अगुवा र कामदारहरूका जिम्मेवारीहरू (९) खण्ड दुई
इ. सुसमाचारको काम
तेस्रो विषयवस्तु, सुसमाचारको काम। परमेश्वरको घरमा प्रशासनिक काम र कर्मचारीसम्बन्धी काम पछिको ठूलो विशिष्ट पेसागत काम नै सुसमाचारको काम हो। परमेश्वरको घरले सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू, सुसमाचार प्रचार गर्ने भौगोलिक दायरा, र सुसमाचार प्रचार गर्नुपर्ने उपाय र माध्यमहरूका सम्बन्धमा निश्चित कामका प्रबन्धहरू गर्दै यो कामको विषयवस्तुका लागि एकपछि अर्को धेरै कामका प्रबन्धहरू गरेको छ। सँगसँगै, परमेश्वरको घरसँग परमेश्वरका वचनका सबै विभिन्न पुस्तकहरू, चलचित्र र भिडियोहरू, साथै सुसमाचार प्रचारका लागि आवश्यक विविध कार्यक्रमहरूसम्बन्धी कामका प्रबन्धहरूमा पनि विशेष भनाइहरू छन्, र विविध प्रकारका आम धारणाहरू र सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूकाले बारम्बार सोध्ने प्रश्नहरूका सम्बन्धमा समेत भनाइहरू रहेका छन्। कतिपय भनाइहरू विशेष रूपमा लेखनमा प्रस्तुत नगरिएका हुन सक्छन्, तर मौखिक र वाचिक सङ्गतिमा तीमध्ये धेरैजसो हुन्छन्। सुसमाचारको काम सधैँ अघि बढिरहेको र जारी रहिरहेको हुन्छ, र यो काम अघि बढ्दै जाँदा, परमेश्वरको घरले निरन्तर उत्पन्न हुने र निरन्तर सामना गरिने समस्याहरूका सम्बन्धमा निश्चित कामका प्रबन्धहरू र सर्तहरू सिर्जना गरेको छ, साथै त्यसले सुसमाचारसम्बन्धी कामदारहरू, सुसमाचार डिकनहरू, र सुसमाचारको कामका सुपरिवेक्षकहरूलाई निश्चित विशिष्ट मागहरू र कार्यहरू पनि जारी गरेको छ। यो पछिल्लो चरणमा परमेश्वरको घरले सुसमाचारको कामका प्रबन्धहरूबारे धेरै कुरा नभने पनि, सत्यताको यस पक्षबारे मण्डलीमा बारम्बार सङ्गति गरिन्छ। विशेषगरी, सुसमाचार विदेशमा फैलिन थालेपछि, परमेश्वरको घरले विभिन्न भाषाहरूमा अनुवादको कामका निश्चित कामका प्रबन्धहरू गरेको छ। विभिन्न विदेशी भाषाहरूसँग परिचित अनुवादक र सुसमाचारसम्बन्धी कामदारहरूले यस प्रकारको काममा सहकार्य गर्न आफूले सक्दो सबै गर्छन्, र परमेश्वरको घरले सुसमाचारको काममा सहकार्य गर्न यस प्रकारका धेरै मानव संसाधनहरू लगानी गरेको छ, र यो परमेश्वरको घरका कामका प्रबन्धहरू अनुरूप छ। छोटकरीमा, माथिले सधैँ सुसमाचार फैलाउने कामलाई व्यक्तिगत रूपमा मार्गदर्शन, सोधपुछ, अनुगमन र रेखदेख गरिरहेका हुन्छन्। त्यसोभए, यो कामको कुरा आउँदा, अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन्? सुसमाचारको कामका लागि सुपरिवेक्षक हुनुको अर्थ अगुवा र कामदारहरू पूर्ण रूपमा बेफिक्र हुन सक्छन्, उनीहरूले कामलाई ध्यानै नदिन, त्यसबारे सोधपुछ नगर्न, र “काम जसरी अगाडि बढ्छ बढ्न देऊ। जे भए पनि, त्योसँग मेरो कुनै सम्बन्ध छैन। म मण्डली जीवन र विभिन्न प्रकारका पेसागत कामहरूका लागि जिम्मेवार छु। सुसमाचारको काममा समस्याहरू छन् भने त्यो मेरो चासोको कुरा होइन।” भनी सोच्दै त्यसलाई बेवास्ता मात्र गर्न सक्छन् भन्ने होइन। के यो ठीक हो त? (होइन।) यो त आफ्नो जिम्मेवारीबाट विमुख हुनु हो। परमेश्वरको घरका सबै काममध्ये, अगुवा र कामदारहरूले ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम भनेको सुसमाचारको काम हो। तँ यस कामका लागि सिधै जिम्मेवार नबनाइएको हुन सक्छस्, तर तैँले त्यो कति अघि बढिरहेको छ र त्यसको प्रगतिको अवस्था कस्तो छ भन्नेबारे सोधपुछ गर्नैपर्छ—तैँले यी कुराहरूको अनुगमन गर्न, तिनका बारेमा जान्न, र तिनलाई बोध गर्न जरुरी छ। विशेषगरी सुसमाचार समूहहरूका सुसमाचार प्रचारक र मलजल गर्ने व्यक्तिहरू, साथै सुसमाचारको कामका सुपरिवेक्षकहरूका जस्ता केही महत्त्वपूर्ण कर्मचारीहरूका सम्बन्धमा, तैँले उनीहरूका परिस्थितिहरू समयमै बुझ्नैपर्छ, र यदि यी कर्मचारीहरूमा समस्याहरू उत्पन्न भएमा, तैँले तिनलाई तुरुन्तै समाधान गर्नैपर्छ—यो काम सुम्पिइएपछि तैँले त्यसबाट हात झिक्नु हुँदैन। त्यसमाथि, तैँले सुसमाचार फैलाउने काममा संलग्न सबै सुसमाचार प्रचारकहरूलाई नियमित रूपमा निरीक्षण गर्ने र निर्देशन दिने गर्नैपर्छ, जसमा मण्डलीहरूमा रहेका र पहिलो पङ्क्तिका अनलाइन सुसमाचार प्रचारकहरू, साथै प्रत्येक समूहका मलजल गर्ने व्यक्तिहरू पनि समावेश हुन्छन्। परमेश्वरको घरका कामका प्रबन्धहरूले सारा सुसमाचार प्रचारक र मलजल गर्ने व्यक्तिहरूले विशेष प्रशिक्षण लिनैपर्ने कुरा धेरै अघिदेखि नै माग गरेको छ। विशेष प्रशिक्षणको अर्थ के हो? यसको अर्थ सुसमाचार प्रचारकहरू र मलजल गर्ने व्यक्तिहरूमा दर्शनसम्बन्धी सत्यताहरूबारे प्रस्ट बुझाइ छ र उनीहरूले यी कुराहरू प्रस्ट रूपमा व्याख्या गर्न सक्छन् भनी सुनिश्चित गरिनुपर्छ भन्ने हो। यदि उनीहरू