विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक) खण्ड चार
ख्रीष्टविरोधीको दुष्टपनको मुख्य प्रकटीकरण के हो? कुरा के हो भने, तिनीहरू के सही छ र के सत्यताअनुरूप छ भन्ने कुरा स्पष्ट रूपमा जान्दछन्, तर जब तिनीहरूले कुनै काम गर्नुपर्ने हुन्छ, तब सिद्धान्तहरू उल्लङ्घन गर्ने र सत्यताविरुद्ध जाने, अनि आफ्नै हित र हैसियतलाई सन्तुष्ट पार्ने कुराहरू मात्रै छनौट गर्छन्—ख्रीष्टविरोधीको दुष्ट स्वभावको मुख्य प्रकटीकरण यही हो। तिनीहरूले जति नै धेरै शब्द र धर्मसिद्धान्तहरू बुझे पनि, प्रवचनहरूमा जति नै मिठो भाषा प्रयोग गरे पनि, वा अरू मानिसहरूलाई तिनीहरूसँग जति नै आत्मिक बुझाइ भएको जस्तो लागे पनि, काम गर्दा, एउटा सिद्धान्त र एउटा विधि मात्रै छनौट गर्छन्, अनि त्यो हो सत्यताविरुद्ध जानु, आफ्नै हितहरूको रक्षा गर्नु, र अन्त्यसम्मै सत्यताको प्रतिरोध गर्नु, शतप्रतिशत—तिनीहरूले लागू गर्न रोज्ने सिद्धान्त र विधि यही हो। यसबाहेक, तिनीहरूले आफ्ना हृदयमा कल्पना गर्ने परमेश्वर र सत्यता ठ्याक्कै के हुन्? सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति त यसबारे बोल्न र प्रचार गर्न सक्न, अनि यसलाई अभ्यास गर्न नचाहनु मात्रै हो। तिनीहरू यसबारे कुरा मात्रै गर्छन्, परमेश्वरका चुनिएका मानिसहरूबाट उच्च आदर पाउन र त्यसपछि यसलाई प्रयोग गरेर मण्डली अगुवाको पद लिन र परमेश्वरका चुनिएका मानिसहरूमाथि प्रभुत्व प्राप्त गर्ने आफ्नो उद्देश्य हासिल गर्न चाहन्छन्। तिनीहरू आफ्नो उद्देश्य हासिल गर्न प्रचारको धर्मसिद्धान्त प्रयोग गर्छन्—के यो तिनीहरूले सत्यताप्रति तिरस्कार देखाउनु, सत्यतासँग खेलबाड गर्नु, र सत्यतालाई कुल्चनु होइन र? के तिनीहरूले सत्यतालाई यस्तो व्यवहार गरेर परमेश्वरको स्वभावलाई चिढ्याउँदैनन् र? तिनीहरू सत्यतालाई प्रयोग मात्रै गर्छन्। तिनीहरूका हृदयमा, सत्यता एउटा नारा, केही सानदार शब्दहरू, तिनीहरूले मानिसहरूलाई बहकाउन र उनीहरूको मन जित्न प्रयोग गर्न सक्ने, सुन्दर कुराहरूप्रतिको मानिसहरूको तृष्णा मेटाउन सक्ने सानदार शब्दहरू मात्र हुन्। तिनीहरू के सोच्छन् भने यस संसारमा सत्यता अभ्यास गर्न वा सत्यताअनुसार जिउन सक्ने कोही छैन, यो हुँदै हुँदैन, यो असम्भव छ, र सबैले स्विकार्ने र व्यावहारिक कुरा मात्रै सत्यता हो। तिनीहरूले सत्यताबारे कुरा गरे पनि, हृदयमा भने यो सत्यता हो भनेर स्वीकार गर्दैनन्। हामीले यस कुरालाई कसरी जाँच्ने? (तिनीहरू सत्यता अभ्यास गर्दैनन्।) तिनीहरू कहिल्यै सत्यता अभ्यास गर्दैनन्; यो एउटा पक्ष हो। अनि अर्को महत्त्वपूर्ण पक्ष के हो? जब तिनीहरू वास्तविक जीवनमा परिस्थितिहरूको सामना गर्छन्, तब तिनीहरूले बुझेको धर्मसिद्धान्त कहिल्यै लागू हुँदैन। तिनीहरूसँग साँच्चै आत्मिक बुझाइ छ जस्तो देखिन्छन्, तिनीहरू एकपछि अर्को धर्मसिद्धान्त प्रचार गर्छन्, तर जब तिनीहरू समस्याहरूको सामना गर्छन्, तब तिनीहरूका विधिहरू विकृत पारिन्छन्। तिनीहरूले सत्यता अभ्यास गर्न नसके पनि, तिनीहरूले गर्ने कुरा कम्तीमा पनि मानव धारणा र कल्पनाअनुरूप, मानव स्तर र स्वादअनुरूप हुनैपर्छ, र कम्तीमा पनि त्यो अरूलाई स्वीकार्य हुनैपर्छ। यसरी, तिनीहरूको पद स्थिर हुनेछ। तैपनि वास्तविक जीवनमा, तिनीहरूले गर्ने कुराहरू एकदमै विकृत पारिएका हुन्छन्, र एकै झलकमा नै तिनीहरू सत्यता बुझ्दैनन् भनेर भन्न सकिन्छ। किन तिनीहरू सत्यता बुझ्दैनन्? तिनीहरू हृदयबाटै सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरू सत्यता स्विकार्दैनन्, शैतानी दर्शनहरूअनुसार काम गर्न रमाउँछन्, सधैँ मानव तरिकाले मामलाहरू सम्हाल्न चाहन्छन्, र यदि तिनीहरूले यी मामलाहरूलाई सम्हालेर अरूलाई विश्वस्त पार्न र प्रतिष्ठा प्राप्त गर्न सके भने, तिनीहरूलाई पुग्छ। यदि कुनै ख्रीष्टविरोधीले कुनै ठाउँमा जाँदा कसैले खोक्रो धर्मसिद्धान्त प्रचार गरिरहेको सुन्यो भने, ऊ एकदमै उत्साहित हुन्छ, तर यदि कुनै व्यक्तिले सत्यता वास्तविकताबारे प्रचार गरिरहेको र मानिसहरूका विभिन्न स्थितिजस्ता कुराहरू बताइरहेको छ भने, उसलाई सधैँ वक्ताले उसको आलोचना गरिरहेको छ र उसको मुटुमा घोचिरहेको छ भन्ने लाग्छ, त्यसकारण उसलाई घृणा लाग्छ र ऊ त्यो कुरा सुन्न चाहँदैन। यदि तिनीहरूलाई आजभोलि तिनीहरूको स्थिति कस्तो छ, तिनीहरूले कुनै प्रगति गरेका छन् कि छैनन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा कुनै कठिनाइहरू सामना गरेका छन् कि छैनन् भन्नेबारे सङ्गति गर्न लगाइयो भने, तिनीहरूमा त्यसको जवाफै हुँदैन। यदि तैँले सत्यताको यस पक्षमा सङ्गति गरिरहिस् भने, तिनीहरू निदाउँछन्; तिनीहरूलाई यसबारे सुन्न मन पर्दैन। कतिपय मानिस तैँले तिनीहरूसँग कुरा गर्दा रुचि देखाउँछन्, तर कसैले सत्यतामा सङ्गति दिएको सुन्नेबित्तिकै, तिनीहरू कुनामा लुकेर उँग्न थाल्छन्—तिनीहरूमा सत्यताप्रति प्रेम हुँदैन। तिनीहरूमा कुन हदसम्म सत्यताप्रति प्रेम हुँदैन? हल्का पक्षलाई हेर्दा, तिनीहरूलाई यसमा चासो हुँदैन र तिनीहरूलाई श्रमिक बन्न पाए पुग्छ; गम्भीर पक्षलाई हेर्दा, तिनीहरूलाई सत्यताप्रति वितृष्ण, तिनीहरूलाई सत्यताप्रति असाध्यै घृणा लाग्छ, र तिनीहरू यसलाई स्विकार्न सक्दैनन्। यदि यस्तो व्यक्ति अगुवा हो भने, ऊ ख्रीष्टविरोधी हो; यदि ऊ साधारण अनुयायी हो भने, ऊ अझै पनि ख्रीष्टविरोधीहरूका मार्गमा हिँडिरहेको हुन्छ र ऊ ख्रीष्टविरोधीहरूको उत्तराधिकारी हो। बाहिरबाट हेर्दा, तिनीहरू केही राम्रो सम्भावना भएका बुद्धिमान् र प्रतिभावान् देखिन्छन्, तर तिनीहरूको प्रकृति सार