अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (९) खण्ड एक

अगुवा र कामदारहरू मानक अनुरूप छन् कि छैनन् भनी मूल्याङ्कन गर्ने दुई मापदण्डहरू

अब हामीले अगुवा र कामदारहरूका जम्मा आठवटा जिम्मेवारीहरूमा सङ्गति गरेका छौँ, र यी आठवटा जिम्मेवारीहरूका सम्बन्धमा हामीले झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरूलाई चिरफार गरेका छौँ। तिनलाई यस तरिकाले चिरफार गरेपछि, के अब तिमीहरूले झूटा अगुवाहरूलाई केही हदसम्म खुट्ट्याउन सक्छौ? यदि तँ एक अगुवा होस् भने, के तँ झूटा अगुवाहरूका यी अभ्यासहरूमा संलग्न हुनबाट जोगिन सक्छस्? के तँ सचेत रूपमा काम गर्न र हामीले सङ्गति गरेका जिम्मेवारीहरूका आधारमा अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्छस्? अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी सङ्गतिमार्फत, अब तिमीहरूलाई आफ्नो हृदयमा अगुवा र कामदारहरूले आफ्नो काम कसरी गर्नुपर्छ, यो काम गर्नमा कस्ता विवरणहरू संलग्न हुन्छन्, उनीहरूले काम कसरी कार्यान्वयन गर्नुपर्छ, र उनीहरूले कसरी मानक अनुरूपका अगुवा र कामदार बन्‍ने अभ्यास गर्नुपर्छ भनेर थाहा भएको हुनुपर्छ। यदि कुनै व्यक्तिको क्षमता पर्याप्त छ, यदि उसमा निश्चित हदसम्मको काम गर्ने सक्षमता छ, र उसले बोझ पनि वहन गर्छ भने, ऊ झूटा अगुवाहरूका यी प्रकटीकरणहरू देखाउनबाट जोगिन सक्षम हुनुपर्छ। तर, यदि कुनै व्यक्तिमा क्षमता छ र केही हदको काम गर्ने सक्षमता छ, तर उसले बोझ वहन गर्दैन भने, के ऊ मानक अनुरूपको अगुवा हुन अनि अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्षम हुन्छ त? (हुँदैन।) उसलाई यसो गर्न अलि गाह्रो हुन्छ। मानौँ कुनै अगुवाले बोझ वहन गर्छ र उसको मानवता कमजोर छैन, तर उसलाई आफ्नो काम कसरी गर्ने भन्‍ने नै थाहा छैन। ऊसँग जसरी सङ्गति गरे पनि, उसलाई अझै पनि निश्चित काम कसरी कार्यान्वयन गर्ने र त्यसमा कसरी सहभागी हुने भनेर थाहा हुँदैन, साथै उसले सिद्धान्तहरू वा दिशा भेटाउन सक्दैन। उसले निश्चित पेसा वा कामका लागि निर्देशन प्रदान गर्न पनि जानेको हुँदैन। समस्याहरू उत्पन्‍न हुँदा उसले ती समस्याहरूको सार पत्ता लगाउन सक्दैन, र उसले तिनलाई समाधान गर्न जान्दैन। फलस्वरूप, ऊ जहिले पनि आफूले गर्ने जुनसुकै काममा वा आफूले सम्हालिरहेको जुनसुकै मामलामा निकै निष्क्रिय र सुस्त हुन्छ। के त्यस्तो व्यक्तिले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्छ त? (सक्दैन।) यो कस्तो प्रकारको समस्या हो? यस प्रकारको व्यक्ति निकै जोसिलो हुने, उसले बोझ वहन गर्ने, र आफ्नो काम गर्न चाहने भए पनि, उसको क्षमता अत्यन्तै कमजोर हुन्छ, उसमा काम गर्ने सक्षमता हुँदैन र उसले उक्त काम वहन गर्न, वा निश्चित काम गर्न वा निश्चित समस्याहरू समाधान गर्न सक्दैन; कुनै पनि काममा सहभागी हुँदा उसले आलटाल मात्र गर्छ, साथै ऊ निकै मन्द बुद्धिको, बोधो, र निष्क्रिय हुन्छ। यसको फलस्वरूप, धेरै समस्या उत्पन्‍न हुन्छन्, तैपनि उसले तीमाथि कामको थालनी गर्न सक्दैन, उसलाई ती कहाँबाट आउँछन् भनेर थाहा हुँदैन, तीबारे कसरी सङ्गति गर्ने र तिनलाई कसरी समाधान गर्ने भन्‍ने कुरा त झनै थाहा हुँदैन, र ऊ उक्त समस्याहरूबारे माथिलाई रिपोर्ट गर्न र उनीबाट खोजी गर्न समेत सक्षम हुँदैन। त्यसकारण, ऊ अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्षम हुँदैन, र ऊ अगुवा बन्‍न चुनियो भने पनि, ऊ असल अगुवा हुँदैन—ऊ झूटो अगुवा हुन्छ।

