रो थियो।” ऊ खराब व्यक्तिको नियत राम्रो छ भने उसले गर्ने खराब कुराहरू सत्यताअनुरूप हुन्छन् भन्ने ठान्थ्यो। उसका लागि त तिनीहरूको कार्यको प्रकृति असल वा खराब जस्तोसुकै भए पनि, वा तिनीहरूको कार्यका परिणामहरू जेसुकै भए पनि, तिनीहरूको नियत असल छ भने, तिनीहरूले ल्याउने अवरोध र बाधाहरू पनि सत्यताअनुरूप हुन्छन्। “तिनको नियत राम्रो थियो।” यस अगुवाले बोलेको पहिलो वाक्यांश त्यही थियो। के तिमीहरूले यस्तो कुरा कहिल्यै सुनेका छौ? दुष्ट व्यक्तिले स्पष्ट रूपमा नै दुष्ट काम गरिरहेको हुन्छ, तैपनि कसैले त्यस व्यक्तिले असल अभिप्राय राखेर ती खराब कुरा गरिरहेको छ भन्छ। के सबैले यो वाक्यांशको बारेमा समझशक्ति पायौ? मलाई लाग्छ कतिपय मानिस यस वाक्यांशद्वारा भ्रमित हुन सक्छन् किनभने धेरैजसो मानिस के सोच्छन् भने कसैको आशय राम्रो छ भने, उसलाई तह लगाउनु पर्दैन, र यदि कसैले असल अभिप्रायले कुनै खराब काम गर्छ भने, उसले जानाजानी दुष्टता गरिरहेको हुँदैन। यस अगुवाले यसरी उक्साएपछि र बहकाएपछि, कतिपय मानिस अगुवाको पक्षमा जान सक्ने, अनि उनीहरूले दुष्ट व्यक्तिप्रति सहानुभूति राख्‍न थाल्ने सम्भावना भयो। यदि यस अगुवाले तिनीहरूलाई नबहकाएको भए, धेरैजसो मानिसले यो मामिला सही रूपमा बुझेका हुन्थे र दुष्ट व्यक्तिलाई दुष्टता गरेकामा निष्कासित गरेर निकाल्नुपर्छ भनेर सोच्नेथिए। तैपनि, यस अगुवाको उक्साहट र बहकाउमा परेपछि, कतिपय मानिसले सोचे, “तिनको नियत राम्रो थियो, त्यो तर्कसङ्गत छ। कहिलेकाहीँ हामी पनि त्यस्तै हुन्छौँ। त्यसकारण, यदि हामीले असल अभिप्रायले कुनै खराब काम गऱ्यौँ भने, के हामीलाई पनि हटाएर निकालिनेछ?” परिणामस्वरूप, तिनीहरू यस अगुवाको पक्षमा आए। किन? तिनीहरूले आफ्नो भविष्यबारे सोचिरहेका थिए। के मानिसहरूलाई यस अगुवाले बोलेको वाक्यांश स्वीकार गर्न सजिलो थिएन र? तिनीहरूले त्यो स्वीकार गर्नुको परिणाम के भयो? तिनीहरूले परमेश्‍वर, उहाँको धर्मी स्वभाव र काम गर्ने उहाँका सिद्धान्तहरूबारे शङ्का विकास गरे। तिनीहरूले परमेश्‍वरको घरका काम गर्ने सिद्धान्तहरूबारे शङ्का विकास गरे, तीबारे प्रश्न उठाए, र त्यसपछि तिनलाई निन्दा गरे। तिनीहरूले हृदयमा यी शङ्काहरू पाले। वास्तवमा, यो दुष्ट व्यक्तिलाई उसले एउटा खराब काम गरेको कारण हटाइएको थिएन। परमेश्‍वरको घरमा, कहिलेकाहीँ गल्ती गरेको कारण कसैलाई हटाइँदैन, चाहे तिनीहरूले शारीरिक श्रम गरून्, विशेष कर्तव्य, वा प्राविधिक सीपहरूसँग सम्बन्धित कर्तव्य निर्वाह गरून्। तिनीहरू सबैलाई मण्डली अगुवा र दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको निरन्तर व्यवहारलाई संयुक्त रूपमा चित्रण गर्छन्, त्यसपछि तिनीहरूलाई सम्हाल्ने काम हुन्छ। उदाहरणका लागि, यदि कुनै व्यक्ति काम गर्दा सधैँ अल्छी गर्छ र काम नगर्ने बहाना बनाउँछ भने, के यस व्यवहारका आधारमा उसलाई हटाउनु उचित हुन्छ? (हजुर, हुन्छ।) ठिक भनिस्, यो उचित हुन्छ। उदाहरणका लागि, यदि तँलाई सफाइको काममा खटाइएको छ, र तँ बारम्बार सूर्यमुखीको बीउ खान्छस्, चिया पिउँछस्, अखबार पढ्छस्, र लापरवाही रूपमा सूर्यमुखीको बीउका खोस्टाहरू फ्याँक्छस् भने, के तैँले आफ्‍ना जिम्‍मेवारीहरूलाई बेवास्ता गरिरहेको हुँदैनस् र? तैँले सफाइ नगरिरहेको मात्र होइन, तर फोहोर पनि गरिरहेको हुन्छस्, जसको अर्थ तैँले आफ्‍ना जिम्मेवारीहरूलाई बेवास्ता गरिरहेको छस्। यदि तँ आफ्नो काममा अयोग्य छस् भने, तँलाई हटाउन पूर्ण रूपमा सिद्धान्तअनुरूप हुन्छ, र तैँले यसबारे तर्क गर्नु हुँदैन। तैपनि, यो मण्डली अगुवाले त्यस व्यक्तिको अभिप्राय राम्रो छ भनेर दाबी गऱ्यो, जसले गर्दा मानिसहरू बहकिए। अगुवाले यसरी मानिसहरूलाई उक्साएपछि र बहकाएपछि, तिनीहरूमध्ये कतिले उसको नेतृत्व पछ्याए, र तिनीहरू सहमतिमा पुगे। तर तिनीहरूले यसरी व्यवहार गर्दा परमेश्‍वर र सत्यता सिद्धान्तहरूलाई कहाँ राखे? तिनीहरू “हाम्रो मण्डली” र “परमेश्‍वरको हाम्रो घर” बारे कुरा गर्ने परिवारजस्तै बने। “मण्डली” र “परमेश्‍वरको घर” लाई कसरी परिभाषित गरिन्छ? के परमेश्‍वर नभएका ठाउँमा परमेश्‍वरको घर हुन सक्छ? (सक्दैन।) यदि कुनै ठाउँमा परमेश्‍वर हुनुहुन्न भने, के त्यहाँ मण्डलीको अस्तित्व हुन्छ वा मण्डली स्थापित हुन सक्छ? (अहँ, हुन सक्दैन।) त्यसोभए, तिनीहरूले “हाम्रो” भन्‍नुको अर्थ के हो? त्यसको अर्थ तिनीहरू परमेश्‍वरबाट अलग भएका छन् भन्‍ने हो। मण्डली