विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई) खण्ड एक

पूरक: एउटा क्यानडेली मण्डलीको व्यवस्थापनबारे मानिसहरूका गलतफहमीहरूको समाधान

हाम्रो गत भेलामा एउटा असामान्य घटना घटेको थियो। त्यो के थियो? (एउटा क्यानाडेली मण्डलीको व्यवस्थापनको कुरा थियो।) यो घटना एक महिनापहिले भएको हो। के यो अझै तिमीहरूको यादमा ताजै छ? (छ।) के यसले तिमीहरूको भावनालाई निकै जुरमुरायो? (हजुर।) जब निश्‍चित मण्डली वा कतिपय मानिसहरूमा समस्याहरू देखा पर्छन्, तब म परिस्थितिहरूका आधारमा निर्णय गर्छु र सिद्धान्तअनुसार ती सम्हाल्छु; क्यानाडेली मण्डलीको मामला सम्हाल्दा मूलतः यस्तै भएको थियो। त्यसोभए मलाई भन त, क्यानाडेली मण्डलीमा ख्रीष्टविरोधी देखा परेर मानिसहरूलाई बहकाउँदा किन मैले त्यसरी मामला सम्हालेँ? यसमा तिमीहरूको विचार कस्तो छ? स्पष्टतया, त्यसले कतिपय मानिसलाई त्रसित पाऱ्यो। किन त्यसले तिनीहरूलाई त्रसित पाऱ्यो? कतिपय मानिस भन्छन्, “त्यसलाई अत्यन्तै कठोर तरिकाले सम्हालिएको थियो। के त्यो त्यति गम्भीर थियो? त्यसलाई कसरी त्यसरी सम्हाल्न सकियो? के त्यो सिद्धान्तअनुसार सम्हालिएको थियो? के त्यो क्षणिक आवेगमा सम्हालिएको थिएन र? त्यसलाई त्यसरी सम्हाल्नुको परिणाम के हुनेछ? के ती मानिसहरूले गरेका कुराहरू साँच्‍चै त्यति गम्भीर थिए? त्यहाँका मानिसहरूलाई सोधिएको कुरा, अनि तिनीहरूको मनोवृत्ति, भनाइ, र तिनीहरूबाट सुनिएको जानकारीका आधारमा त, तिनीहरूलाई त्यति कठोर तरिकामा सम्हाल्नु हुँदैनथ्यो जस्तो देखिन्छ, होइन र?” कतिपय मानिस यस्तै सोच्छन्। अरू चाहिँ यसो भन्छन्, “सायद परमेश्‍वरले त्यसलाई त्यसरी सम्हाल्नुको पछाडि उहाँका आफ्‍नै कारण र विचारहरू थिए।” ती वास्तवमा कस्ता विचार हुन्? मामलालाई त्यसरी सम्हाल्नुको कुनै मूल अभिप्राय वा कारण थियो? के ती मानिसहरूलाई त्यसरी सम्हाल्नु उचित थियो? (थियो।) तिमीहरू सबै त्यो उचित थियो भन्छौ, त्यसकारण आज हामी त्यस मामिलामा छलफल गरौँ र त्यस मामिलालाई त्यसरी सम्हाल्‍नु किन उचित थियो, तिमीहरूलाई त्यस मामिलामा के लाग्छ, त्यसले पछि तिमीहरूमा कस्तो असर पार्छ, त्यसबारे तिमीहरूको विचार सही छ कि गलत, र तिमीहरूका विचारमा कुनै गलत वा विकृत कुरा छ कि छैन भनेर हेरौँ। यदि तिमीहरू सधैँ कुरा लुकाउँछौ, मुखमा बुजो लगाएर बस्छौ, र आफ्नो कुरा व्यक्त गर्दैनौ, सधैँ विरोधी भावना राख्छौ भने, समस्याहरू कहिल्यै सर्वोत्तम तरिकामा समाधान हुनेछैनन्, त्यसकारण हामी सहमतिमा पुग्नैपर्छ। सहमतिमा पुग्‍नुका सिद्धान्तहरू केके हुन्? यदि तिमीहरू मैले गरेको यो निर्णय स्विकार्न सक्दैनौ, र तिमीहरूमा यसबारे विचार र धारणाहरू छन्, तिमीहरूलाई यसप्रति प्रतिरोध महसुस हुन्छ, र तिमीहरू यसबारे गलतफहमीहरूसमेत राख्छौ, र तिमीहरूमा प्रश्न वा खराब विचारहरू पैदा हुन्छन् भने, हामीले के गर्नुपर्छ? हामीले यस मामिलामा छलफल गर्नुपर्छ। यदि हाम्रो विचार फरक छ भने, हामीबीच सहमति हुँदैन। त्यसोभए कसरी हामी सहमतिमा पुग्‍न सक्छौँ त? के आफ्नो भिन्‍नतालाई कायमै राखेर दुवै पक्ष सहमत हुने बिन्दु खोज्नु ठिक हुन्छ? यदि हामीले कुनै भिन्‍नता सम्झौता गरेर ठिक गऱ्यौँ, यदि मैले केही कामकुरा त्यागेँ, र तिमीहरूले केही कुरा त्याग्यौ भने, के त्यो ठिक हुनेछ? स्पष्ट छ, त्यो ठिक हुँदैन। यो अनुकूलता प्राप्त गर्ने तरिका होइन। त्यसकारण, यदि हामी यस मामिलामा सहमतिमा पुग्‍न अनि मिल्दो समझदारी र निर्णयमा पुग्‍न चाहन्छौँ भने, त्यसो गर्ने तरिका के हो? तिमीहरूले सत्यता खोजी गर्नैपर्छ, सत्यताका लागि लागिपर्नैपर्छ, र सत्यता बुझ्न लागिपर्नैपर्छ, र मैले सबैलाई सम्पूर्ण कुरा व्याख्या गरेर स्पष्ट पार्नु आवश्यक छ। यसबारे कसैले पनि आफ्नो मनमा कुनै गलतफहमी राख्‍नु हुँदैन। यसरी, हामी यस मामिलाबारे आपसमा मिल्दो दृष्टिकोणमा पुग्नेछौँ, त्यसपछि त्यो पूरा र समाप्त हुनेछ। यदि भविष्यमा मलाई यस्तै मामला आइपऱ्यो भने, म यसलाई उही तरिकाले सम्हाल्छु होला, वा सायद म त्यसलाई यसरी सम्हाल्नेछैनँ, तर अर्को कुनै तरिका प्रयोग गर्नेछु। त्यसोभए, तिमीहरूले यस मामिलाबाट के प्राप्त गर्नुपर्छ? (हामीले सत्यता खोज्ने तरिका सिक्‍नुपर्छ र परमेश्‍वरले किन यस मामलालाई त्यसरी सम्हाल्नुभयो भनेर बुझ्नुपर्छ।) तिमीहरूले दुई पक्ष बताएका छौ, एकदमै राम्रो। अरू केही छ? (हामीले परमेश्‍वरको स्वभावलाई चिढ्याउनबाट जोगिन उहाँको कार्यका सिद्धान्तहरू बुझ्ने प्रयास गर्नुपर्छ। यो हाम्रा लागि चेतावनी हो।) यो अर्को पक्ष हो।

