विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक) खण्ड पाँच
ख्रीष्टविरोधीहरूको स्वभाव दुष्ट हुन्छ; तिनीहरूले सत्यता नस्विकार्ने मात्र होइन, तर परमेश्वरको प्रतिरोध गर्न, आफ्नै राज्य स्थापित गर्नसमेत सक्छन्, र तिनीहरू परमेश्वरको घोर विरोध गर्छन्—यो दुष्ट स्वभाव हो। के तिमीहरूमा दुष्ट स्वभावहरूबारे कुनै बुझाइ छ? धेरैजसो मानिसलाई ती कसरी खुट्ट्याउने भन्ने थाहा हुँदैन होला, त्यसकारण एउटा उदाहरण लिऊँ। कतिपय मानिसहरू सामान्य परिस्थितिहरूमा प्रायः एकदमै सामान्य व्यवहार गर्छन्: तिनीहरू अरूसँग कुरा गर्छन् र अरूसँग अत्यन्तै सामान्य रूपमा अन्तरक्रिया गर्छन्, तिनीहरू सामान्य मानिसजस्तै देखिन्छन् र कुनै नराम्रो काम गर्दैनन्। तैपनि, जब तिनीहरू भेलाहरूमा आउँछन्, परमेश्वरका वचनहरू पढ्छन् र सत्यतामा सङ्गति गर्छन्, तब तिनीहरूमध्ये कति जना सुन्न इच्छुक हुँदैनन्, कतिपय निदाउँछन्, कतिपयलाई यस कुराप्रति वितृष्ण लाग्छ र सहन गाह्रो हुन्छ, तिनीहरू यो कुरा सुन्न चाहँदैनन्, र कति जना त थाहै नपाई निदाउँछन् र केही थाहा पाउँदैनन्—यो के भएको हो? कसैले सत्यतामा सङ्गति थाल्दा किन यति धेरै असामान्य घटनाहरू देखिएका? यीमध्ये कति जना असामान्य स्थितिमा हुन्छन्, तर कति जना भने दुष्ट नै हुन्छन्। तिनीहरूलाई दुष्ट आत्मा लागेको हुन्छ भन्ने सम्भावनालाई नकार्न सकिँदैन, र कहिलेकाहीँ मानिसहरू यसलाई पूर्ण रूपमा बुझ्न वा स्पष्ट रूपमा खुट्ट्याउन सक्दैनन्। ख्रीष्टविरोधीहरूमा दुष्ट आत्मा हुन्छ। यदि तैँले तिनीहरूलाई किन तिनीहरू सत्यताप्रति वैरभाव राख्छन् भनेर सोधिस् भने, तिनीहरूले सत्यताप्रति वैरभाव राख्दिनँ भनेर भन्छन् र जिद्दी गर्दै त्यो कुरा स्विकार्न मान्दैनन्, तर वास्तवमा तिनीहरूलाई आफूले सत्यतालाई प्रेम गर्दैन भन्ने हृदयमा थाहा हुन्छ। जब कसैले पनि परमेश्वरका वचनहरू पढिरहेको हुँदैन, तब तिनीहरू अरूसँग सामान्य मानिसहरू जस्तै घुलमिल हुन्छन् र तिनीहरूभित्र के छ भन्ने कुरा तँलाई थाहा हुँदैन। तर, कसैले परमेश्वरका वचनहरू पढ्दा, तिनीहरू सुन्न चाहँदैनन् र तिनीहरूका हृदयमा छिछिदुरदुर पैदा हुन्छ। तिनीहरूको प्रकृति यसरी उदाङ्गो हुन्छ—तिनीहरू दुष्ट आत्मा हुन्; तिनीहरू यस्ता कुरा हुन्। परमेश्वरका वचनहरूले यी मानिसहरूको सार खुलासा गरेका हुन्छन् कि तिनीहरूलाई मर्ममा घोचेका हुन्छन्? कुनै पनि होइन। तिनीहरू भेलाहरूमा सहभागी हुँदा, तिनीहरूले परमेश्वरका वचनहरू कसैले पढेको सुन्न चाहँदैनन्—के यो तिनीहरू दुष्ट हुनु होइन र? “दुष्ट हुनु” को अर्थ के हो? यसको अर्थ सत्यता, सकारात्मक कुरा, र सकारात्मक मानिसहरूप्रति कुनै कारणविना वैरभाव राख्नु हो; कारण के हो भन्ने तिनीहरूलाई समेत थाहा हुँदैन, तिनीहरूले त्यतिकै त्यस्तो व्यवहार गर्नुपर्छ। दुष्ट हुनु भनेको यही हो र, सामान्य भाषामा भन्नुपर्दा, यो केवल नीच हुनु हो। कतिपय ख्रीष्टविरोधी भन्छन्, “कसैले परमेश्वरका वचनहरू पढ्न मात्रै सुरु गर्नुपर्छ र मलाई सुन्न मन लाग्दैन। मैले कसैले परमेश्वरको गवाही दिएको सुन्नु मात्रै पर्छ मलाई छिछिदुरदुर गर्न मन लाग्छ, र त्यसको कारणसमेत मलाई थाहा हुँदैन। जब म कसैले सत्यतालाई प्रेम गरेको र पछ्याएको देख्छु, तब म तिनीहरूसँग मिल्न सक्दिनँ, म तिनीहरूविरुद्ध उभिन चाहन्छु, म सधैँ तिनीहरूलाई श्राप दिन, पिठ्यूँपछाडि चोट पुऱ्याउन र बरबाद पार्न चाहन्छु।” यस्तो महसुस हुनुका कारण तिनीहरूलाई समेत थाहा हुँदैन—यो तिनीहरू दुष्ट हुनु हो। यसको वास्तविक कारण के हो? ख्रीष्टविरोधीहरूभित्र सामान्य व्यक्तिको आत्मा हुँदैन, तिनीहरूमा कुनै सामान्य मानवता हुँदैन—अन्तिम विश्लेषणमा कुरा यस्तै हुन्छ। यदि सामान्य व्यक्तिले परमेश्वरले सत्यताका विभिन्न पक्षबारे स्पष्ट र सजिलै बुझिने तरिकामा बोल्नुभएको सुन्यो भने, उसले सोच्छ, “सही र गलतबीच भिन्नता छुट्ट्याउन नसकिने र असल र खराबमा अन्योल भइने यस्तो दुष्ट र यौन अनैतिक युगमा, यति धेरै सत्यता र त्यस्ता