पूर्णतया प्रस्ट नभएका दर्शनहरूसम्बन्धी सत्यताहरूको कुनै पक्ष छ भने, त्यसबारे बारम्बार सङ्गति दिइनैपर्छ, अनि सुसमाचार प्रचारक र मलजल गर्ने व्यक्तिहरूको बुझाइ जति विस्तृत भयो, त्यति नै राम्रो हुन्छ। यसका लागि परमेश्वरको घरसित कामका प्रबन्धहरू हुन्छन्, होइन र? (हो।) सुसमाचार फैलाउने काम एउटा विशिष्ट र जटिल काम हो जसमा धेरै फरकफरक कार्यहरू समावेश हुन्छन्। हरेक कार्य राम्रोसँग गरिएको र नजिकबाट अनुगमन गरिएको सुनिश्चित गरिनुपर्छ; यो परमेश्वरको आज्ञा हो। हरेक कार्य राम्ररी पूरा गरिनुपर्छ, र हरेक कार्यका नतिजाहरू निरन्तर सुधार हुने सुनिश्चित गरिनुपर्छ—यो मात्र परमेश्वरका अभिप्रायहरूसँग मेल खान्छ। चलचित्र निर्माण, लेखन-पठनको काम, सङ्गीत, कला, र अनुवादजस्ता अरू सबै प्रकारका व्यावसायिक कामहरू सुसमाचारको कामलाई सहयोग र टेवा दिनका लागि अस्तित्वमा रहन्छन्, र सुसमाचारको काम सबैभन्दा अग्रपङ्क्तिको काम हो। त्यसकारण, विभिन्न कर्तव्यहरू पूरा गर्ने व्यक्तिहरूले आफ्नो काम राम्ररी गर्नैपर्छ र परमेश्वरले माग गर्नुभएका नतिजाहरू हासिल गर्नैपर्छ। यसरी, तिनीहरू सुसमाचार फैलाउने कामका भागीदार हुनेछन्। किनभने अन्य सबै प्रकारका यी व्यावसायिक कामहरू सुसमाचार फैलाउने कामलाई साथ दिन अस्तित्वमा हुन्छन्, र यो सबै काम सुसमाचार फैलाउने काममा केन्द्रित हुनैपर्छ र तिनले सुसमाचार फैलाउने काममा अटुट आपूर्ति प्रदान गर्नैपर्छ। आज, सुसमाचार प्रचार गर्नका लागि आवश्यक पर्ने सबै सामग्री, चलचित्र, र विभिन्न भिडियोहरू पर्दापछाडि रहेका परमेश्वरका चुनिएका धेरै मानिसहरूको प्रयासद्वारा निर्मित गरिन्छन्। यी मानिसहरूले पर्दापछाडि गर्ने सबै कुराले सुसमाचार फैलाउने कामको लागि शक्तिशाली साथ प्रदान गर्छन्। विगतमा, परमेश्वरको घरसँग चलचित्रसम्बन्धी फरकफरक प्रकारका कामहरू हुँदैनथे, त्यससँग धेरै गीतहरू हुँदैनथे, न त त्यससँग ठूलो सङ्ख्यामा अनुभवात्मक गवाही भिडियोहरू नै हुन्थे। त्यो केवल सुसमाचारसम्बन्धी कामदारहरूले निरन्तर सङ्गति प्रदान गर्ने कार्यमा मात्र भर पर्थ्यो। सुसमाचारसम्बन्धी कामदारहरूले मुख सुकुञ्जेल कुरा गर्थे, र तिनीहरूले कुनै उल्लेखनीय नतिजाहरू देख्ने निश्चित थिएन, र कुनै एउटा व्यक्ति प्राप्त गर्न गाह्रो हुन्थ्यो। मण्डलीले हर प्रकारका भिडियोहरू निर्माण गरेपछि, सुसमाचार समूहहरूको काम तुलनात्मक रूपमा हल्का, र पहिलेभन्दा धेरै सहज बन्यो, साथै कामको दक्षता बढ्यो। कतिपय मानिसहरू सोचमा जिद्दी र रूढिवादी हुन्छन्, अनि तैँले तिनीहरूलाई सुसमाचार प्रचार गर्दा, तैँले सत्यताबारे चाहे जसरी सङ्गति गरे पनि, त्यो काम लाग्दैन, र तिनीहरूले आफ्ना धारणाहरू कायम राख्छन् र सत्यतालाई स्विकार्न मान्दैनन्—त्यसपछि तैँले के गर्छस्? तैँले तिनीहरूलाई सुसमाचारसम्बन्धी एक-दुई वटा गवाही चलचित्रहरू हेर्न लगाउँछस्, अनि तिनीहरूका धारणाहरूमा रूपान्तरण आउँछ, र साँचो मार्गबारे तिनीहरूलाई राम्रो महसुस हुन थाल्छ। जब तिनीहरू फेरि खोजी गर्न आउँछन्, तिनीहरूका हृदयमा उप्रान्त कुनै ठूला तगारो वा अड्चनहरू हुँदैनन्, अनि तैँले फेरि तिनीहरूसँग सत्यताबारे सङ्गति गर्दा, तिनीहरूले त्यसलाई सजिलै स्विकार्न सक्छन्। त्यही कारणले तैँले सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई परमेश्वरको घरले निर्माण गरेका चलचित्रहरू देखाउँदा, वा परमेश्वरका वचनहरू पढेर सुनाउँदा, वा अनुभवात्मक गवाही भिडियोहरू देखाउँदा नतिजाहरू साँच्चिकै प्रस्ट हुन्छन्—यसो गर्नु तैँले तिनीहरूलाई जतिसुकै वचनहरू भन्नुभन्दा बढी प्रभावकारी हुन्छ। साँचो मार्गको खोजी र अनुसन्धान चाहे जसले गरिरहेको भए पनि, सुरुमा उसलाई केही चलचित्रहरू हेर्न लगा, र त्यसपछि परमेश्वरका वचनहरू अझ बढी पढ्न लगा, र यसरी तिनीहरूका लागि मार्ग प्रशस्त गर्। यसपछि, तिनीहरूका धारणाहरू समाधान गर्न तिनीहरूसँग सत्यताबारे सङ्गति गर्। यसले कामकुराहरूलाई अझ धेरै सहज बनाउँछ। अचेल, साँचो मार्गको अनुसन्धान गरिरहेकाहरूले परमेश्वरको घरद्वारा निर्मित धेरै चलचित्र र गवाही भिडियोहरू इन्टरनेटमा हेरिसकेका हुन्छन्, र विशेषगरी, तिनीहरूले परमेश्वरका धेरै वचनहरू पढिसकेका हुन्छन्; खोजी र अनुसन्धान गर्न आउनुअघि नै तिनीहरूमा साँचो मार्गबारे राम्रो भावना हुन्छ, र तिनीहरूले मूलतः त्यो नै साँचो मार्ग हो भनेर चिनिसकेका हुन्छन्। के तिमीहरूले यसमा केही कुरा पत्ता लगाएका छौ? परमेश्वरको घरले निर्माण गर्ने यी चलचित्रहरू, परमेश्वरका वचन वाचन गरिने यी भिडियोहरू, यी अनुभवात्मक गवाही भिडियोहरू, भजनका भिडियोहरू, आदि परमेश्वरको गवाही दिनका लागि अत्यन्तै प्रभावकारी