अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८) खण्ड दुई

आफूलाई आत्मिक मानिसका रूपमा प्रस्तुत गर्ने झुटा अगुवाहरूको मुख्य विशेषता के हो? त्यो के हो भने, तिनीहरू प्रवचनहरू दिनमा राम्रा हुन्छन्। ती “प्रवचनहरू” वास्तविक प्रवचनहरू होइनन्। ती सत्यताबारे सङ्गति गर्ने प्रवचनहरू होइनन्, न त सत्यता वास्तविकता भएका प्रवचनहरू नै हुन्। बरु, ती त शब्द र धर्मसिद्धान्तका प्रवचनहरू मात्रै हुन्; ती छद्म-आत्मिक प्रवचनहरू हुन्, फरिसीहरूका प्रवचनहरू हुन्। झुटा अगुवाहरू परमेश्‍वरका वचनहरूका शब्द र वाक्यांशहरूमा कडा मेहनत लगाउनमा निकै सिपालु हुन्छन्, तिनीहरू शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्नमा विशेष ध्यान दिन्छन्, तैपनि तिनीहरू परमेश्‍वरका वचनहरूमा कहिल्यै सत्यता खोज्दैनन् र सत्यता वास्तविकतामा कसरी प्रवेश गर्नुपर्छ भनेर कहिल्यै चिन्तन गर्दैनन्। तिनीहरू केवल शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न सक्षम हुनुमै सन्तुष्ट हुन्छन्; तिनीहरूले स्पष्ट र तार्किक रूपमा धर्मसिद्धान्त प्रचार गरेपछि, तिनीहरूलाई त्यो नै पर्याप्त लाग्छ र तिनीहरूले आफूसँग सत्यता वास्तविकता छ र आफू अरूसामु उभिएर हैकम जमाउन, र उच्च स्थानबाट मानिसहरूलाई भाषण दिन सक्छु भन्‍ने सोच्छन्। झट्ट हेर्दा, तिनीहरूले जे भन्छन् र गर्छन् त्यो सत्यतासँग सम्बन्धित भएझैँ देखिन्छ, तिनीहरूले बाधा दिने वा अवरोध पुर्‍याउने नगरेझैँ देखिन्छ, र तिनीहरूले त्रुटिपूर्ण भनाइको वकालत नगरेको वा त्रुटिपूर्ण अभ्यासहरू पनि नउक्साएको झैँ देखिन्छ। तैपनि, त्यसमा एउटा समस्या हुन्छ, जुन के हो भने तिनीहरू कुनै पनि वास्तविक काम वहन गर्न वा अलिकति मात्र पनि जिम्मेवारी पूरा गर्न सक्दैनन्, जसले तिनीहरूलाई अन्ततः काममा कुनै पनि समस्या पत्ता लगाउन असक्षम हुने तुल्याउँछ। तिनीहरूले काम गर्ने तरिका भनेको अन्धो व्यक्तिले आफ्नो बाटो छामछुम गरेजस्तै हुन्छ: तिनीहरूले जहिल्यै आफ्नो भावना र कल्पनाअनुसार कार्य गर्छन्, र मामलाहरूमा अन्धाधुन्ध प्रावधानहरू लागु गर्छन्, र समस्याको सार देख्न पूर्ण रूपमा असक्षम हुन्छन्, तैपनि तीबारे बकवास कुरा फलाकिरहन्छन्—तिनीहरूले कुनै पनि वास्तविक समस्याहरू बिलकुलै समाधान गर्न सक्दैनन्। यदि झुटो अगुवाले साँच्चै सत्यता बुझेको भए, उसले स्वतः समस्याहरू पत्ता लगाउन र समाधान गर्न सत्यताको खोजी गर्न सक्थ्यो। तर झुटा अगुवाहरूले स्पष्टतः सत्यता बुझ्दैनन्, तैपनि तिनीहरू आत्मिक भएको ढोँग गर्छन्, आफूलाई मण्डलीको काम गर्न सक्षम ठान्छन्, र निर्लज्ज रूपमा आफ्नो हैसियतका लाभहरूको आनन्द उठाउने आँट गर्छन्। के यो घिनलाग्दो छैन र? तिनीहरूले आफूसँग वास्तविक सीप छ भन्‍ने सोच्छन्—र आफूले प्रवचन दिन सक्छु भन्ठान्छन्। तैपनि तिनीहरूले वास्तविक काम गर्नै सक्दैनन्। झुटा अगुवाहरूले जानेका र प्रचार गर्ने गरेका शब्द र धर्मसिद्धान्तहरूले तिनीहरूलाई आफ्नो काम राम्ररी गर्न मदत गर्न सक्दैनन्, न त तिनले तिनीहरूलाई काममा भएका समस्याहरू पत्ता लगाउन नै मदत गर्न सक्छन्, झन् तिनीहरूले सामना गर्ने सबै समस्याहरू समाधान गर्न मदत गर्नु त धेरै परको कुरा हो। केही समय काम गरेपछि, तिनीहरूले कुनै पनि अनुभवात्मक गवाही बताउन सक्दैनन्। के त्यस्तो अगुवा वा कामदार मानकअनुरूपको हुन्छ त? हुँदैन भन्‍ने कुरा स्पष्टै छ। अनि मानक पूरा नगर्ने झुटा अगुवाहरूलाई कसरी सम्हाल्नुपर्छ? तिनीहरूलाई बर्खास्त गर्नुपर्ने र हटाउनुपर्ने मात्र होइन, यदि तिनीहरू पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरूलाई चुनाव हुँदा फेरि अगुवा वा कामदारका रूपमा सेवा गर्न चुन्‍न पनि सकिँदैन। यदि हटाइएको झुटो अगुवा वा झुटो कामदारलाई कसैले छनोट गर्छ भने, उसले जानाजान मण्डलीको काममा बाधा र क्षति पुर्‍याइरहेको हुन्छ र त्यसले त्यो मतदाता त्यो झुटो अगुवालाई आराधना गर्ने र पछ्याउने व्यक्ति हो, र परमेश्‍वरमा साँच्चै विश्‍वास गर्ने व्यक्ति होइन भन्‍ने देखाउँछ। के