अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (७) खण्ड तीन

ख. कठिनाइहरू सामना गर्दा व्यक्तिसँग हुनुपर्ने सही दृष्टिकोण र मनोवृत्तिहरू

मैले तिमीहरूलाई यहाँ बताउनुपर्ने कुरा अगुवा र कामदारहरूप्रति मात्र नभई, उपस्थित सबैप्रति नै लक्षित छ—यो एउटा सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त हो। तिमीहरूले चाहे जुनसुकै ठाउँमा मण्डलीको काम गरिरहेका, कर्तव्य निर्वाह गरिरहेका, वा सुसमाचार प्रचार गरिरहेका भए पनि चुनौतीहरू सधैँ आउनेछन्। परमेश्‍वरको आफ्नै कामसमेत कठिनाइहरूले गाँजिएको हुन्छ—के तिमीहरू सबैले यो तथ्य याद गरेका छौ? तिमीहरूलाई खास विवरणहरू थाहा नभए पनि वा तिमीहरूले ती स्पष्ट रूपमा नबुझे पनि, तिमीहरू सबै समग्र परिस्थितिबारे अवगत छौ। परमेश्‍वरको सुसमाचार फैलाउनु सहज हुँदैन, र तिमीहरू सबै मानसिक रूपमा तयार हुनुपर्छ र तिमीहरूले यो कुरा बुझ्नुपर्छ। यो स्थापित तथ्य यहाँ प्रस्तुत गरिएको छ, त्यसैले सबैभन्दा उचित, सबैभन्दा मनासिब, अनि सबैभन्दा सही हुन हामीले यी मामलाहरूप्रति कस्तो मनोवृत्ति अपनाउनुपर्छ? के भित्रभित्रै डरपोक र भयभीत हुनु सही हो? (होइन।) डरपोक र भयभीत हुनु सही नभएकाले, के तिमीहरूमा स्वर्ग वा पृथ्वीको डर नमान्‍ने, सारा संसारको शत्रु बन्‍ने, अन्त्यसम्मै सारा संसारको प्रतिरोध गर्ने, र प्रवाह विपरीत जाने मनोवृत्ति र दृष्टिकोण हुनु सही हो त? (होइन।) यो सामान्य मानवताको चेतना हो कि आवेशीपन हो? यी गलत दृष्टिकोणहरू सबै आवेशीपनका प्रतिविम्ब हुन्, साँचो आस्था होइनन्। त्यसोभए कस्ता प्रकारका दृष्टिकोण र मनोवृत्ति सही हुन्? म तिमीहरूका लागि केही सूचिबद्ध गरिदिन्छु। मानिसहरूसँग पहिलो दृष्टिकोण यस्तो हुनुपर्छ: चाहे चीनमा होस् वा विदेशमा, सारा हृदयले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु नै सारा मानवजातिमाझ प्राचीन समयदेखि वर्तमानसम्मको सबैभन्दा न्यायवान् अभियान हो। हाम्रो कर्तव्य निर्वाह खुला र स्पष्ट छ, गुप्त छैन, किनभने हामीले अहिले जे गरिरहेका छौँ, त्यो मानवजातिको सबैभन्दा न्यायवान् अभियान हो। यो “न्यायवान्” ले केलाई जनाउँछ? यसले सत्यता, परमेश्‍वरको इच्छा, सृष्टिकर्ताका प्रबन्ध र आज्ञाहरूलाई जनाउँछ; यसले मानव नैतिकता, नीति र कानुनलाई पूर्ण रूपमा पार गर्छ, र यो सृष्टिकर्ताको अगुवाइ र हेरचाहमा चलाइएको अभियान हो। के यो सबैभन्दा सही दृष्टिकोण होइन र? एक हिसाबले, यो दृष्टिकोण साँच्चै विद्यमान तथ्य हो; अर्को हिसाबले, यो व्यक्तिले पूरा गर्ने कर्तव्यको सबैभन्दा सही मान्यता पनि हो। मानिसहरूसँग दोस्रो दृष्टिकोणचाहिँ यस्तो हुनुपर्छ: परमेश्‍वर यावत् थोक र यावत् घटनाहरूमाथि सार्वभौम हुनुहुन्छ। संसारका शासक र संसारमा भएका कुनै पनि शक्ति, धर्म, सङ्गठन, र जातिलगायत यावत् थोक परमेश्‍वरकै हातद्वारा शासित र नियन्त्रित छन्—कसैको नियति पनि आफ्नै नियन्त्रणमा हुँदैन। हामी कुनै अपवाद होइनौँ; हाम्रो नियति परमेश्‍वरकै हातद्वारा शासित र नियन्त्रित छ, र हामी कहाँ जान्छौँ र कहाँ रहन्छौँ भन्‍ने कुराको दिशा कसैले परिवर्तन गर्न सक्दैन, न त कसैले हाम्रो भविष्य र गन्तव्य नै परिवर्तन गर्न सक्छ। यो ठ्याक्‍कै बाइबलले भनेजस्तै कुरा हो: “राजाको हृदय यहोवाको हातमा छ, पानीका नदीहरूजस्तै: उहाँले जता चाहनुहुन्छ यसलाई उतै फर्काउनुहुन्छ” (हितोपदेश २१:१)। हामी नगण्य मानवहरूको नियति त झन् कति बढी त्यस्तो होला! हामी बस्‍ने देशको शासकको नियम र प्रणाली, साथै यो देशको जिउने वातावरण, चाहे त्यो हामीप्रति त्रासदीपूर्ण होस्, शत्रुवत् होस्, वा मैत्रीपूर्ण होस्—यो सब परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत हुन्छ, र हामीले चिन्ता वा चासो लिनुपर्ने कुनै कुरा छैन। मानिसहरूले राख्नुपर्ने दृष्टिकोण र तिनीहरूसँग हुनुपर्ने सचेतना, साथै तिनीहरूसँग हुनुपर्ने र तिनीहरूले बुझ्नुपर्ने सत्यता यही हो। अनि तेस्रो दृष्टिकोण यस्तो हुनुपर्छ, जुन अवश्यै सबैभन्दा महत्त्वपूर्ण पनि छ: चाहे हामी जहाँ र जुनै देशमा बसौँ, र हाम्रो सामर्थ्य वा क्षमता चाहे जे-जस्तो होस्, हामी नगण्य सृजित प्राणीहरूको भिडको एक हिस्‍सा मात्र हौँ। हामीले पूरा गर्नुपर्ने एक मात्र जिम्मेवारी र कर्तव्य भनेको सृष्टिकर्ताको सार्वभौमिकता, प्रबन्ध र योजनाबद्ध कार्यमा समर्पित हुने हो; यसमा अरू केही पनि छैन, यो त्यति सरल छ। अहिले हामी एउटा स्वतन्त्र देश र स्वतन्त्र वातावरणमा भए पनि, यदि एक दिन परमेश्‍वरले हामीलाई सताउन र हानि गर्न कुनै शत्रुवत् शक्ति खडा गर्नुभयो भने, हामीले कुनै किसिमको गुनासो गर्नु हुँदैन। हामीले किन कुनै गुनासो गर्नु हुँदैन? किनभने हामी लामो समयदेखि तयार रहेका छौँ; हाम्रो दायित्व, जिम्मेवारी र कर्तव्य भनेको परमेश्‍वरले गर्नुहुने सबथोकमा, परमेश्‍वरले योजनाबद्ध गर्नुहुने सबथोकमा समर्पित हुनु हो। के यो समर्पण सत्यता हो? के यो मानिसहरूमा हुनुपर्ने मनोवृत्ति हो? (हो।) यदि कुनै दिन, सारा मानवजाति र सम्पूर्ण वातावरण हामी विरुद्ध भए, र हामीले मृत्यु सामना गर्‍यौँ भने, के हामीले गुनासो गर्नुपर्छ? (गर्नु हुँदैन।) कतिले भन्छन्, “के हामीले अबउप्रान्त शैतानको क्रूर सतावटको कष्ट भोग्नु नपरोस् भनेर नै परमेश्‍वरले हामीलाई विदेश डोर्‍याउनुभएको होइन र? के त्यो हामीले स्वतन्त्र रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न र स्वतन्त्रताको सास फेर्न सकौँ भनेर नै गरिएको थिएन र? त्यसोभए परमेश्‍वरले किन अझै पनि हामीले मृत्यु सामना गरौँ भन्‍ने अभिप्राय राख्नुहुन्छ?” यी शब्दहरू सही छैनन्। परमेश्‍वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूमा समर्पित हुनु एउटा मनोवृत्ति हो, यो परमेश्‍वरप्रति, परमेश्‍वरको सार्वभौमिकताप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्ति हो। यो एउटा सृजित प्राणीमा हुनुपर्ने मनोवृत्ति हो।