ख्रीष्टविरोधीको सार हो—वास्तविकता यही हो। यी मूल्याङ्कनहरू केमा आधारित छन्? ती सबै सत्यता र सकारात्मक कुराहरूप्रति यी मानिसहरूको मनोवृत्तिमा आधारित छन्। यो नै मानिसहरूले सत्यतालाई लिनेसम्बन्धी पक्ष हो। अर्को पक्ष के हो भने, धेरैजसो समय मानिसहरू सिधै सत्यताको सामना गर्दैनन्, कतिपय कुराहरू सत्यतासँग सम्बन्धित हुँदैनन्, मानिसहरू सत्यताको कुन पक्ष सम्बन्धित छ भनेर सोच्न सक्दैनन्, त्यसोभए, मानिसहरू सिधै कसको सामना गर्छन्? तिनीहरूले सिधै सामना गर्ने व्यक्ति परमेश्वर हुनुहुन्छ। अनि यी मानिसहरू परमेश्वरलाई कस्तो व्यवहार गर्छन्? तिनीहरू कुन-कुन प्रकटीकरणहरूमा आफ्नो दुष्ट स्वभाव देखाउँछन्? के तिनीहरू साँचो प्रार्थना र परमेश्वरसँग साँचो सङ्गति गर्छन्? के तिनीहरूमा इमानदार मनोवृत्ति हुन्छ? के तिनीहरूमा साँचो विश्वास हुन्छ? (हुँदैन।) के तिनीहरू साँच्चै परमेश्वरमा भर पर्छन् र आफूलाई परमेश्वरमा साँचो रूपमा सुम्पन्छन्? के तिनीहरू साँच्चै नै परमेश्वरको डर मान्छन्? (मान्दैनन्।) यी सबै व्यावहारिक कुरा हुन् र रमाइलो लाग्ने खोक्रा चुट्किला वा तुक्का होइनन्। यदि तँ यी शब्दहरू व्यावहारिक छन् भनेर बुझ्दैनस् भने, तँमा आत्मिक बुझाइ हुँदैन। म तिमीहरूलाई यस्ता मानिसहरूको प्रकटीकरणको एउटा उदाहरण दिन्छु। कतिपय मानिस भेलाहरूमा कम्मर कसेर यसो भन्दै शपथ खान्छन्, “म बाँचुन्जेल विवाह गर्नेछैनँ, म आफ्नो जागिर छोड्छु, र म सबै कुरा त्यागेर अन्त्यसम्म परमेश्वरलाई पछ्याउनेछु!” जब तिनीहरू चिच्याइ सकेर परमेश्वरप्रति आफूलाई समर्पित गर्नलागेका हुन्छन्, तब तिनीहरू सोच्छन्, “कसरी म परमेश्वरबाट अझ धेरै आशिष् प्राप्त गर्न सक्छु? मैले परमेश्वरलाई देखाउन केही गर्नुपर्छ।” तर, तिनीहरूले परमेश्वर तिनीहरूजस्ता मानिसहरूलाई प्रेम गर्नुहुन्न भनेको सुन्छन्, र सोच्छन्, “अब मैले के गर्ने त? म आफूलाई परमेश्वरबाट टाढा राख्नेछु ताकि उहाँले मलाई देख्न नसक्नु होओस्।” यो कस्तो स्थिति हो? (जोगिएको स्थिति।) तिनीहरू परमेश्वरबाट जोगिन उहाँबाट टाढा हुन्छन्। अनि तिनीहरू जोगिनुमा कुन स्वभाव लुकेको हुन्छ? दुष्टपन। तिनीहरू काम गर्दा सधैँ परमेश्वरदेखि जोगिन्छन्, परमेश्वरले तिनीहरूको वास्तविकता देख्नुहुनेछ भनेर तिनीहरू डराउँछन्, र परमेश्वरको छानबिन स्वीकार गर्दैनन्—के यो परमेश्वरप्रति विश्वास हो? के यो तिनीहरूले परमेश्वरको विरोध गर्नु होइन र? यो त्यस्तो नकारात्मक स्थिति हो, र यो सामान्य कुरा होइन। तिनीहरूले अझै परमेश्वरका वचनहरू खाने र पिउने गर्न सक्ने भए पनि, तिनीहरू परमेश्वरले मानिसहरूलाई न्याय र खुलासा गर्न वचनहरू बोल्नुभएको सुन्नेबित्तिकै भाग्छन्, कि चाहिँ तिनीहरू हतारहतार बहाना बनाउँछन् र आफूलाई ढाकछोप गर्न कुनै सम्झौताको उपाय खोज्छन्। तिनीहरू आफूलाई लुकाउन, अनि टार्न र जोगिन सक्दो प्रयास गर्छन्, यसका साथै आफ्ना हृदयमा निरन्तर परमेश्वरविरुद्ध लडाइँ गर्छन्। तिनीहरू आफूले गर्ने कामकुरामा परमेश्वरका अभिप्रायहरू खोज्दैनन्, न त सत्यता खोजी नै गर्छन्। बरु, तिनीहरू आफूले सत्यता स्वीकार गर्न र गुनासोविना परमेश्वरमा समर्पित हुन सक्छु भनेर अझै बढी देखाउन चाहन्छन्, अनि बहानाबाजी र झूटद्वारा सबैको अनुमोदन प्राप्त गर्ने प्रयास गर्छन्। परमेश्वर के भन्नुहुन्छ, उहाँ त्यस्ता मानिसहरूबाट के माग गर्नुहुन्छ, र उहाँ त्यस्ता मानिसहरूलाई कसरी मूल्याङ्कन र परिभाषित गर्नुहुन्छ भन्ने कुराका हकमा भन्दा, तिनीहरू त्यस्ता कुराहरूबारे वास्ता गर्दैनन् र त्यसबारे जान्न चाहँदैनन्। परमेश्वर को हुनुहुन्छ भन्नेबारे तिनीहरूलाई हृदयमा स्पष्टसित थाहै हुँदैन, तर त्यो सबै कल्पना र मूल्याङ्कन मात्रै हुन्छ। परमेश्वरले तिनीहरूको धारणाविपरीत कुनै कुरा गर्नुहुँदा, तिनीहरू त्यसको हृदयबाटै निन्दा गर्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्छु भनेर भने पनि, तिनीहरूको हृदयभरि शङ्का हुन्छ। यो मानिसहरूको दुष्ट स्वभाव हो।
कतिपय ख्रीष्टविरोधी प्रायजसो परमेश्वरलाई जाँच्ने प्रयास गर्छन्। तिनीहरू एक कदम अघि बढ्छन्, परिस्थिति नियाल्छन्, त्यसपछि अर्को कदम चाल्छन्; सरल शब्दमा भन्दा, तिनीहरूमा “पर्ख र हेर” भन्ने मनोवृत्ति हुन्छ भनेर भन्न सकिन्छ। “पर्ख र हेर” को अर्थ के हो? म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। उदाहरणका लागि, कसैले आफ्नो जागिर छोडेपछि परमेश्वरसामु यसो भन्दै प्रार्थना गर्छ, “हे परमेश्वर, अब मसँग जागिर छैन। भविष्यमा तपाईँले मलाई आर्थिक सहयोग दिनुहुनेछ भन्ने आशा छ। म सबै कुरा तपाईंका हातमा सुम्पन्छु। म आफ्नो जीवन तपाईंमा समर्पित गर्छु।” प्रार्थना गरिसकेपछि, ऊ परमेश्वरले उसलाई कुनै कुराको आशिष् दिनुहुन्छ कि दिनुहुन्न, उहाँ तिनीहरूलाई कुनै अलौकिक प्रकाश वा ठूलो अनुग्रह दिनुहुन्छ कि दिनुहुन्न, आफूले संसारमा आफ्नो काम गर्दाभन्दा कम्तीमा पनि बढी कुरा र बढी आनन्द प्राप्त गर्छ कि गर्दैन भनेर हेर्न पर्खन्छ। यो त उसले परमेश्वरलाई जाँच्नु हो। यो प्रार्थना र समर्पण के हो? (यो लेनदेन हो।) के यस लेनदेनमा दुष्ट स्वभाव छैन र? (छ।) उसको शैली भनेको अझै बहुमूल्य योगदानलाई आकर्षित गर्न अलिकति लोभ्याएर कामकुरालाई अगाडि बढाउँदै परमेश्वरबाट अनुग्रह र आशिष् माग्नु हो—तिनीहरूको उद्देश्य यही हो। कसैले भन्छ, “चीनमा अवस्था अत्यन्तै भयानक छ। ठूलो रातो अजिङ्गरले मानिसहरूलाई पक्राउ गर्ने अवस्था झन्-झन् खराब हुँदै गइरहेको छ। दुई जना मानिस भेला हुनुसमेत खतरनाक हुन्छ, चार जनाको परिवार भेलामा बस्नुसमेत खतरनाक