विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक) खण्ड तीन
कसरी ख्रीष्टविरोधीहरू दुष्ट, कपटी, र छली हुन्छन् भन्ने कुराको विश्लेषण
अ. सकारात्मक कुराहरू र सत्यताप्रति ख्रीष्टविरोधीहरूको शत्रुता र घृणाको विश्लेषण
हामीले ख्रीष्टविरोधीहरूको छैटौँ प्रकटीकरणलाई विश्लेषण गरिसकेका छौँ, र अब हामी सातौँ प्रकटीकरण विश्लेषण गर्न सुरु गर्नेछौँ: कसरी ख्रीष्टविरोधीहरू दुष्ट, कपटी, र छली हुन्छन्। कतिपय मानिस भन्छन्, “हामीले ख्रीष्टविरोधीहरूलाई विश्लेषण र खुलासा गरिरहेको तरिकालाई हेर्दा, के तिनीहरूलाई दुष्ट, कपटी, र छली भन्नु अत्यन्तै नरम कुरा होइन र? कसको पो स्वभाव अलि दुष्ट वा छली हुँदैन र? साधारण मानिसहरू सबैमा यी भ्रष्ट स्वभावहरू हुन्छन्, त्यसकारण यदि हामी यसरी ख्रीष्टविरोधीहरूलाई खुलासा र विश्लेषण गर्छौँ भने, के यसको अर्थ सबै जना ख्रीष्टविरोधी हुन् भन्ने होइन र?” के तिमीहरूमध्ये कसैलाई यस्तो लाग्छ? यदि तिमीहरूमध्ये कसैलाई यस्तो लाग्छ भने, तिमीहरू गलत छौ। के ख्रीष्टविरोधीहरूको दुष्टपन, कपट, अनि छलीपन र साधारण मानिसहरूमा हुने यी भ्रष्ट स्वभावहरूको प्रकटीकरण बीच कुनै भिन्नता छ? अवश्य नै भिन्नता छ, नत्र हामीले ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूमा यी स्वभावहरूलाई समावेश गर्नेथिएनौँ। आज म सुरुमा मुख्यतः यो भिन्नताबारे सङ्गति गर्नेछु, त्यसपछि ख्रीष्टविरोधीहरूको दुष्ट, कपटी, र छली स्वभावका केही वास्तविक उदाहरण र निश्चित प्रकटीकरणहरूबारे कुरा गर्नेछु। “दुष्ट,” “कपटी,” र “छली” शब्दहरूको शाब्दिक अर्थ बुझ्न सजिलो छ। कठिनाइ त ख्रीष्टविरोधी र साधारण मानिसहरूमा हुने यस्ता प्रकटीकरणहरूबीचको मूलभूत भिन्नतालाई खुट्ट्याउनु, हामी किन यी भ्रष्ट स्वभाव र सार भएको यस प्रकारको व्यक्तिलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्छौँ, अनि सारमा ख्रीष्टविरोधी र साधारण भ्रष्ट मानवजातिबीच के भिन्नता छ भनेर बुझ्नु पो हुन्छ त। प्रथमतः ख्रीष्टविरोधीहरू सत्यता र परमेश्वरप्रति खुलस्त रूपमा वैरभाव राख्छन्; तिनीहरू परमेश्वरका चुनिएका मानिसहरू, उहाँको पद, र मानिसहरूको हृदयका लागि उहाँसँग होड गर्छन्, अनि परमेश्वरका चुनिएका मानिसहरूको हृदय जित्न, र तिनीहरूलाई बहकाउन र पङ्गु बनाउन उनीहरूको वरपर विभिन्न कुरासमेत गर्छन्। छोटकरीमा भन्दा, ख्रीष्टविरोधीहरूको कार्य र व्यवहार, चाहे त्यो खुलस्त होस् वा गुप्त, सधैँ परमेश्वरविरोधी हुन्छ। किन म यो परमेश्वरविरोधी हुन्छ भनेर भन्छु? किनभने तिनीहरूलाई परमेश्वरको वचन सत्यता हो र उहाँ परमेश्वर हुनुहुन्छ भनेर राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू अझै उहाँको विरोध गर्छन् र सत्यतामा जसरी सङ्गति गरिए पनि त्यो स्वीकार गर्दैनन्। उदाहरणका लागि, कतिपय ख्रीष्टविरोधीहरूले कतिपय मानिसलाई लोभ्याएर बहकाउँछन् र नियन्त्रण गर्छन्। तिनीहरू यी मानिसहरूलाई तिनीहरूको आज्ञा मान्न र तिनीहरूलाई पछ्याउन लगाउँछन्, त्यसपछि जालझेल गरेर मण्डलीबाट सबै किसिमका पुस्तक र सामग्रीहरू लिन्छन्, र आफ्नै मण्डली र राज्य स्थापना गर्छन्, ताकि तिनीहरूलाई आफ्ना अनुयायीहरूले पछ्याउन र आराधना गर्न सकून्, त्यसपछि तिनीहरू मण्डलीको भरमा बाँच्न थाल्छन्। यस्तो व्यवहार स्पष्ट रूपमा नै तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूका लागि उहाँसँग होड गर्नु हो—के यो ख्रीष्टविरोधीहरूको विशेषता होइन र? के यो स्पष्ट विशेषताका आधारमा यी मानिसहरूलाई ख्रीष्टविरोधी भनेर चित्रण गर्नु न्यायसङ्गत हुँदैन? यो पटक्कै न्यायसङ्गत नहुने हुँदैन—यो चित्रण एकदमै सटीक छ! मण्डलीभित्र गुटबन्दी गरेर मण्डली भत्काउने कतिपय ख्रीष्टविरोधी पनि छन्। तिनीहरू मण्डलीभित्र निरन्तर आफ्नै शक्ति वृद्धि गर्छन्, र तिनीहरूसँग असहमत हुनेहरूलाई हटाउँछन्। त्यसपछि तिनीहरू आफ्नो शक्ति गठन गर्न र सबैलाई आफूले भनेको कुरा गर्न लगाउन तिनीहरूको कुरा सुन्ने र तिनीहरूलाई