विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई) खण्ड दुई
क्यानाडेली मण्डलीमा ख्रीष्टविरोधीको मामला सम्हालेपछि, कतिपय मानिसले सोचे, “यी मानिसहरूले आफ्नो कर्तव्य पूरा गरेको धेरै वर्ष भएको छ, र पनि एक जना ख्रीष्टविरोधी देखा परेर बाधा पैदा गरेकाले, तिनीहरूलाई अलग्याइएको छ।” तिनीहरूलाई सङ्कटको बोध हुन्छ र सोच्छन्, “अहो, मैले परमेश्वरलाई रिसाएको र मानिसहरूलाई सरापेको पहिलोपटक देखेँ। ख्रीष्टविरोधीका सहकर्मी, मतियार, र अनुयायीहरूलाई समेत छोडिएन। परमेश्वर साँच्चै कसैको पनि भावनालाई ध्यान दिनुहुन्न! सामान्यतया, परमेश्वर मानिसलाई प्रेम र कृपा गर्नुहुन्छ भनेर प्रायः भनिन्छ, तर यसपटक उहाँको रिस साँच्चै असाध्यै दन्कियो!” तिनीहरू हृदयमा असहज महसुस गर्न थाल्छन्। मलाई भन् त, के मानिसहरूले यसरी सोच्नु सही हो? (होइन।) किन होइन? मानिसहरूले यस मामलालाई कसरी लिनुपर्छ? तिमीहरूले कति वर्षदेखि प्रवचनहरू सुन्दै आएका छौ? के कम्तीमा पनि पाँच वर्ष भएन र? अनि के हामी धेरै कुरामा, विशेष गरी सिद्धान्तहरू तुलनात्मक रूपले स्पष्ट हुने निश्चित मामलाहरूमा सहमतिमा पुग्न सक्नु पर्दैन र? (पर्छ।) “सहमति” को अर्थ के हो? यसको अर्थ एक प्रकारको मौन बुझाइ हो। मैले तिमीहरूलाई कारण नबताई कुनै कुरा गर्छु, र तिमीहरूलाई यसको कारण राम्ररी थाहा हुन्छ, र तिमीहरू यसलाई सकारात्मक दृष्टिकोणले बुझ्न, स्विकार्न, र बोध गर्न सक्छौ—मौन बुझाइ भनेको यही हो। यो मौन बुझाइ कसरी आउँछ? मानौँ तिमीहरूले धेरै प्रवचन सुनेका छौ, निश्चित स्तरमा सत्यता बुझेका छौ, र हामीले एकअर्कालाई अझ बढी चिनेका छौँ। मैले तिमीहरूलाई धेरै कुरा व्याख्या गरेको छु, अनि मेरा दृष्टिकोण, विचार, कार्यका सिद्धान्तहरू, साथै तिमीहरूले बुझ्नुपर्ने र गर्नुपर्ने कुराहरू बताएको छु। मैले तिमीहरूलाई यी सबै कुरा र मेरा दृष्टिकोणहरू के हुन् भनेर बताएको छु, त्यसपछि तिमीहरूले मेरा दृष्टिकोणहरू स्वीकार गरेका छौ र परिस्थिति, आफ्नो कर्तव्य, विश्वास, जीवन, अनि अरू मानिसहरूलाई मेरा दृष्टिकोणअनुसार लिएका छौ। के त्यसपछि हामीबीच मौन बुझाइ बढ्दै-बढ्दै गएको छैन र? (छ।) त्यसोभए, के हामी क्यानाडेली मण्डलीको व्यवस्थापनबारे यस्तो मौन बुझाइमा पुगेका छौँ? यदि मैले यस मामिलालाई जसरी अहिले व्याख्या गरिरहेको छु त्यसरी नगरेको भए, हाम्रो मौन बुझाइले के अर्थ राख्थ्यो? “अरूका लागि उदाहरण बसाल्न मानिसहरूलाई चरम दण्ड दिनु” र “मानिसहरूलाई अरूका लागि चेतावनीका रूपमा प्रस्तुत गर्नु”—के यो हाम्रो मौन बुझाइ हो? (होइन।) यी मानिसहरूले धेरै वर्षदेखि प्रवचन सुनेका छन्, त्यसकारण मैले यो कार्य गर्दा कसरी तिनीहरूबाट यस्तो प्रतिक्रिया आउन सक्छ? मलाई भन् त, तिनीहरूले यस्ता दृष्टिकोण व्यक्त गरेको सुन्दा मलाई कस्तो लाग्यो? मानिसहरू यस्ता कुराहरू भन्न सक्छन् भनेर मलाई साह्रै दुःख लाग्यो! म तँलाई सोध्छु, के मैले त्यस्तो महसुस गर्नुपर्थ्यो? (पर्थ्यो।) किन तँ त्यसो भन्छस्? किनभने यस्तो बयान, यस्तो दृष्टिकोण, यस्तो बुझाइ, र यस्तो बोध हुनुपर्ने थिएन वा उत्पन्न हुनुपर्ने थिएन। अहिले ती उत्पन्न भएका छन् र मेरो अपेक्षाभन्दा बाहिर गएका छन्। ती मेरो मूल्याङ्कन र अपेक्षाहरूभन्दा यति बाहिर गएका छन् कि मलाई यस मामिलामा लाज लाग्छ! कसैले भन्नेछ, “के यो त्यति गम्भीर कुरा हो? के तपाईँले तिललाई पहाड बनाइरहनुभएको छैन र?” म तिमीहरूलाई भन्छु, यो ठूलो कुरा होइन, तर यो सानो कुरा पनि होइन। तैँले परमेश्वरमा विश्वास गर्न