हुन्छ। चीनको यस्ता परिस्थितिमा परमेश्वरमा विश्वास गर्नु एकदमै खतरनाक कुरा हो। यदि साँच्चै केही गलत भयो भने, के हामीले अझै पनि मुक्ति पाउनेछौँ? के हामीले व्यर्थमा विश्वास गरेका हुँदैनौँ र?” तिनीहरू यस्तो सोच्न थाल्छन्, “मैले देश छोड्ने उपाय सोच्नुपर्छ। पहिले परिस्थिति राम्रो हुँदा, म ऐसआरामको लालसा गर्थेँ र चीन छोड्न चाहन्नथेँ। आफ्नो परिवारसँगै भेला हुनु निकै राम्रो लाग्थ्यो, र मैले परमेश्वरमा विश्वास गरेर आशिष्हरू पनि प्राप्त गर्न सकेको थिएँ; यो त दुवै हातमा लड्डु भनेजस्तो थियो। अहिले परिस्थिति खराब छ, विपत्तिहरू आएका छन्, र मैले तुरुन्तै चीन छोड्नैपर्छ। म देश छोडिसकेपछि पनि आफ्नो कर्तव्य निभाउन सक्छु, र आफ्नो कर्तव्य पूरा गरेर आशिष्हरू प्राप्त गर्ने मौका पाउनेछु।” अन्तमा, तिनीहरू देशबाट भाग्छन्। यो के हो? यो अवसरवाद हो। सबै जना नापजोख गर्ने हुन सक्छन्, र सबैमा लेनदेनको मानसिकता हुन्छ—के यो दुष्टता होइन र? के तिमीहरूबीच यस्ता मानिसहरू छन्? तिनीहरू मनमनै भन्छन्, “यदि मैले संसारमा धम्की पाएँ भने, मेरा आमाबुबा र परिवारले मलाई सुरक्षा दिन सक्छन्। यदि मलाई परमेश्वरमाथिको आफ्नो विश्वासका कारण पक्राउ गरियो भने, के परमेश्वरले मलाई सुरक्षित राख्नुहुनेछ? त्यो कुरा निश्चित रूपमा थाहा पाउन गाह्रो छ जस्तो देखिन्छ। त्यसोभए, मैले यो कुरा निश्चित रूपमा थाहा पाउन सक्दिनँ भने के गर्नुपर्छ? मेरा आमाबुबाले अवश्य नै मलाई सुरक्षा दिन सक्नेछैनन्। कुनै व्यक्तिलाई परमेश्वरमाथिको आफ्नो विश्वासका कारण पक्राउ गरिँदा, साधारण मानिसहरूले उसलाई उद्धार गर्न सक्दैनन्, र यदि मैले ठूलो रातो अजिङ्गरको हातको क्रूर यातना र कष्टहरू सहन सकिनँ र म यहूदा बनेँ भने, के मेरो सानो जीवन बरबाद हुनेछैन र? मैले देश छोडेर विदेशमा परमेश्वरमा विश्वास गर्नु नै राम्रो हुन्छ।” के यस्तो सोच्ने कोही छ? अवश्य नै छ, होइन र? त्यसोभए, यसो भन्ने कोही छ, “तपाईं हामीलाई निन्दा गर्नुहुन्छ, तर हामीले त्यस्तो सोचेका छैनौँ”? यस्ता मानिसहरू अवश्य नै अल्पसंख्यमा छैनन्, र समय बित्दै जाँदा तैँले देख्नेछस् र बुझ्नेछस्।
ख्रीष्टविरोधीहरूको दुष्टताका मुख्य विशेषताहरू केके हुन्? पहिलो हो, तिनीहरू सकारात्मक कुराहरू स्वीकार गर्दैनन्, सत्यता भन्ने कुरा छ भनेर स्विकार्दैनन्, र आफ्ना विधर्मी भ्रम र दुष्ट नकारात्मक कुराहरूलाई सत्यता ठान्छन्—यो ख्रीष्टविरोधीहरूको दुष्टताको एउटा प्रकटीकरण हो। उदाहरणका लागि, कतिपय मानिस यसो भन्छन्, “आफ्नो खुसी आफ्नै हातमा हुन्छ” र “शक्तिद्वारा मात्रै सबै कुरा प्राप्त गर्न सकिन्छ”—यो ख्रीष्टविरोधीहरूको तर्क हो। तिनीहरू शक्ति छ भने तिनीहरूलाई लोलोपोतो र चापलुसी गर्ने, तिनीहरूलाई उपहार दिने र तिनीहरूको चाकरी गर्ने मानिसहरू, साथै हैसियतका सबै प्रकारका फाइदा र सबै प्रकारका आनन्द प्राप्त हुन्छ भन्ने ठान्छन्; तिनीहरू अबदेखि कसैको अरनखटन वा नेतृत्वमा बस्नु पर्दैन, र आफूले अरूलाई डोऱ्याउन पाउँछु भन्ने ठान्छन्—यो तिनीहरूको मुख्य प्राथमिकता हो। तिनीहरूले यसरी हिसाबकिताब गर्ने कुरा तँलाई कस्तो लाग्छ? के यो दुष्टता होइन र? (हो।) ख्रीष्टविरोधीहरू सत्यताको सट्टा आफ्नो शैतानी तर्क र विधर्मी भ्रमहरू प्रयोग गर्छन्—यो तिनीहरूको दुष्टताको एउटा पक्ष हो। सर्वप्रथम, तिनीहरू सत्यता स्वीकार गर्दैनन्, सकारात्मक कुराहरू छन् भनेर स्विकार्दैनन्, र सकारात्मक कुराहरूको सहीपनलाई स्वीकार गर्दैनन्। त्यसबाहेक, कतिपय मानिसले यस संसारमा सकारात्मक र नकारात्मक कुराहरू छन् भनेर स्वीकार गरे पनि, सकारात्मक कुरा र सत्यताको अस्तित्वलाई कसरी लिन्छन्? तिनीहरू अझै पनि त्यसलाई प्रेम गर्दैनन्, तिनीहरूले छनौट गर्ने जीवन र परमेश्वरप्रतिका विश्वासमा हिँड्ने मार्ग नकारात्मक नै रहिरहन्छ र त्यो सत्यतासँग बाझिन्छ। तिनीहरू आफ्ना हितहरूको मात्रै रक्षा गर्छन्। सकारात्मक कुरा भए पनि नकारात्मक कुरा भए पनि, त्यसले तिनीहरूका हितको रक्षा गर्न सक्छ भने, त्यो ठिकै हो, त्यो सर्वोत्कृष्ट हुन्छ। के यो दुष्ट स्वभाव होइन र? अर्को पक्ष पनि छ: दुष्ट सार भएका यस्ता मानिसहरू जन्मजातै परमेश्वरको नम्रता र गुप्तपन, उहाँको विश्वासीपन र भलाइलाई तिरस्कार गर्ने हुन्छन्; तिनीहरू जन्मजातै यी सकारात्मक कुराहरूलाई तिरस्कार गर्छन्। उदाहरणका लागि, मलाई हेर त: के म अत्यन्तै साधारण छैनँ र? म साधारण व्यक्ति हुँ, किन तिमीहरू यसो भन्ने आँट गर्दैनौ? म आफै साधारण छु भनेर स्वीकार गर्छु। मैले आफूलाई कहिल्यै असाधारण वा महान् ठानेको छैनँ। म त केवल साधारण व्यक्ति हुँ; मैले यस तथ्यलाई सधैँ स्वीकार गरेको छु र म यस तथ्यलाई सामना गर्ने आँट गर्छु। म महाव्यक्ति वा कुनै महान् व्यक्ति बन्न चाहन्नँ—त्यो कति थकाइलाग्दो कुरा हुनेथियो! कतिपय मानिस मलाई अर्थात् यो साधारण व्यक्तिलाई तुच्छ ठान्छन् र सधैँ मेरा बारेमा धारणाहरू राख्छन्। परमेश्वरमा साँचो विश्वास गर्ने मानिसहरू मेरो अघि आउँदा, म बाहिरी रूपमा जस्तो देखिए पनि, तिनीहरू अझै पनि केही भक्तिभावले आउँछन्। त्यसबाहेक, कतिपय मानिसले मसँग अत्यन्तै शिष्टतासाथ कुरा गरे पनि, हृदयमा भने मप्रति तिरस्कारपूर्ण मनोवृत्ति राख्छन्, र म यो कुरा तिनीहरूको बोल्ने शैली र शरीरको हाउभाउबाट थाहा पाउन सक्छु। कहिलेकाहीँ तिनीहरूले अत्यन्तै आदरभाव देखाए पनि, मैले तिनीहरूलाई जे भने पनि तिनीहरू “होइन” भनेर जवाफ दिन्छन्, सधैँ मेरो कुरा खण्डन गर्छन्। उदाहरणका लागि, म आज मौसम निकै गर्मी छ भनेर भन्छु, तर तिनीहरू भन्छन्, “अहँ, गरम