अब हामीले अगुवा र कामदारहरूका आठवटा जिम्मेवारीहरूबारे सङ्गति गरिसकेपछि, के तिमीहरू झूटो अगुवाको आधारभूत परिभाषा दिन सक्छौ? कुनै अगुवाले अगुवा र कामदारहरूका जिम्मेवारी पूरा गरिरहेको छ कि ऊ झूटो अगुवा हो भनी कसरी मूल्याङ्कन गर्नुपर्छ? सबैभन्दा आधारभूत तहमा, उसले तिनीहरू वास्तविक काम गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूमा यो क्षमता छ कि छैन भनी हेर्नुपर्छ। त्यसपछि, उसले तिनीहरूमा यो काम राम्रोसँग गर्ने बोझ छ कि छैन भनी हेर्नुपर्छ। तिनीहरूले भन्‍ने कुराहरू कति मिठा सुनिन्छन् र तिनीहरूले धर्मसिद्धान्तहरू कति बुझेजस्तो देखिन्छ भन्‍ने कुराको वास्तै नगर्, अनि तिनीहरूले बाह्य मामलाहरू सम्हाल्दा तिनीहरू कति प्रतिभावान् र वरदानयुक्त छन् भन्‍ने कुराको पनि वास्ता नगर्—यी कुराहरू महत्त्वपूर्ण छैनन्। तिनीहरूले मण्डलीका सबैभन्दा आधारभूत कामहरू राम्ररी गर्न सक्छन् कि सक्दैनन्, सत्यता प्रयोग गरी समस्याहरू समाधान गर्न सक्छन् कि सक्दैनन्, र मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउन सक्छन् कि सक्दैनन् भन्‍ने कुराचाहिँ सबैभन्दा महत्त्वपूर्ण छ। सबैभन्दा आधारभूत र अत्यावश्यक कुरा यही हो। यदि तिनीहरू यी वास्तविक कामहरू गर्न अक्षम छन् भने, तिनीहरूको क्षमता जति नै राम्रो भए पनि, तिनीहरूमा जति नै प्रतिभा भए पनि, वा तिनीहरूले जति धेरै कठिनाइ भोग्‍न र मूल्य चुकाउन सके पनि, तिनीहरू झूटा अगुवा नै हुन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् भन्‍ने कुरा अहिले बिर्सिदिऊँ। तिनीहरूको क्षमता राम्रो छ र तिनीहरू सक्षम छन्। तिनीहरूले केही समय तालिम लिए भने, तिनीहरूले अवश्यै वास्तविक काम गर्न सक्नेछन्। त्यसबाहेक, तिनीहरूले कुनै खराब काम गरेका छैनन् र दुष्टता गरेका छैनन्, अथवा अवरोध वा बाधाहरू पुर्‍याएका छैनन्—तपाईँ कसरी तिनीहरू झूटा अगुवा हुन् भनी भन्‍न सक्‍नुहुन्छ?” यसलाई हामी कसरी व्याख्या गर्न सक्छौँ? तँ कति प्रतिभाशाली छस्, तँसित कुन स्तरको क्षमता र शिक्षा छ, तैँले कतिवटा नाराहरू फलाक्न सक्छस्, वा तैँले कतिवटा शब्द र धर्मसिद्धान्तहरू बुझेको छस् भन्‍ने कुराले फरक पर्दैन; तँ जतिसुकै व्यस्त भए पनि वा एक दिनमा तँ जति नै थकित भए पनि, वा तैँले जतिसुकै टाढा यात्रा गरेको भए पनि, तँ जतिसुकै मण्डलीहरूमा जाने गरे पनि, वा तैँले जतिसुकै जोखिम लिए पनि र जतिसुकै कष्ट सहे पनि—यी कुनै पनि कुराले महत्त्व राख्दैन। तैँले कामका बन्दोबस्तहरूका आधारमा आफ्नो काम गरिरहेको छस् कि छैनस्, तैँले ती बन्दोबस्तहरूलाई सही तरिकाले लागु गरिरहेको छस् कि छैनस्; तेरो अगुवाइको दौरान तँ आफू जिम्मेवार भएको हरेक विशिष्ट काममा सहभागी भइरहेको छस् कि छैनस्, र तैँले कतिवटा साँचो समस्याहरू समाधान गरेको छस्; तेरो अगुवाइ र मार्गदर्शनका कारण कति जना व्यक्तिहरूले सत्यता सिद्धान्तहरू बुझेका छन्, र मण्डलीको काम कति अघि बढेको र विकसित भएको छ भन्‍ने कुराहरूले चाहिँ महत्त्व राख्छन्—तैँले यी नतिजाहरू हासिल गरेको छस् कि छैनस् भन्‍ने कुराले चाहिँ महत्त्व राख्छ। तँ जुनसुकै विशिष्ट काममा संलग्न भए पनि, महत्त्वपूर्ण कुरा भनेको तैँले ठूलो बनेर आदेशहरू मात्र दिनुको साटो निरन्तर कामको अनुगमन र निर्देशन गरिरहेको छस् कि छैनस् भन्‍ने हो। यसअलावा, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जीवन प्रवेश पाउँछस् कि पाउँदैनस्, तैँले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छस् कि सक्दैनस्, तँमा सत्यता अभ्यास गर्ने गवाही छ कि छैन, र परमेश्‍वरका चुनिएका मानिसहरूले सामना गरेका वास्तविक समस्याहरूलाई तैँले सम्हाल्न र समाधान गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुराहरूले पनि महत्त्व राख्छ। यी र यस्तै अन्य कामकुराहरू सबै कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने मापदण्ड हुन्। के तिमीहरू यी मापदण्डहरू व्यावहारिक छन् भनेर भन्छौ? अनि के ती मानिसहरूप्रति निष्पक्ष छन्? (छन्।) ती सबैप्रति निष्पक्ष छन्। तेरो शिक्षाको स्तर जति भए पनि, तँ जवान भए पनि वा वृद्ध भए पनि, तैँले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तँ जति नै वरिष्ठ भए पनि, वा तैँले परमेश्‍वरको वचन जति नै पढेको भए पनि, यीमध्ये कुनै पनि कुरा महत्त्वपूर्ण होइन। अगुवाका रूपमा चुनिएपछि तैँले मण्डलीको काम कति राम्रोसँग गर्छस्, तँ आफ्ना काममा कतिको प्रभावकारी र दक्ष छस्, अनि प्रत्येक काम व्यवस्थित र प्रभावकारी रूपमा अघि बढ्छ कि बढ्दैन, र त्यसमा ढिलाइ हुन्छ कि हुँदैन भन्‍ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मापन गर्दा मूल्याङ्कन गरिने मुख्य कुराहरू यिनै हुन्।