हामीले क्यानाडेली मण्डलीको व्यवस्थापनलाई स्पष्ट रूपमा व्याख्या गर्न सुरुदेखि नै कुरा थाल्नुपर्छ। हामीले केबाट सुरु गर्नुपर्छ? हामी यी मानिसहरू चीनबाट निस्केको समयबाट सुरु गर्नेछौँ। के यो धेरै विगतमा फर्किनु हो? तिमीहरूलाई यो हास्यास्पद लाग्ला, तर वास्तवमा यो हाँस्ने विषय होइन। के यो पुरानो हिसाबकिताब मिलाउने कुरा हो? अहँ, होइन। जब तिमीहरू मैले मेरा कारणहरूबारे कुरा गरेको सुन्छौ, तब मैले किन त्यहाँबाट सुरु गरेँ भनेर जान्नेछौ। विदेश आउने सबै जना आज्ञा, मिसन, र जिम्मेवारी लिएर आएका हुन्छन् कि हुँदैनन् भन्‍ने कुरालाई पर पन्छाएर, हामी सानो विषयबाट सुरु गर्नेछौँ—के हरेक व्यक्तिले चीन छोडेर आउन सक्नु संयोग हो? (होइन।) यो संयोगवस हुँदैन। तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्न चीन त्याग्‍ने सङ्कल्प गरेदेखि र तँ इच्छुक भएदेखि विदेशमा आइपुग्दासम्मको प्रक्रियाभरि, लौ मलाई भन् त, तेरो सहकार्यबाहेक, तँ चीनबाट सहजै जान सक्छस् कि सक्दैनस् भनेर कसले निर्धारित गर्छ? (परमेश्‍वरले।) ठिक भनिस्। त्यो कुरा तँसँग केकस्ता सामाजिक सम्पर्कहरू छन् भन्‍ने कुराले निर्धारित गर्दैन, न त तँसँग कति पैसा छ, वा तैँले सबै औपचारिकता पूरा गरेको छस् कि छैनस् भन्‍ने कुराले नै निर्धारित गर्छ—विदेश आउने सबैसँग एउटै बुझाइ र अनुभव हुनुपर्छ। तिनीहरू सबैले के अनुभव गर्छन्? कुनै व्यक्तिले सहजै चीन छोड्न सक्छ कि सक्दैन भन्‍ने कुरामा परमेश्‍वर नै सार्वभौम हुनुहुन्छ; त्यसको तिनीहरू कति सक्षम छन् वा तिनीहरूमा केही ठूलो क्षमता छ कि छैन भन्‍ने कुरासँग कुनै सम्बन्ध हुँदैन। यो कुनै देशमा एक प्रान्तबाट अर्को प्रान्तमा जानु होइन; यो त आफ्नो देश छोड्नु हो, र यसका लागि धेरै जटिल औपचारिकताहरू पूरा गर्नुपर्ने हुन्छ। विशेष गरी ठूलो रातो अजिङ्गरले विश्‍वासीहरूलाई चरम दमन गर्ने र सताउने, तिनीहरू प्रत्येकलाई नजिकबाट निगरानी गर्ने यस युगमा, चीन छोड्ने औपचारिकताहरू पूरा गर्न त्यति सजिलो छैन। त्यसकारण, यी मानिसहरू सहज रूपमा विदेश पुग्‍नु पूर्णतया परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत थियो र यसले परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई देखाउँछ। कसले चीन छोड्न सक्छ, औपचारिकताहरू सहज रूपमा पूरा हुन्छ कि हुँदैन, र ती पूरा गर्न कति समय लाग्छ भन्‍ने कुरा सबै परमेश्‍वरद्वारा निर्धारित हुन्छ, र परमेश्‍वरको हातले नै यो सबै कुरा योजनाबद्ध र बन्दोबस्त गर्छ। तैँले यो विश्‍वास नगरी हुनेछैन, न त तैँले यो नस्विकारी धर नै पाउनेछस्—यी तथ्यहरू हुन्। यो मामिला मानिसहरूको सहकार्य र परमेश्‍वरको सार्वभौमिकताद्वारा निष्कर्षमा पुग्छ। तैँले चीन छोड्ने सन्दर्भमा यदि हामीले निर्णय गर्नुपरेको भए, कसले यसलाई सहज पार्थ्यो? (परमेश्‍वरले।) परमेश्‍वरले सहज पार्नुभयो। मानिसहरूमा घमण्ड गर्ने केही छैन, बरु तिनीहरूले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ। त्यसोभए, तैँले के गर्नुपर्छ? (आफ्नो कर्तव्य निर्वाहमा प्रयास लगाउनुपर्छ।) तैँले आफ्नो कर्तव्य निर्वाहमा प्रयास लगाउनुपर्छ र त्यो ध्यान दिएर गर्नुपर्छ। विस्तृत दृष्टिकोणले हेर्दा, के हामी तैँले आफ्नो कर्तव्य पूरा गर्न चीन छोड्नु परमेश्‍वरको बन्दोबस्त र मार्गदर्शन थियो, र तेरो आफ्नै क्षमताले गर्दा त्यो भएको होइन भनेर अन्तिम निष्कर्ष निकाल्न र भन्‍न सक्छौँ? (हो, सक्छौँ।) कतिपय मानिस भन्छन्, “यो कसरी मेरो क्षमताले गर्दा होइन? ममा परमेश्‍वरको मार्गदर्शन भए पनि, यदि परमेश्‍वरले मलाई मार्गदर्शन नगर्नुभएको भए, चीन छोड्नु मलाई गाह्रो हुनेथिएन किनभने म अङ्ग्रेजी भाषामा TEM8 गरेको स्नातक हुँ, र TOEFL परीक्षा पास गर्नु मलाई समस्या हुनेथिएन।” यस स्तरमा एकदमै थोरै मानिसहरू हुन्छन्। उदाहरणका लागि, कतिपय मानिस धनी हुन्छन् र लगानीकर्ताको भिसामा बसाइँ सर्न सक्छन्, तर त्यस्ता परिस्थितिहरू एकदमै कम हुन्छन्। त्यसोभए, के यी मानिसहरूले परमेश्‍वरको सार्वभौमिकता र उहाँको अनुमतिमा नै चीन छोड्छन्? हजुर, त्यही हो। हामी व्यक्तिगत परिस्थितिहरूबारे कुरा