छैन। हिजो पो निकै गर्मी थियो त।” तिनीहरू मेरो कुरा खण्डन गर्छन्, होइन र? तिनीहरूलाई जे भने पनि, तिनीहरू सधैँ त्यो खण्डन गर्छन्। के यस्ता मानिसहरू छैनन् र? (छन्।) म भन्छु, “आजको खानामा नुन चर्को छ। यसमा नुन धेरै छ कि सोया सस?” अनि तिनीहरू भन्छन्, “कुनै पनि होइन। यसमा चिनी धेरै छ।” मैले जे भने पनि, तिनीहरू त्यो खण्डन गर्छन्, त्यसकारण म अरू केही भन्दिनँ, हामी आपसमा सहमत हुँदैनौँ, र हामी फरक-फरक भाषा बोल्छौँ। त्यसअलावा कतिपय मानिसले मैले परमेश्वरप्रतिको विश्वासबारे कुरा गरेको सुनेपछि भन्छन्, “तपाईं यस विषयमा कुरा गर्न पोख्त हुनुहुन्छ, त्यसकारण म सुन्नेछु।” यदि मैले कुनै बाहिरी कुराबारे थोरै बताएँ भने, तिनीहरू थप सुन्न चाहँदैनन्, मानौँ मलाई बाहिरी कुराबारे केही थाहा छैन। तिनीहरूले मेरो कुरा ध्यान नदिए ठिकै छ, म चुपचाप बस्न चाहन्छु। मलाई कसैले ध्यान दिनु पर्दैन, म आफूले गर्नुपर्ने कुरा मात्रै गर्छु। मेरा आफ्ना जिम्मेवारीहरू छन्, र मेरो आफ्नै जीवन शैली छ। मलाई भन् त, मानिसहरूमा भएका यी मनोवृत्तिहरूले के देखाउँछन्? तिनीहरू म महान् वा सक्षम व्यक्तिजस्तो देखिँदिनँ, र म साधारण व्यक्ति जस्तै बोल्छु र व्यवहार गर्छु भन्ने देख्छन्, अनि त्यसकारण सोच्छन्, “तपाईं कसरी परमेश्वरजस्तो हुनुहुन्न? मलाई हेर्नुहोस् त। यदि म परमेश्वर भएको भए, म सबैभन्दा उहाँजस्तो हुनेथिएँ।” यो परमेश्वरजस्तै बन्ने वा नबन्ने कुरा होइन। म परमेश्वरजस्तै बन्नुपर्छ भनेर माग गर्ने व्यक्ति तँ नै होस्, मैले कहिल्यै पनि म उहाँजस्तै छु भनेर भनेको छैनँ, र मैले कहिल्यै पनि उहाँजस्तै हुन चाहिनँ; म त आफूले गर्नुपर्ने कुरा मात्रै गर्छु। यदि म कहीँ गएँ र कतिपय मानिसले मलाई चिनेनन् भने, त्यो राम्रो कुरा हो, किनभने त्यसले मलाई समस्याबाट बचाउँछ। हेर् त, प्रभु येशूले त्यो बेला यहूदियामा धेरै कुरा बोल्नुभयो र काम गर्नुभयो, अनि उहाँलाई पछ्याउने चेलाहरूमा जेजस्तो भ्रष्ट स्वभाव भए पनि, उहाँप्रति तिनीहरूको मनोवृत्ति परमेश्वरप्रति मानिसको मनोवृत्तिजस्तै थियो—तिनीहरूको सम्बन्ध सामान्य थियो। तैपनि कतिपय मानिसले प्रभु येशूबारे “के उहाँ सिकर्मीका छोरा हुनुहुन्न र?” भने र उहाँलाई लामो समयदेखि पछ्याउने कतिपय मानिसले समेत यो मनोवृत्ति पालिराखे। यो त देहधारी परमेश्वरले साधारण, सामान्य मानव बन्दा प्रायजसो सामना गर्ने कुरा हो, र यो सामान्य घटना हो। कतिपय मानिस मलाई पहिलोपटक भेट्दा अत्यन्तै उत्साहित हुन्छन्, र म जाँदा तिनीहरू लम्पसार पर्छन् र रुन्छन्, तर वास्तविक अन्तरक्रियाको बेला यो काम लाग्दैन, र मैले धेरैपटक त्यस्तो कुरा सहनुपर्छ। किन मैले त्यस्तो कुरा सहनुपर्छ? किनभने कतिपय मानिस मूर्ख हुन्छन्, कतिपयलाई सिकाउन सकिँदैन, कतिपय मानिस सेवाकर्ताका रूपमा रहन आवश्यक हुन्छ, र कतिपय चाहिँ कुनै तर्क सुन्दैनन्। त्यसकारण मैले कहिलेकाहीँ कष्ट सहनुपर्छ, र कहिलेकाहीँ निश्चित मानिसहरूलाई म मेरो नजिक आउन दिन सक्दिनँ; यी मानिसहरू अत्यन्तै घृणित हुन्छन् र तिनीहरूमा विरोधी स्वभाव हुन्छ। कति विरोधी? उदाहरणका लागि, म एउटा सुन्दर सानो कुकुरलाई देख्छु र भन्छु, “यसलाई पाङ्ग्रे भनेर बोलाऊँ।” अनि यो नामप्रति धेरैजसो मानिसमा कस्तो मनोवृत्ति हुन्छ? यो त नाम मात्रै हो, र मैले नै सुरुमा यो नाम दिएको हुनाले, त्यस कुकुरलाई त्यही नामले बोलाइनेछ; यो एकदमै सामान्य कुरा हो। तर विरोधी स्वभावका कतिपय मानिस त्यसलाई त्यो नामले बोलाउँदैनन्, र भन्छन्, “पाङ्ग्रे कस्तो खालको नाम हो? मैले कुकुरलाई पाङ्ग्रे भनेर बोलाएको पहिले कहिल्यै सुनेको छैनँ। यसलाई त्यो नामले नबोलाऔँ, हामीले यसलाई अङ्ग्रेजी नाम दिनुपर्छ।” म भन्छु, “मलाई अङ्ग्रेजी नामहरू राख्न त्यति आउँदैन, त्यसकारण तिमीहरू नै यसलाई जे नामले बोलाउन मन लाग्छ त्यही भनेर बोलाओ र म तिमीहरूको निर्णय मान्नेछु।” किन म तिनीहरूको निर्णय मान्छु? यो सानो कुरा हो, त्यसकारण यसबारे किन तर्क गर्ने? कतिपय मानिस मान्दैनन् र तिनीहरूलाई यस्ता कुराहरूबारे तर्क गर्नैपर्ने हुन्छ। मैले मानेँ भन्दैमा, म आफूले गलत काम गरेको छु भन्ने होइन; यो त मैले आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्ने सिद्धान्त मात्रै हो। म तँसँग तर्क गर्दिनँ भन्दैमा त्यसको अर्थ म तँसँग डराउँछु भन्ने होइन। म तर्क गर्दिनँ, तर तँ अविश्वासी होस् भन्ने मलाई हृदयमा थाहा छ, र म त तँजस्तो व्यक्तिसँग व्यवहार गर्नुभन्दा बरु कुकुरसँग व्यवहार गर्छु। मैले आफ्नो जिउने वृत्तभित्र अन्तरक्रिया गर्नैपर्ने कतिपय मानिसबाहेक, मैले उठबस गर्नुपर्ने मानिसहरू विश्वासी दाजुभाइ-दिदीबहिनी, परमेश्वरको घरका मानिस हुन्—यो मेरो सिद्धान्त हो। म एक जना गैरविश्वासीसँग पनि अन्तरक्रिया गर्दिनँ; मैले यसो गर्नु पर्दैन। तैपनि, यदि परमेश्वरका घरमा उहाँको घरप्रति मित्रवत् अविश्वासीहरू छन् भने, तिनीहरू मण्डलीका मित्र हुन सक्छन्। चाहे तिनीहरूले मण्डलीलाई सहयोग गरून् वा मण्डलीका लागि केही प्रयास गरेर केही मामला सम्हालून्, मण्डलीले तिनीहरूलाई ठाउँ दिन सक्छ, तर म तिनीहरूसँग विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई जस्तो व्यवहार गर्नेछैनँ; म आफ्ना काममा एकदमै व्यस्त छु र यस्ता मामलाहरू सम्हाल्ने समय मसँग छैन। परमेश्वरमा धेरै वर्षदेखि विश्वास गरेका कतिपय मानिसमा परमेश्वरको काम, देहधारी परमेश्वर, र उहाँले मानिसहरूलाई मुक्ति दिने कुराबारे केही अवधारणा हुनुपर्छ, तैपनि तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन। तिनीहरू ठ्याक्कै गैरविश्वासीजस्तै हुन्छन् र पटक्कै परिवर्तन भएका हुँदैनन्। मलाई भन् त, यी मानिसहरू कस्ता चीज हुन्? तिनीहरू प्राकृतिक रूपमा जन्मेका दियाबलस, परमेश्वरका शत्रु हुन्। जब शैतान र दियाबलसहरूसँग कुनै व्यक्तिको सङ्गत गहिरिन्छ, तब त्यो सब सङ्कष्ट र विपत्ति बन्छ।
