विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक) खण्ड छ
छलीपन र कपटीपनलाई दुष्टताको स्वभावसँग तुलना गर्दा, तिनीहरूको हद तुलनात्मक रूपमा हल्का र सतही हुन्छ। यदि हद सतही छ भने, किन मैले यहाँ तीबारे उल्लेख गर्नु? ख्रीष्टविरोधीहरू छली, व्याख्या गर्न नसकिने, र अस्पष्ट तरिकाले काम गर्छन् र बोल्छन्, जसले गर्दा अरूलाई तिनीहरू कपटी र छली छन् भन्ने लाग्छ, अनि साधारण मानिसहरूले तिनीहरूबारे पूरै सत्यता बुझ्न सक्दैनन्। तिनीहरू छली तरिकाले काम गर्छन् र बोल्छन् अनि निष्कपट, इमानदार, अनि सत्यता पछ्याउने मानिसहरूसँग मिल्न सक्दैनन्। बरु, तिनीहरू त्यस्ता मानिसहरूलाई खेलाउँछन् र प्रयोग गर्छन्। यी मानिसहरूलाई पटक्कै थाहा नभई ख्रीष्टविरोधीहरूले तिनीहरूलाई खेलाउँछन् र ठग्छन्, अनि प्रयोगसमेत गर्छन्। अवश्य नै, ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने यो व्यवहार र यी विधिहरू मानिसहरूका लागि त्यति हानिकारक हुँदैनन्। मानिसहरूलाई एकदमै धेरै हानि गर्ने कुरा के हो? त्यो ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव हो, र दुष्ट स्वभावबाट पैदा हुने मानिसहरूलाई भ्रममा पार्ने, नियन्त्रण गर्ने, र दमन गर्ने कार्य हो, जुन अझै गम्भीर हुन्छ। ख्रीष्टविरोधीहरूमा तिनीहरूले आफ्नो कार्यका सन्दर्भमा अरूलाई बताउन नसक्ने उत्प्रेरणा र अभिप्राय सधैँ हुन्छ। तिनीहरूले कहिल्यै पनि कारणविना कुनै कुरा समर्पित गर्ने वा अर्पण गर्ने गर्दैनन्, न त कारण वा क्षतिपूर्तिविना कसैका लागि वा परमेश्वरको घरका लागि कुनै कुरा नै गर्छन्। तिनीहरूको हरेक व्यवहार र शब्दपछाडि एउटा उत्प्रेरणा, एउटा अभिप्राय हुन्छ, अनि तिनीहरूको अभिप्राय र उत्प्रेरणा उदाङ्गो हुनेबित्तिकै, वा तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहनाहरू बरबाद हुँदा, तिनीहरू पछि हट्ने मौका खोज्छन्। तिनीहरू हृदयमा सोच्छन्, “मैले कुनै कारणविना आफूलाई समर्पण गर्नु वा खर्चनु त्यति सार्थक हुँदैन, त्यो मलाई उपयोगी हुँदैन। परमेश्वरमा विश्वास गरेर केही कुरा प्राप्त गर्नुपर्छ। यदि कसैले इनाम नमागी परमेश्वरका लागि आफूलाई समर्पित गर्छ भने, त्यो मूर्खता हो।” तिनीहरूको तर्क यस्तो हुन्छ: “सित्तैमा केही पनि पाइँदैन।” तिनीहरू विवेक र समझ, व्यवहार, अनि सामान्य मानिसहरूमा हुनुपर्ने र तिनीहरूले गर्ने असल कार्यहरूलाई मूर्ख र बेकुफीका रूपमा चित्रण गर्छन्। के यो दुष्टता होइन र? (हो।) यो अत्यन्तै दुष्टता हो। उदाहरणका लागि, परमेश्वरको घरले आफ्नो कर्तव्य निर्वाह गर्ने विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवनका लागि केही कार्य प्रबन्ध र केही हेरचाह गर्छ, तर ख्रीष्टविरोधीहरू तिनीहरूलाई आन्तरिक रूपमा बाधा दिन्छन्। तिनीहरूलाई बाधा दिनुको पछाडि ख्रीष्टविरोधीको उद्देश्य के हुन्छ? यदि कार्य प्रबन्ध ख्रीष्टविरोधीबाट आएको हो भने, र यो थाहा पाएपछि दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको कृतज्ञताको ऋण लागेको महसुस भएमा, ख्रीष्टविरोधीले नेतृत्व लिन्छ। यदि दाजुभाइ-दिदीबहिनीहरूलाई कसले कार्य प्रबन्ध गरेको हो भन्ने थाहा छैन र त्यो परमेश्वरको घरले गरेको हो भन्ने लाग्छ, र तिनीहरू परमेश्वरलाई धन्यवाद दिन्छन् भने, के ख्रीष्टविरोधीले तिनलाई अघि बढाउला त? अवश्य नै बढाउनेछैन। कार्य प्रबन्धहरू ख्रीष्टविरोधीका हातमै अड्किनेछ र कार्यान्वयन हुनेछैनन्। परमेश्वरको घरले यी कार्य प्रबन्धहरू जारी गर्नु दाजुभाइ-दिदीबहिनीहरूका लागि फाइदाजनक हुन्छ, र सुसमाचारको काम अझै राम्रोसँग फैलनेछ; यो परमेश्वरको कामसँग सम्बन्धित ठूलो कुरा हो, त्यसकारण अगुवाका रूपमा काम गर्नेहरूले यी कार्य प्रबन्धहरूलाई कसरी अघि बढाउनुपर्छ? तिनीहरूले तिनलाई राम्ररी अघि बढाउन र काम लागू गर्न आफूले सकेको सबथोक गर्नुपर्छ। तैपनि, कतिपय ख्रीष्टविरोधी यसलाई भित्रबाट बाधा दिन्छन् र दुई वर्षसम्म काम लागू गर्दैनन्। यसको कारण के हो? यो त शैतानले बाधा र व्यवधान पैदा गर्नु हो। कतिपय मण्डलीलाई ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले बाधा दिन्छन् र नियन्त्रण गर्छन्, अनि आफ्नो कर्तव्य पूरा गर्ने दाजुभाइ-दिदीबहिनीहरूको हेरचाह हुँदैन। यसले गर्दा ख्रीष्टविरोधीहरू खुसी हुन्छन्, र तिनीहरू हृदयमा सोच्छन्, “त्यस्तो सुन्दर कुरा र त्यस्ता धेरै फाइदाहरू प्राप्त गर्नु नै मलाई पर्याप्त छ। कसरी सबै दाजुभाइ-दिदीबहिनीहरू लाभार्थी हुन सक्छन्?” दाजुभाइ-दिदीबहिनीहरूले फाइदा पाउनुले कसरी ख्रीष्ट-विरोधीहरूलाई कुनै तरिकामा असर गर्छ र? त्यसले तिनीहरूलाई पटक्कै असर गर्दैन। तिनीहरूलाई फाइदा हुन्छ, सबैलाई फाइदा हुन्छ, र त्यो राम्रो कुरा हो! समग्र परिस्थितिबारे विचार गर्: तैँले यसलाई बाधा दिनु हुँदैन, न त यसलाई रोक्नु नै हुन्छ, तर त्यो खुसीसाथ लागू गर्नुपर्छ। के त्यो सामान्य कुरा होइन र? (हो।) व्यक्तिले पूरा गर्नुपर्ने कर्तव्य यही हो, र यो तेरो जिम्मेवारी हो। एउटा पक्ष यसमा तेरो एक पैसा नलाग्नु हो भने अर्को पक्ष यो हो: के सबैले सुसमाचारको काम फैलियोस् भन्ने चाहँदैनन् र? (चाहन्छौँ।) जब तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरको अनुग्रह पाएको देख्छन्, तब के तिनीहरू डाहा गर्छन्? तिनीहरूलाई केको डाहा लाग्छ? के ख्रीष्ट-विरोधीहरू पिशाच होइनन् र? त्यसोभए, किन ख्रीष्ट-विरोधीहरू काम लागू गर्दैनन्? किनभने तिनीहरूले डाहा गर्छन्। के तिनीहरू काम लागू गर्दा सुसमाचारको काम फैलाउनका लागि फाइदाजनक हुन्छ भनेर विचार गर्छन्? (अहँ, गर्दैनन्।) के यसले तिनीहरूका हितमा असर गर्छ? यसको तिनीहरूसँग के सम्बन्ध छ? यसको तिनीहरूसँग कुनै सम्बन्ध छैन, तैपनि तिनीहरू यसलाई लागू गर्दैनन्, र यो नै तिनीहरू दुष्ट हुनु हो। तिनीहरू जिउँदा दियाबलस हुन् र तिनीहरूले श्राप पाउनुपर्छ! परमेश्वरको घरको काम र आफ्नो कर्तव्य निर्वाह गर्ने धेरै मानिससँग सम्बन्धित यस्तो मामलामा, तिनीहरू पटक्कै परिणामहरू विचार गर्दैनन्। यदि तिनीहरूमा अलिकति पनि असल अभिप्राय हुने हो भने, तिनीहरूले यस्तो काम गर्न सक्नेथिएनन्। किन तिनीहरू यस्तो काम गर्छन्? यो कुटिलता हो, र यो दुष्टता हो। के तिमीहरू त्यस्ता कुराहरू गर्छौ? यदि तिमीहरूले त्यस्ता कुराहरू गर्न सक्छौ भने, ख्रीष्टविरोधीहरूभन्दा फरक छैनौ, र जिउँदा दियाबलस पनि हौ। तिमीहरूले यस्ता कुराहरू गर्नै हुँदैन! कतिपय ख्रीष्टविरोधीहरूले प्रायजसो मण्डलीका काममा बाधा दिने, मण्डलीमा भाँडभैलो मच्चाउने दुष्ट मानिसहरू मण्डलीमा छन् भनेर पनि देख्छन्, तर त्यसलाई बेवास्ता गर्छन्। तिनीहरूलाई त्यस्ता मानिसहरूलाई सम्हाल्न लगाइँदा, तिनीहरू आपत्ति जनाउँछन् र ती सम्हाल्न थाती राख्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको हितलाई ध्यान दिँदैनन्; तिनीहरू आफ्नो प्रतिष्ठामा आँच नआओस् भनेर मात्रै विचार गर्छन्, त्यति हो। तिनीहरू सोच्छन्, “मलाई अगुवा बनाइएको हुनाले अन्तिम निर्णय मैले नै गर्नुपर्छ। मसँग पूर्ण शक्ति र अख्तियार छ। तिमी जसलाई निष्कासन गर भन्छौ मैले उसलाई निष्कासन गरेँ भने, त्यसले म पूर्ण रूपमा शक्तिहीन भएको देखाउनेछ। मैले दाजुभाइ-दिदीबहिनीहरूलाई यी मानिसहरू मेरो रेखदेख र मातहतमा छन् भन्ने कुरा थाहा भएको सुनिश्चित गर्नैपर्छ।” तिनीहरू कसलाई प्रतिरोध गरिरहेका हुन्छन्? (परमेश्वरलाई।) के परमेश्वरको प्रतिरोध गर्नु दुष्ट हुनु होइन र? यो दुष्टता हो। मानव के हो तँलाई थाहा छ? परमेश्वरले तँलाई सास दिनुभएको छ, र यदि तँलाई त्यस्तो महत्त्वपूर्ण कुरा थाहा छैन भने, के तँ मूर्ख बन्दैनस् र? परमेश्वर कुनै पनि बेला तेरो जीवन समाप्त गर्न सक्नुहुन्छ, तैपनि तँ मरिहत्ते गरेर परमेश्वरका विरुद्धमा जान्छस्—यो दुष्टता हो, र तँ जिउँदो दियाबलस होस्! त्यसकारण, एउटा पक्ष के हो भने तिमीहरूले सत्यता पछ्याउनैपर्छ र ख्रीष्टविरोधीको मार्ग पछ्याउनै हुँदैन; यसबाहेक, तिमीहरूले ख्रीष्टविरोधीहरूलाई कसरी चिन्ने भनेर जान्नैपर्छ। यदि तैँले कुनै ख्रीष्टविरोधीलाई भेटिस् भने, उसलाई नजिकबाट नियाल्नुपर्छ, र उसले खराब काम गर्न लागेको देखिस् भने, तुरुन्तै उसलाई रोक्, अनि उसलाई खुलासा गर्न, विश्लेषण गर्न, इन्कार गर्न, र निष्कासन गर्न दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर काम गर्। मैले भर्खरै मण्डलीका केही युवा दाजुभाइ-दिदीबहिनीहरू झूटो अगुवालाई हटाउन एकसाथ मिलेका छन् भन्ने सुनेँ। म के भन्छु भने यी जवानहरूले प्रगति गरेका छन्, तिनीहरू शैतानी दर्शनअनुसार जिउँदैनन्, तिनीहरू सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार काम गर्न सक्छन्, अनि तिनीहरू धेरैजसो मानिसभन्दा निकै असल छन्। धेरैजसो मानिसमा सांसारिक व्यवहारका लागि दर्शनहरू हुन्छन्, तिनीहरू शैतानद्वारा गहन रूपमा विषाक्त पारिएका हुन्छन्, र तिनीहरूले शैतानको प्रभावलाई अझै हटाएका हुँदैनन्। झूटा अगुवालाई हटाउन सक्नुले व्यक्तिले केही सत्यता बुझ्छ र परमेश्वरको घरको कामलाई रक्षा गर्न सक्छ भन्ने कुरा देखाउँछ—यो राम्रो कुरा हो। यसले के देखाउँछ भने व्यक्ति जीवनमा परिपक्व भएको छ र उसले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छ।
हामीले आज ख्रीष्टविरोधीको दुष्टता, कपटीपन, र छलीपनको सारका पक्षहरू, साथै उसका विभिन्न सबै प्रकटीकरणबारे सङ्गति र तिनको खुलासा गरेर, ख्रीष्टविरोधीहरू जन्मजातै परमेश्वरविरोधी हुन् भन्ने देख्यौँ। कतिपय मानिस भन्छन्, “ममा ख्रीष्टविरोधीको स्वभाव भए पनि, ख्रीष्टविरोधीको प्रकृति सार छैन, र म कहिल्यै पनि ख्रीष्टविरोधी बन्नेछैनँ।” तँलाई यो मनोवृत्तिबारे के लाग्छ? तँमा ख्रीष्टविरोधीको सार नभए पनि, अझै पनि ख्रीष्टविरोधीका यी प्रकटीकरण र प्रकाशहरू छन्, तँ ख्रीष्टविरोधीजस्तै जिउँछस्, र तँमा ख्रीष्टविरोधीको स्वभाव छ, त्यसकारण तँ ख्रीष्टविरोधीको मार्ग पछ्याउने खतरामा छस्। हैसियत, प्रभाव, र पूँजी पाइस् भने, कुनै पनि क्षणमा तँ ख्रीष्टविरोधी बन्नेछस्, र त्यो वास्तविकता हो। यसो भन्नुको मेरो अभिप्राय के हो? म यो तिमीहरूलाई चेतावनी दिन र एउटा तथ्य बताउन भन्छु: कसैले ख्रीष्टविरोधीको मार्ग पछ्याउन थालेपछि, त्यसमा दुईवटा सम्भावना हुन्छन्। एउटा हो, तैँले यसलाई समयमै पत्ता लगाउनेछस्, दिशा परिवर्तन गर्नेछस्, आत्मचिन्तन