पछ्याउनेहरूलाई आफ्ना पक्षमा राख्छन्। के यो तिनीहरूले आफ्नै राज्य स्थापना गर्नु होइन र? माथिसँग जेजस्तो कार्य व्यवस्था वा मागहरू भए पनि, तिनीहरू ती पूरा गर्न मान्दैनन्, बरु आफ्नै शैलीमा काम गर्छन्, जसले गर्दा तिनीहरूले आफ्ना अनुयायीहरूलाई खुलस्त रूपमा माथिको विरोध गर्न लगाउँछन्। उदाहरणका लागि, परमेश्वरको घरले वास्तविक काम गर्न नसक्ने अगुवाहरू र कामदारहरूलाई तुरुन्तै बर्खास्त गरियोस् भन्ने माग गर्छ। तैपनि, ख्रीष्टविरोधीले यस्तो सोच्नेछ: “कतिपय अगुवाहरू र कामदारहरू वास्तविक काम गर्न नसक्ने भए पनि, मलाई साथ दिन्छन् र अनुमोदन गर्छन्, अनि मैले तिनीहरूलाई संवर्धन गरिरहेको छु। माथिले पहिला मलाई नहटाएसम्म यी मानिसहरूलाई बर्खास्त गर्ने कुरै आउँदैन।” मलाई भन् त, के त्यो मण्डली ख्रीष्टविरोधीका नियन्त्रणमा छैन र? परमेश्वरको घरका कामका प्रबन्धहरू ख्रीष्टविरोधीका कारण पूरा हुन सक्दैनन्। जब कार्य व्यवस्था जारी भएको धेरै भएको हुन्छ, र हरेक मण्डलीले ती कसरी गरिएको छ, जस्तै कस्ता परिस्थितिका कारण कसको कर्तव्य समायोजन भएको छ वा कसलाई बर्खास्त गरिएको छ भनेर रिपोर्ट गरेको हुन्छ, त्यति बेला ख्रीष्टविरोधीले कुनै कुराको कहिल्यै रिपोर्ट दिँदैन र कसैको कर्तव्य समायोजन गर्दैन। कतिपय मानिस सधैँ आफ्ना कर्तव्यमा झारा टार्छन्, जसले गर्दा मण्डलीका काममा गम्भीर असर पर्छ, तर ख्रीष्टविरोधीले तिनीहरूको कर्तव्य समायोजन गर्दैन। माथिले ख्रीष्टविरोधीलाई यी मानिसहरूलाई बर्खास्त गर्नू भनेर भन्नुहुँदा समेत, धेरै लामो समयसम्म पनि जवाफ दिँदैन। के यसमा समस्या छैन र? माथिले कार्य व्यवस्था लागू गर्न अह्राउँदा वा कुनै कुराबारे सोधपुछ गर्ने प्रयास गर्दा, ख्रीष्टविरोधीबाट कुनै प्रतिफल निस्कँदैन। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई यसबारे केही थाहा हुँदैन, तिनीहरूले कुनै खबर पाउँदैनन्, र तिनीहरू माथिसँग सम्पर्कविहीन हुन्छन्—मण्डली पूर्ण रूपमा त्यो एक व्यक्तिका नियन्त्रणमा हुन्छ। ख्रीष्टविरोधीले यसरी कार्य गर्नुको प्रकृति के हो? यस ख्रीष्टविरोधीले मण्डलीलाई नियन्त्रण गर्नु हो। ख्रीष्टविरोधीहरू मण्डलीमा गुटबन्दी गर्छन्, आफ्नै राज्य स्थापना गर्छन्, परमेश्वरको घरको विरोध गर्छन्, र परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्छन्। मानिसहरू पवित्र आत्माको काम गुमाउँछन्, परमेश्वरको उपस्थिति महसुस गर्न सक्दैनन्, तिनीहरूलाई कुनै शान्ति वा आनन्द हुँदैन, तिनीहरू परमेश्वरमाथिको विश्वास गुमाउँछन्, र आफ्नो कर्तव्य उत्साहका साथ निभाउन छोड्छन्। तिनीहरू नकारात्मक र चरित्रभ्रष्टसमेत बन्छन्, र तिनीहरूको जीवन सुस्त बन्छ। यी सबै कुरा ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउनु र नियन्त्रण गर्नुका परिणाम हुन्। अहिले, मुख्य भूमि चीनका सबै पाष्टरीय एकाइमा, धेरै झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुलासा र बर्खास्त गरिएको छ। तिनीहरूमध्ये, वास्तविक काम नगर्ने केही झूटा अगुवाहरू र झूटा कामदारहरू छन्। तिनीहरू सबैमा ख्रीष्टविरोधीहरूको प्रकटीकरण र स्वभाव थियो, तैपनि तिनीहरू ख्रीष्टविरोधी बन्ने हदमा त पुगेका थिएनन्, त्यसकारण तिनीहरूलाई बर्खास्त मात्रै गरियो। तैपनि, कतिपय मानिस आफूलाई सर्वेसर्वा ठान्थे, सबै कुरामा तिनीहरूकै अन्तिम निर्णय हुन्थ्यो, तिनीहरूले कार्य व्यवस्थालाई पूर्ण रूपमा उल्लङ्घन गरे र आफ्नै तरिकाले काम गरे, त्यसकारण तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरेर निष्कासित गरियो। झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने र तह लगाउने यो राम्रो तरिका हो! यी रिपोर्ट पत्रहरू देख्दा मलाई औधी खुसी लाग्छ, किनभने यसले परमेश्वरका चुनिएका कतिपय मानिसले धेरै वर्ष प्रवचनहरू सुनेपछि थोरै सत्यता बुझेका छन् भन्ने कुरा देखाउँछ। किन म तिनीहरूले थोरै सत्यता बुझेका छन् भनेर भन्छु? किनभने तिनीहरूले यी प्रवचनहरू