तिमीहरू सबैले आफ्नो दैनिक जीवनबाट के अनुभव गर्न सक्छौ भने, तिमीहरू मानिसहरूको जुन समूहमा आबद्ध भए पनि, तिमीहरूलाई मन नपराउने कोही न कोही व्यक्ति सधैँ हुनेछ, र तिनीहरूलाई नचिढ्याए पनि वा बेखुस नतुल्याए पनि, तिनीहरूले तिमीहरूबारे खराब कुरा भन्नेछन्, तिमीहरूको आलोचना र निन्दा गर्नेछन्। के भयो भन्ने तँलाई थाहा हुँदैन, तैपनि तिनीहरू तँलाई मन पराउँदैनन्, तिनीहरूसँग तेरो ठ्याक मिल्दैन र तिनीहरू तँलाई धम्काउन चाहन्छन्—यहाँको अवस्था के हो? तैँले तिनीहरूलाई बेखुस तुल्याउन के गरेको छस् भन्ने तँलाई थाहा हुँदैन, तर कुनै अज्ञात कारणले तँलाई तिनीहरू धम्काउँछन्। के यस्ता दुष्ट मानिसहरू हुन्छन्? (हुन्छन्।) तिनीहरू तेरा विरोधी हुन् र तिनीहरूलाई त्यसरी मात्रै व्याख्या गर्न सकिन्छ। तैँले तिनीहरूसँग अन्तरक्रिया गर्नुअघि नै, तिनीहरू तुरुन्तै तँलाई घृणा गर्छन् र तँलाई कसरी हानि गर्न सकिन्छ भनी विचार गर्छन्—के तिनीहरू तेरा कट्टर विरोधी होइनन् र? (हजुर, हो।) के कट्टर विरोधीसँग तेरो ठ्याक मिल्न सक्छ? के तिमीहरू एउटै मार्गमा हिँड्न सक्छौ? निश्चय नै सक्दैनौ। त्यसोभए के तँ त्यस्ता मानिसहरूसँग झगडा र तर्क गर्छस्? (अहँ, म तिनीहरूसँग तर्क गर्दिनँ।) किन गर्दैनस्? किनभने तिनीहरू कुनै तर्क सुन्दैनन्। कतिपय मानिस सकारात्मक कुरा, सही कुरा, मानवजातिमाझको तुलनात्मक रूपमा असल कुराहरू, अर्थात् मानिसहरूले तृष्णा गर्ने र मन पराउने सकारात्मक कुराहरूप्रति भित्रैदेखि वितृष्ण राख्छन् र घृणा पाल्छन्; यस्ता मानिसहरूमा हुने एउटा स्पष्ट स्वभाव दुष्टता हो—तिनीहरू दुष्ट मानिस हुन्। उदाहरणका लागि, कुनै पुरुष प्रेमिका खोज्न जान्छ र सोच्छ, “उनी कुरूप भए पनि सुन्दर भए पनि, सद्गुणी र असल छिन्, अनि जीवनमा अघि बढ्न सक्छिन् भने, त्यो पर्याप्त हुन्छ। विशेष गरी मानवता र विश्वास भएको महिलाका हकमा भन्दा, म धनी होस् वा गरिब, कुरूप होस् वा सुन्दर, वा म बिरामी भए पनि, उनी मसँग रहन पूर्ण रूपमा कटिबद्ध हुनेछिन्।” शिष्ट मानिसहरू प्रायः यस्तो दृष्टिकोण राख्छन्। कस्तो प्रकारका मानिसहरू यस्तो दृष्टिकोण मन पराउँदैनन् वा अनुमोदन गर्दैनन्? (दुष्ट मानिसहरू।) त्यसोभए मलाई भन् त, दुष्ट मानिसहरू कस्तो दृष्टिकोण राख्छन्? यी वचनहरू सुन्दा तिनीहरू कस्तो प्रतिक्रिया जनाउँछन्? तिनीहरूले यसो भन्दै तेरो उपहास गर्छन्, “मूर्ख। हामी कुन युगमा छौँ? अनि तँ चाहिँ त्यस्तो व्यक्ति खोजिरहेको छस्? तैँले धनी र सुन्दर महिला खोज्नुपर्छ!” साधारण पुरुषहरू सुशील र सद्गुणी महिलाहरूलाई विवाह गर्छन् र तिनीहरू एकजुट र सुखी परिवार बनेर सुहाउँदो र उचित जीवन जिउँछन्; तिनीहरू जीवनमा आफूलाई आचरणमा ढाल्छन्। के दुष्ट मानिसहरू यसरी विचार गर्छन्? (गर्दैनन्।) तिनीहरू भन्छन्, “अहिले यस संसारमा, यदि कुनै पुरुषसँग १० जना वा त्यसभन्दा बढी प्रेमिका र धेरै श्रीमती छैनन् भने के उसलाई पुरुष भन्न मिल्छ? यदि उसलाई पुरुष भन्न मिल्दैन भने, त्यो जीवन बेकार हो!” तिनीहरू सबै यही दृष्टिकोण राख्छन्। तँ तिनीहरूलाई “सुशील, सद्गुणी, र असल महिला, विशेष गरी मानवता र विश्वास भएकी महिला खोज” भनेर भन्छस्, तर के यो तिनीहरूलाई स्वीकार्य हुन्छ? (हुँदैन।) तिनीहरू तँलाई यसो भन्दै उपहास गर्छन् “तँ कति मूर्ख! अहिले संसारमा कसैले पनि अरूका मामलामा टाउको दुखाउँदैन, सबै जना स्वतन्त्र र मुक्त रूपमा जिउँछन्। विशेष गरी जब तँ चीन छोडेर पश्चिमी देशमा जान्छस्, तब कसैको अरनखटन र धम्कीविना झनै स्वतन्त्र हुन्छस्। किन तँ आफूसँग यति कठोर हुन्छस्? तँ साह्रै मूर्ख होस्!” तिनीहरूले राख्ने दृष्टिकोण यही हो। त्यसोभए, तैँले तिनीहरूलाई सकारात्मक कुरा, सत्यता र इन्साफसँग सम्बन्धित मानिसका सबैभन्दा अद्भुत सकारात्मक कुराहरूबारे बताउँदा तिनीहरूलाई कस्तो लाग्छ? तिनीहरू छिछिदुरदुर गर्छन् र तँलाई हृदयमा सराप्छन्। तिनीहरूलाई तँ यस्तो व्यक्ति होस् भन्ने थाहा भएपछि, तिनीहरूको हृदय तँदेखि सतर्क हुनेछ, र तिनीहरू तँदेखि जोगिनेछन्। उस्तै प्रकारका नहुने मानिसहरू एउटै मार्ग पछ्याउँदैनन्। तँ तिनीहरूजस्ता मानिसहरूलाई छिछिदुरदुर गर्छस्, र तिनीहरू हृदयमा तँजस्ता मानिसहरूलाई तुच्छ ठान्छन् भन्ने कुरा थाहा हुन्छ। तिनीहरू आफू कति राम्रा फेसनदार लुगा लगाएर अरूसँग अल्लारिएर हिँड्छन् भन्नेबारे तँसँग कुरा गर्न चाहँदैनन्। तिनीहरूलाई तैँले तिनीहरूसँग सत्यतामा सङ्गति गर्नेछस् र तिनीहरूलाई सही मार्ग पछ्याउन लगाउने प्रयास गर्नेछस् भन्ने डर लाग्छ, र तिनीहरू अति नै छिछिदुरदुर गर्छन्; अर्को शब्दमा भन्दा, तिनीहरू भित्री मनमा सबै सकारात्मक कुराहरूलाई तुच्छ ठान्छन्। त्यसकारण, यदि तिमीहरूले सुसमाचार प्रचार गर्ने क्रममा त्यस्ता मानिसहरूलाई भेट्यौ भने, तिनीहरूलाई प्रचार गर्नु हुँदैन। तैँले प्रचार गरेर तिनीहरूले विश्वास गरे पनि, तिनीहरू अझै पनि ख्रीष्टविरोधी नै हुन् र तिनीहरूले मुक्ति पाउन सक्दैनन्। किन तिमीहरू यहाँ बसेर मेरो प्रवचन सुन्न सक्छौ? के यो तिमीहरूमा थोरै भए पनि सत्यतालाई प्रेम गर्ने हृदय भएकाले होइन र? मैले तिमीहरूसँग कुरा गर्दै गर्दा, यदि तिमीहरूमा पवित्र आत्माले काम गरेको छ भने, तिमीहरू हृदयमा उत्प्रेरित र प्रोत्साहित हुनेछौ, अनि