अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८) खण्ड एक

विषयवस्तु आठ: काममा सामना गरिने अन्योल र कठिनाइहरूलाई तुरुन्तै रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनेर खोजी गर्ने (भाग दुई)

यसअघि, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीको आठौँ विषयवस्तु: “काममा सामना गरिने अन्योल र कठिनाइहरूलाई तुरुन्तै रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनेर खोजी गर्ने” बारे सङ्गति गऱ्यौँ। विषयवस्तु आठको लम्बाइ एक हरफ मात्र छ, र यसले आधारभूत रूपमा अगुवा र कामदारहरूबाट तिनीहरूको जिम्मेवारीका सन्दर्भमा केवल एउटै मात्र माग गर्छ, र त्यो एकदम सरल छ, तैपनि हामीले एउटा पूरै भेला यो विषयबारे सङ्गति गर्नमा बितायौँ। हामीले पछिल्लो पटक यस विषयका कुनकुन पक्षहरूबारे खास रूपमा सङ्गति गर्‍यौँ त? यसले छुने अगुवा र कामदारहरूका मुख्य जिम्मेवारीहरू केके हुन् त? (यो कि, अन्योल र कठिनाइहरू सामना गर्दा तिनीहरू सँगै भेला हुनुपर्छ र सङ्गति गर्नुपर्छ, र यदि तिनीहरूले तीबारे सङ्गतिमार्फत स्पष्टता प्राप्त गर्न सकेनन् भने, तिनलाई कसरी समाधान गर्ने भनेर तुरुन्तै खोजी गर्नुपर्छ र माथिलाई रिपोर्ट गर्नुपर्छ।) यो विषयवस्तुले छुने अगुवा र कामदारहरूका मुख्य जिम्मेवारीहरू भनेको काममा सहभागी हुनु, र आफूलाई वास्तविक कामका विभिन्‍न विषयवस्तुमा तल्लीन राख्नु हो, ताकि व्यक्तिले काममा सामना गरिने विभिन्‍न समस्याहरू पत्ता लगाउन, र तिनलाई समयमै समाधान गर्न सकोस्। यदि विभिन्‍न विधिहरू अपनाइएको छ, र पनि समस्याहरू पूर्ण रूपमा समाधान गर्न सकिन्‍न भने, र ती अझै रहिरहन्छन् र अन्योल र कठिनाइहरू बन्छन् भने, अगुवा र कामदारहरूले ती अन्योल र कठिनाइहरूलाई जम्मा हुन दिने वा तिनलाई एकातिर पन्छाउने र बेवास्ता गर्ने गर्नु हुँदैन, बरु तिनलाई समाधान गर्ने उपाय तुरुन्तै सोच्नुपर्छ। तिनलाई समाधान गर्ने सर्वोत्तम तरिका भनेको, अवश्य नै, ती समस्याहरूको समाधानसम्‍म पुग्न दाजुभाइ-दिदीबहिनीहरूसँग र साथसाथै विभिन्‍न तहका अगुवा र कामदारहरूसँग खोजी र सङ्गति गर्नु हो। यदि ती समस्याहरू समाधान गर्न सकिँदैन भने, अगुवा र कामदारहरूले ठूला समस्याहरूलाई सानो देखाउने, र त्यसपछि साना समस्याहरूलाई समस्यारहित देखाउने प्रयास गर्नु हुँदैन, वा तिनलाई एकातिर पन्छाएर बेवास्ता मात्रै गर्नु हुँदैन, बरु तीबारे तुरुन्तै माथिलाई रिपोर्ट गर्नुपर्छ र माथिबाट समाधान खोज्नुपर्छ ताकि ती समाधान हुन सकून्। यसरी, काम कुनै कठिनाइ र अवरोधहरूबिना सहज रूपमा अघि बढ्नेछ।

काममा सामना गरिने अन्योल र कठिनाइहरूलाई अगुवा र कामदारहरूले तुरुन्तै रिपोर्ट र समाधान गर्नुपर्छ

अ. “तुरुन्तै” को परिभाषा

अगुवा र कामदारहरूको जिम्मेवारीको आठौँ विषयवस्तुले काममा सामना गरिने अन्योल र कठिनाइहरू तुरुन्तै रिपोर्ट गर्ने कुरा उल्लेख गर्छ—यो अत्यन्तै महत्त्वपूर्ण छ। यदि कुनै समस्या आज पत्ता लागेको छ, तर त्यो समाधान गर्न आठ-दश दिन, वा छ महिना वा एक वर्षै ढिलो गरिन्छ भने, के त्यसलाई “तुरुन्तै” भन्‍न सकिन्छ? (अहँ, सकिँदैन।) त्यसोभए, “तुरुन्तै” को अर्थ के हो त? (त्यसको अर्थ समस्यालाई तत्कालै, झट्टै, र चाँडै सम्हाल्नु हो।) के त्यो अलिक कठोर हुँदैन र? यदि हामी त्यसलाई व्याख्या गर्न समयसँग सम्बन्धित शब्दावली प्रयोग गर्छौँ भने, “तुरुन्तै” भनेको समस्यालाई तत्कालै, झट्टै, र अहिल्यै समाधान गर्नु भन्‍ने हुन्छ, तर यी शब्दहरूको शाब्दिक अर्थलाई हेर्दा, मानिसहरूलाई यो हासिल गर्न सजिलो हुँदैन, र यो यथार्थपरक हुँदैन। त्यसोभए, “तुरुन्तै” भन्‍ने शब्दलाई सही रूपमा परिभाषित गर्न हामीले त्यसलाई कसरी परिभाषित गर्नुपर्छ? यदि समस्या ठुलो छैन तर त्यसले अझै पनि काममा अवरोध पुर्‍याउँछ, र यदि त्यसलाई केही घण्टाभित्रै समाधान गर्न सकिन्छ भने, त्यसलाई केही घण्टाभित्रै समाधान गर्नुपर्छ—के यसलाई तुरुन्तै मान्‍न सकिन्छ? (सकिन्छ।) मानौँ कि समस्या अलिक जटिल र कठिन छ, र त्यसलाई दुई-तीन दिनभित्र समाधान गर्न सकिन्छ, तर मानिसहरूले सत्यता खोज्ने प्रयास गर्छन्, अझ बढी जानकारी खोतल्छन् र त्यसलाई एक दिनमै समाधान गर्न लागिपर्छन् रे—के त्यो कामका लागि अझ बढी फाइदाजनक हुन्थेन र? मानौँ अहिले नै छर्लङ्ग देख्न नसकिने कुनै समस्या छ, र त्यसका लागि अनुसन्धान र शोध आवश्यक छ, जसले केही समय लिन्छ रे। यो विशिष्ट समस्या समाधान हुन बढीमा तीन दिन लाग्छ रे। यदि त्यसले तीन दिनभन्दा बढी लिन्छ भने, त्यसको समाधानमा जानीजानी ढिलाइ गरिँदै छ भन्‍ने शङ्का उत्पन्‍न हुन्छ, र त्यसको अर्थ समय खेर गइरहेको हुन्छ। त्यसैले, त्यो समस्याबारे रिपोर्ट गरिनुपर्छ, खोजी गरिनुपर्छ, र त्यसलाई तीन दिनभित्रै समाधान गरिनुपर्छ। “तुरुन्तै” को अर्थ यही हो। यदि त्यो समस्या समाधान गर्न एकपछि अर्को तहको सञ्चार र अनुसन्धान, साथसाथै एकपछि अर्को तहको जानकारी सङ्कलन, आदि इत्यादि आवश्यक हुन्छ भने—यदि ती विविध प्रक्रियाहरू निकै जटिल हुन्छन् भने—त्यो अझै पनि एक महिनासम्म लम्बिनु हुँदैन। मानौँ कि अगुवा र कामदारहरूले हतार गरे, अझ चाँडो काम गरे, र केही उपयुक्त मानिसहरूलाई छनोट गरी प्रयोग गरे भने, यो समस्या एक हप्ताभित्र समाधान हुन सक्छ रे, तब त्यो अवस्थामा “तुरुन्तै” भनेको समस्याको समाधानलाई एक हप्तामै सीमित गर्नु हो। त्यो समस्या समाधान गर्न एक हप्ताभन्दा बढी समय लगाउनु अनुचित हुन्छ—त्यो तुरुन्तै होइन। त्यस्ता तुलनात्मक रूपमा जटिल मामलाहरू सम्हाल्ने समयसीमा त्यही हो। त्यो समयावधि के कुरामा आधारित हुन्छ? त्यो मामलाको आकार र त्यसको कठिनाइको स्तरका आधारमा निर्धारित हुन्छ। तर पेसागत सीपसँग सम्बन्धित समस्या वा मानिसहरू सिद्धान्तका मामलाहरूबारे अस्पष्ट हुने मामिलाजस्ता धेरैजसो कुराहरूलाई केही वाक्यले नै समाधान गर्न सकिन्छ—ती समस्याका समाधानहरूलाई कति समयावधिमा सीमित गरिनुपर्छ ताकि तिनलाई “तुरुन्तै” मान्‍न सकियोस्? यदि हामी “तुरुन्तै” लाई मामलाको आकार र कठिनाइको स्तरका आधारमा परिभाषित गर्छौँ भने, धेरैजसो मामलाहरूलाई आधा दिनभन्दा पनि कम समयमा समाधान गर्न सकिन्छ, तीमध्ये निकै कमलाई मात्र सायद बढीमा एक हप्ता आवश्यक पर्न सक्छ; यदि कुनै नयाँ समस्या देखा पर्छ भने, त्यो अर्कै मामला हो। त्यसकारण, यदि हामीले “तुरुन्तै” लाई तत्कालै, झट्टै, र अहिल्यै भनेर परिभाषित गर्छौँ भने, यी शब्दहरूको शाब्दिक अर्थअनुसार मूल्याङ्कन गर्दा, यो मानिसहरूबाट कठोर माग गर्नु जस्तै देखिन्छ, तर समयसीमा हेर्दा, यदि मानिसहरूले तुरुन्तै रिपोर्ट गरेर ती समस्या कसरी समाधान गर्ने भनेर खोजी गरे भने, अधिकांश मामलाहरू आधा दिन वा बढीमा एक दिनमा समाधान गर्न सकिन्छ। के यसलाई समयको हिसाबले कठिन मान्‍न सकिन्छ? (सकिँदैन।) अनि यो समयको हिसाबले कठिन नभएकाले, काममा सामना गरिने अन्योल र कठिनाइहरूलाई तुरुन्तै रिपोर्ट गर्नु र तिनलाई कसरी समाधान गर्ने भनेर खोजी गर्नु भनेको अगुवा र कामदारहरूले सजिलै पूरा गर्न सक्ने माग हुनुपर्ने हो, र यी अन्योल र कठिनाइहरू निरन्तर रहिरहने र समाधान नहुने हुनु हुँदैन, र लामो समयसम्‍म तिनलाई काममा जम्मा हुनेगरी त्यतिकै छोड्नु त झनै हुँदैन। तिमीहरू सबैलाई अब “तुरुन्तै” को समय-अवधारणा थाहा भएको हुनुपर्छ—काममा सामना गरिने अन्योल र कठिनाइहरू सम्हाल्दा अगुवा र कामदारहरूले समयावधिलाई कसरी मापन गर्नुपर्छ भन्‍ने मामला यही हो। छोटकरीमा भन्दा, “तुरुन्तै” को सबैभन्दा सही परिभाषा भनेको सकेसम्म चाँडो कार्य गर्नु हो—अर्थात्, यदि आधा दिनभित्रै समस्याबारे रिपोर्ट गर्न, खोजी गर्न र समाधान गर्न सकिन्छ भने, त्यसै गर्नुपर्छ, र यदि त्यसलाई एक दिनभित्र समाधान गर्न सकिन्छ भने, त्यसै गर्नुपर्छ भन्‍ने हो—र अलिकति पनि ढिलाइ नगर्न र काममा असर पर्न नदिन लागिपर्नु हो। अगुवा र कामदारहरूको जिम्मेवारी यही हो। जब काममा समस्याहरू सामना गरिन्छ र पत्ता लगाइन्छ, अगुवा र कामदारहरूले तीबारे तुरुन्तै सङ्गति गर्नुपर्छ र ती समाधान गर्नुपर्छ। यदि तिनीहरूले ती समाधान गर्न सक्दैनन् भने, तिनलाई एक छेउमा पन्छाउनु, बेवास्ता गर्नु, र गम्भीरतापूर्वक नलिनुको सट्टा, सक्दो चाँडो तीबारे रिपोर्ट गर्नुपर्छ र तिनलाई कसरी समाधान गर्ने भनेर माथिबाट खोजी गर्नुपर्छ। जब समस्याहरू देखा पर्छन्, तब ढिलाइ गर्नु, कुर्नु वा अरूमा भर पर्नुको सट्टा अगुवा र कामदारहरूले तिनलाई तुरुन्तै समाधान गर्नुपर्छ—अगुवा र कामदारहरूले त्यस्ता प्रकटीकरणहरू देखाउनु हुँदैन।

आ. समस्याहरू तुरुन्तै समाधान नगर्नुका दुष्परिणामहरू

समस्याहरू समाधान गर्नुको मुख्य सिद्धान्त भनेकै के हो भने, तिनलाई तुरुन्तै समाधान गरिनैपर्छ। तिनलाई किन तुरुन्तै समाधान गरिनैपर्छ? यदि धेरै समस्याहरू देखा पर्छन् र तिनलाई तुरुन्तै समाधान गर्न सकिँदैन भने, एक हिसाबले मानिसहरू एउटा अन्योलको स्थितिमा अड्किनेछन् र तिनीहरूलाई कसरी कार्य गर्ने भनेर थाहै हुनेछैन, र अर्को हिसाबले, यदि मानिसहरूले गलत विधिमा आधारित भएर अघि बढिरहे भने, र पछि तिनीहरूले आफूले गरेको काम फेरि गर्नु र सच्याउनुपर्‍यो भने, तब परिणामहरू के हुनेछन्? एउटा ठूलो परिमाणको जनशक्ति, आर्थिक स्रोतसाधन, र भौतिक स्रोतसाधन खेर जानेछ र उपभोग हुनेछ—यो क्षति हो। यदि काममा समस्याहरू देखा पर्छन्, र अगुवा र कामदारहरू अन्धा भएर ती समस्याहरू तुरुन्तै पत्ता लगाउन र समाधान गर्न असक्षम हुन्छन् भने, धेरै मानिसहरू गलत विधिमै आधारित भएर काम गरिरहनेछन्। जब मानिसहरूले ती समस्याहरू पत्ता लगाउँछन् र तिनलाई समाधान गर्न र सच्याउन चाहन्छन्, ती समस्याहरूले मण्डलीको कामलाई क्षति पुर्‍याइसकेका हुनेछन्। तब के ती सबै जनशक्ति र ती आर्थिक स्रोतसाधन अनि भौतिक स्रोतसाधन खेर गएका हुनेछैनन् र? के त्यस्ता क्षति हुनु र अगुवा र कामदारहरूले समस्याहरू तुरुन्तै समाधान नगर्नुबीच कुनै सम्बन्ध छ? (छ।) यदि अगुवा र कामदारहरूले काममा अनुगमन, सुपरिवेक्षण, निरीक्षण गर्न र निर्देशन दिन सक्छन् भने, तिनीहरूले समस्याहरू तुरुन्तै पत्ता लगाउन र समाधान गर्न बिलकुलै सक्नेछन्। यदि अगुवा र कामदारहरू झाराटारूवा छन्, र तिनीहरूले काममा अनुगमन, सुपरिवेक्षण, निरीक्षण गर्ने र निर्देशन दिने गर्दैनन् भने, यदि तिनीहरू यस हिसाबमा निकै निष्क्रिय हुन्छन् भने, र तिनीहरूले अति धेरै समस्याहरू आइपरुन्जेल कुर्छन् र तिनीहरूले तिनलाई समाधान गर्नेबारे सोच्नुअघि नै, र तीबारे माथिलाई रिपोर्ट गरी माथिबाट समाधानहरू खोजी गर्नेबारे सोच्नुअघि नै मामला नियन्त्रणबाहिर गइसकेको हुन्छ भने, के त्यस्ता अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेका हुन्छन् त? (हुँदैनन्।) यो गम्भीर जिम्मेवारीविमुखता हो; त्यस्ता अगुवा र कामदारहरूले समस्या समाधान नगरेका मात्र हुँदैनन्, बरु उल्टै परमेश्‍वरको घरको जनशक्ति र भौतिक स्रोतसाधनमा क्षति पुर्‍याएका, साथसाथै मण्डलीको काममा अत्यन्तै ठूलो अवरोध सृजना गरेका समेत हुन्छन्। अगुवा र कामदारहरूको जिम्मेवारीविमुखता, बेवास्ता, बोधोपन, र मन्द-बुद्धिपनले गर्दा, र तिनीहरूले काममा देखा पर्ने धेरै समस्याहरू तुरुन्तै पत्ता लगाउन र समाधान गर्न नसकेका कारण, र तीबारे माथिलाई तुरुन्तै रिपोर्ट गर्न अनि माथिबाट समाधानहरू खोज्न समेत नसकेका कारण, धेरै कार्यहरू फेरि गरिनुपर्ने हुन्छ, र ती फेरि गरिसकिएपछि पनि सिद्धान्तहरू खोज्न नसकिएका कारण झन् धेरै समस्याहरू देखा पर्छन्। कामकुराहरू यसरी नै अघि बढिरहँदा, काम पूरा हुने मिति अत्यन्तै पछाडि सर्छ, र पूरा हुन एक महिना लिनुपर्ने कार्यले तीन महिना लिन्छ, र पूरा हुन तीन महिना लिनुपर्ने कामले आठ-नौ महिना लिन्छ—यो कुरा अगुवा र कामदारहरूले वास्तविक काम नगर्नुसँग सीधै सम्बन्धित छ। अगुवा र कामदारहरूले आफ्नो कामको जिम्मेवारी नलिने हुनाले—अर्थात्, तिनीहरूले समस्याहरू देखा पर्दा तिनलाई तुरुन्तै पत्ता लगाउन र सच्याउन नसक्ने हुनाले—कामका विभिन्‍न कुराहरू नतिजा