गर्नेछस्, पश्चात्ताप गर्नेछस्, अनि परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्ने बन्नेछस्। यो नै सबैभन्दा राम्रो सम्भावना हो, र तैँले मुक्ति पाउने आशा पाउनेछस्। तर, यदि तैँले सत्यताको मार्ग पछ्याउन सक्दैनस् भने, धेरै दुष्टता गरेपछि र तँलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिएपछि, परिणामहरू अशोचनीय हुन्छन्। बुझिस्? (बुझेँ।) तैँले बुझ्नु राम्रो हो। मैले यसो भन्नुको अर्थ के हो? मेरो तात्पर्य के हो भने, यदि तँमा ख्रीष्टविरोधीका प्रकटीकरणहरू छन् भने, अझै पनि परिवर्तन हुने ठाउँ र पश्चात्ताप गर्ने मौका छ, तर तँ ख्रीष्टविरोधी बनेपछि, खतरामा हुन्छस्। त्यसकारण, जब तैँले आफूमा ख्रीष्टविरोधीका प्रकटीकरणहरू छन् भन्ने पत्ता लगाउँछस्, तब तैँले आफ्नो मार्ग परिवर्तन गर्नुपर्छ, सत्यताको खोजी गर्नुपर्छ र यो समस्या समाधान गर्नुपर्छ; यस मामिलालाई हल्का रूपमा नले। नत्र, तैँले शक्ति र अवसर पाएपछि लापरवाही रूपमा दुष्ट कार्यहरू गर्नेछस् र मण्डलीका काममा बाधा र अवरोध पुऱ्याउनेछस्। तैँले परिणामहरू सहन सक्नेछैनस्, र यसले तेरो परिणाम र गन्तव्यमा असर गर्ने धेरै सम्भावना हुन्छ।
आज हामीले ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव र साधारण मानिसहरूको दुष्ट स्वभावबीचको आधारभूत भिन्नतालाई स्पष्ट रूपमा व्याख्या गरेका छौँ। के तिमीहरूले अहिले बुझ्यौ? भ्रष्ट मानवजाति सबैमा दुष्ट स्वभाव हुन्छ, र तिनीहरू सबैमा दुष्ट स्वभावका प्रकाश र प्रकटीकरणहरू हुन्छन्। तैपनि, साधारण मानिसहरूको दुष्ट स्वभाव र ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव फरक हुन्। साधारण मानिसहरूमा दुष्ट स्वभाव भए पनि, तिनीहरू हृदयमा सत्यताको तृष्णा गर्छन् र सत्यतालाई प्रेम गर्छन्, अनि परमेश्वरमाथिका विश्वासमा र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, सत्यतालाई स्वीकार गर्न सक्छन्। तिनीहरूले अभ्यास गर्न सक्ने सत्यता सीमित भए पनि, केही सत्यता अभ्यास गर्न सक्छन्, त्यसकारण तिनीहरूको भ्रष्ट स्वभाव क्रमिक रूपमा शुद्ध हुन र साँच्चै परिवर्तन हुन सक्छ, र अन्तमा तिनीहरू आधारभूत रूपमा परमेश्वरमा समर्पित हुन र मुक्ति प्राप्त गर्न सक्छन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरू सत्यतालाई पटक्कै प्रेम गर्दैनन्, कहिल्यै सत्यता स्वीकार गर्दैनन्, र यसलाई कहिल्यै अभ्यास गर्दैनन्। तिमीहरूले मैले यहाँ भन्ने कुराअनुसार अवलोकन गर्ने र खुट्ट्याउने प्रयास गर्नुपर्छ; चाहे मण्डली अगुवा वा कामदार होस्, वा साधारण दाजुभाइ वा दिदीबहिनी, उनीहरूले आफूले बुझ्न सक्ने कुराको दायराभित्र सत्यता अभ्यास गर्न सक्छन् कि सक्दैनन् भनेर बुझ्न हेर। उदाहरणका लागि, मानौँ कसैले सत्यता सिद्धान्त बुझ्छ, तर यसलाई अभ्यास गर्ने बेला, ऊ यसलाई पटक्कै अभ्यास गर्दैन, र आफूलाई जे मन लाग्यो त्यही गर्छ र स्वच्छन्द रूपले काम गर्छ—यो दुष्टता हो र त्यस्तो व्यक्तिलाई मुक्ति दिन गाह्रो हुन्छ। कतिपय मानिस सत्यता राम्ररी बुझ्दैनन्, तर तिनीहरू हृदयमा परमेश्वरका अभिप्राय र सत्यता अनुरूप ठ्याक्कै के गर्ने भनी खोजी गर्न चाहन्छन्। तिनीहरू भित्री हृदयमा, सत्यता विरुद्ध जान चाहँदैनन्। तिनीहरू आफूले सत्यता नबुझ्ने भएकाले मात्रै सिद्धान्त उल्लङ्घन गरेर बोल्छन् र व्यवहार गर्छन्, गल्तीहरू गर्छन्, अनि अवरोध र बाधा पुऱ्याउने कुराहरूसमेत गर्छन्—यसको प्रकृति के हो? यसको प्रकृति दुष्कर्म गर्नुसँग सम्बन्धित छैन; यो मूर्खता र अज्ञानताद्वारा आएको हुन्छ। तिनीहरू यी कुराहरू पूर्णतया सत्यता नबुझेकाले, तिनीहरूले सत्यता सिद्धान्तहरू प्राप्त गर्न नसक्ने हुनाले, र तिनीहरूले आफ्ना धारणा र कल्पनाअनुसार ती कुराहरू गर्नु सही हो भनी सोच्ने हुनाले, त्यस्तो व्यवहार गर्छन्, त्यसकारण परमेश्वरले तिनीहरूलाई मूर्ख र अज्ञानी, क्षमताको कमी भएका भनेर चित्रण गर्नुहुन्छ; तिनीहरूले सत्यता बुझेर जानाजानी यस विरुद्ध जाने होइन। सधैँ आफ्ना धारणा र कल्पनाअनुसार काम गर्ने र सत्यता नबुझ्ने हुनाले प्रायजसो परमेश्वरको घरका काममा अवरोध पुऱ्याउने अगुवाहरू र कामदारहरूका हकमा भन्दा, तैँले सुपरिवेक्षण र प्रतिबन्धहरू लागू गर्ने अभ्यास गर्नुपर्छ, अनि समस्याहरू समाधान गर्न सत्यतामा अझ धेरै सङ्गति गर्ने अभ्यास गर्नुपर्छ। यदि कसैको क्षमता अत्यन्तै कम छ र ऊ सत्यता सिद्धान्तहरू बुझ्न सक्दैन भने, उसलाई झूटो अगुवाका रूपमा बर्खास्त गर्ने समय भएको छ। यदि उसले सत्यता बुझे पनि जानाजानी सत्यता विरुद्ध जान्छ भने, उसलाई काटछाँट गर्नैपर्छ। यदि ऊ सधैँ सत्यता स्विकार्न नसक्ने भइरहन्छ र कुनै पश्चात्ताप व्यक्त गर्दैन भने, उसलाई दुष्ट व्यक्तिका रूपमा तह लगाउनुपर्छ, र निकाल्नुपर्छ। तैपनि, ख्रीष्टविरोधीहरूको प्रकृति दुष्ट मानिसहरू वा झूटा अगुवाहरूको भन्दा अझ गम्भीर हुन्छ, किनभने ख्रीष्टविरोधीहरू जानाजानी मण्डलीका काममा बाधा दिन्छन्। तिनीहरूले सत्यता बुझे पनि, अभ्यास गर्दैनन्, कसैको कुरा सुन्दैनन्, र सुने पनि आफूले सुनेको कुरा स्वीकार गर्दैनन्। तिनीहरूले बाहिरी रूपमा त्यो स्वीकार