तिमीहरूले इन्साफ, सत्यता, र मुक्ति पछ्याउनका लागि आफूलाई अर्पण गर्न, कष्ट भोग्न, र आफूलाई समर्पित गर्न चाहनेछौ। ती दुष्ट व्यक्तिहरूलाई कसैले इन्साफ, सत्यता, र परमेश्वरका लागि आफूलाई समर्पित गर्नेबारे कुरा गरेको सुन्नेबित्तिकै यी शब्दहरू खोक्रा छन्, ती नारा हुन्, ती बुझ्न नसकिने कुरा हुन् भन्ने लाग्छ, र तिनीहरू त्यस्ता मानिसहरूलाई भेदभाव गर्छन्। त्यसकारण, तिमीहरूले यी दुष्ट मानिसहरूलाई भेट्दा, तिनीहरूसँग कुनै कुरामा सङ्गति नगर, तिमीहरू तिनीहरूजस्ता मानिस होइनौ, त्यसकारण आफूलाई टाढा राख। मैले त्यस्ता मानिसहरूलाई भेट्दा र तिनीहरूमा मेरा बारेमा यस्तो मनोवृत्ति छ र तिनीहरूले त्यस्ता शैलीमा बोल्छन् भन्ने देख्दा, के मैले तिनीहरूलाई काटछाँट गरेर भाषण दिनुपर्छ? (अहँ, त्यसो गर्नु पर्दैन।) यसो गर्नु आवश्यक छैन, तिनलाई ध्यान दिनु पर्दैन, तिनीहरूलाई प्रतिक्रिया दिनु पर्दैन। के तँ तिनीहरूलाई प्रतिक्रिया दिएर परिवर्तन गर्न सक्छस्? तँ तिनीहरूलाई परिवर्तन गर्न सक्दैनस्। तिनीहरूलाई एकातिर पन्छाएर त्यहीँ छोड्; यस्ता मानिसहरू परमेश्वरप्रतिको आफ्ना विश्वासमा लामो समयसम्म टिक्न सक्दैनन्। एक: तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्; दुई: तिनीहरू सकारात्मक कुराहरूलाई छिछिदुरदुर गर्छन्; तीन: तिनीहरू परमेश्वरलाई भेदभाव गर्छन्, परमेश्वरको स्वभाव र उहाँबारेका प्रिय सबै कुरालाई सबैभन्दा कम आदरको र सबैभन्दा तिरस्कृत ठान्छन्—यी कुराहरूले तिनीहरूलाई परमेश्वरले कहिल्यै पनि मुक्ति दिनुहुनेछैन भनेर निर्धारित गर्छन्। त्यस्ता मानिसहरू जहाँ भए पनि, तिनीहरू निष्कपट भए पनि वा विश्वासघाती भए पनि, तिनीहरूमा यी प्रकटीकरणहरू हुनुले तिनीहरूको स्वभावमा पक्कै पनि केही दुष्टता छ भन्ने कुरा निर्धारित गर्छ।
जहाँ कुनै ख्रीष्टविरोधीले प्रभुत्व जमाउँछ, त्यहाँ मण्डली जीवन र परमेश्वरका चुनिएका मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गरेर हासिल गरेका नतिजाहरू असल हुनेछैनन्, अनि परमेश्वरको घरका काममा रोकावट हुनेछ, त्यसकारण यदि ख्रीष्टविरोधीहरूलाई तह लगाइएन र निष्कासित गरिएन भने, मण्डलीका काममा ठूलो घाटा हुनेछ र परमेश्वरका चुनिएका धेरै मानिसलाई हानि पुग्नेछ! झूटा अगुवाहरूले मुख्यतः वास्तविक काम गर्न सक्दैनन्, र जब तिनीहरू केही सामान्य मामलाहरू सम्हाल्छन्, तब ढिलो प्रगति गर्छन् र प्रभावकारी हुँदैनन्। त्यसबाहेक, तिनीहरूलाई सत्यता पछ्याउने असल क्षमताका असल मानिसहरूलाई कसरी संवर्धन र प्रयोग गर्ने भनेर थाहा हुँदैन। अनि ख्रीष्टविरोधीहरूबारे के भन्ने? जब कुनै ख्रीष्टविरोधीले प्रभुत्व जमाउँछ, तब आफ्नो ख्याति, प्राप्ति, र हैसियतको खातिर मात्रै कामकुरा गर्छ, उसले वास्तविक काम पटक्कै गर्दैन, र सिधै मण्डलीका काममा बाधा र अवरोध पुऱ्याउँछ—ख्रीष्टविरोधीहरू निश्चित रूपमा विनाशकारी कार्यमा संलग्न हुन्छन् र तिनीहरू शैतानभन्दा फरक हुँदैनन्। यदि ख्रीष्टविरोधीले सत्यतालाई प्रेम गर्ने र पछ्याउने कतिपय मानिसलाई देख्यो भने, उसलाई असहज लाग्छ। यो असहजता कहाँबाट आउँछ? यो तिनीहरूको दुष्ट स्वभावबाट आउँछ, अर्थात्, तिनीहरूका प्रकृतिमा इन्साफ, सकारात्मक कुरा, सत्यतालाई घृणा गर्ने, र परमेश्वरको विरोध गर्ने दुष्ट स्वभाव हुन्छ। त्यसकारण, तिनीहरूले कुनै व्यक्तिले सत्यता पछ्याएको देख्दा, भन्छन्, “तिमी त्यति शिक्षित र त्यति हेर्न लायक छैनौ, तैपनि खुब सत्यता पछ्याउँछौ।” यसले कस्तो मनोवृत्तिलाई देखाउँछ? यो तिरस्कार हो। उदाहरणका लागि, कतिपय दाजुभाइ-दिदीबहिनीहरूमा केही प्रतिभा वा विशेष सिप हुन्छ र उनीहरू सम्बन्धित कर्तव्य पूरा गर्न चाहन्छन्। वास्तवमा, तिनीहरूका विभिन्न अवस्थाका सन्दर्भमा यो उपयुक्त कुरा हो, तर ख्रीष्टविरोधीहरू त्यस्ता दाजुभाइ-दिदीबहिनीहरूलाई कस्तो व्यवहार गर्छन्? तिनीहरू हृदयमा सोच्छन्, “यदि तिमी यो कर्तव्य निर्वाह गर्न चाहन्छौ भने तिमीले सुरुमा मलाई चेपारो घसेर मेरो गुटको मान्छे बन्नुपर्छ, त्यसपछि मात्रै म तिमीलाई यो कर्तव्य निर्वाह गर्न अनुमति दिनेछु। नत्र भने, सपना देखेर बस!” के ख्रीष्टविरोधीहरू यसरी नै व्यवहार गर्दैनन् र? किन ख्रीष्टविरोधीहरू परमेश्वरमा सच्चा विश्वास गर्ने, केही इन्साफको बोध गर्ने र केही मानवता हुने, अनि सत्यता पछ्याउन केही प्रयास गर्ने मानिसहरूलाई यति छिछिदुरदुर गर्छन्? किन तिनीहरू सधैँ त्यस्ता मानिसहरूविपरीत हुन्छन्? जब तिनीहरू सत्यता पछ्याउने र राम्रो व्यवहार गर्ने, कहिल्यै नकारात्मक नहुने र दयालु अभिप्राय भएका मानिसहरू देख्छन्, तब तिनीहरूलाई असहज लाग्छ। ख्रीष्टविरोधीहरू निष्पक्ष रूपमा काम गर्ने, सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने, सत्यता बुझेपछि अभ्यास गर्न सक्ने मानिसहरूलाई देख्दा एकदमै रिसाउँछन्, ती मानिसहरूलाई सास्ती दिने उपाय सोच्दै आफ्नो दिमाग खियाउँछन्, र तिनीहरूका लागि परिस्थिति कठिन बनाउने प्रयास गर्छन्। यदि कसैले ख्रीष्टविरोधीको प्रकृति सार, कपट र दुष्टतालाई छर्लङ्गै देख्यो अनि उसको खुलासा र रिपोर्ट गर्न चाह्यो भने, त्यो ख्रीष्टविरोधीले के गर्नेछ? ख्रीष्टविरोधीले आफ्नो आँखाको यो कसिङ्गर र शरीरमा बिजेको काँडा हटाउन सक्ने हरउपाय सोच्नेछ अनि दाजुभाइ-दिदीबहिनीहरूलाई यस व्यक्तिलाई इन्कार गर्न उक्साउनेछ। कुनै साधारण दाजुभाइ-दिदीबहिनीका मण्डलीमा प्रतिष्ठा र हैसियत हुँदैन; उनीहरूले यस ख्रीष्टविरोधीलाई केही खुट्ट्याएका मात्रै हुन्छन् र उनीहरू यस ख्रीष्टविरोधीका निम्ति कुनै खतरा हुँदैनन्। त्यसोभए