हुन्छन्! सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूसँग सङ्गति र बहस गरेर त्यति धेरै सास खेर फाल्नु आवश्यक नै छैन; यी भिडियोहरू हेरिसकेपछि, तिनीहरू साँचो मार्ग स्विकार्न सक्षम हुन्छन्। यसले सुसमाचार प्रचार गर्नेहरूको धेरै समय जोगाउँछ र यसले सुसमाचार प्रचारका लागि सबै सहायक-सहयोग अत्यन्तै शक्तिशाली छ भन्ने देखाउँछ! सुसमाचार प्रचार गर्नका लागि विभिन्न प्रकारका स्रोतहरू निकै प्रशस्त छन्! सुसमाचार स्विकार्ने सम्भावना भएका धेरै जना अनलाइनमा गएर परमेश्वरको कामको अनुसन्धान गर्दा चकित हुन्छन्, किनभने परमेश्वरको घरको वेबसाइटमा अत्यन्तै धेरै कुरा हुन्छन् र प्रचुर सामग्री हुन्छ! परमेश्वरका वचनहरू प्रचुर छन्, सबै प्रकारका चलचित्र र भिडियोहरू प्रचुर मात्रामा छन्, साथै अनुभवात्मक गवाहीहरूको कुरा आउँदा, ती प्रचुर छन् र त्यसमा तँलाई चाहिने सबथोक छन्। यो साँच्चिकै पवित्र आत्माको काम र मार्गदर्शनको नतिजा हो! यो साँच्चिकै सबै परमेश्वरको कामबाट आएको हो। ठूलो रातो अजिङ्गर र धार्मिक संसारले चाहे जसरी निराधार अफवाहहरू फैलाए पनि र त्यसलाई कलङ्कित गरे पनि, त्यो व्यर्थ हुन्छ। जे भए पनि, परमेश्वरको घरका सबै कामले हासिल गरेका नतिजाहरू र प्राप्त गरेका फलहरू सबैले प्रस्ट रूपमा देख्न सक्छन्, र ती परमेश्वरका वचनहरूद्वारा हासिल गरिएका तथ्यहरू हुन्।
राज्यको सुसमाचार फैलाउने काममा, परमेश्वरको घरका सबै कामहरू अत्यन्तै विधिवत तरिकाले मिलाइएका हुन्छन् र ती सुव्यवस्थित रूपमा अघि बढ्छन्। सुसमाचार फैलाउने काम महत्त्वपूर्ण, दीर्घकालीन, र कठिन काम हो। त्यसकारण, सुसमाचारको काम लिने व्यक्तिहरू, चाहे तिनीहरू सुपरभाइजर होऊन् वा सुसमाचारसम्बन्धी साधारण कामदारहरू होऊन्, तिनीहरूले आफ्नो हृदयमा यो कामको महत्त्व पुष्टि गर्नुपर्छ। तिमीहरूले सुसमाचारको अग्रपङ्क्तिमा रहेर काम गरिरहेका र आफ्नो कर्तव्य पूरा गरिरहेका भए पनि, तिमीहरूको पछाडि, अर्थात्, पर्दापछाडि धेरै दाजुभाइ-दिदीबहिनीहरूले विभिन्न किसिमका सहायक काम गरिरहेका हुन्छन्, र तिनीहरू सुसमाचार फैलाउने काममा साथ दिने शक्ति हुन्। मैले यसो भन्नुको तात्पर्य के हो? परमेश्वरको घरका सबै काम सुसमाचार फैलाउने कार्यमा केन्द्रित हुन्छ, र परमेश्वरका चुनिएका सबै मानिसहरूले निर्वाह गर्ने कर्तव्य सुसमाचार फैलाउने सेवामा गरिएका हुन्छन्। कर्तव्य पूरा गर्ने हरेक दाजुभाइ-दिदीबहिनी सुसमाचारको कामका भागीदार हुन्छन्, र हरेक काम निकटतम र घनिष्ठ रूपमा सुसमाचारको कामसँग सम्बन्धित हुन्छ। छोटकरीमा, सुसमाचारको कामलगायत हरेक काम परमेश्वरको कामको गवाही दिनका लागि राम्रोसँग पूरा गरिनुपर्ने कर्तव्य हो, जुनसुकै काम पनि सबैभन्दा महत्त्वपूर्ण कामसित, अर्थात् परमेश्वरबारे गवाही दिनुसित निकट रूपमा सम्बन्धित हुन्छ। यो पूर्णतया सही हो। त्यसकारण, परमेश्वरको घरले सुसमाचार प्रचार गर्ने कामलाई सबै कामको सूचीको शीर्षस्थानमा राख्छ, र त्यो परमेश्वरको घरका सारा विभिन्न कामहरूमध्ये पहिलो नम्बरमा आउँछ—यो पूर्णतया उचित हो। यो एउटा ठूलो, कठिन र दीर्घकालीन काम हो, साथै परमेश्वरको चुनिएको हरेक व्यक्ति र परमेश्वरलाई पछ्याउने हरेक व्यक्तिमा यो काम राम्रोसँग गर्ने तयारी गर्नका लागि र यो लामो लडाइँ लड्नका लागि तागत, धैर्य, र पर्याप्त आस्था हुनैपर्छ। तँ १० वर्ष, २० वर्ष, वा ३० वर्षसम्मै डटिरहे पनि, तँ सधैँ परमेश्वरप्रति बफादार हुनैपर्छ, तैँले आफ्नो जीवन र जीवनकाल सुसमाचार प्रचार गर्ने काममा अर्पण गर्नैपर्छ, र तँ अन्त्यसम्म परमेश्वरप्रति बफादार हुनैपर्छ। यो परमेश्वरलाई पछ्याउने हरेक व्यक्तिले कर्तव्यबद्ध भएर वहन गर्नैपर्ने महत्त्वपूर्ण जिम्मेवारी हो, यो सबैको कर्तव्य हो, र परमेश्वरले सबैलाई सुम्पनुहुने आज्ञा पनि यही हो।
मेरो यो सङ्गतिमार्फत, के तिमीहरू सबैले हृदयमा जोस पाएका छौ, र के तिमीहरूले सुसमाचारको कामलाई महत्त्वपूर्ण मान्न थालेका छौ? कतिपय मानिसहरूले पहिले यसो भनेका छन्, “म कुनै प्राविधिक पेसाहरू बुझ्दिनँ, मलाई अभिनय गर्न आउँदैन र म कलाकार हुन सक्दिनँ, शब्दहरू प्रयोग गर्ने कुरामा मेरो कुनै बलियो जग छैन, त्यसैले मलाई लेखहरू लेख्न आउँदैन, म सङ्गीत बुझ्दिनँ र मलाई कलाका बारेमा त झनै कम थाहा छ। म कुनै पनि कुरामा राम्रो नभएकाले मलाई सुसमाचार समूहमा खटाइएको थियो। के सुसमाचार समूहहरू परमेश्वरको घरको भुलिएका पछिल्लो पङ्क्ति सरह होइनन् र? अनि मलाई भुलिएको पछिल्लो पङ्क्तिमा पठाइएकाले, के मैले अझै पनि मुक्ति प्राप्त गर्ने कुनै आशा रहन्छ?” कुरा यही हो त? यदि तँ यो परिस्थितिलाई साँच्चिकै त्यसरी नै बुझ्छस् भने, तैँले परमेश्वरलाई गलत