मानिसहरूले थाहा पाउनुपर्ने अर्को अत्यन्तै महत्त्वपूर्ण कुरा छ: विदेशमा तुलनात्मक रूपमा स्थिरता र स्वतन्त्रता भए पनि, ठूलो रातो अजिङ्गरबाट बारम्बार हुने सतावटबाट जोगिन कठिन नै हुन्छ। ठूलो रातो अजिङ्गरको सतावट भोग्दा, कति मानिसहरू चिन्तित भएर यसो भन्छन्: “ठूलो रातो अजिङ्गरको शक्ति अत्यन्तै ठूलो छ। त्यसले आफ्नो निम्ति सेवा प्रदान गराउन र आफ्नो तर्फबाट काम गराउन संसारभरका महत्त्वपूर्ण व्यक्तित्वहरूलाई पैसा खुवाउन सक्छ। त्यसकारण, हामी विदेश भागे पनि अझै खतरा र आसन्‍न जोखिममै हुन्छौँ! हामी के नै गर्न सक्छौँ र?” हरेक पटक यी समाचारहरू सुन्दा, कति मानिसहरू चिन्तित र भयभीत बन्छन्, अनि सम्झौता गर्न र भाग्न चाहन्छन्, तिनीहरूलाई कहाँ लुक्ने भन्‍ने नै थाहा हुँदैन। जबजब यस्तो हुन्छ, तब कतिले सोच्छन्, “संसार कति विशाल छ, तैपनि मेरा लागि कुनै ठाउँ छैन! ठूलो रातो अजिङ्गरको शक्तिअन्तर्गत, म त्यसको सतावट भोग्छु, अनि त्यसको अख्तियारको दायराभन्दा बाहिरसमेत, मलाई किन त्यसले अझै पनि बाधा दिन्छ? ठूलो रातो अजिङ्गरको शक्ति अत्यन्तै ठूलो छ; म संसारको अन्त्यसम्म भागे पनि अझै किन त्यसले मलाई भेट्टाउन सक्छ?” मानिसहरूले भयभीत हुने र के गर्ने भनेर अनिश्‍चित हुनेबाहेक अरू केही गर्न सक्दैनन्। के यो आस्था हुनुको प्रकटीकरण हो? यहाँ के समस्या छ? (परमेश्‍वरमाथिको आस्थाको अभाव।) के यो परमेश्‍वरमाथिको आस्थाको अभाव मात्र हो त? के तिमीहरूले भित्रैदेखि तिमीहरू अरूभन्दा कम छौ भन्‍ने महसुस गर्छौ? के तिमीहरू सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्दा र मण्डलीमा कर्तव्य निर्वाह गर्दा, चोरजस्तो अलिक गोप्य महसुस गर्छौ? के तिमीहरू धार्मिक संसारमा रहेकाहरूभन्दा अलिक नीचो महसुस गर्छौ? “तिनीहरूको शक्ति हेर त; तिनीहरूसँग आधिकारिक पाष्टर र राज्यद्वारा मान्यताप्राप्त भव्य गिर्जाघरहरू छन्, ती अत्यन्तै विलासी छन्! तिनीहरूसँग विभिन्‍न देशमा गायन समूह र व्यवसायहरू छन्। तर हामीलाई हेर त, हामी जहाँ गए पनि सधैँ हेपिन्छौँ, बहिष्कृत हुन्छौँ—हामी किन तिनीहरूभन्दा फरक छौँ? हामी जहाँ गए पनि यसबारे किन खुलस्त हुन सक्दैनौँ? हामीले किन यति दुःखदायी जीवन जिउनुपर्ने? विशेषगरी, अनलाइनमा अति धेरै नकारात्मक प्रचारबाजी हुन्छ। अरू मण्डलीहरूले यो किन सहँदैनन्, हामीले नै किन जहिल्यै यी कुराहरूको कष्ट भोग्नुपर्ने? अरू विश्‍वासीहरू जहाँ गए पनि इसाई धर्ममाथिको आफ्नो आस्था खुला रूपमा उद्घोष गर्छन्, तर हामी सर्वशक्तिमान् परमेश्‍वरका विश्‍वासीहरू खुला रूपमा बोल्ने पनि आँट गर्दैनौँ, र खराब मानिसहरूले उजुरी गरिदेलान् र हामी पक्राउ परौँला भनी डराइरहन्छौँ।” हालै, मैले सुनेँ कि सरकारी अधिकारी हुँ भनेर दाबी गर्ने एउटा व्यक्तिले केही दाजुभाइ-दिदीबहिनीहरूलाई केही प्रश्‍नहरू सोधेछ। एउटा अधिकारीले आफूहरूलाई प्रश्‍न गरिरहेको देखेर, तिनीहरू भयभीत भए र तिनीहरूले आफूलाई थाहा भएको सबै कुरा खोलिदिए, जेसुकै सोधिए पनि जबाफ दिए। तिनीहरूले यसरी व्यवहार गर्नुमा के समस्या थियो? तँ परमेश्‍वरको विश्‍वासी होस्—तँ अधिकारीहरूसँग किन डराउनुपर्‍यो? यदि तैँले कुनै पनि गैरकानुनी कार्य गरेको छैनस् भने, डराउनु आवश्यक नै छैन। यदि तँसँग सत्यता छ भने, दियाबलस र शैतानहरूसँग किन डराउनुपर्‍यो? के तँलाई परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग होइन जस्तो लाग्छ? के तँलाई आफूले केही गैरकानुनी कार्य गरेजस्तो महसुस हुन्छ? त्यसोभए तँ एउटा अधिकारीसँग किन डराउँछस्? के त्यस्ता मानिसहरू मूर्ख र अज्ञानी होइनन् र? कति मानिसहरूले मूलभूमिमा धेरै खेदो र सतावट भोगे; विदेश आएपछि, के तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेकोमा दोषी महसुस गर्छन्? के तिनीहरू ठूलो रातो अजिङ्गरको सतावटका कारण अपमानित महसुस गर्छन्? के तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेर कर्तव्य निर्वाह गर्नका लागि विदेश भाग्न बाध्य भएकोमा आफ्ना पुर्खासामु पर्न लज्जित र बेइज्‍जत भएको महसुस गर्छन्? के तिनीहरूले शैतानी शासन र धार्मिक संसारले परमेश्‍वर र मण्डलीलाई शत्रुवत् व्यवहार गरेको देखेर निकृष्ट, र सायद अपराध गरेभन्दा बढी कलङ्कित महसुस गर्छन्? के तिमीहरूमा यी भावनाहरू छन्? (छैनन्।) तिमीहरूले यी सोच र भावनाहरू खेलाउन नचाहेर, सतही रूपमा होइन भन्दै आफ्नो टाउको हल्लाउँछौ होला, तर वास्तविक अवस्था सामना गर्नुपर्दा, व्यक्तिको मानसिकता, उसको व्यवहार, र उसले अचेतन रूपमा चाल्ने कदमहरूले अपरिहार्य रूपमै उसको हृदयका सबैभन्दा गहिरा, र लुकेका पक्षहरू खुलासा गरिदिन्छन्। यहाँ के भइरहेको छ? यदि तँसँग यी कुराहरू छैनन् भने, तँ किन डराउँछस्? के कानुन नतोडेको व्यक्ति प्रहरीसँग डराउँछ? के ऊ न्यायाधीशसँग डराउँछ? डराउँदैन। जसले कानुन तोडेका छन् तिनीहरू मात्र प्रहरीसँग सबैभन्दा बढी डराउँछन्, र चिनियाँहरू, जसलाई प्रहरीको दमनमा पर्ने बानी परिसकेको छ, तिनीहरू मात्र प्रहरीसँग सबैभन्दा बढी डराउँछन् किनभने चिनियाँ कम्युनिस्ट पार्टीको प्रहरी कानुनहीन छन् र जे मन लाग्यो त्यही गर्छन्। त्यसकारण, जब चिनियाँ मानिसहरू पहिलो पटक विदेश आइपुग्छन्, तिनीहरू प्रहरी देख्दै त्रसित हुन्छन्। यो ठुलो रातो अजिङ्गरको शासनले सन्त्रस्त पारिनुको नतिजा हो, यो तिनीहरूको अवचेतनमै प्रकट हुने कुरा हो। पश्‍चिमा देशहरूमा, तेरो स्थिति वैधानिक हुन्छ, तँसँग आवासीय अधिकार हुन्छ, तैँले कुनै पनि कानुन उल्लङ्घन गरेको हुँदैनस्, न त तैँले सरकारको विरोध नै गरेको हुन्छस्, र तैँले कुनै पनि अपराध गरेको हुँदैनस्। धार्मिक समुदायमा तेरो आस्थाले चाहे जति धेरै विवाद मच्चाए पनि एउटा तथ्य निश्‍चित रहन्छ: तेरो आस्था कानुनी रूपमा सुरक्षित हुन्छ, त्यो वैधानिक र स्वतन्त्र हुन्छ, र यो तेरो वैध मानव अधिकार हो। तैँले कुनै किसिमको कानुन उल्लङ्घन गरेको छैनस्, अनि यदि कसैले प्रहरी अधिकारी भएको दाबी गर्छ र “के तिमी सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छौ? तिम्रो परिचयपत्र देखाऊ! तिमी कहाँबाट आएका हौ? तिमी कति वर्षको भयौ? तिमी विश्‍वासी बनेको कति वर्ष भयो? तिमी कहाँ बस्छौ? तिम्रो ठेगाना बताऊ त!” भनेर तँलाई सोध्छ भने, तैँले कस्तो प्रतिक्रिया दिनेथिइस्? “के तिमी सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छौ?” भन्‍ने पहिलो प्रश्‍नमा तैँले के जबाफ दिनेथिइस्? (गर्छु।) तैँले किन “गर्छु” भन्‍नेथिइस्? के यो तथ्यमा आधारित छ? कि यो तँलाई सोधिएको खण्डमा, नागरिकका रूपमा तैँले “गर्छु” भन्‍नैपर्ने तेरो जिम्मेवारी हो? कि तँलाई परमेश्‍वरले “गर्छु” भन्‍न निर्देशन दिनुभएको हो? तिमीहरूको आधार के हो? तिनीहरूले “तिम्रो परिचयपत्र देखाऊ!” भनेर भनेको दोस्रो कुराका हकमा, के तिमीहरूले त्यो देखाउनेथियौ? (अहँ।) अनि तेस्रो प्रश्न: “तिमी कहाँ बस्छौ? आफ्नो ठेगाना लेख।” के तैँले त्यो लेखिदिनेथिइस्? (अहँ।) चौथो प्रश्‍न छ: “तिमीले परमेश्‍वरमा विश्‍वास गरेको कति वर्ष भयो? तिमीलाई आस्थामा कसले परिचय गरायो? तिमी किन विश्‍वास गर्छौ? तिमी विदेशमा बसेको कति वर्ष भयो?” के तैँले यी प्रश्नहरूको जबाफ दिनेथिइस्? (दिनेथिइन।) पाँचौँ प्रश्‍न छ: “तिमी यहाँ के कर्तव्य निर्वाह गरिरहेका छौ? तिम्रो अगुवा को हो?” के तैँले यसको जबाफ दिनेथिइस्? (अहँ।) किन नि? (म तिनीहरूलाई भन्‍न बाध्य हुँदिनँ।) त्यसोभए पहिलो प्रश्‍नमै फर्किँऔँ: के तिमी सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छौ भनेर सोधियो भने, “गर्छु” भन्‍नेथ्यौँ भनेर तिमीहरू सबैले एकमत जाहेर गर्‍यौ। के यसरी उत्तर दिनु ठीक हो? (होइन।) त्यो किन बेठीक हो? (किनभने आस्था भनेको व्यक्तिगत स्वतन्त्रताको कुरा हो। त्यसमा प्रहरीलाई हस्तक्षेप गर्ने अधिकार हुँदैन। त्यसकारण, मसँग तिनीहरूलाई नबताउने अधिकार छ।) त्यसोभए तैँले तिनीहरूलाई किन बताउनेथिइनस्? (किनभने सुरुमा म तिनीहरूले किन मलाई प्रश्‍न सोधिरहेका छन्, कुन हैसियतले प्रश्‍न गरिरहेका छन्, र तिनीहरूको सोधपुछ वैधानिक छ कि छैन भनेर स्पष्ट हुनुपर्छ। यदि तिनीहरूको उद्देश्य र पहिचान अस्पष्ट छ भने, म तिनीहरूको प्रश्‍नको उत्तर दिन बाध्य हुँदिनँ।) यो भनाइ सही हो। सुरुमा, तिमीहरू सबैले “गर्छु” भनेर जबाफ दिनेथ्यौँ भनेर भन्यौ, तर मैले सोध्दै जाँदा, तिमीहरूलाई यसमा केही गडबड छ भन्‍ने लाग्‍न थाल्यो, र तिमीहरूले आफ्नो जबाफ गलत रहेको महसुस गर्‍यौ। के तिमीहरूले समस्या कहाँनेर थियो भनेर पहिचान गर्‍यौ त? यस मामलामा, तिमीहरूमा यस्तो बुझाइ हुनुपर्छ: हामीले परमेश्‍वरमा विश्‍वास गरेर कुनै पनि कानुन उल्लङ्घन गरेका छैनौँ, हामी अपराधी होइनौँ, हामीसँग हाम्रा मानव अधिकार र स्वतन्त्रता छन्। जो कोहीले हामीलाई मनपरी सोधपुछ गर्न र प्रश्‍न सोध्न मिल्दैन। हामीलाई जसले प्रश्‍न सोधे पनि हामीले साँचो जबाफ दिनुपर्छ भन्‍ने हुँदैन, हामी त्यसो गर्न बाध्य छैनौँ। के यी शब्दहरू सही छन्? (छन्।) चाहे जोसुकै होस्, कसैले हामीलाई स्वेच्छाचारी रूपमा सोधपुछ गर्नु गैरकानुनी कुरा हो; हामीले कानुन बुझ्नु र आफ्नो सुरक्षा गर्न कानुन कसरी प्रयोग गर्ने भनी जान्‍नु जरुरी छ। परमेश्‍वरका चुनिएका मानिसहरूमा हुनुपर्ने बुद्धि यही हो। त्यसोभए, तैँले भविष्यमा त्यस्तो अवस्था सामना गरिस् भने के गर्नेछस्? यदि कसैले तँलाई के तिमी सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छौ भनेर सोध्यो भने, तैँले के जबाफ दिनेछस्, त्यसलाई कसरी सम्हाल्नेछस्? तैँले सुरुमै “तिमी को हौ? तिमीले कुन अधिकारले मलाई यो सोधिरहेका छौ? के म तिमीलाई चिन्छु?” भनेर भन्‍नुपर्छ। यदि तिनीहरूले आफू कुनै सरकारी निकायका कर्मचारी भएको भनेमा, तैँले तिनीहरूलाई प्रमाणपत्र देखाउन भन्‍नुपर्छ। यदि तिनीहरूले प्रमाणपत्र देखाएनन् भने, तैँले “तिमी मसँग कुरा गर्न योग्य छैनौ, र म तिमीलाई उत्तर दिन बाध्य छैनँ। सरकारी कर्मचारीहरू धेरै छन्; के मैले तिनीहरू सबैलाई उत्तर दिनुपर्छ र? सरकारले मानिसहरूलाई निश्‍चित कार्यहरू सम्हाल्न तोकेको हुन्छ—के तिमी साँच्चै यो मामलाको प्रभारी हौ? यदि तिमी हौ भने पनि, मैले कानुन तोडेको छैनँ, त्यसैले मैले किन तिमीलाई उत्तर दिनुपर्‍यो? मैले किन तिमीलाई सबथोक भन्‍नुपर्‍यो? यदि तिमीलाई मैले केही गल्ती गरेको र कानुन तोडेको छु भन्‍ने लाग्छ भने, तिमी प्रमाण देखाउन सक्छौ। तर यदि तिमी मैले तिम्रो कुनै पनि प्रश्‍नको उत्तर दिऊँ भन्ने चाहन्छौ भने, गएर मेरो वकिलसँग कुरा गर। म तिमीलाई उत्तर दिन बाध्य छैनँ, र तिमीसँग प्रश्‍न सोध्ने अधिकार छैन।” जबाफ दिने यो विधि कस्तो छ? के यसले मर्यादा प्रदर्शन गर्छ? (गर्छ।) त्यसोभए तिमीहरूको जबाफले चाहिँ के देखायो? के त्यसले मर्यादा प्रदर्शन गर्‍यो? (गरेन।) तिमीहरूको तरिकाले जबाफ दिनुले कानुनको अज्ञानता देखाउँछ। तँ त अरूले जे सोधे पनि खुरुक्क उत्तर दिन्छस्, अनि अन्त्यमा के हुन्छ? तँ यहूदा बन्छस्। तिमीहरूले जथाभाबी उत्तर दिन सक्छौ, र त्यसको कारण यस्तो छ: ठूलो रातो अजिङ्गरको देशका मानिसहरूमा परमेश्‍वरका विश्‍वासीहरू अज्ञानी, निम्नवर्गीय, र राज्यद्वारा सताइएका हुन्छन्, र तिनीहरूले यो देशमा मानवअधिकार र मर्यादाबिना जिउनुपर्छ भन्‍ने सोचको बीजारोपण गरिएको र तिनीहरूको मगज धुलाइ गरिएको हुन्छ; त्यसकारण, विश्‍वासीहरूले आफूलाई तल्लो हैसियतमा झार्छन्। पश्‍चिमा देशहरूमा आएपछि, तिनीहरूले मानवअधिकारहरू भनेका के हुन्, मर्यादा भनेको के हो, वा नागरिकका दायित्वहरू के-के हुन् भन्‍ने जस्ता कुरा बुझ्दैनन्। त्यसैले, कसैले के तिमी परमेश्‍वरमा विश्‍वास गर्छौ भनेर सोध्दा, तँ डराएर हतारहतार स्विकार्छस्, र तिनीहरूलाई आफूलाई थाहा भएको सबथोक बताउँछस् र कद बिलकुलै देखाउँदैनस्। यो सब कसको कारण भएको हो? यो ठूलो रातो अजिङ्गरको बीजारोपण र शासनको कारण भएको हो। मूलभूमिमा रहेका सबैको अवचेतनको गहिराइमा, एक पटक परमेश्‍वरमा विश्‍वास