किन ख्रीष्टविरोधी उनीहरूलाई कहिल्यै मन पराउँदैन र उनीहरूलाई आफ्नो आँखाको कसिङ्गर र शरीरमा बिजेको काँडा ठान्छ? यो व्यक्ति कसरी ख्रीष्टविरोधीका मार्गमा हुन्छ? किन ख्रीष्टविरोधीले त्यस्ता मानिसहरूलाई ठाउँ दिन सक्दैन? किनभने ख्रीष्टविरोधीभित्र दुष्ट स्वभाव हुन्छ। ऊ सत्यता वा सही मार्ग पछ्याउने मानिसहरूलाई सहन सक्दैन। ऊ सही मार्ग पछ्याउन चाहने जोकोहीविरुद्ध आफूलाई खडा गर्छ र जानाजानी तेरा लागि परिस्थिति कठिन बनाउँछ, र तँलाई हटाउने उपाय सोच्दै आफ्नो दिमाग खियाउँछ, अन्यथा उसले तँ नकारात्मक र कमजोर बनोस् भनेर तँलाई दमन गर्नेछ, वा उसले अरूले तँलाई इन्कार गरून् भनेर तेरो कमजोरीको फाइदा उठाएर त्यसलाई चारैतिर फैलाउनेछ, त्यसपछि ऊ खुसी हुन्छ। यदि तैँले त्यसको कुरा सुनिनस् वा उसको कुरा मानिनस्, र सत्यता पछ्याइरहिस्, सही मार्ग पछ्याइस्, अनि असल व्यक्ति बनिस् भने, उसलाई हृदयमा अप्ठ्यारो हुन्छ, र तैँले आफ्नो कर्तव्य निर्वाह गरेको देखेर ऊ व्याकुल र असहज हुन्छ। यो के भएको हो? के तैँले उसलाई नाराज बनाएको हुन्छस्? अहँ, बनाएको हुँदैनस्। तैँले उसलाई केही नगरेको वा उसका हितमा कुनै हानि नगरेको भए पनि किन ऊ तँलाई त्यस्तो व्यवहार गर्छ? यसले यस्तो कुरा अर्थात् ख्रीष्टविरोधीहरूको प्रकृति दुष्ट छ, र तिनीहरू भित्री रूपमै इन्साफ, सकारात्मक कुरा, र सत्यताको विरोध गर्छन् भन्ने कुरालाई मात्रै देखाउँछ। यदि तैँले उसलाई वास्तवमा के भएको भनेर सोधिस् भने, उसलाई त्यो थाहासमेत हुँदैन; उसले जानाजानी तेरा लागि परिस्थिति गाह्रो मात्र बनाउँछ। यदि तैँले एउटा तरिकामा काम गर्न भनिस् भने, उसले अर्को तरिकाले नै गर्नुपर्छ; यदि तैँले फलानो व्यक्ति ठिक छैन भनिस् भने, ऊ त्यो व्यक्ति राम्रो छ भन्छ; यदि तैँले यो सुसमाचार प्रचार गर्ने राम्रो तरिका हो भनिस् भने, उसले त्यो खराब तरिका हो भन्छ; यदि तैँले परमेश्वरमा विश्वास गरेको एक-दुई वर्ष मात्रै भएकी एउटी सिस्टर नकारात्मक र कमजोर बनेकी छिन् र उनलाई सहयोग गर्नुपर्छ भनेर भनिस् भने, ऊ भन्छ, “त्यो गर्नु पर्दैन, उनी तिमीभन्दा बलियो छिन्।” छोटकरीमा भन्दा, ऊ सधैँ तेरो विपरीत हुन्छ र जानाजानी तेरो विपरीत कार्य गर्छ। तेरो विपरीत हुनुपछाडि तिनीहरूको सिद्धान्त के हो? के हो भने, तैँले सही भनेको कुरालाई ऊ गलत भन्छ, र तैँले गलत भनेको कुरालाई ऊ सही भन्छ। के उसका कार्यमा कुनै सत्यता सिद्धान्तहरू हुन्छन्? कुनै पनि हुँदैन। ऊ तँलाई मूर्ख बनाउन, तेरो पर्दाफास गर्न, तोड्न, हतोत्साहित पार्न मात्रै चाहन्छ ताकि तैँले आफ्नो शिर उठाउन नसकेस्, तैँले सत्यता पछ्याउन छोडेस्, तँ कमजोर बनेस्, र तैँले अब विश्वास नगरेस्, त्यसपछि उसको उद्देश्य पूरा हुन्छ, र उसलाई आफ्नो हृदयमा आनन्द लाग्छ। यो के भएको हो? ख्रीष्टविरोधी प्रकारका मानिसहरूको दुष्ट सार यही हो। यदि तिनीहरूले परमेश्वरको प्रशंसा गरिरहेका र उहाँको गवाही दिइरहेका अनि तिनीहरूलाई कुनै ध्यान नदिइरहेका दाजुभाइ-दिदीबहिनीहरूलाई देखे भने, के तिनीहरू खुसी हुन्छन्? अहँ, हुँदैनन्। तिनीहरूलाई कस्तो लाग्छ? तिनीहरूलाई डाह लाग्छ। सामान्यतया, जब मानिसहरू कसैले अर्को व्यक्तिको प्रशंसा गरेको सुन्छन्, तब तिनीहरूको सामान्य प्रतिक्रिया यस्तो हुन्छ, “म पनि निकै राम्रो छु; किन मेरो चाहिँ प्रशंसा नगरिएको?” तिनीहरूमा यस्तो सानो विचार हुन्छ, तर जब तिनीहरू कसैले परमेश्वरको गवाही दिएको सुन्छन्, तब सोच्छन्, “उसमा त्यस्तो अनुभव छ र ऊ यस्तो गवाही दिन्छ, र सबैले उसलाई अनुमोदन गर्छन्। उसमा यस्तो बुझाइ छ; ममा किन यस्तो बुझाइ छैन?” तिनीहरू यस व्यक्तिलाई ईर्ष्या र प्रशंसा गर्छन्। ख्रीष्टविरोधीहरूमा निश्चित विशेषता हुन्छ: जब तिनीहरू कसैले “यो परमेश्वरको काम हो, यो परमेश्वरको अनुशासन हो, यी परमेश्वरका कार्य, परमेश्वरका बन्दोबस्त हुन्, र म समर्पित हुन इच्छुक छु” भन्दै परमेश्वरको गवाही दिइरहेको सुन्छन्, तब ख्रीष्टविरोधीहरू दुःखी हुन्छन् र सोच्छन्, “तिमी सबथोक परमेश्वरको काम हो भन्छौ। के तिमीले परमेश्वरले कुनै कुरामाथि कसरी सार्वभौम राख्नुहुन्छ भन्ने देखेका छौ? परमेश्वर कुनै कुरा कसरी मिलाउनुहुन्छ भनेर के तिमीले महसुस गरेका छौ? मलाई कसरी यसबारे केही थाहा भएन?” एउटा पक्ष के हो भने शैतानले अय्यूबप्रति परमेश्वरको अनुमोदनलाई लिएको तरिकाका आधारमा तिनीहरू ठिक शैतानजस्तै हुन्। परमेश्वरले कुनै व्यक्तिलाई प्राप्त गर्नुहुँदा, ख्रीष्टविरोधीहरूको मानसिकता शैतानको जस्तै हुन्छ—तिनीहरूमा शैतानको स्वभाव हुन्छ। अर्को पक्ष के हो भने, यदि कसैले सत्यता बुझ्छ र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याएको छ, अनि ख्रीष्टविरोधीहरूलाई पछ्याउँदैन तर इन्कार गर्छ भने, ख्रीष्ट-विरोधीहरूमा बेकाबु मानसिकता हुन्छ, र तिनीहरू सोच्छन्, “म यो व्यक्तिलाई पटक्कै प्राप्त गर्न सक्दिनँ, त्यसैले म उसलाई खतम गर्नेछु!” त्यसकारण, अय्यूबलाई परीक्षाहरू आइपर्दा, परमेश्वरले शैतानलाई भन्नुभयो, “त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा।” यदि परमेश्वरले यसो नभन्नुभएको भए, के शैतानले कृपा देखाउनेथ्यो? (देखाउनेथिएन।) यो कुरा निश्चित छ; त्यसले पटक्कै कृपा देखाउनेथिएन।