यो भ्रमित अगुवाको मण्डली बन्यो, र ऊ मण्डलीको मालिक बन्यो, जबकि तथाकथित दाजुभाइ-दिदीबहिनीहरू र भ्रमित मानिसहरूले ऊसँग गुट बनाए र उसका आफन्तहरूले जस्तै व्यवहार गरे। तिनीहरूले आफूलाई परमेश्‍वरबाट टाढा राखे, त्यसकारण परमेश्‍वरले “परमेश्‍वरको घर” बाहिरको भूमिका लिनुभयो। यी परिस्थितिहरूमा यस अगुवाले पहिलो वाक्यांश बोल्दा पैदा भएका परिणामहरू यिनै थिए। सबैले उसलाई एकदमै अनुमोदन गरे र सोचे, “हाम्रो मण्डली अगुवा निष्पक्ष छन्, तिनी हाम्रो विचार गर्छन्, हाम्रा कमजोरीहरू क्षमा गर्छन्, र हाम्रो पक्षमा बोल्नेसमेत गर्छन्। हामीले गल्ती गर्दा, परमेश्‍वर सधैँ हामीलाई खुलासा र काटछाँट गर्नुहुन्छ। तर हाम्रो अगुवा हामीलाई कुखुरोको पोथीले चल्लाहरूलाई रक्षा गरेझैँ सधैँ रक्षा गर्छन्। तिनी हाम्रो साथमा हुँदा, हामी कुनै अन्याय भोग्‍नेछैनौँ।” सबै जना ऊप्रति कृतज्ञ थिए। यस अगुवाले बोलेको पहिलो वाक्यका परिणामहरू यिनै थिए।

यस अगुवाले बोलेको दोस्रो वाक्यांशलाई जारी राखौँ। मण्डलीमा बाहिरी मामलाहरूसँग सम्बन्धित केही कामहरू थिए जुन धेरैजसो मानिसले निर्वाह गर्न सक्दैनथिए वा तिनीहरू आफ्नो कर्तव्यमा धेरै व्यस्त हुनाले तिनलाई सम्हाल्न सक्दैनथिए। बाहिरी मामलाहरू सम्हाल्न दक्ष तर नाम मात्रका केही विश्‍वासी थिए, त्यसकारण परमेश्‍वरको घरले यस्तो व्यक्तिलाई यी कामहरू गर्न लगाउन केही पैसा छुट्यायो, र कहिलेकाहीँ परमेश्‍वरको घरले अलिक धेरै काम सम्हाल्न उसका लागि अलि बढी खर्च गर्थ्यो। मलाई भन् त, के यस्ता कुराहरू सम्हाल्न परमेश्‍वरको घरले थप २०० युआन खर्च गर्नु सिद्धान्तहरूको उल्लङ्घन हो? ती कुरा सम्हाल्ने एउटै मात्र तरिका यही थियो, र यसले राम्रा परिणामहरू ल्याउँथ्यो, त्यसकारण तिनलाई यसरी नै सम्हालियो। त्यस व्यक्तिलाई थप २०० युआन दिँदा परमेश्‍वरको घरलाई यी कुराहरू सम्हाल्न सहज भयो, र धेरै समस्या समाधान भए। के त्यो थप २०० युआन खर्च गर्नु सार्थक थियो? (त्यो सार्थक थियो।) त्यो अवश्य नै सार्थक थियो। यसरी काम गर्नु उचित थियो। यदि परमेश्‍वरको घरले ती कामहरू सम्हाल्न नसक्‍ने कसैलाई २०० युआन दिएको भए, त्यो खेर जानेथियो। उसलाई २०० युआन दिनुको अर्थ ती कामहरू राम्ररी पूरा हुन सक्थ्यो—त्यसोभए के परमेश्‍वरको घरले यसरी कामकुरा सम्हाल्नु सिद्धान्तहरूअनुरूप थियो? (त्यो सिद्धान्तहरूअनुरूप थियो।) त्यसोभए, के यो कुरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग छलफल नगर्नु वा तिनीहरूलाई नबताउनु सिद्धान्तअनुरूप थियो? (त्यो सिद्धान्तअनुरूप थियो।) के माथिसँग यस्तो कुरा सम्हाल्ने अधिकार छ? (छ।) हो, त्यो निश्‍चित छ। तर यस मण्डली अगुवाले भन्यो, “त्यस व्यक्तिलाई थप २०० युआन दिइयो भनेर विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले भने…। म यस विषयमा दाजुभाइ-दिदीबहिनीहरूको तर्फबाट मात्रै सोधिरहेको छु। तिनीहरू यो सिद्धान्त बुझ्दैनन्, र हामी सत्यताको यस पक्षबारे कसरी सङ्गति गर्ने भनेर खोजी गर्न चाहन्छौँ।” उसले आधा वाक्य मात्रै बोल्यो। यो उसको दोस्रो वाक्य थियो। स्पष्टतया, यो वाक्यांश एउटा प्रश्न थियो, जसको अर्थ यस्तो थियो, “तपाईँ आफूले गर्ने सबै कुरा सिद्धान्तअनुरूप छ भनेर भन्‍नुहुन्छ, तर यो कुरा सिद्धान्तअनुरूप छैन, र केही दाजुभाइ-दिदीबहिनीहरूमा यसबारे राय र धारणाहरू छन्, त्यसकारण मैले तिनीहरूका पक्षमा यसबारे प्रश्न गर्नुपर्छ। तपाईँ यस कुरालाई कसरी व्याख्या गर्नुहुन्छ? मलाई स्पष्टीकरण दिनुहोस्।” त्यो प्रश्न हो, होइन र? अब, यसमा कतिवटा सन्देशहरू समावेश थिए भनेर विश्लेषण गर—यस्तो कुरा सुन्दा तिमीहरूको दृष्टिकोण कस्तो हुन्छ? यस मामलाका आधारमा तिमीहरू यस व्यक्तिलाई कसरी हेर्छौ? (परमेश्‍वर, उसको यस वाक्यांशमा प्रश्न गर्ने शैली थियो। उसले परमेश्‍वरलाई प्रश्न गरिरहेको थियो। वास्तवमा, यस विषयमा उसका आफ्नै धारणाहरू थिए। उसले आफ्नो साँचो विचार व्यक्त गरेन, बरु माथिबाट आएको निर्णय स्विकार्न नसक्‍ने त दाजुभाइ-दिदीबहिनीहरू हुन्, र त्यसबारे तिनीहरूसँग रायहरू छन् भनेर भन्यो। मण्डली अगुवाका रूपमा उसले दाजुभाइ-दिदीबहिनीहरूसँग धारणाहरू हुँदा, यो समस्या समाधान गर्न तिनीहरूसँग सत्यतामा सङ्गति गर्नुपर्थ्यो, तर उसले त्यो समाधान नगरेको मात्र होइन, तर यी धारणाहरू लिएर परमेश्‍वरलाई प्रश्न पनि गऱ्यो। उसमा छली र दुष्ट स्वभाव छ।) दुईवटा बुँदा उल्लेख