अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८) खण्ड पाँच
अगुवाका रूपमा सेवा गर्नेहरूले कम्तीमा पनि अलिकति सत्यता बुझ्नुपर्छ र तिनीहरूसँग केही व्यावहारिक अनुभवहरू हुनुपर्छ। यदि तिनीहरूसँग अनुभव छँदै छैन भने, तिनीहरूले निश्चय नै कुनै सत्यता बुझ्दैनन्। अगुवाका रूपमा सेवा गर्ने कतिपय मानिसहरू शब्द र धर्मसिद्धान्त प्रचार गर्नमा कुशल हुन्छन्, र तिनीहरूले धेरैजसो मानिसहरूबाट अनुमोदन र प्रशंसा पाउन सक्छन्। सतहमा, झुटा अगुवाहरूले प्रश्नहरूको जबाफ दिन सक्ने भए पनि, तिनीहरूले सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्न सक्दैनन्। तिनीहरूले प्रचार गर्ने भनेको रित्तो सिद्धान्त मात्र हो, र त्यसमा व्यावहारिक कुरा बिलकुलै हुँदैन। जब मानिसहरूले तिनीहरूको प्रचार सुन्छन्, तिनीहरूलाई त्यो आफ्नै रुचिसँग मेल खाएजस्तो लाग्छ, र खुट्ट्याउने क्षमता नभएकाहरूले त्यसलाई निकै अनुमोदन गर्छन्। तर पछि, तिनीहरूसँग अझै पनि अभ्यासको मार्ग हुँदैन र तिनीहरूले अभ्यासका सिद्धान्तहरू भेट्टाउन सक्दैनन्। के त्यसोभए यसलाई कुनै समस्या समाधान गरेको मान्न सकिन्छ त? के यो तिनीहरू झाराटारूवा हुनु होइन र? के यस तरिकाले समस्याहरू समाधान गर्न खोज्नुलाई वास्तविक काम गरेको मान्न सकिन्छ त? झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, तर अधिकारीझैँ व्यवहार कसरी गर्ने भनी तिनीहरूलाई थाहा हुन्छ। अगुवा बनेपछि तिनीहरूले गर्ने पहिलो कुरा के हो? त्यो मानिसहरूको निगाह किन्नु हो। तिनीहरूले “नयाँ अधिकारीहरू आफ्नो असल छाप छोड्न उत्सुक हुन्छन्” भन्ने शैली अपनाउँछन्: सुरुमा तिनीहरूले मानिसहरूलाई रिझाउन केही कार्यहरू गर्छन् र सबैजनाका दैनिक सुख-सुविधाहरू सुधार्ने केही कामकुराहरू सम्हाल्छन्। तिनीहरूले सुरुमा मानिसहरूमा राम्रो छाप छोड्ने, आफू जनमतको पक्षमा छु भनेर देखाउने प्रयास गर्छन्, ताकि सबैले तिनीहरूको तारिफ गरून् र “यो अगुवाले हामीप्रति आमाबुबाले जस्तै व्यवहार गर्छ!” भनेर भनून्! त्यसपछि तिनीहरूले आधिकारिक रूपमै पद हातमा लिन्छन्। तिनीहरूले धेरैजसो मानिसहरूको साथ पाएको र तिनीहरूको पद सुरक्षित भएको महसुस गर्छन्; त्यसपछि तिनीहरू हैसियतका फाइदाहरूको आनन्द उठाउन थाल्छन्, मानौँ तिनीहरू तिनका हकदार हुन्। तिनीहरूका आदर्श वाक्यहरू यस्ता हुन्छन्, “मीठो खानु र राम्रो लगाउनु नै जीवन हो,” “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनुपर्छ,” अनि “आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ।” तिनीहरूले चिन्ता नलिई हरेक दिनको आनन्द उठाउँछन्, जतिसक्दो रमाइलो गर्छन्, र भविष्यका बारेमा कुनै विचार गर्दैनन्, अगुवाले के-कस्ता जिम्मेवारीहरू पूरा गर्नुपर्छ र के-कस्ता कर्तव्य निर्वाह गर्नुपर्छ भनेर तिनीहरूले विचार गर्नु त परै जाओस्। तिनीहरूले दिनचर्याका रूपमा केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन् र देखाउनका लागि एकदुई वटा काम गर्छन्—तिनीहरूले कुनै पनि वास्तविक काम गर्दैनन्। तिनीहरू मण्डलीका वास्तविक समस्याहरूलाई खोतलेर तिनलाई पूर्ण रूपमा समाधान गरिरहेका हुँदैनन्, त्यसैले तिनीहरूले त्यस्ता सतही कार्य गर्नुको अर्थ के हुन्छ? के यो छली हुँदैन र? के यस्तो झूटो अगुवालाई महत्त्वपूर्ण कार्यहरू सुम्पन मिल्छ? के तिनीहरू अगुवा र कामदारहरू छनौट गर्नेसम्बन्धी परमेश्वरको घरका सिद्धान्त र सर्तहरूअनुरूप हुन्छन्? (हुँदैनन्।) यी मानिसहरूमा कुनै विवेक वा समझ हुँदैन, तिनीहरूमा कुनै जिम्मेवारी बोध हुँदैन, तैपनि तिनीहरू अझै पनि मण्डलीमा कुनै आधिकारिक पदमा बस्ने, अगुवा बन्ने इच्छा राख्छन्—तिनीहरू किन यति धेरै निर्लज्ज हुन्छन्? जिम्मेवारीको बोध भएका कतिपय मानिसहरूका हकमा, यदि तिनीहरू कमजोर क्षमताका छन् भने, तिनीहरू अगुवा हुन सक्दैनन्—अनि कुनै जिम्मेवारी बोध नभएका निकम्मा मानिसहरूको त के कुरा गर्ने र! तिनीहरू त अगुवा बन्न झनै अयोग्य हुन्छन्। त्यस्ता खन्चुवा र आलसी झूटा अगुवाहरू कति अल्छी हुन्छन्? तिनीहरूले कुनै समस्या पत्ता लगाए पनि, र यो समस्या हो भन्ने तिनीहरूलाई थाहा भए पनि, तिनीहरू त्यसलाई गम्भीरतापूर्वक लिँदैनन् र ध्यानै दिँदैनन्। तिनीहरू कति गैरजिम्मेवार हुन्छन्! तिनीहरू कुरा गर्न सिपालु भए पनि र तिनीहरूमा थोरै क्षमता भएजस्तो देखिने भए पनि, तिनीहरू मण्डलीको कामका विविध समस्याहरू समाधान गर्न सक्दैनन्, जसले गर्दा काम ठप्प हुन्छ; समस्यामाथि समस्या थुप्रिरहन्छन्, तैपनि यी अगुवाहरूलाई यी कुराहरूका बारेमा कुनै चासो हुँदैन, र नित्यचर्याका रूपमा केही सतही कार्यहरू गर्नमा मात्र जोड दिन्छन्। अनि अन्तिम परिणाम के हुन्छ? के तिनीहरूले मण्डलीको काम भताभुङ्ग पार्दैनन्, र के तिनीहरूले त्यसलाई गन्जागोल गर्दैनन् र? के तिनीहरूले मण्डलीमा