गर्नेछैनौँ; हामी चीन छोड्न सक्‍ने र पछि इमानदारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्न आउने मानिसहरूबारे मात्रै कुरा गर्नेछौँ। यो पूर्ण रूपमा तिनीहरूको आफ्नै अभिप्रायबाट आएको हुँदैन। तैँले चीन छोड्नुको एउटा कारण भनेको तँसँग एउटा मिसन छ, जबकि अर्को कारण भनेको तैँले परमेश्‍वरको मार्गदर्शनमा चीन छोडेको छस्। त्यस मामिलालाई यस बिन्दुबाट हेर्दा, तैँले के गर्न चीन छोडेको होस्? (आफ्नो कर्तव्य निर्वाह गर्न।) प्रारम्भिक चरणहरूमा प्रक्रियाहरू पूरा गर्न जति नै समय लागे पनि, तैँले जति नै खर्च गरे पनि वा परमेश्‍वरले त्यस मामिलामा जसरी सार्वभौम शासन गर्नुभए पनि, जे होस् तैँले चीन छोडेर परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्‍ने हुनाले, तेरो विदेश जाने मिसन छ भनेर निश्‍चित रूपमा भन्‍न सकिन्छ। तँ जिम्मेवारी र गह्रौँ बोझ उठाउँछस्, र विदेश आउने तेरो उद्देश्य एकदमै स्पष्ट हुनुपर्छ। पहिलो, तँ जीवनको आनन्द लिन बसाइँसराइ गरेको होइनस्; दोस्रो, तँ जीविकोपार्जनको स्रोत खोज्दै विदेश आएको होइनस्; तेस्रो, तँ फरक जीवनशैली खोज्दै विदेश आएको होइनस्; र चौथो, तँ सुखी जीवन जिउन विदेश आएको होइनस्। होइन र? तँ संसारको पछि लाग्‍न विदेश आएको होइनस्; तँ मिसन र परमेश्‍वरको आज्ञासहित आफ्नो कर्तव्य निर्वाह गर्न आएको होस्। यस बिन्दुबाट हेर्दा, विदेश आएपछि तेरो मुख्य प्राथमिकता के हुनुपर्छ? (आफ्नो कर्तव्य निर्वाह गर्नु।) तेरो मुख्य प्राथमिकता भनेको परमेश्‍वरको घरमा आएर आफ्नो स्थान खोज्नु, र परमेश्‍वरको घरका बन्दोबस्‍तहरूअनुसार आफ्नो कर्तव्यलाई स्थिर र शिष्ट तरिकाले निर्वाह गर्नु हो। के त्यो साँचो होइन र? (हजुर, हो।) ठिक भनिस्। त्यसबाहेक, कसैले तँलाई धम्की दिएको वा अपहरण गरेको कारण तँ विदेश आएको होइनस्—तँ स्वेच्छाले आएको होस्। तैँले यसलाई जुनसुकै पक्षबाट हेरे पनि, तँ विदेश आएको छस् त्यसैले तैँले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। त्यो सही कुरा हो, होइन र? के यो मानिसहरूबाट धेरै माग गर्नु हो? (होइन।) यो धेरै माग होइन, न त यो अत्यधिक माग नै हो। यो अनुचित कुरा होइन। अब, मैले भर्खरै भनेको कुराका आधारमा, परमेश्‍वरले तँलाई दिएको आज्ञाअनुसार जिउन तैँले आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ र आफ्नो कर्तव्य कसरी निर्वाह गर्नुपर्छ? के तैँले यी कुराहरूबारे सोच्नुपर्छ? तैँले गर्नुपर्ने पहिलो कुरा भनेको यस्तो सोच्‍नु हो, “म अब साधारण व्यक्ति मात्र होइन, अहिले मेरो काँधमा बोझ छ। कस्तो बोझ? यो परमेश्‍वरले मलाई दिएको आज्ञा, बोझ हो। परमेश्‍वरले मलाई विदेश आउन मार्गदर्शन गर्नुभयो, र मैले परमेश्‍वरको सुसमाचार फैलाउनमा सृजित प्राणीले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ—यो मेरो कर्तव्य हो। पहिलो, मैले के कर्तव्य निर्वाह गर्न सक्छु भनेर सोच्नुपर्छ, र दोस्रो, मैले त्यो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भनेर सोच्नुपर्छ ताकि म आफूमाथि रहेको परमेश्‍वरको सार्वभौमिकता र मेरा लागि उहाँले गरेका बन्दोबस्तहरूअनुसार जिउनदेखि चुक्न नपरूँ।” के तैँले सोच्नुपर्ने यसरी नै होइन र? के यो सोचाइ अतिरञ्जित छ? के यो झूट हो? अहँ, होइन; यो त समझ, मानवता, र विवेक भएको व्यक्तिले सोच्नुपर्ने कुरा हो। यदि कतिपय मानिस “विदेश आएपछि, मैले सोचेको जस्तो भएन, र मलाई आएकामा पछुतो छ” भनेर भन्छन् भने, यी मानिसहरू कस्ता हुन्? त्यस्ता मानिसहरूमा मानवता हुँदैन र तिनीहरूले विश्‍वास तोडेका हुन्छन्। तैपनि, विदेश आउने धेरैजसो मानिस आफूलाई कर्तव्य निर्वाहमा होम्न तयार हुन्छन्। त्यो नै पर्याप्त छ। अब हामी यसलाई क्यानाडेली मण्डलीको मामलासँग जोडौँ। क्यानाडेली मण्डलीका मानिसहरू पनि यसका अपवाद होइनन्। के तिनीहरू संयोगवस क्यानाडा गएका हुन्? त्यो संयोगवस भएको थिएन, यो अपरिहार्य थियो। किन म त्यो अपरिहार्य थियो भनेर भन्छु? किनभने परमेश्‍वरले धेरैपहिले नै कुन मानिसहरू कुन देशमा जानुपर्छ भनेर निर्धारित गरिसक्‍नुभएको थियो, र यो “अपरिहार्य” कुरामा परमेश्‍वरले सार्वभौम अख्तियार राख्नुभएको थियो। जब परमेश्‍वर तँ कुनै देशमा जानुपर्छ भनेर सार्वभौम अख्तियार राख्नुहुन्छ, तब त्यही हुन्छ। क्यानाडेली मण्डलीका मानिसहरूसँग पनि मिसन