गरिएका छन्: एउटा हो, उसले माथिलाई प्रश्न गरिरहेको थियो, र अर्को हो, ऊभित्र पहिले नै धारणा थिए, तैपनि उसले भन्यो, “दाजुभाइ-दिदीबहिनीहरू सिद्धान्तहरू बुझ्दैनन्, र तिनीहरू ती खोजी गर्न चाहन्छन्।” के यस वाक्यांशमा कुनै समस्या छ? के उसका लागि दाजुभाइ-दिदीबहिनीहरू त्यति महत्त्वपूर्ण थिए? उसले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशलाई अत्यन्तै महत्त्वपूर्ण ठानेको हुनाले, तिनीहरूले यस्ता बलिया धारणाहरू विकास गर्दा, किन ती समाधान गरेन? के उसले आफ्नो जिम्‍मेवारीमा लापरवाह भइरहेको थिएन र? ऊ लापरवाह भइरहेको थियो। उसले त्यो समस्या समाधान गरेन, र माथिलाई प्रश्न गर्न लाज नमानी दाजुभाइ-दिदीबहिनीहरूका धारणाहरूसमेत लिएर आयो। त्यसोभए, ऊ के कामको थियो? उसले केले गर्दा प्रश्न गर्न सक्यो? के उसमा पनि धारणाहरू थिएनन् र? के उसमा पनि माथिबाट आएको निर्णयबारे विचारहरू थिएनन् र? के उसलाई पनि यो मामला अनुचित रूपमा सम्हालिएको छ भन्‍ने लागेको थिएन र? त्यो २०० युआन उसका लागि खर्च गरिएको थिएन, त्यसकारण उसलाई आफूले त्यो गुमाएको जस्तो लाग्यो, होइन र? उसले सोच्यो, “मैले त्यो थप २०० युआन पाउनुपर्थ्यो, हामी त्यसको योग्य छौँ। त्यो मान्छे अविश्‍वासी हो, र उसले त्यो पाउनु हुँदैन। हामी साँच्‍चै परमेश्‍वरमा विश्‍वास गर्छौँ र हामी परमेश्‍वरको घरका मानिस हौँ, तर ऊ होइन।” के उसको आशय यही होइन र? (हो।) उसको आशय त्यही हो। अनि उसले यो कुरा सिधै भनेन; उसले त्यो अनकनाउँदै भन्यो। यो सुनेपछि, तिमीहरूले त्यो कुरा बुझ्यौ कि बुझेनौ? पैसा खर्च गर्ने यस विषयमा तिमीहरूको दृष्टिकोण के छ? धेरैजसो मानिस यो सानो मामिलालाई बुझ्न सक्छन्। परमेश्‍वरको घरको ठूलो कामलाई विचार गर्दा, के त्यो अगुवाले थप २०० युआन खर्च भएको कुरालाई त्यतिका ध्यान दिनुपर्थ्यो र? त्यसबाहेक, त्यो उसको खल्तीबाट आएको थिएन, त्यसोभए, किन उसलाई त्यसबारे त्यति दुःख लाग्यो? के उसलाई अरू असल मानिस भएको देख्दा डाह लागेको थिएन र? के उसको आशय यही थिएन र? के तिमीहरू मैले भर्खरै तिमीहरूलाई व्याख्या गरेको कुरा बुझ्न सक्छौ? के तिमीहरूमध्ये कोही असहमत छौ, र भन्छौ, “होइन! हाम्रो जानकारीविना थप २०० युआन खर्च गर्नु—हामीलाई यसबारे जान्ने अधिकार नहुनु भयानक कुरा हो। के यो परमेश्‍वरको घरका भेटीहरू फजुल खर्च गर्नु होइन र?” परमेश्‍वरको घरको अवधारणा के हो? भेटीहरूको अवधारणा के हो? म तँलाई भन्छु, भेटीहरू सबैका होइनन्, ती दाजुभाइ-दिदीबहिनीहरूका होइनन्; यदि दाजुभाइ-दिदीबहिनीहरू मात्रै भएका भए र परमेश्‍वर नहुनुभएको भए, त्यसलाई परमेश्‍वरको घर भनिँदैनथ्यो। जब परमेश्‍वर देखा परेर काम गर्नुहुन्छ, जब उहाँ मानिसहरूलाई आफ्‍नो अघि बोलाउनुहुन्छ र मण्डली स्थापना गर्नुहुन्छ—तब त्यो परमेश्‍वरको घर हो। जब दाजुभाइ-दिदीबहिनीहरू दशांश चढाउँछन्, तब त्यो परमेश्‍वरको घरलाई दिइएको हुँदैन, न त मण्डलीलाई नै दिइएको हुन्छ, र यो अवश्य नै कुनै पनि व्यक्तिलाई दिइएको हुँदैन। तिनीहरूले यो दशांश परमेश्‍वरलाई चढाइरहेका हुन्छन्। सरल शब्दमा भन्दा, त्यो पैसा परमेश्‍वरलाई दिइएको हुन्छ; त्यो उहाँको निजी सम्पत्ति हो। उहाँको निजी सम्पत्तिले केलाई जनाउँछ? परमेश्‍वर त्यसलाई आफूले चाहेअनुसार प्रयोग गर्न सक्नुहुन्छ, र त्यो अगुवा यसमा संलग्‍न हुन योग्य थिएन। म तँलाई भन्छु, यस मामलाको कारण प्रश्न गर्नु र सत्यता खोज्न चाहनु अलि हदभन्दा बढी र अनावश्यक कुरा थियो; त्यो त ऊ झूटो र ढोँगी हुनु थियो! यस अगुवाले सत्यता नखोजेका महत्त्वपूर्ण कुराहरू धेरै थिए, तैपनि उसले यस विषयमा खोजी गर्ने निर्णय गऱ्यो। किन उसले त्यो दुष्ट व्यक्तिलाई सम्हालेन? किन उसले यसो भन्दै खोजी गरेन, “यस व्यक्तिले दुष्टता गरेका केही प्रकटीकरण देखाएको छ; सबै दाजुभाइ-दिदीबहिनीहरू ऊदेखि दिक्‍क भएका छन्। के मैले यसलाई सम्हाल्नु पर्दैन र?” अगुवाले त्यसबारे सोधेन; यो दुष्ट व्यक्तिप्रति ऊ पट अन्धो बनेको थियो। के त्यो समस्या होइन र? यस अगुवाले बोलेको पहिलो वाक्यांश के थियो? (तिनको नियत राम्रो थियो।) “तिनको नियत राम्रो थियो।” हेर् त यो व्यक्ति कति “उपकारी” बनेको थियो; कस्तो ढोँगी! ऊ दुष्ट थियो, तैपनि उसका शब्दहरू उपकार र नैतिकताले भरिएका थिए; उसका शब्दहरू महजस्तो गुलिया थिए, तर उसको हृदयमा छुरा थियो, र ऊ मानवले जस्तो व्यवहार गर्दैनथ्यो। उसको दोस्रो वाक्यांश के थियो? “परमेश्‍वरको घरले काम पूरा गर्न कसैलाई थप २०० युआन दियो। यस विषयमा हामीले कसरी सिद्धान्त बुझ्नुपर्छ र आत्मसात् गर्नुपर्छ भन्‍नेबारे म दाजुभाइ-दिदीबहिनीहरूको तर्फबाट सोधपुछ गर्न चाहन्छु।” मैले यस कुरालाई पूर्ण बयानका रूपमा प्रदान गरेँ; अवश्य नै, उसले त्यसरी भनेन। ऊ हिचकिचाउँदै बोल्यो, जसले गर्दा उसले भन्न खोजेको कुरा बुझ्न गाह्रो भयो। उसले त्यसरी नै कुरा गऱ्यो। त्यस अगुवाले बोलेको दोस्रो वाक्यांश यही थियो।

अब त्यस अगुवाले बोलेको तेस्रो वाक्यांश सुन। सबै जना मिलेर खन्ने काम गरिरहेका थिए। हरेक व्यक्तिलाई एक टोकरी माटो भर्ने काम दिइएको थियो। एक व्यक्तिले चाँडै काम गरेर पहिले काम पूरा गऱ्यो, त्यसपछि पानी पिउँदै र आराम गर्दै अरू सबैलाई पर्खेर बस्यो। त्यसपछि, केही गलत कुरा भयो। के गलत भयो? तेस्रो समस्या खडा भयो। यो अगुवा फेरि माथिलाई सोध्न आयो र भन्यो, “हाम्रोमा यहाँ छिटो काम गर्ने र चाँडै काम सकाउने व्यक्ति छ, तर उसको एउटा कमजोरी छ। काम सकेपछि, ऊ त्यतिकै बसिरहन्छ र अरू कसैलाई सघाउँदैन, त्यसकारण सबैले उसका बारेमा राय राख्‍न थालेका छन्।” माथिका ब्रदरले सोध्यो, “के ऊ काम गर्दा सामान्यतया अल्छी गर्छ?” यस अगुवाले भन्यो, “अहँ, गर्दैन। ऊ केवल छिटो काम गर्छ, र काम सकेपछि, कसैलाई सहयोग नगरी त्यतिकै पर्खेर बस्छ, त्यसकारण उसको बारेमा दाजुभाइ-दिदीबहिनीहरू रायहरू राख्छन्, र तिनीहरू उसमा अनुकम्पाको कमी छ भनेर भन्छन्।” जब दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा बताए, तब त्यस कुराले यो अगुवा दुःखी भयो। उसले सोच्यो, “अहो, हेर त त्यो व्यक्ति कति निर्दयी! मेरा दाजुभाइ-दिदीबहिनीहरू काम गरेर हत्तू छन्, तिनीहरू बिस्तारै काम गर्छन्, र कसैले पनि तिनीहरूलाई सहयोग गरिरहेको छैन।” सम्पूर्ण समूह व्याकुल भयो, त्यसकारण ऊ पनि व्याकुल भयो। ऊ कति “सहानुभूतिशील” रहेछ! उसले माथिलाई रिपोर्ट गर्ने यो “बोझ” लियो। उसले सोधेको पहिलो कुरा यो थियो, “के यस्तो व्यक्तिलाई दण्ड दिन सकिन्छ?” मलाई भन त, के तिमीहरूलाई यस्तो व्यक्तिलाई दण्ड दिन सकिन्छ भन्‍ने लाग्छ? (लाग्दैन।) त्यसोभए, यो सुनेपछि तिमीहरूको प्रतिक्रिया के हो? के त्यसबारे तिमीहरूमा मिश्रित भावनाहरू आउँछन्? के तँ व्याकुल हुन्छस्? (हुन्छु।) परमेश्‍वरको घरले मानिसहरूले सत्यता बुझ्नैपर्छ र अरूसँग उचित व्यवहार गर्नैपर्छ भनेर सधैँ सङ्गति गरेको छ, तर उसले यो सानो कुरासमेत गर्न सकेन। उसलाई त त्यो व्यक्तिलाई दण्ड दिनु उचित हो भन्‍ने लागेको थियो। के यो दुष्टता होइन र? (हजुर, हो।) उसले सोच्यो, “मेरा दाजुभाइ-दिदीबहिनीहरूले कष्ट भोगिरहेका छन्, र तिनीहरूले मलाई यस व्यक्तिमा अनुकम्पाको कमी छ भनेर रिपोर्ट गरेका छन्। मैले अगुवाका रूपमा, कसरी यी मानिसहरूको मन जित्न, तिनीहरूलाई शान्त पार्न, रक्षा गर्न, अन्यायमा पर्नबाट वा अनुचित व्यवहार गरिएको महसुस हुनबाट जोगाउन सक्छु?” उसको पहिलो प्रतिक्रिया नै त्यस व्यक्तिलाई दण्ड दिनु थियो, र उसले त्यस व्यक्तिलाई दण्ड दिएर, सबैको रिस मर्नेछ, र सबै कुरा निष्पक्ष र न्यायोचित हुनेछ भन्‍ने सोच्यो। के उसले यसो गर्न चाहेको थिएन र? (हो।) उसले सोच्यो, “हामी सबै एउटै खाना खान्छौँ, एउटै ठाउँमा बस्छौँ, र हामी सबैलाई एउटै व्यवहार गरिन्छ। यति चाँडो काम गर्नलाई तिमीसँग के अधिकार छ? यदि तिमी चाँडो काम गर्छौ भने, किन अरूलाई सघाउँदैनौ?” मलाई भन त, यो सुनेपछि मानिसहरूलाई कस्तो लाग्छ? “छिटो काम गर्नु पाप हो। हामीले कहिल्यै छिटो काम गर्नु हुँदैन जस्तो देखिन्छ—यस अगुवाका अधीनमा बसेर हामीलाई कुनै भलो हुँदैन। छिटो काम गर्नु राम्रो होइन, न त सक्रिय हुनु नै राम्रो हो। ढिलो हुनु उचित हो!” माथिले अगुवालाई सोध्यो, “बिस्तारै काम गर्नेहरूबारे के भन्‍ने? के तिमी तिनीहरूलाई इनाम दिन्छौ?” अगुवा अक्क न बक्क भयो, तर ऊ अन्योलमा परेको थिएन। उसले भन्यो, “अहँ, म तिनीहरूलाई इनाम दिन सक्दिनँ। तैपनि, चाँडै काम गर्ने त्यस व्यक्तिलाई दण्ड दिनुपर्छ। दाजुभाइ-दिदीबहिनीहरू सबैले तिनलाई दण्ड दिनुपर्छ भनेर भन्छन्।” उसले बोलेको वाक्यांश त्यही थियो। मलाई भन त, यस वाक्यांशले साँच्‍चै नै दाजुभाइ-दिदीबहिनीहरूलाई प्रतिनिधित्व गर्छ कि अगुवालाई प्रतिनिधित्व गर्छ? (त्यसले अगुवालाई प्रतिनिधित्व गर्छ।) हामी दाजुभाइ-दिदीबहिनीहरूलाई पर राखौँ—तिनीहरूमाझ, सबै किसिमका भ्रमित मानिसहरू हुन्छन्: सत्यतालाई प्रेम नगर्नेहरू, कुटिल तरिकाले बोल्नेहरू, स्वार्थी र आफ्नै भलो चिताउनेहरू, विवाद खडा गर्नेहरू, सिद्धान्तविना बोल्नेहरू, र न्यूनतम नैतिकताविना चल्नेहरू। तिनीहरूमाझ कस्तो व्यक्ति भेट्टाउन सकिँदैन? त्यसोभए, मण्डली अगुवाका रूपमा उसको जिम्मेवारी के थियो? के प्रभावशाली दाजुभाइ-दिदीबहिनीहरूको पक्षमा बोल्नु, यी दुष्ट प्रचलन र दुष्ट अभ्यासहरूको बचाउ गर्नु उसको कर्तव्य थियो? (थिएन।) त्यसोभए उसको जिम्मेवारी के थियो? उसले दाजुभाइ-दिदीबहिनीहरूमाझ विकृति र विचलनका समस्याहरू पत्ता लगाउँदा, यी समस्याहरूलाई सत्यता प्रयोग गरेर समाधान गर्नु उसको जिम्मेवारी थियो, ताकि ती मानिसहरूले समस्याहरू कहाँ छन्, र तिनीहरूको अवस्थामा रहेका समस्याहरू कहाँ छन् भनेर बुझ्न सकून्, जसले गर्दा तिनीहरूले आफूलाई चिन्‍न र सत्यता बुझ्न, अनि तिनीहरू परमेश्‍वरसामु आउन सहयोग पाउँथे। के मण्डली अगुवाको जिम्मेवारी यही होइन र? (हो।) के उसले यो पूरा गऱ्यो? उसले यो पूरा नगरेको मात्र होइन, तर ती दुष्ट प्रचलन र दुष्ट अभ्यासहरूलाई पोस्ने कामसमेत गऱ्यो, अनि मण्डलीमा ती कुरा वृद्धि गर्ने र फैलाउने कामलाई रक्षा गऱ्यो, उक्सायो, र हुन दियो। के यो दुष्टता होइन र? (हो।) मलाई भन त, यस्तो दुष्ट स्वभाव भएको व्यक्तिलाई माथिले काटछाँट गरेर खुलासा गरेपछि, के ऊ हृदयमा अवज्ञाकारी हुनेछ? (हुनेछ।) ऊ अवश्य नै अवज्ञाकारी हुनेछ। के उसले माथिद्वारा उसलाई दिइएको सिद्धान्तअनुसार मानिसहरूसँग निष्पक्ष व्यवहार गर्नेछ? कदापि गर्नेछैन। उसले बोलेका शब्दहरूबाट तैँले ऊ पूर्ण रूपमा छली थियो भनेर देख्न सक्छस्। पछि, मैले मनमनै सोचेँ: “यदि छिटो काम गर्नेहरूलाई दण्ड दिइयो भने, कसले चाहिँ छिटो काम गर्ने आँट गर्नेछ र? सबै जना कछुवाजस्तै ढिलो हुनेछन्, जो तीन दिनसम्म यताउता लसकलसक हिँडेर पनि नदी किनारमा चढ्न सक्दैन।” के अवस्था त्यस्तै हुनेछैन र? यस अगुवाले मानिसहरूलाई उचित व्यवहार गर्न नसक्नुबाहेक, उसको सबैभन्दा घातक र गम्भीर, अनि मानिसहरूलाई सबैभन्दा बढी बहकाउन सक्‍ने पक्ष के थियो भने, दाजुभाइ-दिदीबहिनीहरूले जेजस्ता खराब कुराहरू गरे पनि वा तिनीहरूले जेजस्ता गलत र निरर्थक दृष्टिकोणहरू फैलाए पनि, उसले ती कुरालाई चिन्‍न र सुधार गर्न नसकेको मात्र होइन, तर उसले तिनीहरूलाई छुट दियो, तिनीहरूलाई आश्रय दियो, र तिनीहरूलाई खुसी पार्ने प्रयाससमेत गऱ्यो। के ऊ अति खतरनाक व्यक्ति थिएन र? (थियो।) ऊ अत्यन्तै खतरनाक व्यक्ति थियो! त्यस अगुवाले बोलेको तेस्रो वाक्यांश यही थियो।

हामी चौथो वाक्यांशलाई जारी राखौँ। म त्यो अगुवा इन्चार्ज रहेका मण्डलीमा बारम्बार जान्थेँ, र तिनीहरूले त्यहाँ केही कुखुरा पालेका थिए। म त्यहाँ जाँदैपिच्छे, तिनीहरू एउटा कुखुरा काट्थे। एक दिन, कुखुरोको मासु मन्द आँचमा पानीमा उमालेर पकाइन्थ्यो; अर्को दिन, कुखुरोको मासु रातो रसिलो हुने गरी पकाइन्थ्यो; त्यसको अर्को दिन, कुखुरा पोलिन्थ्यो। यदि म हरेक दिन त्यहाँ गइरहेँ भने, केही दिनभित्र त्यहाँको कुखुरा सकिन्छ होला भन्‍ने मलाई लाग्यो। किन? कुखुरा पकाइँदा, कहिलेकाहीँ म एक-दुई चोक्टा खान्थेँ, र कहिलेकाहीँ मलाई खानै मन लाग्दैनथ्यो, तर ती मानिसहरू त्यो जहिल्यै पनि खान्थे, र हरेकपटक सिङ्गै कुखुरा सकिन्थ्यो। पछि, मैले यो कुरा विचार गरेँ: यदि म हरेकपटक जाँदा सिङ्गै कुखुरा सकियो, तिनीहरूसँग जति धेरै कुखुरा भए पनि, तिनीहरूले यसरी खाँदा त लामो समय टिक्‍नेथिएन। त्यसकारण, मैले अगुवालाई अबदेखि कुखुरा काट्नु हुँदैन भनेर भनेँ। के यसो गर्नु उचित थिएन र? (हजुर, उचित थियो।) अब, यसले उसलाई एकदमै अप्ठ्यारोमा पाऱ्यो। उसले यस्तो प्रश्न गऱ्यो, “यदि हामी कुखुरा काट्न सक्दैनौँ भने …” उसले त्यसपछि के सोध्यो भन्‍ने तँलाई थाहा छैन। उसले आखिरमा अनकनाउँदै के भन्यो? “त्यसोभए तपाईँ के खान चाहनुहुन्छ?” मैले भनेँ, “के कुखुराबाहेक अरू केही खानेकुरा छैन? के बारीभरि तरकारी छैन र? मलाई तीमध्ये कुनै पनि चीज चल्छ।” उसको भनाइको मतलब के थियो भने यदि तिनीहरूलाई कुखुरा मार्न दिइएन भने, मलाई अझै पनि कुनै मासु चाहिन्छ। ऊ “विचारशील” होइन र? मैले भनेँ, “कस्तो मासु! यदि तिमीहरूसँग सागसब्जी छ भने म मासु खाँदिनँ। यदि मैले तँलाई कुखुरा काट्न भनेको छैन भने, नकाट्नू!” यो कुरा बुझ्न सजिलो हुनुपर्थ्यो, होइन र? (हो।) तर उसका हकमा भन्दा, त्यो दोधार बन्यो। कुखुरा काट्न