अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (९) खण्ड चार

कामका प्रबन्धहरू कसरी सही तरिकाले सञ्चार र कार्यान्वयन गर्ने

अ. कामका प्रबन्धहरू कसरी सञ्चार गर्ने

यी दसवटा कामका प्रबन्धहरू परमेश्‍वरले मण्डलीमा र परमेश्‍वरका चुनिएका मानिसहरूमाझ निर्वाह गर्ने विभिन्‍न प्रकारका सबै कामका दायरा र विषयवस्तु हुन्। यस कामको विषयवस्तु र दायरा बुझ्नाले परमेश्‍वरका चुनिएका मानिसहरूलाई अगुवा र कामदारहरूले यो काम राम्रोसँग गर्नमा तिनीहरूको सुपरिवेक्षण गर्न मदत गर्छ। अर्को हिसाबले, यसले मुख्यगरी अगुवा र कामदारहरूलाई आफ्ना जिम्मेवारीहरूका दायरा, उनीहरूले गर्नुपर्ने काम र पूरा गर्नुपर्ने जिम्मेवारीहरू बुझ्न र बोध गर्न, र “अगुवा र कामदारहरू” नामपदवीको सही परिभाषा प्राप्त गर्न मदत गर्छ। अगुवा र कामदारहरूका जिम्मेवारीहरू के-के हुन्? उनीहरू कस्तो रूपमा जिउनुपर्छ? के उनीहरू राज्य सरकारका अधिकारीहरू जस्तै हुनुपर्छ? (हुनु हुँदैन।) “अगुवा र कामदारहरू” कुनै आधिकारिक पद वा पदवी होइन। व्यक्तिले अगुवा र कामदारहरू के हुन् भन्‍ने कुरा अगुवा र कामदारहरूले पूरा गर्ने कर्तव्यहरूबाट, र परमेश्‍वरले उनीहरूलाई सुम्पनुहुने आज्ञा र उनीहरूबाट माग गर्नुहुने मानकबाट बुझ्नुपर्छ। यसरी, व्यक्तिले “अगुवा र कामदारहरू” नामपदवीको तुलनात्मक रूपमा ठोस बुझाइ प्राप्त गर्नेछ, र ऊ अगुवा र कामदारहरूको परिभाषाबारे अझ प्रस्ट बन्‍नेछ। अगुवा र कामदारहरूले न्यूनतम रूपमा पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन्? उनीहरूले हरेक कामका प्रबन्धलाई नवौँ विषयवस्तुमा उल्लिखित परमेश्‍वरको घरका मागहरूअनुसार सही तरिकाले सञ्चार, जारी, र कार्यान्वयन गर्नुपर्छ। कामको प्रबन्ध चाहे जुन पक्षसँग सम्बन्धित भए पनि, त्यो अगुवा र कामदारहरूमार्फत सञ्चार भएसम्म, उनीहरूले कामका प्रबन्धबारे पूर्ण रूपमा सही बुझाइ प्राप्त गरेपछि, ढिलाइ र रोकावटबिना मण्डलीहरूलाई त्यो सञ्चार गर्नैपर्छ। जहाँसम्म कामका प्रबन्धहरू कसलाई सञ्चार गरिँदै छ भन्‍ने छ, यदि परमेश्‍वरको घरले कामका प्रबन्धहरू प्रचारक, मण्डली अगुवा, र मण्डली डिकनलगायत सबै तहका अगुवा र कामदारहरूलाई सञ्चारित गरिनुपर्ने माग गर्छ भने, ती यस तहका मानिसहरूसम्म नै सञ्चारित गरिनुपर्छ, अनि त्यतिमै रोकिनुपर्छ; यदि कामका प्रबन्धहरू हरेक दाजुभाइ-दिदीबहिनीलाई सञ्चारित गरिनुपर्ने हो भने, तिनलाई परमेश्‍वरको घरका मागहरूअनुसार कडाइका साथ हरेक दाजुभाइ-दिदीबहिनीलाई सञ्चारित गरिनुपर्छ। यदि वातावरणले लिखित रूपमा कामका प्रबन्धहरूलाई सञ्चार गर्न असहज बनाउँछ, र यसो गर्दा सुरक्षा जोखिमहरू वा झनै ठूला समस्याहरू निम्तिन्छन् भने, कामका प्रबन्धहरूको महत्त्वपूर्ण र प्रमुख विषयवस्तु हरेक व्यक्तिलाई मौखिक रूपमा सही तरिकाले सञ्चारित गरिनुपर्छ। त्यसोभए, कामका प्रबन्धहरू सञ्चारित भएको मानिन यो कसरी गरिनुपर्छ त? यदि कामका प्रबन्धहरू लिखित रूपमा सञ्चारित भइरहेका छन् भने, सबैले ती प्राप्त गरे, सबैले तीबारे थाहा पाए, र सबैले तिनलाई गम्भीर रूपमा लिइरहेका छन् भन्‍ने कुरा पुष्टि हुनुपर्छ; यदि ती मौखिक रूपमा सञ्चारित भइरहेका छन् भने, तिनलाई सञ्चार गरिसकेपछि, मानिसहरूलाई तिनीहरूले ती कुराहरू प्रस्ट रूपमा बुझे कि बुझेनन् र तिनीहरूलाई याद छ कि छैन भनेर बारम्बार सोधिनुपर्छ, र तिनीहरूलाई कामका प्रबन्धहरू सुनाउन लगाउन पनि सकिन्छ—यस तरिकाले मात्र कामका प्रबन्धहरू साँचो रूपमा सञ्चार भएको मान्‍न सकिन्छ। यदि मानिसहरूले परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरू के-के हुन्, र विशिष्ट विषयवस्तु के हो भनी सुनाउन र प्रस्ट रूपमा भन्‍न सक्छन् भने, यसले कामका प्रबन्धहरू तिनीहरूका मनमा सञ्चारित भइसकेका छन्, तिनीहरूले तिनलाई याद गरेका छन्, र प्रस्ट रूपमा बुझ्छन् भन्‍ने प्रमाणित गर्छ। त्यसपछि मात्र कामका प्रबन्धहरू साँचो रूपमा सञ्चारित भएको मान्‍न सकिन्छ। यदि अवस्थाहरू, वातावरण, र त्यस्ता अन्य तत्त्वहरू सबै कामका प्रबन्धहरू लिखित रूपमा सञ्चारित गर्न उपयुक्त छन् भने, ती बिलकुलै लिखित रूपमा नै सञ्चार गरिनुपर्छ; यदि वातावरणले नदिएका कारण तिनलाई लिखित रूपमा सञ्चार गर्न सकिँदैन र त्यसको सट्टामा तिनलाई मौखिक रूपमा नै सञ्चार गर्नुपर्छ भने, जे कुरा मौखिक रूपमा सञ्चार भइरहेको छ त्यो कामका प्रबन्धहरूसँग मिल्दोजुल्दो भएको, ती विकृत नभएको, र तिनमा कुनै व्यक्तिगत बुझाइ नजोडिएको, र मूल पाठ सम्बन्धित रहेको पुष्टि हुनैपर्छ—यस तरिकाले मात्र कामका प्रबन्धहरू साँचो रूपमा र सही तरिकाले सञ्चार भएको मान्‍न सकिन्छ। कामका प्रबन्धहरू पूर्ण रूपमा तिनका विशिष्ट शब्दहरूअनुसार सञ्चार गरिनुपर्छ; तिनलाई गैरजिम्मेवार रूपमा वा मानिसहरूका व्यक्तिगत बुझाइ र कल्पनाहरूका आधारमा विकृत वा बेतुके व्याख्याहरू सहित सञ्चार गरिनु हुँदैन। जब तिनलाई सही तरिकाले सञ्चार गर्ने कुरा आउँछ, मानिसहरूले कामका प्रबन्धहरू सञ्चार गर्नुको कडाइको स्तर बुझ्नुपर्छ; अर्थात्, तिनलाई सही रूपमा सञ्चार गरिनैपर्छ। कतिपय मानिसहरू यसो भन्छन्, “के हामीले तिनलाई दुरुस्त सञ्चार गर्नुपर्छ र?” अहँ, त्यसो गर्नु आवश्यक छैन। दुरुस्ती त उपकरणहरूबाट मात्र माग गरिन्छ; यदि मानिसहरूले तिनलाई सही तरिकाले सञ्चार गर्न मात्र सकेमा, तिनीहरूले राम्रै काम गरिरहेका हुन्छन्। उदाहरणका लागि, मण्डली जीवनका सम्बन्धमा, परमेश्‍वरको घरका कामका प्रबन्धहरूले परमेश्‍वरका चुनिएका मानिसहरूबाट तिनीहरूले परमेश्‍वरलाई चिन्‍नेबारे परमेश्‍वरका वचनहरू खानु र पिउनुपर्ने माग गर्छन्—के यो कुरा सञ्चार गर्न सजिलो छ? (छ।) कामका प्रबन्धहरूले मानिसहरूलाई एउटा दायरा दिन्छन् र