थालेपछि, जब परमेश्वर तेरा परमेश्वर र प्रभु हुनुहुन्छ भनेर स्विकार्छस्, जब परमेश्वरका वचनहरू खान र पिउन, परमेश्वरलाई पछ्याउन, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरू स्विकार्न, र परमेश्वरले तँबाट माग गर्ने सबै कुराप्रति समर्पित हुन चाहन्छस्, तब त्यस दिनदेखि, तैँले परमेश्वरसँग सम्बन्ध स्थापित गरेको हुन्छस्। तैँले यो सम्बन्ध स्थापना गरिसकेपछि, तँ र परमेश्वरबीच सबैभन्दा महत्त्वपूर्ण समस्या हुन्छ। त्यो समस्या के हो? त्यो के हो भने यदि तैँले परमेश्वरले गर्ने कुरा र परमेश्वरले व्यवहार गर्ने तरिकाहरू स्विकार्न सक्दैनस् भने, यदि तँ यी कुराहरू बुझ्न सक्दैनस् भने, र ती खोज्न र बुझ्न पहल गर्न सक्दैनस् भने, परमेश्वरसँगको तेरो सम्बन्ध हरेक क्षण सङ्कटको स्थितिमा पर्नेछ। अनि यस सङ्कटको स्थितिले केलाई जनाउँछ? तैँले परमेश्वरका वचनहरू जति नै खाए र पिए पनि, परमेश्वरमा समर्पित हुने योजना जति नै गरे पनि, यस सङ्कटको स्थिति एक दिनसमेत रह्यो भने, परमेश्वरलाई पछ्याउने तेरो चाहना र परमेश्वरको मुक्ति स्विकार्ने तेरो इच्छा चकनाचूर हुन सक्छ, यो टिकाउ नहुन सक्छ, र यो कल्पना मात्रै हुन सक्छ। किन म यसो भन्छु? यदि परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य छैन र यस सङ्कटको स्थिति छ भने, के तैँले परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्न सक्नेछस्? त्यसपछि परमेश्वरसँग तेरो सम्बन्ध कस्तो हुनेछ? के यो मिल्ने सम्बन्ध हुनेछ? यो पारिवारिक सम्बन्ध कि सहकर्मीहरूबीचको सम्बन्ध हुनेछ? वास्तवमा त्यो कस्तो सम्बन्ध हुनेछ? यदि परमेश्वरसँगको तेरो सम्बन्ध सङ्कटको स्थितिमा छ भने, तैँले कुनै पनि समय र स्थानमा परमेश्वरका कार्य र व्यवहारलाई आलोचना गर्न र गलत बुझ्न सक्नेछस्, अनि तैँले परमेश्वरले गर्ने कुराहरूलाई विरोध गर्न र नस्विकार्नसमेत सक्नेछस्। त्यसपछि के तँ खतरामा हुनेछैनस् र? यो खतरा कसरी आउँछ? त्यो तैँले परमेश्वरलाई नचिनेकाले हुन्छ। हामी सकारात्मक पक्षबाट बोल्नेछैनौँ, तर नकारात्मक पक्षबाट बोल्नेछौँ। उदाहरणका लागि, तँ सधैँ परमेश्वरलाई निश्चित तरिकाले हेर्छस्, र तँलाई परमेश्वर पृथ्वीको राजा, सबैभन्दा महत्त्वपूर्ण अधिकारी, पृथ्वीमा शक्ति चलाउने सर्वोच्च व्यक्ति हुनुहुन्छ भन्ने लाग्छ। तेरो विचारमा, तँलाई सधैँ परमेश्वर यस्तो स्थितिमा हुनुहुने व्यक्ति हुनुहुन्छ भन्ने लाग्छ, र त्यसैले यस आधारमा, तैँले परमेश्वरले गर्ने र भन्ने कुराहरूबारे कस्तो दृष्टिकोण राख्नेछस्? म तिमीहरूलाई केही उदाहरण दिन्छु र त्यसपछि तिमीहरू मैले भनेको दृष्टिकोण के हो भन्ने बुझ्न सक्छौ। संसारमा यस्तो भनाइ छ: “राजाको नजिक हुनु बाघसँग सुत्नुजत्तिकै खतरनाक हुन्छ।” त्यसोभए, के परमेश्वरसँगको आफ्ना सम्बन्धमा यो भनाइ लागू गर्ने कुनै मानिसहरू छन्? (छन्।) त्यस्ता मानिसहरू छन्, र धेरै मानिसले परमेश्वरबारे यस्तै दृष्टिकोण राख्छन्। त्यसपछि हामीले यसअघि उल्लेख गरेको भनाइ पनि छ, “मानिसहरूलाई अरूका लागि चेतावनीका रूपमा प्रस्तुत गर्नु।” के यसले पनि परमेश्वरलाई पृथ्वीको राजा वा प्रभाव र हैसियत भएको व्यक्ति तुल्याउँदैन र? (तुल्याउँछ।) तिनीहरूमा परमेश्वरबारे यस्तो बुझाइ छ किनभने तिनीहरू परमेश्वरबारे यस्तो दृष्टिकोण राख्छन्, र तिनीहरूको परमेश्वरसँग यस्तो सम्बन्ध भएकाले, तिनीहरूले उहाँलाई यसरी हेर्ने हुनाले, तिनीहरूले उहाँको पहिचान र हैसियतलाई यसरी बुझ्ने हुनाले, तिनीहरू परमेश्वरलाई संसारमा हैसियत भएको व्यक्तिजस्तो