नपाउँदा उसलाई निकै अप्ठ्यारो पऱ्यो; उसले भूत लागेको मानिसले जस्तै एकदमै अनौठो व्यवहार गर्न थाल्यो। त्यो बेला उसले कुखुरा खान नपाउने हुनाले, अर्कोपटक म त्यहाँ जाँदा, उसले अर्को प्रश्न सोध्यो, जसले हामीलाई पाँचौँ वाक्यांशमा पुऱ्याउँछ। उसका प्रश्नहरू कसरी झन्-झन् हास्यास्पद बन्दै गए सुन है त। प्रश्न के थियो? उसले भन्यो, “हामीले कुखुरा काट्न नसक्ने हुनाले, र हामीसँग खरायो पनि भएकाले—के त्यो खानुहुन्छ त?” त्यसमा मलाई एकदमै रिस उठ्यो। मैले भनेँ, “हामीले पालेका स-साना खरायोहरू कति सुन्दर छन्, तिनीहरूको चम्किलो रातो आँखा छ र निखुर सेतो भुत्ला छ। तिनीहरू यताउता खेल्दै रमाइलो गरिरहेका छन्। किन तँ सधैँ मासु खानेबारे विचार गरिरहेको हुन्छस्? के तँ मासु नखाई बस्न सक्दैनस्?” मैले कुरै बुझिनँ। तिनीहरूका भान्सामा कहिल्यै मासु छाकटुट्ट हुँदैनथियो; कुखुरोको फिला र सुँगुरको मासु छेलोखेलो हुन्थ्यो। ऊसँग खाने मासु नभएको होइन, तर पनि किन ऊ खरायो मारेर खानेबारे सोधिरहन्थ्यो? मैले यसो भन्दै ओठे जवाफ दिएँ: “तैँले तिनीहरूलाई मार्न पाउँदैनस्! यो सब मारेर के काम?” मैले यसरी प्रतिक्रिया दिएको देख्दा, उसलाई काटछाँटमा परिन्छ भन्‍ने डर लाग्यो र उसले थप प्रश्नहरू सोध्‍ने आँट गरेन। त्यसपछि उसले कस्ता खानेकुरा तयार गऱ्यो? जून र जुलाईको मौसममा, बारीमा सबै किसिमका खानेकुरा थिए; हरियो सागसब्‍जी र फलदार तरकारीहरू प्रशस्त थिए। एक दिन, त्यस अगुवाले टेबलभरि परिकारहरू बनाएर राख्यो। उसले के तयार गरेको थियो? उमारिएको मुङ दालको भुटेको तरकारी, उमारिएको भटमासको सुप, माछासँग पकाइएको टोफु, भुटेको हरियो केराउ र अण्डा, भुटेको काने-च्याउ—टेबलमा एउटै पनि हरियो सागपात थिएन। मैले ती सबै भुटेका परिकारहरूलाई एक झलक हेरेँ। त्यो मौसममा त नयाँ खानेकुरा हुनुपर्थ्यो, तर उसले तयार गरेका खानेकुराहरू मौसमअनुसारको पटक्कै थिएनन्। मैले सोचेँ, के यो व्यक्ति दुष्ट बनिरहेको होइन र? बारीमा सबै किसिमका सागसब्जी थिए; किन उसले कुनै हरियो सागसब्‍जी बनाएन? अन्त्यमा, मैले उसलाई तुरुन्तै हटाउनुपर्छ भनेर भनेँ। ऊजस्तो व्यक्ति भान्साको इन्चार्ज भएमा, मानिसहरूले कहिल्यै मौसमी खानेकुरा खान पाउनेथिएनन्। बरु, तिनीहरूले सधैँ बेमौसमी खानेकुरा खानुपर्नेथियो। के त्यो सामान्य कुरा हो? यो पक्कै पनि सामान्य कुरा होइन!

यस अगुवाले सोधेका प्रश्नहरू र उसको खाना पकाउने शैलीबाट, मैले के अवलोकन गरेँ भने पहिलो, उसको चरित्र खराब थियो; दोस्रो, ऊसँग दुष्ट र कपटी स्वभाव थियो; र तेस्रो, ऊ सत्यता पछ्याउँदेनथियो। तैपनि, एउटा निश्चित अप्रत्याशित कुरा थियो; यसलाई विचित्रसमेत भन्‍न सकिन्छ। विगतमा, यस मण्डलीमा निर्वाचन हुँदैपिच्छे, उसले सबैभन्दा धेरै मत पाउँथ्यो, र फेरि निर्वाचन हुँदा पनि, उसले नै सबैभन्दा धेरै मत पाउँथ्यो। त्यस्तो व्यक्तिले बारम्बार सबैभन्दा बढी मत पाउनुको पछाडि के भइरहेको थियो? के दुवैतिर यसका कारणहरू थिएनन् र? (थिए।) दुवैतिर यसका कारणहरू थिए। मुख्य कारणहरू के थिए? एकातिर, धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूले सत्यता पछ्याउँदैनथे वा बुझ्दैनथे, र तिनीहरूमा मानिसहरूलाई चिन्‍ने क्षमताको कमी थियो। अर्कोतिर, यो मण्डली अगुवा मानिसहरूलाई बहकाउन अत्यन्तै सक्षम थियो। यो व्यक्ति को थियो भनेर तिमीहरूलाई थाहा छैन, उसले के गऱ्यो त्यो तिमीहरूले देखेका छैनौ, र बन्द कोठामा ऊ कस्तो व्यक्ति थियो त्यो तिमीहरूलाई थाहा छैन। तर मैले बताएका मामलाहरू, साथै उसले बोलेका पाँचवटा वाक्यांशका आधारमा मात्रै, तिमीहरूले ऊ कस्तो व्यक्ति थियो भनेर भन्‍नेथियौ? के ऊ मण्डली अगुवा बन्‍न उपयुक्त थियो? (थिएन।) त्यसोभए किन ती दाजुभाइ-दिदीबहिनीहरू उसलाई चयन गरिरहन्थे? किनभने ऊसँग रणनीतिहरू थिए र उसले यी मानिसहरूलाई बहकाएको थियो। ऊ झट्ट हेर्दा देखिएझैँ निष्कपट र व्यावहारिक व्यक्ति थिएन; ऊसँग निश्चय नै रणनीतिहरू थिए। पछि, मैले त्यस मण्डलीमा अगुवाका रूपमा काम गर्न उपयुक्त कोही छैन र यस पदमा सेवा गर्न अरू कसैलाई पठाउनुपर्छ भनेर भनेँ। तर कतिपय मानिसले कुरा बुझेनन्; तिनीहरूलाई यो अगुवा दाजुभाइ-दिदीबहिनीहरूद्वारा छनौट गरिएको होइन भन्‍ने लाग्यो। “दाजुभाइ-दिदीबहिनीहरू” लाई कसरी परिभाषित गर्नुपर्छ? के दाजुभाइ-दिदीबहिनीहरूले सत्यताको प्रतिनिधित्व गर्छन्? के तिनीहरूलाई यसरी परिभाषित गरिन्छ? (होइन।) जब