तिनीहरूले परमेश्‍वरका यी सबै सान्दर्भिक वचनहरू पढ्न सक्छन्। तर, यदि कसैले कामका प्रबन्धहरूलाई गलत व्याख्या गर्‍यो, आफ्ना व्यक्तिगत बुझाइ र धारणा र कल्पनाहरू जोड्यो र केही अतिरिक्त शब्दहरू सञ्चार गर्‍यो भने, के यसको अर्थ ऊ कामका प्रबन्धहरूबाट विचलित भएको छ भन्‍ने हुँदैन र? के उसले कामका प्रबन्धहरू सटीक रूपमा सञ्चार गरिरहेको हुन्छ? (हुँदैन।) उसले कामका प्रबन्धहरू आफ्नै कुराहरू थपेर सञ्चार गरिरहेको हुन्छ—यो विशुद्ध रूपमा वाहियात कुरा हो। व्यक्तिले माथिबाट आउने हरेक कामको प्रबन्ध कैयौँ पटक दोहोर्‍याएर पढ्नैपर्छ र ऊ त्यसको सही अर्थ, यो कामको प्रबन्ध जारी गर्नुको महत्त्व, त्यसले हासिल गर्न खोजेका नतिजाहरूबारे प्रस्ट हुनुपर्छ, र त्यसपछि उसले माथिले प्रबन्ध गरेका यी विशिष्ट कामहरू अभ्यास गर्ने सही तरिका पत्ता लगाउनुपर्छ, र कुनै पनि गल्तीहरू गर्नबाट जोगिनुपर्छ। यी कुराहरू सङ्गति गरेर बुझेपछि कामका प्रबन्धहरूको सञ्चार पूर्ण रूपमा सही हुनेछ। सुरुमा गर्नु पर्ने काम भनेको ग्रामीण क्षेत्रका अगुवा र कामदारहरूबाट कामका प्रबन्धहरू अन्य सबै तहका अगुवा र कामदारहरूकहाँ पुर्‍याउनु हो, जसले अन्त्यमा हरेक मण्डलीका हरेक समूहका सुपरिवेक्षकलाई ती पठाउँछन्। त्यसपछि परमेश्‍वरको घरका कामका प्रबन्धहरूबारे भेलाहरूमा कैयौँ पटक सङ्गति गरिनैपर्छ ताकि परमेश्‍वरका चुनिएका सबै मानिसहरूले तिनलाई बुझून् र अभ्यास गर्न जानून्—यो प्रभाव हासिल भएपछि मात्र ती सञ्चारित भएको मान्‍न सकिन्छ। कामका प्रबन्धहरू परमेश्‍वरको घरले माग गरेको विधि र दायराअनुसार नै सञ्चार गरिनुपर्छ। सञ्चार गरिने सामग्री अवश्य पनि सही र त्रुटिरहित हुनैपर्छ। अगुवा र कामदारहरूले यतिकै तिनलाई गलत अर्थ्याउन र आफ्नै विचारहरू थप्न हुँदैन—त्यो तिनलाई सही रूपमा सञ्चार गर्नु होइन, र यो अगुवा वा कामदारका रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्न असफल हुनु हो। कामका प्रबन्धहरूलाई सही रूपमा सञ्चार र कार्यान्वयन गर्नुलाई यसरी बुझ्नुपर्छ।

यदि अगुवा र कामदारहरू अझै पनि कसरी कामका प्रबन्धहरूलाई सही तरिकाले सञ्चार गर्ने भन्‍नेबारे निश्चित छैनन् भने उनीहरूले के गर्नुपर्छ? यसको एउटा निकै सरल र सजिलो विधि छ। अगुवा र कामदारहरूले कामका प्रबन्धहरू प्राप्त गरेपछि, उनीहरूले पहिला कामका प्रबन्धहरूबारे अन्य अगुवा र कामदारहरूसँग सङ्गति गर्नुपर्छ, यी कामका प्रबन्धहरूका लागि माथिले कति वटा विशिष्ट विषयवस्तुहरू माग गरेका छन् भनेर हेर्नुपर्छ, र तिनलाई एक-एक गरी सूचिबद्ध गर्नुपर्छ। त्यसपछि, यी कामका प्रबन्धहरूका आधारमा, उनीहरूले सुसमाचारको काम, विभिन्‍न प्रकारका पेसागत कामहरू, र मण्डली जीवनका परिस्थितिहरू, साथै विभिन्‍न किसिमका सबै मानिसहरूको क्षमता र पारिवारिक परिस्थितिहरू, आदि जस्ता स्थानीय मण्डलीको वास्तविक अवस्थालाई ख्याल गर्नुपर्छ, यी कामहरू कसरी कार्यान्वयन गर्ने भनी हेर्न यी सबै कुराहरूलाई समाहित गर्नुपर्छ। सङ्गतिमार्फत, सबै अगुवा र कामदारहरू कामका प्रबन्धहरूबारे समान र सही बुझाइमा पुग्नैपर्छ, र उनीहरूसँग तिनलाई सञ्चार गर्ने सोही बमोजिमका विधिहरू हुनैपर्छ—यस तरिकाले मात्र कामका प्रबन्धहरू सही तरिकाले सञ्चार हुनेछन्। यदि कुनै अगुवा वा कामदारले कामका प्रबन्धहरू प्राप्त गर्छ, र, तिनमा विशिष्ट रूपमा के छ भन्‍ने कुरा थाहा नपाई, अन्धाधुन्ध रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई सँगै भेला पार्छ र ती जारी र सञ्चार गर्छ भने, के यो उचित हो त? यसको नतिजास्वरूप कामका प्रबन्धहरू सञ्चार गरिएको एक-दुई महिनापछि, हरेक मण्डलीमा ती कार्यान्वयन गर्ने तरिकामा विचलनहरू छन् भन्‍ने पत्ता लाग्छ, र उक्त अगुवा वा कामदारले कामका प्रबन्धहरूलाई नजिकबाट हेरेपछि मात्र, उसले कामका प्रबन्धहरू विचलनहरूका साथ सञ्चार गरिएका रहेछन् भनेर थाहा पाउँछ। यदि त्यस अगुवा वा कामदारले उही बेला नै लगनका साथ कामका प्रबन्धहरू पढेको वा तीबारे सङ्गति गरेको भए, ठिकै हुने थियो, तर उसले क्षणिक रूपमा अल्छी गरेको र झारा टारेको हुनाले, उसले मण्डलीको काममा धेरै त्रुटि र विचलनहरू उत्पन्‍न गरायो, अनि पछि, उसले तिनलाई सच्याउनुपर्छ। यसले एउटा पूरै अनावश्यक अतिरिक्त कदम थप्छ र समय बरबाद गर्छ। उसले सिधै कामका प्रबन्धहरूबारे प्रस्ट रूपमा सङ्गति गरेर त्यसपछि तिनलाई एक-एक गर्दै सञ्चार र कार्यान्वयन गरेको भए राम्रो हुने थियो। काम राम्रोसँग नगरिँदा के त्यो गल्ती होइन र? (हो।) त्यसकारण, कामका प्रबन्धहरू सही तरिकाले सञ्चार गर्ने कदमहरू हुन्छन्। सर्वप्रथम, अगुवा र कामदारहरूसँग कामका प्रबन्धहरूको विशिष्ट विषयवस्तुबारे साँचो बोध र सही बुझाइ हुनैपर्छ, र त्यसपछि उनीहरूसँग मनमा विशिष्ट कार्यान्वयन योजनाहरू, कार्यान्वयन विधिहरू, र कार्यान्वयनका लक्षित पात्रहरू हुनैपर्छ—यस तरिकाले मात्र कामका प्रबन्धहरू सही रूपमा सञ्चार गर्न सकिन्छ। अगुवा र कामदारहरूसँग कामका प्रबन्धहरूबारे अपूरो बुझाइ मात्र हुँदा, उनीहरूले तिनलाई बुझेको जस्तो मात्र देखिँदा, उनीहरू तिनका बारेमा अनिश्चित र अस्पष्ट हुँदा, वा उनीहरूले तिनमा भएका विशिष्ट मागहरू र विषयवस्तुलाई बुझ्दै नबुझ्दा, यदि उनीहरूले तिनलाई अन्धाधुन्ध जारी र सञ्चार गरेमा, के त्यो उचित हुन्छ? (हुँदैन।) के त्यस्ता अगुवा र कामदारहरूले राम्ररी काम गर्न सक्छन्? स्पष्ट रूपमै सक्दैनन्। त्यसैले, दाजुभाइ-दिदीबहिनीहरूले कामका प्रबन्धहरूमा विशिष्ट माग गरिएका मानकहरू र सिद्धान्तहरू के-के हुन्, वा तिनलाई ठ्याक्कै कसरी अघि बढाउने भन्‍नेबारे थाहा नपाएको अवस्थामा, अगुवा र कामदारहरूसँग पहिल्यै कामका प्रबन्धहरूको सही बुझाइ हुन्छ, साथै