विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई) खण्ड तीन

कसरी ख्रीष्टविरोधीहरू दुष्ट, कपटी, र छली हुन्छन् भन्ने कुराको विश्‍लेषण

पछिल्लोपटक, हामीले ख्रीष्टविरोधीहरूको सातौँ प्रकटीकरणबारे सङ्गति गरेका थियौँ—तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन्। हामीले मुख्य रूपमा कुन पक्षमा सङ्गति गऱ्यौँ? हामीले ख्रीष्टविरोधीहरू कसरी दुष्ट हुन्छन् भन्‍नेबारे कुरा गऱ्यौँ। किन हामी तिनीहरू दुष्ट हुन्छन् भनेर भन्छौँ? तिनीहरूको प्रकृति सारभित्रका केकस्ता विशेष स्वभाव, प्रकटीकरण, र विशेषताहरूले तिनीहरूलाई दुष्ट, कपटी, र छली भनेर चित्रण गर्न सक्छन्? तिनीहरूको दुष्टता हुन्छ नै, र त्यो तिनीहरूको वास्तविक परिस्थितिसँग मिल्छ भनेर प्रमाणित गर्ने स्पष्ट लक्षणहरू के-के हुन्? यस्ता मानिसहरू दुष्ट हुन्छन् भन्‍ने कारण दिने तिनीहरूको प्रकृति सारका मुख्य विशेषताहरू के-के हुन्? कृपया आफ्ना विचारहरू बताओ। (धेरै ख्रीष्टविरोधीले सत्यता बुझ्छन्, तर त्यसको निर्लज्ज रूपमा विरोध गर्छन्। तिनीहरू आफूलाई के सही हो भन्‍ने स्पष्ट रूपमा थाहा भए पनि जिद्दी गर्दै आफ्नै मार्गमा हिँड्ने निर्णय गर्छन्। ख्रीष्टविरोधीहरूको दुष्टता त सच्चा रूपले सत्यता पछ्याउने मानिसहरू र सकारात्मक व्यक्तिहरूप्रति तिनीहरूले आधारहीन वैरभाव राख्नुमा पनि प्रकट हुन्छ।) (ख्रीष्टविरोधीहरू अरूले राम्रो गरेको हेर्न चाहँदैनन्। जब परमेश्‍वरको घरले दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदाहरू प्रदान गर्ने प्रबन्ध गर्न लागेको हुन्छ, तब ख्रीष्टविरोधीहरूले यी फाइदाहरू आफू मात्र उपभोग गर्न चाहन्छन्—तिनीहरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले ती फाइदाहरू लिएको चाहँदैनन्, त्यसकारण तिनीहरूले यो काम गर्दैनन्।) (परमेश्‍वर, कसरी ख्रीष्टविरोधीहरू परमेश्‍वर र सत्यतालाई हैसियत प्राप्त गर्ने माध्यमका रूपमा प्रयोग गर्छ भन्नेबारे तपाईँको अघिल्लो सङ्गतिले मलाई बलियो प्रभाव पाऱ्यो, मलाई यो कार्य साह्रै दुष्ट लाग्छ।) तिमीहरू धेरैजसोलाई केही कुरा अर्थात्, मैले ख्रीष्टविरोधीहरूको दुष्ट सारबारे सङ्गति गर्दा दिएका केही उदाहरण याद छ। तिमीहरू उदाहरणहरू मात्रै याद गर्छौ, तर तिमीहरूले ख्रीष्टविरोधीहरूको दुष्ट सारबारे मैले गरेको सङ्गति र चिरफारको विषयवस्तुलाई बिर्सिसकेका छौ। मैले ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृति सारबारे सङ्गति गर्दा र चिरफार गर्दा उल्लेख गरेका सत्यताहरूमध्ये कतिवटा तिमीहरू बुझ्न सक्छौ? तिमीहरूले यी कुराहरू सम्झन नसक्‍ने भएकाले, के त्यसले त्यसबेला तिमीहरूले ती कुनै कुरा बुझेनौ भन्‍ने देखाउँदैन र? यदि मेरो सङ्गतिले तिमीहरूलाई बलियो प्रभाव पारेको भए, के तिमीहरूले केही हदसम्म ती कुरा सम्झन सक्‍नेथिएनौ र? के तिमीहरूको यादमा आउने कुराहरू तिमीहरूले बुझेका कुरा होइनन् र? के तिमीहरूले सम्झन नसक्‍ने कुराहरू तिमीहरूलाई बुझ्न एकदमै गाह्रो लाग्‍ने, वा तिमीहरूले बुझ्नै नसक्‍ने कुरा होइनन् र? त्यो बेला तिमीहरूले ती सत्यताहरू सुन्दा, तिमीहरूलाई ती सही छन् भन्‍ने लागेको थियो, र तिमीहरूले तिनलाई धर्मसिद्धान्तका हिसाबमा सम्झ्यौ, र त्यसो गर्न तिमीहरूलाई धेरै मेहनत लाग्यो। तैपनि, एक रात सुतेपछि, तिमीहरूले ती कुरा बिर्स्यौ। एक महिनापछि, ती पूर्ण रूपमा हराए। के कुरा त्यस्तै हुँदैन र? तैँले कुनै मामला वा व्यक्तिको सारलाई छर्लङ्ग बुझ्न, सत्यता बुझ्नुपर्छ। यदि तँ अझै पनि गैरविश्‍वासीहरूको दृष्टिकोणमा टाँसिरहन्छस्, अनि गैरविश्‍वासीहरूको भनाइका आधारमा कामकुरालाई हेर्छस् र विचार गर्छस् भने, त्यसले तँ सत्यता बुझ्दैनस् भन्‍ने प्रमाणित गर्छ। यदि तैँले प्रवचनहरू सुन्दै र सङ्गति गर्दै बिताएका धेरै वर्षमा केही प्राप्त गरेको छैनस्, र मानिसहरूले तँसँग सत्यतामा सङ्गति गर्दा, तिनीहरूले त्यसलाई जसरी व्याख्या गरे पनि बुझ्न सक्दैनस् भने, यसले तँमा सत्यता बुझ्ने क्षमताको कमी छ भन्ने देखाउँछ, यसलाई कमजोर क्षमता भनिन्छ। के कुरा त्यही होइन र? (हजुर।) ख्रीष्टविरोधीहरूको दुष्टतासम्बन्धी तिमीहरू कसैले पनि सबैभन्दा महत्त्वपूर्ण बयान उल्लेख गरेका छैनौ। किन तिमीहरूले त्यसको उल्लेख नगरेको? एकातिर धेरै समय बितिसकेको, र तिमीहरूले त्यसलाई बिर्सिसकेको हुनाले हो। अर्कोतिर, तिमीहरूले यस बयानको महत्त्व नबुझेकाले हो; यो बयान ख्रीष्टविरोधीहरूको दुष्ट सार उदाङ्गो पार्ने र खुलासा गर्ने प्रमुख बयान हो भन्‍ने तिमीहरूलाई थाहा भएन। यो बयान के हो? त्यो के हो भने ख्रीष्टविरोधीहरूको दुष्टता मुख्यतः सबै सकारात्मक कुरा र सत्यतासँग सम्बन्धित सबै कुराप्रतिको तिनीहरूको वैरभाव र घृणामा प्रकट हुन्छ। किन ख्रीष्टविरोधीहरू यी सकारात्मक कुराहरूप्रति वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्? के यी सकारात्मक कुराहरूले तिनीहरूलाई हानि गरेका छन्? छैनन्। के ती तिनीहरूको हितसँग सम्बन्धित छन्? अँ, कहिलेकाहीँ हुन्छन्, तर कहिलेकाहीँ पटक्‍कै हुँदैनन्। त्यसोभए किन ख्रीष्टविरोधीहरू सकारात्मक कुराहरूप्रति आधारहीन वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्? (त्यो तिनीहरूको प्रकृति हो।) तिनीहरूमा यस्तो प्रकृति हुन्छ, अनि तिनीहरू सबै सकारात्मक कुरा र सत्यताप्रति वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्। यसले ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिलाई पुष्टि गर्छ। यो बयान महत्त्वपूर्ण छ कि छैन? तिमीहरूलाई यस्तो महत्त्वपूर्ण बयान याद हुँदैन; तिमीहरूलाई महत्त्वहीन कुराहरू मात्रै याद हुन्छ। किन मैले तिमीहरूलाई ती प्रश्नहरू सोधेँ? ताकि तिमीहरूले बोल्न सके, र म तिमीहरू यी कुराहरू कुन हदसम्म बुझ्छौ, तिमीहरू आफ्नो हृदयमा कति याद गर्न सक्छौ, र त्यो बेला तिमीहरूले कति कुरा बुझ्न सकेका थियौ भनेर हेर्न सकूँ। अपेक्षा गरेअनुसार