उत्कृष्ट वचनहरू सुन्न पाउनु अत्यन्तै बहुमूल्य र दुर्लभ कुरा हो!” यो किन बहुमूल्य हो? परमेश्वरका वचनहरूले हृदय र आत्मा दुवै भएका मानिसहरूको इच्छा र प्रेरणालाई जगाउँछन्। कस्तो प्रेरणा? तिनीहरू इन्साफ र सकारात्मक कुराहरूको तृष्णा गर्छन्, तिनीहरू परमेश्वरको अघि जिउन, संसारमा निष्पक्षता र धार्मिकता होस्, र परमेश्वरले आएर संसारमाथि शासन गर्नुहोओस् भन्ने तृष्णा गर्छन्—सत्यतालाई प्रेम गर्ने सबै मानिसको पुकार यही हो। तथापि, के ख्रीष्टविरोधीहरू यी कुराहरूको तृष्णा गर्छन्? (गर्दैनन्।) ख्रीष्टविरोधीहरू केको तृष्णा गर्छन्? “यदि म सत्तामा भएको भए, आफूलाई मन नपर्ने सबै मानिसलाई नष्ट गर्नेथिएँ! जब कसैले ख्रीष्ट देखा परेर काम गर्ने परमेश्वर हुनुहुन्छ भनेर गवाही दिन्छ, परमेश्वर मानवजातिका सार्वभौम हुनुहुन्छ भनेर गवाही दिन्छ, र परमेश्वरका वचनहरू सत्यता हुन्, मानवजातिको सबैभन्दा उच्च जीवनको आदर्श हुन्, र मानव अस्तित्वको जग हुन् भनेर गवाही दिन्छ, तब मलाई वाकवाकी हुन्छ, घृणा लाग्छ, र म त्यो कुरा सुन्न चाहन्नँ!” यो त ख्रीष्टविरोधीहरूका हृदयमा हुने कुरा हो। के ख्रीष्टविरोधीहरूमा यो स्वभाव हुँदैन र? जबसम्म कसैले तिनीहरूलाई आराधना गर्छ, आदर गर्छ, र पछ्याउँछ, तबसम्म तिनीहरू साथीहरू हुन्छन्, एउटै टोलीमा हुन्छन्; यदि कसैले सधैँ सत्यतामा सङ्गति गरिरह्यो र परमेश्वरको गवाही दिइरह्यो भने, ख्रीष्टविरोधीहरू तिनीहरूदेखि टाढिन्छन् र तिनीहरूलाई छिछिदुरदुर गर्छन्, र यहाँसम्म कि आक्रमण गर्छन्, बहिष्कार गर्छन्, र यातना दिन्छन्—यो दुष्टता हो। जब हामी दुष्टताबारे कुरा गर्छौँ, तब यसले सधैँ शैतानका धूर्त षड्यन्त्रहरूलाई जनाउँछ; शैतानले गर्ने कुराहरू दुष्ट हुन्छन्, ठूलो रातो अजिङ्गरले गर्ने कुराहरू दुष्ट हुन्छन्, ख्रीष्टविरोधीहरूले गर्ने कुराहरू दुष्ट हुन्छन्, र जब हामी तिनीहरू दुष्ट हुन् भन्नेबारे कुरा गर्छौँ, तब त्यसले मुख्यतः सबै सकारात्मक कुराहरूप्रति तिनीहरू विरोधी बन्ने अनि तिनीहरूले विशेषतः सत्यता र परमेश्वरको विरोध गर्ने कुरालाई जनाउँछ—यो दुष्टता हो, र यो ख्रीष्टविरोधीहरूको स्वभाव हो।
यस्तो दुष्ट स्वभाव देखाउने कुन-कुन ख्रीष्टविरोधीहरूलाई तिमीहरूले भेट्टाएका छौ र तिनीहरूबारे सिकेका छौ त्यसबारे विचार गर। मैले एकपटक त्यस्तै खराब मानवता भएकी दुर्भावपूर्ण महिलालाई भेटेको थिएँ। परमेश्वरको घरले चाँडै महाविपत्तिहरू आउँदै छन्, समय धेरै छैन, दाजुभाइदिदीबहिनीहरूले कसरी असल कार्यहरू तयार गर्नुपर्छ, सत्यता पछ्याउन कसरी प्रयास गर्नुपर्छ, परमेश्वरका अभिप्रायहरू पूरा गर्न कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, र आफूले कुनै पछुतो गर्नुपर्ने ठाउँ छोड्नु हुँदैन भनेर प्रचार गर्थ्यो, जब परमेश्वरको घरले यी कुराहरू प्रचार गर्थ्यो, तब त्यस महिलाले आफ्ना हृदयमा सराप्थी र सोच्थी, “संसारको अन्त्य? जीवन एकदम राम्रो छ। तपाईंका लागि त्यो संसारको अन्त्य होला, तर मेरा लागि त त्यो संसारको अन्त्य होइन! महाविपत्तिहरू आए पनि, म त बाँच्नुपर्छ। यदि कोही मर्नु छ भने, तिमीहरू नै मर्न सक्छौ!” यो महिला नासमझ हो कि के हो? कसैले सत्यताको यस पक्षमा सङ्गति गर्दा, ऊ नासमझ बन्थी र उसका हृदयमा छिछिदुरदुर पैदा हुन्थ्यो, र ऊ सोच्थी, “मेरो जीवन जस्तो छ ठिकै छ! मसँग धेरै पैसा छ, मसँग कार छ, घर छ, मेरो आम्दानी राम्रो छ, म मेरो स्थानीय क्षेत्रको ठूलो मान्छे हुँ, र कसैले पनि मलाई चिढ्याउने आँट गर्दैन। मेरो जीवनस्तर अत्यन्तै राम्रो छ, यदि महाविपत्तिहरू आइपरे भने, के मेरो नोक्सान हुनेछैन र? म अझै मर्न तयार छैनँ!” परमेश्वरको काम अनि यो दुष्ट संसार र दुष्ट मानवजातिलाई नष्ट गर्ने परमेश्वरको चाहनालाई हेर्ने उसको दृष्टिकोण कस्तो थियो? (ऊ ती कुराप्रति शत्रुवत् थिई।) परमेश्वरले जे गर्नुभए पनि, यदि त्यो उसको हितसँग सम्बन्धित भएमा, यदि त्यसले उसको हितलाई हानि गरेमा, ऊ त्यसलाई घृणा गर्थी र त्यसप्रति शत्रुवत् हुन्थी, अनि “तपाईंले गरिरहेको कुरा गलत छ!” भनी सोच्दै, त्यस कुरामा सहमति जनाउँदिनथिई र ऊ तुरुन्तै परमेश्वरका कार्यहरूलाई इन्कार गर्थी। त्यसबाहेक, उसको सबैभन्दा दुष्ट कुरा के थियो भने उसलाई निष्पक्षता र धार्मिकताले शासन गरेको मन पर्दैनथ्यो; सत्तामा जो भए पनि, परमेश्वरले नै सम्हाल्नुभएको अनि त्यहाँ निष्पक्षता र धार्मिकता भएको भए पनि, यदि त्यसले उसको हितलाई हानि गऱ्यो भने, उसलाई त्यो स्वीकार्य हुन्थेन—उसलाई आफ्नो हित परमेश्वरभन्दा महत्त्वपूर्ण थियो। के उसका कार्यहरू पिशाची प्रकृतिका थिएनन् र? अनि जब पिशाची प्रकृति क्रियाशील हुन्छ, तब के त्यो दुष्ट आत्मा कसैमा पसेर उसले परमेश्वरका वचनहरू सुन्न चाहँदिनँ भनेको जस्तै प्रकृति हुँदैन र? (हुन्छ।) जब कसैले परमेश्वरको वचन पढ्छ, तब त्यो दुष्ट आत्माले यो कुरा सुन्न चाहँदिनँ भनेर भन्नेछ। जब कुनै दाजुभाइ-दिदीबहिनीले चाँडै आउने परमेश्वरको दिन वा चाँडै आउने महाविपत्तिहरूबारे सङ्गति गर्थे, तब त्यो मुखाली महिलाले त्यसलाई घृणा गर्थी र हृदयमा सराप्थी। ऊ किन सराप्थी? यदि परमेश्वर संसारलाई नष्ट गर्न आउनुभयो भने, उसले आफ्नो सबै सम्पत्ति गुमाउनेथी—कुनै कुराले उसको हितलाई छोयो कि त ऊ त्यसलाई सराप्थी। त्यसकारण, उसको सराप त दुष्ट आत्माले परमेश्वरको वचन सुन्न चाहँदिनँ भनेको जस्तै प्रकृति हो। तिनीहरूको विशेषता एउटै हुन्छ, जुन के हो भने जब कसैले सत्यताको उल्लेख गर्छ, आफ्नो आत्माको गहिराइ उदाङ्गो पार्छ, आफ्नो कुरूपता, दुष्टता, र कपट खुलाउँछ, तब तिनीहरूका हृदयमा घृणा, प्रतिरोध र विरोध पैदा हुन्छ, त्यसपछि तिनीहरू सराप्छन् र कसम खान्छन्—दुष्ट आत्मा यस्तै हुन्छ। बाहिरबाट हेर्दा, त्यस मुखाले महिला भूत लागेको व्यक्तिले जस्तो होइन तर सामान्य व्यक्तिले जस्तै बोल्थी र व्यवहार गर्थी, तैपनि उसको व्यवहारको प्रकृति त्यस पिशाचको जस्तै थियो। तिमीहरूले मौका पाउँदा मण्डलीका धनी मानिसहरूलाई सोध्न सक्छौ, “जब परमेश्वरको दिन आइपुग्छ र महाविपत्तिहरू आउँछन्, अनि तपाईंको पारिवारिक सम्पत्ति सबै नष्ट हुन्छ, तब के तपाईं व्याकुल हुनुहुनेछ? के तपाईं परमेश्वरको दिन आउँछ भनेर पर्खनुहुन्छ? के तपाईं परमेश्वरले सत्ता सम्हाल्नुहुनेछ, अनि निष्पक्षता र धार्मिकताले शासन गर्नेछ भनेर प्रतीक्षा गर्नुहुन्छ? के तपाईं आफूसमेत सखाप हुने भए पनि, परमेश्वरले यो दुष्ट मानवजातिलाई चाँडो सखाप पार्नुहोस् भनेर प्रतीक्षा गर्नुहुन्छ? के तपाईं यस्तो भएको इच्छा गर्नुहुन्छ?” तिनीहरूको दृष्टिकोण कस्तो रहेछ हेर। कतिपयले यस्तो होस् भन्ने चाहनेछन्, र कतिपयले चाहनेछैनन्। सारा संसार, सारा ब्रह्माण्ड, परमेश्वरले शासन गरेका सबै भौतिक कुरालाई लिँदा—हामीले यहाँ अभौतिक कुराहरूबारे नभई भौतिक दायराभित्रका कुराहरूबारे मात्रै कुरा गरिरहेका छौँ: पारिवारिक सम्पत्ति, कार, घर, पैसा इत्यादि—यी सबै कुरालाई मिलाउँदा, के ती परमेश्वरका हातमा बालुवाको एउटा कण बराबर हुन्छन्? (हुँदैनन्।) तथापि, जब मानिसहरू यी कुरा प्राप्त गर्छन्, तब ती त्याग्न चाहँदैनन् र परमेश्वरसँग होड गर्ने पूँजी आफूसित भएको ठान्छन्, अनि यसो भन्छन्, “यदि तपाईंले मेरो पारिवारिक सम्पत्ति लिनुभयो भने, म तपाईंलाई घृणा गर्नेछु, तपाईंलाई विरोध गर्नेछु, र तपाईं परमेश्वर हुनुहुन्छ भनेर स्वीकार गर्नेछैनँ!” के परमेश्वर नै परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा तेरा स्वीकारमा निर्भर हुन्छ र? (हुँदैन।) के तेरो त्यो थोरै पारिवारिक सम्पत्ति छ भन्दैमा तँसँग परमेश्वरसित होड गर्ने पूँजी हुन्छ? तँ कति अज्ञानी छस्! हिरा पृथ्वीको सबैभन्दा बहुमूल्य वस्तु हो। जब साधारण मानिसहरूले एक क्यारेटको हिरा देख्छन्, तब तिनीहरू छक्क पर्छन् र भन्छन्, “कति ठूलो हिरा! यो पक्कै पनि १०-२० हजार अमेरिकी डलर मूल्यको हुनुपर्छ!” तिनीहरूलाई हिरा अत्यन्तै बहुमूल्य छ भन्ने लाग्छ। तर त्यसपछि मैले पृथ्वीबाट त्यति टाढा नरहेको एउटा ग्रह पूर्ण रूपमा हिराले