हासिल गर्न असफल भइरहन्छन् र अचल स्थितिमा रहिरहन्छन्। अनि यो समस्याका लागि प्रत्यक्ष रूपमा को जिम्मेवार हुन्छ? (अगुवा र कामदारहरू।) त्यसकारण, अगुवा र कामदारहरूले वास्तविक काम गर्नु अत्यन्तै महत्त्वपूर्ण छ, र तिनीहरूले वास्तविक काम गर्दै गर्दा समस्याहरू पत्ता लगाउनु पनि अत्यन्तै महत्त्वपूर्ण छ। कहिलेकाहीँ अगुवा र कामदारहरूले समस्याहरू पत्ता लगाउँछन् तर तिनीहरूलाई ती कसरी समाधान गर्ने भन्‍ने थाहै हुँदैन, र पनि तिनीहरूले तीबारे तुरुन्तै माथिलाई रिपोर्ट गर्न र तिनलाई समाधान गर्न माथिबाट हल खोज्न सक्छन्, जुन अझ बढी महत्त्वपूर्ण कुरा हो। धेरै अगुवा र कामदारहरूले यस्तो सोच्छन्, “काम गर्ने हाम्रो आफ्नै तरिका छ। माथिले हामीलाई केवल सिद्धान्तहरू भनिदिनुपर्छ र बाँकी वास्तविक काम हामी आफै गर्नेछौँ। यदि हामीले कुनै कठिनाइहरू सामना गर्‍यौँ भने, मुनि हामीले सँगै सङ्गति र प्रार्थना गर्नु मात्र नै पर्याप्त हुन्छ।” जहाँसम्म समस्या समाधान गर्ने तागतको, वा तिनीहरूका हलहरू पूर्ण र प्रभावकारी छन् कि छैनन् भन्‍ने कुरा छ, तिनीहरू एकैनासले यी कुराहरूबारे कुनै वास्ता वा सोधपुछ गर्दैनन्। काम गर्दा तिनीहरूले पाल्ने गैरजिम्मेवार खाले मनोवृत्ति यही हो, र अन्ततः यसको अर्थ मण्डलीमा कामका सबै कुराहरू सहज रूपमा अघि बढ्न सक्दैनन्, र तिनमा गम्भीर समस्याहरू हुन्छन् जुन समाधान हुँदै हुँदैनन् भन्‍ने हुन्छ। अगुवा र कामदारहरूको अत्यन्तै कमजोर क्षमताले, वा तिनीहरूले जिम्मेवारी नलिनु र वास्तविक काम नगर्नुले ल्याएको नतिजा यही हो।

आठौँ जिम्मेवारीका आधारमा केही प्रकारका झुटा अगुवाहरूको चिरफार

अ. झुटा अगुवाहरू जो छद्म-आत्मिक हुन्छन्

पछिल्लो पटक, हामीले अन्योल र कठिनाइहरू के हुन् भनेर सङ्गति गर्‍यौँ, र तुरुन्तै रिपोर्ट गरिनुपर्ने र तुरुन्तै समाधान खोजिनुपर्ने निश्‍चित समस्याहरूलाई परिभाषित गर्‍यौँ। आधारभूत रूपमा, दुई मुख्य प्रकारका समस्याहरू हुन्छन्। एउटा प्रकार भनेको काममा हुने ती समस्याहरू हुन् जसबारे मानिसहरू अनिश्‍चित हुन्छन् वा जसलाई तिनीहरूले छर्लङ्ग देख्न सक्दैनन्। यी समस्याहरूका हकमा मानिसहरूलाई सिद्धान्तहरू बोध गर्न निकै कठिन लाग्छ। तिनीहरूले धर्मसैद्धान्तिक रूपमा सिद्धान्तहरू बुझ्न सके पनि, तिनीहरूलाई ती कसरी अभ्यास वा लागू गर्ने भन्‍ने थाहै हुँदैन। यी समस्याहरू अन्योलसँग सम्बन्धित हुन्छन्। अर्को प्रकार भनेको वास्तविक कठिनाइ र समस्याहरू हुन्, जुन मानिसहरूलाई कसरी समाधान गर्ने भनेर थाहै हुँदैन। यो प्रकार अन्योलको तुलनामा अलि बढी गम्भीर हुन्छ, र यी समस्याहरू पनि अगुवा र कामदारहरूले रिपोर्ट गरेर समाधान खोज्नुपर्ने समस्याहरू हुन्। पछिल्लो पटक, हामीले मुख्यतः काममा सामना गरिने समस्याहरूलाई रिपोर्ट गर्नु र तिनलाई कसरी समाधान गर्ने भनेर खोजी गर्नु अगुवा र कामदारहरूको जिम्मेवारी हो भनेर सङ्गति गर्‍यौँ, र हामीले अगुवा र कामदारहरूले गर्नुपर्ने र ध्यान दिनुपर्ने निश्‍चित कामकुराहरूबारे सकारात्मक दृष्टिकोणबाट सङ्गति गर्‍यौँ। आज, हामी आठौँ विषयवस्तुका सन्दर्भमा झुटा अगुवाहरूमा के-कस्ता प्रकटीकरणहरू हुन्छन्, र तिनीहरूले अगुवाहरूले गर्नुपर्ने काम गर्छन् कि गर्दैनन् र पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्छन् कि गर्दैनन् भनी चिरफार गर्नेछौँ। काममा सामना गरिने समस्याहरू समाधान गर्ने कुरा आउँदा, यसमा झुटा अगुवाहरू निश्‍चित रूपमै योग्य हुँदैनन्; तिनीहरू कामको यो पक्ष निर्वाह गर्नबाट चुक्छन् र यो जिम्मेवारी पूरा गर्न असफल हुन्छन्। अनि एक प्रकारको झूटो अगुवा हुन्छ, जसले काम गर्दा यस्तो सोच्दै एउटा धारणा पाल्छ, “म काम गर्दा ती औपचारिकतामा संलग्न हुँदिनँ, न त म ज्ञान, सिकाइ, सीप, वा हठधर्मिताजस्ता कुराहरूलाई नै ध्यान दिन्छु। म भेलाहरूमा आफूले परमेश्‍वरका वचनहरूको सत्यता स्पष्ट रूपमा सङ्गति गर्ने सुनिश्‍चित मात्रै गर्छु, र त्यो पर्याप्त छ। हरेक हप्ता म साना समूहहरूका लागि दुइटा भेला राख्छु, हरेक दुई हप्तामा म अगुवा र कामदारहरूका लागि एउटा भेला राख्छु, र हरेक महिना म सबै दाजुभाइ-दिदीबहिनीहरूको लागि एउटा ठूलो भेला राख्छु। मैले यी सबै प्रकारका भेलाहरू राम्ररी आयोजना गर्नु नै पर्याप्त छ।” तिनीहरूको काम गर्ने आधार र विधि यही हो। यस्तो प्रकारको अगुवा र कामदारले निरन्तर प्रवचन प्रचारको तालिम मात्रै लिन्छ, र उसले आफूलाई शब्द र धर्मसिद्धान्तहरूले सुसज्जित गर्न निकै मेहनत लगाउँछ—उसले हरेक भेलाका लागि सङ्गति गरिने रूपरेखा, विषयवस्तु, उदाहरण, र सत्यताहरू तयार गर्छ, र निश्‍चित मानिसहरूका स्थिति र समस्याहरू समाधान गर्न केही योजनाहरू पनि तयार गर्छ। उसले के सोच्छ भने, अगुवा वा कामदारका रूपमा, उसले राम्ररी प्रचार मात्र गरे पुग्छ, र त्यसपछि उसले आफ्ना जिम्मेवारीहरू पूरा गरिसकेको हुन्छ। उसले सुसमाचार प्रचार गरिएको तरिका उचित छ कि छैन, वा मण्डलीका कर्मचारीहरू कसरी खटाइन्छन्, वा विभिन्‍न प्रकारका पेसागत काम गर्ने कर्मचारीहरू योग्य वा मानकअनुरूपका छन् कि छैनन् भन्‍नेजस्ता अरू कुराहरूमा चासो राख्नु पर्दैन भन्‍ने सोच्छ—उसले सुपरिवेक्षकहरूलाई यी कुराहरू सम्हाल्न दिनु नै पर्याप्त हुन्छ भन्‍ने सोच्छ। त्यसकारण, यस प्रकारको व्यक्ति जहाँसुकै गए पनि, उसले भेलाहरू गर्न र प्रवचन प्रचार गर्नमा ध्यान केन्द्रित गर्छ, र चाहे जे-जस्तो प्रकारको भेला भइरहेको होस्, उसले सधैँ प्रवचन प्रचार गर्छ। बाहिरबाट हेर्दा, उसले मानिसहरूलाई परमेश्‍वरका वचनहरू पढ्न र भजनहरू गाउन सिक्न अगुवाइ गरिरहेको हुन्छ, र उसले कहिलेकाहीँ कामबारे कुरा पनि गर्छ। यस प्रकारको व्यक्तिलाई विभिन्‍न प्रकारका मानिसहरूले सामना गरेका समस्याहरूसित तुलना गर्न परमेश्‍वरका कुन वचनहरू प्रयोग गरिनुपर्छ, साथै मानिसहरूले किन कमजोर महसुस गर्छन् र तिनीहरूमा के-कस्ता स्थिति देखा परेका छन्, र यी कुराहरू समाधान गर्न परमेश्‍वरका वचनहरूका कुन-कुन