भद्रगोल र एकताहीनता उत्पन्न गर्दैनन् र? यो अपरिहार्य परिणाम हो। यो अवस्थामा, के झुटा अगुवाहरूले माथिलाई रिपोर्ट गर्नेछन् त? निश्चय नै गर्नेछैनन्। यदि मण्डलीमा कसैले झुटा अगुवाहरूको समस्याबारे माथिलाई रिपोर्ट गर्न चाह्यो भने, के तिनीहरूले यसमा सहमति जनाउनेछन्? तिनीहरूले निश्चित रूपमा त्यस व्यक्तिलाई दबाउनेछन् र रोक लगाउनेछन्, कसैलाई पनि समस्याबारे माथिलाई रिपोर्ट गर्न दिनेछैनन्, र तिनीहरूले त्यसो गर्ने जो कोहीलाई रोक्ने, दबाउने, र अलग्याउनेछन्। ल भन्, के यी झुटा अगुवाहरू अत्यन्तै घृणास्पद हुँदैनन् र? तिनीहरूले मण्डलीको कामलाई चाहे जति हानि गरेका भए पनि, माथिलाई अझै पनि यसबारे थाहा पाउन दिनेछैनन्, समाधान गर्न त झनै दिनेछैनन्। तिनीहरू त आफ्नो हैसियतका लाभहरूमा लिप्त हुने र आफ्नै आडम्बर र घमण्डलाई जोगाउनेबारे मात्रै वास्ता गर्छन्—त्यस्ता मानिसहरू अत्यन्तै घृणास्पद र निर्लज्ज हुन्छन्! के तिनीहरू पूर्ण रूपमा विवेक र मानवताहीन हुँदैनन् र? जब माथिले कामबारे सोधपुछ गर्छन्, तिनीहरूले निश्चिततासाथ कुनै समस्या छैन भनेर भन्छन्, माथिलाई छल गरेर टार्छन्—यसो गर्दा, के तिनीहरूले माथिलाई छलिरहेका र आफूभन्दा मुनिकाहरूबाट कामकुराहरू लुकाइरहेका हुँदैनन् र? मण्डलीको काममा समस्याहरू थुप्रेको थुप्रै हुन्छ, र झुटा अगुवाहरू आफैले तिनलाई समाधान गर्न सक्दैनन्, तैपनि यी समस्याहरूबारे माथिलाई रिपोर्ट पनि गर्दैनन्। यस्ता परिस्थितिहरूमा, तिनीहरू केही पनि नबिग्रिएको जस्तो गर्छन्; तिनीहरू उसै गरी आराममा लिप्त हुन्छन्, दिनभरि केही नगरी बस्छन् र यतिकै दिन कटाउँछन्, र तिनीहरूलाई फिटिक्कै चिन्ता हुँदैन। अनि जब समस्याहरू खुलासा हुन्छन् र माथिले यसबारे छानबिन गर्छन्, तिनीहरूले अझै पनि यसो भन्छन्, “मैले यो काम गर्न मानिसहरू प्रबन्ध गरेँ। मैले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छु। यदि काम राम्ररी गरिएको छैन भने, त्यो अरूको दोष हो। मसँग त्यसको के सरोकार?” यी केही शब्दहरूद्वारा तिनीहरू आफूलाई जिम्मेवारीबाट पूर्णतः पन्छाउँछन्। यस्तो लाग्छ कि यस मामलामा तिनीहरूको कुनै जिम्मेवारी छँदै छैन। तिनीहरूले आत्म-चिन्तन नगर्ने मात्र होइन, तिनीहरू जायज अनि सहज पनि महसुस गर्छन्, र यसो भन्छन्, “जे भए पनि, म आफ्नो कर्तव्यमा निष्क्रिय भएको छैनँ। म सित्तैमा खाने व्यक्ति होइन। यदि माथिले मलाई बर्खास्त गरेनन् भने म अगुवाका रूपमा सेवा गर्न जारी राख्नेछु। यदि मैले आफ्नो राजीनामा प्रस्ताव गरेँ भने, के मैले परमेश्वरलाई धोका दिइरहेको हुँदिन र? के मैले आफ्नो कर्तव्यप्रति बेइमानी गरिरहेको हुँदिन र?” यदि तैँले तिनीहरूलाई काँटछाँट गरिस् भने, तिनीहरूले तँलाई खण्डन गर्ने धेरै कारणहरू निकाल्न सक्नेछन्। तिनीहरूले आफू यस मामलाका लागि जिम्मेवार छु भनेर भन्नेछैनन्, तिनीहरूका जिम्मेवारीहरू के-के हुन् भनेर भन्नेछैनन्, र तिनीहरूले समस्याहरू समाधान नगर्नु अनि वास्तविक काम नगर्नुको प्रकृति के हो भनेर चिन्तन गर्नेछैनन्। के त्यस्ता मानिसहरू अत्यन्तै घृणित हुँदैनन् र? तिनीहरूले मण्डलीको काम ठप्प पार्छन् र हृदयमा अलिकति पनि पछुतो महसुस नगरी लामो समयसम्म परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्छन्—के तिनीहरू अझै पनि मानव नै हुन्? के तिनीहरूमा अलिकति पनि विवेक वा समझ हुन्छ? कतिपय मानिसहरू यसो भन्छन्, “यस्ता मानिसहरूलाई अगुवामा निर्वाचित गर्नु हुँदैन।” सैद्धान्तिक रूपमा त यो त्यस्तै नै हुन्छ; तर, निर्वाचित भएका अगुवा र कामदारहरूमध्ये साँच्चै केही यस्ता मानिसहरू हुन्छन्; यो तथ्य कुरा हो। यो सबै परमेश्वरका चुनिएका मानिसहरूमा खुट्ट्याउने क्षमता नभएकाले गर्दा हुने हो, र धेरै मानिसहरूलाई मान्छे खुसी पारिहिँड्ने व्यक्तिहरू मन पर्ने, र फलस्वरूप तिनीहरूले केही झुटा अगुवा र झुटा कामदारहरू छनोट गर्ने भएकाले पनि हुने हो। त्यसकारण, मण्डलीका चुनावहरू अघि, अगुवा र कामदारहरूलाई छनोट गर्नेसम्बन्धी सिद्धान्तहरूबारे, साथै झुटा अगुवा र झुटा कामदारहरूलाई खुट्टयाउनेसम्बन्धी सिद्धान्तहरूबारे अझ बढी सङ्गति गरिनुपर्छ; यसले अझ बढी मानिसहरूले सिद्धान्तहरूअनुसार आफ्नो मत दिने कुरा सुनिश्चित गर्नेछ। यसो गर्दा मात्र मण्डलीका चुनावहरूबाट राम्रा नतिजाहरू आउन सक्छन्।