तिनलाई कार्यान्वयन गर्ने ठोस योजना र कदमहरू हुन्छन्—यस तरिकाले मात्र अगुवा र कामदारहरूले पहिलो कदम, अर्थात् कामका प्रबन्धहरू सञ्चार गर्ने कामलाई अघि बढाउन सक्छन्। कामका प्रबन्धहरू सञ्चार भइसकेपछि, र दाजुभाइ-दिदीबहिनीहरू सबैले कामका प्रबन्धहरूको विषयवस्तुलाई सही रूपमा बुझेपछि, र परमेश्‍वरको घरले यो काम गर्नुको महत्त्व, मूल्य र मानकहरूबारे केही ज्ञान प्राप्त गरेपछि, अगुवा र कामदारहरूले मानिस र विशिष्ट कामहरू कसरी बाँडफाँड गर्ने भन्‍नेबारे, र यस कामलाई कसले कार्यान्वयन गर्ने र अघि बढाउने भन्‍ने विशिष्ट योजनाबारे तुरुन्तै सङ्गति गर्नुपर्छ—काम गर्ने कदमहरू यिनै हुन्। यस तरिकाले कामको अनुगमन गर्नेबारे तिमीहरूलाई के लाग्छ? के त्यसलाई कामलाई नजिकबाट अनुगमन गर्नु मान्‍न सकिन्छ? के त्यो कामलाई तुरुन्तै अनुगमन गर्नु हो? (हो।)

आ. कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्ने

अगुवा र कामदारहरूले एउटा कामको प्रबन्ध प्राप्त गरेपछि, उनीहरूले त्यसलाई केवल सञ्चार र जारी गर्नुपर्छ, अनि काम सकिन्छ भन्‍ने होइन। के हरेक मण्डलीमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूले कामको प्रबन्ध जारी भएको छ भनेर थाहा पाएपछि त्यो कार्यान्वयन भएको मान्‍न सकिन्छ? यो कुनै कामको प्रबन्धलाई साँच्चिकै अघि बढाउनु वा कार्यान्वयन गर्नु होइन, यो उनीहरूका जिम्मेवारीहरू पूरा गर्नु होइन, न त यो परमेश्‍वरले अन्ततः माग गर्नुहुने मानक नै हो। लक्ष्य कुनै कामको प्रबन्ध सञ्चार र जारी गर्नु होइन—त्यसलाई कार्यान्वयन गर्नु चाहिँ लक्ष्य हो। त्यसोभए, कामका प्रबन्धहरूलाई विशिष्ट रूपमा कसरी कार्यान्वयन गरिनुपर्छ? अगुवा र कामदारहरूले सम्बन्धित सबै सुपरिवेक्षक र दाजुभाइ-दिदीबहिनीहरूलाई सँगै बोलाउनुपर्छ र काम कसरी गरिनुपर्छ भन्‍नेबारे उनीहरूसँग सङ्गति गर्नुपर्छ, र त्यो सँगसँगै कामलाई अघि बढाउनका लागि एक प्रमुख सुपरिवेक्षक अनि समूह सदस्यहरू छनौट गर्नुपर्छ। काम कार्यान्वयन गर्दा अगुवा र कामदारहरूले गर्नुपर्ने पहिलो कुरा भनेको सङ्गति हो—सिद्धान्तहरू अनुरूप र परमेश्‍वरको घरको यो कामको प्रबन्ध अनुरूप कसरी काम गर्ने, र परमेश्‍वरको घरको यो कामको प्रबन्ध कार्यान्वयन भएको र अघि बढाइएको छ भन्‍ने अर्थ लाग्ने तरिकाले यो काम कसरी गर्ने भन्‍नेबारे सङ्गति गर्ने हो। सङ्गति गर्दा, दाजुभाइ-दिदीबहिनीहरू र अगुवा र कामदारहरूले विभिन्‍न योजनाहरू सुझाउनुपर्छ, र अन्त्यमा एउटा तरिका, विधि, र सबैभन्दा उचित र सिद्धान्तहरू अनुसारका कदमहरू चुन्‍नुपर्छ, र पहिला के गर्ने, अनि त्यसपछि के गर्ने भन्‍ने निर्णय गर्नुपर्छ, ताकि काम व्यवस्थित ढङ्गले अघि बढ्न सकोस्। यो कुरा सैद्धान्तिक रूपमा बुझिसकेपछि, जब मानिसहरूसँग उप्रान्त कुनै कठिनाइ वा कल्पनाहरू बाँकी हुँदैनन्, जब उनीहरूले यो कामप्रति कुनै प्रतिरोध महसुस गर्दैनन्, र परमेश्‍वरको घरको यो कामको प्रबन्धको अर्थ र उद्देश्य बुझ्न सक्छन्, तब पनि उक्त काम कार्यान्वयन भएको मान्‍न सकिँदैन। यस कामका लागि को सबैभन्दा उपयुक्त छ र त्यसमा को सबैभन्दा दक्ष छ, कसले यो कामको जिम्मेवारी वहन गर्न सक्छ, र कोसँग यो काम पूरा गर्ने क्षमता छ भन्‍ने कुराको पनि निर्णय गर्नैपर्छ। यो काम सम्हाल्ने मानिसहरू छनोट गर्नैपर्छ, कार्यान्वयन योजना र पूरा गरिनुपर्ने म्याद तय गर्नैपर्छ, र काम पूरा हुनका लागि आवश्यक पर्ने स्रोत, सामग्री, र त्यस्तै अन्य कुराहरू तयार गर्नैपर्छ र प्रस्ट रूपमा भन्‍नैपर्छ—त्यसपछि मात्र काम कार्यान्वयन भएको मान्‍न सकिन्छ। अवश्य पनि, कार्यान्वयन गर्नु अघि, यस कामका लागि जिम्मेवार मानिसहरूसँग व्यक्तिगत रूपमा विशिष्ट कुराकानी र छलफलहरू चलाउनु, उनीहरूले यसअघि यो काम गरेका छन् कि छैनन् र यसबारे उनीहरूका विचार र सोचहरू के-के छन् भनी सोध्नु पनि जरुरी हुन्छ। यदि उनीहरूले सिद्धान्तहरूसँग मेल खाने केही योजना र सोचहरू प्रदान गर्छन् भने, तिनलाई अपनाउन सकिन्छ। यसमाथि, हरेक काम कार्यान्वयन गर्दा, वास्तवमा कति वटा समस्याहरू छन् भनी पत्ता लगाउनमा पनि ध्यान दिनैपर्छ—यस कदमलाई बेवास्ता गर्नु हुँदैन। समस्याहरू पत्ता लागेपछि, ती समस्याहरूलाई सामयिक रूपमा समाधान गर्ने उपायहरू सोच्नुपर्छ, र भए जति सबै समस्याहरूलाई पूर्ण रूपमा समाधान गरेपछि मात्र कामको प्रबन्ध वास्तवमै कार्यान्वयन हुनेछ। यसका साथै, के तैँले यो काम परमेश्‍वरको घरले माग गर्ने सिद्धान्तहरू अनुरूप कसरी गर्ने भनेर खोजी पनि गर्नु पर्दैन र? त्यसमाथि, यो कामको समयका सन्दर्भमा परमेश्‍वरको घरसँग कुनै मागहरू छन् कि छैनन्, यो कति समयावधिभित्र पूरा हुनैपर्छ, पेसागत सीपहरूका सम्बन्धमा कुनै ठोस सर्तहरू छन् कि छैनन्, आदि जस्ता कुरा सबै अगुवा र कामदारहरूले सम्बन्धित सुपरिवेक्षकहरूसँग सङ्गति गर्नुपर्ने विषयहरू हुन्। यो कार्यान्वयन हो। कार्यान्वयन मौखिक कुराकानी वा सिद्धान्तमै समाप्त हुँदैन, बरु यसमा सम्बन्धित कामको वास्तविक प्रगति, साथै समाधान गरिनुपर्ने केही विशिष्ट समस्या र कठिनाइहरू संलग्न हुन्छन्। यी सबै अगुवा र कामदारहरूले सुपरिवेक्षकहरूसँग कामका प्रबन्धहरू कार्यान्वयन गर्दा ख्याल गर्नुपर्ने कुराहरू हुन्। भन्‍नुको मतलब, यो विशिष्ट काम गर्नु अघि, अगुवा र कामदारहरूले सुपरिवेक्षकहरूसँग यस प्रकारको सङ्गति, विश्लेषण, र छलफल गर्नुपर्छ—यो कार्यान्वयन हो। यो कार्यान्वयन अगुवा र कामदारहरूको जिम्मेवारी हो, र अगुवा र कामदारहरूले हासिल गर्नुपर्ने कुरा यही नै हो। यसरी अभ्यास गर्नु भनेको वास्तविक काम गर्नु हो। मानौँ कुनै अगुवाले यसो भन्छ, “अहिले, यो काम कसरी गर्ने भनेर मलाई पनि थाहा छैन। जे भए पनि, मैले यो काम तिमीलाई हस्तान्तरण गरेको छु। मैले तिमीलाई कामका प्रबन्धहरू पनि सञ्चार र जारी गरेको छु, र सम्बन्धित सबै मामलाहरूबारे बताएको छु। जहाँसम्म तिमीलाई त्यो गर्न आउँछ कि आउँदैन, तिमीले त्यो कसरी गर्छौ, तिमीले त्यो राम्ररी गर्छौ कि नराम्ररी, र त्यसका लागि तिमीलाई कति समय लाग्छ भन्‍ने कुरा छ, त्यो सबै तिमीमा नै भर पर्ने कुरा हो। यी कुराहरूको मसँग कुनै सरोकार छैन। यति काम गरेर, मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु।” के यो अगुवा र कामदारहरूले भन्‍ने कुरा हो? (होइन।) यदि कुनै अगुवाले यसो भन्छ भने, ऊ कस्तो प्रकारको व्यक्ति हो त? ऊ झूटो अगुवा हो। जब माथिले मागहरू राख्छन् अनि कामका प्रबन्धहरू अनुसार काम गर्न जरुरी हुन्छ, तब यस प्रकारको व्यक्तिले त्यसलाई पूर्ण रूपमा अरू कसैमाथि थोपर्छ, र यसो भन्छ, “यो तिमी गर, मलाई गर्न आउँदैन। यसै पनि तिमीले नै त्यो सबै बुझ्छौ। तिमी विज्ञ हौ, म त अनाडी हुँ।” यो झूटा अगुवाहरूले प्रायः बोल्ने एउटा “चर्चित भनाइ” हो; तिनीहरू कुनै बहाना खोज्छन् र त्यसपछि सुटुक्क भाग्छन्।

समग्रमा भन्‍नुपर्दा, झूटा अगुवाहरू आफ्ना काममा जिम्मेवार हुँदैनन्। तिनीहरूको क्षमता उच्च भए पनि वा न्यून भए पनि, अथवा तिनीहरू त्यस कामका लागि योग्य भए पनि वा नभए पनि, मुख्य कुरा भनेको तिनीहरूले ध्यान दिँदैनन् र त्यसमा आफ्नो हृदय लगाउँदैनन्, साथै तिनीहरू सधैँ झाराटारुवा हुन्छन्। यी जिम्मेवार नहुनुका प्रकटीकरणहरू हुन्। मानौँ कुनै अगुवा वा कामदारमा क्षमता र गहन अनुभवको अलि कमी छ, तर उसले ध्यानपूर्वक काम गर्न र आफ्नो काममा हृदय लगाउन सक्छ। उसले आफ्नो काममा हासिल गर्ने नतिजाहरू त्यति राम्रो नभए पनि, कम्तीमा, ऊ जिम्मेवार व्यक्ति हो, उसले आफ्नो पूरै हृदय आफ्नो काममा लगाउँछ, र त्यसमा आफ्नो सारा प्रयत्न लगाउँछ। उसमा अलिकति क्षमताको कमी र उसको कद सानो भएकाले मात्र उसले राम्ररी काम नगर्ने हो। यदि उसले केही समय प्रशिक्षण लिएपछि ऊ आफ्नो काममा पूर्ण रूपमा योग्य बन्‍नेछ भने, यस प्रकारको अगुवालाई संवर्धन गर्न जारी राख्नुपर्छ। यदि कुनै अगुवामा अलिकति पनि विवेक वा समझ छैन, र ऊ आफ्नो पदमा मात्र टाँसिरहन्छ र हैसियतका फाइदाहरूमा लिप्त हुन्छ, तर कुनै वास्तविक काम बिलकुलै गर्दैन भने, ऊ खाँटी झूटो अगुवा हो र उसलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ, र उसलाई फेरि कहिल्यै प्रवर्धन वा प्रयोग गरिन अनुमति दिनु हुँदैन। एक साँचो अगुवा, एउटा जिम्मेवार अगुवाले आफ्नो काममा सारा प्रयत्न लगाउँछ—उसले आफ्नो मन त्यसमा अर्पित गर्छ, उसले परमेश्‍वरको आज्ञा पूरा गर्नका लागि हर प्रकारका उपायहरू खोज्छ, र उसले आफूले सक्ने सबैभन्दा ठूलो परिश्रम लगाउँछ—यसरी, उसले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुन्छ। परमेश्‍वरको घरका कामका प्रबन्धहरू कार्यान्वयन गर्दै गर्दा, जिम्मेवार अगुवाहरूले कार्यान्वयनको स्थितिको अवलोकन र अनुगमन पनि गर्नेछन्। कुनै अप्रत्याशित अवस्था आउँदा, उनीहरू सुटुक्क भाग्नु र उक्त मामलाबाट हात झिक्नुको साटो प्रतिक्रियात्मक उपायहरू र समाधानहरू अपनाउन सक्षम हुनेछन्। यसरी काम कार्यान्वयन गर्नुलाई जिम्मेवार हुनु भनिन्छ। जब एउटा कामको प्रबन्ध जारी हुन्छ, तब अगुवा र कामदारहरूले त्यो कामलाई हालको सबैभन्दा महत्त्वपूर्ण कामका रूपमा लिनुपर्छ र त्यसको जिम्मेवारी लिनुपर्छ; उनीहरूले व्यक्तिगत रूपमा त्यसको अनुगमन गर्नैपर्छ, सुरुदेखि अन्त्यसम्म त्यसका लागि जिम्मेवार हुनैपर्छ, र त्यो काम सही मार्गमा पसेपछि र हरेक समूहका अगुवाहरूले त्यसलाई कसरी गर्ने भन्‍ने कुरा जानेपछि मात्र कामबाट हात झिक्नुपर्छ। तर त्यसबाट हात झिकेपछि, अगुवा र कामदारहरूले अझै पनि कामको स्थिति बुझ्नुपर्छ र समय-समयमा त्यसको निरीक्षण गर्नुपर्छ, यस तरिकाले मात्र काम राम्ररी गरिएको सुनिश्चित गर्न सकिन्छ। अगुवा र कामदारहरूले आफ्ना पद नछाड्नु, सुरुदेखि अन्त्यसम्म दृढतापूर्वक लागिरहनु, कामलाई सही मार्गमा पुर्‍याउनु—यसलाई वास्तविक काम गर्नु भनिन्छ। यस दौरान, अगुवा र कामदारहरूले अन्य कामहरूको प्रगतिमा ध्यान दिन र त्यसको खोजीनिती गर्न पनि आवश्यक छ। काममा जस्तोसुकै कठिनाइ वा समस्याहरू देखा परे पनि, अगुवा र कामदारहरू निर्देशन र समाधान प्रदान गर्न झट्टै कार्यस्थल जानुपर्छ। प्रमुख अगुवा सबैभन्दा निर्णायक काममा अडिग रहनुपर्छ, र त्यो सँगसँगै उसले मण्डलीको अन्य कामको अनुगमन गरेर, तिनलाई बुझेर, तिनको निरीक्षण, र सुपरिवेक्षण गरेर त्यो सबै सामान्य तरिकाले अघि बढ्ने सुनिश्चित गर्न पनि जरुरी छ। सबैभन्दा निर्णायक कामको कुरा आउँदा, प्रमुख अगुवाले व्यक्तिगत रूपमा कार्यस्थलमै काम गरेर यस कामको कमान लिनैपर्छ, र विशेषगरी कामका निर्णायक भागहरूको कुरा आउँदा, उसले निश्चय नै कार्यस्थल छोड्नै हुँदैन। यदि एउटा व्यक्ति पर्याप्त हुँदैन भने, ऊसँग सहकार्य गर्न र कामलाई निर्देशन गर्न अर्को व्यक्तिको प्रबन्ध गर्नुपर्छ—यो भनेको निर्णायक काम राम्ररी गर्नका लागि हरेक प्रयत्न लगाएर साझा उद्देश्यका साथ एकताबद्ध हुनु हो। परमेश्‍वरको घरसित हरेक चरण र समयावधिमा एउटा सबैभन्दा निर्णायक काम हुने भएकाले, यदि प्रमुख अगुवाले निर्णायक काम राम्रोसँग गर्दैन भने, उसको क्षमतामा समस्या छ र उसलाई बरखास्त गर्नैपर्छ। प्रमुख अगुवाले सबैभन्दा निर्णायक कामको कमान लिनैपर्छ जबकि अन्य अगुवाहरूले साधारण कामको कमान लिनुपर्छ; अगुवा र कामदारहरूले कामको महत्त्व र तात्कालिकताको क्रमअनुसार त्यसलाई प्राथमिकता दिन, र फाइदा र बेफाइदाहरू तौलन सिक्नुपर्छ। यदि अगुवा र कामदारहरूले यी सिद्धान्तहरूमा महारथ हासिल गर्न सक्छन् भने, उनीहरू मानकअनुसारका अगुवा र कामदार हुन्।