नै, तिमीहरूलाई सानातिना थोरै कुराहरू मात्रै याद हुन्छ। तिमीहरू मैले बताएका सबै कुरालाई हावादारी गफ ठान्छौ। म यहाँ गफ गर्न आएको होइन—म यहाँ तिमीहरूलाई मानिसहरू कसरी चिन्‍ने भनेर बताउन आएको हुँ। मैले दिएको बयान ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिलाई चिन्‍ने सबैभन्दा उच्च सत्यता सिद्धान्त हो। यदि तँ यो बयान लागू गर्न सक्दैनस् भने, तैँले ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृति चिन्‍न वा जान्न सक्‍नेछैनस्। उदाहरणका लागि, कुनै व्यक्तिलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिँदा, कतिपय मानिसले यसो भन्लान्, “उनी हामीसँग असल छन्, उनी स्नेही छन्, र हामीलाई सहयोग गर्छन्। किन त्यस्तो असल व्यक्तिलाई ख्रीष्टविरोधी भनेर चित्रण गर्ने?” ख्रीष्टविरोधीहरू अरूप्रति स्नेही देखिए पनि, परमेश्‍वरको काममा अवरोध र बाधा पुऱ्याउँछन्, अनि निश्‍चित रूपमा परमेश्‍वरको विरोध गर्छन् भन्‍ने कुरा तिनीहरू बुझ्दैनन्। तिनीहरूको यो अन्तर्घाती र कपटी पक्ष धेरैजसो मानिसले देख्‍न नसक्‍ने कुरा हो। तिनीहरू त्यो पटक्‍कै चिन्न सक्दैनन्, र तिनीहरू परमेश्‍वरलाई गलत रूपमा बुझ्छन्, परमेश्‍वरबारे धारणाहरू विकास गर्छन्, अनि यसले गर्दा परमेश्‍वरलाई निन्दा र गुनासोसमेत गर्छन्। त्यस्ता मानिसहरू त बदमास नै हुन् र तिनीहरू परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्दैनन्। किनभने तिनीहरू सतही कुराहरू जस्तै ख्रीष्टविरोधीहरू कसरी मानिसहरूलाई फन्दामा पार्छन्, लोभ्याउँछन्, र चापलुसी गर्छन् भन्‍ने कुरा मात्रै देख्छन्, अनि तिनीहरू ख्रीष्टविरोधीहरूको दुष्ट सार देख्दैनन्, न त ख्रीष्टविरोधीहरूले परमेश्‍वरको विरोध गर्न र स्वतन्त्र राज्य स्थापना गर्न प्रयोग गर्ने विधिहरू नै देख्छन्। किन तिनीहरू यी कुराहरू देख्‍न सक्दैनन्? किनभने तिनीहरू सत्यता बुझ्दैनन् र मानिसहरूलाई चिन्‍न सक्दैनन्। तिनीहरू सधैँ बाहिरी घटनाहरूद्वारा बहकिन्छन् र समस्याको सार र परिणामहरूलाई छर्लङ्गै देख्‍न सक्दैनन्। तिनीहरू मानिसहरूलाई मापन गर्न र तिनीहरूबारे फैसला गर्न सधैँ नैतिकताका परम्परागत मानव धारणा र संसारका शैलीहरू पनि प्रयोग गर्छन्। परिणामस्वरूप, तिनीहरू ख्रीष्टविरोधीहरूको बहकाउमा पर्छन्, ख्रीष्टविरोधीहरूको पक्षमा उभिन्छन्, अनि तिनीहरू र परमेश्‍वरबीच द्वन्द्व र भिडन्त पैदा हुन्छ। यो कसको गल्ती हो? यो गल्ती कसरी भयो? तिनीहरूले सत्यता नबुझ्नु, परमेश्‍वरको काम नचिन्नु, र सधैँ आफ्ना धारणा र कल्पनाका आधारमा मानिस र परिस्थितिहरूलाई हेर्नुको परिणाम हो।

आ. ख्रीष्टविरोधीहरूले नकारात्मक कुराहरूलाई प्रेम गर्नुको चिरफार

आज, हामी ख्रीष्टविरोधीहरूको सातौँ प्रकटीकरणसम्बन्धी सङ्गतिलाई जारी राख्‍नेछौँ: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन्। यो प्रकटीकरण तिनीहरूको दुष्टतामा केन्द्रित हुन्छ, किनभने दुष्टताले कपटपन र छलीपन दुवैलाई समेट्छ। दुष्टपनले ख्रीष्टविरोधीहरूको सारलाई प्रतिनिधित्व गर्छ, जबकि कपटीपन र छलीपन गौण हुन्छन्। पछिल्लोपटक, हामीले ख्रीष्टविरोधीहरूको दुष्ट सारबारे सङ्गति गऱ्यौँ र त्यसको खुलासा गऱ्यौँ। हामीले केही फराकिला अवधारणाहरू र केही तुलनात्मक रूपमा परिभाषित गर्ने विषयवस्तुहरूबारे सङ्गति गऱ्यौँ, ख्रीष्टविरोधीहरूको सारको यो पक्ष खुलासा गर्ने केही शब्दहरू उल्लेख गऱ्यौँ। आज, हामी यस विषयको हाम्रो सङ्गतिलाई जारी राख्‍नेछौँ। कतिपयले यस्तो सोध्न सक्छन्, “यस विषयका सन्दर्भमा सङ्गति गर्ने कुनै कुरा छ?” छ नि। यहाँ अझै पनि सङ्गति गर्नुपर्ने केही विवरणहरू छन्। आज हामी यस विषयमा फरक तरिकाले र फरक दृष्टिकोणबाट सङ्गति गर्नेछौँ। हामीले पछिल्लोपटक सङ्गति गरेको ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिको मुख्य विशेषता र प्रकटीकरण के थियो? ख्रीष्टविरोधीहरूजस्ता मानिसहरू सबै सकारात्मक कुरा र सत्यताप्रति वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्। तिनीहरूले सत्यता र सकारात्मक कुराहरूप्रति वैरभाव राख्न र तिनलाई घृणा गर्न कारण चाहिँदैन, न त त्यो कसैले उक्साएकाले गर्दा नै हुन्छ, र त्यो अवश्य नै तिनीहरूमा दुष्ट आत्मा पसेकाले गर्दा हुँदैन। बरु, तिनीहरूलाई अन्तर्निहित रूपमा नै यी कुराहरू मन पर्दैन। तिनीहरू यी कुराहरूप्रति वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्; तिनीहरूलाई सकारात्मक कुराहरू देख्दा तनमन र अन्तरात्मादेखि नै घृणा लाग्छ। यदि तैँले तिनीहरूलाई परमेश्‍वरको गवाही वा सत्यतामा सङ्गति दिइस् भने, तिनीहरूलाई तँप्रति घृणा लाग्नेछ, र तँलाई आक्रमण गर्ने मनसमेत होला। हामीले हाम्रो अघिल्लो सङ्गतिमा ख्रीष्टविरोधीहरूले सकारात्मक कुराहरूप्रति वैरभाव राख्ने र तिनलाई घृणा गर्ने यस पक्षलाई ढाक्यौँ, त्यसकारण यसपटक हामी यसबारे फेरि छलफल गर्नेछैनौँ। यस सङ्गतिमा, हामी अर्को पक्षलाई खोजबिन गर्नेछौँ। त्यो अर्को पक्ष के हो? ख्रीष्टविरोधीहरू सकारात्मक कुराहरूप्रति वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्, त्यसोभए तिनीहरूलाई के मन पर्छ? आज, हामी ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिलाई यस पक्ष र दृष्टिकोणबाट विश्लेषण र चिरफार गर्नेछौँ। के यो आवश्यक छ? (छ।) यो आवश्यक छ। के तिमीहरू आफै त्यो महसुस गर्न सक्छौ? (सक्दैनौँ।) ख्रीष्टविरोधीहरूले सकारात्मक कुरा र सत्यतालाई मन नपराउनु तिनीहरूको दुष्ट प्रकृति हो। त्यसकारण, यस आधारमा होसियारीसाथ विचार गर, ख्रीष्टविरोधीहरूलाई के मन पर्छ, र तिनीहरू कस्ता कुराहरू गर्न मन पराउँछन्, साथै तिनीहरूको काम गर्ने विधि र माध्यम, अनि तिनीहरूलाई कस्ता मानिसहरू मन पर्छ—के यो तिनीहरूको दुष्ट प्रकृतिलाई हेर्ने राम्रो दृष्टिकोण र पक्ष होइन र? यसले अझै निश्‍चित र वस्तुगत दृष्टिकोण प्रदान गर्छ। पहिलो, ख्रीष्टविरोधीहरूलाई सकारात्मक कुराहरू मन पर्दैन, त्यसको अर्थ तिनीहरू ती कुराहरूप्रति वैरभाव राख्छन् र नकारात्मक कुराहरू मन पराउँछन्। नकारात्मक कुराहरूका केही उदाहरण के हुन्? झूट र चलाकी—के यी नकारात्मक कुरा होइनन् र? हो, झूट र चलाकी नकारात्मक कुरा हुन्। त्यसोभए, झूट र चलाकीको विपरीत सकारात्मक कुरा के हो? (इमानदारीता।) ठिक भनिस्, त्यो इमानदारीता हो। के शैतानलाई इमानदारीता मन पर्छ? (मन पर्दैन।) त्यसलाई चलाकी मनपर्छ। परमेश्‍वरले मानिसबाट माग गर्ने पहिलो कुरा के हो? परमेश्‍वर भन्‍नुहुन्छ, “यदि तँ मलाई विश्‍वास गर्न र मलाई पछ्याउन चाहन्छस् भने, तँ सबैभन्दा पहिले कस्तो व्यक्ति बन्‍नुपर्छ?” (इमानदार व्यक्ति।) त्यसोभए, शैतानले मानिसहरूलाई गर्न सिकाउने पहिलो कुरा के हो? झूट बोल्नु। ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिको पहिलो प्रमाण के हो? (चलाकी।) हो, ख्रीष्टविरोधीहरूलाई चलाकी मन पर्छ, तिनीहरूलाई झूट मन पर्छ, र तिनीहरू इमानदारीतालाई तिरस्कार र घृणा गर्छन्। इमानदारीता सकारात्मक कुरा भए पनि, तिनीहरूलाई यो मन पर्दैन, बरु तिनीहरूलाई यसप्रति तिरस्कार र घृणा लाग्छ। यसको विपरीत, तिनीहरूलाई चलाकी र झूट मन पर्छ। यदि कसैले ख्रीष्टविरोधीहरूको अगाडि यसो भन्दै “तपाईँलाई हैसियतको पदमा बसेर काम गर्न मन पर्छ, र तपाईँ कहिलेकाहीँ अल्छी गर्नुहुन्छ” भनेर साँचो कुरा भन्यो भने, ख्रीष्टविरोधीहरूलाई त्यो कस्तो लाग्छ? (तिनीहरू त्यो स्वीकार गर्दैनन्।) त्यो स्वीकार नगर्नु तिनीहरूमा हुने मनोवृत्ति हो, तर के त्यति मात्रै हो? साँचो बोल्ने यस व्यक्तिप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू उसलाई घृणा गर्छन् र मन पराउँदैनन्। कतिपय ख्रीष्टविरोधी दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्छन्, “मैले तपाईँहरूलाई केही समयदेखि अगुवाइ गरिरहेको छु। कृपया, सबै जनाले मलाई मेरा बारेमा आफ्नो राय बताउनुहोस्।” सबैले सोच्छन्, “तपाईँ निकै उचित हुनुहुन्छ, त्यसकारण हामी तपाईँलाई आफ्ना केही राय दिनेछौँ।” कतिपय भन्छन्, “तपाईँ आफूले गर्ने सबै कुरामा निकै गम्भीर र लगनशील हुनुहुन्छ, अनि तपाईँले धेरै कष्ट भोग्‍नुभएको छ। हामी त्यो हेर्नै सक्दैनौँ, र तपाईँको ठाउँमा हामीलाई पो पीडा महसुस हुन्छ। परमेश्‍वरको घरले तपाईँजस्ता धेरै अगुवाहरूलाई प्रयोग गर्न सक्छ! यदि हामीले कुनै कमीकमजोरी औँल्याउनुपरेको भए, त्यो त तपाईँको अत्यन्तै गम्भीरता र लगनशीलता नै हुनेथियो। यदि तपाईँले ज्यादै काम गर्नुभयो र लखतरान बन्‍नुभयो भने, कामलाई निरन्तरता दिन सक्‍नुहुनेछैन, के त्यसपछि हामी खतम हुनेछैनौँ र? हामीलाई कसले अगुवाइ गर्नेछ?” यो सुन्दा, ख्रीष्टविरोधीहरूलाई खुसी लाग्छ। यो झूट हो, यी मानिसहरू तिनीहरूलाई चापलुसी गरिरहेका छन् भन्‍ने तिनीहरूलाई थाहा हुन्छ, तर तिनीहरू त्यो कुरा सुन्न इच्छुक हुन्छन्। वास्तवमा, यसो भन्‍ने मानिसहरूले यी ख्रीष्टविरोधीहरूलाई मूर्ख बनाइरहेका हुन्छन्, तर यी ख्रीष्टविरोधीहरू यी शब्दहरूको साँचो प्रकृति खुलासा गर्नुभन्दा मूर्ख बन्‍न चाहन्छन्। ख्रीष्टविरोधीहरू यसरी आफ्‍नो तलुवा चाट्ने मानिसहरूलाई मन पराउँछन्। यी व्यक्तिहरू ख्रीष्टविरोधीहरूका गल्ती, भ्रष्ट स्वभाव, वा कमीकमजोरी उल्लेख गर्दैनन्। बरु, उनीहरू गुपचुपमा तिनीहरूलाई प्रशंसा गर्छन् र उच्च पार्छन्। तिनीहरूका शब्दहरू झूट र चापलुसी हुन् भनेर स्पष्ट भए पनि, ख्रीष्टविरोधीहरू खुसीसाथ यी शब्दहरू स्विकार्छन्, र ती सान्त्वनादायी र आनन्ददायी ठान्छन्। ख्रीष्टविरोधीहरूका लागि, यी शब्दहरू सबैभन्दा स्वादिष्ठ खानेकुराभन्दा स्वादिलो हुन्छ। यी शब्दहरू सुनेपछि, तिनीहरूलाई आत्मसन्तुष्टि हुन्छ। यसले केलाई चित्रण गर्छ? यसले ख्रीष्टविरोधीहरूमा झूटलाई प्रेम गर्ने निश्‍चित स्वभाव हुन्छ भनेर देखाउँछ। मानौँ कसैले तिनीहरूलाई यसो भन्छ, “तपाईँ अत्यन्तै अहङ्कारी हुनुहुन्छ, र तपाईँ मानिसहरूलाई अनुचित व्यवहार गर्नुहुन्छ। तपाईँलाई साथ दिने मानिसहरूप्रति तपाईँ असल व्यवहार गर्नुहुन्छ, तर यदि कसैले तपाईँबाट दूरी बनायो वा तपाईँको चापलुसी गरेन भने, तपाईँ उसलाई होच्याउनुहुन्छ र बेवास्ता गर्नुहुन्छ।” के यी शब्‍दहरू साँचो होइनन् र? (हो।) यो सुनेपछि ख्रीष्टविरोधीहरू कस्तो महसुस गर्छन्? तिनीहरू बेखुस हुन्छन्। तिनीहरू त्यो कुरा सुन्न चाहँदैनन्, र तिनीहरू त्यो स्वीकार गर्न सक्दैनन्। तिनीहरू बहाना र तर्क खोजेर ती कुराको सफाइ दिने र कुरा ठिकठाक पार्ने प्रयास गर्छन्। ख्रीष्टविरोधीहरूलाई व्यक्तिगत रूपमा चापलुसी गरिरहने, तिनीहरूलाई गुपचुपमा प्रशंसा गर्न सधैँ मिठो बोली बोल्ने, र आफ्नो बोलीले तिनीहरूलाई स्पष्ट रूपमा छलसमेत गर्नेहरूका हकमा भन्दा, ख्रीष्टविरोधीहरू यी मानिसहरूलाई कहिल्यै अनुसन्धान गर्दैनन्। बरु, ख्रीष्टविरोधीहरू तिनीहरूलाई महत्त्वपूर्ण व्यक्तित्वका रूपमा प्रयोग गर्छन्। तिनीहरू सधैँ झूट बोल्नेहरूलाई महत्त्वपूर्ण पदहरूमा राख्छन्, निश्‍चित महत्त्वपूर्ण र इज्जतदार कर्तव्यहरूमा खटाउँछन्, जबकि सधैँ इमानदारीसाथ बोल्ने, र प्रायः समस्याहरूबारे रिपोर्ट गर्नेहरूलाई त्यति नदेखिने पदहरूमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्न लगाउँछन्, तिनीहरूलाई माथिल्लो नेतृत्वसँग सम्पर्क गर्न वा धेरैजसो मानिसद्वारा चिनिन वा तिनीहरूसँग नजिकिन दिँदैनन्। यी मानिसहरू जति नै प्रतिभाशाली भए पनि वा तिनीहरूले परमेश्‍वरका घरमा जुनै कर्तव्य निर्वाह गर्न सक्ने भए पनि त्यसले फरक पार्दैन—ख्रीष्टविरोधीहरू ती सबै कुरालाई बेवास्ता गर्छन्। तिनीहरू त को चाहिँ चलाकीमा संलग्‍न हुन सक्छ र आफ्ना लागि को फाइदाजनक छ भन्‍नेबारे मात्रै वास्ता गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई अलिकति पनि विचार नगरी यी नै व्यक्तिहरूलाई महत्त्वपूर्ण पदहरूमा राख्छन्।