तिमीहरूले कहिल्यै कुनै छद्म-आत्मिक झुटो अगुवालाई छनोट गरेका छौ? (गरेका छौँ।) मलाई लाग्छ तिमीहरूले त्यस्ता धेरैलाई छनोट गरेका छौ। तिमीहरूलाई धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको, परमेश्‍वरका वचनहरू धेरै पढेको र धेरै प्रवचनहरू सुनेको, प्रचार र कामको प्रचुर अनुभव भएको, एक पटकमा घन्टौँ प्रवचन दिन सक्ने जोकोही निश्‍चय नै काम गर्न सक्षम हुन्छ भन्‍ने लाग्छ। अनि, तिनीहरूलाई अगुवाका रूपमा छनोट गरेपछि, तिमीहरूले एउटा गम्भीर समस्या पत्ता लगाउँछौ: दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई कहिल्यै देख्‍न सक्दैनन् र समस्या आइपर्दा तिनीहरूलाई कहिल्यै भेट्टाउन सक्दैनन्। तिनीहरू कहाँ लुकिरहेका हुन्छन् भन्‍ने कुरा कसैलाई थाहा हुँदैन, र तिनीहरू कहीँकतै लुक्छन् र आफूलाई अवरोध गर्न कसैलाई दिँदैनन्। त्यो एउटा समस्या हो। कामका निर्णायक क्षणहरूमा तिनीहरू जहिल्यै लुकामारी खेलिरहेका हुन्छन् र समस्या समाधान गर्न तिनीहरूको खाँचो पर्दा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई कहिल्यै भेट्टाउन सक्दैनन्—के तिनीहरूले आफ्ना उचित कर्तव्यहरूलाई बेवास्ता गरिरहेका हुँदैनन् र? किन कति मानिसहरू अगुवा बनेपछि दाजुभाइ-दिदीबहिनीहरूलाई सामना गर्ने आँट गर्दैनन्? किन तिनीहरूलाई कहीँ पनि भेट्टाउन सकिँदैन? तिनीहरूलाई ठ्याक्कै के कुराले व्यस्त राखिरहेको हुन्छ? तिनीहरूले वास्तविक समस्याहरू किन समाधान गर्दैनन्? तिनीहरूले आफूलाई चाहे जे कुरामा व्यस्त राखिरहेका भए पनि, यो कुराबारे तिमीहरू पक्का हुन सक्छौ: यदि तिनीहरू वास्तविक काम नगरी केही समय बिताउँछन् भने, तिनीहरू झुटा अगुवा हुन्, र तिनीहरूलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ, र अरू कसैलाई छनोट गरिनुपर्छ। के तिमीहरूले भविष्यमा यस प्रकारको झुटो अगुवालाई छनोट गर्नेछौ? (गर्नेछैनौँ।) किन गर्नेछैनौ? तिमीहरूलाई आफ्नो मार्गदर्शकका रूपमा अन्धो व्यक्ति छनोट गर्नुको परिणाम के हुन्छ जस्तो लाग्छ? त्यो व्यक्ति आफै अन्धो छ, त्यसोभए के उसले अरूलाई सही मार्गमा मार्गदर्शन गर्न सक्छ त? यो त बाइबलका परमेश्‍वरका वचनहरूले भने जस्तै हो, “यदि अन्धोले अन्धोलाई डोर्‍यायो भने दुवै खाडलमा खस्नेछन्” (मत्ती १५:१४)। अन्धो व्यक्ति कुनै दिशा वा उद्देश्यबिनै हिँड्छ; उसले कसरी अरूलाई अगुवाइ गर्न सक्छ र? यदि कसैले अन्धो व्यक्तिलाई आफ्नो मार्गदर्शकका रूपमा छनोट गर्छ भने, ऊ झनै अन्धो हुन्छ। गैरविश्‍वासीहरूमाझ एउटा भनाइ छ: “अन्धो मान्छेलाई बाटो सोध्नु।” मण्डली अगुवाका रूपमा सेवा प्रदान गर्न झुटो अगुवालाई छनोट गर्नु भनेको अन्धो व्यक्तिलाई बाटो सोध्नु हो। त्यो बेतुकापन हो, होइन र? झुटो अगुवालाई मत दिने सबै जना अन्धोलाई छनोट गर्ने अन्धा मानिसहरू हुन्, र तिनीहरूमध्ये एक जनाले पनि सत्यता बुझ्दैन।

जब केही मानिसहरूले छद्म-आत्मिक व्यक्तिलाई अगुवा छनोट गर्छन्, तिनीहरू यस्तो सोच्दै निकै खुसी हुन्छन्, “हामीसँग अब एक महान् अगुवा छन्। हाम्रा अगुवा प्रवचनहरू दिनमा निकै राम्रा छन्। उनले निकै तार्किक र संरचनागत शैलीमा प्रचार गर्छन्, र उनका प्रवचनहरूले निकै अर्थ राख्छन्।” खुट्ट्याउने क्षमता नभएका कति मानिसहरू प्रभावित भएर आँसु झार्न थाल्छन्, यो अगुवाप्रति निकै लगाव महसुस गर्छन्, र तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न जान समेत चाहँदैनन्। तिनीहरूले सङ्गति सुन्दा कुराहरू निकै स्पष्ट रूपमा बुझ्छन्, तर कर्तव्य पूरा गर्दा जब तिनीहरूले समस्याहरू पत्ता लगाउँछन्, तिनीहरूलाई ती समाधान गर्न आउँदैन, र तिनीहरू अन्योलमा परेर यस्तो सोच्छन्, “यी अगुवाले सङ्गति गरेको सुन्दा मैले सबथोक बुझेजस्तो लाग्छ, तैपनि मैले काममा सामना गर्ने कठिनाइहरू कसरी समाधान गर्न नसकेको?” यहाँ समस्या के हो? यस प्रकारको झुटो अगुवाले प्रचार गर्ने सबै कुरा शब्द र धर्मसिद्धान्त, रित्ता वाक्यांश, नारा, र बकवास मात्रै हुन्छ। उसले प्रचार गर्ने कुराले तेरा