दाजुभाइ-दिदीबहिनीहरू सामूहिक रूपमा माग गर्छन्, प्रावधान खडा गर्छन्, वा राय राख्छन् र तर्क गर्छन्, तब के यी कुराहरू सत्यताअनुरूप हुन्छन् नै भन्‍ने छ र? के परमेश्‍वरले पहिले तिनीहरूका समस्याहरूलाई विचार गर्नुपर्छ र तिनीहरूको ख्याल गर्नुपर्छ? के परमेश्‍वर यसो गर्न सक्नुहुन्छ? (सक्‍नुहुन्‍न।) त्यसोभए तिनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? यी दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी परिभाषित गर्नुपर्छ? तिनीहरूमध्ये धेरैजसो आफ्नो कर्तव्य निर्वाह गर्न, मेहनत र काम गर्न इच्छुक हुन्छन्, तर तिनीहरू सत्यता पछ्याउँदैनन्। तिनीहरूमा सत्यता बुझ्ने शक्ति र क्षमताको कमी हुन्छ, तिनीहरू मूर्ख, भावशून्य, र मन्दबुद्धिका हुन्छन्, तिनीहरू मानिसहरूलाई चिन्‍न वा मामिलाहरू छर्लङ्ग देख्‍न सक्दैनन्, अनि तिनीहरू स्वार्थी र आफ्नै भलो चिताउने हुन्छन्। तिनीहरूमा केही असल अभिप्राय भए पनि र तिनीहरू परमेश्‍वरका लागि विभिन्न कुरा त्याग्‍न, आफूलाई समर्पित गर्न, र मेहनत गर्न इच्छुक भए पनि, तिनीहरूको घातक कमीकमजोरी के हो? तिनीहरू सत्यता बुझ्दैनन् वा त्यो स्वीकार गर्दैनन्। तिनीहरू “जसले मलाई खुवाउँछ ऊ मेरी आमा हो; जसले मलाई पैसा दिन्छ ऊ मेरो बुबा हो” भन्‍ने भनाइअनुसार चल्छन्। तिनीहरूका लागि असल वा फाइदाजनक, तिनीहरूको पक्षमा बोल्ने र तिनीहरूलाई रक्षा गर्ने व्यक्तिलाई तिनीहरू छनौट गर्छन्। यदि त्यस्ता मानिसहरूलाई आफ्नो अगुवा छनौट गर्न दिइयो भने, के तिनीहरूले असल अगुवा छनौट गर्न सक्छन्? सक्दैनन्। के तिनीहरूले आफ्नो जीवन प्रवेशमा कुनै प्रगति गर्न सक्छन्? यदि माथिले तिनीहरूलाई यति हठी हुन, र यति लापरवाही रूपमा काम गर्न दिएको भए, के त्यो गैरजिम्मेवार बन्नु हुनेथिएन र? (हुनेथियो।) तिनीहरू भ्रमित थिए, तर माथि त्यस्तो छैन, र यी मानिसहरूले छनौट गरेको अगुवालाई हटाइयो र अर्को व्यक्तिलाई उसको स्थानमा राखियो। यी मानिसहरू नयाँ अगुवालाई स्वीकार गर्न अनिच्छुक भए पनि, त्यस व्यक्तिले केही वास्तविक काम गर्न सक्यो भने, मानिसहरूलाई बहकाउने त्यस झूटा अगुवाभन्दा त ऊ नै धेरै राम्रो हो। यी दाजुभाइ-दिदीबहिनीहरूले माथिको बन्दोबस्त नबुझेका भए पनि, एक दिन तिनीहरूले केही सत्यता र कामकुरा केही मात्रामा बुझ्नेछन्, त्यसपछि तिनीहरूले को असल थियो र को खराब थियो भनेर जान्नेछन्। यसरी काम गरेर, माथिले तिनीहरूका लागि पूर्ण रूपमा जिम्मेवारी लिइरहेको थियो। के यसो गर्नु उचित थियो? (त्यो उचित थियो।) तिनीहरूले नबुझे पनि, तिनीहरूलाई आफूखुसी आफूले चाहेको व्यक्तिलाई चुन्ने अनुमति दिनु हुँदैनथियो। के तिनीहरू विद्रोह गर्न चाहन्छन्? यदि तिनीहरू दुष्टता गर्न, शैतानका सहकर्मी बन्‍न चाहन्छन् भने, तिनीहरू पूर्ण रूपमा नष्ट हुनेछन्। त्यसकारण, माथिले तिनीहरूका लागि निर्णय गरेर अर्को अगुवा छनौट गर्नुभयो। तर तिनीहरूले यो कुरा स्वीकार गरेनन्; तिनीहरूले आफूले छनौट गरेको व्यक्ति उपयुक्त छ भनेर जिद्दी गरे। के यो दुष्ट हुनु होइन र? किन तिनीहरूले उसलाई सधैँ असल ठाने? उसमा राम्रो कुरा के थियो र? किन तिनीहरू उसलाई राख्‍न यति सङ्कल्पित थिए? त्यसमा एउटा समस्या थियो: तिनीहरूलाई थाहै नपाई यस झूटो अगुवाले बहकाएको र हानि गरेको थियो। तिनीहरू साँच्‍चै मूर्खहरूको झुन्ड थिए। मैले यस विषयमा कुरा गरिसकेको छु। हामी यो झूटा अगुवाजस्ता मानिसहरूलाई यस विषयभित्र चिरफार र विश्लेषण गर्न एक उदाहरणीय मामलाका रूपमा लिन्छौँ—यसो गर्नु उचित कुरा हो। आखिर, तिनीहरूको स्वभावको दुष्टता आफैमा नमुना हो।

ख्रीष्टविरोधीहरूको सातौँ प्रकटीकरणभित्रको दुष्टतासम्बन्धी हाम्रो सङ्गतिका सन्दर्भमा भन्नुपर्दा, यी निश्‍चित उदाहरणहरूलाई मिलाएर, अनि तिनलाई विश्लेषण र तुलना गरेर, के यो विषय तँलाई स्पष्ट भएको छ? मैले भर्खरै छलफल गरेको यस व्यक्तिले भविष्यमा सत्यता पछ्याउन सक्छ कि सक्दैन भन्‍ने कुरा अज्ञात छ, भन्‍न गाह्रो छ, र हामी अहिलेका लागि कुनै निष्कर्ष निकाल्नेछैनौँ। तैपनि, एउटा कुरा निश्‍चित छ: उसको स्वभाव, सार, र प्रकृति सबै दुष्ट थिए। त्यसोभए, ऊ केलाई प्रेम गर्थ्यो? के ऊ निष्पक्षता र धार्मिकतालाई प्रेम गर्थ्यो? के ऊ परमेश्‍वरले बोलेका विभिन्‍न सत्यतालाई प्रेम गर्थ्यो? के उसलाई इमानदार व्यक्ति बन्‍न, अरूसँग निष्पक्ष व्यवहार गर्न, सिद्धान्तअनुसार काम गर्न, र सत्यता खोज्न मन लाग्थ्यो? के