ख्रीष्टविरोधीहरू चलाकी र झूटहरूलाई प्रेम गर्छन्। उदाहरणका लागि, मानौँ तिनीहरू जिम्‍मेवार रहेका मण्डलीहरूले सुसमाचारको काममा कुनै ध्यान दिँदैनन्, र मानिसहरूलाई सुसमाचारको प्रचार गर्ने काममा तालिम दिन ध्यान केन्द्रित गर्दैनन्, परिणामस्वरूप, सुसमाचारको कामले खराब परिणामहरू ल्याउँछ, र थोरै मानिसहरू प्राप्त हुन्छ। तैपनि, ख्रीष्टविरोधीहरू मानिसहरूले वास्तविक परिस्थितिबारे रिपोर्ट गर्लान् भनेर डराउँछन्। तिनीहरू इमानदारीपूर्वक बोल्ने जोकोहीलाई घृणा गर्छन्, अनि झूट बोल्न, चलाकीमा संलग्‍न हुन, र सबै बेफाइदाजनक जानकारी लुकाउन सक्‍नेहरूलाई मन पराउँछन्। त्यसोभए, ख्रीष्टविरोधीहरू सबैभन्दा बढी कस्तो कुरा सुन्न मन पराउँछन्? “हाम्रा मण्डलीमा सुसमाचार प्रचार गर्ने हरेक व्यक्ति गवाही दिन सक्षम छन्, र तिनीहरू सबै जना सुसमाचार प्रचार गर्ने कार्यमा पोख्त छन्।” के यी शब्‍दहरू मानिसहरूलाई चलाकी गर्न बोलिएका होइनन् र? तर ख्रीष्टविरोधीहरू यस्ता कुराहरू सुन्दा आनन्द मान्छन्। ख्रीष्टविरोधीहरू यो सुनेपछि कस्तो प्रतिक्रिया दिन्छन्? तिनीहरू भन्छन्, “एकदम राम्रो, अहिले हाम्रो मण्डलीको सुसमाचारको कामका परिणामहरूमा सुधार आइरहेको छ, ती अरू मण्डलीका भन्दा निकै राम्रा छन्। हाम्रो मण्डलीका सुसमाचार प्रचार गर्ने मानिसहरू सबै त्यसमा पोख्त छन्।” ख्रीष्टविरोधीहरू र तिनीहरूलाई चापलुसी गर्नेहरू यसरी एकअर्काको प्रशंसा गर्छन्, अनि ख्रीष्टविरोधीहरू तिनीहरूको लाजमर्दो चापलुसी खुलासा गर्दैनन्। ख्रीष्टविरोधीहरू यसरी काम गर्छन्: जब तिनीहरूका अधीनस्थहरूले तिनीहरूलाई चलाकी गर्छन्, तब तिनीहरू स्वेच्छाले त्यसमा पर्छन्। ख्रीष्टविरोधीहरू यसरी नै काममा हेलचेक्र्याइँ गर्छन्। कसैले वास्तविक परिस्थिति थाहा पाएर यसो भन्छ, “यो सही होइन। हामीले सुसमाचार प्रचार गरेका १० जना व्यक्तिमध्ये, दुई जनाले सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले अनुसन्धान गर्न छोडिसकेका छन् भन्‍ने हामीले निर्धारित गरेका छौँ। अरू आठ जनामध्ये तीन जनाले मात्रै सच्चा रूपमा परमेश्‍वरमा विश्‍वास गर्छन्। हामी ती तीन जनालाई ल्याउन सक्दो प्रयास गरौँ।” जब परिस्थितिको वास्तविकता खुलासा हुन्छ, तब ख्रीष्टविरोधीहरूले कस्तो प्रतिक्रिया दिन्छन्? तिनीहरू सोच्छन्, “मलाई यी कुराहरूबारे थाहा थिएन!” कसैले ख्रीष्टविरोधीहरूलाई थाहा नभएका कुराहरूको वास्तविक परिस्थितिबारे सत्य कुरा बताउँदा, तिनीहरू त्यसमा सहमति जनाउँछन् कि जनाउँदैनन्, तिनीहरू खुसी हुन्छन् कि बेखुस हुन्छन्? तिनीहरू बेखुस हुन्छन्। किन तिनीहरू बेखुस हुन्छन्? तिनीहरू अगुवा हुन्, तैपनि तिनीहरूलाई मण्डलीको कामका वृत्तान्त र तथ्यहरूबारे थाहा छैन र तिनीहरू ती कुरा बुझ्दैनन्—तिनीहरूलाई वास्तवमा के भइरहेको छ भन्‍ने कुरा बुझ्ने व्यक्तिले यो सब व्याख्यासमेत गरिदिनुपर्छ। जब परिस्थिति बुझ्ने र इमानदारीसाथ बोल्ने व्यक्तिले यी कुराहरू स्पष्ट पारिदिन्छ, तब सुरुमा ख्रीष्टविरोधीहरूलाई कस्तो महसुस हुन्छ? तिनीहरूलाई पूर्ण रूपमा आफ्नो इज्जत गएको, र आफ्नो प्रतिष्ठा खस्नेवाला छ भन्‍ने महसुस हुन्छ। ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिलाई विचार गर्दा, तिनीहरूले के गर्नेछन्? तिनीहरूमा घृणा पैदा हुनेछ, र तिनीहरूले सोच्‍नेछन्, “तँ बकबक गर्छस्! यदि तँ नबोलेको भए, यो कुरा कसैले नदेखी बित्नेथियो। तैँले गर्दा, सबैलाई यसबारे थाहा भयो, अब तिनीहरूले मलाई होइन तर तँलाई आदर गर्न थाल्छन् होला। के यसले मलाई कुनै वास्तविक काम नगर्ने जस्तो, असक्षम देखाउँदैन र? म तँलाई भुल्दिनँ। तँ मलाई हरेक मोडमा चुनौती दिँदै र विरोध गर्दै सत्य बोल्छस्। म तँलाई पछुतो गर्न लगाएरै छोड्नेछु!” यसबारे विचार गर, ध्यान दिएर काम गर्ने, इमानदारीसाथ बोल्ने, र आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गर्नेहरूलाई तिनीहरू कसरी हेर्छन्? तिनीहरू तिनीहरूलाई शत्रु ठान्छन्। के यो तथ्यहरू बङ्ग्याउनु होइन र? तिनीहरूले तुरुन्तै सहकार्य गर्न र कामसँग सम्बन्धित आफ्ना गल्तीहरू सुधार्न नसक्‍ने मात्र होइनन्, तर आफ्नो कर्तव्यलाई बेवास्ता पनि गरिरहन्छन्। तिनीहरू साँचो बोल्ने अनि आफ्ना काममा सावधान र जिम्मेवार हुने मानिसहरूप्रति घृणासमेत पाल्छन्। तिनीहरूले उनीहरूलाई कष्ट दिने प्रयाससमेत गर्लान्। के यो ख्रीष्टविरोधीहरूको व्यवहार होइन र? (हो।) यो कस्तो स्वभाव हो? यो दुष्टता हो। ख्रीष्टविरोधीहरूको दुष्टता यसरी खुलासा हुन्छ। जब कुनै इमानदार व्यक्ति देखा पर्छ, जब कसैले इमानदार र सत्य शब्‍दहरू बोल्छ, अनि जब कसैले सिद्धान्तहरू पालना गर्छ र मामलाको साँचो प्रकृति अनुसन्धान गर्छ, तब ख्रीष्टविरोधीहरू उसलाई तिरस्कार र घृणा गर्छन्, र तिनीहरूको दुष्ट प्रकृति आफै विस्फोट हुन्छ र प्रकट हुन्छ। जब कुनै चलाकी हुन्छ, र जब झूट बोलिन्छ, तब ख्रीष्टविरोधीहरू उल्लसित हुन्छन्, त्यसमा रमाउँछन्, र आफूलाई समेत बिर्सन्छन्। के तिमीहरू कसैले “सम्राटका नयाँ वस्त्रहरू” पढेका छौ? ख्रीष्टविरोधीहरूको व्यवहार केही हदसम्म यस्तै प्रकृतिको हुन्छ। त्यस कथामा, सम्राट सडकमा नाङ्गो हिँडेको छ, र हजारौँ मानिस यसो भन्दै चिच्याएका छन्, “सम्राटको नयाँ लुगा एकदमै सुन्दर छ! सम्राट साह्रै सुन्दर देखिनुहुन्छ! सम्राट अति महान् हुनुहुन्छ! सम्राटको नयाँ वस्त्र वास्तवमै असाधारण छ!” सबैले झूट बोलिरहेका थिए। के सम्राटलाई थाहा थियो? ऊ पूर्णतया नाङ्गै थियो, र उसलाई आफूले कुनै लुगा लगाएको छैन भन्‍ने कुरा कसरी थाहा नहुन सक्छ? मूर्खता भनेको यही हो। त्यसकारण, यी दुष्ट ख्रीष्टविरोधीहरू कपटी र छली भए पनि, तिनीहरूमा बुद्धिको कमी हुन्छ। तिनीहरूमा बुद्धिको कमी हुन्छ भनेर म किन भन्छु? किनभने तिनीहरू त्यो नाङ्गो सम्राटजस्तै हुन्छन्। ऊसँग आफूलाई चलाकी गर्न प्रयोग गरिएका शब्दहरूलाई खुट्ट्याउने क्षमता थिएन। ऊ आफ्नो कुरूपता खुलासा गर्दै नाङ्गै हिँड्नसमेत सक्यो। के यो मूर्खता होइन र? त्यसोभए, ख्रीष्टविरोधीहरूको दुष्टताले प्रायजसो के प्रकट गर्छ? तिनीहरूको मूर्खता।