ठान्छन्—यो स्वाभाविक कुरा हो। अर्को भनाइ छ: “आफ्नो प्रभाव क्षेत्रमा अरूले घुसपैठ गरेको कसले पो सहन सक्छ र?” यो हैसियत र प्रभाव भएका सांसारिक राजा र मानिसहरूलाई वर्णन गर्ने तरिका हो। तिमीहरूमध्ये कतिपयले यस्ता मानिसहरूलाई चिन्छौ होला वा पहिले तिनीहरूसँग सङ्गत गरेका थियौ होला, र सायद तिमीहरू परमेश्वरमा पनि यो भनाइ लागू गर्छौ होला। अर्थात्, जब परमेश्वर कुनै कुरा गर्नुहुन्छ वा भन्नुहुन्छ, तब तँ ती भनाइहरूलाई परमेश्वरसँग जोडेर उहाँलाई त्यस्तै ठान्छस् होला। यदि तँ परमेश्वरलाई त्यस्तो ठान्छस् र उहाँप्रति त्यस्तो दृष्टिकोण राख्छस् भने, परमेश्वरसँग तेरो सम्बन्ध वास्तवमा कस्तो हुनेछ? त्यो शत्रुतापूर्ण हुनेछ। तैँले आफ्नो मनमा परमेश्वरलाई जति नै आदर गरे पनि र उहाँको डर माने पनि, तँ जति नै आज्ञाकारी हुन र उहाँप्रति जति नै समर्पित हुन सके पनि, अनि उहाँप्रति तेरो मनोवृत्ति जेजस्तो भए पनि, परमेश्वरसँगको तेरो सम्बन्ध अझै पनि शत्रुतापूर्ण नै हुनेछ। यसरी बोल्दा, मेरा वचनहरू अलि सैद्धान्तिक सुनिन्छन् भन्ने तिमीहरूलाई लाग्ला, तर यदि तिमीहरूले ती ध्यान दिएर मनन गऱ्यौ भने, के तिमीहरू परिस्थिति यस्तै छ भन्ने देख्दैनौ र? मैले क्यानाडेली मण्डलीको ख्रीष्टविरोधीको मामलालाई सम्हालेपछि, तिमीहरूलाई परिस्थितिहरू सावधानीपूर्वक र विस्तृत रूपमा व्याख्या गरिनँ, र मैले ती मानिसहरूलाई सम्हाल्नुका कारणहरू पनि बताइनँ, त्यसैले धेरै मानिस आफ्नो सम्भावना र गन्तव्यबारे चिन्तित बने। यो चिन्ता कहाँबाट आयो? यो मानिसहरूले परमेश्वरलाई गलत रूपमा बुझ्नुले र उहाँलाई नचिन्नुले गर्दा आएको हो—मूल कारण यही थियो! यदि तैँले परमेश्वरलाई उहाँको सारअनुरूप बुझ्ने हो भने—उदाहरणका लागि, यदि तैँले परमेश्वरको धार्मिकता, अख्तियार, र बुद्धिलाई सत्यताअनुरूप बुझ्ने हो भने—परमेश्वरले जे गर्नुभए पनि, तैँले परमेश्वरका कारण र अभिप्रायहरू नबुझे पनि, के तैँले परमेश्वरलाई गलत रूपमा बुझ्नेछस्? अहँ, पटक्कै गलत रूपमा बुझ्नेछैनस्। मैले क्यानाडेली मण्डलीको त्यो समस्या समाधान गरेपछि, कतिपय मानिसले भने, “यो त तिनीहरूलाई अरूकालागि चेतावनीका रूपमा प्रस्तुत गर्न र हामीलाई डर देखाउन गरिएको हो।” तिनीहरूको समस्या के हो? के तिनीहरूले भनेको कुरा सत्यताअनुरूप छ? के यसले सही बुझाइ देखाउँछ? (देखाउँदैन।) किन देखाउँदैन? म तिमीहरूलाई अत्यन्तै सरल कुरा बताउँछु: तिनीहरूको बुझाइ साँचो परिस्थितिसँग मिल्दैनथ्यो, तथ्यहरू त्यस्ता थिएनन्, र तिनीहरूले गलत रूपमा बुझेका थिए। के यो भन्नु सरल कुरा होइन र? (हो।) त्यसोभए किन तिमीहरू यस समस्यालाई व्याख्या गर्न यति धेरै मेहनत गर्छौ? मैले कहिल्यै त्यस्तो सोचिनँ, र मैले कहिल्यै कसैलाई डर देखाउन चाहिनँ। धेरैजसो मानिसले वर्षौँदेखि आफ्नो कर्तव्यको प्रभावकारितालाई निरन्तर सुधार गर्दै आएका छन्, त्यसकारण के तिनीहरू अहिले आफ्नो कर्तव्य मानकअनुरूप हुने तरिकाले निर्वाह गर्छन्? अहँ, गर्दैनन्, अझै पनि यी मानिसहरू आफ्नो कर्तव्यमा मानकअनुरूप बन्ने प्रक्रियामा छन्, र यदि कुनै सानातिना समस्याहरू छन् भने म तिनलाई त्यतिकै छोडिदिन्छु। यस प्रक्रियाका अवधिमा, कतिपय मानिसले बाधाहरू पुऱ्याउलान्, कतिपयले आलटाल गर्लान्, वा निश्चित मानिसहरूमाझ केही सानातिना समस्याहरू देखा पर्लान्, तर समग्रमा, ती निकै राम्रा हुन्। तथापि, तैँले एउटा कुरा बिर्सनु हुँदैन: तँ आफ्नो कर्तव्य निर्वाह गर्न आएको होस्। तैँले जति नै मेहनत गरे पनि, वा जति नै कष्ट भोगे