गरेपछि, तैँले समाजमा र मानवजातिमाझ सबैभन्दा तल्लो हैसियत ओगट्छस्, र तँ समाज र मानवजातिबाट अलग हुन्छस् भन्‍ने विचार हुन्छ। तसर्थ, यी मानिसहरूमा मर्यादा, मानव अधिकार, र आफ्नो सुरक्षा गर्ने सचेतनाको अभाव हुन्छ; तिनीहरू मूर्ख र अज्ञानी हुन्छन् र तिनीहरूमा अन्तर्ज्ञान हुँदैन, जसले गर्दा अरूले तिनीहरूलाई मनपरी हेप्ने र आफूअनुकूल प्रयोग गर्ने गर्छन्। तिमीहरूको मनस्थिति यही हो। तँ परमेश्‍वरको गवाहीमा दृढ हुनु त परै जाओस्, तैँले कुनै पनि क्षण उहाँलाई घात गर्छस्, र तँ कुनै पनि क्षण यहूदा बन्छस्। त्यसोभए, तैँले मर्यादाका साथ कसरी व्यवहार गर्न सक्छस्? तैँले आफूलाई प्रश्‍न सोध्ने अपरिचित व्यक्तिलाई कसरी सामना गर्नुपर्छ? सुरुमा, तिमी को हौ भनेर सोध्, र त्यसपछि प्रमाणपत्र देखाउन भन्। यो नै उचित कानुनी प्रक्रिया हो। पश्‍चिमा देशहरूमा, प्रहरी वा अरू कुनै सरकारी कर्मचारीले सरकारको तर्फबाट काम गर्ने प्रतिनिधिका रूपमा जनसाधारणसँग अन्तरक्रिया गर्दा, सुरुमा सधैँ आफ्नो प्रमाणपत्र प्रस्तुत गर्छन्। प्रमाणपत्रका आधारमा तिनीहरूको पहिचान पुष्टि गरेपछि, तैँले तिनीहरूका प्रश्‍नहरूलाई कस्तो जबाफ दिने वा तिनीहरूले तँबाट गरेका मागहरू कसरी सम्बोधन गर्ने भनेर निर्णय गर्छस्। अवश्य नै, यस मामलामा तँसँग छनोटहरू गर्ने ठाउँ निश्‍चय नै हुन्छ, र तँसँग पूर्ण स्वायत्तता छ, तँ कुनै कठपुतली होइनस्। तँ चिनियाँ नागरिक र सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको सदस्य भए पनि, तँ आफू बसेको देशको वैधानिक र मान्यताप्राप्त सदस्य पनि होस। तँसँग स्वायत्तता छ भन्‍ने कुरा नबिर्सी; तँ कुनै पनि देशको दास वा कैदी होइनस्, तँ त्यो देशको कानुन, मानव अधिकार, र प्रणालीहरू उपभोग गर्न सक्ने व्यक्ति होस्।

मैले गरेको सङ्गतिको विषयवस्तुका आधारमा, तिमीहरूले अचानक आउने वातावरण र अप्रत्याशित घटनाहरू कसरी सामना गर्नुपर्छ? यो हामीले सङ्गति गर्न गइरहेको चौथो बुँदा हो—डरपोक नहुनू। कति मानिसहरूले सोध्छन्, “के डरपोक नहुनु भनेको मूर्खतापूर्वक हिम्मत देखाउनु मात्र हो?” होइन, डरपोक नहुनु भनेको कुनै पनि शक्तिसँग नडराउनु हो, किनभने हामी अपराधी होइनौँ, हामी दास होइनौँ; हामी त परमेश्‍वरका चुनिएका मर्यादित मानिसहरू हौँ, सृष्टिकर्ताको सार्वभौमिकतामा रहेका मर्यादित सृजित मानवहरू हौँ। तैँले यो मामला सामना गर्दा, सर्वप्रथम, डरपोक नहो; साथै, सक्रिय रूपमा आफ्नो कर्तव्य र आफूले कर्तव्य निर्वाह गर्ने वातावरण कायम जोगाइराख्, साथै विभिन्न वातावरण र हामीतर्फ लक्षित भनाइहरू, कार्यहरू, र विभिन्न शक्तिहरूका अरू कुराहरूलाई पनि सक्रिय मनोवृत्तिसाथ सामना गर्‌। ती सक्रिय रूपमा सामना गर्नु र डरपोक नहुनु—तिमीहरूलाई यो मनोवृत्ति कस्तो लाग्छ? (यो राम्रो छ।) यसरी जिउनु भनेको व्यक्तिझैँ मर्यादित रूपले जिउनु हो; यो केवल गुजारा गर्नका लागि अपमानजनक तरिकाले जिउनु होइन। हामी कर्तव्य निर्वाह गर्न विदेश आउँछौँ, आफ्नो पेट भर्न वा गुजारा गर्न होइन; हामीले कुनै कानुन तोडेका छैनौँ, कुनै पनि देशलाई समस्या सृजना गरेका छैनौँ, र हामी निश्‍चय नै कुनै देशको दास होइनौँ। हामी परमेश्‍वरको घरभित्रै रहेर सृजित प्राणीको कर्तव्य निर्वाह गरिरहेका छौँ; हामी आफ्नो सहारा आफै हुन्छौँ, अरूमा निर्भर हुँदैनौँ; यो पूर्ण रूपमा वैधानिक हो।

हामीले भर्खर छलफल गरेका चार बुँदाहरूमध्ये, प्रत्येक बुँदा नै अत्यन्तै महत्त्वपूर्ण छ। पहिलो बुँदा के थियो? (चाहे चीनमा होस् वा विदेशमा, सारा हृदयले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु नै सारा मानवजातिमाझ प्राचीन समयदेखि वर्तमानसम्मको सबैभन्दा न्यायवान् अभियान हो। हाम्रो कर्तव्य निर्वाह खुला र स्पष्ट छ, गुप्त छैन, किनभने हामीले अहिले जे गरिरहेका छौँ, त्यो मानवजातिको सबैभन्दा न्यायवान् अभियान हो।) अनि दोस्रो? (परमेश्‍वर यावत् थोक र यावत् घटनाहरूमाथि सार्वभौम हुनुहुन्छ। संसारका शासक र संसारको कुनै पनि शक्तिलगायत सबथोक परमेश्‍वरकै हातद्वारा शासित र नियन्त्रित छन्—कसैको नियति पनि उसको आफ्नै नियन्त्रणमा हुँदैन। हामी कुनै अपवाद होइनौँ; हाम्रो नियति परमेश्‍वरकै हातद्वारा शासित र नियन्त्रित छ, र हामी कहाँ जान्छौँ र कहाँ रहन्छौँ भन्ने कुरा कसैले परिवर्तन गर्न सक्दैन, न त कसैले हाम्रो भविष्य र गन्तव्य नै परिवर्तन गर्न सक्छ। हामी बस्‍ने देशको शासकको शासन र प्रणाली कस्तो छ, यो देशको जिउने वातावरण कस्तो छ, हामीप्रति ती त्रासदीपूर्ण, र शत्रुवत् छन्, कि मैत्रीपूर्ण छन्—यो सब परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत हुन्छ, र हामीले चिन्ता वा चासो लिनुपर्ने कुनै कुरा छैन।) तेस्रो बुँदा के हो? (चाहे हामी जहाँ भए पनि, र हाम्रो सामर्थ्य वा क्षमता जे-जस्तो भए पनि, हामी नगण्य सृजित प्राणीहरूको भिडको एउटा हिस्‍सा मात्र हौँ। हामीले पूरा गर्नुपर्ने एक मात्र जिम्मेवारी र कर्तव्य भनेको सृष्टिकर्ताको सार्वभौमिकता, प्रबन्ध र योजनाबद्ध कार्यहरूमा समर्पित हुने मात्र हो; हामी अहिले एउटा स्वतन्त्र देशमा भए पनि, यदि एक दिन परमेश्‍वरले हामीलाई सताउन र हानि गर्न शत्रुवत् शक्ति उठाउनुभयो भने, हामीले कुनै किसिमको गुनासो गर्नु हुँदैन। किनभने हाम्रो दायित्व, जिम्मेवारी, र कर्तव्य भनेको परमेश्‍वरले गर्नुहुने सबथोकमा, परमेश्‍वरले योजनाबद्ध गर्नुहुने सबथोकमा समर्पित हुनु हो।) चौथो बुँदा भनेको सबै बाहिरी मानिस, घटना र कामकुराहरूलाई डरपोक नभई सक्रिय रूपमा सामना गर्नु हो। यी चार बुँदाहरू भनेका कर्तव्य निर्वाह गर्ने सबैसँग हुनुपर्ने मनोवृत्ति र बुझाइहरू हुन्, र ती कर्तव्य निर्वाह गर्ने सबैले बुझ्नुपर्ने सत्यता पनि हुन्। यी चार बुँदाहरू आज सङ्गति गरिएको अगुवा र कामदारहरूको आठौँ जिम्मेवारीसँग त्यति सम्बन्धित नभए पनि, हामी कामका कठिनाइहरूबारे कुरा गरिरहेकाले, हामीले यी मामलाहरूलाई छुनैपर्छ; यो व्यर्थमा गरिएको होइन।