बनेको छ भन्ने समाचार सुनेँ, र मलाई अचानक एउटा कुरा महसुस भयो: मानिसहरू अत्यन्तै अल्प दृष्टिका हुन्छन्। चम्किलो हिरा देख्दा, तँलाई त्यो साह्रै मन पर्छ र राम्रो लाग्छ, तर जब तँ एउटा सम्पूर्ण ग्रह नै हिराले बनेको छ भन्ने सुन्छस्, तब तेरो दृष्टिकोण कस्तो हुन्छ? हिराप्रतिको तेरो दृष्टिकोण परिवर्तन हुन्छ। अर्थात्, तैँले अरू केही जानकारी सुनेपछि, तेरो ज्ञानको दायरा अचानक फराकिलो बन्छ, तैँले आफू अगाडिको सानो ठाउँलाई मात्रै हेर्न छोड्छस्, तँ अब कुवाको भ्यागुतो रहँदैनस्, किनभने तैँले प्राप्त गरेको जानकारी बढेको हुन्छ, र तेरो बोध क्षमता परिवर्तन र वृद्धि भएको हुन्छ। यस संसारमा जिउने क्रममा, मानिसहरूले आफूमाथि आइपर्ने हरेक कुरा र फरक-फरक वातावरणको निरन्तर सामना गरिरहेको बेला, तिनीहरूको ज्ञानको दायरा निरन्तर परिवर्तन भइरहेको हुन्छ, यसका साथै तिनीहरूको दृष्टिकोण निरन्तर नयाँ हुँदै गइरहेको हुन्छ। यो सामान्य कुरा हो, र यो नै परमेश्वरले मानिसहरूलाई यस जीवनमा क्रमिक प्रगति गर्न, अनि अन्तर्ज्ञानमा, दृष्टिकोणमा, सम्पूर्ण संसार र परमेश्वरका कार्यहरू बुझ्नुमा निरन्तर प्रगति गर्न लगाउने प्रक्रिया हो। अब तिमीहरूले मैले यो कुरा बताएको सुनेका छौ, त्यसोभए तिमीहरूले यसलाई कसरी लिनुपर्छ? के तैँले “अहो, पृथ्वीका मानिसहरू साह्रै अज्ञानी छन्, तिनीहरूमा अन्तर्ज्ञानको कमी छ, र तिनीहरूलाई एकदमै थोरै मात्र थाहा छ!” भनेर सोच्नुपर्छ? भन्नुको अर्थ, सम्पूर्ण ब्रह्माण्ड, सम्पूर्ण मानवजाति, परमेश्वरले हुकुम गर्ने सबै कुरा, परमेश्वरले आज्ञा गर्ने हरकुरा बारेको तेरो दृष्टिकोण र अन्तर्ज्ञान मूल्यको हिसाबले कुनै ग्रहसँग तुलना गरिएको सानो हिरासम्बन्धी तेरो बुझाइ जस्तै होला, होइन र? (हो।) यसबाट हामी के निष्कर्ष निकाल्न सक्छौँ? पृथ्वी ग्रहमा, कसैले जति नै उपलब्धि हासिल गरे पनि, उसले जति नै नाम कमाए पनि, उसले जति नै उत्कृष्ट प्रस्तुति दिए पनि, उसले पटक्कै घमण्ड गर्नु हुँदैन, किनभने मानवजाति एकदमै महत्त्वहीन छन् र उनीहरूको मूल्य एक पैसाको पनि छैन! परमेश्वरले पृथ्वीमा केही हीराहरू दिनुभयो र मानिसहरूले त्यसका लागि लडाइँ गरेका छन्। के मानिसहरूलाई परमेश्वरका हातमा हिराभन्दा बहुमूल्य कुराहरूले भरिएका कतिवटा ग्रहहरू छन् भन्ने थाहा छैन? के मानिसहरू दयनीय छैनन् र? (छन्।) मानिसहरू यस्तो दयनीय छन्; मानिसहरू साह्रै अज्ञानी छन्।
ख्रीष्टविरोधीहरू परमेश्वरको प्रतिरोध नगरी बस्नै सक्दैनन्; तिनीहरू भित्री रूपमा नै सत्यता र सकारात्मक कुराहरूलाई घृणा गर्छन्, र सत्यता पछ्याउने र सकारात्मक कुराहरूलाई प्रेम गर्ने मानिसहरूलाई समेत छोड्न सक्दैनन्, बरु त्यस्ता मानिसहरूलाई निन्दा, दमन, र बहिष्कार गर्छन्। तिनीहरूसँगको साँठगाँठका हकमा भन्दा, तिनीहरू स्वाभाविक रूपमा नै एकसाथ बाँधिएका हुन्छन्, एकअर्काको रक्षा गर्छन्, एकअर्कालाई आश्रय दिन्छन्, र एकअर्काको तलुवा चाट्छन्। यसबाट हामी के देख्न सक्छौँ भने ख्रीष्टविरोधीहरू, अवतार फेरेका दुष्ट आत्मा र अशुद्ध पिशाच हुन्, र तिनीहरूमा सामान्य मानवता छैन। तिनीहरूले आफूले सुनेको सत्यता जति नै बुझे पनि, वा शब्द र धर्मसिद्धान्तहरू जति नै स्पष्ट रूपमा प्रचार गरे पनि, अभ्यास गर्ने बेला, तिनीहरूले गर्न रोज्ने एउटै मात्र कुरा भनेको सत्यताविरुद्ध जानु र परमेश्वरको प्रतिरोध गर्नु, अनि आफ्नो हैसियत र हितको रक्षा गर्नु हो—यो तिनीहरूको दुष्टता हो। तिनीहरू कुन हिसाबमा सबैभन्दा दुष्ट हुन्छन्? कुन हिसाबमा भने तिनीहरू सत्यतालाई घृणा गर्छन्; तिनीहरू व्याख्या वा तर्कविना सत्यतालाई घृणा गर्छन्। यदि तैँले तिनीहरूलाई तिनीहरू सत्यतालाई किन घृणा गर्छन् भनेर सोधिस् भने, तिनीहरूले सायद बताउन सक्दैनन् होला, तर तिनीहरूको हरकार्यमा ख्रीष्टविरोधीहरूको स्वभाव र विधि हुन्छ, र तिनीहरूको हरकार्यले मानिसहरूलाई बहकाउँछ र फन्दामा पार्छ, परमेश्वरको घरका काममा बाधा र अवरोध पुऱ्याउँछ—तिनीहरूको