परमेश्‍वरको घरका धेरैजसो अगुवा र कामदारहरू युवा हुन्छन्, उनीहरू सिकारु हुन्छन्, र काम गर्न प्रशिक्षण लिइरहेका हुन्छन्, त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उनीहरूले सिद्धान्तहरूमा महारथ हासिल गर्न सिक्नु हो। कतिपयले यसो भन्लान्, “के अगुवा र कामदारहरूबाट परमेश्‍वरको घरले गर्ने मागहरू अति उच्च छैनन् र?” वास्तवमा, बिलकुलै उच्च छैनन्। मानिसहरूबाट उनीहरूले सिद्धान्तहरूमा महारथ हासिल गर्नुपर्ने माग गर्नु कसरी उच्च माग हुन्छ? यदि कसैले सिद्धान्तहरूमा महारथ हासिल गर्न सक्दैन भने उसले कसरी राम्रोसँग काम गर्न सक्छ? यदि कसैले सिद्धान्तहरूबिना मामलाहरू सम्हाल्छ भने ऊ कसरी अगुवा वा कामदार हुन सक्छ? सिद्धान्तहरूमा महारथ हासिल गर्नु अगुवा र कामदारहरूबाट गरिने माग हो, साधारण मानिसहरूबाट गरिने माग होइन; यदि कसैले सिद्धान्तहरूमा महारथ हासिल गर्न सक्दैन भने, उसले काम राम्रोसँग गर्न सक्नेछैन। क्षमताको अत्यन्तै कमी भएका मानिसहरू सिद्धान्तहरूमा पछि पर्छन्, परमेश्‍वरको घरले तिनीहरूलाई संवर्धन गर्नेछैन, र तिनीहरू अगुवा हुन योग्य पनि हुँदैनन्। कतिपय मानिसहरूलाई सधैँ अगुवा हुन कठिन हुन्छ भन्‍ने लाग्छ, र यसका दुइटा कारणहरू छन्: एउटा त तिनीहरूले सत्यता बिलकुलै बुझेका हुँदैनन् र तिनीहरू समस्याहरू समाधान गर्नका लागि सत्यता प्रयोग गर्न सक्दैनन्; अर्को कारण चाहिँ तिनीहरूमा क्षमताको कमी हुन्छ, तिनीहरूलाई काम गर्नु भनेको के हो भन्‍ने थाहा हुँदैन, तिनीहरूले कामका सिद्धान्तहरू र अभ्यासको मार्गलाई प्रस्ट रूपमा व्याख्या गर्न सक्दैनन्, र तिनीहरूले धर्मसिद्धान्तहरू समेत प्रस्ट रूपमा बोल्न सक्दैनन्। यस्ता मानिसहरू अगुवा हुन उपयुक्त हुँदैनन्। मानौँ कसैको क्षमता अत्यन्तै कमजोर छ, उसलाई काम कसरी गर्ने भन्‍ने थाहा छैन, र ऊ आफ्नो कर्तव्य पूरा गर्नमा बिलकुलै प्रभावकारी छैन—अर्थात्, उसले एक दिन लाग्नुपर्ने कार्य गर्न कैयौँ दिन लगाउँछ, र एक महिना लाग्नुपर्ने कार्य गर्न छ महिना लगाउँछ—यस्ता मानिसहरू बेकार हुन्, तिनीहरू केही न कामका हुन्। अत्यन्तै कमजोर क्षमता भएका मानिसहरूले कुनै पनि कर्तव्य राम्रोसँग पूरा गर्न सक्दैनन्। मैले मानिसहरूबाट यी मागहरू गर्नु न्यायोचित र जायज दुवै हो, र ती अगुवा र कामदारहरूले हासिल गर्न सक्ने कुराहरू नै हुन्। कतिपय मानिसहरूलाई परमेश्‍वरको घरले गर्ने मागहरू अत्यन्तै उच्च छन् भन्‍ने लाग्छ—यसले तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ, तिनीहरू अगुवा र कामदार हुन योग्य छैनन्, र तिनीहरूले जवाफदेहीता लिएर राजीनामा दिनुपर्छ भन्‍ने देखाउँछ। तँ अगुवा वा कामदारका जिम्मेवारीहरू वहन गर्न लायक छैनस्, र तँ अगुवा वा कामदार हुन उपयुक्त छैनस्, त्यसैले तँ अगुवा नै भए पनि, झूटा अगुवा होस्। यदि तैँले एउटा काम समेत राम्रोसँग गर्न सक्दैनस् भने, तैँले सँगसँगै अरू काम कसरी सम्हाल्न सक्छस् त? के अत्यन्तै कमजोर क्षमता भएका मानिसहरू अगुवा र कामदार हुन लायक हुन्छन् त? यदि तिनीहरू निगरानी गर्ने कुकुर जति असल पनि छैनन् भने, तिनीहरू मानव कहलिन लायक हुँदैनन्। जब एउटा कुकुरले घरको रेखदेख गर्छ, त्यसले घरअगाडिको आँगन, घरपछाडिको आँगन, र तरकारी बारीको मात्र रेखदेख गर्दैन, त्यसले त घरका कुखुरा, हाँस, र भेडाको समेत रेखदेख गर्न सक्छ। त्यसले कुनै अपरिचित व्यक्ति आइरहेको देख्नेबित्तिकै भुक्छ—त्यसले कसैलाई पनि आँगनमा प्रवेश गर्न दिनेछैन र मालिकलाई अपरिचित व्यक्ति आएको भनी सतर्क गराउन जानेको हुन्छ। एउटा कुकुरको दिमाग समेत सरल हुँदैन। यदि कसैको क्षमता अत्यन्तै कमजोर छ र उसलाई कुकुरसँग पनि तुलना गर्न मिल्दैन भने, के त्यस्तो व्यक्ति निकम्मा होइन र? कतिपय मानिसहरू फुर्सद मन पराउँछन् र कामलाई घृणा गर्छन्, तिनीहरू घिचुवा र अल्छी हुन्छन्, र आफूले केही नगरी परमेश्‍वरको घरमा सित्तैँमा खान चाहन्छन्—के तिनीहरू परजीवी होइनन् र? परमेश्‍वरको घरले अगुवा र कामदारहरूबाट उनीहरूले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्नुपर्ने माग गरेर, तिनीहरूलाई आफ्ना कर्तव्य निर्वाहमा सत्यता अभ्यास गर्न र वास्तविकतामा प्रवेश गर्न सक्षम हुन संवर्धन गरिरहेको र प्रशिक्षण दिइरहेको हुन्छ। कतिपय अगुवा र कामदारहरू सत्यता पछ्याउन र परमेश्‍वरको घरका प्रबन्धहरूमा समर्पित हुन सक्षम हुन्छन्—यी सबै मानिसहरू परमेश्‍वरद्वारा आशिषित हुन्छन्। फुर्सद मन पराउने र कामलाई घृणा गर्ने अनि कुनै पनि वास्तविक काम नगर्नेहरूलाई हटाउनैपर्छ। सुख-सयलको लालसा राख्ने, कष्ट र थकानदेखि डराउने, कष्ट र कठिनाइहरूबारे सधैँ गुनासो गर्ने र कष्ट बिलकुलै सहन नसक्ने ती सबै बेकारका मानिसहरूलाई हटाउनैपर्छ—एक जना पनि बाँकी नरहोस्! यदि अगुवा र कामदारहरूले आफ्नो काम सुरु गर्दा विभिन्‍न कठिनाइहरू सामना गरेमा, उनीहरूले समस्याको स्रोत खोज्नुपर्छ, अनि त्यसपछि समस्या सिर्जना गर्ने ती बाधक र अविवेकी मानिसहरू—ती अवरोधहरूलाई र व्यवधानहरूलाई पखाल्नुपर्छ। जब बाँकी रहेकाहरू सबै सत्यता स्विकार्न, पालन गर्न, र समर्पित हुन सक्ने मानिसहरू मात्र हुन्छन्, तब उनीहरूलाई अगुवाइ गर्न धेरै सजिलो हुनेछ। अगुवा र कामदारहरूले काम गर्दा, उनीहरूले पहिला सत्यताबारे प्रस्ट रूपमा सङ्गति गर्नुपर्छ ताकि मानिसहरूले ती सुनेपछि तिनीहरूसँग अघि बढ्ने मार्ग होस्। उनीहरूले धर्मसिद्धान्तहरू बोल्ने, नाराहरू फलाक्ने गर्नु हुँदैन, र मानिसहरूलाई आफूप्रति ध्यान दिन, आफूलाई पालन गर्न अनि अभ्यास गर्न बाध्य पार्नु त झनै हुँदैन। यदि अगुवा र कामदारहरूले सत्यताबारे प्रस्ट रूपमा सङ्गति गरेमा, धेरैजसो मानिसहरू त्यसलाई अभ्यास गर्न