ल भन्, के त्यस्ता घृणास्पद र निर्लज्ज कामचोरहरूले अगुवा र कामदारका रूपमा मण्डलीको काम राम्ररी गर्न सक्छन्? के तिनीहरूले मण्डलीमा रहेका समस्याहरू वा परमेश्वरका चुनिएका मानिसहरूले सामना गर्ने कठिनाइहरू समाधान गर्न सक्छन्? (सक्दैनन्।) त्यसोभए, त्यस्ता झुटा अगुवाहरूसँग जम्काभेट हुँदा तिमीहरूले के गर्नुपर्छ? मानौँ कसैले यसो भन्छ, “हाम्रो क्षमता कमजोर छ र हामीमा खुट्ट्याउने क्षमता छैन, त्यसैले झुटो अगुवासँग जम्काभेट भएमा हामी केही पनि गर्न सक्दैनौँ।” के यो सही हो? निश्चय नै मण्डलीमा भएका सबै जनामा कमजोर क्षमता र खुट्ट्याउने क्षमताको कमी त छैन होला नि? तुलनात्मक रूपमा सत्यता बुझ्ने कम्तीमा पनि केही मानिसहरू त हुनैपर्ने हो। त्यसैले, यदि कसैले वास्तविक काम गर्न नसक्ने वा कुनै समस्याहरू समाधान गर्न नसक्ने झुटो अगुवा भेट्यो भने, उसले सत्यता बुझ्नेहरूसँग सङ्गति गर्नुपर्छ र तिनीहरूलाई तिनीहरूको खुट्ट्याउने क्षमता प्रयोग गरेर निर्क्योल गर्न आग्रह गर्नुपर्छ। के यो उचित हो? (हजुर, हो।) यो किन उचित हो? यदि कुनै मण्डली अगुवाले वास्तविक काम गर्न नसकेमा कस्ता परिणामहरू आउनेछन्? पीडितहरू को हुनेछन्? के मण्डलीमा रहेका परमेश्वरका चुनिएका मानिसहरू पीडित हुनेछैनन् र? यदि कुनै झुटो अगुवाले तीन या पाँच वर्षका लागि मण्डलीलाई नियन्त्रण गर्यो भने, कति जना मानिसहरूको सत्यता सम्बन्धी बुझाइ अनि वास्तविकता प्रवेशमा असर पर्नेछ? कति जना मानिसहरूको परमेश्वरको मुक्ति प्राप्तिमा ढिलाइ हुनेछ? यी परिणामहरू अकल्पनीय हुन्छन्। त्यसैले, कुनै झुटो अगुवाले वास्तविक काम नगरिरहेको र कुनै पनि समस्या समाधान गर्न नसक्ने भेटिएमा, यो परमेश्वरका चुनिएका मानिसहरूमध्ये हरेकका लागि ठुलो कुरा हो, र तिनीहरूले काममा ढिलाइ गर्नबाट जोगिन तुरुन्तै त्यो झुटो अगुवाको खुलासा र रिपोर्ट गर्नुपर्छ। मण्डली अगुवाले वास्तविक काम नगर्दा हानि पुग्ने भनेको परमेश्वरका चुनिएका मानिसहरूलाई नै हो। यदि परमेश्वरका चुनिएका मानिसहरूमध्ये कसैले पनि झुटो अगुवाको खुलासा वा रिपोर्ट गरेन र तिनीहरू त्यसो गर्नेबारे उदासीन मात्रै रहे भने, त्यस मण्डलीका लागि कुनै आशा हुँदैन। मानौँ कि तिमीहरूले हृदयमा सधैँ जिम्मेवारी नलिने यस्ता सोचहरू पाल्छौ, “जे भए पनि, अगुवा त तिमी हौ। तिमी वास्तविक काम गर्न सक्दैनौ तैपनि माथिलाई समस्याहरू रिपोर्ट गर्दैनौ—यदि यसले गर्दा मण्डलीको काममा ढिलाइ भयो भने, माथिले तिमीलाई जिम्मेवार ठहराउनेछन्। हामीसँग त्यसको के सम्बन्ध छ र? हामीले त्यसबारे चिन्ता लिनुको के अर्थ? हामी त प्रभारी होइनौँ। यो तिम्रो जिम्मेवारी हो।” यदि तिमीहरू हृदयमा सधैँ यो सोच पाल्छौ भने, के यसले कामकुराहरूमा ढिलाइ गर्नेछैन र? के यसले तिमीहरूको सत्यताको पछ्याइ, वास्तविकतामा प्रवेश, र परमेश्वरको मुक्ति प्राप्तिलाई असर गर्नेछैन र? यदि मण्डलीको कसैले पनि जिम्मेवारी लिँदैन भने, यो मण्डलीले परमेश्वरको गवाही दिन र परमेश्वरका आशिष्हरू प्राप्त गर्न सक्छ कि सक्दैन भनी भन्न गाह्रो हुन्छ, र यस मण्डलीमा कति जना मानिसहरूले मुक्ति प्राप्त गर्नेछन् भनी भन्न त झनै गाह्रो हुन्छ। यदि यस मण्डलीका सबैले यसरी नै सोच्छन् र यस्तै विचार राख्छन् भने, यो मण्डलीका लागि कुनै आशा छँदै छैन। के चलचित्र निर्माण समूहहरूमा अहिले यो समस्या छैन र? तिमीहरूका केही अगुवाहरूले मामलाहरू सम्हाल्ने वा समस्याहरूको रिपोर्ट गर्ने गर्दैनन्—तिनीहरू झुटा अगुवा हुन्। के तिमीहरूले यो देख्न सक्छौ? यी अगुवाहरूले तिमीहरूका लागि समस्याहरू समाधान गर्दैनन्—के तिमीहरूले यो समस्या हो भनेर पत्ता लगाएका छैनौ? के तिमीहरूलाई वास्तवमा यसबारे खुसी लाग्छ? “हाम्रा अगुवाले यो समस्या रिपोर्ट गरिरहेका छैनन् र यो समस्या समाधान गर्न सकिँदैन, त्यसैले यो हाम्रा लागि आराम गर्ने राम्रो समय हो। एकदम राम्रो! त्यसमाथि, माथिले हालै यस मामलाबारे व्यक्तिगत रूपमा सोधेका छैनन्, त्यसैले हामीले पनि समस्या रिपोर्ट गर्नु आवश्यक छैन। हामीले आफूलाई अलिकति फुर्सदको समय दिने प्रयास किन नगर्ने? के हामीले यति चाँडो चलचित्र छायाङ्कन गरेर समयमै त्यसको छायाङ्कन सम्पन्न गर्नुपर्छ र? हामीले गरिरहेको प्रगति ठिकै छ नि! हामीले छायाङ्कन नसक्काएर के भयो त? के हामी त्यसका लागि निन्दित हुनेछौँ?” के तिमीहरूको मनोवृत्ति यही हो? के तिमीहरू परमेश्वरको घरको कामका लागि त्यस्तो कठोर तालिका हुँदैन, त्यसैले तिमीहरूले त्यसलाई अनिश्चित रूपमा लम्ब्याउन सक्छौ, र माथिले मामलाबारे सोधपुछ वा जाँचपड्ताल नगरेसम्म तिमीहरूले चिन्ता लिनु वा कुनै दबाब महसुस गर्नु पर्दैन, अनि आफूले सक्ने जुनसुकै समस्याहरू समाधान गरे हुन्छ, र समाधान गर्न नसक्नेलाई चाहिँ छोडिदिए हुन्छ भन्ने सोच्छौ? के तिमीहरूको दृष्टिकोण यही हो? (होइन।) त्यसोभए तिमीहरू आफूलाई समस्याहरू आइपर्दा किन तिनको रिपोर्ट गर्दैनौ? के यी झुटा अगुवाहरूले तिमीहरूलाई आफ्नो नियन्त्रणमा राखेका छन् वा जादुमयी, लट्ठ्याउने औषधि पिलाइदिएका छन्, जसले तिमीहरूलाई अर्धचेत र बोल्न नसक्ने बनाएको छ? यहाँ समस्या के हो? समस्याहरू हुँदा तिमीहरूलाई तीबारे थाहा हुन्छ? यदि तिमीहरू थाहा हुँदैन भन्छौ भने, तिमीहरू झुट बोलिरहेका छौ; यदि तिमीहरू तीबारे थाहा भएर पनि रिपोर्ट गर्दैनौ भने