ख्रीष्टविरोधीहरूको स्वभाव दुष्ट हुने भएकाले, तिनीहरूले चलाकी र झूटलाई प्रेम गर्ने तर इमानदारीलाई घृणा गर्ने हुनाले, र साँचो बोलीलाई घृणा गर्ने हुनाले, ख्रीष्टविरोधीहरूको अधीनस्थ मण्डलीहरूमा, इमानदार वा इमानदार बन्न लागिपर्ने व्यक्तिहरू, सत्यता अभ्यास गर्ने र चलाकी गर्न वा झूट बोल्न नचाहनेहरू प्रायः यातनामा पर्छन्। के कुरा यही होइन र? तँ जति धेरै सत्य बोल्छस्, त्यति नै ख्रीष्टविरोधीले तँलाई यातना दिनेछ, अनि तँ जति धेरै सत्य बोल्छस्, त्यति नै उसले तँलाई घृणा गर्नेछ। यसको विपरीत, उसलाई चापलुसी गर्ने र चलाकी गर्नेहरूले निगाह पाउँछन् र तिनीहरू उसको नजरमा प्रिय हुन्छन्। के ख्रीष्टविरोधीहरू दुष्ट हुँदैनन् र? के तिमीहरूको वरपर यस्ता दुष्ट ख्रीष्टविरोधीहरू छन्? के तिमीहरूले कहिल्यै तिनीहरूलाई भेटेका छौ? तिनीहरू मानिसहरूलाई सत्य बोल्न दिँदैनन्; सत्य बोल्नेहरूको मुख बन्द गरिन्छ। यदि तँ झूट बोलेर अनि तिनीहरूको कुरा मानेर कहिल्यै तिनीहरूको मतियार बन्न सकिस् भने, तिनीहरू उप्रान्त तेरो विरोधी हुनेछैनन्। यदि तैँले सत्य बोल्ने र सत्यता सिद्धान्तअनुसार मामलाहरू सम्हाल्ने गरिरहिस् भने, ढिलो-चाँडो, तिनीहरूले तँलाई यातना दिनेछन्। के तिमीहरूमध्ये कसैलाई यातना दिइएको छ? तैँले झूटा अगुवा र ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू खुलासा गरेकै कारण, तँलाई यातना दिइयो, र अन्त्यमा, तँलाई यति यातना दिइयो कि तैँले चाहेर पनि केही भन्‍ने आँट आएन। के यस्तो कहिल्यै भएको छ? सत्य बोल्दा र समस्याहरूबारे रिपोर्ट गर्दा तँलाई यातना दिइयो। विभिन्‍न मण्डलीहरूमा, के तिमीहरूमध्ये कसैलाई समस्याहरूको रिपोर्ट गरेकामा यातना दिइएको छ? यदि झूट बोल्ने र मण्डलीलाई चलाकी गर्ने व्यक्तिलाई काटछाँट गरियो भने, के उसलाई यातना दिइएको हुन्छ? (हुँदैन।) यो सामान्य अनुशासन हो; यो यातना दिनु सरह होइन। तँ आफ्नो जिम्मेवारीमा लापरवाह भएकाले, तैँले सिद्धान्तहरू उल्लङ्घन गरेकाले, अनि तैँले गलत अभिप्रायले काम गरेकाले, झूट बोलेकाले र चलाकी गरेकाले, तँ काटछाँटमा परेको हुन्छस्। त्यसकारण, परमेश्‍वरसामु तैँले सत्य बोल्दा कहिल्यै कुनै परिणाम भोग्‍नेछैनस्। तैपनि, शैतान र ख्रीष्टविरोधीहरूसामु, तँ सतर्क हुनैपर्छ। यसले “राजाको नजिक हुनु बाघसँग सुत्‍नुजत्तिकै खतरनाक हुन्छ” भन्ने बयानलाई झल्काउँछ। तैँले तिनीहरूसँग कुरा गर्दा, सधैँ तिनीहरूको मनस्थिति विचार गर्नुपर्छ, तिनीहरू कत्तिका खुसी छन् र तिनीहरूको मुहार उदास छ कि उज्यालो छ भनेर हेर्नुपर्छ, त्यसपछि तिनीहरूको विचारअनुरूप हुन के भन्‍ने भनेर निर्णय गर्नुपर्छ। उदाहरणका लागि, यदि कुनै ख्रीष्टविरोधीले “आज पानी पर्दैन र?” भनेर भन्यो भने तैँले “आज पानी पर्छ भनेर पूर्वानुमान गरिएको छ” भनेर भन्‍नुपर्छ। वास्तवमा, ख्रीष्टविरोधीले आज पानी पर्न सक्छ भनेर भन्दा, बाहिर गएर आफ्नो कर्तव्य निर्वाह गर्न नचाहेको हुन्छ। यदि तैँले “आज घाम लाग्‍ने पूर्वानुमान गरिएको छ” भनेर भनिस् भने, ऊ रिसाउनेछ। तैँले तुरुन्तै यसो भन्‍नुपर्छ, “अहो, मैले गलत बोलेँ। आज पानी पर्नेछ।” ख्रीष्टविरोधीले भन्छ, “तिमीले भर्खरै पानी पर्नेछैन भनेर भन्यौ त। अहिले चाहिँ पानी पर्नेछ भनेर कसरी भन्‍न सक्छौ?” तैँले यस्तो जवाफ दिनुपर्नेछ, “अहिले घाम लागेको छ भन्दैमा यस्तै भइरहनेछ भन्‍ने हुँदैन। प्राचीन भनाइ नै छ, ‘स्वर्गको आँधी उसैले जानी।’ मौसम पूर्वानुमान सधैँ सटीक हुँदैन, तर तपाईँको मूल्याङ्कन एकदम सही हुन्छ!” यो सुन्दा ख्रीष्टविरोधी खुसी हुन्छ र समझदार भएकामा उसले तँलाई प्रशंसा गर्छ। के तिमीहरू कहिल्यै आफूलाई यसरी आचरणमा ढाल्छौ? ढाल्छौ, होइन र? के तिमीहरू ख्रीष्टविरोधीहरूले प्रायजसो गर्ने कुरा गर्न, मानिसहरूलाई सत्य बोल्न नदिन र सत्य बोल्ने जोकोहीलाई यातना दिन सक्छौ? के तिमीहरू सबैले दरबारका नाटकहरू हेरेका छैनौ र? सम्राट र उसका मन्त्रीहरूबीच राजदरबारमा कस्तो सम्बन्ध हुन्छ? तिनीहरूको सम्बन्धलाई एक वाक्यमा व्यक्त गर्न सजिलो नहुन सक्छ, तर तिनीहरूमाझ एउटा घटना हुन्छ, अर्थात्, सम्राटले कसैका पनि शब्दहरूलाई त्यतिकै विश्वास गर्ने गर्दैन। उसले आफ्ना मन्त्रीहरूले भनेका सबै कुरा विश्लेषण र छानबिन गर्छ, र त्यसलाई कहिल्यै सत्यताका रूपमा लिँदैन। यो उसले आफ्ना मन्त्रीहरूको कुरा सुन्दा प्रयोग गर्ने सिद्धान्त हो। मन्त्रीहरूका हकमा भन्दा, तिनीहरू नबताइएका आशयहरू बुझ्‍न सिपालु हुनुपर्छ। उदाहरणका लागि, सम्राटले “प्रधानमन्त्री वाङले आज केही कुरा उल्लेख गरेका छन्” इत्यादि भन्दा, सबैले यो कुरा सुन्छन् र सोच्छन्, “सम्राटले प्रधानमन्त्री वाङलाई बढुवा दिन चाहनुहुन्छ जस्तो देखिन्छ, तर उहाँलाई मानिसहरूले गुटबन्दी गर्ने, व्यक्तिगत फाइदा खोज्ने, र विद्रोह गर्ने कुराको सबैभन्दा बढी डर छ, त्यसकारण म खुलस्त रूपमा प्रधानमन्त्री वाङलाई समर्थन गर्न सक्दिनँ। म उसको विरोध पनि नगरी र समर्थन पनि नगरी बीचमा खडा हुनुपर्छ, ताकि सम्राटले मेरा साँचो अभिप्रायहरू पत्ता लगाउन नसक्नुभएको होओस्—तर मैले सम्राटको इच्छाको विरोध पनि गरिरहेको हुँदिनँ।” हेर् त, तिनीहरूका मनमा एउटै बयानका लागि त्यतिका धेरै विचार उठ्छन्, जुन सर्पको चालभन्दा पनि घुमाउरो हुन्छन्। तिनीहरूले भन्ने कुराको मूल अर्थ पत्ता लगाउन सकिँदैन, त्यो अस्पष्ट हुन्छ। कुन बयानहरू साँचो हुन् कि झूटा हुन् भनेर विश्लेषण गर्न वर्षौँको अनुभव चाहिन्छ, र तैँले तिनीहरू सामान्यतया कसरी व्यवहार गर्छन् र बोल्छन् त्यसका आधारमा तिनले भन्न खोजेको कुरा बुझ्नुपर्छ। छोटकरीमा भन्दा, तिनीहरूको बोलीमा एउटा पनि साँचो बयान हुँदैन, र तिनीहरूले भन्‍ने सबै कुरा झूट हुन्छन्। सानो दर्जाको होस् वा ठूलो दर्जाको होस्, हरेकको कुराकानीमा आफ्नै शैली हुन्छ। तिनीहरू आफ्नै दृष्टिकोणबाट बोल्छन्, तर तिनीहरूले भन्ने