भर्खरै हामी संलग्न भएको सङ्गतिमार्फत, अब तिमीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी केही मात्रामा प्रस्ट बुझाइ र ज्ञान, साथै झूटा अगुवाको परिभाषा र सारबारे सही अभिव्यक्ति प्राप्त गरेका छौ। कुनै व्यक्ति झूटो अगुवा हो कि होइन भनी मूल्याङ्कन गर्ने सबैभन्दा आधारभूत मापदण्ड भनेको ऊ वास्तविक काम गर्न सक्षम छ कि छैन भनी हेर्नु, र त्यसपछि उसले वास्तवमा वास्तविक काम गर्छ कि गर्दैन भनी हेर्नु हो। यी दुई प्रमुख मापदण्डहरू हुन्: एउटा चाहिँ ऊ सक्षम छ कि छैन भन्‍ने प्रश्न हो, र अर्को चाहिँ ऊ इच्छुक छ कि छैन भन्‍ने प्रश्न हो। के तिमीहरू यी कुराहरू याद गर्न सक्छौ? कतिपय मानिसहरूले यसो भन्छन्, “म कुनै अगुवा होइन, त्यसैले मैले यी कुराहरू किन याद गर्नुपर्छ र?” के यो टिप्पणी सही हो त? (होइन।) यो किन गलत हो? यी सत्यताहरूको बुझाइमार्फत, एकातिर मानिसहरू आफूलाई चिन्‍न पुग्छन्, र अर्कोतिर, उनीहरू अरू मानिसहरूलाई खुट्ट्याउन पुग्न सक्छन्—मानिसहरूले बुझ्नुपर्ने र मानिसहरूसँग हुनुपर्ने सत्यताहरू यिनै हुन्, र ती नबुझी हुँदैन। सर्वप्रथम, तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरूअनुसार आफूमा अगुवा हुने क्षमता र सक्षमता छ कि छैन भनी मापन गर्नुपर्छ। यदि तँमा यी कुराहरू छैनन् भने, अगुवा बन्‍ने चाहना गरिनराख्। यदि तँमा अगुवा हुने क्षमता छैन तर तँ अझै अगुवा हुन चाहन्छस् भने, त्यो महत्त्वाकाङ्क्षा हो; तँ अगुवा बन्‍नेबित्तिकै, तैँले वास्तविक काम गर्न सक्नेछैनस्, र तँ अपरिहार्य रूपमा झूटो अगुवा बन्‍नेछस्। कतिपय मानिसहरू यसो भन्छन्, “मसँग असल क्षमता छ; सबै जनामध्ये, म उत्कृष्ट छु। म प्रायः राम्रा विचारहरू, र केही चलाख र राम्रा सुझावहरू प्रस्तुत गर्छु। मसँग आफूले गर्ने हरेक कुरामा दक्षता छ, र मसँग तुलनात्मक रूपमा सम्पन्‍न ज्ञान, अन्तर्ज्ञान, र अनुभव छ। के यो सबैको अर्थ म अगुवा हुन सक्छु भन्‍ने होइन र?” त्यसपछि, तैँले आफूमा जिम्मेवारीको बोध छ कि छैन र आफूले बोझ वहन गर्छु कि गर्दिन भनी हेर्न आफूलाई मापन पनि गर्नुपर्छ। यदि तैँले कामकुराबारे रायहरू मात्र राख्छस्, कामकुरा गर्ने चाहना मात्र गर्छस्, र सधैँ ठूला महत्त्वाकाङ्क्षाहरू राख्छस् तर तिनलाई पूरा गर्न सक्दैनस्, अनि तँ मेहनत लगाउन र मूल्य तिर्न जान्दैनस्, साथै कुनै मूल्य तिर्न इच्छुक हुँदैनस् भने—यदि तँ सधैँ आफ्नो दिमाग र हृदय आरामदायी स्थितिमा होस् भन्‍ने चाहन्छस्, निष्क्रिय र बन्धनरहित हुन, आरामदायी जीवन जिउन मन पराउँछस्, अनि चिन्ता गर्न वा व्यस्त हुन मन पराउँदैनस्, र थकान र कष्टदेखि डराउँछस् भने—तँ अगुवा हुन उपयुक्त छैनस्, र तँ अगुवाइको काम वहन गर्न वा निर्वाह गर्न असक्षम हुनेछस्।

हामीले भर्खरै कुनै अगुवा मानकअनुरूप छ कि छैन भनी मूल्याङ्कन गर्ने दुइटा मापदण्डहरूलाई सारांशीकृत गर्‍यौँ: ऊ वास्तविक काम गर्न सक्षम छ कि छैन र उसले वास्तविक काम गर्छ कि गर्दैन। यदि मानिसहरूले यी दुइटा मापदण्डहरू बुझ्छन् भने, उनीहरू आफू अगुवा हुन, साथै राम्रोसँग मण्डलीको काम गर्न, आफ्ना जिम्मेवारीहरू राम्रोसँग पूरा गर्न, र अगुवा बनेपछि उनीहरू मापदण्डअनुरूपका अगुवा हुन सक्षम छन् कि छैनन् भनेर पूर्णतः स्पष्ट हुनुपर्छ। जो अहिले अगुवा र कामदारका रूपमा सेवा गरिरहेका छौ, के अब तिमीहरूसँग आफूले केही वास्तविक काम गरेको छु कि छैन र अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गरेको छु कि छैन भनी मापन गर्ने केही मार्गहरू र केही सिद्धान्तहरू छन्? अगुवा र कामदारहरूका यी आठवटा