ऊ यी कुराहरूलाई प्रेम गर्थ्यो? ऊ तीमध्ये कुनैलाई पनि प्रेम गर्दैनथियो—यो कुरा शतप्रतिशत निश्‍चित छ। उसले बोलेका यी केही वाक्य र उसले सोधेका यी केही प्रश्नद्वारा, उसले आफ्नो हृदय र अन्तरात्मादेखि प्रेम गरेका कुराहरू खुलासा भए। तीमध्ये सकारात्मक कुराहरूसँग मिल्ने एउटै कुरा थिएन। उसले मन पराएका र रक्षा गर्न इच्छा लाग्ने मानिसहरू को थिए? उसले दुष्टता गर्ने, मण्डलीको काममा बाधा दिने, पटक्कै बफादारी नभएका र आफ्नो कर्तव्य निर्वाहमा धेरै दुष्ट कार्यहरूमा संलग्‍न हुनेहरूलाई रक्षा गर्थ्यो। ऊ त्यस्ता मानिसहरूलाई क्रोध वा घृणाको नजरले हेर्दैनथियो; ऊ तिनीहरूको पक्षमा बोल्‍ने र तिनीहरूको रक्षा गर्नेसमेत गर्थ्यो। यसले केलाई देखाउँछ? यसले तिनीहरू एकै प्रकारका हुन् भन्ने देखाउँछ: तिनीहरूका हित र सार उस्तै थिए। तिनीहरू स्वाभाविक रूपमै एकअर्कासँग सहमत थिए, र तिनीहरू दुई एकै प्रकारका दुष्ट व्यक्ति थिए। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरका वचन र कार्यहरूबारे धारणा र गलतफहमीहरू पालिराख्दा, यस अगुवालाई कस्तो लाग्यो? के उसले यी समस्याहरू समाधान गर्ने बोझ लियो? (लिएन।) उसले यो बोझ लिएन; उसले यी समस्याहरू हल गरेन वा यी मामिलाहरूलाई ध्यान दिएन—उसले यी कुराहरूप्रति आँखा चिम्ल्यो। कसैले परमेश्‍वरको नामको अपमान गर्दा, वा परमेश्‍वरको घरको काममा अवरोध र बाधा पुऱ्याउँदा, कसैले आफ्नो कर्तव्य निर्वाहमा बफादारी नदेखाउँदा र झारा टार्दा, वा आफ्नो कर्तव्य निर्वाहमा परमेश्‍वरको घरका हितहरूलाई हानि गर्दा अनि बाधा र विनाश ल्याउँदा, वा नकारात्मकता पोखाउँदा र धारणाहरू फैलाउँदा, के उसले यीमध्ये कुनैलाई समस्याका रूपमा पहिचान गर्न सक्यो? उसले तिनलाई समस्याका रूपमा पहिचान गर्न सकेन; उसले सोच्यो, “यी समस्याहरू अस्तित्वमा हुनु सामान्य कुरा हो; कसले भ्रष्टता प्रकट गर्दैन र?” उसले के भन्न खोजिरहेको थियो? उसले ती मानिसहरूले यसरी व्यवहार गर्नैपर्छ भनेर भनिरहेको थियो, किनभने त्यसपछि ऊ त्यति खराब देखिनेथिएन—ऊ “लुक्न” र “सुरक्षित” हुन सक्थ्यो। के यो दुष्ट होइन र? यी मानिसहरूले निरन्तर अवरोध र बाधाहरू ल्याउँथे, र ऊ तिनीहरूलाई सम्हाल्दैनथियो। यसका आधारमा, मलाई भन् त, के ऊसँग इन्साफको बोध थियो? के ऊ सत्यतालाई प्रेम गर्थ्यो? ऊ परमेश्‍वरको घरलाई कस्तो ठाउँ ठान्थ्यो? ऊ परमेश्‍वरको घर इमानदार मानिस, परमेश्‍वरप्रति बफादार मानिस, परमेश्‍वरको मार्ग पछ्याउने र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा आफ्नो स्थान चिन्ने मानिसहरूले भरिएको चाहँदैन थियो। ऊ सबै जनाले खुलस्त कुरा गरेर परमेश्‍वरका वचनहरूबारे सङ्गति गरून्, परमेश्‍वरमा समर्पित होऊन् र उहाँको गवाही दिऊन् भन्‍ने चाहँदैनथियो। परमेश्‍वरको घरका सबै जना त्यस्ता भएका भए उसलाई यो मन पर्दैनथियो। त्यसोभए, उसलाई के मन पर्थ्यो? उसलाई सबै जनाले आफ्नो हित हुने सम्बन्धहरू बनाएको, एकअर्काका हितको रक्षा गरेको, कसैलाई हानि नगरेको, वा कसैको खराब पक्ष खुलासा नगरेको मन पर्थ्यो। उसलाई सबै जनाले आपसी रूपमा एकअर्काको रक्षा गरेको र एकअर्कालाई आश्रय दिएको, अरूले गरेका कुनै पनि खराब कुराहरू बाहिरी व्यक्तिहरूबाट लुकाएको, र पन्थको रूपमा काम गरेको मन पर्थ्यो। उसलाई त्यही मन पर्थ्यो। जब कसैले अरूको गलत काम र वास्तविक परिस्थितिहरू खुलासा सार्वजनिक गर्थ्यो, सिधै कुरा गरेर सबैलाई ती कुराबारे बताउँथ्यो, तब ऊ त्यस्ता कार्यहरूलाई घृणा र तिरस्कार गर्थ्यो। जब गलत कामहरू लुकाएर राखिन्थ्यो र ढाकिन्थ्यो, जब झूटहरू खुलासा हुँदैनथियो, र जब चालबाजीमा संलग्‍न हुने वा परमेश्‍वरको घरका हितहरूमा हानि पुऱ्याउने व्यक्तिलाई सिद्धान्तअनुसार तह लगाइँदैनथियो, तब उसलाई त्यो कुरा मन पर्थ्यो। उसले रेखदेख गर्ने मण्डलीमा, परमेश्‍वरका वचनहरू अनि परमेश्‍वरको घरका प्रशासनिक आदेश र कार्य बन्दोबस्तहरू के बनेका थिए? ती खोक्रा शब्दहरू बनेका थिए, र ती लागू गर्न सकिएको थिएन। किन ती लागू गर्न सकिएको थिएन? किनभने उसले रोकेको थियो; ऊ तिनलाई रोक्ने पर्खाल बनेको थियो। ख्रीष्टविरोधीहरूले आफ्‍नो लक्ष्य हासिल गर्नका लागि तथ्यहरू बङ्ग्याएर, निश्‍चित युक्तिहरू प्रयोग गरेर र अरूलाई मूर्ख बनाउन र छल गर्न निश्‍चित रणनीति र युक्तिहरूमा संलग्‍न भएर प्रकट गर्ने दुष्ट स्वभाव यही हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्