पनि, वा तँलाई जति नै काटछाँट गरिए पनि, तैँले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। परमेश्वरले तँलाई यो अवसर दिनुभयो ताकि तैँले फरक-फरक परिस्थितिहरूको अनुभव गर्न अनि सबै प्रकारका व्यक्तिगत अनुभवहरू प्राप्त गर्न सक्। यो राम्रो कुरा हो, र यो सब तैँले सत्यता बुझ्न सकेस् भनेर गरिएको हो। त्यसोभए, तिमीहरूलाई केको चिन्ता छ? तिमीहरू कसबाट जोगिरहेका छौ? त्यस्तो हुनु पर्दैन। सामान्य रूपमा सत्यता पछ्याउने गर्, आफ्नो सही स्थान खोज्, र आफ्नो कर्तव्य र आफूलाई दिइएको काम राम्ररी गर्, त्यति भए पुग्छ। यो तिमीहरूबाट धेरै माग गरिएको होइन।
क्यानाडेली मण्डलीमा ख्रीष्टविरोधी देखा परेर बाधा पुऱ्याउन थालेदेखि ती मानिसहरू आजका अवस्थामा पुगेसम्म, मैले तिनीहरूलाई कति लामो समयसम्म सहेँ? तिनीहरूलाई के भइरहेको छ भन्ने मलाई पूर्ण रूपमा थाहा नभएको होइन, मैले त्यसलाई लामो समय सहेँ। मैले कति सहेँ? लामो समयसम्म, तिनीहरूले कामहरू पूरा गर्न सकेनन्, आफ्ना काममा प्रगति गरेनन्, र तिनीहरू कसैले पनि आफ्नो उचित मामलामा ध्यान दिएनन्; तिनीहरू सबै स्वेच्छाचारी र लापरवाह, लम्पट र अनियन्त्रित थिए, अनि तिनीहरूलाई धेरै पहिले नै तह लगाउनुपर्थ्यो। यदि तिमीहरू पनि स्वेच्छाचारी, लापरवाह हुन सक्छौ, अनि आफ्ना उचित मामलाहरूमा ध्यान दिँदैनौ भने, मैले तिमीहरूलाई तह लगाउन कुरिरहनु पर्दैन। बरु, आफै छोडेर जाऊ; त्यो अझै इज्जतदार कुरा हुनेछ। के त्यसो गर्नु सही कुरा हुनेछ? अहँ, त्यसो गर्नु पनि सही हुनेछैन। छोडेर जानेबारे नसोची बस्, तैँले यहाँ एकचित्त भएर जरा गाड्नुपर्छ र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सके पनि नसके पनि, कम्तीमा पनि यसमा आफ्नो हृदय लगा, र आफूले अन्त्यमा आफ्ना सबै कामहरू फत्ते गरेको सुनिश्चित गर्। भगुवा नबन्। कतिपय मानिस भन्छन्, “मेरो क्षमता कमजोर छ, म त्यति शिक्षित छैनँ र ममा कुनै प्रतिभा छैन। मेरो व्यक्तित्वमा कमजोरीहरू छन् र मलाई सधैँ आफ्नो कर्तव्यमा कठिनाइहरू आइपर्छन्। यदि मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सकिनँ र मलाई बर्खास्त गरियो भने के गर्ने?” तँलाई केको डर लाग्छ? के यो काम तँ एक्लै पूरा गर्न सक्छस्? तैँले एउटा मात्र भूमिका लिएको छस्, तँलाई सबै भूमिका लिन लगाइएको छैन। आफूले गर्नुपर्ने कुरा मात्रै गर्, त्यति भए पुग्छ। के त्यसपछि तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुँदैनस् र? यो अत्यन्तै सरल छ; तँ किन सधैँ यति शङ्कालु हुन्छस्? तँलाई झरेको पातले टाउको फुट्ला कि भनी डराउँछस्, र तैँले सबैभन्दा पहिले आफ्ना आकस्मिक योजनाहरूबारे विचार गर्छस्—के यो व्यर्थ होइन र? “व्यर्थ” भन्नुको अर्थ के हो? यसको अर्थ प्रगति गर्ने प्रयास नगर्नु, त्यसमा आफ्नो सब थोक दिन इच्छुक नहुनु, सधैँ सित्तैँमा खान खोज्नु र राम्रा कुराहरू लिन चाहनु हो—यस्ता व्यक्तिहरू निकम्मा हुन्। कतिपय मानिस अत्यन्तै सानो मनका हुन्छन्। हामी त्यस्ता मानिसहरूलाई कसरी व्याख्या गर्न सक्छौँ? (तिनीहरू अत्यन्तै नीच हुन्छन्।) अत्यन्तै नीच व्यक्ति अधम व्यक्ति हो, र कुनै पनि अधम व्यक्तिले भद्र व्यक्तिको चरित्रलाई आफ्नो अधम मापदण्डअनुसार मापन गर्न अनि अरूलाई आफूजस्तै स्वार्थी र घृणित ठान्न सक्छ। यी मानिसहरू बेकामका हुन्छन्, र तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि, तिनीहरूलाई सत्यता स्विकार्न सजिलो हुनेछैन। कुनै व्यक्तिमा अत्यन्तै थोरै विश्वास हुनुको कारण के हो? त्यसको कारण