जिम्मेवारीहरूमाथि गरिएको सङ्गतिमार्फत, तिमीहरूले झूटा अगुवाहरूले के-के प्रकटीकरणहरू प्रदर्शन गर्छन् भनेर मापन गर्न र अगुवा र कामदारहरूले आफ्नो काम कसरी गर्नुपर्छ भनेर सङ्क्षेपमा ठ्याक्कै भन्‍न सक्नुपर्छ, साथै आफ्नो काममा कहाँ कमी, अपर्याप्तता, वा निर्दिष्टताको अभाव छ, र अबदेखि आफूले उक्त काम कसरी गर्नुपर्छ—तिमीहरूमा कम्तीमा पनि यी अन्तर्ज्ञानहरू हुनुपर्छ। यदि तिमीहरूसँग कसरी अगुवा वा कामदार हुने अथवा अगुवा र कामदारहरूका जिम्मेवारीहरू कसरी पूरा गर्ने भन्‍ने सम्बन्धमा कुनै निष्कर्ष वा अन्तर्ज्ञानहरू छैनन् भने, त्यसको मतलब तिमीहरूको क्षमता त्यो कामका लागि पर्याप्त छैन। त्यसमाथि, यदि तिमीहरू झूटा अगुवाहरूलाई कसरी खुट्ट्याउने भन्‍ने बारेमा पूरै अन्योलमा छौ भने, यसले तिमीहरूको क्षमता कमजोर छ भन्‍ने कुरा झन् बढी देखाउँछ। एउटा विशेष परिस्थिति पनि छ: कतिपय मानिसहरू हुन्छन्, जसले यी सङ्गतिहरू सुनेका भए पनि, तिनीहरूमा सत्यतातर्फ लागिपर्ने वा अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्ने सङ्कल्प हुँदैन, जसले उक्त मामलालाई गम्भीर रूपमा वा हृदयमा बिलकुलै लिँदैनन्। तिनीहरूले यस्तो सोच्छन्, “को झूटो अगुवा हो भन्‍ने बारेमा मलाई मतलब छैन। जे भए पनि, यदि म अगुवा बनेँ भने, म माथिले जे गर्न भनेका छन् त्यही मात्र गर्ने थिएँ। मैले यति धेरै मेहनत गर्नु वा यति धेरै सोच लगाउनुपर्ने थिएन।” तिनीहरूले प्रवचनहरू सुन्दा केवल आलटाल गरिरहेका र समय कटाइरहेका हुन्छन्, र तिनीहरूलाई प्रवचन विशिष्ट रूपमा केका बारेमा हो भनेर अलिअलि थाहा हुन्छ, तर तिनीहरू के-के सत्यताहरू र मानिसप्रतिका परमेश्‍वरका के-कस्ता मागहरूबारे सङ्गति भइरहेको छ भनेर सारांश निकाल्न अत्यन्तै अल्छी गर्छन्, र यी कुराहरूलाई हृदयमा लिन इच्छुक हुँदैनन्। तिनीहरूले यस्तो सोच्छन्, “यी मामलाहरू खुट्ट्याउन अति झन्झटिलो छ। जे भए पनि, म आफूबाट एउटा कुरा मात्र माग गर्छु, त्यो हो दुष्टता नगर्ने, बाधा र अवरोधहरू नदिने, र अरूभन्दा पृथक् नदेखिने, बस् यति नै काफी छ। यो यत्तिको सरल कुरा हो! यो जिउने गजब तरिका हो; म आफैसँग उच्च मागहरू राख्दिनँ।” तिनीहरूले प्रवचनहरू चाहे जसरी सुने पनि तिनीहरूको एउटै दृष्टिकोण यही हुन्छ, र तिनीहरूलाई कसैले पनि परिवर्तन गर्न सक्दैन; तैँले सत्यताबारे जसरी सङ्गति गरे पनि, सङ्गति गर्न जस्तोसुकै विधि प्रयोग गरे पनि, वा जेबारे सङ्गति गरे पनि, तैँले तिनीहरूको मन छुन सक्दैनस्; तिनीहरूलाई यी वचनहरू सुन्‍ने वा नसुन्‍नेबारे परवाह हुँदैन; त्यसले तिनीहरूलाई खासै फरक पार्दैन। यस प्रकारको व्यक्तिले अल्याङटल्याङ गरेर जीवन बिताउँछ, र उसले कुनै पनि कुरालाई गम्भीर रूपमा लिँदैन। अगुवा र कामदारहरूका आठवटा जिम्मेवारीहरूमाथि सङ्गति गर्नेबारे त भन्‍नै परेन—हामीले ती सबैबारे सङ्गति गरे पनि, तिनीहरूले अझै बुझ्नेछैनन् र कुनै पनि सिद्धान्त वा मार्गहरूको सारांश निकाल्न सक्नेछैनन्। यस्ता मानिसहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, सत्यता वा कुनै पनि सकारात्मक कुराहरूमा तिनीहरूलाई रुचि हुँदैन र तिनीहरूले कुनै ऊर्जा निकाल्न सक्दैनन्, बरु तिनीहरूलाई खान, पिउन, र सुख-सयलको खोजी गर्नमा विशेष चासो हुन्छ। अगुवा र कामदारहरूका आठवटा जिम्मेवारीहरूबारे सङ्गति गरेर, एकातिर, हामीले अगुवा र कामदारहरूका केही जिम्मेवारीहरू, साथै अगुवा वा कामदारका रूपमा कसरी काम गर्ने र आफ्ना जिम्मेवारीहरू पूरा गर्ने भनी सङ्क्षेपमा प्रस्तुत गरेका छौँ; अर्कोतिर, हामीले झूटा अगुवाहरूले प्रदर्शन गर्ने केही विशिष्ट प्रकटीकरणहरूलाई सङ्क्षेपमा प्रस्तुत गरेका छौँ। हामीले भर्खरै झूटा अगुवाहरूलाई खुट्ट्याउने दुइटा आधारभूत सिद्धान्तहरू अर्थात् दुइटा मापदण्डहरूलाई निष्कर्षमा पुर्‍यायौँ: एउटा त कुनै व्यक्ति वास्तविक काम गर्न सक्षम छ कि छैन भन्‍ने हो, अनि अर्को उसले सत्यता सिद्धान्तहरू बुझिसकेपछि वास्तवमा वास्तविक काम गर्छ कि गर्दैन भन्‍ने हो। कुनै व्यक्ति झूटो अगुवा हो कि होइन भनी मापन गर्नका लागि यी दुइटा मापदण्डहरू प्रयोग गर्नु अहिलेसम्मकै सबैभन्दा सरल र उचित विधि हो।