ग. कठिनाइहरू सामना गर्दा अगुवा र कामदारहरूले अभ्यास गर्नुपर्ने सिद्धान्तहरू

कति अगुवा र कामदारहरूले बाहिरी मामलाहरूमा सम्हाल्न निकै कठिन हुने समस्याहरू सामना गर्छन् र तिनीहरू असमञ्जसमा पर्छन्, र तिनीहरूले समस्याको जड छर्लङ्ग देख्न सक्दैनन्, न त तिनीहरूलाई त्यो कसरी सामना गर्ने भन्ने नै थाहा हुन्छ। तिनीहरूले त्यसलाई बेवास्ता गरिदिन्छन्, र फलस्वरूप उक्त मामलामा ढिलाइ हुन्छ। यो कस्तो समस्या हो? यो झुटा अगुवाहरूले काम गर्न नसक्नु अनि ढिलाइ मात्र सृजना गर्नु हो। झुटा अगुवाहरूमा सामान्य व्यक्तिको समझ हुँदैन; तिनीहरूले समस्याहरू सम्हाल्न सक्दैनन् भने, तिनीहरूले माथिलाई किन रिपोर्ट गर्दैनन्? यदि तैँले कुनै समस्या माथिलाई रिपोर्ट गरिस् भने, हामीले मिलेर त्यसको सामना गर्न सक्छौँ, अनि अन्ततः समस्या समाधान हुनेछ। तिमीहरूले छर्लङ्ग देख्न नसक्ने केही कुरा हुन्छन्; म तिमीहरूलाई ती विश्‍लेषण गर्न मद्दत गर्नेछु। हामीले कानुन वा सरकारी प्रावधानहरू तोडेनौँ भने, कुनै पनि समस्या पार पाउनै नसकिने गरी ठूलो हुँदैन। सत्यता सिद्धान्तहरू संलग्‍न समस्याहरू हामी आफै समाधान गर्छौँ; कानुन संलग्‍न समस्याहरूका हकमा, हामी मद्दतका लागि कानुनी परामर्श खोज्न र कानुनी माध्यमबाट ती समाधान गर्न सक्छौँ। परमेश्‍वरको घरका काममा चाहे जुनै दुष्ट शक्तिले जानीजानी बाधा दिए पनि र क्षति पुऱ्याए पनि, एउटा कुरा याद राख्: हामीले कानुन तोडेनौँ वा सरकारी प्रावधानहरू उल्लङ्घन गरेनौँ भने, हामीलाई कसैले केही गर्न सक्दैन। किनभने धेरैजसो विदेशी राष्ट्रहरू लोकतान्त्रिक छन् र कानुनद्वारा चल्छन्; दुष्ट शक्तिहरूले कानुनविरुद्ध कार्य गर्ने भए पनि, तिनीहरू पनि खुलासा र कानुनी कारबाहीसँग डराउँछन्। यो तथ्य हो। ठुलो रातो अजिङ्गरका दुष्ट हातहरूले परमेश्‍वरको घरको कामलाई जति बाधा दिए पनि र क्षति पुऱ्याए पनि, वा हाम्रो सामान्य जीवनलाई हैरान पारे पनि, वा कसैलाई पैसा दिएर खराब काम गराए पनि, हामीले फोटोहरू खिच्न र प्रामाणिक भिडियोहरू बनाउन, गम्भीरतापूर्वक सही अभिलेखहरू राख्न, साथै समय, स्थान र संलग्न मानिसहरूको नाम स्पष्टसित लेखेर राख्न जरुरी हुन्छ। सही समय आएपछि, हामी त्यसलाई कानुनी माध्यममार्फत समाधान गर्नेछौँ, र हामीले त्यसको डर मान्नु आवश्यक हुँदैन। ठुलो रातो अजिङ्गरको दमन जति नै उन्मत्त भए पनि, हामी त्योसँग डराउँदैनौँ किनभने परमेश्‍वर हाम्रो सहारा हुनुहुन्छ, र एक दिन परमेश्‍वरले त्यसलाई नष्ट गर्न विपत्तिहरू पठाउनुहुनेछ, परमेश्‍वरले त्यसविरुद्ध सिधै प्रतिशोध लिनुहुनेछ, र हामीले केही पनि गर्नु पर्दैन। कहिलेकाहीँ तिमीहरूले केही समस्याहरू छर्लङ्ग देख्न सक्दैनौ; त्यो अवस्थामा, तिमीहरूले त्यसबारे तुरुन्तै माथि रिपोर्ट गर्नुपर्छ, अनि माथिले तँलाई मार्ग देखाउनेछ, जसले गर्दा ठूला समस्याहरू साना हुनेछन् र साना समस्याहरू समाधान हुनेछन्। वास्तवमा, तिमीहरूले धेरै समस्याहरू विश्‍लेषण जान्दैनौ र तिनको सार छर्लङ्ग देख्न सक्दैनौ, अनि परिस्थिति महत्त्वपूर्ण र गम्भीर छ भन्ठान्छौ, तर माथिको विश्‍लेषणपछि, तिमीहरूले त्यो मूलतः केही पनि होइन रहेछ भनेर महसुस गर्नेछौ; त्यो कुनै डर मान्नुपर्ने वा महत्त्वपूर्ण कुरा होइन—केवल अहस्तक्षेपकारी शैली अपनाओ, अनि केही समयपछि समस्या आफै समाधान हुनेछ। दुष्ट शक्तिका बाधाहरूले ठुलो हलचल मच्चाउन सक्दैनन्; तिनीहरू सार्वजनिक रूपमा खुलासा भइन्छ भनेर सबैभन्दा बढी डराउँछन्, त्यसैले तिनीहरूले सीमा नाघ्ने आँट गर्दैनन्। यदि मुट्ठीभर मूर्खहरूले सीमा नाघ्ने दुस्साहस गर्छन् भने, हामी त्यसलाई कानुनी उपाय अपनाएर, वैधानिक रूपमा समाधान गर्न सक्छौँ। यो सबै अगुवा र कामदारहरूले छर्लङ्गै देख्नुपर्ने कुरा हो। तैँले जे-जस्तो अवस्था सामना गरे पनि, तैँले बिलकुलै भ्रमित वा मूर्ख जस्तो व्यवहार हुँदैन। यदि तैँले कुनै अवस्थालाई छर्लङ्गै देख्न वा सम्हाल्न सक्दैनस् भने, तैँले तुरुन्तै त्यसबारे माथितिर रिपोर्ट गर्नुपर्छ र माथिलाई तँलाई सल्लाह र रणनीतिहरू प्रदान गर्न दिनुपर्छ। एकमात्र साँचो डर भनेको झुटा अगुवाहरूले समस्याहरू छर्लङ्गै देख्न वा सम्हाल्न सक्दैनन्, तैपनि त्यसबारे माथि रिपोर्ट गर्ने वा जानकारी दिने गर्दैनन्; तिनीहरू अवस्था बिग्रेर त्यसले काममा ढिलाइ नगरेसम्म माथि रिपोर्ट नगरी बस्छन्, जसले गर्दा समस्या सम्हाल्ने सर्वोत्तम अवसर गुम्‍ने सम्भावना हुन्छ। यो त क्यान्सर लागेको तर समयमा नजाँच्ने वा त्यसको उपचार नगर्ने व्यक्तिजस्तै हो, जो क्यान्सरको अन्तिम चरणमा मात्र उपचार गराउन अस्पताल जान्छ, तर त्यतिन्जेल निकै ढिलो भइसकेको हुन्छ र ऊसँग मृत्यु पर्खेर बस्नुको विकल्प हुँदैन। तसर्थ, झुटा अगुवाहरूले आफ्नो कामका मामलाहरूमा ढिलाइ गर्ने सबैभन्दा बढी सम्भावना हुन्छ। झुटा अगुवाहरू मानसिक रूपमा असक्त हुन्छन्, तिनीहरू दुर्जन हुन्छन्, न त जिम्मेवार हुन्छन् न परमेश्‍वरको घरको कामको परिपालन नै गर्छन्। झुटा अगुवाहरू फोहोरी, विनाशका अग्रदूत र सबैभन्दा समझ नभएका मूर्ख हुन् भनेर किन भनिन्छ? कारण त्यही हो। बाहिरी मामलाहरूसमेत सम्हाल्न नसक्ने यस्तो कमजोर क्षमता भएको कुनै पनि झुटो अगुवालाई फेरि कहिल्यै प्रयोग नगर्ने गरी तुरुन्तै बर्खास्त गर्नु र हटाउनुपर्छ, ताकि परमेश्‍वरको घरका काममा थप ढिलाइ नहोस्। झुटा अगुवाहरूको काम सबैभन्दा बढी अवरोधकारी हुन्छ। प्रायः कुनै समस्या उत्पन्न हुँदा, सबैसँग समयमै परामर्श गरेर त्यसलाई समाधान गर्न सकिन्छ; एकमात्र चिन्ता के हो भने, प्रभारी झुटो अगुवा मानसिक रूपमा असक्त हुन्छ, ऊ त्यो समस्या आफै समाधान गर्न असक्षम हुन्छ र पनि उसले निर्णयकर्ता समूहसँग त्यसबारे छलफल गर्ने वा माथिलाई रिपोर्ट गर्ने गर्दैन, र उसले समस्यालाई बेवास्ता गर्ने, ढाकछोप गर्ने र दबाउने मनोवृत्ति अपनाउँछ—मामलाहरूमा सबैभन्दा बढी ढिलाइ गराउने यसैले हो। यदि मामलामा ढिलाइ गरियो र परिस्थितिहरू परिवर्तन