तिनीहरूले सत्यता नबुझ्नु हो। यदि तँ एकदमै थोरै सत्यताहरू बुझ्छस् र तीबारे तेरो बुझाइ अत्यन्तै सतही छ, र परिणामस्वरूप, तँ परमेश्वरले गर्ने हरेक काम, परमेश्वरले गर्ने सबै कुरा, र परमेश्वरले तँबाट माग गर्ने हरेक कुरा बुझ्न सक्दैनस् भने, यदि तैँले यो बुझाइ प्राप्त गर्न सक्दैनस् भने, तँमा परमेश्वरबारे सबै किसिमका शङ्का, कल्पना, गलतफहमी, र धारणाहरू पैदा हुनेछन्। यदि तेरो हृदय यी कुराहरूले मात्र भरिएको छ भने, के तँमा परमेश्वरप्रति साँचो विश्वास हुन सक्छ? तिमीहरूमा परमेश्वरप्रति साँचो विश्वास छैन, त्यसैले तिमीहरूलाई सधैँ असहज हुन्छ, र आफूलाई कहिले बर्खास्त गरिनेछ भन्ने थाहा नभएकामा चिन्ता लाग्छ। तिमीहरूलाई डर लाग्छ र सोच्छौ, “परमेश्वर कुनै पनि बेला यहाँ निरीक्षण गर्न आउन सक्नुहुन्छ।” शान्त बस। यदि तिमीहरू परमेश्वरको घरले तिमीहरूलाई सुम्पेको काम राम्ररी गर्छौ भने, तिमीहरूमा सत्यता पछ्याइ र जीवन प्रवेशमा केही कमी भए पनि, म त्यो बेवास्ता गर्नेछु। तिमीहरूले भेलामा सहभागिता जनाउने र प्रवचनहरू सुन्ने कार्य, मण्डली जीवन, र परमेश्वरका वचनहरू खाने-पिउने कार्य कस्तो भइरहेको छ भन्ने सन्दर्भमा भन्नुपर्दा, म ती कुराहरूलाई निगरानी गर्नेछैनँ, र म तिमीहरूको कामको हकमा तिमीहरूलाई हैरान गर्नेछैनँ। किन म तिमीहरूलाई हैरान गर्नेछैनँ? यसका कतिपय कारण छन्। एउटा हो, मलाई भन्दा बढी तिमीहरूलाई नै विभिन्न व्यावसायिक सीपबारे थाहा छ। विगत केही वर्षको कार्य प्रक्रियामा, तिमीहरूले आफ्नो अनुभव वा व्यावसायिक सीपलाई तिखारेर आफ्नो कामका लागि कुनै कार्यक्रम तयार गर्नुपर्थ्यो। चाहे लिखित होस् वा मौखिक, तिमीहरूले केही नीति र नियमहरूलाई सारांशीकरण गर्नुपर्थ्यो। तिमीहरूले कुन कार्य शैली अपनाउँछौ मलाई थाहा छैन, र म तिमीहरूको कार्य योजना र कार्य विधिहरूमा गडबड गर्न चाहन्नँ। तिमीहरू आफ्नै शैली वा ढाँचा, वा नीति र नियमहरू पछ्याउन सक्छौ, अनि जसरी सहज र सुविधा हुन्छ त्यसरी काम गर्न सक्छौ, सबैलाई स्वतन्त्र र मुक्त महसुस गराउन सक्छौ, र परिणामस्वरूप उच्च स्तरको दक्षता प्राप्त हुन्छ। अर्थात्, म तिमीहरूलाई आफ्नो काममा पूर्ण स्वतन्त्रता दिन्छु। म कहिलेकाहीँ मण्डलीहरूमा टहलिहिँड्ने भए पनि, टाढै बस्छु, ताकि तिमीहरूले मलाई नदेखे—म तिमीहरूलाई स्वतन्त्र र मुक्त महसुस गराउन सक्दो प्रयास गर्छु। किन म यसो गर्छु? तिमीहरूमध्ये कसैलाई पनि व्यावसायिक सीपबारे त्यति थाहा छैन; तिमीहरूले क्रमिक रूपमा छामछुम गर्दै सिक्दै जानुपर्छ। चाहे मानिसहरूले व्यावसायिक सीप सिकिरहेका होऊन् वा सत्यता प्रवेश गरिरहेका होऊन्, तिनीहरू सबैको आ-आफ्नै प्रगति दर र दक्षताको तह हुन्छ। तैँले मानिसहरूलाई माछालाई जमीनमा जिउन बाध्य पारेझैँ गर्न सक्दैनस्। मानिसहरू प्रक्रियाअनुसार जानैपर्छ, असफलता, रोकावट अनुभव गर्नैपर्छ, वा आफ्ना गल्तीहरूबाट केही पाठ सिक्नैपर्छ अनि त्यसपछि अगाडि बढ्ने मार्गलाई क्रमिक रूपमा सारांशीकरण गर्नैपर्छ र सबै क्षेत्रका निश्चित सिद्धान्तहरूमा दक्ष हुनैपर्छ। त्यसपछि तिनीहरूले प्रगति गर्नेछन्। तिमीहरूको आफ्नै कार्य शैली र विधिहरू छन्—यी कुरामा मैले तिमीहरूलाई हैरान गर्नु अनुचित हुनेछ। त्यसकारण म तिमीहरूको कामसँग सम्बन्धित यी मामिलासम्बन्धी छलफलहरूमा आकलझुकल मात्र सहभागी हुन्छु। तिमीहरूसँग सम्बन्धित कारण यही हो। मसँग सम्बन्धित मुख्य कारण पनि छ। म तिमीहरूलाई इमानदारीसाथ भन्छु, तिमीहरूले देख्न र सोच्न सक्ने कुरा, चाहे व्यावसायिक सीपका