सुनेपछि, ती जीवनमा आइपर्ने कतिपय मामलामा जोडेर लागू गर्न सक्छन्। तिनीहरूले यी सत्यताहरू सुनेपछि, त्यति नै बेला ती कुरा साँच्चै नबुझ्लान्, तर पछि मानिस र घटनाहरूलाई खुट्ट्याउन थाल्छन्। तिनीहरूले आफूलाई सर्वेसर्वा ठान्ने, वास्तविक काम नगर्ने, वास्तविक समस्याहरू समाधान गर्न नसक्ने, आफ्ना कर्तव्यमा झारा टार्ने र बोझ नलिने, अनि जिम्मेवारी बोध नहुने मानिसहरूलाई मापन गर्न सक्ने सिद्धान्त र मापदण्डहरू प्राप्त गर्छन्। के यो प्रगति होइन र? यो प्रगति हो। तिनीहरूमा कद छ भनेर भन्न सकिँदैन, तिनीहरूले थोरै सत्यता मात्रै बुझेका हुन्छन्। परमेश्वरका चुनिएका मानिसहरूले झूटा अगुवा, ख्रीष्टविरोधी, र वास्तविक काम नगर्ने अनि आफ्ना काममा अयोग्य कतिपय मानिसलाई केही हदसम्म खुट्ट्याउन सक्छन्—के यो राम्रो कुरा होइन र? यो राम्रो कुरा हो; यसले परमेश्वरका चुनिएका मानिसहरू सत्यता बुझ्छन् र तिनीहरूमा खुट्ट्याउने क्षमता छ, र तिनीहरू परमेश्वरका पक्षमा खडा भएर मण्डलीको कामको रक्षा गर्न सक्छन् भन्ने कुरा देखाउँछ—यो खुसी मनाउन लायक कुरा हो। ख्रीष्टविरोधीहरूले सत्यता बुझ्ने मानिसहरूलाई बहकाउनु असम्भव हुन्छ। तिनीहरूले सत्यता नबुझ्ने र खुट्ट्याउने क्षमता नहुने मानिसहरूलाई केही समयसम्म बहकाउन सक्लान्, तर कतिन्जेल? मलाई के विश्वास छ भने, मानिसहरू जति धेरै सत्यता बुझ्छन् र परमेश्वरमा जति धेरै विश्वास गर्छन्, तिनीहरूलाई ख्रीष्टविरोधीहरूको बन्धन र नियन्त्रण इन्कार गर्न र त्याग्न त्यति नै छोटो समय लाग्छ। त्यसकारण, हामीले ख्रीष्टविरोधीहरूका विभिन्न विस्तृत प्रकटीकरणहरूबारे सङ्गति गर्नु अझै अत्यावश्यक छ, नत्र भने यदि ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाए र नियन्त्रण गरे भने, तिनीहरूलाई मुक्ति प्राप्त गर्न असाध्यै गाह्रो हुनेछ।
मैले भर्खरै ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू र त्यस्ता मानिसहरूलाई ख्रीष्टविरोधी भनेर चित्रण गर्नुका कारणहरूलाई सरल शब्दहरूमा व्याख्या गरेँ। त्यसोभए, ख्रीष्टविरोधीहरूको दुष्टपन, कपट, अनि छलीपनका प्रकटीकरणहरू र साधारण मानिसहरूको भ्रष्ट स्वभावबीच के भिन्नता छ? के तिमीहरूले यसबारे कुनै कुरा बुझेका छौ? म तिमीहरूलाई एउटा कथा सुनाउँछु, र यो कथा अवश्य नै दुष्टपन, कपट, र छलीपनसँग सम्बन्धित छ। बाइबलको अय्यूबका पुस्तकमा परमेश्वर र शैतानबीच भएको कुराकानी लेखिएको छ। परमेश्वर शैतानलाई सोध्नुहुन्छ, “तँ कहाँबाट आइस्?” (अय्यूब १:७)। अनि शैतान कसरी जवाफ दिन्छ? (“पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)।) अहिलेसम्म, मानिसहरूले शैतानले यसो भन्नुको अर्थ के हो भनेर अझै बुझेका छैनन्—यो त्यसको स्वभावको प्रतिविम्ब हो। किन मानिसहरू शैतानले भन्न खोजेको कुरा बुझ्दैनन्? किनभने तैँले शैतान कहाँबाट आएको हो भनेर अझै पत्ता लगाएको छैनस्। शैतानले भनेका कुराको समस्या के हो? यहाँ एक प्रकारको स्वभाव छ, र त्यो दुष्ट स्वभाव हो। अहिलेका लागि त्यो हरफबारे कुरा गरी सकाऊँ अनि त्यसपछि हुने कुरालाई विश्लेषण गरौँ। शैतान परमेश्वरसामु आउँछ र त्यसले उहाँको प्रश्नको उत्तर दिएपछि, परमेश्वर शैतानलाई भन्नुहुन्छ, “के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्यो जस्तो सिद्ध र सोझो, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने पृथ्वीमा कोही पनि छैन” (अय्यूब १:८)। परमेश्वरले यसो भन्नुभएको सुन्दा सामान्य व्यक्तिले सामान्यतया कस्तो प्रतिक्रिया दिनेथ्यो? (उसले अय्यूबले कस्तो व्यवहार गऱ्यो भनेर हेर्न चाहनेथ्यो।) मानिसहरूले तुरुन्तै सोच्नेथ्यो, “अय्यूब परमेश्वरको भय मान्थे र दुष्टताबाट टाढा बस्थे र तिनी सिद्ध मानिस थिए। म तिनलाई निकै प्रशंसा गर्छु!” यो प्रशंसा कहाँबाट आउँछ? यो सामान्य मानवताभित्र हुने सकारात्मक कुराहरूप्रतिको तृष्णा, प्रेम, र चाहनाबाट पैदा हुन्छ। तर, यदि तँ सत्यतालाई प्रेम गर्दैनस् भने, तैँले यी वचनहरू सुन्दा