गरेको जस्तो देखिए पनि, भित्र हृदयमा भने यसको प्रतिरोध गर्छन्, र काम गर्ने बेला, परमेश्वरको घरका हितहरूलाई पटक्कै ध्यान नदिई अझै पनि आफ्नै इच्छाअनुसार काम गर्छन्। तिनीहरू अरूका बीचमा हुँदा, केही मानव शब्द बोल्छन् र केही मानव स्वरूप धारण गर्छन्, तर तिनीहरूले मानिसहरूको पिठ्यूँपछाडि काम गर्दा, तिनीहरूको पैशाचिक प्रकृति देखा पर्छ—यिनीहरू ख्रीष्टविरोधी हुन्। कतिपय मानिसले हैसियत प्राप्त गरेपछि सबै किसिमका दुष्टता गर्छन् र तिनीहरू ख्रीष्टविरोधी बन्छन्। कतिपय मानिसको कुनै हैसियत हुँदैन, तैपनि तिनीहरूको प्रकृति सार ख्रीष्टविरोधीहरूको जस्तै हुन्छ—के तँ तिनीहरू असल मानिस हुन् भनेर भन्न सक्छस्? तिनीहरूले हैसियत पाउनेबित्तिकै, सबै किसिमका दुष्टता गर्छन्—तिनीहरू ख्रीष्टविरोधी हुन्।
के तिमीहरूमध्ये कसैले आफू बढ्दै गरेको ख्रीष्टविरोधी हो भनी थाहा पाएका र हैसियत प्राप्त गरेपछि आफू ख्रीष्टविरोधी बन्ने शत प्रतिशत पक्का छ भनी महसुस गरेका छौ? यदि त्यस्तो हो भने, अरूले तँलाई अगुवा छनौट गर्दा, तैँले तिनीहरूलाई तँलाई छनौट गर्न पटक्कै दिनु हुँदैन र यसो भन्नुपर्छ, “म यसबाट अलग बस्छु। कृपया मलाई छनौट नगर्नुहोस्। गर्नुभयो भने, म त बरबाद हुनेछु।” आत्म-चेतना हुनु भनेको यही हो। हैसियत नहुनु नै तेरो सुरक्षा हो। साधारण अनुयायीका रूपमा, तैँले ठूलो दुष्टता गर्ने मौका कहिल्यै नपाउन सक्छस् र दण्ड पाइने सम्भावना शून्य हुन सक्छ। तथापि, तैँले हैसियत प्राप्त गर्नेबित्तिकै, तैँले दुष्टता गर्ने सम्भावना सय प्रतिशत पक्का हुन्छ, तैँले दण्ड पाउने सम्भावना पनि त्यति नै हुन्छ, त्यसपछि त तँ बरबाद हुन्छस्, अनि तैँले मुक्ति प्राप्त गर्ने कुनै पनि मौका पूर्ण रूपमा नष्ट गरेको हुनेछस्। यदि तँमा महत्त्वाकाङ्क्षा र चाहनाहरू छन् भने, तैँले तुरुन्तै परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, समस्या समाधान गर्न सत्यता खोज्नुपर्छ, परमेश्वरमा भर पर्नुपर्छ र आत्म-संयम अभ्यास गर्नुपर्छ, र आफ्नो हैसियतको दाबी गर्नु हुँदैन, त्यसपछि तैँले सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछस्। यदि तँ सधैँ आधिकारिक पदहरूमा ध्यान दिन्छस् र आफ्नो हैसियतको दाबी गर्छस्, अनि आफ्नो कर्तव्य निर्वाहमा ध्यान दिँदैनस् भने, तँ ठग होस् र तँलाई हटाउनुपर्छ। तैँले कर्तव्य स्वीकार गर्दा हैसियतमा ध्यान नदे; तैँले केवल आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ—मामिलाहरू राम्ररी सम्हाल्नु अरू कुनै पनि कुराभन्दा धेरै वास्तविक हो। यदि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छस् भने, के तैँले परमेश्वरलाई सन्तुष्ट तुल्याएको हुँदैनस् र? जहाँसम्म तिमीहरूको कुरा छ, तिमीहरू दुष्टता गर्नबाट जोगिन सक्ने अन्तिम तरिका यही हो। तिमीहरूलाई सधैँ प्रतिबन्धित गरेर हैसियत प्राप्त गर्न नदिनु राम्रो कुरा हो कि नराम्रो कुरा? (यो राम्रो कुरा हो।) त्यसोभए किन कतिपय मानिस अझै पनि निर्वाचनको बेला हैसियतका लागि प्रतिस्पर्धा गर्न यति धेरै प्रयास गर्छन्? त्यस्ता मानिसहरूमा अति धेरै महत्त्वाकाङ्क्षा हुन्छ। मानिसहरूमा अति धेरै महत्त्वाकाङ्क्षा हुनु सामान्य कुरा होइन—तिनीहरू दुष्ट भइरहेका हुन्छन्। धेरै जवान दिदीबहिनी छन्, ती सबै बीसका दशकमा छन्, जो आधिकारिक पद प्राप्त गर्न चाहन्छन् र हैसियतलाई एकदमै धेरै प्रेम गर्छन्। यदि तिनीहरूलाई अगुवाका रूपमा छनौट गरिएन भने, तिनीहरू ठुस्स पर्छन् र खान छोड्छन्। तिनीहरू अलि बचकना देखिए पनि, तिनीहरूको सङ्कल्पलाई हेर्दा, तिनीहरू छिप्पिँदै जाँदा अवस्था अत्यन्तै गम्भीर बन्छ, र तिनीहरू पोख्त बन्छन्, होइन र? कतिपय महिलाले एक समय कुनै महिला साम्राज्ञी बनेको सुन्छन् र तिनीहरूलाई अत्यन्तै डाह लाग्छ, र तिनीहरू त्यो महिला बन्न सक्ने इच्छा गर्छन्। तिनीहरू साधारण हुन चाहँदैनन्, र परमेश्वरमाथिको आफ्ना विश्वासमा साधारण अनुयायी मात्र हुन चाहँदैनन्। तिनीहरूका हृदयमा चाहनाहरू निरन्तर जल्छन्, र तिनीहरू आफूलाई देखाउने मौका पाउनेबित्तिकै त्यो लिइहाल्छन्। तिनीहरू शिष्ट तरिकाले आफ्ना कर्तव्यहरू पूरा गर्न, आफ्ना जिम्मेवारीहरू पूरा गर्न, आफ्नो हृदय सत्यता पछ्याइमा लगाउन, वा परमेश्वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन चाहँदैनन्। तिनीहरू यो तरिकाले सत्यता पछ्याउन र आफ्ना कर्तव्यहरू पूरा गर्न मन पराउँदैनन्, र तिनीहरू यस्तो सादा जीवन जिउन चाहँदैनन्—यो तिनीहरूका लागि समस्याको कुरा हो। के तिमीहरूमध्ये कोही यस्ता छौ? उदाहरणका लागि, स्वच्छन्द यौन सम्बन्ध मन पराउने कुनै महिलालाई लिऊँ; उसका श्रीमानले उसलाई जति नै राम्रो व्यवहार गरे पनि वा तिनीसँग जति नै धेरै पैसा भए पनि, तिनले कहिल्यै उसको मनलाई समाल्न सक्दैनन्। कतिपय महिलाका धेरै छोराछोरी हुन्छन् र पनि तिनीहरू जथाभाबी पुरुषहरूलाई लोभ्याउने प्रयास गर्छन्, र कुनै पनि पुरुषले तिनीहरूको निगरानी गर्न सक्दैन—यो त दुष्ट हुनु हो। यो दुष्ट ऊर्जा कहाँबाट आउँछ? (यो तिनीहरूको प्रकृतिबाट आउँछ।) अनि तिनीहरूको प्रकृति कसरी आउँछ? तिनीहरूभित्र अशुद्ध आत्माहरू