ख्रीष्टविरोधीहरू सत्यता पछ्याउने र सत्यतालाई प्रेम गर्ने दाजुभाइ-दिदीबहिनीहरूप्रति, केही विश्वास भएका र केही बफादारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्ने मानिसहरूप्रति कस्तो मनोवृत्ति राख्छन्? अनि तिनीहरू परमेश्वरको गवाही दिन जीवन अनुभवहरूबारे कुरा गर्ने र दाजुभाइ-दिदीबहिनीहरूसँग प्रायजसो सत्यतामा सङ्गति गर्ने निश्चित मानिसहरूप्रति कस्तो मनोवृत्ति राख्छन्? (तिनीहरूलाई डाह र घृणा लाग्छ।) तिनीहरूको मनोवृत्ति केमा निर्भर हुन्छ? यो तिनीहरूको दुष्ट स्वभावमा निर्भर हुन्छ। त्यसकारण, जब तँ तिनीहरूले प्रायजसो कसैलाई कुनै स्पष्ट कारणविना दमन गरेको, कसैलाई घृणा गरेको, र निश्चित मानिसहरूलाई कष्ट दिएको देख्छस्, तब तँलाई कुनै ख्रीष्टविरोधीको दुष्ट स्वभाव कसैले पनि परिवर्तन गर्न सक्दैन, र त्यसले गहिरो जरा गाडेको र त्यो उसमा अन्तर्निहित हुन्छ भनेर थाहा हुनेछ। यस कुराबाट, ख्रीष्टविरोधी मानिसहरूले निश्चित रूपमा मुक्ति प्राप्त गर्न सक्दैनन् भन्ने कुरा देख्न सकिन्छ। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्वरको गवाही दिन दिँदैनन्, त्यसकारण के तिनीहरूले आफै परमेश्वरको गवाही दिन सक्छन् त? (सक्दैनन्।) तिनीहरू अरूले परमेश्वरको गवाही दिँदा तिनीहरूलाई यति घृणा लाग्छ कि तिनीहरू दाँतसमेत किट्छन्, त्यसैले मलाई भन् त, के तिनीहरू परमेश्वरको गवाही दिन सक्छन्? तिनीहरू परमेश्वरको गवाही दिन पूर्णतया असमर्थ हुन्छन्। कतिपय मानिस भन्छन्, “त्यो सही होइन, कतिपय ख्रीष्टविरोधी परमेश्वरको एकदमै राम्रो गवाही दिन्छन्, र यो सुन्दा दाजुभाइ-दिदीबहिनीहरू रुन्छन्।” यो कस्तो गवाही हो? यो साँचो गवाही हो कि होइन भनेर निर्धारित गर्न यस्तो “गवाही” सुन्नुपर्छ। मानौँ कुनै व्यक्तिको राम्रो जागिर र राम्रो परिवार छ र परमेश्वरद्वारा उत्प्रेरित भएर, उसले आफ्नो राम्रो जागिर र परिवार त्याग्छ अनि आफ्नो तनमन परमेश्वरमा समर्पित गर्छ; उसलाई हृदयमा दुःख लागे पनि, ऊ सबै कुरा त्याग्छ। दाजुभाइ-दिदीबहिनीहरू उसलाई भन्छन्, “के तपाईंलाई अलिकति पनि कमजोर महसुस भइरहेको छैन?” ऊ जवाफ दिन्छ, “अँ, थोरै भइरहेको छ, तर मैले आफ्नो परिवार र जागिर त्याग्न सक्नु भनेको, के त्यो सबै परमेश्वरको कार्य होइन र? म दैनिक दुई-तीन हजार, र महिनामा दशौँ हजार कमाउँथेँ, र मसँग धेरै सम्पत्ति थिए। मैले परमेश्वरमा विश्वास गरेपछि, आफ्नो कर्तव्य निर्वाह गर्न, मैले आफ्नो सम्पत्ति हेरचाह गर्न अरू कसैलाई सुम्पेँ।” अरूले सोध्छन्, “के तपाईंले आफ्नो सम्पत्ति अरू कसैलाई सुम्पेपछि त्यसको व्यवस्थापन गर्नुभएको छैन? के अहिले तपाईंसँग त्यसको कुनै अंश पनि छैन? तपाईंले कसरी आफ्नो सम्पत्ति त्याग्नुभयो?” ऊ जवाफ दिन्छ, “त्यो त परमेश्वरको कार्य हो।” के यो अति अस्पष्ट भएन र? (हो।) ती केवल खोक्रा शब्दहरू हुन्। त्यसबाहेक, के उसले आफ्नो आम्दानी कति धेरै थियो भनेर भन्नु घमण्ड गर्नु होइन र? किन ऊ यसो भन्छ? ऊ आफूले कति धेरै कुरा त्यागेको छु भनेर गवाही दिइरहेको हुन्छ। के उसले परमेश्वरको गवाही दिइरहेको हुन्छ? उसले आफ्नो थोरै “गौरवशाली” इतिहासको, आफूले विगतमा चुकाएको मूल्य र समर्पण गरेको कुराको, आफूले गरेको धेरै समर्पणको, र आफूमा परमेश्वरप्रति कुनै गुनासो नभएका सम्बन्धमा गवाही दिइरहेको हुन्छ। के यसको कुनै भागले परमेश्वरको गवाही दिन्छ? तैँले यी सबै कुरामा परमेश्वरले के गर्नुभएको छ भन्ने कुरा देखेको छैनस्, देखेको छस् र? ऊ परमेश्वरको गवाही दिन्छ भन्ने कुरा साँचो होइन; स्पष्टतया ऊ आफ्नो गवाही दिइरहेको हुन्छ, तैपनि ऊ परमेश्वरको गवाही दिइरहेको छु भनेर भन्छ! के यो छल होइन र? ऊ आफ्नो गवाही दिन परमेश्वरको गवाही दिइरहेको बहाना गर्छ—के यो पाखण्ड होइन र? त्यसोभए किन कतिपय मानिस यो सुन्दा एकदमै भावुक हुन्छन् र रोएको रोएकै गर्छन्? हाम्रा वरपर सबै प्रकारका मूर्खहरू हुन्छन्! कसैले परमेश्वरको गवाही दिएको उल्लेख गर्दा, ख्रीष्टविरोधीहरूले आफूले गरेका केही ससाना कुरा, आफूले अर्पण गरेका साना कुराहरू, र आफूलाई समर्पित गर्न बिताएका थोरै समयहरूबारे कुरा नगरी हुन्न, अनि समय बित्दै जाँदा, मानिसहरू ध्यान दिन छोड्छन्, त्यसकारण तिनीहरू भन्नका लागि नयाँ कुराहरू खोज्छन्, र यसरी तिनीहरू आफ्नै गवाही दिन्छन्। यदि कुनै व्यक्ति तिनीहरूभन्दा राम्रो छ र तिनीहरूले भन्दा राम्रो सङ्गति दिन सक्छ, सत्यताबाट केही प्रकाश दिन सक्छ भने, तिनीहरूलाई असहज लाग्छ। के तिनीहरूलाई सत्यताप्रति आफ्नो प्रयास अरूको भन्दा कमजोर भएकाले अनि आफू उत्कृष्ट हुन उत्सुक भएकाले असहज लाग्छ? होइन, तिनीहरू कसैलाई पनि आफूभन्दा असल हुन दिँदैनन्, अरू आफूभन्दा असल भएको सहन सक्दैनन्, र आफू अरूभन्दा असल हुँदा मात्रै खुसी हुन्छन्। के यो दुष्टता होइन र? यदि अरू कोही तँभन्दा असल छ र उसले तैँले भन्दा बढी सत्यता बुझेको छ भने, तैँले ऊबाट सिक्नुपर्छ—के यो राम्रो कुरा होइन र? यो सबै जना खुसी हुनुपर्ने कुरा हो। उदाहरणका लागि, मानव इतिहासमा परमेश्वरका अनुयायीहरूमध्ये अय्यूब भन्ने व्यक्ति थियो। के यो परमेश्वरको छ हजार वर्षे व्यवस्थापन कार्यमा भएको महिमित कुरा थियो कि अनादरपूर्ण कुरा थियो? (यो महिमित कुरा थियो।) यो महिमित कुरा थियो। तैँले यस मामिलाप्रति कस्तो मनोवृत्ति अपनाउनुपर्छ? तँमा कस्तो दृष्टिकोण हुनुपर्छ? तँ परमेश्वरप्रति खुसी हुनुपर्छ र उहाँका निम्ति हर्षोल्लास मनाउनुपर्छ, परमेश्वरको शक्तिको प्रशंसा गर्नुपर्छ, परमेश्वरले महिमा प्राप्त गर्नुभएको छ भनेर प्रशंसा गर्नुपर्छ—यो राम्रो कुरा थियो। यो एकदमै राम्रो कुरा थियो, तैपनि कतिपय मानिसलाई यसप्रति नफरत र तीव्र वितृष्णासमेत लाग्छ। के यो तिनीहरू दुष्ट हुनु होइन र? स्पष्टसित भन्नुपर्दा, यो तिनीहरू दुष्ट हुनु हो, र यो तिनीहरूको दुष्ट स्वभावले गर्दा हुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।