थियो र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तद्वारा तिनीहरू विदेश आएका थिए। परमेश्‍वरले तिनीहरूलाई क्यानाडा आउन मार्गदर्शन गर्नुभयो, र तिनीहरूको आ-आफ्नो प्रतिभा अनि व्यावसायिक सीप र सामर्थ्यहरू इत्यादिका आधारमा, मण्डलीले तिनीहरूलाई विभिन्‍न कामका पदहरूमा नियुक्त गऱ्यो, र तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न अनुमति दियो। तिनीहरूले सुरुदेखि नै आफ्नो कर्तव्य अलिक सख्तीपूर्वक निर्वाह गरे। मैले “कठोरता पूर्वक” भन्‍नुको अर्थ तिनीहरू बोधा र सुस्त थिए भन्‍ने होइन, बरु तिनीहरूमध्ये धेरैजसो आफ्नो कर्तव्य पूरा गर्न आएका भए पनि, तिनीहरूले सत्यता पछ्याएनन् भन्‍ने हो। किन म तिनीहरूले सत्यता पछ्याएनन् भनेर भन्छु? तिनीहरू समस्याहरू सामना गर्दा, सत्यता खोजी गर्दैनथे, र तिनीहरू आफ्नो कार्यमा सिद्धान्तहरू खोजी गर्दैनथे। कहिलेकाहीँ, माथिले तिनीहरूका लागि केही बन्दोबस्तहरू गर्दा वा तिनीहरूलाई कुनै काम गर्न लगाउँदा, तिनीहरू बेवास्ता गर्थे—तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा राख्‍ने मनोवृत्ति यही थियो। तिनीहरू यसरी झारा टार्दै अघि बढे र तिनीहरूको कर्तव्य निर्वाह खराब स्थितिमा पुग्यो, र पूर्णतया लथालिङ्ग भयो। यी मानिसहरूको मण्डली जीवन वा जीवन प्रवेशमा कुनै कुरा राम्रो थिएन, तिनीहरूको कर्तव्यको प्रभाव खराब थियो, तिनीहरूको सत्यता सङ्गतिमा वास्तविकता थिएन, र तिनीहरूले झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई पटक्‍कै खुट्टयाउँदैनथिए—तिनीहरूले गर्ने कुनै पनि कुरामा कुनै राम्रो कुरा थिएन। समय बित्दै जाँदा, यान नाम गरेको एउटा ख्रीष्टविरोधी देखा पऱ्यो, र तिनीहरू यस ख्रीष्टविरोधीसँग एक बने। “तिनीहरू एक भए” भन्‍नुको अर्थ के हो? यो ख्रीष्टविरोधी भर्खरको २६ वर्षे जवान मानिस थियो, जसले मण्डलीमा काम गरेको अढाई वर्ष भएको थियो। त्यस अवधिमा, उसले धेरै सिस्टरहरूलाई आकर्षित गरेको थियो, सायद १० जना जतिलाई। यी मानिसहरूमध्ये कतिपयलाई ऊ मन पराउँथ्यो, र कतिपयलाई मन पराउँदैनथ्यो, अनि ऊ यिनीहरूलाई बेवास्ता गर्थ्यो, तैपनि यी सबै मानिसहरूले यस ख्रीष्टविरोधीलाई श्रद्धा गर्थे। अढाई वर्ष पहिले, क्यानाडेली मण्डलीका मानिसहरू आफ्नो कर्तव्य निर्वाहमा त्यति संलग्न थिएनन् र तिनीहरू जीवनविहीन जड अवस्थामा थिए। माथिद्वारा तिनीहरूका लागि जुनसुकै काम बन्दोबस्त गरिए पनि, तिनीहरू त्यसलाई झारा टार्ने तरिकाले लिन्थे र बेवास्ता गर्थे, अनि त्यो काम लागू गर्न कडा प्रयास गर्नुपर्थ्यो। माथिले तिनीहरूलाई काटछाँट गरेपछि, तिनीहरू खिन्न भए, तिनीहरू उदास मनस्थितिमा पुगे, तिनीहरूले माथिसँग बिरलै कुराकानी गरे, अनि कामप्रति तिनीहरूको मनोवृत्ति पनि अत्यन्तै दिक्दार बन्यो। यान नाम गरेको ख्रीष्टविरोधी अगुवा बनेपछि, तिनीहरूको अवस्था दिनप्रतिदिन खराब हुँदै गयो, र तिनीहरूमध्ये धेरैजसो झारा टारेर दिन काट्थे। किन तिनीहरू यसरी झारा टार्ने अवस्थामा पुगे त? यो केसँग सम्बन्धित थियो? यसको वस्तुगत कारण के हुन सक्छ भने यो अगुवाहरूसँग सम्बन्धित थियो। तिनीहरूसँग कुनै असल अगुवा थिएन, तिनीहरूका कुनै पनि अगुवाले सत्यता पछ्याउँदैनथे बरु तिनीहरू व्यक्तिगत सम्बन्धहरूलाई संवर्धन गर्थे र धूर्त क्रियाकलापहरूमा संलग्‍न हुन्थे। अनि यसको व्यक्तिपरक कारण के थियो? त्यो के थियो भने तिनीहरूमध्ये कसैले पनि सत्यता पछ्याइरहेका थिएनन्। के सत्यता नपछ्याउने मानिसहरूको गुटलाई आफ्नो कर्तव्य बफादारीपूर्वक र मानकअनुरूप तरिकाले निर्वाह गर्न सजिलो हुन्छ? (हुँदैन।) तैपनि, के सत्यता पछ्याउँदै नपछ्याउने मानिसहरूको गुट र कतिपय अविश्‍वासीहरूलाई धूर्त क्रियाकलापमा संलग्‍न हुन, झाराटारुवा हुन, र माथिलाई विरोध गर्न सजिलो हुन्छ? (हुन्छ।) अनि के त्यस्ता मानिसहरूको गुटलाई गैरविश्‍वासीहरूजस्तै अधोगतिमा लाग्न र पतित हुन सजिलो हुन्छ? त्यो अत्यन्तै सजिलो हुन्छ, र तिनीहरूले पछ्याइरहेको मार्ग यही थियो। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेको नाटक गरेर, परमेश्‍वरको घरको खानेकुरा खाए, परमेश्‍वरको घरको आवासमा बसे, र परमेश्‍वरको घरले तिनीहरूलाई पालनपोषण गर्‍यो। तिनीहरूले परमेश्‍वरको घरलाई झुक्याएर खाए र पिए, तैपनि स्वर्गको राज्यमा प्रवेश गर्ने र इनामहरू प्राप्त गर्ने अपेक्षा गरे—तिनीहरू यसरी चालबाजीमा भर परेर जिउँथे। त्यस ख्रीष्टविरोधीले मण्डलीका काममा बाधा पुऱ्याउँदा, तिनीहरूमध्ये कसैले पनि माथिलाई कुनै समस्याबारे रिपोर्ट गर्दैनथ्यो। एउटी महिलाले मात्रै एउटा झूटो अगुवालाई समस्याको रिपोर्ट गरिन्, र यसको परिणामस्वरूप मामला समाधान भएन। अरू अन्धो थिए, र मण्डलीमा यति धेरै समस्या खडा भएको देखेर पनि, तिनीहरूले तीबारे रिपोर्ट गरेनन्। परमेश्‍वरको घरको कार्य बन्दोबस्तहरूले अगुवा र कामदारहरूलाई बर्खास्त गर्ने सिद्धान्तहरू स्पष्ट रूपमा बताएका छन्, तर कसैले पनि तीप्रति ध्यान दिएनन्, बरु त्यो ख्रीष्टविरोधी सँगै अल्याङटल्याङ गरेरै मात्र दिनहरू बिताए। यी अविश्‍वासीहरूमध्ये, एकातिर २० वर्षभन्दा बढीदेखि परमेश्‍वरमा विश्‍वास गरेका मानिसहरू थिए, र अर्कोतिर कम्तीमा पाँच वर्षदेखि विश्‍वास गरेका मानिसहरू थिए, तर कसैले पनि यी समस्याहरूबारे रिपोर्ट गरेनन्। तर अझै खराब कुरा के थियो? यस ख्रीष्टविरोधीसँग जिस्केर बस्ने धेरै महिला टोली अगुवा र उपटोली अगुवाहरू थिए, जो उसको ध्यान पाउन एकअर्कासँग होड गर्थे। जब कुनै पुरुष र महिलाबीच प्रेम सम्बन्ध चल्न थाल्छ, तब वयस्क र बुढापाकाहरूले यो कुरा एकै झलकमा देख्‍न सक्छन्। पुरुष र महिलाबीचका सम्बन्धहरूबारे मानिसहरू सबै संवेदनशील हुन्छन्, र तिनीहरूले एकै झलकमा के भइरहेको छ भनेर थाहा पाउन सक्छन्। तैपनि, कसैले यसबारे रिपोर्ट गरेन, तिनीहरूलाई हप्काउन वा तिनीहरूको खुलासा गर्न कोही खडा भएन, र कसैले पनि तिनीहरूलाई खुट्टयाउन सकेन। के कुनै व्यक्तिले अगाडि आएर तिनीहरू ख्रीष्टविरोधीको नेतृत्वमा रहेको गुट हुन् भन्‍ने देखेर मनमनै यस्तो सोच्यो, “म तिमीहरूलाई पछ्याउन सक्दिनँ। मैले यो कुरा माथिल्लो नेतृत्वलाई रिपोर्ट गरेर तिमीहरूलाई बर्खास्त गरिनैपर्छ, वा तिमीहरूलाई हटाउन इन्साफको बोध भएका केही दाजुभाइ-दिदीबहिनीहरूलाई सङ्गठित गर्नुपर्छ”? अहँ, कसैले पनि त्यसो गरेन। यो मामला खुलासा हुनु अघिसम्म कसैले पनि यसबारे रिपोर्ट गरेन। यी मानिसहरू कस्ता प्रकारका थिए? के तिनीहरू परमेश्‍वरका साँचो विश्‍वासी थिए? के तिनीहरू सत्यता पछ्याउनेहरू थिए? (थिएनन्।) तिनीहरूको आँखाअगाडि नै यस्तो ठूलो घटना घट्नु र तिनीहरूलाई यसबारे अत्तोपत्तो नहुनु, त्यो कुरा हेर्दा के सत्यता नपछ्याउने यी मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्थे त? आफ्नो कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति कस्तो थियो? स्पष्टतया, तिनीहरू दिनदिनै सित्तैँमा खाँदै बस्‍ने आश्रित व्यक्ति मात्रै थिए। तिनीहरू परमेश्‍वरको घरमा सजिलै अल्याङटल्याङ गर्न सकिन्छ, कसैले समस्या देखे पनि एक शब्द बोल्नु हुँदैन, कसैले कसैलाई चिढ्याउनु हुँदैन, र तिनीहरूले “हाकिम” लाई चिढ्याए भने, त्यो भयानक हुनेछ, र परिणामहरू तिनीहरूका लागि खराब हुनेछन् भन्‍ने ठान्थे। यदि तँलाई मानिसहरू चिढ्याउन डर लाग्छ र त्यसो गर्ने आँट गर्दैनस् भने, के तँ परमेश्‍वरलाई चिढ्याउने आँट गर्छस् त? यदि तैँले परमेश्‍वरलाई चिढ्याइस् भने के तेरा लागि परिणामहरू असल हुनेछन्? परमेश्‍वरले तँलाई कसरी तह लगाउनुहुनेछ? के त्यसका परिणामहरू हुनेछैनन् र? (हो, हुनेछन्।) परिणामहरू हुनेछन्। तिनीहरू आफूले कसैलाई चिढ्याउँछु कि भनेर डराउनु, अवश्य नै मुख्य कुरा होइन। मुख्य कुरा त तिनीहरू सत्यताप्रति कुनै प्रेम नभएका दुष्ट मानिसहरू थिए। तिनीहरूले सत्यता नपछ्याउनुबाहेक, धेरै मूर्ख कुरा पनि गरे। क्यानाडेली मण्डलीमा धेरै मानिस थिएनन्, तैपनि तिनीहरूमा धेरै उग्र महत्त्वाकाङ्क्षाहरू थिए। तिनीहरूको कर्तव्य निर्वाहले स्पष्ट रूपमा कुनै प्रभाव पारेको थिएन, तैपनि तिनीहरू अझै पनि आफ्नो कामको दायरा विस्तार गर्न चाहन्थे र जग्गा किन्नमा व्यस्त भइरहेका थिए, तर अन्त्यमा तिनीहरूले व्यर्थैमा जग्गाका निम्ति बैना तिरे। अहिले यीमध्ये धेरैजसो मानिसलाई अलग्गै राखिएको छ। मलाई भन् त, यी मानिसहरूको जत्था के हुन्? के तिनीहरू पशु र दुष्ट मानिसहरूको जत्था होइनन् र? स्पष्टतया, तिनीहरू केही पनि होइनन्, तैपनि तिनीहरूले यसरी भेटीहरू फजुल खर्च गरे। कसैले पनि परमेश्‍वरको घरका हितहरूको रक्षा गरिरहेका थिएनन्, कसैमा पनि इन्साफको बोध थिएन—तिनीहरू केवल पिशाचका जत्था हुन्! यो साँच्‍चै नै रिसउठ्दो कुरा हो!