सन्दर्भमा होस् वा कलाका सन्दर्भमा, वा त्योभन्दा पनि सत्यताका सन्दर्भमा, ती सबै म अत्यन्तै सतही देख्छु। यदि मैले तिमीहरूलाई छिटो प्रगति गर्न बाध्य पार्ने प्रयास गरेँ भने के तिमीहरू त्यो सहन सक्नेछौ? अहँ, तिमीहरू सहन सक्नेछैनौ। यदि मैले तिमीहरूबीच आफूले चाहेअनुसार कार्य गरेँ भने, तिमीहरूबाट मैले गर्ने मागहरू तिमीहरूको वास्तविक व्यावसायिक सिपको स्तर र जीवन प्रवेशसम्बन्धी तिमीहरूको वास्तविक कदभन्दा बढी हुनेछन्। म त्यसो गर्न चाहन्नँ, किनभने त्यो मेरा लागि एकदमै थकाइलाग्दो हुनेछ, र त्यो तिमीहरूका लागि एकदमै कठिन हुनेछ। हामी दुवै अप्ठ्यारो परिस्थितिमा पर्नेछौँ, र त्यो राम्रो हुनेछैन; म यो हेर्न चाहन्नँ। त्यस मामिलामा मेरा विचारहरू यिनै हुन्, र परिस्थिति यस्तै छ। तिमीहरूसँग सम्बन्धित एउटा कारण, र यस मामिलामा मेरो विचार छ भन्ने अर्को कारण, यी दुई कारणले गर्दा मैले परिस्थितिलाई यसरी सम्हालेको छु। यसरी परिस्थिति सम्हाल्नु तिमीहरूको क्रमिक वृद्धिका लागि उपयुक्त हुन्छ। जीवन प्रवेशका सन्दर्भमा भन्दा, तिमीहरूसँग परमेश्वरको वचनका पुस्तकहरू छन्, सबै किसिमका भेला र प्रवचनहरू छन्, अनि तिमीहरूलाई मलजल र सहयोग गर्ने अगुवा र कामदारहरू पनि छन्; तिमीहरूले खान, पिउन, र भरणपोषण प्राप्त गर्न सक्ने धेरै कुरा छन्। अर्को पक्ष के हो भने मानिसहरूको जीवन वृद्धिको प्रक्रिया माटोमा रोपिएको बीउजस्तै हो, त्यसले पानी र मल पाउँछ, त्यसपछि बिस्तारै अङ्कुराएपछि बढेर अन्त्यमा फल फल्छ। यो निकै सुस्त प्रक्रिया हो। अवश्य नै, तिमीहरूले पार गर्ने सुस्त प्रक्रिया बीउ टुसाएदेखि बढेर फल लाग्दासम्मको प्रक्रियाभन्दा सुस्त हुन सक्छ। किन? मानिसहरूमा यसका धेरै व्यावहारिक र वस्तुगत कारणहरू हुन्छन्। एउटा के हो भने मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, तर हामी त्यसबारे कुरा गर्नेछैनौँ। अर्को हो, मानिसहरू निष्क्रिय हुन्छन् र प्रायजसो नकारात्मक बन्छन्। तिनीहरू अल्छी हुन्छन्, अनि सत्यता र सकारात्मक कुराहरूका सन्दर्भमा तिनीहरू भावशून्य र सुस्त हुन्छन्। त्यसबाहेक, मानिसहरूलाई सकारात्मक कुराहरू मन पर्दैन। त्यसकारण, जब मानिसहरू सत्यतामा प्रवेश गर्ने र जीवन प्रवेश प्राप्त गर्ने प्रयास गर्छन्, तब तिनीहरूले कठिन सङ्घर्ष गर्नुपर्छ, र फलामको चिउरा चपाउनुपर्छ। मानिसहरूका लागि, अरू जसरी चल्छन् त्यसरी चल्नु, सित्तैँमा खानु, बाहिरी संसारको पछि लाग्नु, र प्रचलनहरू पछ्याउनु भनेको पानीको बहावसँगै बग्नुसरह हो, जुन सजिलो हुन्छ, र व्यक्तिपरक दृष्टिकोणबाट हेर्दा, मानिसहरू साँच्चै यसरी चल्न चाहन्छन्। तैपनि, सत्यता पछ्याउनु, जे न्यायवान् छ त्यो गर्नु, र आफ्ना उचित काम गर्न सक्ने इन्साफको बोध भएका मानिसहरू बन्नु तिनीहरूका लागि निकै कठिन हुन्छ। तिनीहरूले आफ्नो व्यक्तिपरक इच्छा, आफ्नो भावना, आफ्ना धारणाहरूको विरुद्धमा विद्रोह गर्नुपर्छ, र तिनीहरूले आफ्नो अल्छीपन र यस्ता अरू नकारात्मक कुराहरूको विरुद्धमा पनि विद्रोह गर्नुपर्छ। जब तिनीहरू कल्पना नगरेका मानिस, सहकर्मी, वा वातावरणहरूको सामना गर्छन्, वा जब तिनीहरू व्याकुल पार्ने वा अप्रिय कुराहरू सुन्छन्, तब यसलाई जित्न प्रार्थनामा भर पर्नैपर्छ, त्यसकारण तिनीहरूले परमेश्वरलाई विश्वास गर्ने सत्यता पछ्याइका मार्गमा ठूलो प्रतिरोधको सामना गर्छन्। यदि तिनीहरूसँग विशेष रूपमा सङ्कल्प छ र तिनीहरूले अविश्वसनीय ऊर्जाले सत्यता पछ्याउँछन् भने, तिनीहरूले एक-दुई वर्षको अनुभवपछि केही प्रगति