के प्रकट गर्नेछस्? (तिरस्कार।) तैँले यी वचनहरूलाई तिरस्कार र बेवास्ता गर्नेछस्। त्यसपछि कतिपय मानिस सोच्छन्, “परमेश्वरको भय मान्नु र दुष्टताबाट अलग बस्नु? यो भय के हो? ‘दुष्टताबाट टाढा बस्नु’ भनेको के हो? आजभोलि सिद्ध मानिस कहाँ भेट्टाउन सकिन्छ?” यी वचनहरू सुनेपछि तिनीहरू केही पनि महसुस गर्दैनन् जस्तो देखिन्छ, त्यसकारण के तिनीहरूमा यी कुराहरूको तृष्णा र चाहना गर्ने हृदय छ? (छैन।) के तिनीहरू यी कुराहरूको चाहना गर्छन्? (गर्दैनन्।) के तिनीहरू यसभित्र केकस्ता कुरा छन् भनेर बुझ्न चाहन्छन्? के तिनीहरूमा यो इच्छा हुन्छ? अहँ, हुँदैन; तिनीहरू हृदयमा जान्न चाहँदैनन्। अय्यूब परमेश्वरको भय मान्थ्यो र दुष्टताबाट टाढा बस्थ्यो, तिनी सिद्ध मानिस थिए भनेर परमेश्वरले भन्नुभएको सुन्दा असामान्य प्रतिक्रिया दिने अर्को प्रकारको व्यक्ति पनि हुन्छ। तिनीहरू भन्छन्, “हँ? अय्यूब परमेश्वरको भय मान्थे र दुष्टताबाट टाढा बस्थे, र तिनी सिद्ध पुरुष थिए—के त्यस्तो व्यक्ति हुन्छ? तिनी कसरी सिद्ध थिए मलाई देखाउनुहोस्—मलाई यस कुरामा विश्वास लाग्दैन!” के यस्ता विचार र प्रकटीकरणहरू भएका यस्ता मानिसहरू परमेश्वरले बोल्नुभएका वचनहरूलाई साँचो रूपमा विश्वास र स्वीकार गर्छन्? (गर्दैनन्।) तिनीहरू ती साँचो रूपमा विश्वास वा स्वीकार गर्दैनन्। पहिलो कुरा, एउटा कुरा निश्चित छ: तिनीहरू परमेश्वरले भन्नुहुने कुरा साँचो, भरपर्दो, र सही हो भनेर स्वीकार गर्दैनन्, तिनीहरू परमेश्वरका वचनहरूलाई सत्यता, सृष्टिकर्ताका वचन, र सारा मानवजातिका लागि सर्वोच्च सत्यता ठान्दैनन्। तिनीहरूले परमेश्वरका वचनहरूलाई सत्यता नठान्ने हुनाले, परमेश्वरलाई कसरी हेर्छन्? तिनीहरूले परमेश्वरका वचनहरूलाई इन्कार गर्ने हुनाले, के तिनीहरूले परमेश्वर नै परमेश्वर हुनुहुन्छ भनेर स्विकार्न सक्ने सम्भावना छ? निश्चय नै छैन, किनभने तिनीहरू परमेश्वरका वचनहरूलाई इन्कार गर्छन्, परमेश्वरको दृष्टिकोणलाई इन्कार गर्छन्, र परमेश्वरका भनाइहरूलाई इन्कार गर्छन्, जसको अर्थ तिनीहरू परमेश्वरको अस्तित्वलाई इन्कार गर्छन् र उहाँ सबै सकारात्मक कुराहरूको वास्तविकता हुनुहुन्छ भन्ने कुरा इन्कार गर्छन्। यो निश्चित कुरा हो। अर्को कुरा पनि छ: यस्ता मानिसहरूमा परमेश्वरले व्यक्त गर्ने सत्यताहरूप्रति अनि सकारात्मक र नकारात्मक कुराहरूप्रति कस्तो मनोवृत्ति हुन्छ, र तिनीहरूको मनोवृत्तिपछाडि कस्तो स्वभाव लुकेको हुन्छ? अय्यूबबारे तिनीहरूको दृष्टिकोण के हुन्छ? “त्यो असम्भव छ! के संसारमा अझै पनि त्यस्तो व्यक्ति हुन सक्छ र? यो त ऐतिहासिक अवशेष मात्रै हो। त्यस्तो व्यक्ति यस संसारमा जिउनु हुँदैन। धोकेबाज र नराम्रो, खराब, र दुष्ट मानिसहरू मात्रै जिउनुपर्छ। अय्यूबजस्ता मानिसहरू मर्नुपर्छ, जिउनु हुँदैन!” यो कस्तो स्वभाव हो? (दुष्टपन।) यो शैतानको दुष्टपन हो। के अहिले मानवजातिमाझ शैतानको जस्तै दुष्ट स्वभाव भएका कुनै मानिसहरू छन्? कस्ता मानिसहरू परमेश्वरले “अय्यूब परमेश्वरको भय मान्छ र ऊ दुष्टताबाट टाढा बस्छ; ऊ सिद्ध मानिस हो” भनेर भन्नुभएको सुन्दा, विश्वास गर्दैनन्, त्यसलाई स्विकार्न मान्दैनन्, छिछिदूरदूर गर्छन् र घृणा गर्छन्, र तिनीहरूका हृदयमा श्रापसमेत आउँछ? के हामी यस्ता कुराहरू पैदा गर्ने मानिसहरू शैतानको प्रकार हुन् भनेर भन्न सक्छौँ? (सक्छौँ।) त्यसोभए, के यी मानिसहरूलाई ख्रीष्टविरोधी भनेर चित्रण गर्नु हदबाहिर जानु हो? (होइन।) परमेश्वरले शैतानलाई स्पष्ट र गम्भीर रूपमा “अय्यूब परमेश्वरको भय मान्छ र ऊ दुष्टताबाट टाढा बस्छ; ऊ सिद्ध मानिस हो” भनेर भन्नुहुँदा, शैतानको मनोवृत्ति कस्तो थियो? त्यसले यस तथ्यमा शङ्का गऱ्यो। यसको एउटा पक्ष के हो भने शैतानले अय्यूब त्यस्तो व्यक्ति हो भन्ने कुरामा शङ्का गऱ्यो र यो सम्भव छ भनेर सोचेन। किनभने शैतान दुष्ट छ र सबै कुरा दुष्ट छन् भन्ने विश्वास गर्छ; त्यसले मानवजातिमाझ त्यस्तो राम्रो व्यक्ति हुन सक्छ, जसलाई