सत्यताहरूबारे सङ्गति गरिनुपर्छ भन्‍ने जस्ता बारम्बार सङ्गति गरिने समस्याहरूबारे थाहा हुन्छ। समग्रमा, उसका प्रवचन र सङ्गतिहरूले सत्यता र अभ्यासका धेरै पक्षहरूलाई छुन्छन्; केही काटछाँटसँग सम्बन्धित हुन्छन्, केही परीक्षा र शोधनसँग सम्बन्धित हुन्छन्, केही परमेश्‍वरका वचनहरू प्रार्थना गर्दै पढ्ने कार्यसँग सम्बन्धित हुन्छन्, केही न्याय र सजाय कसरी अनुभव गर्ने भन्‍ने कुरा, आदि इत्यादिसँग सम्बन्धित हुन्छन्—उसले सत्यताका विभिन्‍न पक्षहरूबारे अलिअलि सङ्गति गर्न सक्छ। जब उसले नयाँ विश्‍वासीहरू भेट्छ, उसले नयाँ विश्‍वासीहरूलाई प्रवचन दिन्छ, र जब उसले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका मानिसहरू भेट्छ, उसले जीवन प्रवेशबारे केही प्रवचनहरू दिन सक्छ। तर जब कुनै पेसागत सीप समावेश भएको कामको कुरा आउँछ, उसले कहिल्यै त्यो कामबारे सोधपुछ गर्ने वा त्यससँग सम्बन्धित कुराहरू अध्ययन गर्ने गर्दैन, र समस्याहरू समाधान गर्नका लागि कामका कुनै पनि कुराको अनुगमन गर्ने, त्यसमा सहभागी वा तल्लीन हुने त झनै गर्दैन। उसको नजरमा त उसले प्रवचनहरू दिएर, परमेश्‍वरका वचनहरू पढेर, र भजनहरू सिकेर काम गरिरहेकै हुन्छ, र अगुवा र कामदारहरूका जिम्मेवारीहरू यिनै हुन्; र यसबाहेक, अरू सबै काम नगण्य हुन्छ, त्यो अरू मानिसहरूको चासोको कुरा हो, र ऊसँग त्यसको कुनै सरोकार हुँदैन, र उसले प्रवचनहरू राम्ररी दिन सकेसम्म, ऊ निश्‍चिन्त रहन सक्छ। “निश्‍चिन्त रहनु” को अर्थ के हो? त्यसको अर्थ एउटा भेला सम्पन्‍न गर्नु भनेको उसले आफ्नो काम सम्पन्‍न गर्नुसमान हो, र विश्राम गर्ने समय आउँदा ऊ विश्राम गर्छ भन्‍ने हो। मण्डलीको काममा जस्तोसुकै समस्या देखा परे पनि उसले तिनलाई बेवास्ता गर्छ, र जब कुनै समस्या समाधान गर्न मानिसहरूले उसलाई खोज्छन्, तब उसलाई भेट्टाउन निकै गाह्रो हुन्छ। काममा जति नै चाप भए पनि उसले दिउँसो झप्की लिनैपर्छ, र अरू मानिसले कष्ट सहन र मूल्य तिर्न सक्दा, ऊ सुखसयलमा लिप्त हुन्छ। उसले यस्तो सोच्छ, “मैले प्रचार गरेर सकाएको छु, भेला सकियो, र मैले तिमीहरूलाई भन्‍नुपर्ने सबै कुरा भनिसकेँ। मैले अरू के भन्‍नुपर्‍यो र? मेरो काम सकियो। बाँकी तिमीहरूको काम हो। मैले तिमीहरूलाई परमेश्‍वरका वचनहरू बताएको छु, त्यसले केवल सिद्धान्तहरूअनुसार कार्य गर। देखा पर्ने कुनै पनि समस्या तिमीहरूको चिन्ताको विषय हो, र त्यसको मसँग कुनै सरोकार छैन। तिमीहरूले समस्या समाधान गर्न आफै परमेश्‍वरसामु गएर प्रार्थना गर्नुपर्छ, भेला हुनुपर्छ, र सङ्गति गर्नुपर्छ। मलाई खोज्दै नआओ।” जब भेला सकिन्छ, उसले कसैलाई प्रश्‍न सोध्न लगाउँदैन, उसले कहिल्यै समस्या समाधान गर्न चाहँदैन, झन् उसले समस्या पत्ता लगाउन सक्नु त परको कुरा हो। भेलापछि, उसले आफ्नो काम सकियो भन्ठान्छ, अनि सुत्छ, खान्छ, र नियमित रूपमा मनोरञ्जन गर्छ। के ऊ वास्तविक काम बिलकुलै नगर्ने झूटो अगुवा होइन र? (हो।)

कति अवस्था यस्ता हुन्छन्, जसमा कुनै अगुवा वा कामदार छ महिनादेखि आफ्नो पदमा रहेको हुन्छ, र उसलाई प्रायः भेट्न सक्ने उसको निकटका मानिसहरूबाहेक, धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूले उसलाई भेट्नै सक्दैनन्। तिनीहरूले प्रायः उसले अनलाइनमा प्रवचन दिएको मात्रै सुन्छन्, तैपनि कुनै समस्या हुँदा, त्यो अगुवा वा कामदारले त्यसलाई समाधान गर्दैन। कति दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्यमा समाधान गर्न नआउने कठिनाइहरू सामना गर्छन्, र तिनीहरू यति बेचैन हुन्छन् कि स्थिर बस्नै सक्दैनन्, र जब तिनीहरू आफ्नो अगुवालाई खोज्न जान्छन्, तब उसलाई भेट्टाउनै सक्दैनन्। के यस्तो प्रकारको अगुवाले राम्रो कार्य गर्न सक्छ त? दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो अगुवालाई कुन कुराले हरदिन यति व्यस्त राखिरहेको छ भन्‍ने थाहै हुँदैन, र समस्या र कठिनाइहरूको एउटा ठुलो थुप्रो जम्‍मा भएको हुन्छ, र तिनीहरूलाई ती समाधान गर्न आफ्नो अगुवा कहिले आउने हो भनेर पनि थाहै हुँदैन। सबै जनाले अगुवा सहयोग गर्न आउँछ भनी उत्सुकतासाथ कुर्छन्, तर तिनीहरूले चाहे जति नै लामो समयसम्म कुरे पनि त्यो अगुवा कहिल्यै देखा पर्दैन। त्यस्ता अगुवा र कामदारहरूलाई भेट्टाउन निकै कठिन हुन्छ, र तिनीहरू लुकेर बस्न खप्पिस हुन्छन्! तिनीहरूले निकै राम्ररी प्रवचन दिन्छन्, अनि प्रवचन दिएपछि चिटिक्क परेको लुगा लगाउँछन् र कुनै काम नगरी ऐसआराममा लिप्त हुन सकिने कुनै स्थानमा सुटुक्क बस्छन्। अनि यो सबका बाबजुद तिनीहरू अझै आफूले निकै राम्ररी र उचित रूपमा काम गरिरहेको भन्ठान्छन्। तिनीहरू आफूले कामचोरी नगरिरहेको, र प्रवचन दिएको, भेला राखेको, आफूले बताउनुपर्ने सबै कुरा बताएको, र बुझाउनुपर्ने सबै कुरा बुझाएको भन्ठान्छन्। तिनीहरू कहिले पनि अनुगमन गर्नका लागि दाजुभाइ-दिदीबहिनीहरूसँग गहन रूपमा संलग्न हुन र काममा सहभागी हुन, निरीक्षण गरेर तिनीहरूलाई सहयोग गर्न, र समस्याहरू तुरुन्तै सम्हाल्‍न र सुल्झाउन तिनीहरूलाई सहयोग गर्न चाहँदैनन्। यदि तिनीहरूले समाधान गर्न नसक्ने समस्या सामना गरे भने, तिनीहरूलाई त्यसबारे माथिलाई रिपोर्ट गर्न र माथिबाट समाधान खोज्न पनि आउँदैन। तिनीहरू मनमा यस्तो चिन्‍तन पनि गर्दैनन्, “के दाजुभाइ-दिदीबहिनीहरूले भेलामा सिद्धान्तहरू सुनेपछि त्यसमा कायम रहन सक्छन् त? अनि तिनीहरूले काममा फेरि कठिनाइ र अन्योल सामना गर्दा, के तिनीहरूले सत्यता पालना गर्न र सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छन् त? साथै, काममा कसले सकारात्मक भूमिका खेलिरहेको छ? अनि कुनकुन मानिसहरूले नकारात्मक भूमिका खेलिरहेका छन्? अनि के बाधा दिने र अवरोध पुर्‍याउने मानिसहरू छन्, वा कामकुरा बरबाद गर्ने, वा सधैँ खराब उपायहरू सोच्ने बेतुके मानिसहरू छन्? काम हालसालै कसरी अघि बढिरहेको छ?” तिनीहरू एकनासले यस्ता मामलाहरूबारे चासो राख्ने वा सोधपुछ गर्ने गर्दैनन्। झट्ट हेर्दा, यस्ता मानिसहरूले