विषयवस्तु नौ: परमेश्‍वरको घरका माग अनुसार त्यसका विभिन्‍न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्नु, अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु (भाग १)

कामका प्रबन्धहरूको परिभाषा र विशिष्ट विषयवस्तुहरू

आज, हामी अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीबारे सङ्गति गर्नेछौँ: त्यो हो, “परमेश्‍वरको घरका माग अनुसार त्यसका विभिन्‍न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्नु, अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु।” यो जिम्मेवारीलाई समग्रमा ख्याल गर्दा, अगुवा र कामदारहरूले के कुरा कार्यान्वयन गर्न आवश्यक छ? (परमेश्‍वरको घरका विभिन्‍न कामका प्रबन्धहरू।) यस जिम्मेवारीको केन्द्रबिन्दु भनेको परमेश्‍वरको घरका विभिन्‍न कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्ने भन्‍ने हो—अगुवा र कामदारहरूका लागि यो नै सबैभन्दा महत्त्वपूर्ण काम हो। कुनै व्यक्ति जुनसुकै तहको अगुवा वा कामदार भए पनि, एक अगुवा वा कामदारको नाताले, उसले सधैँ कामका प्रबन्धहरू साथै कामका प्रबन्धहरूलाई कार्यान्वयन गर्ने विशिष्ट कामको सामना गर्नुपर्नेछ। विभिन्‍न कामका प्रबन्धहरू कार्यान्वयन गर्नु हरेक अगुवा र कामदारको कामसँग सान्दर्भिक हुन्छ, र यो निकै महत्त्वपूर्ण, निकै निर्दिष्ट, र निकै मूलभूत काम हो। यो कुरालाई ख्याल गर्दा, के सुरुमा कामका प्रबन्धहरू भनेका के हुन् भन्‍नेबारे निर्दिष्ट रूपमा सङ्गति गर्न जरुरी छैन र? (छ।) त्यसोभए, कामका प्रबन्धहरू भनेका के हुन् त? कामका प्रबन्धहरूका दायरा र परिभाषा के हुन्? कतिपय मानिसहरूले भन्छन्, “के कामका प्रबन्धहरूको दायराले मण्डलीको कामसम्बन्धी निश्चित कार्यहरू र विषयवस्तु मात्र समेट्दैन र? अनि के कामका प्रबन्धहरू यी कार्य र विषयवस्तुको प्रबन्ध गर्नु र तिनलाई जारी गर्नु मात्र होइनन् र?” यो व्याख्याबारे तिमीहरूलाई के लाग्छ? के त्यो सबै शब्द र धर्मसिद्धान्तहरू मात्र होइन र? (हजुर, हो नि।) अनि “शब्द र धर्मसिद्धान्तहरू” को अर्थ के हो? यसको अर्थ यो हो कि, यस व्याख्याको कुनै पनि शब्द गलत नसुनिए पनि, तैँले त्यो सुनेपछि पनि, त्यसलाई अझै बुझ्दैनस्; यस्तो लाग्छ मानौँ तँलाई यसबारे बिलकुलै व्याख्या गरिएको थिएन। पहिला लिखित वर्णनका रूपमा कामका प्रबन्धहरूको परिभाषा दिऊँ, ताकि मानिसहरूले कामका प्रबन्धहरू ठ्याक्कै के हुन् भनी बुझ्न र जान्‍नका निम्ति उनीहरूसँग एउटा आधारभूत अवधारणा हुन सकोस्। कामका प्रबन्धहरू कामको कुनै विशिष्ट विषयवस्तुका लागि परमेश्‍वरको घरले बनाएका निश्चित योजना र मागहरू हुन्; ती कुराहरू अगुवा र कामदारहरूद्वारा सञ्चार र कार्यान्वयन गरिन आवश्यक छ, र ती कामको कुनै विशिष्ट विषयवस्तुका लागि मण्डलीका सबै सदस्यहरूलाई जारी गरिएका माग, कार्य, र विधिहरू पनि हुन्—कामका प्रबन्धहरूको परिभाषा यही हो। अनि कामका प्रबन्धहरूले के-के विषयवस्तुहरू समेट्छन् त? यो “विषयवस्तुहरू” भन्‍ने संज्ञा सबैलाई थाहा छ, तर के यी विषयवस्तुहरूको दायराभित्रै केही निश्चित विषय समेटिएको हुनु पर्दैन र? (पर्छ।) तिमीहरूलाई कुन विषयका बारेमा थाहा छ? (त्यसमा सुसमाचारको काम छ, अनि चलचित्र निर्माणको काम छ।) ती दुइटा विषयवस्तुहरू भए। (त्यसमा मण्डली जीवनसम्बन्धी र मण्डलीका प्रशासनिक सङ्गठनहरू स्थापना गर्नेसम्बन्धी निश्चित मागहरू पनि छन्।) त्यसमा अरू के काम छ? (त्यसमा मण्डलीलाई पखाल्ने काम, साथै मण्डलीका व्यवस्थापन प्रणालीहरूसँग सम्बन्धित निश्चित काम छ।) कामका प्रबन्धहरूको विशिष्ट विषय यस प्रकार छन्: पहिलो विषयवस्तु, मण्डलीको प्रशासनिक काम। यो कामको सबैभन्दा ठूलो विषयवस्तु