वास्तविक समस्याहरू समाधान गर्दैन; उसले तँलाई मूर्ख बनाएको हुन्छ। उसले तँलाई भ्रमले भरिदिन्छ, र केही नाराहरू फलाक्दै समस्याहरू समाधान भए भनेर तँलाई गलत रूपमा विश्‍वास गर्ने तुल्याउँछ, जबकि वास्तवमा उसले तेरा समस्याहरूसँग सम्बन्धित सत्यता सिद्धान्तहरूमा सङ्गति गरिरहेकै हुँदैन। यस तरिकाले सङ्गति गरेर समस्याहरू कसरी समाधान हुन सक्छन् र? उसले प्रचार गर्ने धर्मसिद्धान्तहरूको वास्तविक समस्याहरूसँग कुनै सरोकार हुँदैन; उसले त सबै समस्याहरूको सार पन्छाउँदै रित्तो तरिकाले सिद्धान्तहरूबारे मात्र कुरा गरिरहेको हुन्छ। उसले शब्द र धर्मसिद्धान्तहरू अनि आत्मिक सिद्धान्तहरू मात्र प्रचार गर्छ। सत्यता वास्तविकता के हो भनेर उसलाई थाहै हुँदैन, र समस्याहरू देखा पर्दा, उसको दिमाग घुम्छ। उसले दिने प्रवचनले वास्तविक समस्याहरू समाधान गर्न सक्दैन, त्यो केवल एक प्रकारको सिद्धान्त, एक प्रकारको ज्ञान र धर्मसिद्धान्त हुन्छ। यस प्रकारको झुटो अगुवाले परमेश्‍वरका वचनहरू र सत्यता यसरी प्रचार गर्छ मानौँ ती एक प्रकारका शब्द र धर्मसिद्धान्त अनि नारा मात्रै हुन्। ऊ सबै वास्तविक समस्याहरूबाट पन्छिन्छ र उसले खोक्रा र अव्यवहारिक शब्दहरू मात्र प्रचार गर्छ। अनि अन्तिममा के हुनेछ? उसले चाहे जति नै लामो समय प्रचार गरे पनि, बढीमा उसको प्रवचनले मानिसहरूलाई प्रोत्साहन र उपदेश दिने नतिजा मात्र ल्याउनेछ, तिनीहरूलाई अलि उत्साहित मात्र तुल्याउनेछ र तिनीहरूमा ऊर्जाको विस्फोट मात्र गराउनेछ, तर त्यसले अरू कुनै समस्याहरू समाधान गर्न सक्दैन। वास्तविकताबाट सत्यता असम्बन्धित हुँदैन, बरु वास्तविकतासँग र साँच्चै विद्यमान हर प्रकारका समस्याहरूसँग जोडिएको हुन्छ। त्यसैले, के अब तिमीहरूले छद्म-आत्मिक झुटा अगुवाहरू सामना गर्दा तिनीहरूलाई खुट्ट्याउन सक्नेछौ त? सक्दैनौ भने, तिमीहरूले कसैलाई मत दिएर अगुवा बनाउन चाहँदा, उसलाई पहिला केही समस्याहरू समाधान गर्न लगाओ। यदि उसले ती समस्याहरू सिद्धान्तहरूअनुरूप समाधान गर्छ भने, र यदि उसले निकै राम्रा नतिजा हासिल गर्छ र सत्यता वास्तविकता प्रयोग गरेर समस्या समाधान गर्छ भने, तिमीहरूले उसलाई मत दिन सक्छौ; यदि ऊ पन्छिने गर्छ र समस्याहरूको सार अनि वास्तविक अवस्थाबारे कुरा गर्दैन भने, र उसले रित्तो तरिकाले धर्मसिद्धान्तहरू प्रचार गर्न, नाराहरू फलाक्न, र प्रावधानहरूमा टाँसिन मात्र सक्छ भने, तिमीहरूले त्यो व्यक्तिलाई मत दिन मिल्दैन। तिमीहरूले त्यो व्यक्तिलाई किन मत दिन मिल्दैन? (किनभने उसले वास्तविक समस्याहरू समाधान गर्न सक्दैन।) अनि कस्तो प्रकारको व्यक्तिले वास्तविक समस्याहरू समाधान गर्न सक्दैन? शब्द र धर्मसिद्धान्तहरू मात्र प्रचार गर्न सक्ने व्यक्तिले—ऊ एउटा पाखण्डी, एउटा छद्म-आत्मिक फरिसी हो। ऊसँग सत्यता बुझ्न चाहिने क्षमता हुँदैन, समस्याहरू समाधान गर्ने ल्याकत हुँदैन, उसले समस्याहरू समाधान गर्न सक्दैन, त्यसैले यदि तैँले उसलाई अगुवा बनाउन छनोट गरिस् भने, ऊ झुटो अगुवा हुने पक्‍का हुन्छ। ऊ अगुवाको काम गर्न वा अगुवाका जिम्मेवारीहरू पूरा गर्न सक्षम हुँदैन। त्यसैले, यदि तैँले उसलाई मत दिइस् भने, उसलाई हानि गरिरहेको हुँदैनस् र? कति मानिसहरू यसो भन्छन्, “त्यो कसरी उसलाई हानि गर्नु भयो र? उसलाई मत दिएर हामी उसको भलो नै सोचिरहेका हुन्छौँ। उसमा केही क्षमता छ, र यदि हामीले उसलाई छनोट गर्‍यौँ भने, के हामीसँग कामको जिम्मेवारी लिन सक्ने व्यक्ति हुनेछैन र?” कामको जिम्मेवारी लिने व्यक्ति हुनु अवश्य नै राम्रो कुरा हो, तर यस प्रकारको व्यक्तिले जिम्मेवारी लिनै सक्दैन। उसले रित्तो शैलीमा सिद्धान्तहरूबारे कुरा गर्न मात्र सक्छ, उसले वास्तविक अवस्थालाई ध्यानमा राख्दैन, र समस्याहरू समाधान गर्ने कुरामा ऊ कुनै कामै लाग्दैन, त्यसैले उसलाई मत दिएर, के तैँले उसलाई दुष्टता गर्ने मौका दिइरहेको हुँदैनस् र? के तैँले उसलाई झुटो अगुवाको मार्गमा हिँड्न बाध्य पारिरहेको हुँदैनस् र? त्यसकारण, तैँले त्यस्ता मानिसहरूलाई अगुवाका रूपमा छनोट गर्नु हुँदैन।