काम गरिरहेझैँ देखिन्छ—तिनीहरूले प्रवचन दिन्छन्, भेला राख्छन्, प्रवचनको खाका र रूपरेखा तयार पार्छन्, र कामका रिपोर्टहरूसमेत लेख्छन्। कति अगुवाहरूले त बारम्बार आफ्ना जीवन अनुभवहरूबारे प्रवचन पनि लेख्छन्; तिनीहरू आफ्नो कोठाभित्र बस्छन् र तीनदेखि पाँच दिनसम्म लगातार लेख्छन् अनि तिनीहरूलाई विशेष रूपमा पानी पिलाइदिने र खाना ल्याइदिने व्यक्ति पनि आवश्यक पर्छ, र कसैले पनि तिनीहरूलाई भेट्न सक्दैन। यदि तैँले तिनीहरूले वास्तविक काम गरिरहेका छैनन् भनेर भनिस् भने, तिनीहरूलाई अन्याय गरिएको महसुस हुन्छ: “मैले कसरी वास्तविक काम गरिरहेको छैनँ र? म दाजुभाइ-दिदीबहिनीहरूसँगै बस्छु र मैले सधैँ भेला राखिरहेको र प्रवचन दिइरहेको हुन्छु। मेरो मुख प्याक्कै नसुकेसम्म म प्रवचन दिन्छु, र कहिलेकाहीँ त म अबेरसम्‍मै जागा रहन्छु।” बाहिरबाट हेर्दा तिनीहरू साँच्चै नै व्यस्त रहेको र निष्क्रिय नरहेको झैँ देखिन्छ—तिनीहरूले कैयौँ प्रवचनहरू दिन्छन्, अनि बोल्न र लेख्नमा अत्यन्तै धेरै मेहनत लगाउँछन्, तिनीहरूले नियमित रूपमा सन्देश र पत्रहरू प्रेषित गर्छन्, र माथिले तोकेका सिद्धान्तहरू प्रेषित गर्छन्, र भेलाहरूका अवधिमा तिनीहरू गम्भीर र धैर्यवान् भएर सङ्गति गर्ने र विषयवस्तुमाथि प्रकाश पार्ने समेत गर्छन्—तिनीहरू वास्तवमै धेरै बोल्छन्, तर तिनीहरू कहिल्यै कुनै खास काममा सहभागी हुँदैनन्, कहिल्यै कामको अनुगमन गर्दैनन् र कहिल्यै दाजुभाइ-दिदीबहिनीहरूसँग सँगै मिलेर समस्याहरूसँग जुध्‍ने गर्दैनन्। यदि तैँले तिनीहरूलाई कामको यो वा त्यो कुरा कसरी अघि बढिरहेको छ वा कामका नतिजाहरू कस्ता छन् भनेर सोधिस् भने, तिनीहरूलाई थाहै हुँदैन र तिनीहरूले पहिला कसैलाई गएर सोध्नुपर्छ। यदि तैँले तिनीहरूलाई त्यसअघिका समस्याहरू समाधान भए कि भएनन् भनेर सोधिस् भने, तिनीहरूले भेला राखेको र सिद्धान्तहरूबारे सङ्गति गरेको भनी बताउँछन्। मानौँ, तैँले त्यसपछि तिनीहरूलाई, “के तिमीले सत्यता सिद्धान्तहरूबारे सङ्गति गरेपछि दाजुभाइ-दिदीबहिनीहरूले साँच्चै बुझे त? के तिनीहरू पथभ्रष्ट हुने सम्भावना अझै पनि छ? तिनीहरूमध्ये कोसँग सिद्धान्तहरूको तुलनात्मक रूपमा अलि राम्रो बुझाइ छ, को पेसागत सीपमा अलि बढी पोख्त छ, र को असल क्षमताको अनि संवर्धन गर्न योग्य छ?” भनेर सोधिस् भने, तिनीहरूलाई यीमध्ये कुनै पनि प्रश्‍नहरूको उत्तर थाहै हुँदैन; तिनीहरूलाई त्यसबारे केही पनि थाहै हुँदैन। जबजब तैँले तिनीहरूलाई कामको अवस्थाबारे सोध्छस्, तिनीहरूले यसो भन्छन्, “मैले सिद्धान्तहरूबारे सङ्गति गरेको छु, मैले भर्खरै भेला राखेर सकाएँ, र मैले भर्खरै तिनीहरूलाई काटछाँट गरेँ। तिनीहरूले आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्, र तिनीहरूसँग यो काम राम्ररी गर्ने सङ्कल्प छ।” तर जब त्यसपछिको काम कसरी अघि बढिरहेको छ भन्‍ने कुरा आउँछ, तिनीहरूलाई केही पनि थाहै हुँदैन। के तिनीहरूलाई मानकअनुरूपका अगुवा र कामदार मान्‍न सकिन्छ? (सकिँदैन।) यस प्रकारका अगुवा र कामदारले काम गर्ने तरिका भनेको मानिसहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउनु र केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्नु मात्रै हो, तैपनि तिनीहरूले वास्तविक समस्याहरू समाधान गर्नमा कुनै ध्यान दिँदैनन् र तिनीहरू माथिलाई तीबारे रिपोर्ट गर्न र माथिबाट समाधानहरू खोज्न झनै डराउँछन्—तिनीहरू माथिले तिनीहरूको वास्तविक अवस्था के हो भनेर थाहा पाउनेछन् भनी डराउँछन्। यस्ता कार्यको प्रकृति के हो? सारका हिसाबले तिनीहरू कस्तो प्रकारका व्यक्ति हुन्? ठ्याक्कै भन्‍नुपर्दा, त्यस्ता मानिसहरू खाँटी फरिसीहरू हुन्। फरिसीहरूका प्रकटीकरणहरू यस्ता हुन्छन्: तिनीहरू गरिमामय बाहिरी कार्यहरूमा संलग्न हुन्छन्, शिष्ट शैलीमा बोल्छन् र व्यवहार गर्छन्, आफ्ना सारा शब्द र कार्यहरू बाइबलमा आधारित गर्छन्, र जब तिनीहरूले मानिसहरूसित भेट्छन् र कुराकानी गर्छन्, तब बाइबलबाट शब्दहरू वाचन गर्छन्, र तिनीहरू बाइबलका अत्यन्तै धेरै पङ्क्तिहरू कण्ठस्थ दोहोर्‍याउन सक्छन्। झुटा अगुवाहरू फरिसीहरूजस्तै नै हुन्छन्—बाहिरबाट, तैँले तिनीहरूमा कुनै त्रुटि भेट्टाउन सक्दैनस्, र तिनीहरू निकै आत्मिक देखिन्छन्। तैँले तिनीहरूका बाहिरी बोली, कार्य र व्यवहारबाट कुनै समस्या पत्ता लगाउन सक्दैनस्, तैपनि तिनीहरूले मण्डलीको काममा हुने धेरै समस्याहरू हल गर्न सक्दैनन्। त्यसोभए यो “आत्मिक” भनेको चाहिँ के हो त? ठ्याक्कै भन्दा, त्यो छद्म-आत्मिकता हो। यस्ता छद्म-आत्मिक मानिसहरूले आफूलाई हरदिन निकै व्यस्त राख्छन्, ठूला र साना सबै समूहहरूबीच भागदौड गर्छन्, र जहाँ गए पनि परमेश्‍वरका वचनहरू प्रचार गर्छन्। बाहिरबाट हेर्दा, तिनीहरूले अरू कुनै पनि कुरालाई भन्दा परमेश्‍वरका वचनहरूलाई बढी प्रेम गर्छन्, परमेश्‍वरका वचनहरूमा अरू कसैले भन्दा बढी मेहनत लगाउँछन्, र परमेश्‍वरका वचनहरूबारे अरू कुनै पनि व्यक्तिभन्दा तिनीहरूलाई बढी ज्ञान छ जस्तो देखिन्छ, र तिनीहरू परमेश्‍वरका वचनहरूको कुनै पनि महत्त्वपूर्ण खण्डको पृष्ठ सङ्ख्या तत्कालै भन्‍न सक्छन्। यदि कसैले समस्या सामना गर्‍यो भने, तिनीहरूले उसलाई परमेश्‍वरका वचनहरूको सान्दर्भिक खण्डको पृष्ठ सङ्ख्या दिन्छन् र गएर त्यो पढ्नू भनेर भन्छन्। बाहिरबाट हेर्दा, तिनीहरूले सब थोकमा परमेश्‍वरका वचनहरूलाई आफ्नो मापदण्डका रूपमा लिने र आफूमाथि केही आइपर्दा तिनीहरूले परमेश्‍वरका वचनहरूको गवाही दिने गरेझैँ देखिन्छ, र तिनीहरूमा कुनै समस्या नभएजस्तो देखिन्छ। तर जब तैँले तिनीहरूले गर्ने कामलाई नजिकबाट हेर्छस्, के तिनीहरूले यी शब्द र धर्मसिद्धान्त प्रचार गर्दै गर्दा समस्याहरू पत्ता लगाउन र समाधान गर्न सक्छन् त? यदि सत्यताबारे सङ्गति गरेर तिनीहरूले कामको एउटा कुरामा पहिला पत्ता नलागेको समस्या भेट्टाए भने, र अरूले हल गर्न नसकेका समस्याहरू समाधान गरे भने, यसले के देखाउँछ भने, तिनीहरूले परमेश्‍वरका वचनहरू बुझ्छन् र सत्यताबारे स्पष्ट सङ्गति गर्छन्। छद्म-आत्मिक मानिसहरू यसको ठ्याक्कै उल्टो हुन्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू कण्ठ पार्छन् र जताततै त्यसैलाई प्रचार गर्छन्, र तिनीहरूको मन र हृदय परमेश्‍वरका वचनहरूले भरिएको हुन्छ। तर काममा ठूलो वा सानो जेजस्तो समस्या देखा परे पनि तिनीहरूले त्यो देख्न वा पत्ता लगाउन सक्दैनन्। भेलाहरूको अन्त्यमा, तिनीहरूलाई कसैले वास्तविक समस्याको उठान गर्ला र आफूलाई सुल्झाइदिन आग्रह गर्ला कि भन्‍ने कुराको सबैभन्दा धेरै डर हुन्छ, त्यसैले भेला सकिएपछि तिनीहरू यस्तो सोच्दै तुरुन्तै निस्किन्छन्, “यदि कसैले मलाई प्रश्‍न सोध्यो र मैले त्यसको जबाफ दिन सकिनँ भने, त्यो अति अप्ठ्यारो र लाजमर्दो हुनेछ!” तिनीहरूको वास्तविक कद र साँचो स्थिति यही हो।