हो, र यदि प्रशासनिक काम राम्रोसँग गरिएन भने, मण्डलीको काम बिलकुलै हुनेछैन। दोस्रो विषयवस्तु, कर्मचारीसम्बन्धी काम। यो कामको एउटा ठूलो विषयवस्तु हो। तेस्रो विषयवस्तु, सुसमाचारको काम। यो पनि कामको एउटा ठूलो विषयवस्तु हो। चौथो विषयवस्तु, विभिन्‍न प्रकारका पेसागत कामहरू। यस कामको दायरा अलि ठूलो छ, र यसमा चलचित्र निर्माण, लेखन-पठनको काम, अनुवाद, सङ्गीत, भिडियो निर्माण, कला, आदि इत्यादि समावेश हुन्छन्। पाँचौँ विषयवस्तु, मण्डली जीवन। छैठौँ विषयवस्तु, सम्पत्ति व्यवस्थापनको काम। सातौँ विषयवस्तु, पखाल्ने काम। आठौँ विषयवस्तु, बाह्य मामलाहरू। नवौँ विषयवस्तु, मण्डलीको कल्याण। उदाहरणका लागि, मण्डलीले दाजुभाइ-दिदीबहिनीहरूका घरमा देखा पर्ने कठिनाइहरूलाई कसरी समाधान गर्छ, र मण्डलीले तिनका बारेमा के गर्छ, साथै कारागारमा रहेका दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्न जाने र तिनका परिवारलाई कसरी रेखदेख गर्नुपर्छ, आदि इत्यादि—यो सबै मण्डलीको कल्याण अन्तर्गत पर्छ। दसौँ विषयवस्तु, आपत्‌कालीन योजनाहरू। कहिलेकाहीँ, मण्डलीले केही आपत्‌कालीन उपायहरू जारी गर्नेछ। उदाहरणका लागि, जब महामारी देखा पर्‍यो, तब मण्डलीले सोहीबमोजिम आइसोलेसन प्रणाली अपनायो। यस्ता योजनाहरू सबै आपत्‌कालीन काम अन्तर्गत पर्छन्। कामका प्रबन्धहरूमा मूलतः यी दसवटा विषयवस्तुहरू समावेश हुन्छन्। अन्य कुनै पनि सानो विषयवस्तु वा विशेष परिस्‍थितिलाई यिनै दसवटाभित्र समावेश गरिन्छ—मूलतः मण्डलीको काममा यिनै दस ठूला विषयवस्तुहरू समावेश हुन्छन्। परमेश्‍वरको घरले जारी गरेका विभिन्‍न कामका प्रबन्धहरूको दायरा मूलतः यिनै हुन्, होइन त? (हो।) अब यी विषयवस्तुहरू पुष्टि भइसकेपछि, तिमीहरू सबैले अब परमेश्‍वरको घरका कामका प्रबन्धहरू अलिकति बुझ्नुपर्छ, र यी परमेश्‍वरको घरको कामका ठुला विषयवस्तु हुन् भनेर थाहा पाउनुपर्छ। अगुवा र कामदारहरूका जिम्मेवारीहरूका सम्बन्धमा परमेश्‍वरको घरले गर्ने मागहरूको दायरा यही नै हो। यसको आशय यो हो कि, एक अगुवा वा कामदारका रूपमा, तेरो कामको दायरा र तैँले पूरा गर्नैपर्ने जिम्मेवारीहरूलाई कामका प्रबन्धहरूमा समावेश गरिएका यी विषयवस्तुहरूबाट अलग राख्नै मिल्दैन—यी सबै विषयवस्तुहरू जरुरी छन्। कामका यी विषयवस्तुहरू बाहेक, तँलाई गर्न इच्छा लागेका कामहरूबाट, तैँले जे राम्रोसँग गर्न सक्छस्, त्यो थोरै भए पनि गर्, अनि परमेश्‍वरको घरले तेरो कर्तव्य निर्वाहबाट थप मागहरू गर्दैन। त्यसकारण, जब तैँले आफ्नो काम गरिरहेको हुन्छस्, तैँले कामका यी विषयवस्तुहरू कसरी गर्ने, परमेश्‍वरको घरको कामका प्रबन्धहरूले के माग गर्छन्, तैँले कुन विशिष्ट काम गर्नैपर्छ, त्यसलाई कसरी कार्यान्वयन गर्ने, त्यो राम्ररी कार्यान्वयन भइरहेको छ कि छैन, हालको प्रगति के छ, तैँले उक्त कामको अनुगमन गरेको छस् कि छैनस्, राम्रोसँग नगरिएको वा विचलन र त्रुटिहरू भएको कामको कुनै विषयवस्तु छ कि छैन, र त्यस काममा सहभागी हुने सबैले वास्तवमा काम गरिरहेका छन् कि छैनन् भनेर मनन गर्नुपर्छ—तैँले सधैँ यी कुराहरू मनन गरिरहनुपर्छ। अब तिमीहरूले कामका प्रबन्धहरूमा संलग्न कामका निश्चित विषयवस्तुहरू बुझिसकेपछि, के मैले यी प्रत्येक विषयवस्तुहरूको सरल व्याख्या गर्न जरुरी छ? अथवा सायद तिमीहरू यस्तो सोचिरहेका छौ: “हामी कामका यी विषयवस्तुहरूसँग धेरै वर्षदेखि सम्पर्कमा रहेका छौँ र हामीले ती सबै बुझ्छौँ; फेरि तिनको व्याख्या गर्नु आवश्यक छैन—बरु केही महत्त्वपूर्ण कुराबारे सङ्गति गर्नुहोस्। यो विषय त्यति महत्त्वपूर्ण छैन, हामीले यसबारे जाने पनि या नजाने पनि फरक पर्दैन, र हामी यसबारे सुन्‍न चाहँदैनौँ”? के यो विषयलाई थप व्याख्या गर्न जरुरी छ? (छ।) जरुरी छ भने, त्यसबारे सरल शब्दमा कुरा गरौँ न त। म केही यस्ता विषयवस्तुहरू चुन्‍नेछु, जुनसँग तिमीहरू तुलनात्मक रूपमा अपरिचित छौ, जुन त्यति निर्दिष्ट छैनन्, जुन अलि अमूर्त छन्, अनि तीबारे सङ्गति गर्नेछु।