तिमीहरू उपेक्षापूर्ण र अत्यन्तै जिम्मेवारीच्युत भइरहेका छौ, र तिमीहरूसँग आफ्नो कर्तव्यप्रति कुनै किसिमको बफादारी छैन। तँ पैसा कमाउन संसारमै काम गर्ने भए पनि, तँ आफ्नो झिनो ज्यालाको योग्य हुनै पर्छ। झन्, आज त तँ परमेश्वरको घरको खाना खाइरहेको छस्; तँ आफ्नो कर्तव्य निर्वाह गर्दै गर्दा मुक्ति पछ्याइरहेको छस्, र त्यसो गरेर तँ आफ्नै गन्तव्यका लागि मार्ग निर्माण र तयारी गरिरहेको छस्। तैँले यो परमेश्वरको घरका लागि गरिरहेको छैनस्, न त कुनै व्यक्तिका लागि गरिरहेको छस्, मेरा लागि त झनै गरिरहेको छैनस्—तैँले यो आफ्नै लागि गरिरहेको छस्। मिठो शब्दमा भन्नुपर्दा, मानिसहरू मुक्ति प्राप्त गर्नका लागि आफ्ना कर्तव्य पूरा गरिरहेका हुन्छन्, तर ठ्याक्कै भन्नुपर्दा, तिनीहरू त्यो आफ्नै लागि आशिष्हरू प्राप्त गर्न र असल गन्तव्य पाउनका लागि गरिरहेका हुन्छन्। तैँले यस मामलालाई प्रस्ट रूपमा बुझ्नैपर्छ; मूर्ख नहो। तँ अरू मानिस वा आफ्ना आमाबाबुका लागि कर्तव्य पूरा गरिरहेको छैनस्, र तँ आफ्ना पुर्खाहरूलाई महिमित तुल्याउन वा परिवारको नामलाई सम्मानित बनाउन त्यसो गरिरहेको छैनस्—तँ त्यो आफ्नै लागि गरिरहेको छस्। परमेश्वरले तँलाई सृष्टि गर्नुभयो, र उहाँले संसार सृष्टि गरेदेखि नै, तँ आखिरी दिनहरूमा जन्मिनेछस् भन्ने पूर्वनिर्धारण गर्नुभयो। उहाँले तँलाई उहाँको घरमा ल्याउनुभयो, उहाँको आवाज सुन्न दिनुभयो, उहाँले तँलाई हरदिन उहाँका वचन खान र पिउन अनि जीवन आपूर्ति प्राप्त गर्न दिनुभयो, र परमेश्वरको घरमा तैँले आफ्नो कर्तव्य पूरा गर्न सक् भनेर तँलाई एउटा मौका दिनुभयो। सृजित प्राणीका रूपमा तैँले मुक्ति प्राप्त गर्ने यो सबैभन्दा राम्रो मौका हो, र यो तेरो एकमात्र मौका पनि हो। यदि तैँले कर्तव्य पूरा गर्दै गर्दा यो मौकालाई नष्ट गरिस् भने, तँ अन्ततः विपत्तिहरूमा पर्दा चाहे तैँले दण्ड पाए पनि वा रोएर दाह्रा किटे पनि, त्यो सबै तेरै कर्म हुनेछ, र तँ त्यसको हकदार हुनेछस्! त्यो तेरो आफ्नै गल्ती हुनेछ। अरू मानिसहरूले तेरा जिम्मेवारीहरू वहन गर्नै पर्दैन, र तैँले अरू मानिसहरूका जिम्मेवारीहरू वहन गर्नै पर्दैन। तैँले आज हिँड्ने मार्ग र गर्ने सबै कामको जिम्मेवारी तैँले मात्रै लिन सक्छस्, र तैँले मात्र अन्तिम परिणामहरू वहन गर्न सक्छस्। मैले गर्न सक्ने भनेको मैले भन्नुपर्ने र तिमीहरूलाई बताउनुपर्ने कुराहरू तिमीहरूलाई बुझाउने र तिमीहरू मुक्तिको मार्गमा हिँड्न सक भनेर तिमीहरूका लागि मार्ग तयार गरिदिने हो। मैले सबथोक स्पष्ट रूपमा बुझाइसकेको छु, त्यसैले तिमीहरू ठ्याक्कै कसरी व्यवहार गर्छौ भन्ने कुरा तिमीहरूमै भर पर्छ। म तिमीहरूको विषयमा सरोकार राख्दिनँ; म केवल मलाई आइपरेको काम निर्वाह गर्छु, र योभन्दा बढी केही काम गर्दिनँ। के तैँले आफ्नै गन्तव्यका खातिर आफ्ना कर्तव्यहरू पूरा गरिरहेको छस् भन्ने कुरा तथ्य होइन र? यदि तँ “अत्यन्तै धेरै समस्याहरू छन्, तर मेरा अगुवाले ती रिपोर्ट गरिरहेका छैनन्, त्यसैले म पनि रिपोर्ट गर्दिनँ।” भन्छस् भने, के त्यो मूर्खता होइन? के त्यो चलाकी होइन? तैँले कुनै समस्या देख्दा तेरो जिम्मेवारी के हुन्छ? तेरो जिम्मेवारी भनेको समस्याबारे खोजी र सङ्गति गर्न सबैलाई सँगै बोलाएर आफूहरूलाई शान्त पार्नु, समस्या कुन क्षेत्रमा देखा परेको छ भनेर हेर्नु, र समस्याको मूल कारण पत्ता लगाउनु हो। यदि केही छलफलपछि मूल कारण भेटियो, तर तिमीहरूले त्यस समस्यालाई आफै समाधान गर्न सकेनौ भने, तिमीहरूले त्यसबारे माथिलाई तुरुन्तै रिपोर्ट गर्नुपर्छ। त्यसबारे कसले रिपोर्ट गर्नुपर्छ? तैँले आफैलाई अघि सारेर यसो भन्नुपर्छ, “म त्यसको रिपोर्ट गर्नेछु। यदि त्यसले काम गरेन भने, हामी केही प्रतिनिधिहरू छनोट गरेर सँगै रिपोर्ट गर्न सक्छौँ।” कतिपय मानिसहरू यसो भन्छन्, “के हामीसँग अगुवा छैनन् र?” तँ जबाफ दे, “ऊ अगुवा नै होइन! उसले मानवका जिम्मेवारीहरू बिलकुलै पूरा गर्दैन। ऊ त मानवको खोल ओढेको पशु हो, र उसलाई लात हानेर बर्खास्त गर्नुपर्छ! उसले समस्या रिपोर्ट गरिरहेको छैन, त्यसैले हामी आफैले रिपोर्ट गर्नुपर्छ—यो हाम्रो जिम्मेवारी हो। हामीले आफ्ना जिम्मेवारीहरू पूरा गरेपछि मात्र परमेश्वरले हामीलाई मानवका रूपमा व्यवहार गर्नुहुनेछ। यदि हामीलाई हाम्रा जिम्मेवारीहरू के हुन् भनी स्पष्ट रूपमा थाहा छ तर हामी ती पूरा गर्दैनौँ भने, हामी मानव हुन लायक छैनौँ, र परमेश्वरले हामीलाई कुनै पनि हालतमा मानव मान्नुहुनेछैन।” यदि परमेश्वरले तँलाई मानव मान्नुहुन्न भने, यसको अर्थ उहाँले तँलाई के मान्नुहुन्छ? यसको अर्थ उहाँले तँलाई सुँगुर वा कुकुर मान्नुहुन्छ। अनि के परमेश्वरले त्यसपछि पनि तँलाई मुक्ति दिनुहुन्छ त? कुनै हालतमा पनि दिनुहुन्न। त्यसैले, यदि अन्तिममा तैँले असल गन्तव्य पाइनस् भने, के त्यो तँ आफैले आफैमाथि निम्त्याएको हुनेछैनस् र? अनि के तैँले व्यर्थमै आफ्नो कर्तव्य पूरा गरेको हुनेछैनस् र? आफ्नो मार्ग छनोट गर्ने जिम्मेवारी तेरै हो, र त्यसमा हिँड्ने जिम्मेवारी पनि तेरै हो। तैँले चाहे जे मार्ग रोजे पनि, वा अन्तिम परिणामहरू जे-जस्ता भए पनि, जिम्मेवारी वहन गर्ने तँ आफैले हो; तैँले हिँड्ने मार्ग र त्यसका परिणामहरूको जिम्मेवारी कसैले लिनेछैन।