देख्नेछन्। नत्र भने, यदि तिनीहरू आफूलाई जे मन लाग्यो त्यही गर्छन् र परिस्थितिलाई स्वाभाविक रूपमा छोडिदिन्छन् भने, तिनीहरूले एकदमै ढिलो प्रगति गर्नेछन्। सायद केही समयपछि तिनीहरूले विशेष घटना सामना गर्नेछन्, जुन तिनीहरूका लागि अत्यन्तै महत्त्वको हुन्छ, र तिनीहरूले पाठ सिक्नेछन्, तिनीहरूलाई काटछाँट गरिनेछ, र तिनीहरूले आफ्नो हृदयमा ठूलो पीडा भोग्नेछन् र तिनीहरूलाई निकै असर पर्नेछ, त्यसपछि मात्रै तिनीहरूले आफ्नो जीवन प्रवेशका सन्दर्भमा अलि सुधारको मोड लिन सक्नेछन्। के यस सुधारको मोडले तिनीहरूलाई प्रगति गराउन सक्छ? अहँ, सक्दैन। तिनीहरूको प्रगति तिनीहरूले यस अवधिमा कसरी सत्यता पछ्याउँछन् त्यसमा निर्भर हुन्छ। यदि तिनीहरू बहाना बनाउन मात्रै सक्ने, देहसुखमा लिप्त हुने, र सत्यतालाई साँच्चै प्रेम नगर्ने मानिस हुन् भने, तिनीहरूले यस घटनाबाट सतही पाठबाहेक केही प्राप्त गर्नेछैनन्, र तिनीहरूले सत्यता बुझ्नेछैनन्। तिमीहरूको यो जीवन प्रगतिको सुस्त चालअनुसार, म तिमीहरूसँग मेरो सङ्गतिको यो दूरी कायम राख्छु र म यो विधि अपनाउँछु। के तिमीहरूलाई यो उचित लाग्छ? (लाग्छ।) यो तिमीहरूका लागि अत्यन्तै फाइदाजनक हो; कम्तीमा पनि तिमीहरूलाई आराम महसुस हुन्छ। म तिमीहरूलाई दिनभरि हेर्दै र निगरानी गर्दै, दिनको चौबीसै घण्टा आराम गर्न नदिई, लगनशील र अथक रूपमा काम गर्न लगाउँदै कुनै थप बोझ दिनेछैनँ। म त्यसो गर्ने युक्ति निकाल्नेछैनँ, बरु परिस्थितिलाई तिमीहरूसँगै स्वाभाविक रूपमा अघि बढ्न दिनेछु। के यसको अर्थ तिमीहरू आत्म-लिप्त हुन सक्छौ भन्ने हो? (होइन।) त्यसोभए तिमीहरूलाई नहेर्ने यो निर्णय म कसरी विश्वस्त भई गर्न सक्छु? किनभने पवित्र आत्माले छानबिन गर्नुहुन्छ। त्यसबाहेक, यदि कसैले सत्यता पछ्याउँछ, उसलाई यो खाँचो छ, र ऊ आफ्नो भित्री हृदयमा सत्यता पछ्याउन इच्छुक हुन्छ भने, तैँले उसलाई नहेरे पनि, उसले सत्यता पछ्याइरहेको हुन्छ—ऊ आफ्ना उचित मामलाहरूलाई ध्यान दिने शिष्ट व्यक्ति हो। यदि ऊ शिष्ट व्यक्ति होइन भने, तैँले उसलाई हेरे पनि त्यसको कुनै काम हुँदैन। जब तैँले उसलाई हेरिरहेको हुन्छस्, तब उसले तँसँग झारा टार्ने व्यवहार गर्नका लागि सतही रूपले निश्चित तरिकामा मात्रै व्यवहार गर्छ, र तैँले एकैछिन नहेर्दा, उसले सामान्य रूपमा गर्ने व्यवहार नै गर्छ र ऊ आफू पहिले जस्तो थियो त्यस्तै भइहाल्छ। सत्यता पछ्याइ मानिसहरूले निगरानी गर्न सक्ने कुरा होइन। यो कुरा मैले राम्ररी बुझेको छु, र त्यसैले म तिमीहरूसँग सङ्गत गर्न र अन्तरक्रिया गर्न यो विधि अपनाउँछु। मैले यसो गर्नु पूर्ण रूपमा उचित छ।
के क्यानाडेली मण्डलीको मामलालाई अहिले स्पष्ट रूपमा व्याख्या गरिएको छैन र? अनि के तिमीहरूले यस मामलाबाट केही सत्यता बुझ्यौ? यदि तैँले भविष्यमा फेरि यस्तो कुरा सामना गरिस् भने, के अझै पनि त्यो अरूका लागि उदाहरण बसाल्न मानिसहरूलाई चरम दण्ड दिने र तिनीहरूलाई अरूका लागि चेतावनीका रूपमा प्रस्तुत गर्ने मामिला हो भन्नेछस्? यो घटना हुनुअघि, तँलाई कसैले पनि परमेश्वरसँगको तेरो सम्बन्ध तोड्न सक्दैन र तेरो पहिले नै परमेश्वरसँग ठ्याक मिलेकै छ भन्ने लाग्थ्यो। तैपनि, जब तँलाई यो मामिला आइपऱ्यो, तब तेरो सानो कद प्रकट भयो। कस्तो कद? तैँले आफूले गह्रौँ बोझ उठाउन र कष्ट भोग्न सक्छु, आफ्नो सङ्कल्प र विश्वास पहिलेको भन्दा ठूलो छ, र आफू चाँडै सिद्ध हुनेछु भन्ने सोचेको थिइस्; यो तैँले आफ्नो हृदयमा लिएको गलत धारणा थियो। अनि अहिले तँलाई के लाग्छ? तेरो सोचाइ अलिक अपरिपक्व थियो! मलाई हेर्: बाहिरी रूपमा म यस्तो देखिन्छु, मलाई छुन र देख्न सकिन्छ—के मेरो व्यक्तित्वलाई खुला र स्पष्ट मान्न सकिन्छ? मेरो व्यक्तित्व हेर्दा, म समस्या आइपर्दा तिमीहरूको पिठ्यूँपछाडि गएर केही नबोल्ने, गुप्तमा पाइला चालेर मेरा अभिप्रायहरू के हुन् भनेर तिमीहरूलाई अनुमान गर्न लगाउने व्यक्ति होइन। म त्यस्तो व्यक्ति होइन। जेजस्तो समस्या आए पनि, म सधैँ त्यो तिमीहरूलाई स्पष्ट रूपमा व्याख्या गर्छु, र पनि तिमीहरू अझै त्यस्ता सिद्धान्तहरूलाई सारांशीकरण गरेर यसो भन्न सक्छौ, “परमेश्वरका बारेमा मेरो सबैभन्दा बढी बुझाइ यही हो।” यो बुझाइबारे तँलाई के लाग्छ? अहिले तैँले पाठ सिकेको छस्, होइन र? के यो परमेश्वरबारे तिमीहरूको बुझाइको सबैभन्दा ठूलो असफलता भएको हो भनेर भन्न सकिँदैन र? तिमीहरू मैले बोल्ने वचनहरू सुन्न र मेरो रूप देख्न सक्छौ, अनि म छुन र हेर्न सकिने देह र रगतले बनिएको व्यक्ति हुँ। मैले त्यो कार्य गरेँ र तिमीहरू कसैले पनि त्यसलाई बुझ्न सकेनौ, र हामी सहमतिमा पुग्न सकेनौँ—हामीसँग कुनै मौन बुझाइसमेत थिएन। तँ परमेश्वरबाट एकदमै टाढा छस्! तँ परमेश्वरलाई बुझ्नबाट धेरै चुकेको छस्! यी साँचा वचनहरू हुन्; साँचो परिस्थिति यही हो। तँ अलिकति आफ्नो कर्तव्य निभाउन सक्छस्, तैँले परमेश्वरमा धेरै वर्षदेखि विश्वास गरेको छस्, र केही धर्मसिद्धान्तबारे कुरा गर्न सक्छस् भन्दैमा परमेश्वरलाई बुझेको छस् भन्ने नसोच्। म तँलाई भन्छु, तेरो सोचाइ अपरिपक्व छ! तँ आफूलाई साँच्चै एक-दुइटा कुरा थाहा छ भन्ने नसोच्। वास्तवमा, तँ परमेश्वरलाई बुझ्नबाट अझै धेरै टाढो छस्; तैँले यो बुझाइको एकछेउ छोएको छैनस्। मानिसहरू कुनै पनि मामिलामा प्रकट हुन सक्छन्, र क्यानाडेली मण्डली व्यवस्थापन गरिएको यस मामलाले कतिपय मानिसलाई प्रकट गरेको छ। मानिसहरू निरन्तर वृद्धि हुनैपर्छ, र यी फरक-फरक परिस्थिति र घटनाहरूमार्फत आफू र परमेश्वरलाई निरन्तर बुझ्दै जानुपर्छ, ताकि तिनीहरूले परमेश्वरका कार्य र स्वभावबारे सिक्न, तिनीहरूको विद्रोहीपन बुझ्न, परमेश्वरसँगको आफ्नो सम्बन्ध ठ्याक्कै कस्तो हो भनेर बुझ्न, अनि सत्यताको बुझाइ र ज्ञान अनि परमेश्वरसम्बन्धी आफ्नो बुझाइको स्तर कस्तो छ भनेर स्पष्टसित हेर्न सकून्। यी कुराहरूद्वारा, तेरो साँचो कद र साँचो स्थिति मापन गरिनेछ। के यसपटक तिमीहरूले पाठ सिक्यौ? अर्कोपटक यस्तो बुझाइ नलिने प्रयास गर। यो अत्यन्तै पीडादायी हो, यो सब साह्रै अविश्वसनीय हो! के यस कुरालाई व्याख्या गर्न यति लामो समय लिनु सार्थक थियो भन्ने तिमीहरूलाई लाग्छ? यसो गर्नु पर्नेथिएन। यसो गर्नु पर्नेथिएन भनेर म किन भन्छु? तिमीहरूले आफूले बुझेका शब्द र धर्मसिद्धान्तहरूअनुसार, यस मामलाको विघ्नबाधा पार गर्न सक्नुपर्थ्यो; तिमीहरूले यसबारे आफै मनन गरेर, र सबैले सँगै यसमा सङ्गति गरेर, यसलाई तुलनात्मक रूपमा शुद्ध तरिकाले बुझ्न सक्नुपर्थ्यो, तिमीहरूको बुझाइ यति हदको हुनु हुँदैनथ्यो। तर, खासमा, त्यस हदको बुझाइ त देखा परेको छ, र मैले निश्चित विवरणहरूमा सङ्गति गर्नु अत्यावश्यक भएको छ। के यो सङ्गति सुनेपछि अहिले तिमीहरूको हृदय प्रफुल्ल भएको छैन र? अब तिमीहरूसँग यस मामिलाबारे थप कुनै विचार हुनु हुँदैन, होइन र? त्यसोभए, के तिमीहरूलाई मैले ती मानिसहरूलाई सम्हालेको तरिका हदबाहिर गएको लाग्छ? (लाग्दैन।) यस मामिलाको छलफललाई यहीँ टुङ्ग्याऔँ, र म मुख्य विषयबारे सङ्गति गर्न थाल्नेछु।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।