अ. प्रशासनिक काम

पहिलो विषयवस्तु अर्थात् “प्रशासनिक काम” बारे सङ्गति गरेर सुरु गरौँ। प्रशासनिक काम तुलनात्मक रूपले अमूर्त हुन्छ र पर्याप्त रूपमा मूर्त हुँदैन, र धेरै मानिसहरूले त्यसलाई बुझ्दैनन्। विशेषगरी, छोटो समयदेखि मात्र परमेश्‍वरमा विश्‍वास गरेकाहरूलाई मण्डलीको गठन र त्यसको प्रशासनिक कामबारे खासै थाहा हुँदैन, र तिनीहरूलाई प्रशासन भनेको के हो भन्‍ने थाहा हुँदैन। यो प्रशासन परमेश्‍वरले जारी गर्नुभएका प्रशासनिक आदेशहरूसरह होइन। यस प्रशासनिक काममा मुख्यगरी मण्डलीहरू स्थापना गर्ने कामबारे परमेश्‍वरको घरका विशिष्ट सर्तहरू संलग्न हुन्छन्। अनि यी विशिष्ट सर्तहरूको विषयवस्तु के हुन्छ? तिनमा मण्डलीहरू कसरी विभाजित गरिन्छन्, प्रत्येक मण्डलीमा कति जना मानिसहरू छन्, मण्डलीहरूलाई कसरी नामकरण गरिन्छ, आदि समावेश हुन्छन्। कामका प्रबन्धहरूमा मण्डलीहरू तिनका प्राकृतिक भौगोलिक वातावरणअनुसार विभाजित हुनुपर्ने, अनि ३० देखि ५० जना मानिसहरू तुलनात्मक रूपमा एकअर्कासँग नजिक बस्नुलाई मण्डली भनेर वर्गीकृत गरिने भनेर तोकिएको छ। उदाहरणका लागि, मानौँ क्षेत्र “क” मा तीन-चार वटा गाउँहरू पर्छन्; यदि यी गाउँहरूमा ५० जना विश्‍वासीहरू छन् भने, तिनीहरूलाई मण्डली भनेर वर्गीकृत गर्न सकिन्छ। उनीहरूसँग भेला राख्ने आफ्नै समय र स्थान हुनेछ, उनीहरूसित मण्डली अगुवा र डिकनहरू हुनेछन्, साथै गर्नका लागि मण्डलीको निश्चित काम हुनेछ, र तिनीहरू सबैको व्यवस्थापन यस मण्डलीद्वारा सँगै गरिनेछ। मण्डलीहरूको विभाजन र मण्डलीहरूमा हुने सदस्यहरूको सङ्ख्याको सम्बन्धमा तोकिएको सर्त यही हो। साथसाथै, यो मण्डली एउटा निश्चित जिल्लाको जिम्मेवारी अन्तर्गत पर्नेछ, जुन त्यो कुन जिल्लामा अवस्थित छ भन्‍ने कुरामा भर पर्छ, अनि त्यस मण्डलीमा भएका विभिन्‍न कामहरूका लागि त्यो जिल्ला जिम्मेवार हुनेछ, जस्तै त्यहाँको मण्डली जीवन, अगुवा र डिकनहरू उपयुक्त छन् कि छैनन्, परमेश्‍वरका वचनका पुस्तकहरू वितरण गर्ने, विभिन्‍न कामका प्रबन्धहरू कार्यान्वयन गर्ने, र माथिका मागहरू सञ्चार गर्ने, आदि। कति वटा मण्डलीहरू मिलेर एउटा जिल्ला बन्छ, र कति वटा जिल्लाहरू मिलेर एउटा क्षेत्र बन्छ, साथै क्षेत्रहरू जिल्लाहरूका लागि जिम्मेवार हुने, र जिल्लाहरू मण्डलीहरूका लागि जिम्मेवार हुने, र ती प्रशासनिक इकाईहरू हुने जस्ता कुराहरूका लागि परमेश्‍वरको घरसित विशिष्ट कामका प्रबन्धहरू हुन्छन्। सरल भाषामा, यसलाई प्रशासनिक काम भनिन्छ, र यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्छ। त्यसोभए, अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन् त? उनीहरूले मण्डलीहरूलाई कामका प्रबन्धअनुसार तिनको प्राकृतिक भौगोलिक वातावरण र स्थानका आधारमा विभाजन गर्नुपर्छ। यदि कुनै मण्डलीका मानिसहरूको सङ्ख्या समयसँगै बढिरह्यो भने, फेरि पनि मण्डलीलाई मानिसहरूको सङ्ख्या र भौगोलिक वातावरणका आधारमा विभाजित गर्नुपर्छ। उदाहरणका लागि, यदि कुनै मण्डलीमा ५० जनाबाट बढेर ८० जना मानिसहरू भए भने, त्यसलाई दुइटा मण्डलीमा विभाजित गरिनुपर्छ; यदि यी दुइटा मण्डलीहरूमा जम्मा ८० जनाबाट बढेर १५० जना मानिसहरू भए भने, तिनलाई तीनवटा मण्डलीहरूमा विभाजित गरिनुपर्छ। यदि कुनै मण्डलीमा मानिसहरू बढेर ७०, ८०, वा १०० पुगे पनि त्यसलाई अझै दुइटा मण्डलीमा विभाजित गरिएको छैन भने, के त्यसले यस मण्डलीका अगुवा र कामदारहरूले परमेश्‍वरको घरको प्रशासनिक काम बुझ्दैनन् भन्‍ने देखाउँदैन र? (देखाउँछ।) यस्ता समयमा, अगुवा र कामदारहरूले यस विषयसँग सम्बन्धित कामका प्रबन्धहरू पढ्नुपर्छ—कामका प्रबन्धहरूबारे मण्डलीको निर्देशिकामा विशिष्ट सर्तहरू समावेश हुन्छन्। यदि कुनै मण्डलीलाई दुई नयाँ मण्डलीहरूमा विभाजित गरियो भने, प्रत्येक मण्डलीले मण्डली अगुवाहरू, डिकनहरू, आदि जस्ता आवश्यक अगुवा र कामदारहरू