के तिमीहरू आफू प्रायः सम्पर्कमा आइरहने र निकै परिचित रहेका तिमीहरूवरपरका मानिसहरूमध्ये को रित्तो शैलीमा धर्मसिद्धान्तहरूबारे मात्रै बोल्न सक्छ र वास्तविक समस्याहरू समाधान गर्न सक्दैन भनेर खुट्ट्याउन सक्छौ? को सधैँ ठूल्ठूला सिद्धान्तहरू प्रचार गर्छ र पहिला कसैले नसुनेका नयाँ र अद्वितीय योजनाहरू प्रस्ताव गर्छ, तर कार्य-सञ्चालनका विशिष्ट योजना र ठोस विवरणहरू कसरी अभ्यास र कार्यान्वयन गर्ने भनेर सोध्दा अन्योलग्रस्त र निःशब्द हुन्छ? त्यस्तो व्यक्तिले बोल्ने कुरा अत्यन्तै रित्तो र पूर्णतः अवास्तविक हुन्छ, र वास्तविक अवस्था, वास्तविक वातावरण, मानिसहरूले वास्तवमा हासिल गर्न सक्‍ने कुरा, मानिसहरूको कद, र तिनीहरूको पेसागत सीपको स्तरसँग सम्बन्धित र मिल्दो हुँदैन। अनि उसले बोल्ने कुरा परमेश्‍वरका घरका मागहरूअनुरूप अझै बढी हुँदैन; उसले केवल बकवास कुरा बोल्छ, ऊ कल्पनामा लिप्त भइरहेको हुन्छ, र उसले केही नसोची मनमा जे आयो त्यही बोल्ने मात्र गर्छ। उसले के सोच्छ भने, उसले आफूले बोलेको कुनै पनि कुराको जिम्मेवारी लिनु पर्दैन, धाक र रवाफ नै देखाउँदा पनि त्यसको जिम्मेवारी लिनु पर्दैन। यो मनोवृत्तिसाथ, उसले आफ्ना विचारहरू व्यक्त गर्छ र आफ्ना धारणाहरू अघि सार्छ—के ऊ छद्म-आत्मिक मानिस होइन र? (हो।) कति मानिसहरूलाई लाग्छ कि धाक, रवाफ, वा ठूल्ठूला अवधारणाहरूलाई यसै पनि कसैले गम्भीरतापूर्वक लिँदैन, र त्यसैले तिनीहरूले आफू कति सक्षम छु भनेर देखाउने मौका पाउँछन्। तिनीहरूलाई के लाग्छ भने, यदि तिनीहरूले कुनै गल्ती गरे भने, तिनीहरूले त्यसको जिम्मेवारी लिनु पर्दैन, र तिनीहरूले कुनै सही कुरा गरे भने, सबैले तिनीहरूलाई उच्च सम्मान दिनेछन्, त्यसैले तिनीहरू जे चाह्यो त्यही बोल्छन् र सब थोकलाई एकदमै सहज रूपमा प्रस्तुत गर्छन्। तिनीहरूसँग धेरै सोच हुन्छन्, तर तीमध्ये कुनैमा पनि अभ्यासको निश्‍चित योजना हुँदैन र तीमध्ये कुनैलाई पनि उचित रूपमा लागु गर्न सकिँदैन। तिनीहरूले आफूले अघि सार्ने कुनै पनि विचारलाई गम्भीर रूपमा लिँदैनन्, चाहे त्यो विशुद्ध होस् वा विकृत। तिनीहरू आज एउटा कुरा बोल्छन् अनि भोलि अर्कै कुरा बोल्छन्, र तिनीहरूले बोल्‍ने विचार, सिद्धान्त, र आधारहरू सबै निकै उच्च सुनिए पनि ती सबै खोक्रो र अव्यवहारिक हुन्छन्। तिनीहरू कहिलेकाहीँ खोक्रो वा विकृत नभएका योजनाबारे पनि कुरा गर्छन्, तर जब तिनीहरूलाई त्यो योजना ठ्याक्‍कै कसरी कार्यान्वयन गर्नुपर्ने हो भनेर सोधिन्छ, तिनीहरूले त्यो भन्‍नै सक्दैनन्। नाराहरू फलाक्दा, ठूल्ठूला शब्दहरू बोल्दा, र रायहरू व्यक्त गर्दा, तिनीहरू अत्यन्तै उत्साहित र सक्रिय हुन्छन्। तर कुनै निश्‍चित काम गर्ने र निश्‍चित योजनाहरू लागु गर्ने कुरा आउँदा, तिनीहरू नामनिसान नरहने गरी गायब हुन्छन्, आफूलाई लुकाउँछन्, र त्यसउप्रान्त तिनीहरूसँग कुनै पनि राय हुँदैन। के यस्ता मानिसहरू अगुवा बन्‍न सक्छन्? (सक्दैनन्।) त्यसोभए, यस्ता मानिसहरू अगुवा बन्‍नुका परिणामहरू के हुनेछन्? के तिनीहरूले आफैलाई र अरूलाई पनि हानि गर्नेछैनन् र? तिनीहरूले मण्डलीको काममा ढिलाइ गराउनेछन् र, अझ भन्‍ने हो भने, तिनीहरूले आफैमाथि ठूलो हानि पुर्‍याउनेछन्। तिनीहरूले प्रचार गर्ने धर्मसिद्धान्तहरू केही सीमित कुराहरू मात्र हुन्छन्, अनि तिनीहरूले ती प्रचार गरिसकेपछि, तिनीहरूसँग भन्‍नका लागि अरू केही पनि हुँदैन, र त्यसैले तिनीहरू सधैँ लुक्नुपर्ने र “स्व-संवर्धनमा केन्द्रित हुन एकान्तमा बस्नुपर्ने” हुन्छ। के यसले तिनीहरूलाई गाह्रो पार्नेछैन र? तिनीहरू अगुवा बन्‍नेबित्तिकै, तिनीहरूलाई ती ठूला पर्वतहरूले तिनीहरूको टाउको थिचिरहे जस्तो महसुस हुनेछ, तिनीहरूले हरदिन थकित र निकै दबाबमा परेको महसुस गर्नेछन्—तिनीहरूले यसरी कष्ट भोग्नुको अर्थ के हो? तिनीहरूसँग अगुवा बन्‍ने क्षमतै हुँदैन, र तिनीहरूले समस्याहरू सामना गर्दा, आफ्नै कल्पनाअनुसार त्यत्तिकै प्रावधानहरू लागु गर्ने मात्र