कुराको तैँले सुन्‍ने शाब्दिक अर्थ कहिल्यै हुँदैन—त्यो त झूट मात्रै हो। झूटहरू कसरी पैदा हुन्छन्? मानिसहरू आफ्नो बोली र व्यवहारमा निश्‍चित अभिप्राय, उद्देश्य, र मनसायहरू राख्छन्, तिनीहरू बोल्दा, आफ्ना शब्दहरू र तिनको आशयप्रति सावधान हुन्छन्, तिनीहरू कुरा घुमाउँछन्, र तिनीहरूको आफ्नै बोल्ने शैली हुन्छ। तिनीहरूसँग एउटा विधि भएपछि, के त्यो अझै पनि साँचो बोली हुन्छ? अहँ, हुँदैन। तिनीहरूका शब्‍दहरूमा धेरै तहका अर्थ, सत्यता र झूटको मिश्रण हुन्छन्—कति साँचो, कति झूटो—कति त चलाकीका लागि हुन्छन्। जे भए पनि, ती साँचो हुँदैनन्। भर्खरै उल्लेख गरिएको प्रधानमन्त्री वाङको उदाहरण लिऊँ। कसैले अदालतमा खुल्लमखुल्ला प्रधानमन्त्री वाङको विरोध गर्छ। उसको विरोध साँचो हो कि झूटो हो भनेर तुरुन्तै स्पष्ट हुँदैन। तैँले थप हेर्नुपर्छ। अर्को दृश्यमा, ऊ प्रधानमन्त्री वाङको घरका गुप्त बैठक कोठामा पिइरहेको हुन्छ। अचम्म, तिनीहरू दुई जना मिलेर काम गरिरहेका हुन्छन्। यदि तैँले यस व्यक्तिले प्रधानमन्त्री वाङको विरोध गरेको दृश्य मात्रै हेरिस् भने, यी दुई जना मिलेर काम गरिरहेको कसरी देख्‍न सक्छस्? उसले किन प्रधानमन्त्रीको विरोध गऱ्यो? शङ्काबाट जोगिन र सम्राटलाई कम सतर्क गराउन, उसलाई तिनीहरू मिलीभगतमा छन् भन्‍ने शङ्का हुन नदिन यस कुरालाई प्रयोग गर्नका लागि विरोध गर्छ। के यो चाल होइन र? (हजुर, हो।) यी मानिसहरू एउटा पनि सत्य शब्द बोल्ने आँट नगर्ने परिवेशमा जिउँछन्। यदि हरेक दिन झूट बोल्नु साह्रै थकाइलाग्दो हुन्छ भने, किन तिनीहरू त्यो छोड्दैनन्? तिनीहरू मृत विरोधीको चिहानमा समेत जान्छन्—त्यसको मतलब के हो? तिनीहरूलाई अरूसँग झगडा गर्न मन पर्छ; झगडा नगरी तिनीहरूलाई जीवन न्यास्रो लाग्छ। यदि कुनै झगडा भएन भने, तिनीहरू यो जीवनकाल पटक्कै रमाइलो छैन भन्ने सोच्छन्। तिनीहरूको मनमा यी सबै युक्ति र षड्यन्त्र हुन्छन् तर ती प्रयोग गर्ने ठाउँ हुँदैन, त्यसकारण तिनीहरूलाई को श्रेष्ठ छ भनेर हेर्न झगडा गर्ने प्रतिद्वन्द्वी चाहिन्छ। तब तिनीहरूलाई आफ्नो जीवन मूल्यवान् लाग्छ। यदि तिनीहरूको विरोधी मऱ्यो भने, तिनीहरूलाई आफ्नो जीवनको कुनै अर्थ बाँकी रहेन जस्तो लाग्छ। मलाई भन् त, के यस्ता मानिसहरूलाई सुधार्न सकिन्छ? (अहँ, सकिँदैन।) यो तिनीहरूको प्रकृति हो। ख्रीष्टविरोधीहरूको प्रकृति यस्तो हुन्छ: तिनीहरू हरेक दिन अरूसँग अनि अगुवा र कामदारहरूसँग झगडा गर्छन्। तिनीहरू परमेश्‍वरविरुद्ध समेत लडाइँ गर्छन्, हरेक दिन झूट बोल्छन् र चलाकी गर्छन्, परमेश्‍वरको घरका काममा अवरोध र बाधा पुऱ्याउँछन्। तिनीहरू एकछिन पनि चुपचाप बस्न सक्दैनन्। तिनीहरूलाई जसरी सङ्गति दिइए पनि तिनीहरू सत्यता स्विकार्न सक्दैनन्। ठूलो रातो अजिङ्गरजस्तै, तिनीहरू पूर्ण रूपमा नष्ट नभएसम्म विश्राम गर्नेछैनन्।

ख्रीष्टविरोधीहरू सत्य बोल्नेहरूलाई मन पराउँदैनन्, इमानदार मानिसहरूलाई मन पराउँदैनन्। तिनीहरूलाई चलाकी र झूट मन पर्छ। त्यसोभए, परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? उदाहरणका लागि, परमेश्‍वरले मानिसहरू इमानदार होऊन् भनी गरेको मागप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? पहिलो, तिनीहरू यस सत्यतालाई तिरस्कार गर्छन्। सकारात्मक कुराहरूलाई तिरस्कार गर्ने तिनीहरूको क्षमताले साँच्‍चै तिनीहरूको समस्यालाई देखाउँछ, र यसले तिनीहरूको प्रकृति दुष्ट छ भनेर प्रमाणित गरिसकेको हुन्छ। तैपनि, यो पूर्ण वा समग्र चित्र होइन। अझ भित्र खोतल्दा, ख्रीष्टविरोधीहरू परमेश्‍वरले मानिसहरू इमानदार बनून् भनी गरेको मागलाई कसरी बुझ्छन्? तिनीहरू यसो भन्‍न सक्छन्, “इमानदार व्यक्ति बन्‍नु, परमेश्‍वरसँग सबै कुराबारे कुरा गर्नु, उहाँलाई सबै कुरा बताउनु, र दाजुभाइ-दिदीबहिनीहरूलाई सबै कुरा खुला रूपमा भन्नु—के त्यसको अर्थ आफ्नो इज्जत गुमाउनु होइन र? यसको अर्थ कुनै मर्यादा, कुनै आत्मपन, र अवश्य नै कुनै गोपनीयता नहुनु हो। यो भयानक कुरा हो; यो कस्तो सत्यता हो?” के तिनीहरू यसलाई यसरी हेर्दैनन् र? ख्रीष्टविरोधीहरूले हृदयको गहिराइमा परमेश्‍वरका वचनहरू र इमानदार बन्‍नेसम्‍बन्धी मागलाई तुच्छ ठान्‍ने मात्र होइन, तर निन्दासमेत गर्न सक्छन्। यदि तिनीहरूले त्यसलाई निन्दा गर्न सक्छन् भने, के तिनीहरू इमानदार मानिस हुन सक्छन्? बिलकुलै सक्दैनन्, तिनीहरू बिलकुलै इमानदार हुन सक्दैनन्। कतिपय मानिसले आफूले झूट बोलेको स्वीकार गरेको देख्दा ख्रीष्टविरोधीहरूको प्रतिक्रिया कस्तो हुन्छ? तिनीहरू हृदय भित्रदेखि यस्तो व्यवहारलाई तिरस्कार र उपहास गर्छन्। तिनीहरू इमानदार हुन प्रयास गर्ने मानिसहरू अत्यन्तै मूर्ख हुन् भन्‍ने ठान्छन्। के तिनीहरूले इमानदार मानिसहरूलाई मूर्ख ठान्नु दुष्टता होइन र? (हजुर, हो।) यो दुष्टता हो। तिनीहरू सोच्छन्, “आजको समाजमा कसले सत्य बोल्छ? परमेश्‍वर तँलाई इमानदार हुनू भन्नुहुन्छ, र तँ वास्तवमा इमानदार हुने प्रयास गर्छस्—तँ त्यस्ता कुराहरूबारे इमानदारीपूर्वक बोल्‍नेसमेत गर्छस्। तँ साँच्‍चै साह्रै मूर्ख छस्!” तिनीहरूलाई हृदयको गहिराइमा इमानदार मानिसहरूप्रति हुने तुच्छ भावले तिनीहरू यस सत्यतालाई निन्दा र घृणा गर्छन्, र यसलाई स्वीकार गर्दैनन् न त यसमा समर्पित नै हुन्छन् भन्‍ने कुरा प्रमाणित गर्छ। के यो ख्रीष्टविरोधीहरूको दुष्टता होइन र? यो सत्यता स्पष्ट रूपमा सकारात्मक कुरा, र मानिसहरूको आत्मआचरणका सन्दर्भमा तिनीहरूमा हुनुपर्ने सामान्य मानवतामा जिउनुको एउटा पक्ष हो, तर ख्रीष्टविरोधीहरू यसलाई निन्दा गर्छन्। यो दुष्टता हो। मण्डलीमा प्रायः यस्ता मानिसहरू हुन्छन् जसले समस्याहरू रिपोर्ट गरेका वा माथिलाई मामिलाको वास्तविक अवस्था बताएका हुनाले, तिनीहरूलाई निश्‍चित अगुवाहरूले “काटछाँट” गर्छन्—तिनीहरूले यातना पाउँछन्। कहिलेकाहीँ, माथिले मण्डलीको स्थितिबारे सोध्दा, कतिपय अगुवा सकारात्मक कुराहरू मात्रै रिपोर्ट