चयन गर्नैपर्छ। त्यसोभए, अगुवा र कामदारहरूले के गर्नुपर्छ त? उनीहरूले मण्डलीमा भएका मानिसहरूको सङ्ख्या र मण्डलीको स्थापनाको स्थिति जान्‍नुपर्छ र बोध गर्नुपर्छ। यो नै मण्डलीको प्रशासनिक काम हो, र यो नै कामको सबैभन्दा ठूलो विषयवस्तु हो। जहाँ परमेश्‍वरका चुनिएका मानिसहरू छन् त्यहाँ एउटा मण्डली हुनुपर्छ, अनि एक पटक मण्डली स्थापित भइसकेपछि, अगुवा र कामदारहरूले त्यस मण्डलीको कामको हरेक पक्षको जिम्मेवारी लिनैपर्छ, जस्तै परमेश्‍वरका वचनका पुस्तकहरू वितरण गर्ने, मण्डली सदस्यहरूको व्यवस्थापन गर्ने, कामका प्रबन्धहरू कार्यान्वयन गर्ने ताकि उनीहरूलाई कामका प्रबन्धहरूका विषयहरू के-के हुन् भनेर थाहा होस्। प्रशासनिक काममा मुख्यगरी मण्डलीहरू स्थापना गर्ने, साथै मण्डलीहरूका प्रशासनिक सङ्गठनहरू र कर्मचारीहरू स्थापना गर्ने कुराहरू संलग्न हुन्छन्—यी सबै प्रशासनिक काम भित्रकै विशिष्ट कामहरू हुन्। कस्ता मानिसहरूले सामान्यतया कामको यो विषयवस्तुको बढी सामना गर्छन्? नयाँ विश्‍वासी मण्डलीहरू, सुसमाचार समूहहरू, साथै क्षेत्रीय अगुवाहरू, जिल्ला अगुवाहरू, र सुसमाचार फैलाइँदै गरिएका क्षेत्रहरूका मण्डली अगुवाहरू, सबैले यो कामको बढी सामना गर्छन्। त्यसका साथै, प्रशासनिक काममा एउटा विशेष काम पनि समावेश हुन्छ, जुन मण्डलीहरूलाई पूर्णकालीन कर्तव्य मण्डली, अल्पकालीन कर्तव्य मण्डली, साधारण मण्डली, र समूह “ख” हरूमा छुट्टयाउनु हो, र यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने अर्को कार्य हो। अगुवा र कामदारहरूमा मण्डलीहरूलाई कसरी विभाजन गर्नेबारे बोध हुनुपर्छ, र मण्डलीहरूलाई विभाजन गर्ने सिद्धान्त भनेको मानिसहरूलाई उनीहरूले पूरा गर्ने कर्तव्यहरूमा भएका भिन्‍नताका आधारमा फरक-फरक मण्डलीहरूमा विभाजन गर्ने, कर्तव्य पूरा गर्ने मानिसहरूलाई पूरा नगर्ने मानिसहरूबाट छुट्टयाउने, र पूर्णकालीन रूपमा कर्तव्य पूरा गर्ने मानिसहरूलाई अल्पकालीन रूपमा कर्तव्य पूरा गर्नेहरूबाट छुट्टयाउने हो—यो अर्को विशेष र विशिष्ट प्रशासनिक काम हो।

आ. कर्मचारीसम्बन्धी काम

दोस्रो विषयवस्तु, कर्मचारीसम्बन्धी काम। यो विषयवस्तु सबै तहका अगुवा र कामदारहरूको चयन, नियुक्ति, र बर्खासीसँग सम्बन्धित छ। कामका प्रबन्धहरूले निर्वाचन प्रणालीहरूका लागि, कस्ता प्रकारका मानिसहरूलाई अगुवा र कामदारहरूका रूपमा चयन गर्ने भन्‍नका लागि विशिष्ट सर्तहरू, साथै निर्वाचनका विधि र विशिष्ट मागहरू प्रदान गर्छन्। केही विशेष परिस्थितिहरू पनि हुन्छन्, उदाहरणका लागि, दाजुभाइ-दिदीबहिनीहरू एकअर्कासँग भर्खरै मात्र भेटेका छन् र एकअर्कालाई त्यति राम्रोसँग चिन्दैनन्, अनि निर्वाचनमार्फत उचित अगुवा र कामदारहरू चयन गर्न सक्दैनन् भने के गरिनुपर्छ? त्यस अवस्थामा, मानिसहरूको पदोन्‍नति र नियुक्ति गर्न सकिन्छ, अगुवा हुनका लागि तुलनात्मक रूपमा को चाहिँ उपयुक्त छ भनेर जाँच्नुपर्छ, र त्यसपछि तिनीहरूबारे थप जान्‍नुपर्छ, सङ्गति गर्नुपर्छ, र सरल जाँचहरू गर्नुपर्छ, त्यसपछि उनीहरूलाई नियुक्त गर्न सकिन्छ। यसका साथै, जब माथिले कुनै ठूलो परियोजनाको प्रबन्ध गर्छन् वा कैयौँ मानिसहरूलाई सुपरिवेक्षकका रूपमा नियुक्त गर्छन्, यो एउटा विशेष कामको प्रबन्ध हो। अर्को विशेष परिस्थिति छ, र त्यो के हो भने, जब कसैले फलानो अगुवाले वास्तविक काम गर्दैन र ऊ ख्रीष्टविरोधीको मार्गमा हिँड्छ भनी वर्णन गर्दै माथिलाई रिपोर्ट लेख्छ, अनि माथिले यो कुरा पुष्टि गरेपछि रिपोर्ट गरिएको अगुवालाई उसको पदबाट बर्खास्त गर्ने कामको प्रबन्ध जारी गर्छन्। यो कर्मचारीसम्बन्धी कामसँग सम्बन्धित अर्को कामको प्रबन्ध हो। छोटकरीमा, कर्मचारीसम्बन्धी काममा मण्डलीका सबै तहका अगुवा र कामदारहरूको चयन, नियुक्ति, र बर्खासी समावेश हुन्छन्। यो कामको विषयवस्तु तुलनात्मक रूपमा सरल छ, र यो बुझ्न सजिलो छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्