बस्छन्, र तिनीहरू अशुद्ध आत्माहरूको अवतार हुन्। आत्मिक क्षेत्रका मामलाहरू जटिल भए पनि, ती जति नै जटिल भए पनि, सत्यता बुझियो र यी मामलाहरूलाई परमेश्वरको वचनअनुसार हेर्न सकियो भने, समझशक्ति प्राप्त हुन सक्छ, र यसलाई आत्मिक क्षेत्रमा सीधै छिर्नु भनिन्छ। जब तँ सत्यता बुझ्छस्, तब कामकुरालाई ध्यान दिएर र सही तरिकामा हेर्न सक्छस्, तेरो सोचाइ पनि चुस्त र स्पष्ट बन्छ, अनि तेरो हृदय उज्यालो हुन्छ। यदि तैँले सत्यता बुझिनस् भने, तेरो हृदय सधैँ भ्रमित हुनेछ, तँलाई आफूले के गरिरहेको छु भनेर हृदयमा केही थाहा हुनेछैन, र तँ कुनै पनि तरिकामा डराउने मूर्खजस्तै हुनेछस्। यदि तैँले अझ धेरै गरिस् भने, आफ्नो प्रदर्शन गरिरहेको छु भन्ने तँलाई डर लाग्नेछ, र यदि आफ्नो जिम्मेवारी पूरा गर्दैनस् भने, आफ्नो जिम्मेवारी पूरा गरिरहेको छैनँ भन्ने तँलाई डर लाग्नेछ; तँ सधैँ यस्तो स्थितिमा हुनेछस्। किनभने तँमा सत्यताको अत्यन्तै थोरै बुझाइ हुन्छ। सत्यताको अत्यन्तै थोरै बुझाइ हुने व्यक्तिको पहिलो प्रकटीकरण के हो? तिनीहरू नीच र व्यर्थको जीवन जिउँछन्। ख्रीष्टविरोधीहरूले खेलाउने, धम्काउने, र दुःख दिने गरेपछि होस खुलेको दिन, तिनीहरूले आफू कसरी ख्रीष्टविरोधीहरूको पछि दौडने, कसरी आफूले तिनीहरूको सेवा गर्ने र तिनीहरूका लागि काम गर्ने गर्थे र पनि ख्रीष्टविरोधीहरू परमेश्वरलाई प्रेम गर्छन् र तिनीहरू उहाँप्रति बफादार छन् भनेर भन्ने गर्थे भनी महसुस गर्छन्। अहिले मात्रै तिनीहरू आफूले यी सबै शब्दहरू गलत रूपमा प्रयोग गरेको रहेछु भन्ने कुरा देख्छन्। के यो एकदमै व्यर्थ कुरा होइन र? (हो।) यो किन व्यर्थ हो? यो त तिनीहरूले सत्यता नबुझेकाले भएको हो र तिनीहरू आफू जे कुराको योग्य छन् त्यही पाउँछन्! यदि तैँले सत्यता बुझिस् भने, ख्रीष्टविरोधीहरूलाई चिन्न र छर्लङ्गै बुझ्न सक्छस्, त्यसपछि तिनीहरूलाई खुलासा गर्न र हटाउन सक्छस्। के त्यसपछि तँ तिनीहरूको बहकाउमा परेर तिनीहरूलाई पछ्याइरहनेछस् र? अवश्य नै छैनस्। त्यसबाहेक, तैँले धेरै प्रवचन सुनेको छस्, परमेश्वरको घरले तँलाई धेरै वर्षदेखि मलजल र संवर्धन गरेको छ, त्यसकारण यदि तँ कुनै सत्यता बुझ्दैनस्, ख्रीष्टविरोधीहरूलाई चिन्न सक्दैनस् र तैँले पूरा गर्नुपर्ने जिम्मेवारीहरू समेत पूरा गर्दैनस्, र ख्रीष्टविरोधीहरूको पछि लागेर तिनीहरूको सहकर्मी बन्छस् भने, के त्यसले तँलाई निकम्मा बनाउँदैन र? के यस्ता मानिसहरू दयनीय हुँदैनन् र? यदि तँ नामका लागि मात्र परमेश्वरलाई पछ्याउँछस् तैपनि ख्रीष्टविरोधीहरूद्वारा बहकिन्छस् र तानिन्छस्, धेरै वर्षसम्म ख्रीष्टविरोधीको मार्ग पछ्याउँछस्, अनि फर्कन चाहन्छस् तर तँमा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको सामना गर्ने साहस छैन भने, के त्यो जिउने व्यर्थको तरिका होइन र? तँ जति नै व्याकुल बने पनि, त्यो व्यर्थ हो। तैँले सत्यता नबुझ्नु कसको गल्ती हो? तैँले कसैलाई होइन तर आफूलाई दोष दिनुपर्छ।
हामीले ख्रीष्टविरोधीहरूका सातवटा प्रकटीकरणहरूबारे सङ्गति गरेका छौँ। हामीले हरेकको बारेमा कुरा गरेको विस्तृत प्रकटीकरणहरू, हामीले चिरफार गरेका सारहरू, साथै हामीले कुरा गरेका विभिन्न परिस्थितिहरूका हकमा भन्दा, यीमध्ये कुनै पनि कुरा मनगढन्ते होइनन्, तर ती राम्ररी स्थापित भएका र तथ्यहरूमा आधारित हुन्। तैपनि एउटा कुरा छ: यदि तिमीहरूले यी कुरा सुनिसकेपछि वास्तविक कुराहरू आइपर्दा तिनलाई तुलना गर्नै सकेनौ भने, यसले के देखाउँछ? सर्वप्रथम, यसले तँमा आत्मिक बुझाइको कमी छ भन्ने देखाउँछ, र तँमा कहिलेकाहीँ केही आत्मिक बुझाइ भए पनि, त्यो पूर्ण आत्मिक बुझाइ नभई आधा बुझाइ मात्रै हुनेछ; दोस्रो, यसले तँ सत्यतालाई प्रेम गर्दैनस् र सत्यतालाई गम्भीरतापूर्वक लिँदैनस् भन्ने देखाउँछ; तेस्रो, यसले तँमा क्षमताको धेरै कमी छ र तँमा बुझ्ने क्षमताको पूर्ण कमी छ भन्ने देखाउँछ। मैले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने धेरै कुरा भनेको छु, तर तैँले त्यो कुनै पनि बुझेको छैनस्। तँलाई त्यति बेला त्यो कुरा बुझेको छु भन्ने लाग्ला, तर पछि यो अस्पष्ट हुन्छ, र यसले तैँले अझै पनि त्यो बुझेको छैनस् भन्ने देखाउँछ। किन बुझ्दैनस्? के यसको बुझाइसँग कुनै सम्बन्ध छ? मैले यस स्तरमा कुराहरू व्याख्या गरेर पनि तैँले अझै बुझेको छैनस्, यसको अर्थ तँमा बुझ्ने क्षमताको धेरै कमी छ र तँमा सत्यता बुझ्ने क्षमता पटक्कै छैन। के मैले भनेको कुरा सही हो? कुरा त्यस्तै हो। तिमीहरूमध्ये कतिपय मानिसले १० या २० वर्षदेखि प्रवचनहरू सुन्दै आएका छौ र पनि तिमीहरू अझै सत्यता बुझ्दैनौ। हामीले यसलाई कसरी व्याख्या गर्ने? त्यसमा दुईवटा मात्र सम्भावना छन्: एउटा हो, तँमा आत्मिक बुझाइ छैन, तँमा क्षमताको कमी छ, र तँमा सत्यता बुझ्न सक्ने क्षमता छैन; अर्को हो, तँमा आत्मिक बुझाइ भए पनि, तँ सत्यतालाई प्रेम गर्दैनस् र सत्यताप्रति चासो राख्दैनस्। यदि यी दुई सम्भाव्य कुरामध्ये कुनै एउटा तँमा लागू हुन्छ भने, तँ सत्यता बुझ्न सक्दैनस्। यदि तँमा यी दुवै सम्भावना लागू हुन्छन् भने, तँ आँखाको समस्याबाट पीडित अन्धो व्यक्ति जस्तै