तिमीहरू वरपरका कुनकुन अगुवा र कामदारहरू समस्या समाधान गर्नका लागि सत्यतामा सङ्गति गर्नमा उत्तम छन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा दाजुभाइ-दिदीबहिनीहरूसँग जोडिन अनि तिनीहरूसँगै काम अघि बढाउन सक्षम छन् भन्‍नेबारे सोच—ती अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छन्। तिमीहरू वरपरका कुनकुन अगुवा र कामदारहरू समस्याहरू पत्ता लगाउन र समाधान गर्नमा उत्तम छन् भन्‍नेबारे सोच, र वास्तविक काम गर्न अनि आफ्नो काममा सबैभन्दा बढी नतिजा ल्याउनमा सबैभन्दा बढी केन्द्रित होओ—ती अगुवा र कामदारहरू बफादार मानिसहरू हुन्, जो निकै जिम्मेवार र लगनशील हुन्छन्। यसविपरीत, यदि कुनै अगुवा शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न माहिर छ, र उसले तार्किक र व्यवस्थित शैलीमा, मुख्य बुँदा र विषयवस्तुसाथ, अनि सुसंरचनागत तरिकाले प्रचार गर्छ, र मानिसहरू उसको प्रवचनबारे उत्साहित हुन्छन्, तैपनि ऊ सधैँ दाजुभाइ-दिदीबहिनीहरूसँग तर्किन्छ, सधैँ दाजुभाइ-दिदीबहिनीहरूले प्रश्‍न सोध्लान् भनेर डराउँछ, र दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर समस्याहरू समाधान गर्न र सम्हाल्न डराउँछ भने, त्यो अगुवा छद्म-आत्मिक हुन्छ, ऊ झूटो अगुवा हो। तिमीहरू वरपरका अगुवा र सुपरिवेक्षकहरू कस्ता प्रकारका मानिसहरू हुन्? साधारण रूपमा, भेलामा सहभागी हुने र प्रवचन दिनेबाहेक, के तिनीहरूले अनुगमन गर्ने र काममा सहभागी हुने गर्छन् त, के तिनीहरूले काममा प्रायः समस्याहरू पत्ता लगाउन र समाधान गर्न सक्छन् त, कि तिनीहरू भेलामा देखा परेर हराउने मात्र गर्छन्? छद्म-आत्मिक झुटा अगुवाहरू सधैँ प्रचार गर्नलाई केही पनि नहोला कि, अनि दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्दा भन्‍ने कुरा केही पनि नहोला कि भन्‍ने डरमा हुन्छन्, त्यसैले तिनीहरू आफ्नो कोठामा परमेश्‍वरका वचनहरू कण्ठ पार्ने र प्रवचन कसरी दिने भनेर अभ्यास गर्ने गर्छन्। तिनीहरू के विश्‍वास गर्छन् भने, प्रवचन दिने कार्य भनेको ज्ञान हासिल गर्नु र विश्‍वविद्यालय जानु जस्तै घोकेर सिक्न र हासिल गर्न सकिने कुरा हो, अनि त्यसका लागि तिनीहरूले अथक रूपमा र मेहनतसाथ अध्ययन गर्ने मनोभाव अपनाउनुपर्छ। के यी झुटा अगुवाहरूले पाल्ने बुझाइ विकृत छैन र? (हजुर, छ।) यस्ता मानिसहरूले आफ्नो उच्च स्थानबाट धर्मसिद्धान्तहरू प्रचार गर्छन्, र केही असान्दर्भिक मामलाहरूमा चासो राख्छन्, र त्यसपछि आफूले अगुवाइको काम गरिरहेको भन्ठान्छन्। तिनीहरू कामलाई निर्देशन गर्न वा समस्या समाधान गर्न कहिल्यै कार्यस्थल जाँदैनन्, बरु प्रायः आफ्नै कोठामा बसिरहन्छन्, “स्व-संवर्धनमा ध्यान दिन एकान्तबास बसिरहन्छन्,” र परमेश्‍वरका वचनहरूले आफूलाई सुसज्जित पार्छन्—के यो आवश्यक हुन्छ? कस्ता परिस्थितिमा अगुवा र कामदारहरूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूलाई अस्थायी रूपमा एकातर्फ पन्छाएर आफूलाई सत्यताले सुसज्जित पार्न सक्छन्? जब काममा व्यस्तता हुँदैन, र जब समाधान गरिनुपर्ने सबै समस्याहरू समाधान गरिएका, र ध्यान दिनुपर्ने सबै मामलाहरू र व्याख्या गरिनुपर्ने सबै सिद्धान्तहरू व्याख्या गरिएका हुन्छन्, अनि दाजुभाइ-दिदीबहिनीहरूसँग कुनै प्रश्‍न वा कठिनाइहरू हुँदैनन्, र जब कसैले बाधा दिने वा अवरोध पुर्‍याउने गरिरहेको हुँदैन, र काम सहज रूपमा अघि बढ्न सक्छ, र अरू अवरोधहरू हुँदैनन्, तब अगुवा र कामदारहरूले परमेश्‍वरका वचनहरू पढ्न र आफूलाई सत्यताले सुसज्जित पार्न सक्छन्—यो मात्र वास्तविक काम गर्नु हो। झुटा अगुवाहरूले यसरी काम गर्दैनन्; तिनीहरू सधैँ आफूलाई चर्चामा ल्याउनमा ध्यान केन्द्रित गर्छन्, र धाक देखाउन अरूले देख्न सक्ने केही अत्यन्तै देखिने काम मात्र गर्छन्। यदि तिनीहरूले परमेश्‍वरका वचन पढ्दा वा प्रवचन सुन्दा केही नयाँ ज्योति भेट्टाउन सके भने, तिनीहरूलाई आफूले केही हासिल गरेजस्तो, आफूसँग सत्यता वास्तविकता भएजस्तो महसुस हुन्छ, त्यसपछि तिनीहरू हतारिँदै अरूलाई प्रवचन सुनाउने मौका खोज्छन्। तिनीहरू व्यवस्थित, तार्किक, र व्यवस्थित शैलीमा, मुख्य बुँदा र विषयवस्तुसाथ, र प्रख्यात व्यक्तित्वले गर्ने सम्बोधन वा प्राज्ञिक भाषण भन्दा पनि अत्यन्तै बढी शक्तिशाली र गहन तरिकाले धर्मसिद्धान्तहरू प्रचार गर्छन्, र त्यसदेखि निकै सन्तुष्ट हुन्छन्। तैपनि तिनीहरू यस्तो मनन गर्छन्, “मैले यो प्रवचन सकाएपछि अर्कोपालि के प्रचार गर्ने होला? मसँग अरू केही पनि छैन।” अनि, त्यसैले तिनीहरू हतारिँदै फेरि “स्व-संवर्धनमा ध्यान दिन एकान्तबास बस्छन्”, र गहन धर्मसिद्धान्तहरू खोज्छन्। तिनीहरू मण्डलीको कामको कार्यस्थलमा कहिल्यै देखिँदैनन्, र जब मानिसहरूलाई कठिनाइहरू हुन्छन् र तिनीहरू त्यसको समाधान कुरिरहेका हुन्छन्, यी झुटा अगुवाहरूलाई कहीँ पनि भेट्टाउन सकिँदैन। के झुटा अगुवाहरूलाई सङ्कोच र असहजता महसुस हुँदैन र? तिनीहरूले वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्, तैपनि धाक देखाउन ठूल्ठूला प्रवचनहरू दिन चाहन्छन्। यी मानिसहरू अत्यन्तै लाजपचुवा हुन्छन्।