क्यानाडेली मण्डलीमा धेरै मानिस थिएनन्, केही सय मानिस मात्रै थिए। तिनीहरू आफ्नो कर्तव्यमा त्यति मेहनत गर्दैनथे, तिनीहरू आफ्नो कर्तव्यमा लापरवाह थिए र गुटबन्दी गर्थे, केवल झारा टारेर दिनहरू काट्थे। के त्यो रिसउठ्दो कुरा होइन र? तिनीहरू काममा अदक्ष थिए र तिनीहरूले कुनै प्रगति गरेनन्, तिनीहरू सबै एकअर्काविरुद्ध षड्यन्त्र गरिरहेका हुन्थे र मिलेर सहकार्य गर्दैनथे। अगुवाहरू अरू केहीसँग धूर्त क्रियाकलापहरूमा संलग्‍न हुन्थे, र कसैलाई कुनै आतुरीको बोध थिएन, कसैलाई रिस उठ्दैनथ्यो, र यसबारे कसैलाई दुःख लाग्दैनथ्यो। यस मामिलाबारे कसैले प्रार्थना गरेन, न त तिनीहरूले माथिबाट खोजी गरे वा उनीबाट सहयोग मागे। कसैले यसो गरेन, र कोही पनि यसो भन्दै अघि आएन, “हामीले आफ्नो कर्तव्य यसरी निर्वाह गर्नु सही होइन। हामीले निर्वाह गरिरहेको यो कर्तव्य परमेश्‍वरले हामीलाई दिएको आज्ञा हो, र हामीले परमेश्‍वरलाई निराश तुल्याउनु हुँदैन!” तिनीहरूमा केही कुराको कमी थिएन, तिनीहरूसँग पर्याप्त मानिस थिए, तिनीहरूसँग पर्याप्त सरसामान थियो। तिनीहरूसँग केको कमी थियो? तिनीहरूसँग असल मानिसहरूको कमी थियो। मण्डलीको कामप्रति कसैलाई बोझको बोध थिएन, न त कसैले परमेश्‍वरको घरको कामको रक्षा गर्न, अगाडि आएर बोल्न, वा समझको सत्यताबारे सङ्गति गर्न नै सक्थ्यो, ताकि सबै जनाले खडा भएर झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्टयाएर खुलासा गर्न सकून्; कसैले पनि त्यसो गरेन। के यी दुष्ट मानिसहरू अन्धो भएकाले र तिनीहरूले के भइरहेको छ भन्‍ने नदेखेकाले यस्तो भएको थियो, वा तिनीहरूमा क्षमताको कमी भएकाले र वृद्ध अवस्थाको कारण तिनीहरू अन्योलमा परेकाले यस्तो भएको थियो? (कुनै पनि होइन।) यीमध्ये कुनै पनि थिएन। त्यसोभए वास्तविक परिस्थिति के थियो? तिनीहरू सबै ख्रीष्टविरोधीसँग मिलेका थिए, सबैले एकअर्काको रक्षा गरिरहेका र एकअर्काको चापलुसी गरिरहेका थिए, कसैले कसैको खुलासा गरेनन्, सबै जना पिशाचहरूको अखडामा यत्तिकै समय बिताइरहेका थिए। के तिनीहरूले कहिल्यै आफ्नो कर्तव्य वा परमेश्‍वरको आज्ञाबारे विचार गरे? (गरेनन्।) तिनीहरू कुनै आत्मग्लानि महसुस नगरी यसरी झारा टार्न मात्र चाहन्थे। तिनीहरूलाई आत्मग्लानि महसुस नहुने यो अवस्था के हो? त्यो त पवित्र आत्माले तिनीहरूमा काम नगरिरहनुभएको, र परमेश्‍वरले तिनीहरूलाई त्याग्नुभएको अवस्था हो। परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुको अर्को कारण पनि छ, र त्यो के हो भने आफ्नो कर्तव्य अनि सत्यता र परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति, साथै तिनीहरूको सोचका कारण, परमेश्‍वर तिनीहरूदेखि दिक्क हुनुभएको थियो र त्यस उप्रान्त तिनीहरू त्यो कर्तव्य निर्वाह गर्न योग्य रहेनन्। त्यसैकारण तिनीहरूमा कुनै निन्दाभाव वा अनुशासन देखिएन, तिनीहरूको विवेक जागृत भएन, झन् तिनीहरूले कुनै अन्तर्दृष्टि वा ज्योति, कुनै काटछाँट, कुनै न्याय, वा सजाय पाउनु त परको कुरा थियो। तिनीहरूका लागि यी कुराहरू महत्त्वहीन थिए, तिनीहरू सबै भावशून्य थिए, र तिनीहरू दियाबलसहरूभन्दा केही फरक थिएनन्। तिनीहरूले परमेश्‍वरको घरमा वर्षौँदेखि प्रवचनहरू सुन्दै आएका थिए, र ख्रीष्टविरोधीहरूलाई खुट्टयाउनेबारे प्रवचनहरू र आफ्नो कर्तव्य मानकअनुरूप तरिकाले कसरी निर्वाह गर्ने भन्‍नेबारे प्रवचनहरू पनि सुनेका थिए, तर के तिनीहरूले त्यस समयको दौरान सत्यता खोजे र स्विकारे? के तिनीहरूले ख्रीष्टविरोधीहरूलाई खुट्टयाए? के तिनीहरूले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणबारे कुनै बहस चलाए? अहँ, चलाएनन्। यदि तिनीहरूले साँच्‍चै त्यसो गरेका भए, खडा भई ख्रीष्टविरोधीको मुखौटो उतारेर रिपोर्ट गर्ने केही मानिस निश्चय नै हुनेथिए, र परिस्थिति जति खराब भएको थियो, त्यति खराब हुनेथिएन। तिनीहरू त भ्रमित र निकम्मा मानिसहरूको जत्था मात्रै थिए! तिनीहरूको वास्तविक परिस्थिति, तिनीहरूको व्यवहार, र तिनीहरूलाई गरिएको चरित्र चित्रणअनुसार, मैले तिनीहरूलाई अलग बस्न र मनन गर्नका लागि केही समय ख समूहमा झारेको छु। के मैले यस मामिलालाई यसरी सम्हाल्‍नु हदभन्दा बढी थियो? (थिएन।) थिएन, यो हदभन्दा बढी पटक्कै थिएन। अनि यदि यो हदभन्दा बढी थिएन भने, के यसलाई पूर्ण रूपमा उचित ठान्न सकिँदैन र? तिनीहरूलाई अलिकति मौका दिनका लागि यसो गरिएको थियो। कस्तो मौका? यदि तिनीहरूमा साँच्‍चै केही मानवता र विवेक छ भने, यदि तिनीहरू पश्चात्ताप गर्न र आफ्नो मार्ग परिवर्तन गर्न सक्छन् भने, तिनीहरूले मण्डलीमा फर्कने मौका पाउनेछन्; यदि तिनीहरूमा पश्चात्ताप गर्ने चाहनासमेत छैन भने, तिनीहरू आफ्नो बाँकी जीवनभरि अलग रहनेछन्, र मण्डलीले तिनीहरूलाई निकाल्ने पनि छ। वास्तविकता यही हो। तिनीहरूलाई पश्चात्ताप गर्ने मौका दिनका लागि तुरुन्तै निकालिएन। तिनीहरूले यसो भन्लान्, “हामीले यो खराब कुरा गऱ्यौँ, र तपाईँ रिसाउनुभयो र हामीलाई अलग गरिदिनुभयो। त्यसकारण हामीले पहिले आफ्नो कर्तव्य निर्वाह गरेर कुनै उपलब्धिहरू नपाएका भए पनि, निश्चय नै यसका लागि कष्ट भोग्यौँ। तपाईँ त्यो किन देख्‍नुहुन्‍न?” तर वास्तवमा, तिनीहरूलाई अलग राख्नुले पर्याप्त नरमपनलाई देखाउँछ, अनि तिनीहरूको कार्य र व्यवहारअनुसार त, तिनीहरूलाई निकालिदिनुपर्ने हो। तिनीहरूमा भएको यस मनोवृत्तिलाई हेर—तिनीहरू कत्रो खतरामा छन्! त्यसोभए, यो मामला कसरी सम्हाल्नुपर्छ? मैले आफ्नो कार्यलाई दुई चरणमा विभाजन गर्नुपर्छ: पहिलो चरण तिनीहरूलाई अलग राख्नु हो, र दोस्रो चरण चाहिँ तिनीहरूलाई अलग गरिँदाका अवधिमा तिनीहरूको परिस्थिति अनि व्यक्तिगत व्यवहारका आधारमा मलाई उचित लागेअनुसार सम्हाल्नु, र तिनीहरूलाई मण्डलीमा राख्‍ने कि निकाल्ने भनेर निर्णय गर्नु हो। के यो तिनीहरूप्रति पर्याप्त नरमपन देखाउनु होइन र?