परमेश्वरले साँच्चै सिद्ध देख्न सक्नुहुन्छ भन्ने विश्वास गरेन—शैतानले यस तथ्यमा विश्वास गरेन। अर्को पक्ष के हो भने परमेश्वरले अय्यूबजस्तो असल मानिस पत्ता लगाउनुहुँदा, शैतानले आफ्ना हृदयमा के महसुस गऱ्यो? प्रथमतः अत्यन्तै सतही स्तरमा, त्यसलाई डाह लाग्यो, र सोच्यो, “कसरी सिद्ध मानिस हुन सक्छ? के मैले सारा मानवजातिलाई भ्रष्ट तुल्याएको छैनँ र? मानिसहरू सबै मजस्तै छन्, तिनीहरू सबैले तपाईंलाई धोका दिएका छन्। कसरी तिनीहरू तपाईंलाई पछ्याउन सक्छन्?” यदि हामीले यसलाई मानव भाषामा अनुवाद गऱ्यौँ भने, त्यो त्यसको मानसिकता थियो। शैतानले यो सम्भव छ भन्ने विश्वास गरेन, र त्यसले यो सम्भव छ भनेर विश्वास नगर्नुका दुई पक्ष छन्: पहिलो हो, शैतानले अय्यूब अस्तित्वमा नरहोस् भन्ने चाहन्थ्यो, दोस्रो हो, शैतानले यस्तो सोच्यो, “ऊ अस्तित्वमा रहे पनि, म त्यसलाई नष्ट गर्नेछु।” के यो शैतानको दुष्टपन होइन र? (हो।) यो शैतानको दुष्टपन थियो। त्यसले साँचो असल व्यक्ति, परमेश्वरको भय मान्ने र दुष्टताबाट टाढा बस्ने व्यक्ति परमेश्वरसामु आएको चाहँदैनथ्यो, त्यसले अय्यूबजस्तो व्यक्ति संसारमा जिएको चाहँदैनथ्यो, यस्तो व्यक्ति अस्तित्वमा होस् भन्ने चाहँदैनथ्यो, झन् यस्तो व्यक्ति पैदा भएको चाहनु त परको कुरा थियो—यो शैतानको दुष्टपन थियो। शैतानको दुष्टताको स्रोत के हो? यसको स्वभाव सार दुष्ट छ। त्यसबाहेक, शैतान सबै सकारात्मक कुराहरूविरोधी हो। “सबै सकारात्मक कुराहरू” मा के समावेश छ? यसमा परमेश्वरको भय मान्ने र दुष्टताबाट टाढा बस्ने अनि सिद्ध मानिसहरू समावेश छन्। के शैतानले अय्यूबप्रति वैरभाव राखेर परमेश्वरप्रति वैरभाव राखिरहेको थिएन र? (थियो।) वास्तविकता यही थियो। शैतानले अय्यूबप्रति वैरभाव राखिरहेको बेला, परमेश्वरलाई पनि घृणा गरिरहेको थियो। त्यसले कसैले पनि परमेश्वरको आराधना गरेको चाहँदैनथ्यो—यसले त्यसलाई सबैभन्दा खुसी बनाउनेथ्यो र यो त्यसको सबैभन्दा ठूलो इच्छा थियो। त्यसपछि, यी सबै कुरा यसले आशा गरेको, हेर्न चाहेको, र तृष्णा गरेको कुराको ठिक विपरीत बन्न गयो। त्यसको आँखाअगाडि नै यस्तो राम्रो कुरा हुन आयो, र पनि त्यसको दुष्टपन, क्रूरताले गर्दा त्यसले परमेश्वरसामु अर्को वार्तालाप गऱ्यो, जुन परमेश्वर र त्योबीच भएको निम्न संवाद हो। के कसैलाई मूल पद थाहा छ? (“के अय्यूबले परमेश्वरको भय त्यत्तिकै मान्छ र?” (अय्यूब १:९)।) शैतानले सिधै बोलेन, त्यसका शब्दहरूमा पासो लुकेको थियो। त्यसले यसो भन्यो, “के अय्यूबले परमेश्वरको भय त्यत्तिकै मान्छ र?” ताकि तैँले यसबारे विचार गर्न सकेस्। मलाई भन् त, के परमेश्वरलाई शैतानले यसो भन्नुको तात्पर्य के हो भन्ने थाहा थियो? (थियो।) परमेश्वरलाई थाहा थियो। परमेश्वरले शैतानलाई राम्ररी चिन्नुभएको थियो र यस विषयलाई एकदमै स्पष्टसित बुझ्न सक्नुहुन्थ्यो। शैतानले “के अय्यूबले परमेश्वरको भय त्यत्तिकै मान्छ र?” भन्नेबित्तिकै त्यसले के गर्छ भन्ने परमेश्वरलाई थाहा थियो। जब परमेश्वरले त्यो केही गर्न चाहन्छ भन्ने देख्नुभयो, तब उहाँलाई एउटा मौका आएको छ, आफूले अय्यूबलाई जाँच्ने प्रयासमा शैतानको प्रयोग गर्ने समय आएको छ भन्ने थाहा भयो। त्यसोभए, कोचाहिँ बुद्धिमान् थिए? (परमेश्वर।) शैतानलाई यो थाहा थिएन र त्यसले सोच्यो, “के परमेश्वरले मलाई अय्यूबलाई छुने अनुमति दिनुभएन र? उहाँले अहिले यस कुरामा सहमति जनाउनुहुनेछ भनेर मैले कहिल्यै अपेक्षा गरेको थिइनँ।” हामी कथालाई यहाँ छोड्नेछौँ। त्यसपछि के भयो भन्ने कुरा सबैलाई मूलतः थाहा छ।