यदि तिमीहरू अगुवाहरू र कामदारहरूका रूपमा कर्तव्यहरू निर्वाहमा देखा पर्ने समस्याहरूलाई बेवास्ता गर्छौ, अनि जिम्मेवारीबाट पन्छिन विभिन्न निहुँ र बहानाहरूसमेत खोज्छौ, र आफूले समाधान गर्न सक्ने कतिपय समस्या समाधान गर्दैनौ, अनि आफूले समाधान गर्न नसक्ने समस्याहरूसँग आफ्नो कुनै सम्बन्ध नै नभएझैँ गरी तीबारे माथिलाई रिपोर्ट गर्दैनौ भने, के यो आफ्नो जिम्मेवारीच्युत हुनु होइन? के मण्डलीको कामलाई यसरी लिनु चलाखीपूर्ण काम हो कि मूर्ख काम? (मूर्ख काम।) के यस्ता अगुवाहरू र कामदारहरू छट्टु हुँदैनन् र? के तिनीहरू अलिकति पनि जिम्मेवारीबोध नभएका होइनन् र? तिनीहरूलाई समस्याहरू आइपर्दा, तिनीहरू तिनलाई बेवास्ता गर्छन्—के तिनीहरू विचारहीन मानिस होइनन्? के तिनीहरू धूर्त मानिस होइनन् र? धूर्त मानिसहरू सबैभन्दा मूर्ख मानिस हुन्। तँ इमानदार व्यक्ति बन्नैपर्छ, समस्याहरूको सामना गर्दा तँसँग जिम्मेवारीबोध हुनैपर्छ, र तैँले ती समाधान गर्न सम्भव भएजति सबै उपायहरू प्रयोग गर्नैपर्छ र सत्यता खोज्नैपर्छ। तँ धूर्त व्यक्ति कदापि बन्नु हुँदैन। समस्याहरू आइपर्दा, यदि तैँले जिम्मेवारीबाट पन्छिन र त्यसबाट हात झिक्नमा मात्र ध्यान दिन्छस् भने, तँ यस व्यवहारका लागि गैरविश्वासीहरूमाझ समेत निन्दित हुनेछस्, परमेश्वरको घरमा त झन् भनिरहनै परेन! यस व्यवहारलाई परमेश्वरले निश्चित रूपमा निन्दा गर्नुहुन्छ अनि परमेश्वरका चुनिएका मानिसहरूले घृणा र इन्कार गर्छन्। परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ, अनि उहाँ छली र छट्टु मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि तँ धूर्त व्यक्ति होस् र छट्टु पाराले चल्छस् भने, के परमेश्वरले तँलाई घृणा गर्नुहुनेछैन र? के परमेश्वरको घरले तँलाई त्यत्तिकै छोड्नेछ र? ढिलो वा चाँडो, तँलाई जबाफदेही ठहराइनेछ। परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र धूर्त मानिसहरूलाई मन पराउनुहुन्न। सबैले यस कुरालाई स्पष्टसित बुझ्नुपर्छ, र भ्रमित हुन र मूर्ख कामहरू गर्न बन्द गर्नुपर्छ। अस्थायी अज्ञानता क्षमायोग्य हुन्छ, तर यदि कुनै व्यक्तिले सत्यता पटक्कै स्विकार्दैन भने, ऊ एकदमै हठी हो। इमानदार मानिसहरूले जिम्मेवारी लिन सक्छन्। तिनीहरूले आफ्नो लाभ र हानिलाई विचार गर्दैनन्; तिनीहरू बस परमेश्वरको घरको काम र हितको रक्षा गर्छन्। तिनीहरूको हृदय एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै दयालु र इमानदार हुन्छ। तिनीहरूका काममा पारदर्शिता पनि हुन्छ। छली व्यक्ति सधैँ छट्टु पाराले चल्छ, सधैँ ढोँग गर्छ, कामकुरालाई ढाकछोप गर्छ र लुकाउँछ, र आफूलाई निकै कसेर बेर्छ। यस्तो व्यक्तिलाई कसैले पनि छर्लङ्ग देख्न सक्दैन। मानिसहरूले तेरा भित्री सोचहरू देख्न सक्दैनन्, तर परमेश्वरले तेरो भित्री हृदयका कुराहरूको छानबिन गर्न सक्नुहुन्छ। जब परमेश्वरले तँ इमानदार व्यक्ति होइनस्, तँ छट्टु होस्, तँ कहिल्यै सत्यता स्वीकार गर्दैनस्, सधैँ उहाँ विरुद्ध छल गर्छस्, र कहिल्यै आफ्नो हृदय उहाँलाई सुम्पँदैनस् भन्ने कुरा देख्नुहुन्छ, उहाँले तँलाई मन पराउनुहुन्न, र उहाँले तँलाई घृणा गर्नुहुन्छ र त्याग्नुहुन्छ। गैरविश्वासीहरूमाझ फस्टाउने अनि चिप्लो बोल्ने र तीक्ष्ण बुद्धिकाहरू कस्ता प्रकारका मानिस हुन्? के यो कुरा तिमीहरूलाई स्पष्ट छ? उनीहरूको सार के हो? उनीहरू सबैलाई अत्यन्तै रहस्यमयी, अत्यन्तै छली र धूर्त, वास्तविक दियाबलस र शैतानहरू हुन् भनेर भन्न सकिन्छ। के परमेश्वरले यस्ता मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ? परमेश्वर दियाबलसहरू—छली र धूर्त मानिसहरूलाई भन्दा धेरै अरू कुनै कुरालाई घृणा गर्नुहुन्न—र उहाँले यस्ता मानिसहरूलाई पक्कै पनि मुक्ति दिनुहुन्न। तिमीहरू यस्तो प्रकारको व्यक्ति कदापि हुनु हुँदैन। बोल्दा सधैँ सतर्क र चनाखो रहनेहरू, मामिलाहरू सम्हाल्दा चिप्ले र चालबाज हुनेहरू अनि परिस्थितिसँग मिल्दो भूमिका खेल्नेहरू—म तँलाई भन्छु, परमेश्वर यस्ता मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, यस्ता मानिसहरूले मुक्ति पाउँदैनन्। छली र धूर्त मानिसहरूको वर्गमा पर्नेहरू सबैका सन्दर्भमा भन्नुपर्दा, तिनीहरूका शब्दहरू जति मिठा सुनिए पनि, ती सबै छली, दुष्ट शब्द हुन्। तिनीहरूका शब्दहरू जति मिठा सुनिन्छन्, त्यति नै यी मानिसहरू दियाबलस र शैतान