सारा झूटा अगुवाहरूले शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन्, तिनीहरू सबै छद्म-आत्मिक हुन्छन्, तिनीहरूले कुनै वास्तविक काम गर्न सक्दैनन्, र परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेको बाबजुद सत्यता बुझ्दैनन्—तिनीहरूमा कुनै आत्मिक बुझाइ हुँदैन भनेर भन्‍न सकिन्छ। तिनीहरू के सोच्छन् भने, मण्डली अगुवा हुनु भनेको आफूले केवल केही शब्द र धर्मसिद्धान्त प्रचार गर्नु, केही नारा फलाक्नु, र परमेश्‍वरका वचनहरू थोरै व्याख्या गर्नुपर्छ, त्यसपछि मानिसहरूले सत्यता बुझ्नेछन्। तिनीहरूलाई काम गर्नुको अर्थ के हो, अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू केके हुन्, र किन परमेश्‍वरको घरले कसैलाई अगुवा वा कामदार हुन चयन गर्छ, वा यसले कस्ता समस्याहरू समाधान गर्नुपर्ने हुन्छ भन्‍ने ठ्याक्कै थाहा हुँदैन। त्यसकारण, अगुवाहरू र कामदारहरूले कामको अनुगमन, निरीक्षण र सुपरिवेक्षण गर्नैपर्छ, तिनीहरूले काममा भएका समस्याहरू तत्काल पत्ता लगाएर समाधान गर्नैपर्छ, आदि कुराहरू भनेर परमेश्‍वरको घरले जति नै सङ्गति गरे पनि, तिनीहरूले यीमध्ये कुनै पनि ग्रहण गर्दैनन् र यो कुरा बुझ्दैनन्। तिनीहरू परमेश्‍वरको घरले अगुवाहरू र कामदारहरूबाट गर्ने मागहरू पूरा गर्न वा हासिल गर्न सक्दैनन्, र तिनीहरूले कर्तव्य निर्वाहमा सम्मिलित पेसागत सीपसँग सम्बन्धित समस्याहरू, साथै सुपरिवेक्षकहरू चयन गर्ने सिद्धान्तको समस्या आदि कुराहरू बुझ्न सक्दैनन्, र तिनीहरूलाई यी समस्याहरूबारे थाहा भए पनि, तिनीहरू अझै पनि तिनलाई सम्हाल्न सक्षम हुँदैनन्। त्यसकारण, यस्ता झूटा अगुवाहरूका अगुवाइमा, मण्डलीको काममा आइपर्ने सबै प्रकारका समस्याहरू समाधान गर्न सकिँदैन। परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्ना कर्तव्य पूरा गर्ने क्रममा सामना गर्ने पेसागत सीपसँग सम्बन्धित समस्याहरू मात्र नभएर परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हुने कठिनाइहरू पनि लामो समयसम्म समाधान हुँदैनन्, अनि केही अगुवाहरू र कामदारहरू अथवा विभिन्‍न कामका सुपरिवेक्षकहरूले वास्तविक काम गर्न नसक्दा, तिनीहरूलाई तत्काल बरखास्त गरिने वा तिनीहरूको कर्तव्य तुरुन्तै समायोजन गरिने गरिँदैन। यीमध्ये कुनै पनि समस्या तत्काल समाधान गरिँदैनन्, र फलस्वरूप मण्डलीका विभिन्‍न कामहरूको कुशलता निरन्तर खस्किन्छ, अनि कामको प्रभावकारिता झन्-झन् कमजोर बन्दै जान्छ। कर्मचारीहरूका सन्दर्भमा भन्‍नुपर्दा, अलि प्रतिभाशाली र बोल्नमा सिपालुहरू अगुवाहरू र कामदारहरू बन्छन्, जबकि सत्यतालाई प्रेम गर्ने, कडा मेहनतमा डुब्न सक्ने, र गुनासो नगरी अथक रूपमा काम गर्नेहरूले बढुवा र संवर्धन पाउँदैनन्, र तिनीहरूलाई श्रमिकझैँ व्यवहार गरिन्छ, अनि निश्चित सामर्थ्य भएका विभिन्‍न प्राविधिक कर्मचारीहरू उचित रूपमा प्रयोग गरिँदैनन्। साथै, इमानदारीसाथ आफ्नो कर्तव्य पूरा गर्ने कतिपय मानिसहरूले जीवन आपूर्ति प्राप्त गर्दैनन्, त्यसकारण तिनीहरू नकारात्मकता र कमजोरीमा डुब्छन्। यति मात्र नभएर, ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले जतिसुकै दुष्टता गरे पनि, झूटा अगुवाहरूले नदेखेझैँ गर्छन्। यदि कसैले कुनै दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीको खुलासा गर्‍यो भने, झूटा अगुवाहरूले उसलाई त्यस व्यक्तिलाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ र पश्चात्ताप गर्ने मौका दिनुपर्छ समेत भन्‍नेछन्। यसो गरेर तिनीहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई दुष्टता गर्न र मण्डलीमा बाधा पुर्‍याउन दिन्छन्, र यसले गर्दा यी दुष्ट मानिसहरू, अविश्‍वासीहरू, र ख्रीष्टविरोधीहरू निकालिन वा निष्कासित हुनमा एकदमै ढिलाइ हुन्छ, र तिनीहरूले मण्डलीमा दुष्टता गरिरहन र मण्डलीका काममा बाधा पुर्‍याइरहन पाउँछन्। झूटा अगुवाहरू यीमध्ये कुनै पनि समस्याहरू सम्हाल्न र समाधान गर्न सक्षम हुँदैनन्; तिनीहरूले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्न वा उचित तरिकाले कामको बन्दोबस्त गर्न सक्दैनन्, बरु तिनीहरू लापरवाहीपूर्ण व्यवहार गर्छन् र केही बेकारका काम मात्र गर्छन्, जसको फलस्वरूप, तिनीहरू मण्डलीको कामलाई अस्तव्यस्त र भद्रगोल बनाउँछन्। परमेश्‍वरको घरले सत्यताबारे जसरी सङ्गति गरे पनि वा मण्डलीको काम कार्यान्वयन गर्दा पालना गर्नुपर्ने सिद्धान्तहरूमा जसरी जोड दिए पनि—प्रतिबन्धित गर्नुपर्ने र निकाल्नुपर्ने विभिन्‍न प्रकारका दुष्कर्मी र अविश्‍वासीहरूलाई प्रतिबन्धित गर्नु र निकाल्नु, अनि राम्रो क्षमता र बोध क्षमता भएका मानिसहरू, सत्यता पछ्याउन सक्ने र प्रवर्धन र जगेर्ना गरिनुपर्ने मानिसहरूलाई प्रवर्धन र जगेर्ना गर्नु—यी कुराहरूमा अनेकौँ पटक सङ्गति गरिए पनि, झूटा अगुवाहरूले ती बुझ्दैनन् वा बोध गर्दैनन् र तिनीहरू आफ्ना छद्म-आत्मिक विचारहरू र “प्रेमिलो” तौरतरिकाहरूमा अडिग रहिरहन्छन्। झूटा अगुवाहरू के विश्‍वास गर्छन् भने, तिनीहरूको इमानदार र धैर्यवान निर्देशनमा, सबै प्रकारका मानिसहरू व्यवस्थित तरिकाले, भद्रगोल नपारी आ-आफ्ना भूमिकाहरू निर्वाह गर्छन्, सबैमा धेरै नै आस्था छ, सबै जना आफ्ना कर्तव्यहरू निर्वाह गर्न इच्छुक छन्, जेल जान र खतरा सामना गर्न डराउँदैनन्, र हरव्यक्तिले कष्ट सहने सङ्कल्प राख्छन् र सबै जना यहूदा बन्‍न अनिच्छुक छन्। तिनीहरू के विश्‍वास गर्छन् भने, मण्डली जीवनमा राम्रो वातावरण हुनुको अर्थ तिनीहरूले राम्रो काम गरेका छन् भन्‍ने हो। मण्डलीमा दुष्ट मानिसहरूले बाधा पुर्‍याउने, वा अविश्‍वासीहरूले विधर्म र भ्रमहरू फैलाउने भए पनि वा नभए पनि, तिनीहरूले यी कुराहरूलाई समस्या ठान्दैनन्, र तिनीहरू तिनलाई समाधान गर्नु आवश्यक ठान्दैनन्। झूटा अगुवाहरूले आफूले काम सुम्पेको कुनै व्यक्तिले आफ्नै इच्छाका आधारमा लापरवाहीपूर्वक काम गरेको र सुसमाचारको काममा बाधा पुर्‍याएको सन्दर्भमा भन्‍नुपर्दा, तिनीहरू झनै अन्धा हुन्छन्। तिनीहरू