अब हामी शैतानले भनेका कुरामा त्यसको प्रकटीकरण र स्वभाव, साथै यो कुरा भन्नुपछाडि त्यसको खास उत्प्रेरणा र अभिप्राय के थियो त्यसलाई विश्लेषण गरौँ। प्रथमतः शैतानले परमेश्वरले भन्नुभएका कुरामा विश्वास गरेन, अर्थात् त्यसले परमेश्वरले बोल्नुभएका वचनहरूको विषयवस्तु र तथ्यहरूप्रति शङ्कालु मनोवृत्ति राख्यो। त्यसले परमेश्वरले भन्नुभएका कुरामा शङ्का गर्नाका साथै परमेश्वरले भन्नुभएका कुरालाई इन्कार गर्न केही विधि प्रयोग गर्न चाह्यो, तर त्यस कुरालाई सिधै इन्कार गर्न सक्दैनथ्यो। शैतानको दुष्टपन कहाँ थियो? त्यो त्यसले हृदयमा यसो भन्दै अझ छली तरिका अपनाउनमा थियो, “म तपाईंलाई सिधै इन्कार गर्नेछैनँ। म तपाईंलाई अय्यूबलाई दुर्व्यवहार गर्न मलाई अनुमति दिने तुल्याउनेछु, त्यसपछि उसलाई तपाईंलाई इन्कार गर्न लगाउनेछु। यो नै सबैभन्दा राम्रो परिणाम हुनेछ। त्यसपछि त के तपाईं असफल हुनुहुनेछैन र?” त्यसको उद्देश्य यही थियो। शैतानले परमेश्वरसँगको कुराकानी र आफ्ना विचारहरूमा कस्तो स्वभाव प्रकट गऱ्यो? त्यो स्वभाव स्पष्ट रूपमा नै दुष्ट थियो। शैतानको दुष्टपन र साधारण भ्रष्ट मानवजातिको दुष्टपनबीच के भिन्नता छ? यहाँ शैतानले कस्तो भूमिका खेलिरहेको थियो? त्यसले सिधै खोज्दै अय्यूबकहाँ गएर उसलाई परमेश्वरलाई इन्कार गर्न लगाएन। यदि अय्यूबले प्रतिरोध गरेको भए, त्यो लाजमा पर्नेथियो, त्यसकारण शैतानले त्यस तरिकामा व्यवहार गरेन। त्यसोभए, शैतानले के गऱ्यो? शैतानले गरेका कुरामा खास गरी त्यसको उत्प्रेरणा र माध्यम र युक्तिहरू के थिए? (अर्काको माध्यमद्वारा आक्रमण गर्नु।) तँ साँच्चै शैतानलाई कम आँक्छस्; मानवले यसको दुष्टतालाई बुझ्न सक्दैन। संसारका सबै न्यायवान् र राम्रा सकारात्मक कुराहरू शैतानका लागि राम्रा हुँदैनन्—त्यसले यी सबै कुरा दुष्ट र अशुद्ध बनाउन चाहन्छ। शैतान र भ्रष्ट मानिसहरूबीच सबैभन्दा ठूलो भिन्नता के हो? सबैभन्दा ठूलो भिन्नता के हो भने त्यसलाई परमेश्वर सत्यता हुनुहुन्छ, उहाँसँग बुद्धि र अख्तियार छ, र परमेश्वर सबै सकारात्मक कुराहरूको स्रोत हुनुहुन्छ भन्ने कुरा राम्ररी थाहा छ, तैपनि त्यसले यी कुराहरू स्वीकार गर्दैन, बरु यी सबै कुरालाई तिरस्कार गर्छ, घिनाउँछ, घृणा गर्छ, र श्रापसमेत दिन्छ। तर भ्रष्ट मानिसहरूलाई शैतानले प्रायजसो बहकाउँछ, र तिनीहरूलाई सकारात्मक कुराहरू के हुन्, वा न्यायवान् कुराहरू के-के हुन् भन्ने थाहा हुँदैन, झन् सत्यता के हो वा परमेश्वर के माग गर्नुहुन्छ भनेर थाहा हुनु त परको कुरा हो। तिनीहरूले केही भ्रष्ट स्वभाव प्रकट गरे पनि, यी दुष्ट र छली भ्रष्ट स्वभावहरू मानिसहरू मूर्ख, अज्ञानी, भावशून्य, अन्धो हुँदा र छलमा पर्दा, र उनीहरूले सत्यता नबुझ्दा प्रकट हुन्छन्, जबकि शैतान भने जानाजानी गलत काम गर्छ। किन हामी त्यसलाई शैतान भन्छौँ? किनभने त्यसले परमेश्वरले आत्मिक क्षेत्र र सम्पूर्ण ब्रह्माण्डमा गर्ने सबै कुरा देख्न सक्छ र यो सब देखेर पनि, त्यसले परमेश्वर अस्तित्वमा हुनुहुन्छ, परमेश्वर सत्यता हुनुहुन्छ, र सारा मानवजातिमाथि परमेश्वरको सार्वभौमिकता छ भन्ने तथ्यलाई इन्कार गर्छ। जति नै धेरै मानिसले परमेश्वरलाई पछ्याए पनि, परमेश्वरले जति नै ठूलो काम गर्नुभए पनि, परमेश्वरले जति ठूलो अख्तियार चलाउनुभए पनि, वा परमेश्वर जति नै सर्वशक्तिमान् हुनुभए पनि, शैतानले अझै पनि यी सब कुरालाई इन्कार गर्छ र त्यसले लाज नमानी वा इज्जत नराखी मानवजातिलाई पङ्गु बनाउँछ, अन्धा तुल्याउँछ, र भ्रष्ट पार्छ, मानवजातिलाई बहकाउन र आफ्नो पछि लगाउन सबै किसिमका विधि प्रयोग गर्छ। मैले शैतानको दुष्टताका मुख्य प्रकटीकरणहरू भर्खरै भनेका कुरा के थिए? त्यसले परमेश्वरको प्रतिरोध गर्नमा विशेषज्ञता हासिल गर्छ, परमेश्वरले भन्ने कुरा जति नै सही भए पनि त्यसलाई स्वीकार गर्दैन, उहाँका वचनहरू सकारात्मक कुरा र सत्यता हुन् भनेर स्विकार्दैन, र त्यसले तिनीहरूलाई अन्योलमा पार्छ। उदाहरणका लागि, परमेश्वरले मानिसहरूलाई उहाँले मानिस सृष्टि गरेको इतिहास लेख्न लगाउनुभयो, र त्यसमा परमेश्वरले मानिस सृष्टि गरेको तथ्यका विवरणहरूबाहेक, भेट्टाउन सकिने प्रमाणका निसानहरू पनि छन्। अनि शैतानले के गऱ्यो? त्यसले “डार्विनको सिद्धान्त” बनाएर मानिस बाँदरबाट आएको हो भनेर भन्यो, त्यसले चित्र बनाएर बाँदरहरू क्रमिक रूपमा चारखुट्टे प्राणीबाट सिधा भएर हिँड्ने दुईखुट्टे