इच्छुक हुनेछन्। अगुवा र कामदारहरूले प्रस्ट रूपमा वा बुझिने गरी कामकुराहरू व्याख्या नगरे पनि दाजुभाइ-दिदीबहिनीहरूबाट तिनीहरूले अभ्यास गर्नुपर्ने माग गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले अभ्यास गर्न जान्दैनन् र अभ्यासको मार्ग भेट्टाउन सक्दैनन् भने, त्यो चिन्ताको विषय हो—यसले कामका नतिजाहरूमा प्रभाव पार्नेछ। अगुवा र कामदारहरूले हरेक प्रकारको विशिष्ट काममा संलग्न सत्यता सिद्धान्तहरूको बुझिने गरी व्याख्या गर्न र तीबारे प्रस्ट रूपमा सङ्गति गर्न सकेसम्म, धेरैजसो मानिसहरू बुझ्ने र समझदार हुनेछन्, र उनीहरू आफ्नो भूमिका निभाउन इच्छुक हुनेछन्। यदि कसैले भनेको कुरा सही, सत्यताअनुरूप, र मण्डलीको कामका लागि र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशका लागि फाइदाजनक छ भने, सबै जना उसको कुरा सुन्‍न इच्छुक हुन्छन्। तर, एउटा यस्तो अवस्था हुन्छ जहाँ कतिपय अगुवा र कामदारहरूले शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्छन्, र कसैले उनीहरूलाई अभ्यासको विशिष्ट मार्गबारे सोध्दा, उनीहरूले त्यसलाई व्याख्या गर्न सक्दैनन्, बरु उनीहरू केही भव्य धर्मसिद्धान्तहरू बोल्छन् र केही नाराहरू फलाक्छन्, र त्यसपछि त्यस व्यक्तिलाई बाटो लगाइदिन्छन्। त्यो व्यक्ति विश्‍वस्त हुँदैन, र उसले यस्तो सोच्छ “तपाईँ मलाई यो कुरा अभ्यास गर्न भनिरहनुभएको छ तर यो कुरा प्रस्ट रूपमा व्याख्या गर्नुभएको छैन—म यो कसरी अभ्यास गर्न सक्छु त? मसँग पछ्याउने कुनै मार्ग नै छैन! मैले त नबुझेकाले पो तपाईँलाई सोधेको थिएँ, तर तपाईँले पनि बुझ्नुभएको रहेनछ, तपाईँले त धर्मसिद्धान्तहरू भन्‍न र नाराहरू फलाक्न मात्र जान्‍नुभएको रहेछ। तपाईँ मभन्दा असल हुनुहुन्‍न। मैले किन तपाईँलाई पालन गर्नु? म त सत्यतालाई पालन गर्छु, धर्मसिद्धान्तहरू बोल्ने वा नाराहरू फलाक्ने तपाईँलाई होइन!” यस्तो प्रकारको अवस्था आउँछ। यदि अगुवा र कामदारहरूले खोक्रा धर्मसिद्धान्तहरू बोल्नबाट जोगिन, साँचो रूपमा बोल्न, र अभ्यासका सिद्धान्तहरू र मार्ग प्रस्ट रूपमा सङ्गति गर्न सक्छन् भने, अधिकांश मानिसहरूले पालन गर्न सक्नेछन्। त्यसकारण, मण्डलीको काम गर्न वास्तवमा सजिलो छ; अगुवा र कामदारहरूले कामका प्रबन्धहरू गम्भीर रूपमा कार्यान्वयन गर्न सकेसम्म, आफ्ना कामको पदमा अडिग रहेसम्म, र विशिष्ट काममा संलग्न भएसम्म, उनीहरूले पक्कै पनि राम्रोसँग काम गर्न सक्नेछन्। चिन्ताजनक कुरा के हो भने, यदि अगुवा, कामदार र सुपरिवेक्षकहरू गैरजिम्मेवार छन् र वरिष्ठ भएको व्यवहार गर्छन्, धर्मसिद्धान्तहरू बोल्न र नाराहरू फलाक्न मात्र जान्दछन्, र कार्यस्थलमा विशिष्ट काममा संलग्न हुँदैनन् भने—काममा अवश्यै समस्याहरू हुनेछन्। किनभने उनीहरूभन्दा मुनिका मानिसहरूले यस्ता किसिमका कुराहरू छर्लङ्ग देख्न सक्दैनन्, उनीहरूलाई बाटो देखाउनलाई कोही चाहिन्छ, उनीहरूलाई एउटा सहारा चाहिन्छ, उनीहरूलाई व्यक्तिगत रूपमा नै अगुवाइ गर्ने र के गर्ने भनी बताउने कोही चाहिन्छ, उनीहरूलाई सुपरिवेक्षण प्रदान गर्ने र निरीक्षण गर्ने कोही चाहिन्छ, अन्यथा काम कार्यान्वयन हुनेछैन। यदि तैँले हैसियतको पदबाट एक-दुई वटा धर्मसिद्धान्त र नाराहरू फलाके मात्र हुन्छ, अनि तलका मानिसहरूले कदम चाल्नेछन् र तैँले भनेजस्तो गर्नेछन् भनेर अपेक्षा गरेको छस् भने, त्यो सपना मात्र हो। तलका मानिसहरू यन्त्र जस्तै हुन्छन्: यदि उनीहरूलाई कसैले पनि सक्रिय पारेन भने, उनीहरूले कदम चाल्नेछैनन्। यदि अगुवा र कामदारका रूपमा सेवा गर्नेहरूले यो कुरा समेत छर्लङ्ग देख्न सक्दैनन् भने, उनीहरूमा अन्तर्ज्ञानको अत्यन्तै अभाव छ! झूटा अगुवाहरूले काम गर्दा केही पनि छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरूलाई कुन काम निर्णायक हो र कुन चाहिँ सामान्य मामलाको काम हो भन्‍ने थाहा हुँदैन, न त तिनीहरूले कामहरूलाई महत्त्व र तात्कालिकताको क्रममा प्राथमिकता दिन नै सक्छन्। तिनीहरूले चाहे जे गरे पनि, तिनीहरूसँग कुनै सिद्धान्तहरू हुँदैनन्, तिनीहरूले अभ्यासको मार्गलाई प्रस्ट रूपमा व्याख्या गर्न सक्दैनन्, र तिनीहरू केवल धर्मसिद्धान्तहरू बोल्छन् र नाराहरू फलाक्छन्, र केही अव्यावहारिक कुराहरू मात्र भन्छन्। फलस्वरूप, तिनीहरू कुनै पनि काम गर्न बिलकुलै सक्षम हुँदैनन् र हटाइन मात्र सक्छन्। अगुवा र कामदारहरूलाई कामको प्रबन्ध र कार्यान्वयन कसरी गर्ने भन्‍ने थाहा हुनैपर्छ, र उनीहरूलाई कामको निरीक्षण र निर्देशन कसरी गर्ने भन्‍ने पनि थाहा हुनैपर्छ, साथै उनीहरूले देखा पर्ने समस्याहरूलाई आफैले समाधान गर्नुपर्छ। यस्ता अगुवा र कामदारहरूले मात्र वास्तविक काम गर्न र मानिसहरूलाई पूर्ण रूपमा विश्‍वस्त पार्न सक्छन्। यदि कुनै अगुवाले कामलाई निर्देशन गर्न वा समस्याहरू पत्ता लगाउन अनि समाधान गर्न सक्दैन, यदि उसले अरूलाई निरन्तर भाषण दिन र काटछाँट गर्न मात्र सक्छ, र आफैले कामकुरालाई बिगार्दा अरूलाई दोष दिन्छ भने, यो अयोग्य अगुवा हुनु हो। यस्तो अगुवा केही न कामको व्यक्ति हो, ऊ झूटो अगुवा हो, र उसलाई हटाउनैपर्छ। यदि तँलाई कुनै विशिष्ट काम कसरी गर्ने भनी थाहा छैन भने, तैँले आफूलाई यो विशिष्ट काम राम्ररी गर्न मदत गर्नका लागि कम्तीमा दुई जना उपयुक्त मानिसहरू खोज्नैपर्छ, र तैँले सुरुमा बाधाहरू सिर्जना गर्ने बाधक मानिसहरूलाई कम्तीमा तह लगाउनैपर्छ अनि निकाल्नैपर्छ। के यो भनेको यो काम राम्ररी गर्नका लागि अनुकूल अवस्थाहरू सिर्जना गर्नु होइन र? यदि तैँले केही वास्तविक काम गर्न सक्ने मानिसहरू भेट्टाउँदा उनीहरूलाई तुरुन्तै प्रवर्धन गरिस्, र यदि तैँले बाधा र अवरोधहरू पुर्‍याउने मानिसहरूलाई तुरुन्तै तह लगाएर निकालिस् भने, तैँले