बुझेको छस्: सुसमाचार प्रचार गर्नु हरेक व्यक्तिको अपरिहार्य जिम्मेवारी हो। यदि तँ केही कुरामा पनि कुशल छैनस् र कुनै प्राविधिक पेसा बुझ्दैनस्, र तैँले गर्न सक्ने भनेकै सुसमाचार प्रचार गर्नु मात्र हो भने, तँलाई सुसमाचार समूहमा कर्तव्य पूरा गर्ने प्रबन्ध गरिनेछ। यो तेरो अन्तिम मौका हो, र यो तँलाई एउटा सामानको टुक्राका रूपमा खेर नफालियोस्, र यथासम्भव प्रयोग गर्न सकियोस् भन्ने सुनिश्चित गर्नका लागि गरिन्छ, ताकि तैँले मानवका रूपमा आफ्नो कार्यलाई अधिकतम हदसम्म निर्वाह गर्न सक्। तँ केही कुरामा पनि कुशल छैनस् र तँ आफूले गर्ने हरेक कुरामा मन्द-बुद्धिको छस्, तर तैँले सुसमाचार प्रचार गर्ने कर्तव्य राम्रोसँग पूरा गर्न सक्छस्, र तँलाई सुसमाचार स्विकार्नेहरू खोज्न भनिए पनि, तैँले यो काम व्यावहारिक तरिकाले गर्न सक्छस्, र आफूले भेट्टाएका सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई सुसमाचार प्रचारकहरूकहाँ पठाउन सक्छस्। साथसाथै, तैँले बिस्तारै परमेश्वरका वचनहरू, परमेश्वरको काम, र परमेश्वरका अभिप्रायहरूबारे कसरी प्रचार गर्ने भनेर सिक्न, अनि मानिसहरूलाई परमेश्वरसामु ल्याउन सक्छस्। के यो तेरो कर्तव्य होइन र? अन्य मानिसहरूले लेखन-पठनको काम, चलचित्र निर्माणको काम, र अन्य प्रकारका कामहरूमा संलग्न भएर केही नतिजाहरू निकाल्छन्, तर तँलाई यी कुराहरू गर्न आउँदैन, र तँमा कुनै विशेष प्रतिभा वा वरदान छैन, तैपनि तँ आफ्नो शक्तिलाई सुसमाचारको काममा अर्पण गर्छस्, तँ आफ्नो सर्वस्व लगाएर आफ्नो कर्तव्य पूरा गर्छस्, र तँ परमेश्वरले दिनुभएको आज्ञा वहन गर्छस्, के यी असल कार्यहरू होइनन् र? यी पनि असल कार्यहरू नै हुन्, र परमेश्वरले तिनलाई याद गर्नुहुनेछ। यसले यी वचनहरू पूरा गर्छ: मानिसहरूले पूरा गर्ने कर्तव्यहरूमा महानता वा तुच्छताका कुनै भिन्नताहरू हुँदैनन्; महत्त्वपूर्ण कुरा त केवल तँ आफ्नो कर्तव्यमा बफादार छस् कि छैनस् र तँ त्यसलाई मानक अनुरूपको तरिकाले गर्छस् कि गर्दैनस् भन्ने हो। परमेश्वरले सबैलाई निष्पक्ष र समान रूपमा व्यवहार गर्नुहुन्छ; तैँले केही पनि गर्न नसक्ने भएकाले, तँलाई सुसमाचार प्रचार गर्न भनिन्छ—यो तैँले अरू कुनै कर्तव्य लिन नसक्ने परिस्थितिमा तँलाई तेरो अन्तिम सम्भावित कार्य गर्न सक्षम बनाउनका लागि गरिन्छ। यसमार्फत, तँलाई एउटा अवसर र आशाको किरण दिइएको हो; तँलाई आफ्नो कर्तव्य पूरा गर्ने अधिकारबाट वञ्चित गरिएको होइन। परमेश्वरसित अझै पनि तेरा लागि एउटा आज्ञा छ र उहाँ तँविरुद्ध पक्षपाती हुनुहुन्न। त्यसकारण, सुसमाचार समूहहरूमा खटाइनेहरूलाई भुलिएको पछिल्लो पङ्क्तिमा पठाइएको होइन, न त तिनीहरूलाई त्यागिएको नै हो, बरु तिनीहरूले फरक ठाउँमा आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्। सुसमाचारको कामका प्रबन्धहरूबारे सङ्गति गरेपछि, के अब तिमीहरूले त्यसलाई राम्रो मान्छौ र के अब तिमीहरूमा त्यसबारे कुनै गलतफहमी छैन? (हो।) के तिमीहरूले त्यसबारे दम्भी महसुस गर्नेछौ? मानिसहरूले चाहे जे कर्तव्य पूरा गरे पनि, उनीहरूप्रति परमेश्वरका मागहरू बदलिँदैनन्: परमेश्वर उनीहरूको बफादारी र निष्कपटता चाहनुहुन्छ। यदि तैँले “म अरूको ध्यानमा पर्न खोज्दिनँ, मलाई दम्भी महसुस हुनेछैन, म त परमेश्वरले जे गर्न भन्नुहुन्छ केवल त्यही गर्छु” भन्छस्, तर तँमा कुनै बफादारी छैन, कुनै निष्कपटता छैन भने, त्यसले काम गर्नेछैन। तैँले सुसमाचारको कामलाई चाहे जसरी बुझे पनि, जे भए पनि, यदि तँसँग बफादारी र निष्कपटता हुन पुग्यो भने, तेरो कर्तव्य निर्वाह मानक अनुरूपको हुनेछ। तैँले सुसमाचार प्रचार गर्ने कर्तव्यलाई चाहे जति राम्रो माने पनि वा त्यसप्रति तेरो मनोवृत्ति चाहे जति सकारात्मक भए पनि, यदि तैँले कष्ट सहन सक्दैनस्, र तँमा कुनै तागत र कुनै बफादारी छैन भने, त्यसले पनि काम गर्नेछैन। त्यसकारण, तँलाई चाहे जहाँ राखिए पनि, तँ जुनसुकै समय वा स्थानमा भए पनि, तँ जस्तोसुकै मानिसहरूको सम्पर्कमा आए पनि र तैँले चाहे जे-जस्तो कर्तव्य पूरा गरे पनि, त्यसले फरक पार्दैन। परमेश्वरले सधैँ तँलाई हेर्नुहुनेछ र तेरो हृदयको गहनतम भागको छानबिन गर्नुहुनेछ। यस्तो नसोच् कि तँ एउटा सुसमाचार समूहको सदस्य भएकाले परमेश्वरले तँलाई ध्यान दिनुहुन्न वा परमेश्वरले तँलाई देख्न सक्नुहुन्न, र त्यसकारण तैँले जे मन लाग्यो त्यही गर्न सक्छस्। अनि यदि तँलाई कुनै सुसमाचार समूहमा खटाइयो भने, तँसँग उप्रान्त मुक्ति प्राप्त गर्ने कुनै आशा हुनेछैन भनेर सोच्ने, त्यसपछि त्यसलाई नकारात्मक रूपमा हेर्ने नगर्। यी सोच्ने दुवै शैलीहरू गलत छन्। तँलाई चाहे जहाँ राखिए पनि वा तँलाई चाहे जे