गर्छन् र वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्—यस्ता मानिसहरू अगुवा बन्‍न मिल्दैन। तिनीहरू वास्तविक काम गर्न सक्षम हुँदैनन्, त्यसैले तिनीहरू झुटा अगुवा बन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूको जीवनमा ढिलाइ गराउँदा समेत आफू निकै राम्रो भएको ठान्छन्। यदि तिमीहरूले यी छद्म-आत्मिक मानिसहरूको क्षमता र चरित्र पत्ता लाउन र बोध गर्न सक्थ्यौ भने, के तिमीहरूले अझै तिनीहरूलाई अगुवा बनाउन मत दिनेथियौ? यदि तँ आफै यस प्रकारको व्यक्ति होस् र कसैले तँलाई मत दिन चाहन्छ भने, तँ के गर्छस्? (ममा केही आत्म-सचेतना हुनेथ्यो, र म अगुवा बन्‍न उपयुक्त छैनँ भनेर भन्‍नेथिएँ।) अनि यदि तैँले यो अभिव्यक्ति दिइसकेपछि पनि सबैले तँ असल छस् भन्‍ने सोच्छन् र तँलाई नै मत दिन जोड गर्छन् भने, तैँले के गर्नुपर्छ? तैँले तिनीहरूलाई यसो भन्‍नुपर्छ, “म अगुवाइको काम गर्न सक्दिनँ, म त्यो काम वहन गर्न सक्दिनँ। झट्ट हेर्दा ममा अलिअलि क्षमता भएजस्तो देखिए पनि, र मसँग कहिलेकाहीँ केही असल रायहरू भए पनि र मैले केही ज्योति प्रदान गर्न सके पनि, धेरैजसो समय म केवल शब्द र सिद्धान्तहरू प्रचार गर्छु। म साँच्चै अगुवा वा कामदार हुन सक्दिनँ। म तिमीहरूभन्दा असल छैनँ। तिमीहरूले जे गरे पनि कृपया मलाई मत नदेओ। मैले सबैभन्दा बढी मत पाए पनि म अझै अगुवा बन्‍न सक्दिनँ। म कसैलाई हानि गर्न सक्दिनँ! मैले पहिला पनि अगुवाका रूपमा काम गरेको छु, र हरेक पटक म असफल भएर बर्खास्त भएको छु। मेरो क्षमता कमजोर भएकाले, मसँग काम गर्ने सामर्थ्य नभएकाले र मैले वास्तविक काम गर्न नसक्ने भएकाले नै हरेक पटक मलाई बर्खास्त गरिएको थियो। म शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न मात्र सक्थेँ, र त्यसबाहेक, मैले राम्ररी कार्यप्रदर्शन गर्न वा अगुवाहरूले पूरा गर्नुपर्ने एउटा पनि जिम्मेवारी पूरा गर्न सक्दिनथेँ। म झुटो अगुवा थिएँ।” यो आत्म-सचेतना हुनु हो, केवल आफू अगुवा बन्‍न उपयुक्त छैन भनी केही शब्द बोल्नु र त्यतिमै छोडिदिनु होइन। कति मानिसहरू सोच्छन्, “मैले अत्यन्तै धेरै वर्षदेखि यो समूहमा आफ्नो कर्तव्य निर्वाह गरेको छु र मलाई हरहालतमा वरिष्ठ कर्मचारी मानिनुपर्छ। मैले कहिल्यै कुनै योगदान नगरेको भए पनि कडा मेहनत गरेको छु, तैपनि किन कसैले मेरो सामर्थ्य पत्ता लगाएका छैनन्? म अगुवा हुन योग्य पनि छु। म प्रायः निकै मूल्यवान् र व्यावहारिक प्रयोग भएका सोच, राय, र सुझावहरू प्रस्तुत गर्छु। अगुवाहरूले ती अपनाए पनि वा नअपनाए पनि, चाहे जे भए पनि, म मनोवृत्ति, राय, र विचारहरू भएको व्यक्ति हुँ। किन कसैले पनि मलाई मत दिँदैनन्?” यदि तँ यस्तै सोच्छस् भने, तैँले आफूलाई यसरी मूल्याङ्कन गर्न सक्छस्: के तँसँग भएका ती सोच, राय, र सुझावहरू केवल अभिव्यक्तिहरू हुन्, कि तिनको साँच्चै व्यावहारिक उपयोगिता छ? के तँ काममा सामना गरिने हर प्रकारका कठिनाइहरू पत्ता लाउन र समाधान गर्न सक्छस्? के तेरा सोच र रायहरू प्रयोगयोग्य छन्? के तँ काम वहन गर्न सक्छस्? यदि तेरा सोच र विचारहरू शब्द र धर्मसिद्धान्तहरूको स्तरमै रहन्छन् भने, यदि तिनको कुनै व्यावहारिक प्रयोग नै छैन भने, र अझ महत्त्वपूर्ण रूपमा, ती परमेश्‍वरको घरका कामका सिद्धान्तहरूअनुरूप नै छैनन् भने, तेरो क्षमता ठ्याक्कै कस्तो छ त? तँलाई अगुवा छनोट गरिँदा, के तैँले अगुवा र कामदारहरूका जिम्म्मेवारीहरू पूरा गर्न सक्छस्? तँ महत्त्वाकाङ्क्षाका कारण अगुवा बन्‍न चाहन्छस्, कि बोझको बोधका कारण? यदि तँसँग साँच्चै काम गर्ने क्षमता र समस्याहरू समाधान गर्ने सामर्थ्य छ भने, र तैँले निश्‍चित अगुवा र कामदारहरूले निकै कमजोर रूपमा काम गरिरहेको र कुनै समस्याहरू समाधान गर्न नसकेको देख्दा, तँलाई बेचैन महसुस हुन्छ, र तैँले तिनीहरूलाई सुझावहरू दिन्छस् तर तिनीहरूले सुन्दैनन्, र तिनीहरूले समस्याहरू समाधान गर्न पनि सक्दैनन्, तैपनि तीबारे माथिलाई रिपोर्ट गर्दैनन्, र तैँले परमेश्‍वरको घरको कामबारे