हुन्छन्। यिनीहरू ठ्याक्कै परमेश्वरले सबैभन्दा बढी घृणा गर्ने मानिस हुन्। यो एकदमै सही कुरा हो। तिमीहरू के भन्छौ: के छली, बारम्बार झूट बोल्ने, र चिप्लो बोल्ने मानिसहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्? के तिनीहरूले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छन्? कदापि सक्दैनन्। छली र धूर्त मानिसहरूप्रति परमेश्वरको मनोवृत्ति कस्तो हुन्छ? उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ, तिनीहरूलाई पाखा लगाउनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्न, र तिनीहरूलाई जनावरको दर्जामा राख्नुहुन्छ। परमेश्वरका नजरमा, त्यस्ता मानिसहरूले केवल मानव खोल ओढिरहेका हुन्छन् र सारमा तिनीहरू दियाबलस र शैतान हुन्, तिनीहरू जिउँदा लास हुन्, र परमेश्वरले तिनीहरूलाई पटक्कै मुक्ति दिनुहुनेछैन। त्यसैले, अहिले यी मानिसहरू कस्तो स्थितिमा छन्? तिनीहरूका हृदयमा अन्धकार छ, तिनीहरूमा साँचो आस्थाको कमी छ, र तिनीहरूलाई जे आइपरे पनि, तिनीहरूले कहिल्यै अन्तर्दृष्टि र ज्योति पाउँदैनन्। विपत्ति र सङ्कष्टहरू सामना गर्नुपर्दा, तिनीहरू परमेश्वरलाई प्रार्थना गर्छन्, तर परमेश्वर तिनीहरूसँग हुनुहुन्न, अनि तिनीहरूले आफ्ना हृदयमा साँचो रूपमा भर पर्न सक्ने केही छैन। आशिष्हरू प्राप्त गर्नका निम्ति, तिनीहरू राम्रो देखिने कोसिस गर्छन्, तर तिनीहरूले आफूलाई रोक्नै सक्दैनन्, किनकि तिनीहरूमा विवेक र समझ हुँदैन। तिनीहरू चाहेर पनि असल मानिस बन्न सक्दैनन्: तिनीहरूले खराब कामकुरा गर्न बन्द गर्न चाहे पनि, आफूलाई नियन्त्रण गर्न सक्दैनन्, त्यसले काम गर्दैन। के तिनीहरूले खेदिएर हटाइएपछि आफूलाई चिन्न सक्नेछन्? तिनीहरूले आफू यसको लायक छु भन्ने थाहा पाउने भए पनि, तिनीहरूले त्यो कुरा कसैसामु स्विकार्नेछैनन्, अनि तिनीहरू कुनै कर्तव्य निर्वाह गर्न सक्षम देखिए पनि, तिनीहरूले अझै छट्टु पाराले काम गर्नेछन्, र तिनीहरूको कामले प्रस्ट नतिजाहरू ल्याउनेछैन। त्यसोभए तिमीहरू के भन्छौ: के यी मानिसहरू साँच्चिकै पश्चात्ताप गर्न सक्षम छन्? कदापि छैनन्। किनभने तिनीहरूमा विवेक वा समझ छैन र तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। परमेश्वर यस्तो धूर्त र दुष्ट व्यक्तिलाई मुक्ति दिनुहुन्न। यस्ता मानिसहरूका लागि परमेश्वरमा विश्वास गरेर के आशा हुन्छ? तिनीहरूको विश्वास पहिलेदेखि नै महत्त्वहीन हुन्छ, र तिनीहरूले निश्चय नै त्यसबाट केही पनि प्राप्त गर्दैनन्। यदि मानिसहरूले परमेश्वरमा आस्था राखेको अवधिभरि सत्यता पछ्याउँदैनन् भने, उनीहरू जति नै वर्षदेखि विश्वासी भएका भए पनि, त्यसले कुनै प्रभाव पार्नेछैन; उनीहरूले अन्त्यसम्मै विश्वास गरे पनि, केही पनि प्राप्त गर्नेछैनन्। परमेश्वरलाई प्राप्त गर्न, मानिसहरूले सत्यता प्राप्त गर्नैपर्छ। यदि उनीहरूले सत्यता बुझ्छन्, सत्यता अभ्यास गर्छन् र सत्यता वास्तविकतामा प्रवेश गर्छन् भने मात्र उनीहरूले सत्यता प्राप्त गरेका र परमेश्वरको मुक्ति पाएका हुनेछन्; अनि त्यसपछि मात्र उनीहरूले परमेश्वरबाट मान्यता र आशिष् प्राप्त गर्नेछन्; र यो मात्र परमेश्वरलाई प्राप्त गर्नु हो। यदि मानिसहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूले चाल्नुपर्ने पहिलो कदम भनेको आफ्ना जिम्मेवारीहरू पूरा गर्न सिक्नु हो, अर्थात्, तिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ—यो नै सबैभन्दा आधारभूत कुरा हो। मानिसहरूले कदापि झुटा अगुवाहरूबाट सिक्नु हुँदैन, जो शब्द र धर्मसिद्धान्तहरू मात्र प्रचार गर्छन्, वास्तविक काम गर्दैनन्, आफूले गर्ने कुनै पनि कुराको जिम्मेवारी लिँदैनन्, सबथोक झाराटारुवा तरिकाले गर्छन् र अन्त्यमा हटाइन्छन्। आफ्नो कर्तव्य पूरा गर्नु सानो मामला होइन; मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सबैभन्दा बढी प्रकाश हुन्छन्, र परमेश्वरले मानिसहरूका परिणाम तिनीहरूले कर्तव्य पूरा गर्नेक्रममा तिनीहरूको एकनासको कार्यप्रदर्शनका आधारमा निर्धारण गर्नुहुन्छ। कसैले आफ्नो कर्तव्य राम्ररी पूरा नगर्दा त्यसले के सङ्केत गर्छ? त्यसले त्यो व्यक्तिले सत्यता स्विकार्दैन वा साँच्चै पश्चात्ताप गर्दैन, र ऊ परमेश्वरद्वारा हटाइन्छ भन्ने सङ्केत गर्छ। जब झुटा अगुवा र झुटा कामदारहरू बर्खास्त हुन्छन्, त्यसले केको प्रतिनिधित्व गर्छ? यो यस्ता मानिसहरूप्रति परमेश्वरको घरको मनोवृत्ति हो, र अवश्य नै, त्यसले यस्ता मानिसहरूप्रति परमेश्वरको मनोवृत्तिको पनि प्रतिनिधित्व गर्छ। त्यसोभए, यस्ता निकम्मा मानिसहरूप्रति परमेश्वरको मनोवृत्ति के हुन्छ? उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ, निन्दा गर्नुहुन्छ र हटाउनुहुन्छ। त्यसोभए, के तिमीहरू अझै पनि हैसियतका लाभहरूमा लिप्त हुन र झुटो अगुवा हुन चाहन्छौ?
मानिसहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि, तिनीहरूलाई हुन सक्ने सबैभन्दा पीडादायी र सबैभन्दा निराशाजनक कुरा के हो? तिनीहरू निकालिएका वा निष्कासित भएका छन्, र तिनीहरू परमेश्वरद्वारा प्रकाश गरिएका र हटाइएका छन् भनेर थाहा पाउनुभन्दा ठूलो कुरा केही छैन—यो नै सबैभन्दा पीडादायी र सबैभन्दा दुःखद कुरा हो, र कसैले पनि परमेश्वरमा विश्वास गर्न थालेपछि आफूलाई यस्तो होस् भन्ने चाहँदैन। त्यसोभए, मानिसहरू आफूलाई यस्तो हुनबाट कसरी बच्न सक्छन् त? कम्तीमा पनि, तिनीहरूले आफ्नो विवेकअनुसार कार्य गर्नुपर्छ, अर्थात्, तिनीहरूले पहिला आफ्ना जिम्मेवारीहरू पूरा गर्न सिक्नैपर्छ, तिनीहरू कदापि झाराटारुवा हुनै हुँदैन, र तिनीहरूले परमेश्वरले तिनीहरूलाई सुम्पेको काममा ढिलाइ गर्नै हुँदैन। तँ व्यक्ति होस्, त्यसैले तैँले व्यक्तिका जिम्मेवारीहरू के-के हुन् भनेर विचार गर्नुपर्छ। गैरविश्वासीहरूले सबैभन्दा बढी मूल्यवान् ठान्ने जिम्मेवारीहरू, जस्तै कर्तव्यनिष्ठ सन्तान बन्नु, आमाबुवाको भरणपोषण गर्नु र आफ्नो परिवारको नाम राख्नु आदिबारे त भनिरहनु पर्दैन। यी सबै खोक्रा कुरा हुन् र यिनमा वास्तविक अर्थ छैन। व्यक्तिले पूरा गर्नुपर्ने न्यूनतम जिम्मेवारी के हो? तैँले अब कसरी आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्छस्, त्यो नै सबैभन्दा व्यावहारिक कुरा हो। जहिले पनि केवल आलटाल गरेर सन्तुष्ट हुनु आफ्नो जिम्मेवारी पूरा गर्नु होइन, अनि शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्नु मात्र पनि आफ्नो जिम्मेवारी पूरा गर्नु होइन। सत्यता अभ्यास गर्नु र सिद्धान्तअनुसार कामकुरा गर्नु मात्र आफ्नो जिम्मेवारी पूरा गर्नु हो। जब तेरो सत्यता अभ्यास प्रभावकारी, र मानिसहरूका लागि लाभदायी बनेको हुन्छ, तब मात्र तैँले आफ्नो जिम्मेवारी साँच्चै पूरा गरेको हुनेछस्। तैँले जुनसुकै कर्तव्य पूरा गरिरहेको भए पनि, तँ यावत् थोकमा सत्यता सिद्धान्तअनुसार व्यवहार गर्नमा लागिरहिस् भने मात्र तैँले साँच्चिकै आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। मानव कार्यशैलीअनुसार आलटाल गर्नु भनेको झाराटारुवा हुनु हो; सत्यता सिद्धान्तहरूमा कायम रहनु मात्र सही तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नु र आफ्नो जिम्मेवारी पूरा गर्नु हो। अनि जब तैँले आफ्नो जिम्मेवारी पूरा गर्छस्, के यो बफादारीको प्रकटीकरण हुँदैन र? यो आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गर्नुको प्रकटीकरण हो। तँमा यो जिम्मेवारी बोध, यो सङ्कल्प र चाहना, अनि आफ्नो कर्तव्यका सम्बन्धमा बफादारीको यो प्रकटीकरण छ भने मात्र, परमेश्वरले तँलाई कृपा र अनुमोदनको दृष्टिले हेर्नुहुनेछ। यदि तँमा जिम्मेवारीको यो बोधसमेत छैन भने, परमेश्वरले तँलाई कामचोर र लन्ठकका रूपमा व्यवहार गर्नुहुनेछ, र तँलाई घृणा गर्नुहुनेछ। मानव दृष्टिकोणबाट हेर्दा, यसको अर्थ तेरो अनादर गर्नु, तँलाई गम्भीरतापूर्वक नलिनु र तँलाई तुच्छ ठान्नु हो। यो यस्तो हो, यदि तँ कसैसँग केही समयदेखि सम्पर्कमा छस्, र तैँले उसले काल्पनिक, अव्यावहारिक मामिलाबारे बोलेको अनि अवास्तविक कुरा बोल्दै गनगन गरेको देखिस्, अनि तैँले उसलाई फाइँफुट्टी लाउन र ठूलो कुरा गर्न मन पर्ने, र ऊ भरपर्दो नभएको देखिस् भने—के तैँले उसको आदर गर्नेछस्? के तैँले उसलाई कुनै काम सुम्पने आँट गर्नेछस्? सायद उसले तैँले उसलाई सुम्पेको काममा कुनै न कुनै कारणवश ढिलाइ गर्नेथियो, त्यसकारण तैँले त्यस्ता मानिसहरूलाई केही पनि सुम्पने आँट गर्नेथिइनस्। तैँले तिनीहरूलाई हृदयको गहिराइदेखि नै घृणा गर्नेथिइस्, र तिनीहरूको सङ्गत गरेकोमा पछुतो मान्नेथिइस्। तैँले तिनीहरूलाई केही पनि नसुम्पेकोमा भाग्यमानी महसुस गर्नेथिइस्, र यदि तैँले सुम्पेको भए, त्यसका लागि जिन्दगीभरि पछुताउनेथिइस् भनेर सोच्नेथिइस्। मानौँ तैँले कुनै व्यक्तिसँग अन्तरक्रिया गर्छस् र, ऊसँगको कुराकानी र सम्पर्कमार्फत, तैँले देख्छस् कि उसमा असल मानवता भएको मात्र नभई, उसमा जिम्मेवारी बोध पनि छ, अनि जब तैँले उसलाई कुनै काम सुम्पन्छस्, तैँले उसलाई कुनै कुरा त्यतिकै भने पनि, उसले त्यो दिमागमा राख्छ, र उसले तँलाई सन्तुष्ट पार्न त्यस कामलाई राम्रोसँग सम्हाल्ने उपायहरूबारे सोच्छ, अनि यदि उसले तैँले सुम्पेको काम राम्रोसँग सम्हालेन भने, पछि तँसित भेट्दा उसले लज्जित महसुस गर्छ—यो जिम्मेवारी बोध भएको व्यक्ति हो। तिनीहरूलाई केही कुरा भनियो वा तिनीहरूलाई केही कुरा सुम्पिइयो भने—चाहे त्यो अगुवा, कामदार वा माथिबाट आएको होस्—जिम्मेवारीबोध भएका मानिसहरू सधैँ यस्तो सोच्छन्, “तिनीहरू मेरो इज्जत गर्छन्, त्यसैले मैले यो काम राम्ररी सम्हाल्नैपर्छ र तिनीहरूलाई निराश पार्नु हुँदैन।” के तैँले विवेक र समझ भएका यस्ता मानिसहरूलाई कुनै काम सुम्पेर ढुक्क महसुस गर्नेथिइनस् र? तैँले कुनै काम सुम्पन सक्ने मानिसहरू निश्चय नै तँलाई मन पर्ने र भरोसायोग्य लाग्नेहरू नै हुन्। विशेष गरी, यदि तिनीहरूले तेरा लागि धेरै काम सम्हालेका छन् र ती एकदमै इमानदारी साथ र तेरा मागहरू पूर्ण रूपमा पूरा गर्ने गरी गरेका छन् भने, तँलाई तिनीहरू भरोसायोग्य लाग्नेछन्। तैँले हृदयमा तिनीहरूको निकै प्रशंसा र आदर गर्नेछस्। मानिसहरू यस्ता व्यक्तिसँग सङ्गत गर्न रुचाउँछन्, झन् परमेश्वरले नरुचाउने त कुरै आउँदैन। के तिमीहरूलाई परमेश्वर मण्डलीको काम र मान्छेले निर्वाह गर्नुपर्ने कर्तव्य भरोसायोग्य नभएको कुनै व्यक्तिलाई सुम्पन इच्छुक हुनुहुनेछ भन्ने लाग्छ? (अहँ, उहाँले सुम्पनुहुनेछैन।) जब परमेश्वरले मण्डलीको एउटा काम गर्न कुनै व्यक्तिलाई