कर्तव्य पूरा गर्न प्रबन्ध गरिए पनि, तैँले त्यही नै गर्नुपर्छ, र तैँले त्यो काम लगनका साथ र जिम्मेवारीपूर्वक गर्नुपर्छ। परमेश्वरले तँबाट गर्नुहुने मागहरू परिवर्तन हुँदैनन्, र त्यसैले परमेश्वरका प्रबन्धहरूप्रति तेरो समर्पणता पनि परिवर्तन हुनु हुँदैन। सुसमाचारसम्बन्धी कामदारहरूको अवस्था अन्य कर्तव्यहरू पूरा गर्नेहरू सरह हुन्छ; कुनै व्यक्तिको मूल्य उसले गर्ने कर्तव्यद्वारा नभई, बरु उसले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र ऊसँग सत्यता वास्तविकता छ कि छैन भन्ने कुराद्वारा मापन गरिन्छ। सुसमाचारको काम, यो ठूलो र विशिष्ट कामका सन्दर्भमा मैले सङ्गति गर्ने भनेको यति मात्र हो।
ई. विभिन्न प्रकारका पेसागत कामहरू
चौथो विषयवस्तु, विभिन्न प्रकारका पेसागत कामहरू। यसमा चलचित्र निर्माण, लेखन-पठनको काम, सङ्गीत, कला, अनुवाद, आदि समावेश हुन्छन्। कतिपय मानिसहरूले भन्छन्, “हामी पोसाक बनाउनेहरू पनि चलचित्र निर्माणमा संलग्न छौँ। के पोसाकहरू बनाउनुलाई एक प्रकारको काम मानिन्छ?” पोसाक बनाउनु चलचित्र निर्माण र सङ्गीतसम्बन्धी कामका प्रकारमै समावेश हुन्छ; यो एक प्रकारको सहायक काम हो, जसले यस्ता प्रकारका कामहरूसँग सहकार्य गर्छ। हरेक चरणमा, परमेश्वरको घरले यस्ता पेसागत कामका विशिष्ट आवश्यकताहरूका सम्बन्धमा विशिष्ट कामका प्रबन्धहरू गरेको हुन्छ। कतिलाई लेखनमार्फत सञ्चार गरिन्छ, र कतिपय चाहिँ भेलाहरूमा मौखिक रूपमा सङ्गतिमार्फत सञ्चार गरिन्छन्। तिनलाई चाहे जसरी सञ्चार गरिए पनि, अगुवा र कामदारहरूले तिनको जिम्मेवारी वहन गर्नुपर्छ, यस कामका लागि परमेश्वरको घरले जारी गरेका विशिष्ट मागहरूको अभिलेख राख्नुपर्छ र यी टिपोटहरूलाई व्यवस्थित गर्नुपर्छ, र त्यसपछि तीबारे ठोस सङ्गति गरेर तिनको विशिष्ट कार्यान्वयनमा संलग्न हुनुपर्छ। यो पनि एउटा ठूलो काम हो, र यो सुसमाचारको कामपछि आउने दोस्रो विशिष्ट काम हो। यो विशिष्ट कामका सन्दर्भमा भन्नुपर्दा, परमेश्वरको घरले विभिन्न पेसाहरूमा आबद्ध सबै कर्मचारीहरूबाट उनीहरूले निरन्तर आफ्ना कर्तव्यहरूसँग सम्बन्धित पेसागत ज्ञान अध्ययन गर्नुपर्ने, साथै परमेश्वरको घरको कामका लागि के-के कुराहरू उपयोगी छन् भनी किटान गर्नका लागि जानकारी खोज्नुपर्ने माग गर्छ। सँगसँगै, परमेश्वरको घरले निरन्तर सत्यता सिद्धान्तहरूबारे सङ्गति गरिरहेको र विभिन्न प्रकारका पेसागत कामका लागि ठोस योजनाहरू प्रदान गरिरहेको हुन्छ। कहिलेकाहीँ यस्ता प्रकारका कामहरूबारे सुपरिवेक्षक र समूहका सदस्यहरूलाई सँगै सङ्गति दिइन्छ, र कहिलेकाहीँ तिनका बारेमा उक्त कामका लागि जिम्मेवार अगुवा, कामदार, र सुपरिवेक्षकहरूलाई मात्र सङ्गति दिइन्छ। चाहे ती लेखनमार्फत सञ्चार र सङ्गति गरिएका होऊन् वा भेलाहरूमार्फत, जे भए पनि, यस्ता प्रकारका कामहरूलाई निरन्तर सुधार गरिन्छ र मानकअनुरूपको बनाइन्छ, साथै सुसमाचारको कामका खाँचोअनुसार निरन्तर विशिष्ट प्रबन्धहरू गरिन्छ। उदाहरणका लागि, मानौँ परमेश्वरको घरले तुलनात्मक रूपमा नयाँ विषयमा एउटा चलचित्र निर्माण गर्छ, र उक्त चलचित्र अत्यन्तै पेसागत तरिकाले छायाङ्कन गरिएको हुन्छ। उक्त चलचित्र अनलाइनमा अपलोड भएपछि, त्यसलाई धेरैले हेर्छन्। यस्तो परिस्थितिमा, परमेश्वरको घरले प्रतिक्रिया र सुसमाचारको कामका आवश्यकताहरूका आधारमा यस प्रकारको कामका लागि विशिष्ट मागहरू सृजना गर्छ। छोटकरीमा, यो कामको निरन्तर सारांशीकरण र सुधार भइरहेको हुन्छ, र यो निरन्तर बढिरहेको पनि हुन्छ।
विभिन्न प्रकारका पेसागत कामहरूका लागि परमेश्वरको घरका प्रबन्धहरूले मानिसहरूबाट उनीहरूले अझ बढी अध्ययन गर्नुपर्ने, साथै प्रशिक्षक र विभिन्न प्रकारका स्रोतसाधन र शैक्षिक सामग्रीहरू खोजेर तीबाट सिक्नुपर्ने माग गर्छन्। उदाहरणका लागि गायनलाई लिऊँ; सिक्नका लागि एउटा प्रशिक्षक खोज्नु र उनलाई स्वर प्रशिक्षण दिन लगाउनु पनि एउटा निश्चित कामको प्रबन्ध हो। यो प्रबन्ध सुनेपछि, अगुवा र कामदारहरूले माथिका मागहरूअनुसार यो काम गर्न उपयुक्त शिक्षक खोज्नुपर्छ र उनलाई हाम्रा गायकहरूलाई प्रशिक्षण दिन लगाउनुपर्छ, गायकहरूलाई सही स्वर सङ्गीतको ज्ञान अनि गाउने सही तरिका अध्ययन गर्न मदत गर्न लगाउनुपर्छ, र अवश्य नै, सिक्नका लागि पुराना कृतिहरू खोज्नैपर्छ। सङ्गीत रचना र कोरस गायनसम्बन्धी पेसागत ज्ञान सधैँ अध्ययन गरिनैपर्छ, र परमेश्वरको घरका कामका प्रबन्धहरूले सधैँ मानिसहरूबाट उनीहरूले निरन्तर आफ्ना कर्तव्यहरूसँग सम्बन्धित पेसागत ज्ञान अध्ययन गर्नुपर्ने, र निश्चित उन्नत र व्यावहारिक विधिहरू प्रयोग गर्न सिक्नुपर्ने, आदि माग गर्छन्। यी कामका प्रबन्धहरू र मागहरू केवल एक