चिन्तित र बेचैन महसुस गर्छस्, अनि झुटा अगुवाहरूले मण्डलीको काममा ढिलाइ गराउँदा सहनै नसक्ने गरी विक्षिप्त हुन्छस् भने, यसले तँसँग बोझको बोध छ भन्‍ने देखाउँछ। तर यदि तँसँग केही रायहरू भएकै कारणले तँ सबैको अनुमोदन प्राप्त गर्न, अझै धेरै दर्शक-श्रोता पाउन, र अझै बढी मानिसहरूलाई तेरो प्रचार र उपदेश सुनाउन चाहन्छस् भने, र यदि तँ भिडभन्दा पृथक् देखिन चाहन्छस् भने, यो बोझको बोध होइन—यो महत्त्वाकाङ्क्षा हो। महत्त्वाकाङ्क्षी मानिसहरूले शब्द र धर्मसिद्धान्तहरू मात्र प्रचार गर्न सक्छन्, र तिनीहरूसँग हुने हर कुनै राय केवल रित्ता शब्द र धर्मसिद्धान्तहरू मात्रै हुन्। जब यस्ता मानिसहरू अगुवा बन्छन्, तिनीहरू झुटा अगुवा बन्‍ने निश्‍चित हुन्छ, र यदि तिनीहरू दुष्ट मानिस हुन् भने, तिनीहरू ख्रीष्टविरोधी हुन्छन्। यदि तेरा रायहरू रित्ता शब्दकै स्तरमा रहन्छन् भने, तँ अगुवा बनेपछि, तँ हर कुनै छद्म-आत्मिक झुटो अगुवासरह हुने निश्‍चित हुन्छ। तँ सधैँ “स्व-संवर्धनमा केन्द्रित हुन एकान्तमा बस्नेछस्,” नत्र तँलाई सङ्कटबोध महसुस हुनेछ र तँसँग प्रचार गर्नका लागि केही हुनेछैन। यदि तँ तिनीहरूजस्तै नै छस् भने, र तैँले उच्च स्थानबाट प्रवचन दिँदै गर्दा, काममा रहेका कुनै पनि समस्या पत्ता लाउन, अनि स्वाभाविक रूपमै कुनै पनि समस्या समाधान गर्न सक्दैनस् भने, तँ झुटो अगुवा हुने निश्‍चित हुन्छ। अनि अन्त्यमा झुटा अगुवाहरूलाई के हुन्छ? तिनीहरू आफ्नो पदबाट बर्खास्त हुन्छन् किनकि तिनीहरूले वास्तविक काम गर्न सक्दैनन्—तिनीहरूले यो मार्ग हिँड्‍ने निश्‍चित हुन्छ।

धेरै मानिसहरू आफ्नो हृदयमा जहिल्यै रुष्ट हुन्छन् र तिनीहरूले कुनै कदम चाल्‍न तयार महसुस गर्छन्, र जबजब अगुवा वा सुपरिवेक्षक छनोट गर्ने समय आउँछ, तिनीहरू सधैँ आफै चुनिन चाहन्छन्। कति मानिसहरू आफूले परमेश्‍वरमा सबैभन्दा धेरै वर्ष विश्‍वास गरेको छु, सबैभन्दा धेरै कष्ट सहेको छु, सबैभन्दा लामो समयसम्म र सबैभन्दा धेरै बफादारीसाथ कर्तव्य निर्वाह गरेको छु, र अगुवा हुन सबैभन्दा योग्य छु भन्‍ने सोच्छन्, त्यसैले अरू मानिसहरूले आफूलाई नै छनोट गरुन् भन्‍ने चाहन्छन्। अरू मानिसहरूले तँलाई छनोट गरे भने तैँले के गर्न सक्नेछस्? के तँ झुटो अगुवाको उपाधि प्राप्त गर्नबाट जोगिन सक्नेछस्? के तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्नेछस्? यी सबै वास्तविक समस्याहरू हुन्, तर कसैले पनि यस्ता कुराहरूलाई ख्याल गर्दैन। यी मानिसहरूमध्ये, केही पर्याप्त क्षमताका हुन्छन्। तिनीहरूले आफ्नो कर्तव्यमा समस्याहरू हुँदा सत्यता खोज्न सक्छन्, र जब तिनीहरूले सत्यता बुझ्छन् र सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छन्, तिनीहरू मानकअनुरूपका हुन सक्छन्। यी मानिसहरूले सत्यता बुझ्न, सत्यतालाई प्रेम गर्न, र सत्यता पछ्याउन सकेको, र त्यसअलावा, तिनीहरूसँग तुलनात्मक रूपमा असल मानवता भएको खण्डमा, तिनीहरूलाई मानकअनुरूपका अगुवा र कामदार बन्‍न कुनै समस्या हुनेछैन—तिनीहरूका लागि यो धेरै कठिन हुनेछैन। कति मानिसहरू जहिले पनि आफूले गरिरहेको काम कठिन छ भन्‍ने गुनासो गर्छन्, सत्यताको कुरा आउँदा मेहनत लगाउन वा मूल्य चुकाउन अनिच्छुक हुन्छन्, अनि काटछाँटमा पर्दा गनगन गर्छन्। के त्यस्ता मानिसहरू मानकअनुरूपका अगुवा र कामदार हुन सक्छन्? तिनीहरूको मनसाय र मनोवृत्ति बस गलत हुन्छन्, तिनीहरू सत्यता पछ्याउने मानिस होइनन्, र परमेश्‍वरले तिनीहरूबाट जेसुकै माग गर्नुभए पनि तिनीहरू नकारात्मक मनोवृत्ति नै कायम राख्छन्। यस्ता मानिसहरू अगुवा र कामदार बन्‍न योग्य हुँदैनन्। तिनीहरूको हृदयमा बोझको बोध नै हुँदैन, र परमेश्‍वरको घरका कार्य प्रबन्धहरू चाहे जति नै स्पष्ट वा प्रस्ट रूपमा राखिए पनि, तिनीहरू अझै पनि राम्ररी काम गर्न मेहनत गर्न इच्छुक हुँदैनन्। वास्तवमा, राम्ररी काम गर्न कठिन हुँदैन। किन कठिन हुँदैन? पहिलो कुरा त, मण्डलीको सबै कामका लागि परमेश्‍वरको घरसँग विशिष्ट कार्य प्रबन्धहरू हुन्छन् र