खटाउनुहुन्छ, तब उहाँ त्यस व्यक्तिबाट के अपेक्षा गर्नुहुन्छ? पहिलो, परमेश्वर ऊ लगनशील र जिम्मेवार होस्, उसले त्यस कामलाई ठूलो मामिला ठानेर त्यहीअनुरूप सम्हालोस् भन्ने आशा गर्नुहुन्छ। दोस्रो, परमेश्वर ऊ भरोसायोग्य व्यक्ति होस्, जति समय बिते पनि, र वातावरण जसरी परिवर्तन भए पनि, उसको जिम्मेवारीबोध नडगमगाओस्, र परीक्षामा उसको निष्ठा खरो उत्रियोस् भन्ने आशा गर्नुहुन्छ। यदि ऊ भरोसायोग्य व्यक्ति हो भने, परमेश्वर आश्वस्त हुनुहुनेछ, र उहाँले उप्रान्त यस मामिलामा सुपरिवेक्षण वा अनुगमन गर्नुहुनेछैन। किनभने उहाँले हृदयदेखि उसलाई भरोसा गर्नुहुन्छ, र उसले आफूलाई दिइएको काम कुनै गल्ती नगरी पूरा गर्ने पक्का हुन्छ। जब परमेश्वरले कसैलाई कुनै काम सुम्पनुहुन्छ, तब उहाँले यही आशा गर्नु हुँदैन र? (हुन्छ।) त्यसोभए, तैँले परमेश्वरको अभिप्राय बुझेपछि, परमेश्वरका मागहरू पूरा गर्न कसरी कार्य गर्ने, कसरी परमेश्वरका नजरमा निगाह पाउने र परमेश्वरको भरोसा जित्ने भनेर हृदयमा जान्नुपर्छ। यदि तैँले आफ्ना प्रकटीकरणहरू र व्यवहार, अनि तैँले आफ्नो कर्तव्यलाई लिने मनोवृत्तिलाई प्रस्ट रूपमा देख्न सक्छस् भने, अनि यदि तँमा आत्म-सचेतना छ, र तँलाई आफू के हुँ भन्ने थाहा छ भने, के तैँले परमेश्वरले तँलाई निगाह गर्नुहोओस्, अनुग्रह देखाउनुहोओस्, वा विशेष व्यवहार गर्नुहोओस् भनी माग गर्नु बेमनासिब होइन र? (हजुर, हो नि।) तँ आफूलाई एकदमै तुच्छसमेत ठान्छस्, आफूलाई हेयको नजरले हेर्ने समेत गर्छस्, तैपनि परमेश्वरले तँलाई निगाह गर्नुहोओस् भनेर माग गर्छस् भने—यसले कुनै अर्थ राख्दैन। यसरी, यदि तँ परमेश्वरले तँलाई निगाह देखाउनुहोओस् भन्ने चाहन्छस् भने, तैँले कम्तीमा पनि आफूलाई अरू मानिसका दृष्टिमा भरोसायोग्य बनाउनुपर्छ। यदि तँ अरूले तँलाई भरोसा गरून्, निगाह देखाऊन्, आदर गरून् भन्ने चाहन्छस् भने, कम्तीमा पनि तँ मर्यादित, जिम्मेवारी बोध भएको, वचनको पक्का, र भरोसायोग्य हुनैपर्छ। त्यसबाहेक, तँ परमेश्वरसामु लगनशील, जिम्मेवार, र बफादार हुनैपर्छ—त्यसपछि तैँले परमेश्वरले तँबाट गर्नुहुने जरुरी मागहरू पूरा गरेको हुनेछस्। त्यसपछि, तँलाई परमेश्वरको अनुमोदन प्राप्त हुने आशा हुनेछ, हुनेछैन र? (हजुर, हुनेछ।) के यो हासिल गर्न गाह्रो छ? (छैन।) मानिसहरूले समेत कामहरू सम्हाल्न र सङ्गत गर्नका लागि भरपर्दो व्यक्ति खोज्न चाहन्छन्, त्यसकारण के परमेश्वरले मानिसहरूलाई आफ्ना कर्तव्यहरू राम्रोसँग निभाऊन् भनेर माग गर्नु, र उहाँले तिनीहरूबाट यति सानो माग गर्नु अतिशय हो? (अहँ, होइन।) यो अतिशय हुँदै होइन। यो मानिसहरूका लागि परिस्थितिहरू कठिन पार्नु होइन, बरु यो त निकै उचित कुरा हो। यति मात्र हो कि, मानिसहरूमा यो काम गर्ने हृदय छैन, तिनीहरू परमेश्वरका सोचहरूबारे मनन गर्दैनन् वा परमेश्वरका अभिप्रायहरूको कदर गर्दैनन्। तिनीहरूले गर्न सक्ने भनेकै निरन्तर “तपाईँले मलाई आशिष् दिनैपर्छ! तपाईँले मलाई अनुग्रह देखाउनैपर्छ! तपाईँले मलाई मार्गदर्शन गर्नैपर्छ!” भन्दै परमेश्वरसँग माग गर्नु मात्र हो। त्यसोभए, तँ केचाहिँ गरिरहेको छस्? के तँ साँच्चिकै आफ्नो विवेक र समझअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्छस्? के तँ साँच्चै लगनशील, जिम्मेवार र बफादार हुन सक्छस्? यो तैँले परमेश्वरबाट निगाह पाउनका निम्ति पूरा गर्नैपर्ने न्यूनतम सर्त हो। के मानिसहरूले यही दिशातर्फ मेहनत गर्नुपर्ने होइन र? तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, तैँले सत्यता र परमेश्वरका मागहरूतर्फ लागिपर्नैपर्छ—मानिसहरूले यही दिशामा मेहनत गर्नुपर्छ। मानिसहरूले सही दिशामा मेहनत गर्नैपर्छ। त्यसो गरियो भने, तिनीहरूले परमेश्वरलाई सन्तुष्ट पार्न खोज्ने काम त्यसउप्रान्त खोक्रो हुनेछैन।
के झुटा अगुवाहरूको हृदयमा परमेश्वरमा विश्वास गर्दा उहाँलाई सन्तुष्ट पार्नेबारे कुनै अवधारणा हुन्छ? के तिनीहरूसँग कुनै मनोवृत्ति हुन्छ त? स्पष्ट रूपमै हुँदैन। तिनीहरू संसारमा आलटाल गर्दै जिउने मनोवृत्ति मात्र राख्छन्, र तिनीहरू परमेश्वरसँग पनि त्यस्तै तरिकाले, अत्यन्तै अनादरणीय र अपमानजनक तरिकाले व्यवहार गर्छन्। यस्तो प्रकारको मनोवृत्तिले परमेश्वरलाई गम्भीर रूपमा लज्जित पार्छ र निन्दित गर्छ, र परमेश्वरले त्यसलाई घृणा गर्नुहुन्छ। परमेश्वरले तिनीहरूलाई जीवनका साथै व्यक्तिसँग हुने सबथोक दिनुभयो, तैपनि तिनीहरू परमेश्वरले तिनीहरूलाई दिनुभएको सबथोकप्रति, परमेश्वरले तिनीहरूको जीवनका लागि गर्नुहुने प्रबन्धहरूप्रति, परमेश्वरको आज्ञा र कामप्रति, र तिनीहरूका आफ्नै कर्तव्यहरूप्रति अवहेलना र तिरस्कारको मनोवृत्ति राख्छन्। “तिरस्कार” को अर्थ के हो? त्यसको अर्थ आलटाल गर्दै दिन कटाउन चाहनु र कुनै पनि कुरालाई गम्भीरतापूर्वक नलिनु हो। परमेश्वरले तिनीहरूको यो मनोवृत्तिलाई अत्यन्तै घृणा गर्नुहुन्छ, त्यसैले उहाँले यस्ता मानिसहरूलाई कदापि मुक्ति दिनुहुनेछैन। यसमा तिमीहरूले बुझ्नुपर्ने कुरा के हो? त्यो के हो भने, तिमीहरू यस्तो प्रकारको व्यक्ति कदापि हुनु हुँदैन। चाहे तँ अगुवा भए पनि वा नभए पनि, वा तँमा अगुवा बन्ने महत्त्वाकाङ्क्षा र चाहना भए पनि वा नभए पनि, तैँले सुरुमा आफूलाई आचरणमा ढाल्न सिक्नुपर्छ, र कदापि कामचोर, आवारा, वा नीच व्यक्ति बन्नु हुँदैन। तेरो आचरणमा, तँसँग सोझो मनोवृत्ति, इज्जत, र जिम्मेवारीको बोध हुनैपर्छ—यो न्यूनतम कुरा हो। यस जगमाथि टेकेर मात्र मानिसहरूले परमेश्वरका मागहरू र उहाँको आज्ञा पूरा गर्न सक्छन्। यदि तँ सँग यति जग पनि छैन भने, कुरा गर्नुपर्ने विषय नै छैन।
अप्रिल ३, २०२१
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।