क्यानाडेली मण्डलीका ती मानिसहरूले धेरै खराब कुरा गरे र तिनीहरूलाई तिनीहरूको व्यवहारअनुसार अलग्याउनुले अत्यन्तै नरमपनलाई देखाउँथ्यो, त्यसोभए किन कतिपय मानिसमा अझै पनि त्यो मामला कसरी सम्हाल्ने भन्‍नेबारे आफ्नै विचारहरू छन्? कतिपय मानिस भन्छन्, “तपाईँले त्यसरी मामला सम्हाल्नु सही होला, तर अझै पनि अलि समस्या छ। क्यानाडेली मण्डलीका ती मानिसहरूले यो कुरा आफूमाथि आफै ल्याए र आफूले पाउनुपर्ने कुरा प्राप्त गरे, तर त्यसलाई यसरी सम्हालेर, के तपाईँले अरूका लागि उदाहरण बसाल्न तिनीहरूलाई चरम दण्ड दिइरहनुभएको छैन र?” के यो सही बुझाइ हो? (होइन।) मैले कतिपय मानिसले यसो भनेको सुनेको छु, “त्यसलाई सम्हाल्ने सही तरिका यही हो। तपाईँले अरूका लागि उदाहरण बसाल्न तिनीहरूलाई चरम दण्ड दिनुपर्छ, तिनीहरूलाई अरूका लागि चेतावनीका रूपमा प्रस्तुत गर्नु, र अरूलाई सन्देश दिन शक्ति देखाउनुपर्छ।” के यो गैरविश्‍वासीले भन्‍ने कुरा होइन र? गैरविश्‍वासीले कामकुरामा राख्‍ने दृष्टिकोण यही हो। तिमीहरूले सायद अझै यस समस्याको सार छर्लङ्ग देख्‍न सकेका छैनौ, त्यसकारण तिमीहरूले अझै पनि गैरविश्‍वासीको दृष्टिकोण व्यक्त गर्न सक्छौ। के कसैले यसो भन्‍नु अलि घृणित कुरा हो भन्‍ने तिमीहरूलाई लाग्दैन? यदि तिमीहरूले यो मामिला व्याख्या गर्न त्यस्ता शब्दहरू प्रयोग गऱ्यौ भने, विषयबाहिरका कुराहरू भनिरहेका हुन्छौ, र परिस्थितिहरू यस्ता छैनन्। त्यसोभए, मैले त्यो मामिला सम्हालेको तरिकालाई तिमीहरू कसरी व्याख्या गर्छौ? (तपाईँले त्यसलाई सिद्धान्तअनुसार सम्हाल्नुभएको छ।) ठिक भनिस्, मैले त्यसलाई सिद्धान्तअनुसार सम्हालेको छु; यो भन्नुपर्ने व्यावहारिक कुरा हो। अरू कोही छ? के यो तिनीहरूले आफै आफूमाथि ल्याएका होइनन् र? (हो।) अनि यसलाई व्याख्या गर्ने सबैभन्दा सरल तरिका के हो? (तिनीहरूले आफूले पाउनुपर्ने फल नै पाएका छन्।) ठिक भनिस्, तिनीहरूले कसरी व्यवहार गरे त्यसका आधारमा, तिनीहरूले आफूले पाउनुपर्ने फल नै पाए र त्यो आफूमाथि आफै ल्याएका हुन्। परमेश्‍वर सत्यता सिद्धान्तअनुसार काम गर्नुहुन्छ; उहाँ मानिसहरूलाई तिनीहरूको व्यवहारअनुसार पाउनुपर्ने दण्ड दिनुहुन्छ। त्यसबाहेक, मानिसहरूले आफ्नो कार्यका परिणामहरू भोग्‍नुपर्छ, र तिनीहरूले गलत कामकुरा गर्दा, तिनीहरूलाई दण्ड दिनुपर्छ—यो उचित कुरा हो। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको व्यवहारअनुसार दण्ड दिनुहुन्छ; यो क्यानाडेली मण्डलीका ती मानिसहरूलाई दण्ड दिनु हो, र वर्तमान शब्दावली प्रयोग गर्दा, तिनीहरूलाई सिद्धान्तअनुसार तह लगाइन्छ। मलाई भन् त, मैले खुलासा गरेका तिनीहरूसम्बन्धी यी कुरामध्ये कुन कुरा तथ्य होइनन्? यी मामिलाहरूबारे मेरा कुन विश्लेषण र परिभाषाहरू, र तीबारे मेरा कुन चित्रणहरू तथ्य होइनन्? ती सबै तथ्य हुन्। त्यसकारण, यी प्रकटीकरणहरू अनि तिनीहरूको कार्य र व्यवहारअनुसार तिनीहरूलाई दण्ड दिइन्छ—त्यसमा के गलत छ? त्यसकारण, अरूलाई सन्देश दिन शक्ति देखाउनु, अरूका लागि उदाहरण बसाल्न मानिसहरूलाई चरम दण्ड दिनु, र मानिसहरूलाई अरूका लागि चेतावनीका रूपमा प्रस्तुत गर्नु—के यी कार्यहरूको प्रकृति मैले क्यानाडेली मण्डलीलाई सम्हालेको तरिकाजस्तै हुन्छ? (हुँदैन।) त्यसोभए अरूका लागि उदाहरण बसाल्न किन मानिसहरूलाई चरम दण्ड दिनु? यसको प्रकृति के हो? अरूका लागि उदाहरण बसाल्न मानिसहरूलाई चरम दण्ड दिनु, अरूलाई सन्देश दिन शक्ति देखाउनु, र मानिसहरूलाई अरूका लागि चेतावनीका रूपमा प्रस्तुत गर्नु—यी तीन कार्यहरूको प्रकृति मूलतः उस्तै हुन्छ। त्यो प्रकृति के हो? त्यो शासक वा शक्तिशाली व्यक्तिले आफ्नो अख्तियार स्थापित गर्न आवश्यक ठानेको निश्‍चित परिस्थितिमा केही कुरा गर्नु र त्यो कुरा प्रयोग गरेर अरूलाई तर्साउनु हो। यसलाई अरूका लागि उदाहरण बसाल्न मानिसहरूलाई चरम दण्ड दिनु हो। यसो गर्दा तिनीहरूको उद्देश्य के हुनेछ? अरूलाई तिनीहरूको