पटक जारी गरेर सकिने कुरा होइनन्, बरु अगुवा र कामदारहरूबाट उनीहरूले यी कामका प्रबन्धहरूबारे बारम्बार सङ्गति गर्नुपर्ने, पेसागत काममा संलग्न भएकाहरूलाई मार्गदर्शन गरेर तिनीहरूलाई अध्ययन जारी राख्न, र सबै प्रकारका पेसागत कामहरूलाई निरन्तर र प्रभावकारी रूपमा विकसित गर्न र गहन बनाउनका निम्ति लागिपर्न सक्षम बनाउनुपर्ने, र यथास्थितिमा बस्न नहुने माग गरिन्छ। कतिपय मानिसहरूले सोच्छन्, “कामका प्रबन्धहरू आज हामीलाई जारी गरिएका छन्, त्यसैले हामीले तिनलाई यही महिना मात्र अभ्यास गर्नुपर्छ र त्यसपछि मामला त्यतिमै सकिन्छ। यदि माथिले त्यसका बारेमा भविष्यमा केही पनि भनेनन् भने, सायद हामीले तिनलाई अभ्यास गरिरहन पर्दैन।” के कुरा साँच्चिकै यही हो त? (होइन।) अगुवा र कामदारहरूले यस तरिकाले बिलकुलै सोच्नु हुँदैन, बरु बारम्बार सोधपुछ गरिरहनुपर्छ र यस्तो सोध्नुपर्छ, “तिमीहरूको यो पेसाबारे अध्ययन कस्तो चलिरहेको छ? के तिमीहरूले कुनै कठिनाइहरू सामना गरिरहेका छौ? के त्यसमा सिद्धान्तहरूसँग बाझिने वा तिनका विरुद्धमा जाने केही कुरा छ? आफ्नो अध्ययनमा कसले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ, को सबैभन्दा दक्ष छ, र कसले त्यो सबैभन्दा छिटो सिकेको छ? यी सिद्धान्तहरू अध्ययन गरेपछि, तिमीहरूलाई आफूले सिकेका कुराहरूमध्ये कुन-कुन चाहिँ परमेश्वरको घरको कामका लागि प्रयोग गर्न उपयुक्त लाग्छ?” यसमाथि, अगुवा र कामदारहरूले विदेशी भाषाहरू अध्ययन गरिरहेका सुसमाचार समूहका मानिसहरूलाई यस्ता प्रश्नहरू सोध्नैपर्छ, “तिमी कति वर्षदेखि यो विदेशी भाषा सिकिरहेका छौ? हालसालै तिम्रो पढाइ कस्तो चलिरहेको छ? तिमी कतिवटा दैनिक कुराकानीमा संलग्न हुन सक्छौ? के तिमी आम आत्मिक शब्दहरू अनुवाद गर्न सक्छौ? के तिमीले सुसमाचार प्रचारसँग सम्बन्धित यी सत्यताहरू बताउन यो विदेशी भाषा प्रयोग गर्न सक्छौ? अहिले तिम्रो बोलाइ राम्रो छ कि लेखाइ? के तिमीलाई सिक्नका लागि कुनै शिक्षकको मदत चाहिन्छ? के विदेशी भाषाहरू अध्ययन गर्न बढी उपयुक्त र दक्ष अरू कोही छ? के यस प्रकारका कर्मचारीहरूको सङ्ख्या बढेको छ? के त्यस्तो कोही छ, जसलाई भाषा सिक्नु अत्यन्तै झन्झटिलो र कठिन छ भन्ने लाग्छ, त्यसैले उसले उप्रान्त त्यो सिक्न चाहँदैन, र बीचमै हार मान्छ, र अर्को कर्तव्यमा लाग्न चाहन्छ?” यस प्रकारका कामसँग सम्बन्धित यस्ता विशिष्ट मामलाहरूबारे बेलाबेलामा सोधपुछ र सुपरिवेक्षण गरिरहनुपर्छ। माथिले विशिष्ट कामका प्रबन्धहरू गरेकाले, सुपरिवेक्षकहरूले अन्तिमसम्मै यी विशिष्ट कार्यहरूको जिम्मेवारी लिनुपर्छ। माथिले सोधपुछ नगरुञ्जेल निष्क्रिय रूपमा पर्खेर नबस्; माथिले छ महिना वा एक वर्षसम्म कुनै सोधपुछ नगरे पनि, तैँले अझै पनि सबै काम आफ्नो क्षमताले भ्याएसम्म राम्रोसँग गर्नुपर्छ, र तँ हरबखत माथिको निरीक्षण र निर्देशन स्विकार्न तयार रहनुपर्छ—यो नै सही मानसिकता हो। यस्तो किन हो भने, कामका प्रबन्धहरू जारी र सञ्चार गरिएका छन्, र कामको सुपरिवेक्षक भएको नाताले तँ त्यसको अनुगमन गर्न जिम्मेवार छस्, त्यसकारण तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ। तर, यदि तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्षम छैनस् भने, तँ केही न कामको होस् र तँलाई बर्खास्त गरिनुपर्छ र हटाइनुपर्छ। त्यसैले, अगुवा र कामदारहरूले यी विशिष्ट कामका प्रबन्धहरू वा माथिले दिएका सङ्गतिहरूबारे बारम्बार चिन्तन र सङ्गति गर्नुपर्छ, र त्यसपछि तिनलाई कार्यान्वयन गर्नुपर्छ र परिस्थितिअनुसार कामको अनुगमन गर्नुपर्छ। उनीहरूले हालै कस्ता प्रकारका कामहरूलाई बेवास्ता गरेका छन्, र लामो समयदेखि जाँच गरेका छैनन्, र कुन चाहिँ काममा उनीहरू व्यक्तिगत रूपमा त्यति राम्रा छैनन् र उनीहरूले कुन कामका बारेमा हालै सोधपुछ गरेका छैनन्, र परिणामस्वरूप उनीहरू कसको हालको अवस्थाबारे अनभिज्ञ छन् भनेर हेर्नुपर्छ, र त्यसपछि गएर तिनको निरीक्षण गर्नुपर्छ। यसका साथै, विभिन्न प्रकारका पेसागत कामहरूका सन्दर्भमा, परमेश्वरको घरले अर्को विशिष्ट प्रबन्ध गरेको हुन्छ: त्यसले सान्दर्भिक प्रतिभाशाली व्यक्तिहरू निरन्तर खोजिनैपर्ने, तिनीहरूको संवर्धन, र प्रवर्धन गरिनैपर्ने माग गर्छ। त्यसोभए, अगुवा र कामदारहरूले यो कामको प्रबन्ध प्राप्त गर्दा, उनीहरूले के गर्नुपर्छ? उनीहरूले यस्तो काम गर्न उपयुक्त कोही छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ। यदि केही मानिसहरू यस प्रकारको काम गर्न उपयुक्त छन् तर तिनीहरूमा प्राविधिक पेसाबारे धेरै बुझाइ छैन भने, तिनीहरूलाई चाँडो संवर्धन गरेर त्यसबारे अध्ययन गर्ने र प्रशिक्षण लिने प्रबन्ध