यस कामलाई निरन्तरता दिँदा पहिलेभन्दा निकै कम कठिनाइहरू हुनेछन्। क्षमताको अत्यन्तै कमी भएका अगुवाहरू यसरी काम गर्न सक्षम हुँदैनन्। उनीहरू मानिसहरूलाई चिढ्याइएला भनेर डराउँछन्, र उनीहरूले कुनै दुष्ट व्यक्तिले बारम्बार बाधा र अवरोधहरू सिर्जना गरिरहेको देख्दा, उसलाई तह लगाउँदैनन्। उनीहरूले वास्तविक काम गर्न सक्षम को छ भनेर खुट्टयाउन पनि सक्दैनन्, र उनीहरूलाई कामको कमान लिनका लागि कसलाई प्रवर्धन गर्नु उचित हुन्छ भनेर थाहा हुँदैन। यस्ता अगुवाहरू अन्धा हुन्छन् र आफ्ना काम गर्न सक्षम हुँदैनन्। यदि अगुवा र कामदारहरूले सत्यता वा पेसागत सीपहरू बुझ्दैनन् भने, उनीहरूले आफ्नो काम राम्ररी गर्नेछैनन्, त्यसैले अगुवा र कामदारहरूले वास्तविक काम गर्न बारम्बार प्रशिक्षण लिनैपर्छ। उनीहरूले सिद्धान्तहरूमा महारथ हासिल गरेसम्म, कामलाई महत्त्व र आतुरीको क्रममा प्राथमिकता दिन जानेसम्म, र फाइदा र बेफाइदाहरू तौलन जानेसम्म, उनीहरूले आफ्नो काम राम्ररी गर्न सक्छन् र उनीहरू मानकअनुरूपका अगुवा र कामदार बन्‍न सक्छन्।

अहिले मैले परमेश्‍वरको घरका मागहरू अनुरूप कामका प्रबन्धहरू सही रूपमा सञ्चार, जारी, र कार्यान्वयन गर्नेसम्बन्धी विषयवस्तुबारे सङ्गति गरेपछि, के अब तिमीहरूसँग अगुवा र कामदारहरूसँग कामका प्रबन्धहरूलाई कसरी लिने र ती कसरी कार्यान्वयन गर्ने भन्‍नेबारे केही आधारभूत बुझाइ छ त? अनि के अब तिमीहरूसँग कामका प्रबन्धहरू कार्यान्वयन गर्दा पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरूबारे केही विशिष्ट बुझाइ छ त? (हजुर।) अब तैँले यो विशिष्ट बुझाइ प्राप्त गरिसकेपछि, आफूले के गर्नुपर्छ र आफू कुन हदसम्म त्यो गर्न सक्षम छु भनेर ख्याल गर्नुपर्छ, र त्यसपछि तैँले आफूमा अगुवा वा कामदार हुने क्षमता छ कि छैन, र आफू अगुवाइको काम गर्न लायक छु कि छैन भनी मूल्याङ्कन गर्न सक्नुपर्छ। कमजोर क्षमता भएका र वास्तविक काम नगर्ने केही अगुवा र कामदारहरू—अर्थात्, जसलाई हामी झूटा अगुवा भन्छौँ, उनीहरूको कुरा गर्नुपर्दा—तिनीहरूले अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीको विशिष्ट विषयवस्तु बुझिसकेपछि, तिनीहरूले के गर्नुपर्छ? कतिपयले यसो भन्छन्, “मैले यसअघि अगुवा र कामदारहरूका जिम्मेवारीहरू वास्तवमै बुझेको थिइनँ, र म अगुवा बनेपछि, मैले केवल देखाउनका खातिर आफ्ना धारणा र कल्पनाहरूमा भर परेर केही काम गरेँ, र मलाई लाग्थ्यो कि म कष्ट सहन उत्साहित र इच्छुक भएकाले, म सायद मानक अनुरूपको अगुवा हुँ। परमेश्‍वरले यस तरिकाले सङ्गति गर्नुभएको सुनेपछि म अचम्ममा परेको छु। म त झूटो अगुवा रहेछु, मेरो क्षमता अत्यन्तै कमजोर छ, र म वास्तविक काम गर्न सक्दिनँ। म त परमेश्‍वरको घरको एउटा विशिष्ट कामको प्रबन्ध कार्यान्वयन गर्न समेत सक्षम छैनँ। मैले सोच्ने गर्थेँ कि कैयौँ पटक कुनै कामको प्रबन्ध पढ्नु, त्यो सबै जनासम्म पुर्‍याउनु, र त्यसपछि तलका मानिसहरूले त्यसमा काम गर्दै गर्दा उनीहरूलाई अनुनय र निगरानी गर्नु भनेको मैले त्यो कामको प्रबन्धलाई कार्यान्वयन गरेको हो। केही समयपछि, मैले उक्त काम राम्ररी गरिएको रहेनछ र धेरै विशिष्ट कार्यहरूलाई बेवास्ता गरिएको रहेछ भन्‍ने पत्ता लगाएँ, र तब मात्र मैले थाहा पाएँ कि मेरो क्षमतामा साँच्चिकै कमी रहेछ, र म अगुवा हुन योग्य व्यक्ति होइन रहेछु।” त्यसोभए, यस्तो व्यक्तिले के गर्नुपर्छ त? के उसले आफ्नो काम त्याग्नु ठीक हुनेछ? (हुनेछैन।) त्यसोभए के यो समस्या समाधान गर्ने कुनै उपाय छ? कि यो समस्या समाधान गर्नै सकिँदैन? (अहँ, यो समाधान गर्न नसकिने होइन। ती मानिसहरूले परमेश्‍वरका मागहरू अनुरूप राम्रो गर्न लागिपर्नैपर्छ।) यो एउटा सकारात्मक र सक्रिय दृष्टिकोण हो; यो निकै राम्रो दृष्टिकोण हो। तिनीहरूले परमेश्‍वरका मागहरू अनुरूप राम्रो गर्न, परमेश्‍वरमा आस्था राखेर उहाँमा भर पर्न, र नकारात्मक नबन्‍न, वा आफ्नो काम नछोड्न लागिपर्नुपर्छ—यो एउटा समाधान हो। के यो राम्रो समाधान हो? (हो।) तर के यो एकमात्र समाधान हो त? (अहँ, होइन। यदि तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ र तिनीहरूले साँच्चिकै कुनै वास्तविक काम गर्न सक्दैनन् भने, तिनीहरूले यसको जवाफदेहीता लिएर आफ्नो पदबाट राजीनामा दिन सक्छन्।) यो दोस्रो समाधान हो। यदि तिनीहरूले यसअघि कोसिस गरेका छन्, र तिनीहरूलाई अगुवाइको काम गर्न सक्दिनँ भन्‍ने लाग्छ—अर्थात्, यदि तिनीहरूलाई त्यो ज्यादै मुस्किल र श्रमसाध्य लाग्छ, र तिनीहरू त्यसबारे निकै चिन्तित हुन्छन् र राम्रोसँग सुत्न सक्दैनन्, र हरेक दिन तिनीहरूलाई टाउको उचाल्न वा सास फेर्न नै नसक्ने गरी पहाडले थिचेको जस्तो अनुभूति हुन्छ, र हिँड्दा तिनीहरूलाई खुट्टाहरू समेत गह्रौँ भएको महसुस हुन्छ—र यी विशिष्ट मागहरू सुनेपछि तिनीहरूलाई झनै आफ्नो क्षमता अत्यन्तै कमजोर छ र उक्त काम गर्न सक्दै सक्दिनँ भन्‍ने महसुस हुन्छ भने, तिनीहरूले के गर्नुपर्छ? तिनीहरूले गर्न सक्ने एउटा काम छ, त्यो हो तत्कालै राजीनामा दिने। यदि तिनीहरूले वास्तविक काम गर्न सक्दैनन् भने, तिनीहरूले परमेश्‍वरको घरको काममा असर पार्नु हुँदैन—तिनीहरूमा हुनुपर्ने समझ यही हो। तिनीहरूले अन्धाधुन्ध आफूलाई आफ्नो सीमाभन्दा बाहिर धकेल्नु, आफ्ना क्षमताभन्दा बाहिरको काम गर्ने कोसिस गर्न जिद कस्नु, वा मूर्खतापूर्ण कामहरू गर्नु हुँदैन। यस्ता कामकुरा गर्नबाट आफूलाई रोक्नेसँग मात्र समझ हुन्छ। समझ भएका मानिसहरूसँग आत्म-सचेतना हुन्छ; तिनीहरू आफ्नो क्षमताबारे प्रस्ट हुन्छन्, र तिनीहरूलाई आफ्ना कमीकमजोरीहरू थाहा हुन्छ। मानिसहरूले आफूलाई प्रस्ट रूपमा चिनेपछि मात्र उनीहरूले आफू के गर्न सक्षम छु, के गर्न