आज्ञापालन गर्ने, तिनीहरूको डर मान्‍ने, र तिनीहरूसँग त्रसित हुने, तिनीहरूको अगाडि हडबडमा कुनै कुरा नगर्ने, र तिनीहरूसामु आफूलाई जे मन लाग्यो त्यही नगर्ने बनाउनु हो। के तिनीहरूले यसो गर्नु सिद्धान्तअनुरूप हुन्छ? (हुँदैन।) किन तिमीहरू त्यो सिद्धान्तअनुरूप हुँदैन भनेर भन्छौ? शासकमा काम गर्ने उत्प्रेरणा हुनेछ, र उसको उत्प्रेरणा आफ्नो शासन दह्रिलो बनाउन र आफ्नो शक्ति जोगाउनका लागि हुनेछ। ऊ तिललाई पहाड बनाउन चाहन्छ, र यो उसको कार्यको प्रकृति हुन्छ। क्यानाडेली मण्डलीलाई व्यवस्थापन गर्ने मामिला गैरविश्‍वासीहरूका शैतानी दर्शनहरूमा नभई सत्यता सिद्धान्तहरूमा आधारित थियो। त्यो ख्रीष्टविरोधीले मानिसहरूलाई बहकायो, मण्डलीका काममा अवरोध र बाधा पुऱ्यायो, मण्डलीलाई उलटपुलट पाऱ्यो, र धेरैजसो मानिसले अझै पनि उसको बचाउमा बोले—तिनीहरूको कार्यको प्रकृति साँच्‍चै घृणित छ! यसरी अल्मलिएर बस्दा, तिनीहरूले मण्डली छोडेर आफ्नै जीवन जिएका भए राम्रो हुन्थ्यो। कम्तीमा पनि परमेश्‍वरको घरका स्रोतसाधनहरू खेर त जानेथिएनन्, र त्यो राम्रो कुरा हुनेथियो। तर के तिनीहरूले त्यसो गरे? तिनीहरूको विवेकमा यो चेतना थिएन, अनि तिनीहरूले परमेश्‍वरको घरका आर्थिक र भौतिक स्रोतसाधनहरू खेर फाले, तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा मेहनत गरेनन्, र तिनीहरूले ख्रीष्टविरोधीसँग मिलेर ऊसँगै दुष्टता गरे—यी कार्यहरूको प्रकृति अत्यन्तै गम्भीर छ! परमेश्‍वरको घरले तिनीहरूलाई यसरी सम्हालेर तिनीहरूलाई आत्मचिन्तन गर्न र आफूलाई चिन्‍न लगाउनुभयो, यसो गर्दा तिनीहरू आफ्नो मार्ग परिवर्तन गर्नुपर्छ भन्‍ने कुरा जान्दछन् र पश्चात्ताप गर्छन्, अनि यो तिनीहरूको फाइदाका लागि हो। यदि तिनीहरूलाई नसम्हालेको भए, सायद अबको एक वर्षभित्र तिनीहरू सबैले परमेश्‍वरलाई धोका दिएर संसारमा फर्किनेथिए। खुसीको कुरा, तिनीहरूलाई समयमा नै अलग्गाइयो र सम्हालियो, र यसले अझै धेरै मानिसलाई दुष्टता गर्नसमेत रोक्यो र मण्डलीको काममा अझै ठूलो घाटा हुन दिएन। यसो गरेर, तिनीहरूलाई मुक्ति दिइन्छ कि हटाइन्छ? (तिनीहरूलाई मुक्ति दिइन्छ।) तिनीहरूलाई वास्तवमा बचाइँदै छ। यो तिनीहरूलाई सहयोग गर्न, चेतावनी दिन, तिनीहरूका लागि चेतावनीको घण्टी बजाउन, तिनीहरूलाई यसरी काम गर्नु सही होइन, यदि तिनीहरूले यसरी नै काम गरेमा तिनीहरू अनन्त विनाश भोगेर नष्ट हुन्छन् र तिनीहरूले मुक्ति पाउने कुनै पनि आशा गुमाउनेछन् भनेर बताउन गरिएको थियो। यदि तिनीहरू यो कुरा बुझ्न सक्छन् भने, तिनीहरूसँग अझै आशा हुन्छ। यदि तिनीहरू यो कुरासमेत बुझ्न सक्दैनन्, र तिनीहरूलाई निरन्तर दिक्दार लाग्छ, पतन हुन्छन्, र निराशामा डुब्छन्, तिनीहरू माथिलाई विरोध गर्छन् र नकारात्मक मुडमा आफ्ना धारणाहरू पोखाउँछन् भने, तिनीहरू समस्यामा पर्नेछन्। तिमीहरू तिनीहरूका लागि के इच्छा गर्छौ? (तिनीहरूले पश्चात्ताप गरून् भन्‍ने।) तिमीहरू सबै तिनीहरू राम्रो हुनेछन् र पश्चात्ताप गर्नेछन् भन्‍ने इच्छा गर्छौ। अनि म तिनीहरूका लागि के इच्छा गर्छु? के म तिनीहरूले पश्चात्ताप नगरून्, म तिनीहरू सबैलाई पखाल्न सकूँ, यी मानिसहरूविना मण्डली अझ राम्रो हुनेछ भन्‍ने इच्छा गर्छु? के म यही चाहन्छु? (होइन।) अहँ, म यो चाहन्नँ। म तिनीहरू राम्रो भएर पश्चात्ताप गरून्, तिनीहरू पश्चात्ताप गरेपछि परमेश्‍वरको घरमा फर्कून्, र तिनीहरूले पहिलेजस्तो गरी आफ्नो कर्तव्य निर्वाह नगरून् भन्‍ने इच्छा गर्छु। त्यस पदले के भन्छ? “तिनीहरू हरेकलाई आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कन देऊ” (योना ३:८)। जहाँसम्म तिनीहरूका कुरा छ, यदि तिनीहरूले यो परिणाम हासिल गर्न सके भने त्यो तिनीहरूको जीवनभरि कहिल्यै नमेटिने यादगार र तिनीहरूका लागि असाधारण अनुभव हुनेछ, यो सुन्दर घटना बन्‍नेछ। यो तिनीहरूले व्यक्तिगत रूपमा पछ्याउने कुरामा निर्भर हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्