माथिले त्यसका लागि विशिष्ट सर्तहरू तोकेका छन्, त्यसैले तिमीहरूबाट कुनै पनि काममा सृजनशील हुनुपर्ने, वा स्वतन्त्र रूपमा त्यसलाई पूरा गर्नुपर्ने माग गरिएको हुँदैन। माथिले तिमीहरूलाई एउटा दायरा र एउटा दिशा, र सिद्धान्तहरू, र न्यूनतम मानकहरू दिएका छन्; तिमीहरूले आफ्नो काम गर्दा, हावामा काम गरिरहेका, वा दिशाहीन भइरहेका हुँदैनौ। दोस्रो कुरा, कुनै पनि काममा, सुपरिवेक्षक चाहे जो होस्, र कामको केन्द्रबिन्दु चाहे वैदेशिक होस् वा आन्तरिक, सबैभन्दा मुख्य कुरा भनेको माथिका ब्रदरले निर्दिष्ट रूपमा कामको अनुगमन, मार्गदर्शन, सुपरिवेक्षण, निरीक्षण, र जाँच गरिरहेका, अनि बारम्बार सोधपुछ गरिरहेका हुन्छन्। यी कार्यहरू कति निर्दिष्ट हुन्छन्? माथिका ब्रदरले हरेक पटकथा, हरेक चलचित्र, हरेक कार्यक्रम, हरेक भजन, आदि इत्यादिमा व्यक्तिगत रूपमै संलग्न भएर तिनको अनुगमन गरिरहेका हुन्छन्। म पनि तिमीहरूलाई साधारण निर्देशन र रूपरेखा प्रदान गर्दै केही काममा संलग्न हुन्छु। तेस्रो कुरा, सत्यता सिद्धान्तहरू संलग्न भएको कामको कुनै पनि पक्षमा, माथिले तिमीहरूसँग सत्यता सिद्धान्तहरूमा बारम्बार सङ्गति गर्ने र तिमीहरूको कामलाई मार्गदर्शन गर्ने पनि गर्छन्; माथिले तिमीहरूलाई काटछाँट पनि गर्छन्, तेरा लागि जाँच पनि गर्छन्, र कुनै पनि बेला तिमीहरूका विकृतिहरू सच्याउँछन्। चौथो कुरा, मुख्य कर्मचारीहरू र प्रशासनिक कार्यका सन्दर्भमा, माथिले जाँच गरेर अनि निर्णयहरू लिएर तिमीहरूलाई व्यक्तिगत रूपमै मद्दत गर्छन्। तथ्य के हो भने, तिमीहरूले चाहे जेसुकै काम गरे पनि त्यो काम स्वतन्त्र रूपमा पूरा गर्दैनौ; त्यो सबै माथिद्वारै प्रबन्ध, अगुवाइ, निर्देशन, र जाँच गरिएको हुन्छ। त्यसोभए, तिमीहरू चाहिँ के गर्छौ त? तिमीहरू केवल तयार कामकुराहरूको आनन्द उठाउँछौ—तिमीहरू निकै आशिषित छौ! तिमीहरूले केही कुराबारे चिन्ता लिनुपर्दैन; तिमीहरूले केवल काममा हातपाउ चलाएर काम गरे पुग्छ। तिमीहरूलाई आइपर्ने काम यही हो। के तिमीहरूले कहिल्यै अतिरिक्त मूल्य चुकाएका छौ? (अहँ।) यी सबै ठुला र महत्त्वपूर्ण काम माथिले नै गरेका हुन्; त्यसकारण, तिमीहरूले गर्ने सबै काम निकै सजिला छन् र त्यसमा ठुला कठिनाइहरू बिलकुलै छैनन्। त्यस्तो परिस्थितिमा, यदि मानिसहरूले अझै पनि आफ्नो काम राम्ररी गर्दैनन् भने, त्यो अक्षम्य हुन्छ, र त्यसले तिनीहरूले आफ्नो काममा वा जिम्मेवारी पूरा गर्नमा आफ्नो हृदय र मेहनत लगाइरहेकै छैनन् भन्‍ने प्रमाणित गर्छ। कतिपय मानिसहरू भन्छन्, “काम गर्दा कसको चाहिँ कुनै त्रुटि हुँदैन र? के मानिसहरूलाई तिनीहरूमा कुनै समस्या हुने अनुमति नै हुँदैन र?” तिमीहरूबाट काममा पूर्णाङ्क हासिल गर्नुपर्ने माग गरिएको छैन; केवल उत्तीर्णाङ्क ल्याउनुपर्ने माग गरिएको छ, र त्यसपछि तिमीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गरेको मानिनेछ। के यो धेरै कठिन छ र? (छैन।) माथिको निर्देशन र जाँचका आधारमा उत्तीर्णाङ्क ल्याउन सजिलो छ; यो कुरा मानिसहरूले निष्कपटतासाथ सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तिनीहरूले सत्यतामा कुनै मेहनत लाउँदैनन्, र सधैँ झाराटारूवा हुन चाहन्छन्, र काम गर्दा तिनीहरू आलटाल गरेर, कुनै खराब कुरा नगरेर, कुनै बाधा वा अवरोध पुर्‍याएर, र कुनै पनि कुरालाई आफ्नो विवेकलाई हैरान पार्न नदिएर नै सन्तुष्ट हुन्छन् भने, तिनीहरूले उत्तीर्णाङ्क हासिल गर्न सक्दैनन्। काम गर्दा धेरै अगुवा र कामदारहरूमा यसै प्रकारको मनोवृत्ति हुन्छ; तिनीहरू अलिअलि काम त गर्छन् तर आफूलाई थकाउन चाहँदैनन्, तिनीहरू औसत हुनमै सन्तुष्ट हुन्छन्, र जहाँसम्‍म तिनीहरूको कामको नतिजा कस्तो हुन्छ भन्‍ने कुरा छ, तिनीहरू त्यो परमेश्‍वरको सरोकारको विषय हो र त्यसको तिनीहरूसँग कुनै सरोकार छैन भन्ठान्छन्। के यो मनोवृत्ति स्वीकार्य छ र? यदि तँमा यस्तो मनोवृत्ति छ भने, तैँले गर्न सक्ने काम अत्यन्तै सीमित हुन्छ र तैँले त्यसमा आफ्नो सर्वस्व लाइरहेको हुँदैनस्, र त्यसले