छस्—त्यसको कुनै उपचार छैन। मैले यी सबै वचनहरू सङ्गति गरेको छु, तैपनि तिमीहरूले अझै आफूसँग उचित रूपमा तुलना गर्न सक्दैनौ र मेरो तात्पर्य थाहा पाउँदैनौ। यसले तिमीहरूको बुझ्ने क्षमताबारे के बताउँछ? के यो धेरै कमी हुनु होइन र? यदि तिमीहरू अल्छी थियौ, ऐसआरामको लालसा गर्थ्यौ, तिमीहरूमा सत्यताप्रति कुनै प्रेम थिएन, तिमीहरूमा व्यक्तिगत रुचिहरू थिए, र बाहिरी मामलाहरूले तिमीहरूको ध्यान भङ्ग हुन्थ्यो भने, यी वचनहरूले तिमीहरूमा झन्-झन् कम असर गर्नेथिए, र तिनको प्रभाव एकदमै कम हुनेथियो—वास्तविकता यही हो। वास्तवमा, ख्रीष्टविरोधीहरूलाई चिन्न एकदमै सजिलो छ। एउटा पक्ष भनेको तिनीहरूले कामकुरा गर्न प्रयोग गर्ने विधिहरू स्पष्ट पार्नु हो, अर्को पक्ष चाहिँ तिनीहरूको स्वभाव के हो, जीवनमा तिनीहरूको दिशा र अस्तित्वबारे तिनीहरूको दृष्टिकोण के हो, दाजुभाइ-दिदीबहिनीहरू, कर्तव्य, परमेश्वरको घरका हित, परमेश्वर, सत्यता, र सकारात्मक कुराहरूप्रति तिनीहरूको मनोवृत्ति के हो, अनि कार्यका लागि तिनीहरूको सिद्धान्त के हो भनेर हेर्नु हो। तैँले यी पक्षहरू प्रयोग गरेर आधारभूत रूपमा तिनलाई चित्रण गर्न सक्नेछस्। के अझै लामो समयसम्म तिनीहरूबारे अवलोकन गर्नु र सिक्नु आवश्यक पर्नेछ? पर्नेछैन। ख्रीष्टविरोधीहरू छाडापनमा मात्रै संलग्न हुँदैनन्, न त मानिसहरूलाई दमन मात्रै नै गर्छन्। तिनीहरूमा शैतानी प्रकृति हुन्छ र तिनीहरू कुनै पनि कुरा गर्न सक्ने हुन्छन्। यदि, यी प्रवचनहरू सुनेपछि, तँ कुनै ख्रीष्टविरोधीको स्वभाव चिन्न सक्दैनस् र उसले प्रकट गरिरहेको कुरा उसको स्वभाव हो भनेर बताउन सक्दैनस् भने, के तैँले तीमध्ये कुनै कुरा बुझेको हुन्छस्? तँलाई धर्मसिद्धान्त याद हुन्छ, तर तँ त्यसलाई कुनै कुरासँग तुलना गर्न सक्दैनस्, र तथ्यहरूको सामना गर्दा तेरो सिद्धान्त कमजोर र अप्रभावकारी हुन्छ, र यसले तैँले यो कुरा बुझेको छैनस् भन्ने प्रमाणित गर्छ। यदि तैँले त्यति बेला त्यो कुरा बुझिस् र पछि केही प्रार्थनार्थ पढिस् भने, यदि तँ यी कुराहरूबारे दाजुभाइ-दिदीबहिनीहरूसँग बारम्बार सङ्गति गर्छस्, यी सत्यताहरूलाई ध्यान दिएर मनन गर्छस्, र परमेश्वरसामु बारम्बार प्रार्थना गर्छस् भने, तैँले अझै धेरै कुरा प्राप्त गर्नेछस्। तर, यदि तँ आफ्नो कर्तव्यमा ऐसआरामको लालसा गर्छस्, सुस्त हुन्छस्, तँमा कुनै बोझ हुँदैन, र तँमा व्यक्तिगत चासोहरू हुन्छन्, तँ सनकी छस्, सत्यता मन पराउँदैनस्, सांसारिक प्रचलनहरू पछ्याउँछस्, र तँ बाहिरी मामलाहरूमा आकर्षित हुन्छस् भने, तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेछैनस्। अन्त्यमा, हामीले सङ्गति गरेका यी सत्यताहरू तेरो लागि व्यर्थ हुनेछन्, शब्द र धर्मसिद्धान्तहरू मात्रै बाँकी रहनेछन्, त्यसको अर्थ तैँले यो सबै कुरा व्यर्थमा सुनेको हुन्छस्। के तिमीहरू पछि यी सङ्गतिहरू फेरि सुन्छौ? (सुन्छौँ।) तँ ती कति पटक सुन्न सक्छस्? के तैँले ती सुन्दैपिच्छे तिनको प्रभाव फरक हुन्छ? के तँ पछि तीबारे मनन गर्छस्? तीबारे मनन गरेपछि तँमा यसले कस्तो छाप पार्छ? तेरा विचारमा, के यी प्रवचनहरू मानिसहरू र तेरो जीवनका परिस्थितिहरूलाई चिन्ने अभ्यासका सिद्धान्त र मापदण्ड बन्न सक्छन्? (म ख्रीष्टविरोधीहरूको निश्चित प्रस्ट स्वभाव र प्रकटीकरणहरूलाई, अर्थात्, मैले स्पष्टतया अरूको हृदयलाई फन्दामा पार्ने आशयले भन्ने र गर्ने कुराहरूलाई आफूसँग तुलना गर्न सक्छु, अनि म खुलासा गर्ने परमेश्वरका वचनहरूबारे सोच्नेछु र मेरा कार्यहरूको प्रकृति भनेको अरूको हृदयलाई फन्दामा पार्नु हो र म कुनै उद्देश्य हासिल गर्न चाहन्छु भन्ने कुरा जान्दछु। तैपनि, मानिसहरूलाई चिन्ने सन्दर्भमा ममा अझै निकै कमी छ, र म जानाजानी परमेश्वरका वचनहरूलाई मेरो वरपरका मानिसहरूसँग तुलना गर्दिनँ।) मलाई भन् त, यदि तँ आफूलाई स्पष्ट रूपमा देख्न चाहन्छस् भने, ऐना प्रयोग गर्छस् कि धमिलो पानी? (ऐना।) ऐना हेर्नुको के फाइदा छ? तँ आफूलाई अझै स्पष्ट रूपमा देख्न सक्छस्। त्यसकारण, तँ आफूलाई मात्रै चिन्न सक्छस् भने त्यो एकदमै सीमित कुरा हुन्छ; तैँले अरूलाई पनि चिन्न सिक्नैपर्छ। अरूलाई खुट्ट्याउनु भनेको तिनीहरूलाई जानाजानी ख्रीष्टविरोधीका रूपमा चित्रण गर्नु होइन, बरु विभिन्न प्रकारका मानिसहरूको बोली र व्यवहारलाई मापन गर्ने र चिन्ने सिद्धान्तहरू हुनु हो। यो आफ्नै लागि फाइदाजनक हुन्छ, र यसो गर्दा सिद्धान्तअनुसार मानिसहरूलाई सही रूपमा व्यवहार गर्न पनि सकिन्छ, जुन अरूसँग आफ्नो कर्तव्य निर्वाह गर्दा मिलेर सहकार्य गर्न फाइदाजनक हुन्छ। तैपनि, आफूलाई चिन्नुमा भर पर्दा हासिल गर्न सकिने कुरा भनेको सीमित परिणामहरू मात्र हुन्छन्। तैँले सत्यता पछ्याउँदा आफूलाई चिन्नुमा मात्रै ध्यान दिनु हुँदैन। तैँले परमेश्वरमा समर्पित भएर नतिजा हासिल गर्न सत्यता अभ्यास गर्नमा पनि ध्यान दिनुपर्छ। एउटा पक्षमा मात्रै ध्यान दिएर, तैँले कहिल्यै सत्यतालाई पूर्ण रूपमा बुझ्नेछैनस् वा तँ कहिल्यै सत्यता वास्तविकतामा प्रवेश गर्नेछैनस्, न त तेरो जीवनमा वृद्धि नै हुनेछ। यो लगभग शब्द र धर्मसिद्धान्त मात्रै बुझ्नुजस्तै हो, अनि तैँले परमेश्वरलाई चिन्न सक्नेछैनस्। सत्यतालाई साँचो रूपमा बुझ्नेहरूले सबै कुरालाई छर्लङ्गै देख्न सक्छन्। तिनीहरूले आफूलाई चिन्ने मात्र होइन, तर अरूलाई पनि चिन्न सक्छन्, र सबै प्रकारका मानिस, घटना, र कामकुराहरूलाई छर्लङ्गै देख्न सक्छन्। यसरी मात्रै आफ्नो कर्तव्य मापदण्डअनुसार निर्वाह गर्न र परमेश्वरद्वारा प्रयोग गरिन सकिन्छ।