मानिस बनेका हुन् भनेर देखायो, यो गलत शिक्षा र भ्रम सिर्जना गऱ्यो। परिणामस्वरूप, अहिले कतिपय मानिसले क्रमिक विकासको सिद्धान्तलाई इन्कार गरे पनि, धेरैले अझै पनि मानिस परमेश्वरले सृष्टि गर्नुभएको हो भनेर विश्वास गर्दैनन्। के यो शैतानको दुष्टपन होइन र? (हो।) यो शैतानको दुष्टपन हो। शैतानले व्यक्तिगत रूपमा परमेश्वरले गरेको जति नै ठूलो काम देखे पनि, अझै परमेश्वरलाई अन्त्यसम्मै शत्रु ठान्छ र विरोध गर्छ। परमेश्वर हरेक दिन शैतानलाई नष्ट गर्नुहुन्न वा त्यसलाई ठेगान लगाउनुहुन्न, त्यसले उहाँको निरन्तर विरोध गर्छ। शैतानको दुष्टपन यहीँ छ, र यसको मुख्य कारण नै त्यसको सार दुष्ट हुनु हो।
अय्यूबका पुस्तकमा लेखिएको शैतान र परमेश्वरबीच कुराकानीमा, के शैतानका प्रकटीकरणहरू र ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूबीच कुनै सम्बन्ध छ? (छ।) कस्तो सम्बन्ध? किन म यस खण्डलाई उल्लेख गरिरहेको छु? ख्रीष्टविरोधीहरूको दुष्टपन, कपट, र छलीपन तैँले प्रायः सामना गर्ने विषय हो, र यी कुराहरू तैँले बारम्बार देख्ने वास्तविक प्रकटीकरणहरू पनि हुन्, त्यसोभए किन म ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूलाई विश्लेषण गर्नका लागि एक्लो विषयका रूपमा अलग्गै सूचीकृत गरिरहेको छु? हामीले भर्खरै शैतानको दुष्टपन र त्यो कसरी निश्चित रूपमा परमेश्वरविरुद्ध खडा हुन्छ भन्नेबारे कुरा गऱ्यौँ, त्यसकारण के ख्रीष्टविरोधीहरू पनि यही गर्दैनन् र? (गर्छन्।) ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू के-के हुन्? कुनै ख्रीष्टविरोधीले प्रवचन सुनिसकेपछि, प्रवचन असल छ भन्ने थाहा पाउँछ र त्यसले यी वचनहरू बुझ्न सक्छ। त्यसबाहेक, तिनीहरूसँग केही क्षमता हुन्छ, र तिनीहरूले यी वचनहरू बुझेपछि, याद गर्न मेहनत गर्छन्, र आफूलाई मन पर्ने र आफ्नो धारणाअनुरूपका कुराहरू मनमा कण्ठ गर्न मेहनत गर्छन्। त्यसपछि, यस आधारमा, त्यसले अघि सरेर आफ्नो प्रवचन प्रतिपादन गर्छ, जुन अरूले सुन्दा निकै राम्रो मान्छन्। तर यो ख्रीष्टविरोधीको दुष्टपनको प्रमुख प्रकटीकरण होइन; तिनीहरूको प्रमुख प्रकटीकरण के हो? यस्ता मानिसहरूले सत्यता बुझ्न सक्छन्, त्यसकारण मलाई भन् त, के तिनीहरूमा सही र गलतबीच भिन्नता छुट्याउने क्षमता हुन्छ? (हुन्छ।) हो, तिनीहरूमा हुन्छ, तिनीहरू मूर्ख हुँदैनन्। उदाहरणका लागि, तिनीहरू प्रायजसो दाजुभाइ-दिदीबहिनीहरूका सम्पर्कमा आउँछन्, र तिनीहरूलाई कुन-कुन मानिसहरू सत्यता पछ्याउँछन् र कुन-कुनले पछ्याउँदैनन् भनेर हृदयमा थाहा हुन्छ। तिनीहरूलाई कसले आफूलाई समर्पित गर्न र कामकुरा त्याग्न सक्छ, कसले आफ्नो कर्तव्य निष्ठापूर्वक निभाउन सक्छ, अनि कसले साधारण मामलाहरू सामना गर्दा सत्यता अभ्यास गर्ने र सिद्धान्तअनुसार काम गर्ने अवश्य नै निर्णय गर्न सक्छ भनी हृदयमा थाहा हुन्छ। तर के तिनीहरू त्यस्ता मानिसहरूलाई उचित व्यवहार गर्न सक्छन्? (सक्दैनन्।) कसरी तिनीहरू ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूसँग सम्बन्धित हुने तरिकाले मानिसहरूलाई व्यवहार गर्छन्? उदाहरणका लागि, कसैले तिनीहरूका लागि कुनै खतरा पैदा गर्दैन, र तिनीहरू सोच्छन्, “तिमी सत्यता पछ्याउँछौ र तिम्रो क्षमता मेरोभन्दा राम्रो छ, तर म तिमीलाई बढुवा गर्नेछैनँ। मैले तिमीलाई बढुवा नगर्नुको अर्थ म तिमीलाई बेवास्ता गर्छु भन्ने होइन। यदि तिमीले मेरो चापलुसी गऱ्यौ भने म तिमीलाई मेरा साथमा राख्नेछु। यदि तिमीले कहिल्यै मेरो चापलुसी गरेनौ र तिमी सधैँ सोझो हुन्छौ, सधैँ निष्पक्ष तरिकाले काम गर्छौ र सिद्धान्तहरू पालना गर्छौ भने, तिमीले मैले गर्ने कुनै पनि खराब कुरा खुट्ट्याउन र मलाई छर्लङ्गै देख्न सक्छौ, अनि मलाई पश्चात्ताप गराउन मसँग सत्यतामा सङ्गति गर्नेछौ, र त्यसले मलाई साह्रै लाजमा पार्नेछ। यदि तिमी मलाई हस्तक्षेप गर्दैनौ भने, ठिकै छ। यदि तिमी सधैँ मलाई हस्तक्षेप गर्छौ भने, म तिमीलाई हटाउनेछु!” तिनीहरूको योजना यस्तो