गर्छन् र नकारात्मक कुराहरू बताउँदैनन्। कतिपय मानिसले यी अगुवाहरूको रिपोर्ट वास्तविक होइनन् भन्‍ने सुनेर तिनीहरूलाई सत्य कुरा बताउन लगाउँदा, यी अगुवाहरू उनीहरूलाई पर पन्छाउँछन्, र सत्य बोल्न रोक्छन्। कतिपय मानिसले ख्रीष्टविरोधीहरूको काम गर्ने शैली स्वीकार गर्दैनन्। उनीहरू सोच्छन्, “तपाईँ इमानदारीसाथ बोल्‍नुहुन्‍न, त्यसैले म तपाईँलाई अगुवा मान्नेछैनँ। म माथिलाई सत्य कुरा भन्‍नेछु। मलाई तिनीहरूले काटछाँट गर्लान् भन्‍ने डर छैन।” त्यसकारण, उनीहरूले वास्तविक परिस्थितिबारे माथिलाई विश्‍वासयोग्य ढङ्गले रिपोर्ट गर्छन्। तिनीहरूले यसो गर्दा यसले मण्डलीमा ठूलो खैलाबैला मच्चाउँछ। कसरी? किनभने यी मानिसहरूले ती ख्रीष्टविरोधीहरूबारे वास्तविकता खुलासा गरेका हुन्छन्—तिनीहरूले मामिलाको वास्तविक स्थिति खुलासा गरेका हुन्छन्। के ख्रीष्टविरोधीहरू यसमा सहमत हुन्छन्? के तिनीहरूले त्यो सहन सक्छन्? तिनीहरूले समस्याबारे रिपोर्ट गर्ने मानिसहरूलाई अवश्य नै छोड्नेछैनन्। ख्रीष्टविरोधीहरूले के गर्छन्? त्यसको तुरुन्तैपछि, तिनीहरूले यस विषयमा भेला बोलाउँछन्, र मानिसहरूलाई यसबारे छलफल गर्न लगाएर तिनीहरूको प्रतिक्रिया हेर्छन्। धेरैजसो मानिस सजिलै बहकिएर यस मामिलालाई विचार गर्छन् र सोच्छन्, “कसैले वास्तविक कुराहरू रिपोर्ट गरेको छ, र अहिले यो अगुवा खतरामा छ। हामीले के भइरहेको छ भनेर रिपोर्ट गरेनौँ—यदि माथिले यस अगुवालाई दण्ड दिने निर्णय गऱ्यो भने, के हामी पनि ऊसँगै पर्नेछैनौँ र?” त्यसकारण, यी मानिसहरू अगुवाहरूको रक्षा गर्ने उपायहरू खोज्छन्, र परिणामस्वरूप, सत्य कुरा रिपोर्ट गर्ने मानिसहरू एकलिन्छन्। यसरी, ख्रीष्टविरोधीहरू आफूले चाहेअनुसार गर्न सक्छन्, किनभने तिनीहरूले जे दुष्ट काम गरे पनि, कसैले पनि त्यस परिस्थितिबारे माथिलाई रिपोर्ट गर्ने आँट गर्दैन, र यसरी तिनीहरू आफ्ना उद्देश्यहरू पूरा गर्छन्। त्यसकारण, कतिपय मानिसका लागि, परिस्थितिबारे माथिलाई रिपोर्ट गर्दा धेरै वास्तविक कठिनाइ खडा हुन्छन्। तिनीहरूलाई वास्तविक कुरा थाहा हुन्छ, तर ख्रीष्टविरोधीहरू सधैँ तिनीहरूलाई चुप गराउन चाहन्छन्। डर र कायरपनको कारण, तिनीहरू सम्झौता गर्छन्, र के त्यसो गर्दा तिनीहरू ख्रीष्टविरोधीहरूको दबाबको शिकार हुँदैनन् र? अन्त्यमा, यी ख्रीष्टविरोधीहरू प्रकट र बर्खास्त भएपछि, सम्झौता गर्ने मानिसहरूलाई कस्तो महसुस हुन्छ भन्‍ने तँलाई लाग्छ? के तिनीहरूलाई त्यसको पछुतो हुन्छ? (हो, तिनीहरूलाई त्यसको पछुतो हुन्छ।) तिनीहरूलाई खुसी पनि लाग्छ र पछुतो पनि हुन्छ, तिनीहरू सोच्छन्, “यदि मलाई परिस्थिति यस्तै होला भन्‍ने थाहा भएको भए, हार मान्नेथिइनँ। मैले तिनीहरू बर्खास्त नभएसम्म खुलासा गरिरहनु र तिनीहरूको समस्याहरूबारे रिपोर्ट गरिरहनुपर्थ्यो।” तर धेरैजसो मानिस त्यसो गर्न सक्दैनन्; तिनीहरू साह्रै डरपोक हुन्छन्।

ख्रीष्टविरोधीहरू चलाकी र झूट मन पराउँछन् र इमानदारीलाई घृणा गर्छन्; तिनीहरूको दुष्ट प्रकृतिको पहिलो स्पष्ट प्रकटीकरण यही हो। हेर् त, कतिपय मानिस सधैँ मानिसहरूले बुझ्न नसक्ने किसिमले बोल्छन्। कहिलेकाहीँ तिनीहरूले बोलेको वाक्यको सुरुवात हुन्छ तर अन्त्य हुँदैन, कहिलेकाहीँ अन्त्य हुन्छ तर सुरुवात हुँदैन। तिनीहरूले के भन्‍न लागेका हुन्, तँलाई पटक्‍कै थाहा हुँदैन, तिनीहरूले भनेको कुनै पनि कुराले अर्थ दिँदैन, र तैँले तिनीहरूलाई स्पष्ट पार्न अनुरोध गरिस् भने पनि तिनीहरूले स्पष्‍ट पार्नेछैनन्। तिनीहरूले बोल्दा प्रायजसो सर्वनामहरूको प्रयोग गर्छन्। उदाहरणका लागि, तिनीहरूले कुनै कुराबारे रिपोर्ट गर्दा, “फलानोले—अँ, यस्तो सोचिरहेको थियो, त्यसपछि दाजुभाइ-दिदीबहिनीहरू त्यति धेरै …” तिनीहरूले घण्टौँसम्‍म कुरा गर्न सक्छन् र पनि आफ्‍नो कुरा स्पष्ट रूपमा व्यक्त गर्दैनन्, लर्बराउँदै र अड्कँदै, आफ्‍नो वाक्य पूरा गर्दैनन्, एकअर्कासँग सम्‍बन्धित नरहेका एकल शब्‍दहरू बोल्छन्, र तिनीहरूको कुरा सुनिसकेपछि पनि तैँले पटक्‍कै केही बुझ्दैनस्, बरु चिन्तित चाहिँ हुन सक्छस्। वास्तवमा, तिनीहरूले धेरै अध्ययन गरेका हुन्छन् र तिनीहरू शिक्षित हुन्छन्—र पनि किन तिनीहरू पूरा वाक्य बोल्‍न सक्दैनन्? यो स्वभावसम्‍बन्धी समस्या हो। तिनीहरू यति छली हुन्छन् कि थोरै सत्यता भन्‍नलाई पनि धेरै प्रयास चाहिन्छ। ख्रीष्टविरोधीहरूले भन्‍ने कुनै कुरामा कुनै स्पष्ट केन्द्रबिन्दु हुँदैन, सधैँ सुरुवात हुन्छ तर अन्त्य हुँदैन; तिनीहरूले हडबडीमा आधा वाक्य बोल्छन् र बाँकी निल्छन्, र तिनीहरू सधैँ अरूको प्रतिक्रिया जाँचिरहेका हुन्छन्, किनभने तिनीहरू आफूले भन्‍न खोजेको कुरा तैँले बुझेको चाहँदैनन्, तिनीहरू तैँले अनुमान गरेको चाहन्छन्। यदि तिनीहरूले तँलाई सिधै बताए भने, तिनीहरूले भनेको कुरा तैँले बुझ्छस् र तिनीहरूको वास्तविकता देख्छस्, होइन र? तिनीहरू त्यस्तो भएको चाहँदैनन्। तिनीहरू के चाहन्छन्? तिनीहरू तैँले आफै अनुमान लगाएको चाहन्छन्, र तैँले अनुमान गरेको कुरा सही हो भनेर तिनीहरू खुसीसाथ तँलाई विश्‍वास गर्न दिन्छन्—त्यस्तो अवस्थामा, तिनीहरूले यो कुरा भनेका हुँदैनन्, त्यसकारण तिनीहरू कुनै जिम्‍मेवारी लिँदैनन्। यसबाहेक, तिनीहरूले भन्‍न खोजेको के हो भनी तैँले आफ्नो अनुमान तिनीहरूलाई बताउँदा तिनीहरूले के प्राप्त गर्छन्? तैँले जे भनेको हुन्छस् त्यो तिनीहरूले तँबाट निकाल्‍ने प्रयास गरेको कुरा नै ठ्याक्‍कै हुन्छ, र यसले त्यस विषयमा तेरो विचार र दृष्टिकोण के छ त्यो तिनीहरूलाई बताउँछ। त्यहाँबाट, तिनीहरूले छनौट गरेर बोल्‍नेछन्, के भन्‍ने र के नभन्‍ने, र कसरी भन्‍ने त्यो चुन्‍न सक्छन्, त्यसपछि तिनीहरू आफ्नो योजनाको अर्को चरणमा अघि बढ्नेछन्। हरेक वाक्य एउटा फन्दामा गएर टुङ्गिन्छ, र तैँले तिनीहरूको कुरा सुन्‍ने क्रममा, तिनीहरूको वाक्यलाई पूरा गरिदिइरहिस् भने, तँ पूर्ण रूपमा फन्दामा परेको हुनेछस्। सधैँ यसरी बोल्‍नु के