आज ख्रीष्टविरोधीहरूको दुष्ट स्वभावका प्रकटीकरणहरूबारे सङ्गति गरेर, दुष्ट स्वभावसम्बन्धी तिमीहरूले के-कस्ता अझ गहन र नयाँ बुझाइहरू प्राप्त गरेका छौ? यसबारे सङ्गति गर्। (परमेश्वर, आज मलाई सबैभन्दा बढी उत्प्रेरित गरेको कुरा के हो भने यदि हामीले ख्रीष्टविरोधीहरूले जस्तै व्यवहार गऱ्यौँ अनि जानाजानी परमेश्वरको घरका काममा अवरोध र बाधा पुऱ्यायौँ भने, हामी जीवित दियाबलस हौँ भनेर परमेश्वरले भन्नुभएको छ। परमेश्वरले निश्चित मानिसहरूबारे बताउनुभयो जसले कोही आफूभन्दा असल भएको सहन सक्दैनन्, र मैले आत्मचिन्तन गरेँ र आफूमा निकै चरम प्रतिस्पर्धी भावना छ भन्ने महसुस गरेँ, र जब म आफूसँग कर्तव्य निर्वाह गर्ने व्यक्तिमा ममा भन्दा धेरै सामर्थ्य भएको देख्दा, तब व्याकुल हुन्छु, र म सधैँ उसलाई उछिन्न चाहन्छु। मलाई आफ्नो स्थिति परमेश्वरले खुलासा गरेको जीवित दियाबलसहरूको जस्तै छ भन्ने लाग्छ, र म यो मामलाको प्रकृति आफूले कल्पना गरेको भन्दा गम्भीर छ भन्ने देख्छु, र यसले मलाई त्रसित तुल्याउँछ। मैले यो कुरालाई कहिल्यै गहन रूपमा बुझेको थिइनँ, र अहिले मेरो यो भ्रष्ट स्वभाव कति गम्भीर रहेछ भन्ने देखेर म साह्रै व्याकुल छु।) अब तैँले यसलाई पहिचान गरिस्। मानिसहरूको भ्रष्ट स्वभाव क्षणिक प्रकाशजस्तो सरल होइन; त्यसको जड कारण र परिस्थिति हुन्छ जसले गर्दा तँलाई त्यो त्याग्न गाह्रो हुन्छ, त्यसले सधैँ तँलाई नियन्त्रण गर्छ, तँलाई एकदमै धेरै भ्रष्ट प्रकट गर्ने बनाउँछ, तैँले आफूलाई नियन्त्रण गर्न सक्दैनस्। मानिसहरू आफू किन यस्तो छु भनेर स्पष्ट रूपमा बताउन सक्दैनन्, र तिनीहरू त्यसलाई नियन्त्रण गर्न सक्दैनन्—यी त मानिसहरूका स्वभाव हुन्। कसैले यस्तो भ्रष्ट स्वभावलाई स्पष्ट रूपमा बुझ्न सक्नु प्रगतिको एउटा पक्ष हो। यस्तो भ्रष्ट स्वभावको हकमा भन्दा, यदि तँ सत्यता खोजी गर्न र त्यसको सारलाई देख्न सक्छस्, यदि तँ परमेश्वरको न्याय, परीक्षा, र शोधन स्विकार्न सक्छस्, यदि तैँले त्यसो गरेर सत्यता अभ्यास गर्ने र परमेश्वरमा साँचो समर्पित हुने स्थिति हासिल गर्न सक्छस् भने, यो भ्रष्ट स्वभाव परिवर्तन हुन सक्छ—यो त तैँले सत्यता बुझेका आधारमा सत्यता अभ्यास गर्न थाल्नु हो। अहिले तिमीहरू धेरैजसोलाई आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्दा आत्मसंयम गर्न निकै गाह्रो हुन्छ, र यसको अर्थ तिमीहरूले अझै सत्यता अभ्यास गर्न थालेका छैनौ; तिमीहरूले आफ्नो कर्तव्य निर्वाहमा गर्ने थोरै कुराहरू धेरै त व्यक्तिगत हित, रुचि, र आवेगमा समेत आधारित हुन्छ, र यसको स्वभाव परिवर्तनसँग कुनै सम्बन्ध हुँदैन, होइन र? (हो।) एकदम राम्रो, तँ उत्प्रेरित भइस्। अरू को बोल्न चाहन्छ? (आज परमेश्वरको सङ्गति सुनेपछि, म निकै उत्प्रेरित भएँ। म त दुष्टता भनेको निकै छली तरिकाले बोल्नु, खुलस्त नबोल्नु र सधैँ बहाना बनाउनु र अरूलाई धोका दिनु हो भन्ने सोच्थेँ। तथापि, आज परमेश्वरले दुष्ट स्वभाव के हो भन्नेबारे प्रदान गरेको विश्लेषण सुनेपछि, अब मलाई दुष्टता भनेको सत्यता र सकारात्मक कुराहरूको प्रतिरोध र विरोध गर्नु हो, र यदि कसैले सत्यता र सकारात्मक कुराहरूको विरोध र प्रतिरोध गर्छ भने, त्यो उसको दुष्ट स्वभाव हो भन्ने थाहा भयो। पहिले मसँग दुष्ट स्वभावबारे यस्तो सतही बुझाइ हुन्थ्यो, तर अहिले मैले परमेश्वरको सङ्गति सुनेपछि नयाँ बुझाइ प्राप्त गरेँ। त्यसबाहेक, परमेश्वरले क्यानाडेली चलचित्र निर्माण टोलीलाई एक वर्षका लागि समूह ‘ख’ मा राखिनेछ भनेर भन्नुहुँदा म निकै छक्क परेको छु। यो सुन्दा म एकदमै छक्क परेँ, र यस मामिलालाई परमेश्वरले सम्हालेको शैलीमा म उहाँको धर्मी स्वभाव देख्न सक्छु। म त्यो समूहमा एक व्यक्तिले पनि सत्यता अभ्यास गरिरहेको थिएन र यसले परमेश्वरको घरका काममा धेरै बाधा पुऱ्याएको देख्छु, र यसले मलाई एकदमै क्रोधित बनाउँछ। हाम्रो समूहका मानिसहरू पनि हाल यस्तै स्थितिमा पुगेका छन्, अर्थात् हामीले आफ्नो कर्तव्यको बोझ लिँदैनौँ। हामीले आफ्नो कामको बोझ पहिलेको भन्दा हल्का हुँदा, कर्तव्यका लागि स्पष्ट योजना बनाएनौँ र हाम्रो कर्तव्यमा सुस्त भई त्यतिकै दिनहरू बिताइरहेका थियौँ। आज परमेश्वरको सङ्गति सुनेपछि, मैले के बुझेँ भने यदि कसैले सत्यताको अभ्यास गर्दैन वा आफ्नो कर्तव्यमा प्रगतिको पछि लाग्दैन, र यदि ऊ सत्यताबारे गम्भीर हुँदैन भने, परमेश्वर आफ्नो कर्तव्य निर्वाहको यस्तो मनोवृत्तिलाई तिरस्कार गर्नुहुन्छ। हामीले आफ्नो कर्तव्य निर्वाह गर्ने समय र अवसरलाई मूल्यवान् ठान्नैपर्छ भन्ने कुरा पनि मैले बुझेँ। यदि हामी आफ्नो कर्तव्यलाई मूल्यवान् ठान्दैनौँ भने, परमेश्वरले हामीलाई प्रतीक्षा गर्ने समय र परमेश्वरले हामीलाई दिने अवसरहरू बरबाद