हुन्छ, र तिनीहरू हृदयमा यसरी हिसाबकिताब गर्छन्। यो कस्तो स्वभाव हो? तिनीहरूमा दुईवटा स्वभाव हुन्छ: क्रूरता र दुष्टपन। तिनीहरू यस्तो कार्य गर्नु र यस व्यक्तिलाई कष्ट दिनुअघि यसरी नै सोच्छन्—यो दुष्टता हो। यस व्यक्तिले सत्यता पछ्याउँछ र उसमा इन्साफको बोध छ भन्ने तिनीहरूलाई राम्ररी थाहा हुन्छ, तर तिनीहरू उसलाई बढुवा गर्दैनन्, उसको नजिक जाँदैनन्, र हृदयमा यस व्यक्तिप्रति सतर्क हुन्छन् र छिछिदूरदूरको महसुस गर्छन्—यो कस्तो स्वभाव हो? यो दुष्टता हो। यस दुष्टपनले केलाई जनाउँछ? ख्रीष्टविरोधीहरू सकारात्मक र नकारात्मक कुराहरू के हुन् भनेर बुझ्दैनन् भन्ने होइन; तिनीहरूलाई सही मार्ग के हो भन्ने थाहा हुन्छ, यति मात्र हो कि तिनीहरू यसलाई पछ्याउँदैनन्, सत्यता अभ्यास गर्दैनन्, कसैको कुरा सुन्दैनन्, र दुष्टपनको मार्ग रोज्छन्। उदाहरणका लागि, कतिपय महिला असल नैतिकवान् महिला बन्न अनि सही र उचित जीवन जिउन चाहँदैनन्, बरु वेश्यालय जाने नै निर्णय गर्छन्। आजभोलि तिनीहरूलाई कसैले पनि दलाली गरेर लैजाने वा जबरजस्ती गर्ने गर्दैन, तर पनि किन वेश्यालय जाने निर्णय गर्छन्? किनभने तिनीहरू दुष्ट हुन्छन् र त्यस्तै हुन जन्मेका हुन्छन्। ख्रीष्टविरोधीहरू यस्ता थोत्रा कुरा हुन्, र हामी तिनीहरूलाई विश्लेषण गर्छौँ र ख्रीष्टविरोधीका रूपमा चित्रण गर्छौँ किनभने ख्रीष्टविरोधीहरूको दुष्टपन कहिल्यै सामान्य मानिसहरूको सोझोपन र राम्रोपन बन्न सक्दैन—तिनीहरू र भ्रष्ट स्वभाव भएका सामान्य मानिसहरूबीचको भिन्नता यही हो। तिनीहरूलाई काटछाँट गरिए पनि, वा मण्डलीले तिनीहरूलाई दण्ड दिन प्रशासनिक उपायहरू प्रयोग गरे पनि, वा दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूको विरोध र खुलासा गर्न खडा भए पनि, तिनीहरूले काम गर्ने मूल अभिप्राय र सिद्धान्तहरूलाई कुनै कुराले परिवर्तन गर्न सक्दैन—यस्तो कहिल्यै हुन सक्दैन। कसैले पनि तिनीहरूलाई परिवर्तन गर्न सक्दैन, कसैले पनि तिनीहरूको हृदय छुन र तिनीहरूलाई आफ्नो दृष्टिकोण वा आत्म-आचरणका सिद्धान्तहरू त्याग्न लगाउन सक्दैन; तैँले तिनीहरूलाई परिवर्तन गर्न सक्दैनस्—तिनीहरू ख्रीष्टविरोधी हुन्। के तँलाई ख्रीष्टविरोधीहरू यति दुष्ट हुन्छन् कि तिनीहरूलाई असल र खराब के हो भन्ने थाहा हुँदैन भन्ने लाग्छ? तिनीहरूलाई त्यो थाहा हुन्छ। कुनै ख्रीष्टविरोधीले समस्याहरूबारे रिपोर्ट गर्दा वा कामबारे माथिलाई रिपोर्ट गर्दा, यस्ता मनमोहक शब्दहरू लेख्छन्, र तैँले यी रिपोर्टहरू पढ्दा, तँलाई यो व्यक्ति पक्कै पनि अति राम्रो क्षमता भएको हुनुपर्छ भन्ने लाग्छ। तर, तैँले घटनास्थलको वास्तविक परिस्थिति थाहा पाउँदा, तिनीहरू आफ्ना काममा सधैँ कार्य व्यवस्थाहरू उल्लङ्घन गर्छन्, सत्यता पछ्याउनेहरूलाई दमन गर्छन्, र मण्डलीका काममा बाधा दिन्छन् भन्ने पत्ता लगाउँछस्—तिनीहरू ख्रीष्टविरोधी हुन्। कतिपय ख्रीष्टविरोधीहरूले हाम्रो मण्डलीका वेबसाइटमा टिप्पणीहरू छोडेका हुन्छन् र, तँलाई तिनीहरूको पृष्ठभूमि वा उत्पत्ति थाहा नहुँदा, तैँले तिनीहरूको टिप्पणी कति धाराप्रवाह रूपमा व्यक्त गरिएका छन्, हरफहरू स्पष्ट रूपमा लेखिएका छन् र ती लेख्ने शैली राम्रो छ भन्ने मात्रै देख्छस्, र तँलाई यस व्यक्तिमा राम्रो क्षमता रहेछ भन्ने लाग्छ। तैँले तिनीहरूबारे बुझेपछि मात्रै तिनीहरू त ख्रीष्टविरोधी रहेछन्, तिनीहरूले धेरै दुष्टता गरेका छन् र तिनीहरूलाई तीन वर्षपहिले नै मण्डलीबाट निष्कासित गरिएको रहेछ भन्ने कुरा तँलाई थाहा हुन्छ। तिनीहरूले माथिको ध्यान खिच्न निरन्तर परमेश्वरको घरका वेबसाइटमा मेसेजहरू पोस्ट गरेका हुन्छन् ताकि तिनीहरूलाई बढुवा गरियोस् र आफूलाई गरिएको अन्यायको भारपाइ गर्ने मौका दिइयोस्; कुरा यस्तै हुन्छ। मलाई भन् त, के ख्रीष्टविरोधीहरू आशिष् पाउन चाहन्छन्? (चाहन्छन्।) वास्तवमै तिनीहरू चाहन्छन्; तिनीहरूलाई मृत्यु र नष्ट होइएला भन्ने डर लाग्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।