गरिनुपर्छ। छोटकरीमा, विभिन्न प्रकारका पेसागत कामहरू पनि महत्त्वपूर्ण काम नै हुन्। यो काममा थुप्रै कुराहरू समावेश छन्, र त्यसको दायरा पनि विशाल छ, र परमेश्वरको घरले त्यसका लागि कैयौँ विशिष्ट कामका प्रबन्धहरू गरेको छ। यस कामका लागि चाहिने भनेको निरन्तरको अध्ययन, सङ्क्षेपण, र गहनतामा प्रवेश हो, साथै निरन्तर मानकीकरण गर्नका लागि उचित सिद्धान्तहरू पनि फेला पार्नैपर्छ। यसबाहेक, यस्ता कर्तव्यहरू पूरा गर्न उपयुक्त प्रतिभाशाली व्यक्तिहरूलाई निरन्तर संवर्धन गर्नैपर्छ। विभिन्न प्रकारका पेसागत कामहरूको यो ठूलो विषयवस्तुका लागि गरिएको कामको प्रबन्ध यही नै हो, र यो बुझ्न पनि सजिलो छ।
उ. मण्डली जीवन
पाँचौँ विषयवस्तु, मण्डली जीवन। परमेश्वरको घरले मण्डली जीवनको अवधिमा खान-पिन गरिने विषयवस्तु, मण्डली जीवनको ढाँचा, र मण्डली जीवन जिउने मानिसहरूको सङ्ख्याका सम्बन्धमा विशिष्ट प्रबन्ध र विनियमहरू बनाएको छ। परमेश्वरको घरसित विशेष परिस्थिति र अवस्थाहरू अन्तर्गतका भेलाहरूको ढाँचा र मण्डली जीवनको विषयवस्तु सम्बन्धी सोही अनुरूपका कामका प्रबन्धहरू पनि छन्। यस्ता प्रकारका प्रबन्धहरू मुख्यतः लिखित रूपमा जारी गरिन्छन्। फरक-फरक देशहरूमा नयाँ विश्वासीहरूको मण्डली जीवन—उनीहरूका भेलाहरूको ढाँचा र मात्रा, र भेलाहरूका अवधिमा उनीहरूले खाने र पिउने विषयवस्तु, आदि—का लागि गरिने कामका प्रबन्धहरू केही विशेष परिस्थितिहरूमा बाहेक, मूलतः जातीय चिनियाँ मण्डली जीवनका कामका प्रबन्धहरूसँग मिल्दो हुन्छन्। मैले भर्खरै तँलाई मण्डली जीवनसँग सम्बन्धित कामका प्रबन्धहरूको दायराको समग्र चित्र दिएको छु—त्यसमा खाइने र पिइने परमेश्वरका वचनहरूको विषयवस्तु, र भेलाहरूमा सत्यताबारे सङ्गति गर्ने हालसालैका विषयवस्तु, र भेलाहरूमा गरिने सङ्गतिको ढाँचा समावेश छन्। उदाहरणका लागि, भेलाहरूमा सङ्गति गर्नमा एउटै व्यक्तिलाई हाबी हुन नदिने, हरेक व्यक्तिलाई सङ्गति गर्न दिइने अधिकतम समय, लामो-घुमाउरो कुरा गर्ने र आफ्नो कुरा अस्पष्ट रूपमा व्यक्त गर्ने मानिसहरूलाई कसरी व्यवहार गर्ने र सम्हाल्ने, आदि—मण्डली जीवन र भेलाहरूसँग सम्बन्धित यी सबै विशिष्ट कुराहरूबारे कामका प्रबन्धहरूमा विशिष्ट निर्देशहरू छन्। अगुवा र कामदारहरू एकातिर यी कामका प्रबन्धहरू जारी र सञ्चार गर्न जिम्मेवार हुन्छन्, र अर्कोतिर, उनीहरू तिनका बारेमा दाजुभाइ-दिदीबहिनीहरूसँग प्रस्ट रूपमा सङ्गति गर्न, मण्डलीका सबै सदस्यहरूलाई ती कुराहरू बुझ्ने र स्विकार्ने तुल्याउन जिम्मेवार हुन्छन्, जसपछि उनीहरूले तिनलाई कडाइका साथ कार्यान्वयन र पालना मात्र गर्नुपर्ने हुन्छ। विशेषगरी, भेलाहरूमा बोल्दा बारम्बार विषयभन्दा बाहिर जाने, अवरोधहरू पुर्याउने, शब्द र धर्मसिद्धान्तहरू बोल्ने, र नाराहरू फलाक्नेहरूलाई प्रतिबन्ध लाउनुपर्छ, र यस्ता प्रकारका विशेष परिस्थितिहरूका सम्बन्धमा कामका प्रबन्धहरूमा विशिष्ट विनियमहरू रहेका छन्। मण्डली जीवनसम्बन्धी कामका प्रबन्धहरू मुख्यगरी भेलाहरूसम्बन्धी विभिन्न कामकुरासँग सम्बन्धित हुन्छन्, ती जटिल हुँदैनन्, ती निकै सरल हुन्छन्, र कुनै व्यक्तिले चाहे जे कर्तव्य पूरा गरे पनि, उसले केवल यी कामका प्रबन्धहरूमा रहेका सिद्धान्तहरू पालना गर्नु आवश्यक हुन्छ। उदाहरणका लागि, भेलाहरूमा, सुसमाचार समूहहरूले मण्डली जीवनसँग सम्बन्धित कामका प्रबन्धहरूमा रहेका सिद्धान्तहरूको पालना मात्र गर्नुपर्छ—यसमा उनीहरूका लागि विशेष कुरा केही हुँदैन। अन्य समूहहरूले अन्य मानिसहरूभन्दा फरक काम मात्र गर्छन्, भेलाहरू, सत्यताबारे सङ्गति गर्ने, परमेश्वरका वचनहरू प्रार्थना गर्दै पढ्ने, र व्यक्तिगत अनुभवहरूबारे सङ्गति गर्ने जस्ता कुराहरूमा सबै कुरा उस्तै हुन्छ—यो दायरा पार हुँदैन। उनीहरूले मण्डली जीवनको अवधिमा खाइने र पिइने विषयवस्तु, सङ्गतिले लिने स्वरूप, र भेलाहरूको ढाँचासम्बन्धी परमेश्वरको घरका हालका विनियमहरूअनुरूप अभ्यास मात्र गर्नुपर्छ। अवस्थाहरूले अनुमति दिएमा, मानिसहरू व्यक्तिगत रूपमा सँगै भेला हुन सक्छन्, नत्र उनीहरूले अनलाइन भेलाहरू राख्न सक्छन्। यो एउटा अत्यन्तै सरल, र प्रस्ट रूपमा परिभाषित गरिएको मामला हुनुपर्छ। कतिपय मण्डली सदस्यहरू फरक-फरक महादेश र देशहरूमा छरिएका हुन्छन्, कतिपय युरोपमा हुन्छन् भने कतिपय मध्य पूर्वमा हुन्छन्; यस्तो अवस्थामा, अनलाइन भेलाहरू जरुरी हुन्छन्। भेलाहरू राख्ने समय र अन्तराल स्थानीय मण्डलीहरूले निर्णय गर्ने कुरा हो; परमेश्वरको घरले यस मामलाका सम्बन्धमा विशिष्ट विनियमहरू बनाउँदैन, न त त्यसले यसमा हस्तक्षेप नै गर्छ। परमेश्वरको घरले यो मामलामा किन हस्तक्षेप गर्दैन त? मण्डलीमा