भए भने, त्यसले समस्या सम्हाल्ने पहल गुम्‍ने स्थितिमा पुऱ्याउन सक्छ, अवस्था निष्क्रिय बन्न सक्छ। यसले के प्रमाणित गर्छ? कतिपय कुरामा ढिलाइ गर्न मिल्दैन र तिनलाई तुरुन्तै पहिलो मौकामै सम्हाल्नुपर्छ। तर, झुटा अगुवाहरू यसबारे सचेत हुँदैनन्, त्यसैले अत्यन्तै कमजोर क्षमताका व्यक्तिहरूले बिलकुलै अगुवाइ गर्नु हुँदैन। झुटा अगुवाहरू केही शब्द र धर्मसिद्धान्तहरू फलाक्न मात्र जान्दछन् तर तिनीहरूले कुनै वास्तविक समस्या समाधान गर्न सक्दैनन्; तिनीहरू केवल कि त मानिसहरूलाई हानि गर्छन् कि चाहिँ ढिलाइ गराउँछन्। यी झुटा अगुवाहरूलाई बर्खास्त गरेर बोझ र जिम्मेवारीको बोध हुने व्यक्तिहरूलाई अगुवा र कामदार हुन छनोट गरे मात्र मण्डलीको काम सामान्य रूपमा अघि बढ्न सक्छ। तैँले जे-जस्ता समस्याहरू सामना गरे पनि सत्यता खोज्न सकिस् भने, ती समाधान गर्ने उपाय हुन्छ। बाहिरी मामलाहरू र ठुलो रातो अजिङ्गरले सृजना गर्ने बाधाहरू आवश्यक परेमा कानुनी उपायमार्फत सुल्झाउन सकिन्छ, त्यो कुनै ठुलो कुरा होइन। हामीले कानुन तोडेनौँ वा सरकारी प्रावधानहरू उल्लङ्घन गरेनौँ भने, हामीलाई कसैले केही गर्न सक्दैन, र यो आत्मविश्‍वास भएपछि, हामीले शैतान वा दियाबलसहरूबाट आउने कुनै पनि बाधाहरूको डर मान्नु पर्दैन।

अब, झुटा अगुवाहरूको समस्या चिरफार गर्न र बुझ्न जरुरी छ। मण्डलीको काम राम्ररी अघि बढाउनका लागि यो अत्यन्तै महत्त्वपूर्ण छ! अब हामी झुटा अगुवाहरूले आफैले समाधान गर्न नसक्ने समस्याहरू सामना गर्दा पनि किन तीबारे माथिलाई रिपोर्ट गर्दैनन् भन्नेबारे सङ्गति गरौँ। हामीले यसलाई कसरी हेर्नुपर्छ? तिमीहरू सबैले यसलाई विश्‍लेषण गरेर यसबाट फाइदा लिन सक्छौ। झुटा अगुवाहरूले वास्तविक काम नगर्ने समस्या पहिले नै गम्भीर छ, तर एउटा अझ गम्भीर समस्या छ: जब मण्डलीमा दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूबाट बाधाहरू आइपर्छन्, तब झुटा अगुवाहरूले त्यो नसम्हाल्ने मात्र होइन; अझ खराब कुरा त के हो भने तिनीहरू त्यसबारे माथि रिपोर्ट गर्न पनि असफल हुन्छन्, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई मण्डलीमा बाधा पुर्‍याउन दिन्छन्—तिनीहरू सुरक्षित रूपमा छेउबाट हेर्छन्, कसैलाई चिढ्याउँदैनन्। मण्डलीको काममा जुनै हदसम्म बाधा पुगे पनि झुटा अगुवाहरू वास्ता गर्दैनन्। यहाँ समस्या के हो? के त्यस्ता झुटा अगुवाहरू अत्यन्तै नैतिकताहीन हुन्छन्? त्यस्ता झुटा अगुवाहरूलाई निष्कासित गर्न यो तथ्य एक्लै पर्याप्त छ। झुटा अगुवाहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई स्वतन्त्र रूपमा मण्डलीमा बाधा पुर्‍याउन दिनु भनेको मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूलाई यी दुष्ट मानिस र ख्रीष्टविरोधीहरूका हातमा सुम्पनु, अनि दुष्ट मानिस र ख्रीष्टविरोधीहरूको ढालका रूपमा काम गर्नुसरह हो। यसले मण्डलीको काममा अत्यन्तै ठुलो क्षति पुऱ्याउँछ! यो एउटै कुराका आधारमा, प्रश्न झुटा अगुवाहरूलाई बर्खास्त गर्नुपर्छ कि पर्दैन भन्ने होइन, बरु तिनीहरूलाई निकाल्नुपर्छ कि पर्दैन भन्ने हो। कुनचाहिँ बढी गम्भीर प्रकृतिको हुन्छ: झुटा अगुवाहरूले वास्तविक काम नगर्नु कि झुटा अगुवाहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई मण्डलीमा बाधा पुर्‍याउन दिनु? वास्तविक काम नगर्नुले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको कार्य प्रगतिमा असर गर्न सक्छ; यसले पहिले नै महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ सृजना गर्छ। तर जब झुटा अगुवाहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई स्वेच्छाचारी रूपमा मण्डलीमा बाधा पुर्‍याउन दिन्छन्, तर समाधान खोज्दैनन् वा त्यो कुरा माथि रिपोर्ट गर्दैनन्, तब परिणामहरू अकल्पनीय बन्छन्। कम्तीमा पनि, दुष्ट मानिस र ख्रीष्टविरोधीहरूले मण्डली जीवन पूर्ण रूपमा अस्तव्यस्त र अव्यवस्थित पार्छन्, र त्यसमाथि, मण्डलीको काम बिग्रन्छ र ठप्प हुन्छ। के यसले सुसमाचारको काम फैलाउनमा सिधै असर गर्दैन र? परिणामहरू वास्तवमै गम्भीर हुन्छन्! त्यसकारण, यदि झुटा अगुवाहरूले यस्तो गल्ती गरे भने, तिनीहरूलाई निष्कासित गर्नैपर्छ। धेरै अगुवा र कामदारहरूसँग समस्याहरू माथिलाई रिपोर्ट गर्नेबारे सधैँ फरक सोच र धारणा हुन्छ। कतिले भन्छन्, “समस्याहरू माथिलाई रिपोर्ट गरे पनि ती समाधान नहुन सक्छन्।” यो बेतुके कुरा हो! तैँले “ती समाधान नहुन सक्छन्” भन्नुको अर्थ के हो? तैँले ती समाधान गर्न सक्दैनस् भन्दैमा माथिले सक्दैन भन्ने हुँदैन। यदि माथिले तँलाई एउटा मार्ग दियो भने, वास्तवमा समस्या मूलतः समाधान भएको हुन्छ; यदि माथिले मार्ग प्रदान गरेन भने, तँसँग मार्ग हुँदैन। तैँले यो सानो समस्या पनि छर्लङ्ग देख्न सक्दैनस्; तँ अत्यन्तै अहङ्कारी र आत्मधर्मी छस्! कतिले त यस्तो पनि भन्छन्, “जब हामी कठिनाइ वा समस्याहरू सामना गर्छौँ, तब हामीले सुरुमा केही दिन मनन गर्नुपर्छ, अनि साँच्चै समाधान भेट्टाउन सकेनौँ भने मात्र रिपोर्ट गर्नुपर्छ।” यस्तो भन्नेहरूसँग केही समझ भएझैँ लाग्न सक्छ, तर के यी मनन गर्ने दिनहरूले ढिलाइ गराउने सम्भावना हुँदैन र? के तँ केही दिनको मननले समस्या समाधान हुनेछ भनेर निश्‍चित हुन सक्छस्? के त्यसले थप ढिलाइ गराउनेछैन भनेर तैँले ग्यारेन्टी दिन सक्छस्? अरूले भन्छन् “यदि हामीले कुनै समस्या तुरुन्तै रिपोर्ट गऱ्यौँ भने, के माथिले हामी यो सानो समस्या पनि छर्लङ्ग देख्न सक्दैनौँ भनी सोच्नेछैन र? के तिनीहरूले हामीलाई मूर्ख र अज्ञानी भनेर काटछाँट गर्नेछैनन् र?” तिनीहरूले यसो भन्नु गलत हो—तैँले समस्या रिपोर्ट गरे पनि नगरे पनि तेरो क्षमताको गुणस्तर पहिले नै स्पष्ट भएको छ; माथिलाई त्यो सबै थाहा छ। के तँलाई तैँले कुनै समस्या रिपोर्ट गरिनस् भने माथिले तँलाई उच्च मान्नेछ भन्ने लाग्छ? यदि तैँले समस्या रिपोर्ट गरिस्, र त्यसले महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ गराएको छैन भने, परमेश्‍वरको घरले तँलाई जबाफदेही बनाउनेछैन। तर, यदि तैँले रिपोर्ट गरिनस् र त्यसले ढिलाइ गरायो भने, तँलाई सिधै जिम्मेवार ठहराइनेछ, र तँलाई फेरि कहिल्यै प्रयोग नगर्ने गरी तुरुन्तै बर्खास्त गरिनेछ। परमेश्‍वरका चुनिएका मानिसहरूले पनि तँलाई अज्ञानी, मूर्ख, मन्दबुद्धि र मानसिक रूपमा असक्त व्यक्तिका रूपमा हेर्नेछन्, र तँलाई घृणा गर्नेछन् र सधैँका लागि तिरस्कार गर्नेछन्। समस्याहरू रिपोर्ट गरेको कारण माथिले काटछाँट गर्छ र हेयको दृष्टिले हेर्छ भनेर सधैँ डर मान्नेहरू कमजोर क्षमताका र सबैभन्दा मूर्ख हुन्छन्; तिनीहरूलाई फेरि कहिल्यै प्रयोग नगर्ने गरी बर्खास्त गरिनुपर्छ। त्यस्तो कमजोर क्षमता हुनु, तैपनि अझै इज्जत जोगाउन चाहनु—के त्यो अत्यन्तै लज्जास्पद कुरा होइन र? ल भन् त, आफ्नो काम राम्ररी नगर्ने, अनि त्यसमाथि महत्त्वपूर्ण मामलाहरूमा ढिलाइसमेत गराउने झुटा अगुवाहरू घृणास्पद हुँदैनन्? के तिनीहरूलाई बर्खास्त गरिनुपर्छ? (पर्छ।) यदि कुनै ठूलो समस्या सामना गर्दा तिनीहरूले ढिलाइ नगराई वा गम्भीर परिणामहरू नल्याई त्यसबारे तुरुन्तै रिपोर्ट गर्न सक्छन् भने, त्यस्ता अगुवाहरूलाई कसरी हेरिनुपर्छ? कम्तीमा पनि तिनीहरूलाई समझ भएको र मण्डलीको काममा साथ दिन सक्ने ठानिन्छ। के त्यस्ता अगुवाहरूलाई प्रयोग गर्न जारी राख्नुपर्छ? पर्छ। मानसिक रूपमा सबैभन्दा असक्त अगुवाहरूले मात्र काटछाँटमा परिने डरले समस्याहरू रिपोर्ट गर्दैनन्। के त्यस्ता अगुवाहरूलाई भविष्यमा अझै पनि प्रयोग गर्न सकिन्छ? मलाई लाग्छ तिनीहरूलाई उप्रान्त प्रयोग गर्न मिल्दैन, किनभने तिनीहरूलाई प्रयोग गर्दा अति नै ढिलाइ हुन्छ। अहिले सम्ममा, तिमीहरू सबैले यस प्रकारका समस्याहरू छर्लङ्गै देख्न सकेको हुनुपर्छ, होइन र? जब तिमीहरूले आफूले सम्हाल्न नसक्ने समस्याहरू सामना गर्छौ, तब तिनलाई तुरुन्तै रिपोर्ट गर र समाधानका लागि निर्णयकर्ता समूहसँग सङ्गति गर। यदि निर्णयकर्ता समूहले तिनलाई सम्हाल्न सक्दैन भने, तीबारे तुरुन्तै माथि रिपोर्ट गर; यसो गर्ने कि उसो गर्ने भनेर चिन्ता नगर, तुरुन्तै समस्या समाधान गर्न सक्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। भर्खरै उल्लेख गरिएको उदाहरण सबै मण्डलीहरूमा घटित हुने कुरा हो; यी कठिनाइ र समस्याहरू आइपरिरहन्छन्। मण्डलीका केही आन्तरिक कठिनाइहरूका तुलनामा, यी बाहिरी समस्याहरूमा अझ बढी गम्भीर परिणामहरू संलग्‍न हुन्छन्। तसर्थ, मण्डलीका आन्तरिक समस्याहरूका तुलनामा बाहिरी मामलाहरूको कठिनाइ अलिक ठूलो नै हुन्छ। यदि तिमीहरूलाई बाहिरी समस्याहरू आइपर्‍यो भने, तिमीहरूले तिनलाई परामर्शद्वारा तुरुन्तै समाधान गर्नुपर्छ वा माथि रिपोर्ट गर्नुपर्छ; यो अत्यावश्यक छ। यसरी अभ्यास गर्नाले मात्र हामीले मण्डलीको कामको सामान्य प्रगति सुनिश्‍चित गर्न र राज्यको सुसमाचार फैलाउने कुरामा अवरोध नुहुने प्रत्याभूति दिन सक्छौँ। मण्डलीका बाहिरी मामलाहरू सम्हाल्ने सिद्धान्तहरूबारे हाम्रो सङ्गति यत्ति नै हो।

हरेक मण्डलीमा, कमजोर क्षमता भएका केही मानिसहरू हुन्छन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा जहिल्यै कठिनाइहरू सामना गर्छन्, तिनीहरूलाई सत्यताबारे जति सङ्गति दिए पनि तिनीहरूले अभ्यासका सिद्धान्तहरू भेट्टाउन सक्दैनन्, र कुनै वास्तविक प्रभावकारिताबिना अन्धाधुन्ध प्रावधानहरू मात्रै लागु गरिरहन्छन्। त्यस्ता अवस्थाहरूमा, यी मानिसहरूका कर्तव्यसमायोजन गरिनुपर्छ। यो समायोजन भनेको कर्मचारीहरूको पुनः खटनपटन हो। उदाहरणका लागि, कुनै महत्त्वपूर्ण काममा कुनै व्यक्ति खटाइएको छ, तर उसका काममा केही यस्ता समस्याहरू छन् जसलाई तैँले ऊसँग जति सङ्गति गर्दा पनि समाधान गर्नै सकिँदैन। तैँले त्यो समस्याको सार वा त्यो व्यक्ति अझै पनि प्रयोगलायक छ कि छैन भनेर छर्लङ्गै देख्न सक्दैनस्, अनि अवलोकन र थप सङ्गतिले पनि कुनै नतिजा दिँदैन। यो व्यक्तिले काममा धेरैपटक ढिलाइ नगराउने भए पनि, अत्यन्तै महत्त्वपूर्ण कुराहरू कहिल्यै सुल्झिँदैनन्, जसले तँलाई सधैँ अलिक असहज महसुस गराउँछ। यस्तो कुरा आइपर्दा तैँले के गर्नुपर्छ? यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। यदि तँ आफैले यसलाई समाधान गर्न सक्दैनस् भने, तैँले सङ्गति, चिरफार, र विश्‍लेषण गर्नका लागि यसलाई अगुवा र कामदारहरूको भेलामा ल्याउनुपर्छ। यदि अन्ततः एकमतमा पुग्न सकियो भने, समस्या समाधान हुनेछ। यदि यसरी अभ्यास गर्दा समस्या समाधान हुँदैन भने, त्यो लम्बिँदै जाँदा, के त्यसले महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ गराउन सक्छ? यदि सक्छ भने, तैँले सक्दो चाँडो यसबारे माथि रिपोर्ट गर्नुपर्छ र समाधान खोज्नुपर्छ। छोटकरीमा भन्दा, तैँले आफ्‍नो काममा चाहे जे-जस्ता अन्योलता र कठिनाइहरू सामना गरे पनि, तिनले परमेश्‍वरका चुनिएका मानिसहरूलाई कर्तव्य पूरा गर्नमा असर गर्न वा मण्डलीको कामको सामान्य प्रगतिमा बाधा ल्याउन सक्छन् भने, ती समस्याहरू तुरुन्तै समाधान गरिनुपर्छ। यदि तैँले कुनै समस्या आफै समाधान गर्न सक्दैनस् भने, यसलाई समाधान गर्न तैँले सत्यता बुझ्ने केही मानिसहरू खोज्‍नुपर्छ। यदि यसले पनि काम गरेन भने, तैँले समाधान खोज्न त्यो समस्यालाई अघि ल्याएर र त्यसबारे माथि रिपोर्ट गर्नुपर्छ। यो अगुवा र कामदारहरूको जिम्‍मेवारी र दायित्व हो। अगुवा र कामदारहरूले आफूले सामना गर्ने जुनसुकै कठिनाइ वा अन्योलताहरूलाई गम्भीर रूपमा लिनुपर्छ, त्यत्तिकै केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने, दाजुभाइ-दिदीबहिनीहरूलाई तताउन नाराहरू फलाक्ने, वा तिनीहरूलाई काटछाँट गर्ने अनि समस्या वा कठिनाइहरू पत्ता लगाएपछि काम सकियो भन्ठान्ने गर्नु हुँदैन। कहिलेकाहीँ शब्द र धर्मसिद्धान्तहरू बोल्दा केही सतही समस्याहरू समाधान हुन सक्छन्, तर अन्त्यमा त्यसले मूल समस्याहरू समाधान गर्न सक्दैन। जड, भ्रष्ट स्वभावहरू, र