तँ या त वास्तविक काम गर्न सक्षम छैनस् या त तँ वास्तविक काम गर्दैनस् भन्‍ने कुरालाई सङ्केत गर्छ, त्यसैले तँलाई झुटो अगुवाका रूपमा चित्रण गरिनुपर्छ—यो पूर्ण रूपमा उचित हुन्छ र अन्यायपूर्ण हुँदैन। कति मानिसहरू सधैँ भन्छन्, “तपाईँले हामीबाट गर्नुहुने मागहरू अत्यन्तै उच्च छन्। यदि हामीले यो काम गरेनौँ भने, हामी झुटा अगुवा हुन्छौँ, र यदि हामीले त्यो माग पूरा गरेनौँ भने पनि हामी झुटा अगुवा नै हुन्छौँ। तपाईँ हामीलाई के सोच्नुहुन्छ? हामी रोबोट होइनौँ, र हामी सिद्ध छैनौँ। हामी साधारण मानिस मात्र हौँ, हामी मरणशील प्राणी मात्र हौँ। तपाईँ हामीलाई साधारण, आम मानिस हुन भन्‍नुहुन्छ, तैपनि किन अगुवाका रूपमा हामीबाट यस्ता उच्च मागहरू गर्नुहुन्छ?” वास्तवमा, मैले तिमीहरूबाट गर्ने मागहरू उच्च छैनन्। म त तँलाई मानवले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्न मात्र भन्छु। यो तैँले गर्नुपर्ने र गर्नैपर्ने कुरा हो, र यो तैँले अगुवा र कामदारका रूपमा हासिल गर्न सक्ने कुरा हो। तर यदि तँ सत्यतातर्फ लागिपर्न कडा मेहनत गर्दैनस्, र सधैँ कष्ट भोग्नदेखि डराउँछस् र सधैँ सुखसयलको लालसा गर्छस् भने, तेरा कारण वा बहानाहरू चाहे जेसुकै भए पनि, तँ झुटो अगुवा हुने निश्‍चित हुन्छ। यो त एउटा वयस्क व्यक्ति बिहान कति बजे उठ्नुपर्छ, उसले एक दिनमा कति पटक खानुपर्छ र कति घण्टा काम गर्नुपर्छ, र कहिले आफ्ना फोहोर कपडाहरू धुनुपर्छ भन्‍ने जस्ता सामान्य मानवता भएका मानिसहरूले हासिल गर्नुपर्ने र वयस्कहरूले आफै ख्याल गर्नुपर्ने कुराहरू हुन्—तैँले यी कुराहरू आफै सम्हाल्नुपर्छ, र तैँले तीबारे अरू कसैलाई सोध्नु आवश्यक छैन। यदि तँ सबथोकबारे अरूलाई सोध्छस् र केही पनि बुझ्दैनस् भने, के यसको अर्थ तेरो बुद्धि अपर्याप्त छ, र तँ लन्ठ होस् भन्‍ने हुँदैन र? यसको अर्थ तँ आफ्नो ख्याल आफै राख्न सक्दैनस् भन्‍ने हुँदैन र? के यस्ता मानिसहरू अगुवा हुन सक्छन् र? के तिनीहरू झुटा अगुवा होइनन् र? त्यस्ता मानिसहरूलाई बर्खास्त गरिनुपर्छ। त्यस्ता मानिसहरू अझै पनि आफ्नो पदमै टाँसिइरहन र राजीनामा नदिन चाहन्छन्, र तिनीहरू अझै पनि अगुवा बन्‍न चाहन्छन्! बर्खास्त भएपछि, केही झुटा अगुवाहरूलाई आफूमाथि अन्याय गरिएझैँ महसुस हुन्छ र तिनीहरू त्यसलाई लिएर रोइरहन्छन्। तिनीहरू आँखा नसुन्‍निएसम्म रोइरहन्छन्। तिनीहरू किन रुन्छन्? तिनीहरूलाई आफू कस्तो प्रकारको चिज हुँ भन्‍ने नै थाहा हुँदैन। जब म मैले मानिसहरूबाट गर्ने मागहरू उच्च छैनन् भनेर भन्छु, त्यसको अर्थ के हो भने, तँलाई जे गर्न भनिएको छ, त्यो तैँले हासिल गर्न सक्ने कुरा नै हो; तेरा लागि मार्ग तयार गरिसकिएको छ, र दायरा पनि तय गरिसकिएको छ, र निर्णयहरू पनि लिइसकिएका छन्, र तैँले बस कदम चाल्नुपर्छ। यो खाने कामजस्तै हो: तेरा लागि अन्‍न, तरकारी, हरप्रकारका मरमसला, भाँडाकुँडा र चुलो तयार पारिएको छ, र तैँले गर्नुपर्ने भनेको पकाउन सिक्नु मात्र हो; एउटा वयस्कले गर्नुपर्ने काम र हासिल गर्नुपर्ने कुरा यही हो। यदि तँ यो कुरा हासिल गर्न सक्दैनस् भने, तँ लन्ठ होस्, र तँलाई सामान्य वयस्कको बुद्धिको दायराभित्र गणना गर्न सकिँदैन। कतिपय अगुवाहरूले यो वास्तविक काम गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई बर्खास्त गर्नैपर्छ। त्यसोभए, कुनै व्यक्ति यस प्रकारको काम गर्न सक्षम छ कि छैन भनेर हामी कसरी परिभाषित र निर्धारित गर्न सक्छौँ? यदि तँसँग वयस्कको बुद्धि र क्षमता छ, र तँमा वयस्कमा हुनुपर्ने कर्तव्यनिष्ठा र जिम्मेवारीबोध छ भने, तँ यस प्रकारको काम गर्न सक्षम हुनुपर्ने हो। यदि तँ त्यो काम गर्न सक्दैनस् भने, वा गर्दैनस् भने, तँ झुटो अगुवा होस्। यो त्यसरी नै निर्धारित हुन्छ, र यसलाई यसरी निर्धारित गर्नु सही हुन्छ। यो व्यक्तिको निन्दा वा मूल्याङ्कन होइन, त्यसोभए के यो कठोर छ त? तथ्यहरू सबै उदाङ्गो पारिएका छन्, र यो बिलकुलै कठोर छैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्