कतिपय मानिसहरूले पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्दैनन्; उनीहरूको जागिर र परिवार हुन्छ, उनीहरूका व्यक्तिगत परिस्थितिहरू फरक हुन्छन्, साथै फरक देशहरूमा समय क्षेत्रहरू फरक हुन्छन्, त्यसैले हप्तामा कति पटक भेला हुने र प्रत्येक भेला कुन समयमा हुने भन्ने कुरा उनीहरू आफैलाई निर्णय गर्न दिइनुपर्छ। परमेश्वरको घरले यससम्बन्धी विशिष्ट विनियमहरू बनाउँदैन, बरु एउटा सिद्धान्त मात्र प्रदान गर्दछ। परमेश्वरको घरले नयाँ विश्वासीहरू हप्तामा कति पटक भेला हुने भन्ने दायरा तोकेको हुन्छ, र आफ्नो कर्तव्य पूरा गर्ने र नगर्नेहरू हप्तामा कति पटक सँगै भेला हुन्छन् भन्नेमा फरक छ। के नयाँ विश्वासीहरू हप्तामा सात पटक सँगै भेला हुनुपर्ने भनी माग गर्ने कुनै कामको प्रबन्ध छ? (छैन।) त्यसोभए, नयाँ विश्वासीहरू हरेक हप्ता कति पटक भेला हुनुपर्छ भन्ने कुरा केमा आधारित हुन्छ त? (त्यो नयाँ विश्वासीहरूसँग कति समय छ भन्नेमा आधारित हुन्छ।) बढीमा हप्ताको दुई-तीन पटक, र कम्तीमा एक पटक सँगै भेला हुनु पूर्ण रूपमा उचित हुन्छ। कतिपय मानिसहरूले भन्छन्, “हाम्रो क्षेत्रका मानिसहरू कृषिमा मन्दी हुने ऋतुमा निकै फुर्सदिला हुन्छन्, त्यसैले सबै जना हरेक दिन भेला हुन चाहन्छन्—हामी त दैनिक दुई पटक भेला भए पनि हुन्छ। हामी साँच्चिकै भेला हुन चाहन्छौँ।” नयाँ विश्वासीहरूको हृदय उत्साहले भरिएको हुन्छ र उनीहरू सधैँ अझ बढी सत्यताहरू बुझ्न चाहन्छन्। यदि उनीहरूका पारिवारिक परिस्थितिहरूले दिएमा, उनीहरूले अझ बढी भेलाहरूमा सहभागी हुन अनुरोध गर्नु राम्रो कुरा हो, जबसम्म त्यसले उनीहरूको दैनिक जीवनलाई असर गर्दैन। मानिसहरू हरेक हप्ता भेला हुने निश्चित सङ्ख्या प्रत्येक क्षेत्रका परमेश्वरका चुनिएका मानिसहरूका परिवार र कामका अवस्थाहरूअनुसार निर्धारण गरिनुपर्छ—परमेश्वरको घरले यस मामलाका सम्बन्धमा विशिष्ट विनियमहरू बनाउँदैन। परमेश्वरका चुनिएका मानिसहरूमध्ये जसका लागि सम्भव छ, उनीहरू बढी भेला हुन सक्छन्, र त्यसपछि उनीहरूले बढी सत्यताहरू बुझ्नेछन् र जीवन वृद्धि झन् चाँडो हासिल गर्नेछन्। यो असल कुरा हो। तर, उचित अवस्था नभएकाहरूलाई यसरी भेला हुन उपयुक्त हुँदैन, र उनीहरू हप्तामा कम्तीमा एक-दुई वटा भेलाहरूमा सहभागी हुनु ठिकै हुन्छ। विभिन्न क्षेत्रका मण्डलीहरूले हरेक हप्ता कति वटा भेला राख्ने भन्ने कुरा परमेश्वरका चुनिएका मानिसहरूले निर्णय गर्ने हो, र यसमा कसैले पनि हस्तक्षेप गर्नु हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा त भेलाहरू अन्य कुनै कारणले नभई, मानिसहरूले सत्यता बुझ्न सकून् भन्नका लागि राखिनु हो। त्यसकारण, हरेक मण्डलीले राख्ने भेलाहरूको सङ्ख्या त्यसका विशिष्ट परिस्थितिहरूअनुसार निर्णय गरिन्छ। यदि परमेश्वरका चुनिएका मानिसहरू हरेक हप्ता एउटा अतिरिक्त भेलामा सहभागी हुन सक्छन् भने, त्यो उनीहरूको जीवन वृद्धिका लागि बढी लाभदायक हुन्छ। यदि सत्यता नपछ्याउने र बढी भेलाहरूमा सहभागी हुन नचाहने मानिसहरू छन् भने, उनीहरूमाथि यो लाद्नु हुँदैन। विशेषगरी अलिक बढी व्यस्त हुने र अझ बढी भेलाहरूमा सहभागी हुने समय नहुने तलबी कामदारहरूलाई यसो गर्न आवश्यक गराउनु हुँदैन। चाहे मानिसहरू भेलाहरूमा सहभागी हुने अवस्थामा भए पनि वा नभए पनि वा उनीहरू चाहे जति पटक भेला भए पनि, परमेश्वरको घरले हस्तक्षेप गर्ने वा कुनै पनि प्रतिबन्ध लाद्ने गर्दैन। किनभने प्रत्येक विश्वासीका परिस्थिति र पृष्ठभूमिहरू सबै फरक हुन्छन्, त्यसैले उनीहरूलाई कुनै दबाबमा पार्नु हुँदैन। मण्डली जीवनको अवधिमा खाइने र पिइने विषयवस्तुका सम्बन्धमा परमेश्वरको घरका कामका प्रबन्धहरूमा तदनुरूपका विनियमहरू हुन्छन्, र मण्डलीका सबै तहका अगुवाहरू र दाजुभाइ-दिदीबहिनीहरूले तिनको प्रस्ट बुझाइ राख्नु आवश्यक हुन्छ। अगुवा र कामदारहरूले माथिका कामका प्रबन्धहरूद्वारा के-के विशिष्ट कार्य र मामिलाहरू गर्नुपर्ने भनी माग गरिएको छ भन्ने कुरा बुझ्नैपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूले पनि अगुवा र कामदारहरूले यो काम गरिरहेका छन् कि छैनन् भनी हेर्न उनीहरूको सुपरिवेक्षण गर्नैपर्छ। मण्डली जीवनको अवधिमा खाइने र पिइने विषयवस्तु, साथै भेलाहरूसँग सम्बन्धित बुझ्नैपर्ने र पछ्याउनैपर्ने कामका प्रबन्धहरूको कुरा आउँदा, अगुवा र कामदारहरू र परमेश्वरका चुनिएका मानिसहरू एउटा सर्वसम्मतिमा पुग्नैपर्छ—भिन्नताहरूका लागि बिलकुलै अनुमति हुँदैन। मण्डली जीवनको कामसम्बन्धी कामका प्रबन्धहरू निकै सरल छन्, मानिसहरूका लागि बुझ्न सजिला छन्, र अमूर्त छैनन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।