हुँदा, उहाँको क्रोध मानिसहरूमा दन्किनेछ, र पछुतो गर्न एकदमै ढिलो भइसकेको हुनेछ।) तिमीहरूलाई केही दबाब दिनुपर्छ जस्तो देखिन्छ, होइन र? (हो।) एकदम राम्रो। यो वास्तविक समस्या हो, र तिमीहरूले भेला हुँदा यो समस्या कसरी समाधान गर्ने भनेर सङ्गति गर्नुपर्छ। तिमीहरूले नियमित अन्तरालमा सँगै सङ्गति गर्नुपर्छ र सारांश निकालेर नयाँ योजना बनाउनुपर्छ। यो जीवनमा हरेक व्यक्तिको एउटा मिसन हुन्छ, जसमा म पनि पर्छु, र यदि तिनीहरू आफ्नो मिसनका लागि जिउँदैनन् भने, तिनीहरूले यो जीवन जिउनुको कुनै मूल्य हुँदैन। यदि तैँले जीवन जिउनुको कुनै मूल्य छैन भने, तेरो जीवन व्यर्थ हुन्छ। किन म यो व्यर्थ हुन्छ भन्छु? तैँले जिउँदो लासका रूपमा जीवन जिउनेछस्; तँ जिउनलायक हुनेछैनस्। यदि तँ आफ्नो जिम्मेवारी पूरा गर्दैनस् र आफ्नो मिसन पूरा गर्दैनस् भने, तँ परमेश्वरले तँलाई दिने सबै कुराको आनन्द लिन योग्य हुँदैनस्। यसले के जनाउँछ? यसले परमेश्वरले कुनै पनि बेला तेरो सबै कुरा खोस्न सक्नुहुन्छ भन्ने कुरा जनाउँछ। परमेश्वर दिन सक्नुहुन्छ र लिन पनि सक्नुहुन्छ—यस्तै नै हुन्छ। वास्तवमा, अहिले यहाँ उपस्थित हरेकको एउटा मिसन छ, त्यति मात्र हो तिमीहरूले निर्वाह गर्ने काम फरक-फरक हुन्छ। गैरविश्वासीहरूको पनि मिसन हुन्छ। तिनीहरूको मिसन भनेको यो संसारको पानीलाई धमिलो पार्नु र समाजलाई अव्यवस्थित बनाउनु हो, ताकि मानिसहरू अझै पीडादायी रूपमा जिउन सकून् र विपत्तिहरूबीच मरून्। तिमीहरूको मिसन भनेको परमेश्वरका काममा सहकार्य गर्नु, परमेश्वरको सुसमाचार र नयाँ काम फैलाउनु, र सँगसँगै तँ सत्यता बुझ्न र मुक्ति प्राप्त गर्न सक्छस्—यो सबैभन्दा आनन्दमय कुरा हो। मानव इतिहासमा योभन्दा आनन्दमय वा सौभाग्यशाली कुनै कुरा भएको छैन। योभन्दा महत्त्वपूर्ण अरू केही छैन; यो जीवनको सबैभन्दा ठूलो कुरा हो, र यो मानव इतिहासको सबैभन्दा ठूलो कुरा हो। तैँले आफ्नो मिसन त्याग्नेबित्तिकै अनि आफ्नो कर्तव्य र जिम्मेवारीहरूबाट पन्छिनेबित्तिकै, तेरो जीवनको कुनै मूल्य हुनेछैन, र तेरा लागि जिउनुको कुनै अर्थ हुनेछैन। सायद तँ अझै मरेको छैनस् र तैँले यो संसारमा बाँकी जीवन जिउनेछस्, तैपनि तेरा लागि जिउनुको कुनै अर्थ वा मूल्य हुनेछैन। मानौँ कुनै व्यक्तिले सत्यता वा परमेश्वरको मार्गबारे कहिल्यै सुनेको छैन, र एक व्यक्तिले एकपल्ट परमेश्वरको व्यवस्थापन योजना के हो भन्ने थाहा पाएको र परमेश्वरको मार्ग बुझेको छ, तर उसले अन्त्यमा सत्यता वा जीवन प्राप्त गरेन, लौ मलाई भन् त, यी दुवै मानिसले संसारमा जिइरहेका बेला भित्री हृदयमा यस्तै महसुस गर्छन्? (गर्दैनन्।) गैरविश्वासीहरूलाई आफ्नो मिसन थाहा हुँदैन; तिनीहरूमा मिसनको बोध हुँदैन। तँलाई तेरो मिसन कहाँबाट आएको हो भन्ने थाहा छ, तँलाई परमेश्वर सृष्टिकर्ता, सबै थोकका सार्वभौम हुनुहुन्छ भन्ने थाहा छ, तँलाई मानिसहरू परमेश्वरबाट आएका हुन् र तिनीहरू उहाँकहाँ फर्केर जानुपर्छ भन्ने थाहा छ—यी सबै कुरा थाहा भएपछि पनि के तँ अझै यस संसारमा शान्तिसँग जिउन सक्छस्? के तँ अझै जीवनभरि सहजै झारा टार्न सक्छस्? अहँ, सक्दैनस्। परमेश्वरले तँलाई यो मिसन दिनुभएको हुनाले, तैँले सुसमाचार प्रचार गर्ने जिम्मेवारी उठाउनुपर्छ, अरूलाई परमेश्वरको गवाही दिनुपर्छ, मानिसले पूरा गर्नुपर्ने सबै जिम्मेवारी पूरा गर्नुपर्छ, आफूले बुझेको सत्यता र आफ्नो अनुभवात्मक गवाही समर्पित गर्नुपर्छ ताकि सबैले फाइदा पाउन सकून्, र त्यसपछि परमेश्वर सन्तुष्ट हुनुहुनेछ। मानिसहरूले गर्न सक्ने कुराहरू वास्तवमा यी मात्रै हुन्। यदि तँ थोरै कष्ट भोग्न, केही मूल्य चुकाउन, र ऐसआराममा अलि कम लिप्त हुन सक्छस् भने, तैँले यी कुराहरू हासिल गर्न सक्नेछस्। यसरी, तेरो परिणाम गैरविश्वासीहरूको भन्दा फरक हुनेछ, र तैँले परमेश्वरका नजरमा छुट्टै तौल राख्नेछस्—यो अत्यन्तै दुर्लभ कुरा हो! परमेश्वर तँलाई यो आशिष् दिनुहुन्छ, र यदि तँलाई यसको कदर गर्न आउँदैन भने, तँ घोर विद्रोही होस्। तैँले परमेश्वरमाथिको विश्वासको यो मार्ग रोजेको हुनाले, यसबारे दोधारे नबन्, तर एकचित्तले आफ्नो हृदय शान्त पार् र कर्तव्य राम्ररी निर्वाह गर्। कुनै पछुतो बाँकी नराख्। तैँले अहिले पत्रुसको कद प्राप्त गर्न नसके पनि र अय्यूबका धर्मी कार्यहरू गर्न नसके पनि, आफ्नो कर्तव्य मानकअनुरूप तरिकाले निर्वाह गर्न लागिपर्। “आफ्नो कर्तव्य मानकअनुरूप तरिकाले निभाउने” भन्ने शब्दको अर्थ के हो? यसको अर्थ धूर्त वा सुस्त नबनी, कुनै गोप्य मनसाय नराखी वा केही पनि नलुकाई, बरु आफूले सक्ने जति सबै गरेर सत्यता सिद्धान्त र परमेश्वरको घरका कार्य प्रबन्ध अनुसार आफ्नो कर्तव्य निर्वाह गर्नु हो—त्यसपछि तैँले आफ्नो कर्तव्य मानकअनुरूप तरिकाले निर्वाह गरिरहेको हुनेछस्। परमेश्वर मानिसहरूबाट धेरै माग गर्नुहुन्न, होइन र? (हो।) के यो हासिल गर्न सजिलो छ? यो मानवताको दायराभित्रको कुरा हो र तैँले यो हासिल गर्न सक्नुपर्छ। अरू कुनै थप प्रश्नहरू छन्? छैनन् भने, आजका लागि यो सङ्गतिलाई यहीँ समाप्त गर्न सक्छौँ।
जुलाई १०, २०१९
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।