हरकार्यको परिणाम यही हुन्छ। सबै तहका अगुवाहरू र कामदारहरू वा तिमीहरूले चिन्ने र तिमीहरूको सम्पर्कमा रहेका आफू वरपरका साधारण दाजुभाइ-दिदीबहिनीहरूलाई तुलना गरेर तिनीहरूमध्ये कसैले सत्यता पछ्याउने ती दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै कारणविना घृणा गर्छन् कि अनि यी मानिसहरूलाई सधैँ आक्रमण गर्न र हटाउन चाहन्छन् कि भनेर हेर। तिनीहरूलाई नै यो सही छैन भन्ने थाहा हुन्छ तर तिनीहरू त्यसमा कुनै मद्दत गर्न सक्दैनन्, यी दाजुभाइ-दिदीबहिनीहरूको अगाडि मिठा-मिठा शब्दहरू बोल्छन् तर उनीहरूको पिठ्यूँपछाडि फरक तरिकाले कामकुरा गर्छन्, आफ्नो पिशाची रूप प्रकट गर्छन् र तिनीहरूको विरोध गर्न थाल्छन्। यदि यो दुष्टता होइन भने, के हो त? ख्रीष्टविरोधीहरूको सबैभन्दा घृणित कुरा के हो? तिनीहरू परमेश्वरका चुनिएका मानिसहरू र आफू वरपरका मानिसहरूलाई बहकाउन अनि माथिलाई झुक्याउन र छल्न प्रायजसो सही कुराहरू भन्छन्, त्योभन्दा पनि बढी, तिनीहरू मिठा र सुन्दर शब्दहरू प्रयोग गरेर परमेश्वरलाई छल गर्न र मानिसहरूको भरोसा जित्न चाहन्छन्, त्यसपछि परमेश्वरका घरमा भाँडभैलो मच्चाउँछन्, लापरवाही तरिकामा चल्छन्, र आफूखुसी जे पायो त्यही गर्छन्। तिनीहरूलाई कसरी सही बोल्ने, कसरी गलत बोल्ने भन्ने थाहा हुन्छ, र तिनीहरूलाई आफू कसरी चल्नुपर्छ, कसरी चल्नु हुँदैन, केके सिद्धान्त हुन्, केके सिद्धान्त होइनन्, सिद्धान्तविरुद्ध जानु भनेको के हो र सिद्धान्तअनुसार काम गर्नु भनेको के हो भन्ने थाहा हुन्छ। तिनीहरूलाई हृदयमा यी कुराहरूबारे अस्पष्ट हुँदैन, र कतिपयलाई त यी कुराहरू एकदमै स्पष्टसित र छर्लङ्गै समेत थाहा हुन्छ, तर तिनीहरू आफूले सिद्धान्तहरू जति नै राम्ररी बुझे पनि र स्पष्टसँग जाने पनि, कामकुरा गर्दा सत्यता अभ्यास पटक्कै गर्दैनन्, र आफ्नो इच्छाअनुसार बेरोकटोक खराब कामकुरा गर्छन्। यसले तिनीहरूको प्रकृति शैतानी र ख्रीष्टविरोधीको हो भन्ने निर्धारित गर्छ। तिनीहरूले सत्यताप्रति वितृष्ण राख्ने र सत्यतालाई घृणा गर्ने मात्र होइनन्, तर सकारात्मक कुराहरूलाई बारम्बार घृणा र निन्दा पनि गर्छन्। किन ठूलो रातो अजिङ्गरले सत्यता र परमेश्वरलाई घृणा गर्छ? यो पूर्ण रूपमा त्यसको शैतानी प्रकृतिले निर्धारित गरेको हुन्छ। कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई यति धेरै सतावट र खेदो हुन्छ कि उनीहरू आफ्नो घर फर्कन सक्दैनन्, अनि ती दियाबलस र शैतानहरू भन्छन्, “यी मानिसहरू अब सामान्य रूपमा जिइरहेका छैनन्; तिनीहरूले आफ्नो परिवार त्यागेका छन्।” वास्तवमा, तिनीहरू ठूलो रातो अजिङ्गरका सतावटमा परेका हुनाले घर जान सक्दैनन्। यस्तो कुरा धेरै हुन्छ। अरू के कुराहरू तिमीहरूले सुनेका छौ? (ठूलो रातो अजिङ्गर के भन्छ भने यदि मानिसहरूले परमेश्वरका वचनहरू धेरै पढे भने तिनीहरूको ब्रेनवाश हुन्छ।) ठूलो रातो अजिङ्गर भन्छ, “परमेश्वरका वचनहरूले मानिसहरूको ब्रेनवाश गर्छन्; तिनीहरूलाई ईश्वरभक्त बनाइएको छ।” यो त सत्यतालाई पूरै बङ्ग्याउनु हो। स्पष्ट छ, मानिसहरूलाई भ्रष्ट पार्ने र ब्रेनवाश गर्ने त ठूलो रातो अजिङ्गर नै हो, तैपनि त्यसले कुरा उल्ट्याउँछ र परमेश्वरका वचनहरूले मानिसहरूलाई ब्रेनवाश गर्छन् भनेर भन्छ—यी पिशाचहरू साह्रै दुष्ट छन्! ठूलो रातो अजिङ्गरले अरूले गरेका सबै असल कार्यहरू आफूले गरेको दाबी गर्छ र आफूले गर्ने खराब कुराहरूको दोष अरूलाई दिन्छ। ख्रीष्टविरोधीहरू पनि त्यस्तै गर्छन्; तिनीहरूको विधि ठूलो रातो अजिङ्गरको, अर्थात् शैतानको जस्तै हुन्छ। तिनीहरू साँच्चै शैतानका नोकर हुन्!