मानिसहरूका धारणा र कल्पनाहरू सम्बन्धी समस्याहरूलाई परमेश्‍वरका वचनहरूमा आधारित सत्यताको सङ्गतिमार्फत नै समाधान गरिनुपर्छ। मानिसहरूका व्यक्तिगत कठिनाइहरू, वातावरणीय समस्याहरू, र कर्तव्य निर्वाह गर्नका लागि आवश्यक पेसागत ज्ञानसँग सम्बन्धित समस्याहरू पनि हुन्छन्; यी सबै व्यावहारिक समस्याहरू अगुवा र कामदारहरूद्वारा समाधान गरिनुपर्छ। यी समस्याहरूमध्ये, अगुवा र कामदारहरूले समाधान गर्न नसक्ने कुनै पनि अन्योलता र कठिनाइहरूलाई कि त चिरफार, विश्‍लेषण र समाधान गर्नका लागि अगुवा र कामदारहरूको भेलामा ल्याउन सकिन्छ, कि त समाधानका लागि सत्यता खोज्न सिधै माथि रिपोर्ट गर्न सकिन्छ। यसलाई वास्तविक काम गरेको भनिन्छ, र यसरी वास्तविक काम गर्ने तालिम लिएर मात्र व्यक्तिको कद बढ्न सक्छ र उसले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ। अगुवा र कामदारहरूमा जिम्मेवारीबोध भएसम्म, तिनीहरूले कुनै पनि समय र स्थानमा समस्याहरू पहिचान गर्नेछन्; तिनीहरूले हरदिन समाधान गर्नुपर्ने समस्याहरू हुन्छन्। उदाहरणका लागि, मैले भर्खरै कसैले तँलाई के तँ सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छस् भनेर सोधेको एउटा घटना उल्लेख गरेँ, अनि तिमीहरू सबैजना अलमलमा पऱ्यौ। सुरुमा, सबैले “गर्छु” भन्नेथिएँ भन्यौ, तर पछि केहीले त्यो सही प्रतिक्रिया होइन भन्यौ, र अरूले थाहै छैन भन्यौ; यावत प्रकारका जबाफहरू आएका थिए। अन्त्यमा, अगुवा र कामदारहरू पनि यस्तो सोच्दै चकित भएका थिए, “म परमेश्‍वरमाथि विश्‍वास ‘गर्दिनँ’ भन्नु त अरूसामु परमेश्‍वरलाई इन्कार गरेको हुनेथ्यो, र त्यसपछि परमेश्‍वरले हामीलाई मान्यता दिनुहुन्थेन—तर परमेश्‍वरमा विश्‍वास ‘गर्छु’ भन्नुको परिणाम के हुनेथ्यो? दुवै विकल्प गलत देखिन्छ।” अगुवा र कामदारहरूलाई यो समस्या कसरी समाधान गर्ने भन्ने थाहा थिएन र तिनीहरूले निर्णय गर्न सकेनन्; तसर्थ, जब दाजुभाइ-दिदीबहिनीहरूले फेरि यस्ता अवस्थाहरू सामना गर्छन्, तब तिनीहरूमा सही दृष्टिकोण र मनोवृत्ति अझै पनि हुनेछैन, र समस्याहरू अझै पनि अनसुल्झा रहनेछन्, जसको मतलब अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेका हुनेछैनन्—तिनीहरू आफ्ना जिम्मेवारीहरू निर्वाह गर्न असफल भएका हुनेछन्। आफ्ना जिम्मेवारीहरू निर्वाह गर्न असफल हुनु भनेको सामर्थ्य र क्षमताको समस्या हो, तर त्यस्ता समस्याहरू उत्पन्न हुँदा, तँलाई ती समाधान भएका छैनन् भन्ने थाहा छ भने, तैँले के गर्नुपर्छ? तैँले तिनलाई बेवास्ता गर्नु वा मामलालाई दबाएर त्यो सेलाओस् भनेर त्यतिकै छोड्‍नु हुँदैन, र यसरी सबैलाई स्वतन्त्र र मनपरी रूपमा कार्य गर्न दिनु हुँदैन। बरु, तैँले त्यसबारे तुरुन्तै माथि रिपोर्ट गर्नुपर्छ, र त्यस्ता अवस्थामा चालिनुपर्ने उपयुक्त कदम र अभ्यासको मार्ग खोज्‍नुपर्छ। अन्त्यमा, यी अवस्थाहरूमा परमेश्‍वरका अभिप्रायहरू के-कस्ता हुन्छन्, मानिसहरूले कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ, र तिनीहरूले कस्ता मनोवृत्ति र अडानहरू अपनाउनुपर्छ भन्‍ने कुरा सबैलाई बुझाउनुपर्छ। त्यसपछि, भविष्यमा फेरि त्यस्ता अवस्थाहरू सामना गर्दा, तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्नेछन् र तिनीहरूसँग अभ्यासको मार्ग हुनेछ। यसरी, अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्छन्। त्यसोभए के तिमीहरू सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छौ भनेर सोधियो भने, तिमीहरूले सुरुमा “गर्छु” भन्नेथ्यौँ भनेर किन भन्यौ त? यसको एउटा कारण छ: अगुवा र कामदारहरूले त्यस्ता समस्याहरू कसरी समाधान गर्ने भनेर तिमीहरूसँग कहिल्यै सङ्गति गरेका छैनन्। तिनीहरू तिनलाई साना मामला ठान्छन्, जसमा सबैको आ-आफ्नै बुझाइ हुन्छ, र जहाँ सबैले आफूलाई मन परेअनुसार बुझ्न र उपयुक्त लागेअनुसार अभ्यास गर्न सक्छन्। त्यसकारण, तिमीहरूलाई यो प्रश्‍न सोध्दा, यावत् प्रकारका जबाफहरू आए। त्यसोभए, के अब तिमीहरू यो मामलाबारे निष्कर्षमा पुगेका छौ त? यदि कसैले तँलाई के तँ सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छस् भनेर सोध्यो भने तैँले के गर्नुपर्छ? सुरुमा, ऊ को हो भनेर सोध्। दोस्रोमा, उसलाई उसको प्रमाणपत्र देखाउन भन्। यदि उसले तँलाई अरू व्यक्तिगत प्रश्‍नहरू सोध्यो भने, कुनै उत्तर नदे। यदि उसले प्रमाणपत्र देखायो भने पनि, उसलाई नबता, किनभने यो तेरो व्यक्तिगत गोपनीयता हो। तैँले परमेश्‍वरमा कति वर्ष विश्‍वास गरेको छस्, तँलाई सुसमाचार कसले प्रचार गऱ्यो, तैँले कहाँ-कहाँ कर्तव्य निर्वाह गरेको छस्, तेरो आस्था कति बलियो छ, तँ आफ्नो भावी मार्ग कसरी रोज्छस्, तैँले सत्यता कसरी पछ्याउँछस् र प्राप्त गर्छस्—यी मामलाहरू यति मूल्यवान् छन् कि हामीले नौलो मानिसलाई यतिकै खुलाउन मिल्दैन। ऊसँग यस्ता महत्त्वपूर्ण जानकारीबारे सोधपुछ गर्ने कुनै अधिकार हुँदैन। यदि अगुवा र कामदारहरूले यस्ता समस्याहरू समाधान गर्न सक्दैनन् भने, तिनीहरूले समाधानहरू खोज्न र प्रतिक्रिया दिने उपयुक्त तरिकाहरू सोध्न यसबारे तुरुन्तै माथि रिपोर्ट गर्नुपर्छ। माथिले तँलाई गिज्याउनेछैन; धेरै भए, तिनीहरूले तँ अति मूर्ख छस् भन्नेछन्। जे भए पनि समस्या समाधान गर्न सक्नु नै सर्वोत्कृष्ट नतिजा हो।

आज, अगुवा र कामदारहरूको आठौँ जिम्मेवारी—काममा आइपर्ने अन्योल र कठिनाइहरूको तत्काल रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनी खोजी गर्ने—सन्दर्भमा, हामीले मुख्यतः अन्योलता र कठिनाइहरूमा के समावेश हुन्छ, साथै अगुवा र कामदारहरूले यी समस्याहरू सामना गर्दा तिनलाई कसरी सम्हाल्नु र समाधान गर्नुपर्छ, र यी मामलाहरूलाई कसरी सामना गर्नुपर्छ भनी सङ्गति गऱ्यौँ। यी समस्याहरू सामना गर्दा झुटा अगुवाहरूका प्रकटीकरणहरू के-के हुन्छन् भन्ने सन्दर्भमा, हामी त्यो भाग अर्को सङ्गतिमा समेट्नेछौँ।

मार्च २७, २०२१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्