तिनीहरूका लागि थकाइलाग्दो हुन्छ? तिनीहरूको स्वभाव दुष्ट हुन्छ—तिनीहरू थकाइ महसुस गर्दैनन्। तिनीहरूका लागि यो पूर्ण रूपमा स्वाभाविक कुरा हुन्छ। किन तिनीहरूले तेरा लागि यी फन्दाहरू तयार गर्न चाहन्छन्? किनभने तिनीहरूले तेरा विचारहरूलाई स्पष्‍ट रूपमा देख्‍न सकेका हुँदैनन्, र तिनीहरूलाई तैँले तिनीहरूको वास्तविकता देख्लास् भन्‍ने डर हुन्छ। तिनीहरूले तँलाई तिनीहरूको वास्तविकता बुझ्‍नबाट रोक्‍ने प्रयास गरिरहेका हुन्छन्, र त्यही समयमा तँलाई बुझ्‍ने प्रयास पनि गरिरहेका हुन्छन्। तिनीहरूले तेरा दृष्टिकोण, विचार, र विधिहरू झिकाउन चाहन्छन्। तिनीहरू सफल भए भने, तिनीहरूको पासोले काम गरेको हुन्छ। कतिपय मानिस “उम्” र “अँ” भन्दै रोकिन्छन्; तिनीहरू निश्‍चित दृष्टिकोण व्यक्त गर्दैनन्। अरू चाहिँ “जस्तै” र “साँच्‍ची …” भन्दै रोकिन्छन्, र तिनीहरू आफूले भन्‍न चाहेको वास्तविक कुराको सट्टा यस्ता शब्‍दहरू प्रयोग गर्छन्, र तिनीहरूले वास्तवमा के विचार गरिरहेका छन् भन्‍ने कुरालाई ढाकछोप गर्छन्। तिनीहरूको हरेक वाक्यमा धेरैवटा निरर्थक व्याकरणिक शब्‍द, क्रियाविशेषण, र सहायक क्रियापदहरू हुन्छन्। यदि तैँले तिनीहरूका शब्‍दहरूलाई रेकर्ड गरिस् र लेखिस् भने, तैँले कुनै शब्‍दले पनि तिनीहरूको वास्तविक दृष्टिकोण वा मनोवृत्ति खुलासा गर्दैन भन्‍ने पत्ता लगाउनेछस्। तिनीहरूका सबै शब्‍दमा गुप्त पासो, परीक्षा, र प्रलोभनहरू लुकेका हुन्छन्। यो कस्तो स्वभाव हो? (दुष्ट।) अत्यन्तै दुष्ट! के त्यसमा छल समावेश हुन्छ? तिनीहरूले बनाउने यी पासो, परीक्षा, र प्रलोभनहरूलाई नै छल भनिन्छ। यो ख्रीष्टविरोधीहरूको दुष्ट सार भएका मानिसहरूको सामान्य चरित्र हो। यो सामान्य चरित्र कसरी प्रकट हुन्छ? तिनीहरूले असल खबर सुनाउँछन् तर खराब खबर सुनाउँदैनन्, तिनीहरूले जहिल्यै पनि खुसी पार्ने कुराहरू मात्र बोल्छन्, तिनीहरू रोकिँदै बोल्छन्, तिनीहरू आंशिक रूपमा आफ्‍नो आशय लुकाउँछन्, अन्योलपूर्ण तरिकाले र अस्पष्ट रूपमा बोल्छन्, र तिनीहरूका शब्‍दहरूमा परीक्षाहरू लुकेका हुन्छन्। यी सबै कुरा पासोहरू हुन्, र ती सबै छलका माध्यम हुन्।

धेरैजसो ख्रीष्टविरोधी यसरी यी प्रकटीकरणहरू देखाउँछन्, बोल्छन् र व्यवहार गर्छन्। यदि तिमीहरू तिनीहरूसँग लामो समयसम्म सम्पर्कमा आयौ भने के तिमीहरू यो कुरा पत्ता लगाउन सक्छौ? के तिमीहरू तिनीहरूलाई छर्लङ्गै देख्‍न सक्छौ? पहिलो, तैँले तिनीहरू इमानदार मानिस हुन् कि होइनन् भनेर निर्धारित गर्नुपर्छ। तिनीहरूले अरूलाई इमानदार हुन र सत्य बोल्न जति धेरै माग गरे पनि, तैँले तिनीहरू आफै इमानदार मानिस हुन् कि होइनन्, तिनीहरू इमानदार बन्‍ने प्रयास गर्छन् कि गर्दैनन्, अनि इमानदार मानिसहरूप्रति तिनीहरूको दृष्टिकोण र मनोवृत्ति कस्तो छ भनेर हेर्नुपर्छ। तिनीहरू हृदयको गहिराइमा इमानदार मानिसहरूलाई तिरस्कार, घृणा, र भेदभाव गर्छन् कि गर्दैनन्, तिनीहरू पनि भित्रैदेखि इमानदार मानिस हुन चाहन्छन् कि, तैपनि त्यसो गर्न गाह्रो र चुनौतीपूर्ण भएको कारण त्यसो गर्न सक्दैनन् कि भनेर हेर्। तैँले यीमध्ये कुन चाहिँ तिनीहरूको अवस्था हो भनेर पत्ता लगाउनुपर्छ। के तिमीहरू यो कुरा खुट्ट्याउन सक्छौ? छोटो अवधिमा, तैँले त्यसो गर्न नसक्लास्, किनभने यदि तिनीहरूका चलाकी विधिहरू चलाख प्रकारका छन् भने, तैँले तिनीहरूको वास्तविकता देख्‍न नसक्लास्। तैपनि, समय बित्दै जाँदा, सबैले तिनीहरूको वास्तविकता देख्‍न सक्‍नेछन्; तिनीहरूले सधैँ त आफ्नो वास्तविकता लुकाउन सक्दैनन्। यो त ठूलो रातो अजिङ्गरले प्रायः “मानिसहरूको सेवा गर्छु” र “मानिसहरूको जन सेवकका रूपमा काम गर्छु” भनेजस्तै हो। तर आजभोलि यो मानिसहरूको पार्टी हो भनेर कसले अझै विश्‍वास गर्छ? यसले मानिसहरूको पक्षमा निर्णय गरिरहेको छ भन्‍ने कसले अझै विश्‍वास गर्छ? अब कसैले पनि त्यो विश्‍वास गर्दैन, होइन र? सुरुमा, मानिसहरूले आशावादी अपेक्षाहरू राखेका थिए, कम्युनिस्ट पार्टीको साथले आफ्नो भाग्य बदल्न र आफू मालिक बन्‍न सकिन्छ, त्यसले मानिसहरूको सेवा गर्नेछ र तिनीहरूको जन सेवकका रूपमा काम गर्नेछ भन्‍ने सोचेका थिए। तर आजकल त्यसका दुष्ट शब्दहरूमा कसले अझै विश्‍वास गर्छ? अहिले मानिसहरू त्यसलाई कसरी मूल्याङ्कन गर्छन्? त्यो मानिसहरूको जन शत्रु बनेको छ। त्यसोभए, त्यो कसरी जन सेवकबाट जन शत्रुमा परिवर्तन भयो? मानिसहरूले त्यसका कार्यहरूबाट, र त्यसको कार्यलाई त्यसका शब्दहरूसँग तुलना गरेर, त्यसले भनेका सबै कुरा छली झूट, झूटा कुरा, र आफूलाई ढाकछोप गर्ने आशयका शब्दहरू मात्रै हुन् भन्‍ने पत्ता लगाए। त्यसले सबैभन्दा मिठा शब्दहरू बोल्छ तर सबैभन्दा खराब कुराहरू गर्छ। ख्रीष्टविरोधीहरू पनि यस्तै हुन्छन्। उदाहरणका लागि, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्छन्, “तपाईँहरूले आफ्नो कर्तव्य बफादारिताका साथ गर्नुपर्छ—तिनलाई व्यक्तिगत अशुद्धताहरूले दूषित हुन नदिनुहोस्।” तर विचार गर् त, के तिनीहरू आफै चाहिँ यसो गर्छन्? तैँले तिनीहरूलाई कुनै कुराको सुझाव दिँदा, तैँले आफ्नो राय अलिकति बताउनेबित्तिकै, तिनीहरू यसमा सहमत हुँदैनन् वा त्यो स्वीकार गर्दैनन्। जब तिनीहरूको व्यक्तिगत हित तिनीहरूको कर्तव्य वा परमेश्‍वरको घरको हितसँग बाझिन्छ, तब तिनीहरू पाई-पाई नाफाका लागि लडाइँ गर्छन् र एक पाई पनि छोड्दैनन्। तिनीहरूको व्यवहारबारे विचार गर्, त्यसपछि त्यसलाई तिनीहरूले भनेको कुरासँग तुलना गर्। तँ के देख्छस्? तिनीहरूको शब्द राम्रो सुनिन्छ तर ती सब मानिसहरूलाई छल गर्ने आशयका झूट कुरा हुन्। जब तिनीहरू आफ्नो हितका लागि षड्यन्त्र र लडाइँ गर्छन्, तब तिनीहरूको व्यवहार, साथै तिनीहरूको अभिप्राय, माध्यम, र कार्य विधिहरू सबै साँचो हुन्छन्—ती बनावटी हुँदैनन्। तैँले यी कुराहरूका आधारमा, ख्रीष्टविरोधीहरूलाई केही हदसम्म खुट्ट्याउन सक्छस्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्