यसो भन्छन्, मैले व्याख्या गर्नुपर्ने कार्य सिद्धान्तहरू व्याख्या गरेको छु, र मैले तिनीहरूलाई के गर्ने भनेर बारम्बार भनेको छु। यदि कुनै समस्याहरू आए भने, त्यसको मसित कुनै सम्बन्ध छैन। तर, तिनीहरूलाई त्यो व्यक्ति सही हो कि होइन भनेर थाहा हुँदैन, तिनीहरू त्यससँग चासो राख्दैनन्, र तिनीहरूले त्यस व्यक्तिलाई के गर्ने भनेर बुझाउँदै र बताउँदै गर्दा आफूले भनेको कुराले सकारात्मक नतिजा हासिल गर्न सक्छ कि सक्दैन, वा त्यसले के-कस्ता परिणाम ल्याउन सक्छ भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा हुँदैन। झूटा अगुवाहरूले भेला राख्दा, तिनीहरू अनन्त शब्द र धर्मसिद्धान्तहरू बोल्छन्, तर पछि तिनीहरू कुनै समस्या समाधान गर्न सक्दैनन् भन्‍ने कुरा पो पत्ता लाग्छ। तैपनि तिनीहरू अझै आफूले ठूलो काम गरिरहेको ठान्छन्, तिनीहरू अझै पनि आफूप्रति खुसी हुन्छन् र आफू अद्भुत भएको ठान्छन्। वास्तवमा, तिनीहरूले बोल्ने शब्द र धर्मसिद्धान्तहरूले अज्ञानी र कमजोर क्षमताका ती अन्योलग्रस्त, बेवकुफ, र मूर्ख मानिसहरूलाई छल गर्न मात्र सक्छन्। यी मानिसहरूले यी वचनहरू सुनेपछि, तिनीहरू अन्योलमा पर्छन् र झूटा अगुवाहरूले भनेको कुरा एकदमै सही हो, तिनीहरूले भनेको केही पनि गलत होइन भन्‍ने विश्‍वास गर्छन्। झूटा अगुवाहरूले यी दुबिधामा परेका मानिसहरूलाई मात्र सन्तुष्ट पार्न सक्छन् र तिनीहरू मूलतः वास्तविक समस्याहरू समाधान गर्न असक्षम हुन्छन्। अवश्य नै, झूटा अगुवाहरू पेसागत सीप र ज्ञानसँग सम्बन्धित समस्याहरू समाधान गर्न झनै कम सक्षम हुन्छन्—तिनीहरू यी कुराहरूमा पूर्णतया शक्तिहीन हुन्छन्। परमेश्‍वरको घरको लेखन-पठनको कामकै उदाहरण लिऔँ। झूटा अगुवाहरूको सबैभन्दा बढी टाउको दुखाइको काम यही हो। तिनीहरूले आत्मिक बुझाइ र राम्रो क्षमता भएका, अनि पाठ-आधारित काम गर्न उपयुक्त मानिसहरू ठ्याक्कै को हुन् भनेर पहिचान गर्न सक्दैनन्, र तिनीहरू चस्मा लगाएको र उच्च शिक्षा हासिल गरेको जोकोहीलाई राम्रो क्षमता र आत्मिक बुझाइ भएको ठान्छन्, त्यसकारण तिनीहरूले ती मानिसहरूका लागि त्यो कामको बन्दोबस्त गर्छन्, र तिनीहरूलाई यसो भन्छन्, तिमीहरू सबै जनामा लेखन-पठनको काम गर्ने प्रतिभा छ। म यो काम बुझ्दिनँ, त्यसकारण यो कुरा तिमीहरूकै काँधमा छ। परमेश्‍वरको घरलाई तिमीहरूबाट अरू केही चाहिँदैन, यति मात्र हो कि, तिमीहरूले आफ्नो सामर्थ्यको उपयोग गर्नुपर्छ, केही पनि लुकाउनु हुँदैन, र आफूले सिकेको सबथोक दिनुपर्छ। परमेश्‍वरले तिमीहरूलाई हुर्काइबढाइ गरेकोमा तिमीहरूले कृतज्ञ भएर उहाँलाई धन्यवाद दिन जान्‍नुपर्छ। झूटा अगुवाहरूले थुप्रै प्रभावहीन र सतही शब्दहरू भनेपछि, तिनीहरूलाई कामको बन्दोबस्त गरिएको छ, र आफूले गर्नुपर्ने सबै कुरा गरेको छु भन्‍ने लाग्छ। तिनीहरूलाई यो काम गर्न आफूले बन्दोबस्त गरेका मानिसहरू उपयुक्त छन् कि छैनन् भन्‍ने थाहा हुँदैन, न त तिनीहरूलाई पेसागत ज्ञानका सन्दर्भमा मानिसहरूका कमीकमजोरीहरू के-के हुन्, वा तिनीहरूले कसरी तिनको पूर्ति गर्नुपर्छ भनेर नै थाहा हुन्छ। तिनीहरू मानिसहरूलाई हेर्न र खुट्ट्याउन जान्दैनन्, पेसागत समस्याहरू बुझ्दैनन्, न त तिनीहरू लेखनसँग सम्बन्धित ज्ञान नै बुझ्छन्—तिनीहरू यी कुराहरूबारे पूर्णतया अनजान हुन्छन्। तिनीहरू आफूले यी कुराहरू नबुझ्ने वा बोध नगर्ने भन्छन्, तर हृदयमा यस्तो सोच्छन्, के तिमीहरू मभन्दा अलि बढी शिक्षित र ज्ञानवान् भएको मात्र होइन र? मैले तिमीहरूलाई यो काममा मार्गदर्शन गर्न नसके पनि, म तिमीहरूभन्दा बढी आत्मिक छु, म प्रवचनहरू दिनमा तिमीहरूभन्दा राम्रो छु, र म परमेश्‍वरका वचनहरू तिमीहरूले भन्दा राम्ररी बुझ्छु। मैले नै तिमीहरूलाई अगुवाइ गरिरहेको छु, म तिमीहरूभन्दा वरिष्ठ हुँ। तिमीहरू मेरो खटनपटनमा हुनैपर्छ, र तिमीहरूले म जे भन्छु त्यही गर्नैपर्छ। झूटा अगुवाहरू आफूलाई निकै वरिष्ठ ठान्छन्, तैपनि तिनीहरूले कुनै पनि प्रकारको पेसागत सीपसित सम्बन्धित कामका सम्बन्धमा कुनै सार्थक सुझावहरू दिन सक्दैनन्, र तिनीहरू कुनै मार्गदर्शन दिन पनि सक्दैनन्। बढीमा, तिनीहरू कर्मचारीहरूलाई राम्रोसँग बन्दोबस्त गर्न सक्छन्; तिनीहरू त्यसपछिका कुनै पनि काम गर्न सक्दैनन्। तिनीहरू पेसागत ज्ञान हासिल गर्ने कोसिस गर्दैनन्, र कामको अनुगमन गर्दैनन्। सबै झूटा अगुवाहरू छद्म-आत्मिक हुन्छन्; तिनीहरूले गर्न सक्ने भनेकै केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने मात्र हो र त्यसपछि तिनीहरू आफूले सत्यता बुझ्ने भन्ठान्छन् र परमेश्‍वरका चुनिएका मानिसहरूसामु निरन्तर देखावट गर्छन्। हरेक भेलामा, तिनीहरू घन्टौँसम्म प्रचार गर्छन्, तैपनि कुनै पनि समस्याहरू बिलकुलै समाधान गर्न सक्दैनन्। तिनीहरू मानिसहरूका कर्तव्यमा पर्ने पेसागत ज्ञानसँग सम्बन्धित समस्याहरूबारे पूर्णतया अनजान हुन्छन्; तिनीहरू प्रस्ट रूपले भुइँमान्छे हुन्, तैपनि तिनीहरू आत्मिक भएको नाटक गर्छन्, पेशेवरहरूका काममा निर्देशन दिन्छन्—यसरी त तिनीहरूले कसरी राम्ररी काम गर्न सक्छन्? झूटा अगुवाहरूले पेसागत ज्ञान सिक्ने कोसिस नगर्नु र कुनै वास्तविक काम गर्न नसक्नुले गर्दा नै मानिसहरू पहिल्यै घिनाइरहेका हुन्छन्, र यसमाथि, तिनीहरूले आत्मिक मानिस भएको नाटक गर्छन् र आफ्ना आत्मिक वचनहरू प्रदर्शन गर्छन्, जुन एकदमै समझहीन कुरा हो! यो फरिसीहरूभन्दा फरक होइन। फरिसीहरू सबैभन्दा समझहीन भएको कुरा यो थियो कि परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुन्थ्यो, तैपनि तिनीहरू यसबारे पूर्णतया अनजान थिए र अझै पनि आफूलाई अत्यन्तै राम्रो र निकै आत्मिक ठान्थे। झूटा अगुवाहरूमा आत्म-चेतनाको यति कमी हुन्छ; तिनीहरू प्रस्ट रूपले कुनै वास्तविक काम गर्न सक्दैनन्, तैपनि आत्मिक भएको नाटक गर्छन्, र पाखण्डी फरिसी बन्छन्। तिनीहरू ठ्याक्कै तिनै मानिसहरू हुन्, जसलाई परमेश्‍वरले तिरस्कार गरेर हटाउनुहुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्