के हामीले अहिले ख्रीष्टविरोधीहरूका दुष्ट, कपटी, र छली प्रकटीकरणहरूबारे सङ्गति गरिसकेका छौँ? के मैले आज सङ्गति गरेको कुरा तिमीहरूले शाब्दिक रूपमा बुझ्न सक्ने कुराभन्दा फरक र वास्तविक छैन र? परमेश्वरको घरले हालैका वर्षहरूमा धेरै भिडियोहरू निर्माण गरेको छ, र केही भजन र चलचित्र आदि लगायत सबै कुरा अनलाइन अपलोड गरिएका छन्। मुख्य भूमि चीनका एक जना ख्रीष्टविरोधीले यी कुराहरू अनलाइन देख्यो र भन्यो, “तपाईँहरूले विदेशमा यी कार्यक्रमहरू निर्माण गर्नुभएको छ तर हामी चीनमा पनि यो काम गर्न सक्छौँ।” त्यसपछि उसले भर्ना अभियान चलायो, मानिसहरूको एउटा गुट बनायो, र ठूलो रातो अजिङ्गरको देशमा गायन दल सुरु गर्यो। अन्त्यमा, यी मानिसहरू पक्राउ परे। ख्रीष्टविरोधीले किन यसो गर्नुपर्यो? के उसको कुनै उद्देश्य थियो? (थियो।) उसको के उद्देश्य थियो? (मानिसहरूलाई नियन्त्रण गर्नु।) यो उसले मानिसहरूलाई नियन्त्रण गर्न चाहनु जत्तिको सरल थिएन। ऊ आफ्नै गुट स्थापना गर्न चाहन्थ्यो। उसको विचार यस्तो थियो, “परमेश्वरका घरमा गायन दल हुन सक्छ, त्यसैले मसँग पनि हुनुपर्छ! यदि म सफल भएँ भने, मेरो आफ्नै गुट हुनेछ। मेरो चुट्कीका भरमा, धेरै मानिस आउनेछन्!” यसरी, उसले परमेश्वरको मण्डलीको स्थान लिन सक्थ्यो। के उसले हासिल गर्न चाहेको उद्देश्य यही होइन? तर परिणामस्वरूप ठूलो रातो अजिङ्गरले कारबाही गर्यो र उसको मनोरथ त्यतिकै फुस्सा भयो। परमेश्वरको घरले यो काम सुनिश्चित सुरक्षाको आधारमा गर्छ। के ठूलो रातो अजिङ्गरद्वारा शासित देशमा उसको स्थिति यस्तै थियो? उसको यस्तो स्थिति थिएन, तैपनि ऊ अझै देखावटी गर्न चाहन्थ्यो। उसले आफ्नो त्यति राम्रो देखावटी गरेन, र अन्तमा उसका लागि सबै कुरा गलत भयो। केही वर्ष पहिले, मानिसहरूको अर्को समूहले एउटा कार्यक्रम बनाएर अनलाइन राख्यो। तिनीहरूले नृत्य गर्दै पुराना गीतहरू गाएका थिए र अल्पसंख्यक सम्प्रदायको शैलीका फूलबुट्टे वस्त्रहरू लगाएका थिए। त्यो अत्यन्तै परम्परागत र पुरानो थियो। मलाई भन् त, के यी ख्रीष्टविरोधीहरूले बाधा मात्रै पुऱ्याएनन् र? (हजुर।) गैरविश्वासी र धर्मका मानिसहरूलाई वास्तविक परिस्थिति थाहा थिएन र तिनीहरूले यी कुराहरू मण्डलीले नै गरेको हो भन्ने ठाने। ख्रीष्टविरोधीहरू सधैँ मूर्ख काम गर्छन्; तिनीहरू दुष्ट मात्र हुँदैनन्, मूर्ख पनि हुन्छन्। किन तिनीहरू मूर्ख हुन्छन्? के तिनीहरू अत्यन्तै दुष्ट भएकाले दुष्टताले मूर्ख बनेका हुन्छन्? हुँदैनन्। कुनै व्यक्तिमा जति नै क्षमता भए पनि, उसले केही सत्यता बुझ्छ भने, कामकुरा गर्दा अघि बढ्ने कुनै बाटो नपाए पनि र आफूले के गर्नु उचित वा अनुचित हो भन्ने थाहा नभए पनि, उसको हृदयमा एउटा आधारभूत सिद्धान्त हुन्छ: तिनीहरूले लापरवाही वा अन्धाधुन्ध व्यवहार गर्दैनन्। के कुरा यही होइन र? (हजुर, हो।) तथापि, सत्यता नबुझ्ने र समझहीन हुने गरी अत्यन्तै अहङ्कारी बन्ने मानिसहरू स्वच्छन्द व्यवहार गर्छन्। तिनीहरूले स्वच्छन्द व्यवहार गर्नुको अर्थ के हो? यस्ता मानिसहरूमा समझ हुँदैन, र समझ नभएका मानिसहरू समस्याहरूलाई विचार गर्न सक्दैनन्। मैले “विचार गर्नु” भन्नुको अर्थ के हो? मेरो भन्नुको तात्पर्य प्रारम्भिक चरणमा के गर्ने, के तयारी गर्ने, कार्य गर्दा के-कस्ता कुराहरू आवश्यक हुन्छन्, यो कार्यक्रम किन बनाउनैपर्छ, कार्यक्रम बनाइएपछि, कति जना मानिसलाई प्रभाव पर्छ, कति जना मानिसलाई आत्मिक रूपले फाइदा पुग्छ, र कुनै परिणाम वा बेफाइदाहरू छन् कि छैनन् भन्ने हो—यी सबै कुराको मूल्याङ्कन गरिनुपर्छ। यो मूल्याङ्कन प्रक्रियालाई “विचार गर्नु” भनिन्छ। के यी मूर्ख मानिसहरू कामकुरालाई विचार गर्न सक्छन्? (सक्दैनन्।) समस्याहरू विचार गर्न नसक्ने मानिसहरू चेतनाहीन हुन्छन्; के तिनीहरूमा सत्यताको कुनै बुझाइ हुन्छ? अवश्य नै हुँदैन। यदि कसैले साँच्चै केही सत्यता बुझ्छ भने, उसको समझ अझ स्पष्ट र राम्रो हुनेछ। उसलाई के सकारात्मक हो, के नकारात्मक हो, के सही हो, के गलत हो, र कुनै सिद्धान्तको के-कस्तो दायरा छ भन्नेबारे अझै स्पष्ट हुन सक्छ; अर्थात्, उसले जे गरे पनि, उसले असल वा खराब कुरा जे गरे पनि, उसका हृदयमा कुनै मापदण्ड हुन्छ। उदाहरणका लागि, यदि कसैले तँलाई सडकमा नाङ्गै दौडन भन्यो भने, के तँ त्यसो गर्छस्? (गर्दिनँ।) यदि कसैले तँलाई हिर्कायो भने के तँ त्यसरी दौडनेछस्? यदि कसैले तँलाई