सक्षम छैनँ, र के गर्न सबैभन्दा उपयुक्त छु भनेर सही रूपमा बुझ्न सक्छन्। मानिसहरूले किन आफ्नो क्षमता चिन्‍नैपर्छ? यसले उनीहरूलाई आफूले पूरा गर्नुपर्ने कर्तव्य निर्धारित गर्न मदत गर्छ, र त्यो कर्तव्य राम्ररी पूरा गर्न पनि मदत गर्छ। यदि तैँले आफूलाई जाँचेर आफूमा यो क्षमता मात्र भएको देखिसकेको छस् र आफूले अगुवाइको काम गर्न नसक्ने कुरा थाहा पाएको छस् भने, तैँले फेरि आफूलाई जाँच्न र त्यो कुरा फेरि प्रमाणित गर्न आवश्यक छैन। तैँले तुरुन्तै राजीनामा दिनुपर्छ—आफ्नो पदमा टाँसिएर राजीनामा दिन नमान्‍ने नगर्; तैँले विशिष्ट काम गर्न नसक्दा अरूलाई असर पार्ने र अड्काउने नगर्। के राजीनामा दिनु अघि बढ्ने मार्ग होइन र? तेरो सामु यी दुइटा मार्गहरू राखिएका छन्, र तैँले एउटा रोज्न सक्छस्; तँसँग अघि बढ्ने मार्गको कमी छैन, र मार्ग एउटा मात्र छैन। तैँले आफूबारेको बुझाइका आधारमा, साथै तँलाई चिन्‍ने तेरो वरिपरिका दाजुभाइ-दिदीबहिनीहरूले तेरो बारे गरेका मूल्याङ्कनहरूका आधारमा आफ्नो वास्तविक अवस्थाबारे व्यावहारिक र सही मूल्याङ्कनहरू गर्न, र त्यसपछि सही छनोट गर्न सक्छस्। परमेश्‍वरको घरले तेरा लागि कामकुराहरू कठिन पार्नेछैन। तँलाई यसबारे के लाग्छ? (यो राम्रो हो।) कतिपय मानिसहरूले यसो भन्छन्, “म फेरि कोसिस गर्न र अझ राम्रो गर्न लागिपर्न चाहन्छु। मलाई लाग्छ, म यो गर्न सक्छु। ती वर्षहरूमा मैले सत्यता पछ्याउनमा खासै ध्यान दिइनँ, र अगुवा बनेपछि, मलाई अझै सत्यता कसरी खोज्ने भनेर थाहा थिएन र अलमल्ल तरिकाले काम गर्थेँ। म सोच्ने गर्थेँ कि मण्डली अगुवा हुनु निकै सजिलो छ, त्यसमा मानिसहरूलाई भेलाहरूमा सहभागी हुन सङ्गठित गर्ने, सत्यता सङ्गति गर्न अगुवाइ गर्ने, समस्याहरू देखा पर्दा तिनलाई सामयिक रूपमा समाधान गर्ने, र माथिले गरेका जुनसुकै प्रबन्धहरूलाई तुरुन्तै कार्यान्वयन गर्ने काम मात्र पर्छन्, र त्यति नै हो। मैले केही समय अगुवा भएपछि आफूले समाधान गर्न नसक्ने यति धेरै समस्याहरू छन् भनेर पत्ता लगाउँला, माथिले कामबारे सोध्दा जबाफ दिन नजानुँला, र परमेश्‍वरका चुनिएका केही मानिसहरूले वास्तविक समस्याहरू उठाउँदा, म कुनै जबाफ दिन सक्षम नहुँला भनेर कहिल्यै कल्पना गरेको थिइनँ। दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेका यी वर्षहरूमा, उनीहरू सबैले बारम्बार परमेश्‍वरका वचनहरू पढेका र प्रवचनहरू सुनेका छन्। उनीहरू सबैले निश्चय नै केही सत्यताहरू बुझ्छन् र केही खुट्ट्याउने क्षमता राख्छन्। सत्यता वास्तविकता बिना, म उनीहरूलाई साँच्चिकै मलजल गर्न वा आपूर्ति गर्न सक्दिनँ।” अब परमेश्‍वरको घरमा कुनै पनि प्रकारको विशिष्ट काम राम्ररी गर्न त्यति सरल छैन भन्‍ने प्रस्ट भएको छ। एक हिसाबले, मानिसहरूमा क्षमता हुनुपर्छ, जबकि अर्को हिसाबले, उनीहरूले बोझ वहन गर्नुपर्छ, साथै सत्यता बुझ्नुपर्छ—यी सबै कुराहरू एकदमै आवश्यक छन्। कसैले सत्यता नपछ्याउनु वा उसमा क्षमताको कमी हुनु ठीक होइन, न त कसैमा मानवताको कमी हुनु र उसले बोझ वहन नगर्नु नै ठीक हो। विशिष्ट कामका लागि विशिष्ट शैली चाहिन्छ, र यो त्यति सरल मामला होइन। तर, कतिपय मानिसहरू विश्‍वस्त हुँदैनन्। उनीहरू अझै पनि पुनः प्रयास गर्न चाहन्छन्, र अर्को मौका दिन आग्रह गर्छन्—के यस्ता मानिसहरूलाई अर्को मौका दिइनुपर्छ? यदि उनीहरूको काम गर्ने सक्षमता र क्षमता दुइटै औसत छन्, तर उनीहरूले केही विशिष्ट काम गर्न सक्छन्, र उनीहरू झाराटारुवा हुँदैनन् र काममा नतिजाहरू हासिल गर्नका लागि समस्याहरू समाधान गर्नमा ध्यान केन्द्रित गर्ने गर्छन्, र माथिले गरेका कुनै पनि प्रबन्धहरू पालन गर्न र त्यसमा समर्पित हुन सक्छन्, अनि मूलतः परमेश्‍वरको घरका कामका प्रबन्धहरू र त्यसद्वारा माग गरिने सिद्धान्तहरूअनुसार कामलाई कार्यान्वयन गर्छन्, साथै यसअघि उनीहरू सानै उमेरका भएकाले उनीहरूले राम्रोसँग काम नगरेका, सत्यता नबुझेका, र सतही जग भएका भए पनि, उनीहरू सही मानिस हुन् भने, उनीहरूलाई अर्को मौका दिइनुपर्छ र उनीहरूले आफूलाई प्रशिक्षण दिन जारी राख्नुपर्छ—उनीहरूलाई अन्धाधुन्ध बरखास्त नगर्। अगुवा वा कामदार हुन त्यति सजिलो हुँदैन, न त अगुवा वा कामदार नियुक्त गर्न नै सजिलो हुन्छ। अब, धेरैजसो अगुवा र कामदारहरूसँग आफ्ना जिम्मेवारीबारे केही बुझाइ छ, र उनीहरू आफ्नो काममा कम्तीमा पहिलेभन्दा अलि राम्रो हुनेछन्—यो तथ्य हो।

अब मैले अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीसम्बन्धी सत्यता सिद्धान्तहरू—परमेश्‍वरको घरको माग अनुसार त्यसका विभिन्न कामका प्रबन्धहरूलाई मार्गनिर्देशन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्दै सही ढङ्‍गबाट सञ्‍चार, जारी र कार्यान्वयन गर्नु, अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु—बारे सङ्गति गरिसकेपछि तिमीहरू सबैको हृदय उज्ज्वल भएको छ, र तिमीहरूसँग अभ्यासको मार्ग छ। अब तिमीहरू आफ्नो कर्तव्य पूरा गर्न र जीवन प्रवेश प्राप्त गर्न मात्र सक्षम छैनौ, तिमीहरूसँग अगुवा र कामदारहरूबारे केही ज्ञान र सुझबुझ पनि हुनुपर्ने हो, र कम्तीमा पनि अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू र उनीहरूले गर्नुपर्ने कामबारे प्रस्टता र बुझाइ हासिल गरेको हुनुपर्ने हो। छोटकरीमा, अगुवा र कामदारहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन् भनेर थाहा पाउनु परमेश्‍वरका चुनिएका हरेक मानिसका लागि सहयोगी र फाइदाजनक हुन्छ, र यसरी अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे उनीहरूको बुझाइ उप्रान्त खोक्रो हुनेछैन, बरु अझ ठोस् बन्‍नेछ।

अप्रिल १०, २०२१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्