दश हजार रुपियाँ दियो भने के तँ त्यसो गर्नेछस्? (त्यसो गर्नु लाजमर्दो कुरा हुनेछ। म त्यसो गर्न सक्दिनँ।) यसो गर्नु लाजमर्दो कुरा हुनेछ भन्ने थाहा पाउनु, यो चेतनाबाट पैदा हुने एक प्रकारको सोचाइ, एक प्रकारको फैसला, र एक प्रकारको मनोवृत्ति हो, अर्थात्, यो चेतनाद्वारा मात्रै तैँले यस्तो सोचाइ र यस्तो मनोवृत्ति पाउन सक्छस्। त्यसकारण, तँलाई पैसाको लोभ दिइए पनि वा क्रूर यातना र कष्ट दिइए पनि, जति नै जबरजस्ती गरिए पनि, तँ त्यो काम गर्न जानेथिइनस्, तँलाई पटक्कै असर पर्नेथिएन, र तँ दृढ हुनेथिइस्। ख्रीष्टविरोधीहरू सत्यता बुझ्दैनन्, त्यसैले तिनीहरूमा आफूले गर्ने कुनै पनि कुराको अवधारणा हुँदैन। यहाँ “अवधारणा” को अर्थ के हो? यसको अर्थ तिनीहरूलाई परमेश्वरको गवाही दिन के गर्ने भन्ने थाहा हुँदैन। यो ख्रीष्टविरोधीले आफूसँग अत्यन्तै प्रेमिलो हृदय छ भन्ने ठान्थ्यो, उसले समूह गायनको भिडियो बनाउन मानिसहरूको समूह बनायो र धेरै पैसा खर्च गरेर आफूलाई जोखिममा पार्यो। मुख्य भूमि चीनको स्थिति विदेशको भन्दा खराब छ, त्यसैले यदि केही गलत भयो भने के हुन्छ? के उसले यसबारे विचार गर्यो? उसले केही हदसम्म परिस्थितिलाई विचार गर्यो होला, तर उसलाई कुन-कुन कार्यक्रमहरू बनाउने वा के-कस्ता परिणामहरू हासिल गर्ने भन्ने थाहा थिएन—उसले पटक्कै कुरा बुझेको थिएन। उसले किन बुझेको थिएन? उसमा यो चेतना थिएन। चेतना कसरी आउँछ? सत्यता बुझेपछि मात्रै मानिसहरूको समझ क्रमिक रूपमा स्पष्ट र राम्रो बन्न सक्छ। ख्रीष्टविरोधीहरूमा सत्यतालाई घृणा गर्ने प्रकृति हुन्छ, तिनीहरू अन्तर्निहित रूपमै सकारात्मक कुराहरूको विरोध गर्छन्, र तिनीहरू आफ्नो भित्री हृदयमा कहिल्यै सत्यतालाई प्रेम गर्न सक्दैनन्, त्यसैले के तिनीहरू सत्यता बुझ्न सक्छन्? (सक्दैनन्।) यदि तिनीहरू सत्यता बुझ्न सक्दैनन् भने, के तिनीहरूमा सामान्य मानवताको सोचाइ हुन सक्छ? तिनीहरूमा यो कहिल्यै हुन सक्दैन। के सामान्य मानवताको सोचविहीन मानिसहरूमा चेतना हुन्छ? अहँ, हुँदैन। जब ख्रीष्टविरोधीहरू कुनै कुरा गर्छन् र भन्छन्, तब तिनीहरूको दृष्टिकोण र तिनीहरूले गर्ने सबै कुरा दियाबलस र दुष्ट आत्माहरूले गर्ने कुराभन्दा फरक हुँदैनन्। किन म कुनै भिन्नता हुँदैन भनेर भन्छु? उदाहरणका लागि, कसैलाई प्रचार गर्न र देखावटी गर्न निकै मन पर्छ, त्यसकारण ऊ सधैँ उसको प्रवचन सुन्ने मानिसहरू खोजिरहेको हुन्छ। मानिसहरूलाई उसको कुरा सुन्न मन नलागे पनि, ऊ प्रचार गर्छ; अरू मानिसले उसलाई यस्तो घृणा गर्दा, ऊ त्यो खुट्ट्याउन सक्दैन, र तिनीहरूलाई नियाल्ने प्रयास गर्दैन, अरूलाई के चाहिन्छ भनेर हेर्दैन, केवल आफूलाई सन्तुष्ट तुल्याउँछ। के यो लाजमर्दो कुरा होइन र? यो लाजमर्दो कुरा हो र उसमा चेतना छैन। के यो चेतनाको कमी र शैतान अनि दुष्ट आत्माहरूद्वारा नियन्त्रित व्यक्तिको जथाभाबी र स्वच्छन्द बोली र व्यवहारबीच कुनै भिन्नता छ? ऊ विक्षिप्त रूपमा नग्न भएर सडकमा दौडने मानसिक रोगीजस्तो नदेखिएला, तैपनि उसले चेतनाविना काम गर्ने रहेछ भन्ने तैँले देख्न सक्छस्। उसलाई केही दाजुभाइ-दिदीबहिनीहरूलाई मलजल गर्न, वा सुसमाचार प्रचार गर्न, वा कुनै कर्तव्य निभाउन लगाइँदा, ऊसँग सिद्धान्तहरू पटक्कै हुँदैनन् र ऊ मनलागी लापरवाही रूपमा मात्र कार्य गर्छ। कतिपय मानिसले २० वर्षदेखि सुसमाचार प्रचार गर्दै आएका हुन्छन् र एक जनालाई पनि प्राप्त गरेका हुँदैनन्, तैपनि तिनीहरू अगुवा बन्न चाहन्छन्। के त्यस्ता मानिसहरू छन्? हो, छन्। तिनीहरूमा कुनै सिद्धान्त हुँदैन, तिनीहरू आफूले गर्ने सबथोक गडबड गर्छन्, तैपनि तिनीहरू अगुवा बन्न र अरू मानिसलाई नेतृत्व गर्न चाहन्छन्—निश्चित रूपमा यस्ता धेरै मानिस छन्। तिनीहरूले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको हुन्छ, तिनीहरूले परमेश्वरका धेरै वचनहरू पढेका हुन्छन्, र तिनीहरूले धेरै प्रवचन सुनेका हुन्छन्, तर तिनीहरू कुनै सत्यता बुझ्दैनन्। त्यसोभए, तिनीहरूमा बुझाइ नहुनु केसँग सम्बन्धित छ? के कारण तिनीहरूले बुझेका छैनन्? के तिनीहरूमा क्षमता र बुझ्ने क्षमताको एकदमै कमी भएकाले हो, कि तिनीहरूको चरित्र खराब भएकाले र तिनीहरूले सत्यतालाई प्रेम नगर्ने भएकाले हो? (यो तिनीहरूको सारसँग सम्बन्धित छ।) किन यो तिनीहरूको सारसँग सम्बन्धित छ? (तिनीहरूको सार दुष्ट भएकाले, तिनीहरू पवित्र आत्माको काम प्राप्त गर्न सक्दैनन्, र परमेश्वर त्यस्ता मानिसहरूमा काम गर्नुहुन्न, त्यसकारण तिनीहरूले परमेश्वरका वचनहरू जसरी खाए पनि र पिए पनि, कहिल्यै सत्यता बुझ्नेछैनन्।) यो वस्तुगत कारण हो। वस्तुगत कारण अवश्य नै के हो भने पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न त्यसकारण तिनीहरूले निश्चित रूपमा कुनै कुरा बुझ्न सक्नेछैनन्—यो कुरा जोकोहीलाई लागू हुन्छ। व्यक्तिपरक कारण पनि छ, र त्यो के हो? (यस्ता मानिसहरू सत्यतालाई घृणा गर्छन्।) अनि सत्यतालाई घृणा गर्ने मानिसहरू सत्यतालाई के-के ठान्छन्? (आफ्नो विरोधी ठान्छन्।) तिनीहरू यसलाई आफ्नो विरोधी ठान्छन्; त्यो एउटा पक्ष हो। अरू के छ? के तिनीहरू सत्यताको व्यावहारिक पक्ष बुझ्न सक्छन्? कहिल्यै सक्दैनन्। यदि तिनीहरूले यो तहलाई समेत बुझ्न सक्दैनन् भने, लौ मलाई भन् त, के तिनीहरू सत्यता बुझ्न सक्छन्? कहिल्यै सक्दैनन्, तिनीहरू सत्यता बुझ्न सक्दैनन्। वस्तुगत कारण के हो भने त्यस्ता मानिसहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्दैनन्, र परमेश्वर तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्न। यसको व्यक्तिपरक कारण के हो भने तिनीहरू परमेश्वर, सत्यता, र सकारात्मक कुराहरूप्रति वैरभाव राख्छन्, र तिनीहरूका हकमा कुनै पनि सकारात्मक कुरा सकारात्मक कुरा हुँदैन। त्यसोभए तिनीहरू हृदयमा कस्ता कुराहरूलाई सकारात्मक कुरा ठान्छन्? ती शैतानले वकालत गर्ने कुराहरू हुन्—ती सबै दुष्ट, खोक्रा, र अस्पष्ट कुरा हुन्। त्यसोभए, के सत्यतालाई घृणा गर्ने यी दुष्ट मानिसहरू सत्यता बुझ्न सक्छन्? तिनीहरूले त्यो स्वीकार नगर्ने हुनाले त्यसलाई कहिल्यै बुझ्न सक्दैनन्। अब मलाई भन् त, त्यस्ता मानिसहरूलाई सत्यतामा सङ्गति गर्नुको कुनै अर्थ हुन्छ? के तिनीहरू तैँले तिनीहरूलाई परमेश्वरका वचनहरू पढेर सुनाउँदा सुन्न इच्छुक हुन सक्छन्? तिनीहरू सबै गैरविश्वासी र पिशाच हुन्, त्यसकारण कसरी तिनीहरू परमेश्वरको वचन सुन्न सक्छन् र? कतिपय मानिसहरूले यो मामला बुझ्न सक्दैनन् र भन्छन्, “मैले तिनीहरूलाई सत्यतामा सङ्गति गर्दा किन तिनीहरू बुझ्दैनन्? के तिनीहरू मानव होइनन्?” तँ अन्योलमा पर्छस् र तिनीहरूलाई तेरो कुरा बुझाउन सक्दैनस्। कतिपय मानिसका कुरा पटक्कै सुन्न सकिँदैन र तिनीहरूले गर्ने कुराहरू हास्यास्पद मात्र हुन्छन्—तिनीहरू गैरविश्वासी, पिशाच हुन्, र तिनीहरू समझहीन हुन्। मैले किन “समझहीन हुन्” भन्ने यी दुई शब्द भनेँ? तँलाई परमेश्वर अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने विश्वास छ—के यी सकारात्मक कुरा होइनन् र? (हुन्।) अनि यी मानिसहरू के विश्वास गर्छन्? “के यसरी नै परमेश्वर सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ? उहाँ त्यति असाधारण हुनुहुन्न।” के तिनीहरू समझहीन छैनन् र? (छन्।) त्यस्ता मानिसहरूसँग कुराकानी गर्ने कुरै भएन; तिनीहरू फरक, पशु, समझहीन हुन्। पशुहरू सकारात्मक कुराहरू के हुन् वा सत्यता के हो भनेर कहिल्यै बुझ्दैनन्, त्यसकारण तिनीहरूसँग कुराकानी गर्ने कुरै आउँदैन। तैँले तिनीहरूसँग कुराकानी गर्न नसक्नु समयको समस्या होइन, वा तैँले परिश्रम गर्छस् कि गर्दैनस् वा तैँले कति मेहनत गर्छस् भन्ने कुराको समस्या होइन, तर त्यो तिनीहरूले बुझ्नै नसक्नु हो, त्यसकारण तिनीहरूलाई अरू के भन्नु छ र? यी मानिसहरूमा वास्तवमा के हुन्छ? तिनीहरूका हृदयमा इमानदारी, सोझोपन, र भलाइ हुँदैन, दुष्टता मात्रै हुन